उत्सव

 

रातको ताउलोमा

आज फेरि

मेरो दु:ख पाक्छ।

 

 

यो ताउलोमा

मैले अक्सर

मेरो दु:ख पकाउने गरेको छु,

आँसुले  भिजायकोछु

सुख्खा घाँटी,

भगवानलाई नै थाहा होला कति पटक

त्यस्तै गरी

मनको भोक मेटाउने गरेको छु ।

 

 

आज फेरि

मन भोको छ,

आज फेरि

मसँग पकाउने धेरै छ

 दु:ख,

आत्माको थालमा छ

धेरै पीडा,

आँखाका घडाहरूमा

पानी धेरै छ।

 

 

रातको ताउलोमा

आज फेरि

मेरो दु:ख पाक्छ।

 

 

आज फेरि

उत्सव हुदै छ ।

Kishor KC