Yashoda Adhikari was born to Kabhre-1 Meche
on May 20, 2043. Her father is Karnabahadur Adhikari, and her mother is
Vishnumaya Adhikari; both of them groomed her with great care in her childhood
days.
She pursued her Bachelor's and S.L.C. from
Narayanhiti Campus in Kabhre, groomed with all the skills and intellect
required to excel. Later on, she furthered her studies in the same area of
interest, attaining a journalism certificate from Ratna Rajya Laxmi Campus,
Kathmandu.
The literary ability of Yashoda was
reflected through her published works, "Nishedh Biruddha" a
collection of poems published in the year 2064 BS, and "Sansaar Hallaune
Sangharshil Mahilaharu" a biographical collection published in the year
2066 BS.
These books reflected her depth of thinking
and awareness about society and thus placed her as the voice of the voiceless.
Her professional life was as varied as it
was brilliant. Yashoda moved into journalism, being a Secretary for South Asian
Women Media Nepal, and contributed much to women's rights groups, including
serving on a number with the Women's Security Pressure Group in Kathmandu.
Besides, her leadership position of
Secretary-General in Nagarjun Literary Foundation and Chairperson of Prayatna
Publication Pvt. Ltd. underlined her commitment to the nurturing of literary
and journalistic undertakings within Nepal.
Yashoda's contributions extended beyond
borders as she traveled to China, India, and Bangladesh, which enriched her
understanding of the regional dynamics and enhanced her literary repertoire.
Her literary acumen was expressed not only
in adult literature but also in children's literature. The launch of her
children's story collection, "Jureli ra Mayur," was an important
milestone, attended by renowned literary figures and dignitaries.
Yashoda was concerned about women's issues,
reflected even in her poetry readings at the national level during cultural
events. The struggle and triumph of women were well-articulated with eloquence
and empathy. Her work, in collaboration with other poets such as Jang Pahadi
and Meena Shrestha, also gained much attention in pulling up discussions on
gender and social issues.
Yashoda embodied the transformative power
of literature in the zeal of her pursuit of truth and stood in defense of the
marginalized. A commitment to social change and the words that inspire continue
to mark Nepalese society. Yashoda Adhikari was born amidst the undulating
rustic landscapes of Kabhre, her literary journey tracing contours of Nepal's
cultural tapestry, lighting up minds and igniting hearts with her pen.
यौटी ‘आइमाई’ को मूल्य कति हो ?अब ठेगनीदेवी बोल्छिन् यो समाजमा यौटी ‘आइमाई’ को मूल्य कति हो ? चाहे साटियोस पूरै शरीर दाइजोको बाकससित चाहे थुनियोस सग्लो जीवन अन्धकार कोठाभित्र अब ठेगनीदेवी बोल्छिन् यो समाजमा यौटी ‘आइमाई’ को मूल्य कति हो ? तिमीले कहिल्यै सुनेका थियौ ? जिउँदै जल्न नसकेर चिच्याएको आवाज ? तिमीले कहिल्यै याद गरेका थियौ ? जिउँदै बल्न नसकेर मट्टितेल खन्याएको ? कसरी खाएँ हुँला मान्छेको बिष्टा ? कसरी पिएँ हुँला पीडाका प्यालाहरू ? तिम्रो कथित नर्कको झ्यालबाट आज यत्ति भन्न चाहन्छु यो समाजमा यौटी ‘आइमाई’को मूल्य कति हो ? दहेजको आगो उत्तर आधुनिक झर्नाको पानी थियो म त्यहीँ झर्नाको पानीमा भिजेँ नारी स्वतन्त्रताको तलाउमा एकैछिन डुबुल्की पनि मारेँ पटक पटक मरेर बाँच्नुभन्दा जिउँदै जलेकोमा शीतल शीतल महसुस गरेँ । मानौं यो मुलुकमा सलाइका कारखाना मेरै लागि खुलेका छन् मट्टितेल पनि मेरै कारणले नै भित्र्याइन्छन् तेजाबको खरिदबिक्री त मेरै मुहारका लागि गरिन्छ अहो ! म कति शक्तिशाली ! नबोलेर पो चुपचाप जलाइएँछु । छोरी जन्माउँदाको पीडासँगै पोलिएको समानताको सेकुवा पनि खाएँ स्वतन्त्रताको स्वाद पनि चाखेँ न्यायाधीशको कालो कोट पनि देखेँ मन्दिर मस्जिद र गुम्बा पुगेर समानताको गीत पनि सुनेँ आगो त मेरा लागि पानी बराबर तिमीलाई आगोले पोल्छ होला मलाई त शीतल शीतल पो बनाइदियो । आगो नलाग्दै कैयन पटक जलेँ कैयन पटक मरेँ तर मैले ओढेको मजेत्रो जलाउन सकेन आगोले ? मेरा लक्ष्यहरू कहिल्यै खरानी हुन पनि सकेनन् आएर हावा हुरी उडाउन सकेन सपना हो, मैले मानिन हुँला चुपचाप बलात्कृत हुन मैले टेरिन हुँला तिम्रो आदेश बदलामा एउटा प्रश्न छ यो समाजमा यौटी ‘आइमाई’ को मूल्य कति हो ? एउटा दराज एउटा पलंग एउटा गाडी एउटा रंगीन टेलिभिजन एउटा दुहुनो भैंसी र, एउटी ‘आइमाई’ कुनचाहिँ महंगो पर्ला ? जिउँदै जलेर पनि ठेगनीदेवीले नबुझेको एउटा सत्य कुरा यो समाजमा यौटी ‘आइमाई’ को मूल्य कति हो ? |
बन्दी बनायौ भनेछाडेनौ कहिल्यै कुनै दमनको लाठी र गोली पनि उत्रन्छन् त्यसका विरुद्ध महिला बन्दी बनायौ भने ॥ आफैैले अधिकार खोस्न नसके के दिन्छ त्यो ढाँटले हाम्रा हात र पाउ छन् सबतिरै जागौ न है आँटले ॥ ठूलो क्रान्ति भयो र यो मुलुकमा हाम्रो लडाई चल्यो ल्यायो शान्ति र शक्ति त्यो समयलॆ साम्राज्य ढल्दै गयो हामी आज समान छौ अब तिमी नै शक्तिशाली बन माटोको जगमा उठेर महिला गर्छन् नी आन्दोलन ॥ गर्छन् चर्तिकला अहो ! पुरुषले नारी भनेरै पनि फैलन्छन् महिला त्यहाँ किरणका रेखाहभरु झैं बनी हामी नै यिनका विरोध गरने औजार बोक्छौ अब हामी हौ यिनका विरोध पथको संसार जोड्छौ अब ॥ राखी लक्ष्य लडौ चढौ शिखरमा चढ्दै उकाली पनि हेप्ने शक्ति उही पहाड घरमा लुक्दैछ उस्तै बनी छाड्दैनौ अधिकार खोस्न महिला कस्सेर लड्छौ अझै सामन्ती घरमा पसेर जन हो निषेध तोड्छौ अझै ॥ |
जीवनका रङहरुहरेक साल निस्कन्छ एउटा मान्छे मेरो विश्वासको ढोकाबाट र, हल्लाउँछ आफै बसेको घर म भरिरहेको हुन्छु जिन्दगीको रङ त्यही घरको झ्यालमा उभिएर । जव काँप्छन् मेरा कुची र ब्रसहरु छताछुल्ला पोखिन्छन् रङ छरिएर समगर सागरसरी मेरो आगानमा जिन्दगीको रङ । भरेर एक अञ्जुली पानी सिंगो जीवनको कुवाबाट समताको चोकमा उभिएर एकताको सिट्ठी बजाउँदा पनि रोकिएनन् सग्ला गाडीहरु । जव पहाडमा जमेका हिउँका भर्याङहरु उभिएर शोकको घण्टी बजाउँछन् पगालेर बरफहरु अंकमाल गर्छन् विकर्षणको क्षितिजसँग तव उदाउँछ विद्रोहको ज्वालामुखी मेरो जीवनको बार्दलीमा । हरेक दिन पाक्छ भात मेरो जिन्दगीको कसौडीमा उडेर जान्छ सपना प्रेसर कुकरको सिट्ठीसँगै उम्लेर पोखिन्छ उद्देश्यको दाल सिलौटामा पिसिन्छन् लक्ष्यजति सबै सबै । कोइरालो पनि फुलेको छैन यसपाली खोरिया बारी त बाँझै छ बदलिएको छैन माटोको रङ जसरी बदलियो मेरो जीवनको रङ र, पोखियो आँगनभरि लगाएर अनौठो चुकुल ढोकामा उभिह्यो समय बन्द झयलहरु नियालेर । दूर क्षितिजबाट उठेर एउटी आइमाई जिन्दगीको सत्य सावित गर्न साक्षी बोलाउँदैछिन् प्रयोगशालामा सौन्दर्यको घुम्टो फुकालेर बादलले बन्दी बनाएको ताराहरु हरेक विहान हराएर जान्छन् जसरी हराएको छ चाँदीको फ्रेमभित्र कैद भएर त्यही मान्छे जिन्दगीको प्रेमील छायाँभित्र । |
अँधेरी रातमाजङ्गलको अन्धकार गोलाईमा रातले जव अँधेरो बाल्छ, उत्तेजित यी हातहरू ल्ाालटिन बोकेर ज्ाङ्गल ढकनी उघार्छन् । कानमा सिउरिएका फूलहरू कानैमा ओइलाइसके ओइलाएको फूल फुलाउन मेरो हृदयको ढुकढुकी यात्रा अघि बढाउँछ रात-रातभर लालटिन बालेर । हराएको मृगजस्तै एक्लो- नितान्त एक्लो अँधेरी रातमा आफूलाई एक्लै पाएर उसको आवाज बोल्छ- म बादल फाटेर आकाश छिचोल्न हिँडेको मान्छे मलाई अन्तरिक्षको ट्रकमा हालेर सफा हातहरूले ट्रकको स्टेरिङ घुमाइदेऊ । उठ शोषणको तकियामा निदाइरहेकाहरू हो मलाई स्नेहरूपी सिटहरूमा राखेर आकाश पारि पुर्यािइदेऊ । जानेर वा नजानेर सकेर वा नसकेर आफै या अरू कसैको इशारामा विगत झैं पाइलाहरू रोकेर भारत आमा भएर स्नेहको हात अघि बढाउँछ अमेरिका बाबु बनेर पैसा पठाउँछ चीन बाआमाकै विरोधमा नारा लगाउँछ- साम्राज्यवाद मुर्दावाद विस्तारवाद मुर्दावाद म जहाँको त्यहीं जस्ताको तस्तै एक्लो- नितान्त एक्लो उही औंसीको रातमा |
फूल फुल्योफूल फुल्यो काँडाबीच टिप्न गाह्रो भो निष्ठुरीको याद आउँछ मेट्न गाह्रो भो जति जान्छु परपर आउँछिन् उनी वर सम्झाउँछ हल्लिएर पीपलु र बर फूल फुल्यो…॥ बादलुले छेकीदियो उनको चोखो माया जता जान्छु उतै आउँछ बैमानीको छाया फूल फुल्यो…॥ दिन ढल्यो रात वित्यो विते कैयन दिन पराइको हात समाइ रोएँ एकैछिन फूल फुल्यो…॥ तिमी खुसी हुन्छ्यौ भनी सधैँ दिएँ साथ जुनी काट्ने अर्कै रोज्यौ गर् यौ किन घात फूल फुल्यो…॥ फूल तिमी फल तिमी पराइकै काख भुले पनि म दुःखीलाई रुमाल चिनो राख फूल फुल्यो…॥ |
एउटा नयाँ यात्रागणतन्त्रको ओछ्यानबाट उठेर एउटा विहानी खाजा सामलको कुम्लो च्यापेर असजिलो भर्याङ् उक्लँदैछ आकाशमा फुलेको गणतन्को फूल टिपेर कपालमा सिउरिनु विहानीको लक्ष्य । हतारमा देखिने त्यो विहानीले अपूर्ण र पुरानै झोला बोकेर नयाँ यात्राको ढोका खोल्यो उदाएको छैन विहानीमा सूर्य खुलेका छैनन् ढोकाहरु झयालहरु र मूल द्वारहरु । विहानीले उही पुरानै झोला बोकेर यात्रा थाल्यो झोलामा के थियो ? विहानीले फर्केर हेर्ने प्रयास गरेन । विहानीले पुरानै झोला बोकेसम्म खस्दैनन् ताराहरु उदाउने छैन प्रचण्ड सूर्य रात दुखेको पीडा विहानीमा छामेर परेड खेल्छन् ताराहरु खै किन फेर्दैन विहानी त्यो पुरानो झोला ? विसाउँदैन पनि विहानीमा सूर्य उदाउन अरुले थमाएदिएको त्यो पुरानो झोला फालेर विहानीले थाल्नुपर्छ अर्को यात्रा सहास र मर्यादाको यात्रा । |
रात रोएको बेलाआजकल रातो रुमालले पुछ्दैन मेरो पसिना श्रम महिनावारीको निख्खार रगतजस्तै छाउगोठको मतानबाट चुहिँदैछ तप्प तप्प । थरी थरीका कामुक हातहरूले सुम्सुम्याएर शिथिल बनेको मेरो कौमार्य शरीर सर्पको आलिंगनमा बेरिएर गर्लम्म ढलेपछि खुसी भए होलान् तिम्रो कुलदेवता कैली गाईले ढुंग्राभरी दूध दियो होला माथहरूमा गाथ लागे होलान् पलपल मरेर बाँच्नुभन्दा एक पल म मरेँ त के भयो रु तिम्रो रातो रुमाल उस्तै छ टन्टलापुर घाममा सुकाएर रुमाल फिर्ता लान सक्छौ तिमी । तिम्रो बहादुर आँगन पनि कस्तो निष्ठुरी फुकिरहन्छ एकोहोरो शंख तिम्रो पवित्र घर कतिसम्म स्थीर हल्लिरहन्छ बारम्बार धैर्यताको अमृत बगुन्जेल बलिरहला परम्पराको दियो विभेदको तराजुले जोखिरहला आधुनिक समाजको तौल संस्कारको इन्चीटेपले नापिरहला संस्कृतिको उँचाइ तातो झर्ना मेरै छातीबाट बगेसम्म भित्रिरहलान् पर्यटकहरू चियाएर मेरो कौमार्य गुमाएको मुर्दा शरीर बगाउलान् दुई थोपा आँसु कोरी देलान् श्रद्धाञ्जली शब्द टहलिदेलान् मुर्दाघरमा एकै क्षण भत्काइन सक्छन् मेरो प्रिय छाउगोठ यी त सबै रंगमञ्चका मधुर प्रकारले तिरमिराएका छाया मात्रै हुन् कहाँ छन् सुत्राधारहरू रु जाबो पसिना नपुछ्ने रातो रुमालबाट मेटिएपछि रगतका टाटाहरू नष्ट हुनेछ म ढलेको प्रमाण मुर्दाघर नपुर्याइँदै बन्नेछन् फेरि गाउँगाउँमा छाउघर छाउ धारा र छाउपडी हिँड्ने बाटाहरू पनि । |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal