सय सर्जकका हजार हाइकुहरु 1000 Haiku of 100 Nepali Writer

सय सर्जकका हजार हाइकुहरु 1000 Haiku of 100 Nepali Writer

p

    मुरारीराज मिश्र

    १. मान्छेले जित्यो
    बुनाई प्रतिस्पर्धा
    हार्‍यो माकुरो !

    २. कठै ! छेपारो
    के जित्थ्यो मान्छेलाई
    रङ फेर्नमा !

    ३. ब्वाँसो चरित्र
    हावी भयो मान्छेमा
    कोखामा दाँत !

    ४. बैगुनी मान्छे
    सिक्दैन कुकुरबाट
    इमान्दारिता !

    ५. ओझेलमा छन्
    कमिला र माहुरी
    बारुलो ठालू !

    मित्रबन्धु पाैडेल

    सडकभरि
    ‘यदुवंशी’ भिडन्त
    विवेक हार्छ ।

    ई………राजनेता !
    जनमन छाडेर
    आत्मरतिमा?

     छताछुल्ल भाे,
    असारे झरिभरि
    सत्ताकाे आँशु !

     गण-गाँड पाे
    गलगाँड हुँदैछ-
    गणतन्त्र याे ।

     …तान्त्रिकहरू
    ‘शरण’काे तन्त्रले
    देश-प्रहार !

     घातक अस्त्र
    काेराना -कुर्सीहरू
    भाेक- भाेजन ।

     श्रीपेच विना
    कत्ति नसुहाएकाे
    याे ‘खड्ग र्याली’ !

     उधाराे छापेँ
    फ्लेक्स, फाेटा र नारा
    बिल पठाउँ ?

     याे समय त
    हल्दी-पानीकाे पाे त
    कुर्सी हैन नि !

     अन्तिमचाेटि
    काेराेनासँग भिड्न
    ‘खड्ग’ उचालूँ ?

    मित्रबन्धु पाैडेल

    विष निस्कन्छ
    नेताका नामबाट
    जनता जिल्ल !

    ए! जिल्लाराम,
    कता गुडुल्किराकाे ?
    काँचुली फेर्न ।

    फेर्याै काँचुली
    ढुकुटी रित्याएर
    आफैँ पालिन्छाै ।

    पाल्नै पर्ने भाे
    नेता र सर्पहरू
    कुन विषालु ?

    नसाेध प्रश्न
    सर्पदंश भा’छ र?
    यी सत्ता-दाह्रा !

    दाह्रा र आँखा
    काेखाभित्र राखेर
    ढुकुटी हेर्छन् ।

    ढुकुटी रित्ताे
    मल किन्न छाडेर
    सर्प पाल्नुछ ।

    सर्पकाे खुट्टा
    सर्पले मात्र देखाेस्
    सत्तान्धाे मान्छे !

    ए मान्छेहरू !
    भेँडा हाै या सर्प हाै ?
    किन सुन्दैनाै ?

    बहिराे सत्ता !
    रतन्धाे प्रतिपक्ष
    तक्षकहरू ।

    तक्षकहरू
    परागभित्र लुक्दै
    मुलुक डस्दै ।

    मुरारीराज मिश्र

    रक्तिम ओठ
    स्पर्श गर्नै पर्दैन
    हेर्दै मात्तिन्छु !

    घर्तीमा पनि
    चन्द्रोदय देखिन्छ
    केश हटाऊ !

    घाइते पार्न
    हतियार चाहिन्न
    आँखै काफी छ !

    फूल बर्सिन्छ
    मग्मगाउँछ हावा
    मुसुक्क हाँस्दा !

    कोकिल कण्ठ
    सुमधुर आवाज
    वीणा रेटे झैं !

    तुलना व्यर्थ
    लजाउँछे उर्वर्शी
    सौन्दर्य सामु !

    प्रेम भावले
    लजाई निहुरिन्छौ
    थामिन्छ सृष्टि !

    द्वारिका नाथ नेपाल

    गणित शून्य
    क्रमानुसार थप्दै
    असंख्य शून्य  ।

    पाैरख शून्य
    निरर्थक जीवन
    बिस्मात भाव  ।

    सार्थक शून्य
    दुइतिहाई  सत्ता
    अफाप सिध्द ।

    जीवन शून्य
    पाैरख बिना बित्छ
    चिन्तित मन  ।

    उद्देश्य शून्य
    दिशाहीन  गन्तव्य
    दाेधार मन ।

    स्थापित स्मृति
    धरातल खिइदै
    शून्य मश्तिष्क ।

    अंकुश शून्य
    प्रदुषण कारक
    नीति बिहिन  ।

    बिम्व प्रष्फुट
    बाेझिलाे ओजपूर्ण
    निपात शून्य ।

    धर्म  संस्कृति
    साहित्य आध्यात्मिक
    पाठक शून्य ।

    पाैरख शून्य
    निरर्थक जीवन
    बिस्मात भाव   ।

    सामर्थ्य शून्य
    खाेज आकाशगंगा
    सिमा देखिन्न  ।

    सामर्थ्य शून्य
    कल्पना बिचरीत
    नायक तुल्य  ।

    सिमाना नाघ्याे
    त्याे हेपाहा प्रवृति
    सामर्थ्य शून्य ।

    पाठक शून्य
    अप्रत्यक्ष अथाह
    मूक दर्शक ।

    शून्य उत्पत्ति
    जन जीवन गाथा
    शून्य बिलायाे  ।

    संयुक्त  वाद
    ख्याउने  भए धेरै
    गन्तव्य शून्य  ।

    नेता सिर्जित
    बहुदल ब्यवस्था
    उद्याेग शून्य  ।

    ओहदा उच्च
    सज्जित सत्ता शक्ति
    औकात शून्य  ।

    उद्गम स्थल
    शून्यबाटै श्रृजित
    शून्य बिलिन  ।

    सर्वत्र शून्य
    जाेडीबाटै संसार
    छुट्टै नक्षत्र  ।

    शून्यमा ताक्दै
    सिर्जित ती साेचाई
    आफैंमा शून्य  ।

    शून्य आभाष
    ती स्तव्धता अंगाल्दै
    माैन लक्षण ।

    प्रवासी सुमन

    १.

    उडेको पंक्षी

    रूँदैन गुँड सम्झी

    समय चेत।

    २.

    लेकको सल्लो

    सुसेल्छ एकनास

    तिम्रो सम्झना।

    ३.

    एक्लो तलाउ

    पर्खी बस्छ रातमा

    जूनको स्पर्श।

    ४.

    शीतको थोपा

    फूल चुमेरै सुक्छ

    अमर प्रेम।

    ५.

    समुद्री छाल

      घोप्टिन्छ आफैँमाथि

     जम्नुको पीडा। 

    ६.

    उन्मत्त हुरी

    भत्काउॅंछ क्षणमै

    सौन्दर्य लय।

    ७.

    बैरागी नदी

       सुसाउॅंछे रातमा

      चिर्न अँधेरो।

    किशोर के सी

    १.
    अचेल मान्छे
    रोगले भन्दा धेरै
    मर्छन् डरले !

    २.
    गंगटा आफ्नै
    शरीर खुवाएरै
    पाल्छ सन्तान !!

    ३.
    ५/५ करोड
    सर्लप्पै पार्छन् नेता
    भोकै जनता !!!

    ४.
    विपक्ष पनि
    गए हुन्थ्यो कि सति
    मात्तियौ अति !!!!

    ५.
    पिएरै विष
    नीलकण्ठले पनि
    बचा थे देव !

    सुवास

    १.
    उच्च उडान
    धर्तिमै छ है दृष्टि
    गिद्दे नजर ।

    २.
    अल्झियो जोगी
    आफ्नै जटादाह्रीमा
    धर्म भो स्वाहा ।

    ३.
    खुकुरी धार
    घर फर्कने बाटो
    हिम्मत गर्छौ ?

    किशोर के सी

    १.
    यात्रु बीचमा,
    सधैँ अल्मलिएको
    एयरपोर्ट !

    २.
    गरिबी गीत,
    अब यु ट्यूबभरि
    बज्न थाल्ने छ !

    ३.
    माछापुच्छ्रे त,
    फेवातालमा नै पो
    डेरा सरेछ !

    ४.
    उनी त सधैँ,
    मेरो पर्स नै किन
    मन् पराउँछिन् ?

    ५.
    बाबु पार्टीमा,
    छोराको काम छैन
    बेरोजगार !

    उमेश थापा

    अखण्ड राज्य,
    ज्यादती व्यवहार
    मौन् सरकार !

    लकडाउन,
    नाकमुखमा मास्क
    पेटमा मुसा !

    गुरुयोजना ,
    नेताको त्यो भाषण
    जनता उहिँ!

    नेपाल २०,
    कोरोना पृष्ठभूमी
    तहसनहस्!

    लामो छ यात्रा ,
    केही छिन् विश्राम
    स्वपान चुम्न !

    उमामहेश्वर

    १.
    लुट्छ उमेर
    हरेक सूर्याेदय
    उज्यालो दिई ।

    २.
    एकै शब्दमा
    महाकाव्य लेखियो
    ’आमा’ भनेर ।

    ३.
    चन्द्र उदायो
    सम्झिएँ तिमीलाई
    दुरुस्तै थियोे ।

    ४.
    पूरानो घाउ
    खाटा बस्नै सकेन
    बल्झिन्छ सधँै ।

    ५.
    नक्सामा आफ्नो
    रजगज अर्कैको
    मेरो जमिन ।

    ६.
    कहिले सुस्ता
    कहिले कालापानी
    देश दुख्दैछ ।

    ७.
    मिलेर बाँचौ
    माटोको भर ईंटा
    ईंटाको माटा ।

    ८.
    दुखेको मन
    परेली बाँध खोल्दै
    तप्प चुहियो ।

    ९.
    मायाको फूल
    फुलाउन खोजेको
    बोटै सरेन ।

    १०.
    आफैं देखेर
    लठ्ठिए ऋतुराज
    मुस्कायो फूल ।

    बिमला

    १.

    मायाको मन
    पग्लन नै नसक्ने
    पत्थर देव ।

    २.
    प्रिय बनायौ
    आँखामा नि सजायौ
    मनमा शंका ।

    ३.
    बाँच्ने आधार
    सुम्पिएँ त्यो सर्वस्व
    प्रेम वासना ।

    ४.
    सुम्पे जवानी
    फूलको अनादार
    प्यासी भमरा ।

    ५.
    फूलको आस्था
    सजिलै भत्काएछौ
    मन मन्दिर ।

    ६.
    स्वार्थी नयन
    मायालु अभिनय
    नौनीको पल ।

    त्रिभुवन चन्द्र वाग्ले

    झरीको दिन
    दुई कप दूधले
    ज्यान ततायो

    लामो घिरौंला
    झोलामा हाल्न भन्दै
    असन गएँ

    जेठको झरी
    रुझेको राजमार्ग
    चिप्लो स्टेरिङ

    रुझेको शिर
    खोलन तिम्रो छाता
    भित्र राख्नेछु

    झरीको जुका
    किन तन्केको होला
    पर्नेछ डल्लो

    भरीले तामा
    ठाडिदै उम्रिएछ
    मिठो अचार

    भिजेको शिर
    खोलिदेऊ सिउँदो
    रङ हाल्ने छु

    नागको बच्चा
    प्वालमा पसेको छ
    फेरि आउँछ

    झरीको मुसो
    बाहिर, भित्र गर्छ
    तुरन्तै थाक्छ

    झरीको दिन
    सागपात केलाऊँ
    फर्सी खेलाऔं

    प्रकाश खडका

    १.सम्झने मन

    खाटो बसेको घाउ
    दुख्छ रातमा ।
     

     

    २.धड्कने मुटु
    जलनको ओखति
    आशुको थोपा ।
     

     

    ३.धर्म संस्कृति
    बिधुवा आइमाई
    सेतो कपडा ।
     

    ४.चिसो सिरेठो
    पात झर्ने मौसम
    नया पालुवा ।
     

    ५.बाबाको मृत्यु
    टुहुरा छोराछोरी
    आमा पोइल ।
     

    ६.पौडन जाने
    संघर्सको मैदान
    जित्छ उसैले ।
     

    ७.पेटको लागि
    न्युन पारिश्रमिक
    बाल शोषण ।

    मुरारीराज मिश्र

    १.
    मन बिझायो,
    ओछ्यान भन्ठानेर
    तन्ना फेरेछु !

    २.
    आफ्नै अगाडि
    बगिरहेछ नदी
    तातो बगर !

    ३.
    बंगैचा भरी
    हाँसीरहेछन् फूल
    उदास काँडा !

    ४.
    टल्पल आँसु
    बाध्यताको मुस्कान
    लाचार मन !

    ५.
    बल्झियो याद
    चहरा¥यो अतित
    पीडा थपियो !

    वसन्त पराजुली

    नायक
    कोरोनाको भूमरी
    नर्कको बाटो !!

    वुद्धको देश
    कोरोनाको कहर
    शान्तिको खोजी !!

    स्वतन्त्र प्रेस
    लोकतान्त्रिक मियो
    सत्ता धमिरा !!

    मुरारीराज मिश्र

    १.
    आँखाको भाखा
    बुझ्नु नि कहिले त
    बोल्नै पर्छ र ?

    २.
    रक्सीले छुन्न
    प्यून पाए ती ओठ
    मात्थ्यो कि मन !

    ३.
    भैगो पर्दैन
    त्यसै राम्री देखिन्छौ
    शृङ्गार किन ?

    ४.
    तिम्रो सामीप्य
    प्रेमका कुराहरू
    छर्लङ्गै रात !

    ५.
    बगैंचा भित्र
    तिमीलाई देखेर
    लजाए फूल !

    तिलकराज चुँदाली

    १।

    तिलकराज चुँदाली

    कुनामा बल्यो
    मीठो प्रहार गर्यो
    अँध्यारो ढल्यो।
    ।२।
    झुसिलकिरा
    कसरी बन्छ अहो !
    पुतली यान।
    ।३।
    बच्चाको हाँसो
    कुरान बाइबल
    खुशीको साँचो।
    ।४।
    सम्झाए खुबै
    सेताम्मै असिनाले
    वैंशको आयु।
    ।५।
    शितल जल
    सयौं ठक्कर पछि
    आगो बिजुली!
    ।६।
    देख्यो गैंडाले
    नेपालको नक्शामा
    आफ्नै मुहार!
    ।७।
    सलह टुर
    अफ्रिका टु नेपाल
    पेटको पीडा।
    । ८।
    रोक्छ कोरोना
    छोप्छ भ्रष्ट मुहार
    मास्क र चश्मा।
    ।९।
    शिक्षण शुरु
    मानवीय मूल्यको
    कोरोना गुरु।
    ।१०।
    वाह! चन्द्रमा
    मैले गर्दिनँ खेती
    सूक्ष्म दागको।
    ।११।
    हुँदैन जिउँदो
    प्रेमको अभावमा
    रातो सिँउदो।
    ।१२।
    छ्याप्प छ्यापियो
    अपवित्र छिर्काले
    प्रेमको दियो!
    ।१३।
    बाँसको हेर
    अग्लाई र झुकाई
    विनयशास्त्र।

    श्रीराम श्रेष्ठ

    १.
    पहिलो भेट
    भएछ चिनजान
    जोडियो नाता !

    २.
    हिउँद लाग्दा
    चिसिएको मौसम
    तातो नै प्यारो ।

    ३.
    चिसो मौसम
    शरीर कठ्याङ्ग्रिदा
    ज्वरो फुटेछ ।

    ४.
    विश्वास गर्दा
    मनमुटु कोपर्यो
    धूर्त मायालु !

    भुइँको माटो
    मुठीभरि उभाएँ
    भिज्यो आँसुले !

    ६.
    आँखामा पट्टी
    हचुवाको फैसला
    मरेछ न्याय !

    ७.
    हिमाल पारि
    जडिबुटीको थुप्रो
    रोगी शरीर !

    ८.
    बर्सादी दिन
    इन्द्रेणी देखेपछि
    मन नै हर्षित !

    ९.
    आँखा चिम्लदै
    तिर्खा मेट्न खोजेको
    सर्केछ पानी ।

    सावित्रा पाण्डे

    १.

    सावित्रा पाण्डे

    पाखामा

        गुराँस फुल्छ
        आँँखामा ।
    २.
    निशाना
        शत्रुका आँखा
        सीमाना ।
    ३.
    तरेली
        पाखामा बस्छन्
        परेली ।
    ४.
    बोटमा
        शीतका थोपा
        ओठमा ।
    ५.
    वनमा
        वसन्त फुल्यो
        मनमा ।
    ६.
    झुल्नु छ
        सुनगाभाझैँ
        फुल्नु छ ।
    ७.
    सुसेली
        धानका बाला
        बयेली ।
    ८.
    भीरमा
        न्याउली रोयो
       पीरमा ।
    ९.
    अग्लन्छु
        म हिमाल भै
        पग्लन्छु ।
    १०.
    धरामा
          पसिना फुल्छ
          गह्रामा ।
    ११.
    पातमा
        जून पोखियो
        रातमा ।
    १२.
    अडिन्छ
          शीर हिमाल
         ठडिन्छ ।
    १३.
    सौन्दर्य
          प्रित पुष्पित
          अन्तर्य ।
     

    १४.
    हिमाली
         वन सुरम्य
         चिमाली ।
    १५.
    कविता
         उत्ताल छाल
         सरिता ।
    १६.
    किनार
          भोग्छ नदीको
          प्रहार ।
    १७.
    जीवन्त
         पुष्प पराग
         सुगन्ध ।
    १८.
    जङ्घार
         तर्न कठिन
         सङ्घार ।
    १९.
    क्षितिज
          रहस्य नौलो
          तृषित ।
    २०.
    यो मन
         कर्कला पानी
         जोबन ।

    किशन पौडेल

    प्रकृति दुःखी
    मान्छे दैत्य प्रवृत्ति
    विनाश लीला ।
    °°

    प्रकृति लीला
    वैश्विक महामारी
    विक्षिप्त मन ।
    °°

    डरको भ्रम
    कोरोनाको लहरा
    अल्झिन्छ मन ।
    °°°

    अनन्त यात्रा
    पिँजडाको संसार
    गन्तव्यहीन ।
    °°°°

    भोकले मर्यो,
    समाचारले लेख्यो
    कोरोना नाम ।
    °°°

    सहर भित्र
    कोरोना धपाउँदै
    प्रहरी गस्ती ।
    °°

    एउटा यात्रा
    कोठाबाट कोठामा
    लकडाउन ।
    °°

    मन्दिर बन्द
    घर भो हरिद्वार
    वृद्धको धाम ।
    °°


    पिँजडा भित्र
    अनलाइनमा चरी
    संसार डुल्छे ।
    ००

    १०

    बन्दी जीवन
    पारिवारिक मेल
    सुन्दर जेल ।।

    चञ्चला पराजुली

    १-

    चञ्चला पराजुली

    आइलाग्‍ने र

        जाइलाग्‍ने उस्तै छ,
        रोडको दृश्य।
    २-
    निर्दयी मन
       चेपुवमा प्रहरी
       पोखियो क्रोध।
    ३-
    शक्तिमा ज्वाइँ
        सडकमा माइती
        रमिते चेली
    ४-
    बुझ्दैन कोही
       श्रमिकको विलौना
       दुख्दैन किन ?
    ५-
    समाजवाद
        नेता करोडपति
       श्रमिक भोकै।
    ६-
    पेटभरि खाने
        आङ्भरि लगाउने
        दिन कहिले ?
    ७-
    लाग्यो धमिरा
        डगमगायो देश
        कोरोनाको भेष।
    ८-
    अमृत प्याला
        प्रतिक्षामा जनता
       उब्जनी विष।
    ९-
    नक्सा त आयो
        भोगचलन गर्ने
        खोइ जमिन।
    १०-
    प्रेमको सती
         दलितहरु सधैं
         मलामी नेता।
    ११-
    जलाइ घर
         बस्तीमा जनावर
         चर्को शासन।
    १२-
    जनता थुनी
         धितो लिलामी गर्ने
         गरिबी थप्‍ने।

    मनीषकुमार शर्मा



    मनीषकुमार शर्मा

    सारङ्गी धुन
    भावनात्मक गान
    मर्म स्पन्दन

    कथा कथियो
    हृदय विदारक
    युद्धगाथाको

    मीठास अति
    मौलिकताको भाका
    चाँचरी भाका

    यथार्थ मर्म
    सारङ्गीको गाइने
    हेय दृष्टिमा

    दु:खका रेखा
    मन कुँड्याउँछन्
    गन्धर्व दाइ

    असारे भाका
    हराएछन् आज
    पालाम भाका

    लोक संगीत
    एकादेशको कथा
    संस्कृति लोप

    हरिचन्द्र ढकाल

    १. भमरा बनी
    जवानीको कोपिला
    रित्तियो रस ।

    २. मनको टापु
    ज्वालामुखी बिस्फोट
    आँशुको भेल ।

    ३. भारी दाउरा
    के रै’छ र जीवन
    थुप्रो खरानी ।

    ४. औसीको रात
    लुकेको जुनकिरी
    ज्ञानको दियो ।

    ५. पूर्वमा लाली
    अँध्यारो आकाशमा
    आशा मौलायो ।


    १. देवता बस्ने
    मन्दिरको शहर
    ढल बासना ।

    २. कक्षामा फेल
    राजनीतिक पेशा
    विशिष्ट श्रेणी ।

    ३. पैसाको बोट
    नेताजीको महल
    कुर्सीमा जरा ।

    ४. आउँदो पुस्ता
    आइफोन र ट्याब
    मष्तिस्क शून्य ।

    ५. बीमा रकम
    जिउँदोमा सकस
    मृत्युको मोल ।

    आचार्य प्रभा

    आकाश मौन
    बादलको गर्जन
    बेलाको बोली।

    स्वच्छ सगर
    जून ताराको आभा
    आहा ! स्वर्ग झैं।

    प्रकृति दोष
    मान्छेलाई बाधक
    जिउनै गाह्रो।

    चन्द्रमा लुक्छे
    बादल वरिपरि
    निश्छल बन्दै।

    बनेर आगो
    धर्ती बली रहेछ
    कलियुगमा।

    मित्रबन्धु पौडेल

    कुरो ठीकै हो
    अस्पताल नजानू
    जिउँदै छु त !

    जिउँदो हुनु
    बेहेश हुनु नै हो
    होशमा को छ?

    सरकार छ
    श्वास फेरि राख्दैछ
    भो भो जचाउँ ।

    जँचाउन त
    चुनाब कुर्नुपर्छ
    के गरूँ गरूँ !

    उर्दी गर्ने कि !
    खाना नाना र छाना
    भर्चुअल के !

    केही नगर
    केही नगर्नु नै त
    सबै गर्नु हो ।

    सबै गर्नेले
    देश खाक्रो बनाए
    रमिता हेर ।

    हेर्दैछु यहाँ
    पिसिआर बिस्कुन
    जिउँदा मान्छे ।

    मान्छे मान्छेमा
    अविश्वास- कोरोना
    सल्किँदै गयो ।

    यही आगोले
    डढाउँदैछन् मन
    घिउ नथप ।

    थप विश्वास
    बचाऊ प्रिय देश
    पुर्खाको चिनो ।

    मित्रबन्धु पाैडेल

    गरेँ कुटे झैँ

    पत्याएछन् मान्छेले

    सुन्याै ईश्वर ?

     

    मेराे ईश्वर

    मनमनमा बस्छन्

    कुर्सीमा हैन ।

     

    कुर्सीकाे खेल

    कर्णालीमा पैह्राे

    बाग्मती -भेल !

     

    हिउँदे भेल

    नाै अर्ब बगाउँछ

    गड्याैले दाबी ।

     

    गड्याैलाहरू

    बल्छीमा उनिएकाे

    पत्तै भएन ?

     

    बाह्रबुँदेले

    भाङझैँ लठ्याएछ

    मनमा चिसाे ।

     

    लठ्याएपछि

    अस्मितामा हमला

    माैन स्वीकृति ।

     

    चिच्याए पनि

    ढुङ्गाकाे चाकरीमा

    शताब्दि बित्याे ।

     

    अझै बित्दछ

    सत्ताका बिभीषण

    ज्युँका त्युँ हुँदा ।

     

    बेलैमा बाेल

    दासहुनुकाे पीडा

    राम्ररी खाेल ।

    किरण पाैडेल

    उज्यालो खोज्दै
    मायाका जोडीहरु
    मैनबत्तीमा

    मौन बसेछ
    तरंगित सेवक
    मौसमी खेती

    फरिया बोल्छ
    लवेदाको स्पर्शमा
    साधक मोह

    कसरी भरुँ
    बटुवाको हेराई
    कुवाको फेरो

    टिप्न आतुर
    पखेरुमा चपक्क
    पोटिला दाना

    साँझको खेल
    तिम्रो अभाव मेट्न
    सुई बटार्छु

    धुमिल चित्र
    मुग्लानको बाछिटा
    मुनाको माया

    प्रिय डबली
    दुनियाँ नियालेर
    मौन बसेछ

    मुग्ध नयन
    कोइलीको स्वरमा
    गौंथली नाच्छे

    डाँडाको फेदी
    गुँडभित्र चमेरा
    भेल पसेछ

    उम्लेको पानी
    बासनाको कसीमा
    दुधिलो बन्छ

    घर आँगन
    झाँकीमा टहलिँदै
    उर्लेको पीडा

    प्रिय डबली
    दुनियाँ नियालेर
    मौन बसेछ

    खहरे भेल
    बगाउन नजाने
    भूसको आगो

    संकेत पाए
    हावाको वहावमा
    बिम्ब पौडिन्छ

    मुरारीराज मिश्र

    १.
    ठेकी चर्केछ
    अंगेनोको रापले
    घिउ पोखियो !

    २.
    बिस्तारै तात्यो
    चिसिएको अंगेनो
    सल्क्यो दाउरा !

    ३.
    कुँडेको दूध
    पोखियो भुइँभरी
    बिरालो मख्ख !

    ४.
    गोलो अँगेनो
    भर्भराउँदो आगो
    चिसो मौसम !

    ५.
    खेती चटारो
    उफ्रिंदैछ बाउसे
    हिलाम्मे खेत !

    ६.
    यौटाको धन
    र्‍याल काट्दैछ अर्को
    भ्रमको चास्नी !

    ७.
    मौन आकाश
    पृथ्वीमा निहार्दैछ
    जून बालेर !

    ८.
    लफक्कै धर्ती
    आकाशको आँसुले
    मोती टल्कियो !

    ९.
    बेचैन मन
    अनिदा आँखाहरु
    छर्लङ्ग रात !

    १०.
    लक्ष्य शिखर
    चिप्लेकिराको चाल
    हिउँ पग्लियो !

    ११.
    लुछियो मासु
    मन्दिरभित्र लाश
    मौन देवता !

    १२.
    साथी शकुनी
    सत्तामा धृतराष्ट्र
    विचरा भीष्म !

    १३.
    मुस्कायो फूल
    मग्मगायो बगैंचा
    माली रमायो !

    १४.
    बुद्ध छातीमा
    अग्रसर युद्धमा
    बुद्धं शरणं !

    १५.
    च्वास्स घोच्दैछ
    प्यूरीको डस्ना पनि
    अनिँदो रात !

    १६.
    पूर्ण चन्द्रमा
    कोठामै उदाउँछ
    हाँसिदेऊ त !

    १७.
    टुपीमा पुग्दा
    धोतीका जुम्राहरु
    रवाफै बेग्लै !

    १८.
    जुनेली रात
    जुनकीरीको दम्भ
    उज्यालो मेरै !

    १९.
    अँध्यारो रात
    सल्काउँदैछु दीयो
    मन बालेर !

    २०.
    पूरा अपूरा
    केही थान सपना
    जीवन यात्रा !

    २१.
    बगैंचा हैन
    उनको हाँसोभरि
    फूल फक्रेछ !

    छविलाल खड्का


    सुख्खा मुहान
    तिर्खालुको जुलुस
    मैयाँको हाँसो ।

    गनारी खेत
    जलमग्न छ बाढी
    भोकको खेती ।

    मौरी रमायो
    साकुराका फूलमा
    आनन्द आयो ।

    गज्जब दृश्य
    कालो न कालो वर्ण
    स्वर कोकिल ।

    फलोका हाँगा
    सांसद अनि मन्त्री
    नुगोको बाँस ।

    भालो त बास्यो
    मिठो निद्रामा मस्त
    लाटाकोसोरा ।

    लोभको भाँडो
    भुँइको टिप्न खोज्दा
    खस्ला गोजीको !

    किशन पाैडेल

    तलब छैन,
    भव्य छ खानपान,
    खान्छ कसरी ?

    आफ्नो मानिस,
    व्यापार छ करोड,
    झुट कसरी ?

    सञ्जाल भरी,
    आउँदै छन् फोटो
    लुक्छ कसरी ?

    किशन पाैडेल

    गठबन्धन
    अवैध समागम
    गर्भपतन ।
    °°

    उन्मुक्त बैँस
    उम्लिएर पोखियो
    पाखो बारीमा ।
    °°

    बादल फाट्यो
    चिसो आकाश माथि
    घाम झुल्किँदै ।
    °°

    छिद्र परेको
    पानी चुहिने धारा
    गाग्रो रित्तै भो ।
    °°

    भालुको नाच
    हाँडि गाउँको जात्रा
    रमिता लाग्यो ।

    °°
    घर सल्काई
    छिमेकीलाई न्यानो
    मनको राप ।

    °°
    भेडाको मूल्य
    लिलाम बढाबढ
    कौडीको भाउ ।
    °°

    राजनीतिज्ञ
    संस्कार विहीन
    नैतिक हीन ।
    °°°

    मसान घाट
    अवसानको घर
    सर्वसुलभ ।
    °°°

    क्यालेन्डरमा
    देखियो कालो वर्ष
    इतिहासको ।

    मुरारीराज मिश्र

    इसाराबाटै
    जोडिए मनहरु
    माया साटियो !

    नौनी खाएर
    मदानी मोटाएछ
    ठेकी जिल्लियो !

    निदाइन् धर्ती
    शीतको बिछ्यौनामा
    जून तापेर !

    जिते सूर्यले
    रातसँगको युद्ध
    हाँस्दै उदाए !

    लोडसेडिङ
    हटिसक्यो अचेल
    बत्ती खोई त !

    खोई के भयो
    नुनिलो पो भएछ
    उखुको लाँक्रा !

    कसौँडी भित्र
    छड्किँदैथ्यो चामल
    माड पोखियो !

    पौष महिना
    ऊर्जाहीन’भो सूर्य
    मान्छे तात्दैछन् !

    बादल भित्रै
    अलमलिए सूर्य
    तातो हरायो !

    उषा किरण
    पातमाथिको शीत
    मोतीको झल्को !

    तात्दै तातेन
    कठ्याङ्ग्रिएको मन
    घाम लाग्दा’नी !

    आचार्य प्रभा

    हाइकु
    प्रकृति मौन
    प्रकोपको पीडाले
    हरेर चैन।


    आचार्य प्रभा

    स्तब्ध संसार
    प्रकृति बहुलाई
    पीडा भोगेर।

    बनेर छाता
    लमतन्न छ नभ
    बनेर ओत।

    विशाल समुद्र
    स्तब्धसँग बग्दछ
    खोई त हल्ला ?

    सेन्यु
    गर्यौं घमण्ड
    मान्छे हुँ म भनेर
    नुहियो शीर।

    नजुधे भयो
    एकापसमा अब
    झर्छौं ओरालो।

    स्वार्थ मिलुन्जेल्
    एकार्कामा स्याबासी
    ऐले भाँड्भैलो ?

    कुर्सीको मोह
    गरे सबैले जोहो
    भाँचिएर गो।

    मित्रबन्धु पाैडेल

    जन्ता टाढा छन्

    बालुवाटारबाट

    जन्ता टाढा छन् ।

     

    अझ टाढा छ

    सिँहदर्वार सम्धी

    अझ टाढा छ ।

     

    जान्छु बरू म

    बटौली र खस्यौली

    दाङ वर छ ।

     

    किन जाने हो ?

    मेरा वर यहीँ छन्

    यही घर्बार !

     

    ओम्नी केके भो !

    जन्ता भन्ने जिनिस

    मैले चिनिनँ ।

     

    त्यसै दङग छु

    धपडीमा थपडी

    त्यसै दङ्ग छु ।

     

    डिवी पारियो

    अयोध्याका राम जी

    माडी सारियो !

     

    रङ्ग रङ्गले

    संसद् चाँढै भङ्ग भो

    आफ्नै ढङ्गले ।

     

    भन्नु हुँदैन !

    सँगै भोट माग्नु छ

    ‘खोटी गद्दार’!

     

    आफू सन्चै छु

    झाँक्री, वैद्य, डाक्टर

    छैन दर्कार !

    ए. पोखरेल

    १.
    देश बन्दैन,
    बैरीको खेल भयो,
    दुखी नेपाली ।

    २.
    सांसद बिक्री
    संसद भेडी गोठ,
    देश सप्रिन्न ।

    ३.
    रैती बाहुल्य,
    स्वार्थी छ मनोभाव
    नेता सच्चिन्न ।

    ४.
    अल्लारे नीति
    बेरोजगार पुस्ता,
    भविष्य कालो ।

    ५.
    नगर ढिला
    नेपाली राजनीति,
    उठ्ने छ वीर ।

    अम्बरिश पोख्रेल

    १.

    रोजेर हुले
    नेपाली राजनीति
    पिँडुला खोल ?
    २.
    पार्टीका चेली
    नेकपा नेतृत्वहरु
    यौनको भेल ?
    ३.
    अनुशासन
    सप्रिन्न नेताहरु
    लाज लाग्दैन ?
    ४.
    हजारौ नारी
    पिँडुला पार्टी पद
    नैतिक हिन ?
    ५.
    रगत नाता
    अधर्मीको नेतृत्व छ
    नेकपा नीति ?

    मनीष कुमार शर्मा

    टलपलायो
    भावनामय गाग्री
    आलो घाउमा

    रक्तपिपासु
    लालसा मेटाउँदै
    मानवी किर्नु

    अमूर्त विम्ब
    बाफिएर उड्छन
    मोक्ष यात्रामा

    उद्धेग रह्यो
    प्रश्नरत सागर
    किनारसँग

    ग्रीष्म मौसम
    घाम गुनगुनायो
    आतंकको गीत

    ब्याकुल आत्मा
    अन्तश्चेतना भाव
    एकान्तवास

    कृतिम छवि
    निराकृति अवर्त
    भ्रमित नेत्र

    कामुक मेघ
    क्षितिजको इन्द्रेणी
    सान्निध्य चाह

    वर पिपल
    मौनतामा लुकेको
    पवित्र नाता ।

    १०
    उद्रेक पल
    शालीनताको खोजि
    तुँवालो भित्र ।

    ११
    व्यभिचारीमा
    काटिएका पलुवा
    रक्त बलेंसी ।

    १२
    सुस्केरा मार्छ
    पराजित स्वरमा
    लाटो घण्टिका ।

    १३
    मृत सपना
    जीवनको गणित
    चित्रपटमा

    १४
    शुन्य प्रहर
    शालीन बिद्रोहमा
    चिसो शहर

    १५
    बैंसालु मन
    कामासक्त लहर
    बूढ्यौली तन

    १६
    चिसो सिरेटो
    कामातुर यौवन
    रत्यौली खेल्दै

    १७
    अस्ताचलमा
    अँध्यारियो क्षितिज
    शिथिल सन्ध्या

    १८
    भ्रामक पथ
    कुहिराको काग
    देशावरमा

    १९
    हेर्दैछ जोगी
    कुटिल मुस्कानमा
    खरानी कुटी ।
    २०
    भुत्ते बन्चरो
    कर्कश क्रन्दनमा
    उपट्टे ध्वनि

    किशोर के सी

    १.
    माफिया के हो ?
    गिद्दे नजर लाग्यो
    अफ्रिकन साक्षी ।
    २.
    रक्त पिपासु ?
    सक्किन बचाउन
    बाल बालिका ।
    ३.
    उजाड भयो ?
    अफ्रिकन गाउँ बस्ती
    गोरेको लुट ।
    ४.
    स्रोतको दोहन ?
    लाखौंको मृत्यु भयो
    इथोपियन ।
    ५.
    खोसियो खाना ?
    बर्बर आतङ्कले
    बालिका बरा !

    किशन पाैडेल

    भेडि गोठमा
    ह्विपको तरबार
    तर्सेका बोका ।

    बोलकबोल
    लिलाम बढाबढ
    भेडा बजार ।

    राहु र केतु
    बिपरित ध्रुवमा
    सुर्य ग्रहण ।

    गठबन्धन
    अवैध समागम
    गर्भपतन ।

    गोहीको आँसु
    आँखामा टिलपिल
    प्यासी अधर ।

    किशन पौडेल

    भेडी गोठमा
    ह्विपको तरबार
    तर्सेका बोका ।
    °°°°
    बोलकबोल
    लिलाम बढाबढ
    भेडा बजार ।

    °°°
    राहु र केतु
    विपरीत ध्रुवमा
    सूर्य ग्रहण ।

    °°°
    गठबन्धन
    अवैध समागम
    गर्भपतन ।
    °°°
    गोहीको आँसु
    आँखामा टिलपिल
    प्यासी अधर ।

    मुरारीराज मिश्र

    रङ्ग भर्दैछ
    सिउँदाेमा वसन्त
    लजाईन् धरा !

    सर्वत्र फूल
    भवंरा अतालियाे
    ऋतु साैन्दर्य !
    पत्र-पत्रमा
    सुम्सुम्यायाे हावाले
    फूल लठ्ठिए !
    प्रकृति लुकिन्
    रंगिन घुम्टो भित्र
    बैँस सम्हाल्दै !
    रङ्ग ओढेर
    शीतको बिछ्यौनामा
    निदाइन् धर्ती !

    अम्बरीश पोख्रेल

    १.
    नेपाल देश
    प्रदूषणले ढाक्यो
    रोक्नु पर्दैन ?
    २.
    फोक्सो, कलेजो
    ध्वस्त हुन्छ जीवन
    मानव अङ्ग ?
    ३.
    नेपाली पारा
    गर्दैन काम यहाँ
    शासन धोक्का?
    ४.
    बुझ्दैन नेता
    विज्ञान प्रविधिको
    चाकडी खोज्छ ?
    ५.
    रैती जनता
    कालो वातावरण
    बजाऊ ताली ?
    ६.
    हावाको चाप
    प्रदुषण कन्ट्रोल
    रहन्न बिष ?

    बिमला ढुङ्गाना 

    पराया देश
    डलरको भकारी
    बिक्री शरीर
    ममता  कुण्ड
    आमा बाका त्याग
    अतुलनीय ।
     ३
    आँखामा गाउँ
    प्रियसीको सम्झना
    फुलेको बैंश ।
    बिरानो देश
    काकाकुल छ मन
    प्रेमको तिर्खा
    प्रवासी मन
    ढल्किंदै छ उमेर
    चितामा देश 

    द्वारिका नाथ नेपाल

    सर्वत्र उठ्याे
    जागरण लहर
    व्यवस्था फाल्न  ।

    खुट्टा कमायाे
    राजाका गुणगान
    तिहाई नेता  ।

    ढलपलियाे
    वामपन्थी आसन
    विपक्षी भेला   ।

    जाग हाे जाग
    निमिट्यान्न पार्नुछ
    बुँदे सम्झाैता  ।

    दशकाैं बित्याे
    ओली तथा प्रचण्ड
    हालीमुहाली  ।

    विकास शून्य
    जनधारणा भत्क्याे
    निरीह चाेट  ।

    द्वारिका नाथ नेपाल

    हिजाे  –
    साम्राज्य थियाे
    कांगडादेखि टिष्टा
    गाेर्खाली राज्य  ।

    आज  –
    खुम्चिँदै जान्छ
    सत्ता टिकाउ स्वार्थ
    प्रदेश रुप  ।

    भाेलि –
    नेपाली खाेज्दा
    छिमेकी भाषाभाषी
    माैलिक लुप्त  ।

    राम अधिकारी

    १   
    कुहेको शव
    डुङडुङ्ती गनायो
    हड्डीको आशा

    चढ्ने लालसा
    हाडखोर देखेर  यहाँ
    सिँढीको खम्बा

    दबाई राख्छौ
    आफूलाई बसमा
    थुनेर आफैँ

    कहिल्यै पनि
    सुन्दैनन् है सर्पले
    क्रान्तिका गीत

    अँध्यारो रात
    बलेको मैनबत्ती
    मीठो चुम्बन

    विशाल निर्मुक्त

      जीवन काँडा

    आखिरमा हो भने

       फूल के काम
    २ 
        कविता काेर्छु
         तिमीलाई सम्झिँदै
        आँसुकाे मसी
    ३ 
         घरकाे छानाे
        तप्प तप्प चुहिन्छ
         बुबाकाे आँशु
    ४ 
           धर्म अफिम
          कम्युनिस्ट शासक
           राम जपन
     ५ 
           गर्मी महिना
            सूर्य स्वयं पग्लेला
           आ फ्नै रापले
      ६ 
            कथा तिम्रो हाे
           लेखेकाे मात्रै मैले
              पाठक छैन

    बन्दना गौतम

    १.
    विशाल वृक्ष
    धार्मिक सहिष्णुता
    अभिन्न अङ्ग ।

    २.
    समुद्री छाल
    आतङ्कको विष्फोट
    शान्ति सन्देश ।

    ३.
    जुनेली रात
    साम्राज्य डकैतिको
    शुन्य छ राज्य ।

    ४.
    प्रचण्ड धूप
    शीतल दिने मन
    नाङ्गो छ रूख ।

    ५.
    अश्विन तिथि
    अक्षता र जमरा
    नेपाली चिनो ।

    मनीष कुमार शर्मा

    कोरोना बज्र
    मृत्युको ताण्डवमा
    सत्ताको खेल

    घनको तोड
    ध्रुवीय चपेटामा
    न्यायको तुलो

    पैसाको बिटो
    खल्तीलाई पखाला
    चिकित्सालय ।

    सत्ता आसन
    कुण्डली मारी बस्छ
    गोमन सर्प

    मृत सहर
    बोकी हिँड्छ शासक
    रित्तो कचौरा

    मृषा भाषण
    खोक्रो आश्वासनमा
    आश्रवी जन

    बुढो बकुला
    बनावटी साधना
    च्याँखे दाउमा ।

    बुढो पिपल
    अधिक लालायित
    काँचुली फेर्न ।

    निभेको चुल्हो
    वसन्तको पर्खाइ
    खोक्रो उदर

    १०
    विघ्नविघात
    खुकुरीको धारमा
    मानव गण ।

    आकाश अधिकारी

    १.
    देश प्रदेश!
    कोलाहल बढेछ!
     चैते हुरिले!
    २.
    गुनासो सुन्दै!
    समाधान गर्नु छ!
     दुःखको कुरा
    ३.
    जातीय भेद!
    रहिआएको अझै!
    गाउँमा किन?
    ४.
    शिक्षाको दिप!
    झलमल पार्नु छ!
    गाउँ घरमा!
    ५.
    मायाले पोल्यो!
    यो छाती झनझन!
    किन होला खै?
    ६.
    चिसो मौसम!
    नांगै छन पहाड!
    तुषारो झर्यो!
    ७.
    नयन झुक्छ!
    तिम्रो समर्पणमा!
    बुझन प्रीय!
    ८.
    छाल भै आउ!
    बगर जस्तै छातीमा!
    मेरि प्रीयसी
    ९.
    चमेली फूल!
    तिम्रो शिरमा सुहायो!
    कस्तो ढपक्क!
    १०.
    निर्दाेष मान्छे!
    यमराज को धर्म!
    खै त निसाफ?
    ११.
    समान छैन!
    नागरिकको स्तर!
    कोरोना खोप!
    १२.
    गफ नगर्नु!
    तिम्ले स्वाभिमानको!
    सबै दलाल!
    १३.
    सबै खप्पिस!
    कु-तर्क गर्न यहाँ!
     जान्ने बुझ्ने नै!
    १४.
    स्पष्ट देखिन्छ!
    अपराधी तस्वीर!
    कुल्चिनु पर्छ!
    १५.
    नदि बगेर!
    सागर छुन पुग्छ!!
    मन त यतै !!

    शरद्शोभा

    साउने झरी
    भत्किएको गुँडमा
    जोडी ढुकुर !

    उन्मुक्त हाँसो
    आवेगको घोडामा
    कलिलो घाम !

    योगी स्वरुप
    आनन्दित जीवन
    आमाको गर्भ !

    जोरबिजोर
    पसिनाको गन्धमा
    अमिलो मन !

    बादलमुनि
    प्रतिरोधको चर्चा
    इन्द्रिय सुख !

    बाबुराम न्यौपाने

    १.
    प्रकृति चेत
    मेहंदी कलाबिम्ब
    हरियो रङ ।
    २.
    युवती मोह
    इन्द्रेणी रुपरङ
    साउन मास।
    ३.
    प्रकृति मोह
    सूक्ष्म दूरदर्शिता
    सुदूर यात्रा ।
    ४.
    भव्य हाइकु
    जीवन बोधीबिम्ब
    प्रकृति स्पर्श ।
    ५.
    गरिमा गर्व
    देशप्रेमी तरङ्ग
    माटोको मोह।
    ६.
    यौवन वय
    अनुराग तरङ्ग
    पानीको प्यास।
    ७.
    साउन मास
    हरियो पहिरन
    युवती मोह।
    ८.
    महान् प्रकृति
    जीवनको आधार
    मोहक सृष्टि ।
    ९.
    उर्वर धरा
    संस्कृति छ महान्
    नेपाली शान।
    १०.
    चट्टानी मन
    पारदर्शी शासन
    युगीन धुन।

    अञ्जना भट्टराई

    तुफानी वेग
    निर्मल त्यो भोरमा
    कुर्सीमा जोड ………

    समर आज
    यहाँ कोरोनाको छ
    मानाको चिन्ता……….

    स्मृति छैन रे
    बाढीमा पर्नेलाई
    खै त नेताज्यू………..

     

    समानता यहाँ
    अपवादको कुरा
    भ्रष्टाचार रे………

     

    प्रश्रय छैन
    पीडितलाई यहाँ
    दृष्टता बढी ……….

    चिन्तक सबै
    निःशब्द छन् जहाँ
    वाक्पटुअघि………

    आचार्य प्रभा

    १.
    बर्खे झरीमा
     साथी छन् छाता,घुम
     धान खेतमा।
    २.
    कालो बादल
     मण्डराई रहेछ
     निलो नभमा।
    ३.
       शान्तिको दीप
        जग्मगाउँदै बल्छ
        शुन्य रातमा।
    ४.
    रातकी रानी
          रातमा मात्र  फुल्छ
          बिहानी शुन्य।
    ५.
    काँढामाझ नै
          फुल्नुको सकसमा
    गुलाब फूल।

    मुरारीराज मिश्र

    मध्य रातमा
    झ्याउँकिरीकाे स्वर
    मीठो सङ्गीत !

    तिम्रै झझल्को
    चन्द्रमा उदाउँदा
    पागल मन !

    आगाे बलेझैँ
    वनकाे रुखभरि
    गुराँस फुल्याे !

    काठे भऱ्याङ
    धमिराेले खाएछ
    उत्तानो टाङ !

    उत्कर्ष प्रेम
    अतालियाे भँवरा
    फूलले थुन्याे !

    तारेकाे माछाे
    पाैडियाे कराहीमा
    हरर्र वास्ना !

    हिउँका थुम्का
    चाँदीसरि टल्किए
    घाम पाेखियाे !

    भदाैरे घाम
    खुर्सानीकाे बिस्कुन
    आशे किसान !

    झरीकाे गीत
    बलेसीकाे सङ्गीत
    ट्वार्र भ्यागुतो !

    थाेपाहरूले
    सुरु गरे विद्रोह
    समुद्र सुक्याे !

    वर्षाकाे रात
    बादललाई ओढ्दै
    चन्द्र निदायाे !

    कृष्ण बाउसे

    बज्रिएपछि
    अहङ्कार आफैँमा
    फुक्लन्छ सिङ

    पत्नी प्रवासी
    पति चैँ घरबासी
    छ रुवाबासी

    कुरा-कुरामै
    बहकिन्छ युवक
    रित्तो पहाड

    रक्सीको लत
    नयाँ नयाँ बहाना
    आँसुको दह

    कृष्ण बाउसे

    मरेर पनि
    जीवात्मा बन्न पाए
    चिहानै स्वर्ग

    अस्पताल हो
    रोग साट्ने ठाउँ भो
    नयाँ रोगको

    डाक्टर बाबु !
    खल्तीभित्रको रोग
    सबै निखाऱ्यौ

    बिदेसिनेको
    मलिन मुस्कानले
    मन रुवायो

    धराको धाम
    हिउँदभरि प्यारो
    पारिलो घाम

    १०
    छिमेकीलाई
    कसरी दिन सक्नु
    त्यो कालापानी

    ११
    आँसु बन्दो छ
    विगतको वीरता
    लिपुलेकमा

    १२
    खोरै त पस्यो
    आँसु झार्नुपर्छ र !
    बोकै त थियो

    १३
    हाऱ्यो रोगले
    छाड्दै नछाडेपछि
    छाड्नैपर्नेले

    १४
    छोएको छैन
    गगनको चित्रले
    दुखेको मन

    १५
    बाढीमा बग्दै
    सप्तकोसी रुएको
    कसरी हेर्नु !

    १६
    नआए हुन्थ्यो
    हुरीझैँ बौलाएर
    मनको डर

    १७
    झिस्मिसे गइन्
    घामको अँगालामा
    रात तर्कियो

    १८
    बर्खाको याम
    गोठालाको पिरलो
    पानी र घाम

    १९
    दुखाइभित्र
    मुहारको पाटीमा
    आँसुको चित्र

    २०
    लाजको डर
    शरीरको रहर
    वधु र वर

    २१
    यौनिक चाह
    रुँदा पनि हाँसेरै
    पस्छ खोरमै

    २२
    विधि तोडेमा
    ब्ल्याकहोलमा छिर्छ
    सारा ब्रह्माण्ड

    २३
    मरी जानेको
    विपनाको संसार
    सपनासरि

    २४
    सूर्यको ताप
    ललाटको पसिना
    मित्र-मिलन

    सृजन ताम्राकार

    १)

    झर्दैमा पात
    सकिँदैन जीवन
    फुल्छ वसन्त
    (२)
    जलेको घर
    नजिकको छिमेकी
    हातमा आगो
    (३)
    म हिँड्दै छु
    घाम पानी समय
    दौडिरहेछ

    सुरेन्द्रप्रसाद घिमिरे


    म त नेता हुँ

    नेतृत्व पुरै गर्ने

    गुण्डाहरुको ।


    म राष्ट्र प्रेमी

    पूरै समाजवादी

    भाषण मात्र ।


    म शिक्षा प्रेमी

    यसको ठूलो भक्त

    व्यापार गर्न ।


    मोटो किताब

    शब्दहरुको खेल

    कालो बादल ।


    माहासागर

    विशाल ज्वारभाटा

    तर शालिन ।


    फेरि एउटा

    ठूलो चट्याङ पर्छ

    मस्त निन्द्रामा ।


    युद्ध तिमिले

    सजिलै जितिहाल्यौ

    पूरै हारेर ।

    विवेक दुलाल क्षेत्री

    १. गरीब मर्छ
    सरकारी मौनता
    ढुङ्गाको मन

    २. क्रुर समय
    कोरानाको प्रभाव
    माटो जीवन

    ३ . स्वर्गकी परी
    मेरो मुटुकी धड्कन
    तिमी गुलाब

    ४. तृप्त हुँदैन
    पानीलाई हेरेर
    आगोको प्यास

    ५. सर्वोच्च नारी
    हुन् नदी प्रेमकी
    खुसी वर्षा गर्छिन्

    ५. मरुभूमिमा
    दुःखी रहन्छ देश
    नेपाली युवा

    ५. बिम्बको हात
    कविताको खेतमा
    चलाई राख

    ६. एक चिहान
    पल्लो घरको झ्याल
    सेतो धरती

    ७. मुना मदन
    तानसेनको झरी
    बिसे नगर्ची

    ८. श्रम हिमाल
    धैर्य महासागर
    सबै स्वीकार्य

    ९. जन्मनु मर्नु
    घाम जस्तो सत्यता
    किन यो लोभ ?

    १० . पानी नहोस्
    आफ्नु स्वभाव सीमा
    विचार गर

    ११. कुर्सीको लत
    अभिमानी सस्कार
    क्रुर पत्थर

    १२ . रातको साथी
    लोग्ने सितको गफ
    उदाश फूल ।

    रविन थपलिया

    मान्छे जन्मन्छ
    बेहोस बेहोसमा
    एक रहस्य।

    मान्छे हुर्कन्छ
    विषय भोग गर्छ
    दोस्रो रहस्य।

    मान्छे लोभिन्छ
    जग्गा, सम्पती जोड्छ
    तेस्रो रहस्य ।

    मरेर बाँच्छ
    धर्म, न्याय बिर्सन्छ
    चौथो रहस्य।

    मान्छे मर्छ
    अतृप्ति आसक्तिमा
    पाँचौ रहस्य।

    प्रतीक्षा गुरूङ

    १) आँसुको भेल
    बगेर निरन्तर्
    डुबियो सारा ।

    २) अग्ला हिउँचुली
    मुस्कुराउँछ सधैं
    नेपाली शान ।

    ३) गर्मीमा शीतल्
    हिउँदमा न्यानोपना
    तिम्रो आभास् ।

    ४) आँसुको खोला
    बगेर सुक्नु नै छ
    समयको खेल् ।

    ५) कसिलो माया
    सम्बन्ध छुटिगयो
    जात् मिलेन रे !

    ६) गगनलाइ चुमेँ
    चराहरु संग उडेँ
    मिठो सपना ।

    ७) रुपकी खानी
    छ सान्दर्भिक मुहार्
    श्रृङ्गार गरेसी ।

    विष्णुप्रसाद आचार्य

    १.
    मलामी तारा
    बादलको बुर्कामा
    मुसुक्क हाँस्छ ।

    २.
    धानको बाला
    किसानको सपना
    असिना पानी ।

    ३.
    झरी र हुरी
    सतिसालको वृक्ष
    जिन्दगी अरे !

    ४.
    खिरैखिर छ
    सिउँडीको पातमा
    क्या स्वाद छ वा !

    ५.
    हिउँको पानी
    थेग्नै नसकी रून्छ
    हिमाल अरे !

    ६.
    नेपाली वीर
    झुकाउन्नँ यो शिर
    सलाम सा’प !

    ७.
    पाकेको छैन
    काँचै खाउँ त तितो
    करेली माया ।

    ८.
    सेतो कपाल
    मनचाहीँ हरियो
    ढुक्क नभए ।

    ९.
    पिरो त छैन
    खुर्सानीको जात हो
    क्वाप्प नटोक्नु ।

    १०.
    पहाडी बाटो
    बर्नेटमा तरुनी
    स्वर्गै पुगियो ।

    रमेश गौतम

    १.
    दिनको घाम
    आगोको बादलले
    धमिलो पार्छ !

    २.
    काग कोइली
    पुरानै विज्ञापन
    सधैँ राम्रो म !

    ३.
    सिन्दुरे साँझ
    प्रेमको पिरामिड
    बेनामे चिठ्ठी !

    ४.
    उल्लुको नाच
    मृत्युको भागवण्डा
    अदृश्य पात्र !

    ५.
    जङ्गली फूल
    खण्डित संवादमा
    निर्दोष मृत्यु !

    ६.
    कुरुक्षेत्रमा
    प्रजातन्त्रको जप
    भग्न सहर !

    ७.
    बारुदी जङ्ग
    हिउँका चराहरु
    पूर्ण विराम !

    ८.
    विहानी हावा
    पोखरीमा तरङ्ग
    मीठो पहेंली !

    ९.
    पीडाको चोप
    गजुरको चमक
    सिंहशार्दुल !

    १०.
    प्रशस्ति गान
    सम्पन्नताको सुत्र
    दोसल्ला युग !

    अम्बरिस पोख्रेल

    १.
    साथीहरुको
    उत्सवमय होस्
    नयाँ वर्षमा ।

    २.
    प्रदूषित छ
    नेपालको समाज
    नेपाली लोक।

    ३.
    हटाई सारा
    विसंगति कारण
    नौलो प्रस्तुति।

    ४.
    नयाँ रंगको
    जनताका सपना
    आशाको दियो ।

    ५.
    भरौं उत्साह
    मिलेर जन जन्
    समृद्ध नेपाल ।

    सुवास रिसाल

    गोधुली साँझ
    गतिशील समय
    अस्त जीवन ।

    ईन्द्रेणी रंग
    ललाट सजावट
    चेलीको वर ।

    पुरानो बृक्ष
    फेरिएको पालुवा
    समय चक्र ।

    प्रशव बेथा
    नौ महिनाको गर्भ
    नयाँ जीवन ।

    टप्प बलेसी
    झरेका आँसु थोपा
    अभागी छोरा ।

    आँगन पोली
    जोडिएको सम्बन्ध
    पलमै डुब्छ ।

    कालो कोठामा
    दबिएको आवाज
    मधुर बोली ।

    बूढो रूखमा
    बसेका उल्लुहरू
    बृक्षको पीडा

    उडेका उल्लु
    सेतो घरको भित्र
    कराउँदै छ ।

    श्रीजन ताम्रकार

    १)
    फूलको कथा
    उस्तै लाग्छ मलाई
    आफ्नो व्यथा !

    (२)
    के गर्नु धन
    एक मुठ्ठी श्वास नि
    किन्न नसक्ने !

    (३)
    जात धर्म के ?
    मानिस मानिस हो
    विभेद किन ?

    (४)
    जुगौं देखिको
    भ्यागुतोको कहाँनी
    तिमी र हामी !

    (५)
    दिन, रात भो
    एकतर्फी कुराले
    तिखो छुराले ।

    (६)
    आफ्नो पराई
    दुई थोपा आँसुले
    चिनाइदिन्छ ।

    (७)
    हिजो पोखरी
    आज खुल्ला चौर
    भोलि महल !

    (८)
    रित्तो छ गाउँ
    अस्त व्यस्त सहर
    कतारमा म ।

    (९)
    बारुद हैन
    रसिया युक्रेनमा
    बुद्ध पठाऊ ।

    (१०)
    छैन गुनासो
    कसैले साथ दिन्छ
    कसैले पाठ !

    दीपेन्द्र आचार्य

    दिपेन्द्र आचार्य
    पसिना भरी
    भेटाउँछ सन्तान
    तिम्लाई बुबा

    मुसुक्कै हाँस्छे
    आमा झैँ अनुहार
    मेरो कन्याम ।

    चुनाव जीती
    बाँदरको पुच्छर
    नहोस नेता ।

    देशको माटो
    टेक्न मर्छ टाउको
    जिउँदै खुट्टा ।

    ट्वाँर्र भ्यागुतो
    मै हु भन्छ कुवामा
    मौन प्रशान्त ।

    मुटुमा मेरो
    किन चुक्छ हरपल
    मायाको फूल ।

    हार्नै त पर्ने
    बहाना छ जीतको
    मृत जीवन ।

    आकाश हेर्दै
    बुद्धीको धाक लाई
    थुक्दैछ मान्छे ।

    अगेनो आगो
    आमाको अनुहार
    पूर्वको घाम ।

    ठिङ्ग उभेको
    सगरमाथा शिर
    तिमी हौ बुबा ।

    कैलाश कुमार पाण्डे

    फूल सुन्दर
    हुनेनै भो रङ्ग छ
    सुवास पनि ।

    मनले भन्छ
    उडि उडि जाऊ रे
    प्वाख छैनन्।
    सत्यको जीत
    सत्यकै भरोसामा
    सत्य नै हुन्छ।

    अवश्य पनि
    समय आउछ नै
    पर्खिदैन रे।

    जीवन के हो
    गराइ र भोगाइ
    जे भन्छ त्यही

    हरेक मान्छे
    शुखद अवसर
    चाहाने नै भो

    किन किन यो
    बिरानो जस्तो छ यो
    संसार पनि ।

    दीपेन्द्र आचार्य

    माकुरा जालो
    जीवन बुन्छ मान्छे
    भुलेर यम।।

    टाउको भरि
    हिँड्छ मान्छे हाँसेर
    ऋण बोकेर।।

    पानीको फोको
    हृदयको धड्कन
    हरे जीवन।।

    लेख्दैछु गीत
    खोला नाला तालको
    तिम्रो सङ्गीत।।

    धिपिक्क बल्छ
    उज्यालो अनुहार
    अँध्यारो मन।।

    दिलिप शर्मा

    (१)
    झसङ्ग मन
    चिर चिर आवाज
    उड्यो त्यो चरो !

    (२)

    दिलिप शर्मा

    बाहिर हेर्छु,
    सुनसान छ गाउँ
    चिर्र आवाज ।

    (३)
    छायो किरण
    अनि देखियो बचेरो
    बे सहारा ऊ !

    (४)
    आयो ढुकुर
    उज्यालो रश्मिसँगै
    सन्तान मोह !

    (५)
    पुग्यो बचेरो
    झुम्रो सहित गुँड
    स्वस्थ होला नि !

    (६)
    बसेन माउ
    गुँडमा छ बचेरो
    के पो भयो नि !

    (७)
    टिनमा बस्छ
    फेरि उड्छ ढुकुर
    आत्तियो मन !

    (८)
    कुखुरा बास्यो
    बोलाउँ कि डाक्टर
    बिचरा माउ !

    मुरारीराज मिश्र

    १.
    भुकम्प थेग्दा
    चर्किएको पहरो
    मूल फुटेछ ।

    २.
    अक्करे डाँडा
    भीरमौरीको चाका
    मह शिकारी ।

    ३.
    सेतो बर्कोमा
    शोकमग्न प्रकृति
    वसन्त कुर्दै ।

    ४.
    चिसो बिहान
    न्यानो खोज्दैछिन् धरा
    हुस्सु ओढेर ।

    ५.
    वसन्त बिनै
    सुकेका हाँगाभरी
    हिउँ फुलेछ ।

    सरिता जोशी

    १.

    आँसु खसाली
    उजाड मरुभूमिमा
    गुलाब रोपेँ ।

    २.
    बौद्धिक चोरी
    चाकडी र चाप्लुसी
    गणतन्त्रमा ।

    ३.
    अँध्यारो गल्ली
    सपनाको शहर
    प्रशव पीडा ।

    ४.
    गाउँ शहर
    सामन्ती जमाना यो
    रित्ता दलिन ।

    ५.
    गीत गजल
    समयका तस्वीर
    मूकदर्शक ।

    ६.
    कुमारी वय
    मनभरि आँकुरा
    क्षणिक प्रीत ।

    ७.
    संविधान सभा
    फुटबल खेलाडी
    रमिते जनता ।

    ८.
    शिरीषको फूल
    सकम्बरी सफर
    भमरा स्पर्श ।

     

    ९.
    स्पन्दनभित्र
    जन्मिएको विचार
    भ्रमसागर ।

    १०.
    सूक्ष्म स्वरुप
    सौभाग्यको सिन्दुर
    पिँजडाभित्र ।

    दिलिप शर्मा 

    १)
    झसङ्ग मन
    चिरचिर आवाज
    उड्यो त्यो चरो !

    (२)
    बाहिर हेर्छु
    सुनसान छ ठाउँ
    चिर्र आवाज !

    (३)
    छायो किरण
    अनि देखियो चल्लो
    बेसहारा ऊ !

    (४)
    आयो ढुकुर
    उज्यालो रश्मिसँगै
    सन्तान मोह !

    (५)
    पुग्यो बचेरो
    कृत्रिम हात साथ
    स्वस्थ होला नि !

    (६)
    बसेन माउ
    गुडमा छ बचेरो
    के पो भयो नि !

    (७)
    टिनमा बस्छ
    फेरि उड्छ ढुकुर
    बेचैनी माउ !

    (८)
    कुखुरा बास्यो
    बोलाऊँ कि डाक्टर
    विचरा हामी !

    ढाकामोहन बराल

    उठेको बस्ती
    उजाडिएका घर
    सिस्नुको घारी ।
    हिंडेका मान्छे
    पर्खिन्छ लगातार
    गाउँको वर ।
    गाउँको बारी
    बाँदरको रजाइँ
    कौसीमा खेती ।
    सहपथिक
    पुगेछ पल्लो पाटो
    पर्खाल अग्लो ।
    फर्कन्छ मन
    चल्दैन पादतल
    ऋणको कैद ।
    उडेको धूँवा
    सरकारी इन्धन
    पिरा नयन ।
    धुलाका फूलाँँ
    छोपिन्छ लगातार
    भुइँ मानिस ।

    स्मृतिमा स्वाद
    गाउँघरको पानी
    विविश त्याग ।

    चिसो हिमाल
    सम्झना झलझली
    खाडीमा स्वेद ।

    १०
    तातो वालुवा
    चुहिएको पसिना
    नेताको स्कच ।

    दीपेन्द्र आचार्य

    प्रेम वियोग
    रुन्छ सेतो कात्रोमा
    सगरमाथा ।

    झुसुले किरा
    शरीरमा जिउँछ
    पुतली आत्मा।

    रातो गुराँस
    तिम्रो गालामा फुल्यो
    कालको कात्रो ।

    मरेर घाम
    लाखौं तारा जन्मेनि
    अँध्यारो किन ?

    बादलभित्र
    पानीको त्यो संस्कृति
    गाउँमा नृत्य।

    तृष्णा डुबेर
    मनको पोखरीमा
    जीवन फुल्यो।

    तिमीले छुँदा
    तरङ्गित भो मृत्यु
    आमाको हात।

    मनको चरी
    पिँजडाभित्र परी
    मन्दिर पुग्यो ।

    डा. वीरेन्द्र केसी

    १.
    भौतिक शास्त्र
    नेताज्यूको रोजाई
    जनै र टुप्पी

    २.
    छेपाराहरू
    यत्र तत्र सर्वत्र
    देशको दशा

    ३.
    नेताको हाल
    शंखे कीराको चाल
    लक्ष्य चन्द्रमा

    आर मानन्धर

    १.


    रामभक्त कायस्थ

    देशय् मदु झ्याः

    टुक्रा टुक्रा पारियो

    अंशबन्दामा

     

    २.

    त्यो सेमिनार

    डिनरमा टुंगियो

    भोकको हल

     

    ३.

    कुरिरहनु

    थकान साह्रै ठूलो

    सुस्केरा चाल

     

    ४.

    पहाड छोड्यो

    शहरमा बिल्डिङ

    गाउँ समाप्त

     

    ५.

    वामन चाल

    नदीको लालपूर्जा

    माफियालाई

     

    ६.

    हिउँ दन्कियो

    आगो बफर बन्यो

    अन्तरद्वन्द्व

     

    ७.

    अनौठो देश

    अस्पताल नै रोगी

    कानुन कैद

     

    ८.

    खरानी बेच्न

    बाल्दै छ आफ्नो घर

    डलर खेती

     

    ९.

    आगो पोल्दैन

    शान्त छ, सुत्दै छ त्यो

    आँखा पोल्दै छ

     

    १०.

    अँध्यारो रात

    ढोका खोल्छ सिद्धार्थ

    बुद्ध प्रवेश

    अम्बरिश पोख्रेल

    सफा मैदान
    मन बहलाउँछ
    सुन्दर दृश्य।१।

    मान्छे होइन
    बास्केट बल खेल्यो
    डरलाग्दो छ । २।

    बलिष्ठ रैछ
    खेल सधैं जित्दछ
    कुद्दै आउँछ ।३।

    वास्तविक हैन
    खेल देखाउँछ मान्छे
    इन्द्र जाल हो ।४।

    च्याट जिपिटि  
    प्रविधि करामत
    मानव बुद्धि ।५।

    डा. रामदयाल राकेश

    १. मधेशे शाप

    बाढी, आगलगी  

    मधेश तंग 

    २. मधेशे शान

    धान, पान र आँप 

    मधेश दंग

    ३. मधेशी नेता

    मौका परस्त हुन् 

    व्यवहारमा 

    ४. गर्मीको ऋतु

    कति दुखप्रद हो 

    सहनै गाह्रो 

    ५. मधेशी नारी

    लजालु र शालीन 

    सधैं बंद्या 

    ६. नीलो क्षितिज

    सिन्दुरी साँझ बेला

    आराम गर 

    ७. ओशो सिद्धान्त

    संभोगमा समाधि 

    प्राप्त हुन्छ र 

    ८. तिम्रो र मेरो

    अजम्बरी माया छ 

    विश्वास गर 

    ९. प्रीतिको फूल

    सधैं जून तारा झैं 

    चम्कि रहोस् 

    १०. लाली गुराँस

    मेरो जीवन गाथा 

    कहिले होला 

    कृष्णश्री राई

    (१)
    रातो गुलाफ
    घोप्ने एउटै काँडा
    रक्ताम्मे प्रेम ।

    (२)
    घडी मलाई
    समय उसलाई
    दुई कोसेली ।

    (३)
    स्कुले बालक
    शिक्षकको अगाडि
    दर्शन छाँट्छ ।

    (४)
    पुरानो घर
    बाजेको भित्ते घडी
    समय नयाँ ।

    (५)
    एका बिहानै
    मानिसको जुलुस
    पश्चिमतिर ।

    (६)
    नदी किनार
    पतवार र डुङ्गा
    यात्री म एक्लै ।

    (७)
    भव्य सडक
    पङ्चर साइकल
    ठेल्दै र तान्दै ।

    (८)
    धुवाँको स्पर्धा
    रातो घामको मृत्यु
    बस्ती अँध्यारो ।

    (९)
    हिउँको मूर्ति
    घामको न्यानो राप
    बिलेर पानी ।

    (१०)
    उज्यालो बत्ति
    पुतली फिरफिर
    मृत्यु उत्सव ।

    (११)
    भुइँ कुहिरो
    सेता भेडाको हाँच
    गोठालो बाघ ।

    (१२)
    धमिलो पानी
    अस्पष्ट प्रतिबिम्ब
    गाह्रो भो चिन्न ।

    (१३)
    सिम्सिमे झरी
    परदेशी सम्झना
    आँसु बरर ।

    (१४)
    जुनको गीत
    बैगुनीको पर्खाई
    फूलमा शीत ।

    (१५)
    मन्दिरभित्र
    कैदी देवताहरू
    मोक्ष चाहना ।

    अमृत शर्मा

    १.
    सबेरै उठ्छु
    भित्र रविशंकर
    सितार सुरु

    २.
    उतिबेला त
    आफैँ सङ्गीत बज्दथ्यो
    तोरी बारीमा

    ३.
    बालक थियौँ
    स्वर्गमय संसार
    ज्ञान अभाव

    ४.
    सम्झना मात्र
    त्यस्ता दिनहरूको
    मुसुक्क ओठ

    ५.
    निस्फिक्री हावा
    कोमल पालुवामा
    छोएर भाग्थ्यो

    ६.
    बाल्यकालको
    झट्ट सयर गर्छु
    बुद्ध चढ्छन्

    ७.
    मुसुक्क हाँस्थी
    उज्यालो चारैतिर
    ध्वनित हुन्थ्यो

    ८.
    रातो बस्त्रमा
    सिङ्गारिएकी उनी
    मेरो प्रतिक्षा

    ९.
    सुन्दर थिई
    आनन्द अनुभूत
    काम रहित

    १०.
    रित्तो मनमा
    प्रेमले स्पर्श गर्दै
    ईश्वर पस्छ

    ११.
    सानो बालक
    टोलाएको देखेर
    पीडाले रुन्छु

    १२.
    छातिमा टाँसु
    भयभित आँखाले
    मुटु चिथोर्छन्

    १३.
    बिस्तारै छोड्छु
    अस्तित्ववादी चेत
    आकाश खुल्छ

    १४.
    चराको ध्वनि
    घामको किरणमा
    मन मातिन्छ

    १५.
    औंशीको रात
    मानव स्पर्श भेट्छु
    श्वास लम्बिन्छ

    सुरज उपाध्याय

    १.
    घोर प्रतीक्षा
    अभिसप्त जिन्दगी
    दयाको पात्र।

    २.
    मन्दिर गयो
    पुष्पगुच्छा लिएर
    विरही आत्मा।

    ३.
    शून्य भविष्य
    असरल्ल मनुवा
    गन्तव्य स्वाहा।

    ४.
    आँसु देखायो
    सहानुभूति पायो
    कठै सकियो ।

    ५.
    विष्फोट हुँदा
    चेतनाको उज्यालो
    निद्रा हरायो ।

    ६.
    उमार्दै ठेला
    यायावर जिन्दगी
    चप्पल प्रेम।

    ७.
    कसरी भन्यौ
    चेतनाको प्रकाश
    विखण्डन भयो ।

    ८.
    गर विरोध
    या आरती लगाउ
    पर्दा पछाडि ।

    ९.
    चिसो परेली
    तिम्रो याद झल्झली
    माया विरानो ।

    १०.
    खुकुरी हाँस्यो
    दुःख थरीथरीका
    अचानो पीडा ।

    अम्बरिश पोख्रेल

    राक्षस आयो
    हाहाकार मच्चियो
    बम खसाल्यो ।१।

    रकेट हान्यो
    केटाकेटी मारदै
    चिच्याट आयो ।२।

    सिंगौरी खेल्छ
    इतिहास खोतल्दै
    देश लुट्यो ।३।

    लगानी अर्बौं
    दशकौँ मिहिनेत
    रचना स्वाहा ।४।

    सभ्यता खोई
    दुर्जनको राज छ
    विवेक हार्यो ।५।

    अम्बरिश पोख्रेल

    आवाज आयो
    डरलाग्दो समय
    आगो बल्दछ ।१।

    बिजुली चम्क्यो
    भाग गर्नुस् ५ ले,
    उचाइ देख्छ ।२।

    संघर्ष तीव्र
    चार्ज हुन्छ इतर
    फिजिन्छ वायु ।३।

    करेन्ट मुस्लो
    एक इन्च गोलाई
    सखाप पार्छ। ४।

    आकाश ढाक्यो
    पोजिटिभ बादल
    हावा बहन्छ ।५।

    ठोकिन्छ चार्ज:
    नेगेटिभ बादल
    चट्याङ जन्म ।६।

    रेशमकुमार सुनुवार

    चसक्क मन
    चस्किए पछि नै हो
    मन दुखेको

    आकास भरि
    बादल लागे पछि
    चाँदनी रोयो

    देखिन थाले
    हराएका मानिस
    चुनाव आयो

    नाटकै बढी
    दुनियाँ हसाउने
    कुटिल मान्छे

    रहर पनि
    अनेकौँ हुन्छन नि
    सपना गीत

    आशमा पनि
    जीवन चल्छ किन
    बाँच्नुको सार

    नदी तीरमा
    तेजले बाढी आयो
    खसेछ आँसु

    थामेर मन
    बस्नै सकिएन नि
    स्वतन्त्र चरा

    हावा चलेछ
    पातहरू हल्लियो
    बिग्रेको चाल