Explore Geeta Tripathee's captivating poetry collection, resonating with profound emotions and insightful reflections, a testament to her literary brilliance.
Geeta Tripathee's poetry collection stands as a testament to
her profound insight into the human condition and her mastery of language. From
the poignant verses of "Thunga: Vanfoolka" to the soul-stirring
imagery of "Cruel Walls," each poem in her repertoire resonates with
emotion and authenticity. With themes ranging from love and nature to societal
injustice and existential ponderings, Tripathee's poetry captivates readers
with its lyrical beauty and profound depth. Her ability to evoke powerful
emotions through her verses has earned her a revered place among contemporary
poets, solidifying her position as a literary luminary in Nepali literature.
Geeta Tripathee, born on June 28, 1972, in Barbandi,
Kharelthok, Kavrepalanchok district, is a prominent figure in Nepali
literature. From her humble beginnings in the serene landscapes of Nepal, Geeta
embarked on a literary odyssey that would leave an indelible mark on the Nepali
literary landscape. Her parents, Vedaraj and Ramadevi Thaplia, provided her
with a nurturing environment that fostered her love for literature and
creativity from an early age.
Education and
Early Influences
Geeta's literary journey began under the tutelage of her
father, who introduced her to the world of words at the tender age of three.
Growing up in Barbandi, surrounded by the natural beauty of the Nepali
mountains, Geeta developed a deep appreciation for her cultural heritage and
the richness of Nepali literature. Her formal education commenced at the age of
five, and she continued to excel academically, eventually earning a degree in
Nepali literature from Tribhuvan University.
Professional
Engagements
Geeta Tripathee's professional career has been as
illustrious as her literary pursuits. She embarked on her teaching career as an
Assistant Professor at British Gorkha College, Bansbari, Kathmandu, in 2000.
Over the years, she continued to impart her knowledge and passion for
literature at various institutions, including Sephard College of Media
Technology and Southwestern State College Bashundhara, Kathmandu. Currently,
she serves as an Associate Professor at Tribhuvan University, Ratna
Rajyalakshmi Campus.
Literary
Contributions
Geeta Tripathee's literary contributions span across various
genres, including poetry, essays, lyrical poems, and criticism. Her lyrical
prowess was evident from an early age, with her first published poem,
"Swachhta," appearing in Viruva Quarterly in 2045. Since then, she
has authored over a dozen books, showcasing her versatility and depth as a
writer. Her works have been translated and published in countries such as
Japan, Korea, India, and America, gaining international acclaim.
Writing Style
and Themes
Geeta Tripathee's writing style is characterized by its
simplicity, yet profound emotional resonance. Her poetry, essays, and short stories
are imbued with a deep understanding of human emotions and societal dynamics.
Through her symbolic representations of life's various facets, she offers
profound insights into the human condition. Her essays, in particular, delve
into contemporary issues, shedding light on social, political, and cultural
disparities.
Institutional
Involvement and Recognition
Geeta Tripathee is not only a prolific writer but also an
active member of various literary organizations. She serves as an Executive
Member of Gunjan, an organization of Nepali women writers, and Chinnalata Song
Award Guthi. Her contributions to Nepali literature have been recognized with
prestigious awards, including the Padma Kanya Gold Medal and the Best Lyricist
Award from Sanskritik Sansthan.
Personal Life
and Legacy
Despite her professional commitments, Geeta Tripathee's
personal nature remains simple and sensitive. She is married to Yadavraj
Tripathee, an industrialist and social worker, and they have a child named
Neep. Geeta's legacy as a poet, lyricist, essayist, and literary critic
continues to inspire generations of writers and readers alike, reaffirming her
status as a luminary of Nepali literature.
Major Works
and Achievements
Geeta Tripathee's literary oeuvre includes two volumes of poetry,
a collection of lyrical poems, and several books on essays and criticism. Her
notable works include "Thunga: Vanfoolka" (2061), "Simal's
Song," "Cruel Walls" (2065), and "Saaransh" (2065).
Her scholarly pursuits have earned her a Ph.D. in Nepali literature, further
cementing her reputation as a leading figure in Nepali literary circles.
Conclusion
Geeta Tripathee's journey from a small village in Nepal to
the halls of academia and literary acclaim is a testament to her passion,
perseverance, and talent. Through her evocative prose and lyrical verses, she
has captured the hearts and minds of readers, transcending geographical and
cultural boundaries. As she continues to weave her literary magic, Geeta
Tripathee remains a beacon of inspiration for aspiring writers and a cherished
voice in Nepali literature.
समानान्तर उज्यालोनडराऊ रातपरे पनि बिहानको आशा रित्तिएको छैन तिम्रो अँध्यारोलाई बचाउँदा-बचाउँदा मेरै अनुहारमा ठोक्किएर कैयन् उज्याला युगहरु फर्किए देखेका छौ यो अनुहार भरी तिनै युगको पीडा छ समानान्तर उज्यालो बोकेका ती युगहरु कहिल्यै बन्द नहुने खापा रहेछन् तिम्रो चोर झ्यालबाट अलिकति चियाएर हेर त ! त्यो उज्यालो अहिले तिम्रै ढोका ढक्ढकाइरहेछ ॥ |
रुपान्तरणदूरन्त कहीँ मेरो आँखाबाट ओझेल अहिले ऊ फर्किरहेछ- अनिश्चित गन्तव्यतिर उसको वरिपरि निर्लिप्त रात लक्षित उतिरै भुकिरहेछ सायद र, म शुभ-चिन्तनमा आकुल गीत यतिबेलै उसमा प्रतिध्वनित हुन चाहन्छु टाढा कतै निर्वासित मेरो दुर्गम सपना घरिघरि बतासमा घरिघरि बर्षातमा र फेरि आँसुमा रुपान्तरण भएर फर्किरहन्छ अल्मल्लिइरहन्छु आफैभित्र एउटा प्रश्नले- त्यो निर्जन बाटोतिर मोडिएर जाने कहिले फर्किन्छहोला आफ्नै गन्तव्यमा यद्यिप स्पष्ट छ ऊ अर्थभेदक उज्यालो भएर ऊ बोल्छ- “बाहिर अन्धकार छ अन्धकारभित्र म छु र मभित्र तिमी छौ ।” |
जसरी बादलसँगै रहन्छ पानीयसरी नै रहन देऊ यसरी नै…। मलाई जसरी बादलसँगै रहन्छ पानी घामसँगै रहन्छ छाया र निद्रासँगै रहन्छ सपना यहाँ बादलसँग छुट्टिनु भनेको त मैलाउनुरहेछ अनुहार रित्तिनुरहेछ बगरहरुसँग र आफ्नै जीवनको मरुभमिमा निरर्थक बाँचिरहनुरहेछ मृगतृष्णा प्रत्येक बिहान वसन्त गाएर कोइलीले जगत्भरिभरि रित्याउँछ आवाज बगैँचाभरिभरि जगाउँछ सपना र उसैगरी बारबार निस्तब्ध खडेरीको मृत्य-मध्यान्हमा विरानो बाँच्छ स्वयं यही सहरमा आफ्नै छायाको अभिसाप बोकेर आफैबाट भाग्नुको उपहासभन्दा तिमीसँगै रहनदेऊ मलाई यहाँ घामबाट अलग्गिनु भनेको त पोखिनुरहेछ फेरिफेरि उही अविश्रान्त अँध्यारोमा गीताका पवित्र मन्त्रहरु ओठमा टाँगेर एउटा आँखा च्यातिएको तस्वीरजस्तै भित्ताभरि पोष्टर बाँच्नुरहेछ जिन्दगी र टुट्नुरहेछ आफैभित्र पटकपटक |
महाकाव्य लेख… !महाकाव्य लेख कवि, मेरो दुःख टिपी दुनियाँले बुझेन खै यो आँसुको लिपी ! झेल्दैछु म महाभारत, शकुनिका पासा, बुझे पनि नबुझे झै कपटका भाषा ! यै छातीमा दुख्छन् अझै द्रौपदी र सीता, सारथि भै आऊ लेख यो युगको गीता ! खेलूँ कति आगोसँग परीक्षा म दिऊँ, अञ्जुलीमा जिन्दगीको भिक्षा कति लिऊँ ! धर्ती अब फाट्दैन मुटुमात्र फाट्छ तिमी विना मेरो व्यथा अरू कसले बाँड्छ ! |
विना वजनका मान्छेहरुबादलको देशमा बादलकै मान्छेहरु टेक्छन् बतासे खुट्टाहरु र सरिरहन्छन् कहिले यता कहिले उता तिनका हलुका वजनहरु तानिँदैनन् पृथ्वीको गुरुत्वाकर्षणतिर मातृशक्तितिर ती छुट्दै जान्छन् उठ्दै जान्छन् भ्रमको अस्थिर आयामहरुमा र फेरिरहन्छन् बादले-आकृतिहरु कहिले काला हुन्छन् घनघोर काला कहिले सेता रुवा झैँ हलुका धेरैजसो ती गहुँगोरा हुन्छन् बीचका, न यताका न उताका घामलाई छेकिदिन्छन् ती पानीलाई रोकिदिन्छन् तन्किरहने र खुम्चिरहने आकार बोकेर एकान्तमा कानेखुसी गर्छन् बतासे ऋतु झैँ सरिरहन्छन् कहिले यता कहिले उता विना वजनका मान्छेहरु ॥ |
अदृश्य बगिरहनुको अभिलाषामाओइलिँदै झरिरहेछ घाम ओसिँदै बहकिरहेछ बतास ओर्लिँदै खसिरहेछ दिन र खसिरहेछ यहीँ कतै मैबाट मेरो जिन्दगी तिमी पलाउँदैछौ थपिँदो छ जीवन तिमीमा उठाएर मेरा हरक्षणहरु मागिरहेछौ मसँग मेरो अस्तित्वको अन्तिम अर्थ म दिन चाहन्छु तिमीलाई मेरा रगतले कोरेका विश्वास र आस्थाले उभ्याएका सारा संस्कार र चेतनाहरु अग्लो हिमालजस्तो मस्तिष्क र फेवाजस्तो फराकिलो हृदय पनि तर समयको रहस्यपूर्ण आकृतिमा दुर्घटनाग्रस्त छन् यात्राहरु मलाई माफ गर अस्पष्ट मेरो समयमा जडवत् उभिएको छ छाया स्वयम् पनि तिमी साक्षी हौ-साक्षात्कार छौ निशब्द निस्पृह म पहाडहरुको चेपबाट भासिँदै-भासिँदै बगिरहेछु गतिहीन हुनुभन्दा अदृश्य बगिरहनुको अभिलाषामा धेरै छालहरु सहेको छु |
अटुट…जब शीर्षस्थ हुन्छौ तिमी मेरा हरफहरू गीत भएर बग्न थाल्छन्― तिमीतिरै तिम्रो केन्द्रदेखि मेरो परिधिसम्मको अनन्त दूरीमा लाग्छ, बगिरहेछ युगौँदेखि विश्वासको एक अटुट नदी पानी छउञ्जेल नदीमा किनारहरू सहयात्रामै हुन्छन् हरसमय यही समयको एउटा सहयात्री म उमारेर सम्पूर्ण स्मृतिका तरङ्गहरू त्यही नदीमा तिम्रो गीतको मीठो धुन पर्खिरहनेछु … अटुट …। |
आँधी र स्मृतिस्मृतिको आँधी रोकेर उभिएकी छु तीन दशकअघिको गोरेटोमा । टिफिन बक्सको आकारमा आफ्नै खाली हत्केला काखीमुनि बालकजस्तै च्यापिएको किताब र स्कुल ब्यागको अनौठो कल्पनामा दोबि्रसकेका छन् पुस्तकका छेउकुनाहरु अझै पनि रित्तै छ पानीको बोतल तर भरिएको छ वरिपरिका अनन्त अभावहरु । मेरो अघिल्तिर लटरम्म लर्किएको छ उही काली आँपको हाँगो आलुबखडा, आरू र फडिम चुत्रो, ऐँसेलु र अड्चल म काठमाडौँको फराकिलो सडक किनारामा ठिङ्ग उभिएको रुख धुलाम्मे भोकहरुले तृप्त मेरो टिफिन बक्स अझै खाली छ । अँगाल्दै काइपरेका ढुंगाहरु र तिनैका छातीमा खोपेर इतिहासका अव्यक्त धुनहरु नाम्दी खोला अझै पनि गाइरहेछ रहस्यको आकर्षक गीत मेरै पाइलामा चाहिँ खस्रो स्पर्श मात्र बाँकी छ यात्राको । हजुरआमाले सुनाएका लिङ्गे र राँके भूतका कथाहरु आमाले गुनगुनाएका लोरीहरु, देवीभागवतका श्लोकहरु र, बुबाले खुवाएको इमानदारीको शपथमा आफ्नै भविष्यको वैधानिक यात्रा छ निरन्तर… तिनैको भग्नावशेषमा उभिएको यो वर्तमानको जग निकै हल्लिएको छ अचेल । मसँग छ काँचो आँप र आलुबखडाले कुँडिएको दाँत तातो चियाले डामेको जिब्रो यहीँ उमि्रएका छन् संविधानका स-साना खटिराहरु म क्यान्सरले भयग्रस्त समयबाट निर्लिप्त बेताल अनुसन्धानमा फर्किएकी छु र, बालकजस्तै च्यापिरहेकी छु खाली पुस्तकसँगै तिखारेर केही थान सीसाकलमहरु ! स्मृतिको आँधी रोकिएको छ मातृगर्भको चेतनाशून्य चेतनामा प्रवेश गर्दा लाग्दै छ जाति र सम्प्रदायभन्दा माथि छ यो संसार मनले भन्छ, संविधानको पहिलो धारा यहीँबाट लेख्नुपर्छ अब ! भद्रकालीको मन्दिर घुमेर न्यायालयको ढोका अगाडि भर्खरै एउटा बंकर आँधी बोकेर उभिएको छ ! |
अदृश्य बगिरहनुको अभिलाषामाओइलिँदै झरिरहेछ घाम ओसिँदै बहकिरहेछ बतास ओर्लिँदै खसिरहेछ दिन र खसिरहेछ यहीँ कतै मैबाट मेरो जिन्दगी तिमी पलाउँदैछौ थपिँदो छ जीवन तिमीमा उठाएर मेरा हरक्षणहरु मागिरहेछौ मसँग मेरो अस्तित्वको अन्तिम अर्थ म दिन चाहन्छु तिमीलाई मेरा रगतले कोरेका विश्वास र आस्थाले उभ्याएका सारा संस्कार र चेतनाहरु अग्लो हिमालजस्तो मस्तिष्क र फेवाजस्तो फराकिलो हृदय पनि तर समयको रहस्यपूर्ण आकृतिमा दुर्घटनाग्रस्त छन् यात्राहरु मलाई माफ गर अस्पष्ट मेरो समयमा जडवत् उभिएको छ छाया स्वयम् पनि तिमी साक्षी हौ-साक्षात्कार छौ निशब्द निस्पृह म पहाडहरुको चेपबाट भासिँदै-भासिँदै बगिरहेछु गतिहीन हुनुभन्दा अदृश्य बगिरहनुको अभिलाषामा धेरै छालहरु सहेको छु |
हामी सानो छँदाहामी सानो छँदा लाल्टिन बाल्थ्यौं साँझमा र पढ्न बस्थ्यौँ मिलेर- वरिपरि लाल्टिन भन्दा उज्याला थिए अक्षरहरू हामी अक्षरको उज्यालोमा बाटो खोज्ने गर्थ्यौँ हामी सानो छँदा जून बाल्थ्यौँ आँखामा र उठाउँथ्यौँ रित्ता गाग्राहरू- जतनले गाग्रा भन्दा रित्ता थिए अँधेरी खोँचहरू खोँच भन्दा गहिरो थियो हाम्रो मन हामी मनको कुवामा रित्ता गाग्राहरू उवाउँथ्यौँ हामी सानो छँदा हाम्रो यात्रा थियो सम्भावनाका थुप्रै गोरेटाहरू थिए आज कता रोकिए होलान् हाम्रो यात्री-मन र ती असंख्य बाटाहरू ? |
एकदिनएकदिन उसले ठूलोघर बनाउने अठोट गर् यो उस्को बहादुरीको उस्को परिचयको उस्को आफ्नै मोडेलको एउटा ऐतिहासिक घर सुनको प्रतिमा राखेर पूजा गरेर जग बसायो र जगमा असङ्ख्य बली चढायो धेरैले ज्यानको बाजी लगाएर बनाएको घर साँच्चै सुन्दर बन्यो उसलाई थाहा थियो फेरि उस्ले यस्तो घर कहिल्यै बनाउन सक्नेछैन उस्लाई एक्लै रजाइँगर्न मन लाग्यो घरभित्र उस्ले आफ्नै इच्छाको कुची चलायो आफ्नै रुचिको रङ्ग लगायो घरबाहिर बडेमानको ढोका उभ्यायो र बन्दढोकाबाहिर लेख्न लगायो- कुकुरदेखि होसियार! |
कसरी मानून्आफ्नै-आफ्नै गुण हुन्छ काँढा र फूलको ! आफ्नो ठाँउबाट सरेपछि पनि फूल ! फुलिदिनसक्छन् अरूको निम्ति बरु सर्नुपरेपछि अन्यत्र घोचिनुपर्दोरहेछ फूलहरूले सोच्छन्- काँढा नभएको भए फूल फूल हुने थिएन जसरी रात नभएको भए दिन दिन हुने थिएन फूलहरू फुल्छन्, फुलिरहन्छन् काँढाहरू घोच्छन्, घोचिरहन्छन् माया गर्न जानेको छ फूलले काँढालाई आफै सहेर घाउहरू अँगालिन्छन् काँढाहरू फूलको पहरामा काँढा झन् तिखार्छन् आफ्ना टुप्पाहरू काँढालाई दोष दिँदैनन् फूलहरू विद्रोह गर्दैनन् बरू सुरक्षित ठान्छन् काँढाका माझमा आफूलाई लाग्छ कोपिलाहरू अब विद्रोह गर्नेछन् सर्न मान्नेछैनन् आफ्नो बारीबाट अन्यत्र कसरी मानून् ? कहिल्यै देख्न नपएपछि आमाको ओठमा हाँसो ! साँच्चै फूल हुन त्यत्ति सजिलो कहाँ छ र ! |
क्यानभासको बलियो किनाराअपदस्थ सपनाहरूका जेलबाट मूक्त गर्दै चिसा रातहरू उदाश दिनहरू रगतका रापिला प्रतिबिम्बहरूले नमेटिने इतिहास लेखिरहेछ- चक्रपथ साँगुरा गल्लीहरूमा काँढेतार लगाएर रोकिँदैन यसको यात्रा रक्तिम आकाशमुनिको चौडा छातीमा आहत इतिहास पल्टाइरहने स्वतन्त्र गति हो- चक्रपथ तिम्रा पाइलाहरू खम्बा भएर टेकिनुपर्छ तिम्रा आवाजहरू क्षेप्यास्त्र भएर पड्किनुपर्छ गोलीको निरीह- नपुंशकतामा भुकिरहेका सिकारी कुकुरहरू छेऊ नरसिंह अवतार भएको छ – चक्रपथ नयाँ युगको पथप्रदर्शक आमूल परिवर्तनको उद् घोषक रगतको अभिलेखमाथि उभिएर सहिदहरूको सपना पर्खिरहने क्यानभासको बलियो किनारा हो- चक्रपथ। |
खोलाको गीतखोलाको गीत मन पर्दैन भन्थ्यौ भन्थ्यौ मन पर्दैन ती बिनसित्ती उफ्रिरहने छालहरू फेरी आज यो मर्दै गएको पानीमा किन खोजिरहेछौ आफ्नै ढुकढुकीझैँ प्यारो मानेर ती वर्षौ पहिले बिलाएका छालहरू ? म गति हुन चाहन्थे तिमी नदी हुन चाहेनौ बग्नै चाहेनौ त्यहाँदेखि यहाँसम्म आफ्नै अनुहार हराएको पोखरीमा मलाई जीवनको प्रतिबिम्व खोज्न लगायौ अब म कुनै दौड जित्न चाहन्न व्यर्थै नउभिए हुन्छ यो सीमानामा मेरा पाइलाहरू खोजेर पनि भेटिनेछैनन् शीतोष्ण यी आँखाका ढकनीभित्र यस्तो विध्न ठिहीमा अब म कुनै छाल उमार्न सक्दिन टक्क अडिएको छु म यतिखेर ओरालोमा औँलाका नङ्ग्राहरू गोडेर बयली नखेल ए मीठा सपनाहरू ! यो किनारभन्दा पारि म कुनै यात्रा गर्न सक्दिन खोलाको गीत मन पर्देन भन्थ्यौ फेरि आज यो मर्दै गएको पानीमा किन पर्खिरहेछौ नयाँ धूनको आरम्भ ? |
घुमाउरा बाटाहरूगाउँमा छँदा उकाला-ओराला तेर्सा-घुमाउरा बाटाहरू बाटाका चुच्चे दर्शनढुङ्गाहरू सबै-सबै मिलेर हौस्याउँने गर्थे-सपनाको यात्रालाई परिश्रम पसिना र लक्ष्य आकार बन्दैजान्थ्यो-जिन्दगीको भूगोलमा एक जोडी परेवा हरेक साँझको सिकुवामा बास बस्न आउँथे निर्धक्क निदाउँथे र सुन्दर सपना देख्थे सल्लाह गर्थे- एउटा पक्की गुँड बनाउने चल्लाहरू कोरल्ने निस्तब्ध रातको मौन सपनाबाट बिहानी शान्ति ब्यूँझाएर सङ्केत गर्थे ती- दिनको यात्रालाई एकदिन नयाँ भूगोल खोज्यो सपनाले हिँड्न नसकिने बाटोबाट तय भयो जिन्दगीको यात्रा सहर सभ्यता सपना सबै सबै मोलेर खिस्याइरहे- पाइलाका गतिलाई र खसिरहे सपनाहरू- आँखाका डिलबाट। |
जलपसारङ्गीमा मुटु रेटिने कैयन् प्रिय वियोग छन् त्यो ढोकाभित्र जसलाई सम्झेर हृदयमा करुण लहरहरू उठिरहनेछन् अबफेरि गाइनेहरूले दाउनेछैनन् केनैदिन संघारबाट उभिएर त्यो ढोकाको वीरगाथा शताब्दीयौँको कालरात्रिमा अजङ्गको त्यो ढोकाभित्र कैयन् मृत्यु-उत्सवहरू मनाइए अन्धवेगको वीरपूजनमा कैयन् ताण्डव रातहरू रचाइए जीवनका आशाहरू लहराउने त्यस्तो कुन मीठो सङ्गीत गुञ्जियो र ! त्यो ढोकाभित्र जसलाई सुनेर सृष्टिमा नयाँ फूलहरू फक्रन सकून् अबफेरि नगर्चीहरूले आफ्नै छाती उधारेर बजाउने छैनन् साइतको कुनै दिन त्यो ढोकाभित्रका अतिरञ्जित धूनहरू रात छिप्पिनुपहिल्यै खोलिदिएको भए ढोका आज आफ्नै घर यत्ति विरानो हुने थिएन । |
जसरी बादलसँगै रहन्छ पानीयसरी नै रहन देऊ यसरी नै…। मलाई जसरी बादलसँगै रहन्छ पानी घामसँगै रहन्छ छाया र निद्रासँगै रहन्छ सपना यहाँ बादलसँग छुट्टिनु भनेको त मैलाउनुरहेछ अनुहार रित्तिनुरहेछ बगरहरुसँग र आफ्नै जीवनको मरुभमिमा निरर्थक बाँचिरहनुरहेछ मृगतृष्णा प्रत्येक बिहान वसन्त गाएर कोइलीले जगत्भरिभरि रित्याउँछ आवाज बगैँचाभरिभरि जगाउँछ सपना र उसैगरी बारबार निस्तब्ध खडेरीको मृत्य-मध्यान्हमा विरानो बाँच्छ स्वयं यही सहरमा आफ्नै छायाको अभिसाप बोकेर आफैबाट भाग्नुको उपहासभन्दा तिमीसँगै रहनदेऊ मलाई यहाँ घामबाट अलग्गिनु भनेको त पोखिनुरहेछ फेरिफेरि उही अविश्रान्त अँध्यारोमा गीताका पवित्र मन्त्रहरु ओठमा टाँगेर एउटा आँखा च्यातिएको तस्वीरजस्तै भित्ताभरि पोष्टर बाँच्नुरहेछ जिन्दगी र टुट्नुरहेछ आफैभित्र पटकपटक |
ढोकाभित्रसारङ्गीमा मुटु रेटिने कैयन् प्रिय वियोग छन् त्यो ढोकाभित्र जसलाई सम्झेर हृदयमा करुण लहरहरू उठिरहनेछन् अबफेरि गाइनेहरूले दाउनेछैनन् केनैदिन संघारबाट उभिएर त्यो ढोकाको वीरगाथा शताब्दीयौँको कालरात्रिमा अजङ्गको त्यो ढोकाभित्र कैयन् मृत्यु-उत्सवहरू मनाइए अन्धवेगको वीरपूजनमा कैयन् ताण्डव रातहरू रचाइए जीवनका आशाहरू लहराउने त्यस्तो कुन मीठो सङ्गीत गुञ्जियो र ! त्यो ढोकाभित्र जसलाई सुनेर सृष्टिमा नयाँ फूलहरू फक्रन सकून् अबफेरि नगर्चीहरूले आफ्नै छाती उधारेर बजाउने छैनन् साइतको कुनै दिन त्यो ढोकाभित्रका अतिरञ्जित धूनहरू रात छिप्पिनुपहिल्यै खोलिदिएको भए ढोका आज आफ्नै घर यत्ति विरानो हुने थिएन । |
दुई थोपा मुस्कानग्रहणपछिको चन्द्रमा र मेरी दिदीको अनुहार आपस्तमा मौन बोलिरहे त्यो साँझ गोधूलिमा हिँडेको एक लस्कर अँध्यारोले बेस्सरी घेरिएकी थिइन् उनी आफैलाई हराएको चन्द्रमा उनकै हनुहारमा टाँसिएको थियो उष्ण मरुभूमिको छट्पटीपछि गरको माथिल्लो तला सुनसान-सुनसान थियो गति हराएको नदीजस्तो उनले हाँस्न बिर्सिएकी थिइन् बाटो बिराएको यात्रीजस्तो उनी आफैभित्र अल्मलिएकी थिइन् बिस्तारै-बिस्तारै उनको अनुभूतिको आकाश अलिकति ओठबाट खुल्यो अलिकति आँखाबाट उदायो पहाडजस्तो विकट उनको अनुहारमा कसरी-कसरी चन्द्रमाले बास माग्यो उनलाई याद छ- सूर्यले बास मागेर छोडेको त्यो गोधूलि-साँझ घोधूलिको क्षितिजमा डढेका उनका सपनाहरू त्यसैले त आकाशतिर फर्किनै छाडेर उज्यालोसँग नाता तोडेकी थिइन्- उनले तर ग्रहणपछिको यो रात कुन सम्झनाको पदचापले हो कुन्नि ? अकस्मात् उज्यालो भयो उनको अनुहार बगिरहेको पानीमा टल्किरह्यो- दुईथोपा जल त्यो एकथोपा जूनको मुस्कान थियो र अर्को थोपा उनको मुस्कान । |
धर्ती र मनसम्झिरहन्छु, बाल्यकालको उमङ्गमा मेरो जीवनको धून सधैँसधैँ नयाँ बिहानी भएर बज्थ्यो मन्दिरको घण्टासँगै म चराको गान सुन्थेँ-रमाउँथे मालश्रीको लय उनेर म आफ्नो फाटेको मन सिलाउँथे अभावग्रस्त मेरो बालचञ्चलतामा हरबिहान एउटा आरोहणको शुभारम्भ हुन्थ्यो मङ्गलधुन बज्ने गर्थ्यो निस्तब्ध भएको छु म हिजोआज मेरा छोरा-छोरीको रमाइलो बाल-संसारमा संकटपूर्ण धुनको पीडा बजिरहन्छ ती धुनहरू सुन्छु मेरो दाहिने आँखा र डुब्दै गरेको जहाजका पालहरूजस्तै रगतको महासागरमा फर्फराइरहन्छन् मेरा स्नेहिल स्पर्शहरू किन यति चोटिला भएर फर्किरहन्छन् मतिरै किन बज्छन् यति नमिठोसँग यी धुनहरू किन म देख्छु छन्छनाउने चुराका लयबद्ध ध्वनिहरूमा जीवनकै सर्वाधिक उजाड वसन्त ? हिजोआज डिको नभएका हरफहरूझैँ बिथोलिइरहेछन् मेरा पङ्तिहरू के यो युगमा म सुन्न पाउँदिन फेरि मेरो बाल्यकालजस्तै सुन्दर मेरो जीवनको धुन एकचोटि ? |
निस्तब्ध धुनहरूसम्झिरहन्छु, बाल्यकालको उमङ्गमा मेरो जीवनको धून सधैँसधैँ नयाँ बिहानी भएर बज्थ्यो मन्दिरको घण्टासँगै म चराको गान सुन्थेँ-रमाउँथे मालश्रीको लय उनेर म आफ्नो फाटेको मन सिलाउँथे अभावग्रस्त मेरो बालचञ्चलतामा हरबिहान एउटा आरोहणको शुभारम्भ हुन्थ्यो मङ्गलधुन बज्ने गर्थ्यो निस्तब्ध भएको छु म हिजोआज मेरा छोरा-छोरीको रमाइलो बाल-संसारमा संकटपूर्ण धुनको पीडा बजिरहन्छ ती धुनहरू सुन्छु मेरो दाहिने आँखा र डुब्दै गरेको जहाजका पालहरूजस्तै रगतको महासागरमा फर्फराइरहन्छन् मेरा स्नेहिल स्पर्शहरू किन यति चोटिला भएर फर्किरहन्छन् मतिरै किन बज्छन् यति नमिठोसँग यी धुनहरू किन म देख्छु छन्छनाउने चुराका लयबद्ध ध्वनिहरूमा जीवनकै सर्वाधिक उजाड वसन्त ? हिजोआज डिको नभएका हरफहरूझैँ बिथोलिइरहेछन् मेरा पङ्तिहरू के यो युगमा म सुन्न पाउँदिन फेरि मेरो बाल्यकालजस्तै सुन्दर मेरो जीवनको धुन एकचोटि ? |
नृशंस पर्खालहरूजिस्कायौ तिमीले सरसर बतासलाई जिस्कायौ तिमीले धपधप आगोलाई जुरुक्क उठेर बतासले आगोको कान फुक्यो बतास- बतासमात्रै रहेन अब आगो- आगोमात्रै रहेन अब हुरी र डँढेलोलाई अब तिमी कतिबेर जिस्काउन सक्छौ ? जत्ति घेर्नुछ- घेर जत्ति अग्ल्याउनुछ- अग्ल्याऊ अब सुरक्षित छैनौ तिमी गर्लम्म ढल्दैछन् तिमीले ठड्याएका नृशंस पर्खालहरू । |
भरोसासकिँदोरहेनछ डोरीविना कुनै हिमाल चढ्न यी चिप्लिरहेका पाइलाहरू यी फुस्किरहेका हातहरू यी बिलाइरहेका अक्षरहरू ए! अगाडि जाने आरोही ! सक्छौ तिमी यो आउने युगका लागि एउटा बलियो डोरी बाटेर जान ? याद राख सर्प नहोस् त्यो डोरी नडसोस् त्यसले पछ्याउनेहरूलाई ! सकिँदोरहेनछ किलाविना कुनै डोरी अड्काउन ए! डोरी बाटेर जाने आरोही ! सक्छौ तिमी पछ्याउनेहरूका निम्ति एउटा बलियो किला ठोकेर जान ? याद राख- छेकबार नबनोस् त्यो किला नरोकोस् त्यसले अगाडी जानेहरूलाई ! |
पर्खाइपर्खाइ कस्तो हुन्छ के थाहा तिमिलाई ? तिम्रो प्रतीक्षामा मेरो मन कतिचोटी आँधी भयो कतिचोटी वर्षात् भयो न तिमी पहाड भएर उभियौ न त बलियो किनार भएर आयौ म बतास हुँदा तिमी सुवास हुनुपर्ने म नदी हुँदा तिमी वेग हुनुपर्ने खै ? कहाँ रोकियौ तिमी कतै तिम्रो वेगलाई मेरो आवेगले त उछिनेन ? हराएँ मैले मेरा उत्साह र उमङ्गहरू थकाइको चौतारी बाँचेर जीवन कुरिरहेँ तिम्रो बाटो कति चाहनाहरू थुपारेर अनगिन्ती आशाहरू बटुलेर प्रतीक्षामा खुम्चिनुपर्दा वस्त्रसँगै खच्याङ्-मच्याङ् भएको भए मन विसङ्गत कल्पनाका पीडासँगै गला अवरूद्द, आँखा टल्पलाएका भए यस्तै तब पो थाहा हुँदो हो प्रतीक्षा शब्दको मर्म तिमीलाई आवाज आउँदा सियो खसाइको पनि तिम्रै आगमनको आश लिएर निराश हुनुपर्छ घरीघरी मन उचाल्ने आवेगहरूले केही शुभ केही अशुभ सोच्दै आफैभित्र कुढिँदै-रुँदै गर्नुपरेको भए सायद थाहा हुने थियो तिमीलाई पर्खाइमा मैले सहेका अनगिन्ती पीडाहरू। |
भोकउम्रिनै छाडे काँक्रा-फर्सीहरू करेसाबारीमा बादल लागेको बिहानीमा खोतलिरह्यो बीऊहरू भँगेराले र छोडाइरह्यो साँझमा बियाँहरू मुसाले यसपालि पनि अङ्कुराएका बीऊहरू निमोठी-निमोठी खाँदैछन् रातमा वनबिरालाहरू बूढो लाहुरे पेन्सिनको सियोले सिउँदै छ भोक युवक छोराहरू सर्कसका घोडाहरूझैँ हुइँकिरहेछन् जिन्दगीको सडकमा अनौठा कुरा गर्छन् विद्यार्थीहरू शिक्षक टुलुटुलु हेरिरहन्छ- मानौ तिनीहरू अन्तरिक्षमा प्रवेश गरिसके धर्तीका कुरा गर्न लाज मान्ने विद्यार्थी निर्धक्क सुनाउँछ बायो-केमिष्ट्रिको अन्तरङ्ग प्रेमकथा करेसाबारीमा झरेका अनौठा फल अब्दुल कलामहरू अनुसन्धान गरिरहेछन् अझै पनि भान्छाघरको बाहिर सपनाहरूको चिहान खोतलेर रुँदैछिन् उसैगरी हिरोसिमाकी घाइते वृद्धा । |
भ्रान्त खोजयी पुस्तकजस्ता आँखाहरू किन धरधरी च्यातिरहेछौ र बिउँझाउन खोजिरहेछौ फेरि ती सम्हाल्नै नसकिने भयानक सपनाहरू ? समय-टेबुलको वरिपरि छरेर भावनाका पत्रहरू रचाएर नयाँ संस्करणका मृत्यु-उत्सव कस्तो युगको आव्हानमा बटुलिरहेछौ बारूदका बेहिसाब हस्ताक्षरहरू बिर्स्यौ अथवा सम्झनै चाहेनौ ? एकचोटि फर्केर हेर आफ्नो युगको अनुहारमा अझ विभत्स बन्दै गएका दागहरू अधिनायक सपनाका ए दक्ष योद्धा ! आफ्नो पछाडि सिङ्गै पाठशआला छोडेर कुन ज्ञानको खोजिमा लम्किरहेछौ तिमी ? बत्तीहरू निभाएर युग फेरिने भए मानिसहरू गुफाबाट कहिल्यै बाहिरिने थिएनन् ! |
म को हुँ ?एउटा कालो छाया मान्छेको आकृति लिएर विना कुनै दिशाबोध विना कुनै गन्तव्य भौँतारिरहेछ, लक्ष्यविहीन चङ्गाजस्तै विवशताले टुक्रिएको छ वाध्यताले उठिरहेछ यदाकदा कौतुहलता देखापर्छ फेरी शून्य छ मौन छ ऊ भनिन्छ ऊ मान्छे होइन ऊ मान्छेको बहुमतमा बाँचेको छैन म मान्छे नभनिएको मान्छेलाई नियाल्छु उत्सुकताले ऊ मान्छेजस्तै हिँडिरहेको छ बेकसुर आफैमा हराइरहेको छ म उसलाई खोजिरहेछु ऊ आफैलाई खोजिरहेछ मैले उसलाई भेट्टाएपनि थाहा छैन उसले आफूलाई भेट्यो कि भेटेन ? कहिले टढा, कहिले नजिक ऊ वर्षौँदेखि मान्छेकै आँखामा घुमिरहेछ सायद मान्छेका मुटुहरूमा आफ्नो अपनत्व खोजिरहेछ थाहाछैन के भेट्यो उसले मान्छेहरू उसलाई मान्छेको गन्तीमा राख्न रुचाउँदैनन् तर ऊ मान्छेकै मुखाकृतिमा छ मान्छेकै भावभङ्गीमा छ म उसँग परिचय माग्छु ऊ आफैलाई सोधिरहेछ- म को हुँ ? |
मूर्तिहरूमान्छेका आँखामा घुरेर हेर्ने र मौका पाउनासाथ सिनो–र्याल चुहाउने छि ! कत्ति घिनलाग्दा मूर्तिहरू भन्थ्यौ तिमी मान्छेहरूले मन्दिरको बाटो बिराउनथाले मूर्तिको पूजा गर्न छाडे साँच्चै हो रहेछ ! मन्दिरै जान मन नलाग्ने गरी आस्था उम्रनै नसक्ने गरी कस्तो बिध्न गजधुम्म परेका मन्दिरै मन्दिरको देशमा यी नयाँ अनुहारका मूर्तिहरू मूर्तिहरू, मातले नुहाएर सृष्टिलाई हाँक दिइरहेछन् मूर्तिहरू, रातको उन्मत्त उत्सवमा मन्दिर भत्काएर भट्टीको सौख पिइरहेछन् प्रवेश निषेध गरेर समयलाई एक्लै निलेका युगहरू पचाउनै नसकेर मूर्तिहरू ब्रह्मनालमा कलियुग छादिरहेछन् ए बलबाहु ! मन्दिरमात्र भत्किएनन् यहाँ आस्थाहरू पनि भाँचिए मूर्तिहरू पनि साँटिए तिमी देश खोज्दै नआउनू मन्दिरैमन्दिरको देशमा यतिबेला मूर्ति–कला फेरिएको छ ! |
मृत्युको हस्ताक्षरसुकेका परेलीमुनिको खडेरीमा सारा वर्तमान डुबाएर आएकी छु उनी वर्षात् पर्खिरहिछन् म निथ्रुक्कै भिजेर आएकी छु । साटेर एक जिन्दगी सपना एक आकाश मृत्यु ओढेकी ती मेरी एक्ली आमाको जीवन भर्खरै सल्काएर आएकी छु गर्भको गर्वले रोमाञ्चित तिनको सम्झनामा आफ्ना लाचारीका केही थोपा विष मिसाएर आएकी छु । आमाको जिउँदोपनासँग वैरत्व पालेर हुर्केका सन्तानको आत्मरतिले तथाकथित स्वाभिमानको मैलो रूमाल हम्किएर आएकी छु थाहा नपाउने गरी उनको सिरानीबाट कैयन् शान्तिको निद्रा उडाएर आएकी छु । कहिलेदेखि गैर भएछु म मिचेर जीवनको सिमाना आफ्नै आमाको काखमा सिउँडी रोपेर आएकी छु उभ्याएर बेबारिसे दसगजा झुक्याएर उनैलाई मृत्युको हस्ताक्षर लिएर आएकी छु । उनको झोल्लिएको पोल्टामा अड्काएर सम्पन्नताको ट्याग वात्सल्यको सम्बन्ध खुकुलो बनाएर आएकी छु अघाएर आफू अनन्त रोजाइका विकल्पमा उनको चाहनामा आज पटुका कसेर आएकी छु । उनी वर्षात् पर्खिरहिछन् म निथ्रुक्कै भिजेर आएकी छु । |
रक्तवर्षाआँखाका महासागरमा ऊ पर क्षितिजमा एकहूल राता पालहरू तैरिरहेछन् जीवनको बाटोमा जीवन रक्तरञ्जित बन्दैजान्छ रूग्न अभिलाषामा शून्य! केवल शून्य! सबै प्रकाशको अभावमा रगतको महासागर- यो धर्ती आकाशको प्रतिबिम्वनमा फ्याँक्दै उठ्छ रक्ताम्मे छिटाहरू, ओझेलहरू मैलिँदै जान्छन् सेता ध्वजाहरू रङ्गाउँदै लान्छन् रक्तबीजहरूले रक्ताम्मे हुन्छ समय रक्ताम्मे हुन्छ इतिहास डरलाग्दो अनि भयावह थामी नसक्नु यो रातो रङ्ग घोलिनसक्नु यो प्रतिबिम्व तैरिरहेछन् अनुभूतिका तेलमा मिसिनै सक्दैनन् मीठो स्वाद भई छ्यापिन्छन् एकअर्कामा फोहर हिलोझैँ डुबाएर यो भू-खण्डलाई सीमाहीन अनन्ततासम्म सुकाएर समभावना र सम्वेदना फुट्दै जान्छन् रगतका हूल-मूलहरू एकहूल राता पालहरू तैरिरहेछन् आँखाका महासागरमा। |
रूपान्तरणदूरन्त कहीं, मेरो आँखाबाट ओझेल अहिले ऊ फर्किरहेछ, अनिश्चित गन्तव्यतिर । उसको वरिपरि निर्लिप्त रात लक्षित उतिरै भुकिरहेछ सायद र, म शुभ-चिन्तनमा आकुल गीत यतिबेलै उसमा प्रतिध्वनित हुन चाहन्छु । टाढा कतै निर्वासित मेरो दुर्गम सपना घरिघरि बतासमा घरिघरि वर्षातमा र फेरि आँसुमा रूपान्तरण भएर फर्किरहन्छ । अलमल्लिइरहन्छु आफैंभित्र एउटा प्रश्नले, त्यो निर्जन बाटोतिर मोडिएर जाने कहिले फर्किन्छ होला आफ्नै गन्तव्यमा - यद्यपि, स्पष्ट छ ऊ अर्थभेदक उज्यालो भएर ऊ बोल्छ, "बाहिर अन्धकार छ अन्धकारभित्र म छु र, मभित्र तिमी छौ ।" |
वात्सल्यजब तिम्रा परेलीहरूमा आँसुका तरेली पर्न थाल्छन् म आफ्नो मनको गहिराइ नाप्न थाल्छु तिम्रो दुखाइमा रूपान्तरित हुँदै मुटुको घाउ जाँच्न थाल्छु यदाकदा ठक्कर खाएर लड्दा खस्रा व्यवधानहरूमा तिम्रो कोमल स्पर्शको साटो अहो ! अनगिन्ती पीडाहरू, चोटहरू खस्नै खोज्छ मुटु चुँडिएर नाप्न खोज्छु यो रातजस्तो भयावह तिम्रा हरएक पलका कष्टप्रद भोगाइहरूलाई बाङ्गा-टिङ्गा हरफहरूमा जब कोरिन्छौ तिमी अस्थिर खुट्टाहरूले बेचैन हुन्छ मेरो मन मुटु निश् चिन्त थामिँदैन हरवियोग विचलित हुन्छु तिम्रो बालसुलभ चकचकेपनाले मेरो सृष्टिमा हलचल ल्याउँछ तिम्रा अमृतमय तोतेबोलीहरू ठोक्किन्छन् कहिलेकाहीँ कसैका खस्रा वाक्वाणहरूमा म चकनाचुर हुन्छु पटक-पटक प्रलय हुन खोज्छ उकुसमुकुस भएर अन्तरमनमा तिमी चञ्चल छौ, चतुर छौ एकाग्रता र जिद्धीपन पनि त कम छैन म बिथोल्छु तिमी भाव-शून्य आफ्नैपनको खोजी गर्छौ मेरो अनुशासल तिमीलाई लगाम हुनै सक्दैन केवल कालो अक्षरमात्र म आजित हुन्छु आफै थाक्छु तिमी थप्दै जान्छौ खप्दै जान्छौ चोटहरू तिमीले सिर्जेका पीडाजन्य खहरेहरूमा म मेरो मुटु सुसाएको पाउँछु तिमीलाई न्यानो स्पर्शले छाम्छु आफ्नै मुटुको पर्याय पाउँछु। |
शब्दको खेतीमाशब्दको खेतीमा फट्याङ्ग्राहरू रमाउन थालेपछि दानाहरू पोटिला हुनै पाउँदैनन् किसानहरू भोक चपाउँछन् तिर्खा पिउँछन् र स्नेहले मिसाउँछन् अनुभूतिको माटोमा आफ्नै मुटुले बनाएका संवेदनाका मलिला कम्पोष्टहरू बाटो बिराएका फट्याङ्ग्राहरू हरिया बालामा लोभिन्छन् र रङ्ग बदलेर पस्छन् शब्दको खेतीमा फट्याङ्ग्राहरू खेती गर्दैनन् तिनीहरूसँग कोदालो समाउने हात हुँदैन गरा सम्याउने दाँत हुँदैन केवल लामो सूँढ हुन्छ तिनीहरूको फट्याङ्ग्राहरूलाई दुधिलो धान असाध्यै मनपर्छ सावधान ! फट्याङ्ग्राहरू शब्दको खेतीमा पस्न नपाऊन्। |
समानान्तर उज्यालोनडराऊ रातपरे पनि बिहानको आशा रित्तिएको छैन तिम्रो अँध्यारोलाई बचाउँदा-बचाउँदा मेरै अनुहारमा ठोक्किएर कैयन् उज्याला युगहरू फर्किए देखेकै छौ ? यो अनुहारभरि तिनै युगको पीडा छ समानान्तर उज्यालो बोकेका ती युगहरू कहिल्यै बन्द नहुने खापा रहेछन् तिम्रो चोरझ्यालबाट अलिकति चियाएर हेर त ! त्यो उज्यालो अहिले तिम्रै ढोका ढक्ढकाइरहेछ। |
सहयात्री उज्यालोको खोजीघाम घामजस्तै उदायो भने बिहान बिहानजस्तै रमायो भने घाम रमाएको बिहानजस्तो अनुहारहरूमा उदाउनेछ सुन्दर दिनको प्रतिबिम्व हरेक रात उस्तै हुँदैनन् निद्राहरू हरेक निद्रामा उस्तै हुँदैनन् सपनाहरू सपनाहरूको आँखा हो घाम आँखाहरूको बाटो हो सपना सपना र आँखाको यात्रामा सहयात्री पाइला हुनुपर्छ घाम यसपटक धेरै गहिरो रातबाट एकाएक निद्राभन्दा पहिले ब्यूँझिए सपनाहरू र उठे नयाँ बिहानको खोजीमा एक मुस्लो आवाज भएर उठे सपनाहरू अस्त्र थिए सपनाहरू सस्त्र थिए अशान्त रातहरू च्यातेर काला अवशेषहरू भत्काएर फालेर पर्खिरहे सपनाहरू पर्खिरहे आँखाहरू सहयात्री घामसँग पर्खिरहे उज्यालो यात्राको शुभारम्भ। |
सीमामैले देख्दा ऊ रुख थियो पूर्ण रुख झ्याम्म, हरियो सर्वाङ्ग फलदायी उसको छायामा बटुवाहरू थिए गोठालाहरू थिए खेतालाहरू थिए भरियाहरू थिए को थिएन र उसको वरिपरि त्यतिबेला ? हेर्दाहेर्दै उसका पातहरू पहेँलिए- झर्न थाले हाँगाहरू चाउरिए- सुक्न थाले जराहरू मक्किए- काँप्न थाले उसको अस्तित्व- अस्थिपञ्जर उसको सामीप्य- भयको डेरा उसको ओत न घामको न पानीको न भीडको न एकान्तको ऊ नाङ्गो यथार्थ के अझै बुझेनौ तिमीले ? उसको औचित्यको सीमा ! |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal