The best of Suman Pokharel's poems circle,
inescapably and charmingly, through the labyrinth of human emotion, the eternal
beauty of nature, and the powerful depth of human experience. Influenced by his
rich cultural heritage and his life experiences, the poems of Pokharel weave a
tapestry of lyrical elegance and poignant reflection. His poetry flows from the
serene rhythms of village life to cityscape streets teeming with people,
crossing all physical barriers, beckoning one's thinking on the complexities of
the human condition with compassion and sensitivity. His poems speak of love,
loss, resilience, and hope; they transcend the boundaries of the universe,
where readers all over the world plunge in for their fill, leaving an indelible
mark on the literary landscape and stirring the hearts of readers with its
profound beauty and enduring wisdom.
Early Life: Suman Pokhrel was born on 21
September 1967 at Mills Area, Biratnagar, Nepal, and grew up in a culturally
resourceful environment. He was born in the peaceful village of Kachide,
Dhankuta, and brought up by his paternal grandmother. Pokhrel grew up with the
essence of literature from his grandfather's library. His grandfather,
Bidhyanath Pokhrel-a renowned poet and politician-brought him into his world of
literature, introducing him to Nepali, Hindi, and classic Sanskrit literature.
The father came back to Biratnagar with his parents when he was twelve years
old. His father was a more sober engineer and bibliophile who continued to
encourage Pokhrel's literary drive.
Education and Career:
Pokhrel did his science, law, and business
management degrees from Tribhuvan University, Nepal. However, his love for
literature surpasses that academic education. In 1995, he started his
professional life as a Section Officer in the Nepali civil service and then
began working as a development activist with Plan International. Throughout his
career, he was posted in the most remote parts of Nepal, which further enriched
his understanding of diversified culture and landscapes.
Literary Prowess:
Pokhrel has written in the genres of
poetry, lyrics, plays, and translations in many languages like Nepali, English,
Hindi, and Urdu. His first collection of poems, "Shoonya Mutuko
Dhadkanbhitra," initiated his footsteps into a fruitful literary journey.
"Hazaar Aankhaa Yee Aankhaa Maa" and "Jeevanko Chheubaata"
are some of his publications that relegate him to the front lines as a poet of
great caliber. His works also include plays like "Yajnaseni,"
stimulated with the aid of the Sanskrit epic "The Mahabharata," and
lots of musical compositions.
international recognition: Pokhrel's
contribution to literature has received him international recognition, in which
he acquired famend awards just like the SAARC Literary Award two times in 2013
and 2015.His artistic expression is not confined to national boundaries, and
his works have been translated from Arabic to Spanish, extending his impact
globally. Indeed, Pokhrel's poetry is resonating with readers all over the
world, gaining him a revered place among literary historians.
Legacy and Influence:
A visionary wordsmith, the influence of
Pokhrel spills over into myriad aspects of life from the realm of literature.
Such was the depth of his insight and the evocative verses he left upon the
readers that responsive hearts have bred there from admiration and reverence.
His memory is preserved not only in the pages of anthologies of literature but
also in the cultural psyche of an eclectic readership. Suman Pokhrel stands as
a burning example of how language can always overcome any barrier to unify
humankind under the umbrella of creativity and expression shared in common by
all.
Artistic Efforts:
Beyond his works of literature, Pokhrel's
artistic involvements are multilayered. He has contributed his lyrical touch to
songs in which he is usually teamed up with musicians, thus producing plaintive
melodies. His plays, such as "Yajnaseni," reflect his mastery of
adapting classical narratives to the contemporary stage, as timeless tales are
reborn through the playwright's vista. Cultural Ambassador:
As a cultural ambassador, his contributory
roles have crossed geographical boundaries: participation in several literature
festivals and programs across the world, starting from SAARC Festivals of
Literature to the All India Poets' Meet. Pokhrel's presence has enriched
cultural exchanges, hence fostering greater understanding and appreciation of
South Asian literature on the global stage.
Continued Recognition:
Despite all the prestige and publicity
during his illustrious career, including numerous accolades, Pokhrel still
follows his art with gusto, pushing the skies of expression in the literary
world. His latest recognitions are the Asia's Inspiring Poet Award and the
Shaluk International Literature Award; both stand as a testimony to his
potential relevance and contribution to the world of letters.
Personal Journey:
The personal life of Pokhrel has been intricately
interwoven, much like the verses that he crafts. Being born into an
aristocratic lineage of politicians and poets, his upbringing instilled in him
a deep reverence for tradition, and an unquenchable curiosity about the outside
world. Guided by his father with the rich literary legacy left behind by his
grandfather, Pokhrel's path was lit afire with passion for storytelling and
commitment to artistic excellence.
Conclusion:
Suman Pokhrel unravels himself as a star
amidst the tapestries of contemporary literature. His impressive acumen and
lights of poesy lighten up the milieu. From the plains of tranquil villages to
the globe-stage, his voyage bears reasons with the change that art can bring
into life and human expression that time cannot be an inmate of. As a poet, a
playwright, a translator, and a cultural ambassador, Pokhrel's legacy ripples
across borders, bridges cultures, and inspires generations to come. We find
solace in his words, meaning in his verses, and his legacy provides the bonding
spirit of creation into one.
हाटमा उभिएरयसकै दृष्यमा बिलाएर यसकै आवाजमा पुरिएर पढिरहेछु यो हाटलाई म अथवा सुनिरहेकोछु । - यो भालेको कति? - म त जान्नँ । - जेसुकै होस् । - पल्लोपट्टि हेर न ! - हिजो बिहान। - कस्तो मोटाएको? - सुत्नै सकिएन । बर्सादले कुटेको खोलाको झैँ आवाजमा दौडिरहेको यो हाट हरेक बोलीमा एक कुची चित्र कोर्दछ । तर बुझ्दैन आफ्नै अनुहार यो गन्जागोल चिन्दैन आफ्नै तसवीर यो व्यस्तता बोलिरहन्छ केवल आफैँलाई सम्बोधन गरेर - - अलि पर्तिर सर न । - खोलापारि । - तीन सय बीस । - केही टुङ्गो छैन । - पोहोर कै ठाउँमा । - भोलिदेखि । - कोसँग ? - कहाँ सुत्यौ ? - आफ्नै बारीको हो । यी शब्दहरू टिपेर कविताको एक झोला बीउ बटुल्न सकिएला । यहाँका हरेक वाक्यमाथि टेकेर जीवन एक खुड्किलो मास्तिर चढिरहेको होला तर दु:ख बेच्ने र सपना किन्ने होडमा तल्लिन शब्दहरू, आफ्नै अनुहारमा फेरिइरहेका रङ्गको पनि वास्ता गर्दैनन् । केवल बोलिरहन्छन् आफैँले कहिल्यै नसोचेका संवादहरू । - एकछिन यहीँ बसौँ । - क्या मान्छे होला । - एकपल्ट हेर्नुपर्छ । - कहाँको हो ? - त्यसरी काँ’ हुन्छ ? - तातो पानी ? - कस्ती थिई ? - सबैतिर हैन । - कति बेला जाने ? - मुढामा । आआफ्नो चासोमा निमग्न श्वरहरू आआफ्ना सङ्गीतको सिर्जना गर्दछन् र जीवनका एकएक लय लिएर फिर्दछन् । - आज केही पनि छैन । - त्यति त नपर्नु पर्ने ! - साह्रै गलियो । - अस्ति पनि त्यस्तै थियो । - चिया नखाऊँ । - पल्ला घरमा । के यो हाटलाई उबाटै झिकिएको कुनै कविता बुझ्ने गरी सुनाउन सकिएला ? उसकै सपनाको आकाशभरि कुँदिएका चित्र बुझाउन सकिएला ? उसकै क्रन्दन र हाँसो मिसाएर बुनिएको सङ्गीतमा मग्न बनाउन सकिएला ? एकएक मान्छे झिकेर सुन्दा जीवन बोलिरहेको यो हाट मान्छे जोडिएर विकराल अस्पस्टता भट्याइरहेको छ । कञ्चन जीवनहरूको नदी भीडबाट निलिएको छ मान्छे मान्छेभित्रै विलाएको छ । भीड बनेपछि मान्छे मान्छे नरहने रहेछ । के जनता भनेको पनि हाट नै हो ? जो एक्लैमा मान्छे र समूहमा भयानक क्लिष्टता भएर बाँच्दछ ? |
स्वभक्षणको हकम आफ्नो मुटु झिकेर स-साना टुक्रामा विभक्त गर्छु अनि आफ्नै रक्तिसँग मिसाएर रक्सीसँग खान्छु, आँशु र पसिनाको । खाऊँ खाऊँ लागेन, तिमीलाई सुन्दाखेरी ? आऊ, सँगै बसेर खाऊँ मेरा आँखा निकालेर गुच्चा खेलौँला, वा तिमी भन्छौ भने, टेनिस खेलौँला, यी हातहरूको ब्याट बनाएर । कुन टेनिस खेल्ने ? टेबुल कि लन ? वा गफ्फ खेल्ने ? कि क्रिकेट ? हैन भने आऊ, मेरो टाउकाको फुटबल खेलौँ मेरै छातीको टुँडिखेलभरि । मेरा दाँत निकालेर कौडा खेलौँला पूरै दुई सेट पुग्छन् । हैन भने भुटी खाउँला कि उमालेर खाने ? गिजालाई टुक्राटुक्रा पारेर मिसायो भने मीठो सुप बन्छ । यी ओठ काटेर मुटु र कलेजोसँगै भुटौँला । नाकको सुल्फामा कपाल डडाएको धूवाँ गाँजाजस्तो छैन त ? के हेरेको ? सिद्धियो रक्सी ? थूक मिसाइदिऊँ ? तर के सिद्धिन्थ्यो रक्सी पनि ! त्यो पनि आँशु र पसिनाको ! म त खान थालेँ । स्वतन्त्रता पाएको छु मैले आफ्नै रक्तिसँग आफ्नै पसिनाको रक्सी खाने । अलि वर आऊ, सँगै बसेर मनाऔँ मेरो स्वतन्त्रोत्सव । ढुक्क होऊ, तेलबेसार लिएर आउनु पर्दैन तिमीले । मेरै पँहेलो बोसोमा तारौँला मेरा नाक र कानहरू । कुन मीठो लाग्छ तिमीलाई ? छाला भएको कि नभएको ? छाला बिनाको मनपर्छ भने, भन छाला काढेर खोल बनाउन हुन्छ । पालैपालो ओढौँला तिमी र म । अपराध गर्ने बेलामा तिमी ओढ्नु जेल जाने बेलामा म ओढौँला । हड्डी चपाउन सक्छौ ? सक्छौ भने खाऊ, देशजस्तै सक्दैनौ भने पनि पीर नगर हड्डी र देश रहेकै राम्रो । छाला पलाए, फेरि खान हुन्छ । मासुको कुरो चाहिँ नगर्नु नि यहाँ केवल नागरिक भएर बाँच्नेहरूमा हाड र छाला अनि अलिकति रगत मात्र रहेको हुन्छ । छक्क परेका हौ कि अभिनय गर्दैछौ ? किन टोलाएको ? आफूले नखाए तिमीजस्ताहरूले खाइदिई हाल्छन् त्यसैले खान थालेको हुँ मैले आफ्नो मासु । एउटा सम्बृद्ध सपना बोकेर झुन्ड्याउने चलनलाई जितेर छाला काढ्ने राज्यलाई पराजित गरेर जिब्रो लुछ्ने शासकलाई ढालेर यहाँसम्म आएको हुँ म । तर के गर्ने ? तिमीहरूले आफ्ना लागि रेड कार्पेट किन्नलाई हाम्रा सबै सपना बेचिहाल्यौ ! हामीले देखेको सपनामा आफ्नै रगत र छाला खाएर प्यास र भोक मेटाउनु पर्दैनथ्यो । छाडा जिब्रो र गुच्चा खेलिने आँखा मात्र बाँकी राखेर आफूलाई सिध्याउनु पर्दैन थियो । अब तिमी जे गर नगर मसँग अर्को विकल्प छैन, यसबेला । म आफ्नो मुटु झिकेर स-साना टुक्रामा विभक्त गर्छु अनि आफ्नै रक्तिसँग मिसाएर रक्सीसँग खान्छु आँशु र पसिनाको । मसँग मात्र यही एउटा अधिकार बाँकी छ । |
साँझको घाम र जूनको कथाबाटो आउँछ कतैबाट र पर्खिरहेको चौतारीको वास्तै नगरी गइरहन्छ एक्लै अगाडि कताकता नलिई साथ चौतारीलाई । जहीँतहीँ यस्तै छ हरेक युगमा यस्तै नै छ । आजसम्म कुनै चौतारीलाई साथ लिएर गएन बाटाले । बाटो आयो आइरह्यो हिँडिरह्यो कतै गइरह्यो परदेसी जसरी एक्लै । चौतारी पर्खिरह्यो हेरिरह्यो रोइरह्यो निस्ताइरह्यो गाउँबेँसी जसरी एक्लै । न बाटो अल्झिन सक्यो चौतारीको मायामा कतै न चौतारी पछि लाग्न सक्यो बाटाको मोहनीमा कतै । घामले आज साँझ पनि यही कथा भन्यो र बाटो लाग्यो । जून भने अझै पछ्याउँदै छ उसैलाई । |
सम्पत्तिअक्षरमा भासिएका आँखा सपनाले पुरिएको चेतना, र मुटुले भिजेको मनबाट निकालेर आफूलाई फिजाउँछु एक बन्ददृष्टि शहरका गल्ली र आकृतिहरूमाथि । आफैँभित्र गुजुल्टिएको यस भीडका बीचैबीच बाटाछेउ ठाउँठाउँ खाली जग्गा छाडेर राम्रै गरेछन् कसैकसैले, उठाएर देशको दरिद्रता नछेक्ने पर्खाल बेसै गरेछन् बाँकी अरूले । नत्रभने बाँध्नै नसकिने गरी इँजार चुँडिएको यस राज्यका यतिबिग्न अस्ट्रिचमान्छेहरू मुत्न कहाँ जाने थिए होला? अस्पष्ट स्वरमा मलाई खै के भन्यो, र घोप्टियो टाउको फेरि कागजमाथि । चारचार लाखका तिनका पर्खाल र तीनतीन करोडका जग्गामा दिनभरिमा पाँचपाँच सय मान्छेले मुत्ने गर्छन्, तीस रुपियाँको किताबमा बरू थुक्ने समेत आँट गर्दैनन् कोही । |
सपना नदेखूँयस्तो मातूँ कि आफूलाई समेत बिर्सूँ यो रात कुनै सपना नदेखूँ । हर रात आफूभन्दा ज्यादा मलाई भत्काएर जाने विपनाजस्तै लथालिङ्ग सपना नदेखूँ । कहिल्यै कसैले देख्न नचाहेका खबरकागजका अनगिन्ती वीभत्सताहरू, टेलिभिजन र रेडियोबाट विस्फोट भई निस्किने हिँस्रक स्वरहरू, कानै उखेलेर लाने आवाजहरू, विस्मयको सीमा पार गराएर आँखालाई उघारै पारी छोड्ने् दृश्यहरू, मुटु चुँडाएर भाग्ने संवेदनहीनताहरू, आफ्ना उच्छिृङ्खल भीडका नाङ्गा जुलुस लिएर कोलाहल गर्न नआउन् सपनामा। महल बनाउँदा बनाउँदै खण्डहर भएको, शीतलताको नदी बग्दाबग्दै आगो भएको, आकाङ्क्षा का रङ्गीन दृश्य नभएको झिलिमिलीमा मिसिएर खरानी भएको, प्रतिफल लिएर आउने सपनाहरू नआउन् मलाई जिस्क्याउन । सम्पूर्ण समय नै धमिल्याउने बेइमानीको निबन्धभन्दा ज्यादा बेइमान वर्तमानको यथार्थजस्तै भयानक सातवटा जीवन एकै ठाउँ अल्झिएझैँ जटिल विछोडका रातभन्दा लामा सपनाहरू बग्दै जाऊन् र कतै ब्ल्याकहोलतिर पसून् । यो रात प्रेमको मद्होस किरण ओढेर आओस् अनुरागका आशक्ति बोकेर आओस् आओस् मायाको मात लिएर । मायामा यसरी मात्तिऊँ, कि कुनै सपना नदेखूँ । |
शून्य मुटुको धड्कनभित्रयो कस्तो शून्य भयो ? मुटुले पनि पोल्यो आँखाले पनि पोल्यो केवल आगोले पोलेन यो चुरोटले पोलेन । मायाले पोल्यो आकाशले पोल्यो, हिजो हरायो आज शून्य भो' । तरल यो जीवनबीच न आलिङ्गनले भिजायो न चुम्बनले भिजायो न यौवनले भिजायो । क्षितिजसहित आकाश शून्य भो' फगत आँखाले भिजायो । पैदल यात्रा यो तरलताको पाइला हरायो उडेर आकाशमा। माया आगो, माया पानी मिलेर आपसमा धूवाँ भो यो कस्तो शून्य भो । माया शून्य ! माया किन हुन्छ शून्य? शून्य मायाले जीवनको आँखा शून्य भो' मुटु हरायो । मुटु हरायो अन्धकार भो । संसार जीवित छ सूर्य उदायो आँखा अन्धकार भो आँखा शून्य भो । म माया माया शून्य, म शून्य ! आँखा शून्य, पानी शून्य तरलतामा बिलाएका चेतना शून्य । तरलता शून्य यो कस्तो शून्य भो ? यो हिजो त्यो आज । उल्टिएर धरती, ठाडिएर तरलता पोखिएर आगो आगो माया भो । आलिङ्गन आगोसँगको आलिङ्गन मायासँगको आलिङ्गन जीवनसँगको । मेरो जीवनले भन्यो यो अन्तिम आलिङ्गन हो हामी बीचको । म माया, म डर म मौन, म विलिन । मैले पाएको उपहार हो यो सेतो ओछ्यानमाथि सेतो तन्ना सेतो तन्नामाथि सेतो ओछ्यान राता मायाहरू र हरिया मायाहरू फक्राएर । अनुपम उपहार मेरो एकान्तसँगको मेरो कोठा र यो वैयक्तिकता र यो तन्ना सेतो र यो ओछयान सेतो; जहाँ तरलता शून्य छ आगो शून्य छ माया शून्य छ आरिस शून्य छ व्यवहारिकता, सामाजिकता शून्य छ भौतिकता र संवेदन शून्य छ । यो शून्यतामा म जीवनसँग निस्फक्री माया गर्न पाउने छु, जहाँ जीवन निर्वस्त्र मेरो अगाडि उभिएको हुन्छ मेरा लागि अन्तिम आलिङ्गन बोकेर; संवेदनाका धड्कनसँगै मुटु र आँखाहरूमा हत्केला र ओठहरूमा; जहाँ केही पनि नग्न छैन । त्यहाँ नग्नतामा आवरण छ मायाको रातो, ओठहरू जस्तै तरल, आँखाहरू जस्तै । यो नग्नताभित्रको मायामा वैयक्तिकता शून्य भो । वैयक्तिकताको शून्यतालाई पन्छाएर आलिङ्गनमा बेरेर नग्न जीवनलाई एउटा रुमानी कविता लेख्न पनि त सकिन्थ्यो ! तर खुसीका निर्वैयक्तिकता बीच जीवनसँगको माया र चुम्बनमा कविताको के अर्थ ? साँच्चै नै आलिङ्गनमा जीवनको कविता अर्थहीन लाग्छ, जसरी राम्री मायालाई राम्री भन्नु लजालु आँखालाई लजालु भन्नु माया गर्नेलाई माया गर्छु भन्नु कति निरर्थक लाग्छ कति अनुत्पादक लाग्छ ! सपनाजस्तो जीवनजस्तो साथ रहुञ्जेल रमाईलो साथ छुट्दा शून्य । यो कस्तो शून्य भो । आलिङ्गनले बेरेर शून्यतालाई मायाको अनुभूति यो छातीमा छातीभित्रदेखि छातीभित्रसम्म मुटु वरिपरि मुटुभित्र । आज यो धड्कन मुटुको, कस्तो शून्य भो ! |
व्यस्ततायति व्यस्त पनि नहोऊँ, कि आफूलाई हेरी मुस्काइरहेको आफ्नै आँगनको फूलको सुवास चिन्न नसकूँ । सृष्टिका सम्पूर्ण खुसी आफू माझ खसालेर रमाइरहेका केटाकेटीका खेल हेर्न नभ्याऊँ । प्रेम बोकी हिँड्ने बतासका स्पर्श, जीवनको स्वरमा गुन्जिएका चराहरूका चहचहावट, ओरालै लाग्दा पनि नाचिरहेका झर्नाहरूका उमङ्ग, अँध्यारालाई छक्याउँदै रमाइरहेका जूनकीरीका चमक, केही बुझ्ने फुर्सद नहोस्। कहिलेसम्म हतारोको ठेलाइमै बगिरहूँ ? चटारोको भुमरीमै घुमिरहूँ ? जीवन भत्किएर उचाल्लिएको उचाइतिर लखेट्टिरहूँ ? जीवनको पल्लो छेउ पुगुन्जेल आफ्नै अनुहार हेर्ने समय निकाल्न नसकूँ र एक चोइटो समय हात लागुन्जेलमा ऐनामा आफूलाई हेर्दा देखिने मायालुको मुहारबाट ओज, माधुर्य र यौवन भागिसकेको होस् ! टाउकाभरि रिक्तताको भारी बोकेर यो युगौँ बूढो समयको खेदाइमा कहिलेसम्म भागिरहूँ म ? जीवन खोज्ने आफ्नो यात्रामा हिँड्दै गर्नुस् तपाईँहरू । म एक छिन यहीँ बसी एक निमेष जीवन बाँचेर आउने छु । |
व्यर्थै बोलायौ काठमाण्डू, तिमीले मलाईयसपाली निकै दुख्यौ काठमाण्डू, तिमी ! मैले त ‘आउँदिनँ’ भनेको थिएँ तर नआएर पनि नहुने नै थियो । हुन त, तिमी सँधै दुखेकै हौ आफूलाई पनि अरूलाई पनि । तर यसपालि निकै दुख्यौ । तिमीले बिदा गर्दा मलाई साँझमा तिमीलाई पनि दुखेथ्यो होला मनको अन्तरमा कतै। तर पनि तिमीले बिदा गर्यौ मलाई बिछोड भएकी प्रेयसीले जसरी । र म सडकभरि छाइरहेँ जिन्दगीजस्तै निस्कन नसक्ने लोग्नेमान्छेको आँशु बोकेर छातीभरि। हुनुको यो पीडा यो भएर पनि नहुनुको पीडा लोग्नेमान्छेको यो पीडा तिमी स्वास्नीमान्छे कसरी चिन्न सक्थ्यौ होली र? बुझ्न कसरी सक्थ्यौ होली? यो निस्कन नसकेको आँशुको ताप तिमी कसरी महसुस गर्न सक्थ्यौ होली? त्यसैले, काठमाण्डू तिमीसँग मलाई माया लाग्यो तर तिमीसँग मलाई चित्त पनि दुख्यो। सांसारिक कुरो थियो त्यो जसले गर्दा तिमीले मलाई बिदा गर्यौ साँझमा। म पनि संसार मैं थिएँ त्यसबेला, र तिमीबाट फर्किँदै गर्दा सुस्केरा भइरहे मेरा आँशुहरू, र उडिरहे धूँवाहरू चुरोटका, हावाभरि र जमिरहे छातीभरि । काठमाण्डू, तिमीलाई बोलाएँ मैले तिमी आइनौ मलाई बोलायौ तिमीले र म आएँ । म आएँ र चोट पाएँ । यहाँ आउनेहरूले नै चोट पाउने चलन छ जो यहाँ आउँदैनन् त्यसले चोट सहन पर्दैन। त्यो नियम हो प्रकृतिको यो चलन हो जिन्दगीको । त्यसैले दुःख खानु पर्दछ आउनेले । छटपटीमा रात काटेर सिरेटो र हिलोसँगै वर्षाद र बाढीसँगै, धूँवासँगै; आँखाले, छातीले मनले र जीवनले । लोग्नेमान्छेले रुनु हुँदैन अरूले देख्ने गरी एउटा नियम हो, समाजको यो । र मैले तिम्रा आँशु देखेर पुछ्न पाइनँ पनि । त्यसैले मलाई यस्तो लाग्न थालेको छ- आँशु स्वास्नी कै हुनु पर्दछ आफ्नै स्वास्नीले मात्र आँशु पोख्नुपर्छ ता कि छातीभरि थाप्न सकियोस् पीरहरूलाई आँखाभरिका आशुँ पुछ्न सकियोस् चुम्बनहरूले । या त, अरूका स्वास्नीहरू रुन्छन् भने तिनीहरूको माया नलागोस् आफूलाई, या जति रुनु छ, रोउन् लोग्नेमान्छेहरू । तर काठमाण्डू, तिमी त अर्काकी स्वास्नी र मेरी प्रेयसी भएर रोयौ, र मैले आँशु पुछ्न सकिनँ तिम्रो र मेरा सुस्केराहरू डेढ वा अढाई रुपियाँ गोटाका धूँवा भएर निस्किए । रक्सी त महँगो छ विदेशी घरचुवा अझै पनि गैह्रकानूनी नै छ त्यसैले मेरा सुस्केराहरू धूवाँका मुस्ला भएर निस्किन्छन् र आकाश र छातीमा ओहोरदोहोर गरिरहन्छन् । काठमान्डु! त्यसै पनि जीवन अमूर्त भएको बेला र मृत्यु र जिन्दगी पालैपालो आउदै जाँदै गरेको बेलामा मनमा मस्तिष्कको ग्रहण मस्तिष्कमा मनको ग्रहण लागेको बेला क्षणिक अँध्यारो क्षणिक उज्यालो मुस्कान हो वा रोदन नछुट्टिने बेलामा मैले यसबेला यहाँ हुनुपर्थ्यो भन्ने लाग्दै छैन मलाई । आँखा धमिला भएर हो वा त्यस्तै नै हो बागमती देख्दिनँ आजकल बगेको म एउटा धमिलो कुलो बगिरहेको देख्छु उहिलेउहिले बागमती बग्ने ठाउँमा केही तलतिर पातालतिर। यस्तो दुर्वलताको बेला व्यर्थै बोलायौ काठमाण्डू, तिमीले मलाई । काठमाण्डू, तिम्रो हार्दिक स्पर्श नपाएपछि तिमीले मलाई माया गर्न नसकेपछि यो सम्पन्नता र ढुङ्गे बगरमा के फरक रह्यो र मेरा लागि! काठमाण्डू, तिमी मलाई माया गर्न सक्दिनौ भने किन तिमी मेरी प्रेयसी भयौ ? जहाँ, म आफ्नो सर्वश्व देखूँ जहाँ म आफ्नो सामर्थ्य पोखूँ ? तिमी किन मेरी सबैथोक भयौ ? काठमाण्डू, किन तिमी मेरी राजधानी भयौ ? |
वा र अथवा या कवितामैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा करैले, पूरा वा आधा सुन्नु हुने, अथवा सुन्दै नसुन्नु हुने शब्दहरूको प्रवाह पनि एउटा अर्को कविता हुनेछ । तपाईँ सन्देह गर्नु होला, अथवा अस्वीकार गर्नु होला- यो कसरी कविता भयो? आफ्नो चेतनाको आकारभित्र फैलिएर वा खुम्चिएर आफ्नो संवेदनाको गहिराइभित्र डुबेर या कुँजिएर वा आफ्नो कल्पनाको परिधीभित्र मडारिएर, अथवा आफ्नो विचार, दर्शन या जे केहीसँग साँधेर यसलाई मनपराउन वा मन नपराउन पाउनु हुन्छ, ज्यादा बाङ्गो अथवा अति नै खल्लो भन्न सक्नु हुन्छ, लालटिनजस्तो, मट्याङ्ग्रोजस्तो या लिटोजस्तो भन्न पनि पाउनु हुन्छ, ईश्वरबल्लभजस्तो, मोहन कोइरालाजस्तो, अथवा कुनै समाचारको चिर्कटोजस्तो भन्न पनि पाउनु हुन्छ, बेवास्ता गर्न वा गालि गर्न पनि सक्नुहुन्छ तपाईँ यसलाई; तर यो कविता हैन, भन्न पाउनु हुन्न । यसलाई मैले कविता हो भनिसकेँ त्यसैले यो कविता हो। यो कविता हैन, भन्ने कोसँग, के प्रमाण छ? |
रुखम हेरिरहेको छु रुखलाई। रुख टुक्राटुक्रामा बाँच्दैन। जबसम्म बाँच्छ, जीवनलाई सम्पूर्णतामा आफूमा समाहित गरेर बाँच्छ। घाममा घाम खान पाए पुग्यो पानीमा पानीसँग भिज्न पाए भयो आफ्नो आकारभन्दा ठूलो छैन उसको भोक। हावामा, हावासँगै हल्लिन्छ जून आए जूनसँगै रम्छ, नआए अँध्यारासँगै खेल्छ। उसलाई जराभन्दा टाढाको केही भेट्नु छैन जरा उखेलिएर आकाशमा उडेको कल्पना गर्दैन रुख। जरा जति उभिने माटो पाए चाहिँदैन उसलाई केही हाँगा र पातभन्दा ज्यादा सपना देख्दैन रुख छर्दैन रहरहरूलाई आफ्नो सामर्य् भन्दा टाढा पुग्नेगरी। बाँच्नुको दौडधुपबाट लखतरान मन, मस्तिष्क र शरीर सबैतिर थकित म थ्याच्च बसेर भुइँमा जून उदाउँदो आकाशको पृष्ठभूमिमा हेरिरहेछु रुखलाई। रुख उभिइरहेछ निर्धक्क, निस्फिक्रि। |
यो सहर कसको हो ?बसाइँ सरेर आएका सुन्दर कञ्चन गाउँहरू थुप्रिएर प्रलयकारी बाढीजस्तो सहर बनिएको हेरिरहेको थिएँ। धूले सडकमा खेल्दाखैल्दैको आफूलाई हुर्किँदै गएका भवन र च्यातिँदै बढेका बाटाहरूबीच टेक्नै डर लाग्ने समयमा उभिएर खोजिरहेको थिएँ। थाह पाएदेखि लगातार हिँडिरहेको आफ्नै सडकको पेटीमा हराइरहेको मलाई जीवनको मध्यान्हमा आएर आकृतिविहीन कसैले थर्थर काँप्दै च्याप्प समायो र सोध्यो यो सहर कसको हो? पर पँधेरादेखि उठिआएका इन्द्रेनीहरू मध्यरातको कृत्रिम उज्यालामा हराइरहेका हेरिरहेको छु। क्षितिजतिरबाट प्रेमको गीत गाउँदै उडेका चराहरू भ्रमको धूनमा नाचिरहेका हेरिरहेको छु। हेरिरहेको छु, शीतलताले मलाई छुँदै पसेको हावा मध्य सहरमा डढेलो लगाएर मलाई घचेट्दैो फर्कियो। जीवन बाँड्दैर हिँडेको पानी सहर पसेर जीवनको बँगैचा मडारेर निस्कियो बाहिर भेटिँदा साँच्चै मान्छेजस्तै लाग्ने मान्छेले पनि सहरमा एउटा अमान्छे बेच्यो र आफू त्यसैमा विलीन भयो। एक क्षण यस्तो लाग्छ, निरन्तर गुन्जिरहेको गालीहरूको आँधीमा सामेल होऊँ दायित्वबोधलाई फुकालेर नाङ्गिऊँ र यही सहरको पानीले बनेको रगतको जोश यसकै हावाले थेगिएको श्वासको आवेग यसैले सिकाएको बोलीको कम्पन झिकेर कराऊँ – -यो सहर भीडको अधबेस्रो नारामा नाच्नेहरूको हो, -मान्छे छोप्ने लेपनमा सुन्दरता देख्नेहरूको हो, -संवेदनहीनतालाई आदर्श बनाएर उँघिरहनेहरूको हो, -सपनामा बाँचेर विपनाभरि मरिरहनेहरूको हो, -हिँड्दाबहिँड्दैि आफैँलाई हराउनेहरूको हो, -बौलाहाहरूको हो। यो सहर -जीवनको सङ्गीत बोकी गुराँसको हाँगाबाट उडेको डाँफेलाई मन्दिरको गजुरमा चढाएर काग बनाउनेहरूको हो। -ईश्वरलाई बृद्धाश्रममा छोडेर घर फर्की टेलिभिजनमा खोज्नेहरूको हो। -मान्छेको बच्चो फोहरको कन्टेनरमा फ्याली कुकुरलाई दूध चुसाउनेहरूको हो। यसको कुरूपताको वेदनाले निचोरिएको मन बोकी जीवनको आधी नाङ्लोद समयलाई केलाएर हेर्दा, तर म, आफूलाई र यस सहरलाई एकै दृष्टिपटलमा देखिरहेको छु । यो सहर मेरा उद्वेगहरूलाई आफ्ना बितृष्णासँगै पिएर हाँसेको छ, मेरा अपूर्ण रहरहरूलाई खेलाएर हुर्किएको छ, मेरो प्रेमकथाका सुन्दर सपनाहरू ओढेर निदाएको छ, मेरो विद्रोहको जुलुस बोकेर ब्यूँझिएको छ। यस सहरका धूला र धूँवालाई मैले घरसम्म ल्याएर अनुहार र लुगासँगै धोएको छु, यसका कर्कश स्वरहरूलाई टिपेर ल्याई केलाएर आफ्ना गीतमा कुँदेको छु यसका विक्षिप्त दृश्यहरू बटुलेर आफ्ना कवितालाई सिँगारेको छु, यसकै सुस्केरा उनेर आफ्नो जीवनको धुन बुनेको छु। यसका तमाम गुणदोषको जिम्मा लिँदै, म भन्छु, यो सहर मेरो हो। |
रहररहरहरू खेलिरहन्छन् निरन्तर। म हेरिरहेछु, नियतिदेखि अनभिज्ञ रहरहरू स-साना केटाकेटीझैँ खेलिरहन्छन् मनभित्र। खेल्दाखेल्दै फुटाउँछन् मनमा भएका खेलौनाहरू ती कोतर्छन् मनका भित्ताहरू ती कोट्याउँछन् मनका पत्रहरू र धुजाधुजा पारेर फ्याँक्छन् ती। थाह पाउँदैनन् रहरहरूले, मान्छे बाँचिरहेछ नाजुक जिन्दगीको अभावग्रस्त बँचाइ, भत्कन हुँदैन भनेरै मात्र नभत्किएका आशाका खण्डहरमाथि उभिएर भन्ने। रहरहरू निर्वोध छन्, निर्भय छन्। चकचक गर्छन् मनको भीरमा बेस्सरी हल्लाउँछन् मनको हाँगामा चढेर मनको भाँच्चिएको टुक्राको घोडा चढ्छन् उफ्रन्छन् मनै थर्काउने गरी कहिले कहिले फुटाउँछन् मनको बिर्को र छताछुल्ल पोखिदिन्छन् भावनाहरू। रमाइलो लाग्छ, रहरहरूले छरेका मनका टुक्रा बटुलेर जोडिरहन, मेरी सानी छोरीले भत्काएका उसका खेलौनाहरू जोडेजस्तो। मनपर्छ केटाकेटीजस्ता रहरहरू र मलाई जीवनवोध गराउँदै घरिघरि झस्क्याइरहने तिनका खेलहरू। झुकेर सलाम गर्छु म रहरहरूलाई। रहरहरू नआउनु हो खेल्न भने मन पनि म जत्तिकै खालीखाली हुने थियो। जीवन मेरा आँखाबाट मलाई थाहै नदिई कहिले भागिसकेको हुने थियो। |
यहीँबाट बाँच्नु छ अनन्त बोकी ल्याउनुको बोझ न भारी पठाउनुको दुःख । आउनुपर्ने आएकै छ, जीवन उमेर समय । जानुपर्ने गइरहेकै छ, समय उमेर जीवन । अनन्त युगका लागि बाँचिभ्याउनु छ, अस्तित्वको यसै देउरालीमा उभिएर । |
यात्रामा निस्किँदै.पाइलाहरू हिँडदै थिए, अडिँदै थिए। जीवनलाई बँचाइराख्न जब म छाडेर गइरहेथेँ हरेक पाइलामुनिका माटालाई, माटाहरूले मलाई समात्न खोजिरहेथे ढिस्का र ढुङ्गाहरूले बाटो छेक्न खोजिरहेथे। त्यो रातलाई वास्तवमा कति विषादमय समय बाँच्नुपरेको थियो ती ताराहरूलाई, त्यो जूनलाई, कति अन्धकारमय परिस्थितिमा हाँस्नुपरेको थियो। मैले तर हिँडिरहनु थियो। बुझपचाउनु परेको थियो ती पातमा अडिएका रातका आँसुहरूलाई ती फूलका चोट र निरीहतालाई हाँगा भाँचिँदाका ती वृक्षहरूका पीडाहरूलाई। र लुकाउनु थियो आफ्नै आँखाबाट फर्की मनमा जमेको पोखरीलाई पनि। मैले आफैँले कहिल्यै नबुझेको कुनै नियम पालन गर्नु थियो, एक्लै, एकलासको बाटामा पाइला चालिरहनु थियो। पछि जे हुनु नहुनु छँदै थियो बाँचुन्जेल मैले लगातार नबाँचिरहनु थियो। |
मसँग एउटा जिन्दगी छमसँग जुनसुकै बेला जहाँसुकैबाट हराउन सक्ने एउटा जिन्दगी छ । एउटा सुक्ष्म क्षणको सानो स्पर्शले भत्किन सक्ने यो जिन्दगी, बाटा माथिमाथि बहिरहेका आँखाहरूमा जुधेर अस्तव्यस्त दौडिरहेका बेलगाम मनहरूमा अल्झिएर वा कुनै धून, कुनै दृष्य वा कुनै अनुभूतिमा डुबेर मैलै पत्तै नपाई मबाट हराउन सक्छ । यो जिन्दगी शक्ति खोसेर बसेकाहरूको अहम्को ढिस्कामा ठोक्किएर जताततै छरिइरहेका बेइमानीका खाल्डामा झरेर भूगोलभरि बर्सिरहेको अपराधको झरीले चुटिएर वा कुनै गतिको नियन्त्रणबाट उछिट्टिएर वा, हिँडदाहिँडदैका साथहरूबाट खुत्रुक्क खसेर जुनसुकै बेला जहाँसुकैबाट हराउन सक्छ । जन्मिएदेखि मैसँग टाँसिइरहेको यो जिन्दगी मैले आफैँले छाम्दाछाम्दै आफ्नै छातीबाट पनि हराउन सक्छ वा कसैले जतन गर्दागर्दै उसकै पोल्टाभित्रैबाटै पनि हराउन सक्छ । मसँग निरन्तर बगिरहेको समयको कुनै पनि विन्दुमा आचानक हराउन सक्ने जुनसुकै क्षण जहाँसुकैबाट बिलाउन सक्ने, हरपल मृत्युमा चढेर बाँचिरहेको एउटा जिन्दगी छ । |
मान्छेपानीबीच बाटामा यो खाल्डो कसले बनायो ?, - पानीले । यी घर भत्काउने आँट कसको हो ?, - पानीको । यो बाढी फिँजाउने उपद्रो कसको हो ?, - पानीको । यी मान्छे बगाउने अपराध कसले गर्यो ?, - पानीले । यहाँ अभाव के को छ ?, - पानीको । बारुद, खुँडा र बदनियतहरूको के काम रह्यो र ? अब त पानी नै पनि मान्छेजस्तो भइसक्यो । |
बिदा हुँदाहुँदैतमाम झ्यालहरूले हेरिरहेजस्तो पनि लागिरहेकै हो तमाम भित्ताहरूले सुनिरहेजस्तो पनि लागिरहेकै हो त्यस बेला ती सडक र पेटीहरूले बोलिरहेजस्तो पनि लागिरहेकै हो आफ्ना आवरणहरू खोलिरहेजस्तो पनि लागिरहेकै हो। मैले हिँडिरहे पनि मैले अडिरहे पनि तमाम वृक्ष र चराहरूले आकाश र ताराहरूले वक्ष र चुराहरूले देखिरहेजस्तो पनि लागिरहेकै हो। त्यो द्विविधामा अडूँ कि बढूँको उत्रिऊँ कि चढूँको, तमाम बाटाहरू अगम्य लागिरहेको पनि हो। केही फुटेका केही टुटेका केही चुक्किएका केही आकाङ्क्षाहरू पढेको पनि हुँ परिवेशहरूका अनुहारमा। केही वाक्यहरूलाई छामेको पनि हुँ केही शब्दहरूलाई चुमेको पनि हुँ। आँखाहरूले बाटो रोके त पन्छाउनु पनि मुटुहरूले बाटो छेके के गर्नु? त्यसैले ती झ्याल र भित्ताहरूलाई नदेखेझैँ गरेको पनि हुँ। त्यस बेला मेराविरुद्ध षडयन्त्र भइरहेझैँ पनि लागिरहेकै हो, मेरा शब्दहरूमा मलाई प्रहार गर्ने सन्यन्त्र खोजिरहेझैँ पनि लागिरहेकै हो। ती आँखा र हेराइहरूले भावनाका फूलहरूको एउटा नदी कतै पठाइरहेझैँ पनि लागिरहेकै हो। कल्पनाका सुगन्धहरूको एउटा पहाड कहीँ उक्साइरहेझैँ पनि लागिरहेकै हो। त्यस बेला, मेरो मन मायाको आनन्दमा निदाइरहेझैँ पनि लागिरहेकै हो। जीवनका संवेदनशील हाँगाहरू भाँच्दै कुनै नीरस मोहले मलाई लिएर कतै गइरहेझैँ पनि लागिरहेकै हो। ती क्षणहरूमा मेरो मानस भोगाइका मरुभूमिमै सौन्दर्य फुलाउने आँट लिएर बाँच्नको लागि ब्यूँझिरहेझैँ पनि लागिरहेकै हो। म अहिले जुन ठाउँमा छु नठान्नु होला यहाँ म पैह्रोझैँ बगेर पुगेको हुँ वा बादलझैँ बाफिएर। आफ्नो कोमल मनमा समयको तरवार रोपी त्यसैको बिँडमा समातेर उक्लिआएको हुँ। कसैले सम्झाए पनि नसम्झाए पनि दुखिरहन्छ जीवनको एक अंश मेरो छाती समाएर। |
मनको गीतफुटूँ म आफूबाट टुक्रियूँ मेरो सम्पूर्णताका एकएक अवयवहरूमा र बाँचूँ सबै टुक्रामा पूर्णताले। यावत टुक्रा जोडिएर बनेको यो मले बाँच्न सकेन कुनै भाग पनि धक फुकाएर। आफूबाट फुकालेर आफ्ना निर्मितिहरू देखाइदिऊँ विनिर्माणको एउटा साक्षात् नमूना डेरिडालाई । मबाट भत्किएको एक अंश, एउटा मान्छे हिँडिरहोस् सडकमा लम्र्याङ्लम्य्राङ्, बोलिरहोस् अज्ञानले भरिपूर्ण भएर सभाहरूमा, दुनियाँका तमाम खबरहरू हालेर मथिङ्गलमा समीक्षा गरिरहोस् र कराइरहोस् भीडहरू माझ, निमग्न रहोस् आफ्नो लघुताको पूर्णतामा । अर्को घोरिइरहोस् व्यापारका हिसाबकिताब र कर्मचारीका व्यक्तिगत फाइलहरूमा । एउटा पढिरहोस् एउटा केटाकेटी खेलाइरहोस् एउटा प्रेममा पौडिरहोस् आजीवन । मलाई मन नपरेको एउटा टुक्रो म कतै कोठाभित्र थुन्निइरहोस् । एउटा चोइटो घरका भित्री आवरण सिँगार्न र आवश्यकताका भोक मेटाउन लागोस् । भ्याउँदैन भने टुक्र्याओस् आफूलाई अझै तरकारी, मसलन्द, लत्ताकपडा इन्धन र अरू लठिबज्र हेर्ने ठेकेदार मान्छेहरूमा । एउटा भाग मबाटै टुक्रिएको भन्नेसमेत बिर्सेर हाकिमका हरेक मुर्ख्याईँमा थपडी बजाइरहोस्, हल्लाइरहोस् टाउको र व्यस्त रहोस् कठपुतली चालहरूमा । एउटाले जिम्मा लेओस् टेलिभिजन, रेडियो र अखवारहरू । आफन्त र परिचितहरूका हालखबर घोकेर बसोस् एउटा सन्चोबिसन्चोका औपचारिकता पुर्याइरहोस् कहाँ?, के?, कसो?, का चासोहरूमा रुमल्लिरहोस् सोर्हसंस्कार र जन्मदिनहरूमा सहभागिता जनाइरहोस् । अर्को आफ्ना गतिहीनताका अ-खबरहरू भट्याइरहोस् । गोष्ठी, जमघट र केजातिहुँधो धाइरहोस् । एक साँझ भेला गरेर सबै आफूहरूलाई एउटा समानुपातिक सम्मेलन गराऊँ । अरूलाई छाडिराखेर गन्जागोलको निरर्थक बहसमा, निस्कूँ कविलाई लिएर । मेरो कवि सम्पूर्णतामा कवि नै रहोस् नटाँसियोस् अभावले भरिएको मेरो गृहस्थसँग । अलग रहोस् स्वाभिमान बेचेको मेरो जागिरेसँग । छुट्टियोस् मस्तिष्कले थिचिराखेको मेरो जीवबाट । कविलाई हालेर आफूभित्र सम्पूर्णतामा म कविताको पत्रबाट समयको खोल झिकेर फ्याँकूँ उक्काऊँ भूगोलका डिलहरू, फुटाऊँ चेतनाका झ्यालढोका भत्काऊँ विपनाका खण्डहरहरू र निस्कूँ सपनाको उज्यालातिर । जीवन आफ्नै अँगालामा लठ्ठिइरहोस् प्रेमको नदी आफ्नै काखबाट बगिरहोस् वेदना मेरो प्रेमगीत गाएर मात्तिइरहोस् पीरको लास फूलको सिरानीमा निदाइरहोस् । ज्ञानको जालोबाट फुत्किऊँ भागूँ, यो विचारहरूको जङ्गलबाट, समयको यस आँख्लामा टेकेर भ्रमको पहाडबाट फालहानूँ मनको वेगमा । तमाम आविस्कारहरूलाई बोरामा कसी लुकाइदिऊँ आइन्सटाइनहरूका मस्तिष्कका कुनाहरूमा । सँधै थिचिरहने आफ्नै छातीबाट निस्किऊँ मगजलाई देउरालीमा फुसर्तले थिचिराखेर पसूँ कल्पनाको बगैँचामा । लाजको आवरण सीमाना मै फुकाली आडम्वरको थाङ्ग्रामा टाँगिराखेर घामका किरण पहिरिएर दौडिऊँ । बादल बटुलेर मैदान बनाऊँ इन्द्रेणी टाँगेर सिगारूँ । हावाको भकुण्डो खेल्दै 'नहिँडेको बाटा'को पल्लो छेऊ पुगी रोबर्ट फ्रोस्टलाई हात समातेर बोलाऊँ र दुनियाँतिर फर्किएर 'प्रलाप' सुनाउन आग्रह गरूँ गिन्सबर्गलाई । प्रभूको वर पाएर निमग्न उग्राइरहेका देवकोटासित तिमी महाकवि हौ भनी बाजी थापूँ र जितूँ एक झोला ताराहरू । बौलाहाको सपनाजस्तै यस घर्तीको भविष्यसँग साटूँ इलियटको 'बाँझो भूमि' र रहरको कलमले जोतेर एक बाली कविताको खेती गरूँ । यावत् टुक्रा मिसिएर बनेको यो मले गर्न सकेन कुनै उपलब्धि । फूटूँ म आफूबाट र केवल कविलाई लिएर बाँचूँ । |
बत्ती निभाउनुअघिअँध्यारो मौनझैँ रहेको आफ्नो बतासको हातले छामछाम छुमछुम गर्दै भित्ताहरूमा खोजिरहेछ बाटो घरभित्र पस्नलाई । उज्यालो झ्यालबाट निस्केर बाहिरसम्म नियालिरहेछ अँध्यारालाई एकतमासले। आफ्नो उत्कण्ठासमेतले पाइन थपेको दोधारबीच असन्तुलित छु, यसबेला म; उद्वेलित छु, र झकाएका आँखा च्यापेर निर्णयविहीन टोलाइरहेछु । थाह नपाएझैँ यो प्रेमोन्मादको छट्पटाहट लेखिसिध्याऊँ यो कविता वा निभाइदिऊँ मेरो कोठाको बत्ती? |
बर्सात्मा बुद्धको मूर्ति सामुबिर्सिएर सबै ब्याकलग र फाइलहरू छुट्टी मनाउँदै सडकका बीचैबीच हिँडेका हूल र जमेका भीडहरू। मान्छे-मान्छे र छाताहरू छाता-छाता र मान्छेहरू। यी छाताले छेलिएका टाउकाहरूमा जेबुन्निसा होस् वा क्याथोरिन क्लियोपेट्रा होस् वा फेनिच्का सबै आ-आफ्नै कथा भोग्छन् आखिर। नत्र भने बागमतीमा अलिकति टेम्स मिसाउँदा हुन्थ्यो, पिखुवामा अलिकति नाइल बगाउँदा हुन्थ्यो। बुद्धले बन्दुक बोकेनन् भनेर के कुरा गर्नु? पियानो पनि त बजाएनन्! न त कुनै चित्र बनाएकै वृत्तान्त सुनिन्छ कतै। अङ्गुलीमालको प्रशंसा गरेकै हो आम्रपालीलाई पनि मेरो नमस्कार सुनाइदिए केही फरकपर्ने छैन। यस क्षण मलाई मिथक, इतिहास र कथामा टाँसिएका अमूर्त आकृतिहरूको भन्दा यो बर्सात्ले बगाइलगेका पौरखहरूको चासो छ। यो भल बढेर बाटो छेक्दा कतै पुग्न ढिलो भयो भन्ने भन्दा मेरो माटो बग्यो भन्ने पीर भइरहेछ। यो पहाड बगेरै समथल हुने हो कि भन्ने डर लागिरहेछ। |
निर्णय गर्नुअघिबहुलाऊँ म कसकसको मस्तिष्कमा? सोधूँ कसलाई? एकोहोरो उफ्रिरहूँ धारो झरेको ठाउँबाट पानीका कण उफ्रिएझैँ कि बिलकुल स्थिर रहूँ त्यही धारामुनिको ढुङ्गाजस्तो? जो निरन्तरै भए पनि तरल चुटाइले झक्झक्याउँदा रत्तीभर चट्पटाउँदैन। कुन आँखालाई हेरूँ, नितान्त तर्कहीन उत्तर पाउनका लागि? वा कसैलाई नसोधिनुपर्ने प्रश्न सबैलाई सोधिरहूँ कि नसोधिएको प्रश्नको जवाफ दिइरहूँ आकाशतिर फर्किएर? बाँच्नको लागि लगातार बहुलाइरहनुपर्ने यस परिवेशमा कुन साइत रोजूँ बहुलाउन ? मैले सोधिनँ कुनै लप्सीको गेडाजस्तो गुदीविहीन टाउकालाई साइत देखाइनँ मैले कुनै टाँकीको चिउलाजस्तो विवेकलाई। .. .. .. .. सधैझैँ उत्सव गरिरहेथ्यो शीतको थोपाले रक्सीको स्वादमा रातभरि फूलसँग मातेर, बिहानी घामको किरणले पनि अनुष्ठान गरिरहेथ्यो नदीमाथि नाङ्गै नुहाएर। अलिबेरमा सकियो, त्यो उत्ताउलोपन भुवाजस्तो सेतो बादलमा परिणत भएरै छाड्यो। मैले कसैसँग नसोधिकनै आफूलाई बौलाइदिएँ त्यही घाम र त्यही बादलमुनि बसेर। मलाई विश्वास भइरहेथ्यो एक दिन सबै बहुलाउने छन् मलाई सद्दे देख्नका लागि। |
पर्खालपारिपट्टिलाई एउटा सम्प्रेषणएउटा काँचको पर्खाल वारि र पारि म र तिमी । तिमी आयौ काँचको पर्खाल लिएर । पर्खालपारि जब म देख्दछु, तिमी हाँस्दैछ्यौ खुसी हुन्छु म । जब देख्छु तिमीलाई मलिन एक्लै दुःखी हुन्छु म । म पर्खाल फुटाएर पारिपट्टि अउन सक्दिनँ र चाहन्न पनि । यो ऐना पनि हैन जसमा म देख्न सकूँ आफूलाई जसबाट म नदेख्न सकूँ पारिपट्टि । यो त सिन्दुर र सिलिकन बिनाको काँच हो जसबाट म एकनासले देखिरहन्छु तिमीलाई जसबाट म एकोहोरो टोलाइरहन्छु पारिपट्टि । म चाहन्छु; यो पर्खाल काँचको बाक्लिदै जाओस्, दह्रो हुँदै जाओस्; जसरी तिमी बाक्लिँदै गएकीछ्यौ फस्टाउँदै गएकीछ्यौ, आफ्ना वैयक्तिकताहरूसँग; मबाट टाढा काँचको पारिपट्टि निर्वैयक्तिक भएर; मलाई बिर्सिएर । एक दृष्टिले तिम्रो म आफूलाई खुकुलो महसुस गर्दछु सकसहरू बीच; त्यो नजर चाहे उपेक्षाको होस् चाहे मायाको घाउमा छरिएको नूनजस्तै दुख्दछ, दुख्दछ र केवल दुख्दछ तत्काल। पछि त भविष्य हो; त्यो हुन पनि सक्छ नहुन पनि । घाउ टन्काएर मनभरि कोही चाहन्छ बाँच्न भने त्यो म हो । यस काँच पारिपट्टि केही अंश म पनि त छु भन्ने आशमा; केही अंश म पनि त बाँचेको छु कही अंश म पनि त रोएको छु केही अंश म पनि त हाँसेको छु भन्ने विश्वासमा । हेराइले पुछेर काँचको पर्खाललाई दिनदिनै सफा गर्नु मेरो नियति हो । म सफा देख्न चाहन्छु पर्खाललाई अनि, यसको पारिपट्टि तिमीलाई; अझ टड्कारो अझ स्पष्ट अझ नदुख्ने गरी । नजिक आउँछ्यौ तिमी पर्खालको जबजब; खुसी हुन्छु म । जति नजिक हुन्छ्यौ पर्खालसँग तिमी त्यति नै जीवन्तता ल्याउँछ्यौ मभित्र; थुप्रै चोटहरू र ती चोट सहने अभ्यास सँगसँगै । म एकनासले हेरिरहन्छु आलिङ्गन र चुम्बनको आशमा; भित्ताको मेरो फ्रेमको काँचबाट तस्वीर भएर । |
दुवै निद्रा आइपर्दामलाई दुईवटा निद्रा लागेको छ एउटा जिन्दगीको एउटा आफ्नो। दिन रात भएको छ रात दिन भएको छ यस्तो दिनरात भएको छ रातदिन भएको छ। अनि म लाटोकोसेरो भएको छु । म लाटोकोसेरो भएको छु, तर उल्लु हैन। यहीँनिर भेद पाएको छु मैले लाटोकोसेरो र उल्लुमा। लाटोकोसेरो म हो उल्लु म हैन । मैले चमेरो पनि हुनुपर्छ तर म चमेरो हैन। यो हुनु र नहुनुको बीचमा एउटा ढोका छ । ढोका बन्द भयो भने भित्रको भित्र बाहिरको बाहिर हुन्छ। भित्र र बाहिरको खेलमा म ढोका हुँ । मैले बन्द हुनु पनि पर्छ मैले उघ्रिनु पनि पर्छ यहाँ मान्छेले अब मान्छे हुनु हुँदैन मान्छे नमान्छे हुन सक्दिनँ अनि मैले लाटोकोसेरो हुनुपर्छ। तर म उल्लु हैन । गधा र भारी दुवै हिँडछ साथै-साथ म गधा हुँ म भारी हुँ । यहाँ मान्छे मान्छे हुन पाउँदैन त्यसैले म भारी हुन्छु ढाकर हुन्छु खर्पन हुन्छु तोक्मा हुन्छु जाँड हुन्छु जाँडको बटुको हुन्छु छोक्रा हुन्छु । जान्नेले जाँड हुनुपर्छ यहाँ नजान्नेले छोक्रा । म जाँड पनि हुन्छु छोक्रा पनि हुन्छु । यो हुने र नहुने क्रममा जे भए पनि हुन्छ जे गरे पनि हुन्छ । ढोका उघारे हुन्छ ढोका खोले हुन्छ ढोका चलाउँदै नचलाए हुन्छ । दिनभरिका अनुहार बटुलेर उपन्यास लेखे हुन्छ कविता लेखे हुन्छ केही नलेखे पनि हुन्छ। ब्यूँझे पनि हुन्छ निदाए पनि हुन्छ । यस्तै बेलामा दुईटा निद्रा लागेको छ। यो निद्रा ब्यूँझे पनि हुन्छ यो निद्रा निदाए पनि हुन्छ एउटा निद्रा निदाएर एउटा ब्यूँझे पनि हुन्छ । सपना देखे पनि हुन्छ । मान्छेले मान्छे बन्नुबाहेक जे गरे पनि हुन्छ घाइते खुट्टाले हिंडे पनि हुन्छ सद्दे खुट्टामा वैसाखी लगाए पनि हुन्छ खुट्टालाई काँधमा राखेर दौडिए पनि हुन्छ । म बैसाखी हुँ म काँध हुँ म लाटोकोसेरो हुँ म उल्लु हैन मान्छेले उल्लु हुनुपर्छ यहाँ । मान्छेले दुईटा निद्रा बोक्नु पर्छ एउटा निदाउनु पर्छ एउटा ब्यूँझनु पर्छ । |
तिमीलाई खोज्दाखोज्दैएकपल्ट भनिदेऊ मलाई तिमी कहाँ छ्यौ । तिम्रो सम्झना आउँदा सम्झनुपर्ने तिमी कहाँ छ्यौ ? तिमीलाई छुन मन लाग्दा छुनुपर्ने तिमी कहाँ छ्यौ ? कहाँ छ्यौ तिमीलाई प्रेम गर्न मन लाग्दा प्रेम गर्नुपर्ने तिमी ? के गरूँ ? तिम्रो आत्माको मन्दिर बनाऊँ र घण्टी बजाइरहूँ, आकारबिनाको गुम्बा बनाऊँ र ध्यानस्त रहूँ, या एउटा अदृष्य प्रेममहल बनाऊँ र त्यसैभित्र निदाइरहूँ? तिमीले आफू भनेको तिमीलाई प्रेम गर्न चाहन्छु म । तिमी शरीर हैनौ भने किन सिँगारिरहूँ म दृष्यहरूलाई तिम्रा आखाँका लागि? किन बढारिरहूँ तिम्रा पाउ हिँडने बाटाका काँडा ? कोमल किन बनाइरहूँ तिम्रा हातले छुने चिजहरूलाई ? किन छेकिरहूँ तिम्रा कानतिर आउँदै गरेका कर्कश आवाजहरू ? फूलमा सुवास किन पोखिरहूँ ? कसका लागि भरूँ म स्वाद आफ्ना ओठहरूमा ? म यो मिथ्या जगतलाई आफूभित्रै भरेर फैलिएको भ्रमको यस परिधीबाट बाहिर निस्किएर प्रेम गर्न चाहन्छु तिमीलाई । बस्, एकपल्ट बुझाइदेऊ। तिमी मन, मष्तिस्क र आत्मा मात्र हौ भने तिमीमा समाहित हुन चाहँदा कहाँ गएर विलिन हुनु म ? |
तिमी जसरी छ्यौम कुनै नज्यूँदो जीवनको किनारमा उभिई बहन छोडेको हावाजस्तो नभएको कुनै आकृतिलाई अँगालो हालेर बाँचेको भनी निस्तो मातमा रमाइरहेको हुने थिएँ, आजसम्म अरूले अर्थ लगाइदिएकैलाई शीतलता भनिरहेको हुने थिएँ, गुलाब वा त्यस्तै कुनै हृदयविहीन फूलको सुगन्धबाटै लठ्ठिइरहेको हुने थिएँ; यदि तिम्रा अनुरागका कोमल आभासहरूले मेरो हृदयका परागहरूमा स्नेहिल सुगन्ध छर्दैनन् थिए भने । मेरा गीतका मूर्च्छना, मेरा कविताका विम्बहरू, मेरो जीवनकथा, पात झरेका रुख-रुख चहारिहिँड्ने खडेरीको हावाजस्तै सौन्दर्यविहीन बिना गन्तव्य पट्यारलाग्दो लठेब्रो दौडाइ कुदिरहेका हुने थिए । घामका किरण प्रत्येक बिहान जीवन बोकेर मेरा उमङ्गलाई उकास्न आउने थिएनन्, मलाई गीत सुनाई उडिहिँड्ने चराहरूले आफ्ना स्वरमा मनदेखिको प्रेम भरेर गाउन जान्ने थिएनन् । तिम्रा कोमलतम् शब्दले समेत भाँचिन खोज्ने प्रेमजत्तिकै कोमल मेरो मन चिमोटेर नभत्काइदिँदी हौ बँचाइको लय कहिलेकाहीँ त, प्रेमको आधा रहस्य बुझ्दै नबुझी जीवन सङ्गीतमय भएको थाहै नपाई जीवन भनी रित्तो समय उक्लिएर उम्कने थिए मेरा भोगाइहरू । आफ्ना आकाङ्क्षाका अनगिन्ती रङ्गीन छटाहरूले जसरी सजाएकी छ्यौ जीवनका मेरा दृश्यहरू, त्यसो नहुनु हो भने, सृष्टिका सौन्दर्यको भ्रमित व्याख्या गरेरै ओइलाई झरिसक्ने थिए मेरा इच्छाहरू । मेरो जीवनका जुन धुनहरूमा जसरी छ्यौ तिमी त्यसो नहुनु हो भने, सामर्थ्यले सम्पूर्ण भरिएर हजार जीवन बाँच्ने रहर बोकी उभिएको छ जो तिम्रा सामु त्यो म हुने थिएन । |
ताजमहल र मेरो प्रेमसारा यौवन छातीमा एउटा प्रेमाकुल मुटु बोकेरै हिँडिरहेको हुँ । फक्राएर मनलाई प्रेमको ओत बनाऊँ लागेकै हो । अनुरागका गहिराइहरूमा डुबेर मुटु लफ्रक्क हुँदा निचोरेर प्रेयमै पोखूँ भइरहेकै हो, कहिल्यै नमेटिने एक चित्र हृदयकै रङ्गले कोरूँ भइरहेकै हो । उभिएर आज यो ताजमहलअगाडि; सूर्यकिरणको स्पर्शले लजाइरहेका सङ्गमरमरका मुस्कानहरू, प्रेमको उचाइलाई छोएर मदहोस बतास्सिएका हावाका गुच्छाहरू, परिक्रमरत द्रष्टाहरूका छातीभित्र गुन्जिरहेका प्रेमास्पद सङ्गीतहरू र आफ्नै मनभित्र छचल्किरहेका रङ्गिन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर म आफूलाई बिर्सिरहेको छु । यस बेला म शाहजहाँलाई सम्झिरहेको छु वा मुमताजलाई वा सम्झिरहेछु आफैँलाई ? भ्रमित छु अचेत छु, आफ्नै छातीको फैलाहटले पुरिएर । शाहजहाँ, जसले बादशाहलाई प्रेमीभन्दा होचो बनाइदियो । जसले चिहानलाई मन्दिर, प्रेमिकालाई ईश्वर, प्रेमलाई धर्म बनाइदियो । कम से कम दुई फरक त पक्कै छ हामीबीच ऊ शहंशाह थियो, म ऊ जत्तिकै वैभवशाली हुन्थिएँ भने ताजमहल बनाउन प्रेमिकाको मृत्यु पर्खने थिइनँ । |
ठाडो उभिएको आकाशधर्तीले ठाउँ छोडेर उडिरहेको बेला छ, आँधीमा टेकी हिँड्नुपरेको बेला छ, आगो बर्सिएर अनवरत, पानी ओढ्नुपरेको बेला छ। अन्धवेगले बहेको बतासमा झुन्डिएर ज्यान जोगाउनुपरेको बेला छ आँगालामा मृत्युलाई बोकेर जीवन खोज्नुपरेको बेला छ। मनहरूबाट कतै उडिभागे कलमहरू, सङ्गीनहरूको पोखरीमा औँलो चोपेर लेख्नुपरेको बेला छ। सद्दे आफूलाई भ्रममा छु कि भनेर भत्किएर बाटाछेउ उँघिरहेका खण्डहरसँग जँचाइमाग्नुपरेको बेला छ। आकाश अब त्यो आकाश रहेन, जुन बेला मनभरि विश्वास बोकेर उड्दथे चराहरू, एकअर्कालाई देखेर रमाउँथे ताराहरू। भररात उज्यालो बोकेर बिहानीलाई सुम्पी जान्थ्यो जून र यौवनजस्तै सुन्दर रहर लिएर ओर्लन्थे धर्तीमा किरणहरू। अहिले त, ठाडो उभिएको आकाशमा ठोक्किएर क्षितिजदेखि उड्दै आएका मनहरू विक्षिप्त भई झरिरहेको बेला छ, हाँस्दै दौडिएका रहरहरू टुक्रिई छरिइरहेको बेला छ, खेल्दै उफ्रिएका स-साना नानीहरूका विश्वास च्यात्तिइरहेको बेला छ, माथि हिमालदेखि बग्दै आएका नदीहरू टक्क रोकिएको बेला छ। घामजूनले कोल्टो परेर हिँड्नु परेको बेला छ। वास्तवमा, मनहरू अनन्तसम्म उड्न पाउँदा मात्र मन हुँदा रहेछन्, रहरहरू कतै नठोक्किई दौडिउन्जेल नै रहर रहँदा रहेछन्, धर्ती तल भुइँमा सुते मात्र उर्वर हुँदोरहेछ, हावाले हावाझैँ बहे मात्र प्राण जोगाउने रहेछ, पानी ओढिइएर हैन, पिइएर मात्र जीवनदायी बन्न सक्दोरहेछ। वास्तवमा, सबै आ-आफ्ना ठाउँमै सुहाउँदा रहेछन्। आकाश ठाडो उभिँदा सम्मानजनक बाँच्न चाहनेहरूलाई साह्रै गाह्रो हुने रहेछ। |
जिन्दगी म बाँचिरहेछआफैँभित्र फैलिएर कतै आफूबाहिर सङ्कुचित परिवेश, माटो र आँखाहरूमा भावना, कल्पना र मुटुभित्र जिन्दगी म बाँचिरहेछ । ढुङ्गामा राखेर घनले हिर्काउँदा त्यति विभत्स नहोला मुटुको दशा जति बाँचिरहनुले बाँचेर पनि नबाँचिरहनुलाई चोइट्याउँदा हुन्छ । चोटका चोइटासँगै चर्किरहन्छन् मुस्कानहरू स्वरविहीन भएर आँखासँगै; पहिरोजस्तै खडेरीजस्तै डडेलोजस्तै; जहाँ एउटा जिन्दगीले म बाँचिरहेको हुन्छ। बदलिन सक्दैन अनुभव निष्फल हुन सक्दैन प्राप्ति देवता नभए ढुङ्गो हुन्छ खुसी नभए चोट हुन्छ; केही नभए शून्य हुन्छ । शून्यतामा एउटा सुस्केरा गुन्जिरहेको हुन्छ मौनताले वितण्डा गरिरहेको हुन्छ, र चहर्याइरहेको हुन्छ समय अनवरत शून्यतामा; चहर्याइरहेको युगमा इच्छाहरू भाँचिइरहेका हुन्छन् रहरहरू फुटिरहेका हुन्छन् र पोखिएका हुन्छन् असङ्ख्य सपनाहरू। उठाएर अँजुलीमा पोखिएका सपनाहरूलाई; बोकेर प्रलय विचलित हृदयभित्र लुकाएर कोलाहल हताश चाहनासँगै; उद्याएर आँखामा हतियार विद्रोहको शान्त देखिएर मुस्काउन खोज्दै मौन एउटा जिन्दगीले म बाँचिरहेको हुन्छ । |
गर्मीगर्मी आफ्नो उत्कर्षबाट अझ मास्तिर उक्लँदो छ, मानौँ कसम खाएको छ तमाम थर्मामिटरहरू नफुटाइकन तल नओर्लिने। हावा यता छिर्न मन गरिरहेको छैन, बादललाई लिएर गएको छ कतै हनिमुन मनाउन त्यसैले पानी पनि पर्न सकिरहेको छैन। सूर्य भएभरको शक्ति लगाएर घाम बर्साइरहेको छ, लादिरहेछ निर्ममतापूर्वक निरीह जीवनहरूमाथि आफ्नो एकोहोरो शासन। मान्छेको शरीर र मस्तिष्कको सामञ्जस्यलाई भत्काइदिएको छ गर्मीले। सिमसार भएको छ मान्छेको शरीर। बौलाहा बाढीले जस्तो एकछत्त भिजाएको छ सम्पूर्ण शरीरलाई पसिनाले। उसले छुट्टयाउन सकेको छैन छाला र रौँ, र मान्छेको विचारलाई टाउकादेखि बगाउँदै पैतालासम्म पुर्याइदिएको छ। पसिनाले तानेर जिउमै लपक्क टाँसिदिएको छ करैले लगाउनुपरेका लुगाहरू पनि। आजीवन अभिनयरत मान्छे गाली गर्दो छ कपडाको आविस्कारकलाई। झ्यालहरू भएर पनि नभएझैँ छन् कुनै असफल राष्ट्रको सरकारझैँ। पर्दाहरू हल्लिऊँ कि नहल्लिऊँ भनेर अलमल्ल छन्। भित्ताहरू नभएको वैमनष्यको तातो फ्याँक्दै सिँगौरी खेल्दैछन्, आपसमा जुधौँझैँ गरेर। कोठा आफैँमा बौलाएको छ आफैँभित्रको ताप खप्न नसकेर। ओछ्यान तावाले झैँ राप फ्याँक्दो छ, उठ्दैन गरेको मान्छेको जिउमा टाँसिएर भाग्न खोज्दो छ पसिनाले भिजेको तन्ना। सिलिङ्पङ्खा आजित छ अधिकारविहीन नाम मात्रको कुनै निमित्त हाकिमजस्तै उँधोमुन्टो झुन्डिएर निरन्तर हप्काइरहँदा पनि गर्मीले टेरपुच्छर नलगाएकामा। टाउको निहुर्याएर अगाडि पर्ने जोसुकैको गाली सुन्दै घुमिरहेछ टेबुल पङ्खा सरकारी अफिसको कुनै श्रेणीविहीन फाजिल कर्मचारीजस्तै। बिजुली गएको छ योजनाकारहरूका बैङ्कखातामा लुक्न र बच्चो रुँदैछ आमाको दूध चुस्न नसकेर गर्मीले। स्वास्नीमाथि खन्याउँदैछ लोग्ने अनाहक असफल योजना र गर्मीको पारो फुटेर निस्किएको असरविहीन तातो झोँकलाई। स्वास्नीको लागि त्यो झोँक उसले भोगिरहेको गर्मीभन्दा ज्यादा तातो छैन। उन्मत्त उम्लिरहेछ बाटाको पिच मान्छेको धैर्य चर्काउने गरी थपिरहेछ हावामा तातो। अस्तव्यस्त गफ्फिइरहेछन् खेत रोप्न नपाएर फुर्सद पाएका आइमाईहरू रुखमुनि थुप्रिएर। छेउमा बाँधेको बहर गोरु जान्न उत्सुक छ, आइमाईहरूलाई जाडोमा मात्र लाज लाग्दोरहेछ कि कसो भनेर। सम्भ्रान्त भनाउँदा आइमाईहरूका आफ्नै ऐनामा सीमित केही रहस्यहरू पनि द्रुततर गतिमा सार्वजनिक भइरहेछन् गर्मीको निहूँमा। पसिनाको चिपचिपाहटमा अल्झिएका छन् सबैका सीप र जाँगरहरू। प्रेमी-प्रेमिकाहरू एकअर्कालाई टाढैबाट हेरेर चित्त बुझाउँदै छन्, तमाम मोह र आशक्तिभन्दा ज्यादा शक्तिशाली भएर उभिएको छ उनीहरूका बीचमा यो प्रचण्ड गर्मीको विकर्षण। सूर्य आफ्नो वर्चस्व देखाउन तल्लिन छ अझै र एकोहोरो चढ्दोछ छ गर्मीको घमण्ड। यति हुँदाहुँदै पनि विश्वस्त छन् यहाँ बाँचिरहेका एकएक कणहरू गर्मीलाई पछारेर अवश्य आउनेछ शीतलता भनेर। अनुभव साक्षी छ, निर्मम शासन गरेर कोही यहाँ धेरैबेर टिक्न सक्दैन। |
घरसृष्टिभरिको निस्सारतामा दौडिरहेको शहरको शून्यतालाई बोकेर जब म आफ्नो घरभित्र पस्छु त्यस घरभित्र थुप्रै घरहरूले मलाई पर्खिरहेका हुन्छन् । चराहरूलाई पछ्याउँदै मैले सिक्न खोजेको सृष्टिको वाणी ऐना र अनुहारहरूमा मैले भेट्न खोजेका दृष्य र रङ्गहरू भीडमा हराएर मैले खोजिरहेको हृदयको सङ्गीत मनका पत्रपत्रले खोजिरहेको प्रेमको स्पर्श र आफू हुनुको प्रमाण बोकेका जीवनका सुवासहरू मेरो बाटो हेरिरहेका हुन्छन् । दुनियाँले उधारेर सिध्याएको आफूलाई लिएर जब म आफ्नो घरभित्र पस्छु विलुप्त हुनै लागेको जीवनलाई आकार दिन घरभित्र थुप्रै घरहरूले मलाई पर्खिरहेका हुन्छन् । |
खोजिरहेछु एउटा हृदयएउटा हृदय खोजिरहेछु म आफूभित्र । सृष्टीका तमाम पीडाहरू निलेर हर्षित संसारभरका आँशुहरूलाई ग्रहण गरेर प्रफुल्ल यावत् अँध्यारालाई आफूमा विलिन गरेर प्रदीप्त स्निग्ध, ओजस्वी, निर्मल एउटा हृदय खोजिरहेछु म आफूभित्र । बाँढेर कहिल्यै नसकिने धर्तीजस्तो वा आकाशजस्तो हृदय, बाँढ्न सकूँ म प्रत्येक कोपिलाहरूलाई, जीवनहरूलाई, सपनाहरूलाई, दिन सकूँ उल्लास, मौनता र वेदनाहरूलाई । निरन्तर उज्यालो दिने एउटा हृदय खोजिरहेछु म आफूभित्र । |
खोरम्पामेला लागिरहेथ्यो कुहिराहरूको त्यो डाँडा र त्यसको वरिपरि। मैले बुझिनँ, किन मेला लागेथ्यो त्यस ठाउँमा घामका किरणहरूको ओत लागेर ती कुहिराहरूको। मैले सोधिनँ पनि कसैलाई, किन चलिरहेछ हावा यसरी कुहिरालाई खेद्दै। बरु सोध्न मन लागेथ्यो किन खोरम्पा त्यति अप्ठ्यारो भएर बन्यो, तर सोधिनँ त्यो पनि। त्यो अप्ठ्यारो ठाउँमा त्यो विकट अवस्थितिमा बस्ती किन बस्यो जीवनहरूको? जहाँ यात्राको लागि निस्कन्छ जीवन आफैँले थाह नपाएको लक्ष्य लिएर र हिँडिरहन्छ अभावहरूले भरिपूर्ण भएर कतै हुँदै नभएको गन्तव्यतिर। अनि, अन्त्य हुन्छ थाहै नपाई कसैले कहिले भीरबाट लडेर कहिले खोलामा बगेर कहिले ढुङ्गाले किचिएर। मैले सोधिनँ, किन सकिने गर्छ जीवन त्यसरी। खोरम्पा अद्यापि झुन्डिरहेछ बाँकी जीवनहरूको बस्ती बोकेर त्यही ठाउँमा। कारण सोधिनँ मैले त्यो निरन्तर झुन्ड्याइको। यसैले हुनसक्छ, सायद, सहज मृत्युभन्दा असहज जीवन नै जीवनमय हुन्छ। |
केही केही केही केहीआऊ हामी मिलेर बाँचौँ एउटा केही। जिन्दगी हैन । जिन्दगी हो भने, अरु केही गरौं बाँच्नुबाहेक । तिमी र म एकअर्काको होऔं केही नयाँ । यसरी गरौं एउटा केही नयाँ । तिमी एउटा उज्यालो अन्धकार बोक वा अँध्यारो उज्यालोको केही बनाएर टिप मिर्मिरे वा साँझ हैन अरु केही । म एउटा लुप्त अभिव्यक्ति उचालौंला वा शान्त कोलाहलको एउटा केहीको केही बनाउँला यहीँ छोडने गरी । हुनसक्छ, म केही व्यक्त मौनताको नदी बहाउँला वा दृश्य कल्पनाको पहाड उकासुँला । जे छन् ती त छँदैछन् केही नयाँ बनाऔं केही नयाँ गरौं। आगोका फूल बनाउन हुन्थ्यो बनिसके, ढुङ्गाको टुसो पलाउन हुन्थ्यो पलाईसके, अलिखित राख्न हुन्थ्यो लेखिइसके । आऊ निराकार अस्पर्श्य अदृश्य अनुभवविहीन केही गरौं केही बनाऔं, केही नयाँ । यस्तो ईश्वर बनाउन हुन्थ्यो एउटा शक्ति बनाउन हुन्थ्यो ती पनि बनिसके। केही गरौं केही नयाँ गरौं। तिमी बटुलेर ल्याऊ म लेख्छु अर्थात्, म केही गर्छु नयाँ म केही केही छु नयाँ म केही केही केही नयाँ म केही केही केही केही। यसरी मिलेर तिमी र म केही केही केही केही। |
क्षितिजको रङ्गहरेक बिहानमाथि केहीबेर उभिएर, प्रत्येक साँझछेउ एकछिन अडिएर आफैँलाई बिर्सी पछ्याइरहेछन् मेरा नजरहरू, उज्यालोसगैँ बढारिरहेछन् मेरा परेलाहरू, क्षितिको अन्तिम किनारमा ठोक्किएर रङ्गिएको आकाशलाई । सोचिरहेछु; यो रक्तता एकअर्काबाट चुँडिएर विपरीत बाटो लागेका प्रेमी युगलको च्यातिएको हृदयको रङ्ग हो, वा वियोगको अँध्यारो यामपछि गाँसिएका मनहरूमा फक्रिएको मिलनको रक्तिम उज्यालो? दिन उघार्ने जस्केलो र दिन ढप्क्याउने फरिकाभरि पोखिएका यिनै लालिमा हेर्दाहेर्दै आधा जीवन रङ्गैरङ्गले भिजिसक्यो, तर बुझ्न सकिनँ, यी धर्ती र आकाश साँझ छुट्टिएर बिहान भेटिने गर्छन् वा बिहान छुट्टिएर साँझ भेटिन्छन्! |
काठमान्डौ ओर्लेपछिकाठमान्डौ ओर्लेपछि एकाएक छाती रित्तो लाग्छ। मायालुले छोडेर गएको मुटुजस्तै, सपनाले छोडेर गएको आँखाजस्तै। आफैँ बाँच्न नभ्याउने काठमान्डौले मायालुजस्तो सुन्दर गीत रच्न सकेन। बिपना भोग्न नपाउने काठमान्डौले जीवनजस्तो राम्रो सपना देख्न सकेन। प्रेयसीका ओठजस्तै गीत रचूँ भनेर आफ्ना आँखाजस्तै सपना देखूँ भनेर छोडेको हुँ काठमान्डौ उहिले। काठमान्डौ छोएपछि जहिलै पनि रित्तो भएको मनभित्रको कुनै रित्तो कोठामा लगिरहन्छ, यी उज्यालो छोप्न बलेका बत्तीहरूले जलाइरहेछन् खोरम्पाहरूका बस्तीहरू। यी लङ्गडा दौडाइहरूले कुल्चिरहेछन् तमाम अकाठमान्डौका कोमल-निर्मल सपनाहरू, यी खोक्रा उचाइहरूले प्रत्येक पल निहुर्याइरहेछन् स्वाभिमानी शिरहरूलाई। जीवन देख्दै नदेखी जीवनको भ्रममा रिक्तता बाँचिरहेझैँ कहीँ नपुग्न तँछाडमछाड गरिरहेको काठमान्डौलाई छोएपछि जीवन साँच्चै रिक्तताभन्दा ज्यादा रित्तो लाग्छ। जीवनको सुन्दरता तुलना नगर्दै मात्र जीवित रहन्छ कि कसो! काठमान्डौ रहुन्जेल नछामे पनि रित्तो लागिरहन्छ छाती, पानीले छोडेर गएको खहरेजस्तै आँधीले छोडेर गएको खण्डहरजस्तै। छाम्छु, उफ् ! सनातनदेखिको रित्तो लाग्छ मानौँ, मेरो छातीमा कहिल्यै कुनै छाती नै थिएन। जीवनको गहनता त एक्लै बाँचिरहँदा मात्र गह्रौँ हुने रहेछ। हरेकपल्ट काठमान्डौ ओर्लेपछि यस्तै लाग्छ। |
केटाकेटीटिप्न खोजे मात्र भने पनि तिनका कोमल हातमा आफैँ सरिदिन्छ फूल हाँगाबाट, तिनका ससाना पाउबाट टेकिए आजीवन आफैँलाई धिक्कार्छ काँढा। सोचीसोची छानिएर सुकोमल हल्का भएर बस्छ सपना पनि तिनका आँखामा। तिनका ओठमा बसेपछि उच्चारण गर्दै डरलाग्ने शब्द पनि तोते भएर निस्कन्छन्। चराहरूलाई जिस्क्याउँदै कलकल हाँसिरहेको पहाडी नदी तिनको हाँसो सुनेपछि आफ्नो घमन्डमा खेद गर्दै चुपचाप मदेस झर्छ। खेल्दाखेल्दै कतै ती लडिहाले भने, कतिखेर उठेर फेरि अर्को कौतूहल खेल्न थाले तिनको चकचकको रचनात्मकतामा लठ्ठिएको प्रकृतिले समेत पत्तो पाउँदैन। नजानी लडे भनेर सायद, भुइँले धेरजसो त चोट पनि लगाउँदैन। तिनको मुस्कानको निश्छलता युगौँको अभ्यासले पनि अनुकरण गर्न सकेनन् कुनै फूलले। विश्वभरका अनेकन दिग्गज सङ्गीतकारसँगको सदियौँको सङ्गतमा पनि कुनै वाद्ययन्त्रले सिक्न जानेन तिनको बोलीको मधुरता। तिनले फुटाए भने फुट्दाफुट्दै पनि हाँसिदिन्छ गमला, तिनका निष्कपट हातबाट पोखिन पाउँदा हर्षले उफ्रिउफ्रि छरिन्छन् जेसुकै पनि, तिनीहरूसँग खेल्दाको आनन्दमा आफू रङ्गविहीन भएको पनि बिर्सन्छ पानी खुसीले। सोच्दछु, कतै सृष्टिले अलि बढी नै अन्याय त गरेन? बिना युद्ध सबैलाई पराजित गर्ने सामर्थ्यसाथ जीवनको सर्वाधिक सुन्दर जुन क्षण खेलाएर निमग्न छन् केटाकेटीहरू, त्यस स्वर्णिम आनन्दको वोध होउन्जेलमा भागिसकेको हुनेछ त्यो तिनीहरूबाट कहिल्यै नफर्कने गरी। |
कमैया बस्तीमाम छुट्याउन सकिरहेको थिइनँ उनीहरूका भाग्य र उनीहरूका छाप्रा अड्याइरहेका ती झिना झिक्राहरूमध्ये कुन बढी विश्वासयोग्य थिए। उनीहरूले पछारेको घिनलाग्दो इतिहास र उनीहरूलाई जिस्क्याइरहेको निर्लज्ज वर्तमानमध्ये कुन ज्यादा नाङ्गो थियो, कुन अधिक वीभत्स थियो मैले बुझ्न सकिरहेको थिइनँ। तिनका अनुहारमा सन्तुष्टिजस्तै हँसाइ पोती जब गुन्जिरहेथे स्वाभिमानमा उभिएका ती उन्मुक्त आवाजहरू हाम्रो वरिपरि, मलाई उदेक लागिरहेथ्यो। "पानी पर्यो भने के गर्छौ?", सोधिरहेथे साथीहरू "खै के हुन्छ, भिज्छौँ होला", हाँस्दै उत्तर दिइरहेथे उनीहरू "भरे के खान्छौ?", उत्तर थिएन उनीहरूसँग, हाँस्नुबाहेक अर्को। मलाई रिस उठ्लाझैँ भइरहेथ्यो मेरो बोली हराएझैँ गरिरहेथ्यो जसरी तिनीहरू आफ्ना सपना हराइरहेथे। नभोगेको खुसीमा हाँस्दै गरेका ती अनुहारमा चड्याङ्चड्याङ् हिर्काउँझैँ लागिरहेथ्यो मलाई त्यो दु:खमा किन हाँसिरहेछन् तिनीहरू भनेर। इन्द्रेनी पनि लत्पतिएर टाँगिएजस्तो पानी पनि सुइरो भएर बर्सिएजस्तो घाम उदाएर पनि बस्तीको आकाशलाई समेत नछोई उम्किभागेजस्तो उनीहरूको सपनामाथिको ठट्टा देखेर मलाई रोऊँरोऊँ भइरहेथ्यो। त्यो गन्तव्यविहीनतामा रुमल्लिइरहेका यात्राहरूको बस्तीबीच बेसुरमा गाइरहेका चराहरूको स्वर नियतिदेखि अनभिज्ञ नाचिरहेका पुतलीका उमङ्ग र मिठासविहीन बहिरहेको लाटो हावा देखेर मलाई बहुलाऊँबहुलाऊँ भइरहेथ्यो। त्यत्रो अपमान पराजित गरेपछि जन्मिएको त्यो निस्सारता देखेर मलाई मरूँमरूँ लागिरहेथ्यो। उनीहरू रमाइरहेथे संसार विजय गरेझैँ। मलाई जीवनको रहस्यले पिरोलिरह्यो, प्रश्न आयो मनमा, के स्वतन्त्रता जीवनभन्दा मिठो हुन्छ? वा जीवन कठीन भएपछि बाँच्न सजिलो हुन्छ? |
कसरी दिऊँ माया ?सीमित परिभाषा वाक्यहरूका सीमित अर्थ शब्दहरूका । अनुभवहरू र अनुभूतिहरू कल्पनाहरू, मुस्कानहरू र आँखाहरूमा बाँधिएर; सम्पूर्ण सृष्टिभरिको माया कैद गरेर मुटुमा कसरी दिऊँ, म तिमीलाई ? यहाँ पहिले आउनेहरूले मायालाई साँचो पनि भनिदिए जाली र झूटो पनि भनिदिए; लाउनेहरूले मायालाई चोखो पनि भनिदिए बिटुलो र जूठो पनि भनिदिए; नयाँ र पुरानो पनि भनिदिए आफ्नो र बिरानो पनि भनिदिए । चिरेर मायालाई भिन्नताहरूबीच माया र आत्माको माया र मुटुको माया र शरीरको माया र जीवनको; टुक्र्याएर सिङ्गो माया चोइटाचोइटामा विभक्त गरी कसरी दिऊँ म तिमीलाई ? |
आदेशआदेशहरू त सुनिइरहिन्छ तल बसेपछि। दाहिने नफर्क - देब्रे नसुत। खुकुरी साथमा राख - हतियार छेउमा नराख। साँझैमा सुत - मध्यरातसम्म काम गर। झ्यालढोका खुल्लै राख - ढोकामा साँचो लगाओ। एकभन्दा बढी नहिँड - एक्लै नहिँड। आँखा खोलेर नहेर - चौबिसै घण्टा पहरा देओ। भोकै नबस - केही पनि नखाओ। कपडा नलगाओ - नाङ्गै नहिँड। मैले बुझ्न सकेको छैन, आदेश दिनेले किन सोच्न सक्दैन। |
इन्द्रेणी र झङ्कारका बीचहिँडाइको लचकले छचल्काउँदै बतासलाई पाउजूको छमछमले ब्यूँझाउँदै निःश्तब्धतालाई नचाउँदै पर्दालाई चुराको सङ्गीतमा सुस्तरी जब पस्यौ कोठामा तिमी मगमगाउन थाले क्यानभास र कापीहरू छट्पटाउन थाल्यो कुची उद्वेलित हुन लाग्यो कलम र उत्तेजित हुन थाले मेरा आँखा, हात र अरू केकेहरू । कोठाभरि टाँगिदियो मेरो हृदयले यौवनका रङजस्तै इन्द्रेणी र जीवनका धूनजस्तै झङ्कारहरू । तिमी छ्यौ सामु मेरो चेतनालाई चित्र, कविता, धून या अरू जेसुकै बनाइदिनसक्ने सामर्थ्यका साथ। यकिन छ, साँचो बोल्ने छैनौ यसबेला तिमी । निर्देशित हुनुछ मैले केवल तिम्रो मौनता, तिम्रा आँखा र तिम्रो हृदयको नसुनिने आग्रहबाट । होस गुमाउनुअघिनै सोचिभ्याउनु छ मैले, तिम्रा लागि कुची समाऊँ या कलम या मेरा आँखा, हात र अरू केकेले रचूँ तिमीमै एउटा अनुपम रचना । |
आर्यघाटमा केही लेखिरहेको छैनयस्तो बेलामा मान्छे आम मान्छे भए झोक्राएर बस्ने थियो कुनामा वा फाल हाल्ने थियो भीरबाट खोल्सामा वा एक गिलास पानी खाने थियो, धारामा थापेर । तर सबै म विशिष्ट हुन्छ त्यसैले म त्यसो गरिरहेको छुइनँ । यो बेलामा, यस्तो बेलामा म केही लेखिरहन पनि सकिरहेको छुइनँ । बिर्सिएको छु मैले अक्षरहरूलाई शब्दहरूलाई, मसीहरूलाई रङ्गहरूलाई । त्यसैले म टोलाइरहेको पनि छुइनँ र लेखिरहेको पनि छुइनँ । यो रातभरि कोल्टे फेरिरहन पनि सकिरहेको छुइनँ निदाइरहन पनि सकिरहेको छुइनँ तिमी नै जसरी । मलाई विश्वास भइरहेछ तिमी पनि यो नाटकजस्तो जीवनदेखि दिक्क छौ यो अभिनयदेखि आजीत छौ म नै जसरी । तिमी पनि मान्छेका लस्करहरूको चोर औंलादेखि डराउछौँ र आफूलाई तिनै चोरऔंलाहरू बाटिएर बनेको समाजका लागि चरु बनिदिन्छौ - स्वाहा ! स्वाहा ! स्वाहा ! यो ॐ विनाको स्वाहा हो यहाँ शान्ति छैन मनहरूमा यहाँ नदीहरू बग्दैनन् यहाँ मान्छेहरू भीड मात्र हुन् यो सृष्टिमा सिर्जित हरेक वस्तुमा संवेदन हुन्छ यहाँ स्वास्नीमान्छेहरूमा संवेदन हुन्छ यहाँ लोग्नेमान्छेहरूमा संवेदन हुन्छ यहाँ जोसुकै मान्छेहरूमा संवेदन हुन्छ । तर पनि यहाँ मान्छे झुण्ड बनाएर आफू हराउने गर्दछ र संवेदन बिलाउँछ बाटिएका चोरऔँलाहरूमा । मैले स्वास्नीमान्छेलाई चिन्न सकिनँ मैले लोग्नेमान्छेलाई चिन्न सकिनँ र मैले मान्छेलाई पनि चिन्न सकिनँ । यी तीनवटैको अनुहार कहिले बिल्कुल एउटै हुन्छ कहिले मुसो र मिसाइल जस्तो पृथक । यो मान्छेहरूको बस्ती हो । भन्नुको अर्थ; यो मान्छेहरूको पनि बस्ती हो । यो मान्छेको बस्तीमा रात दिन नबिराई आइरहन्छ । मान्छेलाई रात चाहिन्छ निद्रा लागेको बेला सुत्नलाई नलागेको बेला कोल्टो फेर्नलाई अघिको दिन सम्झनलाई र अरु पनि केही गर्नलाई । झ्याऊँ झ्याऊँ झ्याऊँ झ्याऊँ झ्याऊँ किक् किक् किक् किक् सररर सररर हलो हलो हलो माइक टेस्टिङ् छैंया छैंया छैंया छैंया ए ! क्या बोलती तू घर्रऽऽऽऽर किटिक् खिटिक् किटिक् खिटक् यो रातको बोली हो मेरो कोठामा । पिलिक्क झ्याप्प, पिलिक्क झ्याप्प पिलिक् पिलिक् पिलिक्, रातो इन्डकेटर मस्क्यूटो डिस्ट्रवायरको बत्ती भित्त्ताको ऐना; यो रातको अनुहार हो मेरो कोठामा । यस्तोमा मान्छेले (आम मान्छेले ) स्लिपिङ पिल्स भेलियम फाईभ वा टेन खान्छ । तर, मान्छेको म विशिष्ट हुन्छ। त्यसैले मले त्यस्तो केही खाँदैन । मैले त्यस्तो केही खाइरहेको पनि छैन मैले कलम चलाइरहेको पनि छैन मैले आँखा उघारिरहेको पनि छैन मैले आफूलाई निदाइरहेको पनि छैन मैले निद्रालाई कोल्टे फेराइरहेको पनि छैन । मान्छेको शरीर मान्छेको सिर्जना होइन प्रयास मात्र हो । शरीरमा अंग हुन्छ अंगहरू हुन्छन् । तिमी निदाएको छैनौ म पनि निदाएको छुइनँ । मुटु चल्दैछ टुक टुक । नाईटोमा । सृष्टीको अनुहार टाँसिएको छ मेरो छायामा । कसैले सोध्यो तिम्रो गाग्रोमा पानी छ ? मैले नरिवलको रुखको पात देखाइदिएँ । मान्छेको भाग्य त्यस्तै त छ आखिर ! जीवन जस्तो चिरैचिरामा सग्लिएको । मायाको तातो र बाटेका औंलाहरूको चिसो मिसिएर । छोप, छोप केशहरूले छोप नाईटोलाई, ढुकढुकी माथितिर सरोस् छातीको अलि नजिक । सृष्टिको हरेक कुरामा संवेदन हुन्छ नाइटोभन्दा माथि पनि नाइटोभन्दा तल पनि त्यसले त संसार चलेको छ टुक्रा टुक्रा जोडिएर अरु टुक्रा उमार्नलाई । तर यो रातमा म केही लेखिरहन सकिरहेको छुइनँ कोल्टे फेरिरहन पनि सकेको छुइनँ निदाइरहन पनि सकेको छुइनँ बिउँझिरहन पनि सकेको छुइनँ उज्यालो पर्खिरहन पनि सकेको छुइनँ । आर्यघाटमा भोलि पनि घाम उदाउने छ । जीवनमा सुकेका पातहरू खसिरहेका पनि हुन्छन् हावाहरू उडिरहेका पनि हुन्छन् पानीहरू बगिरहेका पनि हुन्छन् नदीहरू वरपर सरिरहेका पनि हुन्छन् रातहरू गहिरिरहेका पनि हुन्छन् ताराहरू छरिरहेका पनि हुन्छन् । सनपाट र बाबियो मिसाएर केको डोरी बाटनु ? पिङ्का लिङ्गाहरू कता फर्काउनु ? तिमीले सोध्यौ, जीवन के हो ? मलाई भन्न मन लाग्यो - मृत्यु, कसैले सोध्यो, गन्तव्य कहाँ हो ? मलाई भन्न मन लाग्यो - मृत्यु, उसले सोध्यो, प्राप्ति के होला ? मलाई भन्न मन लाग्यो - मृत्यु, जो सुकैले सोध्यो, सृष्टि के हो ? मलाई भन्न मन लाग्यो - मृत्यु, सबैले सोधे, मृत्यु के हो ? मलाई भन्न मन लाग्यो - मृत्यु । न्यूटनले, रदरफोर्डले, बोरले विज्ञान जम्मा गरेर भने क्षय - अणुको गतिको परिणाम – शून्य – मृत्यु । विज्ञान मृत्यु भोक मृत्यु, ज्ञान मृत्यु शक्ति मृत्यु, एटम मृत्यु, युद्ध मृत्यु जीवन मृत्यु । मलाई आज किन जे सुकै मृत्यु लागिरहेछ ? यो रातमा यो मेरो कोठामा सूर्य मृत छ उज्यालो मृत छ मन मृत छ केवल जीवित छ एउटा अस्तित्व जीवन्त छ त बस्, यो कलम । आर्यघाटमा सधैँ घाम उदाउने गर्छ । |
धमिलो आकाश र धर्तीमाजसलाई दुःख्छ त्यसैले सहनु पर्छ, दुखाइ । नत्रभने एक चोइटो मुटु दिने थिएँ तिमीलाई म । मेरा राता रहरहरू रङ्गविहीन भावनासँग मिसिएर बगिरहे अग्ला नदीहरू दुखिरहे चेप्टा फाँटहरू । उकास्दै लगेर मैले छोडिदिएको पनि हुँ आकाशलाई गहिरा चुचुराहरूमा । मैले धर्तीमाथि सुत्दा तिमी ढुक्कसँग एक्लै मख्ख परिरह्यौ आकाश ओच्छयाएर । त्यतिबेला पनि मैले भनेको हुँ, आकाश च्यातिन सक्छ होश गर, भनेर । मैले केही शताब्दी अगाडि नै भनेथेँ तिमीलाई एकदुई कुरा पत्याएनौ तर तिमीले त्यतिखेर पनि ! र अहिले आएर एकाईसौँ शताब्दीको ओत लाग्ने कुरो गर्छौ तिमी ? मैले त आधा शताब्दी अघि नै चढिसकेको हुँ बुई एकाईसौँ शताब्दीको । तिमीले पत्याएनौ र त म भन्छु जसलाई दुख्छ त्यसैले सहनुपर्छ कल्की र अशोकको रुख जसरी । मैले तिम्रो दुखाइ सहन सक्ने भए एक बोरा घाउसँग एक माईल खुसी साटिदिने थिएँ । तर तिमीले तमाखु जति आफू खाएर भाण्टाको तरकारीमा हुक्काको पानी हालेर पकायौ अनि मलाई एक चौथाई भाग्यमा खन्याईदियौ । मैले मन पराउनै पर्छ भन्ने के छ तिमीले पस्किदिएका भाग्यका चोइलाहरू ? मैले राता कर्महरू रोपेको छु मधुरा फलहरू उमार्नलाई । तिनैको तापले पोले पनि सिरेटो चलाए पनि मैले त भनेकै छु जसलाई दुख्छ त्यसैले सहनु पर्छ; कल्की र अशोकको रुख जस्तै । मलाई घर्षणकामी नभन्नू मैले दुखाएको हैन तिम्रा पहेँला पौरखलाई तिमी आफैँ त सहन सक्दैनौँ तिम्रो दुखाइ भने म कसरी सहिदिन सक्छु तिमीलाई ? मेरो पाँच हजार वर्ष पुरानो घाउ आजसम्म ताजै छ त्यसैले मैले पच्चीस सय वर्ष अघि नै भनेको हुँ नलुकाऊ ताता कपटी रहरलाई, भनेर । नत्र भने तिमीले लिटिल ब्वाई र फ्याट म्यान बोकेर राता गिजा देखाउँदा म पनि रातो हाँस्न सक्ने थिएँ, तिमीसँगै । त्यसैले भन्छु तिम्रा नुनीला घाउ तिमी आफैँ चाट दुखाइ त्यसैले सहनु पर्छ जसलाई दुखेको छ । हुन त बसपार्कमा उभिएर, वा अझ बस मै चढेर एउटा नराम्रो लोग्नेकी राम्री स्वास्नी र तिनका छोराछोरी हेरे पनि भयो; सँगै सिटमा बसेकी मोटी आइमाई र तिनको दूधे बालक हेरे पनि भयो; प्यासेजमा एउटी तरुनीसँग टाँसिन खोज्दै नजिक टाढा गरिरहेको उभिएको जुँगे मान्छेलाई हेरे पनि भयो; कण्डक्टरले दिएको टिकटलाई ओल्टाईपल्टाई हेरेर भाउ बढेको हिसाब गरे पनि भयो । हैन भने झ्यालबाट बाहिर हेरेर बाढीले छोपेका खेत देखेर छक्क परे भयो; एउटा कारखाना अगाडिको फोहोर बगाएछ भनेर मख्ख परे भयो; परको घर भत्काएर मान्छे कता गए हेलान् भनेर निधार खुम्चाए पनि भयो; बजेट भाषणका गरीबी घटाउने नीति सम्झेर मख्ख परे भयो; खलासीले हकार्दा संविधानका एघारदेखि तेईससम्मका धारा सम्झेर रिसाए पनि भयो; नेताले बोलेका साहित्यकारका शब्द सुनेर एउटा पहेँलो हाँसो हाँसे पनि भयो; एउटा मान्छेलाई रक्सी जति मात्र सम्झिए पनि भयो । बोनापार्टलाई जोसेफाइन जति मात्र चिने पनि हुन्छ सिजरलाई क्लियोपेट्रा जति मात्र चिने पनि हुन्छ भिन्चिलाई बिदा हुन आँटेकी गेरार्दिनी जति मात्र चिने पनि हुन्छ सदाशिवलाई विगुत जति मात्र र हरिभक्त कटुवाल र नारायण गोपाललाई रक्सी जति मात्र चिने पनि हुन्छ । मैले कर गरेको छैन तिमीलाई मान्छेलाई उसको वर्चश्वसम्म चिन, भनेर । कतिलाई चिन्यौ र तिमीले आजसम्म ? ऐना नहेर्नु हो भने तिमी आफैँलाई पनि चिन्छौ चिन्दैनौ शङ्कै छ मलाई । अस्ति उडाएका परेवाहरूले के सन्देश दिए तिमीलाई ? सेता, राता, पहेँला, हरिया, नीला र काला परेवाहरूमा तिमीले किन राता परेवा मात्र देख्यौ ? लिपिस्टिकको रातो र रगतको रातो छुट्टयाउन सक्दैनौ तिमी ? आईलाइनरको कालो र कपटको कालो छुट्टयाउन सक्दैनौ तिमी ? सेतो दूध र सेतो चूनपानीलाई उस्तै भन्छौ तिमी? हरियो घाँस र हरियो घाउ दुवै दुख्दैनन् भन्छौ तिमी ? वा पाकेको फर्सी र जण्डिसलाई उस्तै पहेँलो देख्छौ तिमी ? जुँगा पालेको एउटा तेस्रो व्यक्ति यौवन बोकेकी एउटी तेस्रो व्यक्तिसँग टाँसिन खोज्दा तिमी तेस्रो व्यक्ति भएर चुप लाग्न बाध्य भए झैं थुप्रै छन् यहाँ घटनाहरू चुप लाग्नु पर्ने । त्यसैले चुप लाग्न तम्तयार भएर बस कतिखेर बोल्न बन्द गर्नुपर्छ भनेर; कल्की र अशोकको रुखझैँ । तिनीहरू जब बोल्दछन्, आँधी ल्याउँदछन् तिनीहरू जब आँधी ल्याउन सक्दैनन् चुप रहन्छन् । हैन भने पाकेर खसेको कटहरजस्तै गनाउँदा हुन् तिनीहरू पनि, तर गनाउँदैनन् । मैले कुरो गरेको पनि हुन सक्छ कुरो न कुराको बाउ गरेको पनि हुन सक्छ उत्पादन गरेको पनि हुन सक्छ अनुत्पादन गरेको पनि हुन सक्छ शब्द खेलाएको पनि भन्न सक्छौ तिमी कुरो लुकाएको भन्न पनि सक्छौ नचाहिंदो कुरो गरेको पनि भन्न सक्छौ । तर यो मेरो अनुभव र अनुभूतिको सन्तान हो कल्की र अशोकको रुखको सन्तान हावा भएजस्तै । धेरै नाइट्रोजन, थोरै अक्सिजन अलिकति कार्बनडाइअक्साइड बिग्रिएर जल्दा पनि कार्बनमोनोअक्साइड । त्यसैले यो कुरो हावाजस्तो लाग्न सक्छ । मैले पनि स्वीकारेको छु, आकाशलाई अलिकति टुक्रा जति । त्यहि स्वीकृत आकाशलाई कहिले पिउँदछु कहिले ओढ्दछु कहिले जोडदछु कहिले सिउँदछु । मैले वैयक्तिक बाँच्न पाउने हो भने तिमीले पनि पाउने थियौ । त्यतिखेर एकएक टुक्रा बाँडन हुन्थ्यो आकाश र धर्ती दुवैलाई । तर यो परिवेश त नितान्त निवैयक्तिक छ तिमीले मेरो र मैले तिम्रो वैयक्तिकतालाई खोसेकाले । त्यसैले भन्छु म आकाशलाई होश गरेर ओच्छ्याउनलाई । म त धरती नै ओछ्याउँछु संस्कार जोगाउन । म त आकाशनै ओढ्छु संस्कार जोगाउन । मैले अकाश ओछ्याएर, धर्ती ओढेर चेतिसकेको छु धेरै पहिले नै । र संस्कार बनाएको छु आकाश ओढने र धर्ती ओछ्याउने । तर खै को हो कोशिश गर्दैछ मेरो संस्कार भत्काउनलाई मलाई धेरैपल्ट शङ्का लागेको छ तिमीप्रति तिमी मेरो संस्कार बदल्ने कोशिश गर्दैछौ कपटी चालहरूको औषधीजस्तै लाग्ने विष खुवाएर । नत्र भने पाँचसय वर्ष अघि जन्मिएको तिमी दश हजार वर्षभन्दा अगाडि जन्मिएको मभन्दा जेठो हुँ कसरी भन्दैछौ ? भाष्कराचार्य र लीलावती बाल्मिकी र रामजानकी व्यास र कृष्णगीता होमर र ईलियड अनि इङ्गलिस प्यासेन्टमा को जेठो हो ? तिम्रो बस चले त यार्सागुम्बा र सगरमाथालाई पनि सारिदिँदो हौ, वा बिलादिँदो हौ बरमुडातिर वा टेथिस सागरलाई फेरि खनेर । त्यसैले मैले भनेको हुँ तिमी वैयक्तिक रातो हाँस्न सके पनि निर्वैयक्तिक परिवेशमा बाँचिरहेछौ र म तेस्रो व्यक्ति भएर निगरानी गरिरहेछु बुद्ध र स्वयम्भूका आँखाहरूले पशुपति र सगरमाथाका गजुरहरूले यार्सागुम्बा र यतिका अभासहरूले । एउटा भिक्षुलाई रातो गोलीले हानेर मारेको पनि तिमीले हो । यसरी तिमीले मलाई मारेको छौ मेरो स्वाभिमानको हत्याको कोशिश गरेका छौ र आफ्नो मानवतालाई आत्महत्या गराएका छौ । रातो बन्दुक रातो गोली रातो हिर्काइको उद्गम बिन्दू तिमी हौ; नीलो लुम्बिनी र भिक्षुको उद्गम म हुँ । तिमीले राता टाटा लगाएका छौ मेरो नीलोभूमिमा र सम्भवतः तिमी मलाई दोष दिनेछौ यो भूमि तिम्रो थियो र गोली मेरो थियो भनेर । तर्क गर्दा त पेनिसिलिनदेखि कोक्सासिलिनसम्मको दुहाइ दिए पनि भो' डण्डिफोर फुटाएदेखि ओपनहर्ट सर्जरीसम्मको बखान गरे पनि भो' क्यान्टिलिभर र शीअर स्ट्रेसको वर्णन गरे पनि भो' हाईड्रोजनदेखि निल्सबोरसम्मको रटान लगाए पनि भो’ प्याराबोला, हाइपरबोला र कोनको कुरा गरे पनि भो’ युरेनियम र मङ्गलग्रहको उदाहरण दिए पनि भो’ फोटोकपि र क्लोनिङ्गको दृष्टान्त दिए पनि भो’ । तर विग्रह अविष्कार गर्ने पनि तिमी हौ । पृथ्वी मात्रमा पनि बाँच्न सकिँदैन भने सारा ब्रम्हाण्ड ओगटेर के भो’ ? खुट्टा राख्ने ठाउँ कमजोर भएपछि शरीर जति फैलिन्छ त्यति खतरा हुन्छ पछारिने । तिमीले सबै कुरा बिगार्यौ भनेको छैन मैले तर थुप्रै कुरा बिगारेका छौ तिमीले र आज जङ्गलतिर फर्कँदैछौ । तिमी रित्तिएर जङ्गल पस्दैछौ म आफ्नै भेषमा जङ्गलमा छु । यो जङ्गलयात्रामा एउटा नदीमा नुहाएर एउटा कुटीमा बसी सायद तिमीले केही पुरस्कार स्थापना गर्नेछौ र बाहिर निस्की आँगनको छेउको ढुङ्गामा उभिएर भोजपत्रको पन्ना पल्टाउँदै घोषणा गर्नेछौ - सुपरफिसियल पुरस्कार शिवलाई प्रोडक्सन पुरस्कार ब्रम्हालाई सर्भाइमल पुरस्कार विष्णुलाई निरोगिता पुरस्कार धन्वन्तरीलाई आज्ञाकारी पुरस्कार रामलाई विद्वता पुरस्कार रावणलाई साहित्य पुरस्कार वेदव्यासलाई कुटनीति पुरस्कार कृष्णलाई शान्ति पुरस्कार बुद्धलाई एकता पुरस्कार चाणक्य र पृथ्वीनारायणलाई वातावरण पुरस्कार कल्की र अशोकको रुखलाई । छोडिदिऔँ यसलाई यो त कल्पना हो निर्वैयक्तिक परिवेशमा वैयक्तिक कल्पिएको । एउटा सम्झौताले बाँधेर छोडिदिऔँ, यसलाई । यो त कल्किको रुख हो यो त अशोकको रुख हो; निर्वैयक्तिक बाँचेका तर दुवै एक्ला-एक्लै तिमी र म जस्तै । मेरो वैयक्तिकतालाई साटेझैँ तिमीसँग केही भाग्य केही सम्झौता र केही संस्कारमा । म कर्मवादी हुँ तिमी पनि हौ; तर म सम्झौतावादी हुँ र तिमी पनि हौ । संस्कारलाई रक्षा गर्न अलिकति तिमीले चौइट्यायौ आफूलाई अलिकति च्यातेँ मैले आफूलाई । तेस्रो व्यक्तिको कुरा के गर्नु ? थुप्रै छन् यहाँ तेस्राहरू एउटा तिमीजस्तै एउटा मजस्तै एउटा कल्कीजस्तै एउटा अशोकजस्तै । तेस्रो व्यक्तिले तिम्रा र मेरा घाउलाई सुम्सुम्याएको पनि हो दुखाएको पनि हो । टुलुटुलु हेरेर चुँडिएका घाउलाई तिम्रा र मेरा; मुख खुम्च्याएको पनि हो मुख मिठ्याएको पनि हो । त्यसैले मैले मान्छेलाई, तेस्रो व्यक्तिलाई र बिरालोलाई बिरालोलाई, आश्वासनलाई र गोलीलाई गोलीलाई, खुकुरीलाई र मान्छेलाई उस्तै भनेको हुँ । रगत चाट्न पाउँदा यी तीनैको अनुहार उस्तै हुन्छ । रातो घाउ चाटेर रातो रगत चाटेर रातो खुसी चाटेर यी सबै रातो हाँसिरहेका हुन्छन् । एउटा निर्वैयक्तिक परिवेशमा वैयक्तिक रातो हाँसो ! मैले तेस्रो व्यक्तिको कुरा त्यसै गरेको हैन थुप्रै छन् यहाँ तेस्रा व्यक्तिहरू । ऊऽऽ त्यो मोटो मान्छे एउटा तेस्रो व्यक्ति तिम्रो लोग्ने तेस्रो व्यक्ति तिम्री स्वास्नी तेस्रो व्यक्ति तिमी तेस्रो व्यक्ति म तेस्रो व्यक्ति । कल्की र अशोकको रुखजस्ता तेस्रा व्यक्तिहरू । तिम्रो र मेरो वैयक्तिकतालाई बिथोल्न जन्मिएका एक जङ्गल तेस्रा व्यक्तिहरू; निर्वैयक्तिक बाँचेको एक्लो जङ्गल र जङ्गलका रुखहरूबीच खुकुरे आँखाका आरिसे फूल फुलाएर । एउटा हिस्सी रङ्गको साडीमा बेरेर आफूलाई हिँड्दै गयौ, हिँडदै रह्यौ तिमी लोग्नेको पछिपछि मायालु चालमा । आकृतिहरूको जङ्गलभरि मैले तिमीलाई देखेँ अनि तिम्रो लोग्नेलाई देखेँ तेस्रो व्यक्ति भएर । मेरा हेराइहरूलाई बिथोलिरह्यो तिम्रो लोग्नेले; तेस्रो व्यक्ति भएर । तिम्रो लोग्नेको आक्रोशलाई बाँधिरह्यौ तिमीले तेस्रो व्यक्ति भएर । एउटा तेस्रो व्यक्तिले हेरिरह्यो तिमीले समातेका मेरा पाखुरालाई पकड फुस्काउँलाझैँ गरेर । मैले लोग्ने भएको गौरव गरेँ म लोग्ने भएको जलन जलेँ म लोग्ने भएको दुखाइ दुखेँ तिम्रो गुलाबी मायाको मायावी सप्को समातेर तिम्रो गुलाबी हेराइको मधुरो गीत सुनेर तिम्रो गुलाबी बोलीको सङ्गीतमय अनुहार हेरेर । तर मेरो वैयक्तिकतालाई उदाङ्गो पारेर जब निर्वैयक्तिक तर एक्लो बाँचिरहेको हुन्छु म आकृतिका भीडहरूमा; मलाई लाग्छ- कोही कसैको स्वास्नी हुँदैन कोही कसैको लोग्ने हुँदैन । मान्छे मान्छेको आमा हुन्छ बाबु हुन्छ, गुरु हुन्छ दिदी, बैनी, दाजु हुन्छ भाइ हुन्छ् सन्तान हुन्छ; मान्छे मान्छेको मित्र हुन्छ शत्रु हुन्छ मान्छे मान्छेको मान्छे हुन्छ; तर, मान्छे मान्छेको लोग्ने हुँदैन मान्छे मान्छेको स्वास्नी पनि हुँदैन । जब निमको बोटमुनि बसेर चिया पिउँदै हुन्छौ हामी, तिमी खै के स्वाद पाउँछौ त्यो चियाको थाह छैन; मैले पिएको चिया एउटा स्वास्नी हुन्छ; एक चुस्की आफ्नो एक चुस्की तेस्रो व्यक्तिको एक चुस्की कल्की र अशोकको रुखको । त्यसैले म भन्छु; मान्छेको लोग्ने वा स्वास्नी त चिया हुन्छ मान्छेको लोग्ने वा स्वास्नी त लिपिस्टिक हुन्छ मान्छेको लोग्ने वा स्वास्नी त कोट हुन्छ मान्छेको लोग्ने वा स्वास्नी त तरकारी बजार हुन्छ मान्छेको लोग्ने वा स्वास्नी त टेलिफोन हुन्छ मान्छेको लोग्ने वा स्वास्नी त जागिर हुन्छ मान्छेको लोग्ने वा स्वास्नी त सम्झौता हुन्छ मान्छेको लोग्ने वा स्वास्नी त कल्की र अशोकको रुख हुन्छ; वैयक्तिक एक्लो जीवन बाँचिरहेको निर्वैयक्तिक समस्यामा जेलिएर । चियाको चुस्की र सिगरेटको कशको एउटै स्वाद पाएको छु मैले। रक्सीको गन्ध वा बास्ना खै के हो त्यो पनि चिया र सिगरेट जस्तै हुन्छ । त्यहाँ पनि अलिकति सम्झौता मिसिएको हुन्छ स्वास्नीजस्तै । अलिकति आफ्नो अलिकति तेस्रो व्यक्तिको अलिकति कल्की र अशोकको रुखको । यिनै निर्वैयक्तिकताले गर्दा घात, अन्तरघात, वहिर्घातले गर्दा भास, आभास, विरोधाभासले गर्दा सन्धी र दुरभीसन्धीहरूले गर्दा आग्रह र विग्रहले गर्दा आकृति र विकृतिले गर्दा गन्तव्यविहीन बहनु पर्नेले गर्दा आफ्नो दुखाइ आफैं सहुन पर्नेले गर्दा; परिवेशले दुखाएका दुखाइ सहँदै मैले चिया धूवाँ र रक्सीसँग एउटा जीवन पिएको हुन्छु एउटा रहर पिएको हुन्छु एउटा मृत्यु पिएको हुन्छु आकृतिहरूको एउटा भीड पीएको हुन्छु एक जङ्गल कल्की र अशोकका रुखहरू पिएको हुन्छु । अलिकति लिपिस्टिक अलिकति मइस्चराईजर अलिकति क्लिन्जिङ मिल्कको अनुहार बोकेर, आइल्यास कर्लरले उँभो फर्काएका परेलासहित आईस्याडो र मस्कराका आँखा लिएर एउटी मिडियाकी केटी जब तिमीसँग आँखा जुधाएर पराजित हुन्न एउटा भीडमा; तिमीलाई आफ्नो पौरुषतामा शङ्का लाग्न पनि सक्छ उसको स्त्रीत्वमा शङ्का लाग्न पनि सक्छ। तेस्रो व्यक्तिले तिमीसँग आरिस गरेको पनि हुनसक्छ रिस उठाएको पनि हुन सक्छ मन थुम्थुम्याएको पनि हुन सक्छ । फेशवासले धुँदैमा पखालिँदैन समाजको विकृति । दशैँभन्दा ठूलो खसी टीकाभन्दा रातो दक्षिणा मृत्युभन्दा ठूलो दान बिहेभन्दा ठूलो गोडधुवा । बेरुजु मिलाएर न्यायका सिद्धान्तले छोपिएर चोखा भएका अपराधीहरू । गाह्रो छ, बुझ्नबुझाउन। खुल्ला चौरमा सोलिड जोमेट्री पढाउनेले के देखाएर बुझाउनु जेड एक्सिसलाई ? मैले बागमती शिवलिङ्ग पखालेको पानी मात्रले धमिलिएको हो भनेको छैन बागमती रगत मात्रले धमिलएको हो पनि भनेको छैन बागमती तिम्रो खुकुरी र खुँडा मात्रले धमिलिएको हो पनि भनेको छैन बागमती तिम्रो नियत र लोभ मात्रले धमिलिएको हो पनि भनेको छैन बागमती कल्की र अशोकको रुखको हत्या मात्रले धमिलिएको हो पनि भनेको छैन । तर मलाई बागमती मृत्यु जस्तै गनाउँछ, बोकालाई मन्दिर गनाए झैँ। हुन त आजकल मलाई बास्ना आउने वा गन्ध आउने मृत्यु मनपर्छ । मूलबाटोमा एड्सभन्दा अलि ठूलो गाडीले किचेर मरेको केटोले सुँघ्न सकेको भए चक्का र पिच बीच नङ्ग्रा फिँजाएर बसेको मृत्युलाई, अलिकति पर उभिन्थ्यो सायद; गोलीबाटजस्तै गिलोटिनबाटजस्तै चुनावबाटजस्तै; कल्की र अशोकको रुख जसरी । मैले मृत्यु र जीवनलाई एकैपल्ट उचालेको छैन । जीवनलाई पटकपटक उचाल्दै पछार्दै गरे पनि मृत्यलाई मैले एक पटकसम्म पनि उचालेको छैन । त्यसैले मृत्यु रमाइलो छ भन्न सक्दिनँ मृत्यु नरमाइलो छ पनि भन्न सक्दिनँ । रमाइलै पनि हुन सक्छ मृत्यु बँसाइ सरेका थुप्रैथुप्रै पूर्वजहरू फर्किएका छैनन् आजसम्म; त्यतैको रमाइलोमा मग्न होलान्, वा हुन सक्छ त्यतै कतै भासमा परे होलान् । मैले चाहिँ साटेको हुँ जीवन मृत्यु दिएर, कालसँग । र यिनै दोधारले गर्दा फर्काउन जाने छैन यसलाई म । जुन दिन आउला काल मृत्यु लिएर त्यसै दिन फर्काइदिउँला जीवन । म बाटो हेरिरहेको पनि छैन काल आउने। त्यो कपटी छ त्यो बहुरुपी छ। त्यो नदी भएर बग्दै आउन पनि सक्छ त्यो पैह्रो भएर खस्दै आउन पनि सक्छ त्यो मोटर भएर गुड्दै आउन पनि सक्छ त्यो गोली भएर उड्दै पनि आउन सक्छ त्यो आँधी भएर बतासिदैं आउन पनि सक्छ । के बेर ! त्यो कदाचित, आत्महत्या भएर हतासिँदै आउन पनि सक्छ । त्यो खबर हुन सक्छ तिमीलाई नयाँ कथाको पृष्ठभूमि हुन सक्छ तिमीलाई रमित हुन सक्छ तिमीलाई जसरी धरहरा रमित भएको छ शहरको । त्यतिखेर तिमीले स्वतन्त्र भएर जे सम्झिए पनि हुन्छ जसरी तिमीले धरहरालाई जे सम्झिए पनि हुन्छ । तिमीले, धरहरालाई खबरदार गरेको भीमसेनको चोर औँला सम्झे पनि हुन्छ, धरहरालाई भीमसेनले बालेर जङ्गबहादुरले निभाएको पानस सम्झे पनि हुन्छ, भीमसेनले आत्महत्या गर्ने ठाउँ बनाएका थिए तर अर्कै ठाउँमा आत्महत्या गर्नु पर्यो भने पनि हुन्छ । धरहराअगाडि उभिएर धरहरा नदेखे पनि हुन्छ । तर पनि धरहरा धरहरै हो । कसैको चुनाव चिन्ह भएको भए धरहरा नारा लाग्ने थिए- धरहरा तरबार हो धरहरा कलम हो धरहरा बन्दुकको गोली हो, धरहरा धर्मदण्ड हो, धरहरा राष्ट्रदण्ड हो, धरहरा स्वदेश भक्ति हो, धरहरा देश दर्शन हो, धरहरा ग्यास सिलिण्डर हो, धरहरा पानी ट्याङ्की हो, धरहरा पेट्रोल पम्प हो, धरहरा मट्टितेलको ड्रम हो धरहरा बिजुलीको खम्बा हो, धरहरा चिमनी हो धरहरा मियो हो । तर यो व्यक्ति जागेर राष्ट्र हराएको देशमा धरहरा एक्लो भएको छ, टुँडिखेल छेउका सालिकजस्तै बागमती छेउका मन्दिरजस्तै मेची छेऊका स्तम्भ जस्तै काली छेउका रेखाहरू जस्तै । स्वतन्त्रता बोकेको खरीको बोट काटिने यो देशमा दिनदिनै होचिदैं जाँदैछ धरहरा, निर्वैयक्तिक परिवेशमा नितान्त एक्लो बाँच्नु परेर कल्की र अशोकको रुखजस्तै । विश्वको कुनै पनि आस्थावादीले धरहरालाई सागरभन्दा विशाल देख्छ सगरभन्दा अग्लो देख्छ । मान्छेले कुँदेको आस्थाको चित्रकारी हो त्यो छातीभरि धर्ती ओछयाएर । जुन छाती सहँदै छ आज नङ्ग्याईहरू भाषण र जुलुसहरूको बन्द र हडतालहरूको । कम्प्यूटरले सबैथोक हुने भए. गरिदिनु हुन्थ्यो दीगो विकास - इन्टर भ्रष्टाचार निर्मूल, इन्टर वातावरण संरक्षण संस्कृति बचाऔँ आर्थिक बृद्धि बौद्धिक उन्नयन गरीबी निवारण भाषणबाजी – इरेज । कल्की र अशोकको रुख – चेन्ज डाइरेक्ट्री । यो विनाशको लागि बाँधिएको सामाजिकतामा जहाँ एउटा बच्चाको क्षणिक बाबुलाई त्यस बच्चाको दश महिने आमासँग समानता दिलाउनलाई बाँधिएको छ सामाजिकता । जहाँ सामाजिकताको ओढ्ने ओढेर आफ्नो नभएको सन्तानमाथि अधिकार देखाउँछ लोग्नेमान्छे । जहाँ सामाजिकताको कोर्राले कुटिएर आफ्नो सन्तानलाई अरुको भन्न बाध्य हुन्छ लोग्नेमान्छे । निर्धा लोग्नेमान्छेहरूको निर्वलता र भ्रमले चलेको छ यो सामाजिकता पाशविक लोग्नेमान्छेहरूको क्रुरता र जालले चलेको छ यो सामाजिकता । प्राकृतिक हुनबाट वञ्चित यो अति जङ्गली शहर र बस्तीको अतिसामाजिकता । जहाँ बाबुले आफ्नो सन्तानलाई आफ्नो भन्न सक्दैन आमाले आफ्नो सन्तानलाई जन्माउन पाउँदिन । यो सामाजिकतामा मूल्य र मान्यता मिच्न रचिएको यो सामाजिकतामा यो प्रकृतिको विनाशको लागि रचिएको सामाजिकतामा मान्छे नचिन्नको लागि रचिएको यो सामाजिकतामा, यो समयमा मान्छे हराउन बोलाइएको यो समयमा यो सबैलाई घरबारविहीन तुल्याउन ल्याइएको समयमा यो मुटु टुक्राउन रचिएको समयमा, आक्रोश, युद्ध र संहारका लागि तयार गरिएको यो समयमा, जताततै जस्लाई तस्लाई दुखेको जताततै जस्लाई तस्लाई पोलेको जताततै जस्लाई तस्लाई चहर्याएको यो बारुद युगमा; अब मैले मन कै कुरा भन्नै पर्छ भन्न अब मलाई कर लाग्छ - जसलाई दुखेको छ, त्यसैले मात्र सहेर हुँदैन एक अर्काको दुखाइ बाँडनुपर्छ निर्वैयक्तिक भएरै वैयक्तिक बाँच्नुपर्छ। बाँच्नुपर्छ एक अँजुली प्रेम बोकेर छातीमा, धर्ती ओछ्याएर आकाश ओढेर; कल्की र अशोकको रुख जस्तै । |
Bhana Bhanaab |
आकाशबाटतल जीवनहरूले रहरहरूसँग खेलिरहेको देखिँदैन आकाशबाट न त पाखाहरूको सहनशीलता भत्किएर खसेका पैह्राहरूका घाउका गहिराइ देखिन्छन्। बादल लागेको आकाशबाट आँखासँगै टाँसिएको आकाश पनि देखिँदैन तलतल नै दौडिन्छ, बतास पनि देखिँदैन। न त आँधी बोकेर थर्थराएका रुखहरूको मनको कम्पन देखिन्छ। आकाशबाट कोमल हँदाहुँदा मरेपछि बाँच्नको लागि कठोर भएका ढुङ्गाको मन छाम्न सकिँदैन, पालैपालो ताप र तुसाराको चुटाइ खाएर पनि मुस्काइरहेका फूलको कोमलता छुन भेटिँदैन, बसौँसम्म निरन्तर थिचिएपछि जुर्मुराएको भूकम्पको शक्ति नाप्न सकिँदैन, गन्तव्य नपुगी नरोकिने अठोटले दौडिएका वेगहरूको सामर्थ्य आँक्न सकिँदैन, चौतारी छेउ एकअर्काका मनमा निदाइरहेका प्रेमीहरूको सपना देख्न सकिँदैन। बस्तीका बस्ती इतिहासहरू बगाउँदै दौडिरहेको नदी पनि स्थिर देखिन्छ आकाशबाट। डाँडाहरूका सिर्जनशील काखहरू प्रभावहीन देखिन्छन् । मैदानमा लहलहाइरहेका सृष्टिका कोपिला र फूलहरू सुवासविहीन लाग्छन्। कुनै आँटले कहिल्यै उक्लिन नसकेको हिमाल पनि होचो देखिन्छ। मान्छेले आस्थाका बुट्टा कुँदेर उकासेको धरहरा पनि पुड्को देखिन्छ। एक छिन त यस्तो पनि लाग्छ, आकाशबाट हेर्दा धर्तीका कुनाकुनाका संवेदन छाम्न सकिन्छ हावा र विचारहरूको रङ्ग पनि देख्न सकिन्छ। र सयौँ क्षितिजपारिसम्म सम्पूर्ण सृष्टि नै सनातनदेखिको शान्त देखिन्छ। सधैँ आकाशबाट मात्र बोल्नेहरूलाई सोधौँ न, एकपटक के संसारको वास्तविकता साँच्चै आकाशबाट देखिएजस्तै नै छ त? |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal