Tara Parajuli's meter collection becomes
an charming tapestry of feelings wove into the most articulate themes of adore,
upheaval, and societal alteration with an easy lyrical grace combined
with poignancy in introspection. Every line speaks volumes approximately Parajuli's
keen remark of the existence nearby her whereas dividing with readers complexities
of existence via suggestive imagery and sincere thought. She delicately
balances beauty and deepness in her poems, what mix thing extremely profound within
the reader, inspiring them to behold into the bottoms of their own souls even
whereas operating their path via a abstruse earth. With her gorgeous poetry,
Parajuli's collection reminds single that meter, pleasantly exciting, comforting,
and angering, is really eternal.
Interesting is Tara Parajuli's journey from
meter into politics as, upon single hand, it shows great commitment to twain
her writings and the push to become changes in community. Born upon 30th Chait 2038
Bs in the Shadanand city of Bhojpur region, Tara's roots move profound in
Nepal's cultural and political landscape. She thus inherited a adore for
writings from her surroundings, what later upon converted into meter and
revealing stories.
Tara grew upward in Sangpangba, location she
began to understand the magic of words and their ability to arouse emotions and
gleam collective deed. It was during her formative years that she as well became
conscious of socio-political issues introducing her community, and that provoked a
wish within her to accomplish thing to become a distinction.
Continuing further with her schooling, Tara
went upon to gain a master's level in Nepali writings. Equipped with twain
acquaintance and understanding into the earth of words, she began her charge as a poet
and author. Her meter frequently carried echoes of the plights and longings of
common commonwealth.
However, everything changed when Tara
resolved to connect political existence. Though for many that was completely out of the
blue, that rotate of existence was lengthy awaited by dint of Tara hers as she had been
complex in political activism, though in different size. Strongly established in
the belief of communal fairness and fairness, she had ascended via the ranks in
many organizations to battle for the rights of underrepresented minorities and
stand for causes that advance advancing values.
It was that extremely soul of activism that
caused Tara to join local politics, culminating in her achieved bid for the
mail of Deputy leader of Belbari Municipality. Its choice to leave meter for
politics had been met with inquisitiveness and anxiety in same quantity by dint of
friends, who wondered provided the scholarly pursuits could be balanced with public
office.
But Tara did not let that discourage her;
alternatively, she embraced that fresh part as different maintenance to her community. Tara
does not look meter and politics as one/or and as parallel ways via
what significant result can be created. Her win at the vote was approximately
a individual at the core of evidence of grassroots activism and a bawl for
depiction within governance.
As Deputy leader, Tara possesses not unrecalled her
interests in the needs of her constituents, from infrastructure growth to
well-being policies. A poet entering politics lent a fresher perspective to
governance, thereby nurturing creativity and empathy in the method of
choice-making.
Meanwhile, Tara was never too busy with her
political existence, not forgetting writings altogether, finding in writing comfort
and a means of communal commentary. Meanwhile, Tara was never too busy in her
political existence to omit approximately writings-she continued writing verses upon the
existence of the human being, obtaining inspiration from the 24 hours-to-24 hours struggles and
triumphs of her companion citizens.
As Tara Parajuli moves via that dense
and prickly combination of meter and politics, she becomes the epitome of how
skill and activism purpose to bring approximately alteration. She helps keep in brain that
real guidance knows no boundaries and the chase of fairness and fairness can
come in many forms.
प्रेमको शहरतिमी स्विकार या नस्विकार जे गर तर हामीले प्रेम दिवस थाहा हुनु भन्दा धेरै अघि पढेका हौँ प्रेमको बर्णमाला उतिबेलै हामी आफैंले उठाएका हौँ प्रेमको बढेमान पर्वत त्यहीँ बनाएका हौँ प्रेमकै इँट्टा इँट्टा जोडेर सुरक्षित घर बनाएका हौँ भव्य शहर अनि बसाएका हौँ उज्यालो वस्ती र एकाअर्कालाई गरेका हौँ बेस्सरी प्रेम। त्यो समय एक साथ सयौं सूर्यहरु उदाएको समय अचानक भेटिएका थियौँ हामी। यो सहर, जहाँ, जसरी फूलबाट छुट्टाउन सकिन्नं सुवास जसरी आगो बाट छुट्टाउन सकिन्नं राप त्यसैगरी छुट्टाउन सकिन्न अनुहार बाट समावेशी आभा। र अलग्याउन सकिन्नं मनको आलिशान बाट प्रेमको लोकप्रिय लय। नहिँडुन्जेल बाटो झाडी बन्छ हिंड्दै गएपछि गोहो बन्छ यस्तै ससाना गोरेटोहरु भेटिएर हामी चौडा सडक बन्यौँ। झाङहरुबाट चिया टिपेझैँ उमेरका रङ्हरु टिपेर रङ्गै रङ्गको इन्द्रेणी बनायौँ फूलहरुको वस्तीवीच कहिले फूल त कहिले सुगन्ध बाच्यौँ। रहरको लट्टाइमा फनफनी बाँधिएर विश्वासको चङ्गा अग्लिरहयौँ यो यस्तो उचाइ यहाँ भन्दा माथि अर्को आकाश छैन तमाम तारा नक्षत्रहरु यतै छन् यो यस्तो प्रेमको सहर जहाँबाट संसार देख्न सकिन्छ कैयौंपटक देखेका हौँ यहीँबाट हामीले विसङ्गत र असभ्य शर्तहरु असिनाजस्तै बिलाएर उल्टो बगेको अनि पहिलो पटक यही सर्वोच्च प्रेम सिबिरमाथि बसेर गाएको हो हामीले प्रेम गीत र एक एक टुक्रा कलेजो निचिरेर रातो मसीले लेखेको हो प्रेमको सर्वमान्य र सार्वभौम सिद्धान्त। |
सहरमा के छ ?हामी जन्मेको गाउँतिर मान्छेहरु मलामी जाँदा मलामीजस्तै लाग्थे। अलिकति मलिन अनुहार एक हरफ पीडाको लामो लस्कर केहि छुटाउनुपर्दाको अभावको सन्नाटा न दुख्नेगरि हाँस्थे न बिझ्नेगरि बोल्थे बाँच्दाको दुश्मनसमेत रिसइवीको विगत बिर्सेर शोकमा शोकाकुल हुन्थे। कर्मी मौरीको जत्थाजस्तै घाट पुग्नुअघि वाटैदेखि दाउरा भेला गर्थे मैले थाहा पाएसम्म गाउँमा कसैले कसैको मृत्युलाई उत्सव मनाएनन् गाउँमा कहिल्यै मृत्युका नाममा ताली बजेन। पालैपालो काँध हालेर घाटसम्म लैजान्थे लास मलामीहरु छिमेकी डोकाभरि खाजा बोकेर जान्थे मलामीका लागि र त गाउँ गाउँजस्तो थियो इष्ट्रमित्र आफ्नाजस्तै लाग्थे। सहरमा आजभोलि हातमा मोवाइल काँधमा क्यामेरा बोकेर जान्छन् मलामीहरु अनि जल्दै गरेको लासमाथि उडदै गरेको धुवाँ मुनि अन्तर्वार्ता लिने र दिनलाई भीड भीड गर्छन् मलामीहरु। यो मतलवी सहर यति निर्दयी र निरङ्कुश बन्यो कि, जन्ती र मलामी छुट्याउनै मुस्किल। अचेल त यस्तो लाग्न थालेको छ सहरमा के छ यस्तो ? जहाँ मान्छेलाई हेर्दाहेर्दै कठोर ढुङ्गा बनाउँछ |
हिउँदको गीतहावाका भित्ताहरुमा चिसो बिज्ञापन टाँसेर भर्खरै गएको छ एउटा बालक। यसबेला ओसिएको छ जीवनको किताब डायरीमा शीर्षक मात्र टिपेर थन्क्याएको छ कविले कविता घुम ओढेर बसेका असारका खेताला जस्तै हिउँ र तुसारोको घरभित्र छन् लेकमा गुराँसहरु अटेरी भएर बसेको छ मधेसमा हुस्सु लोसे पाराले आउँछ आउँदा र बिस्तारै सुम्सुम्याउँदै शरीरभरि टेकेर जान्छ भुइँ कुहिरोले मलाई । निदाउरो छ दिन चिर निन्द्राबाट जुरुक्क उठेको छ जाडो गर्हुगा छन् फूलका पत्रहरु निश्चित अवधिका लागि बसाइँ सर्दै छन् हिमाली घामहरु पुरानो कन्तुर खोलेर झिक्दै छिन् हजुरआमा पोहोर साल थन्क्याएका जाडाका ओखतीहरु आफ्नै अनुहारको फोटोकपी जस्तै खुम्चिएका छन् हजुरबाका कोट र गलबन्दी खडेरीको बेँसी खेत जस्तै चर्किएका छन् हत्केला पैलाला र कुर्कुचा । जीवनलाई सहजै सहने यी केटाकेटीहरु अलिकति फुर्सद भयो कि आँखा छलेर निस्किहालछन् उत्ताउलो सिरेटोसँग जिस्कन। हावाका आँगनतिर फर्किएका छन् जीवनका झ्यालहरु झनै कोलाहल छ बाहिर यो बाक्लो उपस्थितिलाई के भनौँ ? बजार कि सम्मेलनरु गोष्टि कि सेमिनाररु जहाँ न कसैलाई छुट छ न आरक्षण । ठ्याक्कै यही सिजनमा बर्सौँदेखि उस्तै रुप र पराजित अनुहार लिएर केही जित्नका लागि न्यायको अँगेना वारिपारी धर्ना दिइरहे छौँ हामी तर कहिल्यै साटिेएन सपनाको रङ्ग। बर्सौँ पछि यस्तो लाग्न थालेको छ यसरी न्यायको आगो ताप्ने निहुँमा दाउरा थप्दैछौँ कि, आफ्नै अनाम आयु थप्दै छौँ हामी !! |
म अर्थात् शर्मिलायो माटोको रङ खुब मन परेर यो माटोको सुवास बहुत सुगन्धित लागेर पुतलीले फूललाई प्रेम गरे झैँ माटोको प्रेमका खातिर आँगन अगाडि भयानक दलद्लमा पनि कमल फुलेको देखेर रोपेर पसिनाका बुँद जीवन अवश्य फूल्छ सम्झेर मैले देश नछोड्ने निर्णय गरें। हिमलेकको पथ्थरै पथ्थरको भीरमा पनि चुँगाथुँगा चाप फुलेको देखेर यही माटोमै जीवन फक्रेला केही हरफ श्रमका बीजन छर्नसके भन्ने लागेर नै यो माटोको आयतन नाप्दै नाप्दै यही माटोको सुगन्ध टिप्दै गाउँ छोडेर सहरसम्म पसेकी हुं। सहरमा अनेक विकल्पहरु खोज्दै जाँदा आफैँ विकल्प भएपछि मैले रहर गुडाउन एउटा ठेलागाडा किनेकी हुँ मेरो आफ्नै साइजको। आफूभन्दा अग्लो कर्जाको भारी बोकेर गुडाउँदै थिएं आफ्नै पसिना साट्दै गरेको ठेला त्यसैले टार्दैथिएं अफ्ट्यारा साँझविहान र फुलाउँदै थिएँ रहरको सानो फूलबारी। हुरीले घर भत्काए झैँ एकदिन मैले शीर मानेको एउटा मान्छे कठोर शाषक बनेर आयो र खोसेर लग्यो मैले ठेल्दै गुडाउँदै गरेको एउटा सपनाको वस्ती म पटकपटक चिच्याएँ सानो दुधे बालक छ पिठिउमा उसको मुखको गाँस नखोसिदेउ भनेर म बिन्ती गरिरहें बाच्ने रहर छ बाच्न देउ भनेर अहँ उसले न मेरो चित्कार सुन्यो न उसलाई मेरो वेदनाले नै छोयो। आज पुर्पुरोमा हात राखेर सोच्दैछु कस्तो चित्त नबुझ्ने अभ्यास गर्दैछ मेरो सहररु सडकभरि हाम्रा चिसा आँसुले पोतेर मान्छेविनाको यो कस्त्तो बिकासको चित्र छायांकन हुँदैछ आज पनि लाजले अनुहार देखाउँन नसकेर झुल्किएको छैन सर्वहारा घाम अचेल तिम्रो सहर हर्दम गरिबिको खिल्ली उडाउछ मजबुरीको उपहास गर्छ। म त सानू मान्छे आवाज सानो अनुहार मलिन छ कसैले सम्झाईदिनुस् न यिनलाई असाध्यै कुरुप हुन्छ हरियाली विनाको बगैँचा भनेर र यो पनि सम्झाइदिनुस् कर्म गर्नेहरु बसेको सहर पो सुन्दर हुन्छ भनेर। |
बीउहुरीले घर हल्लाएपछि मैले बलियो खाँबो गाड्न सिकेको हुँ। धुरीमा चोया थप्न छानोमा छोरखर हाल्न त्यसैपछि जानेको नै हुँ। घर बलियो भएपछि मन पनि बलियो हुने रहेछ। मलाई ढुङ्गामाथि पनि हरियो देखेर एकफेर बजारमा खुब हल्ला चलेछ जरा काँडा फूल पातसम्म घन्टौँ पौडिएछ एउटा कमसल लेन्स र रिमोट बिनाको ड्रोन बस्ती माथिमाथि मलाई गर्वै थियो तिनीहरूसँग जसले यति धेरै पछ्याइरहे सबैभन्दा धेरै समय मेरै लागि व्यतीत गरे सबभन्दा धेरै पटक मेरै नाम पुकारा गरे मलाई उनीहरू दुस्मन जस्तो नै लाग्दैन अचेल। तपाईँ पत्याउनुहुन्छ ? एक दिन उनीहरूले मलाई मिनी सेमिनारमा बोलाए एकै छिन अनपेक्षित प्रेम आतिथ्य दिए उनीहरू बोलिरहे बोलिरहे मलाई पनि बोल्न लगाए। म अविचलित बोलिरहेँ जब उनीहरूले सत्यको आवाज रोक्न सकेनन् छिनमै नजिकैको भुईँ खोस्रिएर मलाई माटोमा पुर्न खोजे पटक पटक माटैले छोप्न खोजे। अन्तिम पटक मैले उनीहरूलाई भनिदिएँ – म बीउ हुँ माटोमा झन् छिटो उम्रन्छु र अझै सहस्र फैलिन्छु। |
गिट्टी कुट्ने दिदीयतिबेला बेखबर जूनलाई सम्झियौ होला उहीँ पुरानो कुन्जोमा फेसो हाल्दै बेपत्ता उसका पाइलाहरु भूईँभरी खोज्यौ होला। अँध्यारोका जुनकीरी बोलाएर बिच बाटोका पदयात्री रोकेर उसको खबर सोध्यौ होला उसले लगाएका वर बगैंचा लटरम्म खुशीहरु आँखाभरी झुण्डिरहँदा तिमीले पनि कति कति विरह र वेदना फलायौ होला। हाँडीबाट उछिट्टिएको मकै झैं उ आँखाबाट उछिट्टिएको यस्तै बेला त हो सम्झिरहन्छु आवाजहरुमा अभावको घुम खप्टिँदै ट्वाक् ट्वाक् ट्वाक गिट्टी कुटिरहेकी तिमीलाई। चुहिने पालमाथि टाँगेको वर्तमान उतिखेरै चुहिन्थ्यो अझै त्यसैले छल्दै हौली यी घामपानी त्यसैले टार्दै हौली यी साँझबिहान। मलाई थाहा छ रहरले रहरकै छानों उक्लिंदै फुल्थे ती जंगली फूलहरु तर रित पूरा गर्न मात्र फुल्थेआंगनका फूलहरु त्यो एक्लो र रोगी नियती अझै उसैगरी पछ्याइरहेको होला लखर लखर। हराएका आँसुहरु खोज्दै कैयौँ भोल्गाहरु छाम्यौ होला हेर्दै शिशिरको उदास उदास रुख सम्झिंदै रित्तो रित्तो खाली खाली आकास भन्थेउ,खोजिरहन्छु नभेटिएसम्म यी आँखाका मोतीहरु। रहर गनाउने यी माटोका डल्लाहरु देखेर सराप्छौ होला धिक्कार्छौ होला थुक्छौ होला तर नथुक्नु माटोलाई झुक्किएर पनि नसराप्नू माटोलाई बिर्सिएर पनि सार्है ठूलो गुन लगाएको छ माटोले त टेक्ने छाती दिएर सहने मन दिएर। |
सादातिमीले रङ्ग मन पर्छ भनेउ। रङ्गहरुको बाटोमा जुन दिन तिमीले उपहारमा मलाई रङ्हरुको शहर माग्यौ मैले भएजति रङहरु टिपेर तिमीलाई इन्द्रेणीको माला दिएको हुँ मनको आकाशदेखि धर्तीसम्म जोडियोस् भनेर। मनपर्ने इन्द्रेणीको हार पाएपछि तिमी खुबै खुल्यौ रङ्गभन्दा बेस्सरी। आफू सर्वत्र रङ्गीन भएपछि पनि तिमीले रङ्गहरुको सवाल उठाइरह्यौ जसरी कहन्छ कौवाले काग काग काग भनेर हुँदाहुँदा एकदिन तिमीले भर्खरै फक्रिएको कपासजस्तो सेताम्मे फुलेको मेरो कपाल हिमलेकमा खसेको सिजनको हिउंजस्तो गालाका दार्हीजुँगा देखायौ र भन्यौ- रङ्ग खोइ? तिमीले यति त बुझ्नुपर्ने हो- मैले तिमीलाई रङ्गीन बनाउँने लहडमा आफूलाई सादा सादा बनाइसकेको छु |
रहर भिजेको मौसमघर सम्झेर आएको थिएं घरभित्रै बेघर भएं सपना खोज्दै मुग्लान पुगेको म पसिनासंग एउटा सानो छानों साटें दुई गजजस्तो करेसाबारी जोडें भर्खरै स्कुल जान थालेको छोरालाई सानो झोलामा अट्ने अलिकति रहर किन्दै थिएं । मानौं,बल्ल जीवनको लय मिलाउँदैछु। आँधीले घरभन्दा पहिले मन बगाउँदो रहेछ आज दस बर्षपछि अचानक हुरीले रूखबाट पात झारे झैं जीवनमा अनौठो आँधी आयो नरोकिने गरि मुटु ढकढक बनायो बाँच्ने रहर जीउँदै बोकेर दस बर्षपछि कहिल्यै नफर्कनेगरी मैले मुग्लान छोडें। धेरैजसो आशाहरू त लगभग उतै विलाइसकेका थिए रापको बरफ जसरी विलाएर बग्दै जाँदा पनि तरल मनले ओरालोमा घरै सम्झेको थिएं थोपा थोपा भित्र पीडा बग्दै थिएं सपनाहरू थोरै मात्र बाँचेका थिए रहरका रङ उडेपनि विश्वासका मसिना जुइनाहरू बचाएर आइपुगेको हुँ बल्लतल्ल घरसम्म। अक्सर हिड्ने बेलाको साइत भनिन्छ म हिंडेको दिन कुनै कौवाले अपमानको सन्देश बोलेन लामो बाटो,तिरस्कारको कुनै संगीत बजेन बाटोमा खाली गाग्रो बोक्ने कुनै पधेर्नी भेटिनं चुपचाप रेलका लिगहरू सुनसान एक्लो सडक सडकमाथि गन्तव्य सम्झेर सप्तकोसी झैँ सुसाइरहेको एक्लो बटुवा आफैंले भोगेको दु:खको कथाजस्तै लामो बाटो लगभग तेर्ह दिन भोकै पैदल हिंडेर आइपुगेको हुँ मोटर गुड्ने बाटैबाटो हिंडेर आफ्नै पसिना र माटो मुछेर बनाएको कच्ची घर। भोक लाग्दा एक पेट खान नपाएपनि तिर्खाले घाँटी सुक्दा एक घुंड्को पानी नभेटेपनि थकानले शरीर गलिसक्दा त्रासले मन जलिसक्दासमेत निर्दयी शिकारीले लखेटेको चरा झैँ महामारीले खेदिएर जीउ जोगाउनै भनेर घिस्रंदै आएको हुँ तिम्रो प्रेम सम्झेर यहांसम्म। आफ्ना सम्झेर आएको थिएं यहाँसम्म आफ्नाहरूबाटै पराइ भएं घर सम्झेर आएको थिएं घरभित्रै बेघर भएं। आमा, बा भन्दै प्रेम र आशिर्वादको हात सम्झेर आएँ दौँतरीहरू सम्झेर आएको थिएं छहारी दिने चौतारी बन्लान् भनेर न आशीर्वादको हात पाएं न पाएं दौंतरीको चौतारी यहाँ आएपछि त नामुद अपराधी जस्तो अपमान पो आएं म निरपराध मान्छे बर्शौपछि कति धेरै खुशी बोकेर घर पुगेको हुँ तर निरस बगर बाँचें बिना झरि रहर ओताउने छानो चुहिएर एक्लै एक्लै घरभन्दा प…..र थोत्रो याक्साभित्र खुला आकाश ओडेर बसें आधा जलिसकेको वर्तमान ओछ्याएर तन्द्रा बाँचे समाजको सुख्खा र कठोर निगरानीभित्र पटक पटक स्पष्टीकरण दिंदै आफ्नै पंखेटाहरूलाई धिक्कारीरहें लाग्छ,म टेबलमाथि कसैले राखेको रङ्गहीन पेपरवेट हुँ थुप्रै थुप्रै उपयोगी फाइलहरूको सुरक्षा गर्नु छ मैले। तपाईंलाई थाहा छैन होला! यो बेला तपाईं मसँग डराउँनु हुन्छ म तपाईंसँग डराउंछु कृपया,यसबेला मलाई परैबाट अलिकति प्रेम र विश्वास दिनुहोस् मभित्र आफैंभन्दा अग्लो विश्वास बाँचिरहेको छ सत्य हो,म सन्चो र निरोगी मान्छे अचेल तपाईंको मधौरो व्यवहारले मात्र बिरामी जस्तो देखिएको हुं। |
एउटा परदेशीलाई सम्झेरप्रभातले सप्को खोल्न नभ्याउँदै दुइचार धर्का मिरमिरे गर्भिणी क्षितिजहरु चिसो घाम कोरल्छन् । लखेटिएर पल्लो भू – खण्ड पुग्छन् अपाङ्ग शरणर्थीहरु घामसंगै ओहोर दोहोर गर्ने दिनहरु त्यो जुनको बलेसी झ्यालढोका छलेर चिहाउने हावाका झोकाहरु मौसमका बहार पिठ्युभरी थकाइ थप्ने चौतारी फुर्सदका कल्पना फूलको महक खर्कको सेलो, पालममा तमुल स्वर वेठिको सुरम्य उत्ताउला रत्तेउलीहरु मारुती, हाक्पारे दशैको मालसिरी तिहारको सयपत्री, मखमली भेला देउसी र भैली चासोक र तुङ्माको नुतनता बक्रितको अङ्गालो सबै सबै पाको पारि उतै लगेछौ फगत छाडेछौ झझल्को अल्झाइराखेर यो भुगोलभरि कतिन्जेल झुक्काउनु निर्मल आँखाहरुलाई उ त्यो मूलबाटोको हरीयो मन देखाउँदै प्रतिक्षालयमा कुराएर फेरि यो निष्ठुर कालचक्रले भेटाउँछ भेटाउदैन मैले मेरो देश हँुदै सगरमाथाको अहलि निश्केर यो सन्देश पठाएकी छु भोलि हेर्ने ऐनाहरु नहटाउनु भनेर कसैगरी सुनाइदिनू एउटा परदेशीलाई सम्झेर । |
परदेशमाबिहान झिसमिसेबाट सुरु भएको यो बेनाम दैनिकी बेलुकी गहिरो रात हुँदासम्म चलिरहन्छ परदेशमा जसरी पानीलाई नरोकिएर बगिरहनु छ खोलामा। न त ढुक्कसँग तातो दुई छाक निल्न पाउँने समय न मीठो नमिठो छान्ने फुर्सद हतारमै उदाउँछ बिहान सूर्य भागदौडमा डुब्छ साँझ न सोचेजस्तो लबज न सम्झेजस्तो यथार्थ बढेमानको पहाड पनि सजिलै बोकिहिँड्नुपर्ने परदेशमा अक्करको साँघुरो बाटोमा मधेस बोकेर स्याँ स्याँ गर्दै पहाड उक्लिदै हिंड्ने खच्चरका हुलझैँ जिम्मेवारीको गर्हो भारी नबिसाई चल्छ दैनिकी । भर्खरै खेल्न सिक्दैगरेको खेलाडीले भलिबलमा पम्प भरेझैँ सानो टिफिनबक्सभित्र दिनभरिको तागत भरेर निस्किनु छ हरेक बिहान दुई चार चम्चा प्राण धान्ने जिनिस बोकेर फर्किनु छ आफैँलाई नचिन्ने रात हुर्किएपछि र कुरिबस्नु छ भोलिको लागि मोबाइलको आल्राम घण्टी जागै बसेर। दौडनु छ हरेक दिन सपनाका फूल टिप्नलाई यसरी खटिनु छ रहर किन्ने मेसोमा कि, मेसिनसँग आफैँ मेसिन झैँ बनेर परदेशमा जो दु:खको गाडा रङ देश हुँदा सपनामा समेत सोचिएन। थोरै रुपैयाँसँग धेरै पसिना साटेर जोहो गर्नुछ उता परिवारको खुशी थप्नु छ आशाको छत र बाल्नु छ पुरानो छानोमुनि आँखाआँखामा उज्यालो। अब दुईचार साल दु:ख गरौंला कसो दिन नफर्केला- यही होड्मा दौडिएर कैयौँ दुईचार बर्षहरु बिते अब फेरि कति कति त्यस्तै दुईचार बर्षहरु बित्ने हो आफैँलाई थाहा छैन बत्तीमा बर्तन थप्ने मेसोमा आफैँभित्रको बर्तन घटेको थाहा नपाएझै गरेर। थकान लाग्दा थकाई लाग्यो भन्ने फुर्सद नहुने दुखेको मन बिसाउँ लाग्दा विसाउने चौतारी नभेट्ने पैताला पोल्दा शीतल दिने प्रेमको हिमाल उतै टाउको दुख्दा नरम हातले निधार छाम्ने मायालु औलाहरु पनि उतै चिसो छ न्यानो लगाउ भनेर न्यानो दिने खुलेको आकाशजस्तो सफा र फराकिलो मन भएकी मेरी आमा उतै दिनदिनै घामभन्दा छिटो दौडिनु दानापानी जुटाउनु दोहोर्याइरहनु छ उहीँ दिनचर्या परदेशमा। आज थकानले विसन्चोले बिस्तारामा छु सिकिस्त भएर घरबाट फोन आउँछ आमाले सोध्नुहुन्छ- नानी!कसो छ? सजिलोसँग उत्तर दिन्छु-राम्रै छ सोध्नुहुन्छ-काम कस्तो छ? उत्तर दिन्छु-सजिलै छ सोध्नुहुन्छ-सन्चै छौ नि? उत्तर दिन्छु-आराम छु। आफ्नो ख्याल गर्नूहोला। |
गिट्टीमा सपनाहरू कुटेरयति बेला बेखबर जूनलाई सम्झियौ होला उही पुरानो कुञ्जोमा फेसो हाल्दै बेपत्ता उसका पाइलाहरू भुइँभरि खोज्यौ होला अँध्याराका जुनकिरी बोलाएर बीच बाटाका पदयात्री रोकेर उसको खबर सोध्यौ होला उसले लगाएका बरबगैँचा, लटरम्म सुन्तला आँखाभरि झुन्डिरहँदा तिमीले पनि फलायौ होला साँघुरो कोठेबारीमा कतिकति विरह र वेदना । हाँडीबाट उछिट्टिएको मकैझैँ ऊ आँखाबाट ओर्लिएको यस्तैे बेला त हो सम्झिरहन्छु आवाजहरूमा अभावको घुम खप्टिँदै टवाक् ट्वाक् ट्वाक् गिट्टी कुटिरहेकी तिमीलाई । चुहुने पालमाथि टाँगेको वर्तमान उत्तिखेरै चुहुन्थ्यो अझै, त्यसैले छल्दै हौली यो घामपानी त्यसैमा टार्दै हौली यी साँझबिहान । मलाई थाहा छ रहरले फुले जङ्गली फूलहरू फुल्नै पर्ने भएर फुल्थे आँगनका फूलहरू त्यो एक्लो र रोगी नियति उसै गरी पछ्याइरहेको होला अझै लखरलखर । हराएका आँसुहरू खोज्दै कैयँौँ भोल्गाहरू छाम्यौ होला भन्थौ, खोजिरहन्छु नभेटिएसम्म आँखाका मोतीहरू । रहर गन्हाउने यी माटाका डल्लाहरू देखेर सराप्छ्यौ होला, धिक्काछ्र्यौ होला, थुक्छ्यौ होला । तर नथुक्नू माटालाई भुक्किएर पनि नसराप्नू माटालाई विर्सेर पनि साह्रै ठूलो गुन लगाएको छ माटाले त, टेक्ने छाती दिएर सहने मन दिएर । |
कविको चिहानहरेक देशले दिनहुुँ हेर्ने सुकिलो ऐना कविको हातमा हुन्छ त्यसैले हिउँलाई आगो र आगोलाई हिउँ भन्नै सक्दैन एउटा महान कवि । उसलाई सह्य छैन विभेदको कालो पर्खाल स्वीकार्य छैन आफैंलाई खुम्च्याउने भूगोलका सिमाना धर्मशास्त्रका अपुश्ट व्याख्यानहरू कृतिम ईस्वरका र नश्वर रुपहरू र नमिल्दो टाक्सिएको जीवनको परिभाषा । तिम्रो दर्शनले मृत्युलाई मुक्ति सम्झन्छ तिम्रो धर्मले उज्यालो अपसकुन भन्छ । मैले मानवतालाई धर्म सम्झिँदा फाँसीको सजाय सुनायौ यो बेला कुसंस्कारलाई अंगालो हालेर क्षमा माग्दिनँ स्वीकार छ मृत्यु थाहा छ मलाई सत्ताको पुरानो पानाले छोपिएर बाँच्न सक्दैन एउटा कवि । बर्सौंदेखि शासकले बाँधिदिएको आँखाको कालो पट्टी खोलिदिएँ त के भो ? बर्णमाला सिक्ने उमेरका नानीहरूलाई स्कुल बनाइदिएँ त के भो ? यिनै आरोपमा म तिम्रो अनुचर बन्न सकिनँ । के चाहन्थ्यो तिम्रो अल्लाह ? लाखौं देशवासीको सपना बिथोल्ने कलङ्कको घण्टी चुपचाप सुन्न सक्दैन निम्छरो छातीमाथि गुड्दै गरेको निर्दयी डोजर देखेर रमिते बनिरहन सक्दैन एउटा इमानदार कवि र सक्दैन यो असरफ फयाद । कल्पना गर्न सक्छौ ? संग्रालिँदो आगोको देश कस्तो हुन्छ ? बेकुफ क्रुर शासक ! थाहा छ ? एउटा कविको चिहानमा आगो फल्ने हजार कविता उम्रन्छन् । |
कुकुरहरूकुकुरहरू कुकुर जस्तै हुन्छन् मान्छे भन्दा फरक भिन्नै स्वरुपका । हिमाल, पहाड,तराई, उपत्यका जताततै भेटिन्छन् कुकुरहरू रङ कालो सेतो रातो जस्तो सुकै होस् आकार अग्लो होचो मोटो ख्याउटे जस्तो होस् विचारको कद एउटै हुन्छ तिनको बिमर्शको दायरा उस्तै साँघुरो र सांघातिक हुन्छ तिनको फकाएर घुर्क्याएर धम्क्याएर जसरी होस् खानु तिनको जीवनकै पहिलो र अन्तिम सपना हो अर्थात खानकै लागि बाँचेका हुन् यावत् कुकुरहरू । भोकको झोंकमा कहिलेकाहीँ आफ्नै मायालु माली खाइदिन्छन् कुकुरहरू । अनौठो कुरा स्वार्थको चुली जित्नु छ भने जन्मजात दुश्मन भनिएका कालो बिरालोसंग पनि मिलिदिन्छन् कुकुरहरू । कहिलेकाहीँ सुरक्षाका नाममा ख्याङ ख्याङ भुकेर सम्पूर्ण क्लाइमेक्सहरू भत्काउँछन् कुकुरहरू। कुकुरहरू खान पाए खुशी भै हाल्छन् ओछ्यान रछ्यान रहल पहल झुठो यस्तै यस्तै । इमानदारको अलिकति इमान खोस्न सके अरुको भागको एक टुक्रा सिनो खोस्न सके कुकुरहरू दिपावली मनाइहाल्छन् । भर्खरै एउटा हड्डी थपिएको दिन कुकुरहरूले खुब भोज खाएछन् । |
मौनताकहिलेकाहीँ तिमीले मेरो मौनतालाई बिस्मृतिको उपमा दिन्छौ तब गलत र मिथ्या लाग्छ प्रेमको व्याकरण पनि । कतिसम्म भने निदाउँदा पनि हातैमा बोकिहिंड्ने बच्चाको हातको नयाँ खेलौना झैं बोकिहिंडें आफ्नै छाया सम्झेर कहिल्यै मैलो र पुरानो लागेन त्यों अजिव उपस्थिति । झरी परेको दिन निर्मम भिजिरहेको परिचित आकृति सम्झिएँ एउटा तिम्रै सन्दर्भ त्यो पनि हुर्किएको प्रचण्ड गर्मीमा अनुहारै छोप्ने पसिनाको भव्य मेला देखें त्यहाँ तिमी नै थियौ भयानक हुरी माझ आफूलाई मुस्किलले जोगाइरहेको सजीव रूप पनि तिम्रै थियो । कुनै प्रख्यात चित्रकला प्रतियोगिताको नामुद प्रतियोगी झैं कुन रङ्गले सुहाउंछ छानी छानी रङ्ग भरिरहें प्रेमको तस्वीरमा उक्त तस्विर अरु कसैको नभई तिम्रै थियो हतारमा फुर्सदमा खुसीमा आहत, एकान्त र कोलाहल मुक्त थिएन । हेर न चुपचाप चुपचाप बगेकै छ खोला सुनसान सुनसान बहेकै छ हावा बिना चिरबिराहट पनि उडेकै छन् माथि माथि यी चराका बथान हल्लाहरू भन्दा पनि अलि पर छु यसबेला । मौनता जहाँ जीवनबाटै छोडिएको जीवनको अध्याय भेटिन्छ अक्सर, आफैंभित्रको शालीनता र एकाग्रता भत्काउंछन् यी बेइमान कोलाहलहरू । अहिलेलाई यति भन्छु– तिमीलाई सम्पूर्ण रुपमा सम्झनै भनेर म बेला बेला मौन रहन्छु । |
बेहुली घामअँध्यारोको आदिम जङ्गलबाट निस्कनै लागेको छ घाम अब एकै छिनपछि म्याद सकिने छ सदस्यतापत्रको काटिने छ फाइलको एउटा अङ्क र झिकिने छ सधैंका लागि त्यहाँबाट मेरो नाम। बेफुर्सद छ समय समय यसबेला उज्यालोको काखमा खेलिरहेछन् घरका अवयव कौसी आँगन र बार्दली सिँगारिएका छन् कागजका नाटकीय लवजले मौन छन् मैले रोपेका अजम्बरी फुलहरु रङ्गीन घडा संगै प्रवेशमार्गमा विराजमान छ डेकोरेटर गेट अनाम हावासँगै फरफराइरहेको छ रहस्यमय व्यानर लेखिएको छ शुभविवाह-२०७३। शहरको कुनै डिपार्टमेन्ट स्टोरमा विज्ञापनका लागि राखिएको जिनिस झैँ अनावश्यक सिँगारिएका छन् तमाम अवयबहरु शृङ्गारको सगरमाथाले किचिएकी छु म आरोग्य अनुष्ठान भइरहेको छ मेरा सामु। यस अनुष्ठानमा मुर्खहरुले पनि पढाईरहेछन् मलाई इतिहासै नहुनेले इतिहास घोकाए घरभित्र चुलाका नित्य गीत सुनाए घर बाहिरको त्रासदी सुनाए सियोको टुप्पोमा निदाएर ढुक्कसँग सपना देख्न भने संस्कारको मैलो मजेत्रो ओढाएर उद्गारका पृष्ठ पृष्ठ घोकाएर तर्नै पर्ने जीवनको साँघुरी देखाए। मैले ताप्दै गरेको करेसाको शीतल ममताले जोगाएका गुलाबका पत्रहरु रहरले छरेका प्रेमका गीत दु:खले जिलाएको सपनाको वारि मैले छाडेका मधुर वाणी सबै सबै बिर्सन विस्मृतिको भूगोल दिए। बिदाको बेला मन दर्हो बनाउन केही अ्मुक शव्द दिए हेरें बाबुको अनुहार आँखाबाट बग्दै झरेको कुलेसो आमाका अनुहारमा लस्करै हिंडेको देखें हुलका हुल स्नेहका बरियात भक्कानिएर आफैँलाई सम्झाउँदै बुझाउँदै थिए दाजुहरु चिसा हातहरुले आँखाबाट झरेका बलेसी पुछ्दै थिए बहिनीहरु। यी सबै दृश्यहरु घाँटीमै अड्किएर रोइरहें म मेरा ओठबाट झरेका दु:खका गीत सुनेर न चराहरु चिर्विराउन छाडे तालमा खसेका आँसुका थोपाहरुले न कुनै तरङ्ग उठाए फेरिएन पानीको रङ्ग निर्वासित पैतालाले बालुवामा कुनै सङ्गीत सुनाएनन् बगिरह्यो पानी आफ्नै सुरमा चलिरह्यो हावा आफ्नै लयमा पौडी रह्यो शून्यमा कपास जस्तो समय। हिंडिरह्यो घाम आफ्नै छाया खेलाउंदै जब पुगें जीवनको दोस्रो बन्दरगाह छाडियो पा…..रि……. कतै सनातन पृथ्वी छाडिएयो एउटा सुन्दर अतित। अब म निर्देशित लवजमा हुनेछु मलाई केही क्षण सहरीकरण गरेर आफू निर्वासित भएको छ भर्खरै एउटा बेहुली घाम। |
कविताको पोस्टमार्टमहिजो मैले रोपेका गुनकेसरी आज तिम्रो फुलबारीमा कसरी फुले ? सुगन्ध खोज्ने लहडमै रगताम्मे हातहरु छाम्दै थुप्रै पटक डम्फर र अररी काँडासँग कर्कस बोलेको छु म। मेलै सर्दैनथ्यो र पनि खनेको छु खडेरीमा बाँझो वारि आगोबाट आगो छुट्ट्याउदै तौली तौली लिएको छु शब्द भनेर आगाका थुँगाहरु यस्तै मेसोमा बिसौँ पटक मेटेको छु लेखेर जिन्दगीलाई। लेख्दा लेख्दै कलम रित्तिएपछि भरें आफ्नै रगतको मसी र उभ्याएँ रहरका रङ्गीन अनुच्छेदहरु। आफ्नै थालमा वेफुर्सद व्यन्जनहरु पस्किएर टारेको छु असङ्ख्य भोका छाकहरु विपनाका चम्किला बिहानहरु सपनाको रङ्गीन दुनियाँ सबै भुलेर हिँडेको छु अक्षरहरुको गाउँ । हरेक उत्सवहरुमा मझेरीबाटै हिंड्छ हतारको बिहान पर परबाट आउँछ पस्चिमी हावा हाँस्छ मेरै पारामा रुन्छ मेरै पारामा हातमा फोटोकपी मेसिन बोकेर मेरो सगरमाथाको नक्कल गर्छ मेरो गाम्भीर्यता अलि भिन्नै छ किन बुझ्दैन उसले ? चारो खाँदै गरेका चल्लाहरु चिलले झम्टे झैँ उ आक्रमक छ यसबेला बोल्दा बोल्दैको आवाज टिप्न खोज्छ जिर्ण पौवाजस्तो भत्किएको विश्वाश बोकर कस्तो मानचित्र कोर्दैछ उ ? क्रुर सिकारीले गुँड भत्काइदिएपछी अलमलिएका बचेरा झैँ अन्योल छन् मेरा नानीहरु हेर्दा हेर्दै अगेंनामा माउ अगुल्टो हराउँछ छिमेकी रिसाउँछ भनौं भने नभनौं त उ मेरो आङ्को घाम टिपेर आफ्नो आँगनमा थरीथरी बिस्कुन फिँजाउछ मैले देख्ने गरि बार्दलीमा लुगा सुकाउँछ हिजोआज त उसको अगेँनाको आगो समेत दुरुस्तै मेरी छोरीको आवाजमा भर्भराउँछ। बेकुफ मित्र ! तिमीले देखे भन्दा पनि अझ माथि छ मेरो आकाश तिमीले सोचेभन्दा पनि अझै विशाल छ मेरो फैलावट सक्छौ भने लैजाउ यो पनि म सँग अझै सुन्दर लाग्ने आगोको फुलबारी बाँकी नै छ। |
अञ्जुलीभरिका फूलहरुए सप्तकोसीका किनारहरू कतिन्जेल बस्छौ चुपचाप यसरी भन न ऊ कहिले आउने होला ? यो मनको राजमार्गै राजमार्ग भएर। यो बाटोभरि पैतालाले लेख्दै त्यो हरियो दहमा प्रतिबिम्ब छोड्दै हावाका भित्ताहरूमा झझल्कोले पोत्दै परैबाट सोध्ला ठेगाना क्षितिजपारिबाटै भएपनि देखाइदिनू एकथुप्रो सपनाको बस्ती एक झुप्रो वेदना अस्ताउन बाँकी एक थुँगो घाम अनि कोर्दै मेट्दै गरेको एक हरफ जोबन । उस्तै उस्तै लाग्छन् यी घाम र जिन्दगी फूल र बास्ना जून र ज्योति अनि ऊ र म । बिहान सबेरैदेखि पिठिउँमा टेक्दै जाने घाम फूलमा मगमगाउँने सुगन्ध जूनमा टलपलाउने ज्योति सबै सबै उसको हो मोनालिसाझैँ मुस्कुराउने समय उसैसँग छ। त्यही हो उज्यालो जसले मेरो घरसम्म बाटो पठाउँछ बटुवाविनाको यो बाटो जहाँ ढुङ्गाको छातीमा उभिएको सयपत्री हाँस्न खोज्नुजस्तै हो सम्झँदा पीडा हुन्छ अतितलाई विस्मृति कतै पर छ । मसँग मात्र कहाँ हो र ? उससँग पनि छन् रङ्ग मिल्ने सपना पर्वमा रमाइरहेका केटाकेटीजस्तै फुलेका छन् रहर रहरका थुँगाहरु त्यसैले त बनायौँ हामीले एक माला इन्द्रेणी साक्षी छन् प्रेमका अवयवले चुलिएका सगरमाथा र किलिमन्जरो । उही भूगोलका फरक फरक गोलार्द्धमा निदाएछौँ अबेरसम्म एउटै सपना सिरानी हालेर बिउँझदा मध्यान्ह पोखिइसकेछ मझेरी रआँगनभरि। समय तिमीले त सायद यस जङ्गलमा कसैलाई पर्खनु छैन, चौतारीमा कुरेर भेट्नु पनि छैन कुनै बटुवा जाऊ हिँंड्दै जाँदा बाटैमा भेट्नेछौ मेरो जवान उमेरछेउ सुहाएको पहाड निस्फिक्री निदाएको सँगै नाबालक देश पनि सुतेको छ तिनलाई उठाऊ म अँजुलीभरि फूल लिएर आउनेछु तिम्रो स्वागतमा किनकि, यो साल जसरी पनि एउटा हरियो शान्ति भित्र्याउनु छ यो सुन्दर घरभित्र। |
एउटा परदेशीलाई सम्झेरप्रभातले सप्को खोल्न नभ्याउँदै दुइचार धर्का मिरमिरे गर्भिणी क्षितिजहरु चिसो घाम कोरल्छन् । लखेटिएर पल्लो भू – खण्ड पुग्छन् अपाङ्ग शरणर्थीहरु घामसंगै ओहोर दोहोर गर्ने दिनहरु त्यो जुनको बलेसी झ्यालढोका छलेर चिहाउने हावाका झोकाहरु मौसमका बहार पिठ्युभरी थकाइ थप्ने चौतारी फुर्सदका कल्पना फूलको महक खर्कको सेलो, पालममा तमुल स्वर वेठिको सुरम्य उत्ताउला रत्तेउलीहरु मारुती, हाक्पारे दशैको मालसिरी तिहारको सयपत्री, मखमली भेला देउसी र भैली चासोक र तुङ्माको नुतनता बक्रितको अङ्गालो सबै सबै पाको पारि उतै लगेछौ फगत छाडेछौ झझल्को अल्झाइराखेर यो भुगोलभरि कतिन्जेल झुक्काउनु निर्मल आँखाहरुलाई उ त्यो मूलबाटोको हरीयो मन देखाउँदै प्रतिक्षालयमा कुराएर फेरि यो निष्ठुर कालचक्रले भेटाउँछ भेटाउदैन मैले मेरो देश हँुदै सगरमाथाको अहलि निश्केर यो सन्देश पठाएकी छु भोलि हेर्ने ऐनाहरु नहटाउनु भनेर कसैगरी सुनाइदिनू एउटा परदेशीलाई सम्झेर । |
एकान्तमाकोही आउने कोही जाने मूलबाटो जस्तै रहेछ एकान्त। मलाई थाहा भए देखि नै उमेरका प्रत्येक पृष्ठहरू एउटै जिन्दगीका हजार संस्करण बनेर एकेक आउँछन् एकान्तमा कहिल्यै फर्केर नआउने बालापन आफैँबाट छुट्टिएर गएको समय सबै सबै आउँछन् एकान्तमा। बिर्सिएको इतिहास भेटिएको प्रेमको तस्बिर च्यातिएका प्रेमपत्र भत्किएको विश्वासको देवल प्रिय मान्छेहरूको दिवंगत अनुहार फेरि फेरि दोहोरियोस् झैँ लाग्ने उल्लासको सुन्दर अध्याय नफर्कियोस् झैँ लाग्ने दुःखको फेहरिस्त कहिल्यै नखुलोस् लाग्ने अभावको झ्याल गल्ती पछिको पश्चात्ताप लस्करै आउँछन् एकान्तमा। आकाश छोप्न छोडेर आउँछ तानाशाह कुहिरो मैमाथि ब्युझिंएर गोप्य समय सुनाउँदै अनौठो दर्शन आउँछन् वर्तमान,भूत र भविष्य एक साथएकान्तमा यी सबै भन्दा पनि धेरै तिम्रो याद आउँछ एकान्तमा। |
म कमलरीआमाले- जानेबेला भन्नुभएको थियो– ‘नानी भगवान् खुसी पार्नुपर्छ भगवान् दाहिने भएमात्र उमेर दिन्छन् आयु दिन्छन्, भाग्य दिन्छन् र, दिन्छन् भरिला साँझ–बिहान ।’ चनौटोमा चन्दन घोटिएसरि लामो समय घोटिनुभयो आमा सधैं अरूका निधारमा सुहाएर टीका बनिरहनुभयो आफ्नो सिउँदो छोडिएको थाहै पाउनुभएन बरु, सुनाइरहनुभयो मलाई ‘नानी, भगवान् खुसी पार्नुपर्छ ।’ यस्तै–यस्तै आशिर्वादले पालिएर हुर्किएँ म मेरा आदरणीय पुस्ताले यस्तै इतिहास घोकाए मलाई दोहो¥याइ रहनु छ अब यही कथा मैले पनि भोलि दरसन्तानलाई । देखाउनु छ आँखाबाट बगेका हरिया पोखरी पढाउनु छ चुल्हो र अगेनाका कथा बारीका डल्लाजस्तै उठेका हातका ठेला थाप्लोमा पटुकाजस्तै बाँधिएका नाम्लोका डाम बोकेर सुनाउनु छ खुसी भर्ने मन्त्रहरू अनि चिनाउनु छ आफ्नो निम्छरो धरातल । हराएकी छु म आफ्नैजस्ता लाग्ने मान्छेहरूबीच केटाकेटीले खरानीमा औैंलाले कोरेका रेखाझैं मधुरा छन् बाँकी सपना पनि यही हो मेरो अभागी परिचय । यो दुनियाँमा सबैभन्दा चर्को घाम मेरै आङमा बज्रिएको छ झरी र असिना मैले नै खपेकी छु म नै हुँ सृष्टिको दैलो उघार्ने भएजति अँध्यारो बढारेर सिकुवा आँगन र बलेसीमा घाम फिँजाउने अत्तर पखाल्छु सेता लुगाका काला दाग घोटेर फाल्छु आफूलाई झनै मैलो र दागी भेट्छु मुखिया हुन दानापानीको साइनो छ आजको दिन भोलिको उज्यालो तिनैसँग छ । दिउँसोभरि फरक–फरक युग्म पार्टी, क्यासिनो, सिनेमा जब साँझले आफूतिर आँखा सोझ्याउँछ बाघ पसेको बस्तीझैं त्रसित हुन्छे मभित्रकी कमलरी । बेला–बेला आउँछ बलात्कारी हुरी ठोकिन्छ मेरै पहाडमा थुप्रै पटक तरें आगोका खोलाहरू पिल्सिएँ पटक–पटक बेचयन छु, अशान्त छु चुसिएर खोस्टो भएकी छु आफ्नै भगवान्सँग महोदय, आवाज मलिन भएका छन् नङ्ग्रा खिइसके भगवान् दाहिने बनाउनै सकिनँ भन्नुहोस् न देख्नुभएको छ भने कतै म मनकारी भगवान्को खोजीमा छु । |
एकान्तमाकोही आउने कोही जाने मुलबाटो जस्तै रहेछ एकान्त। मलाई थाहा भए देखि नै उमेरका प्रत्येक पृष्ठहरु एउटैै जिन्दगीका हजार संस्करण बनेर एकेक आउंछन् एकान्तमा कहिल्यै फर्केर नआउने बालापन आफैंबाट छुट्टिएर गएको समय सबै सबै आउंछन् एकान्तमा। बिर्सिएको ईतिहास भेटिएको प्रेमको तस्वीर च्यातिएका प्रेमपत्र भत्किएको विश्वासको देबल प्रिय मान्छेहरुको दिवंगत अनुहार फेरि फ़ेरि दोहोरियोस् झैं लाग्ने उल्लासको सुन्दर अध्याय नफर्कियोस् झैं लाग्ने दुःखको फेहरिस्त कहिल्यै नखुलोस् लाग्ने अभावको झ्याल गल्ती पछिको पश्चाताप लस्करै आउछन् एकान्तमा। आकाश छोप्न छोडेर आउंछ तानाशाह कुहिरो मैमाथि ब्युझिंएर गोप्य समय सुनाउदै अनौठो दर्शन आउछन वर्तमान,भूत र भविष्य एक साथएकान्तमा यी सबै भन्दा पनि धेरै तिम्रो याद आउछ एकान्तमा। |
एउटा अंध्यारोको उदयसोचेको थिएं तिम्रो आगमनमा बेदाग उज्यालो आउनेछ मखमली बाटोहरुमा। समय उल्टो बगेको छ। परिणाम फरक देखिएको छ। सोचेको थिएं तिमी सभ्यताको सुल्टो नदी बहन्छौ यी आशाका खेतहरु भिजाएर बग्ने छ हरियो समय अहं त्यो पनि पाइएन। तिमी त्रासको ढोल बजाउंदै आयौ आउँदा विनाशको नर्सिङ्गा फुक्दै आयौआउँदा आफ्नै अनुहार छोपेर जिवित मृत नचिनिने भएर आयौ आउँदा फुकाएर सपनाको ताज निभाएर जिउँदाहरुको आवाज तिमी कस्तो कस्तो भएर आयौ। तिमी आउन त आयौ न मन न मुटु बांच्नेहरुसंग मन हुन्छ मुटु हुन्छ होचो होस् अग्लो होस् सपना हुन्छ। ूसपना त ढुङ्गाले देख्दैनू हजुरआमा भन्नुहुन्थ्यो। तिमी आउन त आयौ न श्वास न निश्वास त्यसैले त म अलमलमा छु, मेरो त आउनेहरुलाई नबिर्सीकन शुभकामना दिने बानी यो बेला तिम्रो आगमनमा के दिउ ? शुभकामना कि श्रद्धाञ्जली ??? |
धुनहरुको देशएक दिन तिमी आयौ। पार्श्वमा बज्न थाल्यो अनौठो संवाद । जसरी आदिम भक्तले छानी छानी टिप्छ फूल जोगाइ जोगाइ चुटाउँछ पात त्यसैगरी टिप्यौ शव्दहरु र अनुवाद गर्यौ सितारमा। अ्मोघ अन्तरा मन लुट्ने बाँसुरी लोभ लाग्दो गाइरहने हार्मोनियम तिमी आफैं स्तब्ध भयौ आफ्नै संगीत सुनेर। रोकेर एकै छिन एकाध् झंकारहरु एक्कासी तिमी मेरो आँखामा पोखियौ जस्तो कि, एकनास झरिरहने पहाडी ढुङ्गेधारो। धेरै बेर पछि फर्कियौ तिमी उहीँ नवोदित धुनहरुको देश खोज्यौ साविकको धुन अहं कतै भेटिएन जस्तो कि, नाविकको हातबाट भर्खरै हराइरहेको ढुङ्गा । तिमी विचलित भयौ नहुनु पनि कसरीरु फेरि जन्मिन्छ जन्मिदैन त्यतिकै प्रिय धुन। |
धरहरा र मेरो प्रेमपहिलोपटक धरहरा चढेकी थिएँ त्यो पनि तिम्रो उपस्थितिमा। त्यो घुमाउरो उकालो तिम्रा आला पदचापहरू पछ्याउँदै उचाइमा उड्दै गरेको सिमलको फूलझैँ पौडिँदै अग्लिरहेँ म साथमा एउटा नौलो अनुभूति छिनमै तापक्रम भरिएर शीतल हावाकाओठहरू चुम्बकजस्ता आकर्षक हात नरम, मलिन फूलको स्पर्श मदिराक्षी आँखा निस्पन्ध नजर निहारिरहेँ म भागेर संकोचहरू पर पर न इष्र्यालु जमात न कुरा काट्ने हुल यौवनको सबैभन्दा अब्बल मौसम थियो जीवनकै सबैभन्दा सुन्दर सपना देखेको दिन डुबेर रङ्गहरूको पोखरीमा म नवीन रङ्ग खोजिरहेथेँ लाग्थ्यो यसबेला म एउटा प्रेम अग्लिरहेछु भरेर नीलो अनुरागको मसी म प्रेमको व्याकरण लेख्दैछु सँगै छन् सधैँ सधैँ सम्झिरहनु पर्ने सम्झना हर्दम पछ्याइरहने छाँया सँगै छ प्रेम कविताको रचनागर्भ तमाम एकाकीपन छाडी जाने पात्र पनि आफैँसँग छ। आज सम्झनु छैन केही पर्खनु छैन कसैलाई लेख्नु छैन फेरि पनि बिछोडको गीत सच्च्याउनु छैन पुरानो प्रेम कविता फेर्नु छैन कुनै भर्जिन नवीन बिम्ब र सप्पै विपनाहरु लुकाएर निस्कनु छैन कल्पनाको सहर। एउटा जिउँदो इतिहास नदी झैं हतारले आइरहन्छ त्यो दिन उसैदिन लेखेको हो लेख्न नसकेको प्रेमपत्र फुकायौँ बाँकी मन सुनाउन बाँकी रहस्य खुल्न बाँकी अलिकतिआकाश खुलेर एकसाथ पोखियौँ हामी झरी जस्तो मौसम । प्रेमको समर जित्न हामीले कुनै मन्दिर भाकेनौँ देवी, देउराली गुहारेनौँ आँखा चिम्म गरेर देवालयको गजुरतिर हेर्दै शुन्यमा कुनै जोडी पन्छी उडाएनौँ औँठी, रुमाल केही चिनो साटेनौँ बरु पर पर हर्यौं देखिन्जेल हतारका उपत्यका बार्दलीका निर्बन्ध फूल पारि पारि कुमारी पहाड सुकिला हिमाल सिफलको बोट जस्तो देखिने इतिहासको नवीन पृष्ठ बादलका झुप्रे घरहरू यिनै हुन् प्रेमका अनन्य साक्षी। प्रेमको सत्ता मजबुत बनाउन त्यहीँ बसेर खसाल्यौँ अहमको धावन मार्ग होच्यायौँ रेशमी चाहनाको महल र बनायौँ समावेशी घर। प्रेम विश्वासको अञ्चलमा फुल्ने रहेछ मनका करेसाबारी भरि भरि उम्रिएर फुल्यौँ हामी भरेर उडानहरू अग्लियौँ माथि माथि। बिडम्बना हामीलाई यति अग्लो चौडा उचाइ र एउटा प्रेम कविता छाडेर आफू भने पुरानो कथाजस्तो भएको छ आज मेरो धरहरा । |
अस्विकृत उपहारबल्ल खाटा बसेथ्यो तिमीले दिएको घाउको पुनश्चस्उहीँ बदनाम अभद्रआत्मा लिई निस्कियौ एउटा डिपार्टमेन्ट पसल र साट्यौ केही रुपैयाँ तिमीलाई रङ्गीन लाग्ने रहरहरुसंग। पेशेवर सिकारीको आदिम निशाना झैँ तिम्रा आँखाहरु नतमस्तक छन् मै तिर निश्चित छ पराजित बेहोर्ने छौ अब तिमीले यो स्वाधीन र एकलौटी मुटुबाट स्वर्ग जस्तो मेरो संसार सार्नु छैन बसाइँ काँचले बनेको तिम्रो सहरमा। बिताएकै हुँ थुप्रै प्रेमपर्वहरु चौतारीको एक्लो पिपल भएर बगाएकै हुँ आँखामा साउन तमोर भएर अहँ देखिनँ कतै तिम्रो आस्थाका हिउँचुली। बेइमान हो तिमी भावनाको बालुवाको उपहार बोकेर नआउ मेरो सामु बगाइदिन्छु बर्सातको अरुण भएर। |
गाउँको कथाअरु त ठिकै छ जसरी पनि धड्किरहेकै छ दुस्खले चट्याङ हानेको छातीको वारि। पोहोर साल ठूलो भुकम्प आयो तपाईं खुब डराउनु भो म अलि कम डराएँ कारण तपाईं अलि धेर हल्लिनु भो म अलि कम हल्लिएँ। तपाईं पुग्नु भएको छैन होला पहाड मुन्तिर कछाड भन्दा अलि तल मध्य बेंसीमा रातो माटोले पोतेको सानो घर छ हाम्रो। अरु त ठिकै छ यो एकान्त जङ्गल सांघुरो बाटो सबै भन्दा धेरै दुस्खले बाटो छेकेर हर्दम बलत्कारमा पर्छु। अरु त ठिकै छ खुशीका मुहानहरु अलि टाढा टाढा छन् दुई घन्टाको बाटो हिंडेपछि स्कुल पुग्छे सात हिंउद काटेकी मेरी सानी छोरी आफ्नै श्रमदानले बनाएका छौं खर र स्याउलाले छाएको स्कूल तीन घन्टाको दुरीमा पंधेरो छ पालै पालो भर्छौं पानी कुर्कुचा ठोकिँने डोकोभित्र जब आधा गाग्री पानी छचल्क्याउंदै बाटोमाूजलस्रोतको धनी देश नेपालू भन्ने कविता कण्ठ गर्छ मेरो दस बर्से छोरो सबभन्दा ठूलो भुकम्प त त्यो बेलाआउंछ र जोड जोडले हल्लाउँछ मलाई। |
आधा भोगाइः आधा बगाइतिमी बगेपछि म अनायास जम्न थालेको छु। यो निस्पट्ट तलाउ निर्वेग प्रवाह सिसाजस्तै चर्किएको मन अनि अपमानको हिउँले छोपिएर म अनायास जम्न थालेको छु तिमी बगेपछि अवरुद्ध छाल थकित सुसाइ मनका पर्वत हल्लाउने मझ्ाधारका ठक्करहरू हतारका पाइला नसङ्लिंदै धमिलिएर बग्ने अतृप्त मनोलोकका नागवेली दोहोरी फुल्ने बाटोहरू सबै सबै थाती राखेर म अनायास जम्न थालेको छु तिमी बगेपछि सम्झ्ानाले दुखेका किनारहरू एकान्तले चिमोटेको मौनता पलपलको उच्छ्वास एकोहोरो रिक्तता बोकेर म अनायास जम्न थालेको छु तिमी बगेपछि छानो सम्झे मैले प्रेम गरेको आकाश जब शिरैमाथि खस्यो फूलैफूल सम्झिएँ बाटोहरू काँडा भई बिझाए पैतालामा तब लरखराइरहे पाइलाहरू एकाएक डस्न थाले आफ्नै फूल र कोपिलाहरूले तब असिनाले कुटेको पालुवा झै हराउँदै गयो आफ्नै ओज समेत साँघुरो धरातलभित्र उडिरहेछ अनौठोसँग तृषार्त कुहिरो अब कसरी छिचोल्नु यो पीडाको राजमार्ग अर्धमूर्छित जिन्दगीलाई करैले घिस्याउँदै कसरी पुग्नु घामहरूको गाउँ? आज त आएर भने, नफुल्दै गरेका फूलहरूले नबल्दै गरेका दीपहरूले नबग्दै गरेका तालहरुले समय यसरी जमेको त बग्नलाई पो त!’ |
नलेखिएको एउटा कविताबाँधेर कठोर साङलोले लिन आइपुग्छ अतित प्रेमको आदिम चौतारीमा जहाँबाट लगभग अन्तिम पटक छुटिएका थियौँ हामी । उस्तै छैन आज म भिजेको छ जीवनमा किताव ओसिएका छन् हावामा तिम्रा हरेक खवरकागजहरू न त छन् हिजोकाझैँ लाग्ने दिग्गज दिवसहरू भदौमा भेल पसेको कुवाजस्तो धमिल्लिरहन्छ स्मृति कुनै मनपर्ने खेलौना हरएपछि खेल्दाखेल्दै टोलाइरहेको बालकझैँ बेसुर, खोजि हिडदोरहेछु सडकमा खसाइगएका पाइलाहरु । टिपेर भूँइको धुलो जहाँबाट हिँडेका थियौँ हामी थापेर अञ्जुलीमा पानी जुन पधेँरो पिएथ्यौँ हामीले ओडेर बरपिपलको तप्केनी जहाँ सँगै भिजेथ्यौँ हामी सुनाएर माटोका गीतहरू जो एउटै भाकामा गाएथ्यौँ हामीले रोपेर प्रेमका फुलहरु पत्रैपत्र मिलेर एउटै थुँगा फुलेथ्यौँ हामी चढाएर ढुङ्गा चढाएर पाती बनाएथ्यौ आफ्नै मनमा देउराली हामीले । समयले अनेकौँ परीक्षा लियो हामीसँग हातमा कलम बोकेर हिँडिरह्यौँ हामी –परीक्षार्थी भई कहिले प्रश्नोत्तर कहिले व्याकरण व्याख्या, विवेचना कहिले चित्र बनायौँ कहिले चित्रमा आफैँ बनियौँ हामी । अन्तमा लेख्नु थियो फेरि एउटा सग्लो चित्र भर्नु थियो उजाड पहाडको सिँउदो छामेर पुर्नु थियो मधेसका भासहरू रङ्गाउनु थियो समावेशी रङ्गहरूले यो देशको अनुहार र लेख्नु थियो त्यही पिँढिमा बसेर नलेखिएको एउटा कविता । अचानक रोकिए आकाशमा उड्दैगरेका चराहरु उल्कापिण्डसरि खसिगयो जुन निभाएर आफ्नै आँखाको उज्यालो न तिमीले लेख्न पायौ न मैले लेख्न पाएँ यो प्रेमले सुस्ताउने मेरो देशको अखण्डित कविता । |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal