The great poem collection of Acharya Prabha serves as a testament to her profound insights and poetic prowess, reflecting the rich tapestry of human emotions and experiences. Born in Manebhanjyang, Darjeeling, Prabha's literary journey began with a collection of short poems published in "Baishalu" in 2033, marking the inception of her poetic oeuvre. Over the years, her poetic repertoire expanded, encompassing themes of love, longing, identity, and societal reflection. With notable works like "Paradeshabata" and "Pardesh Baat," she captured the essence of diasporic life while maintaining a deep-rooted connection to her homeland. Through evocative verses and lyrical imagery, Prabha's poems transcend geographical boundaries, resonating with readers across continents and generations. Her poetry collection stands as a timeless testament to the enduring power of language and the universal human experience.
Acharya Prabha, born in Manebhanjyang, Darjeeling, on June
1, 2019, emerged as a luminary in the realm of Nepali literature. The daughter
of Tirtharaj and Nirmaya Bhattarai, esteemed figures in the Nepali literary
world, Prabha inherited not just a legacy but also a passion for words. Her
journey traversed geographical and cultural boundaries, shaping her into a
prolific poet, storyteller, and cultural ambassador.
Prabha's literary odyssey commenced with the publication of
a collection of short poems in the annual magazine "Baishalu" in the
year 2033. This anthology, titled "Adhurao Rahar Katha," marked the
genesis of her poetic expression. Over the years, Prabha's creative endeavors
expanded, encompassing dramas, songs, stories, and more, broadcasted on
platforms like Radio Nepal. Her repertoire grew with notable works such as
"Pardesh Baat," "Asray Chitkar," and "Maya Ko Nakabandi,"
each reflecting her deep introspection and social consciousness.
While her literary pursuits flourished, Prabha's academic
pursuits were equally commendable. Having completed her post-graduation in
Nepali studies, she delved into thematic explorations, infusing her works with
profound insights and reflections. Her multifaceted approach to literature
mirrored the complexity of human experiences, resonating with readers across
borders.
Despite her physical distance from Nepal, Prabha remained
deeply connected to her roots. The publication of her poetry collection
"Paradeshabata" in 2061 exemplified her unwavering commitment to her
homeland. Through evocative verses, she depicted the nuances of diasporic life,
weaving together themes of love, longing, and cultural identity. The launch of
her book in Kathmandu and Boulder, Colorado, underscored her endeavor to bridge
the gap between continents, fostering literary exchange and dialogue.
Prabha's literary prowess extended beyond poetry, finding
expression in her collection of short stories titled "Bidhur Purush."
In these narratives, she grappled with societal norms and gender dynamics,
offering poignant reflections on the human condition. Through characters
grappling with tradition and modernity, she unveiled the intricacies of
interpersonal relationships, urging readers to contemplate the evolving fabric
of society.
What distinguishes Prabha's storytelling is her ability to
infuse depth and resonance into every narrative. Whether exploring the plight
of widowers or the aspirations of women, she imbued her tales with moral
consciousness and empathy. Her stories transcended borders, resonating with
readers navigating the complexities of contemporary life.
Central to Prabha's literary ethos is her commitment to
progress and social harmony. Her writings serve as a mirror to society,
reflecting its triumphs and tribulations with candor and compassion. Through
her prose and poetry, she invites readers to engage with pressing issues and
envision a more equitable future.
In dissecting Prabha's literary oeuvre, one encounters a
tapestry of emotions, ideas, and aspirations. Her words echo across continents,
transcending linguistic barriers to touch the hearts and minds of readers
worldwide. As she continues to weave her narrative, Acharya Prabha stands as a
beacon of literary excellence, illuminating the path forward with her
indomitable spirit and boundless creativity.
In conclusion, the great poem collection of Acharya Prabha
stands as a testament to her profound insight, poetic prowess, and unwavering
commitment to her craft. Through evocative verses, she delves into the depths
of the human experience, weaving together themes of love, longing, identity,
and social consciousness. Each poem serves as a lyrical journey, inviting
readers to explore the complexities of life through her unique perspective.
Prabha's poems transcend geographical boundaries, resonating
with audiences across continents. From the picturesque landscapes of Nepal to
the bustling streets of America, her words capture the essence of diasporic
existence, bridging the gap between cultures and fostering a sense of shared
humanity.
Furthermore, the release of her collection represents a
milestone in her literary career, showcasing the culmination of years of
introspection, observation, and artistic refinement. Whether celebrating the
beauty of her homeland or grappling with the challenges of displacement, Prabha's
poems exude authenticity and emotional depth, leaving an indelible imprint on
the hearts of readers.
As we reflect on the great poem collection of Acharya
Prabha, we are reminded of the transformative power of literature to transcend
barriers, provoke thought, and inspire change. In an increasingly
interconnected world, her words serve as a beacon of hope, reminding us of the
universal language of poetry to unite, heal, and uplift the human spirit.
खोक्रो अभिमानजब कसैको अभिमान आकासिएर टाँगिन खोज्छ त्यसले न समाउने हाँगो भेट्छ न अडिने अडान नै पाउँछ र ...अनायासै गिर्दछ बजारिँदै तल धरामा उत्तानोचित् परेर, हो ...यो अभिमान भयङ्कर ठूलो शत्रु हो अनि आफ्नै गला सेर्ने सिरुपाते खुकुरी हो। तिमी जति नै महान् किन नबन? जब तिम्रो महानतालाई अभिमानको जालोले छपक्क छोप्छ भने, तिमी जत्तिसुकै प्रतिभावान् किन नबन? तिम्रो प्रतिभालाई आडम्बरको पर्दाले सर्लक्क ढाक्छ भने बुझ...तिमी खोक्रो अहमतामा बाँची रहेछौ जान ...तिमी आफ्नो प्रतिभालाई निरिह बनाइ रहेछौ। अँ ...मान्छे हुनु ठूलो कुरा होइन तर प्रतिभावान हुनु महान् हो तर ...जब तिमी नै अनभिज्ञ छौ तिम्रै प्रतिभाको सही अर्थ बुझ्न तब ...,कठै! तिमीभित्रको त्यो दक्षता/कौशलता केबल पानीको फोका बन्ने छ जो कसैको ठूलो स्वासले मात्र फुके पनि फुट्ने छ/बिलाउने छ त्यसैले ए ... मान्छे बरु केबल प्रतिभाहीन मान्छे बन, तर... तिमीभित्र गुम्सिएर आडम्बरमा निस्सासिएको प्रतिभाशाली खोक्रो नमूना नबन। |
चाहिन्न कालो रात अबतिमीलाई उज्यालो ज्योति मन पर्दैन भने जाऊ बस, अन्धकार ओढारमा र गर मेलमिलाप जंगली हिंस्रक बाघ, भालुहरुसँग हुन त तिमी पनि कहाँ मान्छे रह्यौ र? जस्मा मानवताको लेस मात्र पनि लक्षण छैन, अनि तिमी पनि कम छैनौ ती पशुहरुभन्दा जस्ले मान्छेको मर्म, पीडा बुझ्न नसकेर पाशवीक अभिनय प्रदर्शन गरिरहेछ र हरपल आँसुको घुट्को पिउन बाध्य बनाउँदै सडक, गल्लीमा भौतारिन मान्छेलाई विवश बनाएको छ। यदि अँध्यारो कालो रात नै तिमीलाई प्रिय लाग्छ भने जाऊ खोस सगरमा पुगेर जुनको उज्यालो तिम्रो शाहस देखाएर, तर नखोस जनताको घरको उज्यालो आभा भोग्नु छैन जीवनभर जनताले कालरात्रीको उकुसमुकुस पीडा चाहे भोको पेट नै किन नहोस्? दिन्छ शोभा, उज्यालो किरणले मुस्काएको नै सबैको झुपडीको कुनाकाप्चामा। यदि तिमी अन्धकारप्रेमी हौ भने देखाऊ तिम्रो पौरषता औँशीको कालो रातलाई नै हत्केलाले छेकेर, र चिच्याएर भन हेर मेरो पौरषत्व म प्रकृतिलाई नै चुनौती दिन सक्छु भनेर नत्र यतिका हुलका आशाका किरणहरुमा तिम्रो एक हत्केलाको केही सीप लाग्दैन अब भन अँध्यारोले उज्यालोलाई कहाँ र कहिले जित्न सकेको छ? चाहे मस्तिष्कको होस् वा मनको अँध्यारो सधैँ कालरात्रीमा नै परिभाषित हुन्छ यसैले चाहिन्न कालरात्री अब यान्त्रिक समयका मान्छेहरुलाई। |
ढलेको घामढलेको घाम जस्तै भयो त्यो प्रौढ जीवनको कथा न ताप दिन सक्यो कसैलाई न कसैबाट लिन सक्यो उस्तै आभा साँझको क्षितिजमा वैँश ढलेपछि डाँडाको आश्रयमा ओर्लिएर ओझेल भए झैं, आखिर धराकै आश्रयमा अस्तित्व गुमाउँनुको विकल्प नरहेर डुब्नुको नामकरण पाएको निस्तेज सूर्य जस्तै त्यो बुढो शरीर कुप्रिएर धर्तीमै निहुरिदै उभिएको अभिनय गर्नु सिवाय केही विकल्प रहेन। त्यसैले त आहान गर्दा रहेछन् ती कुप्रा शरीरहरु हामी त डाँडाको घाम भनेर हो, घाम बिहानीमा कसरी मुस्काएर साराको घरको संघार चिहाउन जान्छ आफ्नो उज्यालो दीप्ति छर्दै र वैँशको रंग चढ्दै जाँदा आफ्नो तातोपनले कसरी सारालाई न्यानोपन दिन्छ अनि... कलिला वैँशहरुको गालाको लाली बनी कस्तरी पोतिन्छ ती किशोरीहरुको अंग-अंगमा? तर जब साँझको पल हुन्छ तब आफू आफ्ना सुनौलो रंगलाई क्षितिजको रक्तिम लालीमासँग परिभाषित गरी आफू अस्तित्वहीन बन्छ हो... ती वृद्ध-वृद्धाहरु पनि उसरी नै आफूहरुलाई डाँडाको घाममा अनुवाद गर्दै निरश बन्छन् अनि... आफ्नो त्यो बाङ्गिएको शरीरलाई एउटा लट्ठीको साहारामा समाहित गर्छन् र ढलेको घामसँग आफूलाई दाँजेर परको डाँडाको क्षितिजलाई नियाल्दै खुइय्य! सुस्केरा काढ्छन्। |
मृत्युको हुङ्कारयतिबेला जग्जगी छ मृत्युको हुङ्कारको आउँछ,बिना हिच्किचाहट र यसो दुई चार दिन बिरालोले मुसो खेलाए झैं खेलाउँछ अशान्ति फैलाई दिन्छ अनि पीडाको घनले बेस्सरी ठोक्छ र,विस्मृतिको बादलमा बिलिन गराई दिन्छ यी निस्साहाय मान्छेहरुलाई। उफ!यो कस्तो कहालीलाग्दो मृत्यु आतंक हो ? न यस्ले मान्छेको गुण चिन्यो न कसैको उदेश्यको महत्व राख्यो बस् एउटा नमिठो बाहाना बनाएर अल्पायुमै चुँडेर लान पनि उद्वत बन्यो संसार आक्रान्त छ, गला अवरुद्ध बनेका छन् सबका न यस्ले मान्छेको साईनो बुझ्यो न त मान्छेको जिजीबिषाको अर्थ सोंच्यो बस् आयो टप्प टिप्यो लग्यो निसन्देह,निसंकोच। जताततै धुवाँको मुस्लो उडिरहेछ नभमा लाशहरु चिताभरी लमतन्न छन् कठै! बाँच्ने अभीप्शाको टुक्रा बोकेका संघर्षरत ती मनहरु आखिरमा छट्पटिमा पलायन हुन बाध्य छन् जिउँछु भन्ने आशा हुँदै हुँदै सुटुक्क आउँछ मृत्युको कालो छायाँ र लैजान्छ निष्ठुर बनेर। हरे !कस्तो निर्दयी समय यो ? मृत्यु पनि यतिबिघ्न कठोर बन्छ भन्ने कस्ले सोंचेको थ्यो ? धर्ती मौनतामा सुंक्सुकाई रहेछ नीरवताले मान्छेको मन लाट्टिए झैं छ , आफ्नो जीवन ढल्पल तराजुमा राखेर भोलीको पल हुँला,नहुँला यस्तै दोधारे मनमा एकमुठी सास कैद गर्ने प्रयासमा छ रोकेर मुटुको स्पन्दनलाई आयुको भिक्षा माँग्न मान्छेहरु लालायित छन् मृत्युको हुङ्कारसँग । |
अन्तर्रात्माबाट नै श्रद्धान्जली तिमीलाईआखिर ईश्वर पनि कहाँ न्यायकारी हुँदो रहेछ र? जो आफू एक बाँचेर लाखौंको ज्यान जोगाउँछ उसैलाई मृत्युवरण गराउँछ। जो बाँचेर पनि मरेतुल्य भएर लाखौंलाई मारी रहेको हुन्छ उसैलाई न्याय दिन्छ। ए ....ईश्वर तँलाई म कुन आधारमा पुँजू जो अदृश्य बनेर आज अन्यायको पट्टी बाँधी रहेछस् आफ्नो आँखामा र...अन्जान बनि रहेछस् ईश्वरको उपमा भिरेर। भन,कसैको उद्दार गर्नु पाप हो? कसैलाई मृत्युबाट बन्चित गरेर नयाँ जीवन दान दिनु अपराध हो? यदि अपराध हो भने के उपेन्द्रलाई यही सजाय दिईएको हो? हो ....तँ ईश्वर होस् मान्छेको आस्था अनि विश्वास त्यसैले .....हामीले विश्वास गर्यौं र ...पुकार्यौं तँलाई अफसोच!हाम्रो आस्थाको धरहरा नै ढलेपछि, हाम्रो विश्वासमा बज्र परेपछि हामीले के नै गर्न सक्यौं र? बस ...दुई शब्द श्रद्धान्जली चढाउँन शिवाय! यसैले ... डा.दुई शब्द श्रद्धान्जली तिमीलाई अन्तर्रात्माको गहिराईबाट। |
प्रेम-दिवसमा गुलाबको चीत्कारम प्रेमको परिभाषा खोजिरहेछु यतिबेला, निमोठिएर चुँडिएका गुलाबका थुँगाथुँगाहरूमा र म सोधिरहेछु, मायाका अनुभवहरू च्यातिएका प्रत्येक गुलाबका पत्रपत्रहरूसँग तर, मौन गुलाब मौनताभित्रै सुँक्सुँकाइरहेकी हुन्छे, ऊ निरुत्तर बन्छे आफैं, आफ्नो हत्याको कारण बुझ्न नसकेर। हुन पनि त हो, के कसैको प्रेम प्राप्ति भन्नाले कसैको जीवन समाप्ति हो? अनि कसैलाई प्रेम अर्पण गर्नु भनेको गुलाबको घाँटी रेटिनु नै हो? अनि म आफू पनि निरुत्तर भएर स्तब्ध हुन्छु, तब केही मिठा भावना मभित्र उर्लिएर आउँछन् र मलाई कानेखुसी गर्छन् प्रेमदिवस मात्र प्रेमीप्रेमिकाको लेनदेनको माध्यम होइन प्रेमदिवस त स्वच्छ मनबाट दिइने मिठो प्रेम हो, आत्मीयको प्रतीक हो जो जसलाई र जहिले पनि निः सन्देह दिइन्छ अनि लिइन्छ प्रेमदिवस यसैको पर्याय हो हरपल/हरसमय बाँडिने अन्तर्मनको मिठो आभास हो भन्दै अनि म ‘मेरो प्रश्नभित्र आफैं उत्तर बनेर गुन्जिन्छु र, ती ओइलिएर सुकेका गुलाबहरूलाई म पटकपटक चुम्छु अफसाेस! ती ओइलाएर सुकेका गुलाबहरू भुइँभरि असरल्ल छरिइरहेकै हुन्छन् म प्रेमले समेटेर ती गुलाबका पत्रपत्रहरूलाई मेरो पुरानो डायरीको पानाहरूभित्र राखिदिन्छु बल्ल ती गुलाबका पत्रहरूले आफूहरूले पनि प्रेम प्राप्तिको अनुभूत गरेझैं लाग्छ म सन्तोषको सुस्केरा लिएर टोल्हाउन थाल्छु। |
आमा यो धर्तीमा सकुशल अवतरण गरायौआमा, तिमीले गर्भ धारण गरेदेखि मैले धर्ती नटेकुन्जेलसम्म कत्ति पीडा खप्यौ होला? आफू स्वयं मान्छे भएर फेरि अर्को उस्तै मान्छेको सृजना गर्नु कम अप्ठ्यारो कुरा हो र? तर पनि तिमीले ती सब पीडा/व्यथालाई सहेर मलाई सकुशल धर्तीमा अवतरण गरायौ। हो .......आमा, म आफूलाई धन्य मान्छु तिमी एक कोमल नारीले असंख्य चित्कार ओकल्दै भए पनि आज मलाई यो धर्तीमा टेक्ने सु-अवसर दिलायौ यो सांसारिक नियतिका भोगाईहरु भोग्ने र जीवन बाँच्ने कला सिकायौ नमन छ आमा तिमीलाई यो सन्तानको, जस्ले केवल आमा शब्द भन्न मात्र जान्यो तर .....तिम्रो ममत्वको कदर गर्न जानेन सायद| आमा, तिमीलाई जति नै मनको भाव बिसाउँ कमी नै हुन्छ, तिम्रो ममत्वको जति बर्णन गरूँ उति नै थोरै लाग्छ त्यसैले .......मेरो प्राप्तिको साँचो अर्थ तिमीलाई आमा भन्न पाउनु हो नमन छ आमा तिमीलाई यो भाग्यमानी सन्तानको | |
मन बिभाजित भएपछीआगन एउटै भएर पनि मन बिभाजित भएपछी छानो एउटै भएर पनी बिचारमा फरक परेपछी आफ्नो पनि बिरानो हुदो रहेछ । छहारि एउटै भएर पनि ब्यवहाँरमा फरक परेपछी घरपनी भिन्न लाग्दोरहेछ आकाश एउटै भएर पनि स्वार्थ अनायस उब्जिए पछी धर्ती एउटै भएर पनि पाइला बेग्लै चालेपछी माटो पनि बिभाजित हुदो रहेछ । देश एउटै भएर पनि स्वार्थ अनेक भएपछी भाषा एउटै भएर पनि शास्त्र अनेक भएपछी आफ्नै मुलुक पराइ लाग्दो रहेछ । |
पराइभूमिमा छट्पटाइ रहेछुदुखेका चोटहरुमा शान्त्वनाको मल्हम लगाउदै म, आफ्नै देशको झझल्को आँखामा टसाएर पराइभूमिमा भौतारिरहेछु । शायद ---बिवस्ता नै हो कि ? आफ्नी आमाको न्यानो स्पर्श बिर्सनु पर्ने कि ---बाध्यता थियो ? मैले आफ्नो माटोबाट बिस्थापित हुनुपर्ने । चाहे जे होस् म सूर्योदयको बिहानिमा आफ्नी आमाको सम्झनामा एक अन्जुली पानी चढाउछु म , रङिन क्षितिजलाई नियाल्दै मनको बगैचाबाट स्वछ फूल चडाउछु । खोसिएका हासोहरुमा आश्वासनको रङ पोत्दै म आफ्नै देशको माया छात्तिमा बोकेर पराइभूमिमा छट्पटिइ रहेछु |
पीडाको अर्को रूप नारीऊ स्वास्नी मान्छे मुटुको दहबाट कसैलाई एक अन्जुली माया उघाएर दिन सक्छे , तर ---बदलामा उस्ले स्वार्थिपनको उपहार पाउन सक्छे । ऊ स्वास्नी मान्छे, आफ्नो शरीर पस्केर कसैको भोक मेटाउन सक्छे तर ---सट्टामा उस्ले घ्रीणाको उपनाम पाउन सक्छे । मुटु रित्याएर माया दिनु शरीर पस्केर भोक मेटाइदिनु अन्त्यमा ---उस्ले जीवनभरी अभिश्राप पाउनु र जुठेल्नाको फ्याकिएको जुठो हुनु हो अनी ---स्वास्नी मान्छे हुनुको अर्थ पीडाको अर्को रूप हो । |
माइतीलाई सन्देशमनभरि काँडाघारी उमारेर म यतिखेर सयपत्री र मखमली बोटहरूमा भाइ तिहारको खुशी खोज्दैछु आँखाभरि अतितका ती दृष्यहरू सम्झना बनेर छाउँछन् र, शीत बनी बग्दछन् अनि नियाल्छु माइतीका तस्वीरहरू कता कता त्यसभित्र म मेरा पुराना धुमिल संसारमा बहकिन पुग्छु संस्मरणसँगै अब त इतिहास नै बनिसकेछ भाइटीकाको बहानामा ईन्द्रेणी रङसँग नखेलेको आफ्ना दाजुभाइको निम्ति दीर्घायुको प्रार्थना गर्दै त्यही साइतमा हात नजोडेको हो यस पटक मन विह्वल बनेको छ सधैंभन्दा मेरा माइतीहरूका सम्झनामा आँखा मुर्झाएका छन् ओइलिएका पत्करहरूजस्तै म सयपत्री र मखमलीसँग नै निरश बनेर सोधिरहेछु- अब यी हातहरूले कस्का गलामा तिमीलाई सजाउने ? शायद नियति नै भन्नु पर्ला सधैं रित्तो बनेर तिहारलाई बिदा गर्नुपर्ने अनि बाध्यता नै भन्नु पर्ला केवल सम्झनामा भाइटीकालाई सुम्सुम्याउनु पर्ने तरै पनि मेरो प्रार्थना मेरा माइती जहाँ हुन्, जहाँ रहून् सुख, समृद्धि र सुस्वास्थ्यको साथमा रहून् म असंख्य बिछोडिएका चेलीहरूको प्रतीकात्मक चेली बनेर भाइटीकाको शुभकामना पठाउँदैछु ती टाढा टाढा रहेका माइतीलाई ज-जस्का निधारहरू पनि यतिखेर शून्यताको शिविरमा एक्लिरहेका छन् । |
म आजको मान्छेम कविता कुन विषयमा लेखूँ ? आजभोलि मान्छेका मथिङ्गलहरूमा कुनै कुराको महत्त्व छैन न’त नाता सम्बन्ध न’त रगतको साइनो न’त भावनाको नै कदर न’त समयलाई प्राथमिकता ? बस्, मान्छे खोक्रो अभिमान लिएर रोबर्ट बाँचिरहेछन् त्यसैले म पनि उही मान्छे म पनि कहाँ अछुत छु र ? यी गुणहरूबाट मलाई लाज लाग्छ खोक्रो स्वाभिमानको बोक्रे भावना पोख्न अनि सगरमाथाको शिर बोकेर टुकुचाको फोहोरको कविता लेख्न अहँ, म लेख्न सक्दिनँ फिटिक्कै उहिलेका कविहरूले झैँ गोलो आकारलाई जून भन्न ओइलिएको पत्करलाई वास्नायुक्त फूलमा परिभाषित गर्न म त उही आजको मान्छे बरु सौन्दर्ययुक्त फूललाई पत्कर भन्न उद्दत छु चन्द्रमाको सानो धब्बालाई कलङ्क देख्न सक्षम छु हो, म रोबोट मान्छे अर्थात बुख्याँचा जस्को मुटु छ भावना शून्य जस्को मथिङ्गल छ सोच शून्य त्यसैले म असमर्थ छु यो विषयकै कविता लेख्छु भनेर आँट गर्न र कुनै निर्जीव वस्तुलाई कवि भावले ब्युँझाएर सजीव पार्न कारण म आफैँ सास फेरेर पनि मृतझैं बाँचेकी छु यसैले त म आजको मान्छे। |
प्रतिकूल समयअभावमा उब्जेका भ्वाङहरू टाल्दै पनि उडेका थिए उनीहरू युवा उत्साह र ऊर्जालाई दिवास्वप्नमा परिभाषित गर्न बा’आमाको पाउमा शिर राखेर आशीर्वाद लिई परको देशमा शिक्षाको स्तरलाई अझ उचाईंमा पुर्याउन तर समय प्रतिकूल परेछ क्यारे ! उनीहरूको दिवा सपना रातको सन्नाटामा बद्लियो सगर चुम्ने चाहनाहरू बम र बारुदको धुवाँसँगै कहाँ कहाँ विलिन भयो मिठो कल्पनामा बुनेको योजनाको रङ्गीन जाली रुमाल बेघर भई उध्रिएर आकारहीन बन्यो बा’आमालाई दिएका वचनहरू केवल आवाजमा नै सीमित रहे अनि देखेको सपना अधुरै रह्यो कहाँ सोचेका थिए होलान् र ? आमाको काख त्यागेर परदेशको माटोमा अस्ताउँछु भनेर बस् उनीहरू त ज्ञान र शिल्प बढाएर आफ्नै माटोलाई उर्वर बनाउने चाहनामा आफ्नो धरालाई छाडेर उडेका थिए सपनाको प्वाँख लगाएर कल्पनाको उडान भर्दै अफसोस ! आततायीहरूको नजरमा कहाँ छुट्टिन्छन् र ? को सज्जन ? को दुश्मन ? आखिर मुछिए उनीहरू पनि साँढेको जुधाई, बाच्छाको मिचाईमा र, बाध्य बने त्याग्न आफ्नो जीवन बम बिष्फोटको हुङ्कारसँगै आफ्ना चित्कारहरूलाई मौनताको गोधुलीमा अर्पण गर्दै। |
बन्धकीमा परेको हरियालीलाग्छ प्रकृतिले पनि आफ्नो सुन्दर यौवनलाई कतै बन्धकी राखेकी छ सायद त्यसैले अचेल हरियाली सुक्सुकाउँदै बिहानीको शीतसँगै आफ्नो आँसु मिसाएर झुल्के घामसँग रोदन पोख्ने गर्छे अफ्सोच! शीत आफैँ निरीहताको शिकार हो प्रकृतिको चित्कारले अझ ऊ कम्जोर बन्छे किनकि ऊ फूलहरूको क्रन्दनको आँसु पनि हो जब बगैंचाका फूलहरू सुन्दरताको पर्याय बनेर फुल्न खोज्दा पापिष्ट हातहरूबाट निमोठिन्छन् घना जंगलको हरियाली पनि निर्दयतापूर्वक डढेलोको शिकार बन्न पुग्छ रनबन उफ्रिंदै कुद्ने ती मृग, खरायोको बास लुटिएको छ लहलह धानको बाला झुल्ने माटोमा ठडिएका छन् गगनचुम्बी महलहरू उड्न छाडेको छ गाईवस्तुको पद्चापको धुलो गोधुली साँझको रंगीन क्षितिजमा किनकि छैन वातावरण साँझमा घर फर्कने चरणमा गएका बस्तुहरूको कहाँ छ ? अचेल गाउँघरमा पनि गाईवस्तुको गोठ? खसीबाख्रालाई घाँस बाँध्ने टाट्नो ? अनि घोंडा बाँध्ने तबेला? आधुनिकताले छपक्क छोपेको छ गाउँघरलाई यान्त्रिक बनेका छन् मानिसहरू विकृतिमा परिभाषित छन् प्राकृतिक कुराहरू जहाँतहीं हैकम जमाएको छ उजाडताले तब प्रकृति रुखो किन नबनोस् ? हरियालीले मनको बह किन नपोखोस् ? जस्को सौन्दर्यता बन्धकीमा परेको छ जो लिलामीको आह्वानमा डाक बडाबडमा अल्झेको छ हामी दानव पशु हत्यामा अहमता कुर्लिन्छौं बनस्पति मासेर बनावटी बास्नामा मग्न बन्छौं खै! मानवता हामीभित्रको ? न’हामीलाई प्रकृतिप्रति तृष्णा छ न’हामीलाई आफ्नो माटोप्रति सद्भाव छ यही माटो, यही प्रकृतिलाई हामी बैरी सोच्छौं हामी नै प्रकृतिको दुश्मन बन्दै हरियाली बन्धकमा राखेर रुखो मन बाँची रहेछौं अनि… हरियालीको वेदनालाई उपहासमा उडाई रहेछौं । |
देश सम्झेरहो, म चटक्कै आफ्नो माटो बिर्सिएर सात समुन्द्रको माटो टेक्न आइपुगे, तर मेरो देशको माटो मेरो निधारमा टिका बनेर टाँसिएको छ कहिल्यै नमेटिने गरी । मेरा खाली पाईतालाहरुमा टाँसिएका मेरो सानो देशका माटोका कणहरु अझै पनि मेरा औंला औँलाहरुमा टल्किरहेछन् सगरमाथाको पर्याय बनेर । निधारमा मेहेनतको पसिना पग्लँदा म सम्झने गर्छु, त्यो खेतबारी र करेसाबारीका कुलेसोहरु, अनि तृप्त बन्छु र..., आनन्दानुभूतीको श्वास फेर्छु पराई भूमीको यो आँगनमा । जब आकाशमा परेवाका हुलहरु छताछुल्ल बनेर उडेको देख्छु तब लाग्छ मलाई मेरो देशको बुद्धले मलाई सम्झेर शान्तिको दूत पठाइदिए अनि म आकाशतिर फर्किएर शान्तिको गीत एक पटक गुन्गुनाउँछु बुद्धमशरणम गच्छामी......! |
समर्पणम पहाड उक्लेर समतल नियाल्ने मान्छे म पहाडको उचाइमा अभिमानी बन्न सक्दिन र समतलको होँचाइमा उसलाई बिर्सन सक्दिन किनकि पहाडको स्वाभिमान बढ्नु भनेको नै समतल भुइँमा लमतन्न परिदिनु हो पहाडले नभ चुम्नु भनेको नै समतलले तल बसिदिनु हो समग्रमा कसैको स्वाभिमान भनेको नै कसैको समर्पण हो यसैले म भन्छु कसैको समर्पणमा आफ्नो आभा झल्केको अनि आफू अग्लिएको उचाइलाई ति सबैले स्वच्छ आत्माले हृदयंगम गर्न सक्नु नै अझ अर्को स्वाभिमान बढ्नु हो कसैमा फेरि नौलो सम्मानको कारोबार हुनु हो यसर्थ, स्वाभिमान बढ्नु र उचाइ छुनुमा समर्पणको कथा नीरिह छ उ सधैं बिवश छ अनि सबैको नजरबाट ओझेलमा छ त्यसैले नबिर्स कसैले पनि पहाड उक्लेर समतलको अस्तित्व भुल्नु, समतललाई केवल लडिरहेको निर्जिव शरीर मात्र देख्नु हो त्यसैले म त पहाड उक्लन समतललाई नियाल्छु । |
परदेशिनुको पीडासयपत्री मखमली ,गोदावरी अनी चमेलिसङै मेरो आगन रमायो शायद । दुबो अनी अक्षतामा दशै तिहार जग्मगायो शायद, म भने झ झल्को आँखाभरी सजाएर परदेशी हुनुको पीडाबोध सहिरहेछु साँझको नभलाई चिहाएर मान्यजनको आशिषको कामना मागिरहेछु । त्यो देवी थान, लिङेपिङमा आफ्नो बैँश साटेर मचियो होला । त्यो गाउँको गोरेटो आषिशको टीका र जमराले ढाक्यो होला अभावको भकारीमा जमरा टुसाए शायद । बर्षौ बर्ष हराएको खुशी लालुपाते ओठ बनेर मुस्काए होलान । म भने, सम्झना मनभरी पालेर टाढा हुनुको आघात खपिरहेछु । पारी क्षितिजलाई मेरो आगनको पर्याय मानेर जुन, तारा झलमल्ल कल्पनामा सजाइरहेछु । |
आमा तिमी समुन्द्र हौआमा --- तिमी समुन्द्र हौ त्यसैले त ---, शान्त लहर भै बगिरहेछौ सुस्त ---सुस्त, न त कहिल्यै थकानको महसुश गर्यौ न,त उर्लिदो भेल बनेर तिमीले साराको सपना बगायौ , बरु ---आफु निश्चिन्त बनेर किनारालाई साथ दिइ बगिरह्यौ । तिमीले छहरा झै आफ्नो यौवन उदाङ पारीनौ, अनी ---तिमिले झरना बनेर कसैलाई लोभ्याउने अठोट पनि त गरिनौ , त र ---तिमी त धैर्य बनेर बगिरह्यौ , केवल बग्नुको अर्थ मात्र साँचीरह्यौ । तिमीले खहरे झै मात्तिएर क्षणिक स्फुर्ती कहिल्यै देखाइनौ तिमीले उर्लिदो खोला बनेर बर्षा यामको मात्र प्रतिक्षा कहिल्यै गरिनौ बस ---बगिरह्यौ , सदाबहार बनेर । तिम्रालागी बर्षायाम पनि कहिले आउन परेन , तिमीले शरद, ॠतु पनि पर्खन परेन , तिम्रो यौवनले चन्चलताको प्रदर्शन पनि गरेन । खोला, झरना, छहरा,छांगा झै तिम्रो रूपले फेरिनु पनि परेन कहिले अन्धाधुन्द बाढि बनेर बहुलाको नियती भोग्नु परेन अनी ---कहिले बगरलाई नीरिह एक्लो बनाएर तिमीले स्वार्थको ढोङ पनि रच्नु परेन तिमी त निस्वार्थी समुन्द्र बन्यौ जस्ले शितलता दिने कोशीश मात्र गर्यो । तिमी सतहको प्रीय बन्यौ आकाश छुने उदेश्य कहिल्यै बोकिनौ जस्ले ---साथ दिइरहयो किनाराको भरपर्दो सहारा को अस्तित्व बनेर । |
म निरीह देशआरोप प्रत्यारोप, विश्वाश, अबिश्वास, घाट, प्रतिघात न्याय, अन्याय को चक्रब्युहमा फँसेको म निरीह देश मेरो स्वाभिमान आज भोली हरेक जनताको अभिमान अनी प्रतिशोधको ज्वाला बनेर जलिरहेछ । स्वाभिमानको अग्लो शीर बनेर उभिएको मेरो सगरमाथा पग्लिएर हर आँखामा छचल्किएकोछ । चन्द्र,सूर्य छात्तिमा टाँसेर फर्फराउने मेरो प्रतिक केवल लाजको पछयौरिमा मात्र परिणत छ । बिडन्बना हो या सतिको सराप भनु . मेरो छात्ती कौरव ,पान्डवको युद्धरूपी रणभूमी बनेको छ । स्वयम्भूको त्री नेत्रले तान्डव न्रीत्य हेर्न मात्र बिवस छ अधीर बनेर मलाई सदा सर्वदा आषिश दिने पशुपतिनाथ यथार्थ मा नै''पशुहरुको ''पतिमा मात्र अनुवाद छ । हामी एक हौ भन्ने बाणी अनेकतामा बिभाजित छ मेरी आमा मेरो देश भन्ने भावना र शब्दहरु इेर्ष्या र जलन अनी घ्रीणामा परिवर्तित् छ , त्यसैले म निरीह देश मेरो ललाटमा केवल --- निरीह कोरिएको छ मेरो आफ्नो स्वाभिमान ,अस्मिता बन्धकमा परेको छ । |
सम्झौतायो शुन्य मथिंगलमा केवल...बेदनाको आगो सल्काएर यत्तिखेर म न्यानो तापिरहेछु आफ्नै समस्याको धुनी सम्झी हो, आउँछन, जान्छन पिर,ब्यथाका उकाली ओरालीहरु तर हामीले धैर्यताको तोक्मा टेकेर आफूलाई राहतको बिसौनी दिनु पर्छ ताकी यो सँधै अनि सबैलाई परि आउने जंजाल हो भनि । नत्र त कसरी जीवन बढ्ला आफ्नो रफ्तारमा अगाडि? किन कि यस्तै यस्तै बाध्यतामा जीवनले आफ्नो सत्यता भोग्न आत्मासात गरेकोछ , यसैले म अचेल सम्झौताको पहाडसँग आफूलाई उभ्याउन प्रयासरत छु। कत्ति पनि नथाकी, रत्तिभर नभागी आफूलाई त्यही पिर,ब्यथाको पर्याय मान्दै रापिलो धुनिमा चिसिएको मन सेक्दै हाँस्न, बाँच्न र जीवन भनाउन उत्प्रेरित छु, उत्साहित छु । |
संगीतबिहिन मौन जुवारीब्यर्थ बिचारको उहापोहमा मस्तिष्क खर्चेर हामी सदा शीतयुद्धमा लडिरहेछौँ ता पनि..... सकारात्मक निश्कर्षको प्राप्ती छैन हामीलाई , अन्यौलमा भौँतारी रहेछौं अकथित भावनाहरु मनभरी गुम्साएर एकार्काका बिचारहरुसँग असहमतिको सहिछाप गर्दै मौन जुवारी खेलिरहेछौँ । कोही राजनीतिको रखवाला भएर युद्धको धावा बोलिरहेछौँ कोही धर्मको बिभाजनमा एकार्कालाई बिभाजित गरिरहेछौं कोही लिंगभेदको निहुंमा आफूलाई अग्रणी बनाइ रहेछौं , कोही जातिबादमा अन्धो बनिरहेछौँ । हो यो मौन जुवारीमा न मादलको मीठो ताल छ, न त सारंगीको स्वीकृतिको मन छुने मीठो धुन छ न त बाँसुरीको लय छ फगत !यो जुवारी संगीतबिहिन छ असमर्थन र अस्वीकृतिका शब्दहरु ब्यर्थमा भरिएको छ यो कण्ठबिहिन जुवारीमा पोख्त संगीतकारको कमी छ मीठो स्वरदिने गलाको आवश्यकता छ अनि सहि शब्दकारको खाँचो छ यो मौन जुवारीमा । |
बन्द बाकससधैं बिरक्तिमा सुस्ताएर मनलाई निचोर्दै हाँस्न बाध्य अधरहरु कलेटीको पाप्रासँगै सम्झौतारुपी थुकहरु निल्न वाध्य छन् । सास्तीहरुको पाहुपासभित्र आफूलाई चाबी लगाएर स्वतन्त्रता र शान्तिको चाबीले खोल्न ब्याकुल ती मनहरु, तालाका प्वालहरुमा चाबी हुल्न नै डराइरहेछन् किन कि चाबी खोल्ने हातहरु काँपी रहेछन गोली बारुदको आट्टहासरुपी आवाजको त्रासमा । सचेत मन त छ तर छैन सचेतता कसैमा कोमल भाव त छ तर कोमलता छैन कसैमा त्यसैले कस्को साहस? स्वतन्त्रा र शान्तिको ताला खोल्ने । साँचो बोल्न पनि बोली तौलिनु पर्छ सत्य अपनाउन पनि असत्यलाई अंगाल्नु पर्छ त्यसैले त हरेक मन पक्षघातको शिकार बनिरहेछ हर पौरखी र बलिया पाखुराहरु पनि सुस्तताको डोरीले बाँधिएको छ । हो त्यसैले ती हातहरु लग्लग काँपी रहेछन् अनि, शान्ति र सभ्यताको शब्द ओकल्ने अधरहरु थर्थराइ रहेछन , विवशताको कठ्घरामा थुनिएर । त्यसैले बन्द छ त्यो बाकस अशान्ति र अन्यायको तालामा जकडिएर । सारा हातहरु लालायित छन् त्यो अर्घेलो तालाको बन्धन तोड्न , हेरौँ अब कहिले जुर्ने हो? त्यो सुनौलो अवसर त्यो क्रुर तालाको पलायनताको समय । |
समयको परिवर्तनबारीको कान्लामा डल्ला फुटाइ सकेर दौराको फेरामा अलौटा र ठेट्ना खाँदै चप्लेटी ढुङ्गामा थकाई मेट्न बस्ने धने र बिरे त आज भोली आधुनिक शहरमा पसी आधुनिक सभ्यताको आनुयायी भएछन । बिहानिको मिर्मिरेमा हरियाली जङल चाहर्ने उनिहरु , साँझको गोधुलिमा रङिन क्षितिजसँग रमाउदै गाईबस्तु फर्काउँदै ”रिटिङ रिटिङ नबजाउ बिनायो”को गीतमा रमाउने उनिहरु त — आज भोली बिहानिको मिर्मिरेमा पनि रातको धङ धङीमा नै लट्ठ हुँदा रहेछन । भीर, पाखा, कन्दराहरुमा प्राक्रीतिक फल,फूल खाइ प्राक्रीतिक आनन्द लुट्ने मनहरु त , आज भोली लाछी मन लिएर धरहरा देख्दा नै काँप्ने भएछन। दमाइ नाच,धान नाच,सोरठी हरुमा रमाउने आँखाहरु त , क्याब्रे,बेल्ली डान्स र डिस्कोमा मोहित भएछन । गोरेटो हिंड्ने र झोलुङेपुल तर्ने गोडाहरु त …, कालोपत्रे सडकमा पनि हिंड्न नसकी चिप्लिने कारमा मात्र चड्ने स्वाभिमानी खुट्टाहरु भएछन त्यसैले —समयको परिवर्तनले आज भोली उनिहरु त मिष्टर’ डन ‘ र मिष्टर ‘बिक्की’भएछन ‘धने’ र ‘बिरे’को निश्छल नामहरु त आडम्बर र स्वार्थले पुरिएर मौनतामा बिलाएछन । |
फुल्नुको लालच सँग मलाई मोह छैनबरु मेरो अभिमान ढकमक्क फुलेर झरोस मलाई कुनै गुनासो छैन , फूल्नुको लालचसँग मोह छैन किन कि फूल्नुसँग सबै मोहित हुन्छन तर… फुल्नुको अर्थमा अभिमान फुल्नु हुन्न , रिस,राग अहंकार, फक्रिनु हुन्न त्यस्लाई त जरैदेखी कुल्चिएर मास्नु पर्छ किन कि…… फुल्नुको अर्थलाई जब त्यस्ले कलंकीत बनाउछ भने बरु मेरो…… स्वाभिमान , बिना स्याहार ,सुसार ओइेलिन लागेको छ भने म त्यस्लाई कदर गर्छु , ओइेलिनुको अर्थ बुझ्छु , झर्नुको महत्वलाई स्वीकार गर्छु किनकी…… झर्नुको पनि त अर्थ हुन्छ , ब्यथा हुन्छ ,कारण हुन्छ अनी म त्यस्लाई झरेर पत्कर हुनबाट बचाउछु यसैले फुल्नु र झर्नुको अर्थमा बराबर मह्त्व र समझदारी हुनु पर्छ आफ्नो अस्तित्व नै गुमाउने बस्तु फुल्नु भन्दा झरेको नै बेस हुन्छ , आँफैलाई जीवनको परिभाषा दिने बस्तुको झर्नुको पनि महत्व हुनु पर्छ त्यसैले… झर्नु,फुल्नु ,फुल्नु ,झर्नुको औचित्य समान राख्नु पर्छ , फुल्नुको खुशीमा रमाउनु हुन्न ओइेलिनुको अर्थमा निरश हुनु हुन्न आखिर सोचौं त हरेक कुराको आफ्नै अर्थ र महत्व हुन्छ भनी …….. |
सुक्ष्म संबेदनामेरो सुक्ष्म संबेदनाको कोखबाट जन्मिएका सन्तानहरू, जब म नियाँलेर पढ्छु लाग्छ, कँही कतै स्तरिय शब्दरुपी पोषणको अभावले लाटा,लठेब्रा पो भएका हुन् की? घोरिएर सोंच्न सिवाय म के नै गर्न सक्छु र ? हो, मेरो कम्जोर मनस्थितीको पाठेघरमा केवल कुपोषणको राश छ अनि, म कसरी स्वस्थ्य र पोषणयुक्त सन्तान जन्माउँन सक्षम बन्छु ? यसर्थ………., कुपोषोणरहित सन्तानको जन्म दिन आमा स्वयं स्वस्थ्य र पोषणयुक्त हुनुपर्छ । उस्को संबेदना सक्षम अनि सबल हुनुपर्छ त्यसैले……, म अचेल पोषणयुक्त शब्दरुपी आहारको बोहनी,बुत्तो गर्न उद्वेलित छु, अनि….,. स्वस्थ्य भावनारुपी सृजनाको उदाहरण जन्माउँन आतुर छु, शब्द,शब्दको ओखती निचोरेर पिउने हतारोमा छु । |
प्रसव पीडा श्रृजनाकोधेरै समयपछि आज म भिन्दै प्रसव पीडाले छटपटिएँ म चकित भएँ आश्चर्यमा डुबेँ हँ म गर्भवति त थिईनँ किन अनि कसरी मलाई प्रसव पीडाको आभास भयो? तर म भ्रममा परिछुँ केवल… मान्छे जन्माउनमात्र पीडाबोध गरिछु म भित्र भावनारुपी बच्चाहरुपनी जन्मने उत्कट अभिलाषाहरु बोकेर छट्पटिई रहेका रहेछन् एउटा सिङ्गो भावनाको स्वरुप बन्न लालायित रहेछन् तर… म भने समयलाई केवल परिश्रम र द्रव्यमा अनुवाद गरेर मेरा भावनारुपी सन्तानलाई मानस पटलबाट बहिष्कार गरिरहेकी रहिछु मेरा श्रृजनारुपी सन्तानहरुलाई गर्भमै तुहाउने अभिष्ट बोकि आफ्नो परिवेशमा हराई रहेकी रहिछु । |
कठै ! यो बर्तमानअक्सर म बर्तमानसँग सोध्ने गर्छु आखिर यो संघर्ष,यो लडाईं केका लागि त ? कहिले मन थाक्छ लखतरानसँग कहिले मस्तिष्क थाक्छ हैरानसँग फेरी पनि आउछन समस्याहरु बिभिन्न रूप अवधारण गरी अनी आश्वासनको मल्हम पोँतिन्छन यो सब सुनौलो भविष्यलाई भनि । म फेरि अर्को सोंचमा अल्मलिन पुग्छु, बर्तमानले सधैंभरी भविष्यलाई नै उज्यालो बनाउने त ? के यस्को आफ्नै अस्तित्व छैन? कठै!यो बर्तमान , भुतबाट पनि बहिष्क्रित छ भविष्यको खुशीकोलागी सधैं आफु पीडित छ बिगतलाई बिर्सन वाध्य छ आफु बिगत र भविष्यको साँघु बनेर हज्जारौँ बोझ बोक्न बिवश छ, बर्तमान सधैं बिगत र भविष्यको कठपुतली बन्न लाचार छ । |
निर्देशक हो मनबहकिन सक्छ मन कतै छट्पटिमा आत्तिएर टुक्रिन सक्छ मन कँही पीडामा बल्झिएर, हो, मन यस्तै छ कोमल बन्छ कहिले नचांहिदो तर्कमा बिनासित्तिमा, कठोर बन्छ कहिले डुबेर स्वार्थको अभिप्शामा चुर्लुम्म त्यसैले त हजार मान्छेको मन हज्जार थरिका ………, अनी ब्यवहार पनि परिपरिका । आखिर सबै परिणामहरुको उपज हो यो मन , अनी त… सोँचाइ र बुझाईमा पनि कत्ती असमानता ? शायद मनको बर्गिकरण नभएको भए जीवन भोगाइमा हुने थिएन भिन्नता हो यही मनको दर्पणले कसैको मुहारमा बुद्धको आक्रिती झल्काएको छ भने यही मनको रंगले कसैको मुहारमा कालो रंग पोतिएको छ , म त भन्छु, मन बजारमा तमाशा देखाउने नौटकी हो फेरी भन्छु यो मन, छेपारोको रंग फेर्ने प्रव्रीती हो , अनी भन्छु मन आकाश गर्जिएर धर्तिलाई त्रास देखाउने गर्जन हो हो यो मन , मान्छेलाई बिभिन्न रूपमा अभिनय गराउने निर्देशक हो । |
उडाइ लग्यो सानो संसारको छानोरहेन अस्तित्व तिम्रो अब खै!तिम्रो रूपको महत्व अनी खै तिम्रो मीठो अभिनयको औचित्य ? सब छताछुल्ल भए तिम्रा भावनाहरु , अनी धमिला बागमतीमा अनुवाद भयो तिम्रो त्यो निस्कलंक कुमारीत्व । “नम्र”लाग्दथ्यो तिम्रो स्वभाव “नम्रता”नाम पाए झै शालिन लाग्दथ्यो तिम्रो मुहार प्रकृतिले बरदान दिइे सजाए झै त र अब लाग्यो …………, तिम्रो स्वभाव र तिम्रो सौन्दर्य केवल तिमी बिपरित भएर कलंकको आँधिबेह्री बनेर तिमीलाई छल्नलाई तिमीमा मन्त्रमुघ्ध बनेर छाएछ अनी तिमी बहकियौ रूपको कालो बजारमा या त फँस्यौ कसैको जाली मोहमा ? या त तिमीमा दैत्यरुपी सोँचले डेरा जमायो , वा त तिमी कसैको स्वार्थी मोहमा लिप्त बनेर पागल बन्यौ । भन्छन कहिले कही मानव सोँचमा दानवले बास गर्छन् अनी बहकिन्छ मन, हो कहिले मन चँचलताको परकाष्ठा नाघ्न पुग्छ अनी कलुषित बनेर पाइला डग्मगाउँछ आँफैमा भुइँचालो मचाएर , ध्वस्त बन्छ सपनाको महल उडाइलान्छ “सानो संसारको छानो” अनी सर्वाँग नग्याइदिन्छ जिन्दगीको बस्त्र च्यातिँदै,च्यातिन्दै सुस्त सुस्त ……………, हो यही नियती भोग्नु पर्यो तिमीले बैंश र रूपको आडम्बरमा फंसेर , अब सोँच्दै हौला पश्चतापको दिन गन्दै आत्माग्लानिको ज्वालामा दन्केर । |
म परदेशिनुको आशयकरुण चित्कार मनमा लिएर आँशुका थोपाहरुलाई मुटुको घडामा समेट्दै बन्धकी हाँसो उकास्न म परदेशिएको मान्छे । बिवसता मेरो नजिक थियो त्यो क्षण , अनी पीडा आफन्त थियो त्यो पल, शायद समस्याले जकडिएको त्यो समयमा आफ्नाहरु पनि तर्किएर बैरी बने होलान, मन भौंतारिएर आश्वासनको खोजिमा थियो शान्त्वनाको पुल बाँधिदिने हातहरु सुन्यतामा हराए शायद , हो यस्तै बाध्यताहरुको कसिमा आफुलाई बाँधेर म परदेशिएकी छु। बैरी र अवसरबादिहरुलाई आकर्षणको फूल चढाउन म टाढा आइेपुगेकी छु , मेरो टाडिनुको अर्थ हो म आकर्षक बनुँ जस्लाई फेरि बैरी मनहरुले श्रद्धा र आफ्नोपनको आँखाले नियालोस घ्रीणा र हिनभावनालाइे पखालेर एउटा जिवित मान्छे बनोस। |
आस्था र अनास्थाभित्र मान्छेमूर्ती पुजेर मान्छेलाई घ्रीणित ब्यवहार गर्नु मानवियता हैन जस्तो लाग्छ त र…… बाध्यता, जब मान्छेहरु नै मूर्ती भन्दा अन्धो र कठोर बन्छन भने अनी…. मान्छेहरु नै अचल बनेर पापको भागीदार बन्छन भने अर्को बिकल्प नै के रह्यो र ? हो कस्ले सुनेको छ ? इश्वरले आशिष फलाकेको ? कस्ले महसुश गरेको छ ढुङ्गाको मूर्तिले शीरमा आशिर्बादको स्पर्षले छोएको ? त र पनि मान्छे, आस्थाको धरोहरमा भुलेर ढुङ्गाको देव पुज्न वाध्य छन मान्छेलाई अनास्थाको खन्डहरमा धकेलेर निर्जिव मूर्तिलाई कोठा र चोटामा सजाउन लालायित छन अनी…. यिनै मान्छे, मानवियताको ब्यापारी बनेर इेश्वरलाई बली चढाउने बहनामा निरीह पशुहरुको हत्या गर्न उत्प्रेरित छन। वास्तवमा कस्ले सुनेको छ मूर्तिले रगतको भीख मागेको ? कस्ले देखेको छ ढुङ्गाका देवताहरुले हिंस्रक बनेर बलिको रगत पिएको र चोक्टा लुछेको? त र…… पनि मान्छे धर्मको आढ्मा हत्या गर्न अभिप्रेरित छन अनी तिनै प्रशादरूपी चोक्टाहारु राक्षस बनेर प्रशादको बहना गरी लोभि जिब्राहरु लप्लपाएर लुछ्न मग्न छन । अब…. सोंचौ, मानव मनमस्तिष्क लाई घच्घच्याएर मान्छेको अपमान मान्छेले किन गरिरहेछन ? मूर्ती पुज्ने निहुमा हत्यारा किन बनी रहेछन ? अनी….. मान्छेलाई विश्वाशको किनाराबाट पंछाएर निर्जिव ढुङ्गा किन ढोगी रहेछन ? हो…. मूर्ती पुज्ने मनहरुले नै मान्छेलाई घ्रीणा गरिरहेछन तर फेरी निर्जिव देवताको आस्थाको अभिप्शामा आँफै राक्षस बनिरहेछन त्यसैले मूर्ती पुजेर मानवताको ढोङ पिट्नु र मान्छेबाट नै अमानविय ब्यवहार पाउनु शायद एकार्काको पर्याय बनिरहेछ ………. |
मेरो मायालाई तिरष्कारम छु बिश्वस्त गरेनौ शायद ,मेरो मायालाई तिरष्कार अनी सोंच्दैछु फेरि यो पनि,गर्ने छैनौ मनबाट बहिष्कार । तिम्रो माया जिउने आधार भयो,अनी आश्वासन जीवन जित भयौ तिमी यसै मेरो,अनी भयौ जितको पुरस्कार । ठान्दछु म मन स्वच्छ भए,पाईन्छ मीठो खुशीको बरदान कुन इेश्वर हो त्यो जस्ले,रच्यो तिम्लाई गर्दछु म नमस्कार। हो भावना र चाहनाले रोज्यो तिम्लाई,यस्मा मेरो के दोष ? थाहा छ मलाई यो पनि,तिमीमा छैन मेरो पूर्ण अधिकार । |
बिभत्स दिवास्वप्नउफ ! कस्तो बिभत्स सपना देखेँ सपना कहाली लाग्दो थियो यस्तो थियो त्यो सपना म सगरमाथाको शिरमा उभिएर “आमा” “आमा”…….. चिच्याइ रहेकी थिएँ अनायस हावाको झोँक्का आएर मलाई चिसो स्पर्ष दियो, अनी मलाई कानमा शब्दहरुको बौछार गर्न थाल्यो ए… “आमा”शब्दको साईनो कस्लाई लगाइरेको छस ? छैन तेरी आमाको अस्तित्व अब ऊ हेर तेरी आमा खोक्रो शरीर लिएर हावामा कावा खाँदै माया र सद्भावनाको साईनो खोज्दै उडिरहेकी छे, नत्र….विश्वाश लाग्दैन भने मैले आफ्नो शिर उठाएर माथि हेरें एउटा रङहिन चङ्गा बत्तसिदै उडिरहेको थियो म हेरी रहें,हेरि रहें , चङ्गा कावा खाँदै उडिरहेकोथियो अनायस…. धागो चुंडियो चङ्गा बत्तासिदै भुइँमा झर्न थाल्यो म अधीर बनेर हेरिरहेको थिएँ अनायस फेरि मैले टेकेको सगरमाथाको हिउँ पनि पग्लिन थाल्यो म पनि खुट्टाले अडान पाउन नसकी भुइँमा बज्रिन पुगेँ , मेरो शरीर त्यही चङ्गाको छात्तिमा अडिन पुगेछ, मेरा शरीरमा अल्झिएका हिउँका ढिक्काहरु अनायस पानी बनेर चङ्गाको छात्ती चिस्याउन वाध्य बनेछ, त्यो चिसोपनले जब म निन्द्राबाट झल्याँस बिउँझे मेरो अगाडि एउटा जवान केटो उभिएको रहेछ जस्ले भनी रहेकोथियो आज मेरो लापरवाहिको कारणले मैले मन पराएको चङ्गा खुशीले उड्न नपाई भुइँमा खस्यो जस्को खुशीको उडानको अधिकार मैले खोसें जस्ले अल्पायुमा नै अवसानको बाटो रोज्नु पर्यो, जसरी मेरी धर्तिरुपी आमाले भोग्दैछिन हो म त्यही अप्राधी खेलाडी बनेँ जस्को डोरी मेरो हातमा थियो आफ्नै लापरवाहिले आँफै छिनाएँ । ऊ मौन बन्यो …….. मेरो शरीरबाट पग्लिएर झरेको पानी त त्यही चङ्गाको आसुँ बनेर झर्न थाल्यो मैले चङ्गालाई समातेर हेर्न चाहेँ त्यही आँशुरुपी पानीले गलेर चङ्गाको स्वरूप भाताभुङ भयो अनी बल्ल…..म झस्किन पुगेँ, कतै मेरी आमा पनि यसरी नै आकारहिन भ्एर मेटिने त हैन ? अनी सोँचे मैले मेरी आमाको पटुकीलाई पनि दर्हिलो सँग समाउनु पर्छ , कतै त्यही जवान केटोको हातबाट धागो चुँडिएर चङ्गा झरे झैँ मेरी आमाको पटुकी पनि चुँडिएर आमा निर्बस्त्र नहुन र आमाको अस्तित्व पनि त्यो निरश चङ्गा झै सुन्यतामा बिलिन नहोस्….., अस्तु / |
निरीह कैदीमायाको कठ्घरामा थुनियौ कि या त आकर्षणको नेलले बाँधियौ ? मैले त देख्न थालेँ तिमीलाई एउटा निरीह कैदी, जो मेरो आँखामा सदा कैद भयौ न त म तिमीलाई मायाको चोरीको अभियोगमा माफि दिन नै सक्छु, न त तिमीलाई मनको जेलमा थुनी रहन सक्छु, न त निर्दोष ठानी आजाद गर्न नै सक्छु बस! यो कस्तो अभियोग लाग्यो तिमीलाई न कहिल्यै मनको हथकडी फुकाएर छाडि दिन नै सक्छु। हो तिमीले सजाय भोग्नै पर्छ मनको चारदिवारी भित्र कैदिको पर्याय बन्नै पर्छ , किन कि तिमी दोषी बन्यौ मीठो भूल गरेर , तिमीमा अभियोग लाग्यो कसैको मन चोरेर । जाउ जहाँ जान सक्छौ तिमी न्यायको ढोका ढक्ढक्याउन एलान गर म दोषी हुइन भनेर त र पनि म तिमीलाई दोषी नै देख्छु तिम्रो मन र आँखाभरी चोरीको झलक नै पाउँछु , खुलासा गर फेरि पनि म निर्दोष छु भनेर त र पनि म तिमीलाई क्षमाको भिख दिन कँजुसाइ नै गर्छु किन कि गर्यौ तिमीले अन्जान भूल, गड्यो मेरो मनमा मायाको शूल ल… भन गर्छौ कि त मायाको कबुल? कि त स्वीकार्छौ आफ्नो मीठो भुल ? त र मैले त बन्दी नै बनाएँ मनको कठ्घरामा , अपराधी नै भएपनी मन पराएँ सुस्तरी सुस्तरी ………. अनी ठहराएँ आजीव |
मीठो उच्छ्वास भर्दैमीठो उच्छ्वास भर्दै जब तिमी आयौ समिप म्रीगत्रीष्णा बोकेर पुगेँ म पनि तिमी नजिक ………….. बढेथ्यो ढुक्ढुकी मुटुको लौन कस्तो बेगले सताएथ्यो हामी दुवैलाई माया नामको रोगले ……….. बनेथ्यौं एकार्काको जीवनको अमीट उत्कर्ष पुगेथ्यौँ त्यो सिमाना जहाँ थियो नछुट्टिने निष्कर्ष …….. लेखिएथ्यो यो मुना मदनको झै प्रेमको स्वच्छ उक्ती अमर उसरी बन्न खोजेथ्यौं हामीले नि जुक्ती ……… निश्छल ,निष्कपट गेरर लेखौं प्रेम काहानी देखाउँ होइन भनी स्वार्थकोलागी मात्र भनी जवानी ……… |
अन्तिम कोशेली”गिरिजालाईएउटा हस्ती अनी राजनीतिक धरोहरको समापन ……. आखिर पेवा न हो मृत्यु कहाँ रोक्न र छेक्न सक्थ्यो र? सम्बेदना र मायाका पर्खालहरुले त्यसैले उ निभेछ राजनीतिक आकाशबाट तर निभ्ने छैनन् उस्का समर्पण र उदेश्यहरु / हो मृत्यु अवश्यम्भावी छ चाहे जो ,जे सुकै होस् कालले उस्लाइ पर्खिरहेकै हुन्छ त्यसैले ……… आफ्ना लक्ष,उदेश्यलाई थाँती राखेर पनि धर्तीलाई बिदा माग्नैपर्छ संसारकै नियम सम्झी / हो….. मान्छे हो , जीवनभर कोशिश र संघर्षमा जीवनलाई उप्केरा दिँदै फलाउन फुलाउन चाहन्छ कत्ति कोशिश फल बनेर झाँगिन्छन कत्ति प्रयास तुषारोले कुहाइदिन्छन , त र पनि नहार्नुको एउटा ईतिहास लेखेर मृत्यु रोज्नु मान्छेको महानता र शाहस हो हो यही शाहसको एउटा पर्याय हो गिरिजा जस्ले जस,अप्जसका ढाकरहरु बोकेर पनि आफुलाई थकित नमान्नुको एउटा बहादुर भरिया साबित गरेको थियो/ पौढताको सिमालाई पनि तरुणपनको जलप लगाएर नव जोश,जांगरको पहिचान दिएकोथियो सलाम छ त्यो अडिग बिस्वाशलाई अनि प्रणाम छ त्यो शाहसिक कदमलाई / शरीर माटो बन्न सक्छ बन्ने छैनन् उस्का समर्पणका चेतनाहरु सधैंभरी हर नेपालीका छात्तिमा दुख्नेछन उस्का अभावका बेदनाहरु / सुत चिर निन्द्रामा तिमी त र पनि ब्युँझनेछन तिम्रा हर समर्पित भावनाहरु दिन्छौं यही बिदाइका शब्दहरु श्रदान्जली ठानी अन्तिम कोशेलीहरु / |
बिस्थापित हामीप्रवासी तन,स्वदेशी मनको मिश्रित अस्थिपन्जर कहिले कमजोर बनेर ढल्न खोज्छ कहिले अस्थिर बनेर रम्न खोज्छ किन हो कुन्नी ?आमाको मोहले मोहित भएर होला शायद … आफ्नै आमाको काखको सिरानी रोज्छ । रहर हो कि बाधयता ? रणभुल्लमा छौं हामी , आफ्नो अङेना र चुल्हो बिर्सी पराइेको गांस टिप्न वाध्य छौं हामी । ह्रीदयभरी छट्पटिका सासहरु गुम्साएर तरै पनि हाँस्न पोख्त छौं हामी स्वदेशको माटो पराइ बन्यो गाउँको बाटो बिरानो भयो मारुनी ,दोहरी र सोरठी भाका केवल सम्झना मै सिमित रह्यो लिङे पिङ र रोटेपिङ्को रमाइलो आँखाभरी भरी छाइे रह्यो कस्तो बिवस्ताको खेल हो यो पराइ भुमी नै रोज्नु पर्यो कस्तो धर्म संकट हो यो आँफैलाई बिस्थापित गर्नुपर्यो । |
देवकोटा तिमी प्रसाद हौदेवकोटा, तिम्रा अमानुषी श्रीजनाका किरणहरुले अझै जग्मगिएको छ साहित्य जगत तिम्रा अटल प्रेरणाहरुले बाँचेको छ नेपाली बाङ्मय अझ सहज, तिमी अपरिमेय छौ तिम्रा श्रीजना अमेय छन। हाँसी रहेछौ तिमी अटल सूर्य बनेर नेपाली साहित्यकाशमा , बाँची रहेछौ तिमी”मुना मदन”बनेर हर सर्जकहरुका मानसपटलमा । ज्योति थियौ तिमी अलौकिक ज्ञानको मोती बन्यौ तिमी साहित्यरूपी समुन्द्रको , त्यही ज्योति आज साहित्यको “आभा” बन्यो त्यही मोती सबको श्रीजनाको माला बन्यो । तिमी प्रतीक हौ कबितामय संसारको पथ प्रदर्शक हौ तिमी सद्भभाव र सह्रिदयताको , गर्न सकौं ग्रहण सबले तिम्रा प्रसादरूपी कबिताका उपदेशहरु पाउन सकौं सदा तिम्रा अजम्बरी आत्माका जसहरु । तिम्रै श्रीजनामा अमर बने निश्छल प्रेमीको जोडी “मुना मदन” तिम्रै भावनामा समान भए जातीभेद पनि , यसैले हामी गर्छौं श्रद्धा “लक्ष्मी” तिमीलाई आजन्मभरी तिम्रै चरणमा राख्छौं माथ हामी सधैं भरी । |
आमा कहाँ बिलायौआमा तिम्रो मात्रित्वको परीभाषा कसरी म दिउ ? जब कि तिमीले त मलाई न्यानोपनको आभाष नै नदिइे छाडेर गयौ …. बात्सल्यताको महत्व नबुझाई बिलिन भयौ … म भने आमा ,आमा चिच्याइ रहें तिमी त कठोर् बनी शुन्यमा बिलायौ … जब मलाई तिम्रो न्यानोपनको आवश्यकता थियो तब तिमी त आँफै चिसिएर बगर बन्यौ जब मलाई तिम्रो उपदेशको चासो थियो तब तिमी त वाक्यहिन भै क्षितिजमा निदायौ भन… आमा तिमी कस्तो सजाय दिइे टाढा टाढा अस्तित्वहिन भै कुन नभमा बिलायौ ? मलाई जन्म दिइे सहाराहिन् किन बनायौ ? आमा कुन क्षितिजमा हरायौ ? मेरो बात्शल्यताको अर्थ किन लुटायौ ? |
एउटा नक्षत्र झरेछ साहित्यकाशबाटम स्तब्ध बनें त्यो शोकाकुल खबरले साहित्यिक नभबाट एउटा स्रष्टारुपी तारा खसेछ झापाली साहित्यकाशबाट , चम्की रहेका उज्ज्वल नक्षत्रलाई कसरी कालो बादलले आफ्नो कालरात्री घुम्टोमा लुकाएछ / म कामना गर्दछु वहाँको चिरशान्तीको म प्रार्थना गर्दछु वहाँको प्रतिभाको दिर्घायुको शरीर माटोमा मिल्यो त के भो ? साहित्यरुपी सन्तानहरु जिवित नै छन आत्मा पलायन भयो त के भो ? श्रीजनाका डोबहरु बाटाभरि यत्रतत्र छन / देह मर्यो रे वहाँको सदाकोलागि कबिताहरु जिउँदो आत्मा बनेर गुन्जी रहनेछन , छायाँ बिलिन भयो रे सुन्यतामा कथाहरु जिवित बनेर सल्बलाई रहनेछन सबको मनमस्तिष्कमा / हो म फेरि पनि भन्छु एउटा देह पलायन भयो रे, आत्माले चिरनिन्द्रा रोज्यो रे त र अजर,अमर बन्नेछ सदा वहाँका साहित्यरूपी सन्तानहरु सबका अन्तरात्माभित्र गुन्जिरहने छन वहाँका भावनारूपी साहित्यका शब्दहरु यसैले म चडाउदैछु वहाँलाई श्रद्धान्जली स्वरूप सम्झनाका यि शब्द सुमनहरु / |
म भूल हुँम भूल हुँ सुधारन सक्छौ पुरानो गल्बन्दिको धागो हुँ उधारेर नयाँ स्वरूप दिन सक्छौ …., कहाँ मैले भनेकी छु र ? म सदाबहार छु भनेर कहाँ मैले हठ गरेकी छु र ? म सदा सर्वदा जायज छु भनेर , म फूल हुँ बास्ना लिन सक्छौ म… पत्कर पनि हुँ कुल्चेर हिँड्न पनि सक्छौ / कहाँ म गर्वित छु र ? केवल फूल्नुको अर्थमा, कहाँ म रमेकी छु र ? बास्ना छर्नुको औचित्यमा ………/ म शूल हुँ , पंछाएर हिँड्न पनि सक्छौ म पुरानो घाउको खाटा हुँ उप्काएर फाल्न पनि सक्छौ / कहाँ मैले सोचेकि छु र ? म कोमलताको प्रतीक मात्र हुँ भनेर कहाँ म निश्चिन्त छु र ? सधैं तिम्रो अभीष्ट्मा अटाउछु भनेर समग्रमा मेरो …….. इेक्षा,आशा, हार्दिकता यही हो म भूल हुँ , सुधार्न सक्छौ , म…….जे हुँ,जस्तो हुँ नयाँ आकार दिन सक्छौ / |
स्तब्ध आशक्तीशालिन् त्यो मुहार अनि भद्रपनको आशक्तिमा म यसै हराएछु कि …….., आजकल म आफैभित्र आफैलाई पाउन असमर्थ छु , हो त्यो मुहार निश्छल छ,गम्भिर छ,भावुक छ ऊ पनि कता कता हराए झैं छ शायद……. हामीबिच अल्पपरिचिताको तगारो भएर होला/ म मनभित्र भित्रै कैद गर्ने गर्छु ऊ प्रतिका आशक्तिका चाहनाहरुलाई अनि यि अधरहरु सिउने गर्छु उस्लाई पोख्नु पर्ने बहानाहरुलाइ किन कि ऊ टाढा क्षितिजमा अल्मलीइ रहेछ म अर्कै धरातलमा जिइरहेछु आफ्नै तड्पन र जलनसँग के थाहा उस्लाई ? कुनै धर्तिको आकाशबाट जून बनी चिहाइ रहेछ एकटकले उस्का त्यो निष्कपट छायाँलाई के वास्ता उस्लाई ? कुनै त्रीषित बटुवा बनेर धाइरहेछ ऊकहाँ मनको त्रीष्णा मेट्नलाई भनी , बस ऊ त सदा गम्भिर छ आँफैमा ब्यस्त छ , त र….. म भने हरपल त्यही छायाँ र आक्रीतिसँग बेखबर लडिरहेछु,जुझिरहेछु त र….. जब म झल्याँस यथार्थमा आउँछु मेरो अघाडी एउटा तस्बिरले गिज्याइ रहेको पाउँछु हो त्यो तस्बिर त्यही गम्भिर मुहार हुन्छ उस्ले मलाई बोलाए झैं लाग्छ अनायस म त्यो मुहार सुम्स्मुयाउन थाल्छु त्यो तस्बिर भूइमा झरेर चक्नाचुर हुन्छ , म ति टुक्रिएका शिशाहरुलाइ एकत्रित बनाएर जोड्ने प्रयास गर्छु त र अफ्सोच !हरेक टुक्रामा बिभाजित त्यो गम्भिर मुहार जोडिन असमर्थ बन्छ अनि त्यो मुहारको रूपरेखा छिन्नभिन्न हुन्छ अनि म निराशाको बिस्म्रीतिमा पुरिन वाध्य हुन्छु फेरी मनले भन्छ उफ !कस्तो आशक्ती मेरो ऊ प्रतिको ? जब म सत्यतामा फर्किन्छु त र……त्यो त खाली दर्पनभित्रको छायाँ मात्र पो हुन्छ / |
जिजीबिषाको लडाइँढुङ्गाको मन बोकेर पर्देशिएका हामी बाध्यताको बन्धनले बाँधिएका छौं , भन्छन, भन्नेहरु सजिलैसँग देशलाई भुल्यौ पैसाको मोहमा फँस्यौ त र….. त्यसो हैन, केवल जिजीबिषाको लडाइँ लड्न मात्र हामी पर्देशिएका छौं किनकी आफ्नो भूमिको बाँझोपनको रमिते मात्र भएर कहाँ हुन्छ हामीले ? आफ्नी आमाको काखलाई बचाउन पनि त केही जोरजाम गर्न पर्यो कसैले / खै त हामीलाई त्यो अवसर ? जो जती बाँचिरहेछन् आफ्नो देश भनेर शायद….. सहिरहेकाछन् उनिहरुले पनि बिवसता र आत्माग्लानिका प्रहारहरु , बितिरहेका होलान मनभरी डर,त्रास,भयका पलहरु तर बाध्यता हो उनिहरुको पनि आफ्नै आमाको काखमा असुरक्षित भोगाइहरु भोग्न अनी मेरो देश भन्ने मोहमा फँस्न तर…… हामी दुवै पक्ष नै बिवसताको जंजिरमा बाँधिएका छौं / एकातिर स्वाभिमानको फोस्रो नारा छात्तिमा टाँसेर आफ्नै देशमा पराइ बन्नु पर्ने बाध्यता छ भने अर्कोतिर देशको माया मनभरी साँचेर पराइभूमिमा छट्पटिनु पर्ने बिवसता पनि छ , तर जो जहां होस्, आफ्नी जननीको मायामा नै बिचलित छ बस….. एउटै बाध्यता छ सबैले जिजीबिषाको लडाइँको निम्ती बाँच्नु छ ,जहा भएपनी जे भए पनि । |
पक्षघातले पीडित मेरो देशअचेल मेरो देश … पक्षघातले पीडित छ पोख्त डक्टरहरुको अभावमा असम्भव छ यो रोगको निराकरण हुन किन कि, यहाँ डक्टरहरुको माथिङ्गल नै स्वार्थ र पद्लोलुपताको होड्बाजिमा भौतारिरहेको छ । बिचरा मेरो देश , सहि उपचारको अभावमा अपाङ्ग बनिरहेछ । निस्वार्थी सेवकहरुको उपचारको आशामा म्रीततुल्य भैरहेछ , हुन पनि त हो , अपाङ्ग र अशक्तताको अभावमा मेरो देश किन निरीह नहोस् ? सहि स्याहार र आश्वासनको अभावमा मेरो देश रोगले ग्रस्त छ । बाँच्नुको अपेक्षामा अर्धचेतन भै लडिरहेछ , संजिवनि दिने हातहरुको आशामा आँखाहरु बिछ्याइ रहेछ । अचेल मेरो देश , मानसिक रोगले भयभीत छ पक्षघातले पीडित छ । |
माया गर्न थालें तिमीलाईम भावनात्मक माया गर्न थालें तिमीलाई तिमी भने चाहनाको दृष्टिले हेर्न थाल्यौ मलाई … म मीठो कल्पनामा बहन थालें तिमीमा तिमी भने स्वार्थको शब्द फ्याँक्न थाल्यौ म मा … भन्छन माया अनायस देखिने इन्द्रेणी को रङ हो त र लाग्छ तिम्रो माया बैँशको उन्माद हो … सुनेकी छु निस्वार्थ माया शारिरिक् चाहना हैन स्वार्थपूर्ती गर्ने माया केवल बहाना पनि त होइन … म श्रद्दालु आँखाले खोज्न थालें तिमीलाई तिमी भने नशालु नजरले पाउन खोज्यौ मलाई … |
भर नपरजे भन्यौ ठिकै भन्यौ मनकै ब्यथा पोख्यौ , अस्पट भावनाहरु ओकलेर मन शान्त गरायौ … हो —सारा कुण्ठाहरु थुपार्नु हुन्न मनमा असरल्ल पीडाहरु साँच्नु हुन्न ह्रीदयमा । मन शान्त गराउने बहनामा तिमी समर्पित भयौ कसैमा अधरमा मुस्कान ल्याउने प्रयासमा तिमी कोमल बन्यौ आँफैमा , त र —सावधान ! जस्लाई मनका ब्यथाहरु पोख्छौ ऊ तिम्रो पीडाको श्रोता मात्र नबनोस जस्लाई भावनाका लहरहरु बिछ्याउछौ ऊ तिम्रो कोमलताको क्रयता मात्र नहोस् किन कि संसार अब स्वार्थमा मात्र डुबेको छ कसैको साथ क्षणभङुर मात्र हुन सक्छ तिम्रो भावना केवल , दन्त्य कथा मात्र बन्न सक्छ । यो भ्रममा ”तिमी ” ”उ ” हामी सबै फंसि सकेकाछौ, त्यसैले —पोख मनका ब्यथा त र आफु नाङिएर हैन सुनाउ पीडाका वाक्यहरु त र —आफु बिश्वस्त बनेर हैन जस्ले सुन्ने बहानामा तिमीलाई मोल्न सक्छ , जस्ले आश्वासन दिने भरोशामा तिमीलाई लुट्न सक्छ किन कि —अब ती सत्य र धर्मी मनहरुमा कलंक र अधर्मले बास गरिसकेको छ । |
यो बर्ष हाम्रै हित बनेर आउनेछबिस्म्रीतीको धुलोमा पुरिँदै,धसिँदै अनि कुना,कन्दरा र डाली डालीमा लहराउँदै आयो भन्छन् नयाँ बर्ष/ मनमष्तिस्कमा बिझाउंदै,पोल्दै अनि आँखा र अधरहरुमा लोलाउँदै,मुस्काउँदै सुसायो भन्छन् नयाँ बर्ष / खै त!अतितमा झै उल्लास र उमंग नयाँ बर्षको? खै त!बिगतमा झै हर्ष र खुशियाली नव आगमनको? हो सबै प्रश्नहरु अनुत्तरित छन् सबै जिज्ञासाहरु मौन छन् किन की हामी सबै यसघडी मौनताको छाँयाभित्र अल्मलिएकाछौं त र पनि हामी हौं,आशाबादी यो बर्ष हाम्रै हित बनेर आउनेछ, यो समय हाम्रै जित बनेर छाउनेछ। पन्साउँ नकारात्मक सोंचहरुलाई, हटाउँ बैमनष्यताका पर्खालहरुलाई, गरौं न्वारान आउने नयाँ शिशुको राखौँ नाम शान्ति र सद्भाव भनि / पर्दैन गर्न स्वागत फूलको हत्या गरेर पर्दैन गाउन गीत शुभकामना भनेर गरौं चोखो आत्माले भाव स्वच्छ पोखेर मिलाउँ हातहरु नयाँ बर्ष सुखद होस् भनेर/ यही कामना गरौ सबै मिलेर, नयाँ भावना जगाउँ नव बर्ष फलोस्,फुलोस भनेर/ |
बन्धकी हाँसोउत्कट अभिलाषाको कमारो भएर होइन जिउने आधार खोज्न म, आफ्नो भुगोलरेखाको सीमाबाट बाहिरिएकिछु मलाई लालिगुराँश,चाँप् ,चमेलिको मोह किन थिएन र ? अनी………सेता अग्ला हिमालहरुको दृश्यले किन मोहित थिइन र ? तर………फूलको सौन्दर्य र सुगन्धले गाँस पुग्ने भए, हिमशिखरको काखमा बास टर्ने भए शायद………मैले जिउनुको अर्थमा लक्ष्मण रेखा पार गर्ने थिइन म मान्छे, आफु बाँचेर अरुलाई पनि बचाउनु छ बचाउनुको आशयमा बांच्ने आधार खोज्नु छ त्यसैले……..बलियो आधारको खोजिमा म आफ्नो भुमीबाट अलग्गिएकिछु मलाई दलान र बलेशिको आनन्द किन थिएन र ? अनी करेशाबारी र खेत्बारिको झझल्को आँखामा किन छैन र ? तर……….दलान र बलेशी नै आजभोलि पराइ ठान्नु परेपछी करेशाबारी र खेतबारी नै बन्धकमा परेपछी शायद…….म, अर्को श्रीजनाको अर्थमा पराइ बनेकिछु मेरो बन्धकी हाँसो उकास्न |
भाई टिकामनको फुल्बारिमा मक्खमली र सयपत्री फूलाएर म कल्पनाको चोखो धागोमा आशिषको माला उनेर उपहार तिमीलाई पठाउनेछु मेरो भाई , धैर्य गर तिमी दिदीको आशिष सदा अटल रहनेछ भौगोलिक दुरी टाढा भएर के भो ? नियालेर हेर पारी क्षितिज इेन्द्रेणिको रंग तिम्रो निधारमा सजिएको पाउनेछौ हो……..त्यही क्षितिजलाई म मेरो प्रतिनिधि पठाउदैछु एउटी दिदीको कल्पनाको रंग घोलेर ननिभाउनु कहिल्यै तिमीले मनको दियो , पुरा होस् तिम्रो लक्ष जे थियो आशिष यही पठाउदैछु म भाई टिका सम्झी परदेशमा आँखा रसाउदैछु म |
मनको उच्छ्वाशमलाई यत्तिखेर, भुई कुहिरो भएर उड्न मन लागेको छ अँ ह —आकाशिन मलाई मन छैन म ,निस्तेज भएर नै रमाउन चाहन्छु म ,देउरालीलाइ चुम्न चाहन्छु भञ्ज्याङलाई अङाल्न चाहन्छु भीर,पाखासँग मीत लाउन चाहन्छु । मलाई यत्तिखेर क्षितिज भएर हाँस्न मन लागेको छ , अँ ह —मलाई फराकिन मन छैन म ,रङिन भएरै सजिन चाहन्छु म,आकाश र धर्तिलाई जोड्न चाहन्छु पहाडलाई छाम्न चाहन्छु साँझलाई रङाउन चाहन्छु । मलाई यत्तिखेर , शिरिष भएर फुल्न मन लागेको छ अँ ह —, मलाई गुलाब हुन मन छैन म, नीलो रङ भएर फुल्न चाहन्छु म ,शान्तिको रङ भएर झुल्न चाहन्छु आकाशसँग दाँजिन चाहन्छु नीलो झरनामा परीभाषित हुन चाहन्छु शान्तिको पर्याय शान्त शितल नीलो दह हुन चाहन्छु । |
निरर्थक उदारताउदार भएर कसैलाई सहानुभूती पोख्छौ भने पाउनुको अर्थमा मात्र उदारताको अभिनय नगर त्यो त केवल स्वार्थको रूप मात्र बन्न सक्छ हो ,तिमी कसैको पनि सहयोगी बन्न सक्छौ मानवरूपी नाताले तर सहयोगको बद्लामा आँफैले आँफैलाई सहयोगिको उपमा दिएर बिज्ञापन गर्दै हिड्छौ भने त्यो पनि सस्तो हल्ला र निरर्थक सहयोग मात्र बन्न सक्छ बरु त्यसो हो भने, तिमी मौन बस, एक्लै बाँच, सहानुभुती र सहयोगि भावना मनभित्रै साँच किन कि कोही त तिम्रो सहयोग र दयाको भिखारी नबनोस अनि कोही त तिम्रो चर्चाको पात्र नबनोस |
रित्तो शुभकामनाखै !उन्मुक्त हाँसो तिम्रो अधरमा छैन शायद त्यसैले के शुभकामना दिउँ तिमीलाई ? हृदयमा संतापको दियो बालेर बांची रहेछौ या छातीभरी सन्त्रास बोकेर फिक्का हाँसो हाँसी रहेछौ दशै ,तिहारको रमझम अब त दन्त्यकथा बनी सक्यो भाईटीकाको आशिष र मान्यजनको आशिर्वाद इतिहासको अक्षर बनिसक्यो त्यसैले…….मेरा सह्रीदयिहरु हो मैले चाहेर पनि शुभकामना दिन सकिन अनी…….. मनले चाहेर पनि रमाइलो चाडको अनुभव पोख्न सकिन किनकी म,तिमी ,हामी सबै आफ्नोपन र परम्पराबाट बहिष्क्रीत बनी रहेछौ भावनाले सम्झेर पनि इच्छा ,आकङ्क्षालाई मारिरहेछौ |
आमा तिमी समुन्द्र हौआमा — तिमी समुन्द्र हौ त्यसैले त —, शान्त लहर भै बगिरहेछौ सुस्त —सुस्त, न त कहिल्यै थकानको महसुश गर्यौ न,त उर्लिदो भेल बनेर तिमीले साराको सपना बगायौ , बरु —आफु निश्चिन्त बनेर किनारालाई साथ दिइ बगिरह्यौ / तिमीले छहरा झै आफ्नो यौवन उदाङ पारीनौ, अनी —तिमिले झरना बनेर कसैलाई लोभ्याउने अठोट पनि त गरिनौ , त र —तिमी त धैर्य बनेर बगिरह्यौ , केवल बग्नुको अर्थ मात्र साँचीरह्यौ / तिमीले खहरे झै मात्तिएर क्षणिक स्फुर्ती कहिल्यै देखाइनौ तिमीले उर्लिदो खोला बनेर बर्षा यामको मात्र प्रतिक्षा कहिल्यै गरिनौ बस —बगिरह्यौ , सदाबहार बनेर / तिम्रालागी बर्षायाम पनि कहिले आउन परेन , तिमीले शरद,ॠतु पनि पर्खन परेन , तिम्रो यौवनले चन्चलताको प्रदर्शन पनि गरेन / खोला,झरना,छहरा,छांगा झै तिम्रो रूपले फेरिनु पनि परेन कहिले अन्धाधुन्द बाढि बनेर बहुलाको नियती भोग्नु परेन अनी —कहिले बगरलाई नीरिह एक्लो बनाएर तिमीले स्वार्थको ढोङ पनि रच्नु परेन तिमी त निस्वार्थी समुन्द्र बन्यौ जस्ले शितलता दिने कोशीश मात्र गर्यो / तिमी सतहको प्रीय बन्यौ आकाश छुने उदेश्य कहिल्यै बोकिनौ जस्ले —साथ दिइरहयो किनाराको भरपर्दो सहारा को अस्तित्व बनेर / |
नयाँ इतिहासको जन्मनयाँ इतिहास जन्म दिनेहरु हो सारा संसारलाई चकित गरी नयाँ जन्म लिएकाछौ , त्यसैले…….जन्मेको सारलाई सार्थक गर्न तिमीहरुले नयाँ पालुवाको श्रीजना गर्नुपर्छ नयाँ बिहानिको ढोका उघार्नु पर्छ जुन बिहानिको प्रतिक्षामा सारा मन ,मस्तिष्कहरु अध्यारोमा काला रातहरु भोगिरहेका थिए अब……..तिमिहरु संसारकै पाले अनी रक्षक भएर जन्मेकाछौ त्यसैले उत्साहित बन अध्यारो कोठामा उज्यालो छर्न अनि…….. दह्रिलो रक्षक बन्न अनि मात्र , तिम्रो आगमनले प्रतिक्षित मनहरु प्रफ्फुल्लित हुनेछन देखाइ देउ नयाँ इतिहासको पानाहरुमा स्वर्ण अक्षरहरुले इतिहास भनेको रङ,जाती,भेद , धनी,गरीब को संघर्ष मात्र होइन समानता र सहजता को पनि लेखिनु पर्छ संसारभरी शान्ती र सद्भभावनाको दियो बल्नु पर्छ भनेर |
किन चाडै मायाकिन चाडै माया मार्यौ स्वार्थी बनेर म भने सम्झी बस्छु आफ्नो भनेर निष्ठुरी त होइनौ तिमी के पर्यो त्यस्तो लाको माया बिर्सिदिने भयौ तिमी कस्तो ज्यानै पनि दिन्छु भन्थ्यौ भेट हुँदा जहिल्यै तिम्रो बाचा बिर्सिन्न म जूनिभरी कहिल्यै किन मलाई भुली दियौ छल गरेर म भने बाँची रैछु तिम्रै भर परेर |
परदेशिनुको पीडासयपत्री मखमली ,गोदावरी अनी चमेलिसँगै मेरो आगन रमायो शायद दुबो अनी अक्षतामा दशै तिहार जग्मगायो शायद, म भने —झ झल्को आँखाभरी सजाएर परदेशी हुनुको पीडाबोध सहिरहेछु साँझको नभलाई चिहाएर मान्यजनको आशिषको कामना मागिरहेछु त्यो देवी थान, लिङेपिङमा आफ्नो बैँश साटेर मचियो होला त्यो गाउँको गोरेटो आषिशको टीका र जमराले ढाक्यो होला अभावको भकारीमा जमरा टुसाए शायद बर्षौ बर्ष हराएको खुशी लालुपाते ओठ बनेर मुस्काए होलान म भने, सम्झना मनभरी पालेर टाढा हुनुको आघात खपिरहेछु पारी क्षितिजलाई मेरो आगनको पर्याय मानेर जुन ,तारा झलमल्ल कल्पनामा सजाइरहेछु |
धेरै आँखा आएधेरै आँखा आए यहाँ बास दिन्छु भनी धेरै हात धाए यहाँ साथ दिन्छु भनी कस्को विश्वाश गरिकन बास माग्नु मैले कस्को भर परिकन साथ माग्नु मैले धेरै राहत धाए यहाँ बतास दिन्छु भनी धेरै बचण आए यहाँ हतास लिन्छु भनी कस्को माया स्विकारेर भर पर्नु मैले कस्को दया साचो ठानि डेरा सर्नु मैले |
कबि प्रतिष्पर्धी लडाकु होइनम प्रतियोगी बन्न सक्छु तर ………..प्रतिष्पर्धी बन्न सक्दिन मैले कबितालाई दाउमा राखेर कसै सँग बाजी जित्नु छैन ”कबिता ”त स्वच्छ, साचो भावना अनी समाजको दर्पण हुनु पर्दछ न कि ………कसैको कलमको आसुँ जित्ने लक्ष यदी ……..उसो हो भने त आफ्नो सन्तानलाई दाउमा राखे सरह भो नि ! के कसैले आफ्नो मन ,प्राणलाई दाउमा राख्न सक्छ ? त्यसैले ……..मेरो आशयमा साहित्यको नीती भनेको होड्बाजी गर्ने मैदान होइन , ‘कबि”साहित्यकार ‘प्रतिष्पर्धी लडाकु होइनन जो,एकापसमा लुछाचुडी गर्दछन अनी ……..त मलाई भन्न मन लाग्दछ म आफ्नो भावनारूपी सन्तानलाई च्याखे दाउमा थापेर कबिरूपी जुवाडेमा अनुवाद हुन चाहन्न , हो ……..प्रतिष्पर्धाको मैदान दिइन्छ यस्को आशय ‘अर्थ’र ‘अभिमान’ जित्ने लालच दिनु होइन फेरी ………जित्नुको अर्थमा अभिमानी बन्नु होइन त्यो त कबि भावनाहरुलाई उत्साहित गर्न स्थान दिनु हो , कबिको कलमलाई मलजल दिएर फलाउनु,फूलाउनु र प्रेरित गर्नु हो / साहित्य अर्थोपार्जनको अपेक्षामा कहिल्यै समाहित हुँदैन बरु ……..रित्तो बनेर अरुको पीडा,ब्यथा पोख्दछ बिक्रीती,बिसंगतीको दर्पण बनेर आफु चर्कन्छ,समाजमा छर्लङिन्छ / कबिताको रूप भनेको कोमलताको प्रतीक हो, ह्रीदयभित्रको स्पन्दनको बिम्ब हो त र ………’हार’ र ‘जीत’को खेल होइन त्यसैले ……..म कबिता जन्माउछु झुठो प्रशंसाको लालचको निम्ती होइन , म भावना प्रष्फुटन गर्छु सत्य गालीको अपेक्षामा / हो ………यो सहि हो , कबिले ‘गाली’ पनि पाउनु पर्दछ कबिताले ‘ताली’पनी पाउनु पर्दछ त र ………गालिको अर्थमा घ्रीणा होइन , अनी ………तालिको गड्गडाहटमा झुठो प्रशङ्साको धाप होइन जस्ले कबिको भावना हत्तोत्साहित नबनोस झुठो प्रशंसामा कबिको कलम नमात्तियोस म कबिता फुर्दछु , समाजको सत्यतालाई उजागर गर्न त र ………..म पर्तिष्पर्धी कबिता कोर्दिन जितेर अभिमानी बन्न किनकी ……..कबिता हारजीतको खेल होइन बरु ……हुनसक्ला , भावनाहरुलाई शब्दहरुमा सजाएर कबिताको स्वरूपको तारतम्य मिलाउन नसक्नुको कमी कमजोडी शब्दहरुलाई ‘कबिताको’आक्रीती दिन नसक्नुको असक्षमता त्यसैले ……..मलाई लाग्दछ , कबितारूपी भावना कहिल्यै नमिठो र अशोभनिय हुँदैनन , हुन सक्लान , ‘कबिता’बिद्रोहको रापिलो लप्का जहाँ अन्याय,अत्याचारले परकाष्ठा नाघेको हुन्छ त्यसैले ……..म ‘कबिता’मा अर्को बिशेषण थप्न सक्छु ‘कबिता’अन्याय,अत्याचार, दमनको नारा पनि हो म;अझै पनि भन्दिन ‘कबिता’दौड्ररूपी मैदानको खेल हो बरु ……..भन्छु , यो त सुस्त,सरल,शान्तसँग बग्ने भावनारूपी नदीको प्रवाह हो सत्य र सहि मर्महरुको उपज हो संसारको मन जित्ने साधन हो बाजिमा राखिने बस्तु होइन मैले कबिताको ‘फेत’मा नै भनी सके कबिता कबिको मोल हो त र ………प्रतिष्पर्धाको मुल्य होइन त्यसैले समग्रमा म घोषणा गर्छु म प्रतियोगी बन्न सक्छु अह ……..पर्तिष्पर्धी बन्न सक्दिन |
डल्ली,पुड्की जे भए नि आमा भनेकी आमा नै हुनभ्रममा नपरौ कोही ठुलो देशमा गएर सानो देशलाई मानसपटलबाट निकाल्छु भनी त्यसो —होइन , भौगोलिक स्वरूप सानो भएर के भो ? आखिर —‘हीरा’सानो भएपनी प्रज्वलित हुन्छ , आफ्नी आमा ”डल्ली ”,”पुड्की ” भएपनी जन्म दिने आमा नै हुन्छिन आकार भनेको त स्वरूप हो , आफ्नोपन र सर्वगुण होइन विश्वस्त नहौ कहिल्यै पनि द्रब्यको मुल्य उचा छ भनी ठुलो देशमा दु:खले सानो मन लिएर जब हामी ‘डलर’,’पाउन्ड ‘,जे नै कमाउछौ तर —हामी भित्रको स्वाभिमान,माया ,स्नेह,सारा हामीले गुमाइरहेका हुन्छौ हो —हामी रमाउन सक्छौ अग्ला ,अग्ला गगनचुम्बी महलहरुका उचाइ देखेर तर —हामीले बिर्सिसकेकाहुन्छौ सगरमाथा ,अन्नपूर्ण ,मकालुका अग्लाइहरु हामी गम्किन सक्छौ महलभित्रको बिलाशितापूर्ण जीवन भोगाइदेखी तर —हामी बिस्थापित बन्छौ आफ्नी आमाको सानो काखको न्यानोपनको आभासदेखी हुन सक्छ —कहिलेकही आफ्नो आंगन पनि बिरानो हुन्छ आफ्नी आमा पनि सौतेनी झै लाग्न सक्छिन तर — आफ्नो आँगनलाई पैतालाको भार मात्र बोकायौ भने अनी —आमाको छातीलाई परेड खेल्ने मैदान मात्र ठान्यौ भने, त्यस्तै —आफ्नी आमालाई सन्तान जन्माउने मेसिन सरह मात्र सोच्यौ भने , सानो काखलाई न्यानोपन दिने केवल —स्वार्थी भावना मात्र राख्यौ भने त्यसैले —समग्रमा भन्नु पर्छ , आकार,उचाइ ,मुल्य ,आफ्नोपन जे भने पनि हाम्रो ”भित्रीमन” नै स्वाभिमानी हुनु पर्छ आफ्नो आँगन मै सौन्दर्यको प्रतिक लालीगुरांस फूलाऊनु पर्दछ , आफ्नी आमालाई नै ”हीरा”मा अनुवाद गर्न सक्नु पर्दछ हजारौ सन्ततिको गणनामा परेर लुछाचुडी हैन एौटै सन्तानको ”प्रतिक” बनेर आमाको अधरमा मुस्कान छराउन सक्नु पर्दछ अनि मात्र सानो देश पनि प्रज्वलित ”हीरा ”बन्न सक्दछ आफ्नी आमाको स्वरूप जे जस्तो भए पनि निसकलंक, निर्मल साईनो बन्न सक्दछ , अन्तमा —देश ,आमा नै हामी सबैको आफ्नोपन र स्वाभिमान बन्न सक्दछ |
बैरी नठान आमाबैरी नठान आमा मलाई म त तिम्रै सन्तान हुँ नि छाती तिम्रो पीडाले चर्किए मै मल्हम बन्न सक्छु नि — जन्मियौ हामी तिम्रै कोखबाट सन्तान थरी थरी , सजायौ सपना मिठो तिमीले हाम्रै भर पर्छु भनी— तर सकेनौ हामीले सपना सार्थक बनाउन तिम्रो पश्चतापको आगोमा जलिरैछु म अहिले — पराइ नठान आमा मलाई म त बुढेसकालको साहारा हुँ नि ह्रीदय तिम्रो ब्यथाले जले मै शितल जल छर्न सक्छु नि — एउटै हातको पाँच औंला पनि छन बेग्ला बेग्लै नै सबैको भर नभए पनि काम दिन सक्छ कुनै एकले — त्यस्तै ठान आमा मलाई पाँच औंला मध्य एक थाम्ने प्रयास गर्नेछु म आउने बाधा अड्चन हरेक — बैरी नठान — |
स्खलित बैंशचन्द्रमाको आभासँग कल्पनाको चुम्बन साट्दै तिर्खालु ती अधरहरु तृप्त बन्छन् र टोल्हाउँछन् आफैभित्र मदमस्त भएर। उज्यालो नभमा आशाका शब्दहरु छर्दै एकान्तमा भावनाका उत्ताउला चाहनाहरु स्खलन गर्छन् ती तन्देरी बैंशहरु। सम्झनाको सिरानीमा यौवनका मादहरु बिसाएर आनन्दानुभूतिका धुसा ओढ्छन् ती जवानी तनहरु। शायद! यथार्थका पलहरुको प्रतिक्षा असह्य भएर होला कल्पनामै स्खलित हुन्छन् भावनाका जोशिला पसिनाहरु । हो,यस्तै यस्तै सप्तरङ्गी सपना बुन्दै हरक्षण ब्यतित गर्छन् अदृश्य चाहनाका भोकहरु, अनि… …, थन्क्याएर आफ्ना कुण्ठाहरु कल्पनाको पालिमुनी मरुभूमिको काकाकुल झैं यौवनका अतृप्त चाहनाहरुलाई उही मुस्कानले उदीप्त बनेकी चन्द्रमालाई जिस्क्याउँछन् तरुण मनहरु मध्यरातमा र……, स्वर्णिम कल्पनामै निदाउँछन् आशातीत ती बैँशालुका नयनहरु ………../ |
मेरो अपिल पाठकलाईमेरो अर्थमा सबै कुरा सहि नहुन सक्छन यदी उसो हो भने पनि, म पक्कै नकारात्मक सोँचहरु त बाँड्न चाहन्न, तर —हुन सक्छन भावनाहरु कसैको पनि बिचार सँग मेल नखान सक्छ वा —अर्थको अनर्थ हुन सक्छ साँचै त्यस्तै तारतम्य मिल्न गएमा मेरो श्रीजना यदी कसैले अद्ध्यन गर्छ भने सबै मेरो बिचार सँग सहमत् हुन जरुरी छैन पक्कै पनि ‘ऊ’मेरालागी असल समिक्षक बन्न सक्छ जस्ले —मेरो बिचार को कमिलाई असल भावनाको कसी लगाएर पुर्णता गरिदिन्छ अनी —जस्ले मेरो श्रीजनाको कमीकम्जोरिलाई औल्याएर सहि न्याय दिन सक्छ हो त्यस्तै पाठकको पर्खाइमा मेरा श्रीजनाहरु प्रतिक्षित छन हो त्यसतै कम्जोरिको ढाड भाँच्ने समिक्षकको अभावमा मेरा भावनाहरु अलपत्र छन त्यसैले म अपिल गर्दछु म प्रसङ्शाको भोको छुइन सहि,सत्य गालीको आशामा छु न कि —श्रीजनाको अर्थ बुझ्ने प्रयास नगरि बेअर्थको प्रतिक्रीया पाउने अभिलाषामा |
श्रद्धान्जली शिवलाईहे शिव! तिमी कुन हत्तारमा थियौ त्यसैले जिन्दगीको अन्तिम घडीलाई निम्त्यायौ हावाको बेग झै रफ्तारमा बहनु पर्ने के त्यस्तो बाध्यता थियो ? तिमी मीठो अभिष्ट पालेर बिदेसिएका थियौ शायद — अमीट आकाङ्क्षा बोकेर पर्देसिएका थियौ अवश्य —, तर —कुन दैवको श्राप पर्यो या तिम्रो जीवन लीलाको खेलको समाप्ती त्यती नै थियो त्यसैले चडायौ जीवनदान चाडै नै इश्वरलाई / छोटो आयुको समय बोकेर आएछौ संसारमाझ गयौ रुवाइ सबैलाई बनाइ दुखित आज / चडाउदैछौ श्रद्दान्जली तिम्री चिर आत्माको लागि देह तिम्रो माटो भएपनी अविश्मरणिय रहोस् तिम्रो मुहारको आभा,कान्ती अनी मिलोस तिम्रो आत्मालाई सदा सदा शान्ती / |
जीवन रित्तो रित्तोरोइरहेको आकाश झै भयो यो मन न त —खुशिमा फूल्न चाहेको छ न त हाँसोमा भूल्न सकेको छ केवल तड्पन छ,जलन छ ह्रीदयभरी अट्टहास अनी चित्कार छ , खै!किन बैरागिएकोछ यो दिल ? कोलाहल र भिंडमा पनि एक्लिएको छ यो तन / झुकेको छ नयन सधैं मौन छ अधर पनि भन्न चाहेर पनि बोलिहरु प्रतिबन्दित छन आँफै, सोध्न चाहेर पनि प्रश्नहरु अनुत्तरित छन भित्र भित्रै खुल्न चाहेर पनि मन खुम्चिएको छ स्वयम नै खै !किन हो कुन्नी ? अल्पपरिचित छ यो ह्रीदय आफ्नै तन आफ्नै आवाजसँग शायद आफ्नो क्षितिज टाडिएर हो या —, आफ्नी जननीको छायाबाट ओझेल भएर हो , यसैले लागेको छ केही पाएर गुमाए जस्तो केही गुमाएर पाए जस्तो तर —पनी, यस्तै आभास भएको छ सबै शुन्य,शुन्य अनी जीवन नै फगत रित्तो —रित्तो / |
म साहित्यकार हुँइनसाहित्यको छात्तिमा एउटा तस्बिर टाँस्दैमा, भावनाका लहरहरु खाली कागजमा छर्दैमा म साहित्यकार हुन सक्दिन / ‘साहित्य’ त दिब्य ज्योति हो यस्ले सारा अन्धकारलाई हटाउन सक्नुपर्दछ नत्र —साहित्यको औचित्य नै के रहन्छ र ? शब्दहरुलाई बेढंगले उनेर कोर्दैमा म कबी हुन सक्दिन यो केवल साहित्यको ”ताते ताते ” बामे सराइ मात्र हो यदी — यसैलाई पूर्णता ठाने भने म —साहित्यको पलायनतातिर धकेलिनेछु/ ‘कबि”कबिता’हुनुपर्दछ ‘कबिता’ ‘कबि’, तब मात्र कबिता बन्छ नत्र —कबिताको अर्थ नै के हुन्छ? यो त केवल सहि कबिहरुको अपमान मात्र हुन जान्छ जस्ले —सेत्ताम्मे केश फूलाएर कबि बन्ने प्रेरणा पाएका छन / हो —त्यसैले म भन्छु शब्द र भावनाको थूप्रो मात्र साहित्य र रचना बन्न सक्दैन कलमको दौडाइ मात्र पनि साहित्यको पाना बन्न सक्दैन त्यसैले—म कबि हुँइन केवल अग्रजहरुको अनुयायी मात्र हुँ / |
स्वागत छ नव बिहानिलाईबिक्षिप्त मनका धमिला सोचाइहरु पखाल्दै नव पालुवारूपी पाइलाहरु अघी बढाउँ बिगतका बिझाइहरुका खोटहरुलाई नव बर्षको उत्साही मल्हमले शितल गराउँ/ अनिष्ट बिचार अनी रिस र द्वेशहरुलाई हर्ष र खुशी अनी नव उमङका आँशुहरुले बगाउने प्रयास गरौं / बिगत,बिगत भयो नव आगमनको पललाई सिगार्न मनको फूलबारिमा जाहिजुही फूलाउँ बिषादिका खोटहरुलाई मिठासरूपी मुस्कानका छिटाहरुले स्वागत गरौं / पूराना समयका तीता बचन र पीडालाई नव बर्षको सम्बेदनशिल भावनाले छोपीदिउ समग्रमा —नव बर्षलाई स्वागत गरौ तीता सम्झनाका प्रहरहरुलाई नव बिहानिमा अनुवाद गरौ / |
म अवसरबादी होइनम, अवसरबादी र निर्दयी होइन साथी स्वाभिमानको छात्ती फूलाएर आफ्नी आमाको काखमा रमाउन खोज्दा,खोज्दै अभिमानिहरुको लुछाचुंडिमा मेरी आमाको छात्ती रुग्ण बन्यो छोरा,छोरी खेल्ने रमाउने काखमा निर्दयी लातहरुको परेड बज्यो निर्मल आसुँ बग्ने आँखाबाट रगतका आसुँ बग्न थाले / अब भन साथी , यस्तो बिव्हल द्रिश्यको म कसरी मूकदर्शक बनु ? आमालाई हँसाउने पलहरुमा म अझ किन बोझ बनु ? तिम्रो सोंचको म बिपरित मान्छे भए म निरीहताको मुखुन्डो भिरेर पलायन भएकोमा लज्जित छु मलाई अवसरबादिको सङ्या नदिनु बिवस्ता र परिस्थितीको दासी सम्झिनु म भित्र पनि आफ्नी जननीको रगत बगेको छ / पराइभूमिमा टेके पनि आमाको काखको न्यानोपनको आभाष छ त्यसैले —साथी, म त्यो शुभघडिको प्रतिक्षामा छु मेरा यी हातहरुको भरोशामा आमाको बैशाखि बन्ने प्रयत्नमा छु / म आफ्नी आमाकै काखमा लुट्पुटिन लालायित छु अनी त —भन्छु साथी, म अवसरवादी होइन / |
मीठो सहानुभुतिसहानुभुतिका शब्दहरु देउ तिमी तर —झुठो आश्वसन् दिएर भ्रममा नफसाउ कसैलाई पनि / तिम्रो मीठो सहानुभुति कसैको बाँच्ने आधार बन्न सक्छ भने तिम्रो झुठो आश्वसन कसैको जीवनको समाप्ती पनि हुन सक्छ / मान्छे भन्नु नै , आशा अनी निराशाको संयोजनमा अल्झने प्राणी हो , त्यसैले ऊ हरपल सहारा,सहानुभुती र आश्वसनको अभिप्शामा बाँची रहेको हुन्छ, आशाको सुनौलो कल्पनामा डुबेर जीवनलाई रङिन क्षितिज बनाउन लालायित हुन्छ , त्यसैले म भन्छु झिनो सहानुभुतिले पनि कसैको बाँच्नुको अर्थ हुन्छ भने अनी बचाउनुको मूल्य हुन्छ भने बांड तिमी सहानुभुतिका शब्दहरु छर तिमी मीठासरूपी सत्य बचनहरु अनी पो मान्छे हुनुको सार हुन्छ / |
देउरालीमा फूल साट्ने बैशहरुले पर्खि रहेछपरदेशिएर तन टाडिए पनि अाकाशिएर इछ्याहरु बेलगाम भएपनी बाध्यताको कठोर मरुभूमिमा बालुवाको कणहरुसङै मनका त्रिष्णाहरु उडाएर म फगत ,निरश जीवन बांची रहेछु कुनै अर्को भूगोलमा। मलाई मीठो झरनाको पानीको प्यासले ब्याकुल बनाइरहेछ ति थुम्का,थुम्की डाँडाहरुले बोलाइरहेछ, देउरालीमा फूल साट्न पर्खने बैंशहरुले पर्खिरहेछ , त र…. म भने निर्जन मरुभूमिमा म्रिगत्रिष्णा बोकेर छट्पटिरहेछु आफ्नी जननीको काखको न्यानोपनको आभाष सम्झेर , त्यसैले… म, प्रतिक्षारत छु त्यो अङेना,चुल्होको डीलमा बसेर आफ्नी हजुरआमाको पुरानो दन्त्यकथा सुन्न, अनी….. बुढा हजुरबुवाको थलिएका गोडा मिच्न जस्लाई….. मैले बैशाखी बनेर साहारा दिनु पर्छ जस्को निरीह अधरहरुमा मुस्कान फुलाउनु पर्छ , म परदेशिए पनि । हो… म चांडै फर्किनु पर्छ , मैले आफ्नै आङनमा रमाउनु पर्छ मैले त्यही भीर,पहरा,कन्दराको नागबेली लहरा सँगै बेह्रिनु पर्छ , यो उराठ शहरको भोगाइमा भन्दा मेरै डाँडा,काँडामा सहज मान्नु पर्छ , हो म फर्कनै पर्छ । |
तिम्रो सपथ सहि सत्य होस्आज तिमी आत्मा साक्षी राख्दै सपथ खाइरहेछौ , मेरो,उस्को अनी सबैको मनले ईश्वरसँग प्रार्थना गरिरहेछ । हे!ईश्वर … यो सपथ सत्य,सांचो र साक्षात होस् समानता,समानुपातिकता र एकताको प्रतिक होस् , सद्भभावना र सदबिवेक को जित होस् । नयाँ इतिहास कोर्छु भनेर धेरै आए,गए , उज्यालो किरण छर्छु भनेर धेरै उदाए,अस्ताए त र —अफ्सोच ! सबै इतिहास पुरानै दोहोरिए सबैका अधरमा अन्धकार नै छाए त्यसैले ओबामा … तिम्रो सपथ अन्तरात्माभित्रको स्वछ बोली हुनु पर्छ । तिमी जात,अजात छुवाछुतको बिरोधी बन्नु पर्छ , तिमीले कालो रङको अनुयायी भएर होइन , त्यस्तै सेतो रङको बिरोधी पनि बनेर होइन बरु —सबै रङको मिश्रणको मीठो अनी ज्वलन्त उदाहरण बन्नु पर्छ । तिमी एउटा देशको मात्र होइन धर्तीको नै मेरुदन्ड हुनुपर्छ आउने पिढीहरुको उत्साह र उमङ बन्नु पर्छ । |
संघर्षका पर्खालहरूतिमीले उन्मुक्त हासो हास्नका लागी धेरै संघर्षका पर्खालहरू नाघ्न पर्यो शायद ….. के अब पनी तिमी त्यस्तै मीठो आशाको अभीष्टमा अल्झी रहेका छौ ? या त कुनै अर्कै आशारूपी मोहमा फसिरहेकाछौ तिमी ? हो …तिमीले मान्न तैयार हुनु पर्छ, न्यानो आशा देखाएर तिमीलाई इन्द्रेणी सपना सजाईदिने हजार हुन्छन् / यसरी एक्पछि अर्को, अर्को पछि अर्को सपना बुनिदिने लाखौ आउछन त र … पर्खाईको अंतरालभित्र तिम्रा इच्छा, आकंछ्याहरूमाँ धमिरा लाग्न सक्छन / तिम्रो जिजीबिषामा आघात पर्न सक्छन त्यसैले मेरो अनुरोध, झिनो आशाको प्रतिक्छ्यामा तिम्रो अमूल्य समय नस्ट नगर / कसैको झूठो आश्वसन्मा आफ्नो मनुष्यत्व बन्धकी नराख बरु … सक्छौ भने संघर्षरत बन / आफ्नो प्राक्रीतिक हासो बचाई राख्न/ अनि सफल बन उन्मुक्त हासोलाई छेकने पर्खाल्हरुलाई शाहसको हात्हरूले ढलाउन | |
महत्वतिमी सूर्य प्रत्येक बिहान उदाउनु अनी हर साँझ अस्ताउनु तिम्रो दैनिकी हो तिम्रो नियम हो तिम्रो स्वधर्म हो धर्तिको साथ चाहदाचाहदै पनि गोधुली साँझ बनेर डुब्नु तिम्रो बाध्यता हो । तिमीले कठ्याङ्रिएका मनहरुलाई न्यानो आभाष दिइरहेछौ तिमीले काँपेका अधरहरुमा रापिलो किरण छरिरहेछौ । हो सूर्य जस्ले —ताप र रापको महत्व बुझ्दैनन उनिहरु तिम्रो आगमनमा हाँस्दैनन जस्ले —तिम्रो अभावमा माघे याम काट्छन उनिहरु तिम्रो उपस्थितिमा रमाउछन त्यसैले —कोही रमाउनुमा तिमी दंग नपर कसैलाई गुमाउनुमा पनि तिमी हतास नबन त र —नछोड तिम्रो नित्य कर्म नडगमगाउ तिम्रा पाइलाहरु तिमी सदा सर्वदा अजर ,अमर सूर्य नै रहनेछौ सबैलाई न्यानो स्पर्श दिएर आफु अटल रहनेछौ । |
हामी रमिते बनिरहेछौप्रतिष्पर्धात्मक युद्धका योद्धाहरु हो कती हेरौ हामी निरीह भएर तिमीहरुको तमाशा ? भो हामीलाई अब हेर्नु छैन युद्ध बिभीषिकाका तमाशाहरु हामीले सुन्नु पनि छैन तिमीहरुको लुछाचुँडिका बादबिबादहरु बस, हामीलाई त चाहाना छ सुन्दर शान्त देशको स्थाईत्वको , हाम्रो त कामना छ दीर्घकालिन शान्तिको , त र… स्वार्थी योद्दाहरु तिमीहरुले त हाम्रो विश्वासमा कुठाराघात गरिरहेछौ , तिमीहरुले त हाम्रो अभिलाषामा बज्रपात गरिरहेछौ , खै!त नयाँ नेपालको सपना हाम्रा आँखाहरुमा साकार पार्न सक्यौ ? न त तिमीहरुले हाम्रा निधारहरुमा बीर गोरखालिको भाग्य रेखा नै कोर्न सक्यौ ? बस…हामी पराजित भएर निष्तब्ध बनिरहेछौ , हामी मौन भएर तिमीहरुको नौटकीको रमिते बनिरहेछौ / |
मौन युद्धम मौन असहमतीभित्र कैद भएर स्वतन्त्रताको भन्डाफोर गरिरहेछु, मैले गरेका हर क्रीयाकलापहरु सहमतिको दस्तखत गर्न कोही समर्थ छैनन, ता पनि म आफुलाई एक्लो योद्धा ठानेर यो मौन युद्धमा लडिरहेछु। मैले कसैलाई भाला रोपेर रगतको आहाल बगाएको छैन यो युद्धमा। मैले कोहिसँग हार,जितको च्याँखे दाउ थापेर लडेको छैन यो सङ्राममा । हो… म,लडिरहेछु एक्लै बिना बिजयको आशा बोकेर म लडिरहेछु पराजयको नै भिख मागेर। हो म आफ्नै मनसँग लडिरहेछु बिना हल्ला, बिना चित्कार,बिना आक्रोश मलाई न त आवश्यक्ता नै छ प्रतिष्पर्धिको, मलाई न त गर्व छ योद्धा हुनुको त र…. पनि लडिरहेछु हरपल म आफ्नै मनको योद्धा बनेर ……… |
प्रवासी तिहारसम्झिँदैछु म मेरा छतमाथि फुलेका ढकमक्क सयपत्रीहरू अहो!कस्तो मोह लुकेको थियो ती सयपत्रीका पत्र-पत्रहरुमा कति आनन्द छाउँथ्यो मनमा? ती अञ्जान फूलहरुका सुगन्ध र सुन्दरताले अहिले सम्झना र कल्पना गर्न शिवाय के नै बाँकी रह्यो र? सायद नियतिको खेल नै भन्नु पर्ला मात्र सम्झना र कल्पनामा बाँच्नु पर्ने समय। छन् झल्झली आँखामा ती पहेंला सयपत्रीहरु सुस्तरी,सुस्तरी शितल पवनमा झुमी रहेका अनि तिहारको आगमनको संकेत दिंदै आफू बलिको बोका झैं अरुको खुशीमा चढिनु पर्ने प्रारब्धमा मौन सुस्केरा फ्याँकेको आभास छर्दै मौनतामा चित्कार गुम्साई रहेका हो सम्झानाका तीता,मीठा बज्रहरुले हानी रहेछ यो समय अनि बनिरहेछ नमिठो घाउ त्यो मेरो छतको फूलबारी र त्यँहा फुलेका ती सयपत्रीहरूको अतृप्त झझल्को अनि यसपालीको प्रवासी तिहार…। |
आलोक तिमी भ्रममा पर्यौआलोक’ तिमी उज्यालो प्रकाशको पर्याय, यो कस्तो अनौठो परिदृश्य छाडेर संसारलाई अँध्यारो निष्पट अन्धकारमा धकेली बिलिन् भयौ? कसरी मान्यो हँ !!! तिम्रो त्यो कोमल मुटु पत्थरमा अनुवाद हुन? तिमीलाई लाग्थ्यो र ! मेरो भौतिक शरीर गएपनि मेरा सृजनाका मोतीहरू मसँगै बिलाउँछन् भनेर? अँह….., यो हुनै सक्दैन आलोक, हुनै सक्दैन यो | आलोक तिमीले यो गल्ती गर्यौ अनि…………., तिम्रो सोंच ज्यादै निरीह बन्यो तिमी अन्यायको प्रतीमूर्ति बन्यौ जस्ले हज्जारौं मनहरुलाई छिया,छिया बनायो | तिमी नै उज्यालो आभा भन त ..! कसरी रुचायौ अन्धकारको भयावह सन्नाटा ? फेरि तिमी.., सृजनशील मन आफै थियौ कसरी रोज्यौ निष्कृयताको गोरेटो ? होईन…..अँह………… हुँदै होईन, आलोक अझै तिमी भ्रममा छौ म बिलाएँ भनेर अनि अझै तिमी अन्योलमै छौ म अस्ताएँ भनेर उ पर क्षितिजमा…….. तिमी त रंगीन बनेर आफ्नो आलोक छर्दै मुस्काई रहेछौ हामीसँग जिस्किँदै र……………………, तिम्रै सृजनाका फूलहरुसँग लुकामारी खेल्दै, आलोक तिमी भ्रममै छौ अझै !!! |
सहमती हराएको देशम, सहमती हराएको देशको मान्छे, सहमती शब्द मेरो नेपाली शब्दकोशभित्रबाटै लोप भएको छ र,त…, मेरो देशको आँगनमा हरदम असहमतीको बादबिवादमा लठारिइे रहेछन् देश हाँक्छु भन्ने अहमबादीहरु । दम्भ र अहंकारले पोंतिएर कुबिचारका केस्रा केस्राहरुलाई मस्तिष्कभित्र गुम्साइे सधैं पौंठेजोरी खेल्न खप्पिस तिनीहरु असहमती र असमझदारिमै रुमल्लिइे रहेछन् हरदम हरपल । जनताका भोका,नाँगा परिस्थितीसँग खेल्वाड गर्दै सधैं स्वार्थमा निर्लिप्त बनेका यी देश पालुवा साँढेहरु सधैं “अ” शब्दसँगै नजिक छन् । देशलाई माँग्ने भाँडो बनाएर उनिहरु चाँदिका थालमा भुजा ज्युनार गर्न र पञ्च धातु मिश्रित आँखोरामा जल पिउन अभ्यस्त छन्, तर सोझासाझा जनता टपरीमा खोले फाँडो खान सम्म बहिष्क्रित छन् । यसैले म “अ” शब्दको सामिप्यतामा हुर्किएको अनमेल र अप्राप्तीको कुइरीमण्डलमा कुइरोभित्रको काग झैं अल्मलिइे रहेछु, “हुन्छ” र “हो” शब्दहरुको अक्षर खोज्दै क,ख,राको बर्णमाला छिचोल्न ब्यस्त छु अनि …, असहमती र असमझदारीको वाक्य मेटाउन उद्वेलित छु । |
नयाँ बर्ष खुशीयाली बनेर आउनेछसमयहरुलाई आफ्नो पोल्टोभरी कोचेर नयाँ बर्ष फेरि मग्मगाउँदैछ हर नेपालीको मन आँगनमा। नयाँ बर्ष, नव पालुवाको मुना बनेर पलाउँदैछ हरेक नेपाली पात्रोभरी र….., उसरी नै सुबासिलो बास्ना बनेर मग्मगाउँनेछ हर नेपालीको आँगनभरी। आउने छैन पक्कै पनि नयाँ बर्ष रग्ताम्य साँझ बनेर, भित्रिने छैन अवश्य पनि नयाँ बर्ष, कालो मंडारिएको बादल बनेर। हो…, नयाँ बर्ष समान भाव लिएर आउनेछ, अनि…, समानताको बिगुल फुकेर सबैलाई एकताको कसिमा बाँध्नेछ, त्यसैले…, नयाँ बर्ष हर नेपालीको मुटुको ढुक्ढुकी बनेर आउनेछ अझ भनौं…, यो २०७१ साल करोडौं नेपालीको खुशीयाली बनेर आउनेछ!! |
म नाथु मान्छेम हिमालको उचाईसँग आफूलाई दाँज्न सक्दिनँ हिमाल बिना टेको, बिना सहारा अग्लिएर आफू गगनचुम्बी बन्ने उद्धेश्यमा छ ऊ प्रकृतिको अद्भुत शक्ति हो न उस्लाई कसैको आधार चाहिन्छ न कसैको ढाडस, न कसैको प्रतिस्पर्धासँग ऊ त्रसित छ। तर म'त मान्छे हुँ मलाई हावामा उड्न पनि कसैको झूटो फुर्क्याईं चाहिन्छ मलाई अग्लिन पनि कसैको हातको भर चाहिन्छ मलाई लड्न पनि विश्वास चाहिन्छ आखिर म मान्छे न हुँ नाथे मान्छे! कसैको झूटो आश्वासन पनि मेरो लागि सत्य वचन बनि दिन्छ कसैको निरिह माया पनि मेरो लागि अलौकिक साहस बनिदिन्छ अनि कसैको झिनो आशा पनि मेरो लागि ठूलो सहारा बनिदिन्छ आखिर म कमजोर मान्छे न हुँ। त्यसैले म आफूलाई केहीसँग दाँज्ने हिम्मत राख्दिनँ म आखिर स्वार्थको कठपुतली न हुँ लालचले लोभ्याए पनि म आशक्त बन्छु, स्वार्थ लिप्साले बसमा राखे पनि म कैदी झैं नतमष्तक बनिदिन्छु किनकी म मान्छे न हुँ न ईश्वर,न दानव,न पशु जो मान्छेको उपमा लिएर जीवित अस्थिपन्जरको धरापमा उभिएको नाथु मान्छे। |
ऊ पागल भएछऊ पागल बुढा हाहाहाहा!!! ऊ बहुला बुढो आयो नु, नु गर नत्र लान्छ रे छि:छि:यो पागल अब त गति छाडेर हिँड्न थालेछ लु...लु...ढोका बन्द गर यो पागल त भित्र पसेर जथाभावी गर्छ।’ अब मात्र यस्ता घृणित शब्दहरुको उपहार पाईरहेछ त्यो नीरिह बाबुले। कठै! साँच्चै ऊ' त पागल भएछ छि:कस्तो नियति होला? आफूले पीडा भोग्नु, आफ्नो काख रित्तिनु आफ्नै स्वच्छ ललाटमा कलंकको धब्बा लाग्नु अनि न्यायको भिख माग्दा तिरष्कृत बनेर पागलपनको उपहार पाउनु यो कस्तो सजाय हो? यो देशको जनताको अनि कस्तो न्याय हो? यो देशको कानुनको। निस्छल,निष्कलंक फूलको यौवन लुटेर, सरक्षणको चौघेरामा भुन्भुनाई रहेछन् ती पापी भमराहरु, अनि ऊसैको संरक्षणमा लागिपरेका छन् कानुनका रखवालाहरु त्यही पापलाई छोप्न अनेकौं तिग्डम गरिरहेका छन् कुर्सीका हकदारहरु यता अन्जान बाबु भने अब नैराश्यमय जीवनबाट बिचलित बनेर होस् गुमाई अवचेतन अवस्थामा भौंतारी रहेछ यता ऊता। ऊफ! यो कस्तो प्रारब्ध हो ? छोरी जन्माऊनुको, यो कस्तो दुर्भाग्य भो? लक्ष्मी भित्रिनुको जहाँ खुशीको बदला आँसुको वर्षा हुँदैछ अनि...आमा, बाबुले आफ्नै अधिकारमा छातिमा पीडाको परेड बजार्न बाध्य बन्नु परेको छ हो...छोरी ‘निर्मला’ आज तिम्रो बाबु पागल बनेको छ, दुनियाँको अगाडि तमासे बनेको छ र यो पागलको तमासाको तमासा हेर्दै तिम्रै देशको कानुनका रक्षकहरू मुक दर्शक बनेर जोड ताली पिट्दै अट्टहासमय हाँसो हाँसिरहेछन् रेशमी रूमालले कलंकित मुहारहरुलाई छोपेर। |
त्यो गोठाले प्रेमप्रेमिल साँझमा गोधुली रंगको आभाभित्र निमेषभर रंगिएर म आफूलाई एक प्रेमी पात्र सम्झिन्छु र उड्छु कल्पनाको वनचरी बनेर हावाको स्पर्श चुम्दै भावनाको गगनमा हो ... म पगली झैं आफैं मुस्काउँछु अनि बन्द आँखा गरेर सुन्दर प्रकृतिको काखमा निदाउँछु र देख्न थाल्छु मेरा प्रेमिल मनको मीठो सपना। म मस्तनिन्द्राको मीठो सपनामा पाउँछु उनको सामिप्यता र अंकमाल जब म पनि उसरी छाँद हाल्दै हात फैलाउँछु, मेरा हातहरू हलुका बनेर हावामा हल्लिन पुग्छन् रुवाझैं हलुङ बनेर र म झल्यास्स ब्युँझन्छु म त उही प्रेमिल साँझमा गोधुली रंगहरूमा मिसिएर धुलाम्य बनेकी हुन्छु मेरा वस्तुहरू उफ्रिँदै,बुर्कुसी मार्दै कुददै हुन्छन् गोठ फर्कने खुसीमा घामलाई डाँडाले निलेर अस्तित्वहीन बन्दै गइरहेको पत्तो नै हुन्न मेरा प्रेमिल जोडी अलिक परबाट वस्तुको बथान खेददै उसरी नै गोधुलीमा मुरलीको धुन भर्दै आफैंमा हराई रहेको पाउँछु उसैलाई हेरेर एकपटक मुसुक्क मुस्काउँछु र ... मेरो मनको दरवाजा बन्द गरेर वस्तु फर्काउन लाचार बन्छु। |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal