Yo Jindagi Khai Ke Jindagi is one of the
most famous poems ever written by Haribhakta Katuwal. This heart-touching poem
encapsulates in itself all the spirits of human life and travels the
complications of life's journey into profundity and emotional depth. Katuwal,
through lively imagery and evocative language, presents his exploration of
struggles, joys, and existential questions marking our existence. The poem thus
oscillates at a very profound level with the readers, inviting reflection upon
the myriad facets of life and beauties that naturally lie in the challenges.
"Yo Jindagi Khai Ke Jindagi" is an eternal creation that shows
Katuwal's brilliance as a poet, showing the universality of human life.
Regarded as one of the most important
figures in Nepali literature, Haribhakta Katuwal was born on July 2, 1935, in
Bogibil village in Dibrugarh District of Assam, India. His ancestral roots
traced back to Chainpur in the Sankhuwasava District, where his grandfather had
migrated to Assam. Katuwal was the firstborn child of his parents, Bir Bahadur
and Bishnu Maya. He received his primary education at Bogibil Primary School
and completed his high school education at George High School in Dibrugarh.
Despite all financial constraints, he continued studies and passed his I.A. examination
as a private student. However, with the family facing economic problem he had
to discontinue education and started teaching at A.O.C. School.
Since his childhood, Katuwal had expressed
his multitalents in literature, music, sports, acting, and painting. He could
write in six languages-Nepali, Assamese, Bengali, Hindi, English, and Urdu.
Despite these talents, Katuwal faced several ups and downs in his career. Loss
of the job as a teacher forced Katuwal to try his hand in other vocations,
including selling vegetables, running a hotel, and incurring eventual losses
that left him jobless.
Under the pen name 'Prabasi,' Katuwal first
started writing poems, showing his immense capability in literature. This
exceptional talent soon drew the personal attention of King Mahendra himself,
after which he invited him to Nepal to nourish his writing career. Coming to
Nepal in 1967, Katuwal continued his journey in literature, canceling the pen
name 'Prabasi' and going with his original name.
Having landed in Nepal, Katuwal started a
new phase of his life as an editor with the Royal Nepal Academy. Despite
several challenges and discharges from different jobs, Katuwal continued
writing. He has edited many literature-based periodicals and authored several
books regarding poems, songs, and plays. His serious themes and touching
expressions earned him recognition and various awards, such as the Royal Nepal
Academy Medal and a gold medal for poetry.
Nevertheless, Katuwal's life was full of
struggles and hardships despite his contribution to Nepali literature. He had
to face all odds in the form of financial problems, job insecurities, and
societal challenges, which brought him back to Assam, where he breathed his
last in 1980. But in the realms of his eternal literary genius, his creations
continued to beguile and enchant readers and listeners alike. A documentary
named "Ani Hari Bhakta Farkiyenan" featured his life in the year
2015, while a play enacted in the year 2017 paid tribute to his poetry. A life-sized
statue erected in Jaigaon near the Indo-Bhutan border in 2021 stands as
testimony to his undying memory.
Haribhakta Katuwal's literary genius, which
oversteps time and space, has left an ineffaceable mark in Nepali literature.
His poems and songs, replete with depth and emotion, continue to inspire and
stir audiences and reaffirm his position as the bright star of Nepal's
literature.
म कविआफैँलाई खोजिरहनुको उत्सुकताको पछि गुमाउँदै जानुको चिसो विवशताले पीडित मेरो मुटु खै आज कविता सोच्नै मान्दैन सायद त्यसैले होला सुनगाभा ! तिम्रो मुस्कानभन्दा मेरो आँखामा यसबेला ती वृद्ध सज्जनको मलिन अनुहार खेलिरहेछ जो घन्टौँ एउटा लामो क्यूमा उभिएर पनि हिजो साँझ मट्टितेलको रित्तो भाँडो हल्लाउँदै घर फर्किरहेका थिए जाती हुन्थ्यो बरु म कवि नभएर त्यही रित्तो भाँडोभरि मट्टितेल हुन सकेको भए मेरो देशको एउटा घरमा एक रात एक छाक बल्न सक्थेँ एउटा वृद्धको खिन्न अनुहार केही क्षण उज्यालो पार्न सक्थेँ तर, सुनगाभा ! मेरो देशको कुनै समस्या पनि टार्न नसक्ने म कवि भएँ जो तिम्रै मुस्कानमा मात्र अल्झिरह्यो । |
न सम्झुँ भन्छु तिमीलाईन सम्झुँ भन्छु तिमीलाई नसम्झी बस्न के सक्थें? नहेरूँ भन्छु तिमीलाई नहेरी बस्न के सक्थें? कि तिम्रो सम्झना उस्तो कि मेरो छाती नै उस्तो कहालिन्छ जव छाती नधाई बस्न के सक्थें? खिइने छैन यो सृष्टि दुइ आँखाले हेर्दैमा फुलेको सृष्टिको फूल नसुँघी बस्न के सक्थें? छ तिम्रो सम्झना मीठो कमलो छाती छ मेरो जसै चस्कन्छ यो छाती नरोई बस्न के सक्थें? जति सम्झ्यो उति मीठो जता हेर्यो उतै सुन्दर यो सुन्दर सृष्टिको गीत नगाई बस्न के सक्थें? |
मर्न सकूँ तिम्रा लागिबल्ल आइपुगेको आमा ! तिम्रो न्यानो काख खोज्दै माया देऊ, मलाई मायाको भोक लागेको छ। हात चोपलेर पवित्र पानीमा वाग्मतीको तिमीलाई फेरि कहिल्यै नछोड्ने किरिया खाइसकेको छु। मुठ्ठीभर माटो लिएर पावन मातृभूमिको मेरा अपराधहरुको प्रायश्चित गर्न लागिरहेको छु यत्तिका दिनसम्म त्यसै भौतारिँदै हिँडे– वारिस विना केवल दाँत ङिच्याउँदै अरुको भुकाईमा–थुकाईमा। तर आमा! जहाँ थिएँ– तिम्रै छोरो थिएँ तिम्रै सौम्य अनुहार हुन्थ्यो मेरो यी आँखाभरि तिम्रै रगत प्रवाहित थियो मुटुभरि–कलेजोभरि तिम्रै गौरवगाथा व्याप्त थियो मेरो उत्साहभरि–उमङ्गभरि। बल्ल आमा ! तिमीलाई ‘आमा’ भन्न पाएको छु करोडौँ तिम्रा ओजस्वी सन्तानहरुका लाममा– आफूलाई उभ्याएर आकाशतिर दुईहात उचालिदिएको छु रहर कुँदिरहेको छु यी पाखुराहरुमा केही गर्न सकूँ तिम्रा लागि तिम्रो गौरव नै हाम्रो अस्तित्व आमा! मर्न सकूँ तिम्रा लागि। |
कतै आउला कि कुनै यस्तो दिनहिजो एक मित्रकहाँ गएको थिएँ, एउटा पोको कोठाको कुनामा, दलिनमा झुण्डिरहेको थियो ती- अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै पनि मलाई लाग्यो- म पनि झुण्ड्याइदिउँ एउटा ठूलो पोको पारेर व्यर्थै मलाई चिमोटिरहने यी सपनाहरूलाई, कतै आउला कि कुनै यस्तो दिन, जब, फुलाएर तिनै सपना आँखाहरूका फूलबारीमा हाम्रा छोरा-छोरी र नाति-नातिनाहरू आनन्दका गीत गाउँदै खेत गोडिरहेका हुनेछन्! |
दिनका तीन स्थिति: मेरो अनुभवमागुँडगुँडला चरा बिच्काउँदै आँखा आँखाको नींद उडाउँदै भर्खर बैंस चढेकी ठिटी जस्तै भित्ताका प्वाल प्वालबाट चियाउन आइपुग्छ सधैं एउटा उत्ताउलो विहान । बितेको बैंस सम्झेर – आउँदो बुढ्यौलीलाई पर्खेर आउने-जानेको मुख चहार्न बानी लागेको तीस-पैंतीसकी विधवा जस्तै, पट्टाइलाग्दो साँधमा पुगिसकेको थाप्लामा एउटा सूर्यको भारी खपिनसक्नु हुन्छ यो मध्यान्ह । उज्यालोसित छलिंदै छलिंदै आँखा आँखासँग बास माग्दै रात आउँछ मकहाँ प्रेयसी बनेर, छातीभरि उखर्माउलो थपी केही पीर दिंदै – केही पीर लिंदै रात जान्छ मबाट सधैं एकै अँगालो नींद बास बसेर । |
जीवन: एक दृष्टिघरि घरि हावा भरिरहनु पर्ने पङ्कचर भएको- बाइस्कलको ट्यूब जस्तो यो जीवन कति टिठलाग्दो छ ! टाल्यो- उप्किन्छ उप्किन्छ- टाल्यो टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ र पनि नटाली धर छैन नगुडी चक्कालाई सुख छैन ! गुड्दा गुड्दै जब असंख्य भ्वाङ पर्छन् टाल्नै नसकिने- ट्युबमा अनि फेकिन्छ निर्दयतापूर्वक डष्टबिनमा वा कुनै नालीमा । घरि घरि हावा भरिरहनु पर्ने पङ्कचर भएको- बाइस्कलको ट्यूव जस्तो यो जीवन कति टिठ्लाग्दो छ !! |
रहरबा, पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको खिया लागेका कलका पुर्जाहरू जस्तै गणितका शुत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने केवल इतिहास पानाहरूमा, मैले त बाँच्नुपर्छ आउने दिनहरूमा इतिहासको गतिलाई उछिनेर इतिहासभन्दा बढी अरु केही भएर त्यसैले बा, पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको फ्रेम हालेर राख्ने आदर्शभन्दा भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ बनिसकेको बाटामा हिँड्नभन्दा बाटो बनाउँदै हिँड्न रहर लाग्छ। इतिहासका ठेली होइन एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई योजना होइन पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई र गर्नु छ भुक्तान जम्मै धरतीले बोकाएका ऋणहरूको बा, पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको । |
यो जिन्दगी खै के जिन्दगी !भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी ! बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ आँखा चिम्लनु पनि जगजगी आँखा उर्घार्न पनि जगजगी यो जिन्दगी खै के जिन्दगी पसलमा सोकेशभित्र सजाएरराखेको काँचको चुरा जस्तो यो जिन्दगी कुनै युवतीको हातमा चढ्दाचढ्दै प्याट्ट फुट्न सक्छ यो जिन्दगी! रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी! बाटामा हिँड्दाहिँड्दै च्याट्ट टुट्न सक्छ यो जिन्दगी! यो जिन्दगी खै के जिन्दगी!! |
भोलिको नेपाल aती जो बिहानै काखीमा पुस्तकको ठेली च्यापेर हुलक हुल निस्किरहेछन् गल्ली-गल्लीबाट तिनलाई बाटो छोडिदेऊ ! ती लहर जस्तै उर्लेर आएरहेछन् | यी घर - जसलाई हामी घर ठानिरहेका छौ यी सडक - जसलाई हामी सडक भनिरहेका छौ यी मन्दिर - जसलाई हामी मन्दिर सम्झिरहेका छौ यी केहि पनि प्रसस्त हुने छैनन् उनीहरुक लागि | ती त सपना बोकेर आएरहेछन - निर्माणक गीत गाउदै उनीहरुलाई छेक्न नखोज ! आफुलाई चाहिने घर आफुलाई चाहिने सडक आफुलाई चाहिने मन्दिर उनीहरु आफै बनाउनेछन् निश्चित छ - भोलिको नेपाल उनीहरुले चाहे जस्तै हुनेछ | |
Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide