
Observe the ever-so-attractive beauty in the
poems of Harimaya Bhetwaal, a cascade of emotions and imagery that plunges
readers into the depths of thought and wonder.
Harimaya Bhetwaal's poems entry the
readers with the deepness of their beauty and sensitive feel, intermingling
images, words, and emotions into a fabulous tapestry of poetry. majority of her
poems mirror upon the human condition: screaming moments of joy, the curved
world of existence, and the feeling of wonder at the earth outside.
She identifies the unusual happenings
in the most typical human experiences, and that forms single of the hallmarks of
Harimaya Bhetwaal's meter. Using illustrative words and with apparent imagery,
Harimaya Bhetwaal whisks readers away to lush landscapes in Nepal, artwork
scenes of natural beauty with words resonant with authenticity and passion. From
the flushed colors of a dusk to the gentle rustling of foliage in the breeze,
her meter provides that core with what readers can come into touch.
Additionally, most of the poems in the
meter collection of Bhetwaal state themes of adore and yearning, whereas losses
are divided with sensitivity and insight to disclose many complications in human
relationships. Her verses are raw with feeling, carrying the highs and lows of
adore's journey poetically. From the gentle pain of unrequited adore to the
bittersweet nostalgia of memories past, it speaks to the general experiences
of the core and resonates deeply with readers.
Besides surveying themes of adore and nature,
Bhetwaal's meter showcases profound understanding into communal fairness, personality, and
empowerment. With great imagery and representative, idea-angering metaphors, she
brings into see the struggles of marginalized communities, gives sound to the
mute, and confronts readers with compassion and bravery against grievance.
This is a bawl to deed-meter that summons the readers to take upward which is
claim in a earth that needs to be built much fairer.
The beauty of Harimaya Bhetwaal's meter
lies in the truth that it crosses the borders of barbarism and tradition, moving
the hearts of readers from all above. Her poems feel upon the magic of nature,
the depth of human feelings, and the shout for communal alteration, all reminding
us of the ability of words in inspiring, uplifting, and transforming. In that
earth, so frequently stricken with chaos and doubt, Bhetwaal's meter possesses
stood tall as a guiding star, reminding us of the beauties that persist nearby
us.
Harimaya Vetwal was born upon February 18,
2025, in Lalpani, Jhapa region, within the Mechi area of Nepal to Dilliram
Vetwal and Narmaya Vetwal as their youngest daughter. From her childhood
itself, Harimaya had shown unusual talent and attraction in writings,
what was groomed by dint of the writing charge of her dad. She was born into a
center-class household with tenth senior sisters and triple brothers and thus had a
childhood complete of the delights of learning and discovery.
Her educational stay began in Sri
Kankai Secondary institute, Surunga, with brilliant records. However, she was
married to Sahadeva Bista claim after her S.L.C. test in 2045 B.S.,
though she had desired to pursue higher schooling. Since then, the two be in possession of
divided their journey and burdens together. on behalf of Harimaya, it was household and
writings thereafter, twain going hand in hand as the basis of her being.
Poems, stories, dramas, and novels are
contained in the scholarly creations of Harimaya Vetwal. Her play,
"Boksiharu Chainna ", and "Harayakaharu " were published in
2055, and after that, she became a extremely significant sound in Nepali writings.
Then, "Doshro Darja" came in 2063-64, "Mainka Manchheharu"
in 2068, "Aahal" in 2069, and "Bato Khjdai Baatoma" in
2072.
Vetwal's writings be in possession of skillfully felt
upon burning communal issues connected to financial difference, cultural oppression,
and discrimination against women. She used exciting stories to uncover women's
struggles in Nepalese community and fought for gender fairness and communal fairness.
Her works combined pragmatism with innovation; thus, these writings appealed to
the flavor of readers and critics akin, making her popular everywhere.
म खहरे नै हुन्छुधेरैछन् तिमीलाई हेरेर आनन्द लिनेहरु तिम्रै किनारमा तिम्रो वखान गरी जिउनेहरु तिम्रो गीत गाइरहन्छन् तिम्रो निलो शरीर हेर्न कोषौ टाढाबाट पनि धाइरहन्छन् ओ समुद्र................ मलाई डरलाग्छ तिम्रो स्तव्दता तिम्रो गहिराई तिम्रो बेमौशमी छाल । म त फगत, वर्षामा वर्सिने खहरे हूँ निलो आकाशको मलाई भर छ बोकेपछि पिठ्यूँमा उसैले म झर्नै पर्ने कर छ बाचुन्जेल चट्टानका चेप र गल्छेडाहरुबाट नागवेली हुँदै म वग्दा तिमी वोकेर गर्भभित्र विशालु जन्तु रमाउँदै हुन्छौ म बोकेर फोहरहरुलाई हाम फाल्दै गर्दा तिमी चुपचाप मेरो मृत्यु कुरिरहेको हुन्छौ ओ समुद्र...................... तिमीलाई के थाहा झर्नु के हो ? पखालेर फोहोर चट्टानमा ठोक्किएपछि तिमिसम्म आइपुग्दा नपुग्दै मर्नु के हो ? तर पनि म गर्व गर्छु मेरै मृत्युको जस्को तिमी पर्खाइमा हुन्छौ म भएरै त बाँचेको छौ तिमी जसलाई भेट्न सँधै तिमी तिर्खाएकै हुन्छौ ओ समुद्र.................. जतिसुकै गुनगान गाएपनि अरुले तिम्रो म भने भित्रभित्रै त्रसित नै हुन्छु लामो समय पर्खिएर भएपनि म पुनः फेरी खहरे नै हुन्छु किनकी...................... मलाई डरलाग्छ तिम्रो स्तव्धता तिम्रो गहिराई तिम्रो बेमौसमी छाल ।। |
हुङ्कारभित्रभित्रै बारीका कान्लाहरू नाघ्छन् जराहरूले माटोभित्र युद्ध चलाई पर्खाल नाघ्छन् जराहरूले मान्छे र जरा उस्तै उस्तै न मान्छेलाई सह्य हुन्छ पर्खाल न जराहरुलाई उनीहरू त जन्मिन्छन् र फैलाउँछन् हाँगाबिँगा लटरम्मै फलहरू थेगेर चुपचाप चुपचाप उभिन्छन् त्यो बेला .... पर्यटक बनेर उनीहरूकै साम्राज्यमा घुम्न थाल्छन् विषालु सर्पहरू हो अचेल मेरो देशको राजनीतिमा न्याउरी मुसाले सर्पलाई खाँदैन बरु सर्पहरु फणा फिँजाउँदै उभिन्छन् न्याउरी मुसामाथि । |
खुट्टा....भूकम्प झै हल्लिदै तिमी आएपछि मेरो साँझ थर्रर काप्छ मेरो सामर्थतामा प्रश्नचिन्न लाग्छ तिमी आफ्ना कम्जोरीहरुलाई भत्काउन नसकेर आफ्ना पैतालाहरुलाई उभ्याउन नसकेर जब मेरो सामु लरखराउछौ त्यो बेला...... तिमीले समातेको भित्तो हुँ म तिमीले सुतेको ओछ्यान हुँ म तिमी मलाई जुत्ता भन्छौ तर तिम्रै दरिलो खुट्टा हुँ म । |
सिबाय प्रेमहिडदा हिड्दै पत्तै बिना हिडिरहेको बाटो सग पनि हुदोरहेछ प्रेम बस्दा बस्दै थाहै बिना बसिरहेको माटो सग पनि हुदोरहेछ प्रेम पानीलाई बिना स्वादै गरिदोरहेछ प्रेम हावालाई बिना महसुस नै हुदोरहेछ प्रेम फुलिरहेको फुल बाट किन आउछ होला प्रेमको सुवास..? झुल्कीरहेको घाम बाट किन पोखिन्छ होला प्रेमको न्यानो ..? किन जन्मदै गरेको सीसुलाई र बैसका ठिटाठिटी लाई देख्दा पनि किन उम्रन्छ होला एउटा सुन्दर ब्रिक्छ्य मन भित्र.. सानुछदा आमालाई सोधे थे प्रेम के हो भनी …? भर्खर जन्माएकी बाछीलाई चाट्दै गरेकी गाईतिर देखाउदै आमाले भन्नुभएको थियो … उ त्यही हो प्रेम अलि ठुली भएपछि … कसैले प्रेमपत्र लेखेर दियो साथीहरुले भने – त्यसले तलाई प्रेम गर्छ तिमीसित माया झांगिए पछि मैले तीम्रालागि श्रम दिए, पसिना दिए उमेर दिए बैस दिए सन्तान दिए र दिए बिस्वास पनि दिदादिदै रित्तिएकी छु एतिबेला … तिमीलाई दिने म सग अब केहि बाकी छैन मेरो प्रिये …… प्रेम त त्यो बेला पनि हुदोरहेछ जुन बेला… थुप्रै थुप्रै कुरा दिन सक्दोरहेछ मान्छे र प्रेम त यो बेला पनि हुदोरहेछ .. जुन बेला .. दिनलाई केहि हुदो रहेनछ मान्छे सग सिबाय प्रेम ……..!! |
नेपाल ठमेल एकेडेमीआखा नझिम्काई बस्नु अरे आदेश आ’छ माथिबाट कानुन चाँडै आउँदैछ रे हजुरबा हैन नातिबाट लाट्कोसेरो दिउँसै उँग्ने मान्छे दिउँसै राति मेरो लागि त मान्छे भन्दा लाटकोसेरै जाति । हावा चल्दा किन तर्स्यो प्रधानमन्त्री क्वाटर बानेस्वरमा बासिरेछन् भ्यागुत्ताले ट्वारट्वार शङकै लाग्छ माघ आठमा संविधान झर्ला ? खबरदार छ देशको कानुन कठ्याङग्रिदै मर्ला । भ्रष्टाचारले साझालाई बजाइदियो बाजा सृजना र कृति जति ककसको भो खाजा ? दुक्का भन्दा एक्का ठुलो हुन्छ जहिले पनि एक आधलाई दम दिएर हुन्छ एकेडेमी । प्रज्ञा हुन बौद्धिकताको किन खोजौँ मात्रा ? मैले पनि थालो पार्टी मुख्यालय यात्रा । |
जमानाभालेहरू बाँझो खेतमा रातो सिउर दाउन थाले झिँगाहरू डल्लामाथि बसी गीत गाउन थाले कमिलाले बाउसे गरी जताततै मल फाले मुसाहरू लजाउँदै चारो फाल्ने ढल हाले । बिउ रोपे बाख्राहरूले बाँदरले खने आली सुगा खेतमै बस्यो अनसन बजाउँदै ताली धमिराले चपाएरै लडाइदिए फूलको डाली सहमति भो मच्छरलाई बनाउने माली । जुकाहरू पानीमाथि हेलिकप्टर चलाउँथे फटेङ्ग्राले झुक्याएर गोलीगट्ठा ढलाउँथे बाली बढ्न थालेपछि गुलेलीले लडाउँथे भोका बाघ खेतमा आउँदा रेडलेबल चडाउँथे । मौरीहरूले तोरी छरे गौंथलीले डोको भरे चिल उडे आकासमा भुइँमा चल्ला मरे मलामीको ताँती लाग्यो आकासको कालो बादल कामको मेसो पाउन छोडी मान्छे भयो पागल ! |
म सडकतिर जान्छुबिद्रोह सदियौ देखि … मेरी आमाले बाचेको जिन्दगी हेरेर अब म बाकी यात्रा तय गर्ने छैन तिमी बिद्रोही भन वा जे भन गुन्रुक हाले झैँ खाल्डोमा मेरा सपनाहरु पुरेर अब म बाच्ने छैन म सित मेरी आमाले बोल्न नसकेको ओठ छ म सित मेरी आमाले लेख्न नसकेको चोट छ त्यसैले ….. म कुवा बाट फुत्त निस्किएर मझेरीमा उभिएकीछु अझै भिझेकै छन् कुवाको पानीले मेरो लुगा म घाम लाग्ला भनि उभिएकैछु मझेरी छेउ तिमी भित्र पस भन्छौ म घाममा बस्छु भन्छु भो मलाई मेरी आमा झैँ चिसो चुलोतिर नखेद म सडकतिर जान्छु ….!!!!!! |
समिश्रण हो ‘जीवन’हिँड्दा–हिड्दै शरीरभरी चिसो हावा खसेजस्तो अलिपर पुगेपछि झिल्को आगो पसेजस्तो अझ पर हिँड्दै जाँदा फूलमा मौरी बसेजस्तो सम्बन्धले सम्बन्धलाई बिष घोली डसेजस्तो कठै ! जीवन – कहिले निलकाँडामा पसेजस्तो कहिले बिउ बनी माटोमा खसेजस्तो– कहिले खोस्टा बनी कन्टेनरमा बसेजस्तो त्यसैले त भन्छु नि म–. समिश्रण हो ‘जीवन’ अलिकति रातो चियामा चिनी पसेजस्तो ।।। |
हिजो जस्तो लाग्छआमाले भनेको – ‘घाम र तँ सँगै–सँगै आयौ यो धर्तीमा एकाबिहानै’ मलाई सम्झना छैन पहिलो चोटी म यो धर्तीमा आएको तर सम्झनामा अरु थुप्रै कुरा छन् आज पनि मसँग । हिजो जस्तै लाग्छ, आमाको साडीको फेर समाउँदै बुढी औँला चुसेर मामाघर गा’को चारआनाको कोकिस र दसपैसाको बरफ किनेर खा’को हिजो झैँ लाग्छ, हाते कल बोकेर दमिनी साँल्दिदी हाम्रो घरमा आ’काको र टेर्लिङको जामा सिलाइदिएर ला’को कति खुसी त्यो क्षण, जामा देखाउनकै लागि गाउँभरी धा’को अनि दुई चुल्ठा कपाल बाटेर बिना बेग कम्मरमा पुस्तक बोकी स्कूलतिर गा’को हिजो जस्तै लाग्छ, कसैले प्रेम–पत्र लेखेर पहिलो चोटी मेरो हातमा दिँदा मेरो शरीरभरी नबिझाउने काँडैकाँडा आ’को कति छिटो गए गए ती दिनहरु– फिताले नाप्दा कति लामो हुँुदो हो त्यो समय । तर, मन र मस्तिष्कले नाप्दा कति छोटा लाग्ने राती सुतेको बेला देखिने सपना जस्तो आज फेरि बिपनामा एकवर्ष पुरानो बनाउँदै गयो २०६९ सालले मलाई ।।। |
मनमाया को सपना !!!तप्किए झैँ बलेसीमा सीत को थोपा किन तप्प तप्प झर्छ होला मनमायाका स साना सपनाहरु ………..? उसैको आखा अगी , पानी जमिनमा भिज्छ माटोको प्यास बुज्छ.. मनमाया तिर्खाउछे हिजो पल्लोघरको सुबेदी बाजेले भनेको सम्झन्छे उ … धर्ति र आमा उस्तै हुनुपछ रे … धर्तिमा मनमायाले डल्ला फुटाउदा… उसको मनमा परेको डल्ला फुटाउछ कसले ………..? धर्तिमा उसले बीउ रोपीरहदा … उसका मनका सुइराहरु टूटौछ कसले ……………..?/ उ सम्झन्छे सुबेदी बाजेका कुरा … धर्ति जसरि जोते पनी हुन्छ धर्तीमा जे रोपे पनी हुन्छ तर किन जोतेदैन धर्ती जसरि मनमायाको मन …? किन पोतिदैन माटो जसरि उसको तन …..? |
कसरी लेखौ प्रेम कविता …….?तिमी प्रेम कविता लेख भन्छौ मलाई .. आफ्नै पहिचान पत्तो नपाई को हो ! को हो भन्दै उडेको कोयेली चरो झैँ पंख फिजाउन खोज्दा आकाशमा….. म ठोकीनेगर्छु पर्खालमा अनि पछारिन्छु आफ्नै आगनमा हो त्यो बेला म कसरि लेखौ प्रेम कविता …….? माटोको भित्तोहरुमा ज्यानजोगाउन तल्लिन कमिलाको ताती झैँ म ज्यानजोगाउने लाईनमा उभिएको बेला … तिमी नै भनन म कसरि लेखौ प्रेम कविता …….? भोकको पहाड़ बोकेर … नुनको स्वाद लिन खर्पन भरि नुन जस्तै आसु बोकेर हिडेका असंख्य मान्छेहरु देखेपछी … तिमीनै भनन म कसरि लेखौ प्रेम कविता …….? चीसो चौरमा चरिरहेका भेडाका बथानहरु सगै . भेडाकै मोलका मान्छेहरु … भेडा भन्दा नांगै भएर बाचेको दिखेपछी म कसरि लेखौ प्रेम कविता ……? ब्राजिलकी रुसेफ हुन हैन .. उदयपुरकी मास्टरहुन लाई पदन खोज्ने छोरिलाई पढाउन नसकेर आत्महत्या गर्ने आमाको लास देखेपछी तिमी नै भनन म कसरि लेखौ प्रेम कविता …….? पहिलो रजस्वला हुदा ओडारमा पुगेकी किसोरी .. आन्तिम राजस्वोला हुदा सम्म ओडार मै सयौ पल्ट मर्दै बाचेको देखेपछी … तिमीनै भनन म कसरी लेखौ प्रेम कविता ……? भोक सग लड्न नसकेर … आफ्ना सन्तानलाई .. कुवामा धकेल्नी आमा को अचेत अवस्ता देख्दा .. भन म कसरी लेखौ प्रेम कविता ………? बढारेर सुकीलो बनाएको सिंहदरवार भित्र … फोहोरी खेलाडीहरुले मैदान ओगटेपछी … भन म कसरी लेखौ प्रेम कविता ………..? हामीले फेरीरहेको हाम्रो सास सम्मको … कर तीरेर बाच्दा पनी … हाम्रै सपनाहरुलाई … बलात्कार गरेर बाचेका … यो राज्यका शासकहरु दिख्दा … भन म कसरी लेखौ प्रेम कविता …..???? |
रूपान्तरणभृत्युसँगको जम्काभेटले म बदलिएकी छु मैले देखेँ कुइरोले आत्माहत्या गर्दै तल झरेर पानी बनेको पानीले आत्महत्या गर्दै आकाशिएर कुइरो बनेको आहा … ! कति आनन्ददायी रूपान्तरण प्रकृतिसँग प्रकृतिको म कुइरो भएर उठिहेरेँ म पानी भएर बगिरहेेरेँ माटोलाई सिञ्चित गर्दै बालीभित्र बसिहेरेँ तर अफसोस … ! बगरेहरू भाँडा थापिरहेछन् म त रगत भएर बग्छु बुद्धिजीवीहरू हातमा पैसा लिएर बसिरहेछन् म मासु भएर बिक्छु जब स्वादिष्ट खाना भएर म भुटिन्छु तब, अस्तित्वलाई बचाउँदै म वाफ बनी उनीहरूबाट छुट्टन्िछु कसले भन्न सक्छ मैले मृत्यु देख्या छैन, मैले मृत्यु भोग्या छैन, मैले मृत्यु बोक्या छैन, त्यसैले त म, मात्र उनीहरूबाट बच्न चीसो हिउँको चट्टान बनेकी छु जसलाई छुन खोज्नेहरू आफैँ टुक्रिएर र्झछन् स्नेह बर्साउनेहरूको तापले म आफैँ पग्लिएर झर्छु हो, प्रत्येकपल मृत्युसँगको भेटले म बदलिएकी छु त्यसैले भेटिन्छ सायद रूपान्तरण ।। |
पारिजात ….पारिजातको बोट . रातभरी सेताम्मे फुल जन्माउछे र बिहान सन्न बिहिन हुन्छे पारिजातको फुल रातभरिको जीवन जिउछे र बिहान बलेसीभरि पोखीन्छे सुर्यको तापले छुनु अघि पारिजातको बोट बेस्सरी रुन्छे उ रोएर उसैले झारेको आसुले नै उ पुन ; जीवित हुन्छे उ जीवित रहेको प्रमाण रहुन्जेल उ बाच्छे र जन्माई रहन्छे कालो रातमा सेताम्मे फूलहरु …..!!!!! |
फरक तिमी र ममातिमीसँग तिम्रो लोग्ने छ, छोराछोरी छन् मसँग म र मेरा सपना मात्र छन् म, दिनमा पनि सपना भेट्न दगुर्छु त्यसैका लागि पसिना बगाउँछु पूरा हुँदा रमाउँछु पूरा नहुँदा पूरा गर्नतिर लाग्छु मलाई न लोग्नेको माग, न छोराछोरीको आशा न बुहारी हुनाको वर्तन र बाध्यता । म उडान भर्दा सपनाको तिमी पानी भर्दै हुन्छौ गाग्रीमा म माया बाँड्दै हुन्छु मुर्झाएका मनहरूमा तिमी माया साट्दै हुन्छौ बाध्यताको प्रेमीमा तिमीलाई डर अनि भर परिवारको मलाई चिन्ता अनि चासो समाजको फरक यही तिमी र ममा । म सबैको हुन खोज्छु कुँडिएका मनहरू धुन खोज्छु तर, तिमी भन्छौ एकको मात्र हुनु मेरो लक्ष्य चन्द्रमा छुने तिम्रो दैनिकी एकान्तमा रुने म देख्छु तिमी पखेटा काटिएर पिँजडामा छटपटाउँदै बाँचेको जवानी, रहर र सपनालाई कैद गरी साँचेको मझैँ स्वतन्त्र भएर तिमी कहिले बाँच्न सकौली ! म चराझैँ उडान भर्छु तिमी चंगाझैँ कसैका हातमा हुन्छौ म खोलाझँै बहँदा तिमी कुवाझैँ हुन्छौ म हावामा कावा खाँदा तिमी उड्न नसकी, भित्रभित्रै रुन्छौ तर पनि भन्छौ मलाई ‘अविवाहित किन ?’ अब, म भन्छु तिमीलाई यतिविघ्न पीडाको पहाड बोकी तिमीचाहिँ विवाहित किन ? |
अभद्रता ….समयको सानु फुर्को समातेर मैले सडकमा उभिनु अभद्रता ठान्छौ भने मैले टेकेको माटोको कसम म अभद्र छु यतिबेला मलाई लाखौ पटक भत्काउन आए ऐतिहासिक दस्तावेजहरु धार्मिक ग्रन्थहरु गुरुबाका उपदेशहरु घरमा बा भन्थे –आइमाई र गाई उस्तै हुन् खुट्टा उचाल्यो भने कुटाइ खान्छन् मैले खुट्टा उचाल्नु सट्टा आफैलाई कोपरेकी छु कैयन पटक मेरा चोटहरु हेरेर बेस्सरी हाँसेकै हौ तिमी ए भद्र पुरुस ! म अभद्र छु यतिबेला तिमीले कोरेको लछ्मण रेखालाई मैले आमाको कात्रौ किन्न जाँदा तोडेकी हँ हो म निस्किएकै हुँ मध्यराती जुनकिरीहरुको साथ लागेर ए भद्र पुरुस ! तिमी जुनसुकै उपमा दिन सक्छौ म यो भत्किएको मैजस्तो सडकमा उभिएकी छु यतिबेला मलाई हेरेर बज्न बिर्सिएको छ घन्टाघरले सडकभरि बलेको छ रङगीन बिजुली तिमी जुनसुकै रङको देख मलाई म रङगीन सपनाको कुम्लो हुँ यतिबेला ए भद्र पुरुस म अभद्र छु यतिबेला तिमीलाई थाहा हुनु पर्छ असाध्यै गर्मी बढेपछि बादलले पनि पानी बोक्छ निस्पट्ट अँध्यारो रातमा जुनकिरीको उज्यालोले पनि बाटौ देख्छ सधै (सधै भद्रतामा त भित्ताको फोटो उभिन सक्छ मन्दिरको मुर्तिहरु उभिन सक्छन् चर्चका जिसस उभिन सक्छन् मस्जिदका अल्ला उभिन सक्छन् त्यो पनि भुइँचालो नआउन्जेल सम्म मात्र |
आमा र घामभर्खर शिशु जन्माएकी आमा र उदाउँदो घाम किन उस्तै लाग्छ मलाई ? घामले पृथ्वी देखेपछि र मान्छेले भूगोल टेकेपछि किन उस्तै लाग्छ घाम र मान्छे ? घामसँग कम्पास छ समयको मान्छे कम्पास बनिरहन्छ मान्छेभित्र आकाशजत्रै विश्वास छ घामको घाम परिक्रम गरिरहन्छ आमाले सन्तान हुर्काएझैं घामले पनि हुर्काएको छ कैयन, आँप, अम्बा र धानका बोटहरु राति सुताएजसरी आमाले काखमा ऊ पनि सुताउँछ र बिस्तारै जान्छ कुनै अर्को देश ब्यूँझाउन र दउखाउँछ सिक्काको दुई पाटो जीवन मलाई थाहा छैन उता कत्तिको क्रियाशील हुन्छन् मान्छेहरु पेटको लागि वा सपनाकोलागि….. यताजस्तै खोलाकिनारमा बसेर हथौडाले चिसो ढुंगा फोर्छन् कि फोर्दैनन् होला उता मान्छेहरु ? सन्तान जन्माउने अस्पताल नदेखी डोकोमै सास छोड्छन कि छोड्दैनन होला उताका सुत्केरीहरु ? भोकको आगो निमाउन नसकेर कुवामा हामफाल्छन् कि फाल्दैनन् होला उताका आमाहरु ? कठै यता कहिल्यै पुग्दैन चिसो चुलोमा देश कहिल्यै दुख्दैन अभावमा र मृत्युमा देश मलाई थाहा छैन उताको देश कस्तो छ बस् मलाई त यति मात्र थाहा छ यताजस्तै उदाउँछ होला घाम उता पनि यताजस्तै फेर्छन होला मान्छेले सास उता पनि पानी उसरी नै पर्छ होला, हावा उसरी नै चल्छ होला जीवनको उकाली— ओरालीहरुमा घाम उदाएसम्म गर्भधारण गरिरहन्छन् आमाहरु र जन्मिरहन्छ होला धर्तीमा सुन्दर घामहरु………। |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal