Some Best Poems Of Krishna Pakhrin कृष्ण पाख्रिनका केही कबिताहरु

Some Best Poems Of Krishna Pakhrin  कृष्ण पाख्रिनका केही कबिताहरु

Early Life and Background

Krishna Pakhrin, a eminent shape in Nepali writings, was born in 2002 BS (1945 AD) in Dharan, a vibrant city in oriental Nepal. His upbringing in Dharan, a melting pot of cultures and ideas, significantly affected his scholarly journey. From a youthful age, Pakhrin shown a deep attraction in writings, frequently immersing himself in the works of modern poets and writers. This soon exposure laid the basis for his future endeavors in meter and prose.​

    Literary trip and Contributions

    Pakhrin's raid into the scholarly earth began in the 2030s BS (1970s AD), a period noticeable by dint of political disruption and communal change in Nepal. His writings, deeply established in advancing ideals, resonated with the masses, capturing the core of societal struggles and aspirations. He was known for his special skill to intertwine personal emotions with broader communal themes, creating a tapestry of experiences that spoke to many.​

    Throughout his charge, Pakhrin published triple notable meter collections: "Shatabdi" (Century), "Santrash" (Terror), and "Timi Lahar Nadiko" (You, the River's Wave). These works delved into themes of adore, upheaval, and existential musings, reflecting the complexities of human experiences. His poem "Bikshiptaharuko Bhashan" (talk of the Disturbed) stands out for its poignant portrayal of societal disorder and the search for sense amidst chaos.​

    private Traits and Influence

    Colleagues and contemporaries frequently explained Pakhrin as a humble and kind soul, whose demeanor mirrored the deepness and sensitivity of his writings. Despite introducing wellness challenges in the 2040s BS (1980s AD), his commitment to writings stayed unwavering. He continued to compose, drawing inspiration from his surroundings and personal experiences.​Wikipedia

    Pakhrin's impact lengthened beyond his own works. His boy, Sudip Pakhrin, inspired by dint of his dad's legacy, risked into the scholarly earth, carving a niche for himself as a dangerous poet. Sudip frequently reminisces approximately the scholarly gatherings at their abode, location discussions upon meter and prose were commonplace, further fueling his passion for writing.​

    Legacy and Posthumous Recognition

    Krishna Pakhrin's premature demise in 2050 BS (1993 AD) left a empty in the Nepali scholarly community. However, his legacy endures via his writings and the continued efforts of his household and admirers to conserve and advance his job. In a commemorative case held at Hotel Ratna hotel in Dharan, a collection named "Kabitaharu" (Poems) was freed, featuring 16 of his delegate poems. The case cut participation from notable scholarly figures, comprising Kunta Sharma, Bam Dewan, Rajesh Bidrohi, Santosh Thebe, Ram Prasad Kharel, and Tika Atreya, who lauded Pakhrin's contributions to Nepali writings.​

    Sudip Pakhrin, during the case, stated his goal to publish his dad's unpublished works, ensuring that Krishna Pakhrin's sound continues to inspire future generations. The Krishna Pakhrin Foundation, founded in his recollection, serves as a will to his enduring impact upon Nepali writings.​

    Conclusion

    Krishna Pakhrin's journey as a poet encapsulates the soul of flexibility, introspection, and a profound-sitting commitment to societal advance. His writings, characterized by dint of their sensitive deepness and socio-political pertinence, offer a opening into the soul of a nation grappling with alteration. As Nepal continues to develop, Pakhrin's meter remains a beacon, guiding readers via the complexities of human being and the chase of a fair community.

     



    राजनीति

     २+२= ४ हुन्छ
    हिसाबको/निसाफको
    र प्रत्येक दृष्टििकोणमा
    तर राज+नीति = राजनीतिमा
    २=२= ३ हुन सक्छ
    अथवा
    २+२= ५ हुन पनि सक्छ ।
    बिजगणित
    ज्यामिती
    अंकगणित
    ज्योतिषशास्त्र र सबै शास्त्रहरुको
    केही अर्थ छैन
    राजनीतिशास्त्रको अगाडि
    त्यसैले
    तिमी!
    म!!
    हामी!!!
    केवल डुडेहरु हौं/अंधाहरु हौं
    केवल लाटाहरु हौं/लंगडाहरु हौं
    हामी यति पनि जान्दैंनौं
    कि आजको नारा
    मात्र ठगी खाने एउटा भाँडा हो ।
    मात्र ठगी खाने एउटा भाँडा हो ।

    मध्यपूर्वको यूद्धपछि

    जुनसुकै रेडियोबाट
    सुनिन्छ केवल सुनिन्छ
    दुई ठूला शक्तिहरु बीचमा
    यूद्ध भइरहेछ ! यूद्ध भइरहेछ !!
    कसले जित्छ ?
    कसले हार्छ ??
    संसारभरी एउटा तमाशा भइरहेछ
    यो एशियाको यूद्ध पैmलिएर
    ग्लोब ढाक्नेछ— कसैले भन्छ
    यो महादेशमा मात्र सीमित नभइ
    प्रत्येक मानिसमा पैmलिनेछ— कसैले भन्छ ।
    मलाई त लाग्छ— जसले जिते पनि
    जसले हारे पनि
    केवल मानिसमा गएर टुंगिनेछ ।
    कुनै देशमा होइन !
    कुनै सीमामा होइन !!
    कुनै तर्कको पर्वतमा
    र, कुनै सम्झौताको टेबलमाथि पनि होइन
    यो अवश्य नै
    निमुखा मानिसहरुको
    रगतको फागु खेलेर
    कैयौं आमाहरुका आँखामा आँशु उमारेर
    कैयौं आइमाई मानिसहरुका सेता वस्त्रमा
    गएर टुंगिनेछ ।
    कैयौं बुढा मानिसहरुका लठ्ठी भाँचिएर
    कोलाहल भएर टुंगिनेछ ।
    खोइ राष्ट्रसंघका ती नियमहरु ?
    जसले टुहुरा केटाकेटीहरुका
    मृतक पितालाई फिर्ता ल्याउन सक्यो ।
    जसले विधवाहरुको सिउँदोमा सिन्दुर
    र आमाहरुका आँखामा विश्वास उमार्न सक्यो
    ए ! मोर्चाबद्ध यूद्धका सिपाहीहरु
    अब तिमीहरुको बम÷ग्रेनेट÷बन्दुकको निशाना
    कुनै सिमानामा र देशको बिरुद्ध होइन
    कुनै देशको राष्ट्रियता खण्डित गर्न होइन
    कुनै मानिसको बिरुद्ध पनि होइन
    केवल ती,
    जसले तिमीहरुको अमूल्य पसीनामाथि
    सधैं दशैं मानेर
    मनिसहरुको रगत पिउने प्रवृतिका
    ती राक्षसहरुमाथि हुनु पर्छ ।
    राक्षस !
    जसले घरबारहीन बनाएर
    आफ्नो परिवारदेखि टाढा, धेरै टाढा पठाएर
    यूद्धखोर बनाए ।
    तिनै यूद्धबाजहरुको बिरुद्धमा
    अब तिमीहरुले एउटा यूद्ध थाल्नु पर्छ ।
    पक्का पक्की यसपालीको यूद्धपछि
    कुनै देशले कुनै देशलाई÷कुनै मान्छेले कुनै मान्छेलाई
    जित्ने होइन÷हार्ने होइन
    एउटा यस्तो यूद्धको थालनी हुनेछ
    जहाँ जिते संसार
    हारेमा दुई हातहरु
    मात्र हातहरु
    फगत तिम्रा हातहरु, मात्र हारिनेछ ।

    मदारीको कविता 

    कवितालाई
    तिमी
    भालुहरु भनेर
    डमरु बजाउ
    चाहे लठ्ठीले नचाउ
    लाटाबुङ्गाहरुको देशमा
    दन्त्यकथामा
    केटी फकाउन जाने लाटाले
    नाचे झैं नचाउ !
    कवितालाई/शब्दहरुलाई
    अर्थहरुलाई/अलंकारहरुलाई
    जसरी मिलाउन सक्छौं
    जसरी नचाउन सक्छौं— नचाउ ।
    तर कविता नलेख !
    भुइँचालो आयो होला हगि ?
    मेरो कुरा सुनेर
    तिम्रो बुद्धिमा
    र तिम्रो मानसिकतामा
    त्यो भुइँचालोमाथि
    सम्झिने ठाउँ धेरै होला
    घर भत्केको दृश्य !
    विभत्स मृत्युको दृश्य !!
    स–साना अबोध बालकहरुका
    बलिकाहरुका हराएका आमाहरुको खोजीमा
    मृतक पिताहरुका खोजीमा
    हिडिरहेका एक हूल पाइलाहरुमाथि
    असन्तोषको भोकले
    चिच्याई रहेका उदाश स्वरहरुमाथि
    कविता नलेख !
    त्यो एउटा क्रान्ति हुन्छ ।
    त्यो कविता— कविता हुदैन
    त्यसैले कविता नलेख !!
    अनैतिक बाँदरहरु
    नैतिकताका प्रस्तावहरु लिएर
    तिम्रो छेउ
    आउन सक्छन् ।
    धूर्त बिरालोहरु पनि
    हिजोआज तीर्थ गएका छन् ।
    फर्केर आएको देखेपछि
    कवितालाई
    तिमी !
    भालु भनेर
    डमरु लिएर अरु नचाउ !
    डम.............डम..........डम...............
    डिग.............डिग.............डिग..........
    बहिराहरुलाई कानमा गई
    भन !
    “दानीका होगा कल्याण”
    तब तालीको गडगडाहटसँगै
    पैसाको बर्षा हुन्छ ।
    त्यो पैसाको बर्षामाथि
    ती दान र दानीहरुमाथि
    ती भीडका मानिसहरुमाथि
    कुनै कविता नलेख !
    अरुको लागि
    त्यो एउटा— विद्रोह हुन्छ ।
    त्यो एउटा— क्रान्ती हुन्छ ।
    त्यसैले कवितालाई
    तिमी !
    भालुहरु भनेर
    डमरु बजाउ
    चाहे लठ्ठीले नचाउ
    लाटा बुङ्गाहरुको देशमा
    दन्त्यकथामा
    लाटाबुङ्गाले केटी फकाउन जाँदा
    नाचे झैं नचाउ !
    तर कविता नलेख !!
    कवितामाथि हिजोआज भ्यागुता हिँडछन् ।
    कवितामाथि हिजोआज झुसिल्कीरा हिँड्छन् ।
    भ्यागुताहरु !
    गंगटाहरु !!
    र, चमेराहरु !!!
    एउटा गोल टेबलमाथि
    नक्षत्र यूद्धदेखि शान्ति प्रस्तावसम्म
    ठूल–ठूला सम्मेलन गर्छन्/निर्णय गर्छन्
    भाषण गर्छन् र प्रस्ताव पारीत गर्छन्
    कि मानिसहरुको यो बस्तीलाई
    अब हामीले
    चन्द्रलोक,मंगललोक र बुधलोकमा
    किन बसाइ नसार्ने ?
    मानिसहरु धेरै भए
    यो धर्तीमा
    यिनीहरुलाई
    यिनीहरुबीचमा नै
    किन तेश्रो विश्वयूद्ध नचर्काउने ?
    किन उनीहरुबीचमा नै
    गृहयूद्धको आगो नसल्काउने ?
    निर्विकल्प !
    निर्विकल्प !!
    त्यो प्रस्ताव पारित हुन्छ ।
    त्यसैले
    तिमी कविता नलेख !
    कविता !!
    हिजो,
    आज,
    भोली
    कविता रहेन !!!
    ग्लास्नोस्त/पेरेस्त्रोइका
    रेगन/गोर्वाचोभ
    यूद्ध र शान्ति भएछ ।
    कविता कविता रहेन

    भीड 

     अस्तित्व आकाशलाई च्यापेर मुठ्ठीमा एकपल्ट
    जिन्दगीको विश्लेषण गर्छु
    म जिन्दगी ! मेरो साथी जिन्दगी !!
    खण्डनै खण्डन भएर म उभिरहेछु
    खण्डनै खण्डन उ बाँचिरहेछ ।
     
    खण्डीत छौं हामी दुबै !
    त्यसैले हामी छौं !!
     
    आत्मपराजयको हातले मलाई छुन्छ
    म स्वयं पराजित बन्छु
    समूहदेखि तर्सेर समूह भेट्न सकिन
    विक्षिप्त छु, त्यसैले विक्षिप्त हुन्छु
    यो मेरो धृष्टता मलाई थुकिरहेछ
    म आत्मग्रस्त हुन्न, छुइन,
    म भीड हुन ब्यग्र भइरहेछु !
    म भीड हुन व्यग्र भइरहेछु !!
     
    बाँच्ने क्रम आइस्क्रीम हो, पग्लिन्छ, जम्छ ।
    हामी चुइगम जस्तो आत्महत्या चाहान्छौं, पाउदैनौं
    हामी, हत्यादेखि निर्वासित
    हामी, आत्मदेखि निर्वासित
    जिन्दगीलाई भीडमा छोड्छौं, जिन्दगी भीडमा उम्रिन्छ
    मलाई एक्लो स्वतन्त्रता चाहिंदैन
    (मेरो चाहनामा बिद्रोह छ र बिद्रोह मेरो चाहना)
    मलाई मेरो एक टुक्रा जातदेखि बिरोध छ
    मलाई मेरो एक टुक्रा नामदेखि बिरोध छ,
    घृणा गर्छु प्याच्च थुकेर म आफैंलाई
    घृणित छु म आफैं आफ्नै निम्ति
    किन म केवल मान्छे हुन सकिन ?
    किन म केवल मान्छे भइन ?
     
     
    आयुभरी जरमराएर आफ्नोपन, शून्य सडक जत्तिकै
    कुल्चेर हिड्छ मलाई ! उसलाई !
    कुदिन्छौं चुपचापको झापट खाएर
    क्षुब्ध हुन्छौं हाम्रो विगत परम्परामा चेप्टिएछ
    स्वीकार छैन त्यो बाध्यताको परम्परा
    बाध्यतालाई खोलाको डिलमा झुक्याएर खसाई दिन्छु
    म आज एक्लोपनको बिरोधमा उभिन्छु
    हामी आज शून्यको बिरोधमा उभिन्छौं
    मान्छे मलिलो हुन्छ, त्यसैले बिरोध रोप्न पर्छ
    र फल्ने छ भीड भएर प्रत्येकको बुद्धिमा ।
    उभिन्छु म, हिड्दा हिड्दै चोकमा बजारमा
    हाम्रो हिड्नु गति हो, मान्छेमा गति हुन्छ त्यसैले
    आज गतिलाई भीडको दौरा सुरुवाल दिन्छु ?
    (किनकी गति नांगो हुन्छ मेरो सानो भाई जस्तै)
    तर हामी नाँगो छैनौं

    त्यसैले !
    हाम्रो नाम स्खलित छ सपनामा
    र बेवारिस सपना छुट्टै उभिन्छ हाम्रो बिद्रोह
    जातलाई म स्वप्नदोषसँगै पखाली दिन्छु ।
    अब बाँच्न हामी भीड हुन्छौं
    (प्रत्येकले भीड हुनु पर्छ)
    र, जिन्दगीलाई भोग्न जुलुस गरिरहेछौं !
    सडकभरी अटेसमटेस भएर घुमिरहेछौं !!
    सिनेमाभरी उभिएर हेरिरहेछौं !!!
    बजारभरी बजार भएर हेरिरहेछौं !
    हामी भीडमा छौं त्यसैले
    हामी साह्रै भीड छौं !!

    पुलिस

    जे भन्यो उही ग¥यो
    हाकिमको बचनलाई
    तामेल गर्न
    ग्रेड प्रमोशन थाप्न
    अगाडि बढ्ने
    हडताल जुलूसलाई रोक्न
    अगाडि सर्ने
    सधैं निमुखा
    जुलूसको ढुंगा खाने
    सरकारको यौटा बलियो पर्खाल
    निरीह जीव !
    बिचरा !!
    पुलिस !!!

    ढुङ्गाको विकृत सपना

    एक रात
    म सपना देख्छु
    दिउँसो
    मध्यान्हमा
    एकाएक
    तारा झर्छ
    आकाशमा हेर्न भनेर
    उँभो हेर्छु
    त्यो तारा, आउँदा आउँदै बिलाउँछ
    र अब
    त्यो तारा !
    आकाश भएर थिचिरहेछ – मलाई
    म विरोध गर्न उभिन्छु
    अकस्मात म श्राप पाएर
    कुनै सडकको ढुंगा हुन्छु
    अनि आउने जाने भद्रजनलाई
    माँग्दा माँग्दै
    सबैको निम्ति गह्रुंगो बन्छु
    म श्रापित ढुंगा हुँ त्यसैले
    यस्तै यस्तै सपनाहरु देख्छु !!

    ढुङ्गाको मान्छे 

    ढुङ्गामाथि ढुङ्गा छ
    एउटा पर्खालभरीको मान्छे
    ढुङ्गाभरि सोच्छ
    ढुङ्गाभरी हिड्छ
    र आफू ढुङ्गा भएकोले
    डुल्छ आफूभरी
    कुनै शहरले वास पाएन
    उसको आँखामा
    र उसले कुनै शहरमा वास पाएन
    केवल ढुङ्गा छ र ऊ छ,
    उभित्र ढुङ्गाहरु जन्मिन्छन् रे
    र तुहिएका ढुङ्गाको जङ्गल छ भन्छ,
    सपनामा पनि पत्रेदार चट्टानमा गुम्सेर
    आउने साँझलाई राक्षस भन्छ
    र मेरो मान्छे
    शीरमाथि डाँडा बोकेर
    आफूलाई 'एटलस' भन्छ
    यो उसको घोषणा
    ढुङ्गामा ठोकिएर गुन्जिन्छ
    र, गुन्जिएर ढुङ्गाको अक्षर हुन्छ
    एउटा शोक गीत पर्खालभित्र
    बेवारिस मर्छ
    र सँधै एक्लो भएर
    ढुङ्गामाथि बाँच्छ
    ढुङ्गामाथि ढुङ्गा छ
    एउटा पर्खालभरीको मान्छे
    ढुङ्गाभरी हेर्छु
    ढुङ्गाभरी सोच्छ
    ढुङ्गाभरी हिड्छ।

    एक टुक्रा बादल र मेरो सपना  

    जब म तिमीलाई देख्छु
    एउटा आकाश जत्तिकै तिमी होचिएर
    झरेका हुन्छौं डाडाँमाथि
    एक बथान काकाकुल जस्तै
    र, छरिएका हुन्छौं क्षितिजमाथि माथि
    मानौं, आकाशमा इन्द्रकमल फुलेको छ
    त्यसबेला तिमीलाई
    एक टुक्रा बादल भन्न मन लाग्छ।

    हो मन लाग्छ, तिमीलाई टिपेर
    त्यो हरियो डाडाँबाट
    त्यो जून उदाउने क्षितिजबाट
    मेरो आँखाको खाली फ्रेममा बाँधि दिनु
    र 'खालि'को अस्तित्व मेटाई दिनु
    तर मेरो बादल
    मदेखि पर
    छाना छानामा आएर
    रुँदै आँशुका थोपोभित्र, हाँस्ने अभिनय गर्छ
    अनि भन्न मन लाग्छ - मेरी केटी
    तिम्रो अभिनय असफल छ, मेरो विगतका असफल सपना जस्तै।

    अलिकति मन त हो

    अलिकति मन त हो

    माता भने पनि
    पिता भने पनि
    दाजु भाइ
    दिदी बहिनी – छोरा छोरी र संसार भने पनि
    जे – जे भने पनि
    मनै त हो – अलिकति स्नेह – अलिकति माया हो
    ठीकै छ !
    तिमी दिन सक्दैनौं होला
    के भो र ?
    मसँग छ – अ.....लि.....क.....ति
    यो बाँडेर तिमी लेउ
    अलिकति म राख्छु
    हाम्रो अंशबन्डा त्यही हो

    मान ! तिमी मान !!
    मसँग अरु के नै छ र ?
    थोरै माया, थोरै स्नेह
    पिता पुर्खाको सम्पत्ति
    – म मात्र
    “एकोहं बहुस्यामः”
    फगत माया बाँड्न सक्छु – तिमीलाई !
    मनै त हो !
    पिताको मानेमा कोही गएनन्
    माताको मानेमा कोही जाँदै जाँदैनन्
    पुर्खाको मानेमा कोही गएनन्
    थोरै मृत्यु हो
    थोरै मर्नु हो
    (थोरै मर्नु तिमी पनि
    थोरै मृत्यु मेरो पनि)
    अलिकति माया – अलिकति स्नेह
    जिन्दगीमा बाँडिराखौं !

    मनै त हो तिमी
    मनै त हो मपनि
    अलिकति मनलाई
    जति बढाउँछौं हामी – त्यो ब्रम्हाण्ड हुन्छ ।
    अ – लि – क – ति घटाउ
    त्यो मन खुम्चिन्छ — यौटा बिन्दुमा
    केवल यौटा बिन्दुमा !
    मात्र यौटा बिन्दुमा !!
    त्यहाँ जाउ तिमी
    तिमी मृत्यु पाउँछौं
    म गए पनि यौटै मृत्यु पाउँछु !

    भन तिमी ?
    म कहाँ जाउ ??
    मलाई भन
    कृपया तिमी बुझ वा नबुझ
    अलिकति मन छ मसँग
    तिमी भन !
    म कहाँ जाउ ?
    तिम्रो पिता, पुर्खा र हामी
    यौटै सन्तान÷यौटै परिवार — मानिसहरुको
    (आदम र हौवाको)
    अलिकति मन हाम्रो पुर्खामा थियो
    त्यो तिम्रो सम्पत्ति हो
    त्यो मेरो सम्पत्ति हो
    अब त्यही मनलाई यो बर्ष भाग लगाउ !
    अब त्यही मनलाई यो बर्ष अंशबन्डा गरौं !!
    अब त्यही मनलाई यो बर्ष अंशबन्डा गरौं !!!
    यौटा हाम्रो परिवारमा
    चीनको नयाँ पर्खाल खडा हुनेछ ।
    त्यही पर्खालमाथि
    जिन्दगी बेसुरले कुदाऔं

    केही छैन – केही छैन – केही छैन
    मैले मन बिसाउन चाहँदा
    मनको यौटा गह्रुंगो भारी
    धेरै बिसाउने ठाउँ पाउन सक्छु
    तर तिमी ?
    तर तिमी भन ?
    तिम्रो मन बिसाउने ठाउँ – कहाँ छ ?
    मलाई भन !
    मनै त हो – मलाई थोरै दुःख लाग्छ
    तिमीले ठाउँ नपाउँदा
    अलिकति मन त हो...........
    आमा भने पनि
    पिता भने पनि
    दाजु भाइ
    दिदी बहिनी – छोरा छोरी र संसार भने पनि
    जे – जे भने पनि
    मनै त हो – अलिकति माया हो
    अलिकति स्नेह हो
    ठीकै छ ।
    तिमी दिन सक्दैनौं होला त
    के भो र ?
    मसँग छ – अ.....लि.....क.....ति
    यो बाँडेर तिमी लेउ !
    अलिकति म राख्छु !!
    मनै त हो – अलिकति हामी बाँडि राखौं !!!
    अलिकति मन त हो.................. ।
    अलिकति मन त हो...................।

    विक्षिप्तहरुको भाषण

     रातौंरात अनिदो भइ
    चिप्लिएका मेरा दिन र रातहरु
    दिनमा चिसो घाम छैन कतै
    रातमा ताराहरु चूपचाप छन् कतै
    अक्टोपस अंधकारको पंजामुनि
    छटपटाए !
    निस्सासिए !!
    कहालिए !!!
    र, भनेछु
    अंधकारको हिमाल उठिरहेछ ।
    त्यहाँ हिमप्रपात छैन ।
    त्यहाँ तुषारोपात छैन ।
    केवल अंधकारको अविरल वर्षा भइरहेछ ।
    यो स्थितिबोधले मलाई टोकिरहेको छ,
    डसिरहेछ
    र म
    कुन शब्दमा हजूरहरुलाई निवेदन गरुँ ?
    बिन्ती गरुँ ?
    कि यो मेरो विक्षिप्त स्थितिको निर्माण हो ।
    अथवा
    यो समयको परिणति हो ।
    मैले अनिर्णित छोडेको छु ।
    मैले यी प्रश्नहरुलाई निर्णयहीन प्रश्नको थुप्रो भनेको छु ।
    भनेको छु
    अनि कहिलेकाहीं
    महासागरहरु
    नदीहरु पनि रातभरी/सपनाभरी
    अनिद्रा र निंद्राको प्रदेशहरुमा
    बग्ने गर्छन / कुद्ने गर्छन् ।
    देशका कुनै फाँट र मैदानहरु देखिंदैन ।
    गाउँले घरहरु/जंगलहरु
    देखिने सडकहरु/अट्टालिकाहरु पनि
    सबै नै चुर्लुम्म डुबेका छन् ।
    मानौं मेरो देश अब टप्पु भइरहेछ ।
    प्रत्येक सपनाको महलमा
    बाढी पीडितहरुको कहाली लाग्दो स्वर
    ज्यान जोगाउन भाग्ने जनावरहरुको कर्कश आवाज
    फगत यस्तै
    सागरका छालहरु/नदीका सुसाईहरु
    मात्र मेरो सपना बन्छ
    नितान्त मेरो सपना हुन्छ ।
    अब त मेरो सपनालाई ग्याँसच्याम्बर भनिदिए पनि हुन्छ ।
    र, ग्याँसच्याम्बरलाई मेरो सपना भने पनि हुन्छ ।
    किनकी
    अरुले देखेको सुखद भविष्य
    शायद रेगिस्तानसम्म पुग्दा पनि
    मेरो आँखामा नअटाउला
    मेरो हृदयमा नबस्ला
    हिजोआज,
    मलाई मरुभूमिको
    राप/ताप
    र उष्णता मन पर्न थालिरहेछ ।
    हिमाली प्रदेशको चिसो स्याँठ
    मन पराउन छोडेको छु,
    रुचाउन छोडेको छु ।
    अरुले आकाशतिर हेर्दा
    म धर्तीको पत्रै पत्र खोजिरहेको हुन्छु ।
    म खोजिरहेको छु सपनाको देश !
     
    अब मलाई जरुरी छैन ।
    म राजीनामा गर्छु
    भन्नोस् ?
    मबाट अरु कुनै सेवा बाँकी छ भने ?
    अहिले/आज
    यो बर्षमा नै भनिदिनोस् !
    म अरु पनि
    तपाईहरुको नाममा/तिमीहरुको नाममा
    कुन कार्यालयमा गई पास गर्नु पर्ने हो ?
    भनिदिनोस् तपाईहरुले
    मेरो जीवनको यात्राभरी
    मेरो जीवनभरी
    याद राख !
    तर..................
    कतै यस्तो नहोस्
    जीवनको यात्रा गर्दागर्दै
    टुप्पी मात्रै बाँकी रहेर
    मानिस हराए पछि
    म— लाई
    तिम्रो आवश्यकता
    र तिमीलाई मेरो आवश्यकता बोध भयो भने
    म असमर्थताको शेरिफ दिनु बाहेक
    कुनै खादा वा कुनै माला लिएर
    स्वागत द्वार बनाउन सक्दिन ।
    स्वागतम भन्न पनि सक्दिन ।
    त्यसैले
    हिजोआज
    दिनहरुलाई बैशाखी रुघा लागेको छ ।
    र, घामका किरणहरुले सिंगान बगाउँदैछ ।
    जीवनलाई पनि
    आजकल
    जिजीविषाको फोबिया लागेको छ ।
    तिमीलाई शंका नहोस् !
    यो मेरो उजूरीपत्र होइन,
    मात्र एउटा विक्षिप्तहरुको भाषण
    मानविय गुणहरु हो— भन्नु पर्छ,
    मान्नु पर्छ/बुझ्नु पर्छ ।
     
    यो शहरको
    धेरै अन्धकार गल्लीहरुमा
    औंसी भरिएका मूल सडकहरुमा
    हिजोआज गधा कराउँछ
    र गधाजीको स्वरसँगै
    कुकुर बहादुरले पनि आर्केष्ट्रा बजाउँछ ।
    म यसलाई गीत सम्मेलन भनौं कि
    संगीत सम्मेलन भनौँ ??के भनौं ?
    त्यसो भए
    अब तिमी हिमाल नखोज !
    हिमाल खोज्दा खोज्दै
    मैले/तिमीले
    सेउती र सर्दुको पानी उचालेर
    एक अन्जुली पानी मात्रलाई
    यही हो हाम्रो हिमाल भने पुग्छ ।
    त्यसैले
    हिजोआज
    रातीराती जूनकीरी उड्न बिर्सेका छन्,
    चमेराहरु पनि चारधाम गएका होलान्
    राती राती उड्न बिर्सेका छन् ।
    यो हिमाललाई लगेर तिनीहरुले
    (जूनकीरी/गधा/कुकुर र चमेराले)
    महासागरमा
    तिनीहरुको इतिहासको अस्तु
    अन्त्येष्टि गरेर फर्कदै होलान् ।
    हेर !
    जीवनको अर्थ खोज्नु
    तिमीले !
    मैले !!
    हामीले !!!
    सबैले !!!
    अस्तित्व खोजेमा/जिन्दगीको अर्थ खोजेमा
    निषेध छ !
    बन्देज छ !!
    कतै शान्ति सुरक्षा नलागोस्, तिमीलाई
    चूपचाप बस,मौन बस,
    मौन बस/चूपचाप बस ।
    भर्खरै एक हूल हुचीलहरुले
    होहल्ला गरेर/चिच्याएर
    यो शहरलाई घोर निंद्राबाट
    ब्यूँझाएर गएका छन् ।
    आज दिनभरि कागहरु
    घर नजीकैको नरिवलको रुखमा बसेर
    के खबर, के सुचना,
    एक हूल कराएका थिए
    मधुर स्वरमा गीत गाएका थिए ।
    कृपया अहिले शान्त भइदेउ !
    ए, शान्तिप्रिय बासिन्दाहरु !!
    अब खोलाहरुमा पानी होइन/आगो बग्छ ।
    नदीहरुमा डढेलो बग्छ ।
    कोइलाहरु बग्छन् ।
    बग्न देउ !
    अब पानी नखानु !!
    अब पानी नखानु !!!
    ए, शान्तिप्रिय शहरवासीहरु !!!
    तिमी शान्तिको नाममा रुद्राक्ष जपेर
    कोशीमाथि/बाग्मतीमाथि/विष्णुमतीमाथि
    गण्डकीमाथि/मेची र महाकालीमाथि
    योगा गरेर
    ईश्वरसँग
    सन्धि गर !
    हस्ताक्षर गर !!
    विश्वास गर !!!
    अब,
    तिम्रो सन्धिपत्रलाई
    म/हामी
    र सबैले विक्षिप्तहरुको सन्धिपत्र भन्दैनौं ।
    न पागलकै प्रलाप भन्छौं ।
    हामी सबैको
    विश्वासमाथि उठेका यी धेरै डढेलाहरु
    फैलिंदैफैलिंदै जाँदैछन् ।
    कतै तिमी र तिम्रो मानसिकतामा
    झुक्किएर नफैलियोस् ।
     
     
    मेरो प्राथना !
    विरुपाक्षलाई यही छ
    विरुपाक्ष !
    तिमीलाई गाड्नेहरुको इतिहास खोज !
    अन्यथा तिमी अधिकारपत्र देउ
    म नचिकेता हुन सक्छु
    म कोशी लिएर आउन सक्छु,
    तिम्रो लागि/तिम्रो उद्घारको लागि ।
    मात्र विरुपाक्ष !
    तिमीले
    यी चमेराहरुलाई,
    गधाहरु,
    कुकुरहरु
    र जूनकीरीहरुलाई
    यथावत बसिदिनु भनिदेउ ।
    मलाई गल्लीमा कुकुरहरु रोएको मनपर्छ
    र, जूनकीरी रातीराती टल्कदैं–टल्कदैं
    डुलेको मनपर्छ/उडेको मनपर्छ ।
    लाटोकोसेराहरु
    मेरो घर नजीकै शिरीषको रुखमा झुण्डिएर
    अथवा चमेराहरु
    बिजुलीको तारमाथि उभिन्डिएर
    रातीराती
    कराएको स्वाद लाग्छ ।
    रातीरातीसडकहरुमा पनि हुल्याहा केटाहरु
    एक हूल बाँधेर
    बोतलसँगै/चरेश र स्म्याकसँगै
    मातेर
    हो–हल्ला गरेको धेरै भो ।
    त्यही स्वर राम्रो लाग्छ/त्यही स्वर मन पर्छ ।
    त्यसैले
    कसैलाई भाले बासेको
    कसैलाई मयूर नाचेको
    कसैलाई नाइटिङ्गलको गीत
    र कसैलाई परेवा घुरेको मन परे पनि
    मलाई त हुचीलको गीत मन पर्छ ।
    लाटोकोसेरो संगीत मन पर्छ ।
    कहिलेकाहीं मध्यरातमा
    ज्यामीहरु कामले थाकेर मस्त निदाएको बेला
    नजीकैको धोबीको गधालाई के खुशी हुन्छ, कुन्नि ?
    मस्त गीत गाइदिन्छ ।
    र, धारीम हातले धोबीलाई तीन पुस्ते गाली दिन्छ ।
    बिचरा ज्यामीलाई के थाहा ?
    के थाहा बिचरालाई ??
    कि मध्यरातमा गधाहरुको सुहागरात हुन्छ ।
    त्यसैले उनीहरुले स्वतन्त्रतापूर्वक गीत गाउँछन् ।
    मलाई यस्तै गीत !
    यस्तै स्वर !!
    यस्तै भाषाहरु !!!
    बेला बेलामा मन पर्छ ।
    मलाई बेला बेलामा मन पर्ने गर्छ ।
    तर मेरो जिउने प्रयत्नमा
    काला कमिलाहरु लाम लागेर कतैं
    बसाई सर्दैछन्
    कतै ¥यालीसँग जाँदैछन् ।
     
    ए, धरहरा !
    म तिमीमाथिबाट हाम्फालेर
    भि. सी. पाउनु निरर्थक ठान्छु ।
    केवल निरर्थक ठान्छु ।
    (एकपल्ट जंगबहादुरलाई सम्झिन्छु)
    आश्चर्य लाग्छ !
    कठै धरहरा,
    तिमीमाथि उक्लेर छातासँगै सफलताका दुस्वप्न देख्नेहरु
    कृपया आज अंकमाल गरौं !
    कृपया आज अंकमाल गरौं !!
    एकपल्ट तिमीले सफलताको उकाली चढेनौं त के भो र ?
    तिम्रो असफलतामाथि नै
    हामीले फूलहरु फुलाएका छौं ।
    कतै मेरो अचम्मको कुरा सुनेर
    कतै मेरो अचम्मको प्रस्ताव सुनेर
    मलाई नै विक्षिप्तहरुको लाममा गन्ती गर्छौ कि ?
    विक्षिप्त म !
    विक्षिप्त भिमसेन थापा !!
    विक्षिप्त जंग बहादुर !!!
    विक्षिप्त धरहरा !!!
    एकपल्ट धरहराको टुप्पोमाथि
    एक हूल गिद्धहरु बसेर गएछन्
    मध्यरातमा
    एकपल्ट
    हुचील कराएको थियो ।
    मध्यरातपछिकतैं अपशकुन लागेन इतिहासलाई ?
    कतै शान्ति महायज्ञ गर्नु पर्ने हुन्छ कि ?
    अब यसपल्टरातौंरात अनिदो भई
    चिप्लिएका मेरा दिन र रातहरुलाई
    राँचीको बेड नं. ४२० मा बुक गरिदिन्छु ।
    र, अस्पतालको पर्खालमाथि चढेर
    धीत मरुन्जेल पिसाब गरिदिन्छु ।
     
    यो चिसो घामलाई,
    हाईभोल्टेज बिजुली स्टेशनमा लगेर
    सेकताप/बेट्रीचार्ज गरिदिनु पर्छ ।
    ताराहरु चूपचाप छन्
    शान्ति सुरक्षा लागेको छ— यी ताराहरुलाई
    यो खुर्पे चन्द्रमालाई बादलहरुको कैदबाट
    धरौटीमा फिर्ता ल्याएको छु
    र, उ तारेख धाउने गर्छ
    क्षितिजदेखि आकाशसम्म
    आकाशदेखि क्षितिजसम्म ।
     
    आखिर बस चढ्ने ठाउँ
    तिम्रो र मेरो
    हामी सबैको एकै त हो ।
    बरपिपल छेउको बस स्टप
    बस स्टप छेउको बरपिपल
    हिजोआज
    बरपिपलमा कुनै चराहरु बस्दैनन्
    तिम्रो/मेरो
    हाम्रो टोपीमा कुनै चराले
    अब बिष्टा गर्न सक्दैन ।
    विश्वास छ ?
    अलिकति विश्वास गर्नोस्
    तर तपाईको घरमा
    उतानो परेर नसुत्नुहोस्
    सिलिङको माउसुलीले
    बिष्टा गर्न पनि सक्छ ।
    बिष्टामाथि कहिल्यै निको नहुने
    यौटा आणविक घाउ पनि हुन सक्छ ।
    सावधान !
    सावधान !!
    लाटोकोसेरो बाहेक धेरै स्यालहरु
    हूल बाँधेर
    गाउँको किनारै किनार
    बस्तीको माझबाट
    झण्डै झण्डै भानुचौकदेखि छाताचौकमा
    रातीराती आउने गर्छन/ घुम्ने गर्छन
    होशियार हुनु पर्छ सबैले !
    सबैले होशियार हुनु पर्छ !!
    नभए हाम्रो घरमा/ घरभित्र नै गएर
    एउटा नडिया राग छाडेर जान सक्छ ।
    तपाईलाई/तिमीलाई
    कस्तो लाग्छ कुन्नि यो राग ?
    मलाई बिहानीपखको भालेले बासेको भन्दा
    कोइलीले ‘कुहु कुहु’ गाएको भन्दा
    स्यालले गाएको गीत मन पर्छ ।
    हो, स्यालको पनि जीवन छ ।
    जीवन !
    “Look to this day
    For this is Life
    The very life of life
    For yesterday already a dream
    And tomorrow is only a vision
    But today well lived
    Makes every yesterday a dream
    And every tomorrow a vision of hope.”<ref>Oscer Wild को Life नामक कविताको अंश</ref>
     
    ओस्कर वाइल्ड चिच्याउँछ
    अट्टाहास गर्छ,
    भूगोलपार्कमाथि बसेर
    “यो जिन्दगी !
    यो जीवन !!
    भोलिको मधुर कल्पनाको आशा मात्र हो”
     
    एउटा पहाडको टुप्पाबाट
    एउटा बुढा तामाङ्गले
    बेंसीको तन्नेरी तामाङ्गलाई बोला’को सम्झिन्छु
    “औंसी रो थेबा !”<ref>थेवा - जेठा (तामाङ भाषा)</ref>
    त........
    ल..........
    हलो जोतिरहेको तामाङ्गले सुनेछ —
    “आमा सिजी रो<ref>सिजी रो - मर्‍यो रे (तामाङ भाषा)</ref> !”
    टुपी बाँधेर
    टोपी फुकालेर
    त्यो मानिस आएछ —
    ”तिग<ref>तिग - के (तामाङ भाषा)</ref> आमा सिजी ?”
    होइन !
    होइन !!
    आज औंसीमा हलो जोत्नु हुँदैन
    धर्मको विपरीत हुन्छ
    यस्तै हो धर्म !
    यस्तै हो जीवन !!
    पहाडको फेदीबाट उक्लेर माथि पुगेपछि
    केही खोज्छ मानिस
    मानिस केही खोज्छ
    तर
    बिचरा............
    मानिस !
    केही प्राप्तिको सट्टा पसिना मात्र बगाउँछ ।
    त्यसैले कुकुरहरु भुक्छन्, मध्यरातमा
    मध्यरातमा
    फेरीवालाले भूत भगाउने क्रममा
    भैरुङ्ग जागे/भूत जागे
    डंकिनी जागे भन्दै
    प्रत्येक कार्तिक महिनामा पहाडबाट
    मधेसतिर झर्ने गर्छन्
    मधेसतिर पस्ने गर्छन् ।
    ती फेरीवालाहरु/ती शंखवालाहरु
    अनि म भैरुङ्गको पूजा गर्छु
    आवश्यक छ भने डंकिनीको पनि पूजा गर्छु !
    पूजा — म कागको पनि गर्छु
    अझैं म भनु !
    अझैं म भनु !!
    प्रत्येक बौलाहा
    धारामा चुहुने भाँडा थापेको बेला
    म हेरिरहन्छु ।
    म सोचिरहन्छु ।
    कतै बलजिते लिम्बुलाई<ref>धरानको एकताकाको प्रख्यात बौलाहा, जो मरिसक्यो</ref>
    अझैं पुज्न बाँकी छ कि ?
    श्रीमान बलजिते !
    Look to this day
    For this is Life
    तिमी छैनौं/ठीकै भो
    धारामा चुहुने भाँडा थाप्न परेन ।
    फेदीबाट टोपी फुकालेर
    टुपी बाँधेर
    पहाडको टुप्पामा पुग्न परेन
    ठीकै भो — तिम्रो मृत्युमा
    And tomorrow is only a vision
    भन्नेहरु थुप्रै छन / सुन्नेहरु पनि थुप्रै छन् ।
    सबैले जीवनको पूजा गर्छन् ।
    जीवनलाई श्रद्धा गर्छन् ।
    म ठीक विपरीत
    मृत्युको पूजा गर्छु !
    मुर्दाघाटको पूजा गर्छु !!
    देवी देउताहरु नरिसाउन् जीवन पनि नरिसाओस्
    म वास्तवमा जीवन होइन !
    पुर्खाको सन्तान पनि होइन !!
    तिमीले मानेको देउता पनि होइन !!!
    म आफैले आफैलाई म्हः पूजा गर्छु,
    म आफैले आफैलाई पुज्ने गर्छु,
    आफैले आफैलाई पुज्छु,
    म कुमार देउता/कुमारी होइन ।
    कुमारी पुजिन्छन् देवालय र मन्दिरहरुमा
    म बुढाहरु पुज्छु/तन्नेरीहरु पुज्छु
    “If the way I see you now is not the way
    In which I saw you once, if in you
    What I see now is new.”<ref>एब्तुशेंकोको प्रख्यात कविता 'जिमा जंक्शन'को अंश</ref>
     
    तिमी !
    गुलाफ / इन्द्रकमल र कमल नै
    गुराँस/बुकी र सुनाखरीको के कुरा ?
    लालुपाते/चमेली/पपी फूल मन पराउन सक्छौं ।
    मलाई गुहेली र धुसुरे फूल
    राम्रो लाग्ने गर्छ/मन पराउने गर्छु ।
    हामी आफैं नयाँ फूलहरु रोपौं !
    हामी आफैं नयाँ फूलहरु रोपौं !!
    “Where you first moved bare footed
    Kicking up dust
    I rely often on this ordinary thought
    Near Lake Baikal my own town waiting for me.”<ref>एब्तुशेंकोको प्रख्यात कविता 'जिमा जंक्शन'को अंश</ref>
    यी गमलाहरुमा/फूलबारीहरुमा
    यी शहर/गाउँहरु
    सरोबर र झीलहरु
    तिमी जन्मेका ठाउँहरु
    हामी जन्मेका गाउँहरु
    हामी खाली खुट्टा खेलेर/दौडेर
    धुले सडकहरुमा धुलो उडाएका थियौं ।
    यही माटोहरुमा हामी खेलेका थियौं
    र, तिमीलाई,
    आफ्नै शहरको/आफ्नै देशको फेवाताल
    आफ्नै मानसरोवर र झीलहरु
    तिम्रो नजिकै भएपनि
    त्यो तिम्रो शहर र गाउँ होइन ।
    त्यो तिम्रो देश होइन ।
    त्यो तिम्रो राष्ट्र होइन ।
    हाम्रो देश दौरा, सुरुवाल र टोपीमा
    हिजोआज,
    नयाँसडक, पुतलीसडक
    र कहिलेकाहीं
    छाताचौकमा नेपालीको लाइसेन्स लिएर
    नेपाली “हुनु” को लेवलमा बाँचिरहेको हुन्छ ।
    हो, बास्तवमा
    तिमी !
    म !!
    हामी !!!
    यो अचम्मको युगको
    अचम्मको देशमा
    हिंडिरहेछौं !
    बाँचिरहेछौं !!
    खुट्टाहरु छैनन्
    तैपनि भकुन्डो खेलिरहेछौं ।
    हातहरु छैनन्
    तैपनि लेख्ने स्वाँग गरिरहेछौं ।
    कोरले खाएका यी अनुहारहरुमा
    कसैले प्याच्च थुके पनि हुन्थ्यो,
    थुक्दैनन् ।
     
    मलाई थाहा भएन
    र, मलाई थाहा हुन सकेन ।
    अहिलेसम्म यो देश मेरो हो ?
    तिम्रो हो ??
    अथवा हाम्रो हो ???
    एकपल्ट यो ग्लोबलाई नै
    ०४५ सालमा भागबन्डा लगाउ !
    र, हामी सबै मिलेर
    यो भागबन्डालाई अदालतमा गई रजिष्ट्रेशन गरौं ।
    यो युरोप !
    यो अमेरिका !!
    यो अष्ट्रेलिया !!!
    यो अफ्रिका !!!
    र यो एसिया !!!
    यो रुस/यो अमेरिका
    यो भारत/यो चीन
    यो बेलायत
    र यो नेपाल
    र, भनौं.................................
    यु. एन. ओ. लाई
    तिमीले.............
    ए.........
    ए.........
    ए...........
    आजसम्म चौकिदारी गरेकोमा
    सधन्यबाद !
    तिमीलाई — अवकाश छ ।
    तिम्रो तलब/संचयकोष
    र बोनस
    जे जे पाउँछौं विश्व बैंकको चेक भजाएर लैजानु ।
    अब, यु. एन. ओ. को बडापत्रलाई रद्दी कागज भनेर
    चनाचट्पटेवालासँग “दहीबडा” मा साट्नु पर्छ
    र, भन्नु पर्छ/घोषणा नै गर्नुपर्छ ।
    “आत्मसात आनन्दमयः”
    “श्रुतेष्तु मुलत्वात”
    “पुरुषार्थः अतः शब्दात बादारायणः”
    — ब्रम्हसुत्रश्लोकहरु/सुत्रहरु
    र ऋचाहरु
    एकपल्ट तिमीले
    सापटी देउ अरुलाई अन्यथा भाडामा लगाई देउ ।
     
    यो बाँच्नेक्रम तिम्रो/मेरो
    र हाम्रो सापटी कसैले मागेमा दिनु पर्छ ।
    अन्यथा यसलाई बन्धकी राख्नु पर्छ ।
    मेरो बालकपनमा नै मैले यो जिउने क्रमलाई
    माटोको घर भनिदिएको छु ।
    ढुंगा/खपटाको नक्कली पैसासँग
    भाँडाकुटी खेल्दा नै साटिसकेको छु ।
    अब त...................
    केबल बाँसको खुट्टामाथि उभ्भिएर
    खुट्टा छ भन्ने भ्रममा
    आफुलाई !
    ठूलो मानिसको भ्रममा
    अग्लो हुनुको अर्थहिनतामा बाँचिरहेछौं ।
    यो अन्धाहरुको नगरमा
    यो लाटाहरुको देशमा
    लाटोकोसेरोले पनि दिउँसै अन्धकार ठानेर
    हिजोआज
    मध्यान्हमा बास्नु थालेको छ ।
    हिजोआज लाटोकोसेरोले पनि
    मध्यान्हमा नै मीठो गीत गाउन थालेको छ ।
     
    यो उजाड बस्ती
    यी गाउँ/शहरहरुमा
    मरुभूमि र बालुवा बाहेक
    दरार फाटेर केही छैन ।
    मनसुन छैन/बर्सात छैन ।
    कहिलेकाही
    बर्सातको याममा पनि घाम उदेक गरि लाग्ने गर्छ ।
    आज नै हो म मधेस गएको बेला
    घाम — एउटा मात्र होइन
    धेरै धेरै लागेको थियो ।
    घाम निस्तेज छ होला भनेकोमा
    आजकै दिन हाई भोल्टेज भएछ ।
    मलाई थाहा भएन
    छाता ओढेर पनि मलाई शान्ति र आनन्द
    कतै पनि आएन ।
    म शान्त नै थिए
    तैपनि शान्ति किन आएन प्रभु ?
    "प्रभुजी मलाई भेडा बनाइ देउ !
    मलाई भेडा बनाइ देउ प्रभुजी”<ref>लक्ष्मीप्रसाद देवकोटाको कविताको अंश</ref>
    The very life of life
    For yesterday already a dream
    And tomorrow is only a vision
    But today well lived”
     
    लेकबाट झरिरहेको
    एक बथान भेडाहरु देखेर
    मलाई नीत्शे सम्झना आउँछ
    यी मूर्खहरुको यौटा लामो कतारमा/¥यालीमा
    यी बौलाहाहरुको जुलूसमा/आमसभामा
    बुद्धिको कुरा नगर !
    हो, बुद्धिको कुरा नगर !!
    कविता लेख्नु हुदैन
    यो मूर्खहरुको शहरमा
    तिमी पनिम पनि
    हामी सबैले भेडा बनि दिनुपर्छ !
    एकपल्ट मूर्ख बनि दिनुपर्छ !!
    र, बौलाहाहरुको बस्तीमा
    तिमी/म
    हामी सबैले भलाद्मी बन्नु हुँदैन ।
    बौलाहा नै बन्नु पर्छ ।
    र, सबैले मूर्खहरुको जिन्दाबाद गाउँनु पर्छ ।
    हामीले बौलाहाहरुको जय जयकार मनाउनु पर्छ ।
    यो नगरको भजनमण्डलीको सदस्यता लिएर
    प्रत्येक एकादशी र पूर्णेमा भजन गाउँनु पर्छ ।
    भजन यस्तै हुन्छ
    “आज सजिलैसँग बाँचौं !”
    The very life of life
    बाँचौं ! बाँचौं !! बाँचौं !!!
    But today well lived
    आज सजिलोसँग बाँचौं !
    हो, आज सजिलोसँग बाँचौं !!
    हामी सजिलोसँग बाँचौं !!!
    त्यो एउटा नेपाली बौलाहाले
    सधैं सधैं प्रलापेको सुनेका छौं ?
    “थुक्क............... भगवान !
    तिमीले सबैलाई घर दियौं,
    परिवार दियौं,
    मलाई मात्र किन दिन सकेनौं ?”
    त्यो यसरी नै प्रत्येक
    मन्दिरहरुमा/सडकहरुमा
    देवालय र गल्लीहरुमा
    बाँच्नेक्रममा सजिलोसँग बाँचेर चिच्याउँछ ।
    प्रत्येकलाई थुक्ने गर्छ ।
    प्रत्येकलाई गाली गर्छ ।
    सक्ने भए त्यो पागलले
    पिसाब नै गर्ने थियो होला — मन्दिरहरुमा
    देउताहरुमा/मुर्तिहरुमा
    अझैं सकेदेखि
    पुजारीहरुको टाउकोलाई नै कमोट बनाउने थियो
    अथवा मन्दिरमाथि नै
    दिशा पिसाब गर्ने थियो होला ।
     
     कतै/कुनै ठाउँमा
    साँझ जंगलबाट धुवाँ उठ्छ
    कुहिरो त्यसरी नै जम्मा हुन्छ ।
    जसले गर्दा हरेक बिचार गुजुल्टिन्छ ।
    र, बन्द मेरो मुखलाई दबाउँछ/सिइदिन्छ ।
     

    पहाडहरुमा र भिजेका खेतहरुमा
    मृत्यु पस्रेको छ हामीहरुलाई कुरेर
    कुनै उदाश सडकको मोडमा
    बन्दुकको नालले कुरिरहे झैं”<ref>भिन्स सुलि‍ओक (हङ्गेरी)को कविताको अंश</ref>


     
    एउटा कविले
    कुनै देशबाट
    पहाडहरु/पर्वतहरु/नागीहरुमाथि
    हुस्सु उठिरहेको बेला
    बादल झरिरहेको बेला
    पहाडहरुमा र भिजेका खेतहरुमा
    मृत्यु पस्रेको देखेछ
    र, तुरुन्तै एउटा कविता लेखेछ
    मृत्यु शायद जिन्दगीको खेतमा फल्ने धानको बाला हो कि ?
    अथवा
    मृत्यु शायद कुर्सीसँगै टाँसिएको करेन्टको ज्वाला हो कि ?
    मृत्यु शायद
    तिमीलाई !
    मलाई !!
    पर्खिरहेको होला
    अहिले पनि कतैं
    कुनै सडकका भीडहरुमा,
    कुनै अन्धकार गल्लीका मोडहरुमा,
    कुनै कफ्र्यू लागेका शहरहरुमा,
    कुनै इमर्जेन्सी लागेका देशहरुमा,
    कुनै खेतहरुमा,
    कुनै कलेज र स्कुलहरुमा
    र कुनै मैदानहरुमा
    के थाहा ?
    मृत्यु कहिले निःशुल्क पनि हुन सक्छ ।
    हो, मृत्यु कहिलेकाहीं निःशुल्क पनि हुन्छ ।
    तिमी
    हामी सबै — मृत्युलाई
    सयपत्री र गुलाफको माला लिएर
    स्वागतद्वार बनाऔं,
    स्वागतम हामी भनौं !
    स्वागतम जिन्दगी !!
    स्वागतम मृत्यु !!!
    र, लेखिदिनेछु
    बुद्धं शरणं गच्छामी !
    संघं शरणं गच्छामी !!
    धम्मं शरणं गच्छामी !!!
    मृत्युं शरणं गच्छामी !!!
    Reference

    दतिवन Washerman’s Plant (Achyranthes aspera अपामार्ग): Benefits, Uses, and Medicinal Properties

    ज्योतिष्मती Jyotishmati (Black Oil Tree) – Intellect Tree (Celastrus paniculatus) Benefits, Uses, and Medicinal Properties

    लाली गुराँस  Lali Gurans (Rhododendron campanulatum) – Benefits, Uses, and Medicinal Properties of Rhododendron

    Kooth (Saussurea Lappa) – कूठ  Benefits, Uses, and Medicinal Properties of Costus Root

    काने झार Commeline Benghalensis (Kane Jhaar) – Medicinal Uses, Benefits, and Overview

    गिँदरी Premna Serratifolia L. (Gindari): Benefits, Medicinal Uses, and Importance

    पाञ्चान Ougeinia oojeinensis (Paanchan): तिनिश Medicinal Uses, Benefits, and Ecological Importance

    बोके टिमुर Zanthoxylum Armatum (Boke Timur) Benefits, Uses, and Medicinal Properties

    ठूलो नीम Thulo Neem: महारूख Medicinal Benefits, Uses, and Natural Remedies

    सिउँडी Siudi (Euphorbia Neriifolia) Uses, Benefits, Side Effects, and Medicinal Properties

    काठेकार, फर्कफल, काठआँवली, Averrhoe acida :

    Kaaulo, काउलो, कोह, नाकेम, नेपाली अर्जुन, Kaulo Arjuna, Machilus dutbiei

    Kaalo Punarnawaa, कालो पुनर्नवा, Black Patagon

    Seti Kareli, सेती करेली, तितेकरेली राम्री, तिताकरेल, Bitter Gourd

    Thulo Pahelo Kapaas, ठूलो पहेँलो कपास बिरुवा, Cotton Yellow, Gossypiun birsutam

    Kapas, कपास, सूत्रपुष्प, Cotton, Gossypiun herbaceum

    Thulo Karkalo, ठूलो कर्कलो, मानकन्द, माने Gaint Taro, Alocaria species

    Alocaria speciesThulo Karkaloठूलो कर्कलोमानकन्दमाने Gaint Taro

    Katahar, कटहर, Artocarpus beterophyllus

     Bans Bata Baneko Kaagaj, बाँसबाट बनेको कागज, Paper From Bamboo
    Nepali Speaking Practice through Books in Hindi and English

    Master Hindi Speaking Through Indian Schools: Practical Phrases with Nepali and English Translations

    Master Hindi Speaking with Indian Railways: Practical Phrases with Nepali and English Translations

    Learn Nepali with Mobile Phone Conversations including Hindi and English Translations

    Master Hindi Speaking: Practice Through Movie information with Nepali and English Translations


    Famous poem Of Upendra Subba उपेन्द्र सुब्बाका केही कबिताहरु

    Some Top poem of Pandit Udayananda Aryal पं. उदयानन्द अर्ज्यालका केही कबिताहरु

    Some Top Poem Of Ishwar Ballav, ईश्वरवल्लभका केही चर्चित कबिताहरु

    Some Best Poem of Indira Prasai इन्दिरा प्रसाईका केही कबिताहरु

    Some Best Poem Of Aahuti आहुतिका केही कबिताहरु

    Some Beautiful Poem Of Momila मोमिलाका केही उत्कृष्ट कबिताहरु

    Top Ten Poems Of R M Dangol आर. एम. डङ्गोल का केही कबिताहरु

    Some Beautiful Poem Of Ashesh Malla अशेष मल्लका केही कबिताहरु

    Some Best Poem Of Ambar Gurung अम्बर गुरुङका केही कबिताहरु

    Top Ten Poems Of Amar Giri अमर गिरीका १० कबिताहरु

    Some Best Poem Of Kedarman vyathit केदारमान व्यथितका केही कबिताहरु

     
    Chhapakkai Phula PHulyo Nepali Song By Singers Kiran Gajmer, Melina Rai

    Kunai Batoa Timi Yeklai -BY singers Itu Jojiju, Ram Bhakta Jojiju

    Maaya Raichha Ra By singer Kali Prasad Baskota, Sadeekshya Kattel

    Manoj Raj Songs Lyrics "Kaliyug Ma Nasha" "Aaja Bholi" "Yasto Euta Katha Raichha"

    Nepali Lyrics Of Unko Priti Pahile Ho Ki By Singer : Prabin Bedwal, Rachana Rimal

    Nira Singer : Kali Prasad Baskota

    Rabin Sharma Top songs lyrics and chords collection

    Raj Sigdel Top Seven Songs Lyrics " Yo Ta Jaali Sahar Ho" " Aankhama Kunai Sapana" " Chwassa Bijhne Timro Maya" "Chwassa Bijhne Timro Maya" " Bhulna Khojera Pani"

    Sanjeev Singh All Hits songs lyrics and chords collection

    Top three Song Lyrics Of Sukmit Gurung "Pal Pal Timrai" "O Mero Priyatam" "Chiso Batas Le"

    -Singer - Aananda Karki

    1974 AD Band All Songs Lyrics with Chords Including " Hidda Hiddai " and "Dherai Dherai Aauchha Manama"