Rajendra Shalabh's poems capture the
immense depth in human feelings and experiences. Each of his lines reflects
life, with all its complexities and contradictions in a different yet striking
manner. From the tender nostalgia of "Aama" to the raw vulnerability
of "Ghumne Mech Mathi Andho Manche," the best of Shalabh reverberates
with timeless sincerity, which cuts across the boundaries of language and
culture. He calls the readers with his words to embark on a journey inside
themselves-to confront the depths of their humanness with courage and
compassion. With every stanza, Shalabh weaves a tapestry of emotion and insight
in which his poetry therefore stands as a beacon of solace in an oft-troubled
world. Whether it is an inquiry into the intricacies of love, loss, or the
human condition, his verse etches something indelible upon the heart-a
testament to the abiding power of the written word.
Born into the scenic landscapes of Jhapa,
Nepal, Rajendra Shalabh at 65 years stands as one of the prolific figures of
Nepali poetry, his verses echoing the essence of human emotions and reflections
of society. The smells of the inking press in his family printing press formed
the backdrop for Shalabh's journey as poet. He grew up in an environment that
was, so to say, soaked with journalistic efforts-being the job of his
father-and found himself knee-deep in words from a very tender age.
Shalabh pursued law, which is not his
passion exactly; his heart is bound to the realms of literature to actually
experience a line of satisfaction in the art of poetry. Even during the
legalese during those painstaking legal studies, he continued to nurture this
passion through participation at various platforms that celebrate the written
word. His first collection, "Ujyalo Ko Sarta," which came out in
2008, actually marked the beginning of an odyssey that would eventually see him
chiseling verses across the perspectives of human emotions and societal
narratives.
To Shalabh, poetry is not words on a sheet
of paper; it's a strong reflection of society wherein every stanza breathes to
the rhythm of human sensibility. His writing does not follow the tedious
process of edit and re-edit but is simply an outpouring of emotion onto the
paper-raw and honest. From the introspective examination of the various strata
of human relationships to minute details of everyday existence, his poems
reflect nothing but the beauty of human life with all its honesty and
integrity.
Influenced by stalwarts of Nepali
literature like Bhupi Sherchan and Gopal Prasad Rimal, Shalabh's poetry has all
the hallmarks of simplicity sans redundancy of complicated language. As a poet,
his biggest achievement lies not in accolades or acclamations but in the deep
connections he can forge with his audience. Be it through the recitation of his
verses in public gatherings or narrating touching stories through his radio
program, the poetry of Shalabh acts as a medium for experiences and collective
emotions.
Nurturing this literary garden, apart from
writing, also involves his effort to be the driving force behind an online
literary magazine "Aksharang" to give a greater voice to aspiring
writers. Therein, he has remained true to his goal of creating a place where
words can inspire, provoke, and bring people closer.
With every sunset that ushered one more
phase of his life into history, Shalabh continued to build upon his poetic
journey-all verses an affirmation to the strength of the word in ink. In Nepali
literature, his works remain a statement towards the timeless beauty of poetry
and its penchant for highlighting the human spirit with all its attendant
ambiguities and contradictions.
This dedication does not end with the state
of self-expression; it reflects in every aspect of his life: the relations he
builds, his pursuits, and goals. After retiring as a professor at the Nepal Law
Campus, he slid seamlessly into his career as the custodian of the literary
tradition, his days now filled with the rhythmic cadence of pen against paper,
weaving tapestries of emotion and insight with each stroke.
Essentially a lyric poet, Shalabh's poetry
nevertheless is introspective and empathetic. He leads the readers through his
words into a voyage of self-discovery and urges them to be courageous and
compassionate in facing life's intricacies. Be it a subtle tune of love or for
that matter a tone of loss or even a philosophical take on the human condition,
his verses are certainly a source of solace in this often-uncertain world.
Shalabh's literary journey is interspersed
with profound moments of connection and resonance, each fueling his passion for
the storytelling of human expression continuously. From the humble origins of
the printing press his family had owned to the teeming corridors of academia,
he has stood firm in his commitment to the transformative power of poetry-a
beacon of light in the darkness of the human experience.
As he continues to create new frontiers in
the world of letters, Shalabh has emerged as a legacy-a keepsake of Nepali
poetry-whose verses continue to reverberate across generations, healing the
rifts of time and space through the universal language of the heart. Living in
a world so subsidiary on discord and division, his words bring us back to the
beauty of our common humanity and invite us to welcome storytelling as a means
to juices of change and restoration.
In the tapestry of Nepali literature,
Rajendra Shalabh's contributions stand tall, testifying to the permanence that
the written word has given him. His poetry comes as an eternal reminder of
beauty and resilience: of that invincible human spirit. As he continues to
inspire, provoke, and illuminate, his journey as a poet remains an indelible
thread in the rich fabric of literary tradition, weaving together hopes,
dreams, and aspirations of generations yet to come.
अर्थम गर्भमा हुँदा आमाले सधैँ गीता पढ्नु हुन्थ्यो त्यही भएर होला मैले कहिले पनि फलको आशा नगरी आफ्नो कर्म गरिरहेँ । आफूलाई बिर्सेर आफ्नो कर्म गरिरहँदा म आफू हराएको पत्तै भएन । ००० साथी, श्रीमती वा आमा छोरी वा असल नागरिक यी सबै हुँदा हुँदै म आफू भइनँ आफन्तहरूबाटै काटिए मेरा पखेटाहरू जसका लागि मैले आफूलाई हराएँ उही आँशु बनेर आउँछ घरीघरी जसका लागि मैले आफूलाई बिर्सेँ उही ठडिन्छ पीडा बनेर घरीघरी । ००० आज फेरि गीता पढ्दै छु र बुझ्दै छु– कर्मको अर्थ आफ्नो स्वतन्त्रता र मुस्कानको अर्थ दिनु र पाउनुको अर्थ मायाको अर्थ । |
बुवाबुवा अभावहरूलाई ओढेर मुस्कुराउनु हुन्थ्यो जसरी डुब्न लागेको सूर्य भोलि सम्झेर गोधूलीमा पनि मुस्कुराउँछ बुवासँग बाँड्नका लागि अनगिन्ती कुराहरू थिए नसिकाएर सिकाउने अनेकौँ कथाहरू थिए र त गाउँलेहरू आउँथे र बुवाको कुरा सुनिरहन्थे मास्टरको स्वभाव थियो बुवाको बाँडेर कहिल्यै नथाक्ने । आमाको पक्षबाट सोच्दा बुवाले घरको होइन गाउँको मात्र पीर गर्नुहुन्थ्यो चुलो कसरी बल्छ कहिल्यै सोच्नु भएन बाले तर पनि चुलो बलिरह्यो हाम्रा लागि मात्र होइन घर आउने जो सुकैका लागि चिया पनि पाकी नै रह्यो । बुवा बाहिर जाँदा हामीले फुर्माइस गरेको कुरा कहिले आउँदा आउँदै गाडीमै छुट्थ्यो कहिले त्यो पसलमै सकिन्थ्यो तर मसँग पैसा भएन र किन्न सकिनँ कहिल्यै भन्नु भएन बुवाले हाम्रो मन नदुखोस् भनेर बुवा झुटो पनि बोल्नु हुन्थ्यो तर कहिल्यै आफ्नो आदर्श र इमान बेच्नु भएन बुवाले । भलै धन थुपारी दिनुभएन तर सबै थोक दिनुभयो बुवाले इज्जत, नाम, सोच र संस्कार मैले बुवाबाट पाएको नासो हो मेरो सम्पत्ति हो । बुवालाई बुझ्न बुवा नै बन्नुपर्छ छोराले कहिल्यै बुझ्न सक्दैन बुवा हुनुको अर्थ जुन दिन उसले बुझ्छ त्यो दिन ऊ छोरा मात्र रहँदैन बुवा बनिसकेको हुन्छ । |
तिमी नहुँदासूर्य आफ्नै रापले डढेर कतै खोलामा झर्यो । खोला बग्न छोडेर त्यहीँ बालुवामै सुक्न थाल्यो । चराहरूलाई गुँड बनाउन मन लागेन र , थुपारेका सिन्काहरू मेरै छेउमा छोडेर कतै उडी गए । हावा बहन छोडेर पीपलको हाँगामा थकाइ मार्न बस्यो । ह्दयगति हत्केलाका रेखाहरूमा छट्पटाइरह्यो । आँखाहरू अनिँदा रहे सपनाहरू आउनै मानेनन् । ओठका मुस्कानहरू औपचारिकताको मुग्लान पसे । उमेर घामसँग आँखा जुधाउन नसकेर बेतोड कुद्न थाल्यो । मेरा कविताका अक्षरहरू सबैसबै हराए । भन तिमी कहाँ थियौ ? |
आमासूर्यजस्तै ठूलो रातो टीका निधारमा लगाउँदा मेरी आमा साह्रै राम्री देखिनु हुन्थ्यो । संसारकै सबभन्दा तेजस्वी स्वास्नीमानिस तर बुवा बित्नु भएपछि आमाले रातो टीका लगाउन छोड्नु भयो बिना टीका मलिन देखिन्छ आमाको अनुहार । जबजब गोधुलीको बेला निधारमा सूर्यको रातो टीका लगाएको आकाशलाई देख्छु , म आमालाई सम्झन्छु । रातो टीका लगाएको आकाश पनि राम्रो देखिन्छ तर, आमा जत्तिको राम्रो होइन । |
भद्रपुरभद्रपुरमा अलिकति कारिन्दाहरू छन् त्यो भन्दा बढ्रता हाकिमहरू छन् अलिकता उद्योगधन्दाहरू छन् त्योभन्दा बढी नेताहरू छन् केही स्कूल र कलेजहरू छन् त्योभन्दा बढी भट्टी पसलहरू छन् कमबेसीको कुरा बेग्लै हो तर , मेरो भद्रपुरसँग सबै थोक छ छैन भने – जाबो प्रगति छैन । मेरो भद्रपुरमा बाह्रै महिना राजनीतिको खेती हुन्छ मेची पुल सेलाए हुलाकी राजमार्ग तात्छ हुलाकी राजमार्ग सेलाए मेची पूल तात्छ खोयाबिर्केहरूको एउटा जमात छ जो हरेक साँझ नेता बन्छन् अर्काथरी कोठे नेताहरू छन् जो बिना काम नै बाह्रै महिना चर्चामा हुन्छन् । के छैन मेरो भद्रपुरसँग क्याम्पस छ , अस्पताल छ जिल्लास्तरीय कार्यालयहरू छन् यो अर्कै कुरा हो हामी सौदादेखि चन्दासम्म लिन धुलाबारी जान्छौँ दुईदुईवटा दैनिक अखबार छन् तर यो अर्कै कुरा हो हामी पनि गोरखापत्र र कान्तिपुर मात्रै पढ्छौँ । भद्रपुरका छोराहरू राजधानीमा छन् भद्रपुर उनीहरूका लागि साँगुरो छ दशैँतिहारमा घर आँउछन् बाआमाहरूसँग चिनजान गर्छन् र , माया बस्न नपाउँदै राजधानी फर्किन्छन् राजधानी आखिर राजधानी हो उनीहरूबिना शून्य राख्नु पनि त भएन । जे होस् , भद्रपुरसँग अलिकति सम्वेदनाहरू छन् केही नाता – गोताहरू छन् त्यसबाहेक , जमिन्दारी हराएको जमिन्दारजस्तै भद्रपुर आफ्नो अस्मिता जोगाउन पुराना सामानहरू लिलाम गर्दैछ । |
जंगलको कुनै कानून हुँदैनउनीहरू शहर पसेका छन् र,शहरलाई पनि जंगल ठानिरहेछन् जंगलको कुनै कानून हुँदैन आफ्नो अनुहारमाथि अर्को अनुहार टाँसेर उनीहरू शहर पसेका छन् हितैषीको भ्रम पारेर उनीहरू हाम्रो विश्वास जिस्किरहेछन् उनीहरू हाम्रो भविष्य खेलिरहेछन् उनीहरू हुल बाँधेर आएका छन् हामीहरू एक्लै – एक्लै निधारका रेखाहरू खुम्च्याएर आगत र अनागतमै अल्झिरहेछौँ उनीहरू योजनाबद्ध छन् उनीहरूलाई थाहा छ – एकान्त धमिरा हो उनीहरूले हामीलाई एक्लो बनाइरहेछन् धमिराले भित्रभित्रै खोक्रो पारिरहेछ धमिराले थाहै नदिई मक्काइरहेछ तै हामी एकान्तलाई सिर्जनाको भ्रम बाँचिरहेछौँ उनीहरू निर्धक्क छन् भोलि सम्झेर उनीहरू दंगछन् र हामी पनि बुद्ध अँगालेर स्वयम्भूको आँगनमा मस्त निदाइरहेछौँ अहिलेसम्म त, निराश छैनौँ हामी , पराजित पनि छैनौँ अझै विश्वास मक्किएको छैन अझै आस्था भत्किएको छैन तर … तर , कुनै पनि पल शहर जंगलमा अनुवाद हुनसक्छ हामी कुनै पनि पल जंगल काटिन सक्छौँ , बञ्चरोले हामी कुनै पनि बेला स्तम्भ ढल्न सक्छौँ , धमिराले र, शहरमा पनि जंगलको हैकम चल्न सक्छ नक्कली अनुहारहरूको हैकम चल्न सक्छ जंगलको कुनै कानून हुँदैन । |
उस्तै दुख्छ देश यहा पनिकसैले सोध्नु अघि म आफ़ै भन्छु, दिक्क लागेर नै बिदेशिएको हो म खानै नपाएर होइन तिमीले गरिखान नदिएर देश छोडेको हुं मैले । कसलाई मन हुन्छ र पराई देश्मा पसिना बगाउन को चाहन्छ र आफन्तहरूबाट टाढा बस्न तर, तिमीले बस्नै दिएनौ र म देश छोडेर हिंडे । परदेशमा नि कहां देश बिर्सिन सकिन्छ र? देशमा अझै अंध्यारोको शासन छ सुरछा भन्दा बढी डर छ सुबिधाको साटो आश्वासन छ सम्रिध्दिलाई स्वार्थले छोपेर अझै सांढेहरू जुधी नै रहेका छन अझै लठीको हैकम चलिरहेको छ यस्तो कुशासनका बेला गणतन्त्रका नाममा मणतन्त्र भएका बेला मैले केही दिन अझै किन पर्खिन भन्ने पनि लाग्न छोडेको छ । तिमीले सोध्नु अघि म आफै भन्छु अझ बढी सताउंछ भूगोलले झन पिरोल्छ सम्झनाले यहां पनि घरि घरि अनिश्चितताका पर्खालहरू ठडिन्छ्न अन्यौलका बाटाहरू पसारिन्छ्न तर तिमीले जस्तो खुट्टा तान्दैनन यिनीहरूले अझ वास्तै गर्दैनन यिनले त र घरिघरि आभाश हुन्छ- देशमा नभएको देश बांउडिएर आंउछ मनभरि म यहां परदेशमा छु तर उस्तै दुख्छ देश यहां पनि । |
शासक र जूनमेरो झ्यालनिर आएर जून मलाई सधैं माया गर्न सिकाउंछ म भित्र उत्साह र प्रेम भरेर जान्छ । बिहानै मेरो देशका शासकहरू म भित्र घ्रिणा भरेर जान्छ्न बिस्तारै म भित्र पनि स्वार्थको बिऊ रोप्न आतुर छ्न र, म पनि अरूलाई माया गर्नुभन्दा अरुले माया नगरेको गुनासो गर्छु मलाई आफ़ैसंग डर लाग्न थालेको छ । म प्रेम बांड्न चाहन्छु म जूनको कुरा सुन्न र मान्न चाहन्छु मलाई मेरा शासकहरूभन्दा जून नै बडी प्रिय छ । थाहा छैन, जून कतिन्जेल मेरो झ्यालमा आइरहन्छ र म स्नेह बांडी रहन्छु अचेल शासनका काला बादलहरू आकाशभरि मडारिन थालेका छ्न । |
आँशुजब अचानक तिमी मेरो अंगालोमा कस्सिएर रुन थाल्यौं मैले केही सोच्नै सकिनँ । मैले केही गर्नै सकिनँ कुनै पुरानो घाऊ बल्झियो कि अतीतको कुनै पल याद आयो कि मेरै कुनै कुराले दुख्यो कि बुझ्नै सकिनँ मैले । तिम्रो आँशुले छाती भिजीरह्यो भित्रभित्रै धेरै थोक भत्किरह्यो न म तिमीसँगै रुन सकें न तिमीलाई चुप लगाउन सकें अवाक तिमीलाई हेरिमात्र रहें रोएर तिमी हलुका भयौं र जब पानी खाँदै मुस्कुराएर म तिर हे¥यौं बल्ल मैले बुझें–तिम्रा आँशु मेरा आँखा पनि रसाए र म तिम्रो अंगालोमा कस्सिएँ |
मलाई समाउ र रंग भरथाहा छैन तिम्रा आँखाको सम्मोहनले सम्मोहित छु म या ओठको मुस्कानले । पहिले – पहिले त तिमीलाई देख्दा मात्र म सम्मोहित हुन्थेँ आकर्षित हुन्थेँ तर , अचेल त तिमी नहुँदा पनि तिम्रो सम्मोहनले सम्मोहित बनाउँछ तिम्रो आकर्षणले आकर्षित बनाउँछ । मलाई त , यो पनि थाहा छैन यो सम्मोहन यो आकर्षण माया हो वा स्नेह हो मलाई त यत्ति मात्र थाहा छ तिम्रा हातमा कुची र छेउमा रंगहरू मलाई मन पर्छन् तिमीले बनाएका पेन्टिंगहरू मलाई मन पर्छन् । अनुहारभरि निराशा ओडेर जब तिमी भन्छौ – अब के पेन्टिग गर्नु र ? त्यो चाहिँ मलाई पटक्कै मन पर्दैन तिम्रो मनभरि अहिले उदासी छ भने तिमी त्यही निराशा र उदासीको चित्र बनाऊ ! मेरो आग्रहमा कुनै स्वार्थ छैन मेरो चाहना कतैबाट पनि विषाक्त छैन कसैले लेखेको कसैलाई मन पर्नसक्छ कसैले बोलेको कसैलाई मन पर्नसक्छ त्यस्तै , तिम्रा हातहरूले ब्रस चलाएका हेर्न मलाई मन पर्छ । उमेरसँगै धेरै जिम्मेवारी बढे होलान् म तिमीलाई ती जिम्मेवारीहरूबाट भाग भनिरहेको छैन समयसँगै धेरै घाउहरू लागे र खाटा परे होलान् म तिनीहरूलाई उप्काउन पनि भनिरहेको छैन एकान्तमा आउने अतीत र वर्तमानका अनेकौँ सम्झनाहरू होलान् बस् ! ती सम्झनाहरूलाई केवल ती आनन्दी –पीडाहरूलाई कुचीले क्यानभासमा कोर्ने गर आफ्ना जिम्मेवारीहरूबाट अलिकति समय उबारेर भावनालाई रंगभर्ने गर । धेरै पछि , जब तिमी बूढो भइसक्ने छौ तिम्रा हातहरूले राम्ररी ब्रस पनि समाउन सक्ने छैनन् त्यतिबेला हो , त्यति बेला तिमीलाई मेरा यी शब्दहरू याद आउने छन् । |
कहिले, कुनै दिनधेरै दिन लगाएर आफुसँग बटुलेका साना—साना खुशीहरू आफन्तलाई बाँड्न बसेकै बेला एउटा ठूलो दुःख फेरि टुप्लुक्क आइपुग्छ । मैले बटुलेका खुशीहरू मैल बाँड्नै नपाई हराउँछन् र, सदाझैँ म त्यो दुःखबाट पार पाउन त्यससँग जुध्न थाल्छु । मलाई दुखाउन नसकेपछि दुःख आफै दुखी भएर दुःख मनाउ गर्दै भाग्छ र म, एकछिन् सुस्ताएर फेरि खुशीहरू बटुल्न थाल्छु । बटुल्न थाल्छु खुशीहरू कुनै पटक त खुशीहरू बटुलिसकेको बेला दुःख आउन बिर्सेला या, दुःख आउनुअघि नै म खुशी बाँडि सकुँला । |
कलम र बन्दुकमेरो हातको कलम थुतेर तिमीले मेरो हातमा बन्दुक राखिदियौ बन्दुकको मोहले हो वा तिम्रो डरले मैले त्यो बन्दुक जोडले अँठ्याईरहेँ । तिम्रो बोलीले मलाई मोहनी लायो तिमी मलाई भगवान जस्तै लाग्न थाल्यौ आमाले सुनाउनु भएको ठ्याक्कै महाभारतको कृष्णजस्तै तिमीले भन्दै गयौ र मैले मान्छे मार्दै गएँ आफ्नै दाजु–भाई अझ दिदी र आमाहरुलाई पनि मारेँ यसरी मैले म भित्रको ‘म’ लाई पनि मारेँ । अहिले धेरै बर्षपछि म भन्दा धेरै पर राजधानिको कुनै मञ्चमा उभिएर तिमीले शिक्षा र समानताको भाषण गरिरहेको टेलिभिजनमा हेर्दैछु र सोच्दैछु — मैले पनि पढेको भए र मेरो नामको अगाडी पनि डा. भै दिएको भए के म पनि अरुको हातबाट कलम थुतेर बन्दुक राख्न लाउँथेँ होला ? |
Bhana Bhanaab |
किसानचारआलीतिरबाट दुई जना गाडीवानहरू सूर्य अस्ताउनुअघि नै रित्ता बयलगाडाहरू लिएर फर्के रित्ता पेटहरूजस्तै रित्ता गाडीहरूमा हरेक साँझ यसरी नै यिनीहरू जीवनको भारी बोकेर खेतबाट फर्किन्छन् बिहान सूर्यसँगै ब्युँझेर लहलह धान फलाउँछन् र रित्तो बयलगाडी लिएर साँझ सूर्यसँगै घर फर्किन्छन्। |
उज्यालोको सर्तऔँसीको रात थियो टुकी बालेर म फर्किएको मात्र थिएँ सेतो लुगा लगाएको एउटा रवाफिलो मानिस मेरा अगाडि उभियो। उसको मुठीका कापहरूबाट उज्यालो चियाइरहेको थियो मैले उसलाई सोधेँ— ‘तपाईंको मुठीमा के छ ?’ उसले जवाफ दियो— ‘उज्यालो।’ मैले फेरि सोधेँ— ‘उज्यालोलाई किन मुठीमा थुनेर राख्नुभएको?’ उसले जवाफ दियो— ‘तिमीलाई दिनका लागि ।’ दङ्ग परेर मैले हात बढाएँ र मागेँ— ‘दिनोस् न ।’ उसले मुस्कुराउँदै भन्यो— ‘एउटा सर्त छ, योउज्यालो पाउनका लागि तिमीले आँखा चिम्लिनुपर्छ।’ छक्क पर्दै मैले उसलाई हेरेँ र सोधेँ— ‘आँखा नै चिम्लिएपछि यो उज्यालोको के अर्थ ?’ |
माफ गर्नोस् श्रीमान् !खोल फेरेर पुरानै समय बाँचिरहेको यो समयलाई म , कसरी मेरो समय भनौँ ? मिनि – स्कर्टबाट साडी लाउँदैमा प्रेमिका श्रीमती बन्न सक्तिन । हामीले चाहेको त एउटा घरजस्तो देश थियो पिताजस्तो शासन थियो छोराजस्तो अनुशासन र , आमाजस्तो माया थियो । अब तपाईँ आफै भन्नोस , श्रीमान् ! सँधियारझैँ झगडिरहेका छोराहरू सौता भित्र्याउन तम्सिरहेका पिताहरू र पोइल जान लालायित आमाहरूको जमघटलाई म कसरी आफ्नो देशको नाम दिऊँ ? तथापि एउटा कुरा भन्छु – सधैँ त , दुशासनहरू सिंहासनमा नबस्लान् सधैँ त, उज्यालोलाई अँध्यारोले नछोप्ला ! आगोलाई खरानीले छोपेर कत्तिन्जेल शीतलताको भ्रम ताप्न सकिन्छ र ! |
रगत, आगो र संवेदनाअखबारका पानाहरूबाट उछिट्टिएर रगत मनभित्र जमेछ रगत पखाल्नलाई पानी मनसम्म पुग्दैन र आँसुले रगत पखालिँदैन । हजुरआमाले भात पकाउँदै गरेको आगो कसरी हो उछिट्टिएर देशभरि सल्किएछ एक गाग्री पानीले पनि यो आगो निभ्दैन । मनको ज्वालामुखी हो यो छिटो शान्त पनि हुँदैन डर छ कतै मनको ज्वालामुखी पड्कियो भने र सँगै मन पनि डढ्यो भने संवेदना मर्नेछ हाँसो पनि मर्नेछ । र भोलिको अखबारमा मुर्दाको देशमा रगत हुनेछैन आगो र आँसु पनि हुनेछैन । |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal