Poem Collection Of Krishna Kumari Paudel ‘अन्तर्मनका भावनाहरू’

Poem Collection Of Krishna Kumari Paudel  ‘अन्तर्मनका भावनाहरू’

Introduction

Name: Krishna Kumari Poudel
Date of Birth: 2012 BS, Ashwin 6 (September 22, 1955 AD)
Address: Bharatpur–12, Chitwan, Nepal

Krishna Kumari Poudel is one of Nepal’s most respected female writers, known for her heartfelt poems, songs, ghazals, and children’s literature. Her works combine themes of love, emotion, nationalism, spirituality, and social justice, often giving voice to women’s struggles and the unspoken feelings of ordinary people. Over more than three decades, she has built a literary legacy that bridges Nepal and the Nepali diaspora, leaving an imprint both at home and abroad.

Early Life and Roots

Born in Bharatpur, Chitwan, in 2012 BS, Krishna Kumari grew up in a household where culture, spirituality, and education were highly valued. These roots shaped her literary voice, which often reflects both deep devotion to Nepal’s soil and compassion for the struggles of its people.

Her upbringing in Chitwan left her with lasting impressions of rural life, women’s roles in society, and the rich cultural traditions of Nepal. These themes became recurring elements in her creative works.

Family and Personal Life

Krishna Kumari is married to Krishna Prasad Poudel, a dedicated teacher and a committed follower of the Krishna Pranami tradition. Together, they raised a family and created a home that valued knowledge, faith, and service. Even while living in the United States—a place where life is fast-paced and demanding—Krishna Kumari has balanced family responsibilities with her passion for literature.

She is admired for writing while surrounded by her husband, children, daughters-in-law, and grandchildren, proving that devotion to literature can thrive alongside the warmth and busyness of family life.

Published Works

Krishna Kumari Poudel has published six books so far, with another on the way. Each has carved its own niche in Nepali literature:

  1. Nari Ko Aawaj (1999 / 2056 BS)
    Her debut collection of songs gave voice to Nepali women’s pain, struggles, and resilience. It shone a light on women’s experiences that had often been ignored or silenced.
  2. Teej Ko Aawaj (2002 / 2059 BS)
    Using the festival songs of Teej, she expressed the joys and hardships of womanhood. The collection struck a deep chord with readers by presenting women’s voices in a relatable and emotional way.
  3. Swadesh Ko Mato (2004 / 2061 BS)
    A patriotic poetry collection, this book expressed her devotion to her homeland, Nepal. Even after moving abroad, she held on tightly to her love for the motherland through her writing.
  4. Spandan Ka Chhalharu (2010 / 2067 BS)
    In this work, she wrote about her personal experiences both in Nepal and abroad, capturing human emotions with tenderness and depth.
  5. Kopila (2012 / 2069 BS)
    A children’s poetry collection filled with songs, poems, and illustrations, Kopila helps teach children values, character, and culture in a playful way. It was launched in Dallas, Texas, under the International Nepali Literary Society (INLS), Washington, D.C.
  6. Antarman Ka Bhawanaharu
    A collection of prose poetry, ghazals, and songs, this work showcases her inner emotions and creativity in diverse styles. It is often described as her most personal and versatile collection.

Upcoming Work

Her new book, “Adhyatmik Bhajan Mala,” is forthcoming. This spiritual collection reflects her devotional side and adds yet another dimension to her literary contributions.

Other Contributions

  • Dozens of her poems, songs, ghazals, and short verses (muktak) have been published in national and international journals, magazines, and souvenir issues.
  • Her works have appeared in literary magazines like Eklo Tara and Nepal Darpan, as well as on various online Nepali literature platforms.
  • Many of her songs are broadcast on Radio Nepal and Nepali radio stations worldwide, bringing her words to a global audience.

Literary Style and Themes

Krishna Kumari’s works are known for their clarity, simplicity, and emotional depth. She does not complicate her writing with heavy or abstract words. Instead, she uses a straightforward style that resonates with readers from all walks of life.

Her recurring themes include:

  • Women’s voices (Nari Ko AawajTeej Ko Aawaj)
  • Patriotism and identity (Swadesh Ko Mato)
  • Personal reflection and emotions (Spandan Ka ChhalharuAntarman Ka Bhawanaharu)
  • Children’s values and imagination (Kopila)
  • Spiritual devotion (Adhyatmik Bhajan Mala)

Organizational Involvement

Krishna Kumari has not only written but also worked to promote Nepali literature through institutions:

  • Life Member of Chitwan Sahitya Parishad
  • Life Member of the International Nepali Literary Society (INLS)
  • Together with her husband, she founded the Chisap Krishna–Krishna Award by creating an endowment fund at Chitwan Sahitya Parishad. This award honors individuals who contribute significantly to Nepali literature. The first recipient in 2071 BS expressed heartfelt gratitude for this contribution.

Awards and Recognition

Over the years, Krishna Kumari has been honored with numerous national and international awards for her literary contributions. These accolades recognize not only her creativity but also her role in sustaining and enriching Nepali literature in the diaspora.

Legacy and Influence

Krishna Kumari Poudel is seen as a leading figure among Nepali writers in the diaspora. She has demonstrated that literature can thrive across borders, and her works continue to inspire readers young and old.

By highlighting women’s voices, preserving patriotic spirit, and nurturing children’s literature, she has broadened the scope of modern Nepali writing. Her songs and poems—whether read in books, heard on the radio, or recited at literary events—carry a timeless quality that keeps her connected with audiences everywhere.

Conclusion

Krishna Kumari Poudel’s life is a beautiful example of dedication, balance, and creativity. From her early days in Chitwan to her current life in America, she has never let go of her love for Nepali language and culture. With six published books, countless poems in magazines, and a new spiritual collection on the horizon, her literary journey continues to grow.

More than a writer, she is a cultural ambassador, a voice for women, and a guardian of Nepali heritage abroad. Her legacy is not only in the books she has written but also in the inspiration she provides to younger generations of writers who look up to her unwavering passion for literature.


नारी

 यो संसार सृष्टिको सुन्दर फूलबारी हो भने
नारी त्यो सुन्दर फूलबारीकी माली हुन्।
सिङ्गो फूलबारीलाई ओत दिन सक्ने
नारी विशाल पाली हुन्।।
लज्जाशील, धैर्यता, ममता र
स्नेहलता लटरम्म फुलेकी डाली हुन्।
गुणगान विज्ञान र शान्तिले भरिएकी
सद्भावरुपी एक सुवर्ण थाली हुन्।।
लाग्छ नारी यो धर्तीमा
प्रकृतिकी सुन्दर बाली हुन्।
अनगिन्ती पीडा र दुःख सहेर
अरुलाई उज्यालो छर्ने बिहानकी लाली हुन्।।
नारी आफैमा स्वर हुन्शब्द हुन्
सङ्गीत हुन्खुसीमा बज्ने ताली हुन्।
सन्तानको सुरक्षा कवज मात्र होइन नारी
सारा सृष्टिकी रखवाली हुन्।।
के होइनन्र नारी सीता हुन्
दुर्गा हुन्, काली हुन्र महाकाली हुन्।
नारी चौतारी हुन्, दौंतरी हुन्
घरकी उज्याली हुन्।।
लाग्छ नारीलाई सानो देख्नेहरू

आमाको माया

 कसरी बिर्सौ आमा तिमीलाई अनि
तिमीले गरेको त्यो मायालाई ।
चाहेर पनि सक्दिन भुल्न
तिम्रो त्यो पवित्र छायाँलाई ।
कति धेरै दियौ निस्वार्थ माया
त्यो गुण तिर्न पाइन आमा ।
धेरै छ तिर्न दूधका भारा
त्यो ऋण तिर्न पाइन आमा ।
आमा तिमी नभए पनि
तिम्रो छायाँ छ मेरो साथमा
सदा सुखी रहु भन्ने

दाइजो

चल्दै छ अझै देशमा
दाइजोरुपी प्रताडना
बढ्दै छ अझै देशमा
लोभीलालची अवधारणा
जुँगाको लडाईं हुन्छ यहाँ
दाइजो कस्ले कति ल्याउने
कमी हुँदा हुन्छ ताडना
नारीप्रति कसले हो न्याय दिलाउने
दाइजोरुपी वाण लागेर
निर्दोष नारी हुँदैछन्मृत्युवरण
अझै छन्दुर्योधनहरू यहाँ
गर्दैछन्समाजको चीर हरण
मासिएका छैनन्रावणहरू अझै
यहाँ सीताहरू अपहरण हुँदैछन्।
तिनकै जालमा परेर अचेल
नारी बिचल्लीमा पर्दैछन्
समाजलाई खोक्रो पारी सक्यो
दाइजोरुपी धमिराले
पराई सम्पत्तिमा गिद्धे दृष्टि किन ?
ती पुरुष हूँ भन्नेहरूले
बन्द गरौं दाइजो प्रथा
सबै मिलेर हामी
समाजको धमिरा मास्न सके

धर्म

धर्मको व्याख्या हामी धेरै गर्छौ
भोकालाई भोजन दिन हामी पछि पर्छौ ।
प्यासीहरूलाई पिलाउँदैनौ पानी
तथापि कहलिन खोज्छांै दानी ।
मुरीका मुरी चरु चढाउँछौं
निर्दोष प्राणीको बलि चढाउँछौं ।
धर्मको मर्म नबुझी हामी
धर्मात्माको फुर्ति लडाउँछौं ।
धर्मो रक्षति रक्षितः भन्दछन्
छैनौ त्यसप्रति हामी लक्ष्यित ।
धर्मको नाउँमा अधर्म गरेर
बन्दछौ हामी स्वयं लज्जित
दिनदुःखीको मर्म बुझौं
असहायको आँसु पुछौं ।
अन्धविश्वास र कुरीति त्यागौं
दया करुणा सेवामा

पैसा

यो पैसा भन्ने कागजको टुक्रामा
किन ? मानिस अल्झिएको हुन्छ ।
जहाँ जाउँ जसलाई हेरौं, जता हेरौं
हरेक मानिस पैसाले तडपिएको हुन्छ ।
दिन रात सपना, विपना जैलेसुकै
मानिसको मन तडपिरहेको हुन्छ ।
बालदेखि वृद्धसम्म हर मानिसको
मनमस्तिष्कमा पैसा खड्किएको हुन्छ ।
यो पैसा भन्ने कागजको टुक्रामा
सारा मानिसको मन अड्किएको हुन्छ ।
राजादेखि रङ्कसम्म पैसा पैसा भन्दै
हर क्षण हर घडी तडपिएको हुन्छ ।
सद्दे मानिस कतै अन्धो कतै लङ्गडो बनेर
झुटो नाटक गरिरहेको हुन्छ ।
कतै सुन्दर रुप कुरुप बनेर
शूलीमाथि लटकिएको हुन्छ ।
कतै पैसाको लागि आत्मा बेचेर
आफूलाई नै नंग्याइरहेको हुन्छ ।
कतै सपाङ्गहरू अपाङ्ग बनेर
सध्येहात पाउ बंग्याइरहेको हुन्छ ।
कतै पैसाको लागि आफ्नै आमा बाबुले
आफ्नै सन्तानहरू बेचेको हुन्छ ।
कृष्णकुमारी पौड्याल ठ
कतै पैसाको लागि
प्रेमी प्रेमिका रेटिएको हुन्छ ।
मानौं आजभोलि हर मानिसको मुटु
पैसा पैसा भन्दै धड्किएको हुन्छ ।
सुख शान्ति अपनत्व सबै
केवल पैसाले हडपिएको हुन्छ ।
कसले बनायो यो पैसा किन बनायो
यो तुच्छ पैसाले दुनियाँ तडपायो।
के चिज हो यो पैसा आफैलाई बिर्साउँछ

राष्ट्रिय पुरस्कार

छैन शब्द ज्ञान मलाई
न आउँछ कुनै शब्द श्रृङ्गार ।
साहित्यको ‘स’ नजानी कनै
लेखें मैले कविता दुई चार ।।
लेख्न जानिन शान्तिको गीत
लेखें त केबल बारुद र तलबार ।
राष्ट्र र राष्ट्रियताको शब्द लेखिन
तथापि बनें म कवि अनि रचनाकार ।।
न लेखें कुनै इतिहासका कुरा
न लेखें मैले विज्ञानका चमत्कार ।
न देशको भूगोल लेखें
न लेखें कानुन र अधिकार ।।
न झुपडीको चिसो चुल्हो लेखें
न लेखें सिटामोलको हाहाकार ।
न खाडीमा बगेको पसिना लेखें
न लेखें बन्द बाकसमा आउँदाको चीत्कार ।।
न लेखें नारीमाथिको वीभत्स घटना
हत्या हिंसा उत्पीडन र अत्याचार ।
न फूलको कोमलता लेखें
न लेखें धारिला काँडाको धार ।।
अर्थहीन पंक्ति लेखेर दुई चार
तथापि म बनें कवि साहित्यकार ।
जानी नजानी शक्तिको गुण गाएँथे
लगाएँथे गुण दुई चार ।।
त्यसैले दिलायो आज मलाई
साहित्यिक विधामा राष्ट्रिय पुरस्कार ।।

छोरीहरूको यादमा

छोरी तिमीहरूको यादले,
सारै सतायो मलाई
सात समुद्र पारीसम्म
ममताले अत्यायो मलाई ।
खल्लो लाग्दछ जिन्दगी नै
तिमीहरू टाढा हुँदा
स्नेहरूपी सिरेटोले
सारै नै कठ्यायो मलाई ।
मुटु उतै छोडी आउँदा
गाह्रो भा’छ बस्न यहाँ
तथापि यो परदेशमा
केले लठ्यायो मलाई
तिमी दुवै टाढा छौ
मन मुटुमा गाढा छौ
तिमीहरूको यादले
ती अठ्याँयो मलाई ।
छोरी तिम्रो यादमा
सारै सतायो मलाई
सात समुद्र पारी सम्म
ममताले अत्यायो मलाई
कल्पिएर तिम्रो माया यहाँ
मन तडपिरहन्छ सधैं
कहाँ देखूँ कहाँ भेटौं
भएर अत्यायो

भ्रूण हत्या

गर्न हुन्न भ्रूण हत्या, महापाप हो यो,
मानवीय सभ्यताको, अभिशाप हो यो,
जुनतारा टिप्नलाई, विज्ञान भिडेको छ,
एक्काइसौं शताब्दीमा, युग हिँडेको छ,
यस्तो युगमा पनि, कति सानोसोच,
छोरीलाई सन्तान, मान्न किन अफसोच,
गर्भमा छोरो भन्दा, आफू महान ठान्छौं,
छोरी भन्ने थाहा पाए, गर्भ फाल्न जान्छौं,
गर्भमा तुहाएर, मार्न खोज्छौं छोरी,
पेटै भित्र कुहाएर, मार्न खोज्छौं छोरी,
कहाँ गयो धर्म हाम्रो, कहाँ गयो मानवता,
किन यति बढि रा’छ, हामीबीच दानवता,
सृष्टिकी धरोहर हुन्, हाम्री सानी छोरी,
ममताकी सरोवर हुन्, सानी हाम्री छोरी,
छोरी नै हुन्प्रकृति, भन्ने नबुझेर हो कि,
शिक्षाको ज्योति त्यहाँ, नपुगेर हो कि,
नत्र किन गर्भमै, मारिँदैछन्छोरी,
धरातलमा टेक्न नपाई, झारिँदै छन्छोरी,
छोरीले नै जन्माकी पृथ्वीमा, मानिस सारा,
छोरी भनि भ्रूण हत्या, कहिल्यै नगरौं,
छोरीलाई नै छोरा, ठान्न पछि नपरौं,
गर्न हुन्न हत्या, महापाप हो यो,

समय

यो समयलेमलाई
धेरै कुरा गर्न सिकायो
यथार्थको धरातल त्यागेर
कल्पनाको फाँटमा चर्न सिकायो
बाध्यताको बैशाखी टेकेर
सात समुन्द्र तर्न सिकायो
स्वतन्त्रता त्यागेर आफ्नो
दलदलको भुमरीमा पर्न सिकायो
निश्चल हाँसो लुकाएर
कृत्रिम हाँसो छर्न सिकायो
मालिक बन्न छोडेर
दासत्वमा रम्न सिकायो
बिर्सायो सबै यथार्थता
केवल स्वार्थ बन्न सिकायो
पिरै पिरमा बाँचे पनि
खुसीको नाटक गर्न सिकायो
भुईंको टिप्छु भन्दाभन्दै
पोल्टाको झार्न सिकायो
नचाहाँदा नचाहँदै मैले
मेरो अस्तित्व लिलाममा बिकायो
ज्ञद्द अन्तर्मनका भावनाहरू– २०७६
कैले पानी बनायो मलाई
कहिले बन्न सिकायो आगो
यो समय सारै बलवान हुन्छ भन्थे
साँच्चै हो जस्तो लाग्यो
यो समयलेमलाई
धेरै कुरा गर्न सिकायो
यथार्थको धरातल त्यागेर
कल्पनाको फाँटमा चर्न सिकायो

जमाना कस्तो

 जमाना यो कस्तो आयो, अचम्म अचेल
पाप र धर्म सबै छ, सम्म अचेल
मानवीय संवेदना हराएर होला
स्वार्थै स्वार्थ टम्म अचेल
लोभ पाप बढ्यो धेरै यहाँ
दया बन्यो निकम्मा अचेल ।
साम दाम जसरी हुन्छ
कमाउनु छ गम्म अचेल
लाज गालको डर छैन कत्ति
दिन दहाडै झम्म अचेल
दुष्टहरूको बिगबिगी बढ्यो
सज्जनहरू छन्झसङ्ग अचेल
हल्ल्निे गरी राष्ट्रिय खम्बा
पराई तालमा छम्म छम्म अचेल
शान्ति भूमि नेपालमा
अशान्ति फल्यो लटरम्म अचेल
जमाना यो कस्तो आयो अचम्म अचेल
पाप र धर्म सबै छ सम्म अचेल 


मनको लड्डू

 पहिला आउँदा अमेरिका, के के कुरा भन्दै आएँ
आफैलाई बिर्सिएर रहरहरू गन्दै आएँ
पैसा धेरै फल्छ त्यहाँ बोटैबाट धेरै झार्छु
पठाएर डलरहरू सबको सुख दुःख टार्छु
तर आज यो कुरा त भन्न पनि लाज लाग्छ
कति दिएँ थोत्रा आश्वासन, गन्न पनि लाज लाग्छ
कमाएर धेरै पैसा अनाथहरू पढाऊ भन्थे
संघ संस्था खोलेर वृद्धाश्रम खोलौं भन्थे
टाढैबाट भए पनि मद्दत गर्छ, देशको भन्थे
आफ्नै देशमा ल्याउनु पर्छ भए जति त्यसको भन्थे
मनका कुरा आज मनमै रह्यो
सोचाइ केबल कल्पना भयो
सोच्दासोच्दै जीवन गयो
चाहना राख्नु व्यर्थ भयो ।

हाम्रा छोरीहरू

 कहिले निर्धक्क भएर बाँच्न पाउलान्
कठै ती हाम्रा छोरीहरू
कहिले ढुक्क भएर हाँस्न पाउलान्
कठै ती हाम्रा छोरीहरू
कहिले आफू सुरक्षित छु भनेर
गर्व गर्न पाउलान्ती हाम्रा छोरीहरू
कहिले काटिएलान्सदियौंदेखि लगाइएका
ति भेदभावका डोरीहरू
पुरुष प्रधान सभ्यताको जंजिरबाट
कहिले उन्मुक्त हुन्पाउलान्
ति हाम्रा छोरीहरू
घरभित्रै कुटिएका छन्, घरभित्रै लुटिएका छन्
घरभित्रै जल्छन्कैयौं छोरीहरू
पाउँदैनन्अन्यायको विरोध गर्न
लाचार भएर मृत्युवरण गर्दछन्
सयौं ति हाम्रा छोरीहरू
आफ्नै स्कुल कलेजमा पनि असुरक्षित छन्
सधंै ति हाम्रा छोरीहरू
पुरुष प्रधान विधान छ हाम्रो
पुरुषहरूले नै सिर्जिएको २१ औं शताब्दीमा

सभ्यता

सभ्यताको वस्त्र लगाऊ नारी
लज्जारुपी गहना लगाऊ
आत्मिक श्रृंगार गरेर तिमीले
सुन्दर सृष्टिमा तिम्रो सुन्दरता मिसाऊ
प्रकृतिको सुन्दर फूल तिमी
विश्व बगैंचामा सुगन्ध फिजाऊ
माया ममताकी खानी तिमी
स्नेहले धरा भिजाऊ
हिनताबोध होइन तिमीमा
पुरुषार्थले विश्व रिझाऊ
दैवीय सुन्दरता छ तिमी आफैसँग

मेरो चितवन

मेरो जन्मभूमि, मेरो कर्मभूमि
मेरो प्यारो भूमि, चितवनको जय होस्
दुःखकष्ट रोग भोक सारा कुराबाट
मेरो चितवन निर्भय होस्
जय होस्जय होस्जय होस्
मेरो चितवनमा निर्भय होस्
स्वर्गबाट झर्छन्देवगण सारा
मेरो पवित्र देवघाटधाममा
मस्त छन्भक्त सारा श्याम राम नाममा
कलकल गर्दै बग्छिन्नारायणी
वारी पारि सुसाउँदै
प्रेमपूर्वक सदियौंदेखि अमृतले मेरो धर्ती चिनाउँदै
राष्ट्रको मुटु हो मेरो चितवन
अन्तराष्ट्रियको रहर हो यो
वन जंगल हरियाली चित्रवनको शहर हो यो
सुख शान्तिले भरिपूर्ण यो
सुन्दर प्रकृतिको सुन्दर छटा
सुन्दरताले परिपूर्ण यो
पशुपंक्षीकोराजधानी यो
उर्बर छ सारै माटो यहाँको
बसोबासलाई योग्य पाटो यहाँको
मेचीकाली जोड्ने बाटो यहाँको
विश्वभरि छरिएका छन्आज
चितवनका वीर सपुतहरू
सम्पन्नतामाथि सुसम्पन्नताको
लगाउन मुकुटहरू
जय जय जय मेरो जन्मभू

साहित्यमा किन कलम चलाउँछु

म मृत्युपछि पनि बाँच्न चाहन्छु
म चितामा जल्दै गर्दा नि हाँस्न चाहन्छु
युग युगसम्म रहने भावनाको अजम्बरी
नाता यो जगतमा गाँस्न चाहन्छु
त्यसैले म साहित्यमा कलम चलाउँछु
सम्पूर्ण साहित्यिक मनहरूलाई सलाम चढाउँछु
न शब्द ज्ञान छ ममा न छन्द लहर आउँछ कुनै
न सक्छ मेरो सिर्जनाले सबैको मन छुन
तथापि मेरो एक थोपा भावमा यो इश्वरको
सुन्दर सृष्टिमा मिसाउन चाहन्छु
मेरो मातृभाषाको चौतारीमा
मेरो सानो रचना मिसाउन चाहन्छु
यसैले म साहित्यमा कलम चलाउँछु
र साहित्यिक मनहरूलाई सलाम टक्र्याउँछु ।
चाहिँदै मलाई हर्ष उल्लास रमझम कुनै
म शून्यतामै रमाउन चाहन्छु
आफू मरेर गए पनि कहिलै नमर्ने
अजम्बरी कृर्ति कमाउन चाहन्छु
यसैले म साहित्यमा कलम चलाउँछु र
साहित्यिक मनहरूलाई सलाम चढाउँछु
लाग्छ मलाई संसार परिवर्तन गर्न सक्छ साहित्यले
जनमानसमा सुनौलो चेतना भर्न सक्छ साहित्यले
कृष्णकुमारी पौड्याल ज्ञढ
देश परिवेश दुःख सुख सबै
हाँसो आँसु लेखिएको हुन्छ साहित्यमा
दया धर्म मानवीयता अमानवीयता
सबै सबै देखिएको हुन्छ साहित्यमा
साहित्य जगको ऐना हो हर मानिसले हेर्न चाहन्छ
साहित्य स्पन्दनको सिर्जनारुपी आँचल हो
यसैले हर मानिसले त्यसमा आफूलाई बेर्न चाहन्छ
त्यसैले म साहित्यमा कलम चलाउँछु र
सम्पूर्ण 

वितृष्णा

जिन्दगीका पानाहरू पल्टाएर हेरें आज
दुखेर अतित आफ्नो घाउ बन्यो मुटु माझ
रहस्यको पोको जस्तो लाग्यो आफ्नै जिन्दगानी
लेख्न सके डायरीमा बन्ने रहेछ ठूलै कहानी
कहाँ भयो जन्म मेरो कहाँबाट कहाँ पुगेँ
फल्न फुल्न नपाइकन कोपिलामा त्यसै सुकेँ
शान्त स्वभाव थियो पहिले अशान्त छु आजभोलि
सानो एउटा कुराले नि लागेझैं हुन्छ गोली
दिन हप्ता महिना गर्दै बित्दै गए क्षणहरू
तिर्न अझै बाँकी रैछ समयका ऋणहरू
समयको पिछा गर्दै पाइलाहरू चालिरहेँ
नदेखेको बाटोभरि यात्राहरू थालिरहेँ
गन्तव्यको पाइलै पिच्छे ठेसहरू लागि रह्यो

काल

म विकराल हुँ
म समयको छाल हुँ
मलाई देखेर सबै डराउँछन्
किन ? आफ्नो होस्हराउँछन्
म त नियतिको कर्ता हुँ
यो सृष्टिको स्रष्टा हुँ
न सुन्छु कसैको याचना बन्दना
न सुन्छु कसैको रोदन र क्रन्दन
किनकि म विकराल काल हुँ
म सम
यको छाल हुँ
समान देख्छु सबैलाई म
म अनेक रूपमा आउन सक्छु
अनेक परिस्थितिमा छाउन सक्छु
न कसैले रोक्न सक्छ
न कसैले छेक्न सक्छ
म सुटुक्क आउँछु
न कसैले देख्न सक्छ
किन निष्ठुरी भन्छन्मलाई
नियतिको कर्ता हुँ म
यो सृष्टिको श्रष्टा हुँ
म विकराल काल हुँ
समयको

भ्रष्टाचार

मिथ्यारुपी षडयन्त्र हुँ म
भ्रष्टाचार भन्दछन्मलाई
सत्य र तथ्य अँगार पार्न
चाहिँदैन सलाई
झुट र पापको वृक्ष हूँ म
उद्देश्य हो पैसा फलाउन
भित्रभित्रै खोक्रो पारेर
राष्ट्रलाई कालोसूचीमा चिनाउन
मेचिदेखि कालिसम्म
सबैलाई मैले जेलेको छु
भोको पेट र नाङ्गो आङहरूमा
परेट धेरै खेलेको छु
जुन थालमा खान्छु म
त्यही थालमा प्वाल पार्छु म
हिमाल, पहाड, तराई सबका आँसु झार्छु म
षडयन्त्रका हिमायतिहरू सबै मेरा साथी हुन्
स्वाभिमान खोज्नेहरू लाग्छन्मलाई घाती हुन्
देशको उन्नति प्रगतिमा बाधक जो छन्
म उनैको परिवेशमा रमेको छु
भित्र कालो लिएर सफेद भेषमा जमेको छु
मानौं म यतिखेर ठूलावडाका हातहरूबाट सिंचिएको छु
त्यसैले त म निर्धक्क भएर जताततै फिँजिएको छु
ओझेल पार्नु छ मलाई देशको छवि
निभाउनु छ मला

सम्झनामा

कति नै छ र दूरी तिम्रो र मेरो
तिमी र हामी नजिकै त छौ नि
यो अस्थिपञ्जर टाढा भएर पो
अन्तरआत्मामा समिपै त छौ नि !
नियतिले यतिखेर धोका दिएर पो
पछि भेट हाम्रो कसो नहोला
गन्तव्य हाम्रो एउटै हो आखिर
बरु सम्बन्ध पहिले जसो नहोला
रीत रहेछ सृष्टिको अघि पछि हुनु पर्ने
अघिकालाई सम्झी सम्झी
पछिकाले रुनु पर्ने
शाश्वत सत्य हो यो
सबैले त बुझेकै त छ नि
जानी जानी यो मन

समय

 धेरै पहिले आजैको दिन
झरेँ थेँ म यो धरातलमा
सृष्टिको सुन्दर फूल बनेर
बेरिए आमाको आँचलमा
आज भन्दै भोलि भन्दै
दिन हप्ता महिना गन्दै
क्यालेण्डरका पाना फेर्दै
घडीका काँटा हेर्दै
बिताएछु धेरै दशकहरू
फूलको थुङ्गाझैं महकाउँदै
उषाको लालीझैं चहकाउँदै
जीवनको उकालो चढ्दै गए
समय परिस्थितिसँग लड्दै गए
थाहै नपाई युग बितेछ आज


भूकम्प

 देशको आँसु झरि रा’छ के हेर्दैछौ नेता
जनतामा संकट परि रा’छ के गर्दैछौ नेता
दैवी प्रकोपले अस्तव्यस्त भएको यो बेला
आश्वासनको चारो मात्रै छरि रा’छौ नेता
मानवीय सहायता गरि रा’छन्दाता
त्यो सहायता बिचैबाट हरि रा’छौ नेता
गाँस छैन बास छैन विचल्लीमा जनता
मौका छोपी आफ्नै झोली भरि रा’छौ नेता
त्रिपालको ओत पनि छैन जनतालाई
तिमी भने पाँचतारेमा झुलि रा’छौ नेता
देशैभरि लागि रा’छ अनुदानको ओइरो
न केही ओइरोको पहिरोमा परि रा’छौ नेता
आज हाम्रो चोटमा दुखेको छ विश्व सारा
तिम्रो मानवीयता किन

कविशिरोमणि लेखनाथप्रति

 पुज्य कविवरमा आज झुकाउँ्रदै यो माथ
लाख लाख नमन कवि शिरोमणि लेखनाथ
तिम्रो एक सय छत्तीसौं जन्म जयन्तीमा आज
तिम्रो अटल कर्मको गुणगान हुँदैछ विश्वमाझ
प्यासी थियो साहित्यिक जगत हाम्रो तिमी मुहान बनेर आयौ कवि
अन्धकारमय थियो साहित्यिक आकाश हाम्रो
उज्ज्वल नक्षत्र बनेर छायौ कवि
साहित्य जगको अमूल्य धन हो भनेर चिनायौ कवि
ताते ताते थियो भाषा साहित्य हाम्रो समृद्ध बनायौ कवि
तिम्रो अतुलनीय देनको प्रशंसा कसरी गरौं अब
बिर्सी नसक्ने त्यो गुणको ऋण कसरी तिरौं अब
नेपाली मन मुटुमा धडकिन्छौ तिमी हर दिन साँझ
सदा अजर अमर छौ तिमी तिम्रो भौतिक शरीर नरहे पनि हामी माझ
तिम्रो उच्च पराक्रमले उच्च छ आज तिम्रो छवि
नेपाली साहित्य जगतका तिमी शिरोमणि हौ कवि

तिमी को हौ ?

तिमी को हौ यात्री
किन आयौ यहाँ
कहाँ बस्छौ यात्री
कहाँ हो तिम्रो बास ?
खोज हे यात्री
अब छिट्टै तिमीले
निकाल आफै
आफ्नो निकास
अनित्य संसारमा
तिमी एउटा यात्री
कोही छैन तिम्रो
यहाँ आफ्नो खास
भरोसा छिनको
छैन हे यात्री
छिनमा हुनसक्छ
तिम्रो यहाँ विनाश
एउटा कुरा बुझ हे ! यात्री
मोह तृष्णाको मेटिदैन प्यास
ज्ञानीहरूले वृथालाई छोडे
गरेनन्झुठो जगतको आस
मेरो भन्छ यो सारा दुनिया
रहुन्जेल तनमा एक मुठी श्वास
जब त्यो सास उड्छ खरानी राख
तिमी को हौ यात्री
किन आ

हाम्रो छिमेकी

साँध सिमाना मिच्छ मात्रै
छिमेकी हाम्रो कस्तो लुच्चो
साँध किल्ला बलियो पारौं
नत्र घर भित्र पस्छ त्यो छुच्चो
हाम्रो ढुकुटी प्वाल पार्न
धसिरहन्छ त्यसको चुच्चो
जीऊ डाल ठूलो भएर के भो
मन छ त्यसको सानो फुच्चो
हाम्री आमाको सौन्दर्यतामा
आँखा लाउँछ त्यसले तुच्छो
साम–दाम दण्ड लाउँछ
हामीलाई पार्न बुच्चो
देश सानो भएर के भो
हाम्रो शीर धेरै उचो
सारा विश्वले चिन्छ हामीलाई
तेरो घमण्डी नजर नलगा छुच्चो

तिमी

यति मात्र जान्दछु म
तिमी धरोहर हौ मेरो ।
म थोपा बनेर समाहित बन्न सकौं तिमीमा
तिमी सरोवार हौ मेरो ।
न सुनौलो सपना छ अरु कुनै
न छ कुनै नौलो सिर्जना मेरो ।
तिमी मुस्कुराऊ सदा सदा
यही छ तिर्सना मेरो ।
तिम्रो मायाको संसारमा
धेरै रमे रमाएँ ।
तिम्रो शीतल छायाँमा
सारा जीवन बिताएँ ।
उतारचढाव आए कयौं
जिन्दगीमा धेरै चोटि ।
तर तिम्रो स्नेहमा नै

चञ्चल मन

बुझेर बुझ्न अति कठिन, यो मनको चाला हजुर
कहिले सुख्खा खडेरी बन्छ, कहिले बन्छ छाल हजुर ।
कहिले रुवाउँछ धुरु धुरु, कहिले हसाउँछ हजुर
आत्तिएर कहिले काहिँ त आफैलाई फसाउँछ हजुर
कहिले पत्थर बन्छ यो मन, कहिले रसाउँछ हजुर
कहिले डढेलो लाउँछ मनमा, कहिले बस्ती बसाउँछ हजुर
कहिले फूल बन्छ यो मन, कहिले काँडैकाँडा हजुर
साह्रै नजिक भएर पनि, बन्छ साह्रै टाढा हजुर
कहिले आकाश बन्छ यो मन, कहिले धर्ती बन्द हजुर
कहिले राजा कहिले रंक, नाटक धेरै गर्दछ हजुर
कहिले देवता बन्छ मन, कहिले भूतप्रेत बन्छ हजुर
कहिले सुन्दर सुकोमल बन्छ, कहिले छेद विच्छेद हजुर
लाएर कहाँ सकिन्छ र यो मनको परिभाषा हजुर

पिआरको मोह

न दशैंको रौनक छ यहाँ
न रौनक छ तिहारको
केवल रोनक छ विदेशमा
ग्रिनकार्ड र पिआरको
यथार्थ यहाँको बेग्लै छ
छैन सोचे जस्तो
कहाँ हुन्छ र प्रदेशमा
टाढाबाट देखे जस्तो
घर बस्नेलाई परदेशको मोह
परदेशीलाई देशको
नभोगी कहाँ बुझिन्छ र

वर्तमान नेपाल

समस्याका पोकाहरू
कति कति नेपालमा
छलकपट धोखाधडी
भए जति नेपालमा ।
गरिबलाई पुग्ला बरु
धनी सधैं अभावमा
आरिसे स्वभावका
धेरै भए नेपालमा ।
काम गर्ने कोही होइनन्
कुर मात्रे काँट्छन्धेरै
उँभो लाग्ने गति–मति
छैन कत्ति नेपालमा ।
पानी छैन बत्ती छैन
अरु कुरा के गर्नु खै
नारामा सीमित छ
विकास जति नेपालमा ।
बन्द हडताल भागबण्डामा
व्यस्त छन्नेता जति
कागजी घोडा मात्रै
कति चढ्नु नेपालमा ।
कृष्णकुमारी पौड्याल घघ
हत्या हिंसा उत्पीडन
धेरै बढ्यो यतिखेर
आदर्शका थोत्रा नारा
कति सुन्नु नेपालमा ।
ज्ञान सीप विवेक
लाए पो हुन्थ्यो सबैले
उन्नति र प्रगतिको

नव वर्ष

उल्लास उमंग र उपलब्धीपूर्ण
बनेर आऊ नव वर्ष तिमी
उन्नति प्रगति सुख शान्ति लिएर
अब छाऊँ नव वर्ष तिमी
खण्डित र कुण्ठित भावना होइन
विशाल सोच लिएर आऊ
सडकमा राँको होइन अब
चन्द्र चुम्न सिकाउ
रोग भोक र कुसंस्कार
नामेट पार तिनलाई
अन्यायी अत्याचार र भ्रष्टाचारीलाई
चिमोट तिमीले
समाज देश मात्र होइन
विश्व बन्धुत्व जगाऊ
युगौं युग रहने अमर
इतिहास बनेर आऊ
दया, करुणा र ममता
लिएर आऊ नव वर्ष
हक अधिकार र मानव
समता लिएर आऊ नव वर्ष
धेरै फेरिए क्यालेण्डरहरू
अब फेर्नुपर्छ परिस्थिति यहाँ
आमुल परिवर्तन होस्देशमा

सजाएर राखि दिनु

हे ! फूल चुडेर लानेहरू
त्यो फूलको डाली नभाँची दिनू
हे ! फूल चुडेर लानेहरू !
मुटुमा रोपेर आँखामा
फुलाएको हुन्छ अरुले
हे ! फूल चुडेर लानेहरू !
बिन्ती त्यो बाली नमासी दिनु
पैरो जान्छ मनमा कसैको
सुन्दर सपनाका आली नताछि दिनु
हे ! फूल चुडेर लानेहरू
!
दुख्ने मुटु हुन्छ पूmलको पनि
ऊ दुख्दा तिमी नहाँसी दिनु
हे ! फूल चुडेर लानेहरू !
तिम्रो मपाइँत्वका मालाहरू
त्यो फूल चुडेर नगाँसी दिनु
हे ! फूल चुडेर लानेहरू !
फूलको पनि आफ्नै जिन्दगी हुन्छ
उसको स्वतन्त्रतामा तिम्रो आडम्बर
नटाँसी दिनु...
हे ! फूल चुडेर लानेहरू


सृष्टिको रीत

 तिम्रो आँसु छिचोलेर
गाह्रो हुन्छ माथि जान
त्यसैले त म मर्दा
नरुनु है छोराछोरी ।
जन्मेपछि मर्नु पर्छ
एकदिन त आखिर सबैले
खाएको छैन यहाँ कसैले नि अजम्बरी
कोही अघि कोही पछि ।
कतिबेला को जाने हो
सृष्टिको रीत हो यो
आवतजावत बराबरी
चाहेर हुँदैन नियतिको खेलमा ।
रोइ कराइ गर्नु त गलत हो
आफू पनि जार्नुपर्छ भन्ने
कुरा नबिर्सनु
तयारी भै बस्नुपर्छ ।
हामीहरू हर घडी
दुई दिनको पाहुना हो
यो धरतीमा मानिसहरू
केवल याद संगालेर ।
कृष्णकुमारी पौड्याल घठ
राखि राख्नु मनभरि
मायावी यो दुनियाँमा
माया लाग्नु स्वाभाविक हो
याद आउँदा आँसुहरू ।
नपार्नु है नयन भरि
यसैगरी आए गए
हाम्रा कैयन पूर्खाहरू
मृत्युको मुखमा परे
अनेक निहुँ गरी गरी ।
पलमै सात जना
मर्छन यो जगमा
नयाँ पात पलाउँदैनन
पुराना पात नझरी ।
तिम्रो आँसु छिचोलेर
गाह्रो हुन्छ माथि जान
त्यसैले त म मर्दा
नरुनु है छोराछोरी ।
रोइ कराइ गर्नु त गलत हो
यो सरासरि
जीवन माटोको धुलो न हो
हावासँगै उड्न सक्छ ।
पानीसँगै बग्न सक्छ
जीवन नियति नासो हो
आएर जतिसुकै बेला लग्न सक्छ

मन भत्क्यो कि ?

 मन भत्क्यो छताछुल्ल
मनको बाँध फुट्यो कि ?
पहिले ठक्कर खाएको मुटु
यसपालि त टुट्यो कि
उदासीन छ जिन्दगी यो
अनायासै झर्छ आँसु
हाँसो खुसी रहर मेरा
अन्त कतै छुट्यो कि
बाहिर घाउ केही छैन
भित्र भित्र दुख्छ मुटु
भाग्य आफ्नो बैरी बनी
आफैलाई पो कुट्यो कि
अचानो भो जिन्दगी यो
चोटहरू खाँदा खाँदै
वेदना नै वेदनाको
छल बनी उठ्यो कि
मनको आकाश झरिसक्यो
झरेनन्ति रहरहरू
अतृप्त चाहना मात्रै
मलाई नै जुट्यो कि ?
कृष्णकुमारी पौड्याल घढ
आँसु पछि हाँसो आउला
भन्दै कुरी बसेँ तर
झुक्याएर मलाई त्यो दिन
अरुले नै लुट्यो कि
कसलाई सुनाउँ मनको व्यथा
कसलाई पोखौं मनको बहहरू
लाग्छ अचेल आफ्नो भाग्य
आफैसँग रुठ्यौ कि ?

समवेदना

हो ! विधाता किन दियौ यति धेरै घातहरू
सुनकोशीमा पहिरो खस्ने पीडादायी रातहरू
क्षणभरमै सखाप भए निष्पाप ति वस्तीहरू
किन ग¥यो नियतिले यति ठूलो पापहरू
खरानीमा परिणत भए कैयौं जीवन त्यहाँ
प्रकृतिलाई नबुझ्नाले दियो बज्रपातहरू
युगान्तरसम्म दुख्ने घाउ बन्यो नेपालीलाई
चुडाएर लगि दियो आफन्तका साथहरू
बाध्य भए पुरिन सयौं सुन्दर सपनाहरू
बाँचेका पनि बिरहले जिउँदै बने लाशहरू
नसोचेको दुःख प¥यो यतिखेर हामीलाई
जे परे नि बाध्य छौं थाप्नलाई माथहरू ।

गुगल म्याप रैछ

धेरै सपनाहरू देख्नु अभिशाप रैछ
व्यथै मन जलाउने तातो राप रैछ
जिन्दगी नै घायल पार्ने रैछ सपनाले
एक पेट भर्न पुगे त्यही लाख रैछ
नत भोक टार्छ यसले नत खाँचो टार्छ
यो त मनमा टोकि रहने कालो साँप रैछ
जैलेसुकै मनभित्र भुन भुनाइ रहन्थ्यो
मह दिने मौरी ठान्थें यो त खाक्रैछ
जीवनभरि आकाङ्क्षाका झोला बोकी हिँडे
भर्न कहिलै नसकिने कस्तो चिज रैछ
नदेख्नु कसैले नि सपना ठूला ठूला
यो त मनै अडकाउने लोभको काप रैछ
धेरै सपनाहरू देख्नु अभिशाप रैछ
व्यर्थै मन जलाउने तातो राप रैछ
नदेख्नु है कसैले नि सपना ठूला ठूला
यो त मृत्यु

विवशता

आफूलाई देखेर आफै आत्तिएको छु अचेल
बाहिर बाहिर चिसो भित्र तात्तिएको छु अचेल
घात माथि प्रतिघात हुन्छ आफ्नैहरूबाट
भन्छन्अझ उनै मात्तिएको छु अचेल
मनभरि थिए तारा टिप्ने रहरहरू
बाध्यता र विवशतामा बाँधिएको छु अचेल
भाग्यलाई दोष दिँदै बाँचेको छु तडपिएर
आफ्नै पिर व्यथाले काटिएको छु अचेल
मेटिएन प्यास मनको समुन्द्रमा गए पनि
लहर र किनार बिच फाटिएको छु अचेल
धेरै धेरै भरोसा गर्थे पहिला नियतिको
विडम्बना उहीबाट ढाँटिएको छु अचेल
आफूलाई देखेर आफै आत्तिएको छु अचेल
उत्साह र उमंग कति थिए कति मनमा
नपुगेर होला शायद लाटिएको छु अचेल
आफूलाई देखेर आफै आत्तिएको छु अचेल ।

साथीलाई चिठ्ठी

कंक्रिटका महल ढलेर केही हुँदैन साथी
तिम्रो आत्मा विश्वास र धैर्यता नढले पुग्छ
खुसी छल्कने ति तिम्रा नयनमा
अश्रुधाराहरू नबगे पुग्दछ
मनको पर्खाल बलियो पार साथी
कंक्रिटका महल ठडिन्छन्भोलि
जिऊ रहे घिउ पिइन्छ भन्ने
दुःखमा सम्झी त्यो सत्य बोली
शोकलाई शक्तिमा बदल अब
रोएर केही हुँदैन साथी
दुःख सुख हाँसो आँसु
भोग्नुछ सबैले यस्तै भाँती भाँती
मनको पर्खाल बलियो पार
रोएर केही हुँदैन साथी ।
 

के हो यो जीवन ?

कतै अभावको पीडाले तातेको छ जीवन
कतै सुसम्पन्नताले मातेको छ जीवन
कतै बरफको टुक्राझैं चिसिएको छ जीवन
कतै मकैको घुनझैं पिसिएको छ जीवन
आगोविनै पिल्सिएर जलेको छ जीवन
कतै आफै भित्र विह्वल भई गलेको छ जीवन
आँसु नै आँसुको नदी बनेर झरेको छ जीवन
कतै घृणा र तिरस्कारले मरेको छ जीवन
कतै सडक र गल्लीहरूमा सडेको छ जीवन
कतै रोग भोकको विचल्लीमा परेको छ जीवन
छलाङ्ग मार्न खोज्दा खोज्दै अल्झिएको छ जीवन
कतै आपैmलाई घाउ सरि बल्झिएको छ जीवन
अरुलाई जित्न खोज्दा खोज्दै हारेको छ जीवन
मृगतृष्णाहरूले भित्रभित्रै दारेको छ जीवन
एकातिर सिंचियो अर्कोतर्फ सुक्छ जीवन
जता छोयो उतै तिर पिलो जस्तै दुख्छ जीवन
दुःख सुख हाँसो आँसुमा जताततै छ जीवन
मानवमा मात्र होइन मानवतामा रहेछ जीवन
कोही नाटक भन्छन्जीवन
कोही यथार्थ भन्छन्जीवन
परिभाषा यसको जति खोज्यो
उति बढ्दछ झन्झन
अग्नी परीक्षा हो जीवन
कोही जित्छन्कोही हार्छन्
कोही रुन्छन्कोही रमाउँछन्
तर अन्त्यमा सबैले नियतिको
गन्तव्य स

अधुरो छ मान्छे

अधुरो छ मान्छे सधैं
पूर्ण हुन सकेन
अरुलाई जित्छु भन्थ्यो
आफैलाई जित्न सकेन ।
सेरोफेरो मेरो भन्थ्यो
ढुकढुकी आफ्नो पार्न सकेन
सामथ्र्यवान भन्थ्यो आफूलाई
तर नियतिलाई टार्न सकेन ।
अधुरो छ मान्छे सधैं
पूर्ण हुन सकेन
अरुको आँसु पुछ्छु भन्थ्यो

यो जीवन के जीवन मेरो

यो जीवन के जीवन मेरो
जताततै अँधेरो अँधेरो ।
बाधा छ अडचन छ मनमा
जलन छ, तडपन छ मनमा
प्रचुर तापमा जलेको छ आत्मा
न भोक छ दिनमा न निद छ रातमा ।
कोल्टे फेर्दैमा ढलेको छ रात
सुस्केरामा बित्छ साँझ प्रभात
भाग्दाभाग्दै थाकेको छ जीवन
अरुकै अधीनमा पाकेको यो जीवन ।
भार भा’छ आफैलाई आज आफ्नो जीवन
मुटु रेट्ने धार भा’छ आज आफ्नो जीवन
यो जीवन के जीवन मेरो
जताततै लाग्छ अँध्यारो ।
बाँचेर पनि मरे सरि भा’छ यो जीवन
प्वाँख वि

जिउने कला

 म भन्छु एउटा कुरा
तिमी बुझ्छौ अर्कै थोक
म आफ्नो पन राख भन्छु
तिमी मान्छौ बोझ ।
साँघुरा छन्ती भावना तिम्रा
फराकिलो भाव खोज
तिम्रा ती साँघुरा चेतनामा
भो मलाई न कोच ।
रमाउन खोज्छौ रमाऊ आफै
छैन मलाई रमाउने शोख ।
दुःखैमा रम्न देउ मलाई
सुखको छैन कत्ति लोभ ।
जीवन आफ्नो हो
आफ्नै तरिकाले जिउँछु न रोक
निश्चल छ यो मन मेरो
स्वार्थताको तराजुमा नजोख ।
बचनको घाउ दुख्छ सारै
कटु बचनले न खोप
घमण्डको कालोपट्टिले
तिम्रो सुन्दरता नछोप ।
बुझ सबैलाई सबैमा
आत्मीयताको नाता गाँस
अरुलाई हसाऊ पैला
पछि


नेपालको साँध सिमाना

साँध सिमाना मिच्छ मात्रै
लुच्चो परेछ सँधियार सारै
एकताको बल नदेखाए चाँडै
नेपाली हुँ भन्न पर्नेछ गारो ।
बैरी भित्र पसि सक्यो
जोगाऊ आफ्नो घरवार है
आई लाग्नेलाई जाइ लाग्न
उदाइ राखौं तरवार है ।
अस्तित्व दाऊ लागिसक्यो
अझै किन छौं हामी चुप
भन्न तेसो हुँदैन तर
अगुवाहरू छन्सारै बेकुफ ।
सुशासनको जग हालौं
बनाऊँ सभ्य सुन्दर नेपाल
देश सानै किन नहोस्
तर सोच राखौं विशाल ।
समय खेर फालि सक्यौं
विना अर्थ अर्थैमा
बन्द हडताल नारा जुलुस
गर्छौ किन 

नेता

 ए मेरा देशका कथित नेताहरू हो
कता लाँदैछौ मेरो सुन्दर देशलाई
भन किन स्वार्थी बनेर
भताभुङ्ग पार्दैछौ
झुक्याएर अरुको इसारामा
चलेका छौ किन ?
एक आपसमा जलेका छौ किन
ऐ कथित नेताहरू हो
लाचार भएर गलेका छौ किन
उठ जाग चाँडै उठ ।
आफूलाई सम्हाल्न तिर लाग
विदेशी हावामा नलाग
पराइको नजिक गएका छौ किन
मुलुकलाई धोखा दिन ।
देश के हो बुझ्नुपर्छ
मातृत्वले रुझ्नु पर्छ
शान्ति देशका जनता हामी
अशान्तिको बाटो नरोज ।
ए मेरा देशका कथित नेताहरू हो
कता लाँदैछौ मे

जीवनको सत्य

रुँदै आएथेँ म यो धरातलमा पैले
अब रुवाउँदै एकदिन जानु छ मैले
न केही ल्याएँथे न केही लानु छ
एक्लै आएँथे एक्लै जानु छ ।
चढेर एक दिन बाँसको खाट
बिदा लिनु छ मैले यो दुनियाँबाट ।
बिलाउनु छ एक दिन धुवाँ बनेर
जान्छ रे साथमा पाप पुण्य गनेर ।
यही हो जीवनको तितो यथार्थ
तेरो मेरो गर्नु सबै बेकार छ
उड्नुछ एक दिन खरानी बनेर
किन कराउँछेस्कृष्ण मेरो भनेर ।

आफ्नै जिन्दगी

दुई नाउमा दुई पाउ राखें
यता न उताको भएँ म
गन्तव्य अर्कै तिर थियो तर
अर्कै तिर बहेँ म ।
दोधारमा प¥यो जिन्दगी
कता जाऊ कता भएँ म
न अमेरिकन बन्न सकेँ
न नेपाली नै रहेँ म ।
न त्यो पहिचान भुल्न सकेँ
न यो पहिचानमा खुल्न सकेँ
न आफ्नो सभ्यता भुल्न सकेँ
न छोटा वस्त्रमा खुल्न सकेँ ।
न डिस्कोतिर म डुल्न सकेँ
न आफ्नो संस्कृति भुल्न सकेँ
न आँटो पिठोमा रमाउन सकेँ
न पिजा, बर्गरले अघाउन सकेँ ।
न कमाउन सकेँ न रमाउन सकेँ
न यो मन एकत्रित थमाउन सकेँ
संघार नाघेँ संसार देखिन्छ भन्थे
आफैलाई चिन्ह बञ्चित भएँ ।
गर्नुपर्ने के थियो कतातिर रहेँ
दुई नाउमा दुई पाउ मेरा
न यताको न उताको भएँ म
न अमेरिकन बन्न सके
न नेपाली नै रहेँ म ।
दुई नाउमा दुई पाउ राखें
यता
न उताको भएँ
नेपाल आमा
आमा तिमी अति सुन्दरी छौ
जति हे¥यो ऊति राम्री छौ
सारा विश्व लोभ्याउने
सुन्दर प्रकृति तिमी छौ
माथि चाँदीका पहाड छन्
तल फाँट मैदान छ ।
आमा तिमी विश्वकै राम्री छौ
तिम्रो विश्वमा छुट्टै पहिचान छ
गुराँस छ, पलाँस छ
साल सल्लो टाँकी छ ।
बन जंगल जडिबुटी अनेक छन्
खनिज खोज्न अझै बाँकी छ
जल सम्पदाको धनी तिमी
सौन्दर्य तिम्रो अनेक छ ।
झरना छाँगा झरझर गर्दछन्
रुप तिम्रो अलेख छ
रुप कि रानी तिमी हौ आमा
तिम्रो प्रशंसा म कसरी गरौं
यति चाहन्छु नेपाल आमा
तिम्रो काखमा म मरौं ।

हाम्रो भूगोल

फरक पर्दैन भूगोल आकारमा
सानो होस्वा होस्ठूलो
आफ्नै भूगोल सर्वश्रेष्ठ लाग्छ
दरो होस्वा होस्लुलो ।
अपार माया छातीभित्र
लाग्छ आफ्नै भूगोलको
जोखेर देखाउनलाई
छैन कुनै ढक तुलो ।
आकारमा सानै होस्
हेर्दा बाहिरी तुलनामा
हामीलाई छ हाम्रो भूगोल
आकाश भन्दा अझै ठूलो ।
बसाउँछ टाढा टाढासम्म
आफ्नै ढुङ्गो माटो हामीलाई
त्यही माटोको सिञ्चन गर्छ
हाम्रो मनको आस्थारुपी कुलो ।
प्रकृतिको कलाकृति
सबै हाम्रो भूगोलभरि
हाम्रो भूगोलको सुन्दरतामा
आज सारा विश्व झुल्यो
सारा नेपालीको मनभरि
राष्ट्ररुपी प्रेम फुल्यो ।
जोखेर देखाउनलाई

जन्मभूमि

किन किन आज भोलि
दिन रात रुन्छु आमा
सम्झी सम्झी तिमीलाई
भावविह्वल हुन्छु आमा ।
सेवा गर्छु भन्थें तिम्रो
तर टाढा भएँ आमा
मलमपट्टी लाउँछु भन्थें
तर घोच्नेकाँडा भएँ आमा ।
मुटुभरि घाउ भा’छ
बिछोडको वेदनामा
आँसु मात्र चुइ रहने
थोत्रो भाँडा भएँ आमा ।
कर्तव्यमा चुकेँ तर
धर्मछाडा होइन आमा
कसम तिमीलाई छोडी अब
कतै टाढा गईन्आमा ।
किन किन आजभोलि
दिन रात रुन्छु आमा
सम्झी सम्झी तिमीलाई
त्यसै 

नेपाल

समृद्धिमय बनोस्नेपाल अब
सुख शान्तिमय बनोस्नेपाल अब
भोलि सारा विश्वभरले
भनोस्नेपाल, नेपाल अब ।
प्रकृतिले सुन्दर पारिन्देश
हामी स्वच्छ पारौं अब
धर्तीमा कहीँ छ भने स्वर्गीय आनन्द
हाम्रै देशमा झारौं अब ।
बाटा प्रगतिका खनौ चाँडै
संकल्प गरौं मिलेर अब
प्रदीप्त दीप बाली मनमा
नेपाल झिलिमिली पारौं अब ।
वीरका सन्तान हामी
आँटे नहुने के छ र ?
चिनाऊ विश्व माझमा
नेपाल भन्ने तीन

सन्तति प्रति

मेरो मन मुटुका टुक्रा हौ तिमीहरू
तिमीहरूसँगै छ गाढा नाता मेरो
झरीमा ओत अनि धूपमा छायाँ दिने
तिमीहरू नै भविष्यका छाता मेरो
तिमीहरूकै ओठमा मुस्कान हेर्दै
बितोस्साँझ बिहान प्रभात मेरो
तिमीहरूकै सुख समृद्धि लेख्दै
भरियोस्मनको खाता मेरो
रित्तिँदै छ यो जिन्दगी चाँडै अब
तर नरित्तियोस्तिम्रो सुख शान्तिको चाह मेरो
खडेरी परेको यो मन मुटुमा मेरो
तिमीहरू नै हौ बर्षात मेरो
तिमीहरू नै हौ पूजा आराधना
तिमीहरू नै हौ प्रसाद मेरो
जान्दिन केही यो भन्दा अरु
मस्तिष्क छ अज्ञान मेरो
मात्र यति जान्दछु म केवल
तिमीहरू नै 

यो मनको व्यथा

के नै मागेको छु र
तिमीसँग मैले
राखि दिए पुग्छ यो मन
केवल मुखैले
न बोल कटु बचन
पोल्छ मलाई
यो मुटु जलाउन
चाहिँदैन सलाई ।
चाहिँदै तिम्रो, धन दौलत मलाई
मात्र यो चाहन्छु, न देऊ मन जलाई
तिम्रो निस्तब्धतामा पनि
पोल्छ मलाई
जलिसकेको मन
अब आउँदैन पलाई
कसरी गरौं म अब तिमीसँग
अन्त्यको आशा
कसरी लगाऊ म
त्यसको परिभाषा ।
के जान्छ र तिम्रो, मिठो बोल्दैमा
मुसुक्क हाँसी त्यो ओठ खोल्दैमा
सुन्दरता अझै झल्किन्छ तिम्रो बोलीमा
मिठो बोल्दा तिम्रो मुहारमा टल्किन्छ लालीमा
मिठो बोलिमा बस्छ अरे इश्वर
नमिठो बोलीमा बस्छ रे काल
त्यसैले साँचो र मिठो बोली निकाल
बिन्ती छ मेरो सबै सबैलाई कटु बचन बोलेर


अचम्म लाग्छ

 कसरी चलेको छ मेरो देश
देखेर अचम्म लाग्छ
भताभुङ्ग त्यो परिवेश
देखेर झसङ्ग लाग्छ
शत्रु खुसी तुल्याउन आफै
घरमा आगो झोसेको देखेर
अचम्म लाग्छ ।
गाई मारेर आफ्नो आफैले
अरुको गधा पोसेको देखेर
साह्रै अचम्म लाग्छ
आफ्नो स्वार्थ पु¥याउन
आमा भाकेको देखेर
अचम्म लाग्छ ।
जानी जानी आफ्नै गोडामा
बन्चरो ताकेको देखेर
अचम्म लाग्छ
मानवले नै मानवता
खोसेको देखेर झन
अचम्म लाग्छ ।
आफ्नो अस्तित्व आफैले
लीलामीमा जोखेको देखेर
अचम्म लाग्छ

अजम्बरी कोही छैनन्

 मर्नु छ आखिर एक दिन सबले
अजम्बरी कोही छैन जगमा
धावा बोलिसकेको छ मृत्युले
तिमी हामी सबका सबमा ।
एक्लै आयौं एक्लै जान्छौं
न केही ल्यायौं न केही लान्छौं
किन लोभ लालच घमण्ड बीचमा ।
जीवन भरोसा छैन कसैको
बाँचेको सार छाडौ जगमा
सेवा भाव आत्मीयता राखौं
नगरौं ईष्र्या बिन्ती सबमा ।
ढिलो चाँडो मात्र हो आखिर
मृत्युको लाठी बर्सन्छ सबमा
मर्नु छ भन्ने सोचौं सबले ।
सत्य कर्म गरी अमर रहूँजगमा
मर्नु छ आ

गङ्गा–नारायणी

मुटुकोस्पन्दन भरि बग्छिन्नारायणी गङ्गा
बगेकी छन्कलकल गर्दै युगौंदेखि अखण्ड
यो दूर देशसम्म बग्छिन्दिन रात साँझमा
निरन्तर बग्छिन्सलल यो मुटुको माझमा ।
राष्ट्रको सम्पदा हुन नारायणी गंगा
अस्तित्वको धरोहर हुन्नारायणी गंगा
सप्तगण्डकीको सम्मिश्रण हुन्नारायणी
लालयित छन्जग सारा छुन नारायणी ।
स्पन्दनमा कलकल गर्दै बग्छिन्नारायणी
आँखाभरि छलछल गर्दै बग्छिन्नारायणी
स्वर्गबाट झरेकी आदि प्रयाग हुन्हाम्री नारायणी
धुकधुकीको मधुर धुन हुन्नारायणी ।
सिरानी होस्तिम्रो काखमा म ढलूँ
अहिले टाढा भए पनि मर्दा तिमै्र
काखमा म 

मनभित्र छन्ईश्वर

 धर्म गर्न धेरै टाढा जानु पर्दैन साथी
प्रभु त्यसै खुसी हुन्छन्दया गर दुःखी माथि
मनका आँखा खोलि हेर
ईश्वर हाम्रो नजिक छन्
रोएकालाई हसाऊ तिमी
त्यहाँ ईश्वर आफै हाँस्छन्
जहाँ दया त्यहाँ धर्म
बुझ दिनदुःखीको मर्म
कोमल बनाऊ कठोर छाती दया गर दुःखी माथि
देखावटी तीर्थव्रत
गर्नु पर्दैन साथी
ईश्वर आफै प्राप्त हुन्छन्
दया गर दुःखी माथि ।

स्विजरल्याण्डको सपना

माखो मार्ने खुवी छैन
झार्छु भन्छन्तारा
गरिखाने खुवी छैन
मुखले भ्याउँछन्सारा
स्वीजरल्याण्डको सपना बाँड्दै
लाउँछन्चर्को नारा
आलिशानमा बसेका छन्
भन्छन्सर्वहारा
ज्ञान सीप केही छैन
सत्ताका धेरै प्यारा
कहिले तिर्छन्यिनले अब
जननी र जनताको भारा
दिन हुन्न अव यिनलाई
देशको अभिभारा
सिटामोल नपाएर
तडपिरा’छन्जनता सारा
कहिले पुच्छन्यिनले खै
गरिब निमुखाको अश्रुधारा
महंगीले आकाश छोयो
अनियन्त्रित छ बजार सारा
जलस्रोतको धनी देशमा
सुख्खा छन्हाम्रो धारा
जतिसुकै लाए नि समृद्धिका नारा
२१ औं शताब्दीमा पनि
के य

देशको यादमा

याद आउँछ आफ्नै देशको
हजार चोटि दिनमा
सम्झना लागिरहन्छ
हरेक छिन छिनमा
आफ्नै ढुङ्गा आफ्नै माटो
आफ्नै हावापानी
त्यही मात्र डुलौं भन्छन्
यी आँखाका नानी
सुन्दर हिमाल सुन्दर झरना
सुन्दर परिवेश
विश्वभरकै सुन्दर रहेछ
हाम्रो नेपाल देश
सभ्यता र संस्कृतिका
रहेछौ हामी धनी
उच्च सोच विचार राख्ने
हाम्रा पूर्वज साह्रै ज्ञानी
सीता जन्मिन यही माटोमा
बुद्ध जन्मे महाज्ञानी
प्रण गरौं हामी सबले
बनौं शान्तिकामी

के होइन कविता ?

चेतनाको बगैंचाबाट
शब्दरुपी सुन्दर फूलहरू टिपेर
भावनाको धागोमा
कल्पनाको सियोले उनेको
सुन्दर माला हो कविता ।
धनी गरीब ज्ञानी मूर्ख
रंग लिंग भेदरहितको
सारा मानव मस्तिष्कमा उर्जा र ज्ञान दिने
विभेदरहितको
पाठशाला हो कविता ।
दुःख सुख पीडा मर्म
हाँसो आसु सबै छर्लङ्ग देखिने
यो नाटकीय जिन्दगीको
रंगशाला हो कविता ।
अशिक्षाको अँध्यारोमा
उज्यालो किरण छर्ने
एक उज्ज्वल तारा हो कविता ।
के होइन र कविता
प्रकृति ज्ञान विज्ञान जीवन दर्शन
यथार्थमा भन्नु पर्दा
खुसीको हाँसो अनि दुःखको
अश्रुधारा हो कविता
उर्वर मस्तिष्कको उपज अनि
सृजनारुपी मूलको धारा हो कविता
कुरीति कुसंस्कार कुविचार
सबै मासेर
सद्भावसहितको सभ्य समाज सृजना गर्न
उत्प्रेरणा दिने एक सशक्त नारा हो कविता ।

टोपी दिवस

लगाऊँ सबले शिरमा टोपी
टोपी दिवस हो आज
हामी सारा नेपालीको
शिरको हो यो ताज
लाई राख्नु शिरमा टोपी
भन्नुहुन्थ्यो हाम्रा बाले
विडम्बना किन आज
शिरको टोपी फाल्न थाले
नेपालीत्व झल्काउने हाम्रो
पहिचान ढाका टोपी
डर लाग्छ भोलि कतै
हाम्रो पहिचान गुम्ने हो कि ?
देश विदेश जहाँ रहे नि
लैजाऊ सँगै ढाका टोपी
नेपाली हौं आखिर हामी
भाषा हाम्रो नेपाली हो
भेष दौरा सुरुवाल टोपी
बस्न हुन्न हामी कहिल्यै
अस्तित्व र पहिचान छोपी
सम्मान गरौं भाषा भेषको
कृष्णकुमारी पौड्याल टठ
लगाऊँ सबले ढाका टोपी
परिचय दिऊँ देशको
लगाऊँ सबले ढाका टोपी
आदर्शको दिवस आज
राष्ट्रिय पोसाक लगाऊँ हामी
राष्ट्र र राष्ट्रियता विश्वमा चिनाऊँ हामी
लगाऊँ शिरमा ढाका टोपी
देखिन्छौ हामी दामी ।

देशको चिन्ता

पराईको हातमा पर्छ कि देश
उचाइबाट झर्छ कि देश
यो गतिविधि देखेर लाग्छ
भोलि सबै हुन्छ कि शेष !
के निहुँ पाऊ्रँ कनिक बुकाऊँ
भन्छ हाम्रो छिमेकी देश
न्याय कानुन फितलो छ हाम्रो
सोझालाई मात्र लाग्छ ठेस
विखण्डनको तातो हावामा परी
जल्ने हो कि यो शान्ति देश
देश हाँक्नेहरूलाई केवल
कुर्सी मात्र लाग्छ वेश
कति सुन्नु आश्वासनको नारा
भाषणले मात्र भरिँदैन पेट
सिर्जना नौलो उम्रिँदैन किन
माटो छ हाम्रो सारै नै वेश
देशकै हित सोचौं सबले
मरेर लानु 

रक्तदान जीवनदान

 के कविता लेखौं खोइ रक्तदानको
के परिभाषा दिउँ म यो महादानको
रक्तदान जीवनदान, महादान हो यो
मानवीय सभ्यताको पहिचान हो यो
निश्वार्थ र सद्भावको हो यो महा धर्म
सबैभन्दा महान छ, यो पुण्य कर्म
खेर जाने रगत दिई उपकार गरौं ठूलो
यो उपकार मापन गर्ने छैन कुनै ढक तुलो
हामी जस्तै मानव कति छटपटाउँदै रोएका छन्
विवश भई आँसुले ममता धोएका छन्
रक्त अभावले लुटिदैछन्स्नेहरूपी हात कति
रक्त अभावमै उजाडिन्छन्रंगीन ती माथ कति
गुमाउँदैछन्आफन्तले आफन्तको साथ कति
त्यसैले त रक्तदान गरौं सबले सके जति
धर्म, वर्ण, रंग, लिंग फरक छैनन्कति
एउटै घरका जहान हामी सारा मानव जाति
चाहे हामी युरोपमा हौं, चाहे एशियामा
चाहे हामी अमेरिकामा हौ चाहे अफ्रिकामा
चाहे हामी धरातलमा हौ चाहे लोक जुनमा
लपेटिएर बसौं हामी चाहे हिरा मोति सुनमा
ठण् अन्तर्मनका भावनाहरू– २०७६
आखिर मानिसलाई मानिसकै रगत चाहिन्छ
दुःख विमार पर्दा सधैं स्वच्छ रगत चाहिन्छ
युद्ध, भवितव्य अनि दुर्घटना पर्दा
नसोचेको आपत विपद नाना रोग सर्दा
मानिसलाई मानिसकै रगत चाहिन्छ
मानवीय मूल्य मान्यताको सद्भाव चाहिन्छ
आजै दान गरौं रगत भोलि के के होला
जीवितै रहन्छ नि रगत हाम्रो उडे पनि चोला
दिनेलाई नि फाइदा हुन्छ लिनेलाई झनै फाइदा
विना खर्चको उपकार यो कस्तो राम्रो काइदा ।
आऊँ अब सबै मिली रक्तदान गरौं
मुर्झिएको


आँधी–बाढी

 नशा पिएर आउँछस क्या हो ?
ऐ मौसम तँ कैले कैले
नत्र यो सुन्दर सृष्टि
किन ? विध्वंस पार्थिस तैंले
कैले बाढी कैले पहिरो
कैले आँधी बनेर आउँछस्
कैले सुख्खा खडेरी बनेर
मनको आकाशभरि बादल छाउँछस्
निर्दयी बनेर किन यसरी
गाँस बास सास खोस्छस्
हराभरा सृष्टिलाई
मरुभूमि तुल्य पार्छस्
जनजीवनको सुख चैन सबै
क्षणभरमा विनाश पार्छस्
नत्र किन ? विध्वंसी बनि
तेरो ताण्डव लीला
देखाउँथिस्तैले
नसा पिएर आउँछस्क्या हो
ऐ मौसम त 

तिहार

 किन आउँछ कुन्नी तिहार
यो मन मेरो रुवाउन
अतितको मिठो यादलाई
आँखाबाट चुहाउन
उनेर राखेको छु मखमली माला
छैनन्मेरा दाजुभाइ त्यो माला पहिराउन
सम्झनाको दियो मनमा बलेको छ हुरुरु
किन झर्छ अश्रुधारा मनको दियो निभाउन
बाध्य पा¥यो नियतिले विछोड हुन माइतीसँग
नआएनि हुन्थ्यो तिहार मन मेरो रुवाउन
ढाका टोपी किनेर राखेकी छु बाक्सामा
शिर छैन दाजुभाइको त्यो टोपी लगाउन
भावनाको माला टीका भावना कै निधार तिम्रो
भावनाले लाएँ टीका मन मेरो बुझाउन
दुई भाइ गए पनि एक भाइ छौ नि तिमी
चाँडै फर्की आऊ भाइ चेली चित्त बुझाउन

नेताका खोक्रा नारा

जतिसुकै लाए पनि समृद्धिका नाराहरू
थपिँदैछ जनतामाथि ऋणका भार अmझै अरु
झन्झन्सोसिँदैछन्यहाँ सोझासाझाहरू
जनता ठग्न पल्केका छन्यहाँ छोटे राजाहरू
वीर सपूत त्यसै मरे छैन यादसम्म तिनको
भेटिएको छैन अझै आँगनी दाग खुनको
देश बनाउँछु भन्नेहरूले घरमै कार्पेट हाले सुनको
ऋण कहिले तिर्छन यिनले
शहीदले लाको गुनको
ज्यूँका त्यूँ छन्गरिबका दुःखहरू
कैले हो आ

घमण्ड

 विनासित्तिको घमण्ड किन गर्छन कोही–कोही
अन्धो बनेर मपाईत्वको शिखर किन चढ्छन्कोही कोही
अरुलाई गिराउँछु भन्दै, आफै लड्छन्कोही–कोही
नराम्रो पार्न अरुलाई, आफै माथि धुलो झर्छन्कोही–कोही
अमूल्य जीवन खर्चेर आफ्नो, अरुको जीवन हर्छन्कोही–कोही
मर्नुछ भोलि सबैलाई थाहा छ, अजम्बरी खाएझैं किन गर्छन्।
पलपल पाकिएर बस्छन्, यहाँ कोही–कोही
बाहिर सुम्सुम्याउन तर भित्र डस्छन्यहाँ कोही–कोही
हाँसी खुसी जिऊन छोडी, घमण्डको आगोमा जल्छन्कोही–कोही
घमण्डको धमिरो पालेर मनमा भित्रभित्रै ढल्छन्कोही–कोही
घमण्डले तातेर धेरै पोखिन्छन्यहाँ कोही–कोही
गन्तव्यविहीन भएर आफ्नै प्रतिविम्बसँग ठोकिन्छन्कोही–कोही
नगरौं घमण्ड अब यहाँ कसैले शान्ति र शीतल नै चाहन्छन्सबैले

विदेशको पीडा

भन्छन्यो मौसम घमाइलो छ रे यहाँ
जता हे¥यो उतै रमाइलो छ रे यहाँ
तर म खै किन यो उदासिनतामा हराएँ
यो निर्जन शहरमा एक्लै बस्न डराएँ
त्यसैले त मैले मेरै देश मन पराएँ
विदेशी भाषा भेष विदेशी यो विदेशी भीडमा त्यसै हराएँ
बस्न मन छैन यहाँ तर छोड्न पनि डराएँ
छोराछोरीको भविष्यको लागि भन्दै
कैयौं वर्ष मन नपरीकनै बिताएँ
पाउनु त के नै थियो र आखिर यहाँ
केवल आफ्नो अस्तित्व र पहिचान गुमाएँ
नगर्दा हुन्छ विदेशिनेरहर कसैले
त्यहाँ मन रम्दैन कसैको
जुन काठको बोक्रो मिल्छ उही काठमा
कसै त्योजम्दैन अन्य कुनै काठमा
त्यसैले त मेरो स्वर्गजस्तो देश मन पराएँ
मेरै स्वर्ग 

महाकविप्रति

लक्ष्मी तिम्रो १११ औं जन्मजयन्तीमा
लाख लाख सम्झना एवं नमन महाकवि
आजैका दिन उदाएथ्यौ तिमी
हाम्रो साहित्य आकाशमा
युगौंयुग प्रकाश छर्न आयौ
तिमी बनेर उज्ज्वल रवि
तिम्रो भौतिक शरीर छैन
आज हामीहरू माझ
तथापि तिमी धड्किरहेछौ
नेपाली मन मुटुमा हरदिन साँझ
साहित्यका पुञ्ज तिमी
मानवताका पुजारी थियौ
तिम्रो अथक प्रयासले हाम्रो
भाषा साहित्यको ढोका उघारी दियौ
नेपाली साहित्यको मूल मुहान तिमी
बगिरहेछौ तिमी हाम्रो स्पन्दन भरि
बसेका छौ लक्ष्मी तिमी आज
सारा नेपाली मन मुटु माझ
तिम्रो अतुलनीय यो देनको
ऋणी छौं हामी सधैंभरि
तिम्रो जन्म जयन्तीमा श्रद्धा सुमन महाकवि
सगरमाथाझैं अग्लियोस्तिम्रो छवि
तिमीलाई लाख लाख श्रद्धा सुमन महाकवि
तिमीलाई ला

दम्भ

मानिसमा आजभोलि भरिँदै छ दम्भ
आफ्नो मन आफ्नो वसमा छैन कसैसँग
बदलियो शहर अनि रहर बदलियो
बदलिँदैछ अचेल मान्छे आफैसँग
मुखले राम राम भन्छ बगलीमा राख्छ छुरा
परिपूर्ण मानिस अचेल बन्दैछ अधुरा
न ममता छ न समता छ त केवल दम्भ
मानिसलेधरातल बिर्सिएको देख्दा लाग्छ अचम्म
आफै सर्वेसर्वा ठान्छ भरिएर दम्भ
अरुलाई भुसुना सरि ठान्छ आफूलाई देख्छ अजङ्ग
मानिसको शत्रु हो दम्भ भन्ने कुरो
धैर्यताको नाम निशान हुन्न ऊसँग
बार बार भन्छ चिता नगर है दम्भ

आमाको पुकार

लिपुलेक हेर्न जाओ
कालापानीमा घेर्न जाओ
भन्दै नेपाल आमा अहिले
रोईकि छिन धरर
मेची काली आँखा लायो
दिन दहाडै डाँका लाग्यो
आँसु पुछ्दै भन्छिन्आमा
विदेशीले छाती मेरो चि¥यो सरर
अस्मितामा हात हाल्यो
ढुकढुकीमा लात हान्यो
भन्छिन्आमा त्यही पिरले
भा’छु अचेल थरर
उसको लागे पुगेसम्म
नामनिशान मेट्छ मेरो
आऊ मेरा वीर गोरखाली
सन्तान हो आऊ बैरी पार थरर
त्यो दुष्टको सातो काड
नेपालबाटै खेदी छाड
आफ्नो भूमि फिर्ता ल्याउन
पछि नपर
लातकोभूतले हेप्यो
बातले मान्दैन
आई लाग्नेलाई जाइ लागौं
हामीलाई पाप लाग्दैन
राष्ट्र र राष्ट्रियता धरापमा परेको छ

लिपियाधुरा हाम्रो हो

सार्वभौम र स्वाभिमान हामीसँग भएदेखि
टेक्न नदिउँ वैरीलाई हाम्रो देशको सिमारेखी
मेची खायो काली खायो, लिपियाधुरा खानलाई
गरिरा’छ बैरीले आझै मरिमेटी
मुखले ठिक्क पार्छ, नाता लाउँछ रोटी बेटी
पाएसम्म हामीलाई मार्छ त्यसले रेटी–रेटी
आई लाग्नेलाई जाई लागौं उठौं जागौं तीन कोटि
लातको भूत बातले मान्दैन, मैदानमा हामी भिडौं एकचोटि
स्वाभिमान र सार्वभौममा धक्का दियो बैरीले
उठौं जागौं नेपाली हो झारौं त्यसको सेखि
देश दुख्यो आमा दुखिन हामी सबै दुखेका छौं
युगौंदेखि सहेका छौं, अब पनि सहने हो कति
अखण्ड नेपाल बचाऔं हामी सबै जुटेर
सीमाबाट बैरीलाई खेदौं कुटेर

म परदेशी

म प्रदेशमा आए पनि मनमा नेपाल बोकि ल्याछु
उच्च शिखर सगरमाथा आँखाभरि छोपि ल्याछु
प्राणभन्दा प्यारो हुन्छ परदेशीलाई आफ्नो देश
त्यसैले त चन्द्रसूर्य अंकित झण्डा मनभरि खोपि ल्याछु
जहाँ रहे नि जहाँ बसे नि मन हाम्रो नेपाली हो
नेपाल भन्ने तिन अक्षर मुटुभरि घोकि ल्याछु
आफ्नो भाषा भेष प्यारो सात समुन्द्र पारीसम्म
त्यसैले त आउँदा सँगै गुनिऊँ चोलि ल्याछु
नेपाली हौ हामी आखिर मातृभाषा नेपाली नै हो
पहिचान जोगाइ राख्न मातृभाषा बोलि ल्याछु
अमृत जस्तै रसिलो छ मन अनि पन राम्रो
निरन्तर बगिरहने सद्भावको खोली ल्याछु
सभ्यता र संस्कृतिलाई जोगाएर राखौं भन्दै
दशैं तिहार चाडपर्व सबै मनमा बोकि ल्याछु
नेपाल छोडी आउँदा मैले दौरा सुरुवाल टोपि ल्याछु
उच्च शिखर सगरमाथा आँखाभरि छोपि ल्याछु ।


शुभकामना

 आज तिम्रो जन्म दिनमा म के दिऊँ उपहार तिमीलाई
तिमी मुस्कुराऊ सदा सदा यही शुभ आशीर्वाद तिमीलाई
आएका थियौ आजका दिन हाम्रो कुलमा तिमी गौरव बनेर
उदाएका थियौ आजैका दिन हाम्रो मनको शौरभ बनेर
बिहानीको किरणझैं चम्किलो बनोस्तिम्रा दिनहरू
चन्द्रमाको चाँदनीझैं उज्यालो बनोस्तिम्रा क्षणहरू
केवल हाम्रो सन्तान नभएर विश्वको जहान वन तिमी
तिम्रो कला र कौशल पुरुषार्थले विश्वकै महान बन तिमी
हामीले चाहेर हुन्छ भने संसारका सबै खुसी तिमीलाई मिलोस्
तिम्रो सारा जीवनभरि खुसी नै खुसी फलोस्फुलोस्
तिमी हाँसी रहूसदा सदा हामी त्यसैमा रम्दछौं
आफैलाई बिर्सिएर तिम्रो उज्ज्वल भविष्य गम्दछौ
तिम्रोजन्मोत्सव हाम्रो पर्व हो त्यसैले तिमीलाई
शुभकामना, शुभकामना लाख लाख शुभकामना ।
 

भूकम्प

 दिन दहाडै चोर पस्यो
मेरो देशमा हिजो अस्ति
घेरा हाली चारैतिर
लुट्यो शहर गाउँ बस्ती ।
जन लुट्यो धन लुट्यो
नेपाली को मन लुट्यो
नियतिको मुग्रो लिई
एक साथ सबलाई कुट्यो ।
खोल्सादेखि भिरसम्म
सगरमाथा शिरसम्म
मच्चाइ दियो कोलाहल
क्रन्दनको ज्वालामुखी फुट्यो ।
न त छोड्यो हिमाल हाम्रो
न त छोड्यो पहाड तराई
मर्नेहरू त मरि गए
बाँच्नेहरू डराइ डराइ ।
सिउँदो पुछ्यो काख रित्यायो
घरबार सारा लुटि दियो
तिनकोटी नेपालीको
अस्तित्व नै भुटिदियो ।
 

मेरो मातृभूमि

रगतमा पोतिदै छ, मेरो मातृभूमि
बारुदमा ठोकिदै छ, मेरो मातृभूमि
भूगोलमा छोटिदै छ, मेरो मातृभूमि
इतिहासमा मेटिदै छ, मेरो मातृभूमि
भागबण्डामा जोखिदै छ, मेरो मातृभूमि
प्रगतिमा रोकिदै छ, मेरो मातृभूमि
कुसंस्कारमा दौडिदै छ, मेरो मातृभूमि
स्वार्थतामा पौडिदै छ, मेरो मातृभूमि
उचाइमा होचिदै छ, मेरो मातृभूमि
दुई ढुङ्गाले चेपिदै छ, मेरो मातृभूमि
उल्टो बाटो मोडिदै छ, मेरो मातृभूमि
ढुङ्गे युगमा जोडिदै छ, मेरो मातृभूमि
सुख शान्ति हराउँदै छ, मेरो मातृभूमि
आफ्नैसँग डराउँदै छ, मेरो मातृभूमि ।

कालापानीबाट हट

 सानो देखेर नहेप मलाई
म आगोको झिल्को हुँ
आफ्नै अस्तित्वमा अडेको
स्वच्छ सफा दिलको हुँ
सानो र थोरै देखेर नहेप मलाई
म मूल्यवान हिराको टुक्रा हुँ
गरिब छ भनेर नसोच मलाई
म अनमोल प्राकृतिक खजानाको थुप्रो हुँ
जानकी जन्मेको माटो मेरै हो
बुद्ध जन्मेको पाटो मेरै हो
म सारा भूगोलको शिर हुँ
आफ्नो माटोलाई सर्वस्व ठान्ने
म नेपाली वीर हुँ
न कसैसँग रिसराग छ मेरो
न कसैसँग जलन छ
आई लाग्नेलाई जाई लाग्ने
मेरो वीर पुर्खाको चलन छ ।
त्यसैले सानोदेखेर नहेप मलाई
म आगोको झिल्को हँु जलाउन सक्छु
होस्गर नखेल मसँग
म खरानी तुल्याउन सक्छु तिमीलाई
कृष्णकुमारी पौड्याल डछ
अन्याय सहन सक्तिन म
म न्यायको पुजारी हुँ
म शान्ति देशको शान्तिकामी
म शान्तिको रखवारी हुँ
म आगो हुँ नखेल मसँग
नहेप म सानो भनि
एक इन्च चाहिँदैन अरुको
एक रति अब छोड्दिन मेरो पनि ।
 

आफ्नै धरा

आफ्नो धराभित्र सारै रम्दोरहेछ यो मन
आफ्नो ढुङ्गा माटोसँग जम्दोरहेछन्यो मन
डाँडापाखा पखेरा झर्ना छाँगा वन
जति हे¥यो उति हेरौं लाग्छ झन झन
एकै झल्को देखे पनि आनन्दित यो मन
हामीसँग कति धेरै प्राकृतिक धन
विदेशको महल ठूला झिलिमिली झन
विडम्बना त्यो भित्र रमेन यो मन
केवल पाएँ त्यो भित्र उराठिलो पन
अजीव छ शहर तर निर्जीव मन
बोकेर बाँचे जस्तो कृत्रिम तन
यथार्थमा भन्नु पर्दा नढाँटीकन
त्यहाँ कहिँ कतै मैले पाइन आफ्नो पन
लाग्यो त्यहाँ विवशतामा छन्सारा जन
त्यसैले त आफ्नै देशमा आनन्दित मन
बिर्सि नसक्नु छ नेपालीको आतिथ्यपन
आफ्नै धराभित्र सारै रम्दो रहेछ यो मन
आफ्नै ढुङ्गा माटोमा जम्दोरहेछ यो मन ।।

मेरो गाउँ

बस्ती रित्तिएछ अचेल मेरो
शून्य भएछ गाउँ अचेल
तितेपातीले ढाकेछ ढपक्कै
म खेलेको ठाउँ अचेल
पुरानो बनेछ घर मेरो
भत्किएछ मझेरी अचेल
वातावरण बिग्रिएर दुषित बनेछ
पँधेरी अचेल
सुन्दर फूलहरू काँडा बनेछन्
कोपिलाहरू टाढा भएछन्
गाउँलेहरू विकास खोज्दै
शहर पसेछन्
मर्दापर्दा साथ दिने
कोही रहनेछन्
हल्ला सुनेको थिएँ
मेरो गाउँको मुहार फेरिएको छ रे
तिब्रगतिमा उन्नति प्रगति भाको छ रे
सुनेको थिएँ गाउँमा विकास ठूलै गाको छ रे
खुसी लाग्थ्यो सुन्दा समाचारहरू
झनै खुसी लाग्थ्यो पढ्दा अखबारहरू
तर यथार्थमा जनता झुक्याउने दाउ रहेछ
मेरो गाउँ त सधैं दुख्ने घाउ भएछ
देश हाँक्ने सारथीहरू स्वार्थमा झुलेका रहेछन्
सोझा जनता हल्लामा भुलेका रहेछन्

मेरो प्यारो चितवन

कति स्वच्छ कति सुन्दर कति घमाइलो
सबै ठाउँ भन्दा लाग्छ चितवन रमाइलो
स्वच्छ हावा स्वच्छ पानी स्वच्छ घामछायाँ
मनभरि मुटुभरि चितवनको माया
महाभारत र चुरे पहाडले घेरिएको राप्ती दून
नारायणी र राप्तीले सिंचित यो उपवन
नेपालको मुटु हो यो नेपालीको आँखा
सयौं थरि भेषभुषा सयांै थरि भाषा
हराभरा वन जंगल, विश्व सम्पदाको खानी
देशहभरलाई पुग्ने यहाँ फल्छ अन्नवाली
हरियाली डाँडाकाँडा, उर्वर भूमि राम्रो
विश्वलाई नै लोभ्याउने, सम्पदा छ हाम्रो
पवित्र यो पुण्यभूमि देवघाटधाम
गुञ्जिएकै छ दिन रात हरेराम राम
अविरल बगेकी छन्पवित्र नारायणी गंगा
कर्तव्यमा नचुक है भन्दै हामीसँग
अति सुन्दर अति स्वच्छ धेरै रमाइलो
सबै ठाउँ भन्दा लाग्छ चितवन रमाइलो
 

कालसँग विवाद

के गर्छस्कति गर्छस्गर पापी काल तैंले
कति मात्रै रमाउँछस्बरु लगि हाल तैंले
दाजु लगिस्भाइ लगिस्आमा बुवा लगिस्पहिले
निष्ठुरीपन तेरो देखाइ सकिस सबै तैंले
खोसिएका मेरा आफ्ना भन अब पाउँछु कैले
विछोड गराइस्सबैसँग किन पापी काल तैंले
मुटुभरि पीडा दिइस्आँखामा दिइस्ताल तैंले
कहिले पनि सुनिनस्रोदन क्रन्दनको छाल तैंले
के गर्छस्गर पापी काल तैंले
कति मात्रै रुवाउँछस्बरु लगि हाल तंैले
 

भुइँचालो

सुनकोशीमा पहिरो पोहर अहिले भुइँचालो आयो
हाम्रो इतिहास मेट्ने कस्तो दिन कालो आयो
आफ्नो सारा गुमाएर हात थाप्ने पालो आयो
बीरहरूको लाज छोप्न विदेशीको टालो आयो
दुःखमा सहायता दिन हात धेरै थिए
आँसु पुछ्ने बहानामा हडप्नेको जालो आयो
मन्त्री आयो मन्त्राणी आईन अनि जेठान सालो आयो
नियति नै कालो आयो विदेशीको टालो आयो
सुनकोशीमा पहिरो पोहर अहिले भुइँचालो आयो
प्रकृतिको नियम सबले मान्नै पर्ने पालो आयो
प्रकृतिलाई नुबझ्नाले आज भुइँचालो आयो
जेजे गर्छस्गर भन्दै टाउको थाप्ने पालो आयो
नेपालीलाई दुःख दिने नियति नै कालो आयो ।
 

सुकोमल हाम्रो नेपाल

सुकोमल फूलबारीमा कठोर परे मालीहरू

लुछाचुँडी मात्रै गर्छन्सारै रैछन्जालीहरू

पराईले मासिसक्यो सिमानाका आलीहरू

अझै तिनको चाकडीमा बजाउँदैछन्तालीहरू

आफ्नो भन्नु मात्रै हुन्छन्सारै जालीहरू

मौका पारी दुई कौडीमा बेच्छन्मेची कालीहरू

आफ्नै आमाको चोक्टा लुछ्ने यो दलालीहरू

नत्र किन बुझ्दैन त्रासमा छन्सुस्तामा नेपालीहरू

राजधानीमा मात्र बस्छन्थापेर आफ्नै थालीहरू

बुझ्ने कोसिस गरेनन्कहिलै

कति शोकाकूल कति काकाकूल छन्नेपालीहरू

आमाको चोक्टा भाग लगाउन व्यस्त छन्जालीहरू

हेर्दाहेर्दै पराइले मिचीसक्यो आलीहरू

सुकोमल फूलबारीमा कठोर परे मालीहरू

लुछाचुँडी मात्रै गर्छन्सारै जालीहरू


आफ्नै जन्मदिन

 न कुनै सिर्जना न उपलब्धी कुनै
तथापि एक वर्ष बित्यो आज
दिन हप्ता महिना गन्दागन्दै
फेरि समयलेजित्यो आज
आशा उमंगका लहर थिए मनमा
सुन्दर फूलझैं थिएँ सबै माझ
विधि भनौ या विडम्बना
ओइलिएर झर्न तयार छु आज
उज्ज्वल थियो मनको दियो
मलिन भै रित्तियो आज
के के गरौंला भन्दै थिए
आफ्नै सिरानीले थिच्यो आज
आँगन पनि टाढा लाग्छ
धडकन कसले खिच्यो आज
आफ्नो जीवन सम्झिएर
आँसुले आँचल भिज्यो आज
हारेँ आखिर म
समयलेमलाई जित्यो आज
दिन हप्ता महिना गर्दै
फेरि वर्ष एक बित्यो आज

मानवीय गुण

सबैलाई सम्मान गर्ने बानी हुनुपर्छ
सबैलाई समान देख्ने दुई आँखाका नानी हुनुपर्छ
आदर्श सद्भावको खानी हुनुपर्छ
कर्तव्य निष्ठा अनि स्वाभिमानी हुनुपर्छ
जगतलाई केही दिन सक्ने दानी हुनुपर्छ
मानव सभ्यता मनन गर्ने ज्ञानी हुनुपर्छ
कर्मठ पाखुरी अनि इमानी हुनुपर्छ
मृत्युपछि पनि बाँच्न सक्ने निशानी हुनुपर्छ
देशले रगत मागे बलिदानी हुनुपर्छ
नत्र आफ्नो जीवन आफैलाई भारी हुने गर्छ ।

देश डुब्न कति बेर

साँध सिमाना मिचिसक्यो
छिमेकी परेछ सारै खराब
नेता बटुलेर पियाउने गर्छ
सधैं दूतावासमा शराव
आफ्नै हाली मुहाली गर्न
आफ्नै झोली तुम्बा भर्न
हेर्दै छ उसले दुरदराज
बाहिर बाहिर कन्याउँछ
भित्र छिया छिया बनाउँछ
चुर्लुम्म पारेर हामीलाई
गर्न खोज्दै छ उसले राज
बेलैमा होस्पु¥याउँ हामी
नत्र खोसिन्छ भोलि
नेपाल आमाको काख

नारी

कहिलै स्वतन्त्र छैनौ नारी तिमी
सधैं बन्धनमा छौ अरुको
तिमीभन्दा स्वतन्त्र छ होला
पिंजडाको सुगा बरु यो
वाक स्वतन्त्रता छ बरु उसलाई
जे बोलोस्धेरै मिठास हुन्छ
तर तिम्रो जिब्रोमा त
लगाम अरुकै हुन्छ
ऊ बोल्दा रमेर सुन्छन्
शब्द शब्द मनमा गुन्छन्
तर नारी तिमी बोल्दा किन
तिम्रो जिब्रो तिनैले थुन्छन्
न कहिले स्वतन्त्र थियौ
न अब कहिल्यै हुन्छ्यौ नारी
जाग उठ अब चाँडै
नत्र युग युग रुन्छ नारी

स्वार्थ

हिजो आज मान्छेहरू किन यति दुष्ट भए
अरुलाई निचरेर आफू मात्रै पुष्ट भए
अरुलाई रुवाएर आफू हाँसी रहूँभन्दछन्
चेतनशील प्राणी पनि किन यति सुस्त भए
बल्ल थाहा पाइयो मान्छे यतिसम्म गिर्दो रहेछ
आफ्नो स्वार्थ पूरा गर्न लाखौंलाई पिर्दो रहेछ
नैतिकताको ख्याल गरे किन ? यस्तो हुन्थ्यो मान्छे
हाँसी हाँसी जिउन छोडी पछुताउँदै रुन्थ्यो मान्छे
मानवता नै बिर्सिदिने किन यति रुखो मन
लाने आखिर के नै हो र ! किन चाहियो धेरै धन
खरानीको धुलो न हो जिन्दगीको यथार्थता
गन्तव्यको बाटो भुली हिँड्छ मान्छे कता कता ।

जीवनको पाटो

यो मेरो जीवनको बाटो भरि
कति उकाली ओराली काटेँ
यो मनको खुसी र उमंगसँग
कति सुस्केरा अनि कहाली साटेँ
तथापि भविष्य सुन्दर लाग्थ्यो
गन्तव्यको गोरेटो उज्ज्वल लाग्थ्यो
कर्तव्यमा पूरा भरोसा थियो
धर्म र संस्कृतिमा आशा थियो
तर आज एक्कासी यो मनमा
निराशाको आँधीहुरी आयो
जिन्दगी र लक्ष्यको बीचमा
निकै लामो दुरी आयो
वसन्त ऋतुमा पनि अचेल
मनको पालुवा डढेको छ
उजाड भएर जिन्दगी यो
खोक्रो रुख जस्तै लडेको छ ।
लुटिएझैं लाग्छ सपना
अब छैन मनमा कुनै चाहना
खोजिरहेछु अब त केवल
मृत्यु अँगाल्ने कुनै बहाना

समय

जब समयलेसाथ दिन्छ, भाग्य आफै लम्किन थाल्छ
आँखामा बग्ने ती अश्रु पनि मोति बनेर चम्किन्छ थाल्छ
ढुङ्गा भन्दा कठोर मन पग्लिएर पानी बन्छ
कौडी नदिने कञ्जुस पनि दिल खोलेर दानी बन्छ
उराठलाग्दो जिन्दगीमा नयाँ सुनौलो बिहानी हुन्छ
जिन्दगीका कथा व्यथा रमाइलो कहानी हुन्छ
छोडि जाने निष्ठुरीले फर्केर हात दिन्छ
जब समयलेसाथ दिन्छ सबै कुराले राहत दिन्छ
हिजो घात गर्नेले आज निहुरिएर माथ दिन्छ
निभेको आगो कसले ताप्छ र बलेको आगोले ताप दिन्छ
तर विडम्बना आफूलाई त न समयलेसाथ दियो
न जिन्दगीले राहत दियो केवल भाग्यले आघात दियो
जब समयलेसाथ दिन्छ भाग्य आफै लम्किन थाल्छ
आँखामा बग्ने ति अश्रु पनि मोती बनेर चम्किन थाल्छ ।
आँखामा बग्ने ती अश्रु पनि
मोति बनेर चम्किन्छ थाल्छ

नेतालाई जनताको प्रश्न

कति सुन्नु तिम्रा मात्रै कुरा
अब हाम्रो पनि सुन नेता
के सम्झिनु तिमीलाई
खै ? के लायौ र गुण नेता !
खुसी दिने बहानामा
दियौ धेरै पीडाहरू
राष्ट्र र राष्ट्रियता माथि
छ¥यौ नुन चुक नेता !
भ्रमित पा¥यौ धेरै चोटि
रक्षक नै भक्षक बन्यौ
शान्ति धुन बज्ने देशमा
पराई धुन सुन्थेऊ नेता !
गिद्दे नजर राखेर
जाल हान्यो छिमेकीले
हाम्रो प्यारो नेपाललाई
त्यही जालोमा उन्यौ नेता !
सयौ थरी जातजाति
कति राम्रो मेल थियो
जातियताको राँको बाली
शान्ति मुहान थुन्छौ नेता !
ज्ञण्ण् अन्तर्मनका भावनाहरू– २०७६
अखण्डतामा आँच ल्यायौ
देशमा नाङ्गो नाच ल्यायौ
केवल आफ्नो स्वार्थ मात्र
औंला भरि गुन्यौ नेता !
विदेशीको इशारामा
भ्रमित पारी आफैलाई
विखण्डनको बाटो तिमीले
कसका लागि चुन्यौ नेता !
देशको कविता 
देशको कविता लेखौं भन्छु
आँसु बर्साउँछ मेरो कलम
शान्तिका कविता लेखौं भन्छु
आफैलाई बर्साउँछ मेरो कलम ।
बुद्धका कविता कसरी लेखौं
देशमा शान्ति हराएको बेला
रक्तरञ्जित बनेर मौसमले
बारुदको वर्षा गराएको बेला ।
भूगोलका कविता कसरी लेखौं
साँध सिमाना मिचिएको बेला
इतिहासका कविता कसरी लेखौं
आफ्नो बागडोर पराईबाट खिचिएको बेला
देश बनाउनेहरू नै खराब परेको बेला
सुख समृद्धिहरू के लेखौं खै ?
महंगी र भ्रष्टाचार बढेको बेला ।
शहीदको कविता कसरी लेखौं
बलिदानको मूल्य हराएको बेला ।


जननी

 छाती भित्र मुटु चलेर के गर्नु
मुटु भित्र धडकन चलेन भने
यो स्वप्नील हाँसो हाँसेर के गर्नु
मनमा राष्ट्रद्वीप बलेन भने
कसरी होला मनमा शान्ति
घरमा युद्ध हुँदैछ भने
कसको ओत लागौंला हामी
घरको छानो चुँहिदैछ भने
आँचल कसको ओढौंला फेरि
नेपाल आमा रहिनन्भने
अस्तित्व हाम्रो रहला कहाँ
जननी तिमी भइनौ भने ।



आमा

 कुन शब्दले कसरी गाउँ म
आमा तिम्रा गुणगानहरू
तिम्रो निश्चलताको सामु
फिक्का लाग्दछन्भगवानहरू
करुणा कि सागर तिमी
स्नेह कि सरोबर हौ आमा
सभ्यता कि जननी तिमी
सृष्टि कि धरोहर हौ आमा
आफू ओईलिएर अरुलाई सुभाष छर्ने
प्रकृति कि पवित्र फूल हौ आमा
निरन्तर माया बगाउने
तिमी ममताकी मूल हौ आमा
सन्तानकै सुन्दर सपना देख्थ्यौ
आफ्ना सुन्दर सपना छोडेर
सन्तानकै जीत हेर्न खोज्थ्यौ
सधैं आफू हारेर
सदा सदा मुस्कुराउ छ्यौ
आँसुले आँखा धोएर
आँसुहरू रित्याउछ्यौ
सन्तानकै पीडामा रोएर
कुन शब्दले दिउँ आमा !
परिभाषा अब तिम्रो
सन्तान खुसी राख्ने
एउटै अभिलाषा तिम्रो
ज्ञण्द्ध अन्तर्मनका भावनाहरू– २०७६
बेहिसाब छन्आमा यहाँ
तिमीले लगाएका गुणहरू
जुनी जुनी तिरे पनि
सकिदैनन्यी ऋणहरू
तर पनि प्रण गर्छु आमा
तिमीलाई हँसाउन
मेरो हृदयभरि
तिमीलाई बसाउन
तिम्रो मात्र कहाँ हो र आमा
नेपाल आमाको पनि ऋणी छु
तिम्रो आँचल भित्र सगौरवले
जिउने छु जिउने छु

मेरो चञ्चल मन

 किन सपना मात्र बुन्छ यो मन
विपना त्यसै बिगारेर
किन कल्पना मात्रै तुन्छ यो मन
यथार्थ त्यसै उघारेर
रातको सन्नाटामा पनि
निदाउँदैन यो मन
अतीत आफ्नो सोचेर बस्छ
व्यथा बाध्यता हेला तिरस्कार
सबै सबै देखेर बस्छ
मनका पाना भरि भरि लेख्छ आफ्ना कथाहरू
आफूले भोगेका सबै व्यथाहरू
मनका पानामा लेख्छ मेट्छ
यस्तै यस्तै गर्दैछ अचेल यो मन
खुसी र उमंगहरूमा अमिलो छर्दैछ मन
कहिले खुम्चिन्छ कहिले तन्किन्छ
चाहिने सबै बिर्सन्छ
नचाहिने कुरा सबै सम्झन्छ ।
आफै भाँचिन्छ आफै जोडिन्छ
आफ्नै सुरले तोडिन्छ मोडिन्छ
लाग्छ यो मन अपाङ्ग बनेर
ज्ञण्ट अन्तर्मनका भावनाहरू– २०७६
लडखराउन थालेको छ
आफैसँग आत्तिएर होला
एक्लै बर्बराउन थालेको छ
सानो पीडामा पनि हडबडाउन थालेको छ
चैत्रको खडेरीमा आँसुले गल्छ
साउनको झरिमा डढेलो बल्छ
मन त दरो र खरो हुनुपर्छ भन्थे
आफूलाई कस्तो कमजोर मन परेछ
के गर्नु जस्तो भए नि चित्त बुझाउनु पर्नेरहेछ यो जिन्दगी
लिसोझैं टाँसिएको छ यो मन
छुटाउनु पनि मिल्दैन
अस्तित्वसँग गाँसिएको छ
फुटाउन पनि मिल्दैन यो मन
विवशतामा धेरे चोटि
मरिसकेको छ यो मन
आजभोलि मृत्युसँग निकै
डराउँदैन यो मन
वार वार भन्ने गर्दछु यो मनलाई
विचलित भएर होइन
धैर्यताले बाँच्न सिक
तर
कदापी मान्दै मान्दैन यो मन
नजिउन सक्छ यो मन
न मर्न सक्छ
अर्धजीवित भएर यो मन
आफ्नै अस्तित्व

किन ? किन ?


किन किन आजभोलि
एकलकाँटे भा’छु म त
आफैबाट टाढिएर
पराइ हुन ला’छु म त ।
सम्हालिन खोज्दा खोज्दै
बहकिने भा’छु म त
आफ्नै मनको दुःखले
अत्तालिँदै गा’छु म त ।
सुख शान्ति चैन खोज्न
धेरै टाढा आ’छु म त
आफ्नो पहिचान बिर्सिएर
हराउँदै गा’छु म त ।
स्वतन्त्र यो मुलुकमा नि
डराउँदै गा’छु म त
आमालाई रुवाएर
आफू हाँस्ने भा’छु म त ।
आफैसँग भागी भागी
हिँडिरा’छु अचेल म त ।
किन किन आज भोलि
एकलकाँटे भा’छु म त ।

सुझाव

आँखा तरेर तिमीले
रुखो बचन नबोल
तिखो तीरझैं गढ्छ मनमा
तिमी रुखो बचन बोल्छ्यौ जब
धारिलो लाग्छ त्यो बचन सारै
दुख्छ, पोल्छ, घोच्छ छाती
के थाहा तिमीलाई
त्यो बचनको प्रहार
कति ? पर्छ म माथि
बिरसिलो लाग्छ जीवन
बचन प्रहारले होला
ओठमा मुस्कान छैन कहिलै
आँखामा छ बग्ने खोला
समानताको युगमा पनि
किन यति विभेद छ
सम्मान गर्न सिक अब
अपमान गर्न निषेध गर
कति सुन्दर छ यो जीवन
तिमी निश्चल आँखाले हेर
जुनझैं टल्किने जिन्दगीमा
नलगाऊ कालो बादलको घेरा
शंकाको घेरा तोड अब
आडम्बरलाई छोड तिमी
जुनी जुनीसँगै जिउने

नारी

रविकी रोशनी हौ नारी तिमी
पूर्णिमा कि होऊ तिमी चाँदनी
सृष्टिकी धरोहर हौ तिमी
प्रकृति कि हौ संजिवनी
ममता कि सागर होउ नारी तिमी
स्नेह कि सरोवर हौ
सुन्दरता कि प्रतिमूर्ति तिमी
तिमी आफैमा सम्पूर्ण छौ
झरिमा घोम हौ तिमी
धुप कि तिमी छायाँ हौ
कहिल्यै नसुक्ने अविरल बग्ने
तिमी निश्चल माया हौ
मर्यादित नाता छ तिमीसँग
तिम्रो स्नेहतामा सृष्टि छ दंग
तिम्रो सभ्यतामा अडेको छ धरोहर
कमि छैनौ कोहीमा तिमी
सबैमा तिमी छौ बरोबर

न्यानो सहारा

सडक होस्या गल्ली गल्लीमा
रोग र भोकले जो छन्विचल्लीमा
गर्दैनन्कोही किन विचार
नाम मात्र राख्छन्खाते आवारा
घर न घाटको पढाइ न पाठको
न न्यानो माया छ ममतामयी हातको
न भोकमा भोजन छ न निन्द्रा छ रातको
सारै बिजोग ती नवजातको
के छ र दोष विचरा तिनको
कष्ट भोग्दै छन्मानवताहीनको
आफ्नै आफ्नाले गरेर घात
विवशतामा परे देउता साक्षात
पुछ्दै ती नयनका अश्रुधारा
खोजि रहेछन्न्यानो सहारा
बुझौं सबैले दुःखीको मर्म
ढुङ्गा पुजेर हुँदैन धर्म
मानवताको ढ्वाङ्ग फुकेर
संवेदनहीन नबनौं लुकेर
दिऊँ सबैले न्यानो सहारा
न होऊन कोही खाते आवारा ।

परिवर्तन

समयलेयतिखेर अलिकति स्वाभिमान बोकेको देखेँ
चट्टानका मनमा मानवीय समवेदनाले कोपेको देखेँ
स्वप्निल भ्रमबाट उन्मुक्त भएर यथार्थ रोपेको देखेँ
कथित क्रान्तिका नारा लगाउनेले शान्तिको पाठ घोकेको देखेँ
यतिखेर जे देखेँ सबै राम्रै, राम्रै होला जस्तो देखेँ
उज्ज्वल भविष्यको बिहानी उदाएको देखेँ
मातृत्वहरूमा स्नेहका घडा रसाएको देखेँ
मातृत्वको सुवास जताततै पलाएको देखेँ
आस्था र अस्तित्वहरू टुसाएको देखेँ
यतिखेर जे देखेँ सबैतिर राम्रो राम्रै देखेँ
लामो अन्तरालपछि आमा हाँसेको देखेँ
फाटेकोमनहरूमा खाटा बसेको देखेँ
कुना कन्दरासम्म खुसी छाएको देखेँ
भाग्यभन्दा कर्ममा विश्वास पलाएको देखेँ
समग्रमा यतिखेर जे देखेँ सबै राम्रै देखेँ
अब प्रगतितर्फ सबै उन्मुख भएको देखेँ
तर विडम्ब्ना युवापिंढी जति विदेशिएको देखेँ
मलाई छाडी कहाँ जान्छौ भन्दै नेपाल आमा पिरोलिएको देखेँ ।

दशैं

दशैं सत्यको जित अनि
असत्य र अधर्मको हार हो
हाम्रो धर्म संस्कृति आस्था अनि
स्वच्छ परम्पराको आधार हो
मान्यजनबाट आशीर्वाद लिने
आशीर्वादै आशीर्वादको बहार हो
हामी सारा नेपालीहरूको
यो महान चाड हो
विछोडिएका सँगको मिलन अनि
आत्मीयताको सुमधुर प्यार हो
यथार्थमा भन्नु पर्दा चाडपर्वहरू
यो हाम्रा पुर्खाको उपहार हो ।
हाम्रो वैदिक सनातन धर्मको सार हो ।