Some Top Poem Of Ishwar Ballav, ईश्वरवल्लभका केही चर्चित कबिताहरु

Some Top Poem Of Ishwar Ballav,  ईश्वरवल्लभका केही चर्चित कबिताहरु

Ishwar Ballav, single of Nepal’s most notable poets, lyricists, and thinkers, was born into a tumultuous period and challenging household circumstances. His existence was a will to flexibility, creativity,

    and rebellion against societal and personal adversities. This biography, largely based upon an close record by dint of his junior brother Bishwaballav, captures his journey as an individual and an painter.

    Early Life and Struggles

    Ishwar Ballav was the oldest of triple sons of Pandit Murali Dhar Bhattarai and Ram Maya. Born into a household fraught with hardship, Ishwar’s childhood was formed by dint of political and personal disruption. His dad, a famous disciple and Purāṇa reciter, introduced persecution under the Rana government for his acute critiques. Murali Dhar’s outspoken nature guided to his imprisonment and confiscation of property, leaving the household in dire straits.

    Ishwar’s junior brother, Swatantraballav, died at the gentle age of triple owing to malnutrition and shortage of medical anxiety during their dad’s incarceration. The household fought to survive upon the meager pay gained by dint of Ram Maya via hard labor. Ishwar, as the oldest, bore the duty of caring for his siblings, comprising the youngest, Bishwaballav.

    Tragedy struck again when their mother, overwhelmed by dint of years of pain and a tight household surroundings, finished her existence. This distressing event left an indelible sign upon youthful Ishwar, forming his worldview and fueling his contumacious and reflective nature.

    influential Years

    Despite these challenges, Ishwar pursued his schooling, completing his matriculation in subcontinent whereas moving via cities like Gorakhpur, Allahabad, Banaras, and Patna. His dryness for acquaintance and his innate talent as a author appeared during these formative years. on behalf of a brief period, he labored as a educator at Malangawa High institute and shortly left in look of a greater goal.

    Ishwar eventually found comfort and inspiration in the natural beauty of Darjeeling, a place that became pivotal in his change as a poet. It was here that he began to gain acknowledgment for his scholarly contributions. He began instruction ancient Indian language at Turnbull institute, location he formed lasting bonds with companion intellectuals like Indra Bahadur Rai, Amber Gurung, and others.

    Literary Contributions and Third Dimension motion

    Ishwar Ballav became single of the establishing members of the "Tesro Aayam" (Third Dimension) scholarly movement, alongside Indra Bahadur Rai and Til Bikram Nembang (Kaīla). This radical movement searched to redefine Nepali writings, steeping it with innovator ideas and trial styles. Their collaboration gave ascend to innovative works that left a deep impact upon Nepali writings.

    As atom of that scholarly movement, Ishwar edited the magazine Phoolpaat Patkar and contributed to the publication of the Tesro Aayam diary. His poems, essays, and stories surveyed themes of existentialism, rebellion, and the human condition, reflecting his personal struggles and intellectual deepness.

    Contributions to melody

    Ishwar Ballav’s talents lengthened beyond writings to music. His collaboration with Amber Gurung and Narayan Gopal noticeable a transformative phase in Nepali music. Ishwar wrote the lyrics for many iconic songs that continue to resonate with audiences today. His lyrical compositions, characterized by dint of deep feeling and complex imagery, high Nepali music to fresh heights.

    private Life

    In Darjeeling, Ishwar found not solely creative achievement and as well a affectionate household. He married Kamala Bhattarai and had quad children: Rekha, Ishu, Rachana, and Anand Ballav. Despite the personal blessedness he found, his existence stayed intertwined with the struggles and aspirations of the Nepali-talking community in Darjeeling and beyond.

    Legacy and last Years

    Ishwar Ballav’s contributions to Nepali writings and music stay unequaled. He gave sound to the struggles of his generation, blending personal ache with general themes of adore, loss, and defiance. His meter, particularly the iconic line “Meri Aamale Aatmahatya Gareko Desh” ("The Country Where My mom Committed Suicide"), encapsulates the deepness of his agony and his review of societal indifference.

    On Chaitra 10, Ishwar Ballav passed away, leaving behind a legacy that continues to inspire. His brother Bishwaballav’s poignant memories of him—from the days of divided hardship to the heights of scholarly accomplishment—offer a glimpse into the existence of a man who flower over hardship to make eternal skill.

    Conclusion

    Ishwar Ballav’s existence is a narrative of flexibility, rebellion, and persistent chase of creative superiority. From his impoverished childhood to his part as a trailblazer of modern Nepali writings and music, he remains a beacon of inspiration for generations to come. His job not solely enriched Nepali tradition and as well highlighted the struggles and triumphs of the human soul.



    बाँकी अर्चना

     निर्वैयक्तिक हुनुको पनि एउटा अन्तराल हुन्छ;
    यता कठिन सपनाहरू कि उता जीवनका गोरेटाहरू
    प्रकाशको किनारै-किनार गइरहेका अनेकौँ पाइतालाहरू
    समाउँदै, आफूले भ्याउन नसकेका उचाइ र अग्लाइहरू;
    म यसबेला कुनै बिम्व खोजूँ
    तिमी यसबेला कुनै बिम्व खोज;
    हत्केलाबाट चुहुन्जेल स्पर्श खोजिरहेर बाँचेका क्षणहरू
    म र तिमी, तिमी र म;
    खेतको डिलमा, भर्खरै जहाँ बाली काटिएको माटो गन्हाउँछ ।

    अँगेना वा धुनीमा सल्काएको तन्नेरी आगो मसित बिउँझिरहन्छ
    तापले दिग्गज छुन खोजिरहन्छ,
    धेरै दिनपछि असमर्थताको कुरा
    धेरै दिनअघि असमर्थताको कुरा,
    आजको असमर्थताको कुरा,
    हिसाबमा कसैको भूल छैन, तिमी पनि त्यस्तै भन्छौ;
    यता मेरा सपना पराजित छन्, म भन्छु, जुन कुरा तिमी भन्दैनौ ।
    एउटा अग्नि पराजित छ, कि जसले सल्काउन पाउँदैन
    एउटा दाउरा पराजित छ, कि जसले सल्किन पाउँदैन ।
    अग्नि म हुँ, सधैँ समिधा खोज्छु
    समिधा तिमी हौ, बालिन खोज्छौ। यो तान्त्रिक आकाश !

    किताबका अनेकौँ परिच्छेदहरू र कोठाहरू,
    किताब पुछ्ने । यो बच्चा, म सम्झना गर्छु ।
    एउटा विप्लवजस्तो लाग्छ किताब,
    कि कुनैलाई पढ्न चाहँदिनँ ।
    अब आदीश्वरको कुरा गर्दिनँ, किताबको कुरा गर्छु,
    एउटा सिङ्गो मर्स्याङ्दी खोला बगेजस्तो हुँदो रहेछ किताब
    हामी पर डिलमा हुँदा रहेछौँ,
    कुनै नआएका अनुहारहरूका अनुहार खोल्दा रहेछौँ ।
    बच्चा / किताब
    म / तिमी,
    डिल / आगो / फेरि आगो ।
    सल्किन हामी बाध्य रहेछौँ ।

    निर्वैयक्तिक हुनुको एउटा अन्तराल हुन्छ,
    कृपया, तिमी मलाई चुस, सकिदेऊ, म सकिन चाहन्छु,
    यहाँ त सूर्य छ / आँखा छ / म छु / तिमी छौ,
    खोलेसा छ, आवाज छ/ईश्वर छ अझै;
    म बाँकी रहन्छु
    आज प्रत्येक व्यक्ति बाँकी रहन्छ ।

    मेरो घरको विरुवा सर्दै सरेन, मरेन पनि भन्दै
    मेरो घरको पानी लाग्दै लागेन, बगेन पनि भन्दै
    मलाई माया गर, म बहुलाउन लागेको छु ।
    म बलिसकेँ, बलुञ्जेल दाउरा हाल, म सल्कन लागेको छु ।
    कथा भन । एउटा कथा भन । एउटा कथा भन । म विरुवा सार्न चाहन्छु ।
    अनकन्टार वनको कुहिरो लाग्छ आज पनि मेरा घरका बलेँसीहरूमा ।
    नितान्त बसेर मात्रै आपसमा कुरा गरिरहन्छौँ हामी
    हवि र अग्नि / अग्नि र हवि,
    अपर्याप्त जीवनहरू सँगसँगै बसेका हुन्छन्
    तर बल्न सक्दैनन्
    त्यसैले खरानी हुन पनि सक्दैनन्,
    अनेकौँ दिनका प्रयत्न अपर्याप्त भएका हुन्छन्;
    त्यसैले अनेकौँ दिनका शुद्ध अर्चनाहरू पनि अपर्याप्त भए ।
    समीप पुगेका थियौँ हवि र अग्निझैँ,
    सामीप्य तैपनि अपर्याप्त भए ।

    ती अनुहारहरू छुन सकिएन, घामले छेकिरह्यो
    ती ओठहरू छुन सकिएन, वातावरणले छेकिरह्यो
    परको त्यो हामीले भिजेको घर, यति थोरै समयमा
    कति बिरानो भएछ ।
    पूरा अर्काको भएछ ।
    हामी सीमाना बाहिर भएछौँ । सल्किरहेको नदीको किनारा भएछौँ ।

    सल्किरहेको अर्चना अझै बाँकी छ ।
    अझै बाँकी छन् बिम्वका महलहरू र खण्डहरहरू ।
    तर वेदीको तातोको छेउ घरि-घरि पुगिरहँदा पनि पोल्दो रहेछ ।
    एउटा सिङ्गो घाम बोकेर हिँडिरहनु पनि गाह्रो हुँदो रहेछ ।
    मेरा विरुवाहरू जहिलेसुकै यस्तै घाम र वेदीमा पर्छन्
    डढ्न खोज्छन् ।

    पात र हाँगाहरू काला झर्न खोज्छन्,
    नियान्ता भएर कहिलेकाहीँ चीसो शीतलता पनि खोज्छन्
    तर, नियति बल्नुबाहेक के रह्यो र, तैपनि
    सल्किरहेको अर्चना अझै बाँकी छ ।

    निरीह 

     केही विम्ब देखिन थालेका छन्
    पानीमा घाम अल्झेको छ,
    कतै गीत जस्तो
    नदीको किनार
    फेरि मनमा बल्झेको छ ।

    बिराना बादल
    कता-कता आकाशमा उड्छन्
    स्वप्नबस्ती खोज्छन्

    उत्तरतिर गइरहेको कर्याङ कुरुङको
    ताँति
    भ्रान्त मन
    भ्रान्त पथ
    भ्रान्त पथिक

    आज फेरि एउटा आरुको फूल
    निरीह झरेको छ
    पानी बगिरहेको छ ।

    मेरा सपना छन्

    म भित्र फूलझै फक्रिरहेका सपना छन्
    म तिमीलाई दिन सकूँ
    हरेक हरियालीबाट सरसता टिपी
    तिमीलाई सुम्पन सकूँ
    कि मेरो निम्ति एउटा गीत बनोस्
    तिम्रा कोमलताहरूले,
    रसिला पातहरू बनून् प्रत्येक बुटामा
    – म तिनलाई छर्न सकूँ
    तिमी पानी पनि त हौ
    कहिले मेरा खोलाहरूमा सग्लो बग्न सक्छौ
    रेशमी थुँगा हौ भने
    कहिले मेरा अग्निहरूमा मिल्न सक्छौ
    तिमी बगैँचा हौ
    कहिले मेरो पतझडमा फुल्न सक्छौ
    कि एकछिन आऊ, मेरो आँगनसम्म
    त्यहाँ एउटा गहिरो नदी बगोस्
    तिमी बग फेरि म बगूँ त्यसमा
    तिमीभित्र फेरि म तिमीजस्तै भिज्न सकूँ ।

    धूवाँको जङ्गल 

     माथि आकास हेर्नु छ
    क्षितिज छुनु छ
    एक जनालाई फूलको थुँगा दिनु छ
    नजिकमा कोही छ कि छैन!
    यदि छ भने उसलाई बोलाउनु छ
    फेरि एउटा लहर र लस्कर बनाएर पर पुग्नु छ
    साँझको रक्तिम कलिलो घाम
    सायद कतै हराएछ
    बिहानको सखार पनि देखिएन
    ओरालो पनि छैन
    कता गए ती बस्तीहरू?
    कता गए ती आफन्तहरू?
    यही धूँवाको जङ्गलमा सबैलाई खोज्नु छ।

    किनारको बोधि छैन 

    किनारको अतिरिक्त
    नदीको दायाँ बायाँ केही छैन,
    नदी बग्छ त्यसैले किनार बग्दैन
    त्यो स्थिर स्थापत्य जस्तो
    नदी हेरिरहन्छ ।

    अनेकौं युगहरुदेखिन्को यो क्रम,कहिल्यै परिवर्तन भएन,
    त्यो अग्लो विश्वास जस्तो
    नदी हेरिरहन्छ।
    छोइरहन्छ किनार ब्यूँझाउन ,तर कहिल्यै ब्यूँझेन
    निद्रामा अनेकौं आयामहरू थपिदैं जान्छन्
    तर कहिल्यै सपना बन्दैन,
    चराचुरुङ्गीका वासहरुको कोलाहल पनि हुन्छ
    बिहान ब्यूँझेर चारा खोज्न गएका पन्छीहरू पनि
    हल्ला गर्छन्
    बकैनाका पातहरूमा हावाले हिर्काउँदा पनि
    नदी आवाज पनि गर्छ,किनार ब्यूँझदैन –
    सूर्यका कति किरणहरू लहरमा चम्किन्छन्-
    किनार ब्यूँझदैन,
    रातोले पनि ब्यूँझदैन
    नीलो, हरियो, सेतो कुनै रङ्गले ब्यूँझदैन ।
    किनारको यो लामो निद्रा
    किनारको यो लामो उराठलाग्दो मौनता
    नदी बाढी बोकेर नआएको पनि होइन,
    उसका अवयवहरुका चौटा-चौटा घाउ नाझारेको पनि होइन
    कतिफेरा धस्कियो पनि गोरेटाहरु बगेर गए
    कतिफेरा बग्यो, आली र साना बाँधहरु भत्केर गए
    तर ढुङ्गाजस्तो निर्मम किनार अझै बोलेन
    निर्मम मौनताको र चंचलताको विरोधाभास
    निर्मम निर्जीवन र जीवनको विरोधाभास
    किनार र नदी
    नदी र किनार
    केहि सिंढीहरु चढेर छोप्न माथिसम्म आएको पनि हो नदीले
    सुम्सुम्याउन प्रहार र आघातहरुका पीडाहरु,
    त्यो स्थित्प्रज्ञ जस्तो किनार
    मात्र आफै जस्तो अर्कोलाई पारी हेरिरहन्छ
    आँखा छैनन् रूखहरू छन्
    भाषा छैनन् बुटाहरु छन् –
    निर्जीव किनारले निर्जीव किनार हेरिरहन्छ,
    नदीले कहिल्यै विश्राम गरेन,ऊ अनन्त गइरहेको हुन्छ,
    अनन्त किनारहरुका नयाँ-नयाँ अवयव छोइरहेको हुन्छ पानीले
    स्पर्शज्ञान याद छैन,
    नितांत ध्यानमग्नताको भ्रम मात्र कतै श्वास-प्रश्वासको
    आरोह अवरोह पनि छैन ।

    किनारको
    बोधि छैन,
    बिम्ब छैन
    किनारको-
    मात्र व्यामोह जस्तो – एउटा भ्रम
    भचाखुसीमा भर्खरै छिनाएको तर मरेको टाउकोको
    -आँखा जस्तो
    निष्प्रा ण लोलाइरहन्छ
    कतै दुख्दो पनि रहेनछ, कतै छुँदो पनि रहेनछ
    अभिशप्त किनार ! श्रापित, लाञ्छित किनार !
    त्यसैले त अचेल उसकै नदीले पनि उसलाई छोडेर कतै बगिरहन्छ ।

    एउटा तीब्र बिहान 

    ती तीब्र उज्याला परिवेशहरू
    पग्लिन्छन् रेखाहरू भएर, कि शून्य झैँ स्थिर हुन्छन्
    तर पनि पग्लिनु स्थिर हुनु होइन,
    पानी हुनु हो ।
    परिवेश पग्लिंदा नदी हुनु हो ।
    त्यसैले, बिहानदेखिन् झरेर बेलुकीसम्म
    जस्तै शिखरदेखिन् तल औलसम्म,
    भिज्दै पनि
    हराउँदै पनि, ती उज्याला आतंकहरू
    आतंकरेखा भने, केही भन्नु हुँदैन
    आतंक साँझ हुनु हो
    घाम हुनु हो-
    पश्चिममा अल्झिरहेका ती साँझहरू
    तरल हुन्छन् तीर भएर
    हरेक पाइलासितै पाइला सार्दै
    हरेक आघातसितै ओर्लिंदै तल
    परेको तीब्र रातो बिहानजस्तो।

    उज्यालोको गुफा 

    प्रश्न पुरानो
    प्रश्न हिंड्ने बाटोको नै हो
    अनि पुग्ने बाटोको नै हो ।

    यद्यपि यात्रा प्रारम्भ भयो !

    तर अमीष्ट पुगिन्छ कि पुगिदैन
    पुगिंदैन कि भन्न आशङ्का पनि
    भन्ने त्रासको नै हो।

    आदिम अर्थ
    भयभीत हुनुको अर्थ। सधैं।

    अनि रुख र्सपको कथा
    शैतान र छलको कथा
    भ्रान्ति खाने कि नखाने भन्ने
    वर्जित फलको कथा।

    अज्ञात र अपरिचित कुनै
    कुनै अनिर्वचनीय गन्तव्य हो त्यो
    निर्लक्ष्य हुँदा पनि पुग्नै पर्ने
    सतत वाध्यता !

    गुफामा कि कुनै अँध्यारोमा
    प्रत्येक बिजुलीको गगनमा उठभव
    र चकमन्न उज्यालोको तीव्र आभास
    तिनको क्रुर प्रहारमा
    त्यसपछि प्रवेश गर्ने - उज्यालो
    सानो - सानो उज्यालो
    उज्यालो गुफा।

    आस्थाहरू स्वतन्त्र हुन खोज्छन् 

    म एकफेरा निर्लिप्त हुने मन गर्छु
    ती अँध्यारा कोठाहरूझैँ, जो सधैँ कुनै बेस्यहार परेको
    – परिवेश जिउँछन् ।

    तिमीहरू भन्छौ, ती अघिल्ला झ्यालहरू पनि अनुहार हुन्,
    जस्तै बगिरहेका खोलाहरू,
    जस्तै अल्झिरहेका बार्दली र झ्यालहरू ।
    तिमीहरूले जस्तै,
    म सुन्न खोज्छु अनुहारहरू, अँध्यारोमा अँध्यारोहरूमा
    यस्तो गर्दा गर्दै कतै कोलाहल बनेको त होइन ?
    यस्तो गर्दागर्दै कतै हाँगाहरू बनिरहेको त होइन ?
    तैपनि, ती अँध्यारा कोठाहरू झैँ
    स्वरूप बनिरहेका हुन्छन्,
    कतै वरिपरिको परिवेशको नाममा भित्ता बनेर
    त्यता कतै ठूलो अग्निको रापले उभिन खोजेको छ,
    उभिँदै र अग्लो हुँदै
    अग्लो हुँदै र उभिँदै,
    तिमीहरूले भन के भइरहेछ यसरी यहाँ
    तिमीहरूले भन के गइरहेछ यसरी यहाँ ?

    यात्रा जस्तो
    जहाँ पुग्ने क्रमको कुनै रुप छैन
    तैपनि तिमीलाई ।
    तैपनि मलाई जीउन मन लागिरहेछ
    यी सबैबाहेक केही हुन मन लागिरहेछ
    ती यात्रा किन बगिरहेको नदी नसोध
    उत्तर छैन ।
    ती किरणहरू किन भाँचिरहेका, बनिरहेका नसोध,
    गति छैन ।
    ती बिम्ब किन खोला भइरहेका, नसोध,
    पानी छैन ।

    तैपनि एउटा मानिस मेरो सामू एउटा गिलास
    म उसलाई हेर्न खोज्छु, पिइरहन्छ
    उसले गिलास किन पिइरहन्छ,
    एकछिन पर्ख, म केही भन्न खोजूँ तिमीलाई
    कहिले काहीँ अलिकति पर्दा खोलेर बाहिर हेरेको झैँ
    जो निरन्तर बाहिर भइरहन्छ
    जो निरन्तर भित्र हुन सक्दैन
    जब, त्यो बाहिर भइरहन्छ ।

    एकछिन पर्ख म कसैलाई लेखूँ, बिहान गरेर
    बिहान उज्यालोको तिमीलाई उपहार हो
    तर, त्यहाँ पनि व्यवधान छ,
    यी सबै उसले खाएको गिलासको प्रभाव होला
    उसले गिलास खाँदा, मलाई हुने गिलासको
    – प्रभाव !

    त्यता कतै अग्निको सल्काइले, समिधा पाएर,
    अग्लो जान्छ पहेँलो तातो भएर माथिसम्म,
    त्यस कुनै पनि माथिलाई सल्काउँदै,
    कतै नजीक र टाढाबाट केही कर्कश
    – बजिरहेर ।
    बजिरहन्छ अचेल कर्कश, कानैमा
    फेरि बिस्तारै बिलाउँदै जान्छ त्यो हो
    त्यसैले म, एकफेरा निर्लिप्त हुने मन गर्छु ।
    कहिलेकाहीँ छेक्छ सीमानाले
    र कहिलेकाहीँ सीमानाले बाटो बगाउँछ
    त्यो निर्मितिसम्म,
    कसैलाई बाँच्ने मन हुन्छ त्यसैले
    कसैलाई मर्ने मन हुन्छ त्यसैले ।
    मैले र तिमीले । तिमीहरूले यिनै कोलाहलको बीच
    – यस प्रकार बाँच्ने र मर्ने मनको कुरा !
    हिसाब लेखिन खोजिन्छ कहिले काहीँ
    एउटा सानो केटाले भनेको आधारमा –
    – आर्कीमिडिज् !
    तिमीहरू जल्न चाहँदैनौ,
    कोही पनि जल्न चाहँदैन,
    त्यसैले कोही पनि, त्यसैले कोही पनि कोही होइन ।

    एउटा अग्लो टाकुरोलाई
    जिस्काउँछ कुनै सानो लघुताले भने
    – त्यो अस्तित्वको खोजी हो ।

    त्यसैले म, एकफेरा निर्लिप्त हुने मन गर्छु,
    ती अनेकौँ अनुहारजस्तै
    ती अनेकौँ अँध्यारोहरूजस्तै
    ती अनेकौँ कोठाहरूजस्तै
    र एकफेरा म स्वतन्त्र हुन खोज्छु
    ती अनेकौँ आस्थाहरूजस्तै ।

    मैले सुनें– विष पिउने रहर रहेछ 

    विष पिउने रहर रहेछ,
    मैले सुनेँ तिमीले विष पिएछौ,
    शायद समाप्त गर्न यो जिन्दगी र यो बैँसहरू
    कुनै शून्यको खोजी
    या निस्तारका लागि तिमीले गरेको अभूतपूर्व
    व्यक्तिगत आयोजना

    पलायन गर्ने आयोजना,
    अस्मिता विलयित गर्ने परियोजना कल्पना गरेछौ,
    कुनै अज्ञातलाई स्पर्श गर्ने प्रयत्न गरेछौ,

    तिम्रो साथीले भन्यो – कुन्नि के गरेको होला त्यसले,
    कुनै रोमाञ्च खोजेको जस्तो।

    देहबाट उम्केर निर्देह हुने प्रयत्न गरेको,
    बिलकुल नष्ट हुन खोजेको, जहरले,
    मैले सुनेँ–
    कतै विष पिउनु पनि एउटा आनन्द हुने हो कि!,
    समाप्त हुने रहरको सुख पाइने हो कि!,
    जिन्दगीबाट भाग्ने इच्छा, र कल्पना हो कि!

    – अस्तित्वको
    सायद कुनै आश्चर्यजनक इन्द्रेनीको अनुभव !
    हलुका भूवा उडेको जस्तो अनुभव,
    परेवाको प्वाँख,
    – कर्‍याङकुरुङ्‍को ताँतीमाथि आकाशमा
    शिखरहरूलाई धरातलमा हेर्दै –
    धागो छिनिएको चङ्गा हुँदै,
    परीहरूले समाएर क्षिेतिजमा लिएर गएको या
    आकाशगङ्गाहरूका रङ्गहरूमा अल्झिँदै
    कतै जाने हो कि!,
    नत्र विष सार्नुको अर्थ नै के हुन्छ र ?
    विना अर्थ मर्नुको अर्थ नै के हुन्छ र !
    तन्तु चुँडेपछि तन्तुको के अर्थ हुन्छ र ?
    धागो नभएपछि बाँधिनुको के अर्थ हुन्छ ?
    जिन्दगी त्यसैले कतै बाँधिनु त हो,
    नमर्नु हो
    विष नखानु हो,
    वेदना पिउनु हो,
    सुख जिउनु हो ।
     
    मरेपछि फूलको देश घुम्ने मन भएछ,
    बाइफाले र नितान्त अनियन्त्रित हुन मन लागेछ
    उत्रिन मन लागेछ बैँसहरूसित,
    मृत्युका सुन्दरता र विभोरताहरूसित, लहसिन मन लागेछ,
    बाँच्नुको विरोधमा मर्नुभन्दा ठूलो जिन्दगीलाई परास्त गर्ने कुनै युक्ति छैन,

    अद्भूत परिवेशहरू
    माला र मोतीहरू
    रङ्ग र प्रकाशहरूको
    जिउँदो मन र आकाङ्क्षाको जुलुसमा
    लावा लस्करका
    जात्रामा–हिँड्नुको अर्थ जिउनु हो,
    तिमीले विष खाएछौ,
    साथीले भन्यो विष खाएर पनि बाँच्यौँ,
    तर एकछिन त मर्‍यौँ नै,
    मृत्युको साक्षात्कार देख्नु र अनुभव गर्नु पनि एउटा सत्य हो

    जिउँदो मन यही हो,
    कहिले ढुङ्गा भएर भारी हुन्छ,
    फलाम भए गह्रुँगो हुन्छ
    मनै त हो पीडाले डाक्दा

    आकाशका अनगिन्ति नीला टुक्राहरू
    बादलका यौटा र पानीका बिन्दुहरू –
    उसले मरेपछि देखेको रे,
    अज्ञानताका समुद्रमा हराउने थियो – ऊ फेरि नब्यूँझेको भए,
    जिससले जस्तै
    बिउँझेर नै उसले भन्यो–आकाशका अनगिन्ति नीला टुक्राहरू
    उसले भन्यो विषले मेरो घाँटी चहरायो मुटु दुख्यो,
    सायद बेहोश भएपछि,

    धूपीका पातहरू, रुखहरू र नीलो आकाशका युवाहरू
    क्षेम र आकाङ्क्षाहरू,
    आफैँलाई आफैँले समाप्त गर्ने उदात्त तिर्खा,
    आफ्नो मृत्यु आफैँले पिउने तिर्खा !

    असंवेदित निर्ममता र कठोरताहरूको विरुद्ध
    अदम्य प्यास र जीवनको बुभुक्षाको विरोधाभास

    के विषले छाती दुखेन ?
    पक्कै चहरायो होला, ताजा घाउ,
    छियाछिया भएको अनुभव भयो होला,
     
    अत्यन्त पीडा भयो होला !
    के विष पिउँदा तिम्रो मासु र रगत दुखेन ?

    कस्तो हुन्छ,
    देहभित्र मासु दुखेको पीडा !
    जिउँदो मासु बिस्तारै–बिस्तारै पीडित भएको वेदना ?

    आत्महत्याको आश्चर्य, कस्तो हुन्छ ?
    – उसको साथीले पनि सोधेन

    ऊ फेरि मौन जिन्दगी बाँचिरहेछ,
    कुनै परिच्छेदको अन्त्यपछि कुनै अर्को परिच्छेद
    बाँचिरहेछ ।

    विष पिएर मरेपछि फेरि जिन्दगी बाँच्ने म
    सायद दुईवटा विश्वयुद्धजस्तै व्यक्तिगत सहने क्रम र फेरि बाँच्ने क्रम हो।
    हिरोशिमा र नागासाकीका धुवाँहरू बाँच्ने क्रम हो।

    या कुनै सुन्दर मौसम
    बिस्तारै–बिस्तारै बग्ने पानी र समीर
    शीतल जून जुनेली, शरद र वसन्त,
    गुराँस र भैँचम्पाको बन बाँच्ने क्रम हो।

    जिन्दगी र मृत्युको विरोधाभासको
    क्यानभास र रङ्ग बाँच्ने क्रम हो।

    अभ्यन्तरमा अभ्यन्तर जहर पिएर बाँच्ने मौसम हो।
    नाम सोधेको पनि हुँ,
    जहर खाएर मर्न चाहने – ऊ मानिसको ।
    कसैले भनेन–विषपायिनीको नाम,
    त्यसैले ऊ विषपायिनी हो ।
    केवल विषपायिनी !
    नाम थाहा नहुनाले विषपायिनी हो,
    विष पिएको हुनाले नै विषपायिनी हो,

    भैगो, तिमीले जहर खाइ त सक्यौ !
    त्यसैले, फेरि ।
    शायद मर्नु भनेको फूलको थुङ्गा हो,
    शायद कुनै बगैँचामा परेको न्यानो घाम हो।
    शायद कुनै नयाँ सखार हो,
    शायद कुनै साँझ हो ।
    नदी र छालहरू हो!
    जिन्दगीको एउटा अन्त्य हो –
    एउटा महान ओझेल हो।

    मेरी आमाले आत्महत्या गरेको देश 

     म बिहान उठेर एउटा सिङ्गो आकाशलाई जब हेर्छु,
    त्यसको वरिपरि रातो दाग लागेका हुन्छन्;
    थुप्रै सूर्यहरू अस्ताउन आँटेका हुन्छन्,
    मेरा अग्लिएका हात पाखुराहरू तिनलाई भेटाउन खोज्छन्
    उम्किदै गइरहेका आभास भएर,
    उम्किदै गइरहेका क्यानभासहरू भएर,
    आफ्ना सत्यहरू भएर,
    तिमीले कहिले काहीँ देखेका छौ
    परको आकाशलाई अझै परको क्षितिजलाई,
    अझै परको रातो रङ्गलाई भने – त्यो मेरो आमा हो ।

    हुन त मेरी आमालाई तिमीले मार्‍यौ भने भनेको छैन,
    उसले घाँटीभरि अल्झाएका खुकुरीको घाउमा मैले
    रगत थुप्रै बगे भनेर भनेको छैन,
    मैले चिच्याएको छैन,
    हुन त मेरो घरको एउटा कोठामा
    जब पस्छु – त्यो मेरो आमा हुन्छ,
    सबैले वरिपरि बसेर कुरा गरिरहेका हुन्छन्,
    ठूलो षड्यन्त्र भैरहेको हुन्छ,
    ब्यङ्ग्य गरेर हाँसिरहेका पनि हुन्छन्
    कि यसको आमाले यसकै देशमा आत्महत्या गर्यो भन्दै,
    र फलस्वरूप म त्यो खुकुरी धोइरहेको हुन्छु ।
    मेरो आमाले आफुलाई काटिसकेपछि मेरो निम्ति
    यही खुकुरी धुनलाई ‘दिनु भएको छ’
    मलाई थाहा छैन, अरूका आमाहरू यस देशमा त्यसो गर्छन् गर्दैनन्
    मलाई थाहा छैन मेरो पुस्ताले खुकुरीहरू पाए कि पाएनन्,
    जब यौटाले आत्महत्या गर्छ
    उसले नै गर्छ –
    उसले भाग्छ
    ऊ काथर पनि हो – त्यो काथर मेरो आमा हो ।

    वीरता ती विशाल महलहरूमा सम्पूर्ण सुरक्षासहित बसेकाहरूलाई
    जीवन ती स्वप्नद्रष्टाहरूलाई
    देश ती शासकहरूलाई
    खोला, ती सन्तहरूलाई, व्यापारीहरूलाई
    देवता, ती धर्मीहरूलाई
    खुकुरी, मलाई
    किनभने मैले यसलाई मेरी आमाको रगतदेखिन्
                                मुक्त गर्नु छ
                                मात्र फलाम बाँकी रहोस् भनेर,
    रगत मलाई
    किन भने मैले यसलाई मेरी आमाको
                                कायरतादेखिन् मुक्त गर्नु छ
                                मात्र शान्ति बाँकी रहोस् भनेर,
    अरूले सास फेर्न पाउन् भन्दै
    ठूलो सन्तुष्टीसहित, ठूलो महत्तासहित,
                                ठूलो फाँट र आलुबखडाको रुखसहित,
    मेरा खुम्चिरहेका यी निधारका छालाहरूमा
    अरूको निम्ति फक्रिरहेका फूल त छैनन्, छैनन्
    तर ती कल्पना पनि छैनन्,
    र ती व्याख्यानहरू छैनन् कितापका कागजमा गर्ने
    र ती चनाखा दृष्टिहरू छैनन्, नियालेर परसम्म हेर्ने
    र ती रगतहरू छन्,
    र ती रगतहरूसित तिमी डराउनेछौ
    र ती रगतहरूलाई मैले मेरो हातले पुलिसको लागि पुछेको छु ।
    भाग्दै गरेको त्यो मानिस,
    एक्लै गएर कहीँ बास बस्न खोज्छ
    त्यसका हातभरि अझै रगतका टाटा छन्,
    ती हात मेरै हुन् ।

    म यिनै हातले सेता कागजहरूमा
    हस्ताक्षर गर्नेछु ।
    भन्नेछु तिम्री आमा पल्लो कोठामा
    गइन् अब एउटा आवाज आउने छ ।
    यौटा ठूलो ढिलो भैसकेपछि तिमी भन्नेछौ
    यो मेरी आमाले आत्महत्या गरेको देश
    यहाँ सधैँ त्यसै भैरहने छ ।
    तिम्री आमाले आत्महत्या गरेको देश
    मेरी आमाले आत्महत्या गरेको देश
    सबैकी आमाले आत्महत्या गरेको देश,
    यो मेरो देश
    यो तिम्रो देश ।
    कुनै कचौराको रक्सीमा एउटा प्रतिबिम्ब छ, भने
    गहिरो सागर तलसम्म पुगेको हुन्छ,
    त्यहाँ आँखाहरू देखिनेछन् निस्तब्ध भएका
    त्यो घाउ छरिएको हुनेछ,
    सबै अवयवलाई चारैतिर फ्याँकेर
    सिलिङ्गमा !
    भित्तामा !
    दराजमा !
    भूईँमा !

    चलमलाउने छन् ब्यूँझनलाई,
    चलमलाउने छन् जिउनलाई
    यी सबै सङ्घर्षहरूसित एउटा ठूलो ब्यङ्ग्य गर्दै
    ती परका एक जमात भोज खाने मानिसहरूलाई
    देश छोडेर चराचुरुङ्गीहरू अज्ञात दिशातिर भाग्न थाल्छन्
    बासस्थान छोडेर सबै आकारहरू बरालिन थाल्छन्
    जङ्गलका बतासहरू जस्तै रूखहरूमा हराउन थाल्छन् ।

    डर लाग्दा बिरालाहरू कोठाभित्र आएर रगत चाटिरहन्छन्,
    मानिसको रगत पहिलोपालि मीठो मानेर उसका गिजाभरि
    स्वादिलो किसिमले लागेको छ,
    मैले धपाउन नसकेको बिरालो त्यही थियो,
    र उसले मेरो आमाको भूईँमा पोखिएको रगत खाइरहन्छ,
    मृत्यु यौटा व्यक्ति भए पनि
    आत्महत्या सबै व्यक्तिको हुनेछ ।

    अहिलेसम्म इतिहासमा कहीँ पनि कसैले नदिएको पुरस्कार
    तिमीले मलाई दिएका छौ
    बिरालो मलाई दिएका छौ
    र दिएका छौ मलाई यौटा देश,
    जहाँ मेरी आमाले आत्महत्या गरेकी छ ।

    आत्महत्या, कहिले फूलको कोपिला जस्तो फूल भएर फक्रिन चाहन्छ
    आत्महत्या, कहिले विशाल गगनचुम्बी भवनहरू भएर उभिन चाहन्छ
    आत्महत्या, कहिले ठूलो पैह्रो भएर जान चाहन्छ
    आत्महत्या, कहिले सडकभरि ओच्छिन चाहन्छ
    आत्महत्या, कहिले ठूलो डढेलो भएर जान चाहन्छ,
    आत्महत्या, क्यानभासमा रातो भएर पोतिन चाहन्छ,
    आत्महत्या, महान लहर भएर सागरमा बहकिन चाहन्छ
    आत्महत्या, यहाँ जसले पनि जहिले पनि हुन चाहन्छ
    आत्महत्या, तिम्रो बुइँगलको सिलिङ्मा कहीँ सिउरिएको छ ।

    लाग्ने हतियार भएर ब्यूँझनेछ ।
    गएर हेर, कसैले खुकुरी लुकाएको त छैन,
                           (सायद तिम्री आमाले लुकाएको होली)
    पल्लो कोठाबाट आवाज आउन्जेल नपर्खिनू
    त्यसबेला तिम्री आमा मरिसकेकी हुन्छे,
    उसले आत्महत्या गरिसकेकी हुन्छे,
    त्यहाँपछि तिमीले खाली कोठा मात्र पाउने छौ
    कहीँ केही भएको हुने छैन,
    छाल पनि हुने छैन लहर पनि
    निर्वैयक्तिक परिवेशमा लामो सास फेरिरहेको मृत्युले
                                                (कहीँ केही भएको हुने छैन)
    लामो सर्प त्यहीँ भैरहेको हुनेछ
    निल्दै बसिरहेको अग्लो रुख र ढुङ्गाहरूलाई
    केही भैरव, केही रुद्र र केही दैत्यहरू हुनेछन्
    रगतमा मुछिएका आवासहरू
    र, अरू सभ्यहरू यो बाटो नहिँडेर परबाट
    जानेछन्
    कुनै पुराणको कथा जस्तो हुनेछ,
    यो मेरी आमाले आत्महत्या गरेको देश ।

                     ०००

    विश्वासका आश्वासनहरू खोज्न थाल्दाखेरी
    कुनै निर्लिप्त सत्यका स्वरूप र आकृतिको रातो
    याद आएको थियो
    तिमी र म त्यसै बेला अल्झिएका खोला नाला उठाएर
    सावाथको दिन, आराम गर्छौँ भन्दै थियौँ
    तर, ती छर्किएका पवित्र पानीहरू थिएनन्,
    ढोका दलिन, र भित्ताहरूमा रातो लागेका व्यक्तिगत
    बलिदान जस्तो ।
    सहादत जस्तो ।
    उसको अनुहार ।
    तिमी र म त्यसै बेला निष्ठुर बेलालाई साथै
    लिएर गइरहेका पनि हुँदा हौँ –हामीलाई थाहा थिएन
    तर म तिमीलाई प्रशस्त चिन्थेँ
    तिमी मलाई चिन्थ्यौ –
    हामी यसरी चिनारी साटिरहन्थ्यौँ, होइन र ?
    चोकभरि ओछ्याइएका बलिदानका रगतलाई
    एक एक गरी केलाएर हेरेका हौँला –कसैलाई चिनेनौँ
    प्रत्येक आँखालाई जाँचेर पनि हेर्यौँ ,
    छामेर जिउलाई हेर्यौँ
    हुन त, परिवेशभरि त्यसबेला सम्पूर्ण वेदना गन्हाइरहेको थियो
    किनभने ती आँखा, ती चोक, ती हातखुट्टा र गिँडहरू थिए
    तिनका वरिपरि पोतिएका स्वरूपलाई
    एउटा सिङ्गो अविश्वासले च्याहिरहेको पनि हुने थियो ।

    बरू अहिले डढेलो नलागेको भए पनि
    खान्डिवको रक्षा गर्न मलाई पठाएको हो,
    त्यँहाबाट कुनै पनि तक्षकलाई उम्किन नदिनू
    किन भने तिमीलाई थाहा छ- डढेलो कतिदेखिन् खुब भोकाएकी
                      क्यानभास जस्तो खाली छ- त्यसमा आगो लेख्यौँ
    पृष्ठभूमि थिएनन् भने पनि गहिरो साँझको रङ्ग बलिरहेको छ,
                      हरेक दलिन बलिरहेको छ,
                      हरेक भित्ता बलिरहेको छ
                      हरेक खुकुरी बलिरहेको छ
    घाँटीबाट ओर्लिरहेको राता सर्पहरू मलाई बेर्न लाग्छन्,
    तिमी त्यस बेला दरबारका ओछ्यान ओछ्याएर
    सुत्ने कोसिस गर्यौँर ।

    भोलिको मीठो र अखण्डित दिनलाई मुखभर, चपाऊँदै
    म त्यहीँ, सर्पसित बसिरहन्छु
    म त्यहीँ, आत्महत्यासित बसिरहन्छु,
    लामा लामा जिब्रो निकाल्दै आउँछन्, रातभरि,
    मृत्यु पर्खिरहनु निर्वैयक्तिक भएर म सिकें,
    तर परको भित्तासमेत एउटा ठूलो अनुहार टाँस्तोरहेछ,
    झ्याल डरलाग्दा नंग्रा पालेर गर्जिंदा रहेछन्
    आमाको लाशसित बसिरहुन्जेल तिमीहरूलाई सन्तोष हुँदो रहेछ,
    मलाई अनेकौँ सर्पहरूको रातो र विषालु डर लाग्छ,
    मलाई हिँड्न डर लाग्छ,
    मलाई, ओर्लिन उक्लन डर लाग्छ,
    मलाई, रगत कुल्चिन्छु कि भन्ने डर लाग्छ,
    मलाई, मेरो देशमा डर लाग्छ ।

    त्यसैले म जेसुकैलाई ‘ब्रेल’ छामे झैँ छाम्छु,
    तिमीलाई तिम्र ओठनिर छामिसकेपछि चिन्न थाल्छु,
    तिम्रा मरेका सबै दिनहरूलाई फेरि ब्यूँझाउन मन लाग्छ
    र एउटा ठूलो रातो झण्डा दिएर तलेजुको मन्दिरनिर
    एउटा ठूलो एक्लो जात्र पठाइदिन मन लाग्छ,
    त्यसलाई पर्खिनेहरूमा कोहि पनि हुने छैनन्,
    धेरैले तानेर लैजानेछन् खटमा हालेर,
    चमर, पङ्खा हम्किँदै रातो जुलुस
    होष्टेका नाराहरू ?
    तिमी सुन्नेछौ, सुनिरहनेछौँ
    त्यो खटको देवतालाई सुनिरहने छ, मेरो देशभरि
    यहाँ मेरो आमाले आत्महत्या गरेको हो ।

    त्यो त स्वयम्भूको हेरिरहने मुर्दा आँखाले देखेको छ,
    तलेजुको मन्दिरले पनि हेरेको छ
    भीमसेनथानको भैरवले पनि जान्दछ ।

    सेतो भैरवलाई रातो रगत !
    कालो भैरवलाई रातो रगत !
    सेतो कालीलाई रातो रगत !
    रातो कालीलाई रातो रगत !
    ती राता सबै दागहरू मेरी आमाले सेरिँदा लाग्छ
    त्यो नीलो नदीलाई रातो रगत ।

    जेउसलाई रातो रगत
    मिनर्भालाई रातो रगत,
    डाइनोसिसलाई रातो रगत,
    ती राता अक्षर मेरा अक्षर हुन्,
    यस बेला ठूलो उत्सव मनाएर, ठूलो नृत्य गरे पनि हुन्छ,
    अनि, गीत गाएर राता फूलहरूका, आगोजस्ता,
    उफ्रिएको खुट्टाहरू पनि होउन्, गालाहरू, चम्केका,
    आँखाहरूमा वेदीहरू टल्किउन् पर बलिरहेका
    ठूलो टापु, कोलाहलको टापु, आगोको रातो टापु
    मेरो आमाले आत्महत्या गरेको देश ।
    कहिले शून्यका सम्बन्ध एउटी कुनै बूढीले कुरा गरिरहिछ,
    भर्खरै उसले माथे बुइँगलदेखिन् तल ओर्लिएकी छे भन्ने कुरा
    ओहोर-दोहोर गरिरहेका रुखहरूलाई, हेर्छन्,
    र उसका हत्केलामा राखेका आँखाहरू
    तिमी र म कहिले पनि उसका कुरा बुझ्नेछैनौं
    ऊ त, त्यही उत्सवको देशकी बूढिया
    यहाँ गुराँस देखेर आएको भनेका छन्
    यहाँ बलेका बिहान र साँझ हेर्न आएको भनेका छन्
    यहाँ रगतका पर्वहरू देखेर आएको भनेका छन्
    एउटा उत्तानो सुतिरहेको भीमकाय दैत्यलाई
    यहाँ उसले देखेर आएको भनेका छन्
    म उसलाई चिन्दछु भन्ने कुरा तिमीलाई थाहा छ,
    तर उसका कुरा बुझ्नेछैनौं हामी ।

    उसका भाषाहरू अनावृत होलान्
    उसको चेहरा जस्तो
    ऊ जस्तो कोही पनि छैन भनेर मैले थाहा पाएको छु,
    ऊ शून्यको सम्बन्धमा समुद्र जानेको छ,
    एउटा आइमाई र लोग्नेमानिसको
    निर्जीव रातो मखुण्डोको बीचमा
    सजीव एउटा फैलिएको रातो हात लिएर
    उभिरहन्छ सिँगारिएका कथाका कथाहरू
    गुलाफको रातो फूल जस्तै, झन्डैले रगत चुहिने गरी सेतो कागजभरि
    अक्षर नचिनिने पार्दै
    मेट्दै बहुलाहाले जस्तै ती पुराना अनौठा सम्झनाहरूलाई
    आफ्ना आकाशहरूभित्र,
    परिप्रेक्ष्यमा कहीँ नीलो पहेंलो रङ्गका पानी नबगेको कुरा गर्दैनन् ।

    आफूले बोकेका सब पूजासामा समेत सिन्दूरी छन्,
    आफैँले लाइदिएका टीका त हुन् ती भचाखुसी
    काटिन लागेकाहरूलाई लाइदिएको
    महान् उद्घोष गर्दै गुम्बजका ऐनाहरू फुटुन्जेल,
    चारैतिर चोकमा, मरेका अवयवहरूमा
    पानी बगेजस्तै सृजना गरिएको छ किताप अघिल्तिर
    परदेखिन् बगेर आइरहेको हुन्छ
    लहरमा अरू लहर र बगाइ अरू बगाइ थपेर
    गहिरो पार्दै भित्ताका सबै ईँटहरूलाई
    माथिको पहेँलो जूनको ज्योति पनि
    अघिसम्म सिन्दूरी थियो भनेर थाह हुन सक्छ
    किन सबैले रातो मेट्न खोज्छन् ?
    मेरी आमाले सेरिँदा छिर्का परेको मेरो निधारमा रातो टिका
    त्यो मुखुण्डो बिचको रातो हात एक्लो
    मेरो बाहेक कसैको हुन सक्तैन
    मैले धोएका खुकुरीहरूको सम्बन्धमा सबै गुठीयारले भन्नेछन् ।

    त्यो पुरोहितले पूजा गरेको,
    काठको पानीको देवता,
    ढुङ्गाको आवाज,
    आकाशको देवता,
    रिसले दाँत देखाउँदै वीभत्स हाँसिरहेका धारहरूलाई
    मैले सम्झने गरेको छु,
    मैले सबै फलामलाई सम्झने गरेको छु
    सधै आहालमा व्यर्थै बसिरहेको सूर्यको डोबलाई
    पूर्वको रातो घाममा
    मैले सम्झने गरेको छु,
    त्यहाँ एक प्रकारको तान्त्रिक लाखेको अनुहार
    मैले सम्झने गरेको छु ।
    तिमी र म बसेको ठाउँमा यो लाखे
    तेस्रो व्यक्ति हो,
    जसलाई मैले सम्झने गरेको छु,
    जसलाई मैले अचेल च्यातिदिने तर्खर गरेको छु ।

    त्यो बूढियाको लोक-कथामा
    सानोतिनो पूर्वाभासको आग्रहलाई म रिसाउँदिन,
    रातो भनिदिएपछि म भन्नेछु
    यो मेरी आमाले आत्महत्या गरेको देश हो
    यसका चारैपट्टि क्षितिजहरू छैनन्
    यसको माथि ठूलो गुम्बज छैन,
    यसको मुन्तिर पाताल कहीँ पनि छैन,
    यसको ढुङ्गा छैन,
    यसको कहीँ पनि शब्द आउँदैन,
    यसको धरहरा र बिगुल छैन
    बिउँझने गरी सबैलाई उसले भन्दैन,
    सिँगो एक्लो परिवेशलाई थाममा बाँध्ने मनसुवा लिएर आउँदै गरेको यात्रामा
    कहीँ गोरेटो टुङ्गिएपछि
    ती झरेका आगोजस्ता थोपाहरूको रङ्गाई
    कैलनरीको उकालोमा, लैजानुपर्ने होला
    स्वतन्त्र तुल्याएर सबैदेखिन्; राजा, ढुङ्गा, देवता, बोक्सी, र डाइनदेखि,
    ऊ के गर्छ भनेर कपाल कन्याउँदै सिङ्गै जङ्गल हेरिरहन्छ, सल्किरहेको ।
    उचालेका अनेकन रुखहरूमध्ये,
    उसको काँधमा मैले र तिमीले देखेको शिरीषको ठूलो रुख ।

                        ०००

    मैले सम्झेको छु ।
    चिच्याएर आकाशतिर हेर्ने हो भने पनि
    हेरे हुन्छ
    त्यो बग्दै गरेको रातो खोला, मेरो आमा हो
    यो मेरो आमाले आत्महत्या गरेको देश हो ।
    म गीतका पर्खाल लगाउन आँटिरहेको छु, त्यस बेला,
    सूर्यका सबै घाम ओच्छिन खोजिरहेका थिए परसम्म
    ओगट्न नसक्ने गरी केही राता गुराँसका पातहरू थिए
    धेरै उज्यलोहरू आँखामा समेटेर अत्यन्त अग्लो उभिरहेका धारा पानी, गलैँचामा
    तिमीलाई यिनै सबै कुराहरू
    म ढुङ्गाको एउटा रातो सूर्यलाई, जन्म दिन बसिरहेको छु
    यही वध्यशिलामा सबैले अनुष्ठान सहित केही खान्छन्
    र, बलिरहेको मुस्ला काखी च्यापेर तातो चुहुने गरी नाच्छन्
    आगोका राता देवताहरू भएका बेलामा
    तिमीले केही नदेखेको भए पनि तिम्रा वरिपरि उत्सव भएको हुन्छ
    नगरा बज्दै गरेका हुने छन् महान् सूचना दिंदै
    महान घोषणा गर्दै,
    चिहानमा मरेका सबैलाई पनि बिउँझाउने गर्दै,
    सुतिरहेका सबै स्वर र आकृतिहरूलाई उठाउने गर्दै,
    र तिमी र म ती बाघका आँखा गन्न थालिरहेका छौं
    र त्यस्तो व्यक्तिले मलाई हेरिरहेछ, भनेर थाहा छ,
    तिमीलाई पनि यस्तै थाहा छ ।
    त्यही हातको रातो खुकुरीलाई ऐनामा उभिन दिँदा म त्यो व्यक्ति देख्छु ।
     
    म र तिमीबाहेक त्यो,
    उही आँधी आएकोजस्तो, आइरहन्छ रातो आँधी
    कतिओटा घर लैजाँदै, कतिओटा किनार लैजाँदै,
    म ठूलो बतास संरचना गरिरहन्छु, त्यस बेला,
    म आकृतिका दुर्बोध्य नियतिलाई संरचना गरिरहेको हुन्छु,
    परको एक्लो बोटमुनि बसिरहेको
    त्यो आकृतिलाई मेरो र तिम्रो आँखाले नाभ्येका पनि त हुन्
    तिमी एक्लिँदै जाँदा, म पनि एक्लो हुँदोरहेछु,
    त्यो रातका अँध्यारा कोठाहरू जसरी एक्लो भएर
    बेग्लै अनुहार बोक्दै, आउँदा रहेछन्
    मलाई लखेट्न ठूलो छाल बेलुकीपख घस्रिँदै आएजस्तै
    ती आइरहेका सबैलाई म सानु निमन्त्रणा दिने रहेछु,
    तिमी र म
    म र तिमी अनि त्यो तेस्रो व्यक्ति,
    तेस्रो व्यक्ति अनि म र तिमी,
    आदान प्रदान गर्छौं आफ्ना एक्ला सेरिएका घाँटीहरूलाई
    तिमीले पर्खेको जस्तै
    मैले पर्खेको जस्तै
    मेरो आमाले आत्महत्या गरेको देशमा,
    कि केही पानी र अक्षताहरू होउन्,
    कि केही अनुष्ठान भए पनि होउन्
    कि केही राता फूलहरू होउन्
    केही होउन्, अस्ताउन आँटेका बेलुकीका आकाशहरू
    मलाई त्यसैले एउटा हत्या भइराखेको हेरिरहन मन लाग्छ,
    र एउटा गोरेटो बलिवेदीमा गइरहेको हेर्न मन लाग्छ
    एउटा भित्तालाई सिङ्गै बिच्छ्याएर
    त्यसका सबै टाटाहरू सहित
    घाइते पारिदिन मन लाग्छ !

    ती ओच्छिएका नासोरिएका भूईँहरूमा,
    ती नसमेटिएका रातो गलैंचा मैले बस्छु
    कुर्दै आउन आँटेको ठूलो भूइंचालो जस्तै,
    ज्वालामुखी आएको जस्तै,
    नदी रगतको आउँछ, जसलाई तिमी बाँध्न खोज्छौ
    म ठूलो पतवारसहित त्यहाँ भिज्न खोज्छु
    त्यो मेरो आमाको रगत
    मेरो रुख हो
    त्यसका चरित्र सुँडमा अनेक रङ्गले बाँधिएको पुतली राखेको
    त्यो सुतिरहेको रुपको अनुकृति समेत गहिरो छ
    अनि देख्न सकिन्छ:
    शरीरमा बाँडिएको केही रातहरू भएर, खुट्टा र हात भएर
    केही सास भएर, सुक्न आँटेकाजस्ता,
    केही घोडाको टाप हिंडेको आवाजजस्ता,
    थोपा सुनिरहन सकिन्छ, एक्लै बसेर,
    त्यो तेस्रो व्यक्ति नभएको ठाउँमा,
    सिलहट भनेर हुँदैन, कुनै सिलहट निर्वैयक्तिक हुन्छ,
    आक्रमण सम्पूर्ण कालो भएर
    तिमीलाई तिमी ती यात्रुहरू र बगरमा हिँड्ने उँटका कुरा गर्नु ।

    त्यो आश्चर्यको रुखलाई माटोले प्रशस्त बाँध्छ
    माथि उम्रन सक्दैन त्यसैले
    धर्तिदेखि उम्किन नसक्ने बाध्यता
    उसको तिम्रो पनि होइन, मेरो पनि
    त्यसैले किन चिन्तित हुने ।
    बरु केही तितेपातीका स्याउला र मंत्रले भजाएका अक्षता
    चौतारीको धुलो, लिएर मान्छिन चाहन्छु यस स्वप्नलाई
    म धेरै बेर रातो सपनाहरू हेर्न सक्ने छैन
    नीलो त शिरीषको बोट भयो
    हरियो गाउँलेको अँगेनामा भन्ने कथा भयो
    पसिना पचाउनलाई ।


    श्रमभन्दा पसिना पचाउन गाहारो हुने कुरा मैले सुनेको छैन
    एउटी चितलाङ्गे केटीले गाउँ आँटेको गीत भएछ,
    वरिपरि सखीहरू लिएर ऊ केटाहरूलाई बाँध्ने गर्थी पुरुष जातिलाई
    एक मुठी ‘स्लिपिंग टेबलेट’ खाएर लेखेका गुनकेसरी पनि
    तिमीलाई मन परेको सुन्दा सम्पूर्ण बलेसी चुहिन थाल्छ
    त्यो धनी फोनेसियन व्यापारीले पैसा प्रशस्त कमाउँछ, हाँस्छ,
    अर्थात् मिदासको कथा ।

    ती सुनौला डलरहरू
    म जहाँसुकै अनुपयुक्त, परिधि सानू त म ठूलो हुँदो रहेछु
    परिधि ठूलो त अझै ठूलो हुँदो रहेछु ।
    अल्झी-अल्झी फेरिएका सासहरू मेरा कान बजिरहेका छन्
    मेरो बाउ जेनेरेसनले मर्न बाध्य गरिएकी मेरी आमा
    हुन त यहाँ हरेक व्यक्ति मर्न बाध्य छ
    जस्तै कुनै कवि तथा कलाकार मर्दा
    मानिसहरू शोक सभा गर्न बाध्य छ ।

    राता फुलेका केही फूलहरू रहेछन्
    कोपिला पनि त्यो बुटामा रहेछ,
    एउटा टापुमा एक्लो बसिरहेको बादल अनि आकास
    एउटा टापु जस्तो एक्लो हुन बाध्य छ,
    पृष्ठभूमिमा सेतो समुद्र राखेर
    दूध जस्तो हुन्छ आँखाका नानीभन्दा बाँकी ठाउँहरू
    निर्लज्जतापूर्ण घर्षणकामी (सैडिस्ट)छ त्यो
    दूध जस्तो बेहान बनाएको काँचो गोलभेडाको तरकारी
    त्यो पृष्ठभूमिको सेतो सागर यस्तै हो ।

    दूधजस्तो हुन्छ यहाँ न्याय गरेको,
    दूधजस्तो हुन्छ छोटै अवधिमा बनेका टुङ्गनाहरू
    दूधजस्तो हुन्छ मलाई तातो अँगेनाको भुङ्ग्रो फ्याँकिएको मासुको चौटा जस्तो ।
    दाउरा पुगेन भने मुर्दालाई त्यसै घाटमा छोपिदिनुपर्ने हो
                                             मेरो देशमा
                                             मेरी आमाले आत्महत्या गरेको देशमा ।
    दूध जस्तो हुन्छ,
    गोठालाले लगेको सबै रङ्गका गाइबाछाहरू
    अहिलेसम्म फर्किन आएका छैनन् ।

    त्यसैले अलिकति अचानोलाई हाँसो,
    अलिकति हाँसो, कुखुराको खोरलाई
    अलिकति हाँसो बिरालोको ढिपी र उसका शोणित लोलुपतालाई
    अलिकति हाँसो तिमीलाई र मलाई ।

    म हाँस्न सकेको मेरी स्वास्नीले मलाई धोका दिएपछि
    मैले प्रशस्त माया गरेको आस्थाले नै
    मलाई ‘जोकर’ बनाएको तिमीलाई थाहा छैन
    हुन त तिमीलाई सबै कुरा थाहा छ,
    फाल्ट पानी जस्तो हुन्छ, यहाँ विश्वास गरेको
    छर्किदै वरिपरि घुमाएर उसलाई दाग लगाउँदै रातो
    उसको जिन्दगी तैपनि जाँदैन त्यसैले उत्सव बाँकी छ,
    म बाँकी छु, खुकुरी बाँकी छ, धार बाँकी छ ।

    मलाई त्यो हतियार हेर्ने इच्छा छ, कसैले दिंदैनन्
    ती भोका धारहरूमा रेट्ने शक्ति जाँच्ने इच्छा छ
    मेरा यी अनौठा इच्छाहरू तिमीलाई राम्रा लाग्ने छन्,
    सबै कुरा राम्रा लाग्ने छन्,
    परका क्षितिजहरू,
    परका भैंचम्पाका फूलहरू,
    परका चौताराहरू,
    परका गोरेटाहरू,
    परका आकाङ्क्षाहरू,
                                   र, मेरी आमाले आत्महत्या गरेको देश
    कतै कुनै पनि दाग लागेको छैन भनेर भन्ने गरेका छौँ ।

    मेरो सामु ओच्छिएको त्यो रङ्गिन परिवेशमा
    सेतो तन्ना ओच्छिएको छ
    केही अनुष्ठानका आभाहरू छन् त्यहाँ,
    म उही खुकुरी माझ्न व्यस्त छु,
    म उही उत्सवमा व्यस्त छु
    मेरा अनेकन सपनाका खोलाहरूलाई शुभकामना दिनेहरू
    तिमीहरू, मेरो आमाको लाश हेर्न आएको भीड हौ
    तिमीहरूलाई सबैको सहानुभूति छ,
    सबैको सहानुभूति छ किन भने मेरी आमा मरेकी छ,
    त्यो तेस्रो व्यक्तिले मलाई विस्तारै सुम्सुम्याउँछ
    किन भने मेरी आमा मरेकी छ ।

    उसको ममाथि सहानुभूति छ, त्यसैले,
    ऊ मलाई केही हातहरूमा, मासुका चौटाहरूमा लुछेर बाँड्न सक्छ
    ऊ मलाई केही कलेजोहरूमा, केही हाड र छालाहरूमा भाग लगाउन सक्छ,
    केही गजबार छिट्कनी र आग्लोहरूमा थुन्न सक्छ,
    तिनका भागिरहेका आकृतिहरूलाई
    तिमीले समात्न सकेनौ भनेर म दुखी छैन
    म दुखी छैन ठूलो सागरको बीच कहीँ पनि त्यो रातो छैन भनेर
    जुन पनि रातो टाटो ठूला ठूला लडाईँहरूमा मेटिन्छ
    थुप्रा लाशहरूमा हराउँछ मेरो आमाको लाश जस्तै
    कथाहरूमा बिलाउँछन् ती पीर र पीडाहरू
    धूवाँ भएर अलिकति माथिसम्म उभिन्छन् दाउरा भएर
    म र तिमी यस बेला कुनै कठोर र निर्मम कथा भन्न सक्छौँ
    जुन कथामा कसैको नाम छैन ।

    ती चहर्‍याउने घाउ पनि छैनन्,
    दुख्दैनन् ।

    अँध्यारो र उज्यालो वियोग भएको धेरै दिनपछि,
    एकै ठाउँमा तिनलाई मैले समातेको छैन,
    संघर्षका र मृत्युहरूका राता रङ्गहरू भएर केही हुने छैन
    तिनीहरू काठले बनाएका पांग्रामा हिंड्ने खट हुन्,
    देवी देवतालाई माथि लिएर सहरको परिक्रमा गर्न
    नसजाइएका कुनामा परेका आवासहरू जस्तै
    नबनाइएका घरका आयोजनाहरूजस्तै,
    तिनका ‘आगोका घर’
    दक्षिणपट्टि खोलिएको झ्यालको उज्यालो
    मन परेको थिएन, तिमीले पनि बन्द गर्यौ
    त्यस अँध्यारोमा
    मैले मेरा यात्रुहरूलाई निमन्त्रण गरेको थिएँ
    उनीहरू आएनन्, पर्खिरहें तिमीले पनि
    यो ‘आगोको घर’लाई जलाउने ईच्छा छ,
    बग्दै गइरहेको पुरानो काठको देवलजस्तै ।

    कोठाबाट आएको मृत्युको आवाजमा
    मन्दिरको महान अनुष्ठान हुन सक्छ ।

                          ०००

    कति बिघ्न विश्रामहीन आँखाहरू !
    केही हेरिरहेका छैनन्, मात्र कुनै विन्दु टुल्टुल्ती देखिरहन्छन्
    र, मुर्दाको आँखा त्यस्तै हुने छन् मैदानमा विभिन्न थरिका हरियोपन लिनेकोलाई
    म बेग्लै कुरा गर्ने, तिमी बेग्लै कुरा गर्ने, त्यो तेस्रो व्यक्ति जस्तो
    अर्थात् हामीले कुरा गरिरहेको उसले सुन्ने छ,
    र, उसलाई आफू कागज हुन इच्छा लाग्ने छ,
    केही नीला आकासहरू खुम्चिँदै उभिँदै
    म पल्लो रातो किनार जस्तो रहेछु, प्रतिबिम्बित देखेको
    तिमी पल्लो स्वर जस्तो, मैले देखेको
    लामो भएर निबन्ध हुन आँट्ने भय उसलाई भएछ,
    मौन कथा एउटा बोल्न नसक्ने
    केवल उत्तानो परेर घाँटीमा घाउ लिएर फैलिरहेको निरावृत घाउ,
    धेरै युगहरूले एकै ठाउँमा जम्का भएर आफूलाई
    भित्रसम्म जसका केही गहिरो पीडा छन्
    हरियो पीडा सन्तापका स्वप्न ।
     
    म गोरेटो खोजिरहेको छु, तिमीसित मिसिएर
    तेस्तो मानिस कोही थिएन, तिमीसित मिसिएर
    बाक्लो थाक लागेर पोल्छ मेरो इच्छाहरूलाई
    सबै बस्तीहरू
    सबै गाउँहरू
    सबै परिवेशहरू
    बल्छन्
    ती पराकाष्ठालाई मात्र केही हत्केलामा बटुलेर
    बाँड्दै जाँदा रहेछन् पाल्चामा बत्ती बाल्दै रातभरि
    हरेक देउता देवीका अघिल्तिर
    ती उज्याला घेराहरू मैले रुचाएको हुँ
    हुन त, तिनीहरू नितान्त एक्ला र एकलाश थिए
    हुन त, तिनीहरू नितान्त टाढा र परदेशी थिए
    हुन त, तिनीहरू नितान्त उदासीन र पराया थिए
    मैले लिन खोजेका आश्रयहरू पनि, धोका दिन खोज्छन्
    नितान्त निर्दोष भएर
    मैले माझ्न खोजिरहेका खुकुरीका राता धारहरू
    अझै पोल्दछन् पूरा क्षितिजको बेलुकीतिर
    बगरको ग्रीष्महरूले जस्तै
    बगरका बालुवाले जस्तै ।

    पुरस्कारजस्ता हुँदा रहेछन् ती राता फलामहरू
    तिमीलाई दिइएका अरनाका रिसजस्ता
    सजाएर पूजसामा झैं,
    हरेक दोबाटोको देउतालाई पाल्चा दिएका हुन्
    तिनीहरूले अँध्यारोमा बसेको धेरै दिनदेखिन्
    केही पनि देख्न नसक्ने भैसकेर
    बालाङ्ग-छदको पश्चिमी महाद्वीपमा जन्म लिने हो भने
    किनारमा त्यस पोखरीका; घोडा र घोडीहरू चर्छन्
    नजाऊ, नजन्म,
    धन र ऐश्वर्य भए पनि त्यो पापी छ
    त्यहाँ नपस्नू ।

    उत्तरीय महाद्वीपमा नजानू,
    धेरै दिन बाँच्न सके तापनि त्यहाँ पाप छ
    दामिनयान नपस्नू,
    लुपाको पूर्वी महाद्वीप नजानू
    भाले र पोथी पौडी खेलिरहेका हाँसका छन्
    त्यहाँ पाप छ नपस्नू,
    नाकमा दुखका गीतहरू सुन्नुपर्ने छ ।
    काला घरहरूका ठाउँ
    पीडाहरूका ठाउँ
    सेता घरहरूका ठाउँ
    पृथ्वीका अँध्यारा प्वालहरूका ठाउँ
    काला बाटोहरूको ठाउँ, नपस्नू,
    आफूलाई सबै पर्खाल र बारहरूले छेकेर बाँध्नू ।

    जाडो प्रशस्त हुनेछ,
    तातो पनि हुनेछ, नपस्नू,
    प्रेमहरूले लखेट्ने छन्, नपस्नू,
    नपस्नू त्यस्ता पुलहरूमा जहाँ आत्महत्या गर्न बाहेक केही गर्न सकिन्न,
    नपस्नू, ती ढोकाहरूमा बलिया साँग्लीहरूले बाँध्लान्
    नपस्नू, रुखका महान् टोड्काहरूमा
    नपस्नू, ती जाल लगाएका माकुराका हातहरूमा
    नपस्नू, अक्टोपसले आहाल बसिरहेको कालो खोलामा
    तिमीलाई निल्ने छन् राता घाउहरूले
    जम्मै पानी रातो भएर रङ्गिउन्जेल,
    तिम्रा रगतहरू बगिसकेका हुनेछन् ।

    Reference

    Hindi To Nepali Dictionary Words Starting From बो

    100 Common Nepali Slang Words with Hindi Translation: A Fun Guide to Understanding Nepali Conversations

    Bridging Cultures: Daily Use Hindi Sentences in Parties with Nepali Meaning

    Daily Hindi Sentences for Kids with Nepali Translations: A Simple Guide

    Daily Office Sentences: Essential Hindi-Nepali Translations for Everyday Use

    Daily Use Hindi Sentences for Parents with Nepali Meanings: A Guide for Everyday Conversations

    Daily Use Hindi Sentences for Students with Nepali Meaning

    Essential Daily Sentences for Market Conversations: Hindi to Nepali and Vice-Versa

    find word you want

    https://easyayurveds.com/ayurvedic-medicine-for-common-cold/

    https://easyayurveds.com/ayurvedic-medicine-for-weight-loss/

    https://easyayurveds.com/ayurvedic-medicine-for-weight-gain/

    https://easyayurveds.com/ayurvedic-medicine-for-cholesterol/

    https://easyayurveds.com/ayurvedic-medicine-for-cough/

    https://easyayurveds.com/ayurvedic-treatment-for-back-pain/

    50 Medicinal Plants of Nepal Highly Liked by Chinese People

    Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications

    35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness

    100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.

    Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer

    Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally

    Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication

    Bartika Eam Rai Top Songs Lyrics & Chords

    Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta

    Oshin Karki's Nepali Songs Lyrics And Chords

    All Songs Lyrics Of Wangden Sherpa

    Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु

    Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords

    Top 10 Ankita Pun Songs with Lyrics and Chords

    Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords

    Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site

    Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकवी माधव प्रशाद घिमिरेका कबिताहरु

    10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota

    Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In Nepali

    11 Types of Poetry with Beautiful Short Nepali Poem

    Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide

    The History of Nepali Poem And Famous Poets of Nepal