In the repository of Tulasi Diwas's poetical works, there are works that aptly demonstrate the creative genius and depth that his observation of human nature was endowed with. His best poems stir readers at the subliminal level-a weaving of love, loss, resilience, and the indomitable spirit of the Nepali people. Whether he is capturing the beauty of nature in vivid imagery or delving into the complexities of human relationships with poignant lyricism, the poetry of Diwas possesses a timelessness, prevailing across borders to speak to universal truths within the human condition. From the haunting elegance of "My Child of Heart" to the evocative narrative of "Seeing the Old Lady of the Bus," each one of these poems reveals layers of meaning and depth, inviting readers to ponder life's mysteries and find solace in the beauty of language. With his masterful use of metaphor, symbolism, and rhythm, Tulasi Diwas leaves an inerasable mark in the realm of Nepali literature, and the best of his poems will go on to inspire and strike a chord with the audience for generations to come.,
Tulsi Prasad Joshi is a colossus in Nepali
literature; his contribution to Nepali poetry is certainly second to none. More
than that, he knew much about folklore and culture too. He was born in July
1998 in Dhankuta. Herein, the journey of great thinking and creativity started.
His academic pursuits began on the roads,
first with schooling in Dhankuta to higher educations and various trainings in
Japan and America. Over the years, he gathered prestige titles onto his name:
at the International Poetry Festival in India in 2013, Bisista Sahitya
Siromani, acknowledging his colossal work in modern Nepali poetry.
Besides being a great poet, Tulsi Diwasa
had a command over literature. He was a pioneering authority on Nepali
folklore. His magnum opus, "Nepali Lokkatha", a compilation of 122
folk stories widely told amongst the people, represents his commitment to
preserving and disseminating Nepal's culture.
During his lifetime, he donned many
hats-from serving as Cultural Secretary at the Nepalese Embassy in the US to
teaching as a visiting professor at universities abroad. His stint as a
professor of Nepali Literature in Trichandra College and Padmakanya Campus in
Kathmandu further solidified his influence in academic circles.
Besides, the fecund literary journey of
Diwasa was filled with books on literature, folk culture, and folklore. His
commitment to showing the diverse traditions and narratives of Nepal resonates
through works such as "Nepali Folklore" and "Dhimal Folk Dance
and Culture."
Besides being an author, the life of Tulsi
Diwasa itself was a saga of personal tragedies and triumphs. The tragic loss of
family members brought in its wake a profound influence on his outlook on life,
instilling in him a strong sense of resilience and introspection.
His career was one long evolution in search
of novelty and uniqueness of his poetry. Indeed, Diwasa won his reputation with
a certain style and innovative way of writing verse both nationally and
worldwide.
The befitting memory of Tulsi Diwasa is one
of a cultural ambassador and promoter of the arts through works on literature,
folklore, and the general cultural topography of Nepal. His life and works
stand in testimony to the power of words in shedding light, inspiring, and
bridging gaps among generations and across borders.
In fact, the impact Tulsi Diwasa had
stretched far beyond the realm of literature itself-a poet, public speaker, and
cultural expert within Nepal and also on the international stage. He was a
wanted figure mostly because of his speech ability and profundity of knowledge
in debates on Nepali culture and tradition.
Diwasa has remained committed to fostering
an understanding of Nepali folklore and its importance in shaping the country's
national identity throughout his career. By keenly analyzing and explaining the
inter-linkages of songs with society, culture, and politics, he showed evidence
of his commitment to preserving the rich tapestry of Nepal's cultural heritage.
Diwasa, being one of the pioneers in the
field of Nepali folk culture studies, was very proactive in researching and
popularizing the same. He often visited remote villages to collect songs,
stories, and dances. His efforts taken concerning this have given a sound base
to the recognition of rich cultural diversity in Nepal and helped in preserving
the traditional knowledge of the locals.
The influence of Diwasa extended beyond
academic and literary circles; he was a mentor and role model to budding
writers and scholars. His generosity in knowledge and experience sharing helped
nurture the next generation of cultural custodians and creative minds.
Personal tragedies and challenges
notwithstanding, Tulsi Diwasa remained resilient and committed to his art.
Distilling his life's experiences into art further assured his commitment to
excellence that would last for generations.
The name Tulsi Diwasa shines as a beacon of
inspiration and creativity in the annals of Nepali literature and cultural
studies. His contribution remains an addition to the cultural landscape of
Nepal, reminding one about the perpetual magic of language, storytelling, and
tradition in binding and empowering communities across boundaries and
generations.
जिन्दगी र लुगाजिन्दगी लुगा भए फुकालेर झुन्डाइदिन हुन्थ्यो कोठाको किलामा र एकछिन हेरिरहन हुन्थ्यो आफू झुण्डिएको आफ्नै कोठाको किलामा । जिन्दगी लुगा भए मिलाएर बेला अनुसार सिउनु र सिलाउनु हुन्थ्यो नमिले उधारेर पूरै जिन्दगी धागो निकाल्दै सियोले कैँची लिई आफ्नै हातमा आफैले काट्नु र छाट्नु पनि हुन्थ्यो या, सूचीकारकहाँ गएर जिन्दगी केही समय लुगाकै खातमा पट्टिइ निदाउनु पनि हुन्थ्यो जिन्दगी लुगा भए फुकालेर झुण्ड्याउन हुन्थ्यो । जिन्दगी लुगा भए बुट्टा मिलाएर रङ्गिनु र रङ्ग्याउनु हुन्थ्यो ठाउँ ठाउँमा प्वाल परे पनि टाल्नु र टाल्न लगाउनु हुन्थ्यो नमिले पूरै टालेर जिन्दगी टाल्दाटाल्दै पुरानो छोपेर नयाँ लाउनु र लगाउनु पनि हुन्थ्यो । या, रफुकारकहाँ गएर जिन्दगी केही समय फेरि जिन्दगीकै धागो निकालेर मिल्दो रफु भर्नु र भराउनु पनि हुन्थ्यो । जिन्दगी लुगा भए फुकालेर झुण्ड्यानु हुन्थ्यो । जिन्दगी लुगा भए मैलिएको बेला धुनु र धुलाउनु हुन्थ्यो फुर्सद भए आफैँले साबुन लगाएर जिन्दगी बाल्टीमा सफा पानीले सुकिलो पखाल्नु पनि हुन्थ्यो या धोबीकहाँ गएर जिन्दगी केही समय ढुङ्गे धाराको पानीले चोखिँदै जाडो ढुङ्गैबाट पल्टिएर चउरमा दिनभरी न्यानो घाम ताप्नु पनि हुन्थ्यो या, डोरीमा झुण्डिएर चटकीजस्तै जिन्दगी हावाले उल्टिनु र पल्टिनु पनि हुन्थ्यो । खजमजिएर धेरै खुम्चिए जिन्दगी टेबुलमा राखेर पानी छर्कँदै इस्त्री लाउनु र लगाउनु पनि हुन्थ्यो । सारै भए जिन्दगी एक हप्ताको पूरै छुट्टी लिएर ड्राइ किल्नमा गइ फर्कनु र फर्काउनु पनि हुन्थ्यो जिन्दगी लुगा भए फुकालेर झुण्ड्याउन हुन्थ्यो । जिन्दगी लुगा भए फुकालेर आफैँलाई केही समय टाढाबाट हेर्नु र हेराउनु हुन्थ्यो इनारमा हाम्फालेर त्यही जिन्दगी गहिराइ आर्फैँले स्पर्श गर्नुहुन्थ्यो या, सपनाको हुस्सु फाटेर जिन्दगी विपनाको आकाश खुल्नु पनि हुन्थ्यो वा टाउको छुट्टिएको सपनाको आफ्नो गिँडजस्तो टोपीमा केही समय टाउको फुकाल्नु पनि हुन्थ्यो । नपुगे फेरि दौरा सुरुवालमा हात खुट्टा र जीउ समेत फुकालेर उन्मुक्त आफूलाई आफैँबाट छुट्याइ विपनामा पनि दिउँसै सपना देख्नु र देखाउनु पनि हुन्थ्यो । जिन्दगी लुगा भए फुकालेर झुण्ड्याउनु हुन्थ्यो कोठाको किलामा र एकछिन हेरिरहन हुन्थ्यो आफू झुण्डिएको आफ्नै कोठाको किलामा किला ठोकेर आफैँले आफ्नै कोठाको किलामा । |
बाटोहिँड्दा-हिँड्दै मोडमा हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दोरहेनछ । तेर्सिँदा-तेर्सिँदै तेर्सोमा तेर्सिएको बाटो नै उक्लेपछि तेर्सिनेको पनि केही लाग्दोरहेनछ । उक्लँदा-उक्लँदै उकालोमा उक्लेको बाटो नै ओर्लिएपछि उक्लनेको पनि केही लाग्दोरहेनछ । ओर्लँदा-ओर्लँदै फेरि ओरालोमा ओर्लेको बाटो नै उक्लेपछि ओर्लनेको पनि केही लाग्दोरहेनछ । हिँड्दा-हिँड्दै मोडमा हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दोरहेनछ । |
हृदयको बालकसमयको गोरो अनुहारमा रातले जब अँध्यारो हाँडीको मोसो पोत्छ, आकाशको नीलो ढक्कीमा जब फूल उठेका ताराहरु सजिन्छन् मेरा थाकेका इन्द्रियहरु आफूलाई हराउँछन् - हराएको तेज खोजेर; तर मेरो हृदयमा सुँकसुँकाउँदै निदाएको बालक बिम्झन्छ- एक्लो एकलकाँटे सिरेटोले छोएर । बगरको ढुङ्गा झैँ चिसो भुइँमा नाङ्गै आफूलाई लडाएको पाएर एक्लै उसको हात-खुट्टा अनुहार अङ्ग-प्रत्यङ्ग बोल्छ- म चिसो हिउँ भइसकेँ म नीलो यूँ भइसकेँ मलाई मुटुको मकलमा सेकाएको हातले मायाको चिल्लो लाइदेऊ ! कलङ्कको कालो टीका मेट् न टुकुचाको पुलमा अफालिएको बालकको झैँ मेरो पनि नाभि काटिएको छैन, कसैको पनि म हुन सक्छु ए, स्वर्ग जानबाट बञ्चित अपुता हो ! म ति म्रै छोरा हु - बाँच्न जन्मेको मान्छे । मलाई स्नेहको थाङनामा बेरेर मेरो निराशाको सर्दी हुर्काइदेऊ ! मलाई आनन्दको छाया होइन जीवनको माया देऊ ! जानी-नजानी सकी-नसकी अनायासै उसको आवाज फुट् छ - "मा !" आँसु अनि अरस्तू भएर बोल्छ- मानिस सामाजिक प्राणी हो मलाई समाज चाहिन्छ । आत्मामा आकाश-वाणी हुन्छ - हृदयको अँध्यारो मेट् न हृदयकै उज्यालो चाहिन्छ । |
रूख : एक मानस–चित्रजहाँ पनि र जब पनि हामी भुइँमा लडेको रूखको मुढामा साना–ठूला सूक्ष्म गोल आकृतिहरू देख्छौँ, निश्चय नै हामीले बुझे हुन्छ— गहिरिएको खोँच र बगेको पहिरोबीच पहाडको ढाडमा एक्लै उभिएको त्यो बूढो रूखले आफ्नो जीवनकालमा पटक–पटक पहाडजत्रै अनन्त पीडाको भारी बोकेको थियो। रूखसँग पनि आफ्नो मन र संवेदना हुन्छ र ती आफ्ना जीवनका साना–ठूला घटना तथा तिनबाट उम्रेर भित्र–बाहिर गर्ने नितान्त निजी मनोभाव र अनुभूतिलाई एक–एक गरी मनको त्यही विस्तारित पोखरीमा उठ्ने संवेदनाका प्रकम्पित मौन लहरले अद्र्धवृत्त र पूर्णवृत्त काला–नीला बुट्टाहरूमा रचनात्मक अभिलेख सूक्ष्म रूपले राख्ने गर्दछन्। तर तिनलाई प्रकृति आफैले बनाएको अनुपम कलाकृति ठानेर हामी पुलकित हुन्छौँ, यथार्थमा ती रूख आफैले लिपिबद्ध गरेका अनेक शाखाका परिच्छेदहरूमा आबद्ध तिनका आत्मवृत्तान्तहरूले भरिएका आफ्नै आत्मजीवनी हुन्। तर रूखको भाषा र लिपि भएको वर्णमालाको त्यो पहिलो पुस्तक भने धेरै पहिले जङ्गल छाडेर सहर निस्केपछि एकाएक हामी आफैलेगुफामा बिर्सिआएका छौँ। त्यसैले रूखहरू अहिले समूह–समूहमा हाम्रो मनको घना जङ्गलबाट क्रमशः एक–एक गरी बाहिर निस्केर भुइँमा मुढो भ ईयत्रतत्र लडिरहेछन्। आह । तिनीहरू नढली जमिनमा तिनको जीवनी पढ्न हामी असमर्थ छौँ र लगातार असमर्थ भइरहेछौँ। |
यात्रा संस्मरणहिँड्दाहिँड्दै मोडमा हिँडेको बाटो नै मोडिएछ हिँड्नेको पनि केही लाग्दो रहेनछ । उक्लँदाउक्लँदै उकालोमा उक्लेको बाटो नै ओर्लेपछि उक्लनेको पनि केही लाग्दो रहेनछ । ओर्लंदाओर्लंदै ओरालोमा ओर्लेको बाटो नै उक्लेपछि ओर्लनेको पनि केही लाग्दो रहेनछ । हिँड्दाहिँड्दै मोडमा हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दो रहेनछ । |
रङ्गीन आवाजहरूको जुलुसनीला आवाजहरू आकाशबाट हाम फालेर समुद्रको नीलो सतहमा तैरिरहेछन् राता आवाजहरू शहीदहरूको रगतबाट छड्किएर गुराँसको रातो पत्रदलमा पोखिँदै सुकिरहेछन् पहेँला आवाजहरू साँझको क्षितिजबाट ओर्लेर सयपत्रीको शृङ्खलित तहमा तरेली परिरहेछन् सेता आवाजहरू बादलको घेराबाट पग्लेर हिमालयको उन्नत वक्षस्थलमा ठोस जमिरहेछन् हरिया आवाजहरू वनजङ्गलबाट हुर्किएर मुडुलो चट्टान र वस्त्रहीन नागी हुँदै पहाडको अश्रुरिक्त बगरसँगै खेतबारीबाट पनि उखेलिएर समुद्रको पिँधमा हरियो थेग्रिदै तरल बसाइँ झरिरहेछन् काला बाजाहरू मानसिक प्रकोपबाट धमिलिएर मनको सुख्खा र विवेक स्खलनले काल उम्लिएर बगेको कालो सुरुङ्गमा बाक्लो अँध्यारोको अनियन्त्रित बाढीसँगै उर्लिरहेछन् समयले फागु खेलेको यो रङ्गीन आवाजहरूको जुलुसमा श्रद्धाले सामेल भई आवाजको खोजीमा निस्केको म आवाजहरूकै भीडमा अहिले आफ्नै आवाज हराएर नितान्त आवाजहीन चुपचाप एक्लो घर फर्किरहेछु मौन यो मेरो प्रत्यागमन एउटा बुद्धत्व प्राप्ति हो या अर्को महाभिनिष्क्रमणको तयारी हो रङ्गहीन यो अनिर्णयमा यसरी म लगातार एउटा आवाजहीन निर्णय बोलिरहेछु । |
एउटा युद्धको तयारीआऊ, विचारहरू केवल कागतमा नवस आऊ ! आऊ, योजनाहरू केवल टेवलमा नवस आऊ !! आऊ, दर्शनहरू केवल दराजमा नबस आऊ !!! आऊ, भावहरू केवल पुस्तकमा नवस आऊ !!!! काख पसारेर पलेंटी कसी बसेका सुत्केरी तराईहरू तयार छन्, तराईकै फराकिला काखमा घुँडा धसेर उभिएका बाल-युवा पहाडहरू तयार छन्, पहाडकै कम टेकेर उक्ली अग्लिएका बूढा हिमालहरू तयार छन्, हामी सबै तयार छौं, हाम्रा सम्पूर्ण तयारीहरू तयार छन् । ओर्ल, हुल बाँधेर ओर्ल, अग्लाइवाट अबै ओर्ल, मस्तिष्कबाट अलिकति तल ओठसम्म ओर्ल, श्रोता भएर हामी कान र आँखाहरू दिन तयार छौं । ओर्ल, हामफालेर छहराहरू पहराबाट भाषण ओर्ल, ओठवाट अलिकति तल पाखुरासम्म ओर्ल, कर्म भएर हामी हात-पाखुरा दिन तयार छौं । ओर्ल, कुदेर कोसी र गण्डकीहरू पहाडबाट कर्म ओर्ल, हातबाट अलिकति तल पाउसम्म ओर्ल, गति भएर हामी पाउ दिन तयार छौं । बग, गतिहरू मेची-काली बग, गन्तव्यसम्म बग, शक्ति भएर हामी पसीनाको जलशक्ति दिन तयार छौँ । तयारी-तयारीहरूको हूलमा ऐले हामी यति तयार छौँ कि युद्धका सम्पूर्ण तयारीहरूलाई हाँक दिएर भन्न सक्छौं— हामीले तयारी मात्र होइन स्वयं युद्धकै घोषणा गरिसकेका छौं । हो अहिले हाम्रा कुनै शत्रु छैनन् हामीबाहिर- अन्य भूमिमा र हाम्रा शत्रुहरू ट्रेन्च खनेर बसिरहेछन्-हामीभित्रै अलिकति हाम्रो अज्ञानतामा, अलिकति हामो अशिक्षामा । हो अहिले हाम्रा कुनै शत्रु छैनन् हामीबाहिर- अन्य सीमामा र हाम्रा शत्र पाल टाँगेर बसिरहेछन्-हामीभित्रै अलिकति हाम्रो अकर्मण्यतामा, अलिकति हाम्रो आलस्यमा ! हो अहिले हाम्रा कुनै शत्रु छैनन् हामीवाहिर- अन्य किल्लामा र हाम्रा शत्रुहरू देवाली मनाएर बसिरहेछन्-हामीभित्रै— अलिकति हाम्रो अभावमा, अलिकति हाम्रो पछौटेपनमा ! त्यसैले एक होइन, ऐले हामी अनेक युद्धहरू लडिरहेछौं एउटा युद्ध- अशिक्षा र अज्ञानको विरुद्ध, एउटा युद्ध- अकर्मण्यता र आलस्यको विरुद्ध, एउटा युद्ध- अभाव र बेरोजगारीको विरुद्ध, एउटा युद्ध- अशान्ति र असन्तुलनको विरुद्ध, यस्तै यस्तै युद्धहरूबीच हामी लडिरहेछौं अर्को फेरि एउटा युद्ध-खुदै युद्धको विरुद्ध ! आऊ, विचारहरू केवल कागतमा नवस आऊ ! आऊ, योजनाहरू केवल टेबलमा नवस आऊ !! आऊ, दर्शनहरू केवल दराजमा नवस आऊ !!! आऊ, भावहरू केवल पस्तकमा नवस आऊ!!!! |
बाटोहिँड्दा-हिँड्दै मोडमा हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दोरहेनछ । तेर्सिँदा-तेर्सिँदै तेर्सोमा तेर्सिएको बाटो नै उक्लेपछि तेर्सिनेको पनि केही लाग्दोरहेनछ । उक्लँदा-उक्लँदै उकालोमा उक्लेको बाटो नै ओर्लिएपछि उक्लनेको पनि केही लाग्दोरहेनछ । ओर्लँदा-ओर्लँदै फेरि ओर्लेको बाटो नै उक्लेपछि ओर्लनेको पनि केही लाग्दोरहेनछ । हिँड्दा-हिँड्दै मोडमा हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दोरहेनछ । |
आवाज, नदी र मसमय थुनिएको बुइगलको भत्किएको पाखामा शताब्दीको पुरानो डोकोबाट पोखिएको जैविक मलजस्तो अँध्यारोको थुप्रोमा पुरिएर आफैँ निसासिई दसैँको जमराजस्तो उज्यालो विमुख पहेलिएको आवाज, युगको आफ्नै छिंडीको चिसो भुइँतलामा युगौँदेखि बन्द समयको रुघा लागेको मोटो आवाज, बन्दीघरमा थुनिएका तर नसुनिएका घरभरिको पातलो आवाज, द्वन्द्व र सङ्घर्षको पहिरोमा परेर बगी आफैँबीच चेप्टिएर पुरिएको आवाजहीन शून्य आवाज, अनियन्त्रित राजनीतिक भ्रष्टाचारको मेदभावयुक्त बाढीमा बगेर यत्रतत्र खण्ड खण्ड छरिएर टुक्रिएका मौन आवाज, भोकमरि र सङ्क्रात्मक रोगको भुइँचालोले थिलथिल्याएको कहिल्यै नसुनिएको भूमिगत कोलाहलको आवाजहीन आवाज चुरा फुटेर सिन्दूर पुछिएको सेतो लुगाको रङ्गीन आवाज अपहरण, बलात्कार र हत्याको मलिलो माटोमा उगि्रएको भूमिगत पीडाको बाक्लो भित्रभित्रै चर्किएको पोल्ने एकान्तबाट निसृतः जलिरहेको आवाज, संवेदनारहित शक्ति र सत्तामा केन्दि्रत विभाजित दलगतस्वार्थ हो पुरेको मान्छे मात्रको नसुनिने दबाइएको सेतीको दबेको आवाज, सबै चेतनाको उज्यालो भरेङ चढेर तला, बार्दली र कौशीमा क्रमशः उक्लिरहेका, र निस्किरहेका छन् -हूल हूलमा घाम ताप्न बन्दीगृहको युद्ध मोर्चामा मात्र सीमित छैनन् ती, हरेक घरका मूलढोकाबाट खिया लागेको फलामे गजबार तोडेर सडकमा ओर्लेका छन् ती सानो-ठूलो बाटो हँुदै निस्केका ती आवाजहीन आवाजहरूको नदी एउटा बाढी भएर मूलसडकमा अनियन्त्रित रूपले बगेका छन् र आवाजहरूको उर्लंदो जुलुस भएर उर्लेका छन् समूह-समूहमा बाँडिएर बेलाबखत ती असन, इन्द्रचोक, भोटाहिटी र रत्नपार्कमा कोणसभा गरिरहेछन् साँझ ओर्लंन नपाउँदै फेरि नयाँसडकमा मसाल जुलुस पनि निकालिरहेछन् समावेश हुन नसकेको तर आक्रोशित कहिल्यै नसुनिएको मैदानबाट उठेको भुइँ कुइरोको हूल यही नदीको ओछ्यान र बगरबाट माथि पहाडमा उठेको छ सडकमा आएको अप्रत्यासित तर योजनाबद्ध दमित आवाजहरूको यो बाढीले पैदल हिँड्ने दुबै किनार ढाकेर नाङ्ले पसलदेखि ठूला डिपार्टमेन्टल पसलसम्म साना-साना घरदेखि गगनचुम्बी ठूला दरवारसम्म भेटिसकेका छन् ती चर्किसकेका छन्, भत्की, लडिसकेका छन् तर हूल-हूलमा बाँडिएर सडकमा कुद्ने यी आवाजका भुइँ कुइरोहरू आकाशको अज्ञात कुन दिशातिर घुँडामाथि उडिरहेछन् ध्यान मग्न भई फेरि पनि आफ्नो कोठामा म सोचिरहेछु- एकता, स्थिरता र मेलमिलापको विषयमा, सहमति, शान्ति र संविधानको विषयमा यसरी सोच्दा-सोच्दै आफ्नै आवाज पनि फुत्त निस्केर आवाजहरूकै बाढीमा मिसिएर बगेको देखिरहेछु र स्वयम् म पनि आवाजहीन आवाज भएर बगिरहेछु । |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal