Kishor Pahadi was born as Kishoreman
Shrestha on December 9, 1956, in The Year 2013 B.S. He is one of the most
renowned Nepali writers, directors, and actors. In these four decades, he has
contributed to Nepali literature in the genres of stories, poetry, and
children's literature. His works are famous for their social reality, depth,
and emotional touch, thus finding a place in the hearts of his readers and
critics alike.
Pahadi's writing career started in earnest
in 2028 BS with the serialization in the newspaper "Naya Sandesh" of
his story "Ma Ke Jawaf Dium". His first collection of stories,
"Bachnu Ra Bacheka Haru", was published in 2037 BS and marked the
beginning of a very prolific career which has produced over a dozen books. The
literature that gives him the greatest recognition among Nepali readers
includes "Vishu Dai" (2045 B.S.), "Mugdha Symphony" (2070
B.S.), and his latest collection "Roja Kathaharu" (2075 B.S.), the
latter receiving a positive response from the readers and critics alike.
Apart from writing, Pahadi is one of the
founding members of Sarvanam, a literary organization, and he is currently
serving as the director of Shabdpath. His multi-skilled personality makes him
an actor and director in Nepali arts as well.
Pahadi has been awarded many prizes for his
works, namely Common Prize-2045 B.S., Mainali Prize-2063 B.S., and Yuvavarsh
Moti Prize-2048 B.S. He was also awarded the Balakrishna Sam National Talent
Award-2059 B.S. for drama and Pahalmansinh Swar Smriti Sahitya Pratibha
Samman-2061 B.S. for his contributions. His accolades speak volumes about the
expanse and value of his work across various fields of literature and
aesthetics.
He is a recurring voice in Nepali
literature and resides in Ofaldol, Lalitpur Pahadi. The multidimensional facets
of his personality and obligations have been aptly managed, and the fervor of
narrating tales still remains with him, which has kept him writing all these
years. This reflects back in the long list of his publications, starting from
"Ghar Khandahar" in 2037 B.S. to "Katha-Kon" in 2043 B.S.
to "Owner of that Floor" in 2059 B.S.
Despite his involvements in all these
creative fields, Pahadi identifies primarily as a storyteller. And it is from
social realism that his stories draw their strength-so minute, yet so vital
aspects of society. He believes in writing for the liberation of the society
from its distortions and inconsistencies, upholding human values, independence,
recognition, and self-respect.
Furthermore, his literary influence is
increased by involvement in various literary initiatives. He participated in
the Street Poetry Revolution and led Kathakon Writing Campaign-2043 BS. He
edited "Pen Lovers in Nepal," a special issue on literary news.
At 62, Pahadi still writes with much care
and devotion. He loves doing covers on YouTube as a hobby that started when he
was still an engineering student. He intends to publish more anthologies of
stories and short stories since he has always been into literature.
Kishor Pahadi stands out in Nepali
literature and has a multidimensional artistic career, making him an important
and respected figure in the Nepalese cultural scene. His works continue to
inspire and resonate with readers to this day, thus sealing his legacy in the
world of Nepali storytelling.
अन्धकारदेखिँदैन सेतो हुँदै गएको मेरो कपाल, चर्किँदै गएको भित्ता आफ्नो घरको, देखिँदैन क्यालेन्डर पनि दिनगन्तीको- घट्दै गएको । न त देखिन्छ छिमेकीका आँसुका छिर्काहरू । बरु फूलहरू कल्पनामा सजाउन पाइन्छ, बरु रहरहरू सपनामा दौडाउन पाइन्छ, रात त्यसैले प्रिय लाग्छ, आँखा चिम्लेर छामिरहुँ -निष्पट्ट कालो रात । |
दशैं प्रतीक्षाउभिरहेको जाडोसँग ढोका ढकढक गर्दै कान्छी औंला समातेर जाडोको उभिएको छ दशैँ प्रतीक्षारत । प्रतीक्षारत छ — बाढी र पहिरोको गाउँ “ कहिले आउँछ दशैं पिङ बनेर र खेल्छ — चचहै ! यता शहरतिर प्रतीक्षारत बाबुआमा एक्लो हुनु थाहा छ — रातो पार्दैैनन् कहिल्यै क्यालेण्डरमा दशैँ । छोरी ! यसपालि पनि विजयादशमीको दिन भाइबर खोलेर तेरो आवाजलाई नै टीका लगाइने भइयो — यसपालि पनि । |
म तिमीलाई माया गर्छुयुद्धको बेला सबै मान्छेलाई बन्दुक समाउन लगाउनु पर्छ, युद्धको बेला सबै मान्छेलाई तरवार भिर्न लगाउनु पर्छ, युद्धको बेला सबै मान्छेलाई युद्धको सुरसार गर्न लगाउनु पर्छ | तर म तिमीलाई बन्दुक हैन, फूलको गुच्छा समाउन लगाउनेवाला छु | युद्धमा तरवार हैन, म तिमीलाई चन्द्र र तारा भिर्न लगाउनेवाला छु | म तिमीलाई युद्धको सुरसार हैन, सेतो परेवालाई म्वाई खान लगाउनेवाला छु | - किनभने म तिमीलाई माया गर्छु | म तिमीलाई माया गर्छु | त्यसैले बिन्ती छ ! तिमीले समाएको त्यो आगोको मुस्लोलाई आफ्नो हत्केलाको भाग्यरेखामा डुबाएर निभाइदेऊ | तिम्रो हात पोल्ला, तिमीले निम्त्याएको ज्वालामुखीलाई आँसुको बागमती खन्याएर साम्य पारिदेऊ | सडकमा कमिलाहरू हिंडीरहेछन्, त्यसलाई नकुल्च - अलि छेउ लागेर आफ्नो घोडालाई लैजाऊ | नदीमा माछाहरू पौडिरहेछन्, त्यसलाई नकिच - सुस्तरी आफ्नो डुङ्गालाई खियाऊ | डुङ्गा र घोडा त धृतराष्ट हुन् - तिनीहरूका आँखा हुँदैनन् | डुङ्गा र घोडाका आँखा हुँदैनन्, तर कमिला र माछाका त हुन्छन् आँखा | आँखा - कृष्णको आँखा आँखा - जिसस क्राइष्टको आँखा आँखा - गौतम बुद्धको आँखा आँखा - पैगम्बर मोहम्मदको आँखा ख ब र दा र युद्धको बेला तिमी ती आँखाहरू फोड्न पाउँदैनौ, युद्धमा कसैलाई निसहारा बोकाएर मार्न पाउँदैनौ, जीवन दिन सक्दैनौ भने तिमी जीवन लिन पनि सक्दैनौ, आफ्नो घोडा र डुङ्गालाई होशियारीका साथ हाँक | - युद्धमा फूल फुल्दैन, बारुद हाँसेको हुन्छ - युद्धमा परेवा हुँदैन, गिद्ध बिउँझेको हुन्छ म तिमीलाई फूलको गुच्छा दिनेवाला छु म तिमीलाई सेतो परेवालाई म्वाई खान लगाउनेवाला छु -किनभने म तिमीलाई माया गर्छु |
प्रजातन्त्र मेरो देशलाईआकाशमा ताराहरू छन्, धरतीमा किन छैन ? भएको भए खल्तीभरि तिनै ताराहरू लिएर जान हुन्थ्यो, अफिसबाट घरमा ती साना छोराछोरीलाई एकेकोटा बाँड्न हुन्थ्यो, र भन्न हुन्थ्यो— “यो प्रजातन्त्र हो— ल, उपभोग गर ।” छोराछोरीले ती ताराहरू के गर्दा हुन् ? छोराछोरीले प्रजातन्त्रलाई के गर्दा हुन् ? — बगैँचाको फूल ठानेर कपालमा सिउरिँदा हुन् कि ? — काँचका गुच्चा ठानेर औँलामा राखी खेल्दा हुन् कि ? या त दुधिलो चकलेट ठानेर मुखमा राखी मर्याङमर्याङ टोक्दा हुन् कि ? — हावाको भकुन्डो ठानेर कि नभए त्यसैलाई लात्तीले हानी मिल्काउँदा हुन् कि ? म बुइँगलमा छु, उनीहरू तल आँगनमा छन् । नत्र म तिनीहरूलाई भन्ने थिएँ— “बाबूहो। यसो नगर, बरु, सबैले आ–आफ्नो तारा एकै ठाउँमा बटुलेर राख — त्यसले कमसेकम हाम्रोघर त उज्यालो होला ।” |
श्रीमतीको अवस्थामाबट्टाबाट चियाको चिया झिकेर हालेछु तरकारीमा मसला पो भनी ठानेछु । समात्दा समात्दै चिप्लेर कचौरा टाङ्ग्राङ्ग खसेछ भुईँमा पोखियो चारै तिर चरारर…. । आलु काटेको किन आकार भिन्दै छ ? आलु सँच्चिकै आलु भएछ – तेलमा हालुँ कि नहालुँ भएछ । दालमा पानी हाल्ने ? कि पानी मा दाल ? तरकारीमा नुन कती हाल्ने ? यो खोर्सानीको धुलो हो कि बेसारको जिराको कि धनीयाँको ? तिमी बिरामी हुँदा पसेको छु भान्छामा, कहाँदेखि शुरु गर्ने – यो नियमित काम तिम्रो ? स्वाद पुगेन भन्न सजिलो नुनु धेरै भयो भन्न सजिलो स्वाद र नुन राख्न नै गाह्रो भईरहेछ भाँडोमा । सिसीबाट नुनको नुन झिकेर हालेछु चियामा चिनी पो भनी ठानेछु । |
प्रेमजब जब पानी पर्छ म तिमीलाई सम्झन्छु तिम्रो सुन्दर केश राशीबाट झर्दै गरेका थोपाहरू मोतीका र बग्दै गरेको नदी झैँ । जब जब रात पर्छ म तिमीलाई देख्दछु आउँदै विस्तारै अँधेरोबाट छाया विनाका तिम्रा ओठहरू केस्रा केस्रा फूलका पत्र पत्र झैं । एक मध्यान्तर पश्चात् बाँकी छौ तिमी अब केही एसएमएसभित्र छौ तिमी मुस्काउँदै गरेको सम्झनाको ईनबक्सभित्र एस्एम्एस् र ईनबक्समा डिलेट बटनको खोजी गर्दै तिमी रहेको बेला समुद्र किनार बालुवामा कोरिएको नाम झैँ यता तिमी मेटिएका छौ एक छालद्वारा मेरो हृदयको क्यानभासभित्र । र फेरि म आफ्नो रित्तो हृदय लिएर सूर्योदय र सूर्यास्तका क्षणहरूसँगै आज निस्केको छु तिम्रो मुस्कानको खोजीमा । तर अचेल मलाई किन हो किन प्रेम घृणाभन्दा पनि बढी त्रासद लागिरहेको छ । |
मेरो छोरो पनि ठुलो मान्छे भएछवर्ष चौबीसको, गहुँ गोरो, च्यूँडोमा सानो खत भएको, दुब्लो दुब्लो, चुरोट नखाने, रक्सी नखाने, अविवाहित, घण्टाघर नजिकैको कलेजमा आई.ए. बी. ए. कुन्नि के जाति पढ्ने अग्लो अग्लो एक जना मेरो छोरो — धेरै बाठो, यो काठमाडौंमा कहाँ बस्छ खोई ? — म उसलाई खोज्न आएको । म उसलाई खोज्न आएको — गाउँबाट उसको बाबु एक्लो एक्लो, भौतारिँदै यता खोज्दै— उता खोज्दै । मेरो छोरो— साह्रै सोझो , साह्रै कंचन, बोल्न ओर्न बिघ्न बाठो, जताततै अगाडि लाग्ने, अलि रिसाहा — उद्दण्ड बानी , धेरै पढ्ने, धेरै लेखने, भावुक भावुक मेरो छोरो यो काठमाडौंमा कहाँ डेरा गरी बस्छ ? —म उसलाई खोज्न आएको —उसको बाबु । म उसको बाबु — उसलाई अलिकति चामल लेराइदिएको (भात पकाई खाला ), उसलाई अलिकति गुन्द्रुक लेराइदिएको (च्वास्स अचार बनाउला ), पाखो बारी बेचेर उसलाई अलिकति खर्च लेराइदिएको (अभावले नपिरोल्ला ), उसकी आमाले बारीमा फलाएको नासपाती लेराइदिएको (खाजा बनाउला ), उसलाई यी सब माया सदभावनाका पोकाहरू बुझाउन आएको — —यो शहरमा कहाँ बसेको छ खोइ मेरो छोरो ? तर हरे ! जूलुसको माला लगाएर आगोमा लडीबुडी खेल्दै हिँडेको सारा नेपालले देखेको रहेछ उसलाई नीडर छातीमा गोली थापेको हाँस्दै हाँस्दै अय्या… भनेको साथीहरूले देखेका रहेछन् उसलाई , रगतको आहालमा डुबेर निसास्सिएको छटपटिएको वरपर सबैले देखेका रहेछन् उसलाई , र अहिले म रमा गृहको सूचना पाटीमा टाँसिएको उसको भव्य अनुहार देखिरहेको छु , —आहा ! मेरो छोरो पनि ठुलो मान्छे भएछ । |
योजनाआफ्नो मनका केही दुःखहरु पोल्टोमा बाँधेर आऊ हामी आगो समाऔँ आगोले बोल्ला हत्केलाको भाग्यरेखा आऊ हामी घाम समाऔँ घामले डढाउला हत्केलाको आयुरेखा आऊ हामी हतियार समाऔँ हतियार समाएर अब छिया छिया पार्न थाल्छौ रहरका शिकारहरुलाई निर्द्वन्द भालेहरु बास्न थाल्छन आलीमा उभेर सन्नाटालाई चिरेर जब कराउन थाल्छन् झयाउँकिरीहरु सगोल आँधी आत्तिन थाल्छ, – विश्वास आज कुनै कठघरामा उभिन सक्दैन – मोहमायाको तगारो कुनै प्रवेशद्वारमा तेर्सिन सक्दैन आऊ हामी आगो समाऔँ घाम समाऔँ र हतियार समाऔँ आज इच्छाहरु जुर्मुराएका छन् । |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal