Some Best Poem of Indira Prasai इन्दिरा प्रसाईका केही कबिताहरु

Some Best Poem of Indira Prasai   इन्दिरा प्रसाईका केही कबिताहरु

Indira Prasai is a important Nepali author, poet, and novelist whose works be in possession of left a lasting impact upon Nepal's scholarly landscape. Born upon Falgun 3, 2014 BS (circa February 15, 1958 AD) in Darjeeling, subcontinent, she is the oldest child of her parents, Ganesh Prasad Sharma and Durgadevi Nepal. At the period of her birth, her dad was pursuing his

    research at St. Joseph's College, Darjeeling. soon after her birth, the household moved to Dhanakuta, Nepal, location she exhausted her soon childhood before relocating to Kolkata and eventually resolving in Biratnagar, Nepal.

    Indira Prasai began her schooling at Saraswati Secondary institute in Biratnagar and later completed her higher research, comprising an MBA from Tribhuvan University. Her scholarly background and instruction knowledge formed her scholarly journey. She taught at Mahendra Morang Adarsha Multiple Campus from 2047 to 2051 BS and at Pashupati Multiple Campus from 2056 to 2071 BS.

     

    Literary Career

    Indira Prasai's scholarly contributions include a broad scope of genres, comprising short stories, novels, meter, and essays. She is particularly celebrated for her storytelling and meter, with her works resonating deeply with readers. Her important roles contain serving as the Executive Chairperson of Gorkhapatra Sansthan and presently as the Chairperson of Nai Prakashan. She is as well associated with Trimurti Niketan, a significant scholarly organization.

     

    released Works

    brief Story Collections

    1. person Sadhai Ughraden (2051 BS)
    2. Bayan (2055 BS)
    3. Dosro Satta (2062 BS)
    4. Mero Katha Nalekhidinu (2074 BS)

    Novels

    1. Vishwamitra (2055 BS)
    2. Ranamaya (2058 BS) - Translated into English by dint of Nepal Academy in 2017
    3. Shikha (2059 BS)
    4. Usko Logne Ra Biralo (2060 BS) - Translated into English as The spouse and the Cat (2005 AD) and Arabic by dint of the Egyptian Ministry of Culture (2010 AD)

    Poetry Collections

    1. Baipankhi Ghoda (2057 BS)
    2. Timi Hunuko (2057 BS, lengthy poem)
    3. Nepal information Dot Com (2059 BS)
    4. Maldailai Chithi (2061 BS)
    5. Ae Samudra! (2063 BS, lengthy poem)
    6. Shardha (2069 BS, lengthy poem)
    7. Being of You (2017 AD)

    Epic Poetry

    • Harimaya (2074 BS)

    Her total published works surpass 53 books, ranging over diverse genres, showcasing her versatility as a author.

     

    Awards and Honors

    Indira Prasai possesses been broadly recognized for her scholarly contributions, receiving numerous reputable awards and honors, comprising:

    • Yuba Barsa Moti Puraskar (2051 BS)
    • Rastriya Pratibha Puraskar (2052 BS)
    • Mainali Katha Puraskar (2052 BS)
    • Dipjyoti Puraskar (2067 BS)
    • Bhanu Bhakta Swarna Padak (2071 BS)
    • Prabal Gorkha Dakshin Bahu (2057 BS)
    • Birendra Aishwarya Sewa Padak (2058 BS)

    She was as well honored with the Gaddi Aarohan Rajat Mahotsav Padak (2053 BS) and numerous other accolades for her contributions to Nepali writings.

     

    effect upon Nepali Literature

    Indira Prasai's works survey diverse aspects of Nepali community, tradition, and human emotions. Her skill to interlace compelling narratives and bright meter possesses built her a beloved shape in Nepali writings. Her novel Usko Logne Ra Biralo stands out as single of the first Nepali scholarly works to be translated into Arabic, reflecting her global acknowledgment.

    Beyond her scholarly achievements, Indira Prasai possesses contributed as an editor for numerous scholarly publications, enriching Nepal’s scholarly view. Her works inspire junior generations to survey creativity and the ability of storytelling.

     

    private Life and Legacy

    Indira Prasai is not solely a celebrated author and as well a mentor, educator, and communal employee. Her commitment to Nepali barbarism and writings continues to impact aspiring writers and readers akin. Living in Kathmandu, she remains an energetic shape in scholarly circles and institutions, advocating for the growth of Nepali writings.

    Indira Prasai’s existence and works are a will to her deep adore for Nepali tradition and storytelling, making her a real scholarly symbol of Nepal.



    सुन् चटके सुन्  

    कठपुतलीको नाच हेर्दाहेर्दा
    कठपुतलीको तमासामा खेल्दाखेल्दा
    युगौँ युगदेखि
    तमासे हुनुको पीडाले आजित हामी
    तमासे बनेर ताली बजाउँदा बजाउँदा
    तमासे बनेर गाना बजाना गर्दागर्दा
    ए चटके !
    तैँले नै नचाएका
    कठपुतलीका गलामा
    माला पहिर्याउँदा पहिर्याउँदा
    थाकेका हामी !

    तमासे हुनुकै नियतिले
    कैयौँ युगदेखि प्रताडित हामी
    जुनीजुनीदेखि निस्सासिएका हामी !
    यस बेला आफ्नै गानामा
    यस बेला आफ्नै बाजामा
    र यस बेला आफ्नै सुरतालमा
    गौरवी शिर बोकेर
    हामी जिन्दावाद घन्क्याइरहेछौँ, रमाइरहेछौँ
    र आफ्नै कुवाको मीठो पानी पिउँदै हिंडिरहेछौँ ।

    सुन् चटके सुन्
    भो अब यस रङ्गमञ्चमा
    हामीलाई चाहिँदैन कठपुतली !
    कठपुतली नचाएर
    हाम्रै रक्तकुण्डमा
    डुबुल्की लगाएर
    रमाउने, नाच्ने र नचाउने
    ए रक्त पिपासु नरपिचास !
    सुन् चटके सुन् !
    एक एक कठपुतलीलाई
    मुक्त गर्नेछौँ तेरा डोरीबाट
    अथवा तिनका टुक्राटुक्री
    र झुर्काझुर्की समेत
    नामै निशान
    मेटाउने छौँ हामी ।

    भो अब कठपुतली नाचमा
    नाच्ने छैनौँ हामी तमासे
    कठपुतलीको विजय जुलुसमा
    बजाउने छैनौँ ताली
    अब बन्ने छैनौँ
    हामी तमासे !

    सुन् चटके सुन्
    अब तेरो डोरी छिनालेर
    अब तेरो भारी पर्दा उचालेर
    हामी तँलाई नै
    तमासा देखाउने छौँ
    नाङ्गेझार पारेर तँलाई नै
    हामी तमासा बनाउँदै छौँ
    तेरा ती चटक देखाउने औँलाहरू
    हाम्रा मानस औजारहरू चलाएर
    छिया छिया पार्नेछौँ
    तँलाई अवश्य पराजित गर्ने छौँ ।

    सुन् चटके सुन्
    तैँले देखाएको नाटक
    तैँलै कैयौँ युगदेखि खेलाएको चटक
    अब तेरै पिँडीमा पुगेर उफ्रिने छ
    अथवा नाच्ने र नचाउने छ
    युगौँदेखि तैँले नै
    हाम्रो आँगनमा
    रोपेको विषवृक्ष
    अब तेरै करेसामा पुगेर झाँगिनेछ
    अथवा विष फूल फुल्दै
    र फल्नेछ विष फल ।

    सुन् चटके सुन्
    तैँले बिटुल्याएको
    हाम्रो पवित्र रङ्गमञ्च
    अब हाम्रा कञ्चन बाहुबलले
    चोख्याउने छौँ
    तेरा अस्थिपञ्जरहरू जगभित्र खामेर
    हाम्रो आत्मसम्मानको मसला भरेर
    उत्साह, उमङ्ग र आत्मसम्मानले सिँगारेपछि
    जगमग जगमग चम्किरहेको
    दीव्य मन्दिर उभिँदो छ ।

    हाम्रो स्वाभिमानी झण्डा
    हाम्रो मौलिक जुलुस
    हाम्रो पौरखी पसिना
    हेर् चटके हेर् !

    सन्त भ्यालेनटाइनको बकपत्र

     एक अर्काका आवरणमा रगरगाउने
    क्षणिक आकर्षणमा मर्ने र बाँच्ने
    प्रेमका कलङ्क झैँ
    एक अर्काका तृष्णामै मात्र डुबिरहने
    ए प्रेमका स्याउँस्याउँती किराहरू !
    मेरो पवित्र नाउँमाथि खेलवाड नगर,
    मेरो अमर नाउँलाई वदनाम नगर ।
    मेरो प्रेमको तपस्या र तिलाञ्जलीलाई
    लोगो र व्यापार बनाउनेहरू
    भो मेरो व्यापार नगर,
    रातो गुलाफभित्र
    निहीत स्वार्थ लुकाउँदै
    मेरो नाउँ धमिल्याउनेहरू
    भो फूलको अतिक्रमण बन्द गर ।
    लोभी, भोका र अन्धा प्रेमीहरूको
    शिरको ताज बन्नु छैन मलाई,
    युगौँदेखिको मेरो चाहको परिणाम
    साँचो प्रेमका लागि तिरोहित
    मेरो वलिदान
    खरानी बनाउनु छैन मलाई
    यस शहरको
    दुर्गन्धित वाग्मतीको ढलमा
    पवित्र अस्तु झैँ भएर
    प्रत्येक पल बगिरहेको
    मेरो प्रेमको अस्मिता
    हेर्नु छैन मलाई ।
    भो म हेर्न सक्दिन
    तिम्रो यो प्रेमलीला !
    सावधान ए कुटिल प्रेमीहरू!
    म कर्फ्यू लगाउँदै छु
    सैनिक पठाउँदै छु ।
    भित्र्याँसमा मुर्दावाद बोकेर
    बाहिर बाहिर
    जिन्दावादको नारा घन्क्याउन पाइन्न
    बन्द गर यो हस्तक्षेपको संसार !
    बन्द गर यो प्रेमको नाटक !
    बन्द गर यो देह बजार !

    माल्दाइ 

    माल्दाइ !
    धेरै समयपछि
    आज फेरि तपाईंलाई
    चिठी लेख्न मन लाग्यो
    मनको वह तपाईं सामू
    पोख्न मन लाग्यो ।
    माइतीको सम्झनाले
    यसैयसै मन एकतमास भएको बेला
    माइतीको तिर्सनाले
    मन त्यसैत्यसै ओइलाएको बेला
    तपाईं सामू पोखिएर
    छताछुल्ल हुन खोज्दै छु ।
    मनका वेदना, पीडा र चाहनाहरु
    सबैसबै रित्याएर
    हलुङ्गो हुन खोज्दै छु माल्दाइ !
    भन्ने ले त जे पनि भनिदिन्छन् माल्दाइ !
    सुन्नै छ भनी सबै सुनी दिन्छु
    तपाईंकी चेली भनेर
    मलाई समेत होच्याउँछन्
    गिज्याउँछन् र जिल्याउँछन्
    ओरालो लागेको मृगलाई
    पाठोले लखेट्यो त के नै नयाँ भयो र !
    हिंजो तपाईको प्रचण्ड तेजमा रापिनेहरु
    बलेको आगोमा हात सेकाउनेहरु
    तपाईंको नाममा जिन्दावाद गर्नेहरु
    तिनै हातहरु उचालेर
    अहिले तपाईंलाई नै
    धारे हात लाउँदैछन् माल्दाइ !
    मूर्दावादको नारा घन्काउँदैछन् माल्दाइ !
    तपाईंका पाउमा दाम राखेर दर्शन गर्नेहरु
    तपाईंको नाउँसँग जोडिएर शिर ठाडो पार्नेहरु
    आज तपाईंकै शिरको मोल तोकेर
    तपाईंको अस्तित्व नामेट पार्न खोज्दैछन् माल्दाइ !
    समाचार सुन्दै छु
    समाचार हेर्दै छु
    माइतीको हाल बेहाल छ
    तपाईंको घर लथालिङ्ग छ
    मेरो माइती भताभुङ्ग छ ।
    माल्दाइ ! भन्न त उसो हुन्न कि
    रिसानी माफ रहोस माल्दाइ !
    सानो मान्छेको ठूलो कुरा पनि
    नभन्दिनु होला माल्दाइ !
    हिंजो तपाईंले नै पनि
    हाम्रो घर सम्हाल्नु भएन
    पितापूर्खाको नासो
    जोगाउन सक्नु भएन ।
    मैले नै पनि कति निहोरा गरें
    अनुनय गरें, विनय गरें
    तर अहँ ! तपाईंले पटक्कै सुन्नु भएन
    विद्वतजनलाई पाखा पार्नु भो
    मर्ूखहरु बटुलेर काखमा राख्नु भो
    अयोग्यहरुका घेराभित्र बसेर
    उनकै सल्लाहमा लाग्नु भो
    चाहिंदो नचाहिंदो जे पनि
    गर्नु भो, गराउनु भो
    निदानसेख घरै छोडेर
    बचेरालाई विल्लिवाठ पारेर
    निमुखा निर्धालाई विचल्लिमा छोडेर
    तपाई त बनिबास लाग्नु भो माल्दाइ !

    माल्दाइ ! तपाईं त जानु भो
    उमेर भएकै थियो, जंगल पाउनु भो
    तनावको जीवनबाट उन्मुक्त भएर
    अमनचैनको जीवन विताउन पाउनु भा’छ
    कन्दमूल खानु भा’ छ, भजन जप्नु भा’ छ
    तर छहारी नै काटिएपछि
    के हाल भो होला आश्रतिको ?
    तपाईंलाई केही थाहा छ ?
    भैगो माल्दाइ !
    अब बितेको कुरा पनि कति गरुँ म
    अहिले कै कुरा गर्छु र मनभित्रका अटेशमटेश पोख्छु

    माल्दाइ !
    हिंजो आज त ब्वाँसा र चितुवाहरु
    मनुवाको खोल ओडेर
    शहरभरि पसेका छन्
    नीजि झुपडि पनि नभएका
    आडम्बरी रक्तपिपासु
    तिनै जनावरहरु
    महलमा बर्साईं सरेका छन्
    विशाल अट्टालिकाका पटाङ्गिनीबाट
    कङ्कलाशब्द गरेर एकनास
    अहिले उनीहरु नै
    शान्तिगीत गाँउदै छन्
    अनि निरीह परेवाहरुको हाल
    आज पनि उस्तै छ माल्दाइ !
    ती बबुराहरु
    तपाईंको पालामा पनि
    निरीह, निर्धा र सँधै त्रसित थिए
    अहिले पनि उनीहरु
    उत्तिकै डराएका छन्,
    कोही भोकै छन्, कोही नाङ्गै छन्
    छेपारा र पिपलपातेहरु
    अवसरको फाइदा उठाउनमा
    व्यस्त छन्, मस्त छन्
    तागतिला स्वाभिमानिहरु
    उतर्सिएर बाहिरिएका छन्
    निर्धा, निमूखा र लुलाहरु
    लाचार भएर, शिर निहुरियाएर
    अधमरो बाँचेका छन् माल्दाइ !
    माल्दाइ !
    रक्सी उही हो
    बोतल फेरिएका छन्
    हिँजो एउटाले मोज गरेको
    देख्न नसक्नेहरु नै
    आज अनेकौं भएर पनि
    मोजै गर्दैछन्
    मेरो माइतीको ढिकुटी
    रित्याउने खेल खेल्दै
    प्रतिस्पर्धाको पराकाष्ठा नाघेर
    नाच्दैछन् रमाउँदै छन् ।

    माल्दाइ !
    भरखरै पटाक्षेप भएको छ
    दृष्य फेरिने तरखरमा छ ।
    तपाईं नै महान भन्ने आवाज
    गुञ्जिन थालेको छ
    अब तपाईं नै आउनु पर्छ
    तपाईंले नै हाम्रो घर सम्हाल्नु पर्छ
    भन्दैछन् ! भन्दैछन् ! भन्दैछन् !
    अर्कातिर दसै औंला घिउमा डुबाउनेहरु
    सन्तान दरसन्तानको बन्दोबस्त गर्नेहरु
    हुन्न हुन्न हुँदै हुन्न भन्दै छन्
    उनीहरु पाखा पारिने खेल
    खेल्नै हुन्न पनि भन्दैछन् ।
    छिमेकीको चाला पनि
    उहिलेकै जस्तै नै हो माल्दाइ !
    उनको खेल सँधै झैं
    बुझनिसक्नु छ
    अथवा बुझेरै पनि
    के नै हुन्छ र माल्दाइ –
    ठूलो माछा सानो माछो खेलाइरहन्छ
    रहर परुञ्जेल खेलाउला
    भोक जागे मौका परे
    क्वाप्लक्कै खाइ देला
    कसले भन्न सक्छ र !

    माल्दाइ !
    विरालाले मुसाको अस्तित्व जोगाइदिएको
    इतिहास कतै लेखिएको छ र –
    सानो माछोको अस्मिता
    ठूलो माछाले जोगाएको घटना पनि
    पोखरीमा कहिल्यै घटेको छ र –
    थकित छु माल्दाइ !
    गलित छु माल्दाइ !
    विगत र वर्तमानको प्रताडनाले
    जिर्णसिर्ण भइसकेकी छु माल्दाइ !
    यसबेला पनि
    मेरो माइती जोगियोस
    म सँधै माइत भनी आउन पाउँ
    स्वाभिमानले उचालिएको शिर बोकेर
    मेरो माइतमा
    सँधैसँधै रमाउन पाऊँ
    कल्पँदै छु माल्दाइ !
    तपाईं फर्केर मेरो माइती सिंगारे

    माल्दाइ !
    मेरो मरणान्त भावनालाई
    संजीवनीको लेप लाग्ने छ
    मेरो खुशीको सीमा फैलिने छ
    मेरो उमंगले आकाश छुने छ
    तर माल्दाइ !
    हिंजोको कथा पनि मैले विर्सेको छैन
    तपाईकै जिम्माको मेरो माइतीघर पनि
    हामीले चाहेजस्तो, हामीले भनेजस्तो
    कहिल्यै भएन
    हुनै पर्ने पनि केही भएन
    त्यसैले आज फेरि
    तपाईं आउनु होला
    मेरो माइतीघर सम्हाल्नु होला
    मलाई आशा लागेको छ
    तर विश्वास जागेको छैन
    म भर्रपर्नै सकेकी छैन ।

    माल्दाइ !
    मर्नु भन्दा बौलाउनु नीको भने झैं
    परिवर्तनका लागि परिवर्तनमात्रै
    अबका परेवाले थेग्न सक्ने छैनन् माल्दाइ !
    त्यसैले माल्दाइ !
    हिंजो जे भयो सो भयो
    परेवाको छातिमा टिल्पिलाएको
    तपाईंको मायाँको झिल्को
    विन्ति छ डडेलो नबनोस् माल्दाइ !
    मायाँको डडेलोले त
    मनै डडाउँछ
    युगौंयुगसम्मको मायाको बिउसमेत
    डडाउँछ सखाप पार्छ माल्दाइ !
    त्यसैले सावधान माल्दाइ !
    पाइला गनेर आउनुहोस
    पाइला चालेर आउनुहोस
    पाइला दह्रोसँग
    जमिनमा टेक्न सक्नुहुन्छ भने

    आउनुहोस माल्दाई !
    मैले नभनी नहुने कुरा
    धेरै छन् माल्दाइ !
    अहिले तपाईंलाई नभनेर
    पछि पछुतोमा पर्न पनि
    म चाहान्न माल्दाइ !
    त्यसैले माल्दाइ !
    तपाईं आउनु पर्छ आउनु होस
    मेरो माइतीघर सम्हाल्नु पर्छ
    सम्हाल्नु होस
    तर हिंजो तपाईलाई घेरेर बस्ने ब्वाँसाहरु
    घरै नास्न सुरिएर लागिपरेका
    भुसको धुँवामा सल्केका झुम्राहरू
    जस्तोसुकै बलियो काठ पनि
    धुलो पार्ने धमिराहरु
    सबैसबै
    पन्साउने गरी आउनु होस्
    साँचो अर्थमा मेरो माइतीघर
    सुन्दर, शान्त र विशाल बनाउने गरी
    निरीह परेवालाई स्वतन्त्र आकाशमा
    निर्विध्न उडान भर्न दिने गरी
    पुस्तौंपुस्तासम्म तपाईंको गाथा
    स्वर्णाक्षरमा कुँदाउने गरी
    आउनुहोस् माल्दाइ स्वागत छ ।

    आउनुहोस माल्दाइ !
    विवेकका आँखा उघारेर आउनुहोस्
    हामी सबैलाई सँधैभरि
    माया गर्न सक्नुहुन्छ भने
    मेरो माइतीको स्वाभिमान
    सगरमाथाभन्दा उँचो पार्न
    र मेरो माइतीको अस्तित्व
    युगयुगसम्म अक्षुण्ण राख्न सक्नु हुन्छ भने
    माल्दाइ ! तपाईं आउनु होस्
    सुस्वागतम् ! सुस्वागतम् ! सुस्वागतम् !

    मध्यरातदेखि  

     चित्र बनाउने
    मेरो क्यानभास
    अस्पतालमा बेड
    र अक्सिजन नपाएका
    छरपस्ट शवहरूको चाङले
    किचिएको छ
    मेरा कुची र रङहरू
    वेथितिमा बित्न वाध्य
    निरीह आत्मामा
    समाहित भएका छन् ।
    मध्यरातमा आएको आँधीले
    मेरो कविता लेख्ने कागत
    च्यातिएको छ
    मेरो मसीदानी घोप्टिएको छ ।

    सुनको मुकुट पहिऱ्याउँदै
    मैले नै निर्माण गरेको बादसाह
    यतिबेला
    मृत्युको कोलाहललाई
    सङ्गीत बनाएर
    नृशंस नग्ननृत्यमा मस्त देखेपछि
    मेरो कलमको टुँडो
    आफैँले भाँचिसकेँ।
    भो अब मलाई
    मेरो कागज होइन
    मसीदानी र कलम होइन
    क्यानभास र रङ पनि चाहिँदैन ।
    ऊ आउँदैछ
    डिएसआरका साथमा
    र म पर्खिरहेकी छु ।

    बाइपङ्खी घोडा

    ती टापका आवाजहरू
    सुदूर कतै
    हो कि होइन जस्तो
    फर्कन पनि सकेनन्
    अन्ततः हराए कि ?

    त्यस दिन पनि
    हजुरआमाले हालेको कथा
    सार्थक
    साँच्चिकै सार्थक भएझैँ
     लाग्यो मलाई
    र आँखा च्याती–च्याती
    हेरिरहेँ
    निर्निमेष,
    तर त्यो कथा
    मात्र दन्त्यकथा रहेछ ।
     
    सधैँझैँ ऊ आएन
    आएको जस्तो गरेर
    झुक्यायो मात्र मलाई ।
    अलमल्ल परेर पनि
    किन पर्खिबस्छु म ।
    थाहा पाइसकेर पनि
    मन्द विष पिउन
    किन तयार छु म ।

    अन्तःपुरका ती शब्दध्वनिहरू
    घण्ट–घण्टका प्रतिध्वनिहरू
    ओढारमा आइपुगेर
    हिनहिनाउँछन्,
    सन्देश बोकेर
    सन्देश हराउँछन्।

    देश खोजिरहेका हामी

    तिमीलाई गुमाएका
    मर्मान्त मुटुहरू
    र तिम्रो अँगालोमा पुग्ने
    व्यग्रतामा छटपटिएका छातीहरू
    शरणार्थी शिविरमा
    भेटेर, देखेर र सुमसुम्याएर
    ए देश ।
    म तिमी नहुँदाको
    अनुभूतिको सूक्ष्म आभासले पनि
    सधैँ आक्रान्त छु ।

    त्यसैले
    देशसँग कतै छलछाम गरे
    कसैले कतै विश्वासघात गरे
    मेरो मुटु चस्कन्छ
    कोही देशलाई
    फगत निजी महत्वाकाङ्क्षाको भर्या ङ बनाएर
    माथि उक्लिरहे
    भर्यालङतल
    अविश्वासको खाडल गहिरिँदै जान्छ
    र ओर्लंदा
    उसको भूगोल बिग्रिसकेको हुन्छ ।

    यस बेला—
    कतिको प्रहारले
    देश घाइते छ,
    थकित/गलित/शोषित भएर
    देश त्यसै–त्यसै लमतन्न मूर्तिभन्दा चिसो छ ।
     
    अब पनि यस्तै र यस्तै हो भने
    शरणार्थी शिविरमा
    हूलका हूल भोका र नाङ्गा
    देश हराएका मानिसहरू
    तिमी, म र हामीमा रूपान्तरित
    सायद सबै र सबै शरणार्थी
    देश हराएका
    देश पचाएका
    हामी शरणार्थी
      ***
    र त्यस बेला बितिसकेको समयसँगै
    देश खोजिरहेका हामी ।

    झण्डा 

    मेरो झण्डालाई
    तिमीले बात लायौ
    लात पनि हान्यौ
    घुस्सामुक्का
    जेजे सक्थ्यौ
    त्यही त्यही गरिरह्यौ
    चोकचोकमा जलाउने
    दुस्साह पनि गर्यौ
    मेरो अमर झण्डा !
    मैले खोकिलामा
    मेरो झण्डा थन्काएँ
    झण्डा जोगाउन
    खोकिलै लुकाएँ मैले ।
    भरखर थाहा भो
    तिम्रो झण्डा त
    राक्षस पो रहेछ
    राष्ट्रभक्षी महाराक्षस।
    त्यसैले यतिबेला
    मेरो झण्डा
    खोकिलाबाट निस्केर
    सिमानामा पुगेको छ
    मेरो झण्डा त
    धारिलो खुकुरी नै रहेछ ।
    हेर त !
    अहिले धमाधम
    महाराक्षसको घाँटी रेटिरहेछ
    मेरो झण्डा !

    चुम्बनको धुन  

    तिमी सङ्गीत भएछौ
    मेरा रौँ भित्रका काउकुती भित्र
    सल्बल् सलबल् गर्ने
    मेरो प्राण सञ्चारको
    एउटा अमीट धुन भएछौ ।

    सारङ्गीको तार भित्र
    मलाई लुकाएर
    तिमी बेपत्ता भएपनि
    म त्रि्रो ओठको कम्पनसँग
    खोइ कहाँनेरी गाँसिएकी छु
    म बन्दी भएँ
    चुम्बनमा, आलिङ्गनमा
    आहा ! म पनि हराएँ
    तृष्णाको जालो भित्र
    प्यासले हाँसेँ म ।

    पैतालामा रौँको र्स्पर्शले
    जागेको मेरो बैँश
    चुम्बनको धुनमा
    गुनगुनाई रहेछ
    तिमीले सुन्यौ ?

    किन रोए हुन् बीके पाल्पाली ? 

    बीके पाल्पाली !
    अध्ययन र अनुसन्धानमा
    सिर्जना र अनुशासनमा
    सँधै अब्बल र दक्ष युवाको नाम हो ।

    कसैलाई र कहिल्यै पनि
    नाई र हुन्न भन्न नजान्ने
    बीके पाल्पाली !
    एउटा जाँगरिलो र सहयोगी
    युवाको नाम हो ।

    यसबेला आफूले आफैंलाई
    नाइनाई र हुन्नहुन्न भन्नु पर्दा
    भरखरै संसार बुझदै गरेको
    भरखरै संसार चिन्न थालेको
    निरीह शिशुसरह
    घुँक्क, घुँक्क रोइदिए बीके पाल्पाली !

    हो साँच्चो कुरा हो
    रोएका त हुन बीके पाल्पाली
    नमीठोसँग भक्कानिएकै हुन् बीके पाल्पाली
    तर किन रोए हुन् बीके पाल्पाली –
    किन भक्कनिए हुन् बीके पाल्पाली –

    बीके पाल्पाली !
    स्वाभिमानी शिर झुकाउँनु परेको
    अनुभूतिले पो रोए हुन्
    बीके पाल्पाली !
    तरुनी स्वास्नीको संभावित रित्तो सिउँदो
    कल्पेर पो रोए हुन् ।

    बीके पाल्पाली !
    सानी छोरीका अघिल्तिर
    बलियो संरक्षकत्वविहीन
    अजङ्ग उभिएको पहाडजस्तै
    उदाङ्गो भविष्य सम्झेर पो रोए हुन् ।

    बीके पाल्पाली !
    लुला हुँदै गएका
    अहिलेका आफ्ना पाखुरालाई
    हिंजोसम्म दिनरात युद्धरत
    बलिया आफ्ना अवयवसँग
    तुलना गर्दै पो रोए हुन् ।

    तपस्वी जीवनका प्रतीक
    बीके पाल्पाली !
    कहिल्यै अक्षरहरुसँग
    सङ्गत नभएका
    विद्वताको अर्थसँग
    कुनै सरोकारै नभएका
    आफ्नै देशका हूलका हूल
    मनमौजी ल्याप्चेहरुको
    शानशौकतका माझ
    आफ्नै मात्र पुस्तौंपुस्ताको सुखसयल खातिर
    डटेका, खटेका र रमाएका
    मैँ हुँ भन्ने राष्ट्रघाती अघिल्तिर
    आफूलाई फगत् भौतिकताको बाढीपैरोले
    बगाउँदा रोए हुन् बीके पाल्पाली ।

    धन र केवल धनको
    सँधै वेवास्ता गर्दै आएका
    सच्चा साधक बीके पाल्पाली !
    आज उसै मायाको रापले
    भत्भति पोलिरहँदा पो रोए हुन्
    आफ्नै प्यारो देशको दुर्भाग्यमा
    आफूसमेत खामिएर
    असाध्य रोगको भूँइचालोले
    अनायस किचिइँदा
    सँधै अविचल उभिएका बीके पाल्पाली !
    अत्यासिएर रोए हुन् ।

    आफू मात्र नभएर
    आफ्नै सहकर्मीहरुको
    निरीह भविष्य कल्पँदै
    त्यसैले पो रोए हुन्
    राष्ट्र निर्माणको महायज्ञमा
    अहोरात्र डटेका र खटेकार्
    कर्मयोद्धा बीके पाल्पाली !

    निजी स्वार्थको घेराबन्दीमा
    बाँचेको देशको नागरिक हुनुको पीडामा
    थिल्थिलिएका बीके पाल्पाली !
    आफ्नो निरीह देशको
    भविष्य सम्झेर रोए हुन् ।

    सँधै कर्मठताका प्रतीक बनेर
    अनवरत सङ्घर्षशील बीके पाल्पाली !
    कहिल्यै घामका किरणहरु नछिर्ने
    स्वच्छ वायुको कल्पनै हुन नसक्ने
    डेराको एउटा विचरा कोठामा
    सुदुर टाढाटाढासम्म
    आफ्नो देश उजेलिने
    कुनै सङ्केत नदेखेपछि
    आफूमात्र नभएर
    आफैंजस्ता अनगिन्ती साधकहरुको
    असुरक्षित भविष्य सम्झँदै
    आफैँ सरहको पीडाबोध गर्दै
    रोए हुन् बीके पाल्पाली !
    आफू दुखेको भन्दा पनि
    आफ्नो मात्रृभूमी दुखेको रन्कोले
    भक्कानिए हुन् बीके पाल्पाली ।

    पुरस्कार थाप्दाथाप्दै पनि
    भक्कानिए बीके पाल्पाली
    मुटु वह खोलिखोलि
    रोइदिए बीके पाल्पाली
    युगौंदेखि सँगालेर राखेको
    पीडाको पोखरी
    छताछुल्ल पारेपछि
    केही हलुङ्गो पनि भए हुन्
    बीके पाल्पाली ।

    ओ, खरबुजा! खरबुजा!! 

     वातावरण सूर्योदयको भए पनि
    अन्धकारले छोप्ला झैँ थियो
    त्यसैबेला कतै नजिकै
    कसैको वार्तालाप
    चर्काचर्कीजस्तै सुनियो-
    “तिमीहरूले हाम्रो देश खोस्यौ”
    गहुँगोरो स्वरले कालो स्वरलाई
    सम्बोधन गरेको थियो ।
    “अरे ! कुन हिसाबले
    यो देश तिम्रो हो यार ?”
    चर्कैसँग कालो स्वरको
    प्रतिवाद आएको थियो ।
    “कसले भन्यो यो देश तिम्रो हो ?”
    कालो स्वरको निष्कर्ष थियो ।
    “मेरा पितापुर्खाले आर्जेकाले
    यो देश मेरो हो
    तिमीहरू त सीमाना पारीबाट
    लुसुलुसु घुसेका हौ !”
    गहुँ गोरो स्वर चिच्याउँदै थियो ।
    गहुँ गोरेको जोशले
    निरीह टेबुलको सीसा
    झुरर्किँदै थियो;
    प्रतिउत्तरमा गगनभेदी कालो खित्का
    गर्जेको थियो ।
    कालो मुहारमा सेता दाँत
    बेस्सरी चम्केका थिए ।
    शायद विजयोन्मादको कान्तिले
    कालो चेहेरा धपक्क बलेको थियो ।
    गोरो छालाको तेजभने
    सुदुर कतै हराउँदो थियो ।
    एकै क्षणको मौनपछि
    फेरि कालो आवाज सुनिएको थियो-
    “सुन्न सक्छौ मित्र !
    तिम्रो भनेको देशको कुरा ?
    लौ सुन ! ”
    अब कालो स्वर पुरै जोशिएको थियो
    तर उ पुरा होसमा नै थियो
    “तिम्रो भनेको यस देशका
    भताभुङ्ग, भत्केका घर सडक
    र धुवाँ धुलोको कुइरी मण्डलले भरिएको
    आकाश मुन्तिर
    फोहोरको डङुर थुप्रिएका
    सडकनाम हुनुकै
    बेइज्जती सडकहरूमा
    चर्को घाम नभनी
    आँधीहुरी, वर्षा र भूँइचालोसमेत नभनी
    मेरा बा र बाजेहरूसमेत
    ओ…खरबुजा…खरबुजा भन्दै
    मरूञ्जेल चिच्याउँथे
    त्यसबेला पङ्खा वा एसी जडित कोठामा
    रमाइरहेका तिम्रा
    उमेर पुगेका हजुरबा हजुरआमा
    जाँगर मरेका बाआमा
    दाजु भाउजु वा काका काकी
    जोसुकै भए पनि
    अकर्मण्य सबै
    र सबै सुखपिपासुहरू भने
    पुङ न पुच्छरका कोठे राजनीतिमा
    उचालिन्थे मच्चिन्थे र गल्थे
    अनि मेरै बा बाजेले
    भोक प्यास मेटाइदिने
    धोको पर्खेर बस्थे
    आँखा ताकेर बस्थे ।
    तिमीलाई के थाहा
    दिनभरि दिनभरि
    ओ…खरबुजा… खरबुजा…
    स्याउ, केला… गरेर
    अथवा बोतल, कागज…
    कवाडी सामान…
    गर्दै चिच्याउन विवश मेरा बा
    बेलुकी मेरी आमाले
    उनलाई हेरेर मुसुक्क मुस्कुराउँदा पनि
    असमय ओइलाउन वाध्य मेरा बाको वैंस
    “दुलहनीयाँ” भन्न सक्तैनथ्यो ।
    थाहा छ तिमीलाई
    मित्र मेरी यौवनज्वाला आमासँग
    आँखा जुधाउन पनि सँधैजसो
    असमर्थ हुन्थे
    मेरा बाका एकजोडी आँखा !
    थाहा छ मित्र !
    चर्को घाममा दिनभरि
    चिच्याउँदा चिच्याउँदा
    कण्ठ सुकेका मेरा बा
    हनहनी ज्वरोको भुङरोमा भएको
    मलाई पनि
    “कठै मेरो छोरा”
    नै मात्र पनि
    भन्न सक्दैनथे ।
    मित्र !
    भन्न सक्छौ तिमी
    यतिबेला देश खोज्ने तिम्रो जाँगर
    त्यतिबेला कता थियो ?
    आद्र भएको कालो स्वर
    एकैछिन बिसाएको थियो;
    “मित्र !”
    छातीभरि अटेसिएको कालो पीडा
    पोखिँदै थियो
    पूर्खौदेखि थिल्थिलिएको व्यथा
    घोप्टिँदै थियो ।
    “कठ्याँग्रिँदो जाडोसँग
    कुस्ती खेल्दै मेरा बा
    न्यानो भएर बसेका
    तिम्रा परिवारका लागि
    कहिले सुन्तला… सुन्तला…
    गर्दै चिच्याउँथे
    कहिले अनार… मौसमी…गर्थे ।
    मित्र !
    तिमीहरूका लुगा सिउने मेरै बा
    सिरक डसना तग्ने मेरै बा
    तिम्रा बा, हजुरबा र काकाहरूका
    दारी, कपाल काट्ने वा खौरने पनि मेरै बा
    तिम्री आमा र दिदीबहिनीका
    थरिथरि र परिपरिका
    श्रृङ्गार सामाग्रीमात्र हैन
    तिम्रा परिवारका
    थोत्रा जुत्ता
    भत्केका छाता
    सिउने, मरमत गर्ने मेरै बा हजुरबा !
    अनि सियोदेखि हात्तीसम्म
    मेरै मुलघरबाट तिम्रा घरसम्म
    ओसारपसार गर्ने मेरै बा हजुरबा !
    तिम्रो खेत खन्ने जोत्ने मेरै बा
    तिमीहरूका घर बनाउने
    धारा पानी अथवा बिजुली
    र टीभी हरेक सुख सुविधा
    जेसुकै पनि ल्याउने
    पुर्याउने वा बनाउने पनि मेरै बा !
    तिमीहरूका ढोकाढोकामा
    आलु पियाज, बन्दाकाउली
    अथवा किसिमकिसिमका तरकारी
    पुर्याउने मेरै बा
    तिम्री आमा र दिदी बहिनीका
    भित्री पोशाक र तन्नासमेत
    हातहात र गाथगाथमा
    पुर्याउने पनि मेरै बा
    तिम्रो भनाउँदो देशको
    सकेसम्मको बन्दव्यापार मात्र हैन
    तिम्रा प्राण प्यारा नेताहरूको
    पालन पोषणदेखि
    नित्य निर्देशन गर्ने समेत मेरै बा !
    जे होस मित्र !
    तिमीलाई पनि थाहै हुनु पर्ने हो
    तिमीहरूको खुल्ला सिमानादेखि
    नाकाबन्दीसम्म
    तिम्रा भान्साका जिरा मरिचदेखि
    तिमीहरूका अौषधी उपचारसम्म
    अथवा तिम्रो मुखको माडदेखि
    तिम्रा आङ ढाक्ने लत्ता कपडासम्म
    सबै र सबै धान्ने पनि मेरै बा !
    केही नभए
    खाली सीसी बोतल बोक्ने पनि मेरै बा
    बोतलका बोतल
    रक्सी धोकेर रित्याउने तिम्रा बा !
    रक्सीको नसामा
    मदमस्त हुँदै स्वास्नी ठटाउने तिम्रा बा
    थोत्रा राजनीतिका बोक्रा भरिएका
    पत्रपत्रिकाको रवाफ लाउने तिम्रा बा
    तिम्रा बाआमाले थुपारेको
    तिम्रो घरको
    फोहोर र मैला सफा गरिदिने भने मेरै बा !
    के गर्छौ र मित्र !
    तिम्रा बा र बाजेलाई
    तिम्रो देशभरि जताततै छरिएका
    ससाना पैसा टिप्ने जाँगर
    कहिल्यै भएन
    उनीहरूले हाम्रो बा बाजेले जस्तो
    थोपाथोपा सँगालेर
    गाग्री कहिल्यै भरेनन् ।
    तिम्रा बा र बाजेलाई त
    इज्जत् , प्रतिष्ठा र स्वाभिमानको कमाई होइन
    जस्तै भए पनि
    जे गरि भए पनि
    रातारात अपार धनी हुनु थियो
    भ्रष्टाचार, अनाचार, अतिचार
    अथवा
    माटो र सन्तान बेचेरै भए पनि
    राष्ट्रकै स्वाभिमान बन्धकै राखेर
    अथवा पराईलाई सुम्पेरै भए पनि
    पुस्ता, पुस्ता र सात पुस्तासम्मले
    बसीबसी खानपुग्ने गरी
    बैँकमा पनि नआँट्ने गरी
    पैसा अथाह मात्र पैसा
    केवल पैसै मात्र चाहिएको थियो !
    •••
    मित्र ! के तिमीलाई थाहा छ ?
    तिम्रा बालाई मात्र होइन
    तिम्री आमालाई मात्र होइन
    तिम्रा हजुरबा र तिम्री हजुरआमालाई पनि
    न तिमी चाहिएथ्यौ
    न त तिम्रो देश नै चाहिएको थियो ।
    नत्र किन त
    तिमी जन्मनु अघि नै
    आफ्नो उर्वर खेतीबारीको कमाई छोडेर
    तिम्रा बा अरबको ज्वालामुखीमा
    पैसा टिप्न गएथे ?
    लौ भन मित्र !
    किन तिम्री आमा र सानीमाहरू
    तिमीहरूलाई दूधमुखे नै छोडेर
    पैसाको बोट गोड्न
    इजरायल, दुबई, जापान वा जतासुकै गएथे ।
    तिम्रा देशका सरकार भनाउँदाहरू पनि
    तिम्रा वैंशालु बाआमा
    काका, दाजु अथवा सानीमा
    र युवती दिदी, बहिनीको युवाश्रम जति
    विदेशमा बेचेर आफू मोजमज्जा गर्थे
    उनीहरूले नै त
    युवा र बलिया पाखुराजति
    विदेशीलाई वेचेर
    देशलाई दिन दिनैजसो वृद्धाश्रम
    र अनाथालय बनाएथे ।
    सुन मित्र ! तिमीलाई थाहा छ के ?
    तिम्रा हजुरबाको एक्लो मलामी मेरै बा
    तिम्री हजुर आमालाई
    वृद्धाश्रमसम्म पुर्याउने पनि मेरै बा !
    •••
    बाआमा हुँदाहुँदै पनि
    अनाथजस्तो हुर्केका तिमीलाई
    न धर्मसंस्कार थाहा छ
    न त नीति र व्यवहार नै थाहा छ ।
    अमाबाको मायाको साटो
    पिता माताको बलियो संरक्षणको साटो
    केवल पैसाको साथ पाएका तिमी
    नसा,नसा र नसामा
    जथाभावी जीवन बाँचेका तिमी !
    ए मेरो प्यारो मित्र !
    यसबेला बेहोसी मै तिमी बर्बराउँदै छौ
    तिमीलाई थाहा छ मित्र ?
    देश चाहिनेले
    बिरामी देशको उपचार गर्नुको साटो
    देशै छोडेर भाग्नु हुँन्नथ्यो मित्र !
    देश चाहिनेले
    देखादेखी पराईका लागि
    देशका सबै ढोका
    हृवाङ्ङ पार्नु हुन्नथ्यो मित्र !
    देश चाहिनेले
    दिनदिनै परावलम्बी पनि
    बन्नै हुन्नथ्यो मित्र !
    देश चाहिनेले
    आफ्नै देशमा पाखुरा चलाउन जान्नु पर्छ
    देश चाहिनेले
    देशको रक्षा गर्न सक्नु पर्छ
    देश चाहिनेले
    देशका लागि बाँच्न र मर्न जान्नु पर्छ ।
    •••
    भन ! देश खोसिएको ए मेरो प्यारो मित्र
    भन !
    तिम्रा पुर्खाले फालेको यो देश
    मेरा पुर्खाले टिपेको यो देश
    तिम्रा पुस्ता पुस्ताले बेहाल छोडेर
    घिनलाग्दो पारेको यो देश
    मेरा पुर्खाले धोईपखाली गरेर
    सफा पारेको यो देश
    तिम्रा पुस्तापुस्ताले
    चिथ्रा, चिथ्रा पारेको यो देश
    मेरा पुर्खाका परिश्रमले सिँगारेको यो देश
    भन मित्र भन !
    बेला बितेपछि
    कर्तव्यमा चुकेपछि
    कसरी तिम्रो हुन्छ यो देश
    होसमा आउ र ठहर गर मित्र !
    कसरी हुनसक्छ यो तिम्रा देश ?
    किन हुनसक्छ यो तिम्रो देश ?
    मित्र ! खोइ तिम्रो देश ?
    •••
    त्यसपछिको समय
    एकदम मौन बितेको थियो
    कालोस्वर अब सायद थाकेको थियो
    गहुगोरे पनि
    वातावरणकै मौनमा
    एकाकार थियो
    तर उसका एकजोडी आँखा
    केही गम्दै थिए ।
    आफुभित्र कतै
    केही दुखेको
    बेस्सरी चिमोटिएको
    बेग्लै खाले अनुभूतिमा
    आफैँसँग उसको मनोसंवाद अग्रसर थियो ।
    “केही बिग्रेको छैन
    अझै समय गुज्रेको छैन ।
    केही गल्ति पनि भए होलान्
    हामीले आफूलाई सच्याउन पाउनु पर्छ
    देश नभएको मान्छे भूगोलमा हराउँछ
    देशका लागि होइन
    हाम्रै लागि हामीलाई
    एक, दुई, तीन देश चाहिन्छ
    मलाई देश चाहिन्छ, चाहिन्छ
    हामीलाई देश चाहिन्छ, चाहिन्छ
    जसरी पनि जे गरि भए पनि
    हामीलाई हाम्रो देश चाहिन्छ” ।
    •••
    यतिखेर वातावरणमा
    बिहानको कलिलो
    तर रातो घाम
    दीव्य अठोटका साथ
    मुस्कुराउँदै अघि बढिरहेको छ ।
    झुण्डका झुण्ड चराहरू
    वासबाट निस्केर आकाशमा छरिँदै
    नित्यगानको अभ्यासमा
    लागिसकेका छन्
    शङ्खघण्टको झङ्कारले
    जताततै जागरणको व्योति बलिसकेको छ ।
    Reference

    Hindi To Nepali Dictionary Words Starting From बो

    100 Common Nepali Slang Words with Hindi Translation: A Fun Guide to Understanding Nepali Conversations

    Bridging Cultures: Daily Use Hindi Sentences in Parties with Nepali Meaning

    Daily Hindi Sentences for Kids with Nepali Translations: A Simple Guide

    Daily Office Sentences: Essential Hindi-Nepali Translations for Everyday Use

    Daily Use Hindi Sentences for Parents with Nepali Meanings: A Guide for Everyday Conversations

    Daily Use Hindi Sentences for Students with Nepali Meaning

    Essential Daily Sentences for Market Conversations: Hindi to Nepali and Vice-Versa

    find word you want

    https://easyayurveds.com/ayurvedic-medicine-for-common-cold/

    https://easyayurveds.com/ayurvedic-medicine-for-weight-loss/

    https://easyayurveds.com/ayurvedic-medicine-for-weight-gain/

    https://easyayurveds.com/ayurvedic-medicine-for-cholesterol/

    https://easyayurveds.com/ayurvedic-medicine-for-cough/

    https://easyayurveds.com/ayurvedic-treatment-for-back-pain/

    50 Medicinal Plants of Nepal Highly Liked by Chinese People

    Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications

    35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness

    100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.

    Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer

    Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally

    Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication

    Bartika Eam Rai Top Songs Lyrics & Chords

    Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta

    Oshin Karki's Nepali Songs Lyrics And Chords

    All Songs Lyrics Of Wangden Sherpa

    Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु

    Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords

    Top 10 Ankita Pun Songs with Lyrics and Chords

    Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords

    Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site

    Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकवी माधव प्रशाद घिमिरेका कबिताहरु

    10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota

    Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In Nepali

    11 Types of Poetry with Beautiful Short Nepali Poem

    Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide

    The History of Nepali Poem And Famous Poets of Nepal