Aahuti, born Bishwabhakta Dulal in 1966 (2023 BS) in Kathmandu, Nepal, is a prominent poet, novelist, and political thinker. Known for his sharp intellect and bold voice, he has made significant contributions to literature, culture, and politics in Nepal. His formal and informal education shaped him into
Early Life and Education
Aahuti was born into a middle-class artisan family in
Naikap, Kathmandu. His family was among the 36 households involved in
traditional craftsmanship. Tragically, Aahuti’s father passed away from
tuberculosis just a month before his birth. Raised in a large family of 18
members, his grandfather, a self-taught man, introduced him to the world of
knowledge. He vividly recalls his grandfather teaching him the basics of Nepali
script and introducing him to revolutionary figures like Mao Zedong through
magazines.
Despite financial struggles, Aahuti excelled academically.
He was a top student at Vidyamandir School in Naikap, skipping grades and
maintaining his academic standing. However, societal and family pressures led
him to pursue civil engineering as a practical career option. Although he
enrolled in an overseer course, his life took a transformative turn when he
decided to leave behind a conventional career and dedicate himself to
revolutionary ideals.
Journey into Literature and Activism
Aahuti’s engagement with literature began in the 1980s
(2040s BS) when he was introduced to Nepal’s communist movement. His literary
career officially started in 1986 (2043 BS) when his first story was published
under the pen name "Aahuti." His early works reflected the struggles
and aspirations of Nepal’s working-class communities.
Despite initial struggles, he gained recognition with his
poetry collection Tapsvika Geet Haru (1992, 2049 BS), followed by his
acclaimed novels Naya Ghar (1993, 2050 BS) and Skhalan (2002,
2059 BS). His works often explore themes of class struggle, social injustice,
and cultural identity. His novel Naya Ghar became particularly popular
among youth, inspiring many to join the revolutionary movement.
Aahuti’s literary contributions are not limited to poetry
and novels. He has written extensively on Nepal’s caste system, class
conflicts, and sociopolitical structures. His scholarly book Nepalma Barna
Byawastha ra Bargiya Sangharsha remains a significant contribution to the
study of caste and class dynamics in Nepal.
Literary Style and Philosophy
Aahuti’s writings are marked by their boldness, intellectual
depth, and philosophical insights. He rejects superficial narratives, instead
presenting nuanced perspectives on Nepal’s sociopolitical realities. His poetry
combines vivid imagery with emotional intensity, making it both
thought-provoking and relatable. His prose, whether in novels or essays,
reflects his commitment to justice and equality.
His creative philosophy emphasizes that art and literature
should serve as tools for social transformation. He believes that even
revolutionary slogans, if expressed poetically, can resonate deeply with
readers.
Political Involvement
Aahuti’s political journey began in 1980 (2037 BS) during
Nepal’s referendum. However, his formal association with the communist movement
started in 1983 (2040 BS) when he joined a labor organization led by Rupalal
Bishwokarma. Over time, he became an influential figure in Nepal’s communist
circles, advocating for the eradication of caste-based discrimination and class
inequality.
As a full-time political activist, Aahuti worked in various
roles, from teaching in Sindhupalchok to organizing workers in Kathmandu’s
industrial sectors. His leadership skills and dedication earned him the
position of Kathmandu District Committee Secretary during the 1990 People’s
Movement.
Challenges and Achievements
Throughout his life, Aahuti faced numerous challenges,
including arrests and police harassment for his activism and outspoken views.
Despite these obstacles, he remained committed to his principles. His ability
to bridge the worlds of literature and politics has made him a unique and
influential figure in Nepal.
His works, such as the television series Dalan, have
reached a broader audience, highlighting issues of caste discrimination and
social inequality. His efforts have inspired thousands of young people to
engage in creative and revolutionary pursuits.
Legacy
Aahuti’s life and works embody the spirit of resistance and
hope. He continues to inspire generations of readers, activists, and scholars
with his vision of a just and equitable society. Whether through his poetry,
novels, or political essays, Aahuti remains a steadfast advocate for the
marginalized and oppressed, leaving an indelible mark on Nepal’s literary and
political landscape.
ऐनाको जिन्दगी हामीमध्ये एउटा मानिस ऐनाझैँ बाँच्दछ र ऐनाझैँ मर्दछ हामीमध्ये एउटा मानिस । एक निश्चित बिन्दुबाट सुरु हुन्छ जिन्दगी ऐनाको सपाट चिप्लो जड प्रकाशहीन ऐनाको छाती हरदम प्रतीक्षा गरिरहन्छ उज्यालो मानौँ ऐना उज्यालाको सातै जुनीको व्याकुल प्रेमी हो । तर कतै दूर क्षितिजबाट या नजिक सल्किरहेको टुकीबाट जब ऐनाको अँगालामा बाँधिन आइपुग्छ उज्यालो उज्यालालाई ह्दयमा बाँध्नाको सट्टा कमसेकम एक टुक्रा उज्यालो साँच्नाको सट्टा कुनै निष्ठुर प्रेमीको भाँती उज्यालालाई मिल्काइदिन्छ ऐना ह्दयमा पस्नै नदिई उज्यालालाई परावर्तन गरिदिन्छ ऐना जब हराउँछ उज्यालो सपाट चिप्लो जड प्रकाशहीन ऐनाको छाती पर्खिन थाल्छ फेरि व्याकुल प्रेमीझैँ उज्यालो। हामीमध्ये एउटा मानिस यसरी नै ऐनाझैँ बाँच्दछ यसरी नै ऐनाझैँ मर्दछ हामीमध्येएउटा मानिस । प्रभातको मलिन किरण होस् या पूर्णिमाको शीतल जून ऐनाको ह्दयमा कुनै उमङ्ग फुल्दैन झरिरहेको झर्ना, बगिरहेको नदी खेलिरहेका नानीहरू, गाइरहेका चराहरू ऐनाको ह्दयमा कुनै झङ्कार हुन्न दृश्य सिर्फ फाल्नाका निम्ति हो। रगतले लतपतिएको सडकको दृश्य सडकमा लडिरहेको जुलुसको आक्रोश हामीमध्ये त्यस मानिसको ह्दयमा कुनै परिवर्तन हुन्न भाउ बढेको रेडियोको समाचार या आफै उभिएको भूगोल, च्यातिएको खबर त्यस मानिसको छातीमा कुनै आगो सल्किन्न खबर सिर्फ चर्चाका निम्ति हो । कुरूप चेहराहरू जाऊ र हेर आफ्ना अनुहारका खतहरू ऐनामा सुन्दर अनुहारहरू जाऊ र रमाऊ ऐनामा हेरेर आफ्नै प्रतिविम्ब ऐना न कुरूपलाई घृणा गर्छ न सुन्दरतालाई बाँधेर आफै सुन्दर हुने चेष्टा गर्छ दृश्य सिर्फ फाल्नाका निम्ति हो । सुन्दर सही विचारहरू जाऊ र अँगालो हाल्ने प्रयास गर त्यस मानिसलाई परिवर्तनका महान् सम्भावनाहरू जाऊ र उज्यालो छर त्यस मानिसका चारैतिर तर त्यो मानिस न खराब बन्छ न सम्भावनामा बाँधिएर कुनै फड्को मार्छ सिर्फ खराब बन्न नसकेर असल चिजको चर्चा गर्छ, सिर्फ गर्छ एक राम्रो ढाँचामा बनेको कुनै ऐनाझैँ सब चिज परावर्तन मात्रै गरिरहन्छ । हामीमध्ये एउटा मानिस यसरी नै ऐनाझैँ बाँच्दछ यसरी नै ऐनाझैँ मर्दछ हामीमध्ये एउटा मानिस । ऐनाझैँ बाँचिरहेको हामीमध्येको एउटा मानिस जसरी रुन सिकाउँछ अरूलाई त्यसरी आफू रुँदैन जसरी हाँस्न सिकाउँछ अरूलाई त्यसरी आफू हाँस्दैन जसरी बाँच्न सिकाउँछ सबैलाई आफू त्यसरी बाँच्दैन जसरी सही सुन्दर सुरुवात गर्न सिकाउँछ सबैलाई तर आफै ऊ कहिल्यै सुरुवात गर्दैन जसरी फेर्न र फेरिने ज्ञानको सागर बाँड्छ सधैँ त्यसरी ऊ कहिल्यै आफूलाई फेर्दैन ऊ यसरी पर्खिन्छ आफूमा परिवर्तन कि पर्खिंदा पर्खिंदै ऊ बूढो हुन्छ । हामीमध्येको एउटा मानिस जे–जे ठोकिन्छ उसको मस्तिष्कमा सबै परावर्तन गर्छ बदल्ने जिम्मा सब अरूलाई बाँडेर आफू जीवनमा फड्को नमारीकनै कतै अड्किन्छ । हामीमध्येको एउटा मानिस ऐनाझैँ बाँच्दछ ऐनाझैँ मर्दछ । यताउता घुमिरहने हामीमध्येको त्यो एउटा मानिस कहीँ तपाईं आफै त होइन ? |
फाइनल म्याच हातमा ज्यावल या कहिले हतियार सम्झेर सुरक्षित निर्भय मस्त निदाएँ युगौंयुग तड्पेर ब्युझँदा ममाथि शोषण गरिरहेका थिए हातमा किताव बोकेका मानिसहरू ! हतार हतार मैले पनि उठाएँ कलम लेख्न थालें बोक्न सिकें अङ्गालो भरी भरी कितावहरू ! हातमा कलम या कहिले किताव ठानेर सुरछित निस्चिन्त फेरि निदाएँ वर्षौंवर्ष झस्केर उठ्दा ममाथि शासन गरिरहेका थिए हातमा हतियार बोकेका मानिसहरू ! कहिले हुन्छ मेरो मुक्ति कहिले हुन्छु म स्वतन्त्र ज्यावल र हतियार बोक्छु म शोषित नै भैरहेको हुन्छु फेरि कलम र किताव बोक्छु म शासित नै भैरहेको हुन्छु !! अबदेखि स्वास अक्षरहरूको लिन्छु प्रस्वासमा फाल्न सिक्नेछु बारूद कलमले संवाद गर्छु प्रतिवादमा तयार राख्नेछु हतियार किताव र हतियार बोकेर एकसाथ म कहिले निस्चिन्त रहने छैन मस्त निदाउने छैन एकपल कलम भिर्दा भुल्ने छैन हतियार हतियार बोक्दा बिर्सने छैन कलम ! संभवत अब भने रोचक हुनेछ यो ऐतिहासिक महासंग्रामको फाइनल म्याच ! |
म कालो छुम कालो छु तर म अध्यारो होइन अध्यारोको त कुनै रङ्गै हुँदैन म रंगीन छु रंगहीन होइन अध्यारोको त कुनै रङ्गै हुँदैन ! कालो छु वर्षा यामको बादल जस्तै अझै त्योभन्दा गाढा गाढा कालो छु शीरको तिम्रो केस जस्तै अझै त्योभन्दा गाढा गाढा उज्यालोमा भागिजाने म त्यो अध्यारो हुँदै होइन रंगीन हुँ म रंगीन म कालो रंगको रंगीन ! म कालो छु तर म अध्यारो हुँदै होइन । तिमी गोरो छौ मेरा चम्किला दाँत जस्तै अझै त्योभन्दा फिका फिका गोरो छौ टल्किरहेको ढुंगा जस्तै अझै त्योभन्दा फिका फिका अध्यारोमा हराइजाने तिम्रो रंग उज्यालो हुँदै होइन रंगीन हौ केवल रंगीन तिमी गोरो रंगको रंगीन ! तिमी गोरो छौ तर उज्यालो हुँदै होइन । म कालो छु………. |
टुहुरा मान्छेहरु आफन्तको खोजिमा १, एउटा टुहुरो मान्छे यो भर्खरै हातगोडा पलाएकोरआँखा सिमसार जस्तै रसाएको चुटुक्क अनुहार लिएर , अन्धकार भविश्य बोकेर तिमीलाई हेरिरहने सानो मान्छे पढेकाहरुले मलाई अनाथ भन्छन ÷ नपढेकाहरु भातेभुते भन्छन् म पनि कुनै आईमाईको सानो पेटमा सल्बलाएथेँ हुँला म पनि जन्मँदा ईशारा गएझैँ रोएथेँ हुँला घिच्रो आठयाएर मार्न नसकेर हो कि ? कलीला हात गोडा सलबलाएको देखन नसकेर हो कि ? कतै ढुंगाको गब्देरोमा ÷ कतै मसानको छेवैमा मलाई थपक्क फालेर फर्कदा मैले पनि त्यो आईमाईको फरियामा झुन्डिन खोजे हुँला ! को होली त्यो निष्ठुर आइमाइ ? को होला त्यो लाचार लोग्नेमान्छे ? सड्कमा कुनै आईमाई या घरानीया कुमारी पन्छिएर हिँड्दा मलाई आफ्नो बच्चा भन्न नसकेर भित्रभित्रै रोएझैँ लाग्छ समाजका भुँडिवालहरु नजिकैबाट हिँड्दा पनि आमासँग जोडीएको नाइटोको नसा चुडाल्ने भनी झम्टन मन लाग्छ गाउको मुखिया देखे पनि÷शहरका पाखन्डिलाई भेटे पनि मेरो अनुहार यो संग मिल्छ कि भनेर दाँज्न मन लाग्छ यसरी आफ्न आफन्तबाट फालिएर ÷ आफ्नै सुरमा आशा पनि थाम्न नसकेर ÷ निराशा पनि बोक्न नभ्याएर कतै देवलको भित्र कुनामा कतै गाउँको थोत्रो पौवामा लडिरहेको मलाई कसैले चेपारे घसेर ‘बाबु नानी ’ भनेर नबोलाउ म मलाई फ्याँक्ने ति जोडीलाई सम्झना थाल्छु म त्यस्ता आफन्तको साइनोलाई थुक्न थाल्छु म सिङ्गो भएर पनि किन हो किन अपुरो भएको छु मेरो कोही छैन यो संसारमा म टुहुरो भएको छु । २, अर्को टुहोरो मान्छे यो रगत जती जम्मै निख्रिएको ÷ मासु जम्मै चाउरिएको आँखा चिप्रा पनि पुछन नभ्याएकी फाटेको चोलो र फरिया पनि टाल्न नसकेकी झरिमा सारुङ चुलचुल गरेझैँ सत्रधारा आँशुले रुझेकी मलाई नचिन्नेहरु ‘को होली बुढी ?’ भन्छन चिन्नेहारु ‘विर बहादुरअकी आमा’ भन्छन मेलापात गरी गरी बेसाएर ÷ रात भरिभरी नसुतेर सधैंभरी छातीमा टाँसेर विरेलाई हुर्काएकी थिएँ गाउलेहरु भन्दा हुन ‘यो राँडी आईमाईले के ख्वाइ होला?’ तर मैले घोट्ताप्रे पिँधेर गर्मी शितल पारेझैँ आफ्ना कुरकुरे हाढरु घोटेर उसको पेट्को आगो निभाएको थिएँ म पनि उसलाई छाडेर पोइला जान सक्थेँ हुँला कतिले पँधेरामा फकाउन आएथे विरेलाई रुवाएर सिन्दुर लगाउन सक्थे हुँला रहरले त सपनिमा गीत गाएथेँ तर मैले उसको मायाले उसका ओठबाट दुध पनि खोस्न सकिन बाबु मरेको टुहुरोलाई अझै टुहुरो पार्न सकिन यसरी उ मेरो काखमा हुर्केपछी तिघ्रे भएर मेरो आँखा अगाडि उभिएपछी अमला खाएपछी पानी खाँदा हुने गुलियो जस्तै जिन्दगानीलाई मिठो ठानेको थिएँ तर उसले मनपरेकी स्वास्नी बिहे गरेपछी रिसाएरै भन्छु उसले स्वास्नीको पेटिकोट ओडेपछी बुहारीले मल्लाई झर्को फर्को गर्दा छोरोले मलाई हप्किदप्कि लगाउँदा बिहान सबेरै पोतरी लिएर दैलो पोत्दा मैले पोतरीभरी आँशु झारेकी थिएँ म एउटी बुढीआमा देखी लुकाएर बिरेले रोटीका पोकाहरु कोठाभित्र लाँदा लोग्नेस्वास्नीले हाँसी हाँसी खाँदा आँखा भएर पनि मैले चारैतिर अँध्यारो भेटेको थिएँ यसरी बुहारीकै खटनपटन सहेर बाँच्दा पनि घरको तगारो बाहिर बसेर रुँदा पनि बुहारी ले जगट्याउँदा ÷ छोराले उल्टै भर्याङबाट खुर्मु¥याइदिँदा म सङ्गै विरेलाई नौ महिना बोक्ने सानो पेट पनि रोएको थियो कलीलै उमेरमा बिधवा हुँदा के मुटु दुख्यो होला र ? तर अहिले सिस्नोले जस्ताइ मुटुलाई पोलेको थियो यसरी आफ्नै सन्तानबाट लछारिएर बाँसको झाङ जस्ताइ सुसाएर कतै बेसिको पौवातिर ÷ कतै गोरेटोको गल्छेडोतीर बस्दै बस्दै हिँडिरहेकी मलाई कसैले स्वाङ पारेर ‘आमा’ भनेर नबोलाउ म ति छोरा बुहारी लाई सम्झना थाल्छु म त्यस्ता आफन्तको साइनोलाई थुक्न थाल्छु म सिंगो भेर पनि किन हो किन अपुरो भएको छु मेरो कोही छैन यो संसारमा म टुहुरो भएको छु । ३, आफन्तको खोजिमा यसरी निर्धा मान्छेको घोडा चढेर रनबन डुल्न पल्केका ब्वाँसाहरुले कतै चेलीको छाती गिजोल्दा ÷ छाप्रोमा कतै डढेलो दन्काउदा रगत र आँशु कतै निचोरेर ÷ पसिना र मासु कतै चिथोरेर घटघटी कचौरामा रक्सी जस्तै पीइरहेको बेला आत्तिएर कहिले थुरुथुरु भएर रिसाएर कहिले आँफै भुतभुतिएर चिप्ले किरालाई जस्तै घामको तातोले पोलेपछी हाँस्न पनी राम्ररी नसकी ÷ रुन पनि बेस्सरी नसकी शितल खोजेर घिस्रिरहेका एकहुल मान्छेहरु आफ्नै बच्चालाई सलहदेखी लुकाएर कुखुरीले जाडोमा चल्ल छोपेजस्तै काखमा हुर्काएर बाँच्न खोज्दा पनि पराइ त पराइ भई गए आफन्तकै मायाको सियालमा सुस्ताउन खोज्दा पनि आफ्नै आँखामा हाँसिरहेका आफन्तहरुले आफ्नै काखमा हुर्किएका बच्चाहरुले बाबियोको कुचोले कस्सेर बढारे जस्तै मासु निख्रिएको झिँगालाई माकुरोले फालेजस्तै ठुलो जाइको पात जस्तै तितो बचन लगाएपछी पिठ्युमा धाप मारेर दैलोबाट निकालेपछी (आफ्नै गर्भको फुललाई ÷आँफैले रोपेको फुललाई अनाथ बनाएर कतै फालेपछी ) हामी आफ्नै आफन्तबाट ठगिएका मान्छेहरु देशमा पनि अनी परदेशमा पनि कतै पाटिमा , कतै देउरालिमा कतै बाटोको चौबाटोमा , कतै सडक किनरामा पलपल्ती आँशु झारी साउने झरी सरी कोही नौलो आफन्त आउछ कि भनेर फेरी नयाँ साईनो गाँसिन्छ कि भनेर झरिमा पनि भुपट्टो निधार चहराउने घाममा पनि एकनास नयाँँ बिहानी खोजिरहेका छौँ के दिन , के रात, के साँझ , के बिहान सधैंँभरी हामी बौलो आफन्तलाई पर्खिरहेका छौं । |
तुच्छ जीवनको महान् गाथायो धर्तीको म जुठे नामको तुच्छ गरीब नाईँ ! म बन्न सक्तिन महान् ! रामप्रसाद शर्मा आम्मै आम्मै ! उनको बाजेको थियो सात गाउँमा लेखोपाखो बिर्ता दुई बीस हिउँद–वर्षा मेरा बाउले उनकै घरमा काटेथे हलीको जुनी तर कत्ति त्यागी मान्छे ! छाडिदिए त्यस्तो लेखोपाखो अरुका लागि अमर हुने नै भयो उनको कथा म त रामप्रसाद शर्मा होइन म बन्न सक्तिन महान् । हिक्मतसिंह ठकुरी लौन ! लौन ! उनको बाउको तीस गाउँमा कस्तो थियो रवाफ मेरो घरमा मूत गन्हाउने थाङ्नो थिएन उनी घोडा छाडेर पात्तिंदै गर्थे रैतीका काँधमा ढलीमली तर अचम्मकै भलाद्मी ! त्यागिदिए त्यत्रो हालहुकुम अरुका लागि चल्ने नै भयो सर्वत्र उनको नाम म त हिक्मतसिंह ठकुरी होइन म बन्न सक्तिन महान् ! हरिनारयण झा राम ! राम ! आँगनीमा तुलसीका मठ घुम्थे चाँदीका थाली अठार गाउँका मालिकका प्यारा छोरा उनी आधा उमेर बित्यो उनको पिंढीमा सीनो फाली फाली तर कत्ति ठूला धर्माती ! च्यातिदिए जातभातको त्यत्रो पर्दा हाम्रालागि हुने नै भयो उनको पूजा म त हरिनारायण झा होइन म बन्न सक्तिन महान् ! तुलसीलाल श्रेष्ठ सत्ते ! सत्ते ! कितावका खातमाथि जन्मिएका थिए उनको बाजेदेखि राइटर खलक सानो छँदा घुर्की लाउँथे किताव फाली फाली तर साँच्चैका ठूला नेता ! फालिदिए सर्टिफिकट छाडिदिए जागीर राष्ट्रका लागि बन्ने नै भयो उनको शालीक म त तुलसीलाल श्रेष्ठ होइन म बन्न सक्तिन महान् ! मसँग गुमाउन बाजेको बिर्ता छैन छाडिदिन खानदानको ठूलो हालहुकुम छैन त्यागिदिन मेरो कुनै उच्च जातभात छैन लात मार्न जागिरलाई कुनै सर्टिफिकट छैन नाई ! नाई ! यो धर्तीको म जुठे नामको तुच्छ गरीब म कदापि बन्न सक्तिन महान् ! म खेतहरुमा गोरु जोत्छु कारखानाहरुमा पेचकिला कस्छु जानेको, सकेको आवश्यक सबै सबै गर्छु बच्चा विरामी हुँदा रातभरि जाग्छु छिमेकमा मुर्दा पर्दा अल्छी नमानी लाश बोक्छु छिमेकीको रमाइलोमा कम्मर भाँचेर नाच्छु आनन्दसँग एक निन्द्रा बच्चाहरुलाई च्यापेर सधैं सधैं निदाउन पाएको सपना देख्छु ढाँटेको भए मरिजाऊँ ! बल्लतल्ल भ्याएर जुलुसमा कहिलेकाहीं उभिन पुग्छु नाई ! यो धर्तीको म जुठे नामको तुच्छ गरीब यस्तै छ मेरो तुच्छ संसार म बन्न सक्तिन महान् ! |
मैले घाँस खान सकिनँ !माल्दाइ ! मैले घाँस खान सकिनँ !! तिम्रो प्रशिक्षणमा तिम्रो साथमा बसेर खाइरहेछन् एक जमात प्राणीहरू घाँस तर मैले आँखा लगाउन पनि सकिनँ म एक्काइसौँ शताब्दीको नागरिक हुँ माल्दाइ ! मैले घाँस खान सकिनँ !! माल्दाइ ! आफ्नो वंश नै फेर्नुपर्ने घाँस खान नसकिने रहेछ हिमगिरीमा सल्केको भिरङ्गीजस्तो तिम्रो गिरीको म खलक होइन वेश्यावृत्तिलाई जीवन–कृति ठान्ने कृतघ्न राधाकृष्ण होइन आमाको गालाबाट तिम्रो जुत्ताको छाला बनाउने गोरेबहादुर मण्डलको भाँती निकृष्ट पेशेवर नोकर पनि होइन तिम्रो कलाविहीन नाटकको पात्र गोल्छे जोकर पनि म हुँदै होइन म एक्काइसौँ शताब्दीको नागरिक हुँ माल्दाइ ! मैले घाँस खान सकिनँ ! माल्दाइ ! बच्चाहरूले नरुचाउने चिज छुन पनि नसकिने रहेछ ! मैले घाँस खान थालेँ भने तिमीलाई सजिलो हुनेछ सुनाउन पाउनेछौ अनगिन्ती खरीका रूखबाट अनिर्वाचित उर्दीहरू तर सेरिएको गुलाफी जिब्रोहरू कदापि बोल्ने छैनन् गुञ्जनेछ तिम्रो जयजयकारमा सहस्राब्दीको शेष विभत्सता शयनकक्षको हरेक सिँढीमा तिमीले समात्ने मेरा विवश चेलीका नाङ्गÞा स्तन पनि बोल्ने छैनन् दूधको सट्टा पीप पिएर टाक्सिन बाध्य हुनेछन् बच्चाहरू माल्दाइ ! नाई ! नाई !! बच्चालाई पीप पियाउने साहस गर्न सकिनँ म एक्काइसौँ शताब्दीको नागरिक हुं माल्दाइ !! मैले घांस खान सकिनँ ! माल्दाइ ! पुर्खाले नखाएको चिज खान नसकिने रहेछ ! मैले घाँस खान थालेँ भने पशुहरू छक्क पर्नेछन् काटिएको आफ्नो टाउको बोकेर आउनेछन् ठुल्बा लखन थापा उनले घाँस खान निहुरिएको मेरो ढाडमा थुक्नेछन् सरहदका निम्ति सरहदमै काटिएका आउनेछन् काका बाङ्गे सार्की उनले मैले खाइरहेको घाँसमा मुत्नेछन् तर हसिनादेवीलाई थुम्थुमाउँदै युवा गङ्गालालले मलाई सोध्नेछन् माल्दाइ ! ‘तिमी मानिस हौ कि पशु ?’ ग्वार ! ग्वार ! पशु बन्ने रहर गर्न सकिनँ म एक्काइसौँ शताब्दीको नागरिक हुँ माल्दाइ ! मैले घाँस खान सकिनँ !! माल्दाइ ! अन्ततः तिमीले पस्किएको घाँस मैले खान सकिनँ ! तिमी नै निर्णय गर मलाई कहाँ काट्ने– गाउँमा ? सहरमा ? मेरो छाप्रोमा या तिम्रो दरबारमा ? घाँस नखाँदा कहिलेकाहीँ काटिनुपर्ने तिम्रो रीत म पूरा गर्नेछु अन्तिम इच्छा ?! हा.. हा... हा... ! मानिसको परम्परागत रीतको सम्झना नै काफी छ माल्दाइ ! घाँस खाने प्राणीहरू आज या भोलि रेटिन्छन् बलीबेदीमा मानिसहरूको उत्सवमा !!! |
किरोकिरा विशेषज्ञहरू भन्छन्– किस्मती किराहरू सक्रिय हुन्छन् पातमा बसे पातै खान्छन् डाँठमा बसे डांठ । परजीवी किराहरू अल्छी हुन्छन् ती पनि जहाँ झुन्डिन्छन् त्यही अङ्ग खान्छन् आन्द्रामा घुसे आन्द्रै चुस्छन् छालामा लुके छाला । सूक्ष्म किराहरू खन्चुवा हुन्छन् तिनको पनि मूल स्वभाव एउटै हुन्छ रगतमा घुलेर रगतै तान्छन् खकारमा लुकेर खकार । विशेषज्ञहरू भन्छन्– किराहरू आहारामा टाँस्सिन मन पराउँछन् जुन चीजमा बस्छन् त्यसैलाई खान्छन् । आजभोलि किरा विशेषज्ञ हैरान छन् किनकि धर्तीमा भेटियो किराको नयाँ प्रजाति । किस्मती किराहरूभन्दा पनि सक्रिय ! परजीवी किराहरूभन्दा अल्छी !! सूक्ष्म किराहरूभन्दा खन्चुवा !!! यो किराको प्रजाति जहाँ जन्मिन्छ जहाँ बसेर आराम गर्छ जहाँ टाँस्सिरहन्छ त्यो चीजलाई पटक्कै खाँदैन बरू त्यसलाई सिँगारिरहन्छ ! विशेषज्ञहरू भन्छन्– यो किराले मानिसको रगत खुब मन पराउँछ गजब त के छ भने यसले नछोइकनै मानिसको रगत चुस्छ यसको स्वभाव माकुरासँग मिल्दोजुल्दो छ यसका बच्चाले पनि प्रायः आमालाई खान्छन् ! विशेषज्ञहरू चिन्तित छन् मानिसको रगत यति वेगले तान्दै छ यो किरो लाग्छ नसाहरू क्रमशः खाली हुँदै छन् रगत निखिएपछि के खान्छ यो किरो ? सिङ्गै देश अनि क्रमशः पृथ्वी ! विशेषज्ञहरूले यो नयाँ किराको दुइटा नाम राखेका छन् वैज्ञानिक नाम हो– जियान्ट सी आई– ५००० बोलाउने नाम– कुर्सी किरो ! |
गहुँगोरो अफ्रिकामेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्छु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ आँखा जुधाउने आँट गर पुजारी म बीसौं शताब्दीको ‘अछूत’ हुँ । यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ । म न्याय चाहन्छु म मुक्ति चाहन्छु । तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ आँखा जुधाउने आँट गर धर्माती मान्छे कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर कि मेरो अपमान गर्ने शास्त्रका पानाहरूलाई च्यात्ने या जलाउने साहस गर म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ । तिम्रो बस्तीको सफा भुइँलाई सुँघ बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ आँखा जुधाउने आँट गर सफा मान्छे । कि मेरो रक्त नलीहरूमा पानी भर कि आफ्नो दिमागको फोहोर सफा गर म तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ । यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ । तिम्रो मनका मनोरञ्जित ग्रन्थीहरूलाई च्यात त्यहाँ मेरो सङ्गीतको मधुर सरसराहट सुनिन्छ आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे । कि मलाई जनावरसंग बाँध र घाँस खुवाउने आँट गर कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर म सारङ्गी रेट्ने, मादल ठोक्ने, गाइने हुँ–वादी हुँ । यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ । माटोमा धस्सिएको मेरो जीवनलाई छाम त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ आँखा जुधाउने आँट गर अघाएको मान्छे । कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर म तिम्रो गोरुसँगै माटोमा पौडिने मुसहर हली हुँ । यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ! तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म म कहाँ छैन ? म सर्वत्र छु । मलाई तिमी कसरी ’अछूत’ बनाउन सक्छौ ‘छुत’ मान्छे ? कि इतिहासको कठघरामा उभिने आँट गर कि आफूलाई बदल्ने साहस गर आँखा जुधाउने आँट गर पुजारी । म बीसौं शताब्दीको ‘अछुत’ हुँ । यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ । म अपमानित इतिहासको हिसाब चाहन्छु म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु । |
Hindi To Nepali Dictionary Words Starting From बो
Bridging Cultures: Daily Use Hindi Sentences in Parties with Nepali Meaning
Daily Hindi Sentences for Kids with Nepali Translations: A Simple Guide
Daily Office Sentences: Essential Hindi-Nepali Translations for Everyday Use
Daily Use Hindi Sentences for Parents with Nepali Meanings: A Guide for Everyday Conversations
Daily Use Hindi Sentences for Students with Nepali Meaning
Essential Daily Sentences for Market Conversations: Hindi to Nepali and Vice-Versa
https://easyayurveds.com/ayurvedic-medicine-for-common-cold/
https://easyayurveds.com/ayurvedic-medicine-for-weight-loss/
https://easyayurveds.com/ayurvedic-medicine-for-weight-gain/
https://easyayurveds.com/ayurvedic-medicine-for-cholesterol/
https://easyayurveds.com/ayurvedic-medicine-for-cough/
https://easyayurveds.com/ayurvedic-treatment-for-back-pain/
50 Medicinal Plants of Nepal Highly Liked by Chinese People
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication
Bartika Eam Rai Top Songs Lyrics & Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
Oshin Karki's Nepali Songs Lyrics And Chords
All Songs Lyrics Of Wangden Sherpa
Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु
Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकवी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In Nepali
11 Types of Poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The History of Nepali Poem And Famous Poets of Nepal