This is the Best Poems Collection of Keshab
Silwal, wherein readers will find themselves walking through a judicious
sampling of evocative and profound works by the renowned poet Keshab Silwal.
This is an e-anthology that engulfs Silwal's best poems, each selection made
according to their emotional depth, lyrical beauty, and philosophical insight.
The blog acquaints its readers with Silwal's unique voice, now notable for
their rich imagery and introspective themes.
The blog is presented along with comments
and analysis, not only showcasing the technical brilliancies of Silwal's poetry
but also unpacking the hidden messages and inspirations that lay hidden beneath
his work. For both seasoned poetry veterans and those new to Silwal, this blog
can become a treasure trove of little-known gems in literature that indeed call
for introspection and an appreciation of the poetic art.
Early Life and Education
Keshab Silwal was born on Tuesday, January
13, 2030 in Lele Ga.V.S., Lalitpur District, Nepal. He was born to Krishna
Bahadur Silwal and Kanti Silwal, a very rich and educated family. With comforts
and prosperity in childhood, he could focus on personal development, family
structure, economic improvement, and his schooling.
He started his early schooling in the
village and joined B.S. Viswaniketan in Tripureshwar, from where he completed
his S.L.C. in 2046. He joined Sainik Aawasiya College, Bhaktapur, for his
higher studies, from where he completed his I.Sc. in 2049. Later, he did his
B.A. in 2053 and M.A. in Sociology in 2060 from Tri-Chandra College, Kathmandu.
He is currently pursuing an M.Phil. in Sociology and desires to pursue a Ph.D.
in Education.
Family and Personal Life
In 2054, Keshab Silwal married Mrinal
Ghimire, the daughter of Ram Prasad and Gyanu Ghimire, residents of Old
Baneshwar. He has a daughter, Vimala (b. 2056), and a son, Kritesh (b. 2061),
both excelling in their studies. Silwal's family is small and happy, and
besides his busy literary life, he manages to devote time to the school he
owns. His wife, Vimala Ghimire, sees to the school's management hence freeing
him to commit more time to his literary career besides other social activities.
Literary Career
Keshab Silwal started writing from his
student life. His first poem, "Akal Maran," was published in the
literary travel magazine 'Bagar' in 2049. Poetry became his major literary
genre though he has also written critical writings and edited different
literary magazines. His first poetry collection, "Barjit
Awasheshhar," was published in 2063, followed by "Dharila
Manisaharu" in 2066, and "Chiwechara" in 2078. Not just poems,
Silwal has published essays, research articles, and reviews in various
newspapers.
Contributions and Ideology
In addition to this gigantic literary
contribution, Keshab Silwal is also involved in non-literary and social
activities. He adheres to progressive and revolutionary ideology which
characterizes independence in the thought process and embraces the teaching
profession. His contributions to both literary and social fields are huge,
marked by dedication to education, thoughtfulness, honesty, and cordiality.
Current Endeavors
Keshab Silwal has balanced his literary
career with education and family. "His creative powers and commitment to
advancement, both in letters and society, reflect a lasting impact and devotion
to craft and community.".
नाम बेच्नेहरूहामीले हाम्रो नाम रुखका पात पातमा लेखेका छौँ जंगलका गोरेटो/धुले सडक कुलो, कुलेसा खेत, खलियान र खोरियामा लेखेका छौँ भक्भकी उम्लिएको माटोमा नाङ्गो खुट्टा अनि खिएका औँलाले नुन अनि खुनले, आँसुले लेखिरहेका छौँ तर, उनीहरू बेचिरहेछन् हाम्रो नाम बेचिरहेछन् हाम्रो नाममा रोपिएको चिउरीको बोट जुन काटेर लडाइएको छ हाम्रै आँगनमा हाम्रै नाममा खनिएको पोखरीमा बनाइएको छ हाम्रै रगतको दह हाम्रै नाममा खनिएको सपनाको बाटो पुरिएको छ हाम्रै मासुको थुप्रोले हाम्रै नामको सुरक्षामा गोली दागिएको छ हाम्रै छातीमा हाम्रै नाममा लिएर आगो झोसिएको छ हाम्रै घरमा हाम्रै नाम लिएर हामीलाई नै कोचिएको छ कालकोठरीमा हाम्रै नामको व्यवस्थामा हामीलाई नै गरिएको छ वर्जित समग्रमा एउटा नाम छ ‘गरिबी’ जसलाई सिंगारेर राखिएको छ बिक्रीमा महलका भित्ताहरूमा खुबै बिकेका छन् झुपडीका खिन्नताहरू लिलाम बढाबढ छ हाम्रो नाम र निक्षेपित छ मुनाफा उनीहरूको नाममा बिक्रीमा देखिन्छन् विविध नाम– जस्तो बाढी, पहिरो, भूकम्प, अभाव, भोकमरी यी सबै हाम्रै नाम हुन् जुनमाथि भइरहेछ अथाह खेलबाड म बुझ्न सक्छु– कसको नाम चम्किरहेछ यो व्यवस्थामा म बुझ्न सक्छु– कसको नाम झुण्डाइएको छ भ्युटावरमा महसुस गर्नुस् तपाईंहरू – हाम्रो नामबाट बगिरहेको रगत हाम्रो नामबाट उडिरहेको मृत्युको धुँवा हाम्रो नाम फरफराइरहेको कफनको झण्डा महसुस गर्नुस्– ठूला ठूला मानिसहरूका खोल महसुस गर्नुस्– भद्रभलाद्मी, समाजसेवी, विद्वान, कवि, पत्रकार किन बेचिएको छ यो देशमा हाम्रो नाम ? |
चिबेचराम पनि हुँ यो देशको एउटा चरा यही देशको एउटा रुखमा बनाएको छु मैले आफ्नो गुँड म उड्छु यहीँको खुल्ला आकाशमा म यहीँ काढ्छु आफ्ना बचेरा र हुर्काउँछु तर, किन भइनँ म यो देशको राष्ट्रिय चरा ? के राष्ट्रिय चरा हुन डाँफेको जस्तै रङ्गिन प्वाँख नै हुनुपर्छ ? के मयुरलेझैं रङ्गिन प्वाँखहरू फिँजारेर दर्शकको लागि नाच्नैपर्छ ? के कोइलीकोझैं मधुर आवाजमा गाउनैपर्छ ? तिमीलाई घृणा लागे पनि मेरो निख्खर कालो रङ यो देशका अनेकौं रङहरूमध्ये एउटा रङ हो तिमीलाई बोझिलो लागे पनि मेरो पहिचान म यो देशका अनेकौं पहिचानहरूमध्ये एउटा पहिचान हुँ मेरो पनि दाबी छ– म यो देशको राष्ट्रिय चरा हुँ । सुनकै पिँजडामा थुनिए पनि गाउँदिन म तिम्रो लागि– गोपीकृष्ण कहु म होइन तिम्रो शान्तिको प्रतीक परेवा म होइन– तिम्रो भ्यालेन्टाइनको प्रतीक जोडी चखेवा म केही पनि होइन तिम्रो लागि तर, कालो र लामो पुच्छर भएको कुरूप नै सही म यो देशको एउटा चरा हुँ मेरो पनि दाबी छ– म यो देशको राष्ट्रिय चरा हुँ । यो देशलाई हुरीले उडायो भने खस्नेछ मेरो गुँड पनि रुखबाट र मर्नेछन् मेरा बचेराहरू यो देशमा सूर्य र्मयो भने मेरो पनि अन्त्य हुनेछ त्यस दिन म यो देशका लागि दिन सक्छु मेरा सबै प्वाँखहरू बरु, तिमी जान सक्छौ बसाइँ सरेर अर्कै टापुमा म भने कालो र लामो पुच्छर फिरफिर हल्लाउँदै चिरबिराइरहनेछु यही देशको गीत यही देशको एउटा रुखमा बनाएको छु मैले आफ्नो गुँड म उड्छु यहीँको खुल्ला आकाशमा म यहीँ काढ्छु आफ्ना बचेरा र हुर्काउँछु तर, किन भइनँ म यो देशको राष्ट्रिय चरा ? |
शरमको अर्थबादलको घुम्टो ओढेर लजाउँदै–लजाउँदै आकाशमा प्रकट भएको घाम देखेर मलाई शरम लाग्छ शरम गर– यो शरमको कुरा हो मानिसको छातीलाई पिच बनाएर मानवताको छक्का हान्ने क्रिकेटरले नै मानवताको गीत गाउनु– यो शरमको कुरा हो खुल्लमखुला मृत्यु बेच्ने व्यापारीले नै लामो उमेरको आशीर्वाद दिनु– यो शरमको कुरा हो सहरको माथिल्लो भागबाट बहन्छ असह्य तातो लू त्यसकै हातमा छ सा“चो जो खुँखार चोर हो उसले चोर्छ वैधानिक तवरले स्वतन्त्रता– कसैकी रखौटी हो जो पटक–पटक बलात्कारको सिकार भएकी छे आँखा च्यातेर बलात्कारको दृश्यमा रमाउनु– यो शरमको कुरा हो म छक्क पर्छु– के भएको छ हिजोआज शरमलाई ? हजार शरम आउने कृत्य गरे पनि पटक्कै आउँदैन शरम छोराहरू बेचिरहेका छन् आफ्नै आमालाई इदि अमिनहरू खोलिरहेका छन् पसल जहाँ मान्छेको मासु पाइन्छ अरूको अस्तित्वलाई ओछयान बनाएर सुत्नु कसैको सोख हुन सक्छ म छक्क पर्छु – के भएको छ हिजोआज शरमलाई ? शरम नै नांगिएर हामीसामु उपस्थित छ नदीको किनारमा खुल्लमखुला शौच गर्छन् चेतनशीलहरू र उठाउँछन् सफा नदीको विषय न्यायालयको मठाधीस छन् बगरेहरू बगरे बनेका छन् डाक्टरहरू पूmल कुल्चिनेहरू नै बनेका छन् माली जुवाघर भएको छ संसद् आफ्नो घरमा आगो झोस्दै छन् भर्खर कालो घोडाबाट ओर्लिएकाहरू यस्तो समयमा– मर्नुभन्दा बौलाउनु निको भन्दै घाँस दाउरा गर्न छोडेर दिउँसै घाममा सुतेका छन् सामान्य मानिस शरम गर– यो शरमको कुरा हो । |
भारत महान्सखारै उठ्नुहुन्छ प्रधानमन्त्री र कोल्गेट टुथपेस्टले दाँत मोलेर बजाज कम्पनीको ऐना हेर्दै फिस्स हाँस्नुहुन्छ शितल निवासको छतमा टहलिनुहुन्छ राष्ट्रपति र ‘जय गङ्गे’ भन्दै दक्षिणतिर नमस्कार गर्नुहुन्छ घर–घरमा गृहणीहरू सजिन्छन् बनारसी साडीमा र हिन्दी भजन गाउँदै छम्छमी नाच्छन् केटाकेटीहरू विद्यालय जान्छन् र गाउँछन् ‘जन गन मन….भारत महान्’ अनि मुटु फुट्ने गरी घोक्छन्– ‘बुद्ध जन्मिएका हुन् भारतमा’ अति सस्तोमा किनेर लग्यो भारतले हाम्रो राष्ट्रिय विभूति तेन्जिङ नोर्गेलाई भारतमै पर्छन् हाम्रा महान् किल्लाहरू देउथल र नालापानी ब्रिटिस–इन्डियाले कोरिदिएको हो दिउँसै जाँड धोकेजस्ता किरिङमिरिङ सीमारेखाहरू र उसैले न्वारान गरिदिएको हो ‘नेपाल’ नाम जसप्रति गर्वले फुल्छ हाम्रो ढुकुरे छाती भारतको भात हसुरेर भारतकै जय गान गाउनेहरू भएसम्म नेपाल भारतकै एउटा प्रान्त हो थाहा छैन कहाँ छ हाम्रो राष्ट्रिताको ढाका टोपी ? कहाँ छ लाज ढाक्ने हाम्रो धोती ? भारतको तिखोे सियोेले चसक–चसक घोचिदिन्छ सधैँ हाम्रो स्वाभिमानको सगरमाथालाई आदिबासीको आलो रगत र काश्मिरको मासु खाएको भारत आफैँ अणुबममाथि बसेर भन्छ– ‘नेपाल अझै किन जिउँदै छ’ ऊ मेट्न खोज्छ नेपालका रक्तरेखाहरू तर, भित्रभित्रै उम्लिरहेछ पोखिन तयार हाम्रो रगत हामी बच्ने छौँ हाम्रै पाखुरीको बलले हामी जीवित रहनेछौँ कर्णाली र कोशीको पानी पिएर हामीलाई बचाउने छन् जुम्लाको मार्सी धान र तराईको हरियो फाँटले याद रहोस्– मधेस हाम्रो मुुटु हो मधेसी हाम्रा दाजुभाइ हुन् । |
देश अर्थात् कम्पनीम देशलाई देश भन्न लालायित छु तर, देश किन म्यान पावर कम्पनीजस्तो भएको छ ? उभिनु– मानेर आफ्नो जन्मसिद्ध अधिकार उभिन्छु देशको खुला आकाशमुनि तर लाग्छ, म्यान पावर कम्पनीको आँगनमा उभिएर बसिरहेछु बिक्रीको लाइनमा हरेक नागरिकको लुगा खोल्छ देश र दाँत गाडेर जबर्जस्ती लगाइदिन्छ ढाडमा राहदानीको छाप पावर गुमाएर म्याउ मात्र बाँकी रहेका कहिल्यै म्यान हुन नसकेका यी मानिसहरू मानौँ, यीे भिजेका दुब्ला बिराला हुन् पुग्छन् हस्याङफस्याङ गर्दै म्यान पावर कम्पनीमा लाइन बस्न कहिल्यै सँगै पर्न दिएन कम्पनीले म्यान र पावरलाई मालिककै हातको मसल भइरहेछ पावर यहाँ एउटै छ मालिक तर, को हुने मालिकको जुत्ता ? चलिरहेछ हिंस्रक जुहारी हेर्नोस् त यी रुख र भर्जिन खोलाहरू यी पहाड र हिमालहरू यी मैदानमा झुलिरहेका धानका बोटहरू लाइन लागिरहेछन् कम्पनीको अगाडि कार्टुनमा प्याक गरेर बेच्दैछ कम्पनीले पुग्नेछन् तिनीहरू समुद्र पारी केही रहेन बाँकी कोही रहेनन् बाँकी जो छन् बाँकी जोखिममा छ तिनको ज्यान निकै चतुर छ कम्पनीको मालिक जसले बिक्री गर्छ मानिस खुलमखुला तर बेचेको छनकसम्म दिँदैन फस्टाउँदो उद्यम देखेर मख्ख परिरहेछ कम्पनीको मालिक तर, त्यसको अनुहार मिल्दैन मेरो देशसँग ऊ मनमनै सोचिरहेछ यो देश नै उडाएर लैजान सकिन्छ कि एकदिन ? म देशलाई देश भन्न लालायित छु तर, किन देश म्यान पावर कम्पनीजस्तो भएको छ ? |
अपराधकलमझैं कोटको खल्तीमा चक्कु भिरिरहनुभएको छ तपाईं आलो रगतले रंगिएको रगतकै तेल हालेर कपाल मिलाउनुहुन्छ चक्कुको धारले फुलाउँदै हिँड्नुहुन्छ छाती अपराधको तक्माले सजिएको अपराधी जति सम्मानित कोही छैन यो मुलुकमा खोकिलामा च्यापेर हत्याको सबुद हत्यारा स्वयं तपाईं निस्किनुभएको छ हत्यारा पत्ता लगाउन कति सजिलै पत्याइदिन्छौं हामी यो अपराधको चलखेल घातको घट्ट घुमाएर गीत गुन्गुनाइरहनुभएको छ– तु चिज बडी हे मस्त मस्त चेलीको क्षतविक्षत तन देखेर किन उत्तेजित भइरहेछ स्वयं सुरक्षा ? रूखमा क्रुसिफाई गरिएका आफन्त र छाती प्वाल परेका दाजु हेरेर किन रौसिएका छन् कुुर्सीका आँखा ? राष्ट्रिय जनावरको सुरक्षामा किन छिनाइएको छ मानिसको गर्दन ? तपाईंको टाउकोमा गुँड लगाएर बसेको छ एउटा विषधर बिच्छी जसको डंकले निलाम्मे पल्टिएको छ देश तपाईंको आँखाले बोल्छ अपराधको चमचम तपाईंको नाकमा हिमालझैं टल्कन्छ अपराध मुसुक्क मुस्कुराउँदा कस्तरी हाँस्छ अपराध तपाईंको ओठमा मानिसको रगतको चन्दन घसेर निधारमा तीर्थ गइरहनुभएको छ तपाईं अपराधलाई अँगालो मारेर चुम्मा खाइरहनुभएको छ अपराधको चिल्लो गालामा न्यायको मूर्ति हो कि अपराधको सालिक ? न्यायको तराजु समातेर अपराध स्वयं उभिएको छ न्यायालयमा न्यायालयकै स्कर्टिङले घेरिएर बुलेटप्रुफ मोटरमा सवार भइरहेछ अपराध तपाईंको सिरपोस बनिरहेछ अपराध स्वागत नगर्नोस् यसरी फूलको बुकी दिएर अपराधलाई देश चलाउने साँचो नदिनोस् अपराधलाई तेरो अपराध यति कि तँ कोरली जन्मिस् र साँढेको जिभ्रोको सितन भइस् तेरो अपराध यति कि तँ निरपराध भइस् जानिनस् एसिड र चक्कुको खेला तेरो अपराध यति कि तँ आफू जोगिन सकिनस् तैँले जोगाउन सकिनस् आँगनमा खिलखिलाएका शिशु–फूललार्ई अब, एउटा कुरा मात्र छ बाँकी अपराधी ठानेर आफैंलाई आफ्नो घाँटी निचोर्न नपरोस् कि त च्यातिदेऊ इतिहासले फलाक्ने अपराधको रामायण कि त छ्यापिदेऊ एसिड अपराधको खुनी मुहारमा तपाईंको सिरपोस बनिरहेछ अपराध स्वागत नगर्नोस् यसरी फूलको बुकी दिएर अपराधलाई देश चलाउने साँचो नदिनोस् अपराधलाई । |
टेकोतँ नाथे एउटा टेको न होस् तैँले बोक्नुपर्छ सकी नसकी टाउकोमा पुरातन इतिहास र जीर्ण धरोहरहरू तैँले नै बोक्नुपर्छ ढल्न लागेका घरहरू तैँले ठाडो हिँडाइस् चिप्लेकिरालाई तैँलै ठाडो उभ्याइस् विषालु सर्पलाई तँलाई नै टेकेर हिँड्छ घाम तँलाई नै टेकेर हाँस्छन् उचाइहरू तँ नाथे एउटा टेको न होस् तेरो अस्तित्व भन्नु त्यही लौरो हो जुन खोला तरेपछि बिर्सिन्छन् तँ मक्किएर जाने होस् जनताको ढाडजस्तै तँ मेटिएर जाने होस् बालुवाको अक्षरजस्तै तेरो कुनै इतिहास हुँदैन तेरो आफ्नो जीवन छैन तँ यस्तो मसी होस् जो आफ्नो पहिचान गुमाएर अरुको इतिहासलाई आकार दिन्छस् तँ हरदम गाउँछस् अरुको गीत तर, कसैले सुन्दैनन् तेरो दर्दनाक रीत तँ नाथे एउटा टेको न होस् तैँले आफ्नो रगत चुसाएर मेटाइस् यो देशको तीर्खा तैँले नै बोकिस् लोकतन्त्रको खाँबो तैँले नै दिइस् गणतन्त्रलाई भरोसा तँलाई टेकेर उभिन्छन् नवीनतम् दरबारहरू तँलाई नै टेकेर हिँड्छ यो जुलुमी व्यवस्था तैंले नै बोकिस् क्रान्तिलाई यहाँसम्म तर, तँलाई छोडेर अन्तै बरालियोे क्रान्ति तँ थिइनस् त यहाँ केही हुने थिएन सग्लो तँ थिइनस् त यहाँ कोही हुने थिएन अग्लो रातभरि बस्छस् जागाराम र बोक्नु नित्य कर्म भन्दै बोकिरहन्छस् बोक्दा बोक्दै फुस्कियोस् कि तेरो ढाड ? मौन बस्दा बस्दै फ्रिज होस् कि तेरो जिभ्रो ? हेर्दा हेर्दै गुच्चा बनून् कि तेरा आँखा ? मतलब भएन कसैलाई तँ नाथे एउटा टेको न होस् तेरो कुनै इतिहास हुँदैन तँ मक्किएर जाने होस् तैँले लाखौँ कोसिस गरे पनि एक दिन अवश्य ढल्नेछन् मिति नाघेका धरोहरहरू । |
यो मुलुकमाखोकिलामा च्यापेर हत्याको सबुद हत्यारा स्वयं तपाईं निस्किनुभएको छ हत्यारा पत्ता लगाउन कति सजिलै पत्याइदिन्छौं हामी यो अपराधको चलखेल घातको घट्ट घुमाएर गीत गुन्गुनाइरहनुभएको छ– तु चिज बडी हे मस्त मस्त चेलीको क्षतविक्षत तन देखेर किन उत्तेजित भइरहेछ स्वयं सुरक्षा ? रूखमा क्रुसिफाई गरिएका आफन्त र छाती प्वाल परेका दाजु हेरेर किन रौसिएका छन् कुुर्सीका आँखा ? राष्ट्रिय जनावरको सुरक्षामा किन छिनाइएको छ मानिसको गर्दन ? तपाईंको टाउकोमा गुँड लगाएर बसेको छ एउटा विषधर बिच्छी जसको डंकले निलाम्मे पल्टिएको छ देश तपाईंको आँखाले बोल्छ अपराधको चमचम तपाईंको नाकमा हिमालझैं टल्कन्छ अपराध मुसुक्क मुस्कुराउँदा कस्तरी हाँस्छ अपराध तपाईंको ओठमा मानिसको रगतको चन्दन घसेर निधारमा तीर्थ गइरहनुभएको छ तपाईं अपराधलाई अँगालो मारेर चुम्मा खाइरहनुभएको छ अपराधको चिल्लो गालामा न्यायको मूर्ति हो कि अपराधको सालिक ? न्यायको तराजु समातेर अपराध स्वयं उभिएको छ न्यायालयमा न्यायालयकै स्कर्टिङले घेरिएर बुलेटप्रुफ मोटरमा सवार भइरहेछ अपराध तपाईंको सिरपोस बनिरहेछ अपराध स्वागत नगर्नोस् यसरी फूलको बुकी दिएर अपराधलाई देश चलाउने साँचो नदिनोस् अपराधलाई तेरो अपराध यति कि तँ कोरली जन्मिस् र साँढेको जिभ्रोको सितन भइस् तेरो अपराध यति कि तँ निरपराध भइस् जानिनस् एसिड र चक्कुको खेला तेरो अपराध यति कि तँ आफू जोगिन सकिनस् तैँले जोगाउन सकिनस् आँगनमा खिलखिलाएका शिशु–फूललार्ई अब, एउटा कुरा मात्र छ बाँकी अपराधी ठानेर आफैंलाई आफ्नो घाँटी निचोर्न नपरोस् कि त च्यातिदेऊ इतिहासले फलाक्ने अपराधको रामायण कि त छ्यापिदेऊ एसिड अपराधको खुनी मुहारमा तपाईंको सिरपोस बनिरहेछ अपराध स्वागत नगर्नोस् यसरी फूलको बुकी दिएर अपराधलाई देश चलाउने साँचो नदिनोस् अपराधलाई । |
तारो हान्ने खेलतारो हानिरहेछन् प्रतापी मानिसहरू सिधै एक अर्काको निधारमा यद्यपि, अर्कै छ तारो हान्ने ठाउँ चाहिँदैन कुनै विशेष दिन वा कुनै विशेष पर्व जहिले पर्छ सन्दर्भ वा नपरे पनि कुनै अवसर हरेक दिन मानिसहरू खेलिरहेछन् एक आपसमा तारो हान्ने अपूर्व खेल यो परम्परा हो लामो समयदेखि चलि आएको इतिहासका हरेक प्रहरमा खेलिएको बाजे बराजुको पालादेखि हामी नातिहरू अहिले खेलिरहेछौँ तारो हान्ने खेल उस्ताद बनिसक्यौँ हामी आँखा चिम्लेरै ढाल्छौँ आफन्ती सङ्गातीलाई रोमाञ्चले उफ्रिँदै कुशलतापूर्वक खेल्छाँै एक आपसमा तारो हान्ने खेल घाइते छ हरेकको अनुहार घाइते छ हरेकको निधार कसैको छैन एउटा आँखा कसैको छैन नाकको टुप्पो कसैको काटिएको छ माथिल्लो ओठ कसैको च्यातिएको छ तल्लो ओठ पानसमा बत्ति बालेर मुस्कुराउँदै उद्घाटन गरिरहेछन् स्वयम् राष्ट्रप्रमुख उपल्लो सभाघरमा छन् एक से एक तारोबाज खेलाडीहरू हरेक सेकेण्ड यहाँ तारो लागेर ढल्छ एउटा विश्वास हरेक मिनेट यहाँ तारो लागेर भत्किन्छ एउटा भविष्य वरिपरि छ रगतको आहाल फूलबाट चुहिएको छ रगत चुहिएको छ घाम र जूनबाट चुहिएको छ मानिसको हृदयबाट सपनाको कोख र, देशको मुटुबाट रगत तारो बनेर उभिरहेछन् रुन्चे अनुहारका क्लान्त मानिस दलनमा परेका पिँधका मानिस ढुङ्गा माटो निर्मित झुपडीका भित्ताहरू तारो बनेर उभिरहेछ सुक्दै गएको लोकतन्त्रको छाती भ्याइनभ्याइ छ तीर बनाउनेहरूलाई भ्याइनभ्याइ छ तारो हान्न सिकाउने अग्रजहरूलाई यी विश्वविद्यालय हुन् या तारो हान्न सिकाउने शिक्षालय ? यी चाडहरू परम्परा हुन् या बधपर्वको निरन्तरता ? चाहिँदैन कुनै विशेष दिन वा कुनै विशेष पर्व जहिले पर्छ सन्दर्भ वा नपरे पनि कुनै अवसर हरेक दिन हरेक क्षण मानिसहरू खेलिरहेछन् एक आपसमा तारो हान्ने खेल यद्यपि, अर्कै छ तारो हान्ने ठाउँ । |
बसाइँ !ठीक यही ठाउँमा पकाइरहेका हुन्थे सामूहिक खाना खान्थे बडो अनुशासनले लाइन लागेर सोध्थे– एकआपसमा खाएको÷नखाएको विमर्श गरिरहेका हुन्थे यहीँ बसेर दिइरहेका हुन्थे प्रवचन यहीँ हुन्थ्यो भेटघाट बिहानदेखि राती अबेरसम्म मनाइरहेका हुन्थे नयाँ चाड र दिव्य दिवस यहीँ नाचिरहेका हुन्थे गाउँदै बागी गीत घाइते आउँथे र आफ्नो घाउको खत देखाउँदै बकिरहेका हुन्थे आफ्नो इतिहास अनुहारमा हुने थिएन एक रति ग्लानी लडाकु आउँथे र उत्साहित हुँदै सुनाउँथे कुनै मोर्चाको गाथा निकै गुल्जार थियो यो क्याम्प यस्तो आभास थियो– हुँदैछ कुनै भव्य तयारी लडिँदैछ कुनै दुरह मोर्चा यसका हरेक कुनामा उर्लिरहेका हुन्थे प्रबल उत्साह अहिले सुनसान सुनसान छ सपना मरेको साँझ जस्तो मसानघाट हुन्छ बसाइँ सरेर हिँडेछन् यहाँका मानिस अहिले पनि आउँछन् घाउ बोकेर मानिस हेर्छन् उदास आँखाले र फर्किन्छन् थिचेर मुटुको भक्कानो अहिले पनि आउँछ हावा तर, छैन कुनै तरङ्ग अहिले पनि उदाउँछ घाम तर, छैन कुनै न्यानोपन अहिले पनि आउँछन् पूर्व लडाकु र हिजो लडेका मोर्चा सम्झेर फर्किन्छन् मुर्झाउँदै बसाइँ सरेपछि मानिस मरेझैँ सुन्य छ यो क्याम्प ठीक यही ठाउँमा पकाइरहेका हुन्थे सामूहिक खाना । |
यहाँ पान थुक्न मनाही छपिच्च पिच्च पान थुकिरहन्छ छिमेकी यहाँ पान थुक्न मनाही छ हेर, शहरका हरेक कुनाकाप्चा हेर, गाउँका चौतारी र आँटीहरू हेर, सिंहदरबारका भित्री भरेङका कुनाहरू यहाँ बग्रेल्ती छन् पानका छिटाहरू राजमार्गका दायाँबायाँ होस् या होस् सगरमाथाको अग्लो भित्ता या होस् लुम्बिनीको हरियो फाँट राताम्य छन् पानका छिटाले शहीदको रगतले सिञ्चित यस भूमिलाई पानको रसले सिञ्चन नगर, छिमेकी यहाँ पान थुक्न मनाही छ कोशी नदीको बहाव होस् या महाकाली नदीको गर्जन या हुन् कर्णाली र गण्डकीका छाल गुलजार छन् पानका छिटाले रसजति सबै आफूले चुसेर हाम्रो अनुहार नै बिग्रिनेगरी मुखभरि नथुक पानको छिटा यहाँ पान थुक्न मनाही छ तर, यहीँ छन् बरा थुकदानी लिएर छिमेकीको वरिपरि नाच्नेहरू यहीँ छन् छिमेकीले ओकलेको जुठो पान चपाउनेहरू यहीँ छन् पानको थुकको छिटाले आफू पवित्र भएको अनुभूति गर्नेहरू पानको रस भनौँ कि के भनौँ ? त्यहाँ रगत मिसिएको छ लाहुरेको मसला भनौँ कि के भनौँ ? त्यहाँ हड्डीको धुलो मिसिएको छ बहादुरको पानको पात बनाएर चपाइरहेछ छिमेकी हाम्रो चेलीको अस्मिता सुपारीझैँ टुक्रा-टुक्रा पारेर टोकिरहेछ यो देशको स्वाभिमान सन्ततिकै लागि भए पनि राख्नु छ साफसुथरा देश पान थुकेर फोहर नगर, छिमेकी यहाँ पान थुक्न मनाही छ । |
तुइनमा उल्टो झुण्डिएरतुइनमा उल्टो झुण्डिएर विद्यालय गइरहेकी छे एउटी सानी केटी तुइनमा उल्टो झुण्डिएर उल्टो झुण्ड्याएको छ यस देशले ती निरीह केटीलाई र घोकाइरहेछ इतिहास ‘नेपालीहरू वीर छन्’ जब डाडाँले नै छेकिदिन्छ थाहा हुँदैन खोँचमा कहाँ छ देश ? मध्यान्हमै अस्त हुन्छ जहाँ पक्षपाती एक पाखे घाम थाहा हुँदैन त्यहाँ देश भनेको के हो ? देश खोज्दै ती केटीहरू दिनदिनै गरिरहन्छन् तुइनबाट वारि र पारि र, पल्टाउँछन् वर्षको अन्तिम महिना बल्लतल्ल आइपुगेको सरकारी पुस्तकको अनुहार देशमा क्रियाशील छन् डलरका संस्थाहरू चलायमान छन् एक से एक घरानियाँ अनुहारहरू तर, कुपोषण लागेको छ पहाडलाई बाहिर टुसुक्क निस्किएका छन् आँखाहरू खडेरीले खाएको छ तराइजस्तो मनलाई तर, गणना गर्छन् घरानियाँहरू केवल लास कति पुग्यो ? सय, हजार वा एक लाख…… ? उडनतस्तरीमा आउँछन् यहाँ शासकहरू ती कुन ग्रहका जीव हुन् ?् चिन्दैनन् ती केटीहरू यति थाहा छ देश भनेको यही तुइन रहेछ जुन चुँडिन सक्छ जतिबेला पनि जब चुडिन्छ खिया लागेको तुइन विलीन हुन्छन् तिनीहरू पानीमा विलीन हुन्छ देशको एउटा अपाहिज सपना तर, गहिरो कुम्भकर्णे निद्राबाट बिउँझिने प्रयास गर्दैन देश विद्यालय गइरहेकी छे एउटी सानी केटी तुइनमा उल्टो झुण्डिएर । |
दुःखले आर्जेको मुलुककम्ति दुःखले आर्ज्याको मुलुक होइन यो । छपछपी काटियो आफ्नै मितलाई सासु ससुरा भनिएन भनिएन दाजुभाइ भनिएन सम्धी सम्धिनी बालुवामा लुकाएर हतियार प्रहार गरियो निर्दोषमाथि जात्रा मनाउन उपस्थित जात्रेहरुमा मच्चाइयो कोकोहोलो भनिएन केटाकेटी डालोका डालो नाक कान काटेर आर्जेको मुलुक हो यो । मुलुक निर्माणका खातिर आफ्नै देवरलाई थुनेर भाउजूले हत्या गर्नुपर्यो जेलभित्रै जेलभित्रै सेरिनुपर्यो बडाकाजीले केवल मुलुकका लागि आफ्नै पितालाई जेलमा सडाएर छोराले सम्हाल्नुपर्यो बागडोर भाञ्जाले गोली ठोक्नुपर्यो मामालाई यसरी, हो, यसरी पचाइयो श्री ५ र श्री ३ का अनगिन्ति षड्यन्त्रहरू मुलुक निर्माणका लागि । देशको निम्ति लडेर वीरहरूले पाए भव्य पारितोषित कोही पुगे पञ्जाव र पारङ्गत भए गुलामीमा कोहीले वीरता प्रदर्शन गर्दै हामफाले गोसाइकुण्डमा उमेर छँदै युवराजले सेवन गरे विष मूला काटिएझैँ काटिए हजारौँ भारदारहरू मुलुकका लागि षड्यन्त्रको विशाल जङ्गलका बीचमा बसेका छन् रैतीहरू पनि जी हजुरीका पखेटा फिँजाएर कम्ति दुःखले आर्ज्याको मुलुक होइन यो । षड्यन्त्रका बुर्जाहरू सजाएर उभिएकै छ सिंहदरबार सहरको बीचमा जसका भित्ताहरू आलै छन् रगतका छिट्टाले छँदैछ बसन्तपुर दरबार जहाँको बार्दलीमा उभिएर अझै पनि राष्ट्रनायक फ्याँक्छन् रैतीमाथि पित्तलका सिक्काहरू नारायणहिटी छँदैछ मुलुकको केन्द्रमा जसले वाचन गरिरहेछ षड्यन्त्रका स्तोत्रहरू लगातार इतिहासलाई ज्युँदो राख्न उभिएकै छन् सालिकहरू चोक–चोकमा । एक–दुई षड्यन्त्रका सुत्रहरू त सरेरै जान्छन् नयाँ पुस्तामा जीनबाटै यो पुस्तैनी रोग हो जस्तो मधुमेह सर्दै जान्छ सन्तान दरसन्तानहरूमा । ए, इतिहासले थिचेका मानिसहरू हो ! दुःख गर अझै पनि मुलुकका लागि दुःख गर कम्ति दुःखले आर्ज्याको मुलुक होइन यो । |
बाँकी कुराकेही मानिस अझैँ पनि दुई खुट्टा टेकेर उभिएका छन् हातले चोरऔँला तेर्स्याइरहेका छन् निधारमा क्रोध खुम्च्याइरहेका छन् हत्या हुन बाँकी केही मानिस आँखामा हत्याको क्यालेण्डर झुण्ड्याएर हेरिरहेका छन् खण्डहर संरचनाको बीचमा भत्कन बाँकी संरचना त्यो दिन कुरिरहेका छन् मानिसले कुल्चिएको जमिनमा केही मात्र बाँकी छ राष्ट्रिय अस्मिताको ढुकढुकी जरादेखि सुकिसकेको छ मानिसको खैरो आशा दुःखी मानिस गाइरहेका छन् अझै पनि दुःखको गीत तारो बनिरहेका छन् बाँकी रहेका केही उज्याला मानिसको झीनू चेतना र अङ्कुराइरहेको फूलको मसिनो बिरुवा फुक्लिसक्यो धेरै तर फुकाल्न बाँकी नै छ अझै पनि केही लुगा अझै बाँकी छन् केही कुराहरू ध्वंसको लागि । |
महामारीमहामारीमा त महामारीले नै लेखिरहेको हुन्छ कविता कयौँ हुल मजदुर कविताहरु झिटीगुन्टा बोकेर पैदलैै पैदल आफ्नो देश फर्किए अर्का थरि भोका कविता ओछ्यान बनाएर सुते सडकलाई आमा कविताको खुट्टालाई सिरानी बनाएर भुइँमै सुते बालक कविताहरू महामारीमा पनि शासकको सयनकक्षमा चलिरहन्छ मादक काव्य महामारीमा त महामारीले नै लेखिरहेको हुन्छ कविता महामारीमा त अदना शरीरमाथि मृत्युले लेखिरहेको हुन्छ कविता हो, त्यतिबेला तेजिलो भित्तामा होइन विक्षुब्ध आँखामा लेखिएको हुन्छ कविता । |
पृथ्वी एक्सप्रेसकरोडौं वर्षको हो पृथ्वी र मेरो बीचको प्रेम पृथ्वी एक्सप्रेस पृथ्वीको हरियो कपालसँग पृथ्वीको सुवासिलो छालासँग पृथ्वीको गहिरा र नीला ताल आँखासँग सिङ्गै पृथ्वीसँग प्रेम गरेको हुँ मैले पृथ्वीका माछा र गोहीहरु पृथ्वीका हात्ती, घोडा र चराहरु पृथ्वीका गँड्यौला र स–साना कीराहरु सबै सबैसँग प्रेम गरेको हुँ मैले धमिरा लागेको छ अहिले यो प्रेममा छुट्दै छुट्दै गइरहेछ पृथ्वी र मेरो हात पृथ्वी– मात्र एउटा टाउको पृथ्वीको टाउकोमा चढेर पृथ्वीका दुइटै कान निमोठी निमोठी वेगवान् हुइँकाइएको छ पृथ्वीलाई पृथ्वीको टाउकोमा ड्र्रिल गरी गरी पृथ्वीको गिदी निकालेर पोतिएको छ पृथ्वीकै निधारमा चिहानै चिहान खनिएको छ पृथ्वीको टाउकोमा डायनोसरको हड्डी यहीँ पुरिएको छ यहीँ गाडिएको छ ह्वेल माछाको पुर्खा देखिरहेछु सदियौँदेखि पृथ्वीका गहिरा–गहिरा घाउ/चोटहरु पृथ्वीको दाँत निकालेर मोती झुन्डाइएको छ पृथ्वीकै कानमा पृथ्वीका हरिया रौं उखेलेर तालु बनाइएको छ पृथ्वीलाई पृथ्वीको नाकको प्वालमा कोचिएका छन् विस्फोटक मिसाइलहरु पृथ्वीको आँखाको नीलो गहिराइ टालिएको छ प्लास्टिकले पृथ्वीको टाउकोमा कुँदिरहेका यति धेरै तरंग तरंगमा लट्किरहेका चराहरु यति धेरै रफ्तार र चिच्याहट फिक्का भएको छ पृथ्वीको मासुको रङ जमेको सहस्र हिउँ–आँसु पग्लिएर गालामा आँसुको बाढी बगाउँदै अनवरत रोइरहेछ पृथ्वी पृथ्वीको चाउरिएको निधार हेर्नुहोस् हेर्नुहोस् पृथ्वीको छाला मरेको गोरू–काँध पृथ्वीलाई प्रेम गर्नु आफैंलाई प्रेम गर्नु हो तर, तिनीहरु पृथ्वीको टाउकोमा चढेर पृथ्वीका दुइटै कान निमोठी निमोठी अलमस्त हुइँकाइरहेछन् पृथ्वीलाई ठोक्ने हुन् कि बृहस्पतिसँग ? लगेर झोस्ने हुन् कि सूर्यको रापमा ? न हाल्ने हुन् कतै ब्ल्याक होलमा ? कसरी कल्पना गरुँ डायनोसरसँगै चिहानमा मेरो हड्डी गाडिने समय ? कसरी लेखूँ ? पृथ्वीको नाममा अन्तिम कविताको अन्तिम हरफ धमिरा लागेको छ अहिले पृथ्वी र मेरो प्रेममा छुट्दै छुट्दै गइरहेछ पृथ्वी र मेरो हात । |
निषेधित क्षेत्रमेरो पाइलाहरू बढ्दै थिए जहाँ निषेधित क्षेत्र तोकिएको थियो र हतियारबद्ध पहरेदारहरू खडा थिए अन्ततः म थुनिएँ । निषेधित क्षेत्र खडा गरेका थिए उनीहरूले जहाँ उनीहरू आरामले सुत्थे र बाहिर मरिरहेको हुन्थ्यौं हामी । उनीहरू खडा गर्दै थिए चेकपोष्टहरू जो आपूmलाई स्वतन्त्रताका ठेकेदार ठान्थे र आफ्नै घर पुग्न पनि हामीलाई जाँचिनु पथ्र्यो सयौं चेकपाष्टहरूबाट । काँडेतार लगाएर सुरक्षित थिए यहाँका सरक्षाकर्मीहरू जोसँग आँखा जुधाउनु पनि जघन्य अपराध थियो । एकतर्फी बोर्डहरू थिए बाटोहरूमा जहाँबाट फर्कन निषेधित थियो खुलमखुल्ला कुँदिरहेका थिए बुलडगहरू भवन भत्काइरहेका थिए बुल्डोजरहरू । निषेधित क्षेत्रभित्र बस्थे उनीहरू र रातको अँध्यारो उत्पादन गर्थे त्यही रातको उपहार दिएर हामीलाई उज्यालोको कथा सुनाउँथे । |
प्लेकार्डम हुँ एक प्लेकार्ड राष्ट्रसंघको प्राङ्गणमा प्रदर्शित जी-दशको बैठकस्थल अगाडि बोकिएको एकदमै ओसिलो आँसु जतिकै फुलेको मसिले लेखिएको संधै फोहर कुल्चिएझैँ कुल्चिएको मेरो अस्तित्व आज मई दिवस फेरि काम आउँछ मेरो टन्टलापुर घाममा माछा सुकाएझैँ फेरि सुकाइन्छु म मेरो औचित्य मात्र त्यति आज गरिबी दिवस फेरि लिन आउँछन् ट्रकहरु मलाई राजधानीको गरिबी निवारण प्रोजेक्टमा त्यहाँ छ- एउटा भव्य राष्ट्रिय समारोह मैले सुन्नेछु गरिबी निवारणका भाषणहरु म हुँ एक प्लेकार्ड मलाई नै बोकेर तिनीहरुले मागेका थिए गणतन्त्र र लोकतन्त्र मलाई नै बोकेर तिनीहरु सहभागी थिए जनयुद्धमा खोज्ने हो भने नयाँ घाम शासकको खल्तीमा नखोज यही प्लेकार्डमा खोज मानवताको नाङ्गो तस्वीर हेर्नुछ भने यही प्लेकार्डमा हेर त्यहाँ टाँगिएको छु म संसारको सबैभन्दा निर्धन र निर्दोष मानिस जो बारम्बार बन्छ प्लेकार्ड फगत म हुँ एक प्लेकार्ड जहिले पर्छ आवश्यकता तासको तुरुपझैँ फ्याँकिन्छु देशझैँ फैलिएको खालमा प्रदर्शन गरिन्छु क्रुसिफाइडझैँ एउटा लुलो लठ्ठीमा ल्वाङ्ग किलाले ठोकिएर निषेध छ मलाई प्लेकार्डबाट बाहिर निस्कन खुम्चिएर बस्नुपर्दा प्लेकार्डमा गर्धन दुखेको छ कुँजिएका छन् मेरा हातखुट्टाहरु मुक्त गर मलाई प्लेकार्डबाट मुक्त गर बन्द गर मलाई प्लेकार्ड बनाउन बन्द गर । |
दुःखको वर्णमालावर्षौंदेखि घोकिरहेका छौँ जोसुकैले पढ्न नसक्ने यो दुःखको वर्णमाला त्यति सहज हुँदैन दुःखका अक्षरहरु पढ्न बाहिरजस्तो देखिए पिन अर्कै हुन्छन् भित्रका अक्षरहरु हिमाल र पहाडका अक्षरहरु पढ्न आफैँ हिमाल र पहाड बन्नुपर्छ बगर र नदीका अक्षरहरु पढ्न आफैँ बगर र नदी बन्नुपर्छ के भन्छन् हँ घामका यी अक्षरहरु के अर्थ बोक्छन् हँ पानीका यी बूँदहरु कसको स्वतन्त्रताले आत्महत्या गरेको छ आकाशको विशाल अक्षरको हाँगामा कस्ता अक्षरहरु खोपिएका छन् भरियाको ढाडमा कस्ता अक्षरहरु लेखिएका छन् आमाको छातीमा युगौँयुगदेखि पढिरहेका छौँ हिमालको चिसोले गालामा खोपिएका चिसा अक्षरहरु मधेसको समथर फाँटमा रगत र पसिना एक गरेर निरन्तर पढिरहेका छौँ बाढीले थुपारेका घामका काला अक्षरहरु नाक ठोकिने भीरहरुमा वर्षौंदेखि पढिरहेका छौँ अभावका आकाश छुने अक्षरहरु यी यसरी वर्षौंदेखि पढिरहेका छौँ भोक र तिर्खाका अक्षरहरु कसरी अनपढ भयौँ हामी ? वर्षौंदेखि घोकिरहेका छौँ जोसुकैले पढ्न नसक्ने यो दुःखको वर्णमाला के एक निमेषमा पढ्न सकिन्छ देश ? |
लासको बिस्कुुनसजाएर राखिएको छ लहरै लासको बिस्कुुन बिल्कुुल त्यसरी नै जसरी सजाएर राखिन्छन् सोकेसमा ‘टोकन अफ लभ’हरू जसरी सजाएर राखिन्छन् बारमा हार लगाएर रक्सीका बोतलहरू जसरी भाँती पुुर्याएर सजाइन्छन् भित्तामा खुुसीका तक्माहरू एकदम ताजा जस्तो बोटबाट टिप्दै गरेको स्याउ होसया सलक्क परेको काँक्रो विस्फारित आँखाले हेरिरहूँजस्तो जिन्दगीको साँघुुरो राजमार्गबाट उछिट्टिएर भर्खरै दौडबाहिर गलहत्याइएका जिन्दगी एउटा ओखल हो भने मुुसलले कुुटीकुुटी टाउको फोरिएका समयको पहिरोले भर्खरै निलेका जसरी सुुलुुत्त निलिदिन्छ सर्पले भ्यागुुताको मद्धिम उफ्राइ राज्यको बन्दुुकले पिछा गर्दै भर्खरै भ्याकुुरझैं ढालेका कहाँबाट जम्मा भए यतिविघ्न खुुद्रा तमासेहरू ? जो सम्भावित लास हुुन् आफैं मानौं, चलिरहेछ यहाँ लासको हाटबजार यी बुुलन्द फोटोपत्रकारहरू लिइरहेछन् कोणकोणबाट तस्बिर मानौं, मरेपछि लासले दिइरहेछन् भव्य र आकर्षक पोज जस्तो तरुण मोडलहरू जीउ मर्काएर दिने गर्छन् बजारको चमकलाई आफ्नो सेक्सी पोज पुुरस्कृत हुुनेछन् उनीहरू अवश्य फोटो प्रतियोगितामा एकथरी जो छन् खिचिरहेछन् लाससँग सेल्फी ओहो, यसरी चलिरहेछ देशमा लासको राजनीति टोकिरहेछन् तिनीहरू लासलाई जसरी टोक्छन् कुुखुुराको सपेटा जसरी टोक्छन् मिठाईको टुुक्रा अपरम्पार छ— जति टोके पनि नअघाउने तिनीहरूको लम्बोदर भोक लास बन्नुुअघि ढुुक्कसँग हिँडिरहेछन् मानिसहरू पनि आफ्नो लागि आफैं कात्रो ओढेर अविराम छ लासको कारखाना तपाईं कस्तो लास हेर्न चाहनुुहुुन्छ ? सजाएर राखिएको छ लासको बिस्कुुन र दुुर्घटित छ संवेदना । |
फुटपाथसुपारीझैँ टुक्रा पारेर जीवनलाई बेचिरहेछन् नाङ्लेपसलेहरू यही फुटपाथमा गाइनेहरू गाइरहेछन् शताब्दीको अन्तिम गीत यही फुटपाथमा यही फुटपाथमा उभिएर कुरिरहेछौँ हामी अझै पनि भाडाको लोकतान्त्रिक गाडी कहिले आउँछ त्यो ? सायद बित्छ कि यो युग नै ? यही फुटपाथमा भेटिन्छन् नयाँ आइन्स्टाइन, भूपी र देवकोटाहरू घाम यहीँ छ यहीँ छ पानी आँसु र हाँसोको मिश्रण फुटपाथ- पृथ्वीको एउटा आँगन हाम्रो संसार जन्मस्थान जस्तो यही फुटपाथलाई चटक्क बिर्सिएर कहाँ अन्तध्र्यान भए तिनीहरू ? सडकैभरि छरिदिएछन् अस्रल्लै तिनीहरूले जतनसाथ हामीले पठाएका सपनाका दानाहरू छरिएका सपनाहरू टिप्न घोप्टो परिरहेकी छिन् एउटी सहिदपत्नी र उनको आङमाथि चढिरहेछ एउटा उच्छृङ्खल घाम यही फुटपाथमा उभिएर गफिन्थे कुनै समय तिनीहरू मकै भटमास टोक्थे र छोडाउँथे बदाम भेटिरहन्थ्यौँ बारम्बार हात मिलाउँथ्यौँ र हाँस्थ्यौँ मुसुक्क दुःखसुखमा बाँडेर खान्थ्यौ रोटीको टुक्रा कहाँ पुगेछन् तिनीहरू अहिले ? के तिनीहरूलाई निल्यो अदृश्य बर्मुडाक्षेत्रले ? या पसे तिनीहरू ब्ल्याक होलभित्र ? हामी – लगातार उस्तै अझै पनि उभिएका छौँ फुटपाथमा ठेलमठेल । |
दु:खको वर्णमालावर्षौंदेखि घोकिरहेका छौँ जोसुकैले पढ्न नसक्ने यो दुःखको वर्णमाला त्यति सहज हुँदैन दुःखका अक्षरहरु पढ्न बाहिरजस्तो देखिए पिन अर्कै हुन्छन् भित्रका अक्षरहरु हिमाल र पहाडका अक्षरहरु पढ्न आफैँ हिमाल र पहाड बन्नुपर्छ बगर र नदीका अक्षरहरु पढ्न आफैँ बगर र नदी बन्नुपर्छ के भन्छन् हँ घामका यी अक्षरहरु के अर्थ बोक्छन् हँ पानीका यी बूँदहरु कसको स्वतन्त्रताले आत्महत्या गरेको छ आकाशको विशाल अक्षरको हाँगामा कस्ता अक्षरहरु खोपिएका छन् भरियाको ढाडमा कस्ता अक्षरहरु लेखिएका छन् आमाको छातीमा युगौँयुगदेखि पढिरहेका छौँ हिमालको चिसोले गालामा खोपिएका चिसा अक्षरहरु मधेसको समथर फाँटमा रगत र पसिना एक गरेर निरन्तर पढिरहेका छौँ बाढीले थुपारेका घामका काला अक्षरहरु नाक ठोकिने भीरहरुमा वर्षौंदेखि पढिरहेका छौँ अभावका आकाश छुने अक्षरहरु यी यसरी वर्षौंदेखि पढिरहेका छौँ भोक र तिर्खाका अक्षरहरु कसरी अनपढ भयौँ हामी ? वर्षौंदेखि घोकिरहेका छौँ जोसुकैले पढ्न नसक्ने यो दुःखको वर्णमाला के एक निमेषमा पढ्न सकिन्छ देश ? |
प्रिय कलाकारकलाकार साथी ! मेरो पनि एउटा चित्र बनाऊ भोकले दोब्रिएको मेरो पेट कस्तो देखिन्छ ? मूर्त छ या अमूर्त ? तेलचित्र बनाउँछौ या रेखाचित्र ? तिम्रो चित्रमा उज्यालोको परिभाषा के हो ? देशको भविष्यमा तिमी कस्तो रङ मिसाउँछौ ? कलाकार साथी ! कुची र सङ्गिनमा कति फरक छ ? हाँसो बिर्सिएको मेरो अनुहार चित्र बनाउन योग्य छ कि छैन ? भत्कन तयार मेरो घर त्यसमा काल कुरेर बसेकी मेरी बूढी आमा मुखको ¥यालमा अड्किएका झिङ्गाहरू बोकेका मेरा छोराछोरी आफू खिइँदै गएपनि एक मुठ्ठी खुशी बाँड्न घरमा रातदिन तल्लीन मेरी जीवनसङ्गिनी र उज्यालोको खोजीमा भड्किएको म कहाँ प्रदर्शनी हुन्छ यो चित्र ? पेरिस, लन्डन, रोम वा वाशिङ्टनमा कति मूल्य तोकिन्छ यो चित्रको ? र तिम्रो चित्रमा सजिनको लागि कतिवर्ष हामीले यसरी नै बस्नुपर्छ ? कलाकार साथी ! मेरा पनि एउटा चित्र बनाऊ। |
फूलको मालातपाईं जो घाँटी भरि-भरि अनुहारै छोप्ने गरी भिरेर फूलको माला जाँदै हुनुहुन्छ देशको सपथ लिन यस्तो लाग्छ- तपाईं जाँदै हुनुहुन्छ कुनै एउटा खतरनाक युद्धमा यस्तो लाग्छ- त्यो फूलमाला होइन नरमुण्डमाला हो हाम्रै केटाकेटीको टाउको काटेर भिरिरहनुभएको छ- घाँटीदेखि आँखासम्म अनि, तत्काल बन्द हुन्छ- तपाईंको आँखा तपाईं देख्न छोड्नुहुन्छ- सत्य तत्काल बन्द हुन्छ- तपाईंको कान तपाईं सुन्न छोड्नुहुन्छ- नागरिकको चित्कार तत्काल बन्द हुन्छ- तपार्इंको नाक तपाईं छुट्याउन सक्नुहुन्न- गन्ध र सुगन्धको भेद फूलको मालाजस्तो देखिए पनि वास्तवमा- त्यो गोलीको माला हो जुन भिरेर घाँटीमा खुङ्खार डाकाजस्तो तपाईं निस्कनुभएको छ- डकैती गर्न डाकुको सरदारजस्तै सजिएको छ- घमण्डले तपाईंको कुटिल मुस्कान यस्तो लाग्छ- देशको निम्ति त्यो कुनै अनिष्टको सङ्केत हो निकै आशक्ति राख्नुहुन्छ तपाईं फूलमालामा अनि दर्शनभेटमा तपाईंलाई मनपर्छ गुलामहरूको दुरुस्त चाकडी तर, नराख्नुहोस् त्यति धेरै आशक्ति फूलमाला त चढाइन्छ लासहरूमा पनि हुन त लासभन्दा बढी के हुनु भो र तपाईं देशका निम्ति ? मानिसहरू यसरी सधैँ लाग्न सक्दैनन् लासहरूको पछि-पछि तपाईं जो घाँटी भरि-भरि अनुहारै छोप्ने गरी भिरेर फूलको माला जाँदै हुनुहुन्छ देशको सपथ लिन। |
कसरी अनपढ भयौँ हामी ?वर्षौंदेखि घोकिरहेका छौँ जोसुकैले पढ्न नसक्ने यो दुःखको वर्णमाला त्यति सहज हुँदैन दुःखका अक्षरहरु पढ्न बाहिरजस्तो देखिए पनि अर्कै हुन्छन् भित्रका अक्षरहरु हिमाल र पहाडका अक्षरहरु पढ्न आफैँ हिमाल र पहाड बन्नुपर्छ बगर र नदीका अक्षरहरु पढ्न आफैँ बगर र नदी बन्नुपर्छ के भन्छन् हँ घामका यी अक्षरहरु के अर्थ बोक्छन् हँ पानीका यी बूँदहरु कसको स्वतन्त्रताले आत्महत्या गरेको छ आकाशको विशाल अक्षरको हाँगामा कस्ता अक्षरहरु खोपिएका छन् भरियाको ढाडमा कस्ता अक्षरहरु लेखिएका छन् आमाको छातीमा युगौँयुगदेखि पढिरहेका छौँ हिमालको चिसोले गालामा खोपिएका चिसा अक्षरहरु मधेसको समथर फाँटमा रगत र पसिना एक गरेर निरन्तर पढिरहेका छौँ बाढीले थुपारेका घामका काला अक्षरहरु नाक ठोकिने भीरहरुमा वर्षौंदेखि पढिरहेका छौँ अभावका आकाश छुने अक्षरहरु यी यसरी वर्षौंदेखि पढिरहेका छौँ भोक र तिर्खाका अक्षरहरु कसरी अनपढ भयौँ हामी ? वर्षौंदेखि घोकिरहेका छौँ जोसुकैले पढ्न नसक्ने यो दुःखको वर्णमाला के एक निमेषमा पढ्न सकिन्छ देश ? |
ङा चेपाङङा नाङकाइ झाकङल अर्थात म तिमीलाई मन पराउँदिन कारण – म चेपाङ हुँ च्यापिँदा च्यापिँदा चेप्टिएको ओडारमा लुकि राखेको चे ग्वेभारा बन्न नसकेको चे तर पनि म सँग छ मेरो आत्मीय पाङ अर्थात वाण जुन तिमीतिर सोझिन सक्छ लगाई दिउँला म आफ्ना छोराछोरी लाई पनि स्याउलाकै लुगा तर मेरो छालाको दौरा सुरुवाल लगाउने अधिकार कसैलाई छैन म खोजरहेछु केहि छाक गिट्ठा भ्याकुर तरुल र सिस्नो तर उस्तै उस्तै देखिन्छ हैन मेरो हातको गिट्ठा र कोतको ग्रीनेड? थाहा पाउनु गिट्ठा टिप्ने हातले ग्रीनेड पनि बोक्न सक्छन के नै नयाँ छ र म सँग ? मनाउन सक्दिन म छोनाम मनाउँदिनँ सङ्क्रान्ती पनि न मान्छु अब यो कुलदेवता जस्ले कुलको नास मात्र गराउँछ गर्दिन भूमिपुजा पनि जुन तिमीले लुटेका छौ बजाँदिन यो ढ्याङ्ग्रो जुन ठोक्ता ठोक्ता प्वाल परेको छ बेचिएका नदिमा वर्जीत छ बाहाबिस मनाउन हो म शिकार खेल्न सक्छु काँधमा बोकेर धनुकाँड तर के को शिकार खेलौं मलाई लाज लाग्छ कि हामी एउटै देशमा छौँ र तिमी हाम्रो करङ्को भर्याङ चढेर अझ माथी माथि जाँदै छौ तिमीले कुल्चिएपछी बेस्सरी दुखेको मेरो ढाड अझै ठिक भएको छैन तिमी लाई पर्ने मुक्का थापेपछी दुखेको मेरो छाती अझै ठिक भएको छैन दिक्क लाग्छ मेरो नजिक नपर ङा नाङकाइ झाकङल अर्थात म तिमीलाई मन पराउँदिन ङि गरिब मुना अर्थात हामी गरिब छौं यसको मत्लब हामी बेचिन्छौं भन्ने होइन । |