Some Best Poems Of Govinda Giri Prerana गोविन्द गिरी प्रेरणा

Some Best Poems Of Govinda Giri Prerana  गोविन्द गिरी प्रेरणा

गोविन्द गिरी प्रेरणा, born on वैशाख , २०१५ B.S. (late April or early May; corresponding to the mid-1950s AD), in मकवानपुर district’s टेक्कर village (now within सिस्नेरी), is a distinguished and prolific Nepali literary figure. He is known for his multi-genre literary contributions and sustaining Nepali literary culture from abroad (particularly the U.S.)

Early Life & Education

He was born to रामबहादुर गिरी and विष्णुमाया गिरी, the youngest son in the family . Around the age of seven, the family moved to Hetauda–4, Chisapani. For higher education, he later moved to Kathmandu and completed up to a bachelor's degree

Why “प्रेरणा”?

Initially, his name was just गोविन्द गिरी. He adopted the literary surname “प्रेरणा” (meaning “inspiration”) after his first work was published, indicating the impact his early readers had on him

Literary Works and Genres

He has written across numerous genres for nearly four and a half decades—stories, novels, poems, travelogues (नियात्रा), essays, satire, criticism, biographies, interviews, and translations

Here’s a breakdown of his published works:

Story Collections (कथा संग्रह):

सुतेको समुद्र (2040 B.S., साझा प्रकाशन)

अन्तराल (2046 B.S., नेपाल एकेडेमी)

यात्रा अनन्त (2053 B.S., साझा प्रकाशन)

घोराही शून्य किलोमिटर (2067 B.S., रत्न पुस्तक भण्डार)

छड्के तिलहरी (2069 B.S., साझा प्रकाशन)

गन्तव्य गणवहाल (2072 B.S., साझा प्रकाशन)

Novels (उपन्यास):

उत्खनन (2045 B.S., साझा प्रकाशन)

पाखण्ड पर्व (2049 B.S., अनुभव प्रकाशन)

अन्तिम खाडल (2053 B.S., राइटर्स क्लब)

 

मात्र एक रात (2055 B.S., राइटर्स क्लब)

लिभिङ टुगेदर (2075 B.S., बीएन पुस्तक संसार)

विसर्ग (2076 B.S., रत्न पुस्तक भण्डार), co-authored with परशु प्रधान

Poetry Collections (कविता संग्रह):

फूलहरू केही बोल (2055 B.S., राइटर्स क्लब)

स्वप्नकथा जारी (2049 B.S., अनुभव प्रकाशन)

अचानक एकदिन (2053 B.S., वाणी प्रकाशन)

राजमार्गका सुन्दरीहरू (2056 B.S., अनुभव प्रकाशन)

दुई दशकका आवाजहरू (2056 B.S., अनुभव प्रकाशन)

Travelogues (नियात्रा):

फेरो (2053 B.S., उन्नयन प्रकाशन)

टिष्टाको किनारैकिनार (2055 B.S., राइटर्स क्लब)

गुडवाइ अमेरिका (2062 B.S., वगर फाउण्डेसन नेपाल)

Essay Collections (निबन्ध संग्रह):

पाउली बुलु (2060 B.S., राइटर्स क्लब)

दुई दशकका चिन्तनहरू (2066 B.S., अनुभव प्रकाशन)

Criticism & Review (समालोचना):

Collections like तेलको धूप (2062 B.S., बगर फाउण्डेसन नेपाल), समकालीन नेपाली साहित्य (co-editor), and समकालीन नेपाली कविताको रूपयात्रा (joint editor)

Satire (हास्य व्यङ्ग्य):

प्रजातन्त्रको काफल पाक्यो हजुर (2061 B.S., साहित्यिक पत्रकार संघ)

Biography (जीवनी):

सुश्री पारिजात (2079 B.S.)

Editorial & Translation Work:

He’s edited collections of poems by other writers and translated works like इकेदाका कविता निबन्ध and a glimpse of Japanese literature

 

 

Interviews & Secondary Works:

Interviews such as कमल दीक्षितसँग ईमेल वार्ता, and collections like प्रश्नैप्रश्नका बीच प्रेरणा and कविका रूपमा प्रेरणा showcase his reflections and that of others on his own journey

Awards & Recognition

His literary excellence has been repeatedly acknowledged:

 

नारायणी वाङ्मय पुरस्कार (for अन्तराल)

शिवप्रसाद उन्नयन पुरस्कार (for फेरो)

युवा वर्ष मोती पुरस्कार

मैनाली कथा पुरस्कार

प्रतिभा युवा सम्मान

वासुशशी साहित्य पुरस्कार

नई गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार (2017)

Influencing Diaspora & Literary Outreach

Residing in Falls Church, Virginia, USA, he hasn’t slowed down; instead, he has nurtured Nepali literary communities abroad. He ran the “विश्वपरिक्रमा” weekly magazine for over a decade before shifting it to an online platform focused on literature. He is also active with outlets like साहित्य पोस्ट and समकालीन  

His writing reflects a global sensibility blended with deep awareness of Nepali rural life, urban issues, and diasporic realities. He continues to bridge worlds—cultural, geographical, and literary—through his words, taking Nepali literature to new readers with heart and vision


हराएका शब्दहरु

मेरा शब्दहरु हराएका छन्
म हराएका शब्दहरु
खोजिरहेछु ।

थाहा छैन मेरा शब्दहरु
कसरी हराए
थाहा छैन मेरा शब्दहरु
कहाँ हराए

हराएका शब्दको हुलिया
म बताउन त सक्छु
तर दृष्टान्तका लागि
छैन म सँग सवुत ।

मेरा शब्दहरु
हराएका हुन् कि चोरिएका
मेरा शब्दहरु
खोसिएका हुन् कि अपहरणमा परेका
त्यो पनि मलाई
ठीकठीकसँग थाहा छैन ।

शब्दहरु निहत्था हुन्छन्
अर्थ अदित्तिय बोके पनि
वास्तवमा आफैंमा निर्धा र कमजोर हुन्छन्
शब्दको भौतिक तौल हुंदैन
शब्दको उंचाई र फैलावट हंुदैन
शब्द शब्दै हो
शब्दको भूगोल र इतिहास हुंदैन ।

शब्द हराएर त केही थिएन
फगत् शब्दमा के हुन्छ र
तर शब्दसंगै अर्थ पनि हराएर
वित्यास परेको छर्
अर्थ नभएका शब्दहरु के काम –

ती शब्दमा अर्थ लुकेको थियो
देश प्रेम
अर्थ लुकेको थियो,
भातृत्व,
अर्थ लुकेको थियो
शान्ति
अर्थ अल्झेका थियो
सहिष्णुता
तर हराएका शव्दहरुसंगै
हराएछन् अर्थहरु ।

शब्द हराएपछि
अर्थ पनि हराउंदोरहेछ
एकाएक आफैं ।

हेपाहा

 हेपाहाको धर्म हेप्नु हो
हेपाहाको कर्म हेप्नु हो
हेपाहाहरु हेप्नुलाई नै मोक्ष ठान्दछन्
मोक्ष मान्दछन् ।

हेपिनेहरुले
हेपिनुलाई कर्म नमानेपछि
हेपिनेहरुले
हेपिनुलाई धर्म नमानेपछि
हेपिनेहरुले
हेपिनुलाई मोक्ष नमानेपछि
हेपाहालाई औडाहा हुन्छ
तथानाम वोल्न थाल्छन्
तथानाम वोलेरै हेप्न खोज्छन्
धम्की दिन्छन्
तर्साउन खोज्छन्
जसरी पनि हेपेरै छाड्ने
मनसुवा राख्छन्
हेपाहाहरु आखिर हेपाहानै त हुन्
हेप्नै खोज्छन् ।

हेपिनेहरुको आत्मवल
सगरमाथा भएर चुलिएपछि
हेपिनेहरुको आत्म विश्वासले
उँचाईं लिएपछि
हेपिनेहरुको स्वाभिमानले
उडान र अडान लिएपछि
हेपाहाहरुको क्यै क्यै लाग्दैन
तिनका डर धाकको क्यै लाग्दैन
लछारपाटो क्यै लाग्दैन तिनको ।

हेपाहाहरुको युग गइसक्यो
हेपाहाहरुको दिन गैसक्यो
स्वाभिमानको अभेद्य चट्टानलाई
हेपाहाहरुले भेदन गर्न सक्तैनन्
आत्म विश्वासको पहाडलाई
हेपाहाहरुले डग्मगाउन सक्तैनन् ।

हेपिनेहरु खुट्टा नकमाउ
आफ्नो घर झगडामा
छिमेकीलाई नमिसाउ
मेरो घरभित्रको मामलालाई
आफ्नो नवनाउ
यो दुनियाँमा कतै सत्यको मूल्य छ भने
हेपाहाहरुलाई त्यसैले
भष्मिभूत वनाउनेछ
त्यही सत्यले नँग्याउनेछ हेपाहालाई
दुनियाँमा हेपाहाहाहरु
टिक्ने छैनन्
स्वाभिमानको रापमा ।

फर्किहाल्छु देश

कहाँ वस्छु र म यो परदेशमा
फर्किहाल्छु देश ।

देशको राजनीति
अलिकति राम्रो होस्
लोड सेडिंग घटोस्
धारामा पानी झरोस्
फर्किहाल्छु देश ।
सम्विधान वनोस्
दोहोरो नागरिकता
पाइयोस्
शान्ति सुरक्षा
सुध्रियोस्
वाटो चिल्लो वनोस्
धूलो मैलो नहोस्
फर्किहाल्छु देश ।

कति वस्नु यो परदेशमा
जहाँ आफन्तपनै छैन
दौंतरीसँग वात मार्दै
चिया पिउने चौतारो छैन
यो म्लेच्छको देशमा
जीवन विताउने कुरै छैन
फर्किहाल्छु देश ।

छाडेर आएको जागिर
पुनर्वहाली होस्
ऋण सापटी जे थियो
सवै माफ होस्
विहान उठ्ने वित्तिकै
स्टारवक्स कफी
चुस्की लाउन पाइयोस्
फर्किहाल्छु देश ।

छोराछोरीको भविष्य
हेन परयो
यसो पढाई कुन् यिनले
विहावारी भैजाओस्
राम्रो घरवार देयिोस्
नाती नातिनाको
मुख हेर्न पाइयोस्
त्यसपछि त
यहा वस्ने कुरै छैन
फर्किहाल्छु देश ।

बालकको भविष्य

 बुद्धजयन्तीको बिहान
स्वयम्भूमा शान्तिका लागि
कामना भइरहेछ
सेता परेवा उडाइएका छन्
यसैबेला पश्चिमी राष्ट्रमा
एउटा शक्तिशाली आणविक परीक्षण
पूरा गरिएको छ
र ठीक यति बेला नै
एउटा बालकले
सकुशल आफ्नी आमाको कोखबाट
पृथ्वीमा पदार्पण गरेको छ
म यति बेला
अत्यन्त असजिलोसँग
बुद्ध सोचिरहेछु
त्यो बालकको भविष्य सोचिरहेछु 




हराएको अनुहार
बालककालदेखि नै
आफ्नो अनुहार हेर्ने गरेको
ऐनामा
आफ्नै सासको बाफले
ढाकिदिएपछि
मैले आफ्नो अनुहार
क्रमशः धमिलो बन्दै गएको देखेँ
आफ्नो अनुहार आफ्नै कारणले
छेकिएको पाएँ ।

म छाम्न थालेँ आफ्नो अनुहार
त्यो ऐनाको सतहमा
तर त्यहाँ त मेरै मुखबाट निस्केको
सासको बाफको बादल थियो
त्यो बादलको ओसको पर्खाल थियो ।

मैले आफ्नो बाहुलाको फेरले
हतार–हतार पुछेँ ऐना र
खोज्न थालेँ
आफ्नो साबुत अनुहार ।

भर्खरै हराएको मेरो अनुहार
ऐनामा यथावत् थियो
म मुसुक्क हाँसेँ आफूलाई पाएर
ऐनाको प्रतिविम्ब पनि हाँस्यो उस्तरी नै ।

बत्ती निभेको साँझ !

बत्ती निभेको साँझ !
आफ्नो बचेरालाई
सर्पले आहारा बनाएर
रित्तो पारेको गुँडमा
टामाटुमी परेका
ढुक्कुरका जोडीको
उदास आँखाजस्तो
बत्ती निभेको साँझ ।
गाउँदा गाउँदैको गीत
ओठबाट झरेर
आँसुझैं तप्केको
र मुस्कान हराएर
कलेटी परेको
सान्नानीको ओठ र आँखाझैं
गहिरो र उदासउदास
बत्ती निभेको साँझ ।
सबथोक
समाप्त हुन्छ एकदिन
सुख-दुःख
यो जिन्दगी
यो जिन्दगीका आरोह-अवरोह
त्यही सोचेको क्षणझैँ
उद्धिग्न
अपसोसको पोका
दृष्टिभरि बिछ्याएर
वषर्ा हुनुअघिको आकाशझै
बत्ती निभेको साँझ ।
कर्‍याङकुरुङहरू
परदेश लाग्दा
तिनै कर्‍याङ्कुरुङसित मिसिएर
परदेश जाने चाहना बटुलेका
तम्मे ढुक्कुरले
परदेशबाट तिनै कर्‍याङकुरुङ
स्वदेश फर्केको देखेपछि
झल्याँस्स ब्यूँझेर
आफ्नो चाहना नपुगेको
दुर्भाग्यका निम्ति
दुःखी र उदास भएको क्षणझैँ
बत्ती निभेको साँझ ।
बत्ती त निभ्छ बल्छ
जिन्दगी निभेपछि
फेरि बल्दैन
रातको प्रहारपछि
दिनझैँ उदाउँदैन
कसको हातमा छ
जिन्दगीको बत्ती
क्यै थाहा छैन
त्यही अज्ञानताको
कालो ओडारभित्र
घाम छल्न पसेको
थकित पथिकझैँ
बत्ती निभैको साँझ ।

फूलहरू केही त बोल 

फूलहरू केही त बोल ।

फूलहरू ।
बगैँचामा फुलेर मात्र पुग्दैन
सुगन्ध छरेर मात्र पुग्दैन
मौनताले अभिषेक गरेर
एकान्तमा
साथ दिएर मात्र पुग्दैन
अब चुपचाप बसेर पुग्दैन ।

फूलहरू केही त बोल ।

तिम्रो सौन्दर्यले मलाई
नराम्ररी लट्ठ्याएको छ
तिम्रो सुन्दरताले मलाई
घरी–घरी पछ्याएको छ
तिम्रा अव्यक्त गीतका पङ्क्तिहरू
मैले बुझिसकेँ र पनि
मलाई त्यतिले पुगेन
मलाई तिम्रो भाषा चाहिन्छ
मलाई तिम्रा शब्दहरू चाहिन्छ ।

फूलहरू केही त बोल ।
 
युग–युगदेखि
चुपचाप–चुपचाप
उमेरहरू बितायौ
कोपिलैमा टिपे पनि चुप
फुलेर टिपे पनि चुप
ओइलाएर झर्दा पनि चुप
बगैँचाबाट बैठकमा सजिँदा पनि चुप
यतिन्जेल जति चुप भयौ तिमी
अब त केही बोल ।

फूलहरू केही त बोल ।


Reference

दतिवन Washerman’s Plant (Achyranthes aspera अपामार्ग): Benefits, Uses, and Medicinal Properties

ज्योतिष्मती Jyotishmati (Black Oil Tree) – Intellect Tree (Celastrus paniculatus) Benefits, Uses, and Medicinal Properties

लाली गुराँस  Lali Gurans (Rhododendron campanulatum) – Benefits, Uses, and Medicinal Properties of Rhododendron

Kooth (Saussurea Lappa) – कूठ  Benefits, Uses, and Medicinal Properties of Costus Root

काने झार Commeline Benghalensis (Kane Jhaar) – Medicinal Uses, Benefits, and Overview

गिँदरी Premna Serratifolia L. (Gindari): Benefits, Medicinal Uses, and Importance

पाञ्चान Ougeinia oojeinensis (Paanchan): तिनिश Medicinal Uses, Benefits, and Ecological Importance

बोके टिमुर Zanthoxylum Armatum (Boke Timur) Benefits, Uses, and Medicinal Properties

ठूलो नीम Thulo Neem: महारूख Medicinal Benefits, Uses, and Natural Remedies

सिउँडी Siudi (Euphorbia Neriifolia) Uses, Benefits, Side Effects, and Medicinal Properties

काठेकार, फर्कफल, काठआँवली, Averrhoe acida :

Kaaulo, काउलो, कोह, नाकेम, नेपाली अर्जुन, Kaulo Arjuna, Machilus dutbiei

Kaalo Punarnawaa, कालो पुनर्नवा, Black Patagon

Seti Kareli, सेती करेली, तितेकरेली राम्री, तिताकरेल, Bitter Gourd

Thulo Pahelo Kapaas, ठूलो पहेँलो कपास बिरुवा, Cotton Yellow, Gossypiun birsutam

Kapas, कपास, सूत्रपुष्प, Cotton, Gossypiun herbaceum

Thulo Karkalo, ठूलो कर्कलो, मानकन्द, माने Gaint Taro, Alocaria species

Alocaria speciesThulo Karkaloठूलो कर्कलोमानकन्दमाने Gaint Taro

Katahar, कटहर, Artocarpus beterophyllus

 Bans Bata Baneko Kaagaj, बाँसबाट बनेको कागज, Paper From Bamboo
Nepali Speaking Practice through Books in Hindi and English

Master Hindi Speaking Through Indian Schools: Practical Phrases with Nepali and English Translations

Master Hindi Speaking with Indian Railways: Practical Phrases with Nepali and English Translations

Learn Nepali with Mobile Phone Conversations including Hindi and English Translations

Master Hindi Speaking: Practice Through Movie information with Nepali and English Translations


Famous poem Of Upendra Subba उपेन्द्र सुब्बाका केही कबिताहरु

Some Top poem of Pandit Udayananda Aryal पं. उदयानन्द अर्ज्यालका केही कबिताहरु

Some Top Poem Of Ishwar Ballav, ईश्वरवल्लभका केही चर्चित कबिताहरु

Some Best Poem of Indira Prasai इन्दिरा प्रसाईका केही कबिताहरु

Some Best Poem Of Aahuti आहुतिका केही कबिताहरु

Some Beautiful Poem Of Momila मोमिलाका केही उत्कृष्ट कबिताहरु

Top Ten Poems Of R M Dangol आर. एम. डङ्गोल का केही कबिताहरु

Some Beautiful Poem Of Ashesh Malla अशेष मल्लका केही कबिताहरु

Some Best Poem Of Ambar Gurung अम्बर गुरुङका केही कबिताहरु

Top Ten Poems Of Amar Giri अमर गिरीका १० कबिताहरु

Some Best Poem Of Kedarman vyathit केदारमान व्यथितका केही कबिताहरु

 
Chhapakkai Phula PHulyo Nepali Song By Singers Kiran Gajmer, Melina Rai

Kunai Batoa Timi Yeklai -BY singers Itu Jojiju, Ram Bhakta Jojiju

Maaya Raichha Ra By singer Kali Prasad Baskota, Sadeekshya Kattel

Manoj Raj Songs Lyrics "Kaliyug Ma Nasha" "Aaja Bholi" "Yasto Euta Katha Raichha"

Nepali Lyrics Of Unko Priti Pahile Ho Ki By Singer : Prabin Bedwal, Rachana Rimal

Nira Singer : Kali Prasad Baskota

Rabin Sharma Top songs lyrics and chords collection

Raj Sigdel Top Seven Songs Lyrics " Yo Ta Jaali Sahar Ho" " Aankhama Kunai Sapana" " Chwassa Bijhne Timro Maya" "Chwassa Bijhne Timro Maya" " Bhulna Khojera Pani"

Sanjeev Singh All Hits songs lyrics and chords collection

Top three Song Lyrics Of Sukmit Gurung "Pal Pal Timrai" "O Mero Priyatam" "Chiso Batas Le"

-Singer - Aananda Karki

1974 AD Band All Songs Lyrics with Chords Including " Hidda Hiddai " and "Dherai Dherai Aauchha Manama"