The Poetry of Hangyug Agyat, born out of
the scenic landscapes of Ilam, Nepal, transcends into the realm of geographical
boundaries, touching hearts and minds of readers around the world. His verses,
keen-eyed toward the intricacies of human experience and deep with
understanding of the human condition, resound with a timeless resonance that
captivates and inspires.
This curated collection invites the reader
to revel in the thematic richness of Agyat's poetry as it speaks back to the
self-referentiality of identity and belonging while pressing on toward poignant
meditations on love, loss, and the passage of time. Each separate poem serves
in its own right as a testament to Agyat's one singular voice and his continued
commitment to artistic integrity and innovation.
Whether one is an avid lover of poetry or
not, "Top Poem Collection of Hangyug Agyat" certainly promises a
sweeping ride through verse in transformation. Let us plunge into the heart and
soul of the giant among the litterateurs of Nepal and seek to fathom the beauty
and brilliance of Hangyug Agyat's poetic bequest.
Hangyug Agyat was born on December 16,
1978, in the beautiful city of Ilam, Nepal. He is considered one of the most
well-recognized poets and writers of contemporary Nepali literature. He
appeared as an important trendsetter in Nepalese literature with the pioneer
work and movement Srijanshil Arajakta (Creative anarchy), initiated by him
along with Rajan Mukarung and Upendra Subba.
Agyat started his writing career as a
literary columnist for Ruprekha Weekly in Kathmandu in 1997. During his initial
period of writing, he felt an urge to relate himself with the contemporary
issues and realities of his time, which inspired him to start a literary
movement called 'Contemporary Writing'. It was during this time that
like-minded friends met in Mukarung and Subba, and together they began the
journey of a literary revolution by initiating the movement for Srijanshil
Arajakta.
Accordingly, plurality in thoughts,
multicultural writings, ethnic consciousness, poetic freedom, and creative
decision-making power were the main postulates propounded during the formation
of Srijanshil Arajakta in 1997. These postulates acted as a guiding star for
Agyat and his friends in their literary journey, helping them find space for
their voices in the Nepali literature scene.
Agyat moved to Hong Kong in 2004, and since
then, he has been practicing literature as a means of showing life and the
experiences of Nepalese people. In 2014, he coined Chauchau Sahitya Prastavna,
or instant literature, to represent the essence of the Nepalese diasporic
existence in Hong Kong.
The Hong Kong Nepalese Federation, for
example, hailed Agyat's literary skills and commitments when he was bestowed
upon the Nepali Puraskar in the year 2007 for his important contribution to
Nepali literature in the diaspora. Besides all these, he is also a founding
member of Critic Society, further sealing his influence in the literary
circles.
Agyat came to Nepal in 2019 and revisited
his roots in Ilam. He was deeply committed to initiating the literary culture
in his hometown; thus, he had already initiated the Ilam Sahitya Samaj and
organized the Ilam Sahitya Mahotsav, a platform for renowned writers of Nepal
to converge and celebrate literature.
Agyat's multidimensional talent does not
stop in poetry, as is testified by his recognition as the 'best lyricist 2019'
by Geetkar Sangh Nepal for his contribution to the song "Aama,"
performed by Benuka Rai, composed by Dinesh Subba. With his prolific writings,
organizational initiatives, and unrelenting advocacy, Hangyug Agyat continues
to create an indelible mark in the Nepalese literary landscape, inspiring
generations of writers to be creative and voice their truths.
The year 2019 proved to be a turning point
in Agyat's literary life when he came to Nepal and renewed his relations with
the homeland and actively started cultivating an environment for literature in
Ilam. Not only did his initiative of establishing Ilam Sahitya Samaj and
successfully organizing Ilam Sahitya Mahotsav provide a congenial platform to
the established and budding writers, but this has also revived the local
literary circles.
Being titled the 'best lyricist 2019' by
Geetkar Sangh Nepal, because of his song "Aama", reflects his
versatility as a creative force that reflects itself beyond the poetry into
making meaningful contributions toward Nepalese music.
The influence of Hangyug Agyat goes far
beyond the realm of writing alone; he acts as a cultural catalyst, speaking to
all and boosting artistic expressions wherever he goes. A tranquil Ilam hill to
bustling Hong Kong-a journey that testifies to the transformation that
literature can bring about and to an indomitable spirit of a poet who promises
to illuminate the human experience with his words.
With each passing year, Hangyug Agyat
continues to evolve as a writer and an advocate-maybe the brightest beacon of
inspiration for aspiring poets and writers in reminding us how much literature
can affectively shape our views of the world and ourselves.
म हङकङ भइसकेछुसातिन र हेप्पीभ्यालीमा दौडिने बाजीको घोडाजस्तै अथवा जमिनमुनि दौडिने रसआवरको रेलजस्तै यो एसियाको विश्वसहरमा श्रम बेच्न दौडेको पनि थाहै नपाई एक दशक भएछ र हिजो बेलुकी जब माया सेलुनमा ऐना अगाडि उभिएँ तब देखेँ फुल्न थालेका रहेछन् कनसिरीमा कपालफूलहरू ओहो ! देश फर्किन्छु भन्दाभन्दै म त हङकङ भइसकेछु, ताइमोशान र मंकीहिलको जङ्गलमा चासोक, साकेवा र ल्होसार मान्दामान्दै बिबिक्यूमा पोलिपठाइएछ उमेरको पखेटा इन्डियाक्लव र कङ्गनको बफेमा पुलाउ र पर्ककरी पस्किादापस्किदै कतिबेला रित्तो पारिएछ मस्तिष्कको प्लेट कतिबेला रेड वाइनले कुल्ला गरिएछ आदर्शको फट्फटाइरहने जिब्रो कतिबेला बियरले पखालिएछ देशको तस्बीरलाई मनको कुनाबाट र कतिबेला टोस्ट गरिपठाइएछ कायाकल्पको नाममा आफ्नो सर्वहारा पृष्ठभूमिको गरूङ्गो मुट्ठी ! ओ, मेरा साथीहरू हो, युनलङ थियटर र चुनवान टाउनहलमा होस् अथवा कम्युनिटी हल यायातेइमा होस् थाहै नपाई मैले बिर्सेछु मेरो रगत, पसिना र आँसु ! अथवा, नाचघरमा कम्मर मर्काउँदामर्काउँदै कतिबेला भुाडीले आकास ताक्न थालेछ र आँखाका चेपबाट रेखाहरू तन्किन थालेछन् मार्कसिक्सको सपनाबाट ब्यूँझेर हिजो बेलुकी जब उभिएँ माया सेलुनमा तब देखेँ घामले डढेको आफ्नो दिक्कलाग्दो अनुहार ओहो ! देश फर्किन्छु भन्दाभन्दै म त हङकङ भइसकेछु, ओ, मेरो देश म हङकङ भइसकेछु तेसैले मेरो काखीमा हिजोआज डुङ्डुङ्ती समुद्र गन्हाउन थालेको छ मेरो नङमा गन्हाउन थालेको छ लापसाप मेरो हातमा गन्हाउन थालेको छ इनामेल मेरो ढाडमा गन्हाउन थालेको छ बासीभात मेरो खुट्टामा गन्हाउन थालेको छ बाह्रघण्टा मेरो मुखमा गन्हाउन थालेको छ तिउलेलम्बू मेरो छातीमा गन्हाउन थालेको छ नेपोइः हो, म हङकङ भइसकेछु ! मेरो सिङ्गो शरीरमा गन्हाउन थालेको छ आइडी, तेसैले ओ मेरो देश अब इमेल नगर तिमी नपठाऊ तिम्रा दुःखहरू यहाँ तिम्रो गोर्खा छोरा यहाँ तिम्रो कवि छोरा हङकङ भइसकेको छ र तिमीले लाहुरेको गफमा सुनेजस्तो यो हङकङ साँच्चैमा सुन्दर र सुखी छैन, यहाँका अग्ला भवनहरूमा धेरै होंचा विचारहरू बस्तछन् यहाँका सफा सडकहरूमा धेरै फोहरी नियतहरू हिँड्दछन् तेसैले ओ मेरो देश तिम्रो इमेलको जवाफमा म सुखहरू पठाउन सक्दिनँ म शान्तिहरू पठाउन सक्दिनँ मात्र पठाउन सक्छु अहङ्कार, इर्ष्या र जलनहरू ! हो, कति चाँडै म हङकङ भइसकेछु देश फर्किन्छु भन्दाभन्दै देशको नामै बिर्सिसकेछु म त हङकङ भइसकेछु म त हङकङ भइसकेछु । |
विष्णु माक्ख्रोन्देजस्तै रहेछविष्णुले सोमरस पियो माक्ख्रोन्देले जाँड यी दुवै उस्तै रहेछन् फरक यति हो विष्णु त्यस युगको हिरो माक्ख्रोन्दे यस युगको फटाहा कति छल्यो विष्णुले रु तेति नै छल्यो माक्ख्रोन्देले विष्णुले बलिराजालाई छल्यो जालन्धरकी पत्नी बृन्दालाई छल्यो कहिले उर्वशी बनेर भस्मासुरलाई छल्यो माख्रोन्देले हेडमास्टरलाई छल्यो खुदको साक्खे गलफ्रेन्डलाई छल्यो आफ्नै बुबाको सुर्ती बेपारलाई छल्यो विष्णुले महासागरमा शेषनागको ओछ्यानमा सुतेर युगौं बितायो माक्ख्रोन्देले सिकुवामा आफ्नी आमाले बुनेको गुन्द्रीमा सुतेर सारा जीवन बितायो विष्णुसँग सुदर्शन चक्र थियो माक्ख्रोन्देसँग खुकुरी र चकमक थियो, विष्णु र माक्ख्रोन्दे उस्तै रहेछन् फरक यति हो उनीहरू बेग्लाबेग्लै समयमा जन्मे विष्णुले जे गरे केवल धर्मका लागि गरे माक्ख्रोन्देले जे गरे केवल बाँच्नका लागि गरे विष्णुको नाममा सुन्दर भजनहरू छन् माक्ख्रोन्देको नाममा तथानाम गालीहरू छन् आखिर विष्णु त मेहेलबोटे बाजेको एक्लो छोरो माक्ख्रोन्देजस्तै रहेछ र त अचेल शंका लाग्न थालेको छ कतै माक्ख्रोन्दे विष्णुकै अवतार त होइन ? |
रातो कविताको लासमेरो बुवाको रगतले हिमाल रङ्गीएको छ रातो मेरो आमाको रगतले तर्राई रङ्गीएको छ रातो मेरो दाजुभाइ र दिदीबहिनीको रगतले पहाड रङ्गीएको छ रातो मेरो छोराको रगतले सडक रङ्गीएको छ रातो मेरो छोरीको रगतले निधार रङ्गीएको छ रातो उनीहरूको शरीरमा लागेको रातो उनीहरूको आफ्नै रगत होइन त्यो कसैको बुवा, कसैको आमा त्यो कसैको दाजुभाइ, कसैको दिदीबहिनी त्यो कसैको छोरा, कसैको छोरी अथवा यो देशमा सदियौंदेखि जिन्दगी बाँच्दै आएका ती अबोध मानिसहरूको रातो रगतले यतिबेला उनीहरूको अनुहार रङ्गीएको छ रातो हाम्रो अनुहारतिर पनि त्यो रातो अलिकिती उछिटि्टएको छ त्यो रगतको थोरै अंश हामी प्रतेक जिउँदाहरूको भागमा जरूर परेको छ त्यो पूण्य हो भने पनि भाग लागेको छ त्यो पाप हो भने पनि भाग लागेको छ सायद यसकारण उनीहरूको जस्तै यतिबेला मेरो पानी रङ्गको मस्तिष्क पनि पुरै रातो भएको छ ! ओ, मेरो अभागी बुवा तिमीले स्कूलमा नानीहरूलाई के पढायौ - नेपालको इतिहास भनेर वंशावली पढायौ - कि पढायौ मार्क्स, लेलिन, स्टालिन र माओलाई - हो, तर मलाई थाहा छ बुवा शासकहरूले जुन पुस्तक पढाउनु भनेर दिएका थिए शतप्रतिशत तिमीले तेही पुस्तक पढायौ तर तिम्रा विद्यार्थीहरू टिफिनमा शितल ताप्ने त्यो लहरे बरको रूखमा कुनै शहीदलाई जस्तै तिमीलाई झुन्ड्याएर उनीहरूले पर्खिबसे गिद्घहरूको घिनलाग्दो पल्टन हो, उनीहरूले तिम्रो जिउँदो शरीरबाट छाला काढे र आफ्नो लागि कोट सिलाए तिम्रो नसा तानेर घाँटीबाट उनीहरूले आफ्नो लागि पेस्तोल भिर्ने पेटी बनाए तिम्रो खबटा खप्परको बम बनाए तिम्रो गिलो गिदीको बारूद बनाए तिम्रा धारिला करङहरू निकालेर तरबार बनाए तिम्रा सुरिला नलिहाडहरू निकालेर बन्दुक बनाए उनीहरूले अहिले जुन थाकका थाक फूलमाला भिरिरहेका छन घाँटीमा र विजय मुस्कान छाडिरहेका छन् हेर्नु राम्रोसित त्यो फूलको माला होइन मेरो बुवाको आन्द्रा हो त्यो सयपत्रीको थुँगा होइन मानव खप्पर हो त्यो विजय मुस्कान होइन मेरो बुवाले यातनामा बिगारेको मुखको मूर्त चित्र हो ओ, मेरो अभागी बुवा म ति म्रो लागि सत्ता कब्जा गर्न सक्दिनँ म फगत सक्दछु कवितामा तिम्रो पीडा बक्न तर उनीहरूलाई यो कविता पनि मन पर्दैन किनभने उनीहरू शासकहरू हुन् र शासकहरूलाई हतियार मात्रै मन पर्छ तर मेरा कविताहरू हतियार बन्नसक्दैनन् बुवा ! र म उनीहरूको छाला काढ्न सक्दिनँ बुवा उनीहरूको छाला काढेर म उनीहरूजस्तै शासक हुन सक्दिनँ बुवा किनभने म कवि हूँ कवि जसलाई शासकहरू अग्घोर घृणा गर्दछन् हो, बुवा तिमीलाई जसले कक्षा कोठाबाट घिसारेर सरेआम झुन्ड्यायो अन्यायको डोरीले ऊ यतिबेला राष्ट्रपतिको जुँगा मुसार्दैछ, हो, मेरो आमा तिम्रो सिउँदोमा लागेको रगत मेरो बुवाको हो, ति म्रो लोग्नेको हो आमा, आमा, आमा अब तिमीले बहुलाउनु जरूरी छैन हेर चारैतिर रगतैरगत छ रगतैरगत छ मतपेटिकामा रगतैरगत छ निर्वाचनचिन्हमा रगतैरगत छ उम्मेदवारहरूको आँखामा रगतैरगत छ संविधानसभा सदस्यहरूको हातमा आमा, तिमीलाई हिजो जसले घिसारिघिसारी पिट्यो ऊ आज न्यायको प्रतिमूर्ति भएको छ जसले हिंसाको दर्शनलाई प्रयोग गर्यो सोझा मनहरूमा आज ऊ नै अहिंसा रोल मोडेल भएको छ आमा अब तिमी बहुलाउनु जरूरी छैन हेर यी शासकहरूको रूप र उनीहरूको बद्लिदैँ जाने विचारको बादल हेर उनीहरूको बन्दुक र सैनिक हामीले मानिस भएर बाँच्न पाउनु पर्छ तर यी शासकहरू हामीलाई शासित बनाउन कटिबद्घ छन् आमा अब हामीले शासित हुनु छैन उठ्नुहोस् र आफ्नो लोग्नेको रगत लागेको उनीहरूको बहुमतलाई खित्का छोडेर हाँसिदिनुहोस् यी शासकहरू हाम्रो रगत बगाउँदै सत्तामा पुग्छन् र अचानक बुद्घ भएको अभिनय गर्दछन् आमा तिम्रो यो छोरा शासक होइन कवि हो, कवि जसलाई पढेर शासकहरूको मुटु हल्लिन्छ तेसैले अब तिमीले बहुलाउनु जरूरी छैन तिम्रो छोराले शासकविरूद्घ कविता वाचन गर्छ तिमी उनीहरूको चित्त चर्किने गरी ताली पड्काऊ ! मेरो दाजु हलो जोत्दाजोत्दै बारीमा ढल्यो माथि कान्लाबाट छलाङ हान्दै आए मेरा भाइहरू मेरा भाइहरूले आफ्नै दाजुको शरीर कुल्चेर आफ्नै बुवा, आफ्नै आमाको प्राण लुछेर रङ्ग्याए रगतले शासकहरूको झोला र झन्डा रङ्ग्याए मेरा भाइहरूले आफ्नै छातीको रगतले शासकहरू निदाउने कुर्सी शासकहरू डकार्ने टेबुल शासकहरू सुरक्षित बस्ने सरकारी क्वार्टर रङ्ग्याए मेरा भाइहरूले आफ्नो हेमोग्लोबिन सुकेको रगतले शासकहरूको सत्तापथ, शासकहरूको जुलुस विचारा मेरा भाइहरू आफू मरेर मलाई ज्यूँदो छाडे यी कोखमै दारा पलाएका शासकहरूको चर्तिकला हेर्न र मलाई छाडे उनीहरूले एक अम्खोरा रगत जसले म लेखिरहेको छु मेरा शहीद भाइहरूको नाममा यो शासक विरोधी कविता आफ्नै दाजुको टाउको छिनाएर भकुन्डो खेल्ने मेरो भाइको आत्माको शान्तिको लागि लेखिरहेको छु यो रगतैरगतले रङ्गीएको कविता तातो कविता, रातो कविता, जाँठो कविता लेखिरहेको छु हज्जारौं अकाल मृत्युहरूको सम्मानमा यो दुर्गन्धित लासहरूको कविता, प्रचण्ड कविता ! हो, दिदी मलाई थाहा छ ति म्रो बहिनीलाई ती शासकहरूका भरौटेहरूले जबरजस्ती बन्दुक बोकाए र जङ्गलमा लगेर बलात्कार गरे र नैतिक कारवाही गर्दै श्रम शिविरमा राखे र प्रतेक क्षण बलात्कार गरे दिदी, त्यो तिम्रो बहिनीको रगतले रातो भएको पहाडमा यतिबेला उसको सम्झनामा गीत गाउने झ्याँउकिरीहरू पनि छैनन् ती उता शासकहरूको सवारीमा सङ्गीत भर्दैछन् शासकहरूले प्रतेक उद्घाटनमा जो रिबन काट्दछन् म देख्दछु उनीहरूले मेरो बहिनीको इजार काट्दैछन् उनीहरू जो मैनबत्ती या पानस बाल्दछन् सम्मेलनमा म देख्दछु मेरो बहिनीका आँखाहरूले बोल्ने पीडा र विद्रोहको संयुक्त अभिव्यक्ति हो, मेरो बहिनीलाई जसले आँखा थुनेर यो संसार देखाउने प्रयत्न गर्यो र मेरो दिदीलाई भीडन्तमा गोली ठोकेर दुश्मनको गाली दियो शासकका बन्दुकहरूले म यतिबेला मेरो दिदी र बहिनीको रगतले यो सालको भाइटिका लगाउने मुडमा छु तेसैले लेखिरहेको छु यो हिजोको बासी कविता इतिहास बिर्सिन नसक्दा लेखिरहेको छु आजको ताजा कविता लेखिरहेको छु शासकको मस्तिष्कमा उसले जिउँदै जलाएका मानिसहरूको चित्कार व्यथा लेखिरहेको छु सामान्य कविता मेरो दिदीबहिनीहरूको रगतजस्तै सोझो कविता, स्कूल जाँदै गर्दा मेरो छोरा पनि ढल्यो मेरो छोरी आँगनमा खेल्दै गर्दा अपाङ्ग भयो के उनीहरूले मेरो छोरा फर्काउन सक्छन् - के उनीहरूले मेरो छोरीको खुट्टा फर्काउन सक्छन् - के उनीहरूको दस लाखले दसौं हजारको जीवन फर्किन सक्छ - के उनीहरूको बहुमतले शहीदहरूको फेहरिस्त रोकिन सक्छ - अब शासक र राज्यलाई दिने मसित मेरो बुवा छैन मेरा आमा छैन, मेरो दाजुभाइ र दिदीबहिनी छैन शासकहरूको कुर्सी दौडका लागि सडकको आन्दोलनलाई चढाउने मसित मेरो स्कूल जाने छोरा छैन उनीहरूको एम्बुसका लागि मेरो दुइ बर्षे छोरी छैन मैले देशलाई धेरै शहीदहरू दिएँ तर अब मसित शहीदहरू सकिएका छन् ए ! शासकहरू हो अब मानिसहरूको बदलामा कविताहरू उभिएका छन् के सक्छौ कविताको छाला काढ्न - के सक्छौ कवितालाई कक्षाकोठाबाट घिसार्दै चुप्पी रोप्न - के सक्छौ कविताको योनीमा भाला घोंच्न - के सक्छौ कवितालाई शहीद घोषणा गर्न र कविलाई दस लाख दिन - यतिबेला देश रातो छ हिमाल रातो छ/पहाड रातो छ/तराइ रातो छ बतास रातो छ/आकास रातो छ/माटो रातो छ आगो रातो छ/पानी रातो छ/स्वर्ग रातो छ/नर्क रातो छ र रातो छ मेरो कविता र रातो छ मेरो मन र रातो छ मेरो मस्तिष्क र रातो छ मेरो आँखा किनभने हिजोरातभरि मलाई निन्द्रा लागेन मैले रातभरि सोचें मानिसहरूले किन यत्ति चाँडै बिर्से आफ्नो रातो रगतको रातो नदी जसलाई उनीहरूले हाम्रो हाडखोरको डुङ्गा बनाएर तरे मानिसहरूले किन बिर्से शासकहरूको चरित्र - किन बिर्से बन्दुकको दवास - किन बिर्से आफैलाई - सलाम, लाल सलाम, क्रान्तिकारी लाल सलाम ! ओ, मेरो देश ! तिमीलाई क्रान्तिकारी लाल सलाम !! हो, सत्ते कसम ! यो रातो कवितामा सकेँ मैले सप्पै रगत अब मसित एक थोपा रगत छैन । |
योनीको रङजब म शान्त आँखाले हेर्दछु योनीको रङ तब छातीमा सृष्टिको अस्तित्व सिउरेर सोचको पर्वत उक्लिन थाल्दछु सपनामा बीस वर्ष पहिले.. गुलाबी थियो होङ्ग्रायो कोठा गुलाबी थिए भित्ताका कानहरू गुलाबी थिए पर्दाका आँखाहरू अनि मैले उक्लिन थालेको सपनाझैं गुलाबी थिए चुकुलका ओठहरू अनि मेरो सोचको दहझैं गुलाबी थिए सिलिङमा प्लुटो बोकेर घुमिरहेको पङ्खाका हत्केलाहरू । त्यो साँझ, त्यो समय, यौनिकताको संवेगमा घुलेको बतासका प्वाँखहरू सबैसबै गुलाबीगुलाबी थिए चालीस दुःखहरूको अनन्त नदी तरेपछि योनीको रङ यसरी फेरिएको छ जसरी महाविस्फोटले फेरिने गर्दछ हरेक क्षण ब्रह्माण्डहरूको समीकरण । यसरी हरेक क्षण नयाँ ब्रह्माण्डको जन्ममा रक्सीले खाएको मान्छेको अनुहारजस्तो योनीको रङ फेरिइरहँदो रहेछ कि त ! कापमा आकाशगंगाझैं फैलिएको लामो छोराको नअँटेर टाउको छाला च्यातिँदा योनीको नर्सले टाँचा मारिदिएको सियो र धागोको दाग त्यो बागमतीको... त्यहीँबाट रगतको नाइल बगेर बुद्ध जन्मिन्छ पृथ्वीमा र सिक्सिक् मान्दै बोकिरहन्छ योनीले आफ्नो घाउको पिङमा हज्जारौं बुद्धहरू । म यस्तै योनीबाट निस्किएको एउटा कवि योनीको रङमा यसरी डुबेको छु धूवाँ फुकेर दुलोमा आँसुआँसु आँखामा कविताको पलङमा दुम्सी ढुकेर बसेको छु र त मलाई योनीको रङ तिम्रो र मेरो अनुहारजस्तो मीठो लाग्दछ । |
हिंसाको बुद्दबन्चरोले ठूगूँ लागिरहेको घुच्चुक कत्ति पनि बुझ्न नसकिरहेको राष्ट्रीयता दिज्यू ! पहेँलो जमराले किन मेरो मन तानिरहेको ? घुस्न किन नसकेको म ? तिनीहरूको मानसपटलमा भीड़ छिचोलेर मन्चसम्म निशुल्क सडक नाटकमा, दिज्यू ! बन्चरोले ठूगूँ लागिरहेको घुच्चुक । यो छातीले पहाडको सिरानी लगाएर हेरिरहेछु समुद्रको पन्ना बाँधिएको मनमा बन्चरोले ठूगूँ लागिरहेछ घुच्चुक । ममाथि शासन गर्ने को श ? त्यो, त्यो जसको बुद्धि बाहिर डुल्न गएको छ ? याँ-म रगतले बगूँ लागिरहेको देश । दिज्यू ! बिम्बित अक्षर यस्तो धङधङ्गी ता मेरो पागलपन पनि बन्चरोले ठूगूँ लागिरहेको घुच्चुक । |
शहीदहरू रून थालेका छन्ओ ! माओ जे दोङ तिम्रा कविताका हरफहरूमा अचेल शहीदहरू रून थालेका छन् । रगत उमाल्ने तिम्रा विचारहरू बोक्दाबोक्दा बूढो भएको कुनै मजदुरजस्तो जीर्ण शब्दहरूले बुनेको रातो इश्वरमा पनि अब केवल मुट्ठीभर सास मात्र बाँकी छ तेसैले बाटोमा हिँड्दाहिँडदै जतिबेला पनि ढल्न सक्छ निर्माणाधीन् कुनै टावरबाट खुट्टा चिप्लेर पनि खस्न सक्छ कुनै सिकारू डाक्टरका हातबाट वैधानिक रूपमै मारिन पनि सक्छ तेसैले, ओ ! माओ जे दोङ अचेल शहीदहरू रून थालेका छन् । हुनान प्रान्तबाट भागेर आएकाहरूले यहाँ यो बन्दरगाहमा जहाजहरू रोपे र फलाए यन्त्रहरू जस्तै देखिने मानिसहरू ती मानिसहरूको छातीभित्र तिमीले तन्काएको साँस्कृतिक क्रान्ति र लामो परेडका डोबहरू जो खत बनेर बसेका छन् लहरै तिहीँनेर पनि शहीदहरू रून थालेका छन् र हाम्फाल्न थालेका छन् अभिभावकहरू तिम्रा भाषणहरूको उचाइबाट अथवा यी अग्लाअग्ला घरहरूबाट काखीमा छोराछोरी च्यापेर आत्महत्याको छलाङ र हाम्फाल्न थालेका छन् तिम्रा तन्नेरी छापामारहरू पुँजीको समुद्रमा निराशा र अभावको मृत्यु हृवीलचियरसितै आफ्ना बाआमा अँगालेर अन्तिम-क्रान्ति । हो, माओ जे दोङ ! तिम्रो आरू फुलेको गीतभरि पनि शहीदहरू खुब रून्छन् रातो आँसु र बगाउँछन् सिरानीमा जियाङ नदी साँच्चै, शहीदहरू रून थालेका छन् त्यो ताइवान, त्यो तिब्बत त्यो तियानमेन, त्यो इँट्टाभट्टा त्यो बन्दुकको नालबाट निस्केको राज्यसत्ता त्यो तिम्रो फर्मेसन, ब्रिगेड र बटालियन त्यो तिम्रो कमान्डर, मिलिसिया र जासुसहरू सप्पैसप्पै एकैचोटि रून थालेका छन् ओ, प्रिय माओ जे दोङ ! यसलाई विद्रोह र अराजकता नभन्नू यसलाई प्रतिक्रान्ति पनि नठान्नू हो ! माओ जे दोङ तिम्रो कविताका हरफहरूमा अचेल शहीदहरू रून थालेका छन् । |
म तपाइँको को हुँ ?म तपाइँको को हुँ ? -लोग्ने ? -प्रेमी ? -बुबा ? -भाइ ? -साथी ? -या मात्र पुरुष ? कृपया भन्नुस् तपाइँ र मेरो बीचको सम्बन्धलाई म कुन नामले सम्बोधन गरुँ ? म कुन नामले तपाइँसित मेरो मनका असन्तोकहरू व्यक्त गरुँ ? कृपया भन्नुस् म तपाइँलाई कुन नामले सम्बोधन गरुँ ? -स्वास्नी ? -प्रेमिका ? -आमा ? -दिदी ? -साथी ? -या मात्र नारी ? युगौंदेखि बाँधिएका छौं हामी यस्ता अनेकन् सम्बन्धहरूले र यीनै सम्बन्धहरूको बीचबाट तपाइँले मलाई बनाउनु भएको छ गान्धी र बनाउनु भएको छ वीरप्पन बनाउनु भएको छ बुद्ध र बनाउनु भएको छ कंश आखिर म तपाइँको को हुँ ? अहिंसक कि तस्कर ? शान्तिप्रिय कि बदमास ? कृपया भन्नुस् म तपाइँको निर्मल सपना हो कि विभत्स वर्तमान ? प्रेम र स्नेहले बाँधेर मैले जो सम्भोग गरेँ उन्नत विचार-योनीमा परिवर्तनको लिङ्गले के म तपाइँको अपराधी भएँ ? -चोर भएँ ? -डाका भएँ ? -फटाहा र जाली भएँ ? -प्लेब्वाइ र छाडा भएँ ? -राँडो र रन्डो भएँ ? कृपया भन्नुस् तपाइँ र मेरो बीचको सम्बन्धलाई म कुन नामले सम्बोधन गरुँ ? र मनभित्रका विष्फोटनहरू तपाइँ समक्ष पेश गरुँ ? हो, हाम्रा आँखा उस्तै छन् तर दृष्टिकोण किन फरक ? हाम्रा मनमस्तिष्क उस्तै छन् तर सोच किन फरक ? हाम्रो यात्रा एउटै हो तर गन्तव्य किन फरक ? हाम्रो नश्ल एउटै हो तर जात किन फरक ? किन म पुरुष ? किन तपाइँ नारी ? के हामी मान्छे हुन सक्दैनौँ ? हो यस्तै प्रश्नहरूको जङ्गलबाट म तपाइँसित आफ्नो बजुद मागिरहेको छु- कृपया भन्नुस् म तपाइँको को हुँ ? |
मलाई माफ गर यशोधराआज यी शासक र उनीहरूले बनाको नीति नियम ऐन कानुन भन्दा अलिपर कुनै ठाममा गएर बाँच्नु खोज्दैछु यशोधरा ! मलाई माफ गर फेरि एक खेप फेरि एक खेप तिमीले आँसु पिउनु पर्छ कि फेरि एक खेप मैले मानिसहरूलाई सप्पै विसंगति र दम्भहरूबाट मुक्त गर्नू छ ! अलिपर कुनै एकान्तमा हेर ! मैले बुन्नु छ मानिसहरूको मष्तिस्कमा छ्याप्छ्याप्ती पौडी खेलिरहेका भाइरस सोचहरू समात्ने समय जाल र प्रतेकलाई नयाँ जीवन दिनू छ नयाँ जीवन = बराबर/अ-बराबर अव्यवस्थाहरूको व्यवस्था (क अ सिद्धान्त हरूको सिद्धान्त (ख नाकहरूको क्रितिपुर न्याय (ग दस लिम्बुवान सत्र थुमको संविधान (घ डोल्पा रोल्पाको नुन संघर्ष ( ङ बेरोजगारहरूको भिसा अनुमोदन (च जस्तै त हो : छालाको कुरा रङ्गको भेद जात र भातको सत्ता नाता र कृपाको जागिर ! र त मलाई जान देऊ त्यो ठाममा मैले नयाँ जीवन दिनू छ रिक्सावाल ठेलावाल भट्टीवाल मजदुर किसान दलित पिडित प्रतेक सीमान्तवर्तीहरूलाई आदिबासी जनजाति प्रतेक हेपिएकाहरूलाई म मूलबासी आज नीति नियम ऐन कानुन सप्पै मिच्नु छ मैले, एलेक्जेन्डरहरूको भूतहरू सप्पै थिच्नु छ मैले, प्रतेक मानिसहरूको मनबाट निकाल्नू छ पृथिवीनारायणका चोर औंलाहरू ! कि योगदान दिनू छ राष्ट्रलाई कि म बाँच्नु यौटा योगदान हो कि राष्ट्र म हुँ अबदेखि नीति नियम ऐन कानुन सरकार संविधान सप्पै म हुँ अबदेखि १) अब शहीद हुने पालो उनीहरूको २) अब अपाङ्ग हुने पालो उनीहरूको ३) अब बेरोजगार हुने पालो उनीहरूको ४) अब विदेश पलायन हुने पालो उनीहरूको ५) अब आरक्षणमा बस्ने पालो उनीहरूको ६) अब शरणार्थी हुने पालो उनीहरूको २४० वर्षदेखि झुक्याइरहेका छन् उनीहरूले अ) कान्छाको डम्फूलाई बज्नुबाट रोकेका छन् उनीहरूले आ) गुमानेको सारंगीलाई रेटिनुबाट रोकेका छन् उनीहरूले इ) ठूलेको ढोल झ्याम्टालाई झन्किनुबाट रोकेका छन् उनीहरूले ई) साइँलाको पिपिरी पातलाई बज्नुबाट रोकेका छन् उनीहरूले उ) गुभाजुको धिमेलाई रन्किनुबाट रोकेका छन् उनीहरूले ऊ) काइँलाको च्या-ब्रुंगलाई गुन्जिनुबाट रोकेका छन् उनीहरूले अब प्रतिबन्धित हुने पालो उनीहरूको अब आतंककारी हुने पालो उनीहरूको अब साम्प्रदायिकताको आरोप लाउने पालो हाम्रो अब बिखन्डनकारीको आरोप लाउने पालो हाम्रो ! यशोधरा ! मलाई माफ गर मलाई जान देऊ मैले तिम्रो मात्रै होइन प्रतेक मानिसहरूको उद्धार गर्नू छ ढुङ्गाको चेपमा जरा चेपिएर हुर्किनु नसकेको रुखलाई माटो दिनू छ ढुङ्गा फुटाउनू छ जडताको, तेतिन्जेल तिमी मेरो विचारलाई खेलाउँदै गर अब म जान्छु त्यो दराजबाट काङसोरेको खुकुरी झिकेर मेरा यी हातमा राख प्रिय ! यशोधरा २-४ जनाको घाँटी मात्रै हो राष्ट्र आफै बन्छ संविधान पनि बन्छ !! |
असोज ४ गतेसोचेको थिएँ असोज ४ गते ब्युँझिदा मनमा खुशी र उमङ्ग छाउनेछ नयाँ जोश र जाँगरले दिन सुरु हुनेछ तर फेरि उही निराशा, अशान्ति र हिंसाले एकाबिहानै स्वागत गर्यो कि दसौं हजार शहीदको बलिदानले एकाबिहानै सरापेर गयो सोचेको थिएँ असोज ४ गते ब्युँझिदा नयाँ घाम लाग्नेछ निर्माणको जहाँ म सुकाउन सकूँ दु:खहरू तर मधेसबाट चलेको तातो हावामा घाउ झनै पाकेर दुख्यो मेरो भागमा फेरि पनि यौटा हलुङ्गेको बटुको पर्यो जसलाई ठटाएर मागिरहनु पर्नेछ अधिकारको भिख असोज ४ गते ब्युँझिदा तिमी ब्युँझियौ आफ्नै अहंकारको पहाडसित २०४७ सालको कचेरासित, तर म ब्युँझें मान्छेका लास झैं ढलेका ५० वटा मालदह आँपसित थारुको टाउको झैं खेतभरि गिदी छरिएको नरिवलसित असोज ४ गते ब्युँझिदा तिमी र म फेरि आपसमा लड्न ब्युँझियौं फेरि मर्न र मार्न ब्युँझियौं तर देश ब्युँझिएन देश हिंसाको कात्रो ओढेर लास जस्तै लमतन्न सुतिरह्यो असोज ४ गते तिमी दिपावलीको धुँवाले कालो लागेको नाक बोकेर ब्युँझियौ म मधेसको धुँवामा पुरिएको अनुहार बोकेर ब्युँझिएँ सोचेको थिएँ असोज ४ गते ब्युँझिदा आम हड्ताल, बन्द र आन्दोलनहरू कमसेकम १०० वर्षका लागि बन्द हुनेछन् तर सुन्दैछु जंगलमा बन्दुकहरूले आँखा खोल्दैछ्न् रे असोज ४ गते ब्युँझिदा तिमी व्यस्थापिका, कार्यपालिका र न्यायपालिकाभित्र ब्युँझियौ म सडकमा ब्युँझिएँ । |
राम भरोस मधेसमा छैनश्रवण मुकारुङको राम भरोस हिजोआज मधेसमा छैन यता अनुहार खोज्यो, भेटेन तेसैले जंगे पिलर नाघेर उत्तातिर गएको छ उत्ताबाट ढुङ्गा हान्न उसलाई खुबै सजिलो भएको छ हामी पहाडको डाँडाबाट शितल बतास खाँदै मधेसको धान फल्ने फाँट हेर्दैछौं त्यहाँ हाम्रो स्वामित्व लहलह झुल्दैछ राम भरोस यस बखत खेतमा हुनुपर्ने, बिहारबाट धान खान आएका सुगाहरू धपाइरहेको हुनुपर्ने, सोच्दैछौं खेतको बीचमा उभिएको बूढो आँपको फेदमा पनि छैन राम भरोस थकाई मार्न सधैं त ऊ त्यहाँ हुन्थ्यो, सोच्दैछौं काठमाडौंबाट मधेस धपाए पछि कविका कविताहरूको नायक भयो ऊ तर कस्ले उसलाई सीमापार लग्यो कि एकाएक ऊ त हाम्रो मस्तिष्कमा खतरनाक भिलेन भयो, ऊ त घुसपैठिया भयो रे बबुआ ! उसले भर्खरै सत्ताको चार औंला छिनायो तर रगत चुहियो मान्छेको उसले छेंडखानी गर्यो शासकको अस्मितासङ् तर स्वाभिमान ढल्यो नेपालीको हाउ ! राष्ट्रकवि हो फकाएर ल्याओ न राम भरोसलाई केमा चित्त दुक्खाएर रासनकार्डको ढुङ्गा फ्याँक्छ आफ्नै घरको छानामा !? छालाको रङ्ग उसको हाम्रै बागवानी खेतमा पुस्तौं हल जोतेर कालो भएको हो कालो भयो भन्दैमा सबै भैंस् काँ हुन्छ रे बबुआ ! उत्ताबाट ढुङ्गा फ्याँक्नु सजिलो भए झैं पहाडको टाकुरोबाट पनि ढुङ्गा फ्याँक्नु सजिलो नै हुन्छ सजिलो भयो भन्दैमा दुवैतर्फबाट तेसरी ढुङ्गा फ्याँक्नु थाल्ने हो भने मधेस त ढुङ्गाघारी हुन्छ रे बबुआ ! राम भरोस त सीमापार गएछ कस्ले फकाएर ल्याउने !? फलाम थियो ऊ आगोमा पोलेर हतियार बनाउँदैछन् आऊ रे राम भरोस सिंहदरबारको यौटा कोठा तिम्रो नाम गरिदिन्छु अबदेखि नहेर्ने पहाडको डाँडाबाट मधेस मधेस हेर्न म मधेस नै झर्नेछु तिमी पहाड हेर्न पहाड नै चढ्नु तातो दु:ख मधेसको चिसो दु:ख पहाडको आखिर दु:ख त दु:ख नै हो, तिमीमा आगो बाल्ने अर्कै तिमीमा घ्यू हाल्ने अर्कै यसरी त तिमी खरानी हुन्छौ आऊ रे राम भरोस आफ्नै घर फर्की आऊ तिमीलाई सप्रेम मेरो हृदयमा जग्गा दिएँ । |
रुखउभ्दा-उभ्दै चौकीदारको जिन्दगी १२-१२ घण्टा यो हाम्रो होङ्कोङ्मा पैतलाबाट जराहरू पलाएर हातबाट पातहरू पलाएर जीउबाट हाँगाहरू पलाएर म त रुख भइसकेछु ! चराहरू खेल्छन् मनको हाँगाहाँगा घरि यो हाँगा, घरि त्यो हाँगा गीत गाउँछन् चिरिबिरी च्याट..च्या ट्… च्याट..च्या ट्…चिरिबिरी…! र उडिजान्छन् स्वतन्त्रताको नीलो आकाश, म जड बुटभरि दबाएर आकांक्षाको बतास खस्दै निरिह वर्तमान स्खलित समयको पहेंलो पात म त रुख भइसकेछु ! अब रुख भैसकेपछि फेरि नहुन नपाइने रहेछ बाँचिसकेको जीवन पनि फिर्ता नपाइने रहेछ ! अब रुख भैसकेपछि मान्छे जस्तो यता उता हुलमुलमा षडयन्त्र रच्दै राजनीतिको ठुटे नेता हुन पनि नसकिने रहेछ अब रुख भैसकेपछि एकै ठाउँ उभिएर निस्सारताले बिस्तार बिस्तारको मृत्यु कुर्नु सिवाय कुनै क्रान्तिकारीले जस्तो उफ्रिदै भाषण ठोक्न पनि नसकिने रहेछ ! बोसोको आलस्यता थप्दै बुद्धिमा कल्पनाले घुमेर देशविदेश एकै ठाउँ साइकिक् उभिरहनु म चौकीदार _____________! ! गुर्का ..ठिंगरिंग पसल पसलमा .. बैंकमा …ढोका ढोकामा …लवी लवीमा रहरका सुकेका हाँगाहरू मनले पिटिक् पिटिक् भाँच्दै मुटुमा यथास्थितिको झ्याउ पलाएर म त रुख भइसकेछु ! रुख भैसकेपछि रुख नै हुनु पर्दो रहेछ र यो सहरको प्रदुषित भीडबाट भाग्नु रुखले पनि कविले जस्तो सोच्नु पर्दो रहेछ नत्र कुरेर बस्नु पर्ने रहेछ कुनै आँधिबेहरी …कि जरैसित उडाएर लैजावोस् जडता उभ्दा-उभ्दै चौकीदारको जिन्दगी यसरी नै हामी रुख हुन्छौं र मान्छेहरूको बगालबाट अलग हुन्छौं ! |
मेरो जोकास्टा आमाको समर्थनमामहावाणी ओ मेरो जोकास्टा आमा अब म तिमीसित बिहे गर्छु, र टाइरासीयस बूढोको छाला काढेर एकजोर जुत्ता सिलाउँछु ! -श्री ५ हाङयुग अज्ञात ओ ! मेरो जोकास्टा आमा जसरी नपुंशक समयको विरूद्घमा कुनै बेला भर्जिन मेरीले येशु ख्रिष्ट जन्माइन् तेसरी नै तिमीले जन्माइसकेकी छौ बिना सम्भोग बिना वीर्य यौटा निख्खर र जब्बर मान्छे ! हो, आमा त्यो धुर्मुस त्यो घामट त्यो अराजक मै हुँ, आमा मै हुँ त्यो आतङ्कवादी जो महिनै नपुगी तिम्रो पाठेघर च्यातेर यो संसारमा निस्केको छ- त्यो पापी मै हुँ आमा जसले तिमीलाई कोखमै हुँदा पनि लात्ती र मुट्कीले हान्यो र आफ्नो शरीरभरि बाँध्यो आरडीएक्स र तेसले खोजिरहेछ यतिबेला कुनै बेनजीर भुट्टोको जुलुस मेरो जोकास्टा आमा त्यो आत्मघाती मै हुँ ! तिमीले जन्माइसकेकी छौ बिना वीर्यवान पुरूष यौटा यस्तो कुपुत्र जसले सधैँ मार्छ इन्दिरा गान्धी थुन्छ आङसाङ सुकी डाम्छ इमा गोल्डमेन र पढाउँछ धर्मका पाठहरू कि तिमी मेरोलागि मेरो करङबाट बनाइएकी मेरो दासी हौ म तिम्रो मालिक हुँ- ओ जोकास्टा आमा तिमीले छोरा जन्माइसक्यौ र त यौटा मालिक जन्माइसक्यौ अब तिमीलाई उसले खुब लुट्नेछ, तिम्रो कान टोक्नेछ तिम्रो स्तन टोक्नेछ तिम्रो फिला टोक्नेछ तिम्रो मस्तिष्क टोक्नेछ र भुक्नेछ सन्तुष्टिमा पागल कुकुर तिमीले त्यो कुकुरमा अनगिन्ती बिम्वहरू देख्ने छौ, तर तुरून्त बिर्सिने छौ हुँडार, ब्वाँसो र फ्याउराहरूको तस्बीर तुरून्त बिर्सिने छौ सम्भोगको नयाँ परिभाषा ओ मेरो जोकास्टा आमा तिमीले त्यो भेँडा गोठालोको अनुहारमा पनि मलाई देख्नेछौ र फत्फताउने छौ- वास्तवमा यौटा फटाहा प्लेबाइ, डाँका या अराजक गुण्डा जन्माउनु र यौटा साँच्चैको गतिछाडा बन्नु कत्ति गाह्रो हुन्छ ? हो, मेरो आमा मैले नै बाँधे गान्धारीको आँखामा पट्टी मैले नै तानेँ द्रौपदीको पेटीकोट मैले नै लिएँ सीताको अग्नीपरिक्षा मैले नै जलाएँ सतीहरूको शरीर ओ मेरो जोकास्टा आमा तिमीले धेरै जन्मायौ महामूर्ख पुरूषहरू खोपडीहरूको दरबारमा बस्ने इदिअमीन जन्मायौ मृत्युभूमिमा रगतले नुहाउने पोलपोट जन्मायौ नश्लवादले बहुलाएर यहूदीहरूको यमराज बन्ने हिटलर जन्मायौ, आमा त्यो बुश त्यो सद्घाम त्यो लादेन मै हुँ जसलाई तिमीले जन्माइसेकी छौ प्रतेक समयलाई गाली गर्दै तिमीले संसारकै सप्पैभन्दा ठूलो हत्यारो जन्माइसकेकी छौ सप्पैभन्दा खतरनाक अपराधी जन्माइसकेकी छौ कि मैले तिम्रो स्तन काटेँ र रगत बेचेँ व्यापारीहरूलाई कि मैले तिम्रो काख मुतेँ र निमन्त्रण गरेँ दलालहरूलाई, ओ मेरो जोकास्टा आमा मलाई भालाले घोंची-घोंची मार या झुन्ड्याऊ सरेआम खरीको बोटमा र झिङ्गालाई भन्किन देऊ र गिद्घलाई कुर्न देऊ ! तर…तर ओ मेरो जोकाष्टा आमा एकचोटि, फगत एकचोटि तिमीले तिमी आफै जन्मिदेऊ माचिन्डे ! धेरै भो यो संसारमा डाँगोहरूको हस्तमैथुन । |
आऊ सामुहिक आत्महत्या गरौँहिनताबोधको ठर्रा सुँघेर प्रतेक साँझ मर्नु भन्दा राष्ट्रको उन्नतिको कामना गर्दै एक्लै कुनै कुनामा होइन खुलामन्चमा एकजुट भएर सिघ्र संविधान बनोस् भन्ने परम् प्रार्थना गर्दै यो भट्टी पसल जस्तो देशमा आऊ सामुहिक आत्महत्या गरौँ ! कति थाम्नु धैर्यताको बाँध ? कति थुम्थुम्याउनु अराजक चित्त ? कति रोक्नु मनको आक्रोश ? आउँदा- आउँदै बीच बाटोबाट खै ! कसले अपहरण गर्छ शान्ति ? खै ! कसले चोर्छ कलम र कापी ? र, लेखिनुबाट वन्चित हुन्छ संविधान …! छट्टु शासकहरूको विरुद्धमा टट्टू नेताहरूको विरुद्धमा दलाल पार्टीहरूको विरुद्धमा प्रतिबद्धताको मुट्ठी कसेर संविधानसभाको पटांगिनीमा आऊ सामुहिक आत्महत्या गरौँ ! कति पिउनु हलाहल ? कति गिंड़नु दक्षप्रजापतिको टाउको ? कति हिंड्नु तमोरको किनारै-किनार ? हरेक युगमा हामीले नै औंला चढाउनु पर्ने ? हरेक युगमा हामीले नै पाताल भासिनु पर्ने ? हरेक युगमा हाम्रो उत्सर्गले पानीजहाज खिपेर माचिन्डेहरू कोलम्बस हुने ? कि पशुपतिको मन्दिरमा बज्दा-बज्दैका मङ्गल धूनहरू रोकियून् अनि स्तब्ध भएर ब्रम्हाले साँच्चैको आँसु झारून् आऊ सामुहिक आत्महत्या गरौँ ! संविधान लेख्न नसक्ने कायर टपरेहरूको विरुद्धमा आऊ सामुहिक आत्महत्या गरौँ ! किन काँप्छन् संविधान लेख्ने हातहरू ? किन ढल्छन् सरकार सालिन्दा ? किन धाउँछन् दिल्ली बारम्बार ? किन फेर्छन् बोली धोतीजस्तो ? कि ब्रम्हाण्डमा फेरि कहिले घाम नउदाओस् फेरि कहिले जून नछाओस् हामी नागरिकहरू सप्पै मरूंग र कंकालहरूमा जारी गरून् संविधान आऊ सामुहिक आत्महत्या गरौँ ! आऊ सामुहिक आत्महत्या गरौँ ! |
सुदूर गाउँको कथागल्लीको अन्तिम कुनामा पुगेपछि यो शहरको विसर्जन हुँदो रहेछ र शुरु हुँदो रहेछ कुनै सुदूर गाउँको कथा ! पुतलीहरूसित खेल्दा(खेल्दै कतिबेला आवश्यकताहरूले उसका कोमल भावनाहरूमा जिन्दगीका ढुंगाहरू थुपारिदिएछन् कि रातो साम्राज्यको मानचित्र टाँगेर झ्यालमा खबरकागजहरूले वर्जित गरेर जीवनको उज्यालो हरेक रात फ्लस गरिरहेछ बेजिंग कण्डममा बेरेर माउत्से तुंगको महान् छलांग ! त्यो कथा त्यो गल्लीको कुनामा त्यसरी बिलाउँछ कि त्यो कुनै व्यापारिक सम्भोगमा उत्पन्न नाटकीय आवाजजस्तै स्खलित भएपछि सकिन्छ ..! त्यो पहेंलो तोरीबारी, खोला र पहराहरू सुटकेशमा बन्द भएर चुपचाप छन् त्यो कथा मुखमैथुनको कृतिम उत्तेजनामा पनि सकिन्छ ..! ६ महिनाको भिसामा त्यो सानो गाउँले पुरै हंगकंग घुम्छ र यो शहरको भव्यतामा जिऊ खोल्छ त्यो मेन्डरिनको कथा ’ग्रेट वाल’जस्तै लामो छ तर त्यो एकतलामाथि सिंढी उक्लिने बित्तिकै सकिहाल्दो रहेछ एक खिली चुरोटजस्तै या प्लास्टिकले घेरिएको मुस्कानजस्तै ….! त्यो गाउँको कथा माउत्से तुंगको डायरीबाट निस्केर हंगकंगको गल्ली(गल्ली चोक(चोक स्तन तन्काएर उभिएको छ हेर त उसको स्तनबाट रातो ताराले चिहाइरहेको छ पिल्(पिल् हेर त उसको स्तनमा झुन्डिरहेको छ अभावको भकारी ..! गल्लीको अन्तिम कुनामा पुगेपछि यो शहरको विसर्जन हुँदो रहेछ र शुरु हुँदो रहेछ कुनै सुदूर गाउँको कथा ! |
माओ जेदोङ, साइँला दाइ र शहीदहरूओ ! माओ जेदोङ तिम्रा कविताका हरफहरूमा जब शहीदहरू रून्छन् र आसुहरू हिउँ बनेर वषिर्न्छन् तब सोच्नु तिम्रो देशमा फेरि त्यो रातो तारा उदाउने छैन फगत ढल्नेछ बाटो ढाकेर पुरानो रूख र छेक्नेछ मानिसहरूको यात्रा, रगत उमाल्ने तिम्रा विचारहरू बोक्दाबोक्दा बूढो भएको कुनै मजदुरजस्तो जिर्ण शब्दहरूले बुनिएको रातो इश्वरमा अब केवल मुट्ठीभर सास मात्र बाँकी छ तेसैले बाटोमा हिँड्दाहिँडदै त्यो जतिबेला पनि ढल्न सक्छ अथवा निर्माणाधीन् कुनै टावरको २२ तलाबाट त्यो खुट्टा चिप्लेर पनि खस्न सक्छ अथवा कुनै सिकारू डाक्टरका हातबाट त्यो वैधानिक रूपमै मारिन पनि सक्छ तेसैले, ओ ! माओ जेदोङ जब हिमपातमा अल्झिएर तिम्रो कुनै भूपू छापामारले आफ्नै घाँटी रेट्छ तब सोच्नुतिम्रो देशमा फेरि रातो तारा उदाउने छैन, हुनान प्रान्तबाट भागेर आएकाहरूले यहाँ यो बन्दरगाहमा जहाजहरू रोपे र फलाए यन्त्रहरू जस्तै देखिने मानिसहरू ती मानिसहरूको छातीभित्र तिमीले तन्काएको साँस्कृतिक क्रान्ति र लामो परेडका डोबहरू जो खत बनेर बसेका छन् लहरै तिहीँनेर पनि शहीदहरू रून थालेका छन् र हाम्फाल्न थालेका छन् अभिभावकहरू तिम्रा भाषणहरूको उचाइबाट च्यापेर काखीमा नाबालक छोराछोरी हाम्फाल्न थालेका छन् आत्महत्याको छलाङ यी अग्लाअग्ला घरहरू झ्यालबाट हाम्फाल्न थालेका छन् तिम्रा तन्नेरी छापामारहरू पुँजीको समुद्रमा निराशा र अभावको मृत्यु अँगालेर हृवीलचियरसितै वृद्घ र रोगी बाआमा अन्तिम-क्रान्तिको एकमुट्ठी सास फर्दै हाम्फाल्न थालेका छन् मुक्तिको ल्हासा, हो, माओ जेदोङ ! तिम्रो आरू फुलेको गीतभरि पनि शहीदहरू खुब रून्छन् पश्चातापको नीलो आँसु र बगाउँछन् सिरानीमा दुःखको जियाङ नदी साँच्चै, हाँसी हाँसी प्राण उर्त्र्सग गर्ने तिम्रा राता र वीर शहीदहरू रून थालेका छन् त्यो ताइवान, त्यो तिब्बत त्यो तियानमेन, त्यो इँट्टाभट्टा त्यो कोइलाखानी, त्यो सिचुवान त्यो बन्दुकको नालबाट निस्केको राज्यसत्ता त्यो तिम्रा फर्मेसन, ब्रिगेड र बटालियन त्यो तिम्रा कमान्डर, मिलिसिया र जासुसहरू सप्पैसप्पै एकैचोटि रून थालेका छन् र हाँस्दैछ खेलौना र दुधको बट्टामा त्यो धुर्त जर्ज डब्लु बुशको महान् अमेरिका, हो, साइँला दाइ ! फूलमाया तामाङलाई बर्म्बईबाट धादिङ फर्काउनु छोडेर जब जन्ती जान्छन् दिल्लीमा हाम्रा क्रान्तिकारी नेताहरू तब मेरा कविताका हरफहरूमा पनि दशौं हजार शहीदहरू रून थालेका छन् बिहारी मुकुन्डो लगाएको गणतन्त्रको विरूद्घमा सप्तकोसीको बाढी बन्नलाई दशौं हजार शहीदहरू रून थालेका छन् र हाँस्न थालेको छ नागार्जुन डाँडा र हाँस्न थालेको छ सिंगापुर डिस्को तेसैले माओ जेदोङको देशभन्दा अलि तल प्रचण्डको देशमा ओ ! साइँला दाइ हाम्रो जनगणतन्त्र कहिले आउला – हाम्रो जनगणतन्त्र कहिले आउला – |
भैंसीहरू भैंसी जस्तै छन्जताबाट जसरी हेरे पनि भैंसीहरू भैंसी जस्तै छन् काठमाडौं जस्तो आहालमा डुबेर कालो छालामा घाम ताप्छन् जुवाले रगडेर कसैको काँधको छाला मरेको छ मधेसको गाडा तान्दातान्दा कसैको मुखबाट फिंज निस्किरहेछ संविधान जस्तो सिंग उसलाई भारी छैन यसकारण पनि भैंसीहरू भैंसी जस्तै छन् सेतै दिन्छन् दूध तर उनीहरूको दूध चल्दैन घाँस नै खान्छन् हग्छ्न् गोबर तेस्तै तर उनीहरूको गोबर चल्दैन कुँडो नै खान्छन् मुत्छ्न् पिसाब तेस्तै तर उनीहरूको पिसाब चल्दैन यसकारण पनि भैंसीहरू भैंसी जस्तै छन् अनि भैंसीहरू कसैले देखाइदिएको ऐना हेर्छन् आफैलाई गाई जस्तो देख्छन् र गाई जस्तो “बाँ“ गर्न खोज्दा “आँ“ हुन्छ “आँ….इँ“ गरे पछि ती जोसुकै किन नहुन् ती आखिर भैंसी हुन् र ती रङ्भेदका सिकार हुन्छन् यस्ता कुरा भैंसीले नबुझ्दा पनि भैंसीहरू भैंसी जस्तै छन् आँखा फारेर हेर आँखा बन्द गरेर हेर अथवा जुनसुकै चस्मा लाएर हेर भैंसीहरू भैंसी जस्तै छन् । |
बाढीजब बाढी आउँछ तब धेरै कुराहरू भत्किन्छन् बाँध र पुलहरू भत्किन्छन् खेत र बाटोहरू भत्किन्छन् घर र सम्बन्धहरू भत्किन्छन् जब बाढी आउँछ तब धेरै धेरै कुराहरू भत्किन्छन्, तर खै ! किन भत्किदैनन् – सप्तकोसीको राष्ट्रघाती सन्धी टनकपुरको आत्मर्समर्पणवादी सम्झौता खै ! किन भत्किदैनन् – शासकहरूको राष्ट्र बेच्ने हस्ताक्षर खै ! किन भत्किदैनन् – शासकहरूको सिंहदरबार ! जब बाढी आउँछ तब धेरै कुराहरू भत्किन्छन् विश्वास र आदर्शहरू भत्किन्छन् मन र इच्छाहरू भत्किन्छन् आशा र भरोसाहरू भत्किन्छन् जब बाढी आउँछ तब धेरै धेरै कुराहरू भत्किन्छन्, बाढी नदीको होस् या आँसुको बाढी राजनीतिको होस् या जीवनको बाढी आखिर बाढी नै हुन्छ त्यो आए पछि धेरै कुराहरू भत्किन्छन् इनार र माछापोखरी कुलो र पैनी सबैसबै भत्किन्छन् पाठशाला र स्वास्थ चौकी पसल र दुरसंचार सबैसबै भत्किन्छन्, तर साथी हो संसारमा एउटै मात्र यस्तो बाढी छ जसले केही कुरा भत्काउँदैन बरू जोड्छ भत्केका बाँध र पुलहरू बरू गाँस्छ भत्केका मन र विश्वासहरू बरू निको पार्छ बाढी र पैरोका घाऊहरू बरू निको पार्छ भुँइचालो र महामारीका चोटहरू, हो, साथी हो यो यौटा यस्तो अद्भूत बाढी हो जसको निम्ति हामीले सधैँ भेला हुनु पर्छ र मान्छेहरूको डुबेका सपनाहरूलाई किनार दिनु पर्छ र यो बाढीको नाम हो सहयोगको बाढी जसले सधैँ सङ्लो हृदयको लहरमा हामीजस्तै मान्छेहरूको जीवनलाई समाउने यौटा आधार दिनु पर्छ हो, साथी हो धमिलो पानीको बाढी विरूद्घमा सहयोगको सङ्लो बाढी आउनु पर्छ तरजब बाढी आउँछ तब धेरै कुराहरू भत्किन्छन् तब धेरै धेरै कुराहरू भत्किन्छन् इमान र लाजहरू पनि भत्किन्छन् लाज र इमानहरू पनि भत्किन्छन् । |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal