Gobinda Giri Prerana was born in 2015 B.S.
(1958 A.D.) in Tekar, a locality in Sisneri, lying en route from one of the
routes from Dakshinkali to Hetaunda, Nepal. Tekar still retains a house where
he was born, which is a reflection of the attachment he has with his
birthplace. He was the only one among his five brothers and one sister who is
still alive today. This sibling bonding draws him from the United States to
Nepal annually to celebrate Tika with his sister, hence a tradition that has
become part of his life.
Prerana belongs to the Giri clan, a family
respectable in society. For generations, one tradition that had been followed
by the Giri family was that succor would be provided if floods or landslides
occurred among the people. This custom of giving whatever one could carry would
include those; if the load was too heavy to bear, then the carrying or help would
be given to take it to the needy.
In BS 2023, Prerana's father shifted the
family to Hetaunda for better educational opportunities for the children since
only a primary school was available in Tekar. Their occupation was agriculture
and animal husbandry and included rearing buffaloes. Prerana, as a child, would
walk to sell buffalo milk.
It was a childhood of adventurous and
mischievous activities: shepherding, eating local fruits like monkey fruit,
chutro, and aiselu, and swimming in flooded rivers. Kulekhani, a nearby area
with rich fish population, was a frequent destination where he and his friends
caught fish using various unconventional methods, such as burning gunpowder.
These early experiences were formative for Prerana; his father's stern demeanor
often kept neighbors on a tension-leading edge.
His formal education started under his
father's guidance during Saraswati Puja, when his father made him write in a
hexagon outlining of Saraswati. Then Prerana started attending school in
Tekar, sitting in classes under the shade of a tree or what passed for a
classroom-a small terrace. Often, he would be up to mischief, climbing trees
and throwing stones; his friends named him Dhundhukar, which means 'dusty'.
Prerana continued his schooling at Bhutan
Devi Mavi in Hetaunda starting from the third grade. The school was better
equipped with desks and benches, and his class had about 40-50 students, with
girls at about 20 percent of the students in the class. By this time, he also
started helping his family by selling vegetables.
Prerana is an average kind of student,
rarely sat in the front bench, and maintained a more or less mediocre academic
record. He completed his School Leaving Certificate (SLC) in 2032 B.S among the
40 students who passed out of a batch of 50-60. After finishing his SLC,
Prerana came to Kathmandu and wanted to join Public Youth Campus; though
eventually, he joined Nepal Commerce Campus in Maan Bhawan.
During his Kathmandu sojourn, Prerana lived
with relatives and on rented rooms among others. He once stayed with his
brother's family when he was transferred as a constable in Nepal Police to
Olangchungola in Taplejung. For him, this place became synonymous with living
on a tight budget and shared public facilities.
He started his significant employment at
the central office of Tribhuvan University and received a daily wage of 16
rupees in 2034 BS. He made it to complete his higher education from IA to MA at
Nepal Commerce Campus, Min Bhawan because the university provided him enough
flexibility in the regard.
While in the eighth grade, Prerana had
written his first poem for a school seminar. The poem was titled
"Morning," and it did not win any awards, but that was the start of
his literary journey. His vow to offer an egg to the Manakamana temple after he
passed the SLC turned out to be an inspiring bus journey which made him write a
song, reflecting his burgeonings of creativity.
His first story, "Kinara," was
published in the magazine 'Aastha' owned by Friends Club, marking his literary
debut under the name Govinda Giri prior to the adoption of Prerana as the pen
name. The revolution in poetry on the streets in 2036 B.S. brought him into the
limelight for the first time and finally gave him the opportunity to share the
same stage as poets like Mohan Koirala. He experienced a spark that awakened
his writing interest through this revolution.
Gobinda Giri Prerana is celebrated today
for what he contributed to Nepali literature from his broad experiences and
cultural tapestry of his homeland. His voyages from a village in Sisneri
through literate circles in Kathmandu epitomize the transformational power of
education and the lasting remnants of one's origin.
घाउहरूको मौन हर्ष जुलुसगाउँगाउँबाट निस्किए सहर-सहरबाट निस्किए देशभरिबाटै निस्किए ! आलो घाउ पुरानो घाउ पाक्दै गरेको घाउ पाकेर टन्किएको घाउ उकुच पल्टिएको घाउ आँगन चोक सडक गाउँ सहर देश सबै सबै घाउले पुरिए ! घाउको जुलुसमा कुनै नारा थिएन कुनै नेता थिएन कुनै कोण भाषण थिएन दर्शक श्रोता कोही थिएन ! अगाडि पछाडि बर्दीधारी सुरक्षा दस्ता थिएन ! घाउहरू उन्मुक्त थिए हाँसिरहेका थिए खित्का छाडिरहेका थिए अट्टहास गरिरहेका थिए आनन्दले लोटपोट भइरहेका थिए ! अचानक तिनीहरूले प्लेकार्ड देखाए “यो हाम्रो हर्ष जुलुस हो” “हामी सन्तुष्ट छौं” “हामीलाई पीडा प्रिय छ” “कष्टहरू हाम्रा गहना हुन्” यस्तै यस्तै प्लेकार्डहरू जुलुसमा अनन्त: देखिए ! देशका शासकहरू भने “सुशासनको अन्तर्राष्ट्रिय पदक” प्राप्तिको सुखद खबरले चौरासी व्यञ्जनसहित मद्य मांसको उत्ताउलो अखण्ड भोजमा बाजा गाजासहित सुन्दरीहरूसित नाचगानमा मस्त थिए र यौटा अर्कै संसारमा हराइरहेका थिए उनीहरूलाई घाउहरूको मौन हर्ष जुलुसले राष्ट्र परिक्रमा गरेको अत्तो पत्तो नै भएन ! |
भेण्टिलेटरमा वेवारिस छ मेरो कवितामैले मेरो भनेर दावी गरेको कविता अब मेरो हातमा छैन मेरो संरक्षणमा छैन मेरो सुरक्षामा छैन मेरो स्वामित्वमा छैन मैले मेरो भन्नु बाहेक ! वेथितिको विरोधमा विसंगतिको विरोधमा असमानताको विपक्षमा अन्यायको विपक्षमा आगो ओकल्न लाभा ओरल्न हरदम तयार मेरो कविता पक्षाघातले थलिएको छ सरकारी अस्पतालको ओछ्यानमा थला परेको छ मैलो भुईंमा कुरूवा वस्नुको विकल्प अरू क्यै छैन । लोलाएका छन् अक्षरहरू टोलाएका छन् शब्दहरू निशब्द छन् वाक्यहरू निस्लोट ज्वरो आएको छ परिच्छेदहरूलाई अर्थहरू बेहोसीमा छन् अहो ! मेरो कवितालाई के भयो कसरी ब्यूंताउने कसरी सारसौंदो बनाउने कसरी पहिला झैं क्रान्तिकारी बनाउने बढो अलमलमा थिएं ! अचानक डाक्टरहरूले भने अब आइसियूबाट उपचार सम्भव छैन हाम्रो प्रयास निरन्तर जारी छ हामी तपाईंको कविका वचाउन कटिबद्ध छौं तर बाँच्ने नबाँच्ने हाम्रो पनि हातमा छैन अन्तिम प्रयासका लागि अब भेन्टिलेटरमा राख्छौं बाँकी त भगवान भरोसा ! यो डाक्टर बोलेको हो कि धुर्त व्यापारी यो डाक्टर वोलेको हो कि कृतघ्न मित्र यो डाक्टर बोलेको हो कि नैतिकता टाट उल्टेको नेता म आतंकित छु म आशंकित छु र म दोधारमा छु मलाई भेन्टिलेटरको छेउमा बस्ने अनुमति छैन मेरो कविता वेवारिस छ भेन्टिलेटरमा म अस्पताल वाहिर कुरिरहेछु ! |
सपनामा नकुल सिलवालअचानक मेरो सपनामा नकुल सिलवाल देखा परे उस्तै तेजिलो अनुहार धपक्क बलेको अँगालोभरि सपना र योजना सपनै त थियो उनीसँग योजनै त थियो उनीसँग काँधमा झोला झोलाभरि किताबको खातमा सपनाको चाङ लिएर पिठ्यूँभरि योजनासहित दौडिरहन्थे काठमाडौं भरि सडक, गल्ली, चिया पसल बार, रेष्टुँरा, भट्टीपसल उनले सिर्जनात्मक सपना देख्ने यौटा गल्ती गरे सपना सजाउन चाहेर अर्को गल्ती गरे आफ्नो ज्ञानलाई प्रयोग गर्ने मञ्चको चाह राखे फेरि अर्को गल्ती गरे यिनै गल्तीहरू उनको घाँटीमा बेरियो काठमाडौंका सडकहरुमा गल्लीहरूमा साझा प्रकाशनको ढोकामा प्रज्ञा प्रतिष्ठानको पटाङ्गिनीमा किताब पसलमा कवि गोष्ठीमा आँखामा सपना टाँसेर असन्तुष्टिको हलाहल पिएर अनेकौं नकुल सिलवालहरू मरी मरी बाँचिरहेछन् किन आए मेरो सपनामा नकुल सिलवाल ? किन उनको अनुहारमा जाज्वलयमान तेज थियो ? शायद सुखद सपना देख्नेहरू उज्यालो सपना देख्नेहरू चाहे विपनामा होस् चाहे सपनामा तेजिला देखिन्छन् । |
हेपाहाहेपाहाको धर्म हेप्नु हो हेपाहाको कर्म हेप्नु हो हेपाहाहरु हेप्नुलाई नै मोक्ष ठान्दछन् मोक्ष मान्दछन् । हेपिनेहरुले हेपिनुलाई कर्म नमानेपछि हेपिनेहरुले हेपिनुलाई धर्म नमानेपछि हेपिनेहरुले हेपिनुलाई मोक्ष नमानेपछि हेपाहालाई औडाहा हुन्छ तथानाम वोल्न थाल्छन् तथानाम वोलेरै हेप्न खोज्छन् धम्की दिन्छन् तर्साउन खोज्छन् जसरी पनि हेपेरै छाड्ने मनसुवा राख्छन् हेपाहाहरु आखिर हेपाहानै त हुन् हेप्नै खोज्छन् । हेपिनेहरुको आत्मवल सगरमाथा भएर चुलिएपछि हेपिनेहरुको आत्म विश्वासले उँचाईं लिएपछि हेपिनेहरुको स्वाभिमानले उडान र अडान लिएपछि हेपाहाहरुको क्यै क्यै लाग्दैन तिनका डर धाकको क्यै लाग्दैन लछारपाटो क्यै लाग्दैन तिनको । हेपाहाहरुको युग गइसक्यो हेपाहाहरुको दिन गैसक्यो स्वाभिमानको अभेद्य चट्टानलाई हेपाहाहरुले भेदन गर्न सक्तैनन् आत्म विश्वासको पहाडलाई हेपाहाहरुले डग्मगाउन सक्तैनन् । हेपिनेहरु खुट्टा नकमाउ आफ्नो घर झगडामा छिमेकीलाई नमिसाउ मेरो घरभित्रको मामलालाई आफ्नो नवनाउ यो दुनियाँमा कतै सत्यको मूल्य छ भने हेपाहाहरुलाई त्यसैले भष्मिभूत वनाउनेछ त्यही सत्यले नँग्याउनेछ हेपाहालाई दुनियाँमा हेपाहाहाहरु टिक्ने छैनन् स्वाभिमानको रापमा । |
फर्किहाल्छु देशकहाँ वस्छु र म यो परदेशमा फर्किहाल्छु देश । देशको राजनीति अलिकति राम्रो होस् लोड सेडिंग घटोस् धारामा पानी झरोस् फर्किहाल्छु देश । सम्विधान वनोस् दोहोरो नागरिकता पाइयोस् शान्ति सुरक्षा सुध्रियोस् वाटो चिल्लो वनोस् धूलो मैलो नहोस् फर्किहाल्छु देश । कति वस्नु यो परदेशमा जहाँ आफन्तपनै छैन दौंतरीसँग वात मार्दै चिया पिउने चौतारो छैन यो म्लेच्छको देशमा जीवन विताउने कुरै छैन फर्किहाल्छु देश । छाडेर आएको जागिर पुनर्वहाली होस् ऋण सापटी जे थियो सवै माफ होस् विहान उठ्ने वित्तिकै स्टारवक्स कफी चुस्की लाउन पाइयोस् फर्किहाल्छु देश । छोराछोरीको भविष्य हेन परयो यसो पढाई कुन् यिनले विहावारी भैजाओस् राम्रो घरवार देयिोस् नाती नातिनाको मुख हेर्न पाइयोस् त्यसपछि त यहा वस्ने कुरै छैन फर्किहाल्छु देश । |
हराएका शब्दहरुमेरा शब्दहरु हराएका छन् म हराएका शब्दहरु खोजिरहेछु । थाहा छैन मेरा शब्दहरु कसरी हराए थाहा छैन मेरा शब्दहरु कहाँ हराए हराएका शब्दको हुलिया म बताउन त सक्छु तर दृष्टान्तका लागि छैन म सँग सवुत । मेरा शब्दहरु हराएका हुन् कि चोरिएका मेरा शब्दहरु खोसिएका हुन् कि अपहरणमा परेका त्यो पनि मलाई ठीकठीकसँग थाहा छैन । शब्दहरु निहत्था हुन्छन् अर्थ अदित्तिय बोके पनि वास्तवमा आफैंमा निर्धा र कमजोर हुन्छन् शब्दको भौतिक तौल हुंदैन शब्दको उंचाई र फैलावट हंुदैन शब्द शब्दै हो शब्दको भूगोल र इतिहास हुंदैन । शब्द हराएर त केही थिएन फगत् शब्दमा के हुन्छ र तर शब्दसंगै अर्थ पनि हराएर वित्यास परेको छर् अर्थ नभएका शब्दहरु के काम – ती शब्दमा अर्थ लुकेको थियो देश प्रेम अर्थ लुकेको थियो, भातृत्व, अर्थ लुकेको थियो शान्ति अर्थ अल्झेका थियो सहिष्णुता तर हराएका शव्दहरुसंगै हराएछन् अर्थहरु । शब्द हराएपछि अर्थ पनि हराउंदोरहेछ एकाएक आफैं । |
फूलहरू केही त बोलफूलहरू, बगैँचामा फुलेर मात्र पुग्दैन सुगन्ध छरेर मात्र पुग्दैन मौनताले अभिषेक गरेर एकान्तमा साथ दिएर मात्र पुग्दैन अब चुपचाप बसेर पुग्दैन । फूलहरू केही त बोल । तिम्रो सौन्दर्यले मलाई नराम्ररी लट्ठ्याएको छ तिम्रो सुन्दरताले मलाई घरी–घरी पछ्याएको छ तिम्रा अव्यक्त गीतका पङ्क्तिहरू मैले बुझिसकेँ र पनि मलाई त्यतिले पुगेन मलाई तिम्रो भाषा चाहिन्छ मलाई तिम्रा शब्दहरू चाहिन्छ । फूलहरू केही त बोल । युग–युगदेखि चुपचाप–चुपचाप उमेरहरू बितायौ कोपिलैमा टिपे पनि चुप फुलेर टिपे पनि चुप ओइलाएर झर्दा पनि चुप बगैँचाबाट बैठकमा सजिँदा पनि चुप यतिन्जेल जति चुप भयौ तिमी अब त केही बोल । फूलहरू केही त बोल । |
बत्ती निभेको साँझबत्ती निभेको साँझ ! आफ्नो बचेरालाई सर्पले आहारा बनाएर रित्तो पारेको गुँडमा टामाटुमी परेका ढुक्कुरका जोडीको उदास आँखाजस्तो बत्ती निभेको साँझ । गाउँदा गाउँदैको गीत ओठबाट झरेर आँसुझैं तप्केको र मुस्कान हराएर कलेटी परेको सान्नानीको ओठ र आँखाझैं गहिरो र उदासउदास बत्ती निभेको साँझ । सबथोक समाप्त हुन्छ एकदिन सुख-दुःख यो जिन्दगी यो जिन्दगीका आरोह-अवरोह त्यही सोचेको क्षणझैँ उद्धिग्न अपसोसको पोका दृष्टिभरि बिछ्याएर वषर्ा हुनुअघिको आकाशझै बत्ती निभेको साँझ । कर्याङकुरुङहरू परदेश लाग्दा तिनै कर्याङ्कुरुङसित मिसिएर परदेश जाने चाहना बटुलेका तम्मे ढुक्कुरले परदेशबाट तिनै कर्याङकुरुङ स्वदेश फर्केको देखेपछि झल्याँस्स ब्यूँझेर आफ्नो चाहना नपुगेको दुर्भाग्यका निम्ति दुःखी र उदास भएको क्षणझैँ बत्ती निभेको साँझ । बत्ती त निभ्छ बल्छ जिन्दगी निभेपछि फेरि बल्दैन रातको प्रहारपछि दिनझैँ उदाउँदैन कसको हातमा छ जिन्दगीको बत्ती क्यै थाहा छैन त्यही अज्ञानताको कालो ओडारभित्र घाम छल्न पसेको थकित पथिकझैँ बत्ती निभैको साँझ । |
बालकको भविष्यबुद्धजयन्तीको बिहान स्वयम्भूमा शान्तिका लागि कामना भइरहेछ सेता परेवा उडाइएका छन् यसैबेला पश्चिमी राष्ट्रमा एउटा शक्तिशाली आणविक परीक्षण पूरा गरिएको छ र ठीक यति बेला नै एउटा बालकले सकुशल आफ्नी आमाको कोखबाट पृथ्वीमा पदार्पण गरेको छ म यति बेला अत्यन्त असजिलोसँग बुद्ध सोचिरहेछु त्यो बालकको भविष्य सोचिरहेछु । |
हराएको अनुहारबालककालदेखि नै आफ्नो अनुहार हेर्ने गरेको ऐनामा आफ्नै सासको बाफले ढाकिदिएपछि मैले आफ्नो अनुहार क्रमशः धमिलो बन्दै गएको देखेँ आफ्नो अनुहार आफ्नै कारणले छेकिएको पाएँ । म छाम्न थालेँ आफ्नो अनुहार त्यो ऐनाको सतहमा तर त्यहाँ त मेरै मुखबाट निस्केको सासको बाफको बादल थियो त्यो बादलको ओसको पर्खाल थियो । मैले आफ्नो बाहुलाको फेरले हतार–हतार पुछेँ ऐना र खोज्न थालेँ आफ्नो साबुत अनुहार । भर्खरै हराएको मेरो अनुहार ऐनामा यथावत् थियो म मुसुक्क हाँसेँ आफूलाई पाएर ऐनाको प्रतिविम्ब पनि हाँस्यो उस्तरी नै । |
मिल्छ, मिल्छमिलाएपछि मिल्छ सब थोक मिल्छ मिलाउन जानेपछि तारतम्य मिलाएपछि नमिल्ने कुरै छैन, मिल्छ ! मिलेन भनेर किन विरोध गर्नुहुन्छ किन अवरोध गर्नुहुन्छ किन अत्तो थाप्नुहुन्छ किन आलोचना गर्नुहुन्छ सक्नुहुन्छ तपाईं पनि मिलाउनोस् मिलाउन नसके चुपचाप लाग्नोस् मिलाउनेले मिलाउँछन् अनि त मिलिहाल्छ ! सही र गलतको पछि नलाग्नोस् ठीक र बेठीकको परिभाषा बिर्सिदिनोस् मिलाउनेको जमाना हो सके आफैँ मिलाउँनोस् नसके मिलाइदिने खोज्नुहोस् मिलाएर मिल्ने कुरामा किन टाउको दुखाउनुहुन्छ ? तपाईंको विरोधले मिलिभगत संस्कार बदलिने होइन तपाईंको आलोचनाले कोही सचेत हुने होइन तपाईंको सुझाव कसैले सुन्ने पनि होइन बेकारमा किन समय बर्बाद गर्नुहुन्छ किन दुनियाँको आँखामा कसिङ्गर बन्नुहुन्छ मिलाउनोस् मिलाउनतिर लाग्नोस् नमिल्ने कुरै छैन मिल्छ, अवश्य मिल्छ ! यो कलियुगमा सत्ययुगको कुरा नगर्नोस् द्वापर, त्रेताको पनि कुरै नगर्नोस् प्रजातन्त्रको युगमा लोकतन्त्रको युगमा रामराज्यको कुरै नगर्नोस् यो सान्दर्भिक छैन यसको अर्थै छैन यतिञ्जेल जुन बाटो हिँड्नुभयो अब त्यो बाटो बदल्नुहोस् मिलाएपछि मिल्छ पक्कै मिल्छ मिलाउनोस् मिलाउनेतिर लागिहाल्नोस् । |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal