Best Poems Of Tirtharaj Adhikari तिर्थराज अधिकारिका उत्कृष्ट कबितहरु

Best Poems Of Tirtharaj Adhikari  तिर्थराज अधिकारिका उत्कृष्ट कबितहरु

Acclaimed for the strong beauty and deepness in the meter that captures human feelings and communal issues, Tirtharaj Adhikari is known for the best poems. The best poems by dint of Tirtharaj Adhikari are deep considerations of the human condition, reverberating with raw feeling and religious deepness. It is in the lines that interlace into a tapestry, so beautiful and wealthy with ache, flexibility, and superiority, that Adhikari goes to the extremely core of being, with understanding matched by dint of no other. Above all, his meter, represented by dint of works such as "Makaika Phoolharu", is a shout of agony at the cruelties of existence and a scathing indictment of dishonesty and inequality. His mastery lies in arousing bright imagery that stirs deep empathy to ask readers into a confrontation with existence's complexities-adventurous and compassionate. all of those poems speaks to the power of skill to discard bright at the darkest corners of human celebrate in and to breed wish in the introduction of hardship.

    He was born in BS 2014 in the tiny attractive town of Lapsibot in Gorkha District and began a quad-decade-lengthy poetic journey. His first published essay was named "Mero Pyaro Desh", published in Gorkhapatra. Although known to be a poet, Adhikari is a speaker too and imparts his acquaintance and passion in academics.

    Adhikari's meter is a fate in itself; a persistent chase of autonomous articulation and religious look. While some search renown and acknowledgment, Adhikari plunges into the deepness of his creation-unawareness and acquaintance of existence and spirituality akin. nor discussion nor blame nor prize can discourage his focus away from that critical creation.

     

    While learning as a learner, and then when he took upward instruction as his occupation, writings stayed close to Adhikari's core. With same spontaneity and skill, he possesses written twain meter and prose, merging the aged with the fresh. Yet, though many tripping blocks came his path, his works stay attractive to his readers since those mirror the core of his innovative sight.

     

    It was, in truth, during 2043 that "Kehi Kavi Kehi Kavita, " a connection publication, truly noticeable the arising of Adhikari's literari legacy. Since then he possesses published the collections authorized "Sapnama Harayeko Vipana" (2066), "Sattaka Kinaraharu" (2070), "container" (2071), "Jangal" (2072), and "Makaika Phoolharu" (2076), among others, and appeared as single of the more important voices in Nepali. Besides writing, Adhikari was an energetic member of Gorkha Sarjak Samaj, Nepal Sarashta Samaj, and Syangja Literary Foundation for the betterment of Nepali scholarly tradition.

     

    The poetic works of Adhikari mirror the maturity of quad decades' knowledge in austere human pain, flexibility, and superiority. His meter echoes with raw ache, sorrow, beauty, and joy-a account to the diverse nature of being. Through his meter, Adhikari embarks upon a search for freedom and blessedness, layer all the shades of existence's journey.

     

    Despite adversities, Adhikari possesses stayed a loyal disciple of freedom and innovative statement. True to his character as an painter, he finds his joy in the boundless domain of fancy and autonomy within what he pours his feeling into the creation of works that show extraordinary poignancy. His meter tells much approximately the indomitable flexibility of the human soul to ultimately motivate readers towards embracing that ability of individual-liberation.

     

    Among Adhikari's popular works is the masterpiece called "Makaika Phoolharu," showing the fight for being and momentous fantasy of the Nepalese commonwealth. The author relates to the conditions of the underclass with great statement and deepness, showing the fact of a community suffering by dint of dishonesty, use, and inequality. The analogy here is the "Cornflowers", what are used as a pathetic fable to clarify the person who sacrifices his ideals and aspirations for others' good and gets squashed by dint of wheels of oppression.

     

    It is the Nepalese, personified as "Makaika Fulharu," who continue to battle and fight for respect and freedom, until the last breath is breathed. Adhikari's meter now becomes a gathering shout for communal fairness and collective empowerment, urging readers to achieve out and hit at the widespread injustices that permeate community. With steadfast commitment to truth and compassion, Adhikari emerges as a beacon of hope in a global fraught with gloom and sadness.

     

    The biography of Tirtharaj Adhikari stands as a will to how writings can alternate human lives and the indelible flexibility of the human soul. His meter serves as comfort and inspiration over borders of barbarism and tradition to come. A poet, educator, and an supporter, he engraved his indelible sign upon the landscape of Nepali writings, verifying period and again the powerful potential impact of skill upon the outer earth.

    मेरो लप्सीबोट

    हिमालको काख छ दूधपोखरी
    अनन्त यात्रा पद चल्छ निर्झरी
    तरङ्ग चेपे तल गर्छ कल्कल
    नसा-नसा धड्कनमा छ यो जल ।१।
    प्रभात खुल्दा रविका कलासँगै
    खुलेर आँखा मन पुग्छ शैलमै
    गुराँस रङ्गीन मुहार मृत्तिका
    छ सान सौन्दर्य सुगन्ध वाटिका ।२।
    थला-थला कुड्मल रम्य आँकुरा
    गमक्क आफ्नै मुटुभित्रका जरा
    यता-उता दृष्टि फिँजाउँदा सधैँ
    समस्त यै धाम छ ,लाग्छ स्वर्ग झैँ ।३।
    सिरान डाँडातिर पूर्व खुल्दछ
    हुँदै वनेली तल लप्सिबोट छ
    नदी अँधेरी जल गर्छ छम्छम
    नदी छ चेपे जलदुर्ग पश्चिम ।४।
    जँघार तर्दा पद पुग्छ लम्जुङ
    बिचौर नाता , ममता छ क्यै गुन
    अपार यो हार्दिक स्नेहको लता
    जेलिन्छ आस्थासित झन् कता-कता ।५।
    छ नाम प्यारो खरिबोट गाउँको
    छ पत्रजस्तै अरू नाम टोलको
    बुकी धुपीका रसरङ्गका कला
    छ उत्तरी भाग हिमालको तला ।६।
    बन्यो जहाँ चर्चित पूर्णको हलो
    छ छेउमै दक्षिणतर्फको थलो
    नयाँ- नयाँ ज्वार विचार क्रान्तिको
    कथा पुरानो अझ पढ्छ राष्ट्र यो ।७।
    फराक थुम्को छ अजीरकोटको
    बजार भच्येक समीप पर्छ त्यो
    झरे तलै सिम्जुङबाट ओर्लिँदै
    छ कोलकाटे अनि लप्सिबोट नै ।८।
    म फूल माटो यसमै उचालिएँ
    गरेर ताते तन तन्किँदै गएँ
    अजस्रधारा अझ ज्ञान छम्किँदै
    छ ज्ञानको ज्योति अखण्ड मार्गमै ।९।
    छ गोरखा उत्तर दूर-भागमा
    छ मेघमाला अझ क्यै ललाटमा
    परन्तु आफ्नोपन छैन वर्जित
    हलो- जुवासाथ सधैँ छ गर्वित ।१०।
    मुहान छोड्दै तल घाट मिल्छ के ?
    भेटिन्न न्यानो अब जीर्ण कोटले
    छ मूल बेग्लै रसको र स्वादको
    सुवास छुट्टै छ निकुञ्जभित्रको ।११।

    आरुघाट: शब्दचित्रमा

    झुलून् अझै आँप फुलेर दाना
    मीठा बनून् ती सबका खजाना
    उँचो बनोस् हार्दिक पाठशाला
    छर्दै गरोस् जीवनमा उज्याला ।१।
    उद्यानमा वास-सुवास छाओस्
    भए कतै राग र द्वेष भागोस्
    चरी परी फर्फर पङ्ख छाऊन्
    आनन्दले बालक रम्न पाऊन् ।२।
    सुपुष्पका कोमल अङ्गलाई
    आएर छामून् भमरा रमाई
    यतै गरून् प्रेम मिलाप मौरी
    खेलून् यतै शङ्करसाथ गौरी ।३।
    चुलो र चम्को श्रमले उठाई
    आराम गर्दा मन राम पाई
    लिँदै मजा भोजनमा मिठास
    बसोस् यतै लेक झरेर बास ।४।
    होस् मार्ग यै सुन्दर लेक जाने
    मिलोस् यतै सामल साथ लाने
    कमालको माल बजार छाओस्
    कुचालले भाल कतै नगालोस् ।५।
    गोरा र काला कति रङ्गलाई
    गर्दै रह्यो स्वागत क्वै बिदाई
    नेपाल जाने पथ यो पुरानो
    होला र यात्री कसमा बिरानो ? ६।
    निवास यो प्रस्तर खोकिलामा
    बन्यो अनौठो कुन कल्पनामा !
    उदाउँदा घाम सुदूरबाट
    खुल्दो छ नौलो दिल आरुघाट ।७।
    नदी तरे धादिङ टेक्छ पाउ
    उता-उता छन् अझ रम्य ठाउँ
    छन् आपसी पर्व र पर्म मेल
    खेल्ने कहाँ टिक्छ र धूर्त खेल ?८।
    छन् स्वर्णदाना तट बालुवामा
    ती हार बन्छन् करका कलामा
    हुँदैन यो जीवन गल्न पानी
    उसै कहाँ मिल्छ र जवानी ?९।
    न हुन् कुनै मानव स्यालजस्ता
    हटेर जाऊन् भ्रमजाल सस्ता
    पिएर चोखो जल गण्डकीको
    यात्रा बनोस् पावन जिन्दगीको ।१०।
    यात्री बनी यो थल सुम्सुम्याऊँ
    लिएर आस्था जल क्यै उठाऊँ
    हिमालका निर्झर छाल झाँकी
    भेट्दा कतै प्यास रहन्न बाँकी ।११।
    हुन् नाम क्यै बोट र घाट आरु
    बनोस् सबैको पथ एक चारु
    यो गोरखाको रसदार माटो
    देखाउने होस् सबमा सुबाटो ।१२।

    छाया

    भो, विश्वास नगर 
    सँगै हिँड्यो 
    साथ दियो भन्ने नठान 
    छाया आखिर छाया नै हो ।
    जुन्किरीको पिलपिलमा 
    बत्तीको धिपधिपमा 
    घाम , जून र तारामुनि 
    ऊ छुट्टिँदैन 
    हितैषी मित्रजस्तै 
    अनुकरण गरिरहन्छ 
    अनुयायी भइरहन्छ 
    आलोकित यात्राभरि साथ दिइरहन्छ ।
    रात्रि नीरवता त्यो साक्षी छ 
    बन्द झ्याल ढोकाको 
    चकमन्नता/नीरवता साक्षी छ ।
    जीवनका त्रासदीपूर्ण क्षणहरूमा 
    त्यो अँध्यारो 
    अँध्यारैसित मित लगाउँछ 
    चीत्कारपूर्ण कोलाहलमय वातावरणमा 
    ऊ शून्यतासितै टाँसिन्छ 
    र, उपहासित नाटकको सूत्रधार बन्छ ।
    अनन्त यात्रा 
    सङ्घर्षले अलिकति शिर उठ्यो भने 
    आँखामा अलिकति जून फुल्यो भने 
    साथी ! त्यो छाया 
    निरन्तर साथमा रहन्छ । 
    पुन: पाइलाहरू कतै भासिए भने 
    आफ्नै प्रतिविम्ब 
    न सहाराको लठ्ठी बन्न सक्छ 
    न आधारको लहरो नै हुन सक्छ !!

    जडमूर्ति

    बादलले दिएको दान बोकेर
    पहाड गर्वले फुल्थ्यो
    रातका प्रहरहरूमा
    त्यो निकै चम्किएको भान हुन्थ्यो
    दूरताबाट नियाल्दा त्यो जडपर्वत
    विनास्पर्शमा निकै आकर्षक जस्तो लाग्थ्यो।

    त्यो परिदृश्यमा
    धेरै मनहरू आफैंलाई बिर्सन्थे
    बादल रातको सहयात्री थियो
    उसको गर्जनाले आकाश थर्कन्थ्यो
    उसको गर्जनाले धर्ती हल्लिन्थ्यो ।

    अनिॅंदा आँखाहरू
    अपलक त्यतै हेरिरहन्थे
    बिस्तारै रात चुहिॅंदै रित्तियो
    पूर्वी क्षितिजमा
    घामका किरणले पाइला टेके
    बादलका धर्साधर्सा
    हावाका झोक्कासॅंगै
    किनारा लाग्दै गए
    घामको तापले
    हिउॅं पग्लिॅंदै जाॅंदा
    चट्टानी पहाड
    अररो चट्टानमै बदलियो

    ऊ हिउॅं निख्रिॅंदा निर्वस्त्र छ
    उसमा न कुनै आकर्षण छ
    उसमा न कुनै सम्मोहन छ
    पालिस खुइलिएको जडमूर्ति
    समयका आँखासामु
    विरूप अवशेष छ ।

    स्खलनका उपक्रमहरू छन्
    भ्रमहरू बिस्तारै च्यातिॅंदै छन्
    मनहरू यथार्थ धरातल टेक्दै छन्
    सपनाको जो बिस्कुन सुकाउॅंथ्यो
    बिस्कुनसॅंगै
    ऊ पनि सुक्दै गएको छ ।

    आँखाहरू हेरिरहेका छन्
    जडमूर्ति क्रमश: चोइटिइरहेको छ
    हिउॅं पग्लिनुको नियति
    त्यसले शिरमा बोकिरहेको छ
    किरणका करौॅंतीले
    रातका जरा काट्ने घामलाई
    कसले रोक्न सक्छ ?

    डाक्टर साहेब !

    डाक्टर साहेब ! 
    हामी त रोगी मान्छे 
    तपाईँकै विश्वास र भरोसामा 
    उठ भने उठ्छौँ 
    बस भने बस्छौँ 
    सास तान भने तान्छौँ 
    छोड भने छोड्छौँ 
    जीवन अलिकति लम्बिन्छ कि भन्ने आशाले 
    तपाईँले लठ्याए लठ्ठिन्छौँ 
    तपाईँले लडाए लड्छौँ ।
    हामी विवश छौँ 
    त्रसित पनि छौँ 
    गोजीसँगै प्राणै पनि 
    उसै रित्तिने पो हो कि ? 
    यो हाम्रो पीडा 
    मानव मनले बुझिदिनुहोला 
    बिन्ती !
    सक्कलीको जस्तै पोसाक लगाएका 
    कोही हुनुहुन्छ भने 
    नक्कलीले चाहिँ 
    हामीलाई नचिरिदिनुहोला 
    त्यो सेतो कोटमा 
    कालो कहिल्यै नपोतिदिनुहोला !! 
    प्राणको भिक्षा मागिरहेका 
    हामीसितै 
    ठूला ठूला ती भवनका 
    भाडा नलिइदिनुहोला 
    बोलीकै पनि काँडा नरोपी 
    सके मुटुको काँडा झिकिदिनुहोला ।
    तपाईँको अपार ज्ञान 
    त्यो विज्ञान 
    थोरै भए पनि 
    हामीमा प्रयोग गरिदिनुहोला 
    बिन्ती ! बिन्ती !! बिन्ती !!!
    डाक्टर साहेब ! 

    नवजीवनको प्रतीक्षामा

    मुटुको रोग साह्रै डरलाग्दो हुने रहेछ 
    प्राण प्रश्वासको मूलकेन्द्रलाई नै 
    रोगले गलाउन थालेपछि
    मेरी आमा थला परिन् 
    छातीमा जलन बढ्यो 
    सास फेर्न गाह्रो भई 
    स्वाँ......स्वाँ.....बढ्यो 
    मनको पूरै खुसी निचोरिएर 
    आँसुको ढिका ढिका खस्यो ।
    कैयौँ दिनहरू उदाए/ अस्ताए 
    उपचारका कैयौँ विधिहरू खेर गए 
    व्यथा ओइलाएन 
    दिलको आगो निभेन 
    उल्टै झन् मेरी आमा 
    रोगले पिल्सिँदै 
    नीरस बन्दै गइन् ।
    मुटुको शल्यक्रियापछि 
    अप्रेसन थिएटरबाट 
    मेरी आमालाई वार्डको शय्यामा सारिएको छ 
    रगत र सलाइनका थोपाहरूमा 
    प्राण झुन्ड्याएर उनी शय्यामा निस्लोट छिन् ।
    सिरानीमा ग्लुकोजका बट्टाहरू थुपारेर 
    म उनको अनुहार हेर्दै 
    दैवसँग प्राणको भिक्षा मागेर 
    उनका हातहरू सुम्सुम्याइरहेको छु ।
    थाहा छ मेरा कुनै पनि शब्दको 
    उनी जवाफ दिन सक्दिनन्
    तै पनि कान नजिकै 
    आमा ! सम्बोधन गरिरहेको छु ।
    म उद्विग्न छु 
    म उनको उज्यालो अनुहारको प्रतीक्षामा छु 
    मेरी आमा निरोगी बनून् 
    कुनै बैसाखीका आधारविना नै 
    आफ्नै पैतालाले हिडून् 
    आशा उमारेर आफैँभरि 
    म मेरी आमाको 
    स्वस्थ नवजीवनको प्रतीक्षामा छु !! 

    मेरो प्रजातन्त्र !

    मेरो छोरो 
    वर्षले जति नै 
    पाकोजस्तो लागे पनि 
    अल्लारे नै छ 
    लोकहितकारी - प्रजातन्त्र 
    मैले उसको नाम राखे पनि 
    यसले मेरो धेरैचोटि मन दुखाएको छ ।
    के गरौँ ! 
    माया गर्दागर्दै 
    पुल्पुल्याउँदा पुल्पुल्याउँदै 
    हठी बनिसक्यो 
    काँधमा उचाल्यो 
    कान टोक्छ 
    कपाल लुछ्छ
    टाउकामा मुड्कीले ठोक्छ 
    पिठ्युँमा बोक्यो 
    पिठ्युँमै लात्तीले हान्छ 
    दिसा- पिसाबले त 
    कति रङ्गायो - हिसाब नै छैन ! 
    काखी च्याप्यो 
    मुख थुन्छ 
    घाँटी थिच्छ 
    नाक त कति टोक्यो टोक्यो ! 
    हतियार केही भेट्यो कि हानिहाल्छ ।
    आमाबाबु कोही भन्दै भन्दैन 
    कसैलाई केही गन्दै गन्दैन 
    मुखमा जे आयो त्यही बोल्छ 
    आगो साथमा छोड्दैन 
    कापी पोल्छ 
    किताब पोल्छ 
    कलम भाँच्न पाए दङ्ग पर्छ ।
    उसका खेल अनौठा छन् 
    झन्डा भन्दै - कालो टालो उचाल्छ 
    बारम्बार - मुर्दावाद ! मात्र भन्छ 
    पुतला जलाउने भन्दै 
    घरका धेरैथोक पोलिसक्यो 
    फूल च्यात्न पाए दङ्ग पर्छ 
    यस्तो केही नगर् भन्नै हुँदैन 
    ढुङ्गो उचालेर 
    उल्टै मेरो टाउको ताक्छ ।
    मैले कस्तो तालिम दिएँ ? 
    म कस्तो धरालो भएँ ? 
    'प्रजातन्त्र' नामको 
    मेरो प्यारो छोराको ? 
    उसको स्वभाव यस्तो हुनुमा 
    दोष उसको मात्रै कि ? 
    दोष मेरो पनि ? 
    निर्वाक् छु 
    उत्तर यसको 
    म कहाँ खोजौँ ?

    कलाकार नेताहरू

    कथाले मागेपछि 
    एकाएक मञ्चमा आएर
    हात जोड्दै 
    जनतामा शिर झुकाउँदै 
    शिष्ट र मीठो बोलीमा 
    भोट माग्छन् 
    कलाकार नेताहरू ! 
    जब भोटले झोली भरिन्छ 
    फेरि अबिरले रङ्गिँदै 
    जनतालाई पिठ्युँ फर्काउँदै 
    नेपथ्यमा हराउँछन् 
    कलाकार नेताहरू ! 
    अबिर जब पखालिन्छ 
    मनबाटै पखालिन्छन् -जनता 
    जीवनको कोल्टो फेराइमा 
    विजयी नशाले 
    स्मृति हराउँछ 
    अतीत कतै याद हुन्न ! 
    अब यिनलाई 
    झोला बोक्ने कोही भए पुग्छ 
    छाता बोक्ने कोही भए पुग्छ 
    पिठ्युँमा बोक्ने कोही भए पुग्छ 
    तेल घस्ने कोही भए पुग्छ 
    होटल र बोतल भए पुग्छ 
    परी र परिकार भए पुग्छ 
    माल जुटाउने कोही भए पुग्छ 
    पाउ मोल्ने कोही भए पुग्छ 
    स्वाभिमान मरेको लास भए पुग्छ 
    दलाली गर्ने दास भए पुग्छ ।
    फेरि - फेरि पनि 
    नाटक खेल्नुपरे 
    यसरी नै यही कथावस्तुमा 
    अझ परिपक्व बन्दै 
    अभिनय गरिरहन्छन् 
    यी कलाकार नेताहरू !! 
    नाटकको रौनकतामा 
    हामी जनता लठ्ठिरहन्छौँ 
    फूलमाला र अबिर बोकिरहन्छौँ 
    जय जयकार ! गरिरहन्छौँ 
    हामी नै पनि 
    छिटै अतीत बिर्सिरहन्छौँ !! 

    लिफ्टबाट झर्दै

    लिफ्टबाट झर्दै 
    चिल्ला मोटरमा सवार हुने 
    वैभवशालीहरू 
    मन्दिरको ढोकासम्म पुग्दा नपुग्दै 
    जुत्ता र चप्पलविहीन हुन्छन् ।
    तिनका कतै नजोडिने हात 
    मन्दिरको परिक्रमासँगै 
    जोडिँदै जान्छन् 
    तिनका कतै नन्युरिने शिर 
    मन्दिरको परिक्रमासँगै 
    न्युरिँदै जान्छन् 
    तिनका कतै नगलेका आँत 
    मन्दिरमै कर्कलाका डाँठ झैँ 
    गल्दै जान्छन् ! 
    तिनका वलशाली हत्केलाहरू 
    मन्दिरका छेवैमा 
    शान्त बसिरहेका 
    फुस्रा बाबाहरूका सामुमा 
    निरीह बन्दै फैलिन्छन् ! 
    तिनका अर्थ नखुलेका 
    हातका रेखाहरूका 
    अर्थ खुल्दै जान्छन् ! 
    नाङ्गा बाबाका 
    वरदानको खरानी 
    निधारमा सजाएर 
    कतै नढल्ने 
    कतै नगल्नेजस्ता देखिने 
    यी दम्भका पहाडहरू 
    तिनै बाबाका पाउमा 
    दाम चढाउँदै 
    शिर चढाउँदै 
    जीवन केही लम्ब्याउने अभिलाषाले 
    कहालिँदै 
    लामो सुस्केरा निकालेर 
    लम्पसार पर्छन् !! 

    माया, नाता र आफन्तहरू

    माया,नाता र आफन्तहरू
    केवल मौसमी फूल हुन्
    शरद् र वसन्तमा
    मगमगाएका डालीहरू
    हेमन्त, शिशिर र ग्रीष्म याममा
    उजाडिएझैँ
    यी बिस्तारै किनारा लाग्छन्
    हिउँ पग्लिँदै सतहमा बिलाएझैँ
    कालचक्रमा यी उसै बिलाउँछन् ।

    उप्किन्छन् पालिसे रङहरू
    हिजोका आफैँसितका
    खै ,कानका शब्दहरू र कपालका रङहरू ?
    खै , आँखाका दृष्टि र ओठका मुस्कानहरू ?
    खै ,दन्तचमक र पाखुराका तागतहरू ?
    खै , गलाका कला र वाक्-विलासहरू ?
    खै ,अनुहार , आभा र आशाहरू ?


    सबै सबै
    कर्कलाको पातको थोपाजस्तै
    कहाँ खसिरहेका छन् ?
    ऋतु ऋतुका रीतमा
    नदीका छालहरूले
    किनारा सुम्सुम्याउँदै बगेजस्तै
    माया ,नाता र आफन्तहरू
    हतारले बग्छन् - कता ?
    मेघझैँ गर्जिँदै
    बिजुलीझैँ चम्किँदै
    हुरीका पातझैँ
    हराउँछन् - कता ?

    आँगन - परदेशजस्तै हुँदा
    ढोकाहरू - बन्द हुन्छन्
    भाषा -मौनव्रत बस्छन्
    अभिवादन -कुना पस्छन्
    छायाले पछ्याउँदैन
    रीत यस्तै छ
    तिर्खा नमेटिने बालुवातिर
    कसले पो हात लम्काउँछ र ?

    उस्तै-उस्तै रूपहरू

    उता - सडकको पेटीमा 
    कहिले गुन्गुनाउँदै 
    कहिले मुस्कुराउँदै 
    कहिले रुँदै 
    कहिले गाली गर्दै 
    कहिले फोहोर चाट्दै 
    वस्त्रको ठेगानविनाको 
    मानसिक सन्तुलन गुमेको 
    कुनै मान्छे हिँडिरहेको छ ।
    यता- बीच सडकमा 
    पोसाकै पोसाकले सजिएर 
    खुस्बु छाउँदै 
    उचाइको अभिमानले 
    पैदल यात्रीहरूमा 
    हिलो छ्याप्दै 
    धुवाँ फ्याँक्दै 
    कान चिर्दै 
    आँखा तर्दै 
    चिल्लो गाडीमा 
    अर्को कुनै मान्छे गुडिरहेको छ 
    तर विचारको धरातलमा 
    पेटी र बीच सडकमा 
    खै ! के फरक छ र ? 
    चितुवा जङ्गलको 
    बस्तीमा अनायास छिरेर 
    नङ्ग्रा र दाह्राहरूको प्रदर्शन गर्दै 
    जीवन रित्याउने अवसर खोजिरहेको छ 
    मान्छेकै रूपमा उस्तै - ऊ
    खुँडा/ खुकुरी 
    बन्दुक/ पेस्तोल बोकेर 
    बेरोकटोक मान्छेलाई खेदिरहेको छ 
    भोकको यस समानतामा 
    खै ! के फरक छ र ? 
    धाँजा फाटेको जमिनको आकाशमाथि 
    सुख्खा बादल गर्जिरहेको छ 
    बर्सिए त्यो कतै असिना भएर बर्सिन्छ 
    बर्सिए त्यो कतै चट्टान भएर बर्सिन्छ 
    उसरी नै - ऊ 
    यस जमिनको आकाशमाथि 
    जतिजति उडोस् 
    जमिनमा छायामात्र पर्छ 
    जमिनमा कालो मात्र झर्छ 
    त्यो खुख्खा बादल र उसमा 
    खै ! के फरक छ र ? 
    व्यवसायी बगरे 
    गर्धन रेटेर 
    मायाले तेलबेसार दल्दै ! 
    गर्वले मासुका टुक्रा- टुक्रालाई 
    पैसामा बदल्छ 
    उस्तै - ऊ लासमाथि अबिर छर्किँदै 
    बहादुरीको - जीवनवृत्त - लेख्छ 
    नियतिको यस समान यात्रामा 
    खै ! के फरक छ र ? 

    आगो उसै जन्मिँदैन

    छचल्किँदै र भर्भराउँदै 
    चम्किँदै बिजुली बनेर नबली 
    पानीमा पानीमात्र भएर बगिरहे 
    त्यहाँ आगाको रूप कसले देख्छ ? 
    त्यसको शक्ति र सामर्थ्यको 
    मापन कसले गर्छ ? 
    परस्पर घर्षण नगरी 
    झिलिक्क झिल्का ननिकाली 
    ढुङ्गामा ढुङ्गैमात्र भएर 
    फलाममा फलाममात्र भएर 
    काठमा काठैमात्र भएर 
    चुपचाप बसिरहे 
    त्यो गर्भको आगाले 
    कसलाई न्यानो र उज्यालो दिन्छ ? 
    कसको भान्छाको चुल्हो बाल्छ ?
    पहाडको हाड गलाएर 
    ज्वालामुखी शिर उठाउँछ 
    चकमक घामको ताप समेटेर 
    झुलोमा आगो फुलाउँछ ।
    बारुदै बोके पनि 
    सिलबन्दी बट्टामा थुनिएरै 
    चुपचाप बसिरहे 
    सलाईका कुनै पनि काँटीले 
    आगो जन्माउन सक्दैनन् 
    बत्ती बत्तीमा आगो सल्काउन 
    तिनले बन्धन तोड्नै पर्छ 
    तिनले पहिले आफूलाई नै 
    जलाउन तत्पर हुनै पर्छ ।
    सहिदहरू तातो गोली पनि 
    सजिलै निल्न सक्छन् 
    अनि पो 
    आगो ओकल्दै 
    संसारलाई उज्यालो उपहार दिन सक्छन् !!

    तिमी खुसी नै छौ ?

    युवायुवतीले
    तिम्रा जटा लुछेर आफैँमा टाँसिसके
    युवायुवतीले
    तिम्रै बुटी तानेर ताण्डव नाचिसके
    कथामा मात्र अवशेष छ
    अब श्लेष्मान्तक !
    आशुतोष !
    तिमी खुसी नै छौ ?

    आरामले बसिरहेका
    परेवाहरू उडाउँदै
    टुँडाल सुम्सुम्याउँदै
    टुँडालकै भ~याङ चढी
    तिम्रै मन्दिरका छानामा
    वानरहरू
    मल छरिरहेका छन्
    जल चढाइरहेका छन्
    गजुर हल्लाउँदै
    बुर्कुसी मारिरहेका छन्
    आशुतोष !
    तिमी खुसी नै छौ ?

    तिम्रो प्रतीक्षा गरिरहेको - नन्दी
    जहिले पनि वानरै बोक्न विवश छ
    भक्तहरू
    प्रसाद तिमीसम्म पु~याउनै पाउन्नन्
    झारपातहरू नै
    फूलका नाममा बिकिरहेका छन्
    तिम्रै छेउमा
    गोजी काटिन्छन्
    गहना लुटिन्छन्
    अस्मिताका उपहास हुन्छन्
    जुत्ता र चप्पलविना
    खाली पाउ नै
    फर्किन्छन् - भक्तहरू
    आशुतोष !
    तिमी खुसी नै छौ ?

    मन हुनेहरू
    भेट्न खोजेर पनि
    कहिल्यै भेट्न सक्दैनन् - तिमीलाई !
    धन हुनेहरू
    भेट्न खोजे
    जहिल्यै भेट्न सक्छन् - तिमीलाई !

    बार बनाउने बाठाहरू
    कतै होटल र बारहरूमै
    रमाउँदै होलान् !
    तर सोझा निर्दोष मृगहरू
    बारभित्र जकडिँदै
    धुलो चाटेर धुलामै लडिरहेका छन्
    गौमाताहरू
    हिलो ओढेर हिलामै सुतिरहेका छन्
    आफैँ आँखै आँखाका धनी !
    हेरेर यिनका रूप
    आशुतोष !
    तिमी खुसी नै छौ ?

    तिमीले निरन्तर लगाइरहेको - टीका
    पक्कै श्रीखण्डकै होला त ?
    कि होला त्यो
    तिमीले नुहाइरहेको
    पवित्र वागमतीको जलजस्तै ?
    हेरेर यी यावत् लीला
    आशुतोष !
    तिमी खुसी नै छौ ?

    आफन्त

    वंशज र संसर्गले मात्र
    कोही कसैको नजिक हुँदैन
    कतै लुकेर गलामा छुरा रोपिन्छ भने
    त्यहाँ मित्रता पलाउँदैन ।

    एकै वाक्य नै टाढा हुन्छ
    एकै वाक्य नै नजिक हुन्छ
    हुने नहुने सबै
    एकैछिनको व्यवहारबाटै झल्किन्छ ।

    छिद्रान्वेषीलाई जहाँ अङ्कमाल गरिँदैन
    मित्रताको बीजाङ्कुर
    त्यहाँ कहिल्यै पनि नष्ट हुँदैन ।

    दिनेले बिर्सिदिए
    लिनेले सम्झिदिए
    विद्रोह कहाँ किन हुन्थ्यो ?
    भेट हुँदा मधुर- मुस्कानसँगै
    अमृत प्याला सबैले पिलाइदिए
    चित्त विह्वल भएर किन रुन्थ्यो ?

    पीपलका पातहरू

    सानो बीज
    फैलिइन्छ -निरन्तर
    सङ्घर्षले
    माटो गालेर
    ढुङ्गो फोरेर
    भूगर्भ यात्रामा
    जराहरू लम्किइरहन्छन् !
    शिर उठाई
    उचाइ घटाइरहन्छ - आकाशको
    हजारौँ वर्षको
    शीत/तापको
    आरोह/ अवरोहको
    शताब्दी शताब्दीको
    सृष्टि/प्रलयको
    साक्षी बनेको छ
    मौन तपस्वी !
    वसन्त
    हरित वस्त्रले सजाओस् कि
    शिशिर
    पूरै नङ्ग्याओस्
    कुनै उमङ्ग र उत्पीडनका
    प्रतिक्रियाशून्य छ
    मौन तपस्वी !
    तपस्वी
    शीत झार्छ-इन्द्रेणी झुलाउन
    तपस्वी
    तल्लीन छ - नजरहरूमा रङ्ग सजाउन !
    पूजित छ - भक्तहरूको
    विनाभेद काख लिन्छ
    मानव/ मानवेतर!
    तपस्वी
    उपकारको विनाविज्ञापन
    झरीमा ओत
    गर्मीमा शीतल
    दिन्छ निरन्तर!
    तर तिनै सङ्घर्षले खारिएका
    जराका रस निलेर
    तपस्वीकै जिउमा पलाएका पातहरू
    खै ! किन हो ?
    मौसमी भाका मिलाउने
    मान्छेका ओठहरूसित पो
    मित लगाउँछन्
    सानै हावासित तिर्मिराएर
    तिनकै तालमा फिर्फिराएर
    पीपलपाते कहलाउँदै
    तपस्वी अस्तित्वमै
    क्षणक्षण सङ्कट ल्याइरहन्छन् !!

    उभिएकै छन्-बिचरा बुख्याँचाहरू

    सुगाहरू लहरै बाँकटे हानिरहेका छन्
    सलहहरू पखेटा चालिरहेका छन्
    दुम्सीका तीर तेर्सिरहेका छन्
    बाँदरहरू खेलिरहेका छन्
    निषेध छैन कतै
    खेतबारीका बालीका रखबारीमा
    तैपनि -बुख्याँचाहरू - उभिएकै छन् ।

    ढुकुर र परेवाहरू चरिरहेका छन्
    भँगेरा र कोटेराहरू खोस्रिरहेका छन्
    मुसा र गँगटाहरू खनिरहेका छन्
    पशुहरू मुख जोतिरहेका छन्
    झुसिल्किराहरू लहराएकै छन्
    लाईले आसन जमाएकै छन्
    पतेराहरू अघाएकै छन्
    बालीका रखबारीमा
    तैपनि -बुख्याँचाहरू - उभिएकै छन् ।

    चमेराहरू फन्कामारिरहेका छन्
    टाउकामा कागले बिस्टा झारिरहेका छन्
    काँध लाटोकोसेराले गालिरहेका छन्
    बालीका रखबारीमा
    तैपनि -बुख्याँचाहरू - चुपचाप उभिएकै छन्।

    पराले ज्यान बैसाखीमा उठे पनि
    छातीमा मुसाहरू कुदे पनि
    असिना र पानीले चुटे पनि
    जाडो र गर्मीले डामे पनि
    आँखा र कानविनाका
    मुख र नाकविनाका
    मन, मुटु र मस्तिष्कविनाका -बुख्याँचाहरू
    बालीका रखबारीमा
    तैपनि रातदिन उभिएकै छन्।

    समय बदलिँदै जाँदा
    विस्थापित हुँदै गए पनि - यी बुख्याँचाहरू
    तिनै उभिएका स्थलमा जग उठाइएका
    वातानुकूलित भवनका छतमा
    देश र जनताको सुरक्षाको जिम्मा लिएर
    नयाँ अवतारमा
    उसरी नै उभिएका छन्
    देशका शासक/ प्रशासकहरू !!

    मेरा माटाका विम्बहरू

    अग्ला-अग्ला गिरिवर जहाँ व्योममा माथ चढ्छन्
    छाँगा सेता झरझर जहाँ बैँसका चाल चल्छन्
    काखी च्याप्छन् हरपल जहाँ लेक लालीगुराँस
    चल्ने हावा मलय छ जहाँ बोक्छ मीठो सुवास ।१।

    इन्द्रेणीका कुसुम धनुमा रङ्गका छन् मिलाप
    ओर्ली -ओर्ली दिनकर जहाँ तालमा मेट्छ ताप
    ऐना बन्दै जल लहरले चित्र खिच्छन् अपार
    लाखौँ तारा- गणसित मिली लोक खुल्छन् मुहार ।२।

    नाच्ने खेल्ने हरिण पद छन् , कोयली छन् गलाका
    डाफे साथै मुजुर तन छन् रङ्ग भर्ने थलाका
    शिल्पी चोखा सृजन करले प्राण भर्छन् कलामा
    पाला बल्छन् झलझल जहाँ ध्यान हुन्छन् शिलामा ।३।

    मौरीलाई रसतिर खिची भाव उल्लास छाई
    पार्छन् बग्दै नहर र कुला उर्वरा फाँटलाई
    छन् यात्रीका जलन पथमा स्निग्ध छाया अपार
    तिर्खा मेट्ने नजिक-नजिकै मूल छन् प्राण सार ।४।

    सर्दै - सर्दै मृदुल लहरा च्याप्प हाल्छन् अँगालो
    कुर्ली- कुर्ली ढुकुर दिलका प्रेम चढ्छन् उकालो
    माया गाँस्ने तरुण वयका पातका छन् सुसेली
    भेट्दा साट्छन् मधुर सपना गीतमा कण्ठ खोली ।५।

    सारङ्गीका सुर लहरमा लोकले थप्छ लोली
    मेला भेला रनवन जहाँ मादले खान्छ ताली
    भाषा मीठा लवज रसिला मान मुस्कान रेली
    आई खेल्छन् सरर मुरली बाँसुरीमा सुरेली ।६।

    खोला बाटा फनफन जहाँ चित्र छन् नागबेली
    खेल्दै छाया छविसित जहाँ लठ्ठिँदा छन् परेली
    चढ्छन् ,झर्छन् प्रतिपल जहाँ पाइला लेक बेँसी
    हुन् माटाका अटल भर यी स्वप्न छैनन् विलासी ।७।

    सङ्लो धारा कलकल जहाँ खोज्छ नौलो जवान
    अर्पे सच्चा बल सबलले बल्छ तारा समान
    माली बन्दा नरम करले दूर छैनन् पराग
    कस्तूरी झैँ विचलित बने भागमा छन् अभाग ।८।

    सुन्गाभाका अनुपम कला फुल्दछन् बारबार
    अग्लो छाती विकट पथमै सृष्टिको बोक्छ भार
    ढाक्दै जाओस् जति तिमिरले स्वच्छ आकाशलाई
    भर्छन् ज्योत्स्ना टहटह बनी जून एक्लै उदाई ।९।

    बोक्ला ज्वाला कति समयले उग्र उत्पात छाई ?
    थाम्ला बाढी कति समयले छाल उल्का उठाई ?
    पर्खी हेर्दा लुरुलुरु कुना पस्तछन् यी रजाइँ
    के रोक्ला खै शिशिर ऋतुले फक्रने पुष्पलाई ।१० ।

    फन्को मार्दै गगन तलमा देशका देश हेरौँ
    भेटी नौला जल थल सबै विश्वलाई निहारौँ
    फर्के जस्तै विहग वनमा फुर्फुराएर खेल्न
    फर्कौ हामी मन र मुटुको मृत्तिका चप्प चुम्न ।११।

    चमेराहरू

    घामका उज्याला किरण
    धर्तीमा रहुन्जेल अत्तालिए
    अपराधीले आत्महत्या गरेझैं
    विनाहलचल
    रूखका हाँगाहाँगामा
    निस्पट्ट गुफाहरूमा
    आँखा नखोली झुन्डिरहने
    चमेराहरू।

    रातको आगमनलाई वरदान मानेर
    आँखा खोल्दै
    हर्षले पुलकित हुँदै
    लाटोकोसेराहरूका गीत- संगीतमा
    लठ्ठिॅंदै, नाच्दै
    स्वागतमा तत्पर हुन्छन् ।

    पशुहरूजस्तै छन् चमेराहरू
    बच्चा जन्माउॅंछन्
    स्नेहले बच्चा च्याप्दै
    स्तन चुसाउॅंछन् ।

    चराहरूजस्तै छन् - चमेराहरू
    गुँडमा बस्दै
    पखेटा चाल्दै
    आकाशमा कावा खान्छन् ।
    चमेराहरू
    दिन घर्किॅंदा रातमा आराम गर्दै
    निद्राले लठ्ठिॅंदै ढलेका
    पशुहरूका बास चियाउॅंछन्
    चाल मारेर
    तिनका मुहार नियाल्दै
    शिर सुम्सुम्याउॅंछन्
    प्रतिरोधको सम्भावना
    शून्यतालाई विचारेर
    सिङ सम्याउॅंछन्
    खुर रित्याउॅंछन्
     
     
    जाति-स्वजातिका छाती चर्काउने
    शिरदेखि पाउसम्म
    रेबिज रोपेर
    सुनसानमै सुटुक्क बिदा हुन्छन् ।

    चमेराहरू
    बचेराहरूका चारा खोज्दै
    दिनका श्रमले गलेर
    रातमा बचेराहरू नै च्याप्दै
    गुॅंडमा उॅंघिरहेका
    स्वजाति चराहरूलाई पनि
    तिनका निद्रा चपाउॅंदै
    आफ्ना नङ्ग्राहरूका तागत देखाउलान् !

    पाइन चढेका
    आफ्ना दाह्राहरूका
    कर्म के हुन् ? बताउलान् !!

    आखिर खाडल नपुरे
    ज्वाला दन्किन्छ - पेटमा !

    पर्दाभित्र - पर्दाबाहिर
    चलिरहन्छ - नाटक !

    आवश्यकता परिपूर्तिमा
    सिकारी कलाका निपुणताले
    समय पर्गेल्दै
    बगर ढुक्छन् - बकुल्लाहरू !!
    सगर - बगर डुल्छन् - चमेराहरू !!

    वास्तविकता

    किराले हीरा बिगार्छ
    कोइलाको दलाली हात कालो बन्छ
    कौवाको मासुले मिल्दैन अजम्मरी
    गधा नुहाउँदैमा हुँदैन गाई फेरि ।

    गेरू कपडाले मात्र जोगी हुँदैन
    घमण्ड फुल्छ तर फल्दैन
    जुन्किरीको पिलपिलले
    स्वर्ग उज्यालो हुँदैन
    जो गर्जन्छ त्यो बर्सँदैन
    अनि ढाँटेको कुरा
    काटे पनि मिल्दैन ।

    बाँस होस् न बाँसुरी बजोस्
    बालुवाबाट के तेल आओस् !
    आधा गाग्रो छचल्किन्छ

    खै ! नक्कलमा के अक्कल छ ?

    समुद्रको भन्दा
    खोलाको आवाज ठूलो हुन्छ
    भारी बोक्नेको कमाइ
    पगरी गुथ्नेले खान्छ
    सिंहको नजिकै स्याल चिच्याउँछ
    चल्ला सानो हुन्छ
    तर हल्ला ठूलो गर्छ !

    जङ्गल

    घना जङ्गलभित्र
    सिँह,बाघ र भालुहरूले
    कति कतिका जीवन रित्याए
    त्यो अरण्यरोदन कसले सुन्यो !
    जीवन प्यासले ती कति छटपटाए !
    त्रासले ती कति चिच्याए !
    चीत्कारको कुनै आलेख छ ?
    निर्दयी काल त्यहाँ कति छि~यो
    त्यसको कतै लेखा छ ?

    त्यस रणभूमिमा
    नङ्ग्रा र दाह्राभन्दा बढी
    अरू के छ !
    प्राचीन/ अर्वाचीन रीत
    जङ्गल उही हो
    पुतलीहरू फूलका रस चुस्छन्
    र, बदलामा झुसिल्किरा पैँचो तिर्छन्
    बाठा कागका फुल चोर्ने
    कोइलीहरू त्यहीँ छन् ।

    मृगशावकहरूमा
    सुखको निद्रा छैन
    निरङ्कुश मत्ताहरू
    छट्टू ब्वाँसा र स्यालहरू
    कुनै विधानमा बाँधिएलान् ?

    जङ्गल फाँडियो
    गाउँ बस्ती बस्यो
    गाउँ उचालिएर सहर उज्यालियो
    आकृतिका मानव बस्तीमा
    तर नियत र स्वभावहरू
    उही जङ्गलका पृथक् छैनन् ।

    बाघले बच्चा खाने
    रीत उस्तै छ
    सिँहका अवैधानिक आसनमुनि
    दीनहीन यथावत् दण्डित छन् ।

    सभ्यता ! मात्र विज्ञापित भाषा हो
    वलिष्ठ वाहुपाशमा
    प्राणान्त दारुण कथा उस्तै छ
    मत्स्यन्याय जलको
    स्थलमा उस्तै छ !
    सिकारीका गुलेलीहरू
    विज्ञान बजारमा
    अणु परमाणुमा रूपान्तरित छन् !

    यातना शिविर
    आगो दन्किरहेको छ
    भूगोल भस्मयात्रा अगाडि
    घना जङ्गल यथावत् छ !

    आकाशसँग

    तिम्रो नीलिमामा
    यी बादलहरू
    किन मडारिएका छन् ?

    कतै सिंहका आकृति
    कतै अजिङ्गर , गोमनका आकृति
    कतै मत्ता हात्ती
    दाह्रा राक्षसी आकृति
    यी किन देखा पर्छन् ?
    बकुल्लाजस्ता यी के ढुक्छन् ?

    मुसा- बिरालाजस्ता
    यी के खेल खेलिरहेका छन् ?
    घनघोर यी
    कहिले एकै ठाउँ जम्मा हुन्छन्
    कहिले यी हतारले
    परपर किन दौडिइन्छन् ?

    कति उन्मत्त छन् यी बादलहरू !
    त्यो मिर्मिरे क्षितिजमा यिनै छन्
    ती कलिला कोपिला र फूलहरूमा यिनै छन्
    कस्तो निर्दयता !
    धर्ती धर्तीमा -
    यी कहिले असिना बर्साउँछन्
    यी कहिले वज्रपात गराउँछन्
    यी कहिले हिउँ नै हिउँ खन्याउँछन्
    कस्तो निरङ्कुशता !

    रूखो गर्जना रिसका फिलिङ्गा
    यिनले कति पहिरा बोकेका छन् ?
    यी कति परेलामा
    शीत खन्याउँछन् !
    यी उज्यालो किन चाहँदैनन् ?
    कस्तो प्रतिकूल इच्छा !

    चिसो कठाङ्ग्रिने माटो
    अँध्यारो निराधार बाटो
    जुन्किरी हुरीहरूमा यिनै मार्छन्
    उज्याला आभाहरू निभाएर
    यी केका जगेर्नामा छन् ?

    कस्तो नीच अकर्मन्यता !
    यी छाना ओत पनि उडाउँछन्
    यी मुटु र ओठ पनि चुँडाउँछन्
    भन , बोल ए ! अनन्त आकाश
    यी निर्लज्ज बादलहरू
    कस्तो दिग्विजयको यात्रामा छन् ?

    बग्गीका घोडाहरू

    बग्गीमा जोतिएर
    लगामले ऐॅंचिएका घोडाहरू
    घडीका संकेतहरू नबुझेर
    व्यूह किल्लाका विषालु नशामा ढुन्मुनिॅंदै
    शान्त सुन्दर बस्तीमा
    याम बेयाम हिन्हिनाइरहेका छन्
    दाना केवल दानाकै भोक भोकाउॅंदै
    स्वामी-बोर्गि आसहरू बोकेर
    यात्रा जताततै
    श्वास-प्रश्वास आगाका लप्काहरू उचाल्दै
    खुट्टा खुट्टाका टाप टापले
    नाकमा फोरा फुटाउॅंदै
    माटो खोस्रिरहेका छन्
    जीवन सपना निर्लज्ज लुटिरहेका छन्
    शिर काटिएका मुर्कट्टाहरूमा
    पुच्छर डोलाउॅंदै
    बाफिला रगतले तिर्खा मेटिरहेका छन् ।
    घोडाहरू आखिर जन्ममै घोडा हुन्
    जगर फुलाएर खुट्टा तन्किए पनि
    घोडाहरू आखिर दासकै अवतार हुन् ।
    घोडामा गोडा अर्पिनेहरू
    कहाॅं भेटिएका छन् शिखरहरूमा ?
    मुटुमा दम र मनमा गम बोकेर
    को भेटिएका छन् संयम शिविरहरूमा ?
    रातका सपना
    रातसितै भत्किन्छन्
    पृथ्वी पाना पल्टिॅंदै
    परिक्रमामा पाठ पढाइरहेको छ
    कस्सिएका मुठ्ठीहरूलाई
    घडी घुम्दैघुम्दै फुस्काइरहेछ।
    आवेश र मैमत्ता पाइलाहरूले
    भन, विश्राममा
    कहाॅं सुस्केरा ओढेनन् ?
    साक्षी छैनन् र इतिहाँसका पानाहरू ?
    घोडाका विश्वासहरू
    घोडाहरू नै हुन्
    गोडा जसले यात्रामा संयम साँच्दैनन्
    ती जीवनका नाममा
    मृत्यु नै घिस्रिरहेका हुन्
    खाडल वा पर्खाल
    रगतको होली
    गोली नरमुण्डहरू
    सृष्टिमा ऐजेरु हुन्
    सभ्यतामा मदारी हुन्
    इतिहास के दर्पण छैनन् र ?
    मदका खुॅंडा र खुकुरीहरू
    संगीन र दरबारहरू
    बन्दुक र पिस्तोलहरूले
    कतै युद्ध जितिएको थाहा छैन
    ईर्ष्याले जति बगे बगाइए रगतहरू
    अहॅं ती कतै
    सिर्जनाको जग भएको थाहा छैन
    घोडाहरू जतिसुकै हिन्हिनाऊन्
    अहॅं तिनले कहिल्यै
    शिखर चुमेको थाहा छैन !!

    घडीको टिकटिक

    पसलेले 
    पसलमै टिकाउन नसकेर 
    आफैँ बेचिएको घडी 
    खरिद गरेर 
    मैले झोलामा हाली 
    घर नल्याउन्जेलसम्म 
    निरीह बन्दै 
    चुपचाप रहे पनि 
    भित्ताको किलामा 
    जतनले अड्याएर 
    मैले ब्याट्री हाली 
    शक्ति दिएपछि भने 
    निकै फन्फनिएर 
    एकैछिन पनि नअडी 
    मलाई नै टिक ! टिक !! भन्दै 
    अनौठो आदेश पो दिइरहन्छ ! 
    खै किन हो ? 
    म यस घडीलाई 
    भोट नपाउन्जेल लाचार बन्दै
    हात जोडेका 
    र , 
    भोट पाएर जितेपछि 
    अतीत पूरै बिर्सिएर 
    उत्ताउलिँदै नानाभाँती बोल्दै 
    जनतालाई नै 
    असम्भव आश्वासन र अर्तीमात्र दिने 
    नेताकै रूपमा पो देख्न थालेको छु ! 
    यसको यो 
    अहिलेको टिक ! टिक !! 
    सधैँ यही ब्याट्रीले 
    टिकिरहन्छ कि 
    फेरि यसमा नयाँ कुनै 
    ब्याट्रीको प्रबन्ध गर्नुपर्ला ? 
    कस्तो अचम्म ! 
    म जुनजुन घडीमा 
    ब्याट्री हाल्छु 
    प्रत्येकको आवाज एउटै हुन्छ ! 
    शङ्कै लाग्छ, 
    कतै यो घडी पनि 
    यी भ्रष्ट नेताकै 
    लगानीको कुनै कारखानामा 
    उत्पादित त होइन ? 

    सलाम मुटुका मालिकहरूलाई

    मुटु नभएकाहरू
    भिरमा भेडा चराउॅंछन्
    भिरमै घाॅंसदाउरा गर्छन्
    पहरासित जुद्धै पहरामै कुद्छन्
    पहरामा सुत्दै पहरामै उठ्छन् !
    नदी तर्नुपरे
    भेलमा पस्छन्
    तुइनमा झुन्डिन्छन्
    हिमाल चढ्नुपरे
    विनाअक्सिजन उकालीमा लम्किन्छन् !
    मुटु भएकाहरूलाई
    पर्दैन भेडा चराउॅंदै दौडन कुनै भिरमा
    पर्दैन घाॅंसदाउरा गर्न जीवनमा
    पहरा त तिनका लागि दन्त्यकथा हुन्
    सानै खोल्सो तर्नुपरे पनि
    तिनलाई बोक्न तयार छन्
    पिठ्युॅं कसैका
    तिनका जुत्ता समाउन
    सल्बलाएर आउॅंछन्
    थुप्रै हातहरू
    हिमाल आफैं आउॅंछन् - दर्शन गर्न
    तिनका कोठाका सिसाका रंगीन पर्दाहरूमा !
    मुटु नभएकाहरू निमुखा हुन्छन्
    मुखै नभएपछि बोल्ने पो के ?
    तिनीहरू पसिनाले भिज्दै चुपचाप
    बगरमा गिट्टी कुट्छन्
    भारीले थिचिन्छन्
    खोरिया खन्छन्
    खेतबारी जोत्छन्
    तैपनि तिनको पेट भरिन्न !
    मुटु भएकाहरू त
    क्यासेट झैं रोकिॅंदै बज्दै
    कुरामात्र जोतेर पनि
    सहजै मीठा परिकार जुटाउन सक्छन्
    शानले जीवन चलाउन सक्छन् !
    मुटु भएकाहरू
    ठान्छन् आफूलाई मालिक र अरूलाई दास
    ठान्छन् आफूलाई आदेशकर्ता र अरूलाई आदेशपालक
    सायद यसैका निम्ति ल्याइएको हो
    देशमा गणतन्त्र !!
    मुटु नभएकाहरूलाई
    कुनै उपचार गर्नै पर्दैन मुटुको
    मुटु भएकाहरूलाई
    नयाॅं मुटु नै चाहिए पनि सजिलै मिल्छ
    देशको मुटु नै किन नचुॅंडियोस् !
    यिनको पुरानै मुटु पनि
    फेरि नयाॅं हुन सक्छ !
    मुटु नभएकाहरू
    अटल हुन्छन्
    स्थिर हुन्छन्
    कसैले चलाउनै खोजे पनि
    कदापि चल्दैनन्
    आफ्नो चट्टानी अडानबाट
    यी टसमस हुॅंदैनन् !
    मुटु भएकाहरू गतिशील हुन्छन्
    यिनलाई चलाउॅंछ - साइरनले
    यिनलाई चलाउॅंछ - सलामीले
    यिनलाई चलाउॅंछ - लिफ्टले
    यिनलाई चलाउॅंछ - स्टेचरले
    यिनलाई चलाउॅंछ- भेन्टिलेटरले
    यिनलाई चलाउॅंछ- दासले
    यिनलाई चलाउॅंछ- मालिकले
    यिनलाई चलाउॅंछ - ओखतीले !!
    मुटु भएकाहरू
    अस्पतालका शैय्यामा आराम गर्छन्
    मुटु नभएकाहरू
    तिनका मुटुका चाल नाप्छन्
    मुटु भएकाहरू
    काला चस्माले आंखा ढाक्छन्
    मुटु नभएकाहरू
    खाली आंखाले आकाश हेर्छन् !!
    जसले यस्ता मूल्यवान् मुटु पाए
    ती सौभाग्यशालीहरूप्रति
    मुटु नभएकाहरूका तर्फबाट
    सलाम छ ! पुन: सलाम छ !!

    राजनीतिका जुवाडेहरू

    जुवाडेहरू
    मिलेर जुवा खेल्दा खेल्दै
    सानै कुरामा सन्किन्छन्
    अलिकति निहुँमै आपसमा रन्किन्छन्
    रिसको पारो तातेर
    मन बुझाउन नसकी
    कोही खालबाटै बाहिरिन्छन्
    कोही मन थामेर पूर्ववत्
    उही खालमा पासा पल्टाइरहन्छन् ।

    जुवाडेहरूको
    कुनै अपरिचित पनि छिटै मित्र बन्छ
    मित्रतामा धाँजा फाट्न पनि बेर लाग्दैन
    मिलेका दौँतरीहरू
    छिनभरमै पानी बाराबार गर्न पुग्छन् ।

    जुवामा इमान - जमानको कुरा हुँदैन
    लाज- सरमको कुरा हुँदैन
    जुठो- चोखोको कुरा हुँदैन
    न्याय- धर्मका कुरा हुँदैन।

    यस खेलमा
    तमासेहरूको उस्तै घुइॅंचो लाग्छ
    जिताउरी पाउने आशामा
    घुँडा धस्छन्
    ध्यान दिएर हेर्छन्
    बाजी जित्नेका पछाडि
    पहरा नै बस्छन् ।

    राजनीति- खेल पनि यस्तै रहेछ
    घात-प्रतिघात
    छल-कपट
    असत्य र बेइमानमा
    जो अगाडि छ
    बाजी उसैले जित्ने रहेछ
    नियम- नियम नै मिचिएको छ
    विधान- विधान नै थिचिएको छ
    कस्तो डरलाग्दो खेल हजुर !
    यस नशामा
    सोझाको त दुर्दशा नै हुने रहेछ !!

    जुवाडे
    जसका बालबच्चा भोकै रोइराखून्
    विनापर्वाह उन्मत्त
    ऊ खालमा छाती पिटिरहेको हुन्छ
    त्यस्तै,
    जनता आंसुको घुट्को निलिरहून्
    कुनै वास्ता छैन
    तर जनता ! मन्त्रजस्तै जपेर
    स्वार्थ साधनामा देश बाजी थाप्दै
    नेता भनाउॅंदाहरू !
    राजनीति खेलिरहेका छन्
    पानी धमिल्याउॅंदै
    राजनीति गरिरहेका छन् !

    कवि र दुनियाँ

    कवि आकाशका तारा जूनका साथ बोल्दछ 
    रविका करले जस्तै पत्रमा रङ्ग भर्दछ 
    हेर्दै विचित्रका चित्र भित्र उस्तै सजाउँछ 
    ती सबै लयमा उन्दै लोकलाई चढाउँछ ।१।
    कवि सन्देशको भारी मेघमाथि बिसाउँछ 
    त्यसैले असिना पारी फूल झार्दा रिसाउँछ 
    जीव निर्जीवमा यौटै भाषा बोल्न सिकाउँछ 
    अनि बोल्दै तिनै साथ मन पङ्ख फिजाउँछ ।२।
    क्षणमै व्योमको फन्का , पलमै जलको मुनि 
    अनौठो मनको यात्रा दूर छैन कतै पनि 
    निसर्ग फूल वा काँडा जग केको बसाउँछ 
    रूपको , रङ्गको जस्तै कवि भाव रसाउँछ ।३। 
    कवि आलोकका नौला रीत आफ्नै विधान छन् 
    पशु पाषाण बुझ्दैनन् रस के फल झुल्दछन् 
    कविको रथ रोकिन्न तारबार कतै पनि 
    बाँसुरी धुनमा जस्तै खुल्छ हृदयको ध्वनि ।४। 
    कवि हाँसे गला खोल्दै दुनियाँ मुस्कुराउँछ 
    कवि भक्कानिँदै रोए दुनियाँ आँसु झार्दछ 
    विधाता कविको छुट्टै स्वप्न संसार सार छ 
    अनन्त सृष्टिमा बल्ने अर्कै हृदय तार छ ।५।

    के प्रयोजन ?

    घोच्ने गरी 
    तीरझैँ उठेका औँलाहरू 
    अनायास क्षणभरमै 
    कर्कलाका डाँठझैँ गल्छन् भने 
    ती हुनुको के प्रयोजन ?
    बोल्दाबोल्दै बोली नै
    खरानीझैँ उड्छन् भने 
    ती ओठ र जिब्राको के प्रयोजन ?
    फूल वा काँडा के हुन् ? 
    खोँच वा डाँडा के हुन् ? 
    आँखाहरू यथार्थ भेट्दैनन् भने 
    ती हुनुको के प्रयोजन ?
    दुर्गन्ध र सुगन्धको भेउ नपाउने 
    मात्र सिँगानको धारा छुट्ने 
    मासुमात्रको पहाड हो भने 
    त्यो नाकको के प्रयोजन ?
    गीत बज्यो कि सङ्गीत 
    गाली छुट्यो कि ताली 
    भेद छुट्याउँदैनन् भने 
    ती कानहरूको के प्रयोजन ?
    जिब्राको बहिखातामा 
    स्वादको लेखा राख्दै 
    घाँटीको छहराबाट 
    पेटको गुफामा 
    तरल वा ठोस के खस्यो 
    त्यसले पोस्यो वा डस्यो 
    मन - सबै सबैको ख्याल गर्दैन भने 
    त्यो हुनुको के प्रयोजन ?
    नाडीमै घडी हुँदा पनि 
    समय नचिन्ने 
    खलाँती सास उफ्रने भकुन्डो 
    डल्लाको हल्लैमात्र हो भने 
    आखिर 
    मान्छे नै हुनुको पो के प्रयोजन ?

    भेडा र गोठालाहरू

    काया चल्छन् 
    कायाका चालमा छाया चल्छन् 
    गोठाला -
    अघिअघि डाली देखाउँछन् 
    भेडाहरू - 
    डालीका पात चुँड्दै पछ्याउँछन् ।
    गोठालाहरू - 
    दाम्लो बाट्तै 
    खोर बनाउँदै 
    ऊन काट्तै 
    ऊन ओढेर 
    ऊन ओछ्याएर 
    दिन- रात कटाउँछन् ।
    भेडाहरू -
    घाँटी थाप्तै 
    चुपचाप बस्तै 
    पीडाहरू निर्वाक् सहँदै 
    नाङ्गिन विवश बन्छन् ।
    गोठालाहरू - 
    वनपाखामा रङ्ग देख्छन् 
    जिब्रो मिठ्याउँछन् 
    औँला भाँच्छन् ।
    भेडाहरू- 
    त्यतै कतै थुतुनो घिस्याउँछन् 
    बड्कुल्याउँछन् 
    पेटको सतह अलिकति उक्सिएपछि 
    निद्रा तन्द्राको तालमा उघ्राउँछन् । 
    गोठालाहरू - 
    मनले चल्छन् 
    भेडाहरू - 
    बलमा/ सिँगमा उफ्रिन्छन् ।
    पृथक् छ दिनचर्या 
    गोठालाहरू - 
    खुकुरी उध्याउँछन् 
    पर्वहरू मनाउँछन् ।
    भेडाहरू- 
    गर्धन थाप्छन् 
    बलि चढ्छन् ।
    गोठालाहरू- 
    धेरै बाठा हुन्छन् 
    भेडाहरूका अंश अंशका 
    पूरै मोल असुलेर 
    महलमाथि आरामले मस्त झुल्छन् ।

    भ्रमजाल

    दाह्री पाली नयाँ जोगी खरानी घस्छ बेसरी 
    शठ जो छ उही गर्छ जान्ने बन्दै चुरीफुरी 
    नाच्न केही नजान्नेले भन्छ - टेढो छ आँगन 
    सिन्को केही नभाँच्नेले कामको गर्छ वर्णन ।१।
    समात्न पिङको डोरी जसको हात काँप्दछ 
    मच्चाएको सयौँ झट्का भन्ने त्यै गफ छाँट्दछ 
    किरन्टोकी झनै गर्छ दान उदारका कुरा 
    साँच्चै हो कि भनी ठान्छन् ती सोझा मनका बरा !२। 
    फिस्टाले रूखको हाँगो लच्काएँ भन्न सक्दछ 
    जिउको डाल देख्नेले त्यो कुरा मान्न सक्दछ ? 
    स्याल कुर्लिरहोस् किन्तु कहाँ बन्छ र केशरी ?
    काग नित्य कराएर कोइली हुन्न क्यै गरी ।३। 
    हुटिट्याउँ भनोस् जल्दै - म दिन्न बग्न सागर 
    के त सागर रोकिन्छ मानेर त्यसको डर ? 
    काँडाले दिन्न क्यै बास्ना दर्द नै उपहार हो 
    फूलले दिन्न क्यै दर्द बास्ना नै उपहार हो ।४।
    हात सेतो हुँदै हुन्न गोललाई समाउँदा 
    आगो आफ्नो कतै हुन्न अँगालामा अटाउँदा 
    सर्पलाई पियाएको दुध बन्छ र अमृत ? 
    उपकारी कुनै हात होला वानर क्वैसित ? ५। 
    सिँह-साँढे दुवैलाई स्यालले नै जुधाउँछ 
    चोक्टा लुछ्न जता मिल्छ मुख आफ्नो घुमाउँछ 
    अक्टोपस कतै रूप , कतै बाज- अजिङ्गर 
    यिनैका मुखमा पस्छन् निर्धा ढल्दै निरन्तर ।६।

    भलिबल

    विना मुटुको धड्कनभित्र
    नि:सारताको मुर्दा सास 
    बोकी सदैव उफ्रिरहन्छ
    खाँदै मुक्का घुस्सा हजार ।
    रक्तज्वार छैन प्रसार 
    मासु नसाले छिन्नभिन्न 
    निर्जीवताको थोत्रो बोक्रो 
    तैपनि बाटो हिँड्छ उछिन्न ।
    जालीहरूको बन्धन नाघ्न 
    सीमाभित्रै बाँधिनुपर्छ 
    पक्ष विपक्षहरूको माझ 
    चोट अनेकौँ खप्नै पर्छ 
    निर्धो यही आँखी बन्छ ।
    उच्चासनको शासनबाट 
    दर्शकहरूको मध्यस्थलमा 
    ताली र गाली खाँदै खप्तै 
    लड्छ/ उड्छ, उड्छ/ लड्छ 
    भलिबल अरूकै छलबल करमा ।
    मान भने त्यो छैन कदापि 
    आफूपछिकै बन्छ विजेता 
    इन्तु न चिन्तु लत्रिरहन्छ 
    घायल बन्दै अघिको नेता ।

    मकैका फूलहरू

    केवल भोकलाई भगाउन 
    अनेकौँ उपकरणहरू 
    परस्पर अनुबन्धित छन् ।
    तल आगो छ 
    माथि ओदान छ 
    ओदानमाथि हाँडी छ 
    आगाको राँकोसँगै 
    हाँडीको तात्नेक्रम छ 
    तात्नुको सीमालाई पर्गेल्दै 
    पारखी हातहरू 
    हाँडीमा मकैका घान हाल्छन् ।
    मकैका दानाहरू 
    पोलिँदा पीडाले रन्थनिन्छन् 
    हाँडीको गर्भमा परस्पर जुध्छन् 
    कप्टेराले छेकिन्छन् 
    बिट नाघ्न सक्दैनन् 
    जीवन पोलिन्छन् 
    हार्नुको क्षणलाई स्विकार्दै 
    बल थाक्छन् 
    तुजुकको विश्राममा 
    मकैका दानाहरू 
    निर्जीव फूल बन्छन् ।
    आखिर जीवनविनाका -यी फूल 
    आगो फुक्नेका 
    ओदान ठड्याउनेका 
    हाँडी बसाल्नेका 
    कप्टेरा चलाउनेका 
    घान हाल्ने र निकाल्नेका 
    भोकका मीठा परिकार न हुन् ।
    जीवनको समाप्तिमै पनि 
    यी दाँतको घट्टमा अझै पिसिन्छन् 
    जिब्राको इसारामा अझै घिसिन्छन् 
    घाँटीको पहराबाट लड्दै 
    पेटको गुफामा पस्छन् 
    कणकणको अवशेष 
    पानीको घुट्काघुट्कामा बग्दै 
    सजीव मकैका दानाहरू 
    निर्जीव फूलहरूमा बदलिएर 
    आफ्नै अस्तित्वबाट टाढिन्छन् ।

    बोटको अठोट

    जरा धरा जे-जति टेक्न पाएँ
    आधार मानी तन यो सजाएँ
    अठोट अग्लो शिरमा उठाई
    जित्नै छ बाधासितको लडाइँ ।
    (१)
    हुरी चली वल्लव वस्त्र तानोस्
    आकाश गर्जी जति वज्र हानोस्
    कडा—कडा शीत र ताप आओस्
    दाह्रा गढी वल्कल नै उतारोस् ।
    (२)
    मुना-मुना फूल र पात झाँकी
    बहार झन् सुन्दर याम बोकी
    नचाउँदै भृङ्ग, पतङ्लाई
    हेरूँ म मौरी रसको घुमाइ ।
    (३)
    टिपेर मेरा फल क्वै अघाऊन्
    चुसेर मेरा रस क्वै रसाऊन्
    कतै कसैमा प्रतिवाद छैन
    यो मौन मेरो व्रत रोकिँदैन ।
    (४)
    झरी परे झम्झम, ओत दिन्छु
    आऊन् जति क्लान्त म काख लिन्छु
    छैनन् कतै रात र प्रात भिन्न
    सत्कर्मको कर्म कतै नुहुन्न ।
    (५)
    म बोटको जीवन नै उदार
    सहन्छु बाधा जति हुन् प्रहार
    म रित्तिँदै भर्छु असङ्ख्यलाई
    चोखो छ मेरो करको कमाइ ।
    (६)
    गर्दै गरूँ अर्पण, नित्य दान
    चुमेर माटो रसको महान
    जन्मी बढी यै थलमा समाधि
    लिँदै म जाऊँ पर मेघमाथि ।
    (७)

    आज नेपाल बन्द छ- १

    आफैँ न्याय नपाएर न्यायाधीश निराश छन् 
    स्वास्थ्यसेवी बनी रोगी स्वयम् दिक्क उदास छन् 
    चोरको स्वर चर्को छ साधु तड्पेर मौन छ 
    सरकार कतै छैन आज नेपाल बन्द छ ! १। 
    घरका पर लागेर पिरका पिर बोक्दछन् 
    परका घर आएर चर्को हैकम गर्दछन् 
    राजनीति जता हे~यो नीतिले शून्य राज छ 
    चुँडिई आसको त्यान्द्रो आज नेपाल बन्द छ ।२।
    झण्डा उठाउनै पर्छ चर्को नारा लगाउँदै 
    तिघ्रा ठटाउनै पर्छ सयौँ सिठ्ठी बजाउँदै 
    किसान खेतमा हैन भेलामा जुट्नुपर्दछ 
    देश समृध्दिमा लान आज नेपाल बन्द ।३।
    पुत्लाहरू जलेका छन् मुर्दावाद ! भनी भनी 
    बत्तीहरू निभेका छन् घर बाटो जता पनि 
    कतै टायर बल्दै छन् कतै फायर उग्र छ 
    यही पौरखले गर्दा आज नेपाल बन्द छ ।४।
    नशाका तालमा चल्छन् कुर्सीमात्रै छ ध्यानमा 
    दृष्टि दर्शन क्यै छैनन् उडेका छन् बतासमा 
    योग्यताको कुनै पत्र कतै बिक्दैन झेल छ 
    दलाल खेलमात्रै छ आज नेपाल बन्द छ ।५। 
    निर्धाको काम क्यै छैन नबोलीकन बस्नु छ 
    ढुङ्गा- मुढा उचाल्नेले भन्छन् जे मान्नुपर्दछ 
    सन्तति वीरका हामी महाभारत लड्नु छ 
    होली रगतको खेल्न आज नेपाल बन्द छ ।६।

    आज नेपाल बन्द छ- २

    नेता नेता सबै नेता , नेताको अनिकाल छ 
    भकारीमा यिनै चर्दा देशमा अनिकाल छ 
    छाडा साँढेहरू जुध्छन् बाच्छाको अनि काल छ 
    यही सन्त्रासले गर्दा आज नेपाल बन्द छ ।७।
    अनाथालय भो देश नाथ छैन कुनै पनि 
    लबस्तराहरू नाच्छन् चुँडिए पनि कन्दनी 
    टाढिए देशका खम्बा फर्के बाकस बन्द छ 
    सीमा मिच्दै पसे चोर आज नेपाल बन्द छ ।८।
    "पत्रकारहरू आओ, लैजाओ खाम बन्द छ 
    नेता, विज्ञहरू आओ , झोला, झोल प्रबन्ध छ "
    दूतावास यसो भन्दै सबैको मान गर्दछ 
    निम्तो मान्न सबै जाँदा आज नेपाल बन्द छ ।९।
    गयो कि त भनी ठान्यो फेरि फर्केर आउँछ 
    कोरोना यो महाजाली हिँड्दा हिँड्दै ढलाउँछ 
    ज्ञान- विज्ञान थाकेर सबैको मति मन्द छ 
    विश्व बन्द भएजस्तै आज नेपाल बन्द छ।१०। 

    पानी

    चाहे तिमी - 
    नालापानीका स्वाभिमानी कथाहरू पढ 
    चाहे भगीरथका पराक्रमी एकएक 
    पसिनाका थोपालाई छाम 
    युलिसिस यात्रा जहाँसुकै 
    पानी- नवसिर्जना भएर फक्रिएको छ 
    जिउँदो रगत र नसामा अनुवाद भएको छ ।
    पानी- सगरभरि उचालिएको छ 
    पानी-सागरभरि सुसाएको छ 
    शिखरका टाकुराहरूमा 
    शुभ्र-स्वरूप मुस्कुराएको छ ।
    पानी- जीवनको अमर कहानी लेख्ने मसी हो 
    असिका धार गलाउने असीम शक्ति हो 
    उर्वरताको आधार 
    मीठो सञ्जीवनी हो ।
    यस प्रकृतिको वरदान साझा सम्पत्तिलाई 
    खण्डित र विभाजित मन कसैले 
    एक्लै खोपीमा ताल्चाभित्र नलुकाउनू !
    थोपा-थोपाको पवित्रता बिटुल्याउँदै 
    धमिला ढलहरूमा नमिसाउनू !
    विवेकको आफ्नै उपहास गर्दै अनाहक नडस्नू ! 
    पानी - निर्मल धाराहरूमा 
    करोडौँ चाहनाको मीठो व्यञ्जन हुनुपर्छ 
    समताको सुन्दर रूप सधैँ 
    पानी - नानी बन्नुपर्छ 
    र,बानी सङ्लिँदै जवानी उठ्नुपर्छ ।
    पखालेर अञ्जलि थापे 
    श्रद्धा र आस्थाको उचाइमा 
    पानी/ देवता अलौकिक रूप बन्छ 
    पानीको पिउने र जिउने पनि 
    आफ्नै रीत हुन्छ 
    व्यवस्थित र उचित प्रबन्धमा 
    पानी - मुटुको पनि मुटु बन्छ 
    मुटुको पनि मुटु हुनुपर्छ ।
    संयमले संयन्त्रमा सजाए 
    पानी - दिव्य आलोक हो -झलमलाउँछ
    ज्ञानमा / विज्ञानमा 
    पानी - स्वयम् ऊर्जा हो 
    यस शक्तिको सच्चा उपासनामा 
    अभावमा नयाँ भावको जन्म हुन्छ ।
    सधैँ सफा र सुन्दर राखे 
    पानी - चहकिलो ऐना हो 
    विवेकी आफ्नै अनुहार हेर्न सकिन्छ 
    भूगोलमा पानी 
    शरीरमा रगतजस्तै हो 
    र, रगत पानी नै हो 
    थोपाथोपाको अनावश्यक चुहावटमा 
    धर्ती धाँजा फाट्छ 
    सिर्जना मुर्झन्छ 
    हामी सुक्छौँ र नीरस लत्रिन्छौँ ।
    त्यसैले- 
    सृष्टिको यस मूल आधारलाई 
    भगीरथ प्रयत्नमा सङ्लो सागर बगाऔँ 
    पानी - स्वतन्त्र गति हो 
    निर्बन्ध यसलाई बग्न दिऔँ 
    चेतनाको यो बिहानी हो 
    सफा यसैमा आँखा धोऔँ ।
    स्वच्छ प्रवाह 
    समताको सङ्लो नानीमा 
    पानी - प्राणी प्रत्येकको धुकधुकी हो 
    पानी - जीवन हो 
    पानीको पनि जीवन हुन्छ 
    जीवन यसको पनि जोगाऔँ !!

    आज नेपाल बन्द छ- ३

    हत्यारा र बलात्कारी माला खादा लगाउँछ
    भ्रष्टाचारी महात्मा भै नीतिशास्त्र पढाउँछ 
    सुक्यो कानुनको धारा ढल भित्रेर गन्ध छ 
    चोरलाई दिँदा साँचो आज नेपाल बन्द छ ।११।
    मौरीका घारका चाका मलसाप्रा चपाउँछन् 
    मौरीलाई निचोरेर अरिङ्गाल अघाउँछन् 
    भदालो कुर्नका निम्ति बिरालो ठीकठाक छ 
    रमिता हेर्नका निम्ति आज नेपाल बन्द छ ।१२।
    यातायात सबै बन्द, हिँड्न चल्न निषेध छ 
    शिक्षालयहरू बन्द , पढ्न लेख्न निषेध छ 
    कारखानाहरू बन्द, चल्दैनन् सब ठप्प छ 
    खुला भाला र भाटा छन् आज नेपाल बन्द छ ।१३।
    भाइभाइ गरेका छन् हानाहान परस्पर 
    आगामा घिउ थप्ने छन् रोक्न क्वै छैन तत्पर 
    विषालु ग्यासको गन्ध, उस्तै बारुद गन्ध छ 
    बैरी हँसाउने पर्व आज नेपाल बन्द छ ।१४।

    बुद्धिजीवी:अनौठो किंवदन्ती

    मलाई आज लाग्दै छ किन बन्दै छु पत्थर
    त्यो ढुङ्गो र ममा के छ त्यस्तो तात्विक अन्तर !
    चुँडिन्छन् फूलका थुङ्गा मेरै आँखाअगाडि नै
    छैनन् निषेधका भाषा व्यवधानहरू कुनै !१।

    म खालि बाँच्नकै निम्ति झुटो बोल्छु निरन्तर
    बतास सास के चल्छ भित्र गर्दै छ सर्सर !
    म मान्छे कहिले हुन्छु, पाठ मैले छ पढ्नु के ?
    सिङ पलाउने हो कि , हो कि पुच्छर आउने ? २।
     
    झोला त्यो कपडा थैलो बोकेछु भरिया बनी
    त्यस्तै कागत बोकेछु कापी-किताब क्यै भनी
    दसी, प्रमाण क्यै पत्र , थोत्रो ,खोटो र जर्जर
    तेर्स्याई मोल माग्दै छु स्वयम् ठान्दै दिगम्बर ।३।
     
    विवेक ज्ञानको खेती अहङ्कार र दम्भले
    किराले झैँ सबै खाए बीउ मासे अचम्मले
    छैन उत्सर्गको भाव ,लोभमात्रै छ जिउने
    ईर्ष्यालु मनमात्रै छ आफूमात्र रमाउने ।४।
    कर्तव्य यसको अर्थ खोजी मैले कहाँ गरेँ ?
    अथवा अर्थ घोकेर व्यवहार कता झरेँ ?
    मान्छे हुँ पनि भन्दै छु , मेरो पनि समाज छ
    म हेर्दिँन त्यहीँ मेरो कुरूप रूप अङ्कित ।५।

    पाइलासित डुब्दै छु म आफैँ एक्लिँदै कता ?
    मलामी पाउनै गाह्रो मेरो कस्तो महानता ?
    बेहोसी ताल यसैमा काल निर्दयी भै झ~यो
    म बाँचेर पनि के भो ! कठै ! मानवता म~यो ! ६।

    भीमोदय !

    बगरका बालुवामा सुन उमारिरहने 
    दूर सागरको यात्री - गण्डकीले 
    हिउँदको आगमन हुँदा नहुँदै 
    सुक्दै हराउने 
    मौसमी खहरेहरूलाई 
    जीवनको यथार्थ गति के हो ? 
    सूचना गर्दै 
    अनवरत मीठो सङ्गीत सुसाइरहने 
    उपक्रमलाई 
    कल्पना गर्न सक्दिनँ 
    कहाँ विराम दिएको होला र ? 
    समयका कोर्राले हानेर 
    झरे पनि पुराना पात 
    धैर्यले फेरि नयाँ पात बोक्दै 
    बिदा भएकी कोयलीलाई 
    हार्दिकताले निम्त्याएर 
    बोटहरूले - 
    आङ मर्काउँदै 
    शिर नचाउँदै 
    सुस्त समीरसित फिर्फिराउँदै 
    जीवन- परिस्थितिका 
    समय-चक्रहरूसित 
    खेल्ने उपक्रमलाई 
    कल्पना गर्न सक्दिनँ 
    कहाँ रोकेका होलान् र ? 
    तीन दर्जन वर्षअघि 
    चराहरू चिर्बिराइरहने 
    आँपका विशाल बोटमुनिका 
    गर्मीमा गर्मी नै बल्ने 
    जाडामा शीतै-शीत झर्ने 
    टिनका छानालाई छहारी बनाएर 
    जग उठेका भवनका 
    कोठा-कोठाका भित्तामा सजाइएका 
    कालापाटीहरूमा 
    कलम समाउन अभ्यस्त 
    आफ्ना औँलाहरूलाई 
    चक समाउने तालिम दिँदै 
    कुनै एकलव्यका 
    औँलाहरू नकाट्ने प्रण गर्दै 
    चम्किरहेका ताराहरूलाई 
    अझ उजिल्याउने धृष्टता बोकी 
    जीवनमा पहिलोचोटि 
    म सेता अक्षरहरूको खेती गर्न 
    अघिसरेको हुँ 
    वर्षहरू खै ! कति आए , गए !! 
    मलाई त्यस अवसरको प्रथम उपहार दिने 
    भीमोदय ! तिमी धन्य छौ !! 
    संसर्ग र उपस्थितिभन्दा पर 
    विसर्ग र अनुपस्थितिमा 
    झन गाढा बन्दै 
    मायाका विम्बहरू ब्युँझिरहेका छन् 
    चौतारी / वनपाखा 
    घाट/बजार 
    खोला/कुला 
    खेत / बारी 
    उकाली/ओराली 
    बगर/जलतरेली 
    हास- परिहास 
    सपनाका चित्र झैँ 
    मेरा स्मृतिमा अझै 
    फन्कामारिरहेका छन् ! 
    आरुघाट ! 
    जहाँ पाइला टेकिँदा 
    पाएको स्वागतको हर्ष 
    अनि 
    जहाँबाट बिदाइमा पाइला उचाल्दा 
    खसेका आँसुका थोपाहरूका 
    याद अझै छन् मसित ! 
    बाआमाहरूले स्नेहले 
    लगाइदिएका - अबिर र माला 
    दिएका प्रगतिका हार्दिक शुभकामना 
    शुभ आशीर्वाद 
    म कहिल्यै भुल्न सक्दिनँ ! 
    यो अनुपम हार्दिकताको 
    संयोगको सूत्र 
    भीमोदय ! 
    आखिर तिमी नै त हौ 
    अत: यी मेरा भावनाका फूलहरू 
    तिमीमै समर्पित छन् !! 
    काल निकै बित्यो 
    सायद गण्डकीमा छाल निकै उठ्यो ! 
    रूप र परिधान - तिम्रो 
    उस्तै छ वा फरक ? 
    म क्यै भन्न सक्दिनँ ! 
    तर , म भन्न सक्छु 
    प्रजातन्त्रको मिर्मिरेमै 
    आफ्ना दृढ पाइला टेकेर उभिने 
    तिम्रो साहसलाई 
    कुनै शक्तिले गलाउन सक्दैन 
    कुनै हुरीले ढलाउन सक्दैन 
    समय साक्षी छ 
    सात दशकको परिपक्व वय बोक्दै 
    यात्रीहरूलाई पारि पु~याउन 
    अहोरात्र डुङ्गा खियाउँदै 
    उच्च अझ उच्च हुँदै 
    शीत सहेर 
    पसिनामा गर्व गर्दै 
    चन्द्र छुने ऊर्ध्वगामी यात्रामा 
    तिमी तल्लीन छौ 
    भीमोदय ! 
    कसले डगाउन सक्छ - तिम्रो तपस्या ? 
    ज्ञान बोल 
    विज्ञान बोक - भीमोदय ! 
    युग बोल 
    युग बोक - भीमोदय ! 
    दिँदै छु काया टाढा भए पनि 
    मायाले अजस्र हार्दिक शुभकामना 
    तिमी स्नेहले स्वीकार गर !!

    स्वतन्त्रताको सुसेली

    विवेकका चालकले म चल्छु
    सचेतको प्राण लिएर बल्छु
    डम्मै अघाए पनि पेटलाई
    छ सिर्जना भोक सधैँ मलाई ।१।

    म यन्त्रको मानव हैन, हैन
    मभित्र छन् भाव मिठास चैन
    मसानमा सान कदापि लिन्न
    म फूलमा बर्बर बर्सिइन्न ।२।

    प्रभातमा गुन्गुन हुन्छ गान
    प्रकाशले गर्दछ रङ्ग दान
    यतै कतै जीवन गीत घोली
    म खेल्छु लाखौॅं दिलमा सुरेली ।३।

    प्रदीप साथै मुटु चल्मलाई
    छु रङ्ग भर्ने अझ स्वप्नलाई
    उद्दण्डका क्वै रणबाट ढल्ने
    म हैन त्यो काॅंतर आँत गल्ने ।४।

    थाके कहाॅं घाम परेर रात
    झन् आउॅंछन् शुभ्र लिएर प्रातः
    छन् पुष्प नै पुष्प जहाॅं छ धाम
    त्यहाॅं कुनै कण्टक हुन्न नाम ।५।

    विषाद बोकी मनका निषाद
    सडेर ढल्छन् पछि हुन्न याद
    हराउॅंछन् गर्जन मेघ काला
    जुट्छन् दुवै हात जहाॅं छ पाला ।६।

    छ रोक्न सक्ने कुन मूर्ख आई ?
    उडान भर्ने मन पंखलाई
    उत्प्रेरणा क्यै थलबाट लिन्छु
    स्वतन्त्र पन्छी नभमा म घुम्छु ।७।

    खिया हुने बन्दुक चाहिॅंदैन
    च्यातिन्छ जाली पनि बुन्नु छैन
    हुॅं लेखनी कल्मष , क्लेश मेट्ने
    समस्त यो विश्व समान देख्ने ।८।

    सपना र बिपना

    रजनी आफ्ना झाँक्राहरू फिँजाएर
    जब धरामा ओर्लन्छे
    अरुणको अवसानमा
    समवेदनास्वरूप
    म आफ्ना आँखामा ढकनी लगाउँदै
    मौन …मौन
    उसको पुनर्जन्मको कामना गर्दै
    आफैँलाई बिर्सिएर हराउँछु ।

    कर्णविवरहरू बन्द छन्
    निशाचरहरूका पदचाप सुन्दिनँ
    कालरात्रिका स्तुतिहरू सुन्दिनँ ।

    स्पर्शहरू हराउँछन्
    बिपनाहरू हराउँछन्
    एकान्त गह्वरमा
    कुनै आफन्तहरू भेट्दिनँ
    नाता कुटुम्ब सबै हराउँछन् ।

    सायद अन्तरमा मात्र मुटु चल्छ
    त्यसैले समाधि शक्ति सुरक्षित छु
    नियति – प्रकृति
    प्रहरहरू चिप्लिरहन्छन् !

    रक्तिम पूर्वी क्षितिजले
    सम्प्रेषित किरणहरूले
    मलाई घचघच्याउँछन्
    परेलाहरू खुल्दा सामुमा
    रजनी भेटिन्न
    लालिमाले थकित अङ्ग-अङ्गमा
    पीयूष छर्कन्छे
    शीतका थोपाहरू हराउँछन्
    पसिनाका थोपाहरू रसाउँछन् ।

    कामना – वरदान भएर ब्युँझिइन्छन्
    श्रम शिविरमा पाइलाहरू उक्लिइन्छन्
    हत्केलाहरू फैलिइन्छन्
    आँखामा बिपनाहरू बोकेर
    म ताराका सपनासित
    खेल्दै रमाउँछु !!

    यसरी उठ्छ यथार्थ

    यस धर्तीमा मेरो आगमन 
    दिनमा भयो कि रातको नीरवतामा ! 
    जे भए पनि मेरा निम्ति 
    त्यो दिन न त दिन थियो 
    त्यो रात न त रात थियो ।
    अनभिज्ञ अविदित यात्री ! 
    मेरा हात पाखुरामा शक्ति थिएनन् 
    कानमा शब्द थिएनन् 
    आँखामा दृष्टि थिएनन् 
    उत्सवहरू रचिए कि रचिएन् ? 
    त्यो पनि थाहा छैन ।
    भाषा थिएन 
    शरीरमा कुनै वस्त्र थिएन 
    आफन्त थिएनन् 
    पराई / परचक्री थिएनन् 
    देश थिएन 
    लाज शरम थिएन ।
    मेरो अनभिज्ञतामा 
    आमा र बाबु पनि थिएनन् 
    मेरो आफ्नै कथा 
    मेरो आफ्नै इतिहास 
    मभन्दा / मेरो स्मृतिभन्दा 
    धेरै पर छ 
    त्यो कथा / त्यो इतिहास 
    आज कसैबाट सुनिरहेको छु 
    हो कि होइन ? 
    आफ्नै आगमनको मितिलाई 
    म कसरी हेरौँ ? 
    जन्मेका मान्छेहरू 
    मिति खोजेर उत्सव मनाइरहेका छन् 
    जन्मेपछि त ती नमर्नु पर्ने हो 
    तर लासको लस्कर पनि देखिएकै छ !! 
    के मान्छे एक दिनले जन्मियो त ? 
    खै , इतिहास ती फराकिन सकेनन् त ! 
    त्यस मितिले मलाई 
    किन धैर्य दिन सकेन ? 
    बाँच्ने हतारमा अझै किन दौडिरहेको छु ? 
    प्रश्न अझै छ मनभरि 
    अर्थ मिलेन कि ? 
    जन्मको परिभाषा !! 
    यात्रा सिर्जना पदचिन्ह परेला हुन् 
    जीवन सूर्यजस्तै उदाउँछ 
    बादलहरू पनि छन् 
    छेकिएमा अस्मिता किनारा पर्छ 
    इतिहास पूर्वकथा विनाहलचल 
    पूर्णविराम विश्रान्तिमा रित्तिन्छ 
    कर्मका जराहरू नै जन्म हुन् ।
    जीवन एक दिनले मात्र जन्मिँदैन 
    उत्सव एक दिनले मात्र पूर्ण हुँदैन 
    हिँड्न नखोजे 
    प्रारम्भ छिटै अन्त हुन सक्छ 
    जीवन खिया लाग्छ बासी हुँदै बसेमा 
    उदासी मन दिन बलि चढ्न सक्छ 
    दशैँको कथाजस्तै पर्सिएर झर्न सक्छ ।
    पैँचो अलिकति मात्र विश्वास हो 
    यथार्थ आफ्नै आँखाअगाडि 
    उभिएको हुनुपर्छ 
    अस्मिता सचेत मनको खेती हो 
    सचेत मनमात्र 
    साँचो अर्थमा यथार्थ उठ्न सक्छ ।

    सिट सीमित छ !

    प्रश्नपत्र बनाउने
    हाम्रै मान्छे छन्
    जाँच चलाउने
    परीक्षाको कापी हेर्ने
    नतिजा सबै मिलाउने पनि
    हाम्रै मान्छे छन्
    अङ्क राम्रै मिल्छ
    अन्त कतै नजानुहोस्
    राम्रो हाम्रै स्कुल र कलेज छ
    भर्ना छिटै हुनुहोस्
    सिट सीमित छ !

    कतै धेरै धाउनै पर्दैन
    किताब-कापी किन्ने
    हाम्रै राम्रो पसल छ
    टाई,पेटी,जुत्ता,मोजा र पोसाक
    सबै सबै एकै ठाउँमा किन्न पाउने
    पसल पनि हाम्रै छ
    बजारमा धेरै छन् – स्कुल र कलेज
    माल सक्कली चिन्नुहोस्
    हाम्रैमा भर्ना छिटै हुनुहोस्
    सिट सीमित छ !

    प्रयोगशाला र पुस्तकालय
    हाम्रै सबैको भन्दा राम्रो छ
    अतिरिक्त क्रियाकलाप
    खेलमैदान ,खेलका सामग्री
    कम्प्युटर ,विशेषज्ञ प्राध्यापक
    वातानुकूलित कक्षा
    डाक्टरको परामर्श
    स्वास्थ्य परीक्षण
    वनभोज,भ्रमण, मनोरञ्जन
    पौडीपोखरी ,घोडसवार
    स्वस्थ पिउने पानी ,भोजनालय
    सुग्घर शौचालय
    बसको प्रबन्ध
    सबै ठीकठाक छ
    हाम्रै स्कुल र कलेजमा
    भर्ना छिटै हुनुहोस्
    सिट सीमित छ !!

    शिक्षक सबै इमानदार छन्
    पैसा घटाए पनि पढाउँछन्
    पैसा दुईचार महिनामै
    दिए पनि पढाउँछन्
    नदिए पनि पढाउँछन्
    कटाए पनि पढाउँछन्
    भोक-तिर्खा पचाएर पढाउँछन्
    रोग-व्याधिले सताए पनि पढाउँछन्
    दिनरात नभनी पढाउँछन्
    छाती दुखे पनि पढाउँछन्
    घाँटी सुके पनि पढाउँछन्
    पढाइको कुनै चिन्ता लिनै पर्दैन ।

    देश सरकार चलाओस्
    स्कुल र कलेज हामी चलाउँछौँ
    शिक्षा सेवा हो
    यो हाम्रो व्यापार होइन
    तपाइँहरू इसारा बुझ्नुहोस्
    भर्ना छिटै हुनुहोस्
    सिट सीमित छ !

    युगीन गुणस्तरीय शिक्षाको
    आवश्यकता बुझेर
    अनुभवी र योग्य
    सञ्चालकहरूले चलाएको
    हाम्रै स्कुल र कलेजमा पढेर
    तपाइँहरू आफ्नो भविष्य
    उज्ज्वल बनाउनुहोस् !
    अन्त कतैको भर नपर्नुहोस्
    हाम्रैमा भर्ना छिटै हुनुहोस्
    सिट सीमित छ !!

    तपाईँ : हिजो र आज

    हिजोसम्म देशको
    राजनीतिको होस् कि प्रशासनको
    ठुलै पदमा बस्ने सौभाग्य पाउने
    ठुलो मान्छे तपाईँलाई नै
    सबैले भ्रष्टाचारी र घुस्याहा भन्थे !
    अब पदको अवधि सकिएर
    भूतपूर्व बनेपछि
    एकाएक सबैलाई
    तपाईँ नै नैतिकताको पाठ
    पढाउन थाल्नुभएछ !

    साँच्चै धर्मको भावनाले
    हो वा पापको पीडाले ?
    तपाईँ त अचेल
    बिहान- बेलुकै
    मन्दिरमन्दिर
    धाउन पनि थाल्नुभएछ !

    मालिक मालिकका
    ढोकामा धाएर
    माल र पद मिलाउँदै
    कानेखुसी गर्दा
    पदको व्यस्तताले
    हिजो त
    के फुर्सद थियो होला र ?
    अब फुर्सद मिलेरै त होला ?
    तपाईँ बडो स्वाभिमानको
    कथा पनि लेख्न थाल्नुभएछ !
    हिजोसम्म स्वतन्त्रता
    खोज्नेहरूका शिरमा
    गर्वले लाठी हान्ने
    तपाईँ नै
    अब त
    स्वतन्त्रताप्राप्तिमा
    आफ्नो अमूल्य योगदानको
    निकै लामो जीवनवृत्त पनि
    लेख्न थाल्नुभएछ !

    मौसमी अवतारका
    पढेर कहिले सकिन्छन्
    तपाईँका यी विचित्रलीला ?

    अँ साँच्चै !
    तपाईँका नसानसा छाम्नेहरूले
    तपाईँका पाइलापाइला नाप्नेहरूले
    तपाईँका यी अक्षरहरूमा
    तपाईँको सक्कली रूप कति भेट्लान् ?
    तोक्नै परे मान्छेको मोल
    यस बजारमा
    तपाईँको चाहिँ कति तोक्लान् ?
    तपाईँका सामाजिक योगदान
    कति देख्लान् ?
    शिरदेखि पाउसम्म पुरै छाम्नेहरूले
    तपाईँको यस आवरणभित्र
    तपाईँको आचरणचाहिँ
    कुन रूपको
    कस्तो भेट्लान् ?

    अदालत र अख्तियारहरू
    भनेकै जस्ता कर्मशील हुन्थे भने
    तपाईँका लामा लामा हातहरूका
    देखिँदै गरेका सान र रवाफ
    सोच्नुहोस् त
    यस्तै हुन्थे होला त ? !!

    झुल नभएको भए !

    माथि चार किलामा
    दह्रोसँग बाँधेर
    तल पूरै ओछ्यान ढाक्ने गरी
    झुल नकसेको भए – मैले
    मीठो सङ्गीत सुनाउँदै
    त्यसैको तालमा लठ्याएर
    जिउभरि छपछपाउँदै
    रोगैरोग रोपी
    मेरै रगतले ढाडिँदै
    विजयोत्सव मनाएर
    कति नाच्थे होलान् !
    परजीवी – लामखुट्टेहरू ?

    यसर्थ
    रणभूमिमा आफ्नो छाती फैलाएर
    विषालु लामखुट्टेहरूलाई
    सहजै पराजित गरी
    मेरो रक्षाकवच बनी
    मलाई स्वस्थ जीवन प्रदान गर्ने
    शूरवीर र उपकारी
    त्यस झुलप्रति
    म सदैव ऋणी छु ।

    मेरो रगत पिउन आतुर
    फोहोरी भोका लामखुट्टेहरू
    झुलबाहिर जति कुरिरहे पनि
    म झुलभित्र आरामले घुरिरहेँ
    तिनले डस्न के !
    मलाई छुन पनि सकेनन् !!

    परपीडक निर्दयी लामखुट्टेहरूले
    जति नै आँत जलाए पनि
    जति नै पखेटा चलाए पनि
    जति नै मुख मिठ्याउन खोजे पनि
    सकेनन् मेरो निद्रा चपाउन
    सकेनन् मेरो सपना भत्काउन !!

    फोहोरमै जन्मिने
    फोहोरमै पन्पिने
    फोहोरमै भुन्भुनिने
    फोहोरमै रमिरहने
    घिनलाग्दा किरा
    फोहोरी लामखुट्टेहरूले
    सकेनन् – ममा मलेरियाका बिउ रोप्न
    सकेनन्- ममा डेङ्गुका बिरुवा हुर्काउन
    सकेनन्- मलाई पीतज्वरले गलाएर ढलाउन
    सकेनन् – मलाई हात्तीपाइलेका भारी बोकाउन
    नाच्दै सङ्गीत सुनाउँदै
    जति फकाउन खोजे पनि
    सकेनन् – मलाई
    जापानिज इन्सेफलाइटिस उपहार दिन !

    सलहका ताँती झैँ
    जत्रै जुलुस आए पनि
    सकेनन् – मेरो चोखो रगत बिटुल्याउन
    जति नै प्रयास गरे पनि
    पाएनन् भोका परजीवी लामखुट्टेहरूले
    विजयोत्सव मनाउन !!

    मसँग यदि झुल हुन्थेन भने
    यता कति ढाडिँदै
    रमाउँथे होलान् – लामखुट्टेहरू
    उता कति मोटाउँदै
    रमाउँथे होलान्
    भीमकाय ती गगनचुम्बी अस्पतालका
    डाक्टर र सञ्चालकहरू !!

    देशका निम्ति आफूलाई
    त्याग गर्ने सपूतहरूले
    अरू केही नपाए पनि
    वर्ष दिन
    वर्ष दिनमा
    अबिर र फूलमाला त पाउँछन् !
    त्यही स्मरण गर्दै
    म पनि मेरा निम्ति
    आफूलाई त्याग गर्ने प्रिय झुललाई
    गुनको रिन तिर्न
    स्नेहले सुम्सुम्याउँदै
    बेलाबेलामा साबुनपानीले नुहाइदिने गर्छु
    त्यसलाई अझ आराम होस् भनेर
    जता छ पारिलो घाम
    उतै सुताइदिने गर्छु !!

    युवक

    बाँझो धर्ती मल जल कला उर्वरा शक्ति फाँट
    तिम्रै आँखा हरदम नयाँ हेर्दछन् भित्रबाट
    गर्छौ यात्रा रविकिरण भै लेक बेँसी गरामा
    बाल्छौ बत्ती अनुपम नयाँ शैलका कन्दरामा ।१।

    तिम्रै स्वप्ना करकमलमा खुल्छ नौलो वसन्त
    तिम्रै आँखा अमर पथ जो ग्रीष्ममा हुन्न अस्त
    खुल्छन् फुल्छन् कहर पथमै माथ तिम्रा पवित्र
    माया तिम्रै युवक दिलमा देश सिङ्गै छ भित्र ।२।

    आँखा चिम्ले युवकहरू ए ! देशको सान झुक्छ
    आँखा खोले युगयुग नयाँ चेतना सल्बलिन्छ
    स्रष्टा आफैँ कर युगल हौ ज्ञानका मूल केन्द्र
    ह्यूँचूली हौ सरस रसले सेच आफ्नै समुद्र ।३।

    हट्दै कोलाहल रुधिरको पाशवी मार्गबाट
    मान्छे जन्म्यो अमर सपना ज्ञान तिम्रै विवेक
    तन्देरी हे ! थकित उनको बोक भारी गरुङ्गो
    बन्दै जाऊ शिशिर ऋतुमा ज्ञान बल्दो फिलिङ्गो ।४।

    अन्धो आँखा युगयुग नयाँ दृष्टिले जो छ शून्य
    आफैँ आफ्नो रसमय कला चिन्न सक्दैन मूल्य
    तन्देरीको सबल बलको बिन्दुमा सिन्धु हुन्छ
    माटो बाटो सृजन दिलमा खुल्छ फुल्दै रहन्छ ।५।

    कालो मैलो तिमिर जगमा डाक नौलो बिहानी
    काँडाभित्रै पनि कुसुमको बोक त्यो जिन्दगानी
    रोप्तै जाऊ अमर पथ त्यो बीज बारी र खेत
    स्रष्टा शिल्पी युवकहरू हो ! शान्तिका अग्रदूत ।६।

    पाठशाला कता खोजौँ ?

    भन्छन् हिमालले उच्चा शिर कैल्यै नलत्रनू 
    भन्छन् गुराँसले कैल्यै रङ्ग रातो नमैलिनू 
    छहरा पहरा झेल्दै नाच भन्छन् निरन्तर 
    नदी भन्छन् नलम्केर कहाँ भेटिन्छ सागर ? 
    गला खोलेर गुन्जाऊ गीत भन्छन् चराहरू 
    शीतताप पचाएर फुल भन्छन् जराहरू 
    भन्छन् जून सयौँ तारा बल्नै पर्दछ रातमा 
    जाग्नै पर्छ सधैँ जाग रवि भन्छन् प्रभातमा ।
    ताल भन्छन् यतै हेर मुहार किन दर्पण ? 
    गुफा भन्छन् तपस्यामै गर जीवन अर्पण 
    रोगव्याधि निको पार्छौँ भन्छन् सारा वनस्पति 
    भन्छन् ढुक्कुरका जोडी हेर यो दिल सम्पति ! 
    वरपीपलले भन्छन् गाल्नै पर्दछ पत्थर 
    सुनगाभा यसै भन्छन् रोक्न के सक्छ अक्कर ? 
    खुला आकाशले भन्छ छोप्न के सक्छ बादल ?
    विशाल धरती भन्छ फुलाऊ दिलले दिल ।
    फैलाए प्वाँख को छेक्छ ? उँड भन्छन् चराहरू 
    पसिनामै सबै रङ्ग खोज भन्छन् गराहरू 
    डाँफे - मयूरले भन्छन् छ र अन्त कतै कला ? 
    इन्द्रधनुषले भन्छ हेर यो रूपको तला ! 
    आफ्नै जे जति हो ज्योति फैलाऊ भन्छ जुन्किरी 
    लोक लाखौँ गला खोल्दै रमाऊ भन्छ बाँसुरी 
    आऊ माया यतै गाँसौँ भन्दछन् वन- कन्दरा 
    आऊ माथि सँगै हासौँ भन्दछन् गिरि- टाकुरा ।
    बुकी भन्छ कहाँ होला लेक झैँ अन्त सुन्दर 
    धुपी भन्छ यही लेक लाग्छ नित्य मनोहर 
    भिरै प्यारो भनी मौरी भिरमै गुन्गुनाउँछन् 
    काँडा टेकी फुलौँ भन्दै फूल सन्देश ल्याउँछन् ।
    जाल बुन्ने भए केही सिक क्यै भन्छ माकुरी 
    रोक्दै विवेकले भन्छ नखेल खेल आसुरी 
    आहा ! जीवन भन्दैछन् बोटका नवमञ्जरी 
    पुराना पात भन्दै छन् हाम्रा छन् साथमा हुरी ।
    ती कर्मी कमिला भन्छन् गरौँ काम सबै मिली 
    रङ्गिला पुतली भन्छन् थपौँ क्यै फूलमै चुली 
    कस्तूरी मृगले भन्छ मीठो सुगन्ध हो कता ? 
    रजहाँसहरू भन्छन् नदौड भ्रममा उता ।
    १०
    गौँथली गुँडका चुच्चा , मौरीका महका रस 
    भन्छन् सत्कर्ममा लाग नपाल भित्र आलस 
    नबोलेर झनै बोल्छन् वनका लतिका तरु 
    पाठशाला कता खोजौँ यतै छन् गुरुका गुरु ।

    पराजित विजेताहरू

    बस्तीमा सन्नाटा छाएको छ
    दन्यकथा सुनाउने
    न ती बा- आमाहरू छन्
    न ती कथाहरू सुन्ने
    सानासाना नानीहरू छन् !

    डढेलो दन्किरहेको छ
    जीवन रित्तिरहेको छ
    बचेखुचेका केही
    अधमरा रूपहरू नियाल्दै
    र, आफू पनि तिनैमा रूपान्तरित हुँदै
    काँपेको हातले
    म कसरी कलम समातूँ !
    र, कुन कविता लेखूँ !
    अनि कसलाई सुनाउन के लेखौँ !

    आस्थाका मनहरू मूर्च्छित छन्
    विषालु धुवाँमात्र छ – आँखामा
    सिर्जनाकै खडेरी परेको मौसममा
    मिल्किएको उपेक्षित कलम च्यापेर
    कागजका मान्द्रामा
    अक्षरका आँसुहरू बिस्कुन बनाएर
    कति सुकाऊँ !

    यस विषम परिस्थितिमा
    मसँग आँसु पनि रित्तिसकेको छ
    डढेलामाथि बसेर
    म कुन कविता लेखौँ ?
    लासमाथि भन्किरहेका
    झिँगाहरू मात्र देखिन्छन् – जताततै
    के झिँगाहरू
    कविताका भाकाहरू बुझ्लान् ?
    आगाको ज्वालालाई
    कविताको कुन लहर मानौँ ?
    बम- गोलालाई
    मान्छेको कुन युगको भाषा ठानौँ ?

    पराजित विजेताहरूले
    कविताको कुन परिभाषा देलान् ?
    जडताको यस जर्जरतामा
    म जीवनको कस्तो कविता लेखौँ ?
    कसलाई सुनाउन के लेखौँ ?

    शरद्का सिर्जनाहरू

    आयो बेला शरद ऋतु यो मेघ नि: शेष छायो
    घुम्टो उघ्रेपछि रवि शशी सिर्जना कल्कलायो
    तारा चम्के पलक नझुकी रोशनी काख च्यापी
    लम्के झर्ना कलकल कला शेष मैलो नराखी ।१।

    चाँदी झल्के हिमगिरि छटा झल्मलायो जुहार
    डाँडा पाखा हरित लहरा ताल टल्के मुहार
    बाला लर्के लहर लहरी फाँट गम्की सुगन्ध
    यात्री यात्रा पथ पयरको बन्न लाग्यो प्रबन्ध ।२।

    वासन्तीका अपुग सपना फुल्न लागे जवानी
    गर्मी वर्षा कटु प्रलयको मेटिँदै गो कहानी
    इन्द्रेणीमा विविध रङले हात हाले अँगालो
    छाती अग्ले श्रमशिविरमा भास अल्प्यो तुवाँलो ।३।

    ओढ्छे आफ्नै सकल धरती स्वच्छ नीलो पछ्यौरी
    आँखा चिम्ली शिशु शयनमा कान खोज्दै छ लोरी
    आशा बोकी ऋतु लहरले भित्र डाक्यो उज्यालो
    पर्दा च्यात्ने अब तिमिरको चाँदनीको छ पालो ।४।

    यो सन्ध्यामा समर विजयी सत्यको बल्छ पाला
    रङ्गीचङ्गी कुसुमहरूको बन्छ यै भित्र माला
    बाडुल्कीमा प्रणय सुखको देश खोज्छन् विदेश
    यो मायामा कपट छलको छैन क्यै भित्र लेश ।५।

    स्रष्टा रच्छन् कर कमलले रूपका रूप खानी
    फक्रेकै छन् मधुर सपना रङ्गका घामपानी
    मेचीकाली समय यसमै छन्द नौलो समाऊ
    भित्री भाका जन हृदयको शान्ति धारा बगाऊ ।६।

    बस्ती आफ्नै अब सकलले गर्नुपर्नेछ माया
    कुल्ची छाया पथिकहरूले उठ्नुपर्नेछ काया
    साँची राखौँ युगयुग सधैँ चेतना सिर्जनाका
    हाम्रा आभा अझ अमर हुन् भावनाका कलाका ।७।

    मेरो प्रजातन्त्र !

    मेरो प्रजातन्त्र !

    मेरो छोरो 
    वर्षले जति नै 
    पाकोजस्तो लागे पनि 
    अल्लारे नै छ 
    लोकहितकारी - प्रजातन्त्र 
    मैले उसको नाम राखे पनि 
    यसले मेरो धेरैचोटि मन दुखाएको छ ।
    के गरौँ ! 
    माया गर्दागर्दै 
    पुल्पुल्याउँदा पुल्पुल्याउँदै 
    हठी बनिसक्यो 
    काँधमा उचाल्यो 
    कान टोक्छ 
    कपाल लुछ्छ
    टाउकामा मुड्कीले ठोक्छ 
    पिठ्युँमा बोक्यो 
    पिठ्युँमै लात्तीले हान्छ 
    दिसा- पिसाबले त 
    कति रङ्गायो - हिसाब नै छैन ! 
    काखी च्याप्यो 
    मुख थुन्छ 
    घाँटी थिच्छ 
    नाक त कति टोक्यो टोक्यो ! 
    हतियार केही भेट्यो कि हानिहाल्छ ।
    आमाबाबु कोही भन्दै भन्दैन 
    कसैलाई केही गन्दै गन्दैन 
    मुखमा जे आयो त्यही बोल्छ 
    आगो साथमा छोड्दैन 
    कापी पोल्छ 
    किताब पोल्छ 
    कलम भाँच्न पाए दङ्ग पर्छ ।
    उसका खेल अनौठा छन् 
    झन्डा भन्दै - कालो टालो उचाल्छ 
    बारम्बार - मुर्दावाद ! मात्र भन्छ 
    पुतला जलाउने भन्दै 
    घरका धेरैथोक पोलिसक्यो 
    फूल च्यात्न पाए दङ्ग पर्छ 
    यस्तो केही नगर् भन्नै हुँदैन 
    ढुङ्गो उचालेर 
    उल्टै मेरो टाउको ताक्छ ।
    मैले कस्तो तालिम दिएँ ? 
    म कस्तो धरालो भएँ ? 
    'प्रजातन्त्र' नामको 
    मेरो प्यारो छोराको ? 
    उसको स्वभाव यस्तो हुनुमा 
    दोष उसको मात्रै कि ? 
    दोष मेरो पनि ? 
    निर्वाक् छु 
    उत्तर यसको 
    म कहाँ खोजौँ ?

    पराजित कथा

    सूत्रधार नाटक आरम्भ गरिरहेको छ
    पर्दाहरू छन्
    अनेक दृश्यहरू छन्
    डढेलो सल्किरहेको छ
    अग्निधार उठिरहेको छ
    आकाशमा कुहिरीमण्डल धुवाॅं व्याप्त छ
    असह्य राप
    मृग निर्वासित छन्
    चरा निर्वासित छन्
    काकाकुल कोलाहल मच्चाइरहेका छन्
    कतै एकथोपा पानी भेटिॅंदैन
    आँत सुक्दै प्राण रित्तिरहेका छन्
    धर्ती मरुभूमितुल्य उजाड छ ।
    अर्को दृश्य-
    दिन-रात अविरल वर्षा अस्मेल भेल
    गाउॅं-गाउॅंमाथि
    सहर सडकमाथि
    सीमारेखा नाघ्दै तटबन्ध
    बास ढाकेर पूरै
    संचार यातायात रोक्दै
    बाढी उर्लिरहेको छ
    अनवरत पहिरो चलिरहेको छ
    असहाय प्राण निष्प्राण सुतिरहेका छन् ।
    नाटक-
    अर्को दृश्य कम्पमान छ
    पहाड हल्लिरहेका छन्
    फाॅंट फाटिरहेका छन्
    ज्वारभाटा उठिरहेका छन्
    ज्वालामुखी फुटिरहेका छन्
    निद्रामा महानिद्रा थपिॅंदै
    सपना भत्किॅंदै पुरिॅंदै छन्
    मायाको न कुनै अर्थ छ
    साथ रित्तिरहेका छन्
    काख रित्तिरहेका छन्
    अप्रत्याशित दिॅंदै हाॅंक
    चोर बस्ती-बस्तीमा घुसेका छन् ।
    युद्ध विभीषिका
    दृश्य एक अर्कामा उस्तै छ संहार –
    जातिको युद्ध छ
    संहार – धर्मको युद्ध छ
    संहार- रंग र लिंगको युद्ध छ
    भूगोल भित्रभित्रै विवाद चर्किरहेको छ
    सन्धि-सम्झौताहरू असफल छन्
    युद्ध अर्थ र राजनीति बढिरहेको छ
    जगजगमा फैलिएर ‘भाइरस’ लीला विनाशका मात्र छन् ।
    शोकाकुल दर्शक
    तीतो समवेदना
    नुनिलो आँसु उसै पिइरहेका छन्
    बत्ती निभेको छ
    आँखा निर्बल छन्
    जीवन त्रसित छन्
    पराक्रमी संघर्ष बढिरहेको छ
    कथा अन्त्य भएको छैन
    सूत्रधार नाटक लम्ब्याउॅंदै छ
    रंगमंचमा अझै उस्तै
    दृश्यहरू आउॅंदै छन्
    जस्ता दृश्यहरू रंगमंचबाट ओझेल परेका छन् !!

    जुनेली रूप

    तिमी सगरमा फुल्दा फुल्छ्यौ सागरमा पनि
    सहस्रौँ तालमा फेरि भेटिन्छ्यौ रूपकी धनी
    विम्ब यौटै तिमी किन्तु प्रतिविम्ब ओहो ! कति !
    इन्द्रेणीभित्रका रङ्ग तिम्रा यी कति सन्तति ! १।

    लाखौँ तारा तिमीलाई गर्दछन् अभिनन्दन
    गुन बिर्सन को सक्छ हे जून ! तिमी नै भन
    छैन सम्मानको भोक गति चाल्छ्यौ शनैः शनैः
    पक्षका पथमै हुन्छ्यौ यौवना अनि बालिकै ।२।

    संसारभरिका भाषा भाव पोती सिँगार्दछन्
    सारा संसारले आफ्ना तिमीमै दृष्टि पार्दछन्
    प्रीतमा गीत गुन्जन्छ्यौ आस्थामा आरती तिमी
    रङ्गमा रूप उत्रिन्छ्यौ कहाँ छैनौ तिमी तिमी ।३।

    प्रकाश रङ्ग पोतेर रूप तिम्रो सजाउने
    कलाकार कहाँ होला दीप पङ्ख चलाउने ?
    थुम्थुम्याई उता तारा शैलमाला हुँदै तल
    बस्ती बस्ती गरी गस्ती पार्छ्यौ धर्ती समुज्ज्वल ।४।

    औँसीको धारले रश्मि रेटिएनन् कहीँ कतै
    हुरीका साथका मेघ बिलाए ढुन्मुनाउँदै
    जुनेली ! सुकिलो रूप अझै साँच अनन्तमा
    म हुँ नाटकको पात्र, पर्दा लाग्दछ अन्तमा ।५।

    प्रविधिका पराक्रमहरू  

    प्रविधिका पराक्रमले प्रादुर्भाव भएका
    प्रविधिले निर्मित पाउडर र पानीका
    प्लास्टिकका पोकाका पौष्टिकताले पन्पिएका
    प्यारले पुल्पुलिएका – बच्चाहरू
    पाउ टेकेर पर पुग्दा नपुग्दै
    प्रविधि चुम्दै र प्रविधि चुस्दै
    प्रविधि ओढ्दै र प्रविधि ओछ्याउँदै
    सिरानी पनि प्रविधिकै हालेर
    निरन्तर प्रविधि पछ्याइरहेका छन् ।

    सगर/ सागर छैन – दूर
    सहर/ बगर छैन – दूर
    देश/ देशान्तर छैन – दूर
    विश्वमानचित्र सजाएर हत्केलामा
    मान्छे – नचाइरहेछ -औँलामा ।

    वय बिर्सिँदै प्रविधि भेट्न
    चस्मामा पावर बढाउँदै
    पलेटी कसेर पापड पेलिरहेका छन् – पाकाहरू
    खोजेकै भेटेर – युग सुसेल्दै
    यतै सुरेली खेलिरहेका छन्
    युवा वयका – भाकाहरू ।

    यता –
    नाता बन्छन्
    नाताका खाता बन्छन्
    रातमा जूनतारा बल्छन्
    फेरि यतै –
    भमराहरू फूल चुस्छन्
    फूलहरू भमराका पखेटा चुँड्छन्
    रङ्गीन बट्टाभित्र
    रहरिला/ जहरिला
    रसै रस छन्
    रुचि जसलाई जे छ
    त्यही रस पिउन सक्छन् ।

    कोही यहाँ बाँचेरै पनि
    ‘समवेदना’ पाउँछन्
    कोही यहाँ मरेरै पनि
    ‘बधाई ‘ खाइरहन्छन् ।

    यहाँ- अज्ञानताको लेश हुन्न कसैमा
    यहाँ- विज्ञताकै नशा चढ्छ सबैमा
    लीला विचित्रको छ
    बुक पछार्दै विजेता बनेको
    जालै जालको सञ्जालको
    फेस हेराहेर गर्दै
    रमाउन पाउने फेसबुक संसारमा !

    चालक गाडी चलाउँदैन – मोबाइल चलाउँछ
    भान्छे भात चलाउँदैन – मोबाइल चलाउँछ
    आमा बच्चा हेर्दिन – मोबाइल हेर्छे
    बच्चा दुध चुस्दैन – मोबाइल चुस्छ
    बटुवा बाटो हेर्दैन – मोबाइल हेर्छ
    श्रोता वक्ताको वचन सुन्दैन – मोबाइल सुन्छ ।

    चेला/ चेली पाठ पढ्दैनन् –
    मोबाइल नै पढ्छन्
    गुरु/ गुरुआमा पाठ पढाउँदैनन्
    हरपल मोबाइलमै आँखा गाड्छन् ।

    प्रशासक फाइल समाउँदैन
    मोबाइलमै रमाउँछ
    पुलिस चोर समाउँदैन
    मोबाइल नै समाउँछ
    डाक्टर बिरामी हेर्दैन
    मोबाइल नै हेर्छ ।

    कोही कसैसँग बोल्ने फुर्सद छैन
    सबै व्यस्त छन्
    सबै काममा तल्लीन छन्
    दृश्य स्पष्ट छ
    देश प्रविधिको शिखरमा छ
    लाग्छ ; अब यहाँ
    समृद्धिको बाढी नै आउँछ
    हा ! हा ! छ
    हु ! हु ! छ ।
    अर्ती छ / उपदेश छ
    विज्ञताको कमी छैन
    सबैको दाबी छ
    आफ्नोमात्रै कण्ठमा
    कोइलीको अनुपम
    कुहु- कुहु ! छ !!

    किन यो नाममा गर्व

    छिटै अमर मर्नाले, अशोक शोकमा पर्र्यो ।
    आरोग्य रोगले गल्दा, अभय भयले ढल्यो ।।

    कुमारी गर्भकी भारी, पति कुमार छन् घरै ।
    मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।।

    रमिता दिनहुँ काम गर्दा–गर्दै गलीसकी ।
    निर्जला जलमा डुब्दै आँखा चिम्ली चलीसकी ।।

    इयरफोनले मात्र कर्ण कान सुन्दछ ।
    लठ्ठी समाउने गुम्दा हस्तको झन् बेहाल छ ।।

    निर्मल मल छर्दै छ खेत –बारी सबैतिर ।
    बुदभतm खसी काटी लिन्छ निरन्तर ।।

    नेत्र खोज्छ उता चस्मा,पढ्न–लेख्न बस्यो भने ।
    बलवीर कति दुब्लो बिचरा छ पिलन्धरे ।।

    दाताराम छ त्यो लोभी, दयाराम छ निष्ठुर ।
    माया र ममता हान्छन् परस्पर ।।

    शीतल घामले गर्दा घामजस्तै बनीसक्यो ।
    रुँदा, चिच्याउँदा शान्ति नूर पूरै गिरीसक्यो ।।

    प्रदीप दीप सल्काई अन्धकार भगाउँछ ।
    कर्मवीर सबै काम अर्कालाई लगाउँछ ।।

    रुपमा गोलको थुप्रो नाम पाइछ सुन्दरी ।
    निशामा दरिई अर्की विचरी रुपकी परी ।।

    वसन्त सन्त भेटिन्न, वज्रजस्तै कठोर छ ।
    भेटिन्न जयमा जीत, हारको मात्र हार छ ।।

    छैन सौरभमा बास्ना, छैन गौरवमा कला ।
    कलामा नै कहाँ होला, मनै लठ्याउने गला ।।

    किन यो नाममा गर्व, कर्म मेसो कतातिर ?
    कर्महीन कहाँ बन्छु म धाम मठ–मन्दिर ?

    सत्ताका किनाराहरू

    तिम्रो सत्ता लघुगणितको खेल हो झेल एक
    ठान्छौ आफैू अतिप्रबलको मन्द कस्तो विवेक
    तिम्रो सत्ता क्षणिक पलको राग हो घामपानी
    हिड्दा-हिड्दै अनल पथमा शेष बन्छौ खरानी ।

    तिम्रो सत्ता कति जहरिलो आसमा त्रास भर्छ
    फक्री फुल्ने अधरभरिका मन्दमुस्कान हर्छ
    बोक्छौ भारी कल र छलको भारले थुन्छ बाटो
    तिम्रो यस्तै अधममतिले जन्मको गुम्छ माटो

    चिल्लो बोक्रा फल विफलको भित्रभित्रै छ खोक्रो
    थुप्रो मात्रै सकल भुसको अर्थ के राख्छ धोक्रो
    अन्धो सत्ता समर सपना फूलमा मूर्त पारी
    गाल्दै,झार्दै प्रकृतिसुक्ष्म पाल्छ उल्टै मदारी ।

    घेरा कोर्दै मधुमिलनमा नित्य धाँजा फटाई
    अन्यायीका चरण रजमा माथ आफ्नो चढाई
    नङ्ग्रा धस्दै मनुजसरिको पाउले टेक्छ चार
    तिम्रो सत्ता कहरतिरका सुन्छ कस्को गुहार ?

    भाषा मीठो वचन “जनता” बोल्न छोड्दैन कैल्यै
    लुट्तै उल्टो सकल “जनता” भुट्न छोड्दैन कैल्यै
    तिम्रो सत्ता असुर बलको मानवी भाव शून्य
    बाँच्ने मार्दै बगरतिरका लासको तोक्छ मूल्य ।

    मेरो सत्ता समहृदयले भाव संसार बोक्छ
    अग्ली अग्लो शिखर शिरमा भासको बास रोक्छ
    मेरो सत्ता सकल जनको प्रीत हो जिन्दगानी
    तारा बल्छन् तिमिर पथमा खोजमा छन् बिहानी ।

    बाँच्ने आशा कुसुम कलि छन् हाँस भन्छन् रमाऊ
    बाँच्यौ जस्का सरस रसले मृत्तिका त्यै सजाऊ
    आस्था मेरा अटल गिरि हुन् सान हुन् सत्य शोभा
    हाँस्ने खेल्ने महक मनको भाव वैलिन्न आभा ।

    चढ्दै-चढ्दै मन लहरिूदै दूरको स्वर्ग चुम्छु
    झर्दै-झर्दै क्रमसित यतै लोक आलोकमा छु
    मैले खोल्दा सरसर गला लाखले साथ दिन्छन्
    मेरो सत्ता नजिक तमका जाल जन्जाल टुट्छन् ।

    तौली हेरे समय सरणी बासमा को छ रानो ?
    आस्था जाचे मन महलको बन्न को सक्छ छानो
    बन्दा ध्यानी कसर मनको क्लेश सन्ताप भाग्यो
    दाना मीठा अधिक रसिला शब्दमा स्वाद जाग्यो ।

    देख्दा सानो कलम तर यो गर्छ सारा चिकित्सा
    केस्रा केस्रँ पद वचनको राख्छ लेखा अभीप्सा
    उन्मादीमा जलन अति छन् जल्नलाई डराउ
    सत्ता आफ्नै मगमग अहा फूलझै ज्यून पाऊ ।

    स्यालको कथा

    रात चड्दा हुने जम्मा, स्वर खप्टी कराउने
    प्रातः खुल्दा कुना पस्ने उज्यालामा हराउने
    सिनो भेटे उतै रम्ने स्यालको हो पराक्रम
    तड्पिने पेटका निम्ति कर्म यै वंशको क्रम !

    माउका काखका पाठा, चल्ला छोपी कुदाउने
    निर्धालाई उसै ङ्याँकी प्राण पन्छी उडाउने
    बल दाह्रा र नङ्ग्राको दिल भेटिन्न कोमल
    बगाए वीरता मान्छन्– आँसु, रगतका भल ।

    ज्ञानका फाँट के–के हुन्, के छन् विज्ञानमा कला
    उकाली युगको नाप्ने चेत छैन कुनै पला
    हुलका शूल छन् चर्का, दृष्टि क्यै छैन दर्शन
    स्यालले लासको गर्छन् कला आफ्नो प्रदर्शन ।

    आँखा लोलाउँदा लोक, चोर आँखा खुला हुने
    सर्मको कर्मले गर्छ छायामा मित लाउने
    हाड–छाला थुपारेर सान मेट्छन् तपोवन
    निर्दयी स्यालका निम्ति मजा छ बास कानन ।

    ताप्नै छ बाँकी दिनको पहार

    फुल्दै थियो कोमल लोकतन्त्र
    निल्दै उठ्यो गोमन झोँकतन्त्र
    उमान्दको बन्दुकको रजाइँ
    खप्दै बिते दर्जन वर्ष रोई ।

    बाढी, हुरी, भोक असङ्ख्य रोग
    छन् प्यास, अत्यास यतै वियोग
    बनेर चिल्ला सर –कार चढ्छन्
    पसेर भ्रप्रा किन दर्द बुझ्छन् ?

    छ जात भाषातिरको विवाद
    छ वर्ण, पाटातिरको विवाद
    छ धर्मको भेद र लिङ्ग भेद
    नेपाल जल्दा कसमा छ खेद ?

    लिएर सत्ता ‘डन’ गर्छ राज
    छ कल्पनामै विधि राजकाज
    गल्दै गयो मानव छैन बोल
    अरण्यमा गर्जनको छ मोल !

    भूकम्पको जर्जर कम्प छाई
    ताक्यो यतै कोमल प्राणलाई
    आफन्त छैनन् न त बास नै छन्
    बाँचे जहाँ जो मुटु कक्रिदै छन् ।

    युवा हराए घरद्वारबाट
    बाली बिलाए सब फाँट –फाँट
    पापी यतै दृष्टि दिँदै छ बाज
    छ बन्द नाका अभिशाप आज !

    बल्दै छ आगो अझ दन्दनाई
    नेता बडा तालिमको कमाइ !
    हेरेर बस्ने कति यो खरानी ?
    निभाउने होस कहाँ छ पानी ?

    जरा उखेलेपछि के छ बाँकी ?
    बोक्ला कहाँ बोट र रम्य झाँकी ?
    कठोर राँको कटु– क्रूरभित्र
    भेट्ने कहाँ उन्नत शैलचित्र ?

    गल्दै गएको किन स्वाभिमान ?
    ढल्दै गएको किन वीर सान ?
    को दूत आई घर छप्छपायो ?
    यो आँत गाल्ने कुन दाँत आयो ?

    शूली चढाईकन सन्तलाई
    दिने बधाई कति चोरलाई ?
    अन्यायमा मौन बसेर हुन्न
    विवेकले दारुण यो सहन्न ।

    गली पुरानो नव – शक्ति आयो
    खोजेर सत्ता शिर चक्करायो
    जप्ला बिरालो किन मन्त्रमाला ?
    मुसा नखाई किन बाल्छ पाला ?

    अकालको काल परै भगाऊँ
    छ धूर्तको जाल सबै चुडाऊँ
    डाक्नै छ बाँकी ऋतुको बहार
    ताप्नै छ बाँकी दिनको पहार ।

    विपी र स्वतन्त्रता

    छताछुल्ल छरिएका किरणलाई
    शब्दको गोरेटो हिँडाएर
    म पानाको कुनै खोरमा
    बन्द गर्न सक्दिनँ ।
    गतिशील झर्नामा
    कति रंग र तरंगहरू छन् ?
    म तिनको परिभाषा गर्न सक्दिनँ ।
    शिखर देखेको छु
    उचाइ कति छ ?
    शिर मैले छोएको छैन ।
    नदी चट्टानसित
    ठोक्किएर पनि बगिरहेको छ
    म त रातमा निदाउँछु
    दूर सुदूर इलाका
    ऊ यात्रा कहाँ पुगेको छ ?
    म भन्न सक्दिनँ ।
    न्यानो स्पर्शमात्र छ
    चिसो रातमा कुँदिएको
    तातो सूर्य के हो ?
    म बुझ्न सक्दिनँ !
    उसको जरा
    आकाशको कुन गहिराइसम्म
    फैलिएको छ ?
    उसको किरण
    धर्तीको कुन सीमासम्म
    लम्किएको छ ?
    यन्त्र मेरो मन
    कुनै दूरवीन हुन सकेको छैन !
    फूल ! मैले गुराँस पनि देखेको छु
    गुलाफ पनि सुँघेको छु
    सयपत्रीमा पत्रपत्र कसरी थपिँदै गए ?
    माटोजस्तै मुटुमा कति शक्ति छ
    म भन्न सक्दिनँ !
    आगो शिशिरमा पनि तातै छ
    तारा औँसीमा पनि जागै छन्
    शिखरहरू हिउँ बोकेर पनि ठाडै छन्
    के हो अवरोध ?
    म बुझ्न सक्दिनँ !
    युग अतीतदेखि
    शिशिर पर्खाल नाघेर
    शाखा- प्रशाखामा वसन्त आएकै छ
    बारभित्रका मखमलीले पनि
    रंग फेरेकै छन्
    एकाबिहानै नडाकेर पनि
    कोइली आएकै छ
    खै ! रातले रोक्न सकेको स्वरलाई ?
    प्रकृति पखेटा फर्फराएकै छ !
    जीवन दुई किनाराका बाटामा
    जित्नेले खै ! कहाँ के हा~यो ?
    हार्नेले खै ! कहाँ के जित्यो ?
    दुस्साहस मेघ गर्जन किन ?
    सृष्टि- स्थितिमा
    आकाश व्याप्तिले
    धर्तीलाई आत्मसात गरिरहेको छ
    स्पर्शले माटो सुगन्धमा
    वृक्षहरू लहराएका छन्
    हृदयको गहिराइबाट उठेर
    गौरवशाली समय
    इतिहास हुँदै वर्तमान बाटामा हिँडेको छ !
    के हो उपस्थिति र अनुपस्थिति ?
    छन् भोलि भोलिका भावनाहरू अझै
    छन् अव्यक्त सम्भावनाहरू अझै
    मेरा शब्दमा ती आजै मूर्त हुन सक्दैनन्
    केस्रा- केस्रामा लुकेका
    अमर बिउहरू कति छन् ?
    ती ताराजस्तै छन्
    म गन्न सक्दिनँ !
    प्रारम्भ अन्त्यबाट भएको छ
    संकल्पका रेखा सहस्र कोरिँदै छन्
    मस्तिष्कका बल अनन्त जन्मिँदै छन्
    विश्वासका बिरूवा असंख्य उम्रिँदै छन्
    अनुमोदन / अनुशीलन फैलिँदै छ
    कलाकार सपनामा रंग पोतिरहेका छन्
    परिच्छेद परिच्छेदमा विभाजित
    ऊर्जाका असंख्य शृंखला
    सिङ्गो भूगोलको मोल कति हो ?
    म भन्न सक्दिनँ !
    तर मलाई थाहा छ
    यो क्षितिजमा जन्मने अनन्त मस्तिष्कहरू
    अनुमोदित अनुशीलनहरू
    सपना पोतिएका रंगहरू
    र, ऊर्जाका असंख्य श्रृंखलाहरू
    ऊ त्यही हो
    र, उसैबाट अनन्त उठेका छन्
    सीमाहीन सुदूर यात्रा उन्मुक्त फैलिएका छन् !!

    सत्ता

    छन्द : अनुष्टुप्

    क्रूर हुन्छ सधैँ सत्ता लास गन्दै रमाउँछ
    अन्धो यो चोर छाडेर साधुलाई समाउँछ !

    सुन्दैन कान सत्ताले जस्तै रुँदा कराउँदा
    निदाउँछ सधैँ सत्ता देशै सर्वस्व सल्कँदा !

    माथि हुन्छ सधैँ सत्ता आँखा हेर्दैन तल्तिर
    हेर्छ हेर्छ अझै माथि घुम्छ आकाश फर्फर !

    शान रवाफ हो सत्ता दास खोज्छ यताउता
    खाएर भक्तको ताली नेता बन्दछ देवता !

    अजिँगर सधैँ सत्ता गाँस निल्छ चुली चुली
    उपदेश सधैँ दिन्छ देश फेर्दैन काँचुली !

    छलछाम सधैँ सत्ता छलेर कर छाम्दछ
    खलको बल हो सत्ता सोझाको मुटु काम्दछ !

    सुन जागिर हो सत्ता सुन पैह्रेर नाच्दछ
    महँगो सरको कार देशकै हाड भाँच्दछ !

    सत्ताको दिल नै हुन्न कहाँ पग्लन्छ पत्थर ?
    आशाले पछि लागेको स्याल सन्तुष्ट के छ र ?

    चूडा सबैका मनमा उदायो

    ऊ गर्भको आसनमा डगेन
    कसेर अड्डी जगमा झरेन
    भएर अप्रेसन बल्ल आयो
    स्वभाव आफ्नो सुरुमै चिनायो ।

    पिता थिए कृष्ण बडा मनस्वी
    दिव्या थिइन् ती जननी यशस्वी
    सन्तान सच्चा शिर के लत्रिइन्थ्यो ?
    अन्यायमा मौन कहाँ रहन्थ्यो ?

    ठान्थ्यो कहाँ जीवन भोक प्यास ?
    हुन्थ्यो कहाँ भोग विलास दास ?
    स्वतन्त्रता निम्ति कतै झुकेन
    फुल्यो सधैँ ऊ दिल कक्रिएन ।

    कोर्रा उठी आँत सकेन गाल्न
    ढुङ्गो ढली माथ सकेन ढाल्न
    नङ्ग्रा उचाल्ने पशु हार खाए
    विचारका माझ उसै बिलाए ।

    गन्तव्य आफ्नै पथको पुजारी
    बस्थ्यो कहाँ बास र आस मारी ?
    करोडका माझ खुलेर नेत्र
    कोर्दै रमायो मनभावचित्र ।

    छन् काव्यमा झल्झलका प्रकाश
    केस्रा अनेकौँ मनको छ राश
    विचारमा ज्वार उभार ल्याई
    आँखा खुलायो पछिसम्मलाई ।

    उद्दण्डका दण्ड सबै गलाई
    असाध्यको रोग उसै पचाई
    प्रभात ल्याईकन रङ्ग छायो
    चूडा सबैका मनमा उदायो ।

    राजनीतिका जुवाडेहरू

    जुवाडेहरू-
    मिलेर जुवा खेल्दाखेल्दै
    सानै कुरामा सन्किन्छन्
    अलिकति निहुँमै आपसमै
    रन्किन्छन्
    रिसको पारो तातेर
    मन बुझाउन नसकी
    कोही खालबाटै बाहिरिन्छन्
    कोही मन थामेर पूर्ववत्
    उही खालमा पासा
    पल्टाइरहन्छन् !
    जुवाडेहरूको-
    कुनै अपरिचित पनि छिटै मित्र
    बन्छ
    मित्रतामा धाँजा फाट्न पनि बेर
    लाग्दैन
    मिलेका दौँतरीहरू
    छिनभरमै पानी बाराबार गर्न
    पुग्छन् !
    जुवामा –
    इमान/ जमानको कुरा हुँदैन
    लाज/ सरमको कुरा हुँदैन
    जुठो/चोखोको कुरा हुँदैन
    न्याय/ धर्मका कुरा हुँदैन !
    यस खेलमा-
    तमासेहरूको उस्तै घुइँचो लाग्छ
    जिताउरी पाउने आशामा
    घुँडा धस्छन्
    आँखा च्यात्छन्
    बाजी जित्नेको पछाडि
    पहरा नै बस्छन् !
    राजनीति !
    खेल यस्तै रहेछ
    घात/प्रतिघात
    छल/कपट
    असत्य/ बेइमानीमा
    जो अगाडि
    बाजी उसैले जित्ने रहेछ!
    नियम-
    नियम नै मिचिएको छ
    विधान-
    विधान नै थिचिएको छ
    कस्तो डरलाग्दो खेल हजुर !
    यो नशामा –
    सोझाको त दुर्दशा नै हुँदो रहेछ !
    जुवाडे –
    जसका बालबच्चा भोकै
    रोइराखून्
    विनापर्वाह ऊ उन्मत्त
    खालमा छाती पिटिरहेको हुन्छ
    त्यस्तै-
    जनता आँसुको घुट्को निलिरहून्
    कुनै वास्ता छैन
    तर जनता मन्त्रै जपेर
    स्वार्थ-साधनामा देश बाजी थाप्दै
    झेली खेल सधैँ
    नेताहरू –
    राजनीति -खेलिरहेका छन्
    राजनीति-गरिरहेका छन् !!

    सारथि : युग हाँक्ने

    छन्द : स्रग्धरा

    दिव्याको भव्य स्वप्ना उदित प्रहरको काख साकार आई
    बाबा ती कृष्णले झैँ जन-जन-जनको गर्न लाग्यो भलाइ
    फैलाई क्रूर पंजा पशु बल पदको मूढ गर्थ्यो रजाइँ
    चूडाले चूर्ण पा~यो, जटिल जहरिलो धूर्तको राइँदाइँ ।१।

    आएको गर्भबाटै हलचलसित ऊ मार्ग पक्री चिकित्सा
    भन्थिन् आमा उसै ऊ कहर पथ कहाँ हार खाला अभीप्सा ?
    मेरा यी दुग्धधारा प्रतिपल उसका रक्तका ज्वारमा छन्
    ऊ मेरै प्राणशाखा कर कुशल कला कर्म के भिन्न हुन्छन् ?२।

    कोर्रालाई गलाई उदर जलनको भोक – तिर्खा पचायो
    फाँसीको जाल बुन्ने कलुषित शठको मातलाई लता~यो
    गर्दै संकल्प सच्चा हरप्रहर प्रजातन्त्रको मन्त्र गायो
    बेथा -वैरी झुकाई अविचल तपले माथलाई उठायो ।३।

    स्वार्थी साना कुरामा समय – पल कतै व्यर्थमा क्यै नफाली
    लम्क्यो नेपालकै ऊ जय जय जयको गान सच्चा उचाली
    आँखा खोल्दा उसैले अबल अभरका दीनले दृष्टि पाए
    काँपेका रुग्णजस्ता लुगलुग मुटुमा प्राण नौला पलाए ।४।

    धावा बोल्थे अनेकौँ असुर चर गला त्रास भर्थे हजारौँ
    द्रष्टा ऊ नित्य सोच्थ्यो अविचल मनले देश केले सपारौँ !
    आस्था स्वाधीन आभा प्रमुदित दिल के गल्न सक्थ्यो र पानी ?
    योद्धाको झार्न सक्थ्यो तिमिर कर कहाँ चम्किएको जवानी ?५।

    लामो जंघार तर्दै बगर डगरका बास भेट्दा रसायो
    काया माया तिनैका अतल हृदयमा चित्र नौलो सजायो
    निर्धा ,सोझा अजानी मलिन अधरका रूपमा रंग भर्दै
    लाग्यो यात्री उकालो अधम दम कडा वज्रलाई पछार्दै ।६।

    झुप्राको ख्याल गर्दै दमित कृषकका मर्म बाधा नियाल्दै
    नेपाली जाति सोच्दै हरपल यिनकै योजना चित्र कोर्दै
    जित्दै संग्राम सारा अगलित मुटुमा आश विश्वास साँच्ने
    चूडा आँटी प्रतापी मणिमुकुट महाचेत हो राष्ट्र हाँक्ने ।७।

    सिर्जेका काव्य उस्तै प्रणय रहरिला , गर्विला , बान्किला छन्
    आफैँमा लठ्ठ पर्दै रसिक जन बडा प्रेमले स्वाद लिन्छन्
    मान्छेका भाव भित्री सर- सर -सरका शब्दका चित्रमा छन्
    वाणीका शिल्प उच्चा कलम वर कहाँ चेत निश्चेत बन्छन् ?८।

    ठूलाको धाक त्यागी असल सरल भै बाँच भन्ने सिकायो
    अन्यायी साथ लड्दै अटल शिर सधैँ साँच भन्ने सिकायो
    हैनन् खाना र नाना सकल सफलता , ज्ञान नै हो कमाइ
    भन्दै ऊ आँत फक्रयो नव-नव रसका सिर्जनामा रमाई ।९।

    कालो झण्डा हटाई टहटह जगमा दिव्य तारा सजायो
    ताराको बीच बल्ने झलझल नभको चन्द्रझैँ झल्झलायो
    लाखौँमा एक जन्मी युगपुरुष बनी कर्ममा जन्म साँच्यो
    नेता , द्रष्टा र स्रष्टा अजर – अमर भै मान अम्लान बाँच्यो ।१०।

    पाठको वर्णमाला

    छन्द : उपजाति

    यी कान मेरा कति चर्चराए
    यी हातगोडा कति झम्झमाए
    जागै बिताएँ कति रातलाई
    जलेँ, जलाएँ कति आँतलाई !

    न भोकमा स्वाद लिँदै अघाएँ
    सखार लम्की कति चक्कराएँ
    हतारमा हर्दम ताप बोकी
    कुदेँ म घन्टीसित सास रोकी !

    घोकेँ “ म राम्रो “ जुन पाठ मैले
    राम्रो म ठानूँ कुन पाठ ऐले ?
    निशान मेरो मन-ज्ञानचित्र
    छ साथमा प्राप्त प्रमाणपत्र !

    योद्धा महाभारतको बनेर
    खटेर पारेँ रण वारपार
    बिर्सिन्न मेरो प्रिय वर्णमाला
    घोकी बनाएँ अब कण्ठमाला !!

    जगत् चिडियाखाना

    छन्द : उपजाति

    पर्खालमा छन् अझ तार जाली
    छ बन्द बाटो तन छैन लाली
    चरा यहाँ छन् बिचरा बनेका
    छन् प्वाँख के भन्नु र कक्रिएका ? १।

    छन् बाघ नंग्रासित नै गलेका
    छन् सिँह उस्तै चितुवा ढलेका
    हुन् भालु वा स्याल कि वा बिराला
    हुँडार होऊन् सब छन् निराला !२।

    देखिन्न केही गजराज काज
    छ दिक्क एक्लै मनको निराज
    निष्प्राणजस्तै अझ सर्प ,गोही
    देख्लान् कहाँ सुन्दर स्वप्न केही ?३।

    हिलो र मैलो ढलको उपर्ना
    ओढेर सुत्छन् दिनरात अर्ना
    चिनिन्न गैँडा मलमा छ डल्लो
    जता दियो दृष्टि उतै छ खल्लो ! ४।

    कडा लिओस् तीर तथापि दुम्सी
    कुनातिरै लत्रिरहेछ गुम्सी
    न वानरै चंचलको छ खेल
    रच्छन् विधाता किन जालझेल ?५।

    छेवै परे दर्शक आश गर्छन्
    मुन्टो उठाई मन ताप भर्छन्
    ऋणी बनाईकन मिर्गलाई
    को खेल्न आयो जगमा रमाई ?६।

    आहालमा हाँस कता रमाऊन् !
    सफा कहाँ यी जल भेट्न पाऊन् !
    छ नाम घोडा वनपालुवाको
    हो बास कस्तो जड बालुवाको ?७।

    छ के यहाँ ? जीवन छैन सास
    अव्यक्त बाधा सब छन् उदास
    हो चेतनाको कुन यो कमाइ ?
    आनन्द कस्तो चिडिया समाई ?८।

    होला यहाँको कुन शोक बुझ्ने ?
    होला यहाँको कुन भोक बुझ्ने ?
    बोल्ने कराए अधिकार पाए
    लाटा बने यी अनि मार खाए !९।

    धिक्कारजस्तो अभिसारजस्तो
    प~यो यिनैमा किन वज्र यस्तो ?
    भेटिन्न केही अपराध कर्म
    यी मान्न आए कुन दैव धर्म ?१०।

    जन्जालको जाल बनाउने को ?
    स्वतन्त्र यी प्राण ढलाउने को ?
    उद्दण्डमा दण्ड दिलाउने को ?
    बोल्यो यहाँको अधिकारमा को ?

    वाणीपुत्र !

    छन्द : अनुष्टुप्

    बलेको स्वर्गको आगो चोरी ल्यायो धरातिर
    मायावी जाल तोडेर नाघ्यो निर्विघ्न सागर ।

    लगाई ताजको बाजी महाराणा बनी उठ्यो
    शाहजहाँ बिलौनामा प्रेमको छाल भै छुट्यो ।

    आधा आकाश धाँजामा कुंजिनी र सुलोचना
    देखेर मन भो आगो पोखियो तप्त वेदना ।

    बाघले खान लागेको बच्चा देखेर गर्जियो
    राजा ! कलम भाचूँ कि भन्दै आदेश पर्खियो ।

    निरंकुश फणा फैली निल्न खोज्थ्यो स्वतन्त्रता
    कोर्रा हान्यो उसैमाथि मान्दै मानेन दासता ।

    मुना सहरमै मैली, भोटको लेकमा उता
    पायो मदनले साथी साँच्चैको दिलदेवता ।

    तपस्वी उसका निम्ति थियो प्यारो तपोवन
    शकुन्तला कला बोक्ने चरा चिर्बिर कानन ।

    सभ्य संसार रच्नैमा बोक्यो विद्युत लेखनी
    भावव्यञ्जन ती लाग्छन् जादुका दिव्यमोहनी ।

    सफा आकाश गंगा ऊ रस झर्झरमा झ~यो
    विचार बीज रोपेर आलोक लोकमा भ~यो ।

    भाववैभवको स्रष्टा सिङ्गै संसार एक छ
    विमान मनको चढ्दै तारा केस्रा केलाउँछ ।

    बुटी पाई कुटी हाँस्छन् धन्य ! धन्य ! वसुन्धरा
    छैन कोही कहाँ भन्छन् ? रूप फुल्छन् गरा गरा ।

    वन कुसुमका माला श्रद्धाले म चढाउँछु
    भाषा संसारका सामु उसैलाई म पाउँछु ।

    दृढ शैल शिरैमाथि हिम बोकेर हाँस्दछ
    शीतैको याम होस् घाम ताप कहाँ बिलाउँछ ?

    सत्कर्म किन रित्तिन्थ्यो प्राण संसारको बल
    बल्छ जीवनको ज्योति सधैँ झल्मल झल्मल ।

    दम्भी अट्टालिका गल्दै झर्छन् अकाल गर्तमा
    वीणाकै स्वर गुन्जन्छन् सधैँ रात प्रभातमा ।

    सिङ्गाे ब्रम्हाण्डकै चित्र खिच्छ समाज दर्पण
    दीपका खोजमा हुन्छ दीपैसामु समर्पण ।

    शब्दको जग हालेर भाव सोपानमा चढी
    धर्तीमा कवि फर्कन्छन् नभको चन्द्रमा चुमी ।

    कालिदास कला यस्तै व्यास-वाल्मीकिका कला
    लेखनीमा कति जादु ! छवि –छाया थलाथला ।

    अलंकृत बनेको छ माटो यै भावले छुँदा
    वसुधामा सुधा भर्छन् स्रष्टाका दिल सर्वदा !!

    विडम्बना !

    छन्द : अनुष्टुप्

    हिमाली महिमा सुन्दा डाहा होला विचित्रको
    माटो यो बुध्दको भन्दा चर्केला कान दुष्टको
    प्रकृतिका नदीनाला ताल देख्दा रसाउला
    लुट्नलाई यिनै शान जाली जाल फिँजाउला ।

    वनपाखा झनै राम्रा फूलका बाग सुन्दर
    किन काढ्दैनथ्यो ~याल सुन्दा गह्वर गौरव
    रत्नैरत्न यही खानी, यही औषधिको घर
    तपस्वी ज्ञानको धाम, धर्मका मठमन्दिर !

    सानो भूगोल यो किन्तु इन्द्रेणी रूप उज्ज्वल
    भाषाभेष सबै राम्रा शूरता वीरता बल
    देख्दासुन्दा सबै राम्रा भित्र लोभ पलाउला
    हेर्दै समयको मौका बाज आँखा घुमाउला ।

    कला-काव्यहरू बाँचे , भाव साँचे अनन्तमा
    मेटिन्नन् यिनका रंग अझ उठ्छन् उमंगमा
    राजनीति कहाँ सुन्छ यी स्वाभिमानका कुरा ?
    अझ उध्याउँदै जान्छ मुटु टुक्र्याउने छुरा !!

    सल्काई घरमा आगो उज्यालो हुन्छ , ठान्दछ
    बोकेर काँधमा शत्रु हार्दिक मित्र मान्दछ
    सलामी वैरीको गर्दै मलामी देशको हुँदा
    सन्ततिले कहाँ टेक्लान् ? भेट्लान् के मान- सम्पदा ?

    शरद्का सिर्जनाहरू

    छन्द : अनुष्टुप्

    आयो बेला शरदऋतु यो मेघ नि:शेष छायो
    घुम्टो उघ्रेपछि रविशशी सिर्जना कल्कलायो
    तारा चम्के पलक नझुकी रोशनी काख च्यापी
    लम्के झर्ना कलकल कला शेष मैलो नराखी ।१।

    चाँदी झल्के हिमगिरि छटा झल्मलायो जुहार
    डाँडापाखा हरित लहरा ताल टल्के मुहार
    बाला लर्के लहर लहरी फाँट गम्की सुगन्ध
    यात्री यात्रा पथ पयरको बन्न लाग्यो प्रबन्ध ।२।

    वासन्तीका अपुग सपना फुल्न लागे जवानी
    गर्मी , वर्षा कटु प्रलयको मेटिँदै गो कहानी
    इन्द्रेणीमा विविध रंगले हात हाले अँगालो
    छाती अग्ले श्रमशिविरमा भास अल्प्यो तुवाँलो ।३।

    ओढ्छे आफ्नै सकल धरती स्वच्छ नीलो पछ्यौरी
    आँखा चिम्ली शिशु शयनमा कान खोज्दै छ लोरी
    आशा बोकी ऋतु लहरले भित्र डाक्यो उज्यालो
    पर्दा च्यात्ने अब तिमिरको चाँदनीको छ पालो ।४।

    यो सन्ध्यामा समर विजयी सत्यको बल्छ पाला
    रंगीचंगी कुसुमहरूको बन्छ यै भित्र माला
    बाडुल्कीमा प्रणय सुखको देश खोज्छन् विदेश
    यो मायामा कपट छलको भित्र क्यै छैन लेश ।५।

    स्रष्टा रच्छन् करकमलले रूपका रूप खानी
    फक्रेकै छन् मधुर सपना रंगका घामपानी
    मेचीकाली समय यसमै छन्द नौलो समाऊ
    भित्री भाका जनहृदयको शान्ति धारा बगाऊ ।६।

    बस्ती आफ्नै अब सकलले गर्नुपर्नेछ माया
    कुल्ची छाया पथिकहरूले उठ्नुपर्नेछ काया
    साँची राखौँ युगयुग सधैँ चेतना सिर्जनाका
    हाम्रा आभा अझ अमर हुन् भावनाका कलाका !!७।

    जुनेली रूप

    छन्द : अनुष्टुप्

    तिमी सगरमा फुल्दा फुल्छ्यौ सागरमा पनि
    सहस्रौँ तालमा फेरि देखिन्छ्यौ रूपकी धनी ।

    विम्ब यौटै तिमी किन्तु प्रतिविम्ब अहो कति !
    इन्द्रेणीभित्रका रंग तिम्रा यी कति सन्तति !!

    लाखौँ तारा तिमीलाई गर्दछन् अभिनन्दन
    गुन बिर्सन को सक्छ हे जून ! तिमी नै भन !!

    छैन सम्मानको भोक , गति चाल्छ्यौ शनै: शनै:
    पक्षका पथमै हुन्छ्यौ यौवना अनि बालिकै !!

    संसारभरिका भाषा भाव पोती सिँगार्दछन्
    सारा संसारले आफ्ना तिमीमै दृष्टि पार्छन् !!

    प्रीतमा गीत गुन्जन्छ्यौ , आस्थामा आरती तिमी
    रंगमा रूप उत्रिन्छ्यौ कहाँ छैनौ तिमी तिमी ?

    थुम्थुम्याई उता तारा शैलमाला हुँदै तल
    बस्ती बस्ती गरी गस्ती पार्छ्यौ धर्ती समुज्ज्वल !!

    औँसीको धारले रश्मि रेटिएनन् कहीँ कतै
    हुरीका साथका मेघ बिलाए ढुन्मुनाउँदै !!

    जुनेली ! सुकिलो रूप अझै साँच अनन्तमा
    म हुँ नाटकको पात्र , पर्दा लाग्दछ अन्तमा !!

    दूरकी कवितालाई

    १. कविता किन्नरी नौली गला रङ्ग रसाउँछिन्
    पात बजाउँदै बाजा छन्द बेग्लै पढाउँछिन्
    पोती मुहारमा माटो, माटो खेल्दै खुसाउँछिन्
    केलाएर यही माटो प्राणाधार जुटाउँछिन् ।

    २. पर्दा आलस्यको फ्याँकी रात ढल्दा उदाउँछिन्
    झरी बादलका भित्र श्रमचित्र सजाउँछिन्
    पिएर मूलको पानी प्यास भगाउँछिन् पर
    लेकबेँसी जहाँ काम उहीँ पुग्छिन् सरासर ।

    ३. हँसिया चालमा चल्छिन् वनपाखा चुमी चुमी
    जित्ने लोभ कतै छैन नौलो संसारमा घुमी
    छहारी हरिया खोजी कतै झकाउँछिन् – उनी
    डाली च्यापी उठी गाई–बाख्रा फकाउँछिन् – उनी ।

    ४. अल्प अल्प निदाएर तारा हेर्दै उतातिर
    पँधेरा दूरमा धाई घर पोत्छिन् निरन्तर
    अघाएर अरूलाई गाँस टिप्छिन् छ जे जति
    भेटिन्छन् कतिमा यस्ता उदार भाव–सम्पति ?

    ५. खेल्छिन् शावकका साथ गाउँछिन् यी चरीसँगै
    अल्मलिई कहाँ भुल्थिन् झुल्छिन् उल्लास, रौसमै
    छलछाम कतै छैन बोक्छिन् निश्छल भावना
    दिल आलोक के गल्थिन्, सिर्जनाकी उपासना !

    ६. झरनामा नुहाएर केशराशि सुकाउँछिन्
    शिरमा फूल स्यूरेर फूलजस्तै रसाउँछिन्
    रूप साँची बसेकी छिन् जूनजस्तै मनोहर
    पटुकीले कसेको त्यो भेष छुट्टै छ सुन्दर ।

    ७. लता हात पसारेर बोटलाई समाउँछिन्
    मीठो व्यञ्जन बोकेर मौरी मङ्गल गाउँछिन्
    घाम–छाया मिली खेल्छन् शैल साक्षी बसाउँदै
    यी हेर्छिन् जलका ऐना मन्द–मुस्कान छाउँदै ।

    ८. फूल यी सुनगाभा हुन् फुल्छिन् पर्वत कापमा
    बनेर घरकी बत्ती घाम ढोग्छिन् प्रभातमा
    पसिना प्रेमले प्यूँदै लाली ओठ खुलाउँछिन्
    के पोतून् तनमा रङ्ग, इन्द्रेणी रङ्गभित्र छिन् !

    ९. प्रकृति रङ्गमै जम्छिन् अरू क्यै छैन लेपन
    चढ्छिन्, झर्छिन् थलो आफ्नै छल्दै बाधा र उल्झन
    बोक्ला पालिस के मोल, अनमोल छ यो पन
    दूरकी कविता सम्झी लाग्यो भेट्न उतै मन ।

    चाहिन्न विज्ञापन फूललाई

    छन्द : शार्दूलविक्रीडित

    फुल्छन् बुकी फूल जहाँ छ लेक
    गुराँस छन् रंग उतै अनेक
    फैली जरा पर्वत कापभित्र
    सुनाखरी छन् रसदार पत्र ।१।

    पारी तलै कण्टक शूललाई
    गुलाफका छन् शिरका उचाइ
    यी मौन छन् दृष्टि हजार पर्छन्
    बनेर बाठा न त दम्भ गर्छन् ।२।

    जाई जुही नाम अनेक जात
    बोक्ने कुनै कल्मष छैन आँत
    छन् मृत्तिकामा कति रूपरंग
    हेरौँ यिनै दर्पण माझ ढंग ।३।

    गमक्क छन् हार्दिकले गलामा
    चढ्छन् यिनै अर्चनका थलामा
    खेलेर बाधा पथमा सिँगौरी
    जहाँ जहाँ हुन् तन चुम्छ मौरी । ४।

    पचाउँछन् शीत र तापलाई
    बचाउँछन् कोमल माथलाई
    यी हुन् कला सुन्दर विश्वभाषा
    आफैँ म भन्ने छ र तमासा ?५।

    गले कहाँ आदिम सृष्टि रूप
    आई बनाए थल कुन् कुरूप ?
    झुल्छन् जहाँ जन्म उतै रसाई
    चाहिन्न विज्ञापन फूललाई !!६।

    समय गतिशीलता !

    छन्द : अनुष्टुप्

    पानी ! पानी !! भनी कोही चिच्याईकन मर्दछ
    पानीभित्रै फसी कोही बाँच्न चीत्कार गर्दछ !
    भोकले कोही ढल्दै छन् , कति अजीर्ण भैकन
    ढल्दै छन् दुनियाँ देख्छु नाना रंगीन जीवन !

    म रुँदा शोकले अर्को हाँस्छ हर्षविभोर भै
    म हाँस्छु रुन्छ ऊ फेरि बलिन्द्र आँसु बर्सिँदै !
    समताको कुरा सुन्छु , देख्छु विषमता सबै
    यौटै समयका यात्री जान्छन् जन्त, मलाम क्वै !

    कतै निद्रा, कतै स्वप्ना, कतै छन् बिपनाहरू
    सृष्टिका रूप कस्ता यी , कस्ता यी शृंखलाहरू !
    सिड्॰गो धर्ती र आकाश खण्ड- खण्ड विभक्त छ
    घडीको सुईको गन्ती भाषासाथ अनेक छ !

    कहाँ थिच्दा कहाँ बल्छ , निभ्छ यो मनको दियो ?
    प्रश्नमा प्रश्न अल्झिन्छ के हो जीवनको मियो ?
    घामछाया घुमेका छन्, खेल खेल्छन् क्रमैसित
    मनभित्र डुबुल्केर खेल खेल्छन् सबैसित !

    पग्लिएर अझै जम्छन् अग्ला यी हिमटाकुरा
    गएर पनि फर्किन्छन् ऋतुसाथ सयौँ कुरा !
    आँखा चिम्लेपछि फेरि खोल्नलाई म सक्दिनँ
    निशाको कोखको घाम हुन कैल्यै म सक्दिनँ !!

    अब फस्नु हुन्न

    छन्द : उपजाति

    पुराण सैँयौँ जति नै लगाऊँ
    प्रदीप लाखौँ जति नै जलाऊँ
    यी हात जोरौँ जति प्रार्थनामा
    बन्ला सुधो वानर यै थलामा ?१।

    संगीत वा गीत कुनै सुनाऊँ
    खोलेर छाती जति प्रीत लाऊँ
    उल्टै डसी ढाल्दछ सर्प माथ
    पीयूष मारी विष बोक्छ साथ ।२।

    छोड्ला कहाँ बाज सिकार गर्न
    छोड्ला कहाँ बाघ र प्राण हर्न
    प्यारो सधैँ रात छ स्याललाई
    पाठो लुछी गर्छ उतै रजाइँ ।३।

    कोही हिँडेका पनि चाल पाए
    चुका तिनैका रस चुस्न आए
    दया कहाँ हुन्छ हुँडारलाई
    गर्ला र गोही कसको भलाइ ?४।

    मावै चपाए सब माकुराले
    छ भोक कस्तो अझ जाल हाले
    अत्यास लाग्दो जग के उठायो
    यता विधाता किन धर्मरायो ?५।

    छ बोट यौटै रस एक माटो
    छ फूल काँडा गुण भिन्न पाटो
    काँडा कडा जर्जर रागमा छ
    सौन्दर्यको फूल परागमा छ ।६।

    साँचेर आगो मनको कुनामा
    सेचिन्न पानी नव-आँकुरामा
    हरामको नाम हुँदैन राम
    भेट्ला र ब्वाँसो कुन दिव्यधाम ?७।

    छेक्ला सके बादल घामलाई
    पुज्ला कुनै निर्जन रातलाई
    संसार चारैतिर छैन जालो
    छ सिर्जना फाँट सधैँ उज्यालो ।८।

    छ भेल बाढी गतिमा विकार
    नकामको काम छ वारपार
    उत्ताल उल्का क्षण छैन बास
    छोयो जहाँ जीवन झन् उदास ।९।

    * ****
    मान्छे कुनै वानर सर्प हैन
    मान्छे कुनै बाज र बाघ हैन
    न हो कुनै स्याल , जुका रजाइँ
    न दाँतको हो विषको लडाइँ ।१०।

    आमा चपाई किन बन्छ भार
    बन्दैन काँडा रस पुष्पहार
    आगो बनी दन्दन दन्किँदैन
    ब्वाँसो बनी मानव सन्किँदैन ।११।

    यो मेघ, बाढी किन पुज्छ रात ?
    छ खोज नौलौ युगको प्रभात
    यी हात उठ्दा नव- सिर्जनामा
    अनन्त यो पु्ग्दछ निर्जरामा ।१२।

    उमार्न हो मार्न हुँदैन खेत
    उभार हो भार कहाँ छ चेत ?
    उत्थानको तान लगाउनै छ
    अकालको काल भगाउनै छ ।१३।

    विचारमा जर्जर हुन्न माली
    कहाँ छ होचो शिर यो हिमाली ?
    संग्रामले भो अब डस्नु हुन्न
    फसे जहाँ जो अब फस्नु हुन्न ।१४।

    अर्थ/ अनर्थ

    छन्द : अनुष्टुप्

    छिटै अमर मर्नाले अशोक शोकमा प~यो
    आरोग्य रोगले गल्दा अभय भयले ढल्यो ।

    कुमारी गर्भकी भारी पति कुमार छन् घरै
    मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।

    रमिता दिनहुँ काम गर्दा गर्दै गली सकी
    निर्जला जलमा डुब्दै आँखा चिम्ली चली सकी ।

    इयरफोनले मात्र कर्णले कान सुन्दछ
    लठ्ठी समाउने गुम्दा हस्तको झन् बेहाल छ ।

    निर्मल मल छर्दै छ खेतबारी सबैतिर
    बुद्धभक्त खसी काटी लिन्छ पैसा निरन्तर ।

    नेत्र खोज्छ उता चस्मा पढ्न लेख्न बस्यो भने
    बलवीर कति दुब्लो बिचरा छ पिलन्धरे ।

    दाताराम छ त्यो लोभी दयाराम छ निष्ठुर
    माया र ममता हान्छन् हतियार परस्पर ।

    शीतल घामले गर्दा घामजस्तै बनी सक्यो
    रुँदा चिच्याउँदा शान्ति नूर पूरै गिरी सक्यो ।

    प्रदीप दीप सल्काई अन्धकार भगाउँछ
    कर्मवीर सबै काम अर्कालाई लगाउँछ ।

    रूपमा गोलको थुप्रो नाम पाइछ सुन्दरी
    निशामा दरिई अर्की बिचरी रूपकी परी ।

    वसन्त सन्त भेटिन्न वज्रजस्तै कठोर छ
    भेटिन्न जयमा जीत हारको मात्र हार छ ।

    छैन सौरभमा बास्ना छैन गौरवमा कला
    कलामा नै कहाँ होला मनै लठ्याउने गला !

    किन यो नाममा गर्व ? कर्म मेसो कतातिर ?
    कर्महीन कहाँ बन्छु म धाम मठमन्दिर ?

    बिरालाहरु

    क)तातो दूधले
    थुतुनो पोलेर रन्थनिएका
    चोर बिरालाहरु
    मही पनि फुकेर मात्र खान्छन् ।

    ख)झोक्रिएका बिरालाहरुलाई
    मुसा नखाने
    व्रत बसेको ठान्नु
    माहाभुल हुनेछ ।

    ग) आन्द्रा निकालेर
    आन्द्रा नै भर्न पल्केका
    खुनी बिरालाहरु
    आफ्नै जातिका
    प्रण पनि उडाउँछन् ।

    घ)बिरालाहरु
    घर– घरका भान्छामा
    स्वाद फेर्दै
    धुरी चढेर निद्रा पु–याउँछन् ।

    ङ)बिरालाहरु
    अनायास बाटो काट्दै
    बटुवाका मनमा
    शङ्काका विउ रोप्छन् ।

    प्रलय-पथ

    छन्द : अनुष्टुप्

    आँतमा दाँत बोकेका डुल्छन् जल्हाद लस्कर
    यिनैका चालले गर्दा बनाए डरको घर !

    तिखा छन् हातका नंग्रा तीर बोकी रमाउँछन्
    आगोझैँ मन भै तातो फूललाई समाउँछन् ।

    खडेरी पल्टियो कस्तो विचार , सिर्जनातिर
    स्वयम् घोषित यी योद्धा छन् कस्ता दिल जर्जर !!

    ईर्ष्यालु मनमा कालो कालकै हुन्छ चिन्तन
    मट्टयाड्॰ग्रो पोलिँदा माटो बने जीवन नै वन !

    हिमाली रूप छन् फुड्० पोतिँदा रक्त रंगले
    रुग्ण छन् बुटीका पाखा कुल्चिँदा बुटबूटले !

    चाँदनी रूप अम्लान घना बादलले लुट्यो
    हानी आलोकमा कोर्रा रात आँखातिरै बस्यो !

    म हाँसूँ कसरी आज खस्दा शृंगार माधुरी ?
    म रोऊँ कसरी आज रित्तिँदा अश्रुनिर्झरी ?

    भावनाका चरी फस्छन् कति झल्लरी जालमा
    आँखाका दृष्टिमा पर्दा कति लाग्छन् अकालमा !!

    भाषा यो मनको बोली बुझ्छ को आज बासमा ?
    आततायीहरू चढ्छन् सोपान मस्त शानमा ।

    वेदना वेदना पग्ली बने अस्मेल सागर
    धड्किएको हिया छाम्दा किन पाइन्न उत्तर ?

    ननिभ्ने भुसको आगो भित्रभित्रै छ दन्दनी
    अझ त्यै खोस्रिँदै ताप्छन् सत्ता शासनका धनी !

    परदेश बने मेरा जन्मका घर आँगन
    प्यादा लगाउँदै हाँस्छन् हाड घोटेर चन्दन ।

    अझै फूल कति झर्लान्, शूल उठ्ला अझै कति !
    मान्छे रित्तै कति होलान् चोरिँदा भाव- सम्पति !!

    म न्यानो घाम कल्पेर हेर्छु आकाश पूर्वको
    प्रतीक्षा अनिँदो आँखा दाह्रा लामो छ रातको

    प्यारो छ नेपाल यो

    छन्द : शार्दूलविक्रीडित

    छानो भव्य हिमालको छ सुकिलो छन् टल्किने चाँदनी
    पोत्छन् हर्दम स्वच्छ धार जलले छाँगा परी मोहिनी
    आभा दिव्य कहाँ छ तुल्य भवमा स्रष्टा कला शिल्पको
    यात्री अन्तरचेतका चरणमा प्यारो छ नेपाल यो ।१।

    नानी तुल्य छ रूपमा मृदुल यो मोती छ यो मोलमा
    तारा तुल्य छ ज्योतिमा कुसुमको हो बाग भूगोलमा
    बाढी मत्त उठी कुनै लहरले तानेर तानिन्न यो
    आस्थाको छ विशाल भाव जगमा प्यारो छ नेपाल यो ।२।

    डाँफे रंग तरंग ताल कति छन् , छन् गीतका किन्नरी
    ल्याई घाम सजाउने हृदयमा छन् दूधका पोखरी
    चोखो मूल अनन्त कल्कल कला सुक्दैन , लुक्दैन यो
    यात्री सागर ज्वारको , लहरको प्यारो छ नेपाल यो ।३।

    हिँसा , मार र काटका छल यहाँ आफैँ गली ढल्दछन्
    सच्चा देव दया यतै मनुजका छाती खुली बल्दछन्
    होला रात प्रभात- काल नहुँदा अन्योल क्यै त्रासको
    न्यानो घाम उदाउँदा जगतकै प्यारो छ नेपाल यो ।४।

    भो ! भो ! हेर्न कदापि सक्दिनँ कतै संग्राम यो ग्रामको
    भो ! भो ! सुन्न कदापि सक्दिनँ कतै दुर्नाम यो धामको
    उम्लेका मनका कुनै जहरले डामेर झर्दैन यो
    यै लाखौँ बुटीको अपार थल हो प्यारो छ नेपाल यो ।५।

    आँखा, नाक , गला, कला फरक छन् – राम्रो भयो सृष्टि यो
    पेसा , भेष , छटा थला फरक छन् – शृंगारले चम्किलो
    नेपाली थर-जात हो सकलको सम्मान सद्- भावको
    गुम्बा , मस्जिद भेद छैन मठमा प्यारो छ नेपाल यो ।६।

    होलान् बास सुदूर पूर्वतिर क्यै , होलान् कुनै उत्तर
    होलान् पश्चिममा र दक्षिण कुनै , हो मृत्तिका यै भर
    मिल्दा आपसमा कला सकलका नौलो छ यो रूपको
    माली हात चलाउँने जतनमा प्यारो छ नेपाल यो ।७।

    त्यागी पूर्वजका अदम्य बलका सत्कर्मका पाखुरा
    जस्तै बन्न सके उदार मनका फुल्छन् यिनै टाकुरा
    तापैताप फलाउने असुरको माटो कुनै हैन यो
    ज्ञानी ज्ञान सजाउने रहरमा प्यारो छ नेपाल यो ।८।

    जन्मे जीवन ज्योतिमा प्रबल भै सत्-काव्यका साधक
    जन्मे वीर यतै यसै प्रकृतिमा जन्मे महानायक
    माटो रंग फुलाउने हृदयमा साँच्चै कलाकार हो
    उच्चा उर्वर प्राणका नजरमा प्यारो छ नेपाल यो ।९।

    प्यारा सन्तति दूरका रहर क्यै मेट्दै फिरून् द्वारमा
    बत्ती स्वागतका निमित्त उनकै बल्नेछ संघारमा
    चोथो हैन यहाँ कथा कहरको खाँचो छ उत्सर्गको
    लाग्ने सिर्जन मार्गमा अकलको प्यारो छ नेपाल यो । १०।

    मेरा माटाका विम्बहरू

    छन्द : मन्दाक्रान्ता

    अग्ला अग्ला गिरिवर जहाँ व्योममा माथ चढ्छन्
    छाँगा सेता झरझर जहाँ बैँसका चाल चल्छन्
    काखी च्याप्छन् हरपल जहाँ लेक लालीगुराँस
    चल्ने हावा मलय छ जहाँ बोक्छ मीठो सुवास ।१।

    इन्द्रेणीका कुसुम धनुमा रंगका छन् मिलाप
    ओर्ली ओर्ली दिनकर जहाँ तालमा मेट्छ ताप
    ऐना बन्दै जल लहरले चित्र खिच्छन् अपार
    लाखौँ तारा -गणसित मिली लोक खुल्छन् मुहार ।२।

    नाच्ने खेल्ने हरिण पद छन् , कोयली छन् गलाका
    डाँफे साथै मुजुर तन छन् रंग भर्ने थलाका
    शिल्पी चोखा सृजन करले प्राण भर्छन् कलामा
    पाला बल्छन् झलझल जहाँ ध्यान हुन्छन् शिलामा ।३।

    मौरीलाई रसतिर खिची भाव उल्लास छाई
    पार्छन् बग्दै नहर र कुला उर्वरा फाँटलाई
    छन् यात्रीका जलन पथमा स्निग्ध छाया अपार
    तिर्खा मेट्ने नजिक नजिकै मूल छन् प्राण सार ।४।

    सर्दै सर्दै मृदुल लहरा च्याप्प हाल्छन् अँगालो
    कुर्ली कुर्ली ढुकुर दिलका प्रेम चढ्छन् उकालो
    माया गाँस्ने तरुण वयका पातका छन् सुसेली
    भेट्दा साट्छन् मधुर सपना गीतमा कण्ठ घोली ।५।

    सारंगीका सुर लहरमा लोकले थप्छ लोली
    मेला भेला रनवन जहाँ मादले खान्छ ताली
    भाषा मीठा लवज रसिला मान मुस्कान रेली
    आई खेल्छन् सरर मुरली बाँसुरीमा सुरेली ।६।

    खोला बाटा फनफन जहाँ चित्र छन् नागबेली
    खेल्दै छाया -छविसित जहाँ लठ्ठिँदा छन् परेली
    चढ्छन् झर्छन् प्रतिपल जहाँ पाइला लेक बेँसी
    हुन् माटाका अटल भर यी स्वप्न छैनन् विलासी ।७।

    सड्०लो धारा कलकल जहाँ खोज्छ नौलो जवान
    अर्पे सच्चा बल सबलले बल्छ तारा समान
    माली बन्दा नरम करले दूर छैनन् पराग
    कस्तूरीझैँ विचलित बने भागमा छन् अभाग ।८।

    सुन्गाभाका अनुपम कला फुल्दछन् बारबार
    अग्लो छाती विकट पथमै सृष्टिको बोक्छ भार
    ढाक्दै जाओस् जति तिमिरले स्वच्छ आकाशलाई
    भर्छन् ज्योत्स्ना टहटह बनी जून एक्लै उदाई ।९।

    बोक्ला ज्वाला कति समयले उग्र उत्पात छाई ?
    थाम्ला बाढी कति समयले छाल उल्का उठाई ?
    पर्खी हेर्दा लुरुलुरु कुना पस्दछन् यी रजाइँ
    के रोक्ला खै ! शिशिर ऋतुले फक्रने पुष्पलाई ?१०।

    फन्को मार्दै गगन तलका देशका देश हेरौँ
    भेटी नौला जल थल सबै विश्वलाई निहारौँ
    फर्केजस्तै विहग वनमै फुर्फुराएर खेल्न
    फर्कौँ हामी मन र मुटुको मृत्तिका चप्प चुम्न ।११।

    असहमति

    तिम्राझैँ भ्रमको खेती गर्दै
    म हिँड्न सक्दिनँ ।
    दम्भले मुठ्ठी उठाउँदै
    हड्डीका हबेलीमाथि
    मुस्काउन सक्दिनँ ।
    रगत लत्पतिएका हातहरूले
    परेवा समाउँदै
    शान्तिको गीत गाउन सक्दिनँ ।
    म त वेदनाले छिटै पग्लिन्छु
    तिमीले झैँ
    लासहरूका संख्या गन्दै
    पराक्रमी – जीवनवृत्त- लेख्न सक्दिनँ ।
    बलि र अझ
    नरबलि दिने राजाहरूलाई
    तिमी उदार बलिराजाहरूलाई झैँ
    गुरू मान्छौ
    म मेरो माटामा उम्रिएका
    कोमल फूलहरू
    तिनका पाउमा चढाउन सक्दिनँ ।
    कलम उठाउन सक्छु
    बन्दुक उठाउन सक्दिनँ ।
    चकजस्तै घोटिने म
    कालोपाटीलाई कालो भन्दै
    फुटाउन सक्दिनँ ।
    अँहँ ! आँखा घोच्न सक्दिनँ !
    म किताब र कापी च्यात्न सक्दिनँ ।
    मठमन्दिरका पाला ढाल्न सक्दिनँ ।
    बमगोलाहरू बोक्न सक्दिनँ ।
    आँसुलाई
    पानीझैँ सस्तो ठान्न सक्दिनँ ।
    रगतका तालहरूमा
    पौडिन सक्दिनँ ।
    तिमीले
    मानव र मानवबस्तीलाई
    भेडाका बथान र गोठहरूमा
    हेरेझैँ
    कदापि हेर्न सक्दिनँ ।
    तिमी
    चार पाउले दौडिरहेका छौ
    दुई पाउले हिँडिरहेको छु
    तिम्रो र मेरो
    यात्राको प्रकृति नै फरक छ ।
    तिम्रो यस्तो गतिलाई
    म प्रगति त
    कदापि भन्न सक्दिनँ
    एउटै गन्तव्य त
    झनै असम्भव !
    काँधमा काँध मिलाउँदै
    अँहँ ! म तिमीसित
    कदापि हिड्न सक्दिनँ !
    कदापि हिँड्न सक्दिनँ !!

     Reference

    https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/ 
    https://easyayurveds.com/ayurvedic-treatment-of-migraines-and-headache/

    Medicinal Plants for skin Burns

    Medicinal Plants for Hair Health

     Medicinal Plants for Wound Healing

    30 Medicinal Herbs For your Home

     Medicinal Plants for Skin Beauty

    50 Medicinal Plants for Inflammation

    50 Medicinal Plants Used as Spices In Nepal

     50 Medicinal Plants Commonly Used as Herbal Tea

     Medicinal Herbs: 35 Vegetable Foods For Better Sex Drive

     Medicinal Herbs Plants of Far-west Nepal

    Medicinal Plants for Penis Size Enlargement

     Medicinal Plants Found in Terai Region of Nepal

     Medicinal Plants of Your Home: Benefits and Uses

     Medicinal Plants of Koshi Province Nepal

     Medicinal Plants Found in Himalayan Region of Nepal

    Medicinal Plants for Skin diseases

    Medicinal Plants for High Blood Pressure

     Medicinal Plants for Cough

     Medicinal Plants for Piles and hemorrhoids

    Medicinal Plants For Diabetes (High Blood Sugar)

     Medicinal Pants For Itching Skin

     Nepali Medicinal Plants For Teeth Health

     Medicinal Plants Lists Which Enhance Sexual Health

     Six medicinal plants For Erectile Dysfunction

     Best Medicinal Plants for Boosting Sexual Health Worldwide

     Endangered Medicinal Plants Of Nepal

    MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL

    Medicinal Plants Lists For postpartum Periods Sutkeri ko Ausedhi or Masalaa - सुत्केरी को औसधि - सुत्केरी को मसला

     50 Medicinal Plants of Nepal Highly Liked by Chinese People

    Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications

     35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness

    100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.

    Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer

    Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally

     Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication


     Nepali Lyrics and Chords of Pramod Kharel’s Top Songs

     Melina Rai's Songs lyrics and Chords

     Famous songs Lyrics and chords of Suzeena Shrestha

     Trishna Gurung”s Top Songs Lyrics and Chords

     Rachana Dahal Song's lyrics and Chords

     VTEN All Famous Songs Lyrics

     Top Songs Lyrics and Chords of Rajesh Payal Rai

    Shashwot Khadka Songs Lyrics and Chords

    Samir Shrestha's Top Songs Lyrics And Chords

     Bartika Eam Rai Top Songs Lyrics & Chords

    Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta

     Oshin Karki's Nepali Songs Lyrics And Chords

    All Songs Lyrics Of Wangden Sherpa

     Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु

     Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords

    Top 10 Ankita Pun Songs with Lyrics and Chords

    Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords

     Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site


    Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु

     Beautiful Poems of Bimala Tumkhewa

     Best Poems of Bhim Birag. भिम बिरागका कबिताहरु

    Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु

     Some Nepali poem Of Chakrapani Chalise चक्रपाणी चालिसेका कबिताहरु

     Famous Nepali Poem Of Ishwar Ballav

    Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु

    Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु

    Famous 10 Poem Of Siddhicharan Shrestha

     Some Nepali Poem of Parijat

    Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु

     Famous Poem of Bijay Malla बिजय मल्लका केही कबिताहरु

     How to Write Chhanda Mukta Kabita (free Verse Poem ) with 20 Poem Example

     100 New Nepali Haiku For Haiku Lover

    100 Nepali Famous Haiku Poem In Nepali

    Arjun Parajuli ka Nepali Kabitaharu

     Nepali Poem Collection Of Tanka Subba Sambahamphe

     History Of Nepali Poem And Some Ultra Modern Nepali Poem 

    Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु 

    Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु 

    Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु 

    25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु 

    Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु

    Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु

    Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु

    10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota 

    Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali 

    11 types of poetry with Beautiful Short Nepali Poem 

    Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide

    The history of Nepali Poem And famous poets of Nepal