
Krishna
Manu Brajaki—often simply known as Manu Brajaki—is one of Nepal’s most
celebrated storytellers and ghazal poets. Born Chetman Singh Bhandari on 3
August 1942 (19 Shrawan 1999 Bikram Sambat) in Aurahi, Mahottari
district, he grew up in a Chhetri zamindar family . From an early age, he had a deep affinity for
storytelling—a spark that would later bloom into a brilliant literary career.
Early
Years and Literary Roots
Brajaki’s
literary journey began in 1962, when his first short story was published in a
Janakpur-based magazine, Anchal Sandesh . That early success marked just the beginning. His
writing, rich with regional flavors and local themes, rooted his narratives
deeply in the heart of the Tarai region, resonating widely with readers.
Stories
and Ghazals—A Dual Path
Although
he’s deeply admired as a storyteller, Manu Brajaki also made his mark
as a ghazal poet. He published three collections of ghazals—Gazal Ganga (2051
BS), Kandaka Phoolharu (2056 BS), and Ke Hereko Ye Jindagi! (2064
BS) . These collections weren’t just page after page of words—they were
musical, emotional landscapes. In fact, some of his ghazals were even set to
music and recorded, bringing his poetic voice into listeners’ homes in melodies
and rhythm .
On the
short story side, his notable collections include Avamulyan, Aakashko
Phal, Timri Swasni ra Ma, Bhabishya Yatra, Paradarshi
Manchhe, Manu Brajakika Laghu Katha, and Annapurnako
Bhoj .
Recognition
and Awards
Brajaki’s
literary brilliance didn’t go unnoticed. He won several prestigious awards over
the years:
- Sajha Puraskar, for his short
story collection Timri Swasni ra Ma (2046 BS)
- Padmashree Sahitya Puraskar,
for Annapurnako Bhoj (2070 BS)
- Jagadish Ghimire Smriti
Puraskar, in 2074 BS
- And in 2017, he received
the Pahalman Singh Swar Lifetime Literary Award .
These
accolades reflect how much his peers and readers valued his stories and
poetry—rich with cultural nuance and emotional depth.
From
Readers: A Personal Touch
One
touching tribute on Online Khabar recalls how deeply his stories affected a
reader:
“The
stories ‘Purush ra Petikot’ and ‘Akhir Sajivko Kartavya ke Ho ta?’ drew me in
so much that other writers’ works seemed shallow by comparison… I read his
works like they were etched into my mind. His story collection Aakashko
Phal was the first literary book I ever purchased outside my
textbooks” .
That
speaks to the kind of impact Brajaki had—reading him wasn’t just reading; it
was experiencing.
Personal
Life and Legacy
Krishna
Manu Brajaki passed away on 2 February 2018 (19 Magh 2074 BS) in
Lalitpur, after suffering a brain hemorrhage. He is survived by his wife, a
son, and a daughter His death was
a loss to Nepali literature, yet his words continue to live on.
Bringing
in the Congratulatory Tone
Let’s
weave in some of that heartfelt tone from the Nepali excerpt you shared,
slightly adapted into English:
“Krishna Manu Brajaki isn’t just a renowned short story writer in Nepali literature—he’s the torchbearer of a ghazal revival. His deep contributions to interpreting and analyzing the ghazal form are invaluable. Born in Aurahi, Mahottari, on 19 Shrawan 1999 BS, he gifted us three memorable ghazal collections—Gazal Ganga, Kandaka Phoolharu, and Ke Hereko Ye Jindagi!. Some of those ghazals even found their way into musical recordings.”
1 अयोध्यामा पाइँदैन आजभोलि काम । सीता पोइल गएपछि खुसी छ यो राम द्रौपदीको चीर-हरण स यहाँ हुन्छ, दुर्योधनले होइन यो त थियो कुनै श्याम छाता धितो राखेपछि साहुजीले भने, 'टाढाटाढासम्म यहाँ घाम पानी घाम ! चिनिएन घुइँचोमा आफूलाई यहाँ, भनिदेऊ 'मनु' तिमी, 'के हो मेरो नाम ? |
2 कस्का लागि उन्न थाल्यौ आज फूलमालाहरू ? गन तिमी फूलका धुँगा गन्दैछु म प्यालाहरू ! जून्कीरीको पछि लागि मिर्मिरेमा हिँड्यौ कता उर्लिंदैछन् अझै पनि यहाँ खोलानालाहरू । अँध्यारोमा ज्यान अर्जी बलेकोथ्यो आत्मज्योति, भन तिमी कता गए हाम्रा ती उज्यालाहरू ? माते पनि बाँचेकै छु भन्ने कुरा सुनेपछि, भिज्न थाले किन होला तिम्रा दुवै गालाहरू । पहिरोको ढुङ्गा जस्तै आँखाबाट झरेपछि, फेरि आइलाग्ने होलान् मनका ती उकालाहरु । मेरो माया लाग्छ भने मलाई पनि चिन्न खोज, गोराभन्दा म जस्ता नै धेरै छन् है कालाहरू । 'मनु' उठी हिँडयो फेरि अभावको गाउँतिर, तिमी मख्ख परिहाल्यौ पाई सुनका बालाहरू |
3तिमीसित सोध्न थाले अब मेरो नाउँ । सोच्दैछु म तिमीकहाँ जाऊँ कि नजाऊँ । तिमीलाई दुख्ख दिन भनी एक्लो पारी, तिमीसित मात्रै अब किन माया लाऊँ ? तिम्रै मनको सहरमा किन खोज्दैछु म, बास बस्न हराएको आफ्नो सानो गाउँ शत्रुसँगै बस्दा बस्दा माया लाग्न थाल्यो, कस्को घृणासित अब किन म डराऊँ ? हातखुट्टा बाँधे पनि मन फुक्का हुन्छ, मन पनि बाँधिएछ कसरी फुकाऊँ ? यति लामो कालरात्रि प्रतीक्षामै बित्यो, सूर्य बनी तिम्रो मनमा कैले म उदाऊँ ? आफूलाई, अरूलाई जति ढाँटे पनि, भन अब 'मनुलाई के गरी सम्झाऊँ ? |
4फकाउनु आफूभन्दा अरूलाई सरल छ । आँसुभन्दा पनि यहाँ रगत साहै तरल छ । नपुछ है आँसु तिमी हृदयको बाली सुक्छ, हिलो भए हुन देऊ हिलाम्ये नै असल छ संसारको अस्तित्व नै बिर्सिदिए पनि यहाँ, आफूलाई बिर्सिदिन रक्सी खानु गरल छ । 'राम्रो पनि, सस्तो पनि खोलेको छ नेपालीले, गल्लीभित्र यौटा सानो 'पारिवारिक पसल छ I गाहकीको घुइँचोमा बसेको छ 'मनु पनि, 'छोरीभन्दा आमा राम्री भन्ने यहाँ छलफल छ Π |
5मानिस त एउटै हो थरिथरि रूप भएछ । यही कुरा बुझेर नै 'मनु आज चूप भएछ जान्न खोज होश राखी चिप्लिएला किनभने, मेरो आँखा, मेरो मुटु, मधेसको कूप भएछ । समाजले मूर्ख भन्यो, आवारा र पाजी भन्यो, जे-जे भन्यो मेरा लागि, आहा ! कति खूप भएछ कुनै जीवन दियो जस्तो कुनै भने ज्वाला जस्तो, मेरो जीवन धुवाउने प्रकाशहीन धूप भएछ । हाँसी हाँसी बोतल दियौ तर त्यो त पानी रैछ, यसै यसै गरी 'मनु' सधैं नै बेकूफ भएछ । |
6हावा, हुरी, घामपानी जस्ले यहाँ सहेको छ । उसैलाई दुख्ख अझैसम्म पनि भएको छ । स्वतन्त्र मै भर्न थाले आफ्नो झोलीतुम्बा सबै, बहुला त्यो विपन्नता आज कता गएको छ ? ढुङ्गा माटो मिलेजुले, शत्रु शत्रु हाँसे खेले, अब बाँकी मित्र मित्र मिल्नु नै त रहेको छ । कि त यहाँ पतिव्रता कि त वेश्याहरू नै छन्, राजनीति यस्तै हो रे ! यस्तै यहाँ भएको छ । थाहा सबै भइसके तिम्रा गोप्य कुराहरू, भूमिमाथि भूमितल को-को कहाँ गएको छ । सर्वस्व त गुमिहाल्यो अब फोस्रो स्वाभिमान, देखाउन दुनियाँलाई बाँकी यत्ति रहेको छ । विपन्नता रुन्छ यता, सम्पन्नता हाँस्छ उता, 'मनु'ले त लुकीचोरी दुवैलाई सहेको छ । |
7स्नेह तिमी टाढै बस नजीक नआऊ । छोयौ भने निको होला सम्झनाको घाउ । डामिएको मुटु मेरो अमूर्त झै भयो, आधुनिक यो चित्रलाई बैठकमा सजाऊ हृदयको आकाशमा हराएको छु म सूर्य-चन्द्र एकचोटि सँगै नै उदाऊ ! हेर तिमी नचिने झै मेरो नयनमा, तर त्यहाँबाट आफ्नो चित्र नमेटाऊ । तिम्रो मेरो चेतनाको दीप बली रहे, पर्ने छैन अँध्यारोको भुमरीमा नाउ । बाँधिएछु कत्ति साहै तिम्रो उपेक्षाले, मलाई हैन मनुलाई अब त फुकाऊ । |
8मेरो बोली सुनेपछि जब तिम्रो मौन बोल्छ । नपग्लिने हिमशिला आगोभन्दा बढी पोल्छ । चिनेकै हो जानेकै हो तर पनि आशङ्काले, 'स्वागत छ' भने पनि ढोकाचाहिँ आधै खोल्छ । विरहको आँगनमा नबर्सिने बालद यो, आवारा झै डुलीडुली धरतीको मन बिथोल्छ पेशलीय प्रतिभा चैं 'ललिजन' होला तर, 'ज्ञानुजी' र 'मनुजी'को मात पनि अनमोल छ यता हेय यता पनि, उता हेय उता पनि, भन्थ्यो उस्ले, जताततै फलानीको टोलैटोल छ । अनि पो त मन गङ्गा तरिसकेपछि पनि, एउटा सानो खहरेले छेक्दाखेरि मन पिरोल्छ । हँसाउने फूल हो कि बल्झाउने जासूस हो, आज फूलबारीभरि अशान्ति र अन्यौल छ । तिमीसित भेट हुने आशा गर्नु व्यर्थ रैछ, पृथिवी त गोलमात्र कहाँ हो र भद्रगोल छ । 'मन मेरो के पो हो र ? हीरामोती हैन क्यारे ! भन्ने मनु पछुतोले अब भने हात मोल्छ । |
9कता कता पुल हालू दुई दिनको चोला रैछ । वारि पनि खोला रैछ पारि पनि खोला रैछ । माया यस्तो माया उस्तो भनी कति सम्झाएथ्यौ, फूल जस्तै मन मेरो साहै नै अबोला रैछ । ब्रह्मा भए, बिष्णु भए, सृष्टि भयो, पालन भयो, संहारक मन यो त शिव जस्तै भोला रैछ । मार्छु भनी आफूलाई सुरिएर हिँड्नु पनि, 'मनु'को र मनुष्यको आत्मीय खिचोला रैछ । |
10 आऊ तिमी फर्की मलाई रुवाउन आऊ । हृदयको मरुभूमि भिजाउन आऊ । सबैलाई भन्न पनि सकिंदैन के भो, आँसु मेरो दुनियाँलाई देखाउन आऊ । ओइलाएछ भन्ने ठानी वसन्तको रूप, कागतका फूल यहाँ सजाउन आऊ । छलछन्द बिर्सिएर बसेको छु तिम्रो, अबोध यो हृदयलाई फकाउन आऊ । भत्किएको छैन अझै सम्झनाको घर, आँधीबेरी झरीबादल चलाउन आऊ ☐ फुलेपछि झरिजाने पारिजात जस्तै, आऊ तिमी फेरि पनि फर्किजान आऊ । |
11 पछुतो भो भन्छ्यौ किन उस्को कुरा नमानेर । आँसु पुछ्नु हुँदैन है कसैको नि नजानेर तिमीलाई देखेपछि जुवाडी नै भएछु म, यता हारें उता हार जीवनसम्म नधानेर । लडाएथें चङ्गा मैले काटिएर गयो टाढा, बसेको छु म के पर्खी धागोसम्म नतानेर | दुख्ख, पीडा, उदासी र एक्लोपनको भागबाट, आफ्नै ठानी सुखी हुन झिकिर नछानेर । लम्किएको हात पनि कति लामो हुन्छ कुन्नि ! हृदय त छोइहाल्यौ अब यता यहाँनेर । उपेक्षाले नहेरिदेऊ ढुङ्गालाई पनि तिमी, कैलेकाहीँ फुटिहाल्छ केही पनि नहानेर । दुख्यो भन्दा 'मनु हाँस्छ किन हाँस्छ थाहा छैन, सोध्यौ भने भनूँला के कता दुख्छ कहाँनेर ? |
12 भ्रष्टाचारकी सुन्दरीले बोलाउँछे सान गरी । मोजमज्जा पाऊँ भनी बसेपछि ध्यान गरी । हृदयको सिंहासनमा आदर्शलाई होइन बरू, व्यवहारवादी वेश्यालाई राखेका छन् मान गरी । शिव जस्तो लठुवालाई प्राप्त हुन्छ सधैंगरल, किनभने भक्तहरू बसे मधुपान गरी । अनि पो त धर्म, अर्थ, काम, मोक्ष बटुलेर, बसेका छन् सुख्खसाथ स्वास्नीसमेत दान गरी । शिव जस्तो 'मनु'लाई एउटा साँढे किनिदेऊ, भूतप्रेत बटुलेर बसोस् अभिमान गरी । |
13सुनेकै हो मैले पनि बूढापाकाबाट । मुटुसम्म जाने बाटो हुन्छ आँखाबाट हेर्दा तिम्रो आँखातिर थाहा मैले पाएँ, हिँड्दै रैछु म त त्यहाँ पाखैपाखाबाट यता हेर्दा उता हेछ्यौ, उता हेर्दा यता, जोगाउन मुटुलाई चोर डाँकाबाट । माया जति खोजे पनि मन माहुरीले, निचोरिन्छ सधैंसधैं मह चाकाबाट । यति पनि नबुझ्नेलाई 'मनु' भन्नुपर्छ, बिउँझिएला कल्पनाको जब काखाबाट । |
14 यो बाटोमा उकाली छ त्यो बाटोमा ओराली छ । आफूलाई देख्दिनँ म कहाँ आज नेपाली छ ? जता हे उतैतिर भीर, पाखो, पहिरो छ, कता होला बर-पीपल कता आज देउराली छ ? तिम्रै, मात्र तिम्रै माया बोकिहिँडे कस्तूरी भँ, यता आँसु सम्पन्न छ उता हाँसो काली छ । खोला पनि सुसाएर रोइराख्छ सधैं यहाँ, उता जाल हानिसक्यो यता हातेदुवाली छ । जैले पनि झर्नुपर्छ तिम्रो आँखाबाट मैले, गालादेखि छातीसम्म कहाली नै कहाली छ Π हाँसो पनि मुटुभित्रै, आँसु पनि मुटुभित्रै, साँचो बोल्न पाइएन कता मन मतवाली छ ? |
15उदाएको साँझ थियो बिहानीको नाम लाग्यो । अनिदा छन् आँखाहरू रातभरि घाम लाग्यो । फूलदेखि शूलसम्म सबै यहाँ नाङ्गा रैछन्, लाज अब लाग्यो के त ? आत्मग्लानि काम लाग्यो ? कति राम्री रैछौ तिमी, कति शूरो रैछु म त, भन आमा ! तिम्रो मेरो, कति यहाँ दाम लाग्यो ? माथि हेर्दा उजिएको खुकुरी झै नेपाल यो, तल हेर्दा पल्टिएको केराको नै थाम लाग्यो । गाम-घर-बेसीलाई भविष्यको हालखबर, काँचो धागो बाँधीवरि पठाएको खाम लाग्यो । हृदय छ मरुभूमि, पसिना र आँसु सुके, कतै छैन झरी पानी खडेरीको याम लाग्यो । बाँच्न पनि सकिएन मर्न पनि सकिएन, यो भूमि त अपराधी 'मनु बस्ने गाम लाग्यो । |
16जागिर दिई पुऱ्याइदिनुस् मेरो मनको धोको । पाल्नुस् हजुर, बोलाउँदैछ मेरो घरको बोको ! सत्रपटक हजूरकै श्रीमतीलाई ढोगें, आज पनि ल्याएको छु सुन्तलाको डोको । मेरी घरकी कैलीसँग 'हुन्छ' भन्नुभाथ्यो, उसैले नै पठाइछ कुराउनीको पोको । सिकाउनु सघाउनु हजूरले नै पर्छ, कैली जस्तै म पनि त मनको साहै चोखो । प्रधानज्यूले भन्नुभाथ्यो विकासपछि खालास्, विकास पनि आयो गयो म ता रहें भोको । इण्डियामा दर्बानीको जागिर खान जान्नँ, गोर्खालीलाई देखाएर भन्छ-'गोली ठोको ! हुर्मत गए, इज्जत गए, हरबाटै जाओस्, किनभने श्रीमानकै हामी बाख्री-बोको । |
17गैरीफाँटमा तिम्रो मेरो एउटै खलो थियो । एउटै गाउँ, एउटै घर, एउटै थलो थियो तिम्रो खेत, मेरो खेत बेग्लै भए पनि, मिलिजुली जोत्न हाम्रो एउटै हलो थियो । ओत लाग्ने छानो हाल्न खोज्दाखेरि पनि, खांबा धेरै थिए तर एउटै बलो थियो । तल माथि नभएर भाइभाइ थियौं, जस्तो थियो, घर थियो, एउटै तलो थियो । पस्यो भने घरभित्र चोर डाका कुनै, तिम्रोमेरो एउटै स्वर, एउटै गलो थियो । किन सुख पापी भयो, दुःख दुष्ट भयो, नहुँदा नै सुख-दुःख त्यही भलो थियो । |
18हाँसिराख्न सिक मैले जीते पनि हारे पनि जालभित्र जेलभित्र मलाई जति पारे पनि बाँच्नु परे सबैसित मर्नु परे म मात्र छु खुसी छु म अब मलाई जतिसुकै मारे पनि चाहना छ तिम्रो ठूलो भनेदेखि हुन्छ अब आफ्नो इच्छासँगसँगै 'मनु लाई नारे पनि उक्लिराख माथिमाथि धेरै माथिसम्म तिमी भयङ अटल छु मलाई जति झारे पनि खोजिराख्छु तिमीलाई डाँडाकाँडा जताततै प्रतीक्षा हो मेरो कर्म जतिसुकै टारे पनि मेरो हाँसो झूटो होला, आँसुभने चोखो नै छ विरहको आगो बाली जिन्दगी नै खारे पनि तिमीलाई कुछु म त जीवनभरि यै घाटमा मबाहेक सारालाई, सबैलाई तारे पनि तिम्रै बारीभित्र हैन जताततै फुलेको छु जति चुँडे पनि अब जति बार बारे पनि 'मनु रैछ नवैलाउने मखमली फूलजस्तै छायातिर घामतिर जतातिर सारे पनि । |
19हेर यहाँ काँडामाथि पात पर्यो पातमाथि फूलैफूलको खात प प्रकाशमा तिम्रा आँसु मोती बने जब-जब हाँसोको आघात पयो भनि देऊ माया तिमी बिर्सिसक के चै अब तिम्रो मेरो जात प कस्तो पापी लेखकको साथ प भन्छन् सबै सुत अब रात पन्य भ भने त जागेकै छु 'मनु सँग जुनकीरी नै भए पनि हात पयो । |
20 एकदिन तिमीलाई थाहा हुनेछ । ढुङ्गा पनि पग्लिएर जब रुनछ । जति डुब्न खोजे पनि तानी ल्याउने, कल्ले यति राम्रो आहा ! जाल बुनेछ ? कस्तो होला स्पर्श त्यो भनिदेऊ न फूल आई ढुङ्गालाई जब छुनेछ । एकबाजिमात्र हाम्रो भेट भएको, त्यसैलाई मनले सयचोटि गुनेछ । दुःखी भयो, साहै भलो चिताउनेले, बाँचेकै छु भन्ने कुरा जब सुनेछ । भौतारिने 'मनुसित भेट्न खोजेको ? मुक्ति भन्ने प्रहरीले हिजै थुनेछ । |
21 खोज्दै पुगै आफूलाई जब तिम्रो घरमा । कहाँ होला बास मेरो अब यो सहरमा ? बिदा गर्दा तिमीले नै प्याला भरिदियौ, हिँडिरहेको छु म त सम्झनाको भरमा । मेरो मुटु दियोजस्तै बल्यो फेरि आज, जहाँसम्म उज्यालो छ आऊ यो शहरमा तिमीलाई ऐना सम्झी नियालेर हेरें, देखिँदैछु भन कस्तो ऐनाको नजरमा ? सबै विष फिक्का अनि खल्लो लागेर नै, 'मनु'लाई मिसाएछु जीवनको जहरमा । |
22 सोच्न थाल्छौं किन हामी भूल भएपछि परिस्थिति हाम्रो प्रतिकूल भएपछि । जीवनखोलासँग हाम्रो सम्बन्ध नै छुट्यो, त्यसैमाथि एउटा सानो पुल भएपछि । आफूलाई खोज्न कहाँ जाने होला भन, एकान्तमा पनि जब हुल भएपछि ? बेचिंदै छन् बजारमा राम, कृष्ण, शिव धर्म पनि व्यापारको मूल भएपछि । भोकाएको पेट रुन्छ, तिर्खाएको मन, यस्तो बेला हाँस्न खोज्दा शूल भएपछि । माला गाँसी पहिराऊ जोसुकैलाई तिमी, 'मनु आज बगैंचामा फूल भएपछि । |
23चेलाबेटा चेलीबेटी बिक्री हुने माल भए, बूढाबूढी, केटाकेटी मानवीय ढाल भए । जलस्रोतका धनीसँग खानेपानीसम्म छैन, रगतले भरिएका खोलानाला ताल भए । कितापमै थन्किएछन् सिद्धान्त र संविधान, राजनीति, कूटनीति जुवाडेका खाल भए । आफ्नै घर, आँगन यो निषेधित क्षेत्र रैछ, गल्लीका यी कुनाकाप्चा माकुरोका जाल भए । कालापानी, सेतापानी, रातापानी, नीलापानी यस्तै-यस्तै पानीहरू सक्कली नेपाल भए । भत्किएको घर देख्दा 'बनाऊँ कि नबनाऊँ ? बेच बरु भन्नेहरू छिमेकी दलाल भए । |
24भुमरीमा जन्मेकोलाई डुब्ने केको डर यहाँ ? किनार हौ तिमी तर तिम्रो केको भर यहाँ ? भन्छन् सबै राम-राम' लड्नेलाई भीरबाट, कल्लाई छ र माया गरी बचाउने कर यहाँ । बनाएछ कुन्नि कसले दोबाटोमा चौतारी यो, पीपलसँग उभिने त्यो देखिँदैन बर यहाँ । स्वास्नीलाई सुनाउँछौ पुर्खा मेरा यस्ता उस्ता कहिले थियो तिम्रोजस्तै बिचरीको थर यहाँ ? सक्कली ती मायाहरू गाउँतिरै छुटिसके, नक्कली नै भए पनि प्यारो छ सहर यहाँ बग्दै बग्दै हिँड्नेलाई बगाएछ भन्नु किन ? आनन्दले बग्नुपर्छ गन्नु के लहर यहाँ ? भौतारिने 'मनु आज यहाँ, भोलि कहाँ होला, अब भने बास दिने छैन कतै घर यहाँ । |
25छातीभित्र ढुङ्गालाई बसाउन जानिएन । फूलमाला चढाएर हँसाउन जानिएन । शत्रुसँग हिँडे पनि डाँडाकाँडा उकालोमा, उसैलाई भीरबाट खसाउन जानिएन । भित्र कतै चिरिएर पहरोको छातीबाट, पहाडको आँसुजस्तै रसाउन जानिएन । महलमा सजिएका गुलाफका बोटजस्तै, दुःखी मनको आँगनमा बसाउन जानिएन । ठूलो छाती फर्काएर उभिएको पर्खालमा, 'मनु जस्तो सानो छुरी धसाउन जानिएन । |
26छातीभित्र ढुङ्गालाई बसाउन जानिएन । फूलमाला चढाएर हँसाउन जानिएन । शत्रुसँग हिँडे पनि डाँडाकाँडा उकालोमा, उसैलाई भीरबाट खसाउन जानिएन । भित्र कतै चिरिएर पहरोको छातीबाट, पहाडको आँसुजस्तै रसाउन जानिएन । महलमा सजिएका गुलाफका बोटजस्तै, दुःखी मनको आँगनमा बसाउन जानिएन । ठूलो छाती फर्काएर उभिएको पर्खालमा, 'मनु जस्तो सानो छुरी धसाउन जानिएन । |