Some Best poems of Krishna Bhakta Shrestha कृष्णभक्त श्रेष्ठका केही कबिताहरु

Some Best poems of Krishna Bhakta Shrestha कृष्णभक्त श्रेष्ठका केही कबिताहरु

 

Krishna Bhakta Shrestha stands as a towering figure in Nepali literature, celebrated for his evocative poetry and unwavering commitment to literary freedom. Born in October 1940 in Kathmandu, Shrestha's journey into the world of words began early, with his first poem published in the esteemed literary magazine Sharada around 1954. Over the decades, he has penned numerous poetry collections, including Krishna Bhakta Shresthaka Kavita, Manchheko Katha, and Thulo Manchhe, each delving deep into human emotions, existential musings, and societal reflections.​

    Early Life and Literary Beginnings

    Growing up in the heart of Kathmandu, Shrestha was immersed in the rich tapestry of Nepali culture and tradition. This environment nurtured his poetic sensibilities, leading him to explore themes that resonated with the common man's experiences and aspirations. His early works, characterized by their depth and introspection, quickly garnered attention, marking him as a distinctive voice in Nepali poetry.​

    Journalism and Editorial Pursuits

    Beyond poetry, Shrestha made significant strides in journalism. He dedicated a substantial part of his career to the Gorkhapatra Sansthan, Nepal's state-owned publishing house. Here, he served as an editor for The Rising Nepal, an English-language daily, and later took the helm of Madhuparka, a monthly literary magazine. Under his stewardship, Madhuparka underwent transformative changes, evolving into a central platform for literary discourse and fostering collaboration among writers from diverse backgrounds. ​

    Navigating Political Turbulence

    During the Panchayat era, a period marked by political sensitivity in Nepal, Shrestha adeptly balanced his roles in state-run media with his commitment to literary freedom. While many faced censorship, he managed to navigate his editorial responsibilities without compromising his artistic integrity. His poetry from this era continued to echo themes of resistance and introspection, reflecting his steadfast dedication to truth and creative expression.​

    Recognition and Accolades

    Shrestha's contributions to Nepali literature have been recognized with several prestigious awards. These include the Yathit Poetic Award, Devkota Poetic Honor, and the Harihar Shastri–Savitri Devi Literary Award. In 2018, the Jalarika Literary Foundation honored him with the Buddhi-Resham Memorial Artists’ Felicitation, acknowledging his enduring impact on Nepali poetry.  

    Later Years and Legacy

    In recent years, Shrestha has led a more reclusive life, primarily due to health concerns and the broader context of the COVID-19 pandemic. Despite his reduced public presence, his passion for poetry and literature remains undiminished. His works continue to inspire readers and writers alike, solidifying his legacy as a central figure in Nepal's literary landscape.​

    Krishna Bhakta Shrestha's life and work exemplify the power of literature to transcend personal and political boundaries, offering profound insights into the human experience. His contributions have left an indelible mark on Nepali culture, and his poetry continues to resonate with audiences seeking depth, authenticity, and artistic excellence.

     


    कृष्णभक्त

    एउटा सिकारु कथाकारको बेढंगी नायक
    उनन्चालीस वर्षसम्म

    कसैलाई आफ्नो इन्तु–चिन्तु थाहा नदिएर
    घरपेटी नभएको
    डेराको मटानमा एक रात
    अविवाहित अवस्थामै बेवारिसे मृत्यु मर्छ
    दुई दिनपछि अड्डा बस्छ
    नाम मात्रको सर्जमीनपछि
    मृत्यु–संस्कारको

    चार कप्टेरा दाउराको चितामा पोलिन्छ
    उसको सिरीखुरी एउटा टिनको बाकस
    कीराले खाएको एक जोर सारी
    एउटा दोसल्ला
    रातो धागो र पोते लीलाम हुन्छ ।

    कृष्णभक्त !
    कुमारीचोकको नौसिन्दा
    तीन वर्ष लडेर
    घूस–मुद्दाको सफाइ पाउँछ
    अनि चालीस वर्षको अविच्छिन्न नोकरीपछि
    साठी वर्षको हद पुग्छ
    दीर्घ–सेवा–पदक पाउँछ
    रिटायर्ड हुन्छ
    ढाक्रे बन्छ
    नाति–नातिनीहरूको मलमूत्र स्याहार्दै
    घरैमा बसी–बसी
    प्रतिवर्ष
    एक सय बीस रुपैयाँको पेन्सन खान्छ
    घरी–घरी छोरा–बुहारीको लात खाई
    मिल्किएर दिन बिताउँछ।

    कृष्णभक्त !
    बेइमान आसामी
    धेरैको पैसा पचाइसकेको साहूमारा
    लिएको पैसा तिर्नुपर्ला भनी
    प्रतिवादी दिन्छ
    बिन्तीपत्र चढाउँछ
    सात वर्ष अड्डा धाउँछ
    हारेपछि
    का. इ. झोंछे बस्ने साहू बेखाचासँगको लेनदेन मुद्दामा
    निज साहूले भरी पाउने बिगोमा
    निज कृष्णभक्तको टुकुचाको कच्ची घर एक
    र घरसँगै जोडिएको आधा रोपनी खेत
    अ. त. बिगो फाँटबाट
    फलानो मितिमा लीलाम हुन्छ
    आफ्नो घर–खेत लीलाम हुँदा पनि आफैँले
    सहीछाप गर्छ
    पुरानो चोर कृष्णभक्त
    बल्ल–तल्ल फेला पर्छ

    कृष्णभक्त !
    आर.टी.ओ.को मरन्च्याँसे पिउन
    कुइँ–कुइँ कुइँकिने
    वार क्वालिटीको साइकल चढेर
    कहिले जी.पी.ओ. त कहिले सचिवालय
    कहिले इन्जिनियरको चाकडीमा
    बिदाको दिनमा समेत
    घर–घर धाउँछ
    कहिले साइकल पञ्चर भई
    बाटैमा अलपत्र पर्छ
    कहिले ब्रेक चुँडेर
    आनन्द निकेतनदेखि कोपुन्डोलसम्म
    चाल्नै नपर्ने गरी दौडन्छ
    कहिले त्रिपुरेश्वरको सालिकमा
    ह्यान्डिल मोडेको मोड्यै
    अफिस गएको मान्छे
    विश्वविद्यालयको ढोकामा जोतिन पुग्छ
    मामूली चोट लाग्दा
    अड्डामा हप्ता दिनको
    बिरामी बिदा जनाउँछ
    घरमा बसी
    कान्छीसँग जिस्कन्छ।

    कृष्णभक्त !
    यस कविताका लेखक
    गोरखापत्र पढी फिस्स हाँस्छ
    फिस्स हाँस्छ : फिस्स हाँस्छ
    फिस्स हाँस्छ : फिस्स हाँस्छ।

    लाश नउठेको परम्परा, ब्यूँतिनसकेको युग पिंढी

    वेश्या हुन नसकेकी वेश्या जस्तो मेरो बूढो दिमाग
    बाजे–बराजुको अंशमा स्याहारेको यो दीर्घरोगी टट्टू
    ऋतुदान दिन अयोग्य भैसकेको यो असमर्थ साँढे
    ढल्न पनि
    शक्तिशाली ठूल्ठूला सत्ता जस्तै
    राष्ट्रिय चाड–पर्व र उत्सव पर्खेर बस्छ ।
    यो त्यो डढेलो नलागिकन खिइँदै गएको बाउँटे वन
    एउटा सिपालु माकुराले जस्तै जालो बुनेर बस्छ
    शिकारको बाटो बथानेर बस्छ
    आजसम्म यसको उपकार भएको छैन
    यसको उपचार भएको छैन
    कुटो–कोदालो र बन्चरो लिएर कसैले पनि त
    आजसम्म खोरिया फाँडेको छैन ।
    यहाँको प्रत्येक रुखको टोड्कामा उँघेर
    लाटोकोसेरोले उज्यालोमै सपना बुन्छ
    यहाँको प्रत्येक रुखको टोड्कामा लुकेर
    पूरा खाएर अघाएको स्यालले डकार्छ
    यहाँको प्रत्येक रुखको टोड्कामा
    हो, विकृति सल्बलाउँछ ।
    बाह्र वर्षपछि वन–झाँक्रीको गुफाबाट निस्केर
    सित्तै यो बक्न र बकाउन असमर्थ
    परम्पराको अपराधले निमोठिएर
    निसास्सिएर उफ् ⁄ म आफ्नै हत्याको इच्छा गर्दैछु
    आŠनै सिनोको गन्ध सुँघ्दैछु ।

    यो ज्यूँदो मरुभूमि हो हाम्फालेर चारै दिशा दगुर्दै गएको
    यो ज्यूँँदो मरुभूमि हो हाम्फालेर चारै दिशा दगुर्दै गएको
    यथेष्ट छ हो ? मैले जिन्दगीको पतिया लिएको छु
    यथेष्ट छ हो ? मैले जिन्दगीको कर तिरेको छु

    शंका सधैं तेस्रो व्यक्ति भएर मेरो पछि लाग्छ
    शंका सधैं टेबुलमा आएर मसँंगै बस्छ
    सँगसँगै लगत्तै निस्कन्छ
    र दोबाटोमा ठिङ्ग उभिएर अबेरसम्म
    डरले खुम्चिएर बस्नुपर्छ मैले ससाना नानीहरू जस्तै
    भूत बन्नै लागेको बूढो बाजेले हालेको भूतको कथा सुनेर
    डब्बल बटुके झपक्क आँखा लाग्न नपाउँदै
    कहतारोमा दही–च्यूरा खाएको सपना देख्छु
    डब्बल बटुके झपक्क आँखा लाग्न नपाउँदै
    खर्पनमा झुण्ड्याएको पाखाजा≤ खाएको सपना देख्छु
    डब्बल बटुके झपक्क आँखा लाग्न नपाउँदै
    सात खुड्किलो भ-याङबाट खसेर आफू मरेको चाल पाउँछु
    ….. युगको अहंकार गर्भमै तुहियो
    आगो पेटमै निभ्यो
    यतिञ्जेल ज्वालामुखीले सित्तैै ओथरा बसेको रहेछ ⁄
    आजको यान्त्रिक ज्यासलमा त्यसैले
    व्यस्त छन् रास ढाल्न इलेक्ट्रोनिक आमा–बाबुहरू
    भित्र नचियाÐ ढोकाको प्वालबाट
    तिम्रो अनुहार आउनै लागेको छ
    क्रय–विक्रयको पुतला जन्मनै लागेको छ
    कृत्रिम सास हालेको मान्छे, म गुहार्न सक्तिनँ
    गुनासो गर्न सक्तिनँ
    प्रमाणित नगरुञ्ज्याल डाक्टरले
    म मर्न पनि सक्तिनँ ।

    मेरो चाहना

    यतिन्जेल होहल्ला केही नगरी
    सहज, सरल र स्वाभिमानी रूपमा
    जे जसरी मैले जीवन यापन गरेको छु
    त्यसरी नै एक सामान्य दिन
    कसैले चालै नपाउने गरी
    सुटुक्क हराउन चाहन्छु म
    बिर्सिन चाहन्छु
    हो, आजसम्म जे जति हासिल गरें मैले
    त्यसको कुनै गर्व गर्न चाहन्न
    अनि जे जति हासिल गर्न सकिन
    न त्यसको दुखेसो नै
    विगतको कुनै लेखाजोखा नगरिकनै
    भन्नै पर्छ मैले
    धेरै उकालो ओरालो गरिसकेको छु
    गहिरो र पहिरो गरिसकेको छु
    त्यसैले आफन्त कसैलाई पनि
    शोक मनाउने मौका नै नदिई
    सुइँकिन चाहन्छु
    मैले भोग्दै गरेको कृत्तबाट
    निकृत्त हुन चाहन्छु
    मुक्त हुन चाहन्छु
    घाम उदाउनुजस्तै सहज मेरो जीवन
    घाम अस्ताउनु जस्तै स्वाभाविक होस्
    सरल र सुगम होस् ।

     म मेरै मृत्यु मर्न चाहन्छु

     म मेरै मृत्यु मर्न चाहन्छु-
    विशुद्ध मेरो आफ्नै
    अरूकै मृत्यु आफ्नै भन्ठानेर
    युगौँ युगदेखि
    थरी थरीको अर्थ लगाएर
    धेरै मरे-व्यर्थै
    धेरै धेरै मरे
    विस्मृत
    र अहिलेसम्म पनि त्यसरी नै
    अरू अनगिन्ती मर्दै छन्
    तर आज म सचेत भएको छु
    र यो सिलसिला तोड्न चाहन्छु
    समयको साथै स्वतःस्फूर्त
    यो वेगलाई
    कसैको सहयोग, सहानुभूतिको आवश्यकता छैन
    जस्तोसुकै अवस्थामा पनि
    आज मैले आफूलाई सवल पाएको छु
    त्यसैले जतासुकै उर्लन्छु, कुर्लुन्छु
    बाधा व्यवधान सबै लगतै
    आफैँसँग सोहरेर लैजान्छु
    आश्चर्य लाग्छ
    बाँकी सबै सहज रूपमा यसरी
    यन्त्रवत् पछि लाग्छन्
    तर यति हुँदाहुँदै
    अझै पनि बेलाबखत
    कताकता
    चस्स चस्किन्छ-चिसो चिसो
    लाग्छ मर्न योग्य जीवन त मैले
    थाहै नपाई
    उहिले नै मरिसकेको रहेछु
    वा त्यस्तो जीवन आजसम्म मैले
    बाँच्ने सौभाग्य नै
    कहिल्यै पाएको रहेनछु ।

    मान्छेलाई

    मान्छेलाई
    हो, मात्र मान्छे भइदिए
    पर्याप्त हुँदैनथ्यो र ।
    भए–नभएका अलौकिक
    दिव्यास्त्रहरू बटुलेर उसलाई
    महान् योद्धा किन भनाउनुपरेको।
    स्यालको जमातै पछि लगाएर
    होहल्ला गराउँदै
    महामानव किन बन्न खोजेको।
    आँखा खोल्ने निहुँमा
    भक्तजनहरूलाई अन्धो बनाएर
    ईश्वरै पनि किन बन्नुपरेको।
    मान्छेलाई
    हो, मात्र मान्छे भइदिए
    पर्याप्त हुँदैनथ्यो र ।

    एकलासमा बसी 

    बाँझो बारीको ढिस्कोमा उम्रेको
    नीलकाँडा र सिस्नुको झाङबाट
    नियाल्नसम्मन् नियाले हेरेँ मैले
    किर्ते
    जालसाजी
    फिरादपत्रजस्तो
    यहाँको अस्तित्व
    मैजस्तो मान्छेको व्यक्तित्व—
    उठाएर टाउको छेपारोले जस्तै।

    अनि
    फर्काएर दुइटै आँखा आफैभित्र
     फरक्कै
    हेर्न चाहन्छु
    म आफै पनि के रहेछु।

    कछुवाले जस्तै थुतेर टाउको
    हातखुट्टा
    आफैमा खुम्चन चाहन्छु।
    सारसले जस्तै
    तानेर लामो गर्धन
    भरिएको गाँड आफ्नै चुच्चाले
    कन्याउन चाहन्छु।

    चाहन्छु नै अनि साँढेले जस्तै
    डामेको साँढेले जस्तै
    हतार–हतार खाएको सबै उग्राउन
    एकलासमा बसी
    एक्लै।

    अभिशप्त मान्छे

    समय नहुँदै जसले आँखा उघार्छ
    उसले धेरै कुरा देख्छ
    देख्न हुने पनि देख्छ
    देख्न नहुने पनि देख्छ
    यसरी एक पल्ट आँखा उघारेपछि
    सक्दैन फेरि चिम्लन उसले
    देखेको नदेख्यै गर्न पनि सक्दैन

    देख्नैपर्ने बाध्यता
    एउटा पाप हो
    प्रायश्चित्त त गर्नैपर्छ—
    अझ बढी देखेर

    यो त आफैमा एउटा सराप पनि हो
    जति बढी देख्यो
    त्यसभन्दा बढी देख्दै जानुपर्ने—
    सर्वाङ्ग नाङ्गै नहुन्जेल
    यो एउटा दण्ड पनि हो
    सिसिफसले जस्तै बोक्न विवश
    बिसाउनै नपाउने
    बाँचुन्जेलको एउटा बोझ

    त्यसैले उघार्न हुने आँखा
    र उघारेपछि
    देख्नैपर्ने पीडाबाट आक्रान्त छ
    आतङ्कित छ
    अभिशप्त छ मान्छे।


    Reference

    दतिवन Washerman’s Plant (Achyranthes aspera अपामार्ग): Benefits, Uses, and Medicinal Properties

    ज्योतिष्मती Jyotishmati (Black Oil Tree) – Intellect Tree (Celastrus paniculatus) Benefits, Uses, and Medicinal Properties

    लाली गुराँस  Lali Gurans (Rhododendron campanulatum) – Benefits, Uses, and Medicinal Properties of Rhododendron

    Kooth (Saussurea Lappa) – कूठ  Benefits, Uses, and Medicinal Properties of Costus Root

    काने झार Commeline Benghalensis (Kane Jhaar) – Medicinal Uses, Benefits, and Overview

    गिँदरी Premna Serratifolia L. (Gindari): Benefits, Medicinal Uses, and Importance

    पाञ्चान Ougeinia oojeinensis (Paanchan): तिनिश Medicinal Uses, Benefits, and Ecological Importance

    बोके टिमुर Zanthoxylum Armatum (Boke Timur) Benefits, Uses, and Medicinal Properties

    ठूलो नीम Thulo Neem: महारूख Medicinal Benefits, Uses, and Natural Remedies

    सिउँडी Siudi (Euphorbia Neriifolia) Uses, Benefits, Side Effects, and Medicinal Properties

    काठेकार, फर्कफल, काठआँवली, Averrhoe acida :

    Kaaulo, काउलो, कोह, नाकेम, नेपाली अर्जुन, Kaulo Arjuna, Machilus dutbiei

    Kaalo Punarnawaa, कालो पुनर्नवा, Black Patagon

    Seti Kareli, सेती करेली, तितेकरेली राम्री, तिताकरेल, Bitter Gourd

    Thulo Pahelo Kapaas, ठूलो पहेँलो कपास बिरुवा, Cotton Yellow, Gossypiun birsutam

    Kapas, कपास, सूत्रपुष्प, Cotton, Gossypiun herbaceum

    Thulo Karkalo, ठूलो कर्कलो, मानकन्द, माने Gaint Taro, Alocaria species

    Alocaria speciesThulo Karkaloठूलो कर्कलोमानकन्दमाने Gaint Taro

    Katahar, कटहर, Artocarpus beterophyllus

     Bans Bata Baneko Kaagaj, बाँसबाट बनेको कागज, Paper From Bamboo
    Nepali Speaking Practice through Books in Hindi and English

    Master Hindi Speaking Through Indian Schools: Practical Phrases with Nepali and English Translations

    Master Hindi Speaking with Indian Railways: Practical Phrases with Nepali and English Translations

    Learn Nepali with Mobile Phone Conversations including Hindi and English Translations

    Master Hindi Speaking: Practice Through Movie information with Nepali and English Translations


    Famous poem Of Upendra Subba उपेन्द्र सुब्बाका केही कबिताहरु

    Some Top poem of Pandit Udayananda Aryal पं. उदयानन्द अर्ज्यालका केही कबिताहरु

    Some Top Poem Of Ishwar Ballav, ईश्वरवल्लभका केही चर्चित कबिताहरु

    Some Best Poem of Indira Prasai इन्दिरा प्रसाईका केही कबिताहरु

    Some Best Poem Of Aahuti आहुतिका केही कबिताहरु

    Some Beautiful Poem Of Momila मोमिलाका केही उत्कृष्ट कबिताहरु

    Top Ten Poems Of R M Dangol आर. एम. डङ्गोल का केही कबिताहरु

    Some Beautiful Poem Of Ashesh Malla अशेष मल्लका केही कबिताहरु

    Some Best Poem Of Ambar Gurung अम्बर गुरुङका केही कबिताहरु

    Top Ten Poems Of Amar Giri अमर गिरीका १० कबिताहरु

    Some Best Poem Of Kedarman vyathit केदारमान व्यथितका केही कबिताहरु

     
    Chhapakkai Phula PHulyo Nepali Song By Singers Kiran Gajmer, Melina Rai

    Kunai Batoa Timi Yeklai -BY singers Itu Jojiju, Ram Bhakta Jojiju

    Maaya Raichha Ra By singer Kali Prasad Baskota, Sadeekshya Kattel

    Manoj Raj Songs Lyrics "Kaliyug Ma Nasha" "Aaja Bholi" "Yasto Euta Katha Raichha"

    Nepali Lyrics Of Unko Priti Pahile Ho Ki By Singer : Prabin Bedwal, Rachana Rimal

    Nira Singer : Kali Prasad Baskota

    Rabin Sharma Top songs lyrics and chords collection

    Raj Sigdel Top Seven Songs Lyrics " Yo Ta Jaali Sahar Ho" " Aankhama Kunai Sapana" " Chwassa Bijhne Timro Maya" "Chwassa Bijhne Timro Maya" " Bhulna Khojera Pani"

    Sanjeev Singh All Hits songs lyrics and chords collection

    Top three Song Lyrics Of Sukmit Gurung "Pal Pal Timrai" "O Mero Priyatam" "Chiso Batas Le"

    -Singer - Aananda Karki

    1974 AD Band All Songs Lyrics with Chords Including " Hidda Hiddai " and "Dherai Dherai Aauchha Manama"