50 Nepali Poem Of Different Poets

 

50 Nepali Poem Of Different Poets

    म हुनुको अर्थ

    राजकुमार कार्की 

    यो ब्रम्हाण्ड
    मेरो लागि “अब्र्स्टयाक आर्ट” जस्तै भएको छ
    म फगत एक्लो
    ग्याँस च्याम्बरको नियती भोग्दैछु
    मान्छेहरु एक हुल
    पूर्व जान्छन्
    अर्को हुल
    पश्चिम जान्छन्
    निरुद्देश्य,
    म फुटबलजस्तै
    कहिले ओल्लो गोल पोष्टमा
    कहिले पल्लो गोल पोष्टमा
    निरन्तर ठोक्किरहेको छु
    हो,
    मेरा दिनचर्याहरु यसरी नै
    व्यतित भइरहेका छन्
    म हुनुको अर्थ
    यही कोलाहल, भीँड र बजारमा
    खोजिरहेको छु
    मेरो अस्तित्वमाथि
    धावा बोलेर
    कुलंगारहरुले
    युद्ध जितिरहेका छन्
    म भन्नु एउटा
    फगत, विरोधको पर्याय बनेको छ
    मेरो अस्तित्व भन्नु
    फगत, रोमाञ्चक अतित बनेको छ
    मैले होस गुमाएको बेला
    मेरा जिजिविसाहरु विकेन्द्रीकृत हुन्छन्
    जब होस् आउँछ
    वर्तमानमा भोग्नुपरेको पीडा सम्झेर
    कठै यी आँखाहरुबाट अविरल बग्छ इन्द्रावती
    म पल प्रतिपल
    मुर्दातुल्य भएको छु
    यसैले हेरिरहन्छु निर्निमेष
    म आफ्नै मृत्युको
    मलामीमा सामेल भएको दृश्य।

    म फेरि आउँदैछु

     राजकुमार कार्की

    जतिसुकै सहादत भए पनि
    बेथिति ज्यूँका त्यूँ रह्यो
    हजारौंको तादानमा भए त्याग र कुर्वान
    तर लासको अम्बारमा बसेर
    चास्नी चाट्नेहरु फेरि पनि बढ्दै गए
    रगतको आहालमा
    डुबुल्की मार्नेहरु होशियार !
    षड्यन्त्रको जालो बुनेर
    भाइँभाइ फुटाउने हो होशियार !
    म फेरि आउँदैछु
    बेथिति विसंगति र विग्रहको विरुद्ध
    म दावानल भएर आउँदैछु  
    तिम्रो षड्यन्त्रका किल्लाहरु ध्वस्त पार्न
    म तुफान बनेर आउँदैछु
    अघाएकाहरु रगत  र पसिना डकार्दैछन्
    भोका पेटहरु सारंगी  बजाउँदैछन्
    कति असमान भएको छ
    आकाशँधर्ति हाम्रो लािग
    हो अब म त्यही विभेद मेट्न आउँदैछु
    तिम्रो अहंकारमाथि धावा बोल्न
    भोको पेट र नांगो आंगको
    लस्कर लिएर आउँदैछु
    हो म आँधिमय बनेर आउँदैछु
    मेघको गर्जनसँगै ब्रम्हाण्डमा
    चट्यांग बनेर आउँदैछु
    तिम्रो शक्तिकेन्द्र  दहन गर्न
    हो म अब प्रलय बनेर आउँदैछु  ।

    म ढल्न सकिन

    राजकुमार कार्की

    थोपा थोपामा म गल्दैछु
    शिखा झारेर म जल्दैछु
    तिम्रो नश नशमा
    चेतना प्रवाह गर्न
    मैले आँधिलाई पनि झेल्दैछु ।
    हो म तिम्रो प्रकाशकुञ्ज बनेर
    थोपा थोपाहरुमा गल्दैछु
    कहिँ जल्दैछु कहिँ बल्दैछु
    शिखाहरुमा रुपान्तर भएर
    साँच्चै हो मेरो जीवन
    तिम्रो नाममा अनुवाद गर्दैछु ।
    तिमीले चाँडै ढल भन्यौ
    तिमीले चाँडै गल भन्यौ
    तर अहँ, म चाँडै बल्न पनि सकिन
    तिमीले भने जस्तै ढल्न पनि सकिन
    जीवनको प्रक्रिया  
    आखिर यस्तै नै हुँदोरहेछ ।
    म शनै-शनै जलिरहेको छु
    म शनै-शनै बलिरहेको छु
    ढल्नु मेरो स्वाभिमानको विरुद्ध हो
    यसैले तिम्रै लागि म क्रमागतः बलिरहेको छु ।

    तरुण

    मकुम राई

    हे युगका युवा, जाग उठ सलाम
    खम्वीर योद्धाहरु हो, जुट तोड लगाम
    बिडम्बना ! अफ्सोच !
    जब फिल्टर देखि सालबिडें सम्मा ठुटा-ठुटा हुन्छ
    जब कडा देखी नरम सम्म थुप्रै बोत्तलहरु रित्तिन्छन्
    अफ्सोच ! कोरिन्छ दर्जा
    बेफ्वाँक ! टुट्छ उर्जा
    फूल एक बासना अनेक
    भुल एक तृष्णा अनेक
    जब नशा भाङ्, कोक्टेलसँगै
    स्वार्णिम धरहरा डुब्न थाल्छ
    जब आकाश धमिलिन थाल्छ
    तब आफ्नै छविले जलाउन थाल्छ
    भित्र भित्रै पगाल्न थाल्छ
    अनि लेखिन्छ यी दर्जा
    जीवन एक दर्जा अनेक
    एकै ड्याङ्को मुलो
    सानो ठुलो,टर्रो पिरो
    जब जिन्दगीका प्यालाहरु
    एक-एक सिद्धिन्छन् क्रमश:
    अनि सबै सुरा-परा
    नतमस्तक लाचार सुहागरात सुरुहुन्छ
    अनि लेखिन्छ यहाँ दर्जा अनेक
    उर्बरा उर्जा अनेक
    हो, त्यो बयस्क
    हो, बेफ्वाँक ! ऊ त्यो युवा
    यो युग अनि युवा ।

    खोपडी र बाटाहरु

    परिहास

    यिनै खोपडीहरुले खन्छन्
    मान्छेका बुझाईका हरेक बाटाहरु
    नआत्तिनु नडराउनु रे
    समस्या संग । - को समाधानले
    अर्को समस्या निम्त्याउँछ
    के समाधान भन्नु  
    कुरा उल्टै मात्र
    पानी चािहं पो बग्छ त
    खोलै खोला
    माथीँनेर ढुंगा  पल्टाउँदा
    पखेरा खोई त लडेको
    के बिश्वास गर्नु के नगर्नु
    के पत्याउनु के नपत्याउनु
    हरेक समस्याको समाधान हुन्छ - सर्वमान्य  
    खोला बग्छ - सर्वसत्य
    पहिले पृथ्बी चेप्टो थियो - पत्याए
    अहिले गोलो छ -हामी गुडाईरहेछौं
    अब को आकार कस्तो 
    कि त
    पृथ्बी - बिज्ञानमा पढेको अमिवा
    अबको अर्को बिश्वयुद्धपछि मान्छेहरु  
    बचेभने - बाँचेकाहरुले
    आफैंले फ्याँकेका बिकारका बस्तु शुद्धिकरण पश्चात
    बेशी वा धेरै बुद्धिले 'गु' ख्वाउँछ - उक्तिको दिन भेट्ने छन्
    वा ब्यवहारमा लागू ॥

    आज तिमीलाई सम्झिदा

    महेश रेग्मी

    मेरो एउटा मात्र आकाङ्क्षा
    भर्भराइरहेको मन
    फूल भएर प्रतीक्षा गरिरहेको म
    प्रतीक्षाका यतिका वर्षहरू बिते
    तर पनि म ढुङ्गा हुन सकिनँ
    तर यान्त्रिक भएको छु ।
    तर तिमीले नबिर्स कि,
    मेरो याम सकिएको छैन
    मेरो याम सकिएको तिमीले सम्भि्कयौं भने  
    मान,
    तिमी पनि सकिनेछौं ।
    मेरो बासना तिमीलाई थाहा भएकै हुनुपर्छ
    तिम्रो ऋतुपरिवर्तन भएको मलाई थाहा छ  
    जब वैशाख महिना सुरु हुन्छ
    म खुशीले पागल हुन्छ
    किनकि
    त्यो दिन तिमीलाई खुब सम्भि्कन्छु
    धोबीचराको चिरबिर
    तिमीलाई मन पर्छ होइन ?
    त्यो धुपीसल्लाको बोटमा
    धोबीचराको विरह पनि तिमीले सुनेकी छौं
    हो, म त्यही धोबीचरा भएको छु ।
    घरको चारैतिरको झ्यालढोका बन्द गरेर
    अँध्यारो कोठामा बस्छु
    जन्मदिन मनाउदिँन
    रक्सीले मात्तिन्छु
    र, जीवन खोज्छु ।
    तिम्रो तस्बिर पनि धमिलिएछ
    मेरो तस्बिर पनि धमिलिएछ
    अँध्यारो कोठामा
    फुत्त एउटा जुनकिरी पस्छ
    सोच्छु– त्यो तिमी हौं
    त्यो जुनकिरी र अँध्यारोको वरिपरि म
    र, भयानक रिक्तता
    तिम्रो धमिलिएको त्यही तस्बिर खुब हेर्छु
    राति नराम्रो सपना देख्छु
    र, स्खलित हुन्छ
    तिमीलाई खुब सम्भि्कन्छु
    हिजोको याम सम्झेर रोए पनि ।
    के हाम्रो दौड खत्तम भयो ?
    के हामी थाकेका हौं त एक–अर्कासँग ?
    के तिमीले मलाई मासुको थुप्रो सम्भि्कयौं ?
    वा
    एक किसिमको आतङ्कित गन्ध ?
    जो सुँघ्न सकिँदैन
    कि म निर्जन दृश्य हुँदो छु ?
    के हुँ म?
    को हुँ म?
    कि एउटा दुर्घटना हुँ ?
    कि एउटा सपना हुँ ?
    तिम्रो वक्तव्यको प्रतीक्षा गर्छु  
    र, एकप्रकारले गम खान्छु
    म जन्मनुपरे
    जन्मनेछु
    पुनः तिमी गएको बाटोतिर
    अब भेट हुने आशामा
    म धोबीचरो बतास भएको छु
    म बतास जताबाट आएको हुँ
    त्यतैतिर हुत्तिँदो छु
    तर किनकिन
    काम / क्रोध / लोभ / मोह र बासना त्यागेर
    के म मान्छे भइरहन सकुँला ?
    तिम्रो भइरहन सकुँला ?
    आज तिमीलाई सम्झिदा ।           

    पहाडकी रानी

    महेश रेग्मी

    तिमी हिँडेपछि
    तिमीसँगै
    म हिँड्ने बाटो पनि हिँडेछ।  
    अब मसँग हिँड्ने बाटाहरु छैनन्
    अब मसँग हेर्ने आँखाहरु छैनन्।
    छोरी हिँड्ने गरेको बाटोमा
    एउटा छाया हिँडिरहेको छ  
    तिमी हिँड्ने गरेको बाटोमा
    लासैलास हिँडिरहेका छन्।  
    प्रिय!
    तिमीबिनाको स्वतन्त्रता स्वादिलो छैन
    तिमीबिनाको जीवनको सत्ता ढलिरहेछु ।
    हिजो फुत्किएको समय
    कहाँ पुग्यो होला?
    म समयहीन समय छाडिएँ
    रेलस्टेशनमा कुनै लगेजसरी।
    छाया समात्न खोज्छु  
    तस्बीरको  
    समय बोलाउँछु
    तानसेनमा।  
    तानसेनको श्रीनगरडाँडाबाट हेरे पनि  
    पशुपतिनगरको फाँटकडाँडाबाट हेरे पनि
    दार्जिलिङ्गको घुम पहाडबाट हेरे पनि
    भोगाइ उही छ  
    दृश्य उही छ
    दृश्य मर्दैन
    आँखाको भोक मर्दैन
    म ढुङ्गाको सिरानी हालेर नाङ्गो आकाश हेरिरहेछु
    र समय मेरो टाउकोमाथि
    डेमोकल्स्को नाङ्गो तरवार भएर झुण्डिएको छ
    मात्र म आवाज बाँचिरहेको छु
    के तिमीले सुन्यौ ?
    मेरो आवाज
    तानसेनको आवाज
    जिन्दगीको मौसममा।
    पहाडकी रानी!
    मेरो पनि आँसु बगेको छ– टिष्टामा  
    मेरो पनि रगत बगेको छ– टिष्टामा
    मेरो पनि देश छ– टिष्टामा
    र, तिमीले त्यही टिष्टालाई छोएर भन!
    के हामी दुई किनार भयौँ ?
    मेरो अन्तिम उकालो प्रश्न तिमीलाई !    

    शान्ति

     कमल भारती

    शान्तिको कामना
    अँध्यारो औसिको रातमा 
    तारा झिलिमिली आकाशमा ।
    नेपालले पखिर्रहेछ
    बुद्ध आउने आसमा ।
    पापीहरुले खेली रहेछन
    नेपालीहरुको लासमा
    शाहीदहरुको श्वास सधैं
    बहिरहन्छ बतासमा
    हजुर आमा हुन्छिन् सधैं
    परिवार फर्की आउने आसमा
    समाचार औउने सधैं
    सात बजे साँझमा
    जेठ नाती शहीद भएछन 
    जन आन्दोलनको माझमा
    जिब जन्तु केही पनि 
    नमरुन है अकालमा
    कामना गरौ हामी सधैं
    शान्ति हवस नेपालमा

    दसैँ

     बासु ढकाल

    प्रत्येक बर्षको दसैँ
    थुप्रै टाउकाहरु छिनेर बिते
    र पुनः
    रावणका झैँ पलाएनन्
    बोका खसीको झैँ भो
    मान्छेको नियति
    आफै संग पराजित छ कठै मान्छे
    र पनि के को बिजयोत्सर्ग मनाउँदैछ कुन्नि ?
    ऊ आफैलाई थाह छैन
    एउटा गतिलो दसैंको चाहना नमेटिदै
    थुप्रै मानवीय टाउकाहरु बलि चढे
    थुप्रै सिऊँदोहरु उजाडिए
    तर सिंगो देशमा कहिल्यै दसैँ आएन
    एक टुक्रा चिची र एक धर्को नानामै
    अझै गाउँ बेसी दसैँ खोज्दैछ
    र यतिखेर
    पश्चिमा जिन्दगी बाँचेर
    पूर्वीय संस्कृति जोगाउने धुनमा
    आडम्बरी दसैँ मनाउदैछौ हामी
    र सधै ..
    बराजुका थाप्लामा बाजेले गीर खेल्दै दसैँ मनाए
    बाजेको थाप्लामा बाले
    र म आफ्ना बाका थाप्लामा गीर खेलेर नपुग्ने अनुमानमा
    रातदिन मरिमेट्दै छु
    बस्
    मेरी आमा
    खै कस कसलाई
    के पो आशिर्बाद देलिन्
    एकै घरको छानामा
    चार थरि झण्डा गाडिएका बेला
    मनमनै भन्दिहुन्
    बजियाहरु सप्पै सिंहदरवार पसेनी हुन्थ्यो नि बरु
    साच्चै
    एक्लै बूढाको जिउनी सम्हाल्थे
    उतै नारा लाए नि लाउन
    टायर बालेनी बालून्
    मन्त्रि बनेनी बनून्
    मलाई त शान्ति हुन्थ्यो नि
    यत्रा बर्षमा जाबो संबिधान त नबनाउने मोराहरुले
    खै के पल्लान र आश गर्नु व्यर्थै
    भुत्ते हसिया उद्याउँदै
    गनगन गर्दै थिन्
    सनै: सनै:
    उनको खुम्चिएको निधारको रेखामा
    क्रमश:मैले आफन्तबाटै अतिक्रमित
    शिमारेखाहरु भेटें
    र मलाई
    सिंगो धर्ती याद आयो !!
    र कहिल्यै नहारेको दसैँ याद आयो !!

    आमा, माटो र धर्ती

     बासु ढकाल

    आमा!
    मलाई एक मुट्ठी माटो देऊ
    कतै जीवन दर्शनको उकालोमा
    थकाई मार्नु पर्ला
    म,चौतारी रोपी दिन्छु
    अथवा
    मलाई एक मुठी ऑटो देऊ
    कतै देश निर्माणको बाटोमा
    भोक मेटनु पर्दा
    म दुईचार टुक्रा रोटी बेली दिन्छु
    या
    मलाई गोरेटो बाटो देऊ
    ठेल मठेल गरी हिडीरहेका संततिलाई
    काँडाहरु पन्छाएर यी हातहरुले
    म मूल सड़क भेटी दिन्छु
    माटो
    जीवनको आदि र अंतस्थल
    उर्बर बनाउनु पर्ने हातहरु
    बारूदको रोपाईमा जुटेका छन,फुटेका छन
    माटो बाटै उदाएर,
    साँझ नपर्दै अस्ताएका छन्
    धर्ती
    सहेको सह्यै छ
    तिम्रो शिर सागरमाथा
    मान्छेहरुको आगमन प्रत्यागमनको
    दृश्य,परिदृश्य हेरेर
    मौन
    एकनास अविछिन्न
    संसार सामु उभिएको उभियै छ
    जननी
    मलाई एउटा चौडा छाती देऊ
    बुद्ध बनेर संसार सामु
    सदा सागरमाथा झै
    अनवरत, अनन्तसम्म
    अविछिन्न शान्त उभिन सकूँ ।

    मासिन्छ कि देश मेरो

    बासु ढकाल

    बन्दैछ कि धुजा धुजा
    आजभोलि देश मेरो
    मासिन्छ कि डर लाग्छ
    त्यों नेपाली भेष मेरो
    बाँड्नै परे नेपालीको
    मन बाँडे हुन्थ्यो
    शीप रुपी पौरखको
    धन बाँडे हुन्थ्यो
    मलाई पनि नटुक्र्याई
    देश देऊ अलिकति
    हिमाल पहाड तराइको
    भेष देऊ अलिकति
    आफू आफू के का लागि
    कुस्ती खेल्नु घरी घरी
    नेपालीले कतिन्जेल
    दुख: झेल्नु सधैभरि
    एउटै जात नेपालीको
    हात देऊ अलिकति
    नेपाली हुँ भन्न लाई
    साथ् देऊ अलिकति

    आज भोलि

     बासु ढकाल

    आज भोलि काठको घर
    धमिरा लाई जिम्मा ला छ
    जून लाई माथ गर्छु भन्ने
    जुन्किरीको रजाई भा छ
    सबैलाई समानताको
    पगरिले गुथ्ने संग
    आज भोलि ठेला गाडा
    ठेल्नेकोनी सत्तो गा छ
    संसार बाटै फ्याकिएको
    एउटा बूटी पलाको छ
    भता भुंङग परेर देश
    मूढे बल ले चलाको छ
    हात नंग्रा खियाउनेको
    घटी गला रेटने संग
    डराएर आफ्नै घरमा
    मान्छे आफै पराई भा छ

    पोखरा

     कुम शाही 

    तिम्रै बिशाल काखमा
    बिभिन्न नामले परिचित
    बसन्त फुलाउदै कांडालाई पन्छाउदै
    अंकुर फुटाउदै बहार उन्यौ ,
    पृथ्वीमा घाम छरिदा नछरिदै
    सरद्को दाना सगै फूलहरु हाँसिरहेका
    धोबिनी चरी बोलिरहेकी
    परिवर्तन र नयाँ यामको खोजिमा
    तिमी कती भाग्यमानी पोखरा,
    परिबर्तित मौसमसगै तरुनी तन्नेरीहरु मधुर मिलनलाई
    मनको गति दिन करुण कहानी र जीवन गाथा यौवनको
    बैसालु रस पस्कदै
    अपुरो कथा पूर्ण गर्न ब्यस्त छिन्
    पोखरा,
    तिम्रै कोमल आलिँगन
    अनेकौ नामधारी तालहरु
    फेवा,बेगनास, रुपा
    अरु अनगिन्ती नामहरु
    प्राकृतिक मनोरम
    मधुर रस कि धनी
    पोखरा,
    माछापुछ्रेको काखमा
    सेतीलाई पोल्टामा लुकाएर
    आफ्नो गन्तब्यमा पुग्न आतुर
    कति शक्तिशाली तिमी
    पोखरा,
    तिम्रै स्पर्शले आँशु र सुस्केराहरुलाई
    सदाचारको माला पहिराइ रहेछौ
    मधुर चुम्बनको साथ
    तिम्रो शताब्दियौ देखिको आगमनलाई
    सुस्वागतम "पोखरा" ।

    हर्केको अवतार

     कुम शाही 

    तीनचारवटा मोबाईल खल्तीमा बोकेर िहंड्छ
    आफूलाई ब्यस्त देखाउन फोन रिसिभ गर्दैन
    चल्ता पुर्जा जान्ने हुँ भन्ठान्छ एउटा हर्के
        हरेकलाई मिस कल गर्छ
        उताबाट कलब्याक आउने प्रतिक्षामा बसेर
        पैसा जोगाएको हिसाब गर्छ अर्को बाठो हर्के ।
    साथीको श्रीमतीलाई 
    बहिनी नानी र छोरीको सम्बोधन गर्छ एउटा बेसरम हर्के
    दिदी भाउजु बहिनीको नाता लगाउँदै
    तिनैप्रति आशक्ति देखाउँछ अर्को बेइमान हर्के ।
        समस्या देखाएर साथीभाइसँग पैसा सापट माग्छ
        त्यो पैसा अर्कोतिर ब्याजमा लगाएर
        रातारात धनि बन्ने सपना देख्छ एउटा हर्के 
    कमाई भन्दा धेरैको आम्दानी बताउँछ
    नेपालमा गाडी बंगाला नोकर-चाकर भएको बखान लाउँछ
    अठार घण्टा काम, छ घण्टा आराम गर्छ
    आफूलाई खान्दानी धनिमानी बताउँछ अर्को हर्के ।
        सामान्य शिष्टाचार जान्दैन न त राजनैतिक संस्कार नै थाहाछ
        हरेक ठाउँमा राजनैतिक रंग मिसाउँछ
        बाँकी सबैलाई राजनीतिले धमिल्याउँछ एउटा हर्के ।
    आफूलाई राजनीतिको चतुर खेलाडी सम्झन्छ
    नेपालबाट कोही नेता आए कि सँगै बसेर फोटो खिचाउँछ
    विदेशमै  आएर राजनीति थाहा पाएको भन्छ
    यहाँ बसेर नेपालमा सांसद हुने सपना देख्छ अर्को हर्के ।
         अपरम्पार छ हर्केहरुको युरोपियन अवतार
         जयनेपाल लालसलाम कोटी-कोटी नमस्कार !

    जीन्दगी

     रविन्द्रमान श्रेष्ठ

    विशाल मरुभूमीमा हिँड्दै गएँ म
    पैतालाको निशानी छाड्दै गएँ म
            पैंतालाको निशानी माथि पैंतला राखी
            टाढाबाट कोही आईरहेछ
    नयाँ निशानीको अध्याय थपिँदै
    पुराना निशानी मेटिदै गए ।
            नजिकदैं गएको त्यो मानिस पाएँ
            रगतको नाताको मेरो आफ्नै सन्तान थियो ।
    दूर क्षितिजमा पुगे म
    संसारबाट नै बिलिन भएँ म ।

    दृष्टि

    रमेश कँडेल

    म मेरो जन्मघरको छाना  माथि छु
    जसलाइ मान्छेहरु सगरमाथा भन्छन्
    त्यहि छानामाथिबाट म संसार हेर्दैछु।
    यो संसार कत्ति रमाइलो छ,
    झिलिमिली झिलिमिली, बत्ति नै बत्ति
    झिमिक्कै नगरी म संसार हेर्दैछु
    यो उचाई, जुन भन्दा माथि अरु कुनै उचाई छैन
    यस उचाई बाट म संसार हेर्दैछु।
    बिश्वभरीका देशहरुलाई एक पछि अर्को गर्दै
    हातले इशारा गर्दैछु,
    म सबैभन्दा माथिबाट संसार हेर्दैछु।
    मैले वासिँटन देखें,लण्डन शहर देखें,
    पेरिस देखें अनि ब्रुसेल्स पनि देखें
    कस्ता चम्केका टलक्क ! टलक्क !
    हामफालेर गैइ त्यसलाई छुने  सोच्दैछु
    थर्ड पोल बाट म संसार हेर्दैछु।
    त्यो धागोको त्यान्द्रो जस्तो नाइल नदी होला
    ला ! बागमती खोइ त ?
    म जुन छतमा छु, त्यहाँबाट सबैभन्दा नजिक छ
    तर मैले बागमती देखेको खोइ त ?
    आँखा तानी तानी म बागमती खोज्दैछु
    बागमतीकै माथिबाट म संसार हेर्दैछु ।
    टिनीनीनी घण्टीको आवाज सुनियो
    पक्कै पशुपतीमा आरती सुरु भो
    ला ! मैले पशुपती देखेको खोइ त ?
    फनफनी घुम्दै म पशुपती खोज्दैछु,
    पशुपतीकै माथिबाट म संसार हेर्दैछु ।
    स्वयम्भु, पलाञ्चोक, न्यातपोल छैन
    काठमाडौ, कपिलबस्तू, गोरखा पनि छैन
    मैले मेरो नेपाल देखेको खोइ त ?
    म छतमा बसी आँगन हेर्न खोज्दैछु,
    म माउन्ट एभरेस्टबाट संसार हेर्दैछु ।
    लौन ! मलाई यो छटपटी किन हुदैछ?
    मेरो आँखाको नजिक किन अन्धकार ?
    टाढाको झिलिमिलीले मलाई हसाएन
    आँगन नहेरी छतबाट पाइला ओर्लिएन
    कहिले देख्छु आँगन भनी कुरी बस्दैछु
    म ८८४८ मिटर माथिबाट संसार हेर्दैछु ।
    चिसो सिरेटो सँगै छतमा एक घण्टा बित्यो
    २,३,४,५,६ अनि सात घण्टा बित्यो
    कठाँग्रिएको सुस्केरासँगै आठ घण्टा बित्यो
    बल्ल मेरो आँखा अघि उज्यालो छायो
    सबैभन्दा पहिले मैले धरहरा देखेँ
    पशुपती, स्वयम्भु गर्दै पूरा नेपाल देखें
    आहा मैले छतबाट मेरो आँगन देखेँ.
    मेरो घरको बिजुलीको फिउज गएको छ
    भोलि, पर्सि, निकोर्सी सधैं जानेछ
    त्यहि पनि म सधैं छतमा आउनेछु,
    आठ घण्टा कुरेर आँगन हेर्नेछु ।
    संसारकै उज्यालोलाई पोल्टोमा समेट्न सक्ने
    शक्ति छ मेरो घरमा
    तर रित्तो पोल्टो लिएर धुम्धुम्ती उभिएको छ
    अन्धकारले रुमल्लिएर अन्धाधुन्ध भएको छ
    कठै ! बत्तिकै मूनि अन्धकार !
    तै पनि घरको छतमा आउनेछु म हरेक साँझ
    त्यस दिन मात्र सायद म प्राण त्याग्नेछु
    जब मैले मेरो आँगन नपर्खिकन देख्नेछु
    जब पहिलो नजर म नेपाल हेर्नेछु
    हो म हरेक दिन आउनेछु,
    छानाबाट म मेरो आँगन हेर्नेछु,
    आठ घण्टा कुरेर आँगन हेर्नेछु  ।

    प्रेमको ईन्टर कनेक्सन

     गोबिन्दिसंह रावत

    मैले पाएको उपहार कसैबाट
    श्रीमतीलाई नभनी तिमीलाई दिए
    तिमीले मबाट पाएको उपहार
    मलाई नभनि
    आप्mनो प्रेमीलाई दियौं
    प्रेमीले तिमीबाट पाएको सौगात
    तिमीलाई नभनी
    आप्mनो प्रेमीकालाई दियो
    उसको प्रेमिकाले आप्mनो पोई रिझाउन
    तिम्रो उपहार श्रीमानलाई दियो
    उसको श्रीमान पनि चरुवा रहेछ क्यारे
    त्यही उपहार
    आप्mनो भईपरि आउने प्रेमीकालाई चढायो
    उसको प्रेमिकाले पनि त्यही उपहार
    आप्mनो अर्को प्रेमीलाई दियो
    त्यही अन्तिम प्रेमीनै
    मेरी श्रीमतीको नाठो रहेछ क्यारे
    घुमीफिरी त्यही उपहार
    प्यारो लोग्ने भएकोले श्रीमतीबाट मैले पाए
    शायद त्यसैले होला प्रेम अन्धो हुन्छ भन्छन्
    कसैले नदेख्ने भएकोले नै
    एउटा हुँदाहुँदै पनि अर्कोसंग गर्छन् ।

    तिम्रो मायामा

    गोबिन्दिसंह रावत

    एउटा बिम्ब बनेर आयौं  प्रतिविम्ब बनेर छायौं
    केही क्षणको मिलापलाई माया बनायौं
    कैदी बनायौ प्रेमको सजाय पाए  दाम्पत्यको  
    परिवारको कारागारमा जन्म कैदको सजाय सुनायौं ।
    एउटा अपरिचित मान्छेको आगमनले
    जीवनको गणित नै सरल पारी दियो
    तिम्रो स्वाभिमान  र अटल निर्णयले
    संर्घष गर्दै गयौं सफलताको  
    अनि आश्रय बनायौं बात्सल्यको
    मायाको छानो र विश्वासको गारो हालेर ।
    तिम्रो मायाको संसारमा रमाएर
    जीवनलाई  आपुनै रंगमा रंगाएर
    एक आर्काको मायामा हराएको पनि
    रजत वर्ष भई सकेछ ।
    दिन महिना साल
    ऋतुको परिवर्तित ब्यवहार
    उमेरले धरहरा चढ्दै गयौं
    मायाले सगरमाथा
    कैदको पच्चिस बसन्तमा पुगेर आज
    प्रेमको मूल्यांकन गर्न मन लागिराछ  ।
    के पायौ के गुमायौ       
    आपुना पाईतालामा कुल्चिएर हामीले  
    एउटा नव गनतब्य पहिल्यायौं
    एउटा बेग्लै परिवेशबाट आएको मान्छेलाई
    आपुनो रंगमा रंगाएर पहिचान दिलायौं
    तिमीले मलाई मबाट हामी बनायौं
    तिमीले मलाई मबाट हामी बनायौं ।

    कसम

     गोबिन्दिसंह रावत

    कस्सम
    सत्ते धरोधर्म तिम्रो मासु खाने
    तिमी असाद्धै राम्री छौं
    भगवान कसम  ईश्वरले नासै गरुन 
    तिमीलाई म असाद्धै मन पराउछु
    आमा कसम झुठो बोले हैजा लागोस 
    तिमी बिना म बाँच्नै सक्दिन
    मरी जाउँ ढाटे आजको रात काट्न न पाउँ
    तिमी मेरो जीवनको पहिलो र अन्तिम प्रेम हौं
    आपुनै रगत खानॆ यो आगोले भष्म पारोस
    तिमीलाई रानी बनाएर राखुला
    कुकुरको मासु खाने  नासै भई जाउँ
    तिमीलाई पाइन भने म डुबेर मर्छु 
    विद्या कसम मैले ढाटेको हैन     
    तिमीलाई न पाए अर्को मैया खोज्न थाल्छु
    अनि झुठो कसम खाएर साँचो माया लाउँछु
    सत्ते धरोधर्म तिम्रो रगत खाने ढाट्या हैन
    कस्सम

    बन्दी बनायौ भने

     यशोदा अधिकारी 

    छाडेनौ कहिल्यै कुनै दमनको लाठी र गोली पनि
    उत्रन्छन् त्यसका विरुद्ध महिला बन्दी बनायौ भने ॥
    आफैैले अधिकार खोस्न नसके के दिन्छ त्यो ढाँटले
    हाम्रा हात र पाउ छन् सबतिरै जागौ न है आँटले ॥
    ठूलो क्रान्ति भयो र यो मुलुकमा  हाम्रो लडाई चल्यो
    ल्यायो शान्ति र शक्ति त्यो समयलॆ साम्राज्य ढल्दै गयो
    हामी आज समान छौ अब तिमी नै शक्तिशाली बन
    माटोको जगमा उठेर महिला गर्छन् नी आन्दोलन ॥
    गर्छन् चर्तिकला अहो ! पुरुषले नारी भनेरै पनि
    फैलन्छन् महिला त्यहाँ किरणका रेखाहभरु झैं बनी  
    हामी नै यिनका विरोध गरने औजार बोक्छौ अब
    हामी हौ यिनका विरोध पथको संसार जोड्छौ अब ॥
    राखी लक्ष्य लडौ चढौ शिखरमा चढ्दै उकाली पनि
    हेप्ने शक्ति उही पहाड घरमा लुक्दैछ उस्तै बनी
    छाड्दैनौ अधिकार खोस्न महिला कस्सेर लड्छौ अझै
    सामन्ती घरमा पसेर जन हो निषेध तोड्छौ अझै ॥

    ठूलो मान्छे

    पुरुषोत्तम सुबेदी

    मलाई मन लागेको छ  जसरी भए पनि ठूलो मान्छे बन्न यहाँ  
    म त पहिले जन्मेको हुँ मलाई के खाँचो भिरालो खोरिया खन्न यहाँ ।
    थाहा केही नभए पनि मन लागेकोछ मलाई ठूलो मान्छे बन्न
    अरु घुम्ने कुर्चीमा रमाएको देख्दा दुःखी हुन्छ मन मेरो खिन्न ।
    राजननीतिक बखेडा थापेर हुन्छ वा जातिय भर् याङ लगाएर हुन्छ
    म जसरी भए पनि ठूलै हुनुछ यस घडीमा नभए मन मूर्ख मेरो रुन्छ ।
    म को हुँ  देश कुन हो  सँस्कृति के हो  के मतलब मलाई यहाँ
    जुन पाना शिलापत्रमा मेरो नाम लेखाउनु छ मलाई यहाँ ।
    सामदाम दण्ड भेदले भए पनि ठूलै हुनुछ मलाई यहाँ
    आफू मरे डुमै राजा भन्ने चरितार्थ बल्ल अब देखाउनुछ मलाई यहाँ ।
    बिरोधीहरुलाई खत्तम गरी आफ्नो बाहुल्य बनाउनुछ यहाँ
    धनै खर्चेर भए पनि अब त म हुनु छ ठूलो मान्छे यहाँ ।
    भन्छन् बलिया बांगाहरुको दिन हो या सुन्दिन अरुको कुरा यहाँ
    बोले ठोकी दिन्छु सहजै मेरो शक्ति छ नेता बन्नु छ मलाई यहाँ ।
    उम्मेदवारी दिएका छन् ती ठूला हुन्  हराउछन् कि मलाई यहाँ
    अपहरण गरी दिन्छु सालेहरुलाई ठूलो बन्नु छ मलाई यहाँ ।
    नियम कानुन अड्डा अदालतको केही खाँचो छैन मलाई यहाँ
    जो जस्को प्रयोग गर्दा ठूलो भइन्छ जसरी त्यही काम गर्दछु म यहाँ ।
    समाजसेवीहरुलाई अगाडि आउनै दिनुहुन्न कसै गरी यहाँ
    जसरी भए पनि ठूलो हुन वोल्र्ड डट् कममा नाम निकाल्नु छ यहाँ ।
    अनाडीले केरा खाए झैं म मूर्ख धनीले  देखाउनुछ सक्कली चरितार्थ यहाँ
    मौका यही हो चुनाव जित्नु छ जसरी फेरी यो मौका आउँछ र कहाँ ।
    धनी भएपछि ठूलो भईन्छ रे भर्ती लिन्छन् रे राजनीतिज्ञले पनि
    अँ त नि हेलो हाई गर्न थाले सबैले ठूलो भएछु यहाँ म पनि ।

    गर्दैछु म झूटको खेती

     भोजराज घिमिरे

    हात उही छन् औजार तिनै छन्
    मन उही हो सिप फरक हुन सक्छ ।  
    निश्चित छ फसल अगल छ
    विधि फरक छ
    फस्टाउँदै गयो भने
    अरुले नरोपुन्जेलसम्म  
    अरुले नकाटुन्जेलसम्म  
    फाइदै फाइदा छ ।  
    जोखिम त हुनैपर्छ  
    होइन भने नयाँ प्रयोगको के नै मज्जा 
    नयाँ रोपाइको के नै मज्जा 
    त्यसैले त म त गर्दैछु खेती
    निकै दिन देखि झूटको खेती ।  
    न त यसमा छ डर ब्लास्टको  
    न त छ डर पतेरोको
    न त पाक्के बेलामा छ डर असिनाको  
    न त रोप्ने डर छ खडेरीको
    सुन्दैछु हिजो आज  
    असली किन भोग्दैछन् पीडा अनुदानमा
    दुःख मनाउँदैछन् किसान प्रतिस्पर्धामा
    ब्याज तिर्दैछन् किसान आत्मदाहमा  
    त्यसैले को सुनोस   
    थरीथरीको घण्टा आफ्नै वरिपरी  
    न त मनसुनको लन्ठा
    न त भाउको टन्टा  
    त्यसैले मत गर्दैछु खेती  
    निकै दिनदेखि झूटको ।  
    गजब छ यसको खेती पनि  
    न त यो सिमित छ कुनै जातमा  
    न त यो रोकिन्छ कुनै दिन या रातमा  
    सक्नेले जति पनि रोपेकै छन्  
    सक्नेले जति पनि काटेकै छन्
    न त कुनै सिमाना छ थन्क्याउनुमा  
    केवल मजैमजा छ मनचिन्ते भकारी भुर्नमा ।  
    रोपे त कहिल्यै सकिदैन  
    काटेर त कहिल्यै सकिदैन  
    मरेर त कहिल्यै सकिदैन  
    त्यसैले  
    निकै दिनदेखि गर्दैछु  
    म झूटका खेती ।
    काट्दैछु म खेती झूटको  
    अनि थन्क्याउँदैछु खेती झूटको  

    भूस्वर्ग नेपाल

     गङ्गाराम गड्तौला

    तपाईं डेरा खोज्दै हुनुहुन्छ?
    सुविधायुक्त घर रोज्दै हुनुहुन्छ?
    भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
    आउनुहोस् मकहाँ डेरा पाइन्छ।
    सुविधाका लागि डराउनु पर्दैन
    कुनै कुरामा कराउनु पर्दैन
    आफू भलो त जगतै भलो
    कहिले आफैँ आगो हुनुहोस्
    कहिले आफैँ पानी हुनुहोस्
    यस्तो डेरा कहाँ पाइन्छ
    भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ
    आउनुहोस् मकहाँ डेरा पाइन्छ।
    लाइन छ ― बत्ती छैन
    धारो छ ― पानी छैन
    सुत्न नमिले पनि बस्न पाइन्छ
    भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
    आउनुहोस् मकहाँ डेरा पाइन्छ।
    गफ गर्नुहोस् ― बोल्न पाइन्न
    झ्याल कहिल्यै खोल्न पाइन्न
    कौसीमाथि डुल्न पाइन्न
    पाहुना आए हुल्न पाइन्न
    सधैँ बाहिर रहे पनि पानी–बत्तीको महसुल चाहिन्छ
    भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
    आउनुहोस् मकहाँ डेरा पाइन्छ।
    डेरा होइन ― दरबार हो
    तपाईंका लागि घरबार हो
    रङ्गशाला हो ― दौडनुहोस्
    स्विमिङपुल हो ― पौडनुहोस्
    टुँडिखेल आफैँ बनाउनुहोस् ― भित्रै जात्रा मनाउनुहोस्
    यहाँ केवल बोल्न पाइन्न, अरू सबै छुट छ
    भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
    आउनुहोस् मकहाँ डेरा पाइन्छ।
    डेरा हो यो सस्तो छ ― खेल्ने मैदान जस्तो छ
    हावा छिर्छ ― घाम छिर्दैन
    नपरेसम्म पानी छिर्दैन
    मुसाका दुला टाल्नुपर्छ ― दिउसै बत्ती बाल्नुपर्छ
    अग्रिम भाडा तिर्नुहोस् ― निहुरेर भित्र छिर्नुहोस्
    यस्तो डेरा कहाँ पाइन्छ?
    भन्नुहोस् तपाईंलाई यस्तै चाहिन्छ?अग्ला छन् शैल सेता सगरमय बनी गर्व गर्दै उभेका ।
    देखिन्छन् वीर योद्धाजनसरि छहरा गान गर्दै बहेका ॥
    हेर्दा संसारलाई नयनभर छटा दिन्छ सन्झ्याल मेरो ।
    सारा सौन्दर्य बोकी जगततलभरि फुल्छ नेपाल मेरो ॥ १ ॥
    सारङ्गी बोल्छ मीठो धुन पवन भरी टाकुरा-टाकुरामा ।
    आफ्नै नेपाल बोल्छन् भ्रमरहरु सधैँ पुष्पका आँकुरामा ॥
    पढ्दा संसारलाई सुकृति प्रकृतिको देश यो देश लाग्ने ।
    हेर्दा आकाशजस्तै मनमयल सबै तस्रँदै दूर भाग्ने ॥ २ ॥
    चाँदीझैँ झल्मलिन्छन् रविकिरण मिली शैलशोभा हिमाद्रि ।
    सिँच्दै पाखापखेरा सरसर सरिता डुल्दछन् लेकबेसी ॥
    बग्छन् सीमाहरुमा अविरल गतिमा नित्य मेची र काली ।
    हाँस्दै संसार डुल्ने मुसुमुसु वनितातुल्य घुम्टो उचाली ॥ ३ ॥
    राता पाखा गुराँसेवन र कुसुमले देखिने चैतमास ।
    माया साटी सहेली वन-उपवनमा खेल्दछन् साथ-साथ ॥
    झम्झम् झङ्कार गर्दै झरझर झरना झर्दछन् झर्झराई ।
    फर्फर्फर् फर्फरिन्छन् फररर वनमा पालुवा फर्फराई ॥ ४ ॥
    मोतीका हारजस्तै पलपल पसिना पोखिदिन्छन् किसान ।
    बिसर्ी पीडा मनैका सहजसित तिनै गर्दछन् अन्नदान ॥
    खेल्छन् राम्रै बयेली लहलह हरिया फाँटमा धान-बाला ।
    हेर्दै आनन्द जाग्ने मुटुभरि ममता छर्न खोज्ने विशाल ॥ ५ ॥
    नाच्छिन् नेपालभित्रै छमछम हँसिली पार्वती छम्छमाई ।
    धर्तीमा वास खोज्छन् सुरमुनि र सबै स्वर्गका देव आई ॥
    जन्मी नेपालभित्रै जगभर छरिए शान्तिका दूत बुद्ध ।
    नामै सुन्दा उनैको तन-मन सबको हुन्छ रे शुद्ध-बुद्ध ॥ ६ ॥
    बोक्छन् नेपाललाई जन-जन मनले जोसिँदै पाखुरामा ।
    स्वर्गैलाई भुलाई वरपर रमिता हेर्छ यात्री धरामा ॥
    खुल्छन् भाका बिहानीपख मधुरमझैँ कोयलीका गलामा ।
    हाँस्छिन् सारै मजाले मन सुमन गरी नित्य नेपालआमा ॥ ७ ॥
    आउनुहोस् मकहाँ डेरा पाइन्छ।

    मकहाँ डेरा पाइन्छ

    गङ्गाराम गड्तौला

    तपाईं डेरा खोज्दै हुनुहुन्छ?
    सुविधायुक्त घर रोज्दै हुनुहुन्छ?
    भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
    आउनुहोस् मकहाँ डेरा पाइन्छ।
    सुविधाका लागि डराउनु पर्दैन
    कुनै कुरामा कराउनु पर्दैन
    आफू भलो त जगतै भलो
    कहिले आफैँ आगो हुनुहोस्
    कहिले आफैँ पानी हुनुहोस्
    यस्तो डेरा कहाँ पाइन्छ
    भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ
    आउनुहोस् मकहाँ डेरा पाइन्छ।
    लाइन छ ― बत्ती छैन
    धारो छ ― पानी छैन
    सुत्न नमिले पनि बस्न पाइन्छ
    भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
    आउनुहोस् मकहाँ डेरा पाइन्छ।
    गफ गर्नुहोस् ― बोल्न पाइन्न
    झ्याल कहिल्यै खोल्न पाइन्न
    कौसीमाथि डुल्न पाइन्न
    पाहुना आए हुल्न पाइन्न
    सधैँ बाहिर रहे पनि पानी–बत्तीको महसुल चाहिन्छ
    भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
    आउनुहोस् मकहाँ डेरा पाइन्छ।
    डेरा होइन ― दरबार हो
    तपाईंका लागि घरबार हो
    रङ्गशाला हो ― दौडनुहोस्
    स्विमिङपुल हो ― पौडनुहोस्
    टुँडिखेल आफैँ बनाउनुहोस् ― भित्रै जात्रा मनाउनुहोस्
    यहाँ केवल बोल्न पाइन्न, अरू सबै छुट छ
    भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
    आउनुहोस् मकहाँ डेरा पाइन्छ।
    डेरा हो यो सस्तो छ ― खेल्ने मैदान जस्तो छ
    हावा छिर्छ ― घाम छिर्दैन
    नपरेसम्म पानी छिर्दैन
    मुसाका दुला टाल्नुपर्छ ― दिउसै बत्ती बाल्नुपर्छ
    अग्रिम भाडा तिर्नुहोस् ― निहुरेर भित्र छिर्नुहोस्
    यस्तो डेरा कहाँ पाइन्छ?
    भन्नुहोस् तपाईंलाई यस्तै चाहिन्छ?
    आउनुहोस् मकहाँ डेरा पाइन्छ।

    अम्बर तिमी गीतको भाव हौ

    राकेश कार्की

    अम्बर तिमी गीतको भाव हौ
    संगीतको मीठासमा सधैँ छौ
    जहाँ त्यहीँ नेपाली भाषीहरुको
    ढुकढुकीमा पलपल गुञ्जिरह्यौ
    कहिल्यै दुर हुदैनौँ दुर भए पनि
    मध्यबिन्दु जहाँ जन्मे जहाँ गए पनि
    नौ लाखे तारा उदाए तिमी माझमा
    प्रीतिको धुन भयौ मधुर साँझमा
    लोकको प्रिय तिमी हर मनमा
    कहाँ छैनौ तिमी घर-घर बनमा
    हर एक स्वर तिम्रै गीत गाइरहने
    शरद या बसन्तमा तिमी फूलिरहने
    तिम्रो भावसंगै सबैको भाव बहने
    संसारभरी हर मनमा तिमी रहिरहने
    तिम्रो श्रृजनाले हाम्रो जिन्दगी छुने
    हर देश हर ब्यक्तिमा तिमी बाँचिरहने

    आफ्नै माटोको सुगन्ध

    राकेश कार्की

    सिमाना नाघिरहने
    ती हिँडेका पैतला कति धेरै
    २४-७ घडीको सुई या
    अविरल बगिरहेझैँ
    इमिग्रेशनमा पुगेर नठोकुन्जेलसम्म
    भिसा नपाउनेहरू लुकिएर छलिएर
    जसरी पनि पुग्ने अभिलाषा
    मनभरिका सपनाहरु
    गन्तव्यमा छ कि भनेर
    जतन गरेर पैतलाको धुलो
    मेरो देशको भनेर
    भेटिएहुन्थ्यो भन्दै नेपाली अनुहार
    जहाँ पुगे पनि आफ्नै नेपाली चाहिने
    देशकै गफ हाँक्दा आनन्द आउने
    नेपालीको मुटुमा
    नेपालीकै मुटुको माया
    हरेक नेपालीको अनुहारमा
    आफ्नै प्यारो नेपालकै छायाँ
    आफ्नो जस्तो अर्को देश
    कहिले पो हुन्छ र
    शरीरको कोष कोषमा भिजेपछि
    हिमालयको शीतलता
    लालीगुँरासको कोमलता
    नेपाली सुगन्ध आउनेलाई
    जो कोहीले सोधिहाल्छन्
    “हो म नेपाली” नै भन्नैपर्छ
    जतिवटा देशमा फेरिएपनि
    किनकि
    हाम्रो आफ्नै स्वाभिमान छ
    आफ्नै माटोको सुगन्ध छ
    जुनसुकै मुलुकमा
    जुनसुकै कारणले पुगेपनि
    देशबाट टाढा कता कता
    नेपाली मीठो बोलीरहने
    संपूर्ण नेपालीसंग
    एउटै नेपालको मुटु छ
    एक अर्काको कोशिकामा
    एउटै नेपाली रगत छ
    मेरो अनुहारमा तिमी हाँस्छौ
    तिम्रो अनुहारमा म हाँस्छु
    मेरो पीरमा तिमी रून्छौ
    तिम्रो पीरमा म रोइदिन्छु
    नेपाली नेपाली विचमा
    कहिले नछुट्टिने सम्बन्ध छ
    एक आपसमा रमाइरहने
    मनभरिको भावना छ

    फेसबुकको उज्यालो

    राकेश कार्की

    पहिले ऊ उनैमा हराएकोथ्यो
    एकदम औधी मन पराएकोथ्यो
    पोज पोजको फोटो सजाएकोथ्यो
    फेसबुकमा जताततै छाएकोथ्यो
    लाइक गर्नेका ताँती थिए
    नाता गोता साथी थिए
    कमेन्ट उन्को, दङ्ग रमाउथ्यो
    उन्कै तारीफले वाल जमाउथ्यो
    सँगै सँगैको फोटोमा ट्याग गर्थ्यो
    लैला मजनु झैँ भान हुन्थ्यो
    गोप्य थिएन सबै पब्लिक थियो
    अहा त्यो साथ, कति खुशी थियो
    त्यतिखेर ऊ फेसबुकमा उज्यालो छर्थ्यो
    मलाई पनि त्यो उज्यालो मन पर्थ्यो
    जो कोहीको फ्रेन्डलिष्टमा उ बल्थ्यो
    सेकेण्ड मिनेट दिनचर्या मजामै चल्थ्यो
    फेसबुकमा बादल धमिलिँदै गयो
    उसको लेखाई पनि अमिलिँदै गयो
    बिस्तारै रोमाण्टिक जोडीका फोटो हटायो
    फेसबुक डियाक्टिभ गर्ने मेसेज पो पठायो
    एक्कासी उ घोत्लिएर कविता फोर्न थाल्यो
    उज्यालो मुनीको अँध्यारो कागजमा कोर्न थाल्यो
    प्रेमीका छउन्जेल उज्यालिएर ऊ रवि भयो
    प्रेमीकाले छोडेपछी दाह्री पालेर ऊ कवि भयो ।।

    प्रहरी जवान

     राकेश कार्की

    बेपत्ता पारी मारीएका
    प्रहरी जवान धनबहादुर
    विहृ्वल भै रोइरहेकी
    धर्मपत्नि मनहजूर
    अनिश्चित भविष्यमा रुमल्लिएका
    टुहुरा टुहुरीको के कसूर -
    जीवन कति सजिलै उजाडिएछ
    भयावह पिंडामा घोप्टिएछ
    जीवन केवल एकचोटी रहेछ
    रुंदा रुंदा शून्य नयन पनि निचोरीएछ
    जीवनको चालक नै वितेपछि
    बांकी जीवन कतिदिन चल्ला र ?
    घीस्रींदै घीस्रींदै जीवनले
    कठोर अंधकार कसोरी छल्ला र ?
    उ थियो त कर्तव्यको प्रहरी
    जसको सत्ता उसैको प्रहरी
    राष्ट् र जनताको प्रहरी
    बेरोजगारी र भोकमा पाएको पद प्रहरी
    त्यसैले जहिले पनि
    खटाइएको ठाउंमा जानैपर्ने प्रहरी
    तर अहिले केवल
    धर्मपत्निको आंशुमा खसीरहने प्रहरी

    उल्टा रुखहरु

    भूपिन व्याकुल

    बाल्यकालमा
    बालसाथीहरू भन्थे-
    "फलफूल खाँदा बियाँहरू ननिल्नु
    निलेपछि
    पेटमा उम्रिन्छन् बियाँहरू
    पेटमा नै बिरुवा लाग्छ
    पेटमा नै जराहरू पलाउँछन्
    रूख बन्छ
    र मानिसको मृत्युहुन्छ ।"
    रातभरि सपनामा म
    आफ्नो पेटमा रूख देख्थेँ
    रूखका हाँगा र जराहरू देख्थेँ
    मृत्युदेखि भयभित
    म सधैँसधैँ
    फलफूलका बियाँहरूसँग र्सतर्क रहन्थेँ ।
    थाहा छैन कहिले निलेँ मैले
    अञ्जानमा फलफूलका बियाँहरू -
    कहिले उम्रियो यो उल्टो रूख
    मेरो शरीरभित्र -
    कहिले हाँगाहरू पलाए मभित्र -
    मेरो मस्तिष्कभरि
    कहिले झ्याङ्गिए रूखका जराहरू -
    थाहा छैन
    कहिले र कसरी हुर्काएँ मैले
    यो सुन्दर उल्टो रूख आफूभित्र -
    यद्यपि थाहा छ-
    मभित्र हुर्किएपछि
    त्यो उल्टो रूख
    कोर्न थालेको छ आस्थाको ब्रसले
    मनको रङ्गहीन क्यानभासमा-
    एक सुन्दर देश र एक सुन्दर विश्व,
    मन पराउन थालेको छु-
    सम्झौताहीन मान्छे
    र सम्झौताहीन जीवन,
    माया या घृणा गर्न लागेको छु जीवनलाई
    माया या घृणा गर्न लागेको छु मृत्युलाई
    र खोज्न थालेको छु उत्साहले-
    मान्छेकै बस्तीमा मान्छेहरू
    मनको बस्तीमार् इश्वरहरू ।
    हामी सबैले निल्छौँ अञ्जानमा
    फलफूलका बियाँहरू,
    उम्रिन्छन् तिनीहरू-
    हाम्रो मलिलो छातीभित्र
    र हुकाँउँछौँ हामीले आफूभित्र
    सुन्दर तर उल्टा रूखहरू !
    बाल्यकालमा
    बालसाथीहरू भन्थे-
    'फलफूल खाँदा बियाँहरू ननिल्नु !'

    मनको भित्तामा पुरानो दृश्य !

    दीपेन्द्र के.सी.

    बलजफ्ती गर्छ समय !
    एउटा घेरा नाघेर
    पुग्नलाई धेरै पछि
    सम्झनाहरु बनिसकेका छन्
    विषको प्याला
    तर मान्दैन यो मन
    नफर्किनलाई पछि ।
    त्यता फर्किनुु
    श्वास फेर्नु हो काँडाहरुको
    ओद्रिएपछि छाती
    च्यातिएका शव्दहरु जोडीहेर
    बन्छन केवल तिम्रो नाम,
    हरेक रात—
    मेरो निद्राको साम्राज्यमा
    बिष्फोटित सम्झनाका तोपहरु,
    केही छैन्न अरु
    टुक्रिएका सपनाहरु
    जोडिन्छन भनेपनि यदि
    एउटा तिम्रो तस्वीर बाहेक
    बन्दैन अरु केही ।
    कथाहरु कतिपय !
    बग्दैनन् आँशुहरुमा
    र मेटदैनन् समयका इरेजरहरुले
    यो छातीको शिलालेख
    उभिएको छ बर्षौंदेखि
    ती हस्ताक्षरहरु हुन तिम्रै
    ती हरफहरु हुन तिम्रै
    एउटा नामको सम्बोधन
    हो तिम्रै !!
    यो बुजुर्ग ऐना, झुण्डाइबस्छ
    पुरानो दृश्य मनको भित्तामा,
    प्रिय ! हाम्रो पहिलो भेट
    मृत्युदण्ड थियो रहरहरुको ।

    अहिलेको समय

    दीपेन्द्र के.सी.

    अन्तिम लागेको छ मलाई
    स्पर्शहरु, न्यानाहरु, प्रेमहरु
    अन्तिम मोडहरुबाट
    हात हल्लाएसरी
    विलीन हुदैछन आफनो गन्तव्यमा
    भोलि फर्किदैनन् कि भनी
    एउटा अन्तिम आशँका
    घर वनेको छ
    अचेल !
    अन्तिम लागेको छ मलाई
    आजका दिनहरु
    भोलि–
    मिर्मिरेहरु उज्याला छर्दैनन्
    अँध्यारै दिनहरुमा
    उज्याला अभ्यासहरु
    अनि अँध्यारै परिणाम वोकेर
    अन्तिम सत्य !
    प्रमाण पत्रमा आफनो सम्भाव्य नाम
    त्रास वनेर घुमेको छ
    अचेल !
    आज अधीर !
    संयमता गुमाएर
    अन्तिम लागेको छ मलाई
    यो युगको एक प्रहर
    गल्र्याम्म अँगालो हालेर
    छोपी खोलेर हेरुं त्यो प्रहर
    के लेखेको छ मेरो भागमा
    अन्तिम अँशको आशा
    रहर वनेर उम्लिएको छ
    अचेल !

    नयाँ बिहानी

    दीपेन्द्र के.सी.

    सहस्र युग बोकेर काँधमा
    यहाँ अधीर प्रतीक्षा छ
    मैले खोजेको नयाँ विहानीको ।
    र्
    एउटा उपक्रम !
    आजभन्दा ८५ वर्ष पहिले पनि
    तगडा दृष्टिमा एकजोडा आँखाहरु
    र आज पनि पावरदार चश्माभित्रबाट चिहाउने दृष्टिमा
    खोजेको थियो त्यही बिहानी !
    थकित अव !
    आफनै बिश्वाससँग हारेर
    कति खोजिरहन्छ र ?
    आफनै आँगनबाट वतन नछोडी हिडेको विहानी
    जीर्ण देहमा दशक दशकका
    जामा पहिरिएर नाचेको थियो देश
    उनीहरु ठोकिरहे उत्तेजक मृदङ्गा
    हामीहरु ताली बजाईरह्यौं
    लाग्छ, राजनीतिको मधुशालामा
    बन्दगी राखेर आफैलाई
    उभिइरह्यौ अँध्यारो चौरस्तामा रमिते वनी
    हुनसक्छ यही रातमा राजनीतिसँग पोइल लागेको हो हाम्रो विहानी ।।
    नयाँ नेपालको नयाँ विहानी !
    क्षितिज खुल्नेछ सवेरै
    र, नीलो आकाशमा
    बथानका बथान कोइलीहरुले गाँउदै उड्ने भाग्यका मधुर सवाईहरु
    ती दृष्यहरु हेर्न आतुर मेरा एकजोडा आँखाहरु पनि
    किन ? यति उदास तँुवालो मात्र देख्दैछ नयाँ नेपालमा ?
    महाशय !
    तपाईको परिभाषाले दिएको यो “नयाँ”
    स्वीकार्य छैन मलाई
    किनकी—
    पहिले त्यो नाँगो छ
    र, दोस्रो— जीवनका यति धेरै
    अप्ठयारा उकालीहरु चढेर पनि
    हाम्रो सम्म मैदान कहिले आएन
    जहाँ हुर्किरहेको हुनुपर्ने थियो ६२/६३ मुरी फल्ने सपनाको खेती ।।
    त्यसैले सभामुख महोदय !
    माननीय ज्यु !
    मेरा दृष्यका तृष्णाहरु
    मेरा पछाडीका पुस्ताहरुलाई छोडनु भन्दा पहिले
    सँधै व्दन्द र तनावमा उँघिरहेको अनिदो सँसदमा
    एउटा प्रश्न प्रेषित गर्न चाहन्छु —
    “ हामीले गास, वास, कपासको चिन्ताबाट बाहिर निस्केर
    शान्तिले बाँच्न र खुशीले हाँस्न कहिले पाउने महाशय ?”
    यो प्रश्नपछि सायद
    अकारण विघटन हुनसक्छ सँसद !!

    विजयोत्सव

     दीपेन्द्र के.सी.

    फाँटभरि सुलीहरु छरेर
    फैलिएको गन्ध,
    असीमित कुखुराका;
    सुँघेर ह्वाँस्स
    अनौठो मादमा,
    उर्लिएका हुँइयाहरु
    झर्दैछन शहरमा ।
    परिवर्तनका झण्डाहरुले छोपिदै
    छिर्छन चोक, गल्लीहरुमा
    घोकाइएका नाराहरु उराल्दै
    उफ्रिन्छन्, बजारिन्छन्, थचारिन्छन
    लगाउदै गोलचक्कर
    तिनै गल्लीहरुमा ।
    लडाउदै शालिकहरु
    कोपर्दै अक्षरहरु
    घोच्दै इतिहासका आत्माहरु
    वजार्दै लाठीहरु
    पडकाउदै वारुदहरु
    विजयोत्सव मनाउछन्
    अरुले छोडिदिएको खाली मैदानमा ।।
    काला रँग पोतेर
    सम्झौताका पानाहरुमा
    एकपटक पनि
    एकपटक पनि
    नखोजी आफनो हस्ताक्षर
    तिनै पानाहरुमा
    घनघोर भाषणका शव्दहरुले
    भ्रमको विजयोत्सव मनाउदैछन
    अरुले छोडिदिएको त्यही खाली मैदानमा । ।

    पीडित आँखा

     दीपेन्द्र के.सी. 

    आँखा !
    झिमिक्क गरिनसक्दै
    अलार्म बजिसक्छ घडीमा
    थर्को ठोकिन्छ कानमा
    चोट लाग्छ आँखामा
    एउटा तन्द्रा भंग भैसक्यो
    तर पनि
    आँखाले निद्राको अपेक्षा गरिरहन्छ
    फेरि झल्यास्स बिउँझदै
    सतर्कताको हाउभाउमा खोल्छ
    आँखा
    सपनाहरु अधकल्चो छोडेर
    आजको लागि
    दिमागमा योजनाहरु भर्दै
    अमिलो मन गह्रुँगो तन वोकेर
    एकतमास ओच्छयानमाथि लोभिदै
    लाग्छ, अरुका सापट लिएझैं
    आफ्नै आँखा आफैलाई बिझाउदै
    ओच्छयानसँग
    अस्थायी सम्बन्ध विच्छेदगर्न बाध्य छ
    सपना देख्ने अधिकार पनि गुमाएर
    थकान र अनिद्रासँग खेल्न अभ्यस्त
    पीडित आँखा !

    उपहार

    दीपेन्द्र के.सी.

    दुर्नाम देशको राजनीति
    संधै फाल्तु भाषणमात्रै छोड्छ
    जनतालाई संधै सडकमा लडाउ“छ
    राजनीतिको सन्देश —
    वालक, युवा
    सिलाङका गल्ली, खाडीका मरुभूमि
    मलेसियाका अप्ठयारा र
    अमेरिका, यूरोपका जुठ्यानहरुमा वर्वराउँछ ।
    जीन्दगी एउटा लक्ष्यजस्तो—
    मुग्लानमा ओइरो लागेको छ
    राजनीतिको पेलाइले ।
    राजनीति फेरि राजनीति !
    एउटा फतुरो गफसंगै
    शिक्षा दिन्छ नवपुस्ताहरुलाई भीडभाड अनि
    वुझाउंछ मुग्लानलाई
    भविष्यको सुरक्षित घर,
    नेताज्यूले व्याख्या गरेको
    राजनीतिको गलपासो भिर्दै
    सिद्धान्त सिकाउंछ घिच्रो फुलाउंदै
    देश, नेता, राजनीति
    फेरि राजनीति ! भन्दै
    स्वदेशी वेरोजगारीको भेलमा वगेर
    विदेशी रोजगारको खाल्डोमा जकाउंदैछ
    आफैलाई
    बाहिर निस्कनै नसक्ने गरी ।।

    भोटको खेती

    दीपेन्द्र के.सी. 

    आफैले पालेको
    आफैले फालेको
    उत्पादन हराएको वीज,
    उठाउन लगाएर आफैले
    चलाउन लगाएर आफैले
    अह्राउछन आफनैलाई
    भोटको खेती लगाउन आफनैमा
    मलजल गरेर कृतिम सिजनमा
    हुर्काउछन त्रासका हातले आफनै बन्धनमा
    फलेपछि फसल,
    निमोठेर फेरि
    पूरा गर्न आफनो स्वार्थलाई
    वा
    भत्काउन अरुको योजनालाई
    छप्काउंछन त्यही खेती
    अनाहकमा,
    परिचालन गरेर
    आज्ञाकारी खेतालाहरु
    डुलाउंछन फाण्टहरुमा फेरि
    विविध नामका वीउहरु खोज्नलाई
    विविधखाले भोटकैं खेतीहरुका लागि।

    शहीद विद्युत र श्रद्धाञ्जलि

     दीपेन्द्र के.सी.

    सुनसान,सामसुम, शान्त
    उदाश, निराश, सन्तप्त चिमहरु
    सूर्यको प्रकाशले गिज्याउछ
    हरेक अध्याराहरुले अंठयाउछ
    टुकी र मैनहरुले घेरिएर
    कहीं कतै दियालाहरुमा वेरिएर
    तातो राप र अरुको उज्यालोमा
    आफूलाई देखाउदै चिन्तितरु
    सडकमा उभिएर
    नेताज्यूको भाषण सुनेर लज्जित
    नया नेपाल सुनेर त्रसित
    अर्थमन्त्रीहरुका योजना सुनेर आजितरु
    तिनै चिमहरु रु आज
    अंध्यारा वस्तीहरुमा
    विद्युतको शोक श्रद्धाजंलि मनाउदैछन
    नेताहरुका योजनाका शोक शन्देस पढेर
    जलश्रोतको पुराण भट्याएर
    हरेक दिन १६ घण्टा मौन धारण गर्दैछन
    विद्युतलाई शहीदको सूचीमा चढाएर।।

    नँया नेपाल 

     दीपेन्द्र के.सी

    नँया नेपाल ।
    नँया नेपाल ।
    कहाँबाट शुरु हुन्छ ?
    नँया नेपाल ।
    कालीकोटको भोकमरीबाट
    वा
    काठमाडौको सोल्टीको किचेनबाट ?
    हुम्लाको दुर्गमबाट
    वा
    वीरगंजको सुगमबाट ?
    बनाउंछन नँया नेपाल
    पशुपतिका मगन्तेहरुको हातमा केही दिएर
    वा
    काठमाडौंका गल्लीका खातेहरुलाई पन्छाएर ?
    कि
    बनाउंछन
    बालुवाटार र बालाज को
    शान शौकतबाट
    पुरानो नारायणहिटीको अवशेषबाट
    सिंहदर्वारको खिचातानीबाट
    वा
    शीतलनिवासको मौनताबाट ?
    कि भ्याउदैनन् ?
    सत्तामात्रै थाम्ने माथापच्चीबाट
    बेफ र्सदिला भएर
    कि पाउदैनन् ?
    यसले दिएन उसले दिएन भनेर
    अपजस वोकिदिने केही नभेटाएर ।

    कोशी पीडितहरु

    दीपेन्द्र के.सी.

    कोशी पीडितहरु
    हो कोशी पीडितहरु
    सवैसंग सहयोग मागिरहेछन्
    सरकारसंग कराइरहेछन् अनुरोध गरिरहेछन्
    विचरा सरकार  
    चल्ला स्याहार्न नसक्ने माउ
    थमथमाइरहेछ आश्वासन दिएर
    मन हल्का बनाइरहेछ शव्दहरु बांडेर  
    हो कोशीपीडितहरु
    कोशीको भेलले ह्दयमा बनाएका
    भंगालाहरुको वेदनाले
    भेलसरी आंशुमा चुर्लुम्म हुदै  
    फेरि पनि हात फैलाइरहेछन
    आफनै माउसित
    माउ पनि लाचार
    भएपो केही दिनु
    माग्ने वानी परेको
    उ पनि मागिरहेछ तर पाएको छैन
    त्यसैले
    कोशीपीडितहरु
    केही पाएका छैनन्
    तर संधै सोच्छ सरकार
    मात्र ठान्छ राहत बुझदैन अरु
    आंशुले चुकाएको मूल्य थाहा पाउदैन
    तर उनीहरु अरुनै माग्दैछन्
    राहत माग्नु त वाध्यता हो
    बगेका आंशुले अरुनै खोज्दंैछ
    प्रकृतिको अधिकार
    छिमेकीको असल व्यवहार
    सन्धिका बुंदाहरुमा केरकार
    अनि  
    कोशी सन्धिले दिन नसकेको न्यायका लागि हारगुहार ।

    भुक्तानीको हतारो

     दीपेन्द्र के.सी.

    एउटा हुरीको झोक्काले हुत्ताएर
    पल्लो कुना पुगेका हामी
    स्वाभिमानको अहं लिएर
    ढोका ढोका चाहार्दै भौतारिएर
    मानवीयताको दावी गर्दै दरखास्तको लाइन र
    अन्तर्वार्ताको टेवुलमा ङिच्‍च दांत ङिच्याइरहेका
    कुनैपनि वेला च्यातिन सक्ने फालिन सक्ने
    स्तरहीन कागजमा  नाम चढाएर
    मख्ख पर्दै उफि्ररहेका हामी
    टाढैवाट छुट्टीने परिचयपत्र पाएर
    मानौ
    उ जुनीको ऋण भुक्तान गर्न आएझै
    कामको पुछारको िसंडीबाट उक्लन
    तंछाड मछाड गर्दै दौडिरहेका 
    खुट्टा राख्न कहां सजिलो
    फेरि यस्तै अभीप्साले भौतारिइरहेका  
    खोसाखोस तानातान हानाहान
    आफैमा एउटा अस्पष्ट वैरभाव
    सात्विक स्वभाव अनि व्यर्थैको रवाफ देखाइरहेका
    खैरा टाउकाहरुको आदेशमा टाउका हल्लाउदै
    गुमेको समयको क्षतिपूर्ति होइन
    यिनैको ऋणको व्याज तिर्न हतारिइरहेका ।

    Reference
    https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/ 
    https://easyayurveds.com/ayurvedic-treatment-of-migraines-and-headache/

    Medicinal Plants for skin Burns

    Medicinal Plants for Hair Health

     Medicinal Plants for Wound Healing

    30 Medicinal Herbs For your Home

     Medicinal Plants for Skin Beauty

    50 Medicinal Plants for Inflammation

    50 Medicinal Plants Used as Spices In Nepal

     50 Medicinal Plants Commonly Used as Herbal Tea

     Medicinal Herbs: 35 Vegetable Foods For Better Sex Drive

     Medicinal Herbs Plants of Far-west Nepal

    Medicinal Plants for Penis Size Enlargement

     Medicinal Plants Found in Terai Region of Nepal

     Medicinal Plants of Your Home: Benefits and Uses

     Medicinal Plants of Koshi Province Nepal

     Medicinal Plants Found in Himalayan Region of Nepal

    Medicinal Plants for Skin diseases

    Medicinal Plants for High Blood Pressure

     Medicinal Plants for Cough

     Medicinal Plants for Piles and hemorrhoids

    Medicinal Plants For Diabetes (High Blood Sugar)

     Medicinal Pants For Itching Skin

     Nepali Medicinal Plants For Teeth Health

     Medicinal Plants Lists Which Enhance Sexual Health

     Six medicinal plants For Erectile Dysfunction

     Best Medicinal Plants for Boosting Sexual Health Worldwide

     Endangered Medicinal Plants Of Nepal

    MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL

    Medicinal Plants Lists For postpartum Periods Sutkeri ko Ausedhi or Masalaa - सुत्केरी को औसधि - सुत्केरी को मसला

     50 Medicinal Plants of Nepal Highly Liked by Chinese People

    Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications

     35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness

    100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.

    Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer

    Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally

     Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication


     Nepali Lyrics and Chords of Pramod Kharel’s Top Songs

     Melina Rai's Songs lyrics and Chords

     Famous songs Lyrics and chords of Suzeena Shrestha

     Trishna Gurung”s Top Songs Lyrics and Chords

     Rachana Dahal Song's lyrics and Chords

     VTEN All Famous Songs Lyrics

     Top Songs Lyrics and Chords of Rajesh Payal Rai

    Shashwot Khadka Songs Lyrics and Chords

    Samir Shrestha's Top Songs Lyrics And Chords

     Bartika Eam Rai Top Songs Lyrics & Chords

    Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta

     Oshin Karki's Nepali Songs Lyrics And Chords

    All Songs Lyrics Of Wangden Sherpa

     Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु

     Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords

    Top 10 Ankita Pun Songs with Lyrics and Chords

    Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords

     Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site


    Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु

     Beautiful Poems of Bimala Tumkhewa

     Best Poems of Bhim Birag. भिम बिरागका कबिताहरु

    Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु

     Some Nepali poem Of Chakrapani Chalise चक्रपाणी चालिसेका कबिताहरु

     Famous Nepali Poem Of Ishwar Ballav

    Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु

    Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु

    Famous 10 Poem Of Siddhicharan Shrestha

     Some Nepali Poem of Parijat

    Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु

     Famous Poem of Bijay Malla बिजय मल्लका केही कबिताहरु

     How to Write Chhanda Mukta Kabita (free Verse Poem ) with 20 Poem Example

     100 New Nepali Haiku For Haiku Lover

    100 Nepali Famous Haiku Poem In Nepali

    Arjun Parajuli ka Nepali Kabitaharu

     Nepali Poem Collection Of Tanka Subba Sambahamphe

     History Of Nepali Poem And Some Ultra Modern Nepali Poem 

    Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु 

    Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु 

    Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु 

    25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु 

    Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु

    Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु

    Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु

    10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota 

    Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali 

    11 types of poetry with Beautiful Short Nepali Poem 

    Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide

    The history of Nepali Poem And famous poets of Nepal