R. M. Dangol, a respected Nepali poet, was born on August 28, 1969, in Maidantol, Nuwakot, Nepal. His full name is Ratna Man Dangol, and he is the son of Bhaktakumari and Purnakumari Dangol. He completed his higher education with a master’s degree in Nepali and currently resides in Kapan, Kathmandu.
Dangol entered the world of Nepali literature in 1986 when
his poem titled “Mutuko Izzat Jogauna Gahro Parirhechha” was published in the
literary magazine Madhupurk. This marked the beginning of his literary
journey. His first poetry collection, titled Rashifal Heriraheko Manche
(translated as The Man Watching Horoscopes), was published in 1999. Over
time, he has published multiple poetry collections, with two more awaiting
publication.
For more than twenty years, Dangol has dedicated himself to
poetry, becoming a prominent poet and critic in Nepal’s literary community. His
well-known poetry collections include Rashifal Heriraheko Manche and Dashgajawari,
which showcase his deep insights into society and human experiences. His work
has been widely recognized, and he has received several awards, including the
National Poetry Festival Award and the Yuvamoti Award, which are prestigious
honors in Nepali literature.
Dangol’s poetry often focuses on social and class issues,
reflecting his Marxist beliefs. He explores the struggles and differences
between people from different social classes. In his famous poem “Antar,” he
expresses this conflict by showing a conversation between two people with very
different life situations. He writes:
“I cannot tolerate stillness
He cannot tolerate the wind’s gust
There is a difference between us
I say I am hungry
He says, endure it.”
In these lines, Dangol captures the struggle between the
wealthy, who often avoid change, and the poor, who constantly face hardship and
hunger.
In another poem titled “Adhyaro Ma Kavita Padidainna” (Poems
Aren’t Read in Darkness), Dangol highlights the contrasts between himself
and those who are content with the current social system. He points out how
people with power use it to suppress others, reflecting his views on class
struggle. He writes that these people learn “to wield the sharp scissors to cut
others down,” symbolizing how they use their power to dominate the weak.
Similarly, in his poem “Phoolko Katha” (The Story of a
Flower), Dangol discusses the hardships that women face in society. He
highlights how women suffer from both physical and psychological violence in a
patriarchal society. Through this poem, he criticizes the aggressive control
that society imposes on women’s lives and bodies.
R. M. Dangol continues to be a powerful voice in Nepali
literature, known for his unique perspective and dedication to exploring social
issues through poetry. His works are respected and studied by many young poets
and readers interested in understanding society through literature.
राजधानी हानिएका
उता
पुगिएकै साँझ
घामहरू
बिस्तारै ओरालो लागेजस्तो
फिदिमको
बजारमा
बास
बसेजस्तो लाग्यो
रातो
माटोका ढिस्काहरूबाट
रङहरू
सर्दै-सर्दै
बजारसम्म
पुगेजस्तो
र कोरिन थालेजस्तो लाग्यो
सङ्घीयताको
नारा
फिदिम
चुपचाप
चैतको
हपहपी गर्मीमा
अरुण
नदीबाट
अझ माथि उक्लिएर
उत्तानो
परेजस्तो
कसैलाई
पर्खिरहेजस्तो लाग्यो
चौबीसै
घन्टा
फिदिमलाई
पहरा दिइरहेको
सुम्हालुङको
डाँडाबाट सुनेजस्तो लाग्यो-
उत्तरवर्ती
सोंच
सिर्जनशील
अराजकता
बहु
रङ्गवाद
उता
राँकेबजारबाट
कोल्टो
पर्दै
ओरालो
झरेका
कालापत्रेसडकसँग
सोधुँजस्तो
लागेको छ
तिमीले
फिदिमको ज्वरो नापेका छौ ?
उताबाट
फर्किएको दिन
पाँचथरलाई
छाडेर
इलामतिर
लागेपछि मात्र सम्झिएँ
लिम्बू
मिथक/संस्कृति
किराँती
विम्ब-प्रतीकको हतियार बोकेर
एक हूल कविहरू
यतै
कवितामा गफ चुटिरहेजस्तो
र, पाँचथर हुनसम्म रिसाइरहेजस्तो लाग्यो
काठमाडौँ
फर्किएर
ती कविहरूसँग सोधुँजस्तो लागेको छ
तिम्रा
कविताले पाँचथरलाई के दियो ?
गुनासा
धेरैपटक
तिम्रो भाषण सुनेको छु
मैले
ताली
बजाएको छु
र, टाउको हल्लाउँदै समर्थन गरेको छु ।
चुपचाप
तिम्रा
सपनाहरूसँग
मैले
मेरो सपना साटेको छु
तिम्रो
यात्रासँग
मेरो
यात्रा साटेको छु
हुनसक्छ
सपनाहरूको
साटफेर तिमीलाई थाहा नहोस्
यात्राहरूको
साटफेर तिमीलाई थाहा नहोस्
तर,
मैले
आफैँलाई
तिम्रा आदर्शसँग साटेको छु ।
मैले
मेरो सत्यलाई असत्य ठानेँ हुँला
तर,
तिम्रो सत्यलाई सधैँ सत्य ठानेको
हुँ
सोच्छु,
अहिलेसम्म
मैले जे गरेँ
इमानदारीका
साथ भन्छु
ठीकै
गरेको हुँ ।
तिम्रै
यात्रा रोजेर
म जुन विन्दुमा आइपुगेँ
तिम्रै
विचार बोकेर
मैले
जुन परिचय बनाएँ
तिम्रा
आदर्श बोकेर
मैले
जे-जति प्राप्ति गरेँ
सम्झन्छु
मैले
ठूलै उपलब्धि हासिल गरेकै हुँ ।
तर,
यतिबेला
थाहै
नहुने गरी
एउटा
सानो गुनासो पनि उब्जिएको छ-
तिमीले
ठहर्याएको सत्य
तिमी
आफैँले असत्य भनिदिँदा
तिमीले
बोकेको आदर्श
तिमी
आफैँले बिर्संदा
हिजोआज
म आफैँ आफैँसँग विश्वस्त
हुन सकिरहेको छैन ।
आफैँप्रतिको
अविश्वास
यति
घातक हुँदोरहेछ कि
दिनदिनै
मभित्र झन्झन् गुनासो बढ्न थालेको छ
।
समय
छादै
यति
गुनासो सुनिदिए
यति
गुनासो मनन गरिदिए... ।
बाटो सोध्दै यतैकतै
बाटो
सोध्दै छु
यतैकतै
बाटो
पछ्याउँदै पछ्याउँदै
हिँडिएछ
यहाँसम्म
यहाँसम्म
आइपुग्दा
आफ्नै
जस्तो नलाग्ने स्वभावले
पछ्याइरहेको
छ मलाई ।
हिजोअस्तिजस्तै
उस्तै
देखिन्छु
छालाको
रङ उस्तै छ
हातखुट्टा,
नाकमुख
हिँडाइ,
बोलाइ, हँसाइ
सबै
उस्तै जस्तो लाग्छ ।
तर भन्नेहरू भन्छन्
हिजोअस्तिजस्तो
छैन मेरो स्वभाव ।
उस्तैउस्तै
त छौँ
सँगै
फर्किएका हामी
भोक
आफैँलाई मात्र लागे जस्तो
दुखाइ
आफ्नै मात्र भए जस्तो
आफैँलाई
खुसी बनाउन
आफ्नै
जस्तो नलाग्ने स्वभाव
हाम्रै
साथमा छन् ।
थाहा
छैन
सँगै
फर्किएकाहरूलाई
आफ्नै
स्वभाव कस्तो लाग्दो हो ।
हिँड्नुपर्ने
दिशा
पार
गरेको दूरी
र पुग्नुपर्ने गन्तव्यले
आफैँलाई
यसरी भ्रमित तुल्याउँछ भन्ने सोचिएन
हराएको
बाटोको नक्सा खोजेर
म यहाँ आइपुगेको छु
हिँड्नुछ
अझै
र बाटो सोध्दै छु
यतैकतै
।
परिचय
एउटा
चट्टान
अथवा
हीराको टुक्रा
चट्टान
अथवा हीराको टुक्राभन्दा
अझै
परेको समय
मेरो
भोगाइ समयरहित एउटा पदार्थ ।
यसकै
अथवा यीजस्तै पदार्थहरूको
केस्राकेस्रा
भएर
बिल्कुलै
हल्लारहित भएर
र बिल्कुलै चालरहित भएर
मैले
एउटा जीवितकोष बोकेँ
यही
कोषको सतहमा
हामी
हाम्रो भाग्य खोज्दै छौँ ।
भनिन्छ
– यही भित्ता हाम्रो नियतिरेखा हो
जिउनुपछाडिको
बाध्यता
जस्तो
कि हामी अहिले
खुत्रुकेमा
हाम्रो भविष्य चिहाउँदै छौँ ।
भोज यथावत चलिरहेछ
सुकुलको
तहमाथिबाट खबरदारी गरिरहेका
बेवारिसे
औँला-हत्केलाहरू
संविधानको
त्यान्द्रो चपाउँछन्
र, उग्राउँछन् आराम गरीगरी
समयको
यो सुकुल
रोगी
संविधानजस्तै अझै खिइँदै छ
यद्यपि,
त्यसैमाथि बसेर
मान्छेको
सनातन परम्परा भोज खाइरहेछन्
पर्वपर्वको
भोज
भोजको
निमन्त्रणामा
सधैँ
रुने सुकेनाशी रोगी बच्चाहरू पनि
छन्
सुकुलमाथि
समयले वयस्क बनाइएकाहरू पनि छन्
ती आफ्नो जुठो हात देखाएर
औँसिया
झिङ्गाहरूलाई निमन्त्रणा गरिरहेछन्
साइत
जुराएर सुकुल बुनिरहेका वृद्ध/वृद्धाहरू
उनीहरू
कहिल्यै थाकेनन्
उनीहरू
कहिल्यै फेरिएनन्
जस्ताका
तस्तै उनीहरू
अरूहरूका
लागि नाम्लो बुन्दै छन्, दाम्लो बुन्दै
छन्
भोज
खान सुकुल बुन्ने यो परम्परा
भारी
बोक्न नाम्लो बुन्ने यो परम्परा
भारी
बोकाउन दाम्लो बुन्ने यो परम्परा
यथावत्
चलिरहेछ
भोज
यथावत् चलिरहेछ ।
दशगजावारि
एकजना
जँड्याहाले मेरो हातबाट
मेरो
कविताको एउटा शिर्षक खोस्यो
र, ठूलो स्वरले पढ्यो-
दसगजावारि
…
र, थप्यो एक हरफ-
‘कालापानीपारि’
म झस्किएँ
मेरो
अधुरो कविताको शिर्षक
र उसको संवेदनशील मस्तिष्क
सम्भवतः
ऊ जाँड खाएको अभिनय
गर्दै छ
मैले
बुभेँ
उसले
जाँड खाए पनि नखाए
पनि
ऊ पनि एक नेपाली
नै हो
त्यसपछि
मैले सुरु गरेँ…
दसगजावारि
हामी
मेलम्चीको बिम्बले तिर्खाएका मानिस
हामी
कारगिलको बिम्बले आतङ्कित बस्ती
आफ्ना
घाउको डिलमा उभिएर
बेवारिस
नदीमा डुबुल्की मारिरहेका
हामी,
हाम्रो बाँकी दुनियाँसँग बेखबर
धेरै
टाढा छौँ जस्तो लाग्छ
तर सुदूर अर्को किनाराको घाउ
हामीलाई
नै किन दुख्छ हँ
?
किन
कोसोभोको घाउले हामीलाई नै चहर्याउँछ –
अभावको
यो हीनग्रन्थि पालेर
हाम्रा
खुकुरीको धारबाट
स्वार्थको
नदी बगिरहेको बेला
हामीलाई
हाम्रो आकाश हेर्ने फुर्सद
छैन
सत्ताक्रीडाको
यी आकाशे पुलहरूमाथिबाट
हामीभन्दा
माथि देखिने
ती विदेशी हार्मोनले अग्लिएका झैँ देखिने सगरमाथाहरू
‘कामसूत्र’
विज्ञापनबोर्ड बोकेर
हामीमाथि
लादिएका ती स्वयम्भू डा“डाहरू
यी हल्लाका हावा
यी खान्दानी सा“झ
रगतमा
हार्मोनको कमीले पहेँलिएका
हाम्रो
शिरमाथिको अस्ताउँदो घाम
हामी
प्रौढावस्थामा झैँ घाम ताप्दै
छौँ
दसगजावारि
पीडा
र व्यथाका यी मट्टितेल लाइनहरूमा
खै हाम्रा पाइतालाहरू कहाँ छन् !
हाम्रा
लहराजस्ता सपनाहरू
टेको
लगाउने ती थाँक्राहरू कहाँ
छन् !
थाहा
छैन
हाम्रा
जराहरू दसगजावारि छन् कि पारि
छन्
सत्ताक्रीडाको
यो अगम्य जङ्गलबाट
वर्षौँ
अघिदेखिको उही पुरानै नालायक
नारा
हामी
भीमसेन थापाको काँधमाथि
सत्ताक्रीडाको
भर्याङ चढिरहेछौँ
दसगजावारि,
कालापानीपारि
खै हामी कहाँ छौँ
?
मेरो
कविता अझै अधुरो छ,
त्यो
जँड्याहाको हातमा पर्यो भने
मेरो
यो कवितामा अझ धेरै कुरा
थपिनेछन्
म उसैलाई पर्खिरहेछु ।
इच्छा-पत्र
ढोकैमा
थियो
इच्छाको
बीभत्स लास
हत्यास्थलमा
हुलिया
नरोकिकन बहिरहेको
बासी
हावा पनि थियो
घरको
भित्तामा थियो
समयसंग
गरिएको इच्छाको हस्ताक्षर
कसरी
मारियो
एउटा
जिउँदो इच्छा दिनदहाडै
सिङ्गो
दिन
साक्षी
भएर उभिँदाउभिँदै पनि कसले रोक्यो
घृणाको
आवाज, क्रोधको आवेग
दमनको
प्रतिक्रिया
संविधान
किन बोल्दैन अहिलेसम्म ?
समयसंग
यसरी भ्रमित छन् मानिसहरू
सत्ताका
मतियारहरू
जो ओहोर-दोहोर गर्दैछन्
शून्य
सडकपेटीमा
पाप
पखाल्न
मन्दिर
परिक्रमाको परम्परा छ यथावत्
यथावत्
छ
भजनकीर्तनको
आलाप राग
जयगानको
दुन्दुभि क्रीडा छ निरन्तर
मानिसहरू
हेरिरहेछन्-
समयको भित्तामा यो सिनेमा दृश्य
।
अँध्यारो
कोठामा बसेर
ज-जसले सत्ताको सिनेमा
हेरे
उनीहरूले
हर्ेर्नुछ- अझै अँध्यारिँदै गएका
आफ्नै
भग्न सपनाहरू
छेउमै
उभिएका
लुइ
चौधौं
र अट्टहास हाँसो हाँसिरहेका
सत्ताका
मतियारहरू ।
यतिबेलासम्म
समयले
लेखेको
जुन
इच्छा
जीवित
छ
उसले
शासन गर्नु छ अब
सिनेमाहल
बाहिर ।
सबै प्रश्नको जवाफ मसँग छैन
अकस्मात्
भयो यस्तो
अकस्मात्
मैले
आफैंसँग
धेरै
प्रश्न गरेँ.
अहिल्यै
जवाफ दिनु छ मैले
राष्ट्र,
राष्ट्रियता, राजमुकुटबारे ।
यस्तो
कहिल्यै भएको थिएन
मुकदर्शक
भएर
रमिता
हेरेको, सुनेको
धेरै
पो भइसकेछ
आफैंले
आफैंलाई चिमोटेर
मैले
जवाफ खोज्नु छ
आफैंभित्र
अथवा
टक्टक्याएर कुनै शब्दकोश ।
म आफैं प्रश्न भएर
उभिएको छु
म नेपाली हुँ, होइन
एकछिन
गमेँ, सोचेँ
र प्रश्नको उत्तर खोजेँ आफैंभित्र
हो,
म नेपाली हुँ भनुँ भने
फेरि
मलाई रैती बन्न स्वीकार्य
छैन
होइन,
म नेपाली होइन भनुँ भने
आजसम्म
डिभी–चिट्ठा परेकै छैन ।
राष्ट्र
नै प्रश्न भएर उभिएपछि
आफैंसँग
सोधेँ
राष्ट्रियताको
अर्थ
शब्दकोशको
पाना पल्टाएँ
खोजेँ,
हेरेँ
मैले
राष्ट्रियता बुझेको छु भनुँ भने
गोरखापत्र
पढेकै छैन
होइन,
राष्ट्रियता बुझेकै छैन भनुँ भने
विदेशी
मानार्थ नागरिकता पनि मसँग छैन
।
म आफैं भ्रमित छु
अरुहरू
झैं
मेरो
हृदयमा राजमुकुट चाहि“ छ–छैन
यसो
छामेँ, गमेँ, सोचेँ
झट्ट
जवाफ दिन डर लाग्यो
हा…
लज्जा, मुकुट त उतै छुटेछ
उतै
राजदरबारमै
हृदयमै
नअटाउने मान्छेको मुकुट
मसँग
पो कहा“ हुन्थ्यो र
†
यसरी
अकस्मात्
आफैंले
आफैंसँग सोधिएको प्रश्नको
आफैंले
जवाफ दिन सकिनँ
के तपाईंसँग छ यसको उत्तर
?
Hindi To Nepali Dictionary Words Starting From बो
Bridging Cultures: Daily Use Hindi Sentences in Parties with Nepali Meaning
Daily Hindi Sentences for Kids with Nepali Translations: A Simple Guide
Daily Office Sentences: Essential Hindi-Nepali Translations for Everyday Use
Daily Use Hindi Sentences for Parents with Nepali Meanings: A Guide for Everyday Conversations
Daily Use Hindi Sentences for Students with Nepali Meaning
Essential Daily Sentences for Market Conversations: Hindi to Nepali and Vice-Versa
https://easyayurveds.com/ayurvedic-medicine-for-common-cold/
https://easyayurveds.com/ayurvedic-medicine-for-weight-loss/
https://easyayurveds.com/ayurvedic-medicine-for-weight-gain/
https://easyayurveds.com/ayurvedic-medicine-for-cholesterol/
https://easyayurveds.com/ayurvedic-medicine-for-cough/
https://easyayurveds.com/ayurvedic-treatment-for-back-pain/
50 Medicinal Plants of Nepal Highly Liked by Chinese People
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication
Bartika Eam Rai Top Songs Lyrics & Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
Oshin Karki's Nepali Songs Lyrics And Chords
All Songs Lyrics Of Wangden Sherpa
Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु
Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकवी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In Nepali
11 Types of Poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide