One of the popular poems by Bhupin is "Khsatigrasta Prithiwi ra Mul
Sadak," through which he candidly expresses the dissonance of society and
personal turmoil. The convolutions of life are best expressed in Byakul through
vibrant images and introspective rhymes, fitting in themes of love, nationalism,
and political conflict. It is perhaps this that captures the essence of
Byakul's poetic best, as he is capable of stirring unutterable emotion and
sobering the unquiet mind. Raw with honesty, deep in insight,
"Khsatigrasta Prithiwi ra Mul Sadak" stands as evidence of Byakul's
mastery over letters and his commitment to poetry as a medium of social
commentary and personal expression.
Birth and Early Life:
Bhupin, also well known as Bhupin Byakul,
was born as Bhupendra Bahadur Khadka on the 30th of Chaitra in the year 2030 in
Dhaulagiri Anchal Baglung, Nepal. He was born in Narayansthan of Village No. 3,
Balewa, Baglung, as the eighth child to Sarvajit Khadka and Vasundhara Khadka.
Having grown up in a big joint family, Bhupin had tastes of both joy and
hardship. His childhood was mutilated by poverty, but within the family ties
and the beauty of nature lay his solace and wellspring of creative genius.
Education and Career:
Despite economic adversities, Bhupin
pursued education with great responsibility. He started his schooling in Janata
M.V. Balewa and continued in Pokhara to eventually obtain his Master's degree
in Health from University Campus Kirtipur, Kathmandu. Bhupin joined teaching as
a profession, committed to educating youngsters, but never letting his pursuit
of literature dwindle. His professional sojourn was not without its share of
trials and tribulations, including no job security. For a decade, he worked in
schools.
Literary Voyage:
Bhupin's literary journey began in his
early years, inspired by radio programs and childhood experiences. He has tried
his hand at writing a variety of genres: poetry, ghazals, and essays among
others. His very first published work was a prose poem called "Days and
Nights," which marked his official entry into Nepali literature in the
year 2048. Through these years, Bhupin gradually honed his skills, contributing
poems, essays, and critiques to many publications. He gained recognition for
his poignant reflections upon societal issues, love, and human emotions.
Marital Status and Family:
In 2061, Bhupin tied the wedding knot with
Jyoti Khadka. In 2063, a pride and joy in the form of Astitva Khadka was born
and called "reason for their happiness". All their joys shared
financial constraint, but Bhupin and his family found a lot of joy in this
bonding and cherished having him around.
Social Work and Philanthropy:
Indeed, Bhupin was a great lover of
literature; for his contribution to literature did not stop at writing alone
but extended to conducting active social work in the form of organizing
cultural functions, opening libraries, and campaigning for literacy. He
believes in the transforming power of literature whereby it caused him to
distribute literature among backward people so that the light of knowledge and
humanity would help others rise in the world.
Philosophy of Life:
Influenced by the philosophies of Buddhism
and existentialism, Bhupin looked upon life as a mixture of joy and sorrow. He
reasoned out the role of literature as a promoter of social transformation,
with empathy and compassion as component elements. Never to be daunted by
personal and professional reversals throughout his life, Bhupin remained
pragmatic, urging hope and resilience in the face of misfortune.
Honors and Awards:
From Nepali literature, Bhupin's contributions
earned him a number of honors and awards for various literary institutions and
recognition of his work in literature. His works were credited with much depth
and insight, emotional too, hence leaving behind him a legacy of a
distinguished poet and writer of his time.
Legacy:
Perhaps Bhupin's writings are his legacy
that continues to inspire and strike a chord with the readers across
generations. It was sheer commitment to literature, education, and social
welfare upholding the transformative power of art and altruism, thereby making
Bhupin leave an indelible mark in Nepali society and culture.
Literary Recognition:
Bhupin considers literature a medium to
make society better and for self-satisfaction in return. He believes that
literature should represent society and might even change it for good. His
journey in literature has won him several awards and honors, which have
acknowledged his contributions to Nepali literature.
Philosophy of Life:
Influenced by the theories of Buddhists and
existentialists, Bhupin looks upon life as an array of happiness and sorrow
intermingled. He believes in the importance of cultivating positive thinking
and sharing human suffering in order to lessen the burden of pain on mankind.
Moments of Sorrow and Joy:
During his lifetime, Bhupin faced many
moments of sorrow and joy. From the death of loved ones to personal
achievements, these helped him build his journey and a way of looking toward
life.
Unforgettable Events:
Some events stick in Bhupin's memory, like
the selection for the poetry trip to Annapurna Base Camp or the first time he
swam in the sea. These are events that remain with him.
Arrival in Nepali Literature and Literary Journey:
In this manner, influenced by his childhood
and personal experiences, Bhupin began writing poetry quite a while back, then
moved on to prose and essays. Publications ranging from various magazines to
collections have contributed to Nepali literature.
Honors and Awards:
The contributions Bhupin has made toward
Nepali literature have been acknowledged through various awards and honors;
these show his impact within the landscape of literature.
Interests and Dispositions:
Apart from writing, he enjoys nature,
sports, and music. These become a source of enrichment in his life and muse for
his creative ventures.
Tour:
Bhupin has been on several trips across
Nepal and abroad, gaining experiences and inspirations peculiar to his
writings.
लोकतन्त्रलाई प्रश्ननानीमा आशा टाँसिएका आँखाहरु छन् परेलीमा निराशा टाँगिएका आँखाहरु छन् लोकतन्त्र तिमीसंग ती आँखाहरुलाई दिन कुन-कुन नयाँ दृश्यहरु छन् ? तिमीलाई उज्यालो इन्द्रेणी बनाउन उनीहरुले आङको घाम दिएका छन् उनीहरुले पसिनाको रङ र जीवनको निजी गन्ध दिएका छन् कतिपय फुकेका खाली हातहरु छन् कतिपय बन्द मुठीहरु छन् लोकतन्त्र तिमीसंग ती हातहरुमा थमाउन कुनकुन नयाँ जून घामहरु छन् ? स्कुलको पुरानो ऐनामा जीवनको नयाँ बिम्ब हेर्न लालयित केटाकेटीहरुलाई जीवनको क्रुरताबाट झिकेर कसरी पुर्याउँछौ स्कुल ? के राखिदिन्छौ ? स्कुल हिंडिरहेका नानीहरुको झोलामा किताब कि बन्दुक ? के पलाउँछौ किसानको खेतहरुमा ? जीवन कि आँसु ? जे भित्र्याउँछौ मजदुरका झुप्राहरुमा उज्यालो कि अंध्यारो ? के झार्छौ गरिबहरुका आँगनमा उल्का कि तारा ? समयको चुली चढ्न ब्यग्र बाटाहरु निदाइरहेका छन् गाउँहरुमा तिनीहरुलाई कसरी ब्युँझाउँछौ ? दु:खको गाढा ऐँठन छ मधेसको फिक्का अनुहारमा त्यसलाई कसरी उप्काएर फाल्छौ ? ऊनसँग साटेर नून कसरी पुर्याउँछौ बस्तीहरुमा ? कसरी पुर्याउँछौ ? प्रश्न गर्न बर्जित यो मुलुकमा एकसाथ धेरै प्रश्नहरु सोध्न खोजिरहेका छन् मानिसहरु लोकतन्त्र तिमीसँग उनीहरूलाई दिन के-के नयाँ उत्तरहरु छन् ? के-के नयाँ उत्तरहरु छन् ? |
शब्दका सुरुङ्गहरुजब जीवनले घातक हमला गर्छ म शब्दका सुरुङ्गहरुभित्र छिर्छु खामिन्छु शब्दका आवरणहरुभित्र कुनै बेवारिसे चिठ्ठीझैं ठेगानावीहीन खसाल्छु मनलाई शब्दहरुको हुलाकघरमा पुग्नेहो कुन ठेगानामा थाह लाग्दैन भिज्दैभिज्दै बुढो हुलाकीको पुरानो झोलाभित्र कुन घरको ढक्ढकाउने हो ढोका थाह लाग्दैन तर हराउँछु शब्दका जुनेली साँझहरुमा र सुरक्षित महसुस गर्छु मौन छन् जीवनका धूनहरु म जीवनभरी सितारझैं बजिरहन चाहन्छु असुरक्षित छन् जीवनका लहरहरु मा जीवनभरी नदीझैँ बगिरहन चाहन्छु अन्यत्र जहाँकहीं पनि हार्ने सम्भावना छ हार्छु र शब्दका ट्रेन्चहरुभित्र टाउको लुकाएर म जीवनका आक्रमणहरुलाई परास्त गर्छु हाजारौं दुःखहरुमा पनि मलाई जीवनको यातना प्रिय छ हजारौँ सुखहरुमा पनि मलाई जीवनको यातना प्रिय छ जब जीवनले घातक हमला गर्छ मा शब्दका सुरुङहरुभित्र छिर्छु ! |
यो सहरयो सहर कहिल्यै मेरो गाउँ पुग्यो भने सुन्नेछ उसले यौवनभरि एकान्तमा गाएका प्रिय गीतहरु जसलाई मैले लगेर गाएको थिएँ गाउँमा यो सहर कहिल्यै मेरो गाउँ पुग्यो भने देख्नेछ उसले जीवनभरी कल्पेको प्रेमको आकाश जसलाई मैले लगेर टाँगेको थिएँ गाउँमा पुग्छ पुग्दैन थाह छैन तर यो सहर कहिल्यै मेरो गाउँ पुग्यो भने र टेक्यो भने मेरो पुरानो घरको दैलो थाह पाउनेछ कसरी गजबार लगाएको दैलोलाई मैले उसको एकै स्पर्शमा उघ्रिन सिकाएको छु ! कसरी एकाएक खुल्नेछ उसको आँखाले कुनै चाबीले खोल्न नसकेको एउटा गोप्य बाकस जसभित्र देखिनेछ उसले जीवनभरी खोजिरहेको उसैको थुनिएको आत्मा र एउटा मौनता शीर्षको कविता जसको पहिलो पङ्त्तिमा लेखिएको हुनेछ ‘म मौन बन्न चाहन्छु केवल तिमीलाई सत्य बताउनका लागि !’ पुग्छ / पुग्दैन थाह छैन तर कुनै दिन यो सहर मेरो गाउँ पुग्यो भनेँ भेट्नेछ- हजार पटक बोलेर पनि सत्य बनाउन असफल मौनताको पूजा गरिरहेको उसको प्रेमीलाई ! |
हस्ताक्षरनाङ्गै पैतालाको धुलोले त्यहाँ मलाई एउटा हस्ताक्षर गर्ने रहर छ ! त्यहाँ अरु केके छ म जान्दिनँ पर्खालभित्र एउटा मांसहारी रुख छ त्यसको फूलमा ज्यानमारा गन्ध छ शताब्दीऔंदेखि त्यही गन्धले मेरा सपनाहरुको भोज खाएको छ समयको बाढी पसेर मलाई त्यसको जरा उखेलिएको हेर्ने रहर छ ! समय जाम परेको सडकमा त्यस नरभक्षी रुखलाई अवतार मान्नेहरुको कुरूप भीड छ लस्कर छ – रुखको खुनी खुट्टामा सस्तोमा टाउको चढाएर घर फर्किने मुर्कट्टाहरुको त्यसले मेरी आमाको कोखबाट खोसेर एउटा उज्यालो युगलाई मेरै अगाडि निर्लज्ज निलेको छ एउटा हुरी आएर मलाई त्यसको फूल झारेको हेर्ने रहर छ ! मेरी आमाले गुमाएको समयको नाममा रुख उखेलेर त्यहाँ मलाई एउटा हस्ताक्षर गर्ने रहर छ नाङ्गै पैतालाको धुलोले त्यहाँ मलाई एउटा हस्ताक्षर गर्ने रहर छ ! |
नदीहरु मान्छे जस्ता हुँदैनन्नदीहरु मान्छेलेझैं राजनीति गर्दैनन नदीहरु मान्छेले झैं कुटनीति जान्दैनन निर्जिब सञ्चेतनाक पर्खालहरु भत्काएर कुरूप हातहरु उचाल्दै नदीहरु हिलो छ्यापाछ्याप गर्दैनन पानी बाराबार गर्दैनन नदीहरु रंग-बिभाजन गर्दैनन नदीहरु जात-बिभाजन गर्दैनन नदीहरुको संबिधानमा सानो मुललाई पनि सागर बन्ने उत्तिकै अधिकार हुन्छा सानो खोलालाई पनि सागर बन्ने उत्तिकै अधिकार हुन्छा बिनाकुनै प्रतिबन्ध पहाड चढ्न सक्छन नदीहरु पहाड फाँड्न सक्छन नदीहरु नदीहरु मनलागे सुक्न जान्दछन मनलागे फुक्न जान्दछन तर कदाचित नदीहरु मान्छेजस्तै झुक्न जान्दैनन मान्छेजस्तै दुख्न जान्दैनन नदीहरु मान्छेले झैं अहंममा चोट लाग्ने भयले सृस्टिले ठगेका गरिब र पुड्का खोलाहरु देखेर टाढैबाट तर्किएर हिंडदैनन नदीहरु मान्छेले झैं रंग नमिल्ने भयले छुट्टै बाटो ताकेर हिंडदैनन नदीको कालो पानी नदीको सेतो पानी संग मिल्न सक्छ नदीहरु जन्मजात निग्रा हुँदैनन नदीहरु जन्मजात गोरा हुँदैनन नदीहरु आर्य-मंगोलियन हुँदैनन हिन्दी-मुस्लिम हुँदैनन बुद्धिस्ट-क्रिस्चियन हुँदैनन नदीहरु नदीहरु नदीहरुजस्तै हुन्छन मान्छेजस्ता हुँदैनन |
शब्दकोशमृत्युले कला भरेको तुइनमा अल्झिएर कर्णाली पारि पुगेपछि सबैभन्दा गरिब महसुस गर्छ – शब्दकोशले कर्णालीमा शब्दकोश केहि पानाहरु खाली छोडेर प्रकाशित कुनै वैरागी किताबजस्तो लाग्छ जहाँ नछुट्नुपर्ने धेरै कुराहरुसंगै छुटेको छ कर्णालीको नाम अथवा कर्णाली त्यही वियोगीकविजस्तो लाग्छ जसले आफ्नै आँखाअगाडी कविताले आत्महत्या गरेको देखेको छ अथवा त्यो समयजस्तो लाग्छ जसले देशलाई अश्लील गालि गरिरहेछ ! यो शब्दकोश जसमा अर्थको चमक हराएका शब्दहरुमात्र छन् यो शब्दकोश जहाँ प्राण उडेका खालीखाली पृष्ठहरु छन् कसरी थाह पाउँछ कि कर्णाली कति ज्यालामा भोकभोकै कालापहाडमा भारि बोक्छ ? कसरी ज्यान दाउमा राखेर विलासीहरुको लागि यार्सागुम्बा टिप्छ ? कति लामो लाइन लाग्छ खाद्य डिपोमा सात किलो चामल वा एक पोका नुनका लागि ? कसरी दशैं मनाउँछ रित्तारित्ता मदुसहरुबाट हावा झिकेर ? यो शब्दकोश जहौँ अर्थको टलक हटाएर शब्दहरुमात्र छन् ! निश्चित छ शब्दकोशको कुटिल सम्पादक उसलाई कर्णालीको गीत सुनेर कुनै खतरा छैन अझैसम्म लागिरहेकै छ उसलाई कर्णाली एउटा असफल गायक हो मुक्तियुद्धको र उसको सफलता केवल करुण रसका उदास गीतहरु गाउनुमा सीमित छ ! कर्णाली के तिमी चाहन्नौ कि तिमीले गाइरहेको दुक्खको गीत पृथ्वीले सुन्ने अन्तिम शोक्गीत बनोस् र अब त्यस्तो शब्दकोश लेखियोस जहाँ तिमीले जीवनका किनाराहरुमा भोकका लहरहरु लेख्नुनपरोस अभावका लहरहरु लेख्नुनपरोस |
गाउँको सानो भाइगाउँको बात मार्दै हिंडीरहंदा बाटोमै मसँग कापी र कलम माग्यो सानो भाइले ! मैले कसरी बुझाउने होला उसलाई म उसलाई उसकै गाउँको कवितामात्र दिनसक्छु कापी, कलम र पुस्तक दिने दायित्व राज्यको हो, बिचरा उसलाई थाह छैन र राज्य कि त झगडा गरिरहेको छ कि त मस्त निदाइरहेको छ ! मैले कसरी बुझाउने होला उसलाई म उसलाई उसकै गाउँको गीतमात्र दिनसक्छु ! सम्भवत: थमाउला एकदिन राज्यले उसका हातमा कापी, कलम र पुस्तकहरु जब उसका हातहरुमा बुढ्यौलीक कम्पनहरुमात्र बाँकी रहनेछन् मैले कसरी बुझाउने होला उसलाई म उसलाई उसकै देशको कथामात्र दिनसक्छु ! |
जीवनको गतिमा पक्रन खोज्छु जीवनलाई कुनै सिकारु फोटोग्राफरले क्यामरामा पक्रन चाहेझैं चट्याङको कला आकाशमाकालो बादल लागिरहेछ छिनछिनमा आइरहन्छ डरलाग्दो आवाज र छिनछिनमा परिरहन्छ चट्याङ कुनै पेसेवर सर्जनले झैं चट्याङले गरिरहन्छ बिरामी आकाशको सफल अप्रेसन म निको पार्न चाहन्छु छातीको घाउ ! बर्षौदेखि उभिइरहेको छु आकाशतिर फर्किएर र चोरऔंला तैयार राखेर बटनमाथि जब संकेत पाएर चट्याङको थिच्छु मा क्यामराको बटन चट्याङले बनाएको सुन्दर चित्र आकाशमा मेटिइसेकको हुन्छ ! हरपल म पक्रन खोज्छु जीवनको गति ! |
कहीं नपुगेका यात्रीहरुफ्रेस हाउसमा काटिनका लागि पालो पर्खेर बसिरहेका कुखुराहरु देखेपछि म सम्झन्छु – कहीं हिंडिरहेका बसका यात्रीहरु ! बसले उडाउदै गएको धुलोको गुम्बज पछिपछि टायर गुडाउदै हिंडिरहेको त्यो बालक भग्नावशेष पुलमुनी पुगेर किन रोकिन्छ ब्रेक लागेको बसझैं घच्याक्क म सिर्फ सम्झन्छु – कहीं हिंडिरहेका बसका यात्रीहरु ! कवि लालबहादुर परियारले खोलाको बगरमा कसरि कटाए त्यो दिन रुँदैरुँदै पटपटी फुटिरहेका टाउकाहरुबीच बसेर कसरी गाडिन् मेघिया थरुनीले मरेका बच्चाहरुलाई जीवनमा सबैभन्दा बढी निर्मम भएर रोकिन चाहेर पनि कसरि बगिरह्यो बाँदरमुडे खोला दुख्दैदुख्दै उँधोतिर ! म सम्झन्छु – सिर्फ सम्झन्छु – कहीं हिंडेका बसका यात्रीहरु ! खल्तीमा हात घुसारेर ओहोरदोहोर गरिरहेछन – मानिसका लस्करहरु चुरोटको धुवाँ फ्याक्दै चुपचाप-चुपचाप पारि तर्दै छन् बूढाबूढीहरु ओ अन्तिम यात्राका अभागी यात्रीहरु दुई बर्खापछि मैले फेरी झल्झली सम्झिरेहेछु – तिमीलाई सम्झिरहेछु पापी एम्बुस र त्यो दिन जुन दिन मा रोएको थिएँ – गाउँको कोठामा देखेर टीभीमा तिमीहरुको विभत्स मृत्यु ! फ्रेस हाउसमा काटिनका लागि पालो पर्खेर बसिरहेका कुखुराहरु देखेपछि म सम्झन्छु – कहीं हिंडिरहेका बसका यात्रीहरु ! जो कहीं पनि पुगेनन ! |
प्रेमीहरुप्रेमीहरु सिर्फ सम्मोहीत पुतलीहरु हुन् जो प्रत्येक रात आफ्नै सपनाहरुको मलामी जान्छन् र प्रेमास्थाको उज्यालो बत्ती वरीपरी मृत्युको तयारी गरिरहन्छन् बारम्बार आगोको समुन्द्र माथी पौडीरहन्छन् दु:खाईका चरम आनन्दहरु लिन्छन् सपनासगै डढ्छन् र अन्तत :मृत्युवरण गर्छन ! फरक फरक मृत्यु -उत्सव मनाउछन् जीवनभरी पुतलीहरु र प्रेमीहरु : पुतलीहरु अन्जानमा मृत्यु -उत्सव मनाईरहन्छन् प्रेमीहरु |
प्रिय आँखाहरुप्रतिक्षामा रातभरी अनिँदो रहेपछि मैले थाह पाएँ कति प्रिय छन् आँखाहरु सपनाको उपस्थितिमा ! मलाई मानिसका आँखाहरु मन पर्न थालेका छन् आँखाभित्रको गहिराइमा छद्म सपनाको अराजक नृत्यहरु मन पर्न थालेको छन् तहतह थुप्रिएका जीवनका प्रोफाइलहरु रहरैरहरका अमूर्त आकर्बिम्बहरु जिजीविषाका बिद्रोही गीतहरु र मृत्युका मुलायम ध्वनिहरु मन पर्न थालेको छन् ! सपनाहरु त सबैभन्दा छोटा उत्सवहरु हुन् जीवनका अरुलाई गलत लाग्नुसँग यिनीहरुको कुनै साइनो छैन जस्तो कि मेरी प्रेयसी म मेरै ओछ्यानबाट बिलुप्त भएर रातहरुमा तिम्रो कोठामा पुग्छु कुनै जादुई कथाको राजकुमारझैं जहाँ तिमी लोग्नेको प्रेमपूर्ण विलय खोजिरहेकी हुन्छौ ! सपनाहरुको मलामी गएर फर्केको साँझ यस्तो लाग्छ जीवनले मलाई बिदाईको अन्तिम चिठ्ठी दिएको छ कति प्रिय छन् आँखाहरु सपनाको उपस्थितिमा ! मेरी प्रेयसी मलाई तिम्रा आँखाहरु बिनाकारण कहाँ मन परेका हुन् र ? ठूलाठूला बदामे भएकाले वा सुन्दर सेक्स-अपिलहरु भएकाले मात्र कहाँ मन परेका हुन् र ? मलाई तिम्रा आँखाहरु मन पर्छन् किनकि त्यहाँ सपनाहरुको मौन लस्कर छ असंख्यअसंख्य सपनाहरुको भीडमा अझैसम्म मेरो प्रतिक्षाको पनि एउटा सपना छ मलाई तिम्रा आँखाहरु त्यसै त्यसै कहाँ मन परेका हुन् र ? तिमीलाई थाह छँदै छ नि म स्वप्नजीवी मानिस हुँ रातभरि सपना देखेर दिनभरि बाँच्ने दिनभरि बाँचेर रातभरि सपना देख्ने ! कति प्रिय छन् आँखाहरु सपनाको उपस्थितिमा ! |
नक्सापुर्व, पश्चिम, उत्तर, दक्षिण कुनै दिशाहरु छैनन् कुनै निश्चित अक्षांशा र देशान्तरहरु छैनन् कुनै निश्चित सीमानाहरू छैनन् पानिमाथी लेखेको प्रेमिकाको नामजस्तो मात्र एउटा प्रिय अनुभूति छ मात्र एउटा गहिरो आभाष छ एउटा नबुझिने ग्लोब छ जसमा स्पस्ट बुझिने देशका कुनै नक्साहरु छैनन् ! कुनु प्रयोजन छैन कुनै उदेश्य छैन मात्र उदेश्य छ भन्ने भ्रम छ- यो नक्सा बनाउनुमा नभएका सीमानाहरू काट्नु छ नभएका बाटोहरु छिचोल्नु छ जानीनजानी छालहरुले पखाल्ने समुद्रको किनारामा सपनाहरुको सुची लेख्नु छ ! हावामा कोर्नु छ प्रेमपत्र र त्यसलाई सुरक्षित झोलाभित्र राख्नु छ हिड्दाहिड्दै यात्रामा हराएँ भने यही नक्सा हेरेर नभएका सीमानाहरु हुँदै नभएका बाटोहरु काट्दै नभएका दिशाहरु छिचोल्दै पुग्नु छ – नपुग्न भनेर हिँडेका अनाम ठाउँहरुमा ! |
नींदसुत्ने बेलामा क्षितिजमा एउटा सग्लो जून देखेको हुँ सपनाको ऐँठन बाट अत्तालिंदै राति सिर्फ एकपटक ब्यूँझिएको हुँ र त्यो बेला देखेको हुँ आकाशमा अनुहार मेटिएको आधा जून तर अहले मध्याकाशमा किन कतै पनि जून देख्दिनँ म् ? बादल लागेको पनि छैन जून डुब्ने समय भएको पनि हैन र आकाशमा जून नहुनु मेरो कुनै भ्रम पनि हैन ! के एकै रातमा पनि फरकफरक अनुहारका जूनहरु उदाउँछन् ? त्यो नुतन र चुपचाप रातमा त्यो फरक र सुनसान रातमा म आफ्नै जिज्ञासाको जवाफ खोजिरहेको थिएँ आँखा मिच्दै र आङ तन्काउदै घडी हेरें घडीभित्र भूमिगत बसिरहेको समयले मलाई मिहीन आवाजमा भन्यो- कति लामो निंद सुतेको तिमी ? थाह छ ? तिमि पुर्णिमाको मध्यरात सुतेका थियौ र आज औंसीको रातमा ब्युँझिएका छौ ! |
ईश्वरहरुको युद्धइतिहासमा कुनै एकदिन रक्सि पिएर मातेको सूर्य अन्तिम पटक उदाउनेछ क्षितिजमा र धरमाराउँदै हिंड्नेछ आकाशको गोरेटोमा पूर्ववत् त्यस दिन पृथ्वीमा मान्छेभित्र सपनाका ज्वालामुखीहरू सम्भवत: अन्तिमपटक फुट्नेछन् त्यस दिन पृथ्वीमा मान्छेभित्र महत्वाकांक्षाका भूकम्पहरू सम्भवत: अन्तिमपटक बिउँझनेछन् र साँझसम्ममा मन्दिर, मस्जिद, गिर्जा र गुम्बाबाट इश्वरका आवाजहरु हाराएर जानेछन ! कालो रातभरि कुमारी हातले लालटिन समाएर कुनै बैंशालु जून उदाउनेछैन आकाशमा र स्वयम् पृथ्वी नै छिर्नेछ ब्ल्याकहोलको खुला ढोकाभित्र ! भोलिपल्ट बिहान गोली लागेको सूर्य उदाउन सक्नेछैन आकाशको किनारमा कतै पनि ! महाप्रलयको त्यस दिन पृथ्वीमा इश्वरको युद्धसुरु हुनेछ त्यही दिन सम्पूर्ण मन्दिरहरु, मस्जिदहरू, गिर्जाहरु र गुम्बाहरु युद्धशिविरमा रुपान्तरित हुनेछन् र जहाँबाट हातमा आत्याधुनिक हतियारहरु बोकेर स्वयम् जिजस, अल्लाह र कृष्णहरुले अन्धाधुन्ध गोली चलाइरहेका हुनेछन ! इश्वर्हरुले आफ्नो अस्तित्वका निम्ति हाम्रा घरहरु भत्काइरहेका हुनेछन हाम्रा कटेराहरु जलाइरहेका हुनेछन र हामीबाट हाम्रो माटो खोसिरहेका हुनेछन् त्यस दिन हामीले ईश्वरहरुका मनभित्र पापका महासागर बगेको देख्नेछौँ र त्यही क्रुर-प्रतिच्छायाहरु चल्मलाएको देख्नेछौं र त्यही दिन हामीभित्र अप्रत्याशित, ईश्वरीय बिस्वास लास परेको हुने छ … … … ! ईश्वरहरुको युद्धमा स्वभाविक ईश्वरहरु मरिरहेका हुनेछन् तर अस्वाभाविक मान्छेहरु बाँचिरहेका हुनेछन् : इतिहासमा कतै नबाँचिएको एउटा नुतन जिन्दगी … … …! |
हजार वर्षको निद्राएउटा जीवन म हजारौं वर्ष सुतिसकेको छु अब ब्युँझन चाहन्छु निद्राबाट ! मानिसलाइ कोक्रोमा हालेर लोरी गाउँछ बुद्ध ब्युँझाउने भनेर बुद्धले पनि मलाई सुताएर गएको छ हिंड्दाहिंड्दै सपना देख्न सिकेको छ मान्छेले झन इश्वरले त निदएरै सपना देख्न सिकाएको छ पुस्तकका चिसा पृष्ठहरुभित्र पुतलीहरु च्यापिएझैँ म च्यापिएको छु दर्शनका बोझिला किताबहरुबिचमा र मस्त निदाएको छु जीवनभरी ब्युँझने सपना देखेर ! ब्यूँझन चाहन्छु म हजारौ वर्षको गाढा निद्राबाट ! |
अन्तिम हस्ताक्षरयो निर्दयी इश्वरले के लेख्छ मेरो निधारभित्र सिस्मोग्राफ ? त्यहाँ त एउटा प्रिय हस्ताक्षर छ अरुले गरिदिएको डाक्टरहरुले सुनून् मेरो मुटुको कालजयी सङ्गीत र जानून् कार्डियोग्राफमा जे देखिन्छ त्यो उसैको अन्तिम हस्ताक्षर हो उसले आवेशमा गरिदिएको जीवनको सादा चेकबुकमा मैले त्यही हस्ताक्षर चलाएको छु जीवनका ठूला निर्णयहरुमा मैले त्यही हस्ताक्षर गरिदिएकोच छु लाग्छ म स्वयम् उसले गरिदिएको एउटा हस्ताक्षर हुँ ! मेरो मृत्युपछि मेरो निधार र मुटु संग्रहालयमा राखियोस् कुनै पुरातात्विक बस्तुझैं र लेखियोस क्याप्सनमा ‘ यो एउटा अराजक प्रेमीको नमुना मुटु हो एउटा हस्ताक्षरले चलेको ! ‘ मेरो मृत्युपछि देखोस् कसैले मेरो मुटुमा आफ्नो हस्ताक्षर ! |
घामजूनको माझमाजसरि दुइ किनारहरुको बीचमा बगिरहेको एउटा नदी हुन्छ जसरी काँडा र पातहरूको बीचमा एउटा सुन्दर फूल हुन्छ एउटा प्रिय जीवन हुन्छ जन्म र मृत्युको बीचमा जसरी घाम र जूनको बीचमा एउटा उज्यालो दिन हुन्छ ! घामजून माझ अटाएको एउटा सिंगो दिनभित्र पहाडहरु ओर्लंदै गरेको कलिलो बिहान पनि हुन्छ सुर्यमुखी फूलझैं घामलाई पचच्याइरहने मध्यान्ह पनि हुन्छ र हुन्छ प्रतिक्षामा बसिरहेको एउटा उदास साँझ पनि हुन्छ | मात्र एकदिन सग्लै बाँच्न पनि त स्वीकार्न जरूरी हुन्छ- अल्लारे समयका नीलानीला हस्तक्षेपहरु फरकफरक अनुभूतिका गहिरा रंगहरु बिचारका कलामय मृत्युउत्सवहरु / नृत्यहरु / गीतहरु ……. ! एउटा अपरिच क्षणसंग अभ्यस्त हुँदा नहुँदै एउटा बिरानो पललाई आत्मसातगर्दा नगर्दै खोलाको पानीलाईएक पाइला कुल्चँदा नकुल्चँदै उपस्थित भैसक्छ्न – समयका परिचयहीन टुक्राहरु बगिरहने पानीका अविश्रान्त तरंगहरु / लहरहरु अजिंगरझैं गुडुल्किएर आलस्यको गीत गाउँदै सुतिरहने भए त अर्कै कुरा पागलखानाले झैं मनमस्तिष्क फुकालेर बर्बराउँदै बिताउने भए त अर्कै कुरा भोग्नको लागि घाम र जुनको बीचमा एउटा उज्यालो दिन पनि हुन्छ | अँध्यारोलाई घृणा नगरीकन उज्यालोलाई मन पराउने बानी बनाएको छु मैले मृत्युलाई घृणा नगरिकन जीवनलाई प्रेम गर्ने आदत बनाएको छु मैले थाह छ जीवनसंग प्रेममय युद्ध लड्दालड्दै जीवनलाई अँगालोको लहराले बेरेर हिंड्दाहिंड्दै मुटु र मस्तिष्कका सम्पूर्ण कमजोर हतियारसहित मृत्युसंग आत्मसमर्पण गर्नु छ तर जान्दाजान्दै पनि यही सत्य उज्यालैउज्यालो बगिरहेको जीवन नदीमा अभावहरु / सपनाहरु / उदासिहरु / उत्सवहरु समस्त समस्तसंग पौडिनु छ / डुब्नु छ / उत्रनु छ डुब्नु छ / उत्रनु छ र फेरी डुब्नु छ र प्रेम गरेको उज्यालोलाई अन्तिमपटक आँखाले चुमेर एउटा संघर्षको किम्बदन्ती छाड्दै अँध्यारोमा डुब्नु छ डुब्नु छ ! घाम र जूनको बीचमा एउटा उज्यालो दिन पनि हुन्छ | |
एउटा प्रतिक्षाको विपक्षमाबरु मलाई एक लर्कन गलत बाटो हिँडीराख र पर्खिराख त्यो पुरानो चौतारीमा भन बरु मलाई यात्रामा चाहिने जुत्ता सिलाइराख भन अनुहारमा सौन्दर्यहरु मुजा परेको कविताहरु लेखिराख भन तर बिन्ती तिम्रो प्रतिक्षामा बुलेट ट्रेनझैं समय उडिरहेको हेर्दै प्लेटफर्मको भीडमा हराइरहेको कुनै समयझैं चुपचाप प्रतिक्षामा बस नभन चिसोले काँपिरहेको फिरन्ता पृथ्वीले टक्क अडिएर कहाँ गर्छ र प्रतीक्षा घामको ? बगिरहने नदीले रोकिएर कहीँ कहाँ गर्छ र प्रतीक्षा छालहरुको ? हिँड्दाहिँड्दै थाकेर जून निदाउँछ र उज्यालो ब्युँझिएर आकाशको दैलो लिप्छ हिँड्दाहिँड्दै बाटोले बटुवाका पाइलाहरि भेट्छ चराहरु उड्दाउड्दै प्रेमका गीतहरु बन्छन् मलाई पनि जीवनका सीमानाहरुभित्र उउडिरहनु छ / हिँडिरहनु छ / बगिरहनु छ र तिम्रो प्रतीक्षा गरिरहनु छ चुपचाप प्रतीक्षामा बस नभन समयलाइ रङ बनाएर मनका भित्ताहरु पोत्न बाँकी नै छ मान्छेका सामर्थ्यसँग पराजित भगवान्लाई मन्दिरमा गएर शोकगीतहरु सुनाउन बाँकी नै छ तिम्रो प्रतीक्षामा जीवनभरी भोगेका भीषण यातनाहरुलाई सबैभन्दा मनपर्ने गीत बनाउन बाँकी नै छ र सबैभन्दा ठुलो कुरा गल्तीहरु सच्याउनको लागिमात्र भए पनि बाँच्नु अनिवार्य हुँदोरहेछ यो अनुभूति आफन्तहरुलाई सुनाउन बाँकी नै छ यति धेरै कुराहरु बाँकी छाडेर तिमी नै भन मा कसरी चुपचाप=चुपचाप बसिरहन सक्छु सपनाको बीउलाई ढुंगामा छरेर गरेँ, अझसम्म तिम्रो दिव्य-प्रतीक्षा गरेँ जीवनका सबै-सबै प्राथमिकताहरु बिर्सिएर र आज लाग्दै छ चुपचाप प्रतीक्षा गरिरहनु आत्महत्याजस्तै अप्रिय हुँदो रहेछ ! |
कम्प्युटरमा ईश्वरकम्प्युटरमा नभएको स्वर्गबाट देवीले पठाएको इ-मेल पढिरहेका छन् – ईश्वरहरु ! इन्टरनेटमा देवीहरुसंग कामुक लयमा साइबर सेक्सका कुराहरु गरिरहेका छन् – ईश्वरहरु ! ईश्वरहरुका हातमा माउस रिंगिरहेको छ या रिमोट कन्ट्रोल या बन्दुक नाचिरहेको छ ! डिजिटल कोठाभित्र आधुनिक द्रौपदीसरुसँग ब्लु-फिल्म हेरिरहेका छन् – ईश्वरहरु ! आधुनिकता प्रति असीम सम्मान र असीमित तृष्णा छ – ईश्वरहरुको ! सभ्यताप्रति अपार स्नेह र अपरिमित लालच छ – ईश्वरहरुको तर पनि अझै आधुनिक हुन सकिरहेका छैनन् स्वर्गको आदिम जङ्गलबाट बाहिर निस्कन सकिरहेका छैनन् नीतिशास्त्रको पुस्तकमा जमेको शताब्दियौं पुरानो धुलो अझै पनि पुछ्न सकिरहेका छैनन् – ईश्वरहरु ! कम्प्युटरमा नभएको स्वर्गबाट देवीले पठाएको इ-मेल पढिरहेका छन् – ईश्वरहरु ! |
कबि नभएको भएकबि नभएको भए मैले उहिल्यै आत्महत्या गरिसकेको हुने थिएँ वा पागलपनका अन्तिम सीमानाहरुमा ईश्वरलाई गीत सुनाइरहेको हुने थिएँ ! प्रिय भावकहरु तपाईंहरुझैं आम मान्छे बन्नलाई मैले दुबै बाटाहरु त्यागिदिएँ कबि नभएको भए मेरो आत्माको एउटा बन्द ढोका जीवनभरी कहिल्यै खुल्ने थिएन मेरो आँखा हजारौं सपनाहरु जेल बस्ने पागलखाना बन्ने थियो मेरो हृदयमा प्रेमको धून यसरि बज्ने थिएन मेरो खुट्टामा यात्राको यति लामो नदि बग्ने थिएन म जीवनको क्रुरतासंग पराजित भएर क्रुरतालाई प्रेममा बदल्न असमर्थ हुने थिएँ म समयको हमालसँग भयभित भएर |
किताबमेरो हृदयको पुरानो दराजमा मलाई मनपर्ने प्रिय किताब छ ! प्रत्येक दिन त्यसका पानाहरु खोल्छु पाउँछु हिजोका शब्दहरु फेरिएर नयाँ शब्दहरु टाँसीएका छन् मानौँ त्यसको पातलो आवरणभित्र अटाएको छ सिङ्गो समुद्र जहाँ शब्दका नयाँनयाँ छालहरु आउँछन् त्यही एउटा किताब छ जसका पृष्ठहरु भित्रबाट एकाएक हराउँछन् शब्दहरु र जसरी भरिन्छन् इनारहरु बर्षामा त्यसरी नै भरिन्छन् किताबका रिक्त पानाहरु प्रत्येक दिन त्यसका पानाहरु खोल्छु हिजो दुखाएका शब्दहरु गाएब छन् हिजो हँसाएका शब्दहरु पनि गाएब छन् रुप बदलिरहेका शब्दहरु पढेर म कसरि अर्थ लगाउन सक्छु अ त्यो किताबको ? मेरो पुस्तकालयमा जहाँ शब्दहरुको नदी बग्छ र किताबको सीमनाबाहिर पुगेर टुंगिन्छ जहाँ शब्दहरुको घाम लाग्छ र किताबको क्षितिजबाहिर पुगेर डुब्छ जहाँ शब्दहरुको अर्थ बग्छ र किताबको भूगोलबाहिर निस्किएर हराउँछ संसारका सबैसबै प्रेमिहरुसंग छ शब्दहरु हराउने र भेटिने अर्थहरु बग्ने र बदलिरहने प्रेमको किताब ! |
प्रेमीहरुप्रेमीहरु सिर्फ सम्मोहीत पुतलीहरु हुन् जो प्रत्येक रात आफ्नै सपनाहरुको मलामी जान्छन् र प्रेमास्थाको उज्यालो बत्ती वरीपरी मृत्युको तयारी गरिरहन्छन् बारम्बार आगोको समुन्द्र माथी पौडीरहन्छन् दु:खाईका चरम आनन्दहरु लिन्छन् सपनासगै डढ्छन् र अन्तत :मृत्युवरण गर्छन ! फरक फरक मृत्यु -उत्सव मनाउछन् जीवनभरी पुतलीहरु र प्रेमीहरु : पुतलीहरु अन्जानमा मृत्यु -उत्सव मनाईरहन्छन् प्रेमीहरु जानाजान मृत्यु – उत्सव मनाईरहन्छन् ! |
कुमारी गाउँदिनदिनै निस्किरहने भूइंचालोका लहरहरु जो जन्मिन्छन युरोपको गिर्जाघरहरु र राष्ट्रपति भवनबाट पररास्ट्र नीति र सभ्य पापी आँखाहरुबाट छिन्छिनै आइरहने आतंकका तरंगहरु जो जन्मिन्छन् एसियाका मस्जिदहरुबाट / मन्दिरहरुबाट आन्ध्यारोका चिन्तनहरुबाट र दमित बिस्फोटहरुबाट अफ्रिकाका भोकमरी र युद्धहरुबाट अमेरिकाकोकुरूप दादागिरी र अग्निमय आँखाहरुबाट तिनीहरु आइरहन्छन् आउन् र सहरसम्म आइपुगेर उतै फर्किउन तिनीहरु जन्मिरहँछन् जन्मिउन् र यी डाँडाहरु काटेर गाउँमा नाछिरुन् मानवताको भजन गाउन ब्यस्त छ प्रेमको सुसेली बाँसुरीमा सजाउन ब्यस्त छ आतङ्कले नछोएका धेरै कुमारी गाउँहरुझैं यो गाउँ दिनदिनै आइरहने भूइंचालोका लहरहरु छिन्छिनै आइरहने आतङ्कका तरंगहरु यी डाँडाहरु काटेर गाउँमा नछिरुन् |
ट्रक ड्राइवरखतरनाक हुन्छ बाक्लो हुस्सु लागेको मनमा सवारी चलाउनु । दिलमाया, म ट्रक चलाइरहेछु । बैंसको भीर कोतरेर बनाएको सपनाहरूको कच्ची बाटो, जाडोका अल्पिनहरूले घोचिरहेका नाङ्गा औंला, र यो बाटै नदेखिने गरी हुस्सु लागेको मनको घुम्ती ! दिलमाया, म ट्रक चलाइरहेछु । थिच्दा थिच्दै हर्नको घाँटी सुख्खा भैसक्यो ट्रकको सिसा आँसुले भरियो र वाइपर बिग्रियो ब्रेकलाई अल्ज़ाइमर भयो थाहा छैन कति नजिकै पर्खेर बसिरहेछ दुर्घटना । दिलमाया, म ट्रक चलाइरहेछु । यो मेरो जिन्दगीको अहम् लडाँइ हो दिलमाया । जिन्दगीको झुपडीभित्र बसेर मलाई कुरिरहेकाछन् सपनाका भोका बच्चाहरूले । उनीहरू निदाउनुअघि कि त मैले ढुङ्गा उमालिरहनुपर्छ छातीको डेक्चिमा कि रोटी कमाउनु पर्छ कि कतै सडक छेउबाट हाम फाल्नु पर्छ नदीमा । दिलमाया नदीमा हाम फाल्न बनेको होइन म ट्रक ड्राइवर । बाटै नदेखिने गरी हुस्सु पालेर बसेकिछौ तिमी वर्षौंदेखि दिलमाया । म त्यहीँ चलाइरहेछु एउटा थोत्रो ट्रक । |
समय-नासियाआधी जून मन पराउने अहुनार सम्झिन्छु कर्कलाको पातबाट चिप्लिएको पानीको थोपाजस्तै पुरै रात चिप्लिएर जान्छ र नयाँ बिहान गहिरो निद्राबाट ब्युँझन्छ मा बिर्सन्छु समय ! पढिरहेको हुन्छु कुनै किताब जीवनलाई छोएर बगेको, कुनै नदीजस्तो या सुनिरहेको हुन्छु कुनै सङ्गीत बलेंसीमा तप्किरहेको पानीको मिठो आवाजजस्तो या आँफै संग लाज लागेर अब कहिल्यै दुख्दिनँ भन्ने झुटा कसम खाइरेहेको हुन्छु मलाई ख्याल हुदैन समयको …. ! गुम्बामा पर्खिबस्छु कहिल्यै बत्ति बाल्न नआउने उसलाई कसैले बालेर गएका बत्तिहरु निभ्छन् कसैले अर्को बत्ति जलाएर जान्छ गीत सकिएपछि क्रमशः बिलाउँदै गएको सङ्गीतको धूनझैं मेरो आफ्नै धून निभ्दै जान्छ मभित्र आह ! सालिकझैं टक्क अडिएर समय मेरो जीवनको चोकमा उभिन्छ गुम्बामा बत्तिहरु जलिरहन्छन् गुम्बामा बत्तिहरु निभिरहन्छन् अँह कदापि जलाउन चाहन्नँ म निभेको बत्तिजस्तो समय ! यो कस्तो चरम आनन्द ? आफ्नै जीवनको साँघुरो आँगनमा सहिद भएको समयको लास हेरिरहेको छु मानौं मलाई जीवनभरी समय-नासिया भएको छ र मानौं मैले समयलाई चिन्न अस्वीकार गरिदिएको छु जसरि प्रत्येक जुनेली रातहरुमा जूनले मलाई चिन्न अस्वीकार गर्छ ! |
उल्टो रुखबालककालमा बालसाथीहरुले भन्थे- “फलफुल खाँदा बियाँहरु ननिल्नू निलेपछि पेटमा उम्रिन्छन बियाँहरु पेटमा नै बिरुवा लाग्छ पेटमा नै बिरुवा पलाउँछ रुख बन्छ र मानिसको मृत्यु हुन्छ | ” रातभरी सपनामा म आफ्नो पेटमा रुख देख्थें मृत्युदेखि भयभित म संधैसंधै फलफूलका बियाँहरुसंग सतर्क रहन्थेँ थाह छैन कहिले निलें मैले अन्जानमा फलफुलका बियाँहरु ? कहिले उम्रियो यो उल्टो रुख मेरो शरीरभित्र ? कहिले हाँगाहरु पलाए ? मेरो मस्तिष्कभरि कहिले झ्यांगिए रुखका जराहरु ? थाह छैन कहिले र कसरि हुर्काएँ मैले यो सुन्दर उल्टो रूख आफुँभित्र ? यधपि थाह छ- म भित्र हुर्किएको यो उल्टो रुख कोर्न थालेको छु आस्थाले ब्रसले मनको रङ्गहीन क्यानभासमा- एक सुन्दर देश र एक सुन्दर विश्व, मन पराउन थालेको छु- सम्झौताहीन जीवन, माया या घृणा गर्न थालेको छु जीवनलाई माया या घृणा गर्न थालेको छु मृत्युलाई र खोज्न थालेको छु उत्साहले- मान्छेकै बस्तीमा मान्छे हरु मनकै बस्तीमा इश्वरहरु ! हामी सबैले निल्छौँ अन्जानमा फलफुलका बियाँहरु उम्रिन्छन् तिनीहरु हाम्रो मलिलो छातीभित्र र हुर्काउँछौं आफुँभित्र सुन्दर तर उल्टा रुखहरु ! बाल्यकालमा बालसाथीहरु भन्थे- ‘फलफुल खाँदा बियाँहरु ननिल्नू !’ |
बेसारको खेतीविचार रोपेका थियौं फाटहरूमा पहेलिएर गए सौंन्र्दय फलाउन चाहेका थियौं बारीहरूमा बिरामी भए त्यहीं नजिकै गाज हालेर फस्टाइरहेको छ बेसारको खेती मौसमले र्छछ माटोमा उवरता तर यहाको उरवरता कसले बदल्यो ? यहा“को आद्रता कसले बदल्यो ? कसले बनायो यो देशको माटोलाई बेसारको लागि अनुकुल ? कसले बनायो यो देशको पानीलाई विचारको लागि प्रतिकुल ? नेताको अनुहार र्हेछु बेसारे देख्छु न्यायलयको गजुर र्हेछु बेसारे देख्छु यो देशमा डुबिरहेको घाम बेसारे उदाइरहेको जून बेसारे अल्लारे मौसम र मनहरू बेसारे । यो देश भूपीको हल्लैहल्लाको देश मात्र हैन बेसारै बेसारेहरूको देश पनि भएकोछ किनभने बेसारसंग जुनसुकै रङलाई पनि आफ्नो बनाउने सामथर््य छ हरियो साग या रातो गाजर सेतो काउली या बैजनी भण्टा बेसारले र्सिफ पहेलो बनाउछ सुख पो हुनुर्पने यो देशमा दुखमात्र छ बेसारजस्तो जेलाई छुन्छ दुखी बनाउछ व्यवस्था हुनुर्पने यो देशमा अव्यवस्था मात्र छ बेसारजस्तो जे भेट्टाउछ आफन्त बनाउछ न कुनै स्वाद थप्छ खानामा न कुनै शक्ति थप्छ शरीरमा तर पनि यो देशमा बेसारको आतङ्क चलिरहेछ । यो देशको र्पालियामेन्ट भान्साघर जस्तै छ जहा स्वस्थता बहिस्कृत र बेसार स्वीकृत छ जहा बेसारे अधिवेशनहरूमा त्रासदीर्पूण नाटकको अन्तिम दृष्य सधैंभरि मन्चित छ तर नर्बिसौं पकाउने बेलामा जति माया र्गछौ हामी बेसारलाई भान्सापछि साबुन दलेर उत्ति नै घृणार्पूवक पखालिरहेका हुन्छौं औंलाका कापहरूबाट ओठका कोसाहरूबाट जिब्रो, दात र भाडाहरूबाट । देशैभरि चलिरहेको छ बेसारको आतङ्क अब म बेसारको ¤याङ्मा आगो झोसेर विचारको खेतमा पानी हाल्न जान्छु । |
छालहरुछालहरु नदि बगिरेहेका संकेतहरू हुन् नदि बग्छ र छालहरु निस्कन्छ छालहरु नदीले गाएका मौन गीतहरु हुन् नदीले भरेका प्रिय संगीतहरु हुन् अक्षरहरु हुन् छालहरु नदीले उत्कर्षमा रचेका जो बुझ्दैनन नदीले लेखेका शब्दहरु जो सुन्दैनन नदीले गाएका धूनहर मलाई शंका छैन ती मेरो देशका शासकहरु हुन् छालहरु हुलाकीहरु हुन खबर पर्खेर बसिरहेका आफन्तहरुलाई बगिरहने नदीको कथा सुनाउँछन् छालहरु बेनामे चिठ्ठीहरु हुन् नदीको अतल गहिराइबाट झिकेर खामबन्दि गरिरहन्छन परिवर्तनका सन्देशहरु र नदीतटक बस्तीहरुलाई सुनाउँछन् समयको नरोकिने धूनझैँ हरेक लहरका नदीका जीवनका प्रिय संकेतहरु हुन् ! एउटा अग्लो घुम्ने कुर्चीमाथि मस्त निदैरहंछ देश र छालहरु आइरहन्छन कुर्चीको क्षितिजमाथि संधै दुबिरहांचा एउटा घाम र छालहरु गइरहन्छन् मा सोचिरहेछु युगौदेखि किन शासकहरु देश बनाउन चाहन्छन छाल नाउने सपाट नदिजस्तै जब किनारमा उभिएर एउटा युग लेखिरहेछ रगतले प्रेमपत्र छालहरुको नाममा ! छालहरु नदि बगिरेहेका संकेतहरु हुन् ! |
परिवर्तनम त्यही देशको उदास कवि हूँ जहाँ परिवर्तनको नाममा मात्र मौसम परिवर्तन हुन्छ ! रुखको देहबाट उडेर जान्छ पुरानो गन्ध र नयाँ बैंश पलाउँछ हिमालको आँखाबाट चुहिएर सकिन्छ निद्राको साँझ बगिरहेको नदीहरुमा फरकफरक लहरहरु दौडन्छन् तर उस्तै छन् सोचका साँघुरा गल्लीहरु अन्त हुने हाम्रा यात्राहरु हाम्रो जीवनको क्यालेन्डरमा मात्र बर्ष परिवर्तन हुन्छ जताततै आवाजका लस्करहरु छन् हामीसँग तिनीहरुलाई सुन्ने कानहरु छैनन् जताततै उत्सवका तयारीहरु छन् हामीसँग तिनीहरुलाई देख्ने आँखाहरु छैनन् युगका अँध्यारा गुफाहरुमा हामीहरु उही आदीम निद्रा सुतिरहेछौँ हाम्रै आसपासबाट गुज्रिएर मात्र समय परिवर्तन हुन्छ ! मा त्यही देशको गरिब कवि हुँ जहाँ परिवर्तनको नाममा मात्र मौसम परिवर्तन हुन्छ ! |
आमा र ऐश्वर्य रायऐश्वर्य रायले विश्व सुन्दरीको मुकुट पहिरिँदा मेरी आमा बुढी भैसकेकी थिइन् तर मलाई लाग्थ्यो– मेरी आमा ऐश्वर्य राय भन्दा धेरै सुन्दरी छिन् । अहिले आमाको अनुहार चाउरिएर बनेकोछ धाँजा फाटेको खेतजस्तो । आमाको कपाल फुलेर भएकोछ सेताम्य काँसघारीजस्तो । ढाड कुप्रिएर भएकोछ झोलुङ्गे पुल खुट्टा फुलेर भएकाछन् पाउरोटी तर अझै पनि उनी नै हुन् विश्व सुन्दरी । गाउँका रत्यौलीहरूमा फन्फनी नााचिन् आमा बौलाहा पिठो खाएर । दौतरीहरूसंग छिल्लिइन् र पुरुषले बनाएका नियमहरूको मजाक उडाइन् । आमाको नाँच थिएन माधुरी दिक्षितको जस्तो लचकदार थिएन साकिराको जस्तो कामोत्तेजक । तर त्यसको सौन्दर्य मौलिक थियो । आमाको नाँचमा थोरै स्मृतिदंश र धेरै गुम्फनको विष्फोटन थियो । मेरी आमा खेलिनन् कुनै सिनेमामा नायिका भएर खेलिनन् कुनै विज्ञापनमा मोडेल भएर । मेरी आमाको रौचिरा पनि बेच्न सकेन आइमाइलाई सेक्स टोय सम्झिने नाफाखोर र कामुक बजारले । मेरी आमाले लगाइनन् विकनी वा स्विमसुट र सुन्दरता बेचेर बनिनन् ‘सेलीब्रेटी’ । भइनन् उनी कतै ‘टक अफ द टाउन’ । डाँका र हत्याराहरूको चर्चा हुँदा कुनै मेडियाले लेखेन मेरी आमाको असलपनको कथा । टिभीमा लाइभ हेर्दैछु विश्व सुन्दरी प्रतियोगिताको नयाा सस्करण । कुनै स्टार होटेलको अत्याधुनिक हलमा नाफाखोर इरिक मोर्लेको पछिल्लो अवतार कामुक प्रश्न सोध्दैछ युवतीहरुलाई । अब त्यसको नक्कली उत्तर दिएपछि घोषित हुानेछिन् कुनै तरुनी यस वर्षको विश्व सुन्दरी । अब म टिभी बन्द गर्छु र आमालाई भेट्न गाउँ जान्छु । |
कुरूप कविताएक्लै कति सुन्दर भएर बसिरहोस् कविता एक्लै कति सौंन्दर्यको एकोहोरो प्रेमी बनिरहोस् कविता आज त्यसलाई कुरूप पार्न मन लागिरहेको छ सबैभन्दा कुरूप राज्यसत्तामा पनि सबैभन्दा सुन्दर देखिदो रहेछ कविता सबैभन्दा फोहोर हिंसाको समुद्रमा नुहाएर सबैभन्दा सफा भएर निस्कँदो रहेछ कविता आज त्यसलाई कुरूप पार्न मन लागिरहेको छ आऊ प्रिय कविहरू यसपल्ट कवितालाई सुन्दरताको दासताबाट मुक्त पारौँ कलाको अनन्त बन्धनबाट मुक्त पारौँ र हेरौँ कविताको बत्ती निभेपछि अझ कति अँध्यारो देखिदो रहेछ दुनियाँ अझ कति खाली हुँदो रहेछ रिक्तता के अन्तर छ मन्दिर र वेश्यालयको नग्नतामा के अन्तर छ संसद भवन र आर्यघाटको दुर्गन्धमा के अन्तर छ न्यायलय र मासु पसलको क्रुरतामा यिनीहरूकै पर्खालबाहिर सबैभन्दा इमान्दार भएर उभिँदो रहेछ कविता आऊ प्रिय कविहरू आजै कविताको मृत्यु घोषणा गरौँ र हेरौँ झन कति जीवन्त देखिँदो रहेछ कविताको लासमाथि जन्मिएको कविता हेरौँ कविताको मृत्युमा खुसीले कुन हदसम्म बौलाउँदो रहेछ बन्दुक कति टाढासम्म सुनिँदो रहेछ सत्ताको अट्टहास र कति उदास देखिँदो रहेछ कलाको अनुहार सुन्दर कविताहरू लेख्नलाई त सुन्दर समय बाँकी नै छ किन आज लेख्न मन लागिरहेको छ समयको अन्तिम लहरसम्म नलेखिएको सबैभन्दा कुरूप कविता जसरी बन्दुकले लेख्छ हिंसाको कुरूप कविता सहिदको छातीमा………….. एक्लै कति कुरूप भएर बसिरहोस् कविता |
आमाअब मेरो हड्डिभित्र कुनै बल बाँकि छैन । मेरो जीवनका आविष्कारहरु जिन्दगीको कुनै सडक छेउमा उभिएर म तिमीलाई नै पर्खिरहेछु अहिले आऊ आसाको अन्तिम उज्यालो छ मसँग ननिभ्दै लिएर जाऊ । थुप्रै पृथ्वीलाइ हुर्काएँ पाठेघरको न्यानो ओछयानमा र थुप्रै चन्द्रमालाई आकाशको घुम्तिमा मोडिन सिकाएँ कसैलाइ छायाँ र कसैलाइ आकृति दिएँ हावा दिएँ, पानी दिएँ यो दुनियाँलाई सुन्दर बनाउँन बैंस दिएँ, जवानी दिएँ । मेरा प्यारा सन्तानहरु मसँग अब पुग्नका लागि दिवंगत लोग्नेको ठेगाना पनि छैन र बस्नका लागि समयको ओतलाग्ने घर पनि छैन म,उड्दा उड्दै चुडिएको चङ्गाजस्तो म, बग्दा बग्दै रोकिएको गङ्गाजस्तो मसँग बाँच्नका लागि आँखामा सजाएको कुनै सहर पनि छैन । हजार चन्द्रमाहरु बगेर उमेरका खोलाहरु सकिए आँखाको सपना र नसाको ताकत सकियो अब मसँग सिर्फ एक चिज बाँकि छ आऊ मायाका यी अन्तिम चुम्बनहरु लिएर जाऊ । अब मेरो हड्डिभित्र कुनै बल बाँकि छैन । |
बुद्धि बङ्गाराहाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे ऊ भन्थ्यो– ‘दाँतहरू त केवल देखाउनका लागि मात्र हुन् बुद्धि बङ्गारा पलाएपछि मात्र बुद्धि आउँछ ।’ गिँजाको कुना चिरेर एकदिन साँच्चै पलायो उसको बुद्धि बङ्गारा त्यसपछि चमत्कार भयो उसले पार्टीको सदस्यता पायो । चुनावको लागि उम्मेदवारी पायो । ऊ त्यसपछि सहरबाट गाउँ आयो । पार्टी अध्यक्षले दिएको झोलाबाट झिकेर गाउँलेहरूलाई चिया खर्च बाँड्यो । निकाल्यो झोलाबाट मतपत्रको नक्कल र भन्यो, ‘यो मेरो चुनाउ चिन्न हो भोट हाल्नू !’ बुद्धि बङ्गारा उसको चुनावी चिन्ह बुद्धि बङ्गारा उसको चुनावी मुद्दा बुद्धि बङ्गारा उसको चुनावी नारा जो-जो भेटिन्थे गाउँका धुलाम्य गोरेटाहरूमा ऊ गर्वले आफ्नो बुद्धि बङ्गारा देखाउँथ्यो र भन्थ्यो, ‘बुद्धि बङ्गारा केवल हाम्रो पार्टीका नेताहरूको आछ बुझ्नू है, बुद्धि बङ्गारा हुनेहरूसँग मात्रै बुद्धि हुन्छ ।’ चुनावी सभाहरूमा गर्झ्यो ऊ– ‘बुद्धि बङ्गारा नआएकाहरू सत्तामा पुगेकैले यो देश ट्युटोनिकले चलाएको रोमजस्तो भयो हिटलरले चलाएको जर्मनीजस्तो भयो तालिवानले चलाएको अफगानिस्तानजस्तो भयो बुद्धि बङ्गारा नआएकाले चलाएर यो देश अभर पर्यो विकासको गाडी समयको भीरबाट खस्यो भोकमरीले जादुटुना लायो अनिकालको आँधीहूरी आयो पुग्यो विभेद उत्कर्षमा र जनताको जीवन नर्क भयो ।’ भूपिनको प्रकाशोन्मुख ‘सुप्लाको हवाइजहाज’ कविता संग्रहको आवरण । भूपिनको प्रकाशोन्मुख ‘सुप्लाको हवाइजहाज’ कविता संग्रहको आवरण । ‘यसपाली देखाउँने दाँतलाई हराउनुस् र चपाउने बङ्गारालाई जिताउनुस् ।’ नभन्दै गाउँलेहरूले पत्याए उसका कुरा जित्यो उसले चुनाव र छिर्यो ऊ संसद भवनभित्र । देशका धेरै केन्द्रबाट बङ्गाराहरूले दाँतहरूको जमानत समेत जफत गरिदिए बङ्गाराहरूको सरकार बन्यो । बुद्धि बङ्गारो आएकै वर्ष उसले पड्कायो मूख्य मन्त्री । त्यसपछि चपाउँन थाल्यो उसले जहाजका पंखा नदीका गिट्टी र बालुवा र जङ्गलका काठ । लुछ्न थाल्यो उसले पिडीतहरूका जस्तापाता अस्पतालका बेड र मानिसहरूका करङ । एकदिन सिंहदरबारमा भेट हुँदा उसलाई मैले गाउँबाट ‘विकास’ बेपत्ता भएको खबर सुनाएँ गाउँकी चेली‘शान्ति’ अपहरणमा परेको कुरा सुनाएँ गाउकी ‘आशा’ बलत्कृत भएको जाहेरी गरें ऊ मौन बस्यो । मैले भनें, ‘तपाँईसँग गाउँलेहरू आक्रोशित छन्’ ऊ हाँस्यो मुख च्यातेर अट्टहाँस हेरें- थेत्, ऊ कस्तो थोते देखिएको ! देशको हाडमासु र छाला चपाउँदा चपाउँदा फुक्लिएछन् उसका बलिया दाँतहरू । तर उसलाई कुनै पश्चाताप थिएन भन्दै थियो– ‘ई हेर त भाइ ! बुद्धि बङ्गारा अझै फुक्लिएको छैन ।’ |
पाठकको हत्यायस युगको महान् कवि पाठकको हत्या गर्छ तर कुनै शोकगीत गाउँदैन शब्दको मन्दिरमा बिम्ब र प्रतीकहरुको पुरानो गजुर चढाउँछ झुठा मिथहरुको टुँडाल सजाउँछ थुनिराख्छ कवि निकाल्नै चाहन्नँ मन्दिरबाहिर शब्दका नयाँ इश्वरहरुलाई ! आत्मप्रलापका लागि कबिताभर स्खलित गर्छ शब्दका कामुकताहरु सुन्दरी वेश्यालाई झैं कवि भोग्छ शब्दहरुको सौन्दर्यलाई ! कवि अक्षरका आत्महरुको चीरहरण गर्छ अक्षरहरुलाई नाङ्गै पार्छ र कुण्ठाको सपाट सडकमा हिडाउँछ ! ‘एडिक्ट’ छ कबिताको कविताका नसाहरूमा सिरिन्ज हान्छ कविताका कलिला हातहरुमा अँध्यारो सूर्य थमाउँछ दुर्व्यसनी आँखाहरुमा रक्सीले मातेको पृथ्वी बोकेर कविताको अन्तरिक्षमा हराउँछ नयाँ कवितामा ककटेल उपदेशहरु वान्ता गर्छ हल्लाहरुको हाटबजारमा शब्दहरुको किनबेच गर्छ समीक्षा गर्न लगाउँछ भक्तहरुलाई सापटी पुरस्कार थाप्छ र सृजनशील उचाइको भ्रममा बाँच्छ ! सबैभन्दा बढी अमूल्य प्रेमका सस्ता कबिताहरु लेख्छ कि कवितामा आत्महत्याको बीउ छर्छ प्रिय छैनन् जीवनका बहुलरङ्गहरु यस युगको महान कवि सादा रङ्गहरुको कोलाजभित्र निस्सासिन्छ ! आधुनिक ‘भ्यानगग’ हो यस युगको महान कवि सत्ताको समर्पणमा कविताको कान काट्छ र चढाउँछ र गर्वले बुच्चा कविताहरुको पोट्रेट बनाउँछ ! यस युगको महान् कवि पाठकहरुको हत्या गर्छ तर कुनै शोकगीत गाउँदैन |
खडेरीयो खेत हो कि कुनै गरीब आदमीको पट्पटी फुटिगएको कुर्कुच्चा ?’ कि हो कुनै चित्र ? खेतको थोत्रो कपडामा खडेरीले ध्यान से बनाएको ? मेरे दोस्त ! ए तो नदी हो नदी जहाँको पानी हिउँदभरी पडोसीको खेतमा निमेक गर्न जान्छ र बर्सात भएपछि पगला सा बिदामा फर्कन्छ । तिमी त्यस्तो ठाउँमा उभिएछौ जहाँ नदी पनि दासहरूझैं बन्धकी पर्छ । आऊ अब नजिकै देहात छिरौं त्यता पनि काकाकुल फाँट यो नदीझैं वारिस पर्खेर बसिरहेछ । दाना नलागेको गहुँको खेतमा आग लाग्लाझैं भएकोछ । मौसमसँग हारेका मकैका पोथ्राहरू बाजु लत्राएर घुँटना टेक्दै उभिइरहेछन् । मिट्टीमुनी कोई रस नभेटेर कुपोषणग्रस्त छ गन्नाको झाडी । देहातका किसानहरू सधैझैं बहुत चिन्तित छन् इसबार पनि देख्नू उनीहरूको आँखमा भुखमरीको साया कसरी बेसरम नाचिरहेछ ? दोस्त ! चरचरी फाटेको यो खेतमा उनीहरूले सिर्फ देख्छन् आफ्नै चेहरा र खराब तक्दिर । पता छ उनीहरूलाई यसको जिम्मेवार छन् मुखिया उनैले गरिदिएछन् पडोसीसँग आधा पानी र बिजुलीको झुठा कागज । इसकारन हरेक हिउँदमा नदी तरेर पारी गै जान्छ हरियाली । बहुत तकलिफको बात छ मेरे दोस्त जब भारी बर्सात हुन्छ थुनिदिन्छ पडोसीले बाँधको दरबाजा र बाढ पसेर हाम्रो खलिहान बगाँउँछ । मेरे दोस्त ! यो यस्तै गाव हो जहाँ प्रत्येक हिउँदमा खडेरीले किसानहरूको तक्दिर फुटाउँछ र बर्सातमा बाढले उनीहरूको बास उठाउँछ । लेकिन सुनेकोछु- ‘मेरो देहातमा बहुत बढियाँ छ’ साला मुखियाले पापी पडोसीलाई अभितक यस्तै तार पठाउँछ । |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal