Kalanidhi Dahal is a celebrated Nepali poet known for his
deep, philosophical insights and poetic brilliance. Born on Falgun 8, 2016 B.S.
(circa 1959 A.D.) in Okhaldhunga, Nepal, he is the son of Nandalal Dahal and
Manmaya Dahal. Today, he resides in Battisputali, Kathmandu. With a literary
journey that began in 2038 B.S. with the poetry collection Gauravmaya Nepal,
Kalanidhi Dahal has since published nearly a dozen works, earning him a
respected place in Nepali literature.
Early Life and Literary Beginnings
Dahal's early years were rooted in rural life and hardship.
Born into a large family where income barely lasted three months of the year,
he spent much of his youth helping at home and working on others’ farms to make
ends meet. These struggles, however, became the foundation of his poetic soul.
He ran away from home at midnight, fueled by a dream of change, and entered
Kathmandu where he worked in feudal households washing dishes and cooking.
These experiences, both painful and transformative, later inspired his writing.
Entry into Literature
His first published poetry collection, Gauravmaya Nepal
(2038 B.S.), marked the beginning of a lifelong commitment to literature. His
writings have spanned both metered (chhanda) and free verse (muktak) poetry,
known for their strength and artistic flair. Dahal believes that true
literature is inseparable from life itself, that good literature is life, and
life, in turn, is good literature. For him, literature is not just an aesthetic
pursuit but a spiritual and philosophical expression.
Literary Philosophy
Kalanidhi Dahal does not view God as a separate entity. For
him, nature itself is the soul, and what people call God is merely a construct
of fearful minds. This idea reflects in his writings, which often explore
themes of nature, spirit, and the human experience. He argues that literature
cannot be genuine without life, and vice versa. Only those who live with
sincerity and sensitivity can produce true literature.
His literary inspiration doesn't come from textbooks or
classrooms. Instead, it emerges from the depths of his own pain, lack, and deep
human empathy. The driving force behind his creativity has always been an
unwavering self-confidence, a strong commitment, and a consistent dedication to
his craft.
Mentors and Influences
He credits several key figures for supporting his literary
journey. Among his mentors and well-wishers, Hari Bhakta Sigdel, Dr. Arjundev
Bhatt, and fellow poets Spandan Binod and Amar Tyagi have played crucial roles.
He also considers his elder brother, Surendra Prasad Dahal, as an early
influence who helped spark his poetic inspiration. Later, writers like Madhav
Prasad Bhattarai, Dr. Govindraj Bhattarai, and Hari Gautam supported his
publication efforts.
Role as a Teacher and Guide
Though Dahal never aimed to become a teacher, many refer to
him as a 'guru.' He humbly accepts this title, saying he never planned for it
but simply helped those who wanted to learn. He does not seek payment or
prestige; instead, he shares his knowledge freely and desires only that future
generations grow and evolve. His guiding philosophy has always been to stay
free of ego and arrogance.
Awards and Recognition
Over the years, Kalanidhi Dahal has been honored with many
awards, including the prestigious Sitaram Pragya Pratishthan and Bhanumati
Puraskar in 2058 B.S. These honors reflect the literary community’s
appreciation of his unique contributions to Nepali literature.
Views on Poetry and Writing
Dahal does not write for everyone. He believes poetry
doesn’t need to appeal to everyone, such as cowherds or illiterate farmers.
Each group has its own world, and his is a world of artistic expression that
often dives into the essence of life through symbolic and refined language. He
is not interested in using literature as a political tool to raise the masses,
unlike some Marxist and Leninist thinkers. Instead, he sees poetry as an art
form that needs no justification beyond its own aesthetic and emotional truth.
When asked how to write good poetry, Dahal emphasizes the
importance of combining life experiences with nature and artistic
craftsmanship. True poetry, according to him, must be both aesthetically
powerful and deeply personal. He believes that poetic excellence comes from a
well-balanced blend of reflection, study, and meditation.
On Literary Culture and Today’s Writers
Dahal believes that today’s literary environment reflects
the times. He acknowledges the rise in quantity but questions the depth of
quality. He observes that many are driven by material desires, but he remains
hopeful that the younger generation will delve deeper into meaningful, artistic
expression. He wishes for older writers to foster qualities of simplicity,
kindness, and heartfelt connection.
Daily Routine and Creative Process
For Dahal, free time is nearly nonexistent. Much of his day
is dedicated to the digital world of literature, especially his involvement
with "Nepali Sahitya Bishwo Sanjal," a global online platform for
Nepali literature created by Spandan Binod. If he is not sleeping, reading, or
writing, he is usually engaged in literary discussions or mentoring others.
Preferred Forms of Writing
While Dahal enjoys many genres—ghazals, songs, poems,
stories, travelogues, and novels—his heart leans toward poetry. He does not
chase trends or popular themes but follows his own artistic intuition. To write
well in any form, he suggests dedication, consistency, and a willingness to
deeply connect with one’s subject matter.
Legacy
Kalanidhi Dahal stands as a towering figure in contemporary
Nepali literature. His life is a testament to the power of poetry to transform
hardship into beauty, and personal struggle into universal truth. His teachings
and writings continue to inspire generations of writers who seek not only to
write, but to live literature.
Through all his experiences—from a boy running away from
home to a poet guiding the younger generation—Dahal has shown that the soul of
literature is in truth, in pain, and in the quiet commitment to something
greater than oneself. His biography is not just the story of one man’s literary
journey, but a mirror of the evolution of Nepali poetry itself.
अस्तित्व ! शिरमा शिर सजाएर लहराका टुप्पा चुम्मिएझैँ डढेलोपछिको जङ्गलमा हरिया पिपिरा झुम्मिएझैँ मनको वन फाँडेर सुकेका पत्कर हटाउँदै फोहोरमैला सफा गरेर दागहरू कटाउँदै चट्याङ्पछिको मनजस्तै हुरीहुन्डरीपछिको आकाशजस्तै बेदाग दिलको मिही रेखासँग छुट्ने निस्कलङ्क मुस्कानका मजामा तीलको गेडोजस्तै अपरिवर्तित अनन्त हो अस्तित्व! न दौडन्छ हल्ला होहल्लाको हुलमा न हुत्तिन्छ मायामोहको ढुल्मुदमा न रङ् फेर्छ पदपैसाको खुल्दुलमा समाधि कसेर आसनमा नदौडेर जिब्रोमिठासको रासनमा झम्झम् झरी झरेको खोल्सीकिनाराका बाँसका टुप्पाहरू पवनगतिमा पिङ् खेलेर जल चुमेझैँ अथक उज्याला अक्षरचुम्बनभित्र सचित्र संसार साक्षात्कार साक्षात्कार आफू संसार विनाआशाको अग्लो स्तम्भ निरन्तर पाउ धसेर धरामा कुम घोटेर पहरामा क्षितिज अग्लिरहन्छ अस्तित्व! न हाल्खबर सोध्छ उल्ले न हल्ला प्रहर रोज्छ उल्ले न धर्मधार खोज्छ उल्ले बलेको दियालोझैँ सुनसानमा निर्जन एकान्तमा विनाआशा पर्वतको प्रहर अग्लिएझैँ प्रचण्ड गर्मी सर्वतको स्वाद सग्लिएझैँ अस्तित्वको आल्हाद विनाभेद फैलिएको पोखरी पार गरेर चट्टान पाउ टेक्छ निरन्तर घाउ बेदाग हिँडिरहन्छ निरन्तर । |
लद्दाख ! सलाम छ तिमीलाई यौटा अकिञ्चन कञ्चन अमुक उदार शान्त कुहिरोसँग कुहिरोले माटोसँग माटोले पहाडसँग पहाडले र जम्मैसँग जम्मैले लुकामारी खेल्दै काउकुती लगाउँदै घुम्टो उघारेर घामसँग घाम फैलाएर घुम्टोसँग सुनसानमा तर सारमा सारमा तर सुनसानमा तृप्त/अतृप्त अतृप्त/तृप्त चाहनाका असङ्ख्य बिस्कुन सुकेर बिस्कुन ओसिएर मान्छेभन्दा धेरै टाढा सुदूरको क्षितिजमा रहस्यका झिलिमिली झिल्कासँग असङ्ख्य झिल्काका झिलिमिली रहस्यसँग सृष्टिको चोखो मुस्कान साटिरहेकी लद्दाख! तिम्रा कोमल/कञ्चन खेलहरू भत्किएका छन् अहिले तिम्रा स्वस्फुर्त अन्तरा अन्तराहरू चकित भएका छन् अहिले दुई अतिवादी जङ्गली आस्थाका सेनाले बुट बजारेका छन् तिम्रा छातीमा एउटा माथिबाट उफ्रन्छ तल अर्को तलबाट चिथोरिन्छ माथि -रामको नाममा -सीताको नाममा कपुर सल्काएर वासना छर्नुपर्ने एउटा धार्मिक अतिवादी पण्डा राफाल चढेर तिम्रा छातीमा क्षेप्यास्त्र छाडिरहेछ -कार्लमाक्र्सको नाममा -एञ्जेल्सको नाममा विराट् विश्व साझा सम्पतिको चौडा चिन्तन जन्मेर कल्पवृक्ष फैलनु पर्नेमा अर्को निरङ्कुश साम्यवादी शासक बाक्लो सिरक ओढेर चिनूक अनुसन्धानको पछिल्तिर जगुवार विमानका पङ्खामुनि छुपेर दिन होस् वा रात जाडो होस् वा प्रचण्ड बाफ मारक क्षेप्यास्त्रका निशाना दागिरहेछ हेर्यौ भने तिनलाई आँखा झिल्किन्छन् -बारुदले चुपचाप लम्पसार पर्यौ भने छाती चिरिन्छन् -बुटका काँटीले -क्षेप्यास्त्रका प्रहारले बम र बन्दुक त पचाई सके -तिम्रा छातीले -तिम्रा तनमन दुवैले राडारका निशाना माथिबाट ताकिदै कहिले -चितायानले बाल्छ आगो तिम्रा बरफमा कहिले जमीन ट्र्याङ्करले निशाना ताक्छ तिम्रो हिउँजस्तो पग्लने शरीरमा लद्दाख! धार्मिक अतिवादी पण्डा र निरङ्कुश साम्यवादी मुण्डाका बिच तिमी -चिथोरिएर भए पनि -फहरिएर भए पनि -मरेर भए पनि -मारी बाँचेर भए पनि उद्दीप्त! उद्दाम!! मानवताकी शिखर सधैँ सौम्य! सधैँ शान्त!! सधैँ मानवताको बुध्दविश्वासमा धार्मिक अतिवादका पण्डा र निरङ्कुश साक्यवादी अतिवादका बुख्याँचा मुण्डासँग विजयको लुकामारी खेलिरहिछ्यौ बादल ओढेर -बादलमै पहाड अग्लेर -पहाडमै बरफ चिस्याएर -बरफमै पत्थर जमाएर -पत्थरमै हिमाल पगालेर -हिमालमै । |
मेरा शासकहरू !!फाटेको भोटो फेरेझैँ एउटै शरीरले घरी सेतोमा घरी रातोमा घरी रङ्गीनमा घरी साधामा घरी छिर्बिरे पत्तै नपाइने सङ्केत नआउने छेपारे रङ्को मौसमी तालजस्तै देखा परेका छन् -मेरा शासकहरू! तन उहीँ हो मन उहीँ हो नाराहरू तिनै हुन् सिउने दर्जी उहीँ र उस्तै हो क्लब फरक छन् एन्जिओ आकारमा भिन्न छन् कोही हिमालपारिको गजधम्म पुरानै अनुहार -म नै सर्वस्व -म नै सूचिकार -म नै कुचिकार -म नै नोकर -म नै हाकिम सियो मेरै हुनु पर्छ धागो मेरै हुनु पर्छ मेसिनकल तीव्रगतिमा मेरै सर्नु पर्छ ढोक्सा थाप या जाल बिच्छ्याऊ समुद्र मेरै हो माछाभ्यागुता मेरै हुन् सतर्क कोही चियाउला नहेरे हुन्छ त्यसतर्फ ब्रह्मण्ड नै मेरोझैँ हुङ्कार उछल्दै केही छिन् देखा पर्छन् कुनै निरङ्कुश मेरा शासकहरू ! मौन ! मौन !! मौन !!! जिब्रो नै झिकिएझैँ फाँटमैदानको एन्जियो उचालेर अर्को क्लब खुला छल्फलमा पिँजडाको प्रतिरो उछल्दै मन्दमुस्कानले बोल्छ -सियो जोसुकैको होस् -धागो जतासुकैबाट आओस् -कलमेसिन जोसुकैले चलाओस् भोटो मेरै हो ढिलोचाँडो समय हुन सक्छ गर्जनको आङ् थापेर निर्भिकताको शङ्खनादमा उहीँ तन उहीँ मन उहीँ चेहरामा फर्कदै छन् अर्का थरी -मेरा शासकहरू ! कलमेसिन उनै हुन् चलाउन बस्ने कुर्सी उहीँ हो सियो धागो कपडा सबै तिनै हुन् मात्र सूचिकार फरक सडक उहीँ हो मात्र कुचिकार फरक कल उहीँ हो कुचो उहीँ हो चेहरा उनै हुन् मन उनै हुन् तन पनि उनै हुन् मात्र फरक -ओठमा छ -जिब्रोमा छ कुनै हिमालपारिका जिब्रा फर्फराउँदै एन्जियो उभिन्छन् -मेरा शासकहरू ! कुनै फाँटमैदानदेखि समुद्रपारका फराक एन्जियो बोकेर घरी उभिएका छन् -मेरा शासकहरू ! घरी बसेका छन् -मेरा शासकहरू ! घरी रन्थनिएका छन् -मेरा शासकहरू ! घरी फन्फनिएका छन् -मेरा शासकहरू !! |
कविता घर हो मेरो !!आँधी हुरी उडेको छु वेग बेजोड तोडले तन यो एउटै स्थान मन संयोग योगले ! कतै डाँडा उता अग्ला ठोकिन्छु तल झर्दछु चट्टान शिरमा दर्द असैह्य पल पर्दछु !! उठ्छु चुहाउँदै रक्त उभिन्छु सास फेर्दछु छु कता छैन क्यै थाहा उघारी नेत्र हेर्दछु ! पहिले म थिएँ कस्तो नजानेरै झरेँ यता उठ्यो मन जुट्यो दौड फेरि दौड्यो जतातता !! उकालो पसिना झारी हेरेँ अनन्त पारमा छु एक्लो छैन क्वै साथ जम्मै देख्छु म झारमा ! गाउने गीत छन् थोत्रा वैलेका सब सागका चेतना उघ्रिने झुम्छन् तिनै रागविरागका !! चाकडीका तिनै हात कुर्सी अपार ठान्दछन् चुहाई रालका थोपा पद गौरव मान्दछन् ! यो लाटो हो कि हो बुङ्गो समाजको उही गति देखी मन हुने गर्छ धुवाँ जलेर भत्भती !! एक पाउ हिडौँ नौलो डोब निर्माणको पद विनालालसको चाप रहँदा हुन्छ गद्गगद ! त्यही चाप म छर्दै छु अनकन्टार टारमा मेरो मौलिकको भाका हुन्छ नौलो विचारमा !! म व्याधी वेगको आँखो मनबाट चियाउँछु जति हुन् नमिठा स्वाद नयाँ नङ्ग्रा खियाउँछु ! समुद्र कहिले झर्छु छाल उच्छाल छालमा नौका खियाउँछु आफ्नै पञ्जाका नव तालमा !! पगरी सुनको नै होस् चाहिन्न अन्यको धन सुकेको भाव होस् आफ्नै चाहिँन्न अन्यको मन ! धुलो बिच्छ्याउना होओस् चाहिँन्नन् अन्य डन्लप अन्य सिरक घाँटीमा नखापूँ लिई खप्खप !! सत्ताका सान सन्केका शिरको छु म मारक खोजी पगरी गुत्नेको भारी भार म धारक ! रात आफ्नै खुली पङ्खा रातकै बन्छु मारक अरे गजबको आफैँ नौलोको म छु कारक !! म धुजा धारका जम्मै चिथरा बाल्दछु यता सीमा नङ्ग्याउँदै स्वार्थ जम्मै पखाल्दछु यता ! नबुझ्नुको छ यो अर्को उत्खनको नयाँ घर एक यो घर हो मेरो समग्र विश्व सुन्दर !! |
माटो !!माटो माटो म माटोमा घुमेको छु निरन्तर माटो माटो म माटो नै चुमेको छु निरन्तर ! वार हुँ कि हिँडूँ पार माटोमै पाउ चल्दछन् पहाड सम्म यी फाँट उकाला कर खेल्छन् !! न सीमा देशले चुम्छु न जल हात धुन्छु म न एक भेदमा अर्को अनावश्यक रुन्छु म ! दूर सुदूर वा मध्य जहाँ जाऊँ निरन्तर समग्र विश्व यो मेरो विशाल एउटा घर !! न जात घेरिने घेरो न धर्म फेरिने कतै न धनी छुट्टिने रूप न आर्त छु हुने कतै ! न बारुदी बलेँ ज्वाला परेवी न चुचो कतै समग्र विश्व हूँ एक अहिँस्रक जताततै !! तारा असङ्ख्य छन् माथि आकाश एउटा घर जलको छाल उच्छाल पन एक छ सुन्दर ! म विश्व विश्व हो मेरो यति मात्र गुनेपछि न बारुद कतै बल्छ जम्मै उस्तै सुनेपछि !! न क्षेप्यास्त्र कतै जन्म लिन्छ माटो जलाउन न रोक्छ बम वर्षाले पिपिरा यी पलाउन ! न ऐय्या घाउले दुख्छ दिल चस्की यता कतै बुध्दत्व बीज माटोमा रोपी हेरे जताततै !! ऊ खाओस् पहिले ठाँनू म मान्छे मनले यता ऊ लाओस् पहिले लाऊँ म मान्छे तनले यता ! ऊ बोलोस् पहिले बोलूँ म मान्छे मुखले यता यही मात्र म माटोमा रोपूँ बिज जतातता !! भत्कूँ पिल्लरका साँध न बाधूँ बाँध यो मन न छाँदू जातको छाँद कतै जन्मन्न क्रन्दन ! भत्कूँ म धर्मको धार अधर्म जन्मिने कता एक मानवता अग्लो धर्म सच्चा जतातता !! अहङ्कार हटूँ सारा हुङ्कार म बनूँ जल लोभको दाग घोटेर बनूँ चन्दन निर्मल ! लालसा र घृणा जम्मै सुनामी म उडूँ उता उर्वराकारका पार माटो हुन्छ जतातता !! भोलि, ईश्वर बिर्सूँ म होइनन् मृत्तिका धन बरु हुन् गति सच्चाका रोक्ने कठोर बन्धन ! अन्धविश्वासका थोत्रा दाग फालूँ उता पर सीमारहित विश्वास मात्र हो परमेश्वर !! |
फुलेकाे जवानीहिँडिएछन् कति बाटा जिन्दगी जिन्दगी मिली खेलिएछन् कति फन्दा, बाली बत्ती झिलीमिली उफ्रिएछन् भए जत्ति गौँडागल्फा सरासर फुल्दो जवानी त्यो, ऐले फुल्यो भएर जर्जर । पुत्रपुत्री म देख्दैछु सँदैझँै गरी ठमठम सामु सडक बाटामा हिँडी नाचेर छमछम हामी यी जेलका प्वालबाट हेछौँ उतातिर तर ती बैँसका वाद कहाँ हेर्छन् यतातिर ?? क्रर के नियती ! तेरो छ भने देहमा दिल खुल्दो जवानी दे लैजा फुल्दो यो देह थिल्थिल कि छल्का स्नेहको योटा सङ्लो पवित्र सागर तरङ्गमा दुबै रूप घोली दे रङ्ग उर्वर । नफुली खुल्न दे मात्र जवानी जिन्दगीभरि विशाल वृक्षका पात जस्तै स्नेह छरी छरी एउटै रूप दे भिन्न पार्दछस् रूप यो किन विभेदको छरी विष न तड्पा क्षणका क्षण । कि दे नियति ! जम्मैमा विवेक ज्वारको जग फुलेको र जवानी यो एकदमै पारी जग्मग घरभित्रै दुबै खेलून, खाउन् वर्षाई झादर जवानी भित्र होस् ज्ञान हुन् दुवै घरकै घर । |
गोडूँ यो मनको झार !!मलाई मनको साझा आँगनमा सधैँ सजूँ उम्रेका झार गोडेर बाँसुरी नित्यमा बजूँ ! मन नै मनको शत्रु अर्को शत्रु कहाँ छ र द्वेष नै पहिलो पत्रु अर्को पत्रु कहाँ छ र ?? मन घोप्टे भए ओठ कालो बन्छ शरीरको जिउँदै छ चिता गोठ सर्प टोक्छ शरीर यो ! पत्नी देख्छ महारानी पुत्र देख्छ जुहारमा पुत्री काँध सजाएर घरको छ अँगारमा !! माता देवी पिता देव ओठले बर्बराउँछ मनको झार हुर्केर झारमै लर्बराउँछ ! भट्टी जाँड सबै देख्छ अमृतका घडा ठुला कोही असल देखेमा उफ्रन्छन् दुलही दुला !! अझै झार बढे देख्छ स्वार्थको दरिलो घर माकुरे छल फैलन्छ सुकेको बनी गोबर ! झरी यो ठगको छम्की स्याउ किरा सजाउँछ मन नै दुष्ट हो आफ्नो आफैँ खिल्ली उडाउँछ !! प्रशंसा अन्यले ह्वैन आफैँभित्र उबाउँछ चर्का माइकमा उफ्री आफ्नै खिल्ली उडाउँछ ! नगरे पनि क्यै कार्य गरेँका गीत गाउँछ अहङ्कार झिकी आफैँ आफूबाट बिलाउँछ !! न गरी कर्मको खेती बाला टिप्ने भएपछि झूठका बिरुवामाथि सत्य लिप्ने भएपछि ! जिब्रो नै तनको बन्छ महाँ शत्रु मिजासको आफैँभित्र घृणा थुप्री हुन्छ यो अट्टहासको !! ठगी फल्ने सबै बोट उखेलूँ सुकूँ बेसरी अहङ्कार हुने ढालूँ मनका गजकेशरी ! अरू घोच्ने छली चोया आगो झोसी बलेपछि सच्चा मान्छे म नै हुन्छु सफा खाल खलेपछि !! कबाफको अझै अर्को रबाफ मनको घर जली भस्म भई उड्नु पर्ने हुन्छ अझै पर ! जम्मै विद्रुपका गेडा मनबाट हटी झरे म नै देवत्वको स्वर्ग म नै धरा धमाक रे !! उम्रने झारको ब्याड सुम्पने छ पुरातन अन्धविश्वासको पाउ फालिनु पर्छ धड्कन ! अर्को लोभ महाचोर बासबाट उता झिकूँ नव आलोकको बस्ती शत्रु हुन्न कुनै सिकूँ !! |
लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !आउन् जाउन् अगणित कतै दम्भका दाग धेर हेरौँ भोगौँ द्रवित नबनी आँतमा आँतनेर ! आफैँ राम्रो पल पल बनौँ मार्ग छाडेर रागी लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !! जन्मी बाँचे कति वयसँगै राग द्वेषी खराबी आफैँ लाग्यौँ अझ पसलका प्यूँन ज्यादा सराबी ! स्वार्थी बन्ने गति अघि बढी ब्यूँझिएका खराबी लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !! बच्चो सानो त्यस बखत नै स्वार्थका भार बोकी आफ्नै जम्मै तनमन गुनी हातले माथ ठोकी ! बढ्दै जाँदा अतिसय तिनै लालसाको म रागी लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !! आमा बा यी प्रथम घर हुन् साथ दुष्कर्मकार सीमा कोर्ने सबल बलले पार्न यो चाटुकार ! पैसा पैसा धनमनभरी देह पारेर रागी लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !! लाई राम्रो तन बन सधैँ बन्न ज्यादा सिकाए खोजीमेली पहिरन नयाँ भिर्नलाई फकाए! त्यो बानीले सहज मन यो बन्न लागेछ रागी लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !! थैय्या!थैय्या!!करकर लिई धेर माया जगाए निस्वार्थीका तनतल तला स्वार्थ छाना सजाए ! स्नेही भाका सहज भरिने साफ पारेर रागी लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !! अन्धागन्धा विगत गतका छापमा छाप लाई हिँड्दै जाँदा विगलित भयौँ भौतिकी मोह पाई ! यात्रा हल्का सहज जगका पार लाएर रागी लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !! पारी चौडा दिलतल तला दूरगामी म बन्दा हट्छन् सारा नयनभरका देखिने घोर फन्दा ! फार्दै खार्दै कलुष मनका मोहका राग रागी लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !! नाता तोडौँ परहित पुगी बुध्दको बोल बोलौँ आफ्ना स्वार्थी तमतिमिरका तानका तार तोडौँ ! बन्दै अग्लो हिमशिखरझैँ बन्न छाडेर रागी लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !! |
छ पट्यार लाग्दो यही जिन्दगानी !!न चाहेर आएँ न चाहेर जान्छु न नाना र खाना नयाँ सोख मान्छु ! चढूँ शैल भन्दा म खोलो सिरानी छ पट्यार लाग्दो यही जिन्दगानी !! म ज्वालामुखीझैँ बलूँ ज्योति भन्थेँ सधैँ नेत्र खोलेर तारा म गन्थेँ ! न आकाश पाएँ न तारा बिहानी छ पट्यार लाग्दो यही जिन्दगानी !! म सानो मुना हेर्दथेँ टारबारी भई साहसीझैँ शिलाफाँट घारी ! लिएँ स्वप्न ज्यादा छु जानी नजानी छ पट्यार लाग्दो यही जिन्दगानी !! कुदेँ हर्ष आक्रोशका वेग बोकी पढेँ कण्ठ घाँटी कराएर घोकी! निराधार सारा रहेछन् कहानी छ पट्यार लाग्दो यही जिन्दगानी !! गरी लोभ धेरै म लोभी भएँछु परी प्यार नाचेँ म भोगी रहेँछु ! तिनै गन्धका अन्ध आँखा जवानी छ पट्यार लाग्दो यही जिन्दगानी !! म माया भुलेको भ्रमी जालभित्र उठाएँ उचालेँ अहङ्कार चित्र ! निराकार देख्दै छु आकार तानी छ पट्यार लाग्दो यही जिन्दगानी !! रटेँ देश बोकेँ र झण्डा उठाएँ लगाएर नारा धनी बन्न पाएँ ! भए यी चिताका अँध्यारा कहानी छ पट्यार लाग्दो यही जिन्दगानी !! सिँगारेँ मजाले सबै देह भन्दै बसेँ नोट ज्यादा नयाँ भित्र गन्दै ! भयो भार अग्लो धनीको जवानी छ पट्यार लाग्दो यही जिन्दगानी !! न खोजेँ छ बल्ने कतै चेतज्योति धराधाम गैह्रो चमत्कार मोती ! सबै मार्ग खाली छु सुख्खा खरानी छ पट्यार लाग्दो यही जिन्दगानी !! |
धीरता !!मनबिच छ सफा जो हुन्छ अग्लो हिमाल जन सबसँग मिल्ने हुन्छ यो नै कमाल ! कल छल बलभन्दा भिन्नमा हो विशाल रविकिरण कुँदेको देखिने भव्य हाल !! जग अति गहिरो यो चुम्न सक्ने भएमा अतल तल तला छन् झुम्न सक्ने भएमा ! गरम गफ यताका भुल्न सक्ने भएमा पथ हित हलुकामा घुल्न सक्ने भएमा !! घर वर सब छाडी दूर सर्ने भएमा मन मगज उघारी प्रेम भर्ने भएमा! अधिक धिक उता छन् हेर्न सक्ने भएमा सुखसयल बढारी केर्न सक्ने भएमा !! झररर झरनाझैँ स्वच्छता खुल्न सक्ने नवरस दुनियाँमा पस्किँदै डुल्न सक्ने ! अविदित पर पौडी बेसरी भुल्न सक्ने परहित पर पुग्दै आर्द्रमा फुल्न सक्ने !! सगबग सब साझा बन्न सक्ने धरामा श्रम सहज फिँजाई गुड्न सक्ने गरामा ! अलिकति हलुका यी अन्धका द्वार फाल्ने मनजन पन हुन्छन् धीरका ज्योति बाल्ने !! विभव भव यिनैका काँधमा हुन्छ सृष्टि उदर दर उता जो लाउँछन् दिव्य दृष्टि ! पर पर पर पुग्दै पाउला विश्व सार जनमन सब उस्तै धीरको हुन्छ धार !! कपट कति नगर्ने छ्याङ्ग आकाशजस्तो छलरहित सबैको भित्रको श्वासजस्तो ! अवनति कति छैनन् उन्नति हुन्न अग्लो सब सम मन राख्ने व्यक्ति हो धीर सग्लो !! हडबड न कतै छन् चञ्चलाकार चाल गडबड न कतै छन् चिन्तिताकार ताल ! जग जन सजिलो ऊ धैर्यको धौम्य फाँट विचलित नहुने हो धीरको यो ललाट !! रगडग नचलेको धक्धके धाकमा ऊ अविचल रहँने हो साम्यका साखमा ऊ ! यम पनि छ नसक्ने आँसुमा झार्न आँखा वचन मन दराको हुन्छ यो धीर शाखा !! |
दतिवन Washerman’s Plant (Achyranthes aspera अपामार्ग): Benefits, Uses, and Medicinal Properties
Kooth (Saussurea Lappa) – कूठ Benefits, Uses, and Medicinal Properties of Costus Root
काने झार Commeline Benghalensis (Kane Jhaar) – Medicinal Uses, Benefits, and Overview
गिँदरी Premna Serratifolia L. (Gindari): Benefits, Medicinal Uses, and Importance
पाञ्चान Ougeinia oojeinensis (Paanchan): तिनिश Medicinal Uses, Benefits, and Ecological Importance
बोके टिमुर Zanthoxylum Armatum (Boke Timur) Benefits, Uses, and Medicinal Properties
ठूलो नीम Thulo Neem: महारूख Medicinal Benefits, Uses, and Natural Remedies
सिउँडी Siudi (Euphorbia Neriifolia) Uses, Benefits, Side Effects, and Medicinal Properties
काठेकार, फर्कफल, काठआँवली, Averrhoe acida :
Kaaulo, काउलो, कोह, नाकेम, नेपाली अर्जुन, Kaulo Arjuna, Machilus dutbiei
Kaalo Punarnawaa, कालो पुनर्नवा, Black Patagon
Seti Kareli, सेती करेली, तितेकरेली राम्री, तिताकरेल, Bitter Gourd
Thulo Pahelo Kapaas, ठूलो पहेँलो कपास बिरुवा, Cotton Yellow, Gossypiun birsutam
Kapas, कपास, सूत्रपुष्प, Cotton, Gossypiun herbaceum
Thulo Karkalo, ठूलो कर्कलो, मानकन्द, माने Gaint Taro, Alocaria species
Alocaria speciesThulo Karkaloठूलो कर्कलोमानकन्दमाने Gaint Taro
Katahar, कटहर, Artocarpus beterophyllus
Bans Bata Baneko Kaagaj, बाँसबाट बनेको कागज, Paper From Bamboo
Nepali Speaking Practice through Books in Hindi and English
Master Hindi Speaking Through Indian Schools: Practical Phrases with Nepali and English Translations
Master Hindi Speaking with Indian Railways: Practical Phrases with Nepali and English Translations
Learn Nepali with Mobile Phone Conversations including Hindi and English Translations
Master Hindi Speaking: Practice Through Movie information with Nepali and English Translations
Famous poem Of Upendra Subba उपेन्द्र सुब्बाका केही कबिताहरु
Some Top poem of Pandit Udayananda Aryal पं. उदयानन्द अर्ज्यालका केही कबिताहरु
Some Top Poem Of Ishwar Ballav, ईश्वरवल्लभका केही चर्चित कबिताहरु
Some Best Poem of Indira Prasai इन्दिरा प्रसाईका केही कबिताहरु
Some Best Poem Of Aahuti आहुतिका केही कबिताहरु
Some Beautiful Poem Of Momila मोमिलाका केही उत्कृष्ट कबिताहरु
Top Ten Poems Of R M Dangol आर. एम. डङ्गोल का केही कबिताहरु
Some Beautiful Poem Of Ashesh Malla अशेष मल्लका केही कबिताहरु
Some Best Poem Of Ambar Gurung अम्बर गुरुङका केही कबिताहरु
Top Ten Poems Of Amar Giri अमर गिरीका १० कबिताहरु
Some Best Poem Of Kedarman vyathit केदारमान व्यथितका केही कबिताहरु
Chhapakkai Phula PHulyo Nepali Song By Singers Kiran Gajmer, Melina Rai
Kunai Batoa Timi Yeklai -BY singers Itu Jojiju, Ram Bhakta Jojiju
Maaya Raichha Ra By singer Kali Prasad Baskota, Sadeekshya Kattel
Manoj Raj Songs Lyrics "Kaliyug Ma Nasha" "Aaja Bholi" "Yasto Euta Katha Raichha"
Nepali Lyrics Of Unko Priti Pahile Ho Ki By Singer : Prabin Bedwal, Rachana Rimal
Nira Singer : Kali Prasad Baskota
Rabin Sharma Top songs lyrics and chords collection
Sanjeev Singh All Hits songs lyrics and chords collection
Top three Song Lyrics Of Sukmit Gurung "Pal Pal Timrai" "O Mero Priyatam" "Chiso Batas Le"