The rhythm of the poem is called 'chand'. There are two types of verses bound and free. Classical Varnik, Matrik, Lokchand and Bahar (Persian rhythm of ghazal) etc. are called bounded verses, while what we call prose poetry are free verses. Baddha means bound, while mukt means free or unbound. Varnik chandas are tied to the key of gana, matrika chandas are tied to the bond of matra, lokchandas are tied to the literal harmony and bahars are tied to the discipline of stop, so all these come under baddha chandas. Although internal musical awareness is essential in prose poems, it does not have to be bound to gana, matra, letters or stanzas, so prose poetry is called free verse. Although it is written in prose, it does not use prose as in stories, essays, reports, news, etc., but because it has internal music, it is also called poetry, but it is free poetry because it is freed from the bonds of certain rules. Usually bounded verse is considered complex for creation and free verse is seen as simple, but it is considered essential for poets to understand that internal rhythm is necessary to create a beautiful prose poem. Therefore, in this article, with that as the main goal, an attempt has been made to experimentally prove how poetry is written by presenting information about the rhythm of free verse.
What is Mukta Chhanda (free verse)?
The word 'mukta' is formed by suffixing 'ta' to 'much' dhatu. It means free, free or unbound. By adding the adjective 'mukt' to the word 'chand' mentioned earlier, the term 'mukt chand' was created. The internal musical consciousness used in poetry is called 'Mukt Chand'. In other words, the rhythm of prose poetry is free verse. It can also be called internal rhythm. Bound rhythms are felt externally. Even if you hum it without any words, you can recognize which stanza it is, so bound stanzas have external music, but free stanzas are not recognized until the words of the poem are uttered, so they have internal music. In Sanskrit, there is a saying 'Gadya: kavinam nidriyam vadanti'. It means 'Who is the examiner of prose creation poets'. Based on this, prose creation is considered a more difficult task than verse creation. In the Sanskrit poetic tradition, the great poet Bana Bhatt's epic poem 'Kadambari' is entirely written in prose. Although grammar is an essential element of poetry, whether in the East or the West, it is seen as an external aspect. The inner power of poetry is poetry, emotion or thought.
Both bound and free rhythms are found in Nepali poetry and poets, readers and critics all know that the power of poetry is not in external rhythm but in internal poetry, but there seems to be a kind of war going on among Nepali poets regarding rhythm. Until some time ago, the atmosphere of prohibition was clearly seen as if those who write poetry in verse do not consider those who write in prose as poets and those who write in prose do not consider those who write in verse as poets, but now that situation has decreased. Both of these are extreme views for Nepali poetry. It is not writing a poem to say that you have written a poem in verse by filling it with Ganthan in the form of Gana, and to say that you have broken a sentence or a paragraph into ten pieces and written a poem in prose is also not writing a poem. The main slogan of current Nepali poetry is that poetry should be written whether it is in bound or free verse.
Use of free verse in Nepali poetry
V.No. The poem 'Prithvinarayan' written by Suwananda Das in 1826 is considered to be the first form of Nepali poetry. Folklore is used in the poem. In the poem 'Tanahun Bhakundo' written around 1839 by Shaktivallabh Azryal, Varnik Chand is used. Looking at this fact, Nepali poetry seems to have completed a journey of 250 years. In the primary and secondary periods of Nepali poetry, Varnik, Matrik and folk poems appear in abundance, but only glimpses of free verse poems are found. V.No. Gopal Prasad Rimal, who emerged in the field of Nepali poetry by publishing the poem "... Prati" in 1992 in "Sharada" magazine, "Kaviko Gaan" published in Marg/Poush issue of the same year is considered to be the first prose poem with high poetry. After this, on the one hand, poems such as 'Swarga and Devta' by Balkrishna Sama, a well-versed intellectual poet, and 'Pagal' by great poet Lakshmi Prasad Devkota appeared on the one hand, and on the other hand, after the advent of democracy, Bhupi Sherchan appeared with beautiful prose poems. Thus, after the strong intervention of Mohan Koirala, Ishwarvallabh, Vairagi Kainla, etc. connected with the promotion of Rimal, the support of Sam and Devkota and the creative development of Bhupi, the poems of free verse have become an integral part of Nepali poetry as well as a priceless asset.
How is the construction of rhythm in free Verse?
In free verse, the basis for building rhythm is not as clear as in classical bound verse. The basis for identifying the rhythm of prose poetry is not the gana or the formula, but the art seen in linguistic use. The basic principles of the laws required for the creation of such art are as follows-
(a) Linguistic deviations or disorders
(b) Persuasive consonants
(c) Expressive curvature
(d) Rational innovative vision
(e) Selection of images, symbols and myths
Based on the centrality of the mentioned five fundamentals, rhythm can be created in prose poetry based on the linguistic and expressive capabilities and characteristics hidden within them.
(क) भाषिक विचलन वा व्यतिक्रम
सामान्य वा सोझो अभिव्यक्तिमा वाक्यहरू निर्माण हुन्छन् र तिनले बाह्य कुराको सूचना दिन्छन् तर भाषामा विचलन ल्याउनासाथ वा प्रयुक्त शब्दहरूको व्यतिक्रम गर्नासाथ त्यहाँ एकप्रकारको लय निर्माण हुन्छ । त्यसले भावलाई पनि सशक्त बनाइदिन्छ । एउटै अभिव्यक्तिमा आएका शब्दहरूलाई यताउता पारेर राख्नासाथ उत्पन्न हुने अनौठो भाषिक तरङ्ग नै गद्य कविताको लय हो । सामान्य अभिव्यक्तिमा व्याकरणिक पदक्रम हुन्छ भने कवितामा आलङ्कारिक पदक्रम हुन्छ । यसरी नै सामान्य अभिव्यक्तिमा अभिधा अर्थको प्रयोग हुन्छ भने कवितामा लक्षणा वा व्यञ्जना अर्थको प्रयोग हुन्छ । भाषिक विचलन वा व्यतिक्रमले भाषिक तथा आर्थिक दुवै पक्षमा कलात्मकता र उच्चता प्रदान गर्दछ । जस्तै ः
सामान्य अभिव्यक्ति (व्याकरिणक पदक्रम र अभिधा अर्थ)
गाईले घाँस खान थाल्यो ।
बाघले मासु खान थाल्यो ।
यी सोझो अर्थ दिने दुइटा सरल वाक्य हुन् ।
कवितात्मक अभिव्यक्ति (आलङ्कारिक पदक्रम र अभिधा अर्थ)
घाँस खान थाल्यो गाईले
मासु खान थाल्यो बाघले
यहाँ भाषिक विचलन वा व्यतिक्रम छ तर अर्थ अभिधा नै छ ।
कवितात्मक अभिव्यक्ति (आलङ्कारिक पदक्रम र व्यञ्जना अर्थ)
घाँस खान थाल्यो बाघले
मासु खान थाल्यो गाईले
यहाँ भाषिक विचलन वा व्यतिक्रम पनि छ र व्यञ्जना अर्थ पनि छ । गाईले मासु खानु र बाघले घाँस खानुमा अर्थमा बाधा आएको छ र यहाँको गाई र बाघ अभिधा अर्थका जनावर नभएर परम्परा, संस्कृति, मर्यादा, चालचलन आदिको समाप्ति र विकृतिको आगमनका प्रतीकहरू हुन् । मुक्त छन्दमा यसरी भाषिक विचलनबाट लयनिर्माण गरी व्यञ्जना अर्थ प्रदान गरिन्छ । यसरी नै भाषिक विचलन गर्ने निम्नलिखित तरिकाहरू हुन्छन्—
आङ्कारिक पदक्रमबाट लय निर्माण
जहाँ, आरुबखडाका हाँगा हाँगामा
फुल्दछन् कुखुराका चल्लाहरू ।
(भूपी शेरचन)
चक्रीय भाषिक व्यतिक्रम
हिँड्दाहिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दो रहेनछ !
(तुलसी दिवस)
अमूर्तको मूर्तीकरण
आउने जाने त्यसैमा अनन्तको अनुहार हेर्न
समयहीन नै समय हिँडिरहेछ
सहडहीन सडकमा ।
(मोहन कोइराला)
ध्वन्यात्मक भाषिक विचलन
अक्टोपसहरू अक्टोपसले झैँ
अनन्त अन्डा पारेर
अक्टोपसहरू जन्माउँछन् ।
(कपिल लामिछाने)
शृङ्खलाबद्ध भावविधानबाट लय निर्माण
तिमीलाई पानी दुख्छ
तिम्रो दुखाइमा
आँखाको नानी दुख्छ ।
(रमेश श्रेष्ठ)
तुलनात्मक प्रस्तुतीकरणबाट लय निर्माण
कवि श्रवण मुकारुङको ‘हारजित’ कवितामा यसको सुन्दर प्रयोग गरिएको छ ।
(ख) आनुप्रासिक अन्तर्गुञ्जन
आन्तरिक अनुप्रास योजना गद्य कविताको सबैभन्दा शक्तिशाली पाटो हो । यसले लय निर्माणमा प्रमुख भूमिका खेलेको हुन्छ । पद्य कवितामा अन्त्यानुप्रास मात्र भए पनि पुग्छ तर गद्य कवितामा अन्त्यानुप्रासको भन्दा आन्तरिक अनुप्रास योजनाको विशेष भूमिका हुन्छ । अनुप्रासको प्रयोग एक एक वर्णदेखि लिएर पद, पदावली हुँदै वाक्यात्मक तहसम्म पनि पुगेको हुन्छ । जस्तैः
वर्णात्मक अन्र्तगुञ्जन
तर तरल समयको सरगम सौन्दर्यमा
सङ्गीतको सम्पादित सौन्दर्य जस्तो
मर्जीको मध्यान्तर पनि त कहाँ हुन्छ र !
(मोमिला)
पदमूलक अन्तर्गुञ्जन
साँधुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन सब थोक छ
(भूपी शेरचन)
पदावलीमूलक अन्तर्गुञ्जन
मसान उठाएर भए पनि
पिसाच जगाएर भए पनि
बोक्सी बकाएर भए पनि
झाँक्री नचाएर भए पनि
(लक्ष्मण गाम्नागे)
वाक्यात्मक अन्तर्गुञ्जन
कवि टङ्क आचार्यको ‘तोरीका फूल’भित्रका कवितामा यसको प्रशस्त प्रयोग पाइन्छ ।
अन्त्यानुप्रासमूलक लयविधान
कवि हरिभक्त कटुवालको ‘मन त फलामकै भए असल हुन्छ’ कवितामा यसको सुन्दर प्रयोग पाइन्छ ।
अनुप्रासको निरन्तरता
कवि लक्ष्मण गाम्नागेको ‘मुला’ कवितामा यसको सुन्दर प्रयोग गरिएको छ ।
आवृत्तिमूलक पदविन्यास
कवि रमेश श्रेष्ठको ‘आमा नदीहरू’ कवितासङ्ग्रहमा यसको सशक्त प्रयोग पाइन्छ ।
अनुप्रासको क्रमिक विकास र विस्तारमूलक लयविधान
कवि भीष्म उप्रेतीको ‘खेती’ कवितामा यसको सुन्दर प्रयोग पाइन्छ ।
चित्रात्मक अन्र्तगुञ्जन
कवि निमेष निखिलको ‘उमेरको नदी’ लामो कवितामा यसको सुन्दर प्रयोग गरिएको छ ।
(ग) अभिव्यक्तिगत वक्रता
वक्रता कविताको अपरिहार्य पाटो हो । यसको प्रत्यक्ष सम्बन्ध भावसँग हुन्छ तर त्यसप्रकारको भावविधानमा भाषाको भूमिका हुन्छ । वक्रता भनेको बाङ्गो भनाइ हो । अभिव्यक्तिलाई घुमाउरो तरिकाले प्रस्तुत गर्नु नै वक्रता हो । यसैलाई आचार्य कुन्तकले वक्रोक्ति भनेका छन् । एउटा अभिव्यक्तिमा वक्रताको केन्द्र एउटा पद, पदावली वा वाक्य रहन्छ र तिनको अन्तरसम्बन्धका आधारमा सिङ्गो प्रकरणमा नै वक्रता उत्पन्न हुन्छ ।
पदवक्रताबाट लय निर्माण
आजको मान्छे ‘माशु’ भएर बाँचिरहेछ । (अर्जुन पराजुली)
यहाँ मान्छेको ‘मा’ र पशुको ‘शु’बाट ‘माशु’ वक्रोक्तिको निर्माण गरिएको छ ।
पदावली वक्रताबाट लय निर्माण
बिरुवा भएर उम्रन्छ
हुर्किन्छ
तर निगुरो बढ्छ
लत्र्याउँछ टाउको
सम्झौताको मोडमा ।
(टङ्क उप्रेती)
यहाँ ‘सम्झौताको मोडमा’ पदावलीमा वक्रता छ ।
वाक्यवक्रताबाट लय निर्माण
नवराज लम्सालको ‘आगो छोपेर कतिन्जेल’ कवितासङ्ग्रहभित्र प्रयोग भएको ‘आँगोसँग जिस्कनु हुन्न’ वाक्यमा वक्रता पाइन्छ ।
प्रकरण वक्रताबाट लय निर्माण
कवि भूपीन व्याकुलको ‘पागल कविताहरू’मा यसको सुन्दर प्रयोग गरिएको छ ।
(घ) तर्कपूर्ण नवीन दृष्टि
तार्किक प्रस्तुति कविताका लागि अर्को अपरिहार्य पक्ष हो तर तर्कले मात्र कविता कविता बन्न सक्दैन । त्यसमा सशक्त जीवनदृष्टि हुनु पनि अनिवार्य छ । फूललाई फूल मात्र देख्ने मान्छे कवि हुन सक्दैन । जसले फूलमा जीवनको सौन्दर्यमूलक सुख र काँडामा कुरूपतामूलक दुःख अन्तर्निहित भएको देख्छ अनि मात्र ऊ कवि बन्छ । विचार वा दृष्टिकोण कवितामा हुनै पर्छ जसले कविलाई विषयलाई पर्गेल्न सक्ने समालोचकीय मस्तिष्क र जीवन र जगत्लाई पगाल्न सक्ने संवेदनशील मुटु प्रदान गर्दछ । यसका साथै तर्कले अभिव्यक्तिलाई जीवन निरपेक्ष भावुकताबाट बचाएर सत्यताको नजिक पु¥याइदिन्छ । यसका साथै तर्क र नवीन जीवनदृष्टिले अभिव्यक्ति कलामा लयात्मकता सिर्जना गरिदिन्छन् ।
तर्क, अनुप्रास र जीवनदृष्टिबाट लय निर्माण
१. बा ! पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको !
(हरिभक्त कटुवाल)
२. मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुवै थरीको निवास छ ।
(भूपी शेरचन)
३. सैनिक केवल विधवा जित्छ
सैनिक केवल टुहुरो जित्छ
सैनिक केवल लङ्गडो जित्छ
र सैनिक सधैँ देशभित्र हारेको छ ।
(डा. विष्णुविभु घिमिरे)
४. आमा ! भोक लाग्यो !
धानको भात खान्छु !
किन बाबु ! दसैँ आयो र ?
(अनिल पौडेल)
५. नमस्ते गर्नकै लागि मात्र हुन् भने हातहरू
र स्वस्ती गर्नकै लागि मात्र हुन् भने लबजहरू
मलाम हिँड्नकै लागि मात्र हुन् भने खुट्टाहरू
ठुन्क्याऊ हात, थुत फटाफट जिब्रा, खुस्काऊ घुँडाका जोर्नीहरू ।
(दिनेश अधिकारी)
६. प्रिया !
तिमी होइनौ चन्द्रमा
त्यहाँ त टेलिसक्यो कुकुरले ।
(स्वागत नेपाल)
७. कुनै दिन मलाई
भगवानले खुसी पार्न सकेछन् भने
म उनलाई
मान्छे बन्ने आशीर्वाद दिने छु ।
(मोहन सङ्ग्राम)
(ङ) विम्ब, प्रतीक तथा मिथकको छनोट
कविताको निर्माणमा विम्ब, प्रतीक र अङ्कार विधानको विशिष्ट भूमिका हुने गर्दछ । साथै मिथकले कवितालाई ध्वन्यात्मक बनाउँछ । कवितामा प्रयुक्त प्राकृतिक वा भौतिक छायालाई विम्ब भनिन्छ । अर्थात् कविता पढ्दा मान्छेका मस्तिष्कमा छाया बनेर आउने दृश्यहरू नै विम्ब हुन् । सामाजिक, सांस्कृतिक वा पौराणिक जीवनसँग जोडिएका विशेष अर्थ बोकेका व्यक्ति वा घटनाहरू प्रतीक हुन् जसले युगीन व्यापकता र सीमितता दुवैको प्रतिनिधित्व गर्दछन् । लोकजीवनमा प्रचलित पुराकथा, इतिहास, पुराण आदिसँग जोडिएर आएका तर समाजमा ध्वन्यात्मक स्वरूप ग्रहण गरिसकेका घटना र पात्रहरूलाई मिथक भनिन्छ । विम्ब, प्रतीक र मिथकले कवितामा अलङ्कार विधानका लागि सहयोग पु¥याउँछन्, भावलाई व्यञ्जनात्मक कोटिमा पु¥याउँछन् र लयविधानमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् । जस्तैः
१. निदाएकी यशोधराजस्ती श्रीमती
र राहुलजस्ता छोराछोरीलाई त्यागेर
एउटा तनावपूर्ण सिद्धार्थजस्तै
यो अन्धकारमा कहाँ हरायो हो ऊ ?
(विप्लव ढकाल)
२. लक्ष्मणरेखा नाघेर
रावणको झोलीमा पस्दा कविता
अट्टाहास गर्छन् कुम्भकर्णहरू ।
(नेत्र एटम)
यसरी मुक्त छन्दको सङ्गीतचेतना आन्तरिक रूपमा बलियो हुन्छ । यसको निर्माणमा शब्द सौन्दर्य, अर्थ सौन्दर्य र भाव सौन्दर्य तीनओटै पक्षको बलियो भूमिका हुने गर्दछ ।
५. मुक्त छन्दमा कविता कसरी लेख्ने ?
मुक्त छन्दमा कविता लेख्न थाल्दा सबैभन्दा पहिले कुनै एउटा विषयवस्तु चयन गर्नुपर्छ । त्यसको बाह्य स्वरूपको पहिचान गरी आन्तरिक अर्थ पनि पहिल्याउनुपर्छ अनि क्रमशः लेख्न थाल्नुपर्छ । जस्तैः
पहिलो चरण: विषयवस्तुको छनोट— यस चरणमा के विषयमा कविता लेख्ने हो ? त्यस विषयको छनोट गर्नुपर्छ र सामान्य वर्णन गर्न थाल्नुपर्छ । जस्तैः
विषयवस्तु: गरिबी
चित्रण:
बुढा हजुरबा छन् ।
साना नातिनातिनाहरू भोकै छन् ।
आमाबाबु पैसा कमाउन विदेश गएका छन् ।
बुढी हजुरआमा भोका नातिनातिना देखेर आँसु खसाल्छिन् ।
यहाँ विषयवस्तु र चित्रण दुवै छ तर यो कविता होइन । यसलाई कवितात्मक बनाउन भाषिक विचलय ल्याउनुपर्छ । यसका लागि दोस्रो चरणमा जानुपर्छ ।
दोस्रो चरण: कवितात्मक संरचना— यस चरणमा व्याकरणिक पदक्रमलाई आलङ्कारिक पदक्रममा ल्याउनुपर्छ । जस्तैः
छन् बुढा हजुरबा
भोकै छन् नातिनातिनाहरू
विदेश गएका छन् आमाबाबु पैसा कमाउन
आँसु खसाल्छिन् बुढी हजुरआमा भोका नातिनातिना देखेर ।
यत्तिको रचनालाई हामीले गद्यकविता नै मान्ने गरेका छौँ तर यो अझै पनि कविता बनेको छैन । यहाँ पदक्रम मात्र फरक भएको छ तर वर्णन सरासर छ । यसमा गद्यकविताको संरचना छ तर प्रभावकारी भावविधान पाइँदैन । अब यसलाई तेस्रो चरणमा गएर प्रभावकारी भाव निर्माण गर्नुपर्छ ।
तेस्रो चरण: प्रभावकारी भाव निर्माण— यस चरणमा विम्ब, प्रतीक र अलङ्कारका माध्यमबाट शक्तिशाली भाव निर्माण गर्नुपर्छ । जस्तैः
डुब्न लागेको घाम
चिच्याउँदै छन् खोक्रा सारङ्गीहरू
थप्प चुहिँदै छ जूनबाट एक थोपा शीत
कहिले आउला खुसी लिएर अज्ञात रेमिट्यान्स ?
प्रस्तुत हरफहरूमा आएका विम्ब, प्रतीक र अलङ्कारहरूले सशक्त भाव निर्माणमा सहयोग पु¥याएका छन् । डुब्न लागेको घाम = हजुरबा, खोक्रा सारङ्गीहरू = नातिनातिना, जूनबाट चुहिएको शीत = हजुरआमाको रुवाइ र अज्ञात रेमिट्यान्स = विदेश गएका बाआमा यस्तो ध्वन्यात्मक संयोजनले गरिबीको सशक्त चित्रण गरी प्रभावकारी भावसमेत निर्माण गरेको छ । त्यसैले कविका आँखाले जे देख्यो त्यही कुरालाई सरासर वर्णन गर्दा गद्यकविता हुँदैन । त्यसलाई कविको हृदयको आँखाले हेरेर मनको भाषाले अभिव्यक्ति दिन सक्नुपर्छ । यसरी निरन्तर अभ्यास गर्दै जाने हो भने मुक्त छन्दमा पनि सुन्दर सूक्तिहरू निर्माण गर्न सकिन्छ ।
conclusion
Based on the mentioned evidences, it is known that it is easy to write in free verse but it is difficult to make poetry. The simple description of the subject, the linguistic expansion that is broken into paragraphs, and the scenes seen by the eyes and the flat pictures that are expressed in words, etc., come with defects in free verse poetry. Poetry is not powerful unless the art can decorate the subject, the image cannot represent the information and the sound or consonant can indicate the intention. This requires a lot of sadhana, dedication and practice. In the beginning, the expression becomes fluid, but after practice, the expression becomes rough and artistic. If the interrelationship between the inner musical consciousness and the poetry is not understood within the free verse, and if the focus is on flat description, then it is certain that the poem will not be a poem, but a narration or a narration.
झण्डा उठाउँदै आएको तिमीलाईविजय मल्ल१ तिमी जन्म्यौ । त्यो वेला शायद आकाश तार-तारामय हुँदो हो ! अथवा जून हाँसिरहेको हुँदो हो या त सूर्य बलिरहेको हुँदो हो ! बालक, तिमी जन्म्यौ ! तिम्री आमाको ओँठमा एउटा सानो मुस्कान नाच्यो होला,, तिम्रो बाबुको गालामा खुशीको लहर दौड्यो होला । तर मलाई भने लाग्छ – हाम्रो घरमा एउटा नयाँ ताकत लिएर एउटा नयां जिन्दगीको शुरुवात भयो, एउटा नयाँ शक्ति, अन्धकारको एक कट्टर दुश्मनको उदय भयो । २ बालक ! स्याहार–सुसारले, म्वाइँहरू पाउँदै, तिमी हुर्कंदै जानेछौ,, मायाले, अँगालोमा गुटमुटिदै तिमी बढ्दै जानेछौ, कुनै बेला, म बस्ने गरेको झ्यालबाट त्यो विशाल आकाशलाई जब तिमी निहार्नेछौ, … जब तिमी हजारौं समस्याले भरिएको- मानिसहरू दब्दै पिसिंदै गइरहेको- तलको यो पृथ्वीलाई हेर्नेछौ । बालक ! उम्लिरहेको जवानी लिएर जब तिमी त्यही बाटो कुल्चनेछौ जहाँ म कुनै वेला कुल्चने गर्थे त्यस वेला के तिमी आफ्नो कर्तव्य संस्झोइनौ ? ३ सम्भव छ अनाचार र दुराचारसित भिड्दा-भिड्दै तिम्रो काकाको हार हुनेछ,, दुश्मनको सामना गर्दा-गर्दै तिम्रो काकाको अन्त हुनेछ । सम्भव छ- स्वतन्त्रताको संग्राम नै मेरो नाशको बिउ हुनेछ । तर, बालक ! यो पृथ्वीलाई प्रिय मान्दै आमाबाबुको माया पिउँदै आफ्नी प्रियतमलाई म्वाई खाँदै । उसको हृदयको धड्कनलाई सुन्दै हिंड्दा के वास्तविक संसारलाई तिमी नबुझौला ? सधैं बन्धनमा छु भन्ने चाल नपाऔँला ? ४ तिम्रो काकाको पराजयमा दुश्मनले चहाड मनाउनेछन् उनीहरूको मुठ्ठीमा बलसञ्चय हुँदै गएको ठान्नेछन् । तर मेरो बालक, तिमी भन, के उनीहरूले साँच्चि नै जित्न सक्लान् त ? तिमीले झन्डा उठाउँदै अग्लाउँदै आएको के तिमीलाई उनीहरूले देखोइनन् ? .. मेरो पछि-पछि स्वतन्त्रताको पताका फहराउँदै बढिरहेको के तिमीलाई उनीहरूले देखोइनन् ? ५ बालक ! मलाई पक्का विश्वास छ, हाम्रो घरमा एउटा नयाँ जिन्दगीको शुरुवात भएको छ, एउटा नयाँ जिन्दगी, अन्धकारको एउटा जबर्दस्त दुश्मनको जागा भएको छ । |
रूख आफ्नो छायालाईवासु शशीरूख आफ्नो छायालाई नजीकै बिछाएर उभिरहन्छ ! त्यो उसको अनुकृति हो त्यसलाई ऊ हेरिरहन्छ ! आफ्नो भन्नु पनि त्यही हो उसको ऊ त्यसलाई घामपानीकन खपेर पनि बनाइराख्छ ! ऊ हेर्छ कहिलेकाहीँ यसो हल्लिएर कि त्यो जीवित छ कि छैन ! अनि आफूसंगसंगै चल्बलाएको देखेर मन मायाले ऊ आफ्ना पातहरू ओढाएर त्यसलाई बचाउन खोज्छ ! कतै ढल्नै परे पनि ऊ त्यसैलाई गएर ढाक्न पुग्छ ! अनि त ऊ भुत्रै भएर गए पनि त्यो पनि उसैको सामु भरिरहन्छ ! |
आकाशको यत्रो उचाइका लागिवासु शशीआकाशको यत्रो उचाइका लागि मेरो होचाइ जिम्मेदार छ जो भुमरीभित्र पर्दा पानीमा पग्लिएर जान्छ मानो क्यै’ नक्यै’ यस्तो छ जो केवल आगैआगो हो । किन्तु त्यो हिउँ हिउँ भए पनि म होचो जरूर छु अवश्य पनि हुनु एउटा कमी हो । ऐना त हो, खस्यो टेबुलचाट र चकनाचूर यस हृदयमा भयो- जसका सबै टुक्राहरूलाई एउटा बाढले बगाएर लग्यो । हुन सक्छ रूपलाई त्यसले सहन नसकेको हो अथवा हावा चलेको मात्रै किन्तु त्यहाँ पनि त्यो कमी थियो र यस चाँदनीको व्यर्थता मैबाट पैदा भएको हो- जरूर समय एउटा क्रिया हो किया, जो एउटा कमी हो । |
गीत म कसरी गाऊँ ?हेमन्त श्रेष्ठछेउमा सागर छ सागरसँगसँगै अनन्त लहर र लहरसँगसँगै अनन्त सङ्गीत छ म किनारको प्यासी बगर बनेर पानीको गीतमा कसरी रमाऊँ ? तृष्णा बोकेर मनभरि गीत म कसरी गाऊँ ? चाहेको वसन्त हो कहिले पलाँससम्म फुलेन गुराँसको रक्तिम अनुहारमा स्वयम् लालीको रङ्ग चढेन चाहनाको असीम गन्तव्यमा अभावको काँडा कुल्चेर म कसरी यात्राको टुङ्गो लगाऊँ ? उमेर काटेर बिनाअर्थ गीत म कसरी गाऊँ ? भाषा छ तर शब्दहरू कैद छन् सङ्गीत छ तर स्वरहरू कुँजिएका छन् बिनादृष्टि कसरी म आँखाले देखूँ ? बिनाआवाज गीत म कसरी गाऊँ ? सारङ्गी बन्न सकिएन कि खोक्रो पेटले पनि सङ्गीत सिर्जन सकूँ अचानो भएर जिउन सकिएन कि चोट खपेर पनि चुपचाप सहिरहूँ आफ्नो त मन छ मनसँगसँगै दुख्ने तन छ कसैले बजाउँदैमा बज्न सकिएन खुकुरी नाच्दैमा नाच्न सकिएन एउटै बगैँचामा फुलेर के गर्ने ? म उन्यू गुलाफसँग कसरी प्रीत लाऊँ ? हीनताको बोझ बोकेर सधैँ गीत म कसरी गाऊँ ? जीवनमा धेरै–धेरै पटक रोएँ रोएर बाँच्नुलाई जीवन भनेँ तर रोदनका स्वरहरू गीत बनेनन् आँसुका थोप्लाहरू मोती बनेनन् कलेँटी परेका ओठहरूले कसरी मुस्कान छर्न सक्छ ? व्यथाले पोलेका गलाहरूमा कसरी हाँसो रमाउन सक्छ ? ग्रहणले छोपेको घामबाट स्वर्णिम ज्योति कसरी पाऊँ ? पीडा साँचेर मुटुभरि गीत म कसरी गाऊँ ? |
तिमी भेटिएपछिरीता अधिकारी ” ऋतु”समय गतिशील छ अनन्त छन् चाहनाहरु र, बदलिरहन्छ चाहनाको तस्बिर ! जसरी म बदलिएँ तिमी बदलियौ र बदलियो सिरानीको परिभाषा तिमी भेटिएपछि ! |
नास्तिकदीक्षा भट्टयदि ऊ तिम्रो मात्र हो भने, मेरो कसरी हुन सक्छ ? हामी दाजुभाइलाई लडाउने ईश्वर कसरी हुन सक्छ ? तिमी आस्तिक हुनु म नास्तिक हुनु उसको मर्जी होइन भने, मैले पत्थरसामु नझुक्नु तिम्रो मनमा किन खड्किन्छ ? मलाई मनोकामना पूर्ण गर्ने आशा दिएर निर्दोषनिमुखाको रगत माग्ने ईश्वर नभई बचाउन आफ्नो रगत दिने ईश्वर छ भने भन, म आजै अहिल्यैबाट आस्तिक बन्नेछु । |
हवाईजहाज मनसुरेश राईभर्खरै भुइँ छोडेको यो जहाज एयरपोर्टको गेटमा भर्खर भर्खरै छुटेको प्रियसीको न्यानो हात म कुन पंखा हम्काई सुकाउँ यी आँसु म कस्तो भविष्य सम्झेर हाँसु ! यो नाथे हवाई जहाजको वेग के वेग ? यी.. म अहिलेको अहिलै मेरी आमाको छेवैमा छु म एकै पटक मेरो घरको भान्छामा छु साथीभाइको भेलामा छु मेरो आप्पा बस्ने सिकुवाको खटियामै छु मेरी प्रियसीको शितल काखैमा छु यतिखेर म यो जहाज बाहेक सबैतिर छु सबैसँग छु मेरो मनले वेग जो हानेको छ यो हवाई जहाजले कहाँ भेट्न सकेको छ ! यो साँझको जो समय छ झिलिमिली काठमाडौ छोडिँदो छ ऊ… पशुपतिको गजुर सानो हुँदै गैरहेछ ऊ….पुरै घरहरु बिलाउन खोज्दै छ ऊ…त्यताहुँदी मेरी पियारीको बसाई छ हजारौं फिटको उचाईबाट एउटा मन थाहै नपाई हाम फालिसकेको छ र गर्ल्याम्मै अंगाली सकेकोछ काठमाडौलाई कसरी अटाउन सक्यो खै ! त्यत्रो ठूलो सहर विदेशिन विवश यो मनको अंगालोमा लागिरहेछ भित्रभित्र कतै बरु फर्कियोस् यो जहाज जहाँबाट उडेको हो त्यहीँ बरु जेसुकै गरेर खान्छु बरु आफन्तहरुलाई सम्झाउँछु बरु साहूलाई भाका थपी माग्छु कमसेकम मेरी उनीसँगै हुन्छु कमसेकम परिवारमाझ रहन्छु क्याप्टेन साहेब ! क्याप्टेन साहेब !! घुमाउनुहोस् यो हवाई जहाज मलाई फर्कनु पर्ने भो उतै कपासको बोटबाट हावाले कपास थुते झैँ म सुक्ष्म सुक्ष्म हिस्सामा घटिरहेको छु म पुरै रित्तो हुनु अगावै भतभती पोलिरहेको छाती ध्वस्त हुनु अगावै कृपया मलाई फेरि मेरै देशको एयरपोर्टमै ओराल्दिनुहोस् |
यस रातलाई सोरेर मुछिदिएँ मैले तिम्रो केशमावासु शशीयस रातलाई सोरेर मुछिदिएँ मैले तिम्रो केशमा र एउटा यस्तो क्षण उत्पन्न भयो जब तिमी तिमी रहिनौ, म म रहिनँ ती म र तिमीको एउटा हामी बन्यो हामी अर्थात् एउटा आजु जिन्दगीको तेलकासामा हामी अर्थात् एउटा बिहान पर्वत र आकाशका बीचमा साउनले एक वर्षा पानीजस्तै मैले अलिकति आफू तिमीलाई दिएँ तिमी एउटा नदी बनेर देखापर्यौ एउटा रातो नदी र तिम्रो सिउँदमा र मेरो नसामा बग्यौ मैले विस्तारै गीतहरू बन्द गरेँ र तिमीलाई सुनेँ तिमी मेरो छातीमा बज्यौ मैले तिमीलाई हेरेँ र सपनाहरू देख्न छाडिदिएँ ताराहरूकी चाँदनी मैले ताराहरूलाई नै फर्काइदिएँ फूलहरूलाई मैले तिम्रो गाला हैनन् भनिदिएँ, मैले वसन्तलाई अब मेरो कोठामा ठाउँ छैन भनिदिएँ तिमी एउटा साथ र अभिभूत भयौ सिङ्गै ममा तिमी, सिरसिरे हावा एउटा रूखमा तिम्रो साथ, एउटा रूप एक चौटा बादलमा म तिम्रो ओठमा देखापरेँ मैले आफ्नो उपस्थितिलाई तिमीमा भेट्टाएँ मैले तिमीलाई पाएँ र लौ, यो सारा संसारका प्रति भयाल लगाइदि |
मेरो रात, मेरा सपनाहरूबाटवासु शशीमेरो रात, मेरा सपनाहरूबाट मुक्ति देऊ मलाई ! म केवल सुत्नलाई पल्टेको हुँ लछार पछार नगर निद्राभित्र मलाई ! म कुनै शिकार खेल्दिनँ यस वापलाई हटाइदेऊ ! सित्तै गए जाउन मेरो आँखाहरू निभाइदेऊ यो क्यै देखानपार्ने बत्तीलाई ! मरीचिकाका विषयमा क्यै भन्नु छैन प्यासबाट यसकै छुट्टी देऊ यस मृगलाई ! लहरहरू नहुनु पनि नदीको सौन्दर्य हो र बिनाछाल पनि बग्छ, बग्छ यो बग्न देऊ यसलाई ! थाकेको शिर बिसाउनै परे ढलिदिन्छ यो रूख एक्लै, बिल्कुल एक्लै उभिन देऊ यसलाई ! हुरी चल्छ, आँधी आउँछ उड्न देऊ, यो बगर उड़ाएर बस्छ आफूलाई ! अरू क्यै होइन, अरू क्वै होइन मुक्ति देऊ आफूबाट आफूबाट मुक्ति देऊ मलाई ! यो नर्सिसस, यसलाई यसको छायाँबाट मुक्ति देऊ, मुक्ति देऊ आफ्नै छायाँबाट मलाई ! |
एउटी वेश्ये चाहिनेजस्तो यो रातवासु शशीएउटी वेश्ये चाहिने जस्तो यो रात, बुद्धले घर छाड्दाकोजस्तो यो रात मलाई के हेर्नु छ र मैले यो बत्ती बालिराखेको छु यो कोही एक्कासि चिच्याएर ल्याउला जस्तो रात यो कसैले घाँटी थिच्न आउला जस्तो रात आत्महत्या मानिसहरू यस्तै रातमा गर्दा हुन यो मरीचको पीरोजस्तो रात, यो सबैले कोठाबाहिर फालिदिएको रात कदाचित धरतीको आफ्नै स्वभाव-समय रात हो कदाचित् उपस्थितिको अभिव्यक्ति रात हो, जडको पनि, जीवको पनि ए स्वास्नीमान्छे, तिमी कहाँसम्म पुग्न पनि त्यतिकै गाह्रो तिमी कहाँबाट फर्कन पनि त्यतिकै गाह्रो यो त्यही गान्होजस्तो रात, यो तिमीजस्तै रात, यो मजस्तै रात, यो तिमी र मको हामीजस्तो रात, यो आदमले फल खाँदाको जस्तो रात । |
खोज्दा खोज्दा मैले यो बिर्सेँवासु शशीखोज्दा खोज्दै मैले यो बिर्से कि म के खोजिरहेको छु – मलाई बत्तीहरू देऊ मैले आफ्नो स्मृतिलाई देख्नु छ आफूलाई हेर्नु छ र यस रातलाई उज्यालो पार्न छ ! जो पाइएन त्यसले जो छन् ती सबलाई निरर्थक तुल्याइरहेछ ! म सहन सक्तिन कि म यी मेच-टेबुलहरूमा वितेर जाउँ ! कदाचित् मानिसदेखि पारी जानलाई म रवाना भएको थिएँ ! मैले जे जति छोएँ ती सुवर्ण बने ! किन्तु त्यसैले मेरो स्पर्शलाई बस्तुको उता जान दिएन ! ( यी जो जुत्तामा मेरा खुट्टा परे मलाई धापमा गाडिएजस्तो भयो ) बत्तीहरू देऊ बत्तीहरू देऊ – गुमसुम यस अँध्यारो-उज्यालो रात जो आई बसेको छ यहाँ यसमा कदाचित आज त्यो आउने हो जसको नहुनु ममा उकुसमुकुसाइरहेछ लौ, पोखरीमा परेको मेरो मायाबाट पनि म भित्र गएँ – जरूर म अस्तित्व देखि पर पुग्छु र त्यसलाई जसलाई मैले बिर्से म आफ्नो उपस्थिति सुम्पिदिन्छु ! मलाई बत्तीहरू देऊ, मलाई बत्तीहरू देऊ |
मेरो निमित्त यो संसार ठूलो छवासु शशीमेरो निमित्त यो संसार ठूलो छ त्यसैले म एउटा घर बनाउँछु । यो सानो शरीरले यत्रो विशालतालाई कसरी सहोस । यो एउटा मनले यतिका सब जनासँग कसरी भ्याओस् । मसँग गिदी पनि यो माथाभरि मात्रै छ । र सपना मेरो निद्रादेखि बाहिर जान सक्तैन- ए उकुसमुकुस, ए उकुसमुकुस तिमीलाई मृत्यु चाहिन्छ, मृत्यु चाहिन्छ ! किनभने तिमीले आफूबाट क्षमा नपाइ हुन किनभने तिमीले आफूलाई क्षमा नदिइ हुन तिमीले आत्म-हत्या गर्नैपर्छ ! तिमीले आत्म-हत्या गर्नैपर्छ । |
अवतारप्रकाश सायमीकुनै दिन तिमी मुसा थियौ, त्यो पहिलो सत्य थियो पछि तिमीले मुसाको मासु खान बिरालो भयौ … स्वभावैले तिमीलाई बिरालो भन्दा शक्तिशाली बन्नु थियो तिमीले रूप फेरेर कुकुर भयौ … कुकुर भएर तिमीले दासता बाहेक केही स्वीकारेनौ फेरि तिमीले रूप परिवर्तन गर्यौ तिमीलाई कुकुर भन्दा बलियो बन्नु थियो तिमीले अवतार परिवर्तन गरेर बाघ भयौ ।। बाघै त थियौ तिमी .. तर बाघ भएर पनि तिम्रो अहम् बद्लिएन .. बाघलाई पनि शासन गर्न तिमी विस्तारै विस्तारै … सिंह बन्दै गयौ … सबैको राजा सिँह । सिंह त कहाँ थियौ र तिमी ? आवरण मात्रै त थियो , आफूलाई छोप्ने र अरूबाट बच्ने तिम्रो खोक्रो आवरण । बिरालोदेखि कुकूर कुकुरदेखि बाघ बाघदेखि सिँह हुँदा तिमीले धेरै पटक अवतार बदल्यौ तर तिमीले तिमी भित्रको मुसाको लोभ कहिल्यै बदल्न सकेनौँ । तिमीभित्र मुसा सधैँ बाँचिरह्यो .. अन्ततः तिमी मुसा नै हौ । |
ई सलाईका काँटीहरूप्रकाश सायमीबट्टामा थुनिएर अँध्यारोमा लुकेर लामबद्ध भएर सलाम पर्खेर कैद यातना सहेर बसेका एउटै वेशमा एउटै देशमा एउटै मुद्रामा एउटै मुद्दामा सैन्यशक्ति जस्तै तथस्थ भएर बसेका ई सलाई काँटीहरू काठका हुन् तर बिजुलीका पाठ हुन् निर्जीव छन् तर ज्योत र जाग्रत छन् ननिभे पनि कथा छ निभे पनि व्यथा छ ई सलाईका काँटीहरू धागो जस्तै उनिएर आगो बोकेर बसेका वीर क्रान्तिकारीजस्तै हाडहरूको रूप लिएर पहाड तोड्ने क्रममा तैनाथ सशस्त्र सैनिकजस्तै क्षेप्यास्त्र हो कि अर्थशास्त्र हो कि भ्रम बोकेर बसेका छन् ई सलाईका काँटीहरू जलेपछि कोही इतिहासमा बन्छन् कोही उपहास बन्छन् |
कुनै एउटा यस्तो दिनप्रकाश सायमीघामसँग बोलेर हामी कविता पढ्दैछौँ घामसँग खेलेर हामी कविता लेख्दैछौँ घामसँग हिँड्दै हामी कविता बाँच्दैछौँ घामसँग हाम्रो साइनो छ, कविताको । घाम पर्खालमाथि चढ्छ, हाम्रो कविता सस्वर हुन्छ घाम डाँडामाथि हिँड्छ हाम्रो आवाज अझै प्रखर हुन्छ पानीसँग पनि हामी लेख्छौँ, पढ्छौँ र बोल्छौँ हामी कविता लेख्छौँ घामपानीको, एकदिन हाम्रो कविता घाम बन्ला सबैलाई न्यानो देला वा पानी बन्ला, सबैलाई जीवन देला फेरि पनि हामी कविता लेखिरहौँला तर कविता त हामीसितै रहन्छ कुनै एउटा यस्तो दिन घाम रहला पानी रहला हाम्रो कविता नरहला तर हामी घामपानीमा कविता भएर जानेछौँ । |
तिमीलाई देखेको समयप्रकाश सायमीतिमीलाई देखेको समय मभित्र मौन उज्यालो खस्छ अथाह वेग लिएर तिमी समक्ष मेरो सामुद्रिक मनले कविताको भूगोल बनाउँछ यत्र तत्र । चूपचाप तिमी कतै चूपचाप म कतै दुई अपरिचित जहाजजस्तै हामी नाइल नदीको किनार भएर बगिरह्यौँ समय एक स्थिर स्वर भएर पर्खिरहेछ, हामीलाई- चूपचाप । सिमानाको बाटो भएर बसेका तिम्रा अचल नयनमा असमान जुलुस देख्छु आमन्त्रणको । म नतस्मतक ऐना सम्मुख सिँदूरको प्रतोलिका लिएर उभिएकी विधवा झैँ तिम्रा आँखाका गुफामुनि आत्मसमर्पित छु प्रिय ! हामी कविताका दुई पंक्ति झैँ किनार किनार छौं हामी कविताका दई मुद्रा झैँ अधर अधर छौँ तिमीलाई देखेको समय मैले मेरो ईश्वर मरेको घोषणा गरेँ तिमीलाई देखेको समय मैले मेरो नयाँ ईश्वर जन्मेको घोषणा गरेँ । |
पीडाभुवन ढुङ्गानाआत्मबोधको पीडाले अचेत एक मध्याह्रनमा पीडा म तिमीसँगै सुतेकी थिएँ कतै लाग्यो पीडा खुर्केर बोक्रा ताछेर पहेँला आलुसरह म पनि यी लुगाहरूले नबेरिएकी हुँदी हुँ लज्जित भयभीत र आतङ्कित पीडा म तिमीलाई छाम्न पुगेछु तिमी टाँसिएछौ जुकासरह र, रगत चुसिरहन्छौ हठात् झिँगाको स्वरले ब्युँझाइदिएछ पीडा मध्याह्रनमा मानौँ मलाई सम्झाइरहेछ तिमी ज्युँदै छौ |
यो फूलसँग सम्पर्क एकपल्ट राखे पुग्नेवासु शशीयो फूलसँग सम्पर्क एकपल्ट राखे पुग्ने अधिकार छ भने देऊ पृथ्वीका प्रत्येक भविष्यलाई म सपनाबाट औंलाहरूमा उतारिदिनेछु त्यसपछि न कुनै धोबी हुनेछ न अग्नि परीक्षा र स्वास्नीमान्छेले लगाएका आलिङ्गनका चूरी हिरोशिमाहरूमा गएर फुटने छैनन्, मेरी छोरीले कोठाको रङ्ग कोतर्न आउन पनि यति ढिलो गर्ने छैन र यो मुटु हानेपिच्छे म वरद होऊ एउटा दरिद्रता जो, म सहन सक्तिन त्यो हो लंगुर एउटा मृत्यु, जसबाट यो तन पीडित हुन्छ, त्यो हो पर्खाल मान ए आमा हो, तिम्रा छोराहरू अनि स्वास्नीले छिनेर नलिने हुन्छन हरेक जना करङ्गहरूको कैदबाट उम्कने छ- र त्यसपछि न कुनै व्यापारको जरूरत पर्नेछ न कुनै व्यवसाय शेष रहनेछन् केवल क्रियाशीलताहरू, केवल जीवनहरू । |
म यस रातलाई कोठाभित्र थुनेर राख्न सक्तिनँवासु शशीम यस रातलाई कोठाभित्र थुनेर राख्न सक्तिनँ यस टेबुललाई जस्तै, यी बालबच्चालाई जस्तै यो अवश्य धरतीमा हराएर जानेछ, मभित्र सुकेर जानेछ । चाहे म झलमल्ल उज्यालो पारेर राखूँ चाहे चिम्झिरहूँ यो निरपेक्ष मेरो उमेरजस्तै बितेर जानेछ । यो बम खसाल्न तयारहरू पनि निदाए कि जस्तो रात, यो रोगी र भोकाहरू पनि सुते कि जस्तो रात सम्भवतः जिन्दगी भयमुक्त हुनेछ यस रातलाई समातेर बचाउन सकिए, यस अन्धकारलाई सेफमा भरेर राख्न सकिए । |
तिमी हाँसेविजय मल्लप्रिये, त्यो दिन सम्झँदा तिमी नै यस खोलाको तरंगबाट लहरिँदै आउँछ्यौ। अहिले चीसो हावाले कानमा सरसराएर भनेको तिमीले बोलेजस्तो लाग्छ । पर्वतको अविच्छिन्न मालालाई हेरेर विस्मयलाई अँगालेजस्तो हात बाँधेर भनेकी थियौ – यसको पार पाइन्छ ? मैले भनेथेँ-पाइन्छ । बागमतीको नागबेलीलाई हेरेर अनिश्चितताले औँला टोकेझैँ तिमीले त भनेकी थियौ – यसको मूल भेटिएला ? मैले भनेथेँ –भेटिन्छ । पहाडलाई चुम्बन गर्न लागेको गुलाबी बादललाई संकेत गरी तिमीले भनिथ्यौ – यसलाई समेट्न सकिएला ? मैले भनेथेँ – सकिन्छ । त्यसो भए – मैले भनेथेँ-ब्रम्हाण्ड नै सानो हुनेछ तिमीले एकफेरामात्र हाँसे। |
CHHATIWAN (ALSTONIA SCHOLARIS)
CHIRAITO (SWERTIA ANGUSTIFOLIA)
CHIRAITO (Swertia bimaculata )
CHIRAITO (Swertia multicaulis)
DATIWAN (ACHYRANTHES BIDENTATA )
DHASINGARE (Gaultheria fragrantissima)
DRONAPUSPA (LEUCAS CEPHALOTES)
GOBRESALLA / TALISPATRA (ABIES SPECTABILIS)
GUJARGANO (CISSAMPELOS PAREIRA)
INDRAJAU ( Holarrhena pubescens )
JAMANE MANDRO (MAHONIA NEPAULENSIS)
JATAMANSI (NARDOSTACHYS GRANDIFLORA)
KAKAD SINGHI (Pistacia chinensis)
KAKOLI ( Fritillaria cirrhosa)
KALO SHARIVA (CRYPTOLEPIS BUCHANANII)
KALO SHARIVA (ICHNOCARPUS FRUTESCENS)
KALO-BIKHA (ACONITUM LACINIATUM)
LAGHU PATRA (PODOPHYLLUM HEXANDRUM)
Medicinal Plants of Nepal! Preserving the Past, Healing the Future
NAGEBELI (LYCOPODIUM CLAVATUM)
PANCHAUNLE (Dactylorhiza hatagirea)
https://easyayurveds.com/shop/
https://easyayurveds.com/neem-capsule-price-in-easy-ayurved-nepal/
https://easyayurveds.com/ajwain-oil-carom-oil-for-pain-relief-relaxation-improved-blood-circulation-stress-reduction-mental-relaxation-and-relief-from-arthritis-100ml/
https://easyayurveds.com/amla-powder-gooseberry-powder-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-powder-100gm/
https://easyayurveds.com/brahmi-bati-price-in-nepal/
https://easyayurveds.com/confido-tablets-for-libido-testosteron-and-erectile-dysfunction/
https://easyayurveds.com/arjuna-chaal-powder-supports-heart-health-manages-cholesterol-level-promotes-healthy-metabolism-diabetes-weight-loss-terminalia-arjuna-100gm/
https://easyayurveds.com/ashokarishta-ayurvedic-syrup-for-women-relief-from-irregular-and-heavy-menstruation-and-hormonal-imbalance-with-ashoka-dhataki-by-dabar-450ml/
https://easyayurveds.com/ashwagandha-withania-somnifera-ayurvedic-herbal-supplement-promotes-vitality-and-strength-support-for-stress-ashwagandha-powder-100gm/
https://easyayurveds.com/ashwagandharishta-helps-boost-immunity-stress-buster-for-health-strength-wellness-naturally-enhances-fertility-libido-by-baidyanath-450ml/
https://easyayurveds.com/avipattikar-churna-gastric-churna-for-hyperacidityflatulence-bloating-nausea-heart-burn-and-digestion-ayurvedic-abhipattikar-churna-100gm/
https://easyayurveds.com/brahmi-brahmi-powder-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-centella-asiatica-100gm/
https://easyayurveds.com/chyawanprash-with-yarshagumba/
https://easyayurveds.com/castor-oil-arandi-oil-price-in-nepal/
https://easyayurveds.com/yarshagumba-price-in-nepal/
https://easyayurveds.com/isabgol-bhusi-price-in-nepal/
https://easyayurveds.com/himcolin-gel-price-in-daraz-nepal/
https://easyayurveds.com/baidynath-shilajit-price-in-nepal/
https://easyayurveds.com/goksura-gokharu-powder-price-in-nepal/
https://easyayurveds.com/giloy-gurjo-gudduchi-powder-price-in-nepal/
https://easyayurveds.com/shilajit-capsule-price-in-nepal/
https://easyayurveds.com/dushmularishta-price-in-online-shopping-nepal/
https://easyayurveds.com/moringa-price-in-nepal/
https://easyayurveds.com/kaauso-price-in-nepal-mucuna/
https://easyayurveds.com/jethimadhu-price-in-nepal/
https://easyayurveds.com/jaiphal-oil-price-in-nepal/
https://easyayurveds.com/benefits-of-jamun-seed-powder-for-diabities-and-constipetion/
https://easyayurveds.com/liv52-price-in-nepal/
https://easyayurveds.com/shilajit-price-in-nepal/
https://easyayurveds.com/liv52-price-in-daraz-nepal/
https://easyayurveds.com/khadirarista-price-in-nepal/
https://easyayurveds.com/bramhi-oil-ghod-tapre-oil-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-bacopa-monnieri-oil-100ml/
https://easyayurveds.com/amla-juice-gooseberry-juice-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-juice-with-aloe-vera-100gm/