The top poems by Biwash Pokharel depict his
immense capability in the capture of human feelings and the details of life
with his lyrical capabilities. His one of the most famous works is from his
poetry collection "Anido Raat Ra Battima Putaliharoo", where he
maintains a perfect balance between melancholy and hope. Among them, his
representative poem "Ka'uso Pani Bhetincha" that came out in the
Sahityasagar series, is remarkably very vital to portray the contrasts of life.
His voice is deep sensitive, and keenly observant of this world; hence his
poems strike the very core of the readers' hearts.
With imagery and metaphor, he excelled in
the themes of love, loss, identity, and societal change, earning for himself a
poignant and influential voice in Nepali literature.
Biwash Pokharel: Beacon of Nepali Literature
Introduction: A Prolific Journey in
Literature Biwash Pokharel, born Manohar Pokharel on 25th Bhadra, 2015 B.S. in
Mahendranagar, Sunsari, is a name that spells excellence and versatility in
Nepali literature. Indeed, for more than forty years, he was held in regard as
an important figure of poetry, short stories, satirical essays, and children's
literature. There is a commitment to service in his writings-one quite deep in
dedication and passion for the nurturing and inspiration of newer coming
generations of authors. He resides at 10/58 Milan Chowk, Biratnagar, Morang,
and works at the Morang District Court. Living and practicing his art in this
historical city stand as testimonies to his commitment to his art as well as to
his community.
Early Life and Education: The Foundational Grounds for a Literary Career
Manohar Pokharel grew up in Sunsari, which
laid the fertile grounds for his future literary pursuits. The serene life he
spent with his family, surrounded by nature and filled with culturally
resourceful surroundings, acquainted him with the vivacious traditions and
stories of Nepal. All this stirred his imagination and awakened his creativity.
His education culminated with the School Leaving Certificate, a big achievement
that opened the way into the literary arena. His formative years were marked by
an interest in literature, which he pursued parallel to his formal education.
Coupled with budding attempts at writing, the early grounding that he received
through being exposed to various kinds of works set the strong foundation for
his future career.
Literary Career: Many-Splendored Contribution
Biwash Pokharel's writing career properly
began in 2034 B.S. when his poem appeared in the then-weekly "Naya
Sandesh." That first flush of success ushered in a prolific career which
continues unabated and has been marked by an enviable array of works in several
genres. The poetry collection "Anido Raat Ra Battima Putaliharoo" has
become highly treasured for its lyrical beauty and resonant depths. Short story
collections like "Samaya Vimb" and "Sneha Astra" reflect
his storytelling skill in full flow and the replication of the human experience
in all its multi-dimensionality. Also, the satirical essay collections
"Sadheko Dain" and children's poetry collections like "Karkalako
Chhata" and "Fuchche Bhai Ko Ghoda", all published in 2063 BS,
make him a versatile writer with an appeal for all age groups.
Editorial and Organizational Involvement: Momentum in Shaping Literary
Discourse
In addition to his own works, Pokharel has
equally contributed as an editor and translator to Nepali literature through
various publications. He has edited renowned magazines and journals like
"Taranga," "Paluwa," "Nagbeli," "Vani,"
and "Navakriti," making sure that several voices and stories find
representation for the world to read. His editorial works brought out quality
in these journals, besides providing a platform for budding writers.
Involvement with the literary organization underlines more poignantly his
commitment to fostering a vibrant community of letters. His leadership and
participation in numerous literary movements have stimulated and guided ratings
of writers, making him one of the pivotal figures in Nepali literature.
Awards and Honors: recognition of Excellence
Literary contributions by Biwash Pokharel
have been recognized through many awards and honors, reflections of his
unparalleled contribution to the Nepali literary landscape. Among many
accolades that he received, first place in the story symposium organized by PEN
Nepal in 2047 B.S. comes as a prominent achievement. This collection stands out
as a testification to his ability in the art of telling stories. These awards
bring forth the critical appreciation for his works over the years. Thus,
Pokharel's ability to create such high-quality literature time and again and
make it likable among the readers and appreciated by the critics defines his
illustrious career. His awards are not only recognition for his talent but an
inspiration for future generations of Nepali writers.
Acting and Miscellaneous Contributions: A Versatile Artist
Besides his literary contribution, Biwash
Pokharel has equally contributed to the field of acting. His involvement with
the performing arts makes him an artist with multiple talents. In fact, his
experience with many forms of art provides wide scope and greater depth to his
insight into human experiences. His work, "Ka'uso Pani Bhetincha,"
included in the Sahityasagar series of publications, best represents the
skillful way he presents the complexity of life within his writings. This book,
like most of his writings, attempts to show both congruent and incongruent
elements met on the road of life with a keen insight reflective of his nature.
Legacy and Impact: Delighting Future Generations
Biwash
Pokharel's enduring legacy in Nepali literature is marked via his extensive
body of labor, his role in fostering literary tradition, and his unwavering
dedication to selling human values thru his writings. His multifaceted
contributions ensure that he stays a pivotal determine in the cultural and
literary history of Nepal. Apart from writing, the influence of Pokharel also
lies in his effort to mentor and encourage young writers to venture into their
own respective literary potentials. He has advocated through his writings on
humanity and harmony, and therefore he is loved and respected among the people.
Biwash Pokharel, with his multidimensional roles of writer, editor, actor, and
mentor, will leave a profound impact on Nepali literature, making him one of
its most treasured luminaries सालिकव्यस्त चौबाटोमा- मौन निःशब्द र स्थिर ठिङ्ग उभिएको थियो एउटा सालिक । जसको ओठमा – ढकमक्क फुलेको थियो दम्भको गुलाबी फूल अनुहारमा पोतिएको थियो कृत्रिमताको ओजस्वी आभा जड सालिकको प्राण प्रतिष्ठा गर्दै ठड्याउनेहरूले उत्साहका झ्याली पिट्दै स्तुति गाउँदै ठड्याएका थिए उसका सिङ्गो स्वरूप । ऊ स्थापित परिधि परिक्रमा गर्दै फलाक्नेहरूले फलाकिरहेका थिए उसको बहादुरीको काल्पनिक कथा सत्य खोज्नेहरूले एकाएक ढाले महान व्यक्तिको प्रारूपमा उभिएको भ्रमको एउटा सालिक । सालिकः जो मृत थियो र पनि मध्यरातमा यदाकदा चलमलाउँथ्यो र खेल्थ्यो, जीवित हुनुको अभिनयमा विविध छलकपटका खेल । ‘मालिक! तपाईं जत्तिको महान् यो देशमा को छ ?’ भजन गाएर उसका भक्तहरू हात जोड्दै परिक्रममा गर्थे उसका परिधि वरिपरि । प्रशस्तिसँगै सालिक आल्हादित मुद्रामा नाच्थ्यो, उफ्रन्थ्यो टाउको हल्लाउँथ्यो र कहिलेकाहीँ देखाउँथ्यो अद्भुत र अपत्यारिला ताण्डवनृत्य हिजो एकाएक ढाले योद्धाहरूले अजङ्गको सालिक । दुर्भाग्य! आज देख्छु केही चटकेहरू सालिक हुने अभ्यासमा छन् तम्तयारीमा छन् हात जोड्दै मुन्टो हल्लाउँदै ठ्याक्कै हिजोकै त्यही सालिकजस्तो आफू सर्वोच्च हुनुको दम्भमा अँध्यारोमा पनि चल्मलाइरहेछन् सालिक हुन खोज्नेहरू हो होसियार! सचेत मान्छेहरूले फेरि नङ्ग्याउने छन् तिम्रा कृत्रिम स्वरूपलाई र फेरि ढाल्नेछन् हिजोका सालिकझै तिम्रो दम्भ अन्ततः तिमी- सालिकको प्रारम्भिक स्वरूप बालुवा हुनेछौ/माटो हुनेछौँ हुने छैनन् तिम्रा वरिपरि तिम्रा जन्तीहरू न त हुनेछन् तिम्रो मृत्युमा कुनै मलामी । |
समयबिम्बधुमिल वातावरणसँगै निर्निमेष अन्योलिएका आँखालाई फराकिलो सडक बनाएर अनवरत हिंडिरहेछ समय विना अवरोध र विना पूर्णविराम समयको स्पष्ट पद्चाप छामिरहेछु जीवनका उकाली ओरालीसँगै सुस्त थकिरहेछ समयम थकित समयमा ! कर्कश प्रतिध्वनि र शोकसङ्गीत सुनिरहेछु विपनाको सेताम्मे कुहिरोमा सपनाका सुन्दर राजकुमार हराएजस्तै अनायास हिंडदाहिंडदै हराइरहेछ समय म समयका विलीन गीतहरु पछ्याइरहेछु ट्राफिकहरु हो! रोक ! सवारीनियमको उल्लङ्घन गरिरहेछ समय !प्रवेशनिषेधको रातो साइनबोर्ड माथिअनियमित यात्रा थालिरहेछ समय |
बाँदर आतङ्कआफ्नै घर भत्काएर एक हुल बाँदरहरू शहर पसेका छन् खबरदार मान्छेहरू घर बाहिर ननिस्कनु फेरि कफ्र्यु लाग्नसक्छ अनाहक बाँदर आतङ्कले एउटा शान्त बस्ती तहसनहस हुनसक्छ पुनःअसङख्य छोराहरू– अनायास हराउन सक्छ । थरी–थरीका छन् बाँदरहरू बाँदरको रङ्ग बेग्लै छ जात बेग्लै छ छुल्याँइ बेग्लै छ/उत्पात बेग्लै छ बाँदर युद्धमा सधैं मान्छेहरू सास्ती भोगिरहेछन्/सन्त्रास भोगिरहेछन् कहिले मान्छेका – सपनामाथि घोडा चढेर स्वार्थका पीङ मच्चाउँछन् बाँदरहरू कहिले पशुपतिको घण्ट ठोक्दै राष्ट्रसङ्कटको उद्घोष गर्छन् बाँदरहरू कहिले खुरूर्र बुर्कुसी मार्दै कुर्सीका खुट्टा समाउँन पुग्छन् बाँदरहरू चलिरहेछ – एकपोल्टा उज्यालोको भागबन्डामा बाँदरहरूको लुछाचुँडी घामका रेशा–रेशाबाट सगर छुने प्रविधि सिकाउँदै – खाटा बसेको घाउ कोट्याएर पारिलो घाममा– सन्तुष्टिका जुम्रा हेरिरहेछन् बाँदरहरू आँखामा भ्रमका हरिया चश्मा लगाएर प्रत्येक मनलाई दिग्भ्रमित पार्दै शिशिरलाई वसन्त देखाइरहेछन् बाँदरहरू कति हेर्नु – बाँदरका नृत्य नौटङगी र चटक चोकमा– डबलीमा निरन्तर जात्रा देखाइरहेछन् बाँदरहरू । |
शकुनिको खालमा द्रौपदीचीरहरण गरिरहेछन् कौरवहरू पाण्डवहरू रमिता हेरिरहेछन् कृष्ण ! किन मिल्काउँछौ तिमी समुद्रजस्तै कहिल्यै नटुंगिने सुरक्षाको रंगीन साडी ? हुन देऊ, तान्न देऊ निर्वस्त्र देखाउन चाहन्छु म यी पाण्डवका रोहवरमा आफ्ना शरीरका प्रत्येक अंगप्रत्यंग उत्तेजित मनहरूले खेलून् उन्मादका रंगीन होली रुझून्, चरम उत्कण्ठाका रंगहरूले निथ्रुक्क यिनका मन मस्तिष्क र आँखाले हेरून् आफ्नी अर्धांगिनीको अस्तित्वको दुःखद चीरहरण । भन्थे, लोग्ने सुरक्षा हो अविरल झरी र घामबाट जोगाउने ओतको दरिलो छाता हो आँसु र पीडालाई खुसीमा रूपान्तरण गर्ने एउटा सर्जक हो रहेन अब त्यो सत्य मात्र एउटा किंवदन्ती भएका छन् यी उपमाहरू । कृष्ण ! कतिपल्ट गुहार मागूँ म आत्मरक्षाका लागि तिमीसँग कति सुनाऊँ तिमीलाई आफ्नो पीरको कथा कतिपल्ट च्याँखे थापूँ शकुनिका खालमा आफ्नो अक्षत अस्तित्व । निरन्तर हारेकी छु/रोएकी छु/पिरोलिएकी छु र आजित भएकी छु यी जुवाडेहरूसँग निरन्तर दाउ लगाइरहेकी छु आफ्नो शरीर भैगो नदेखाऊ कुनै सद्भाव, आत्मीयता र दया नझार मेरो विवशतामा सहानुभूतिका दुई थोपा आँसु यिनीहरूका लागि माटो च्याँखे हो राष्ट्रियता, आदर्श र स्वाभिमान च्याँखे हो जुवाडेहरूको कुनै देश हुँदैन/आफन्त हुँदैनन् हुँदैनन् कुनै जिम्मेवारी र कर्तव्य हुँदैन कुनै डर, लाज र घिन यिनीहरू खेल्छन् निर्लज्ज खेलिरहन्छन् षड्यन्त्रका खालमा जीवनको डरलाग्दो खेल । |
प्रश्नएउटा विषम रात तिमीसँग छ एउटा स्वर्णिम प्रभात तिमीसँग छ खै, के रोजूँ ? दोसाँधमा छु खुसी तिमीसँग छ/आघात तिमीसँग छ मात्र शीतका— केही थोपाहरू छन् मसँग कर्कलाको भिरालो पात तिमीसँग छ खण्डित–खण्डित छन् जिजीविषाहरू कसरी बाँच्नु? सधैँ आँधी–बतास तिमीसँग छ मेरा आस्थाका आकाशभरि— सर्वत्र तिमी नै तिमी छौ देख्छु मेघ तिमीसँग छ/बर्सात तिमीसँग छ सधैँ कागजको घरभित्र छ, तिम्रो खुसी जीवन तिमीसँग छ/मृत्यु तिमीसँग छ तिमीले जे कोरे पनि हुने— एउटा सादा ‘क्यानभास’ हुँ म रङ्ग तिमीसँग छ/कुची तिमीसँग छ रूप कोर वा कुरूप कोर, तिम्रो खुसी एउटा शिल्पी हात तिमीसँग छ सोधूँ, कसलाई सोधूँ ? सुनाऊँ, कसलाई सुनाऊँ ?? समय, भन, तिमी आफै भन । किन यसरी सधैँ मेरो विवाद तिमीसँग छ ???? |
बग्दै बग्दै जाने छोरासँगढुङ्गो बनाएर एउटी आमाको मुटु पानीमा बगाइदिएकी छु मेरो खुसी र मेरो प्राण र मेरो सपना जानू, बग्दै बग्दै जानू जहाँ माटो भेटिन्छ, त्यहीँ टक्क अडिनू र समाधिस्थ हुनु । जीवनभरि माटोसँगै खेले पनि माटोमै हुर्किए पनि हामीसँग आफ्नो भन्ने माटो नै कहाँ थियो र तँलाई गाड्नू ! तैँले नाङ्गैभुतुङ्गै खेल्ने ऐलानी आँगन सरकारको थियो तेरो बाबुले बर्खामा जोतेर हिउँदमा धानको शिला खोज्ने गरेको खेत मालिकको थियो हामीसँग माटो त त्यति मात्र थियो जुन श्रमको पसिनासँगै हाम्रा आङ्मा टाँस्सिएर आएका थिए आज बाढी बनेर आएको आँसुका भेलमा ती माटोलाई पनि खलक्क पखालेर अचानोमा राखेर आफ्नो मुटु तँलाई विदा गर्दैछु , जानू खुसीले जानू जहाँ माटो भेटिन्छ त्यहीँ टक्क अडिनू र समाधिस्थ हुनू । अनियन्त्रित छाल भएर आइरहेछन् तँ जन्मनू अघि र पछिका सम्झनाहरू तँ जन्मिएको दिन, नेपाल बन्द थियो अस्पताल बन्द थियो हड्तालमा थिए डाक्टरहरू एक हप्तादेखि काम नपाएर सुत्केरी उकास्न नसक्नुको पीडामा झोक्राइरहेको तेरो बाबू थचक्क घरछेउको खेतको आलीमा बसेर क्वाँक्वाँ रोइरहेको थियो र भगवान् भनाउँदो ढुँङ्गोसँग तेरो सुखद आगमन र मेरो सुस्वास्थ्यको प्रार्थना गरिरहेको थियो घाम र पानी दुवैले पोल्ने र रुझाउने घर नामको एउटा सानो टहरोमा तँ जन्मिएको थिइस् त्यहीँ मालिकको घरको उब्रिएको जूठो र बासी भात खाएर उक्सिएकी थिएँ म सुत्केरी सुत्केरी भएको दिन ,मात्र एकदिन चिसो कुनामा एक मुठी सन्ठी र एक मुठा पराल बालेर सेकाएकी थिएँ आफ्नो चिसिएको आङ तातो पानीलाई तेल बनाएर दल्दै तङ्ग्राएकी थिएँ आफ्नो शरीर तँलाई जीवनको गहिरो नदीमा डुबुल्की मार्न सिकाउँदा सिकाउँदै तैरिन सिकाउँदा सिकाउँदै आफ्ना इन्द्रेनी सपना डुबाएर स्तब्ध छु खुसी डुबाएर स्तब्ध छु तँ यो देशमा दुखै पाउन त आएको थिइस् दुखै पाएर गइस् जानू……….., तैँले पानीमा खेलेका कागजका नाउजस्तै कतै नडुबी बग्दै बग्दै जानू अदृश्य बतास र समय जस्तै सुस्तरी…….. बग्दैबग्दै जानू तँलाई बेरेर बगाउन पनि मसँग यो लाएको झूत्रो साडीबाहेक केही थिएन जुन साडीको रङ कुनै राजनैतिक दलको झन्डासँग मिल्दैन समानता, आरक्षण र स्वतन्त्रतासँग मिल्दैन हाम्रा पसिना, आँसु र जीवनसँग मिल्दैन त्यही साडीलाई च्यातेर तेरो अगाध मायालाई टपक्क निकालेर मुटुबाट यो धमिलो…….. पानीमा बगाइदिएको छु मेरो खुसी र मेरो प्राण र मेरो सपना जानू, बग्दै बग्दै जानू जहाँ माटो भेटिन्छ त्यहीँ टक्क अडिनू र समाधिस्थ हुनू । |
देशसँगबादलको कालो घुम्टो उघार्दै समयको साँघुरो आँखीझ्यालबाट अनिमेष जीवन चिहाइरहेकी तिमी एउटा सुकिलो जून हौ । सौन्दर्यको मनोरम उद्यानमा तिखा काँडाहरूसँग जुध्दै निर्बाध ढकमक्क फुलिरहेकी तिमी सुन्दर फूल हौ । रोक्न खोज्दाखोज्दै पनि व्यवधानका कुइनेटाहरू छिचोलेर अविचलित बगिरहेकी तिमी एउटा शान्त नदी हौ । स्वाभाविक हो ईष्र्याका अग्ला पहाडहरू छन् तिमीसामु तिमीविरुद्ध अप्रत्यासित आँधी र हुरीहरू छन् । सुकुम्बासी बस्ती उठाउन तैनाथ सैनिकहरूझँै तिम्रा सपना भत्काउन उद्यत कौरवहरू छन् । एक्ली नितान्त एक्ली खै ! कसरी लड्न सक्छ्यौ तिमी समयको कुरुक्षेत्रमा जीवनको महाभारत ? तिमीविरुद्ध तिम्रै कृष्णहरू छन् । युधीष्ठिर, भीम, अर्जुन, नहकुल र सहदेवहरू छन् । यता पनि ठीक्क, उता पनि ठीक्क पीपलपाते नारदहरू छन् । विपन्नताको प्रतीक म सुदामा सधैँसधैँ तिम्रा भविष्यका सम्भावनाहरूबारे सोच्छु । आफ्नै इन्द्रेणी सपनाहरूबारे सोच्छु । र सोच्छु, तिनै जत्थाहरूबारे जो हातमा स्वार्थका कठोर ढुङ्गा बोकेर तिम्रा स्वणिर्म शीशमहल भत्काउने तयारीमा छन् । क्षतविक्षत पारेर तिम्रा अक्षत अस्ितत्व आफ्ना तिर्खा मेटाउने तयारीमा छन् । देश ! लाग्छ तिमी द्रोपदीकी पर्याय हौ, प्रतिचित्र हौ र त निरन्तर छातीभित्र अथाह चोट बोकेर बाँचिरहेकी छौ एउटा अभिशप्त नियति । र भोगिरहेकी छौ एउटा कुटिल समय |
नेपाली जनताकतैकेही हराएजस्तो कता–कता आफू आफैसँग डराएजस्तो तपाईंकै देशको— नागरिकजस्तो लाग्ने एउटा अनुहार भर्खरै गाउँबाट सहर पसेको छ नडराउनुहोला— ऊ विरोध बोल्दैन बोल्नै नसक्ने गरी उसको जिब्रोमा दुर्भाग्यको कालो सर्पले डसेको छ तपाईं अवश्य चिन्नुहुन्छ सम्भवतः ऊ— तपाईंकै प्रतिचित्र हो जो— विश्वासको चौतारीमा अझै आश्वासनको छाता ओढेर बसेको छ । |
गाउँमा एउटा साँझपहाडको मायालु छातीमाथि निर्धक्क टाउको अड्याएर एउटा थकित दिन विश्राम लिने तरखरमा छ गुलाबी बिछ्यौनामा निश्चिन्त सुतेजस्तो देखिन्छ पहेँलो घाम निर्जनता छिचोल्दै– निर्बाध बगिरहेछ नदी चिरबिर चिरबिर गाइरहेछन् चराहरू समयको उदास गीत एउटा सग्लो दिनको अन्त्य गरेर गोधूलिसँगै फर्किरहेछन् गोठालाहरू पिठ्ँयूको दाउराको भारी पिँढीमा बिसाएर कमिजको फेरोले निधारका पसिना पुछिरहेका छन् एक हुल गाउँले तुरतुरे धारोमा माटो सुगन्धित फरुवा पखाल्दै सन्तुष्टिका स्नान गरिरहेछन् किसानहरू दिनभरि मेलापातमा हराएकी आमाको न्यानो काखमा लुट्पुटिंदै निस्सासिंदै चुसिरहेछ एउटा बालक आमाको गानिएको दूध गोठमा गाँसिदै छन् बिहानी पूर्वाद्धमा फुकेका बस्तुका असरल्ल दाम्लाहरू एउटा सिलसिलाको नवीकरण गरिरहेछ समय क्रमशः आँखाबाट ओझेल परेको छ अनवरत यात्रारत एउटा दिन जीवन समरमा हारेको छ समय गाउँलेहरू मनाइरहेछन् समयको पराजयमा एउटा विजयोत्सव पाहुनाजस्तै – प्रकृतिको ढोकाबाट भर्खरै भित्रिएको छ गाउँमा एउटा साँझ । |
जीवन र देशसमयको एउटा अप्ठ्यारो मोडमा उभिएका बेला उसले मसँग सोधी– ‘तिमी जीवनलाई कति माया गर्छौ ?’ मैले भनें– तिमीले जति ! उसले फेरि सोधी– ‘अनि देशलाई ?’ मैले फेरि भनें– तिमीले जति ! उसले हाँस्दै भनी– ‘म त जीवनलाई जति देशलाई माया गर्दिनँ !’ ‘किन ?’ मैले सोधें उसले पुष्टि गरी– ‘हेर जीवन मसँगै छ तर, अहिले म पराइ देशमा छु सम्झनाका धमिला बिम्बजत्तिकै देश टाढा छ, धेरै टाढा मात्र भावनामा छ देश÷अनुभूतिमा छ सिनेमाका पोष्टरमा अर्धनग्न उभिएकी एउटी नायिकाको कामुक शरीर र मुस्कानजस्तै विज्ञापनमा छ जहाँ बादलका भुवा बनेर मन पुग्छ, शरीर पुग्दैन अनुभूति पुग्छ, स्पर्श पुग्दैन जीवनजत्तिको प्रिय अरू केही हँुदैन तिमी हँुदैनौ तिमी र मबीच फुलेको प्रेम हँुदैन । जीवन आँसु हो, मुस्कान हो खुसी हो, पीडा हो देश र जीवनबीच कुनै तुलना हुन सक्दैन कुनै प्रतिस्पर्धा हुन सक्दैन कुनै सम्झौता हुन सक्दैन ।’ ऊ बगी – निरन्तर भावनाको नदी भएर अविराम बगी शब्दका बतास भएर बगी विचारको बादल भएर बगी अनवरत बगिरही– ‘देश श्रद्धा हो, आस्था हो दिवङ्गत भएकी आमाको भित्तामा टाँगिएको तस्बिरजस्तै देश मात्र एउटा स्मृति हो, आदर्श हो ।’ उसको अनुपस्थितिमा अहिले सोचिरहेछु र, पढिरहेछु भोगाइसँगै समयका दुःखान्त अध्यायहरू उसले ठिकै भनी– साँच्चै नै जीवनभन्दा ठूलो अर्को कुनै भोक हँुदैन स्वार्थभन्दा ठूलो अर्को कुनै देश हँुदैन । |
ऊसँगको भेटमाव्यस्त सहरको एउटा कुनामा अनायास भेटें उसलाई मलाई देखेपछि एकाएक लजाई एक छेउमा सियो राखेकी रहिछे अर्का छेउमा– चाइनिज ब्याट्री, ग्यास लाइटर र केही चुरोट सलाई सोधें ठूली, कसरी चल्दैछ जीवन मुसुक्क हाँस्दै भनी उसले जसरी चलिरहेको छ देश । शुष्क भएछन् ओठ चाउरी परेछन् गाला एकाएक हराएछ हिमालझैं अनुपम सौन्दर्य मेटिएछन् हत्केलाका भाग्यरेखाहरु फेरि सोधें ठूली, असमयमा नै बूढी भइछौ नि उसले मुसुक्क हाँस्दै फेरि थपी के गर्छौ यस्तै हो उज्यालो कुर्दाकुर्दै बूढी भइयो । सुरू सुरूमा मीठो गीत गाउाथी ऊ सुन्दर लेख्थी कविता अतीत कोट्याउादै फेरि सोधें अचेल गीत गाउादिनौ ? लेख्दिनौ कविता ?? उसले उदास हुादै भनी जुन दिन तिमीले मेरो आाखाको स्वर्णिम सपना र ओठको मुस्कान लिएर भाग्यौ त्यसै दिनदेखि मर्यो मभित्रको कविता र हरायो मभित्रको गीत । स्मृतिको धमिलो छालमा अझ हराएा र फेरि सोधें सागै कोसीको बाढीमा केराको थामको डुङ्गा चढेको याद आउादैन ? एउटै आापको कोया दुइटैले चुस्दै खाादै झगडा गरेको याद आउादैन ? खमारमा परालका बोझाहरुको घर बनाएर माटाको भाँडाकुाडीसागै बेहुला बेहुली भएर खेलेको याद आउादैन ? उसले आफ्ना आाखाबाट पग्लिएर झर्न आतुर आासुलाई हत्केलाले पुछ्दै भनी असम्भव कुराको याद गरेर के गर्नु त्यही यादलाई बिर्सन त म फूलको सुन्दर गाउाबाट काँडाको यो विषालु सहर आएको छु । |
एउटा प्रेम कविताम यसबेला – पुरानो अटोग्राफका पानाहरू पल्टाउँदै तिमीलाई सम्मिmरहेछु । खङग्रङ्ग सुकेछन् अटोग्राफभित्र तिमीले स्नेह पोखेर च्यापेका गुलाफका स्निग्ध फूल । विस्मृत अक्षरमा अनुवाद भएछन् तिम्रा सुन्दर अक्षर र मृदृ अभिव्यक्ति र एकाएक धमिलिएछ तिम्रो तस्विर । यसबेला सम्झनसिवाय अर्को विकल्प नै के रहयो र ? सम्झिरहेछु विदाईका क्षणमा ढुङगेधारामा साबुनका फिँजमा आँसु मिसाउँदै लुगा धुँदै रूँदै गरेका तिम्रा आकृति । बाटो छाडेर – नदी किनार चाँडो पुग्ने आतुरमा झुक्दै निहुरिंदै जाँदा– बयरका झयाङबीच अल्मिmएका तिम्रा लामा केशराशी । र, त्यसलाई छुट्याउन बितेको एउटा सिङगो दिन अनि काँडेयुद्धमा विजयी– आफ्नो रगताम्य हात । हुनसक्छ – यस बेला तिमी पनि मजस्तै स्मृतिका सेताम्मे कुहिरोभित्र आफूलाई हराउँदै – छली समयको विरmद्धमा क्षोभ प्रकट गर्दै गरेकी हुनसक्छ्यौ या–चिम्म आँखा चिम्लेर हामीले कहिले नचुँडिने बाचा गरेका देउराली र भञ्ज्याङ्गहरूसँगै गुम्बा र मन्दिरहरू सम्झिरहेकी हुनसक्छ्यौ । साँच्चै नै –भाग्यले साथ नदिएपछि कसको के लाग्दो रहेछ र क्षमा गर, म यस बेला पुराना अटोग्राफका पानाहरू पल्टाउँदै मात्र तिमीलाई सम्झिरहेछु । खङ्रङ्ग सुकेछन् अटोग्राफभित्र तिमीले स्नेह पोखेर च्यापेका गुलाफका स्निग्ध फूल । |
अराजक सहरमासपनाको रङ्गीन घुम्टो ओढेर अराजक यो सहरमा प्रतीक्षाका आतुर मन ओछ््रयाउँदै धमिला आँखामा मान्छेहरू खोजिरहेछन् जीवनको उज्यालो रङ खोजिरहेछन् अप्रत्यासित ओठबाट अपहरित मुस्कान । हेर्दाहेर्दै संवेदनाहीन यो सहरमा सालिक भएका छन् मान्छेहरू बुख्याचा भएर उभिएको छ ंवर्तमान निस्तब्ध सालिकका आँखाबाट अविराम झरिरहेछ पीरका रुन्चे झरी निथ्रुक्क भिजेको छ प्रस्तर मन चिंिसएको छ सपनाको ओभानो बलेंंसी छातीमा बोकेर यातनाका असङ्ख्य डाम घाइते सडकमा अथकित हिंडिरहेछन् मान्छेहरू । अराजक यो सहरमा मौलाएको छ भ्रमको खेती भूमिगत छ आदर्श शुली चढेको छ इमान स्वार्थका खालमा तान्न आतुर छन् खेलाडीहरू जोकरसत्ता अपहरित छन् गुलाबी पूmलको अनुपम सौन्दर्य उदास उदास छन् मालीहरू । अराजक यो सहरमा बतासजस्तै समाउन नसक्ने गरी भागेको छ वसन्त फर्केर फेरि कहिले नआउने गरी नदी भएर बगेको छ विश्वास मौन, नियालेर नदीको निष्ठुरता उदास बगरमा रुपान्तरित भएका छन् आकाङ्क्षाहरू हेर्दाहेर्दै जीवनको आकाशबाट अदृश्य छ खुसी हराएर जीवनको इन्द्रेनी रङ सेताम्मे काँस फुलाएर उराठिलो शिशिर बाँचेको छ समय । अराजक यो सहरमा एउटा अराजक नियति भोगिरहेछन् मान्छेहरू । |
आज तिम्रो ग्राहक मात्तिएको छतृषित आँखाहरू— पौडी खेल्न थाल्छन् जब तिम्रो यौवनको मानसरोवरमा त्यसबेला मलाई— तृप्तिको एउटा शान्त नदी तरेको भान हुन्छ सुन्दरी । अहिले मेरो आँखा मात्तिएकोछ । उत्तेजित हातहरू चोर स्पर्श गर्न आवेगका उकाली उक्लँदै कछुवाका चालसँगै जब हिँड्न थाल्छन् तिम्रा सुकोमल वक्षसमीप— सत्य, त्यसबेला मलाई— प्राप्तिको एउटा ठूलो आकाश भेटेको भान हुन्छ सुन्दरी । आज मेरो मन मात्तिएको छ । खन्याऊ— खन्याउँदा हातका चुराहरू नबजाई खन्याऊ आँखाका चञ्चल परेलीहरू नचलाई खन्याऊ तिमीले मुछेका सितनमा कतै— तिम्रोरूप र यौवनको गन्ध नआओस् अचेल सुकिलो वातावरण मात्तिएको छ । मातेका बेला हामी— यस्तै अविवेकका कुराहरू गर्छौं यस्तै अचेतनाका कुराहरू गर्छौं नशालु आँखामा ‘पेन्डुलम’ भएर हल्लिइरहेछन् तिम्रा रूप र यौवनहरू बिन्ती, नरिसाऊ— आज तिम्रो ग्राहक मात्तिएको छ । |
एउटा प्रेम कविताम यसबेला – पुरानो अटोग्राफका पानाहरू पल्टाउँदै तिमीलाई सम्मिmरहेछु । खङग्रङ्ग सुकेछन् अटोग्राफभित्र तिमीले स्नेह पोखेर च्यापेका गुलाफका स्निग्ध फूल । विस्मृत अक्षरमा अनुवाद भएछन् तिम्रा सुन्दर अक्षर र मृदृ अभिव्यक्ति र एकाएक धमिलिएछ तिम्रो तस्विर । यसबेला सम्झनसिवाय अर्को विकल्प नै के रहयो र ? सम्झिरहेछु विदाईका क्षणमा ढुङगेधारामा साबुनका फिँजमा आँसु मिसाउँदै लुगा धुँदै रूँदै गरेका तिम्रा आकृति । बाटो छाडेर – नदी किनार चाँडो पुग्ने आतुरमा झुक्दै निहुरिंदै जाँदा– बयरका झयाङबीच अल्मिmएका तिम्रा लामा केशराशी । र, त्यसलाई छुट्याउन बितेको एउटा सिङगो दिन अनि काँडेयुद्धमा विजयी– आफ्नो रगताम्य हात । हुनसक्छ – यस बेला तिमी पनि मजस्तै स्मृतिका सेताम्मे कुहिरोभित्र आफूलाई हराउँदै – छली समयको विरmद्धमा क्षोभ प्रकट गर्दै गरेकी हुनसक्छ्यौ या–चिम्म आँखा चिम्लेर हामीले कहिले नचुँडिने बाचा गरेका देउराली र भञ्ज्याङ्गहरूसँगै गुम्बा र मन्दिरहरू सम्झिरहेकी हुनसक्छ्यौ । साँच्चै नै –भाग्यले साथ नदिएपछि कसको के लाग्दो रहेछ र क्षमा गर, म यस बेला पुराना अटोग्राफका पानाहरू पल्टाउँदै मात्र तिमीलाई सम्झिरहेछु । खङ्रङ्ग सुकेछन् अटोग्राफभित्र तिमीले स्नेह पोखेर च्यापेका गुलाफका स्निग्ध फूल । |
अन्योल छोरीसँगअचम्म देखिरहेछु विद्वान्हरू मागिरहेछन् प्राज्ञसत्ता ! भेँडाच्याङ्ग्राझैँ डोर्याउँदै बानर र सुग्रीवहरूले- निर्लज्ज चराइरहेछन् विद्वतालाई । विचित्र संयोग- यस बेला मेरी सानी छोरी सोधिरहेकी छ मसँग बाबा ! मेरो नैतिक शिक्षा हरायो म कुन किताब पढूँ ? निर्निमेष – उसका मौन आँखालाई हेर्दै म उसका- सल्लेरी केश सुमसुम्याउँछु र पढ्छु उसका मनका भाषा अविराम जिज्ञासाका लहरहरू मनभरि खेलाउँदै ऊ खोजिरहेकी छ एउटा अनुकूल उत्तर खै के भनूँ ! द्विविधाग्रस्त म फेरि एकपल्ट एकोहोरिन्छु/टोलाउँछु र सम्झाउँछु उसलाई अनैतिकताका भासमा नैतिकता डुब्न लागेका बेला के अर्थ हुन्छ छोरी ! नैतिक शिक्षाको ? हराओस्, हराउन देऊ जीवनका पानाहरूमा उपेक्षित छन् अनुभूति शब्द र अक्षरहरू ! उपेक्षित छन् नैतिकता इमान र आदर्श !! |
दिङ्लारुद्राक्षको शीतल सिंयालमुनि तपस्यारत् छ षडानन्दको सालिक आश्चर्य भावस“गै– प्रत्येक ओठओठमा झुन्डिएका छन् बर्खामा, एउटा पातलो गम्छा ओच्छ्याएर अरुण नदी तरेको षडानन्दको कथा । पौरखी छोराहरूले वृद्धआश्रममा छाडेका बाबुआमाजस्तै निरीह दिङ्ला बूढाहरूले धमिला आ“खामा बैंसका रोमाञ्चक दिन सम्झेजस्तै सम्झिरहेछ मेरै छातीमा रुद्राक्षको गुच्चा खेलेर यहींको प्राकृतिक सौन्दर्यमा हराउ“दै हुर्किएको हो कवि फलाना...... बा“दरझैं खुरुर्र् रुख चढेर कटुस टिप्दै खा“दै मिल्काउ“दै मेरै रोहवरमा काठको पार्टीमा सा“वा अक्षर कोरेर कन्ठाग्र पार्दै गीताका श्लोकहरू सुरिलो स्वरमा भट्टयाउने गथ्र्यो नेपाल अधिराज्यको लोकतान्त्रिक सचिव फलाना....... पढाइ कम र चकचक ज्यादा गरेर पनि यही“को वात्सल्यको भ¥याङबाट उक्लिएको हो सफलताको चुली फलाना पार्टीको, फलाना मन्त्री, फलाना.... यही हो– षडानन्दको नाबी गाडेको डा“डो यही हो– षडानन्दले स्नान गर्ने पोखरी यही हो– नया“ संरचनास“गै ढुङ्गाका पुरातात्विक सामग्री मिल्काएर जिर्णाेद्धार गरिएको भग्न मन्दिर यही हो– षडानन्दले शिक्षाको ज्योति छरेको पाठशाला । डा“डामाथिको मन्दिरको अगाडिको ढोका भत्किएपछि अहिले पछाडिको ढोकाबाट निहुरेर छिर्छन् भक्तहरू लेउ लागेको हरियो पोखरीमा सल्बलाइरहेछ अतीतको धमिलो छाया टाढिएर, मनका भित्तामा टा“सिएको आफन्तका तस्विरजस्तै दिङलाका आ“खामा अहिले मात्र टा“सिएका छन् असीम सम्झनाका धूमिल तस्विरहरू मुटुमा कोरिएका छन् गर्व र आत्मसन्तुष्टिका दन्त्यकथा । एउटा सोचमग्न कविजस्तै मनभरि जीवनका इन्दे्रनी अनुभूति खेलाउ“दै दिङला पर्खिरहेछ एउटा उज्यालो सपनाको विमोचन । |
एउटी नगरवधुको डायरीप्रत्येक साँझसँगै सुरू हुन्छ मेरो जीवनको दिनचर्या जब सहर बल्छ/म निभ्छु जब झलमल्ल रात फुल्छ म ओइलिन्छु मोलमोलाइको बजारमा जोसँग जे छ, त्यही बेच्ने त हो किन्नेहरू किन्छन् त म के गरूँ ? यो नगरमा– सधैं बेइमानहरूको स्वागतार्थ अधिकांश इमान्दारहरू माला लिएर ठिङ्ग उभिएको देख्छु प्रशंसाका लोरीसँगै– स्तुति र भजन गाएको देख्छु । यहाँ इमान बेच्नेहरूको कुनै चर्चा हुँदैन । पापी भुँडीका लागि मैले अलिकति लाजसम्म बेचेको न हुँ जसरी मान्छेहरू ठेक्कामा माटो बेच्छन् /कुर्सी बेच्छन् त्यसरी नै– क्षणिक भोगाधिकारका लागि मैले अलिकति शरीर बेचेको न हुँ । ससाना कुरामा ठूलाठूला आन्दोलन र बन्द हडताल हुने यो देशमा किन मेरो शरीरको मात्र चर्चा हुन्छ मेरो विवशताको किन चर्चा हुँदैन ? मेरो भोकको किन चर्चा हुँदैन ? मेरो अभाव र गरिबीको किन चर्चा हुँदैन ? यो देशको अभागी नागरिक म मनभरि अनगिन्ती पीरको भारी बोकेर निदाऊँ भन्छु सक्दिनँ । सधैं समानता आरक्षण र अधिकारका कुरा उठिरहेका बेला आफ्ना सम्पूर्ण पीडा बिर्सेर जीवनको चौतारीमा केही क्षण सुस्ताऊँ भन्छु सक्दिनँ । यसो सोच्छु –सोचको धरातल अझ फैलिन्छ / अग्लिन्छ किन महाशय यो शहरमा नगरवधुको मात्र चर्चा हुन्छ अनुहारमा भलाद्मीको खास्टो ओढेर हामीसँगै समागममा लिप्त नगरवरहरूको किन चर्चा हुँदैन । |
तिर्खालामो यात्रा हिँडेपछि तिर्खाएर धमिलो कुवानजिक उभिएको छु उफ् कसरी खान सक्छु म तिमीले रगताम्मे हात पखालेको यो कुवाको दूषित पानी? जहा“ कुनै किसानले पसिना पखालेको माटोको गन्ध छैन कुनै श्रमिकले अनुहार धोएको पसिनाको गन्ध छैन छोपिएको छ हिजो देखिने पानीको सङ्लो रङ कुवाभरि पानी छ र पनि कतै पानीको गन्ध छैन अलि पर केही वर्षअघि सुसाउ“दै गरेका सल्लाका रुखहरू उदास छन् उज्यालाका लागि घरका छानामा इन्कलाबका झन्डा गाडेर एकाएक हराएका छोराहरूका अभागी आमाहरू पनि उदास छन् द्वन्द्वमा भत्किएका स्कुल र पार्टीपौवाहरू पनि उदास छन् शुष्क छन् मुस्कान पल्लवित ओठ अपेक्षित आ“खाहरू उदास छन् धमिलो लेउ लागेको छ कुवाभरि सम्भवतः अब खाने छैनन् कुनै गाइवस्तुहरूले पनि यो कुवाको पानी भूर्र उड्दै चराहरूले चोपल्ने छैनन् यो कुवाभित्र आफ्ना तिर्खालु चुच्चा सधैँसधैँ आशालु मनहरू माथि चौतारीमा आउ“छन् ठिंग उभिन्छन् र हेर्छन् समयको गति हेर्छन् बादलबन्दी धमिलो आकाश विश्वास लाग्दैन अपेक्षित घाम बन्दी छ अपेक्षित जून बन्दी छ कुवाभित्र आ“खाहरू खोजिरहेछन् हिजो देखिने पानीको सुन्दर बिम्ब हिजो मेटिएको तृप्तिको मीठो स्वाद लामो यात्रा हिँडेपछि तिर्खाएर धमिलो कुवानजिक आएको छु उफ् कसरी खान सक्छु म तिमीले रगताम्मे हात पखालेको यो कुवाको दूषित पानी? |
अराजक सहरमासपनाको रङ्गीन घुम्टो ओढेर अराजक यो सहरमा प्रतीक्षाका आतुर मन ओछ््रयाउँदै धमिला आँखामा मान्छेहरू खोजिरहेछन् जीवनको उज्यालो रङ खोजिरहेछन् अप्रत्यासित ओठबाट अपहरित मुस्कान । हेर्दाहेर्दै संवेदनाहीन यो सहरमा सालिक भएका छन् मान्छेहरू बुख्याचा भएर उभिएको छ ंवर्तमान निस्तब्ध सालिकका आँखाबाट अविराम झरिरहेछ पीरका रुन्चे झरी निथ्रुक्क भिजेको छ प्रस्तर मन चिंिसएको छ सपनाको ओभानो बलेंंसी छातीमा बोकेर यातनाका असङ्ख्य डाम घाइते सडकमा अथकित हिंडिरहेछन् मान्छेहरू । अराजक यो सहरमा मौलाएको छ भ्रमको खेती भूमिगत छ आदर्श शुली चढेको छ इमान स्वार्थका खालमा तान्न आतुर छन् खेलाडीहरू जोकरसत्ता अपहरित छन् गुलाबी पूmलको अनुपम सौन्दर्य उदास उदास छन् मालीहरू । अराजक यो सहरमा बतासजस्तै समाउन नसक्ने गरी भागेको छ वसन्त फर्केर फेरि कहिले नआउने गरी नदी भएर बगेको छ विश्वास मौन, नियालेर नदीको निष्ठुरता उदास बगरमा रुपान्तरित भएका छन् आकाङ्क्षाहरू हेर्दाहेर्दै जीवनको आकाशबाट अदृश्य छ खुसी हराएर जीवनको इन्द्रेनी रङ सेताम्मे काँस फुलाएर उराठिलो शिशिर बाँचेको छ समय । अराजक यो सहरमा एउटा अराजक नियति भोगिरहेछन् मान्छेहरू । |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal