Top Poems of Khum Narayan Paudel खुमनारायण पौडेलका केही कबिताहरु

Top Poems of Khum Narayan Paudel  खुमनारायण पौडेलका केही कबिताहरु

Early Life and Education

Khumnarayan Paudel was born on Bhadra 6, 2021 B.S. (September 22, 1964) in Assam, India. Although born outside Nepal, his roots and identity are deeply connected to Nepalese culture and literature. He pursued higher education in geology, earning a Master of Science (M.Sc.) in the subject. His academic journey led him to become a respected professor and eventually the Head of the Central Department of Geology at Tribhuvan University in Kirtipur, Kathmandu.​

     

    Literary Journey

    Khumnarayan Paudel's literary career began in 2037 B.S. (1980 A.D.) when his poem was published in the "Vishwajyoti" magazine. This initial publication marked the start of a lifelong dedication to literature, particularly poetry. His first poetry collection, "Antim Ettham," was published in 2049 B.S. (1992 A.D.), showcasing his unique voice and perspective.​

    Over the years, Paudel has contributed significantly to Nepalese literature through various roles:​

    • Editorial Work: He has edited and compiled several literary works, including "Chhaharo" and "Aama," which are collections of contemporary writings.​
    • Publications: His poems, songs, stories, critiques, and articles have been featured in numerous newspapers and magazines, reflecting his versatility as a writer.​

     

    Affiliations and Contributions

    Paudel has been actively involved in literary organizations, serving as the President of the Chitwan Literary Foundation and a member of the Science Literature Society. Through these roles, he has promoted literary activities and encouraged emerging writers.

    Awards and Recognitions

    Khumnarayan Paudel's contributions to literature have been acknowledged through various awards:​

    • In 2049 B.S. (1992 A.D.), he secured the third position in the National Poetry Festival organized by the Nepal Pragya Pratisthan.​
    • In 2051 B.S. (1994 A.D.), he was honored with the title "Poetic Hero of the Forties Decade," recognizing his influence in that era.​
    • His songwriting prowess was recognized when he won first place in the song composition category during Radio Nepal's 47th anniversary music competition.​
    • In 2078 B.S. (2021 A.D.), the Aabukhaireni Creators' Society awarded him the Aabukhaireni Literary Award, including a cash prize of NPR 10,000 and a certificate, acknowledging his continuous contribution to literature since the 2030s B.S.​

     

    Personal Life

    Khumnarayan Paudel resides in Gulafbagh, Bharatpur Municipality-13, Chitwan. He also maintains a residence in Maitidevi, Kathmandu. His professional commitments are centered at the Central Department of Geology, Tribhuvan University, Kirtipur, Kathmandu.​

     

    Legacy and Impact

    Khumnarayan Paudel's journey from a geologist to a celebrated poet illustrates the harmonious blend of science and art. His writings reflect deep thought, cultural richness, and a commitment to societal issues. Through his poems and active participation in literary circles, he has inspired many and contributed to the enrichment of Nepalese literature.​

     

    Conclusion

    Khumnarayan Paudel stands as a testament to the power of words and the impact of literature on society. His dedication to both his scientific profession and literary passion showcases a balanced and impactful life, leaving an indelible mark on Nepal's cultural and intellectual landscape.

     



    समाधि

     समाधिको उत्कर्षमा
    पराजित हुनेछन् तिम्रा इतर इन्द्रियहरू
    जीवत रहनेछ तिम्रो शरीरमा
    एउटैमात्र इन्द्रिय
    स्पर्श र यसको अराजक सत्ता
    कानहरू सुन्न छाड्नेछन्
    आँखाहरू देख्न छाड्नेछन्
    जिब्रो लाटिएर मृतझैँ हुनेछ
    गन्ध छट्याउन असमर्थ हुनेछौ तिमी
    समाधिको उत्कर्षमा
    तिम्रालागि प्यारो हुनेछ
    केवल स्पर्श र छालाको घर्षण
     त्यतिबेला केही पनि बाँकी रहने छैन
    त्यो विराट महाशून्यतामा
    तिमीले केही पनि सोच्न सक्ने छैनौ
    त्यो मायावी सुरुङभित्र
    तिमी एउटा हिंस्रक पशुझैँ
    बेतोडले दौडिरहेको हुनेछौ
    समाधिको उत्कर्षमा
    तानाशाहझैँ हुनेछौ तिमी
    अराजक र विवेकहीन
    तिमलिे वशमा पार्न खोज्नेछौ अर्को शरीर
    तर दुर्भाग्य
    तिमी सफल हुने छैनौँ
    अग्निमय चरम विष्फोटपछि
    रूपान्तरित हुनेछौ तिमी
    बरफको टुक्रामा
    क्लान्त तर विजयी
    निद्रालस तिम्रो देह
    पल्टिनेछ मुढोझैँ
    झर्नेछ तिम्रो श्वासको लय
    र गर्नेछ अर्को समाधिका लागि
    अजस्र उर्जाको सञ्चय ।

    समयको स्वर 

    हिजो घोडा चढ्नेहरु
    आज पनि उन्मुक्त घोडा चढिरहेछन्
    सडक आज उनीहरुकै विजयोल्लासमा थर्किरहेछ
    हिजो पसिना चुहाउनेहरु
    आज पनि पसिना चुहाइरहेछन्
    माटो आज उनीहरुकै पसिनाले भिजिरहेछ
    मखुण्डा लगाएका अनुहारहरु
    आज पनि अँध्यारो खोजिरहेछन्
    अँध्यारो आज उनीहरुकै साउतीले खलबलिइरहेछ
    कुण्ठाग्रस्त धृतराष्ट्रहरु
    आज पनि दुर्योधन हुर्काइरहेछ
    परिवेश आज उनीहरुकै महत्वाकांक्षाले घाइते भइरहेछ
    गुरु भएका द्रोणाचार्यहरु
    आज पनि नूनको परिभाषामा
    आफूलाई बाँधिरहेछन्
    उनीहरुकै चक्रव्यूहभित्र आज निहत्था
    अभिमन्युको हत्या भइरहेछ
    शब्दहरु अचेल बन्दीगृह बाहिर छन्
    त्यसैले शब्दहरु निर्वाध अरुको अस्मिता भत्काइरहेछन्
    संवेदना चोरेर मानिसहरुको
    संवेदनामै प्रहार गरेर मानिसहरुको
    शब्दहरु अचेल सत्तास्पर्शको स्वप्न देखिरहेछन्
    निर्बन्ध गलत हतियार बनाएर एकथरी मानिसहरु
    अनास्था रोपेर माटोमा
    षडयन्त्रको खेल खेलिरहेछन्
    बिखण्डित पारेर मनहरुलाई
    अविश्वासको जहर फैलाएर मनहरुमा
    रगतको खेल खेलिरहेछन्
    कसले जितेको छ र रगतको युद्ध ?
    आस्थाको द्वार भर्खर खुलेको बेला
    म देखिरहेछु
    अर्काथरी मानिसहरु पाइला उठाइरहेछन्
    दासता र अभावको विरोधमा
    पलायनता र यथास्थितिको विरोधमा
    उनीहरु सिर्जनाको नवीनमा द्वारमा छन्

    प्रयोगशालाभित्रको क्षण 

    कुनै समय
    पुरानो पात झर्छ
    पुरिन्छ जिन्दगीको कथा
    माटोका/बालुवाका पत्रहरूमा
    एउटा उद्घाटन हुन नसकेको रहस्य
    हामीहरू खोज्छौँ
    अलमलिन्छौँ प्रवेशनिषेध ढोकाभित्र
    प्रयोगशालाको भित्ते घडी
    हामीतर्फ हेरेर हल्लन्छ
    अलार्मको तरङ्ग
    मौनता चिर्दै
    झ्यालबाहिर निस्कन्छ
    हातहरू काँप्छन्
    अलिकति अम्ल पोखिन्छ टेबुलमा
    यस समय हुन सक्छन्
    दृष्टिहरू

    — थिएटरको स्टेजमा
    मनहरू
    — पार्कको एकान्तमा
    भावनाहरू
    — सङ्गीतका आरोह–अवरोहहरूमा
    पेसाहरू
    — डेबिट–क्रेडिटका पानाहरूमा
    हामीहरू भने
    चिच्याउन सक्दैनौँ
    निर्बन्ध हिँड्न सक्दैनौँ
    पृथक् बन्छ हाम्रो परिवेश
    झ्यालबाट छिर्न नसकी
    चिसो बतास
    बाहिरबाट फर्किन्छ
    लहरे पीपलका लामा–लामा हाँगाहरू
    गोधूलिमा समवेत उदासी स्वर सुसेल्छन्
    त्यो उदासीबीच
    समाधान हुन नसकी
    फोसिल, आफ्नो गाथा
    व्यङ्ग्य गरिरहन्छ
    त्यो व्यङ्ग्य हामी
    चुपचाप सहिरहन्छौँ।

    चर्चको साँझ

    डेन्युबका किनाराहरूमा आशाहरू
    पुलबाट आत्महत्या गर्छन्
    मान्छेहरू धमिलो पानीमा
    आफ्नो अनुहारको नियति हेर्छन्
    कि नीलो आकाशमा निरुद्देश्य दगुरिरहेका
    बादलका आकृतिहरूमा डुब्छन्
    वसन्तमा अबेला आइपुग्ने भियनाको साँझ
    बाथले कक्रिएर चर्चको पार्कमा
    आफ्नो दाह्री सुमसुम्याउने गर्छ।

    क्षण–क्षणमा चर्चका गजुरहरू उडाउने बतासले
    मृत्यु कुर्दै गरेका दम्पतीहरूको
    मुटु हल्लाएर जान्छ
    वृद्धाश्रमको मैलो पर्दा
    उदास–उदास हल्लिइरहन्छ ।

    वृद्धाश्रमको मैलो पर्दाबाट
    उदास अनुहारहरू बिरालो सुमसुम्याउँछन्
    गमलाका फूलहरू ओइलाउँछन्
    उनीहरूलाई थाहा छ
    पार्कमा खेल्दै गरेका नानीहरू
    कसैका पनि होइनन्
    एकछिन आफ्ना भएका जस्ता मात्रै हुन्
    पखेटा उम्रिएपछि उनीहरू
    जानेछन् अर्को क्षितिजमा
    र प्रत्येक वर्ष क्रिसमसमा मात्र भेटिनेछन्
    मात्र बूढो हातले
    उनीहरूको आँसु पुछिरहन्छ
    वृद्धाश्रमको मैलो पर्दा
    उदास–उदास हल्लिइरहन्छ ।
    ओइलाउँदै गरेका फूलहरूमा
    केही रङ नथपिए पनि
    केही सुगन्ध नथपिए पनि
    कुहिन छाड्दैनन् जराहरू
    भित्र–भित्रसम्म वर्तमानले
    असहमति देखाइरहन्छ
    चर्चबाट आइरहने
    घण्टीको नीरस स्वरले पनि
    सम्मोहन जन्माउन खोज्छ जीवनको
    प्रत्येक हिउँदको कठोर हिमपातले
    सबै सम्मोहन मक्किएर जान्छ
    जिन्दगी विगतको अलबममा अल्झिरहन्छ
    वृद्धाश्रमको मैलो पर्दा
    उदास–उदास हल्लिइरहन्छ ।

    घाटमा एउटा साँझसँग 

    (मलाई हुर्काउने आमालाई)
    भग्न छु
    शोकमग्न छु

    यसबेला मलाई कोलाहलको सट्टा
    एकान्तको सानो परिवेश देऊ
    केही कुरा गर्नु छ यो साँझसँग
    समयले निर्मम उधिनेका
    पीडाका चपरीहरु
    र नियतिले दिएर गएका आघातहरुसँग

    भग्न छु
    शोकमग्न छु

    केही बोल्न सकिरहेको छैन यसबेला
    मलाई भक्कानोको सट्टा आवाज देऊ
    केही भन्नु छ मैले यो चितासँग
    डढिरहेको छाती र हातहरुसँग
    सम्पूर्ण ममताको दुबो पोल्दै गइरहेका
    आगोका अठोटहरुसँग

    भग्न छु
    शोकमग्न छु

    केही देख्न सकिरहेको छैन यसबेला
    यी आँसुहरुको सट्टा दृष्टि देऊ
    केही अन्तिम हेर्नु छ दाउराहरुसँग
    नदीको पानी र बगरसँग
    धुवाँ र दावानलसँग

    भग्न छु
    शोकमग्न छु

    यसबेला मलाई यी शब्दहरुको सट्टा
    अलिकति विश्वास देऊ
    मेरा विश्वासहरु आज हराएको बेला
    एउटा वास्तविकता स्वीकार्न सकुँ
    कि–

    म शव समक्ष छु
    म घाट समक्ष छु
    म आगो समक्ष छु

    दिनसक्छौ भने
    कृपया मलाई यसबेला
    एकान्तको सानो परिवेश देऊ

    भग्न छु
    शोकमग्न छु

    इच्छाको भूमिमा

    अनन्तसम्म फैलिएको
    क्षितिजको अर्को छेउबाट अझै परपरसम्म
    तिरोहित हुँदै गएको
    उर्वर र मोहनीलाग्दो
    इच्छाको भूमि मैले पाएको छु
    अनन्त सपनाहरू रोप्न
    सपनाहरू रच्दै
    सपनाहरू रोप्दै
    सपनाहरू गोडमेल गर्दै
    सपनाहरू हुर्काउने चिन्ता गर्दै
    र, सपनाहरू बाँच्दै
    यहाँसम्म आएको छु
    कहिले एकान्तको पोखरीमा पौडी खेल्नु
    कहिले निस्पृहताको अनन्त जङ्गलमा घुमिरहनु
    कहिले विरानोको एउटा महासागर नजिक
    बसिरहनु र त्यसमा उठेका इच्छाका छालहरू
    गगन छर्दै उर्लिरहेको हेरिरहनु
    नैयन्र्तको खातैखात लागेको छ
    मलाई सपनाहरू रोप्ने मात लागेको छ
    सपनाहरू रोपिनका लागि रचिएका हुन्
    सपनाहरू हुर्किनका लागि जन्मिएका हुन्
    सपनापछि अर्को सपना देख्दै जाँदा
    असीमित सपनाहरू ओझेलमा पनि परेका छन्
    तिनीहरूले बनाएका छन् मलाई
    सपना देख्ने एउटा दुरूह मेसिन
    तैपनि थाक्दैनन् सपनाहरू उम्रिन
    निरन्तरताको एउटा आदिम नदीछेउ
    इच्छाको भूमिमा उभिएर
    रोप्दै हिँडिरहेछ दिगन्ततिर
    प्रिय मेरा सपनाहरू !

    अन्तिम रात

    तिम्रो प्रस्थानपछि
    जूनले कतै बिसाउनेछ आफूलाई
    घामले उम्रिन बिर्सिने छ क्षितिजमा
    अँध्यारो झन् अँध्यारोभित्र
    साउती मात्र गर्नेछन् चराहरू
    शोकाकुल पहाडहरूमाझ
    बग्नेछ निशब्द एउटा नीरनदी
    तिम्रो प्रस्थानपछि
    तिम्रो प्रस्थानपछि
    कोठाका हरेक भित्तामा
    टाँगिनेछन् शून्यताका क्यालेन्डरहरू
    सोफा, मेच र पलङहरूमा
    लम्पसार पर्नेछ गहन रिक्तता
    कोठाको हरेका कुनाबाट
    चियाउनेछ मौनताको निरीह अनुहार
    तिम्रो प्रस्थानपछि
    अडिने छैनन् आँखा
    पुस्तकका पानाहरूमा
    देह, सडक-घर, घर-सडक गर्ने
    एउटा सटलबस बन्नेछ
    मनभरि बास बस्नेछ एउटै उदास ऋतु
    झर्नेछन् इच्छाहरू भईभरि
    र्झछन् जसरी-
    शरदमा म्यापलका पातहरू
    अडिनेछन् घडीका सुइहरू
    दिक् र काल निर्वासित हुनेछन्
    तिम्रो प्रस्थानपछि !



    दतिवन Washerman’s Plant (Achyranthes aspera अपामार्ग): Benefits, Uses, and Medicinal Properties

    ज्योतिष्मती Jyotishmati (Black Oil Tree) – Intellect Tree (Celastrus paniculatus) Benefits, Uses, and Medicinal Properties

    लाली गुराँस  Lali Gurans (Rhododendron campanulatum) – Benefits, Uses, and Medicinal Properties of Rhododendron

    Kooth (Saussurea Lappa) – कूठ  Benefits, Uses, and Medicinal Properties of Costus Root

    काने झार Commeline Benghalensis (Kane Jhaar) – Medicinal Uses, Benefits, and Overview

    गिँदरी Premna Serratifolia L. (Gindari): Benefits, Medicinal Uses, and Importance

    पाञ्चान Ougeinia oojeinensis (Paanchan): तिनिश Medicinal Uses, Benefits, and Ecological Importance

    बोके टिमुर Zanthoxylum Armatum (Boke Timur) Benefits, Uses, and Medicinal Properties

    ठूलो नीम Thulo Neem: महारूख Medicinal Benefits, Uses, and Natural Remedies

    सिउँडी Siudi (Euphorbia Neriifolia) Uses, Benefits, Side Effects, and Medicinal Properties

    काठेकार, फर्कफल, काठआँवली, Averrhoe acida :

    Kaaulo, काउलो, कोह, नाकेम, नेपाली अर्जुन, Kaulo Arjuna, Machilus dutbiei

    Kaalo Punarnawaa, कालो पुनर्नवा, Black Patagon

    Seti Kareli, सेती करेली, तितेकरेली राम्री, तिताकरेल, Bitter Gourd

    Thulo Pahelo Kapaas, ठूलो पहेँलो कपास बिरुवा, Cotton Yellow, Gossypiun birsutam

    Kapas, कपास, सूत्रपुष्प, Cotton, Gossypiun herbaceum

    Thulo Karkalo, ठूलो कर्कलो, मानकन्द, माने Gaint Taro, Alocaria species

    Alocaria speciesThulo Karkaloठूलो कर्कलोमानकन्दमाने Gaint Taro

    Katahar, कटहर, Artocarpus beterophyllus

     Bans Bata Baneko Kaagaj, बाँसबाट बनेको कागज, Paper From Bamboo
    Nepali Speaking Practice through Books in Hindi and English

    Master Hindi Speaking Through Indian Schools: Practical Phrases with Nepali and English Translations

    Master Hindi Speaking with Indian Railways: Practical Phrases with Nepali and English Translations

    Learn Nepali with Mobile Phone Conversations including Hindi and English Translations

    Master Hindi Speaking: Practice Through Movie information with Nepali and English Translations


    Famous poem Of Upendra Subba उपेन्द्र सुब्बाका केही कबिताहरु

    Some Top poem of Pandit Udayananda Aryal पं. उदयानन्द अर्ज्यालका केही कबिताहरु

    Some Top Poem Of Ishwar Ballav, ईश्वरवल्लभका केही चर्चित कबिताहरु

    Some Best Poem of Indira Prasai इन्दिरा प्रसाईका केही कबिताहरु

    Some Best Poem Of Aahuti आहुतिका केही कबिताहरु

    Some Beautiful Poem Of Momila मोमिलाका केही उत्कृष्ट कबिताहरु

    Top Ten Poems Of R M Dangol आर. एम. डङ्गोल का केही कबिताहरु

    Some Beautiful Poem Of Ashesh Malla अशेष मल्लका केही कबिताहरु

    Some Best Poem Of Ambar Gurung अम्बर गुरुङका केही कबिताहरु

    Top Ten Poems Of Amar Giri अमर गिरीका १० कबिताहरु

    Some Best Poem Of Kedarman vyathit केदारमान व्यथितका केही कबिताहरु

     
    Chhapakkai Phula PHulyo Nepali Song By Singers Kiran Gajmer, Melina Rai

    Kunai Batoa Timi Yeklai -BY singers Itu Jojiju, Ram Bhakta Jojiju

    Maaya Raichha Ra By singer Kali Prasad Baskota, Sadeekshya Kattel

    Manoj Raj Songs Lyrics "Kaliyug Ma Nasha" "Aaja Bholi" "Yasto Euta Katha Raichha"

    Nepali Lyrics Of Unko Priti Pahile Ho Ki By Singer : Prabin Bedwal, Rachana Rimal

    Nira Singer : Kali Prasad Baskota

    Rabin Sharma Top songs lyrics and chords collection

    Raj Sigdel Top Seven Songs Lyrics " Yo Ta Jaali Sahar Ho" " Aankhama Kunai Sapana" " Chwassa Bijhne Timro Maya" "Chwassa Bijhne Timro Maya" " Bhulna Khojera Pani"

    Sanjeev Singh All Hits songs lyrics and chords collection

    Top three Song Lyrics Of Sukmit Gurung "Pal Pal Timrai" "O Mero Priyatam" "Chiso Batas Le"

    -Singer - Aananda Karki

    1974 AD Band All Songs Lyrics with Chords Including " Hidda Hiddai " and "Dherai Dherai Aauchha Manama"