Dr. Amar Giri, also known as Amar Raj Giri, is a renowned Nepali writer, poet, critic, and thinker. Born on Bhadra 27, 2017 B.S. in Nimuriya, Ghorahi, Nepal, he is the first son of parents Lilavati Giri and Vasudev Giri.
Dr. Giri is a highly educated individual who has completed
his M.A. and B.Ed., and earned his Ph.D. in Nepali literature. His research
focused on “Class Struggle in Contemporary Progressive Nepali Poetry,” which
shows his commitment to understanding and analyzing social issues through
poetry. For his achievements, he was awarded the Nepal Vidhya Bhushan ‘Ka’
medal by the Nepal Government, which is one of the highest honors for academic
excellence.
In addition to being a poet, Dr. Giri has played various
roles, including journalist, teacher, editor, and leader. He is known for his
balanced and respectful approach, always speaking and writing in a way that
doesn’t offend others. Dr. Giri values honesty, clarity, and purpose in his
work. He believes in living a simple life with high thinking and values, and he
dedicates his time to both intellectual and creative pursuits. His interest in
Marxist philosophy and cultural analysis shows in his works, where he often
reflects on social and economic issues. This unique perspective has made him an
inspirational figure for many.
Poet and Writer
Dr. Amar Giri is primarily known as a poet, and his first
poem, titled “Mother,” was published in the magazine Sandesh in 2031
B.S. Since then, he has continued writing poetry, which appears in Nepali
publications and even school textbooks. Some of his well-known poetry
collections include Ghamchekne Pahad (2055 B.S.), Tar Pani Hami Jivit
Chaun (2061 B.S.), Dusadhya Samaya (2064 B.S.), Sabdharu Ko
Bichma (2071 B.S.), and Samaya Samvad (2073 B.S.).
His poetry expresses social themes such as injustice, hope,
and equality. Using Marxist ideas, he often talks about class struggles, aiming
to inspire people to bring positive change in society. For instance, he
highlights the importance of unity and the need to fight against social
inequalities. His poetry style combines artistic elements with clear,
thoughtful messages, making his work meaningful and accessible to a broad
audience.
Intellectual and Academic Work
Beyond poetry, Dr. Giri is a respected intellectual who has
significantly contributed to the field of Nepali literature and criticism. He
has served as a professor and researcher at Tribhuvan University, teaching
topics related to language and literature. He also worked as a member and the
head of the Poetry and Verse Department at the Nepal Academy (Nepal Pragya
Pratishthan), where he helped in the development and study of Nepali poetry.
Dr. Giri has led the publication and editing of several
important literary works, including anthologies of modern Nepali poetry. His
role in editing and researching these works demonstrates his deep understanding
of literature and commitment to preserving and promoting Nepali culture. Some
of the notable works he has edited include Aadhunik Nepali Kavita
(Modern Nepali Poetry) and Samakalin Nepali Kavita Vimarsa (Contemporary
Nepali Poetry Discourse).
Social and Cultural Thinker
Dr. Giri is not only a writer but also a thinker who
actively engages in discussions about society, culture, and philosophy. His
writings explore topics like globalization and its impact on Nepali society,
the importance of cultural preservation, and the role of literature in shaping
society. He critiques the increasing influence of consumerism and foreign
culture in Nepal, believing it is important to keep Nepal’s unique identity
intact.
Political Involvement
Along with his literary work, Dr. Amar Giri is politically
active and believes in the importance of political thought for social change.
His political beliefs are closely tied to his ideas about social justice and
equality. Through his work, he has raised awareness about the struggles of
common people and advocated for progressive change.
In summary, Dr. Amar Giri is a multi-talented individual
whose work spans poetry, literature, social thought, and politics. His
contributions to Nepali society, both as a writer and thinker, make him a
respected and inspirational figure in Nepal. His life story is a reminder of
the power of literature and ideas to create a better society.
सपनासिबाय
सायद
म मात्र एक विम्ब हुँ
जसलाई कविहरू प्रेमले उन्छन्
आफ्ना
कविताका हरफहरूमा
कविता
उड्दै–उड्दै आइपुग्छ मसम्म
कुनै
दूर देशको पन्छीझैँ
म सुमसुम्याउँछु उसलाई
आत्मीय
भावले
पढ्छु
उसका आँखाहरू
छाम्छु
धड्किरहेको ह्दय
र राखेर सुत्छु सिरानीमा ।
सायद
म मात्र एक आश्वासन हुँ
जसलाई
बुन्छन् सत्ताका नियन्ताहरू
अनेकौँ
घोडाहरूमा सवार भएर
दन्त्यकथाका
राजकुमारझैँ
ती आइपुग्छन् मसम्म ।
अनेकन्
आभूषणले सजिएका राजकुमारहरू
ओर्लेर
आफ्ना
वायुपङ्खी घोडाहरूबाट
अँगालो
मार्छन् मलाई
जादुगरी
आलिङ्गनमा
काट्न
कोसिस गर्छु म
दुःखले
भरिएका दिन र रातहरू
।
यसै
गरी बितेका छन्
कैयौँ
युग मेरा
तैपनि
मैले
सपना देख्न छाडेको छैन
हतभागी
गाउँ हुँ म यस
देशको
यति
बेला मसँग
सपनासिबाय
अरू केही छैन ।
नदीको माझमा
नदीको
माझमा छु म
डगमगाइरहेछ
डुङ्गा
उठिरहेछन्
छालहरू
ती ठोकिन्छन्
ढुङ्गामा/किनारमा
भयभीत
छु म
विस्मित
छु म
सोच्छु—
किनारामा
उभिएर हेर्नेलाई
कति
अभूतपूर्व लाग्दो हो यो दृश्य
?
आकाश
सफा छ
सफा
छन् पहाडहरू
पन्छी
उडिरहेछन्
आकाशमा
माथि–माथि
नदीको
सुसाइमा मिसाएर
झन्
मीठो सुनिन्छ लोकभाका
पहाड,
न्यानो घाममा
सेकाइरहेछ
पिठ्यूँ
तन्काउँदै
शरीर
वृक्षहरू
गरिरहेछन्
एकअर्कालाई
अभिवादन
तर नदीको माझमा छु म
डुङ्गा
गरिरहेछ ढलपल ।
सदियौँदेखि
भेट्न चाहेको
किनारा
भेट्नु छ मैले
सदियौँदेखि
मेट्न चाहेको
तिर्खा
मेट्नु छ मैले
फेरि
कहिल्यै नमेटिने गरी
नयाँ
केही लेखियोस्
फेरि
कहिल्यै नखोसिने गरी
नयाँ
बिहान रचियोस्
सोचिरहेछु
तर नदीको माझमा छु म
उठिरहेछन्
असङ्ख्य छालहरू
डुङ्गा
गरिरहेछ ढलपल ।
दुःखको बिम्ब
दुःखी
पत्नीहरू छन्
दुःखी
पत्नीहरूका
दुःखका
गतिहरू छन्
छातीभित्र
पहाडजत्रा दुःखहरू लुकाएर
मर्न
नसकेर बाँचेका जस्ता लाग्ने
असक्त
बृद्धहरू छन्
हिमालभन्दा
गह्रौँ र अग्ला
उनीहरूका
कष्टहरू छन् ।
०
घरमा
सके जति आमालाई सघाएर
घाँस
काटेर गाईभैँसीलाई
सोहरेर
भकारो
कहिले
भित्तामा टाङ्गिएको बाबुको तस्वीर हेर्दै
कहिले
सपनामा देखेका बाबुलाई सम्झदै
कहिले
आउलान् भनेर आैँला गन्ने
र निन्याउरो मुख लगाएर
पाठशाला
जाने केटाकेटीहरू छन्
सन्दुसमा
लुकाई राखेको प्रिएको तस्िबरलाई
कसैले
नदेखोस् भनेर
लुकाई
लुकाई हेर्ने
कहिले
खुसीले हाँस्ने
कहिले
विरहले रुने
अर्ध
विक्षिप्तजस्ता युवतीहरू छन् ।
पढ्न
चाहेर पनि पढेरै नसकिने
उनीहरूका
क्लेषहरू छन् ।
०
कोही
मर्यो भने
घाटसम्म
लैजाने
कोही
छैनभन्दा हुन्छ
असक्त
भयो भने कोही
बोकेर
अस्पतालसम्म पुर्याउने पनि
कोही
छैनभन्दा हुन्छ
चट्याङले
सुकेको रुखमा बसेर
ढुक्कुर
विरहको कविता पढ्छ ।
बाँझो
खेतमा उभिएर
हरेक
रात फ्याउरो अपसकुन गाउँछ
बल्लतल्ल
निदाएका घरहरू
भयानक
सपनाहरू देखेर
व्युँझन्छन्
मध्ये रातमा ।
०
अब घरमा त्यति कुरा
हुन्न काठमाडौँको
विराटनगर,
भैरहवा, नेपालगन्ज, पोखराको
बल्लोपल्लो
गाउँ जिल्ला अञ्चलको
केटाकेटीका
स्मृतिमा
अब सबैभन्दा ताजा छन्
कतार,
मलेसिया, साउदी अरब, कोरिया अब
आमाहरू
सुनाउँछन् आफ्ना सन्तानलाई
दोहा
र दुबइका कथाहरू
सियोल
र क्वालालम्पुरका गीतहरू
दराजमा
थन्किएर पुराना किताब जस्तै
थन्किएका
छन् ।
प्रिय
लोरी र दन्त्यकथाहरू ।
तको
मौसम जस्तो
उराठ
लाग्दो गाउँको कथा हो यो
घरभित्र
छु म
बाहिर
जोड जोडले चलिरहेछ हावा
हावामा
उडिरहेछन् पातहरू
उड्ला
जस्तो गरिरहेछ घरको छानो
भुइँ
छोलान् जस्तो गरिरहेछन् बाँसहरू
उडिरहेछ
हावामा
गाउँको
सिरानमा फर्फराइरहेको
लोकतन्त्रको
झण्डा उडिरहेछ धूलो
धूलोमा
मधुरो हुँदै गइरहेछ गाउँको चित्र
जसरी
मधुरो हुँदै गइरहेछ
वर्षौँ
पहिले
भित्तामा
टाङ्गिएको राष्ट्रवादको चित्र ।
कठै
।कसरी सुक्तै सुक्तै गइरहेछ गाउँ
बिस्तारै
बिस्तारै
कसरी
परिवर्तित भइरहेछ आफैँ
अरबको
मरुभूमिमा ।
जीवनको राजमार्गमा
दौडिएँ
जसरी
दौडन्छन् गाडीहरू
बजेँ
जसरी
बज्छन् हर्न
अझै
पनि चलिरहेछ यो
जीवनको
राजमार्गमा ।
जीवनको
राजमार्गमा
कहिले
सुन्छु म
आफ्नै
ह्दयविणाको झङ्कार ?
ओ चित्रकार !
ओ चित्रकार !
तिमीले
जुन चित्र बनाइरहेछौ
त्यो
मेरो होइन ।
त्यहाँ
मेरो शिर, हात र
खुट्टाहरू छैनन्
त्यहाँ
मेरा आँखा, नाक र ओठहरू
छैनन्
त्यहाँ
मेरा सुख-दुःख
आँसु-हाँसो
प्रेम-घृणा
र, राग-विरागहरू छैनन्
।
ओ चित्रकार !
तिमीले
जुन चित्र बनाइरहेछौ
त्यो
मेरो होइन ।
त्यहाँ
मेरा ढुकढुकी र सुस्केराहरू छैनन्
त्यहाँ
मेरा घात-प्रतिघात, उहापोह
र द्वन्द्वहरू छैनन्
त्यहाँ
मैले हिँडेको बाटो
मैले
गाएको गीत
मैले
बजाएको बाजा
मैले
नाचेको नृत्य
मैले
खेलेको खेल
मैले
देखेको सपना
केही
पनि छैनन् ।
ओ चित्रकार !
ओ मेरो समयका नायक
!
तिमीले
जुन चित्र बनाइरहेछौ
त्यो
मेरो होइन ।
ओ चित्रकार !
तिमी
चित्र बनाइरहेका छैनौ
त्यसको
विनिर्माण गरिरहेछौ ।
पशु भएको भए
कति
सजिलो हुन्थ्यो तिमीलाई
म पशु भएको भए
।
तिमीले
दिएको घाँस खान्थेँ
पेट
भरिए
आँखा
चिम्लिएर
र मुखभरि फिँज काढेर
मजाले
उग्राउँथेँ
पेट
नभरिए
दाम्लो
चपाउँथेँ
वा किलै उखालेर
मकैबारीतिर
लाग्थेँ ।
जताजता
धपाउँथ्यौ
त्यतैत्यतै
जान्थेँ
जे भने पनि सहन्थेँ
जे गरे पनि मौन
बस्थेँ ।
आफूलाई
टोक्ने असङ्ख्य मच्छडहरूलाई
धपाउँदै
पुच्छरले
आफ्ना
सन्तानहरूलाई
प्रेमले
चाट्थेँ
र मेरो घाँटीबाट
दाम्लो
खोलेर
मलाई
चरनतिर
कतिबेला
लगिन्छ भनेर
प्रतीक्षामा
बस्थे ।
कति
सजिलो हुन्थ्यो तिमीलाई
म पशु भएको भए
।
न मेरो छाती दुख्थ्यो
न मेरो मस्तिष्क
समुद्रका
छालहरूझैँ उफ्रन्थ्यो
न मेरा आँखाहरू
लाभा
भएर बग्थे
न सपनाहरू
चराका
पखेटाहरूमा बसेर
आकाशतर्फ
उड्थे
जति
कुरूप भए पनि तिम्रो
अनुहार
मानिसको
चेतना र संवेदनालाई
बगरेले
खसी काटेझैँ
जति
काटे पनि
केही
फरक पर्ने थिएन
कुनै
प्रश्न गर्ने थिइनँ मैले
मेरो
जिब्रोमा हुने थिएनन्
धारिलो
आरीजस्ता
कुनै
शब्दहरू ।
अँध्यारो
र उज्यालो
सुन्दर
र कुरूप
न्याय
र अन्याय
समानता
र असमानता
स्वतन्त्रता
र बन्धन
मेरा
निम्ति
कुनै
अर्थ हुने थिएन
यस्ता
शब्दहरूको ।
कति
सजिलो हुन्थ्यो तिमीलाई
म पशु भएको भए
।
महाकालीको
किनारमा
जेठको
प्रचण्ड धूपमा
महाकालीको
किनारमा छु म
जोडले
चलिरहेछ हावा
हावामा
उडिरहेछ नदीको बालुवा
बालुवासँगसँगै
उडिरहेछन् पातहरू
हावाले
उडाएको बालुवाबाट बचाउन आँखा
फर्किएको
छु म हावा बहिरहेको
दिशातर्फ ।
आफ्नै
भूगोल भएर पनि
होइन
कि जस्तो लाग्ने
अकथनीय
पीडा बोकेर बाँचेको
छातीभित्र
वेदनाको हुरी चले पनि
प्रायः
बाहिर हाँसिरहने दोधारा–चाँदनी
नेपालको
बाँकी भागसँग उसलाई जोड्ने
झोलुङ्गे
पुलको छेउमा उभिएर
हेरिरहेछु
उत्तरतिर
आँखामा
आइरहेछ शारदा र टनकपुर ब्यारेजको
धमिलो
धमिलो अनुहार
स्पष्ट
भएर उभिइरहेछ इतिहासको चित्र
र त्यो जेठको घाम
भएर दुखिरहेछ
मेरो
छातीभित्र ।
वर्षौंपछि
जेठको प्रचण्ड धूपमा
महाकालीको
किनारमा छु म ।
चटामरी
जब ऐँठन अनुभव हुन्छ
अत्यासलाग्दो
यस सहरमा
सुटुक्क
निस्कन्छु म
चटामरी
खान
कुनै
नेवारी खाजा घरमा ।
जसरी
गोपालदाइ
चिया
र सिगरेट पिउँछ
जसरी
जग्गु चौधरी
सुर्ती
मल्छ र खान्छ
जसरी
प्रत्येक साँझजसो
हीराभाइ
निस्कन्छ
गाउँ बस्न
त्यस्तै
नेवारी खाजा घर र
चटामरी
एक आदतजस्तो
भइसकेको
छ मेरा निम्ति ।
खाजा
घरमा पस्नुभन्दा पहिले
बाहिरै
हावासँग
मिसिएर आइपुगेको
चटामरीको
सुगन्ध
मीठो
लाग्छ आफ्नै बारीमा फुलेको
गुलाफको
सुगन्धझैँ
बिल्कुल
मौलिक
अकृत्रिम,
आह्लादक
चटामरीको
सुगन्ध सँगसँगै
अनुभव
हुन्छ
अगाडि
खुला छ
मेरो
इतिहासको प्राचीन पृष्ठ
मेरो
सभ्यताको एक ऊध्र्वगामी सिँढी
मेरो
संस्कृतिको एक इन्द्रेणी फूलबारी
अनुभव
हुन्छ
खाजा
घरमा होइन
म पसेको छु
परिकारहरूको
सुन्दर सङ्ग्रहालयमा
जसको
निर्माणमा
नजाने
कति पसिना बगाएका थिए
मेरा
पुर्खाले
कति
रात बसेका थिए जाग्राम
बिरामी
परेका थिए कति आमाहरू
नजाने
कति दुःख सहेका थिए
तिनले ।
आफ्नो
सुगन्ध हराउँदै गएको यस सहरमा
जब मलाई
आवश्यकता
अनुभव हुन्छ आफ्नो सुगन्धको
र लाग्छ
आफ्नै
बिनाको सुगन्ध थाहा नपाउने
कस्तुरी
हुँदै गइरहेछु म
म निस्कन्छु चटामरी खान
चटामरी
र पसल्नी भाउजूको निष्कपट हाँसो
खाएर
प्रस्थान गर्छु म घरतिर
लाग्छ
म आफ्नै भान्छाकोठाबाट निस्किरहेछु
र अन्त कतै लाग्दैछु
लाग्छ
मेरो शरीरबाट
बहिरहेछ
आफ्नै सुगन्ध
र सुगन्धित भइरहेछ त्यसबाट
सिङ्गो
देश ।
यस ग्लोबल दुनियाँमा
सत्तारुढ
कुनै ठूलो मानिसले होइन
कुनै
कर्पोरेटे बुद्धिजीवी
कुनै
एलिट नागरिकले होइन
मलाई
बचाउनेछन् चटामरी र सामान्य मानिसले
मेरो
सुगन्ध
तिनकै
प्रतिरोधले
राख्नेछ
सुरक्षित ।
घर नरहेपछि
यो घर नरहेपछि
हामी
कहाँ जानेछौं ?
कुन
द्वीप
कुन
पहाडको काख
कुन
नदीको किनार
कुन
वृक्षहरुको माझ
कुन
पङ्क्षीको
साङ्गीतिक
मण्डलामा
हुनेछ
हाम्रो बास ?
कुन
खेतका गरा
कुन
बारीका पाटा
कहाँ
चल्नेछ हलो
कहाँ
उम्रनेछ फापर
कहाँ
फल्नेछ मकै
कहाँ
लहलहाउने छन् धानका बाला
कहाँ
फुल्नेछ सयपत्री
रातमा
कुन आकाशमुनि
निदाउनेछौं
हामी
र भोलिका निम्ति सपना देख्नेछौं ?
के भनेर बोलाइनेछ हामीलाई
घर नरहेपछि
के हुनेछ हाम्रो परिचय
कुन
गीत गाउनेछौं हामी
कुन
बाजा बजाउनेछौं
कुन
नृत्य गर्नेछौं
के हुनेछन् आमाका पूजाका थालीहरु ?
साँच्चै
घर नरहेपछि
हामी
कहाँ जानेछौं ?
इनार र स्त्री
बिहान/दिउँसो/साँझ
जुनसुकै
बेला होस्
घेरिएको
हुन्छ स्त्रीहरुले
गाउँमाझको
इनार
दिन
सुरु हुन्छ इनारबाट
रात
इनारमै पर्छ
घर–इनार
इनार–घर
बाटो
नापिरहन्छन् स्त्रीहरु
वर्षौंदेखि
वर्षौंवर्षदेखि
देखिरहेछु
म यो सबै
इनारभन्दा
गहिरो पीडा
इनारको
पानीभन्दा धेरै आँसु
उफ
!
कसरी सहन्छन् स्त्रीहरु ?
ReferenceHindi To Nepali Dictionary Words Starting From बो
Bridging Cultures: Daily Use Hindi Sentences in Parties with Nepali Meaning
Daily Hindi Sentences for Kids with Nepali Translations: A Simple Guide
Daily Office Sentences: Essential Hindi-Nepali Translations for Everyday Use
Daily Use Hindi Sentences for Parents with Nepali Meanings: A Guide for Everyday Conversations
Daily Use Hindi Sentences for Students with Nepali Meaning
Essential Daily Sentences for Market Conversations: Hindi to Nepali and Vice-Versa
https://easyayurveds.com/ayurvedic-medicine-for-common-cold/
https://easyayurveds.com/ayurvedic-medicine-for-weight-loss/
https://easyayurveds.com/ayurvedic-medicine-for-weight-gain/
https://easyayurveds.com/ayurvedic-medicine-for-cholesterol/
https://easyayurveds.com/ayurvedic-medicine-for-cough/
https://easyayurveds.com/ayurvedic-treatment-for-back-pain/
50 Medicinal Plants of Nepal Highly Liked by Chinese People
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication
Bartika Eam Rai Top Songs Lyrics & Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
Oshin Karki's Nepali Songs Lyrics And Chords
All Songs Lyrics Of Wangden Sherpa
Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु
Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकवी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In Nepali
11 Types of Poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide