Some Beautiful Poem Of Momila मोमिलाका केही उत्कृष्ट कबिताहरु

 

Some Beautiful Poem Of Momila मोमिलाका केही  उत्कृष्ट कबिताहरु

Momila is considered one of the important poets and essayists in modern Nepali literature. She was born on 26th of Saun, 2024 BS (1968 AD) in Dhankuta, Nepal, to mother Sankadevi and father Siddhiprasad Joshi, being the youngest of her parents. Momila has carved a niche for herself in both poetry and essays,
    with their distinctive style becoming a yardstick in contemporary Nepali literature.

    Early Life and Inspiration

    From a tender age Momila had a fascination with words, which seemed to her to wield magic. Her writing gradually transformed into poetry and essays on simple life, nature, and social topics. She has always been different in her thoughts and way of writing. However few people find her works difficult to read because, though her writings are always laced with some deeper meaningful message related to the exploration of deeper life and mystery.

    Major Works

    Momila has published four poetry collections and one essay collection. Some of the poetry books published by her include:

    1. Paeun Fulna Thale Pachi 2053 BS: This is a reflection of her early life in England and the introspective thoughts which she had since she lived far away from her home town.

    2. Junkiri Haru Orlirhechan 2055 BS - It reflects the feelings of pain and freedom which were expressed in most of her early writings.

    3. Durgam Uchhaima Phoolko Aandhi 2060 BS: She had turned very free and open as a writer and never hesitated to create and touch new themes with full confidence.

    4. Bhimsen Thapako Suicide Note 2070 BS: This book happened to be a place of shift as Momila has turned to be more expressive and forthright about the thinking and feeling competency.

    Besides, her essay collection entitled Ishwar Ko Adalatma Outsider Ko Bayan established her as an outspoken essayist. It portrayed the reflection of personal and social aspects in 2063 BS.

    Writing Style and Themes

    The style of Momila is often complex and profound. She writes with philosophical depth, in a language full of meaning. Her poetry often speaks to subjects other than the mundane, delving deep into human feeling, struggles, and the celebration of beauties life affords. For her, poetry should not be read but lived, intermingling heart and mind in one's work. Influences and Inspirations

    Momila is influenced by poets such as Wallace Stevens and Walt Whitman. Whitman's idea of singing one's self strikes a chord within her, and she interprets this to mean that one should live her life as if to celebrate it since life is not devoid of adversities. Thus, through her poetry, she says that amidst pain, there could be joy; rather than weak points, struggles could be strong points.

    Literary Voyage

    She has been in eternal search for deeper truths throughout her journey as a poet and an essayist. Most of her early poems were self-reflective and dealt with personal struggles, while later works showed concern for social issues and universal themes. One can clearly see her growth as a writer as each successive book expresses new thoughts and reflects higher planes of expression.

    Awards and Recognition

    Momila received numerous recognitions for her contribution to Nepali literature. Some of these recognitions include:

     

    Rastriya Kavita Mahotsav Award

    Pragya Padak, 2055 BS

    Gunjan Pratibha Award, 2062 BS

    Bhupi Smriti Samman, 2071 BS

    Celebrating Womanhood Bhagawati Samman, 2073 BS

    Shankar Lamichhane Yuwa Nibandha Puraskar, 2075 BS

    Basushashi Sahitya Puraskar, 2078 BS

    Madhupurk Pratibha Samman, 2079 BS

    Legacy of Momila

    Momila is not only a poet but also an essayist and a cultural promoter. She has contributed to several literary magazines and has organized programs intending to promote Nepali literature. Her edited collection, Sagarmathako Nrityamagn Aatma (2065 BS), has become an important book representing modern Nepali poetry. Her dedication made her an important figure in the literary world to keep Nepali literature alive and growing.

    Momila's works teach the readers to look at life from a different perspective, find beauty in everyday struggles, and be true to oneself. The work this lady does will inspire many generations to come in Nepali literature.

     

     

     

     

    आँसुको बाछिटा जीवन

     

     

     

    जिन्दगीबाटै प्रारम्भ हुन्छ

    मृत्युको कथा !

     

    मृत्युको कथा भनिरहँदा अचानक

    जीवनको दुर्घटनाग्रस्त एउटा जहाज

    मेरो मनको किनारमा आएर रोकिन्छ

    खैरो उदासीमा भग्नावशेषबाट प्रारम्भ हुन्छ

    अर्को मृत्युको कथा !

     

    कथामा

    कुनै सुदूर मुलुकबाट बगेर आएको एक्लो ताराजस्तो

    महाप्रलयपछिको सुनसान खण्डहरमा

    आफ्नी प्रियाको तस्बिर छातीका टाँचा मारेर

    कतै देख्यौ कि भनी

    मौनतालाई आँसुको भाषामा सोधी हिँड्ने

    त्यो एक्लो मान्छे

    हरपल जीवन विरुद्ध बजेको

    मृत्युको सङ्गीत सुनिरहन्छ

    जिन्दगीकै भूमिका बाँधेर

    मृत्युको कविता लेख्छ

    जीवनका सारा रङ्गहरू घोलेर

    सपनामा पनि

    मृत्युकै चित्रकारिता भरिरहन्छ

     

    उसलाई प्रिय लाग्नु एकान्तमा

    आकाशमा धूवाँजस्तै बिलाउने जिन्दगी !

    धर्तीमा माटोजस्तै बिलाउने जिन्दगी !!

    सागरमा पानीजस्तै बिलाउने जिन्दगी !!!

     

    यतिखेर,

    एक्लो एकान्तीय उसलाई

    भीडको एकान्तबाट सम्झिरहेछु

    आहहरूको एउटा सुन्दर पेन्टिङ्जस्तो जिन्दगी !

    उफ्हरूको एउटा सुन्दर धुनजस्तो जिन्दगी !!

    व्यथाहरूको एउटा सुन्दर काव्यजस्तो जिन्दगी !!!

     

    तर, मेरो चेतनामा वास बस्न आएका

    उसको त्यो दर्दभरि हृदयको आर्किटेक्चर

    सायद, शब्दमा क्लिक गर्न सक्दिनँ !

    उसका पीडाहरूको गहन सौन्दर्य

    सायद, कुनै भाषामा फ्रेमिङ्ग गर्न सक्दिनँ !!

     

    अवश्य तिमी पनि महसुस गरिरहेछौ

    उसको अनि मेरो हृदयमा उर्लिरहेको सुनामी,

    सुनामीसँग हेलिँदै सिङगो बस्ती नै बग्दै गरेको

    जीवनको त्राहिमाम परिदृश्य,

    तिनै दृश्यहरूको जङ्गलबाट उठेको

    त्रासद चित्कार

    मृत्युको प्राचीन पागल गन्ध !

     

    मृत्युको कथामा जिन्दगीको भूमिका पढिरहँदा

    कतै फूलहरू भने सीमान्त सौन्दर्यमा फक्रँदै थिए…….

     

    जतिखेर मभित्र सम्बोधिमा जीवन रेखाङकित हुँदै गए

    उसको अन्धकार रातपछि बिहानी जगाउने सूर्य

    मेरो रातको कृत्रिम उज्यालो भ्रम तोडेर

    मभित्र अन्तर उज्यालो जगाउने सूर्य उही रहेछ;

    एकान्तमा बाफिएर आहत मन आँसु बनेर झरेपछि

    उसको सङ्लो आँखामा उदाउने चन्द्र

    भीडमा बाफिएर निसास्सिएको मन आँसु बनेर झरेपछि

    मेरो सङ्लो आँखामा उदाउने चन्द्र एउटै रहेछ;

    एकान्तमा झरे पनि या भीडमा झरे पनि

    झरेको हाम्रो आँसुको रङ्ग पनि विल्कुल उस्तै रहेछ !

     

    यसैले उदाउँदो चन्द्र, सूर्य ताराहरूसँगै

    फुल्दै गरेको फूलको सौन्दर्य हेरेर एकान्तमा मुस्कुराउने

    या उसको मुस्कुराहटमा टाढाबाट साथ दिने दर्शक तिमी !

    मभन्दा टाढा एक्लै नहाँस्नू

    एक्लै हाँस्दा

    हाँसोको लहर मसम्म आइपुग्दैन;

    बादलसँगै एकान्तमा बर्सिने

    या टाढा बसेर एकसाथ बर्सने दर्शक तिमी !

    मभन्दा टाढा एक्लै नरुनू

    एक्लै रुँदा

    आँसुको बाछिटा मसम्म आइपुग्दैन

     

    बुझ्यौ ! यतिखेर

    जीवन गुनगुनाउँदै आफ्नी प्रियाको नाममा

    आकाशजस्तै, सागरजस्तै नीलो गुलाफ रोपिरहेछ …….!!!

     

    (सुनामीमा सारा आफन्त गुमाएका जापानीहरूलाई)

     

     

     

     

     

     

     

     

     

    तिमी

     

     

    (तिमी=पुरुष =नारी)

     

    तिमी

     

    अर्थात् हामी

     

    फरक बाटो भए पनि

     

    आज, एउटै सपनामा हस्ताक्षर गरेर हिँडेका छौँ

     

    हो, तिमी जन्मेको दिन

     

    आमाको निधारको टिका एकाएक सूर्य भएर

     

    घरआँगनमा उज्यालो झलमलाइरह्यो

     

    तर, जन्मेको दिन

     

    आमाको निधारको घामजस्तो टिका एकाएक धुम्मिएर

     

    आफैलाई बगाउने गरी आँखा बर्सिरह्यो….

     

    यसरी फरक नियति लिएर प्रारम्भ भए पनि

     

    मान्छे हुनुको अर्थमा

     

    हाम्रो अस्तित्व भेट्ने आकाङ्क्षा जरुर उस्तै !

     

    हेर !

     

    हामी दुईको आँखादेखि सँगै भागेका सपनाहरूको दूरी उस्तै नै

     

    हामी दुईको संवेदन हुँदै सँगै बगेका नदीहरूको रङ्ग पनि उस्तै

     

    हामी दुईको छातीदेखि सँगै बाफिएर उडेका बादलहरूको हैरानी उस्तै

     

    हामी दुईको मनदेखि सँगै उठेका लहरहरूको चञ्चलता पनि उस्तै

     

    सायद कतै छलिएको थियो

     

    हामी दुवैले देखेको जीवनको उचाइ

     

    हामी दुवैले बुझेको जीवनको गहिराइ

     

    हेर !

     

    यहीँ कतै सुनिन्छ

     

    जीवनको उचाइ भेट्न अहम्को पर्वत उक्लेका

     

    तिम्रा पाइला पाइलाको उत्साही आवाज !

     

    , यहीँ कतै भेटिन्छ

     

    जीवनको गहिराइ भेट्न अहम्को पर्वत ओर्लेका

     

    मेरा पाइला पाइलाको उदास आवाज !

     

    आखिर,

     

    तिमीले चढेको उचाइबाट मलाई भेट्न

     

    मैलेजस्तै तिमीले अहम्को पर्वत ओर्लनु छँदै ,

     

    मैले भेटेको गहिराइबाट तिमीलाई भेट्न

     

    तिमीलेजस्तै मैले अहम्को पर्वत उक्लनु छँदै

     

    यसरी,

     

    उक्लनु ओर्लनुको एउटै पर्वतमा

     

    हाम्रो उचाइ गहिराइको अहम् अल्झिरह्यो

     

    हो, तिमी भने जसरी नि जिन्दगी रेखी हालेरै बगाउन चाहन्छौ

     

    यसै जिन्दगी सलल सलल बग्न चाहन्छु

     

    यथार्थतः

     

    सलल बग्दो समयको तरल सौन्दर्य

     

    कविताको सम्पादित सौन्दर्यजस्तो

     

    स्थिर मिलेको कहाँ हुन्छ !

     

    फेरि हामी दुवैलाई थाहा

     

    झर्दै गरेको आँसुको सङ्गीत सम्पादन गरेर बज्दछ

     

    सम्पादन गरी गरी मुस्कानको दिव्यता छरिन्छ

     

    उर्लँदो प्रेमको सम्पादन सुहाउँछ

     

    छचल्किँदो घृणाको सम्पादन नै सुहाउँछ

     

    झर्दै गरेको पातको दृश्यसम्पादन खुल्दछ

     

    उड्दै गरेको गोधुलीको सौन्दर्य सम्पादन नै खुल्दछ

     

    तर, बग्दो समयको तरल सौन्दर्यमा

     

    कविताको सम्पादित सौन्दर्यजस्तो

     

    मर्जीको मध्यान्तर पनि कहाँ हुन्छ !

     

    फेरि पनि

     

    फक्रँदो फूललाई स्थगित गरेर स्थिर सौन्दर्य पिउनुभन्दा

     

    बर्सँदो बर्सात्लाई स्थगित गरेर एकरस तान सुन्नुभन्दा

     

    बगिरहेको नदीलाई स्थगित गर्दा छाएको मुर्दा शान्तिभन्दा

     

    हिँडिरहेको बादललाई स्थगित गर्दा देखिएको स्थिर दृश्यभन्दा

     

    फक्रँदो फूलको तरल सौन्दर्य

     

    बर्सँदो बर्सात्को तरल सौन्दर्य

     

    बगिरहेको पानीको तरल सौन्दर्य

     

    हिँडिरहेको बादलको तरल सौन्दर्य

     

    जिन्दगीलाई नै छोएर बगेजस्तो

     

    आहा ! बग्नुको मजा नै अर्कै लाग्दो रहेछ !

     

    हुन जिन्दगी बगाउन चाहनेहरूलाई पनि

     

    इच्छाअनुसार स्थिर गर्दै आफ्नो उज्यालो जिन्दगी

     

    अँध्यारोबाट दृष्टिगत गर्नुको मजा

     

    सायद झनै अर्कै लाग्दो हो !

     

    हो, तिमी जिन्दगी रोज्जा धारको नहरमा बगाउन चाहन्छौ

     

    मस्तिष्कको निर्देशित गानमा मस्त छौ

     

    हो, जिन्दगी यसै नदी भएर बग्न चाहन्छु

     

    हृदयको सरर सरर तानमा मस्त छु

     

    तिमी, बेलाबखत सम्पादन गर्दै/स्थगित हुँदै

     

    चित्रकारले आफूले बनाएको चित्र

     

    कुची टोक्दै पटक पटक नियालेजस्तै

     

    किनारमा उभिएर जिन्दगी हेर्छौ

     

    किनारमा उभिएर हेर्नेलाई

     

    आफ्नै धुनमा नदी बगेजस्तै

     

    अनायासै रमिता भइदिन्छु

     

    फेरि पनि

     

    जिन्दगीको नाममा बग्नु

     

    तिमी अर्थात् हामी दुवैको धर्म !….!!

     

    यसरी,

     

    हाम्रो अहम्को दूरी भाँचिएको दिन

     

    आहा ! दोभानमा हाम्रो मिलन हुनु सँगसँगै बग्नु

     

    नदीविनाको किनारा !

     

    किनाराविनाको नदी !!

     

    आहा ! सभ्यताको सबैभन्दा सुन्दर दिन !!

     

    हाम्रो अहम्को दूरी भाँचिएको दिन !

     

    दोभानमा हाम्रो मिलन हुनु सँगसँगै बग्नु !!

     

    सभ्यताको सबैभन्दा सुन्दर दिन !

     

    त्यो दिन ! हाम्रो अहम्को दूरी भाँचिएको दिन !…!!…!!

     

     

     

     

     

     

    फूलको बिम्ब

     

     

     

    शून्यबाट

    फूलको बिम्ब झरेको

    पत्थरको बस्तीमा

    कांडा फूलको दूरी

    नजिक भएर पनि

    कत्ति टाढा मौन लाग्छ

    एउटै बिछयौनामा

    ववव

    ग्रिक सभ्यताझैं

    तिमी फक्रिएको क्षण

    कांडाबीचको तिम्रो शालीन मुस्कुराहट सम्झेर

    भगवानसंग वरदान माग्नै बिर्सेछु

    आंसु बेहिसाब लुकाएछौ नि

    चर्केको ऐनामा तिम्रो बिम्ब

    प्रेमझैं

    अझ सुन्दर देख्दो रहेछु

    कतै बेहद घाममा मुर्झाएर

    तिमी नजरहरूमा छलिए पनि

    आत्मीयताले अंध्यारोमै

    चिन्न सक्ने भएछु

     

    फूलसंग आंखा जुध्नु

    साह्रै दुःखको कुरा

    यहींबाट प्रारम्भ हुनेछन्

    आगामी सुन्दर भूलहरू

     

     

     

     

     

     

     

     

    तारा बलेको रात

     

     

    मेरो कविताको रोमान्टिक मुर्र्च्छना

    यो रात

    शब्दको किनारबाट भागेर, -

    तिम्रा वक्ररेखाहरूको भुमरीमा फसेको छु

    यतिखेर मलाई

    भुमरीको ठोक्कर गहिराइ दुवै प्यारो लागेको

    शब्दसंग शब्दको टक्करमा

    केवल शब्दकै आविष्कार

    प्रकृतिको शालीन विद्रोह

    यो रात

    मलाई चित्रबस्तीमै मौन रहन देऊ

    समयको भव्य सुस्केरा

    यो रात

    कतै पुगिन्छ कि भनेर

    तिम्रो चित्रमा

    मेरो चेतनाको विनिर्मित कालो पहाड उक्लिरहेछु

    चित्रको षडङ्गमा

    तिमी कहांनेर छौ

    पीडाहरूको आतसबाजी

    यो रात

    , तिम्रो पीडाको गन्धले

    औधी पुलकित छु

    दुइ ताराबीचको दूरीमा

    कति पीडाहरू अटाउन सक्छन्

    जीवनभन्दा पनि दिव्य मृत्यु

    यो रात

    यही दूरी मीठो लागेको

    तारा बलेको यो मलामी रात

    तिम्रो प्रेमको आकाश फैलिन

    मलाई त्रि्रै समयको वेश्या हुने रहर

    तिमीजस्तै,

    मेरो समयको आउटसाइडरहुं

    तर सभ्यताको प्रेममय विश्राम

    यो साइबर रात

    सम्झेरै आत्महत्याको कुरा गर्नेछैन

    रात आखिर

    उज्यालोमा छाया परेको हो

     

     

     

     

     

     

    अर्धसत्यमा पीडा

     

     

     

    हरेक सांझ

    उज्यालो मबाट गुज्रिन्छ

    तर मसंग उज्यालो रहन्न

    हरेक बिहान

    एउटा आशा

    नबल्दै मेरो आंखामा निभ्छ

    यसैले कि-

    अक्सर मेरो आंखा

    दह जमेको हुन्छ

    हरेक सांझ

    भीडले मलाई लुगा पहिराइदिन्छ

    तर, -

    मभित्र रहन्नं

    हरेक बिहान

    सागरले मलाई नुहाइदिन्छ

    तर एक बुंद पनि मेरो रहन्न

    रङ्गहरू-

    मेरो अंध्यारोमा पोखिन्छन्

    कुनै चित्र बन्दैन

    रङ्गहरू-

    मसंगै निर्रथक अंध्यारिन्छन्

    परिचित आफ्नो केही रहन्न

    पर्राई उज्यालोमा

    मात्र-

    एउटा श्रापित ढुङ्गा

    एउटा घाइते अहल्या

    एउटा चोइटिएको छाया

    यसै कतै ढलेको हुन्छु

    यतिखेरर्

    अर्धसत्यहरूको पहाडमा

    , सम्पूर्णताको प्रश्न-

    यसै अडेसा लागेको छु

     

     

     

     

     

     

     

     

     

    जाजरकोट

     

     

     

    प्रिय सम्बोधन

    तिमी जहा उभिएर

    मेरो पुर्खा सहिद भएको इतिहास सोधेथ्यौ भेरीलाई

    वारिबाट

    तिमी उभिएको इतिहास सोधिरहेछु

     

    यतिखेर

    तिमी सहिद भएको इतिहाससंगै

    आंफै सहिद समय बगिरहेको भेरीले

    आंसुका हजारौं प्रश्नफूलहरू अर्पण गरेर

    अग्ल्याएको पहाडजस्तो

    आदिम प्रेमबस्ती

    प्रिय जाजरकोट

    वारिबाट तिमीलाई अगालो हाल्न सक्दिन

    केही छैन

    मन फाटिएर हामीबीच भेरी बगे पनि

    निर्वासनमै

    घामको न्यानोमा तिमीलाई अनुभूत गरिरहेछु

    जूनको शीतलमा तिमी मलाई अनुभूत गर्नेछौ

     

     

     

     

     

     

     

     

    दुर्गम उँचाइमा फूलको आँधी

     

     

     

    हिजो साँझ

    आगोको चहकमा आकर्षित मनले

    दुर्गम उचाइमा आत्महत्या गरेछ

    बुभ्mदा

    आगोसँग रिसाएको मनले

    पानीसँग सँझौता गर्न सकेनछ

    शँकै शँकामा

    मनको अधिक प्रिय फूल

    गिरप्mतारमा परेको

    दुर्गम उचाइ

    मनको लाश

    फूलको आँधी….

    भर्खरै मान्छेको विशिष्ट चेतना

    मनको लाश बोकेर

    सभ्यताको आधारशिविरतिर झरेको

    …………………….

    जहाँबाट बिच्छेद भएर मन प्रस्थान गर्दा

    उहिले

    एक्लै चिच्याएर रोएको थिएँ……

    दुर्गम उचाइ….

    मृत्युग्रस्त इलाका….

    फूलको आँधी…..

     

     

     

     

     

     

     

    कविको आत्मा

     

     

    ईश्वरको जस्तो

    मेरो अनुपस्थित उपस्थिति

    मेरा रचनाहरुमा

    मानौं

    महाशून्यमा निर्वासित

    सृष्टिको प्रथम फूल

    मैले सुरक्षित राख्नु

    मेरो जीवनप्रति आभारी छु

     

    जसले बाँचेको आभासमा

    हर सूर्याेदयलाई अभिवादन अर्पन्छ

    मानौं

    आत्माको विस्तारमा

    सृष्टिको अन्तिम फूल

    मलाई नै उपहार मिलेको

     

    केरमेट सपनाका भग्नावशेषबीच

    सृष्टिको साराँश

    मेरा कविताहरुमा

    मानौं

    हुलमुलमा जीउ जोगाएर

    अनिकालमा बिउ जोगाउन

    मलाई आदेश मिलेको

     

    अमरत्वपीडा

    देवताको निजी मामला

    आज मेरो कवितामा परावर्तित

    मानौँ

    अमरत्वपीडाको

    राकरस्त विस्तारमा

    हर कविको आत्मा सामेल

    ………………………..

    मानौँ

    महाशून्यमा निर्वासित

    सृष्टिको प्रथम फूल

    मैले सुरक्षित राख्नु

     

     

     

     

     

     

    सत्यको कुनै छायाँ हुँदैन

     

     

    बाबा भन्नुहुन्थ्यो

    सत्यको कुनै छायाँ हुँदैन

    …………….

    हरपल

    छायाँमुक्त सपना सोचिरहेँ

    कैयन् ऋतुहरू हाँगाबाट झर्दै रहे

    सिसिफस श्रापबाट मुक्त भएको सपना पनि देखेँ

    ब्युँझँदा श्रापको ठूलो ढुङ्गाले आफै किचिएको रहेछु

    ……………..

    विमूढ सामुन्नेमा

    छायाँका अनन्त अर्थहरू बौरिएर

    अग्लिँदो कालो पहाड हेरिरहेँ

     

    फेरि पनि सपनाभरि

    खुला नीलो आकाशमा उडिरहेँ

    ब्युँझँदा घनघोर अँध्यारोमा कुँजिएको रहेछु

    ……………….

    यस बेला

    मात्र अनुभूत गरेँ

    कुनै वस्तु देखिनँ, वस्तुको छायाँ देखिनँ

    छायाँविहीन छायाँले सिङ्गो वर्तमान ढाकेर गयो

    सपना देख्न कहींकतै सेतो रहेन

    ………………..

    घना छायाँको वर्तमानबाट

    आफूलाई उकास्न नसकेर

    केवल भ्रमको उज्यालोमा डुबिरहें

     

    बाबा भन्नुहुन्थ्यो

    सत्यको कुनै छायाँ हुँदैन

    लाग्छ, यसैले ईश्वरको पनि छायाँ हुँदैन

     

     

     

     

     

     

     

    दुर्गम उचाई

     

     

     

    आफूलाई कतै छाडेर

    अधुरो

    कविता पूरा गर्न सक्दिनँ

     

    जीवन रहेसम्म नै

    अनुभूतिको विस्तारमा

    अन्तिम सिमाना कोर्न सक्दिनँ

     

    यतिखेर

    बुझिएको जीवनको अन्तिम पृष्ठमा

    पीडाको विशेषाङ्क पढिरहेछु

    देवालयहरूमा

    विलापको घण्ट बजिरहेछ

    पनि

    बरफको अन्तिम उचाइ सोच्न सक्दिनँ

     

    मानार्थ खुसीमा

    बुझनुका दुर्गम उचाइ उक्लिरहेछु

    लाग्दै

    मैले नदेखेको ईश्वरबाट अलग्गिएर

    मेरो माटोको घाइते छाया

    मलाई पछयाइरहेछ

    पनि मेरो माया नै अन्तिम भनेर

    माटोलाई

    मसँगै सती आउन

    अनुरोध गर्न सक्दिनँ

     

     

     

     

     

     

     

     

     

     

     

    अन्तरिम नोस्तालजिया

     

     

     

     

     

     

    हरेक बिहान

    अकारण

    आफ्नै सपनाहरूको कैदी बन्छु

    तर नजरमा मलाई

    अपराधी चिनिन मन्जुर छैन

     

    अहिले

    निगरानी आँखा छलेर

    बेतोड भागिरहेछु

    मेरै मनको सुदूर प्रदेशतिर

    जहाँ यादहरूको चिहानघारी चिनिनेछैन

     

    लाग्दै -

    यतिखेर गुलाफका नजरबन्द ओठहरूबाट

    पीडाको बहुरूपी गन्ध फैलिरहेछ

    हुन सक्छ-

    यसरी नै मान्छेको चेतना

    आफ्नै मनको ब्ल्याकहोलमा

    विरूपाक्षझैँ

    आधा फसिरहेको हुन्छ

     

    अन्तरिम नोस्तालजिया !

    जीवन साँच्चै नै

    साहै भोग्नलायक

     

     

     

     

     

     

    अर्धसत्यमा पीडा

     

     

    हरेक साँझ

    उज्यालो मबाट गुज्रिन्छ

    तर मसँग उज्यालो रहन्न

    ……………………

    हरेक बिहान

    एउटा आशा

    नबल्दै मेरो आँखामा निभ्छ

    यसैले कि-

    अक्सर मेरो आँखा

    दह जमेको हुन्छ

     

    हरेक साँझ

    भीडले मलाई लुगा पहिराइदिन्छ

    तर, -

    मभित्र रहन्नं

    ……………………

    हरेक बिहान

    सागरले मलाई नुहाइदिन्छ

    तर एक बूँद पनि मेरो रहन्न

     

    रङ्गहरू

    मेरो अँध्यारोमा पोखिन्छन्

    कुनै चित्र बन्दैन

    रङ्गहरू

    मसँगै निरर्थक अँध्यारिन्छन्

    परिचित आफ्नो केही रहन्न

     

    पराई उज्यालोमा

    मात्र-

    एउटा श्रापित ढुङ्गा

    एउटा घाइते अहल्या

    एउटा चोइटिएको छाँया

    यसै कतै ढलेको हुन्छु

     

    यतिखेर

    अर्धसत्यहरूको पहाडमा ????

    , सम्पूर्णताको प्रश्न-

    यसै अडेसा लागेको हुन्छु

    Reference

    Hindi To Nepali Dictionary Words Starting From बो

    100 Common Nepali Slang Words with Hindi Translation: A Fun Guide to Understanding Nepali Conversations

    Bridging Cultures: Daily Use Hindi Sentences in Parties with Nepali Meaning

    Daily Hindi Sentences for Kids with Nepali Translations: A Simple Guide

    Daily Office Sentences: Essential Hindi-Nepali Translations for Everyday Use

    Daily Use Hindi Sentences for Parents with Nepali Meanings: A Guide for Everyday Conversations

    Daily Use Hindi Sentences for Students with Nepali Meaning

    Essential Daily Sentences for Market Conversations: Hindi to Nepali and Vice-Versa

    find word you want

    https://easyayurveds.com/ayurvedic-medicine-for-common-cold/

    https://easyayurveds.com/ayurvedic-medicine-for-weight-loss/

    https://easyayurveds.com/ayurvedic-medicine-for-weight-gain/

    https://easyayurveds.com/ayurvedic-medicine-for-cholesterol/

    https://easyayurveds.com/ayurvedic-medicine-for-cough/

    https://easyayurveds.com/ayurvedic-treatment-for-back-pain/

    50 Medicinal Plants of Nepal Highly Liked by Chinese People

    Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications

    35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness

    100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.

    Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer

    Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally

    Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication

    Bartika Eam Rai Top Songs Lyrics & Chords

    Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta

    Oshin Karki's Nepali Songs Lyrics And Chords

    All Songs Lyrics Of Wangden Sherpa

    Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु

    Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords

    Top 10 Ankita Pun Songs with Lyrics and Chords

    Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords

    Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site

    Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकवी माधव प्रशाद घिमिरेका कबिताहरु

    10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota

    Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In Nepali

    11 Types of Poetry with Beautiful Short Nepali Poem

    Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide

    The History of Nepali Poem And Famous Poets of Nepal