Hari Prasad Adhikari is a known name in
Nepali literature, well-acknowledged as a poet, a teller of short stories, an
essayist, and a literary critic. He was born on July 13, 1952, in Kushadevi,
Vihabar, Kavre. Hari Adhikari has contributed to Nepali literature for more
than five decades. With his writings, journalism, and criticism, it has been an
eventful career that has helped mold the Nepalese literary landscape, while his
works continue to inspire both readers and writers.
Early Life and Education
Born into a humble family in Kushadevi, Kavre,
Hari Adhikari grew up experiencing village life, so unique and influential in
his writings. He did an M.A. in History. It was a case of quite a different
outlook as his academic background in History often found application in his
literary works. Each passing day, with that ever-growing thirst for knowledge
and love of literature, prepared him for that great future as the prolific
writer of so many moods.
Journalism and Literary Career
Hari Adhikari had an identical aptitude as
a journalist. He became creative, a remarkable narrator who could easily travel
between his journalism and innovative writing capabilities to give you works of
artwork: eloquent, touchy, and incisive. His articles, short memories, and
poems have been posted in numerous newspapers and literary journals. further to
that, his editorial paintings on pretty some of guides speaks volumes about his
versatility. Adhikari had held main positions in numerous literary agencies: he
were Vice-President in Sajha book Society and Secretary in innovative Writers'
forum. Literary Contributions
Hari Adhikari is a multi-style author who,
up until now, has written untold numbers of poems, short testimonies, essays,
and novels. he is more regarded for his poetry and has been publishing his
collections of poetry for some time now. His modern series, Kavitasanga Panch
Dashak (five decades with Poetry), capabilities decided on poems written within
50 years that reflect the growth of his mind and style.
Samvadma Samayabimb or Reflections of Time
in talk, interviews with 20 personalities of different fields, is any other
vital book. This e-book introduces its readers to more Nepal, discussing the
maximum vital troubles going through the Nepali people these days, consisting
of corruption, the breakdown of morality, the migration of youths, and the dire
conditions of the state's economic system and politics.
Primary Works
Hari Adhikari's writing career thus far has
produced several unique writings, translations, and edited versions. some of
his publications are indexed beneath: 1. Ram Lalko Akash (tale series, 2039
B.S.) a group of testimonies that address the thrill and sorrows of lifestyles.
2. Hari Adhikarika Kavita (Poetry collection, 2064 B.S.) a set of his poems
that address non-public and social themes.
3. Samsadma Ek Din: A collection of poems
that also reflects a glimpse of the political and social change in Nepal.
Along with these, Adhikari has edited
several anthologies such as Yugal Himal, Pratik, Pranaya, Veni, including work
by other well-known Nepali writers.
Impact and Recognition
Works by Hari Adhikari have created rich
language. Most of the words and phrases that he borrowed from everyday usage
have educated as well as entertained his readers.
His poems, such as "Pahile Aaphulai
Chin" (Know Yourself First), which was the winner in the National Poetry
Festival in 2027 B.S., were recipients of numerous critical prizes those years.
The effectiveness with which he has written on contemporary social issues such
as corruption, inequality of opportunity, and political instability has
established him as a voice of conscience in Nepali literature. Critical Acclaim
Hari Adhikari is not only one of the most
acclaimed poets of his time but also a dreaded literary critic. His critiques
have sharply challenged the writers, forcing many of them to rethink their
craft and approach. He is an important and highly respected contributor in the
realm of Nepali literary criticism, and his essays are often hailed as
fundamental readings among students and scholars of Nepali literature.
Recent Works
Adhikari's recent writings reflect upon his
keen observation of Nepal's political, social, and cultural life. His
collection of essays, such as Sathi Barsapachhi (After Sixty Years), and the
latest book, Sankalit Gadyarachanaharu (Collected Prose Writings), treat
readers with a cocktail of personal reflections, historical comments, and observations
of modern Nepali life. The books encompass broad subjects-from the deplorable
situation of Nepali migrant workers to more general moral and political
challenges of the nation.
He has categorized his essays on various
sections in Sankalit Gadyarachanaharu, which are related to his experiences
both inside Nepal and abroad. His essays on US visits, especially during the
COVID-19 pandemic, poignantly look at the ordeals of Nepali immigrants. Other
essays reflect upon the socio-political landscape of Nepal, the struggles of
ordinary people, and the complexities of life in a fast-changing world.
Legacy and Influence
His writings still echo among the readers
of all generations. Captive Nepali life and culture in his writings made him
one of the most beleaguered figures in contemporary Nepali literature. The
journalist, poet, essayist, and critic Adhikari left an indelible mark upon the
literary scene, and his works will go on to be studied and celebrated for years
to come.
Apart from that, his contribution also
ranges to the new generation of writers who look up to him for his fearless
approach to creative writing and criticism. Various writings of Hari Adhikari
have inspired many thinkers to reflect upon their society and the role they can
play in shaping its future.
Conclusion
Hari Adhikari's works have spanned across
all categories of Nepali literature-from poetry and fiction to essays and
literary criticism.
With his razor-sharp intellect complemented
by deep insight and unstoppable work ethic, one could easily calculate a place
in the hearts of readers and their own company. Having served for more than 50
years, the impact of Hari Adhikari on Nepali literature is expected to continue
for several decades more, thereby positioning him among the most decorated
literary figures in the country.
मलाई मनखुसी बाँच्न देऊमेरा लहरका पखेटा भाँचिदिने कुचेष्टा नगर मेरो वेगमा व्यवधान गर्ने दुष्प्रयास नगर मेरो यात्रापथलाई जथाभावी मोड्ने कुत्सापूर्ण कोसिस नगर, मलाई मनखुसी बग्न देऊ विधाताले आफ्नो बाटोको नक्सा आफै कोर्न पाउने जुन स्वतन्त्रता दिएको छ मलाई, त्यसको उपभोग गर्नबाट वञ्चित नगर निर्बन्ध, फुक्काफाल, सुसेली हाल्दै, हामफाल्दै आफैले युगौँ लगाएर बनाएको बाटोमा दगुर्न देऊ मलाई, यी सुन्दरी धरती मेरी प्रेयसी हुन् म यिनलाई यिनको मनले कामना गरेअनुसार अथवा म आफूले चाहेअनुसार अँगाल्न चाहन्छु यो, विशुद्ध हामी दुईका बीचको खेला हो हामीले गर्दै आएको यो सनातन कौतुक-क्रीडाका नियामक पनि हामी दुई नै हौं हामी दुई प्रेमीका बीचको अभिसारमा तिमी तेस्रो अवाञ्छित तत्व बन्ने चेष्टा नगर, हामी प्रेमी युगलले भेट गर्ने ठाउँ तोक्न खोज्ने तिमी को हौ ? तिमी ईश्वर त अवश्य पनि होइनौ ! तिमी ईश्वरका दूत पनि हुन सक्दैनौ ब्रह्माण्डका महान् सर्जकका दूत भएको भए तिमीले उनकी सबैभन्दा मनपर्ने सृष्टि, धरतीमा जीवनधाराकी स्रोत, मेरो यात्रापथलाई मोडिदिने परिकल्पना कदापि गर्ने थिएनौ, करोडौँ वर्ष लामो मेरो जीवन-यात्राका क्रममा देखेकी छु मैले ठूलाठूला बहादुर विजेताहरू सुनेकी छु तिनको हुंकार र गर्जन-तर्जन तिनले पखालेका खुँडा र तरबारबाट बगेको रगतले धमेलिएकी पनि छु धेरैपटक तिनले ध्वस्त पारेका गाउँ र सहरहरूबाट उठ्ने चित्कारको आवाजबाट तर्सेकी पनि छु साथै म साक्षी छु मानव इतिहासका क्रममा निर्माण भएका सभ्यताका स्मारकहरूको मैले नै यस दुनियाँका हरेक गाउँ र नगरहरूको तिर्खा मेटाइदिएकी हुँ, म पानी हुँ, जीवनको अजस्र स्रोत हुँ लाखौं अन्धा घोडाहरूको दौडलाई बिर्साउने वेगवान् भेल हुँ म तिम्रो अभिभावक हुँ, सम्पदा हुँ र हुँ मानव सभ्यताको आत्मा पनि म स्वतन्त्र चेतनाको मूर्त रूप पनि हुँ मलाई भाँचकुँच पार्न र मलाई हिँड्न मन नलागेको नयाँ गोरेटोमा हिँडाउन नखोज । |
नेता जीजनताको छोरो जुदाउन तयार छन नेता जी , जनताको छोरो मर्दा के भयो हामी लागी हैन मेरो छोरो मर्दा पो दुःख भन्दै छन नेता जी जब हामी नै खुसी छू त कसको के भो हामी लागी अरु रोगी हुडा हामी लागी के भो भन्दै छन नेता जी अरु बाच मर को निति छैन हामी लागी मरनु को हैन मार्नुको हो हामी लागी क्रांति हैन .. क्रान्तिको धुवा फ्याक्नु छ देखाउन को लागी , जुन धुवाले जनताको आंखा धमिलो बनोस यही हो हाम्रो कमाना भन्दै छन नेता जी .. तर तेस्को बिकल्प मा छैनौ अब सोचु है देश प्रेमी हो के हो हामी काह पुग्यो भनेर, प्रभु गुहार्ण हतार्छं नेता जी लागी प्रभु गुहरारे पायाको सत्ता नै थाहा छ हामी लागी तेहि सत्ता को आलाप ले नै कस्तो भयको थाहा छ हामी लागी सत्ता अनी शान को मोजले बिर्सिया जनता पजेरो अनी प्राडो शान क्रान्तिमा बर्गिया युद्दमा पजेरोको मूल्य सोदिन्छ कहा बाट हुन्छ हाम्रो सफल लोकतंत्र ! |
जेठको गर्मीमा एउटी स्त्रीधूलाम्य राजमार्गको उदास किनारामा असरल्ल पसारिएको एक चोक्टो घामलाई थोत्रो छाताझैँ ओढेर हिले अलकत्राले फ्याँकेको अप्रिय आँचलाई तीन चौथाई देखिएका स्तनका बीचमा काखे बालकलाई झैँ घुसारेर पहेलिँदै गएको परबरको वार्धक्यसँग बिर्सिदै जान लागेको सपनाको मण्डीमा सजिएका चाहनाहरूको विनिमय गरेर बिना प्रेम वा उल्लास धेरै मानिसहरूले धेरै पटक चुमेका पातला ओठहरूमा कुरूप मुस्कानको मलिनु जलप टाँसेर लक्ष्मणसिंह खड्काको अचाक्ली लामो पताका र पर्खालमा टाँगिएको भावी राष्ट्रपतिले उचालेको मुठ्ठीमा एकछिन हो वा धेरैबेर,अनिच्छाका साथ अलमलिएर एउटा तरकारी पसलमा एउटी स्त्री जेठको पट्यारलाग्दो अपरान्हको विरसिलो क्षणमा खोज्दैछे आफूलाई र एउटा भरपर्दो ग्राहकलाई । |
कुर्सिको पिडात्यो कालो कुर्सि त्यो सेतो मान्छे, वा तर त्यो सेतो मान्छे पातलो मान्छे, त्यो कालो कुर्सि त्यो दुब्लाउदै छ तर त्यो पातलो मान्छे मोटाउदै छ, अनि कुर्सिले भन्छ सकिन तिमिलागि उचाल्न थाम्न्को लागि तर अफ्सोच त्यो पातलो मान्छे आज बलियो र तगडा भयो तेहि कुर्सि दुब्लो हुदै गयको छ अनि कुर्सिले रुदै भन्छ सकिन हजुर को वजन थाम्नको लागि। कुर्सि लागि करौदै भन्छ त्यो सेतो पातलो हिजोको मान्छेले त कराउनु रुनुमा मतलब छैन्——- तर ——- यो कुर्सिको माया होइन् मेरो बस्न पाउने कुरोको सबाल छ यहा म बसीन भने मेरो इज्जत जान्छ मेरो नाक जन्छ तेस्ले गर्दा पिडा हुदा नि चुप लगेर बस्नु बरु राति रुने गर्नु भन्ने गर्छ, म मरु तर त कुर्सि चाढने छैन् भन्छ—–२ आज् त्यो पातलो मान्छे—- मैले कति सङ्घर्स गरेर पायको भन्न्छ —२ ल ल बधाई छ तिमि माथि बस्ने त्यो हिजो को पातलो मन्छे लगि वा तिमि रुने कुर्सि लागि।। |
प्रेमको पहिलो स्वादतिम्रो उत्तप्त निधारमा मैले मेरो चिसो ओठलाई बिसाएँ तिमी अलिकति चल्मलायौ तिम्रा आँखाको ढकनीलाई मैले विस्तारै बन्द गरिदिएँ तिमीले मभित्र बलिरहेको उन्मादको डढेलोलाई प्रस्टसँग देख्यौ मैले तिम्रो ओठको खापा उघारेर चञ्चल चपल जिब्रोलाई जगाउँन खोजेँ तिमीले मेरै वाणी पो बन्द गरिदियौं मैले तिम्रो कमनीय कैशौर्यलाई एकै फड्कोमा ‘त्यो’ जङ्घार तर्न लगाएँ तिमीले मलाई पो बनाइदियौ तिम्रो पहिलो प्रेमी र, पहिलो पुरुष । |
मौन टेलिफोनमौनव्रत लिन बाध्य मेरो टेलिफोन निःशब्द छ र छ अशान्त पनि, रिसले होस हराएको लाटो मान्छेले झैँ चिथोर्न खोज्छ मभन्दा निर्धो छ, सक्दैन, मनभित्रको हाहाकारलाई घाँटीमै दबाएर अस्फुट स्वरमा रोइरहेकी बलात्कृत किशोरीझैँ शब्दहीन झोक्राइरहन्छ । स्मृतिका गल्लीहरूमा पुगेर खोज्न चाहन्छ मेरो मृत टेलिफोन जीवनको त्यो तीखो सङ्गीतलाई, जो उसको हृदयबाट उठेर वातावरणमा झङ्कृत भइरहन्थ्यो, उसको आत्माको कोषागारमा भेटिने प्रेमको उछ्वास, विरह वेदनाका विरसिला गीतहरू, व्रि्रोहको पहरामा फुल्ने आदिम फूल, र, तेजिला विचारहरूको न्यानो रापलाई पनि ऊ फेरि एकपल्ट अनुभव गर्न चाहन्छ । मतिर उसले फ्याँक्ने गरेको तीखो दृष्टिमा उसको त्यही आग्रह मुखरित भएको छ म भने मेरो टेलिफोनको निभ्दै गएको नाडी र धमिलिँदै गएको मुटुको ढुकढुकीबाट अत्तालिएको छु र आफै पनि लाटिँदै जान थालेको छु । वरिपरि हेर्छु प्राणहीन टेलिफोनसँग आँखा जुधाउन सक्दिन बासी विचारहरूको सडान्ध लास बोकेर म निरुद्देश्य भौँतारिइरहन्छु मौनव्रत लिन बाध्य मेरो टेलिफोन मलाई देखेर अन्तिमपटक अलिकति हाँस्दछ र सधैँका लागि चकमन्नताको भुमरीमा हराउँछ । |
पदके हो पद ? अनी कहा हो पद ? थाहा छैन मलाई वाह वाह कस्तो मज्जा को पद प्रधान मंत्री, सेना पति ,राष्ट पति ,बिबिध पद , किन हो त्यों पद ? थाहा भयन मलाई ! हो मात्र रहेछ पद नाम को लागी हैन रहेछ पद काम को लागी ! वाह वाह सकिन मैले कस्तो पद भनेर छुटाउन को लागी ? किन हो भनेर छुटाउन को लागी , मात्र मैले सुनेको पद देखेको छैन आझ सम्म मैले त्यों पद| अचम्म को नै हुदो पो रहेछ त्यों पद . बिचरा छ है त्यों पद | .. चुक्क चुक्क गर्छु आफु नै भित्र अनी घोत्लिंछू | एक पद अनी धेरै जना को मुख वाह वह ! बिचरो पद …. कसरी हुन्छ त्यों पद सबैलागी मात्र एक जनाको हुन्छ ए़क पद | पद नि धेरै हैन मात्र एक पद , बिहान तेहि पद अनी बेलुका साइली को भटिमा तेहि पद | वाह वाह मात्र कुरो हुन्छ तेहि पद ! पद नै पद को यो संसार हुने छ भने के गर्थिया होला यी बकुम्फुस हरु मात्र मरेका छन र मारेका छन बिचार हरु लागी …… त्यों पद को लागी | वाह तिमी महान छऊ भन्दिनु रे है ति पद का लोभी हरु लागी | २ हामी बिवस छौ तिमी हरु का गुण गान गाइ दिन को लागी … यदि तिम्रो गुण गान गाइन भने तिमी लागी म माथी रिस उठेर आउने छ | अनी आखा को छडके हेर्ने नै छौ | पद को लागी मित्र गुमाउन तयारी है तिमी . नाता गोता हैन मात्र पद अनी सबै को नमस्ते लिन दाऊ वाह वाह महान बिचार छ यी पद वाला को ……. भुस्या कुकुर जती को हैन भन्ने सोचेको छैन है पद काम पछि को नै हो पद . नाम को लागी हैन पद गर काम लिग पद | र लेख नाम …………. मात्र काम अनी नाम पद पद खोई कहा छ पद? बिना काम र बिचार को पद बिचरा हरु है ….. |
सिउँडीको जंगलआकाशको नीलो चँदुवामा टाँगिएका एक मुट्ठी निस्तेज ताराहरूसँग म के बात मारुँ ? चीसो शीतमा निथ्रुक्क भिजेको अधमरो बताससँग म कसरी अभिसार गरुँ ? घुँडामा टाउको लुकाएर झोक्राइरहेका उदास पहाडहरूसँग म कुन मुखले बास मागूँ ? आफैँले नबुझ्ने भाषामा आफैँसँग एकोहोरो झगडा गररिहेको यस बस्तीको असफल मुखियासँग म के आशा गरुँ ? सपनाहरूको मलामी जाँदाजाँदा थोकेका छु, भत्किएको पुलको रखवारी गर्दागर्दा हतासिएको छु, हरण्िाका पाठाभन्दा सुन्दर केटाकेटीहरूका आँखामा जमेको त्रास देख्दादेख्दा संज्ञाशून्य भएको छु, लुटिएका मन्दिर, भत्काइएका पाठशाला, च्यातिएका ग्रन्थ र टाउको नभएका सालिकहरूका बीचबाट हिँड्दाहिँड्दा हृदयदेखि नै कुँजिएको छु, मसँगै असरल्ल केही तरुणा विधवा छन्, रगतको आँसु पिइरहेका वियोगी प्रेमीहरू छन्, छ ठूलो हूल अनाथ केटाकेटी र बूढाबूढीहरूको, टुंगो नभएको खण्डित राजमार्गको रहस्यमय जालो छ आँखाभरी, र, अन्योलको तुवाँलोमा डुब्दै उत्रँदै गर्ने एउटा क्लान्त हृदय छ छातीभित्र जाने कहाँ हो थाहा छैन, पुग्ने किन हो पत्तो छैन, म छु, मेरा अपरििचत आफन्तहरू छन्, र आँखाको डिलभरी फैलिएको छ सिउँडीको अनन्त जंगल |
मौन टेलिफोनमाथि लेखिएको कवितामौनव्रत लिन बाध्य मेरो टेलिफोन निःशब्द छ र छ अशान्त पनि, रिसले होस हराएको लाटो मान्छेले झै“ मलाई चिथोर्न खोज्छ मभन्दा निर्धो छ, सक्दैन, मनभित्रको हाहाकारलाई घा“टीमै दबाएर अस्फुट स्वरमा रोइरहेकी बलात्कृत किशोरीझै“ शब्दहीन झोक्राइरहन्छ । स्मृतिका गल्लीहरूमा पुगेर खोज्न चाहन्छ मेरो मृत टेलिफोन जीवनको त्यो तीखो सङ्गीतलाई, जो उसको हृदयबाट उठेर वातावरणमा झङ्कृत भइरहन्थ्यो, उसको आत्माको कोषागारमा भेटिने प्रेमको उछ्वास, विरह वेदनाका विरसिला गीतहरू, व्रि्रोहको पहरामा फुल्ने आदिम फूल, र, तेजिला विचारहरूको न्यानो रापलाई पनि ऊ फेरि एकपल्ट अनुभव गर्न चाहन्छ । मतिर उसले फ्या“क्ने गरेको तीखो दृष्टिमा उसको त्यही आग्रह मुखरित भएको छ म भने मेरो टेलिफोनको निभ्दै गएको नाडी र धमिलि“दै गएको मुटुको ढुकढुकीबाट अत्तालिएको छु र आफै“ पनि लाटि“दै जान थालेको छु । वरिपरि हर्ेर्छर्ुुाणीहीन टेलिफोनस“ग आ“खा जुधाउन सक्दिन बासी विचारहरूको सडान्ध लास बोकेर म निरुद्देश्य भौ“तारिइरहन्छु मौनव्रत लिन बाध्य मेरो टेलिफोन मलाई देखेर अन्तिमपटक अलिकति हा“स्दछ र सधै“का लागि चकमन्नताको भुमरीमा हराउ“छ । |
मानवमेरा हत्याराहरू मेरै शोकसभामा धाराप्रवाह बोलिरहेछन् म त्यही आलङ्कारिक भाषणको प्रशंसा गर्न अभिशप्त छु। जेनेभाको भव्य सभागारमा मेरो लासलाई बीचमा राखेर मानिसहरू चिच्याइरहेछन् (यसरी मानवताको हत्या गर्न पाइन्न) उता किगाली र मोगादिसुका अँध्यारा बस्तीहरूमा आत्महत्या जारी छ । मेरी दुःखी स्त्री र आमाहरूको पीडामाथि जान्नेहरू अग्रलेख लेखिरहेका छन् उता जाग्रेब र कोसोभोका गल्लीहरूमा मेरी विधवामाथि बारम्बार बलात्कार भइरहेछ । राष्ट्रसङ्घको अग्लो भवनको माथिल्लो तलामा जम्मा भएर विश्वका चिन्तित राजनयिकहरू रगतजस्तै गाढा रातो रङ्गको मदिराको चुस्की लिँदै मेरा टुहुराहरूको भविष्यबारे श्वेतपत्र तयार गर्दै छन् उता रियो र साओपाउलोका सडकहरूमा मानिसका छाउराहरूलाई पहरेदारहरू नै छप्काइरहेछन् । म कागजका चाङहरूमा पूर्णतः सुरक्षित भएको छु यद्यपि काबुलको भग्नावशेषमा थिचिएर मेरो प्राण निस्किएको एक जुग भइसकेको छ । |
म र मेरो अन्धकारम छु मसँग मेरोएकान्त छ र, छ आफूलाईमात्र थाहा हुने वेदनाको दंशले उफारिरहेको मेरो उद्विग्न ह्दय, चकमन्न कोठामा तार चुँडिएको पुरानो सारङ्गी छ धूलोले छोपिएका पुराना तस्बिरहरू छन् र, छन् अधुरा सपनाका मायालाग्दा टुक्राहरू, आजको साँझ छ सधैँझैँ उदास र निस्तेज अचानक टक्क अडिएकोछ मानौँ रातको स्पन्दन, म आफूलाई छामिरहेको छु म आफूलाई टकटक्याइरहेको छु स्मृतिको लामो र जीर्ण राजमार्गमा टोलाएर उभिएको छु भेटिने आसमा लुटिएको मेरो पहिलो प्रेम, मसँग मेरो आफ्नै अन्धकार छ र, छन् पुरानो घाउझैँ प्रिय मेरा पराजयहरू जहाँनेर उज्यालोको लास परेको छ त्यहीँ नाङ्गो, एक्लो र हताश सिमलको रूखझैँ ठिङ्ग उभिएको छ मेरो मधुरो प्रतिविम्ब । |
प्रेमको पहिलो स्वादतिम्रो उत्तप्त निधारमा मैले मेरो चिसो ओठलाई बिसाएँ तिमी अलिकति चल्मलायौ तिम्रा आँखाको ढकनीलाई मैले विस्तारै बन्द गरिदिएँ तिमीले मभित्र बलिरहेको उन्मादको डढेलोलाई प्रस्टसँग देख्यौ मैले तिम्रो ओठको खापा उघारेर चञ्चल चपल जिब्रोलाई जगाउँन खोजेँ तिमीले मेरै वाणी पो बन्द गरिदियौं मैले तिम्रो कमनीय कैशौर्यलाई एकै फड्कोमा 'त्यो' जङ्घार तर्न लगाएँ तिमीले मलाई पो बनाइदियौ तिम्रो पहिलो प्रेमी र, पहिलो पुरुष । |
परिचयहीनएक धर्सो नरमाइलो हाँसो च्यापेर ओठको देब्रे कुनामा आफैसँग कुरा गर्दै/लड्दै–झगड्दै एकसुरमा हिँडिरहेको त्यो अधमरो मानिसको नाम के हो ? उसले नाघ्न नभ्याएका ती भन्ज्याङहरू हुर्काउन नसकेका रूखहरू बनाउन नपाएको छाप्रो र चिन्न नभ्याएको चौताराले चिनेका छन् कि कतै? जन्मेदेखि नै उसलाई लखेट्दै आएको दुःख र अभावको विशाल दानवले पो भन्न सक्छ कि त्यो निमुखाको पहिचान के हो ? उसले खोस्रेर मलिलो पारेका पाखाहरू रोएर भिजाएका मझेरीहरू बाँधेर तह लगाएका खोलाहरू र कुँदेर ब्युँझाएका पत्थरहरूको आफन्त त होइन त्यो? अज्ञात, अनाम र अकिञ्चन मानिस । |
जेठको गर्मीमा एउटी स्त्रीधूलाम्य राजमार्गको उदास किनारामा असरल्ल पसारिएको एक चोक्टो घामलाई थोत्रो छाताझैँ ओढेर हिले अलकत्राले फ्याँकेको अप्रिय आँचलाई तीन चौथाई देखिएका स्तनका बीचमा काखे बालकलाई झैँ घुसारेर पहेलिँदै गएको परबरको वार्धक्यसँग बिर्सिदै जान लागेको सपनाको मण्डीमा सजिएका चाहनाहरूको विनिमय गरेर बिना प्रेम वा उल्लास धेरै मानिसहरूले धेरै पटक चुमेका पातला ओठहरूमा कुरूप मुस्कानको मलिनु जलप टाँसेर लक्ष्मणसिंह खड्काको अचाक्ली लामो पताका र पर्खालमा टाँगिएको भावी राष्ट्रपतिले उचालेको मुठ्ठीमा एकछिन हो वा धेरैबेर,अनिच्छाका साथ अलमलिएर एउटा तरकारी पसलमा एउटी स्त्री जेठको पट्यारलाग्दो अपरान्हको विरसिलो क्षणमा खोज्दैछे आफूलाई र एउटा भरपर्दो ग्राहकलाई । |
गार्मेन्टकी गायत्रीएकसुरले काम गरिरहँदा गायत्री शान्त देखिन्छे तर सिउने कलको तीव्र फन्को सँगसँगै उसको हृदयमा मच्चिरहने हाहाकार भने बेतोडसँग कुदिरहेको छ उसका मसिना औँलाहरू एकनासले चलिरहेका छन् दिन छ छोटो र सक्नुपर्ने कामको डुङ्गुर छ ठुलो (भयानक अँध्यारो सुरुङ पसारिएको छ जीवन) चक्रव्यूहमा फसेको अभिमन्युले झैँ निश्चित पराजयको गह्रुँगो भारी बोकेर गायत्री, जीवनको त्यही घटाटोप सुरुङभित्र पसेकी छे र सधैँका लागि हराएकी छे । नयाँ परिधानमा टाँक हालिरहेकी गायत्री राम्री देखिन्छे तर उसको आँखामा टाँगिएको छ टाँकघर खुकुलो भएको आफ्नै जीवनको धमिलो चित्र पाठेघर दुख्ने पुरानो रोग र बेकम्मा भइसकेको रक्स्याहा लोग्नेलाई (प्रेमले हो वा घृणाले) खोकिलामा लुकाएर गार्मेन्टकी गायत्री आफ्नै जीवनको च्यातिएको टाँकघरलाई सिउन खोज्दैछे । |
मासुपसलमा एउटी स्त्रीझोल्लिएको, ठुलो स्तन भएकी बगरेकी पत्नी हावामा पोतिएको उसको कुरूप सौन्दर्यको तीखो रङ्ग राम्ररी साँध लगाएर राखेका धारिला हतियारहरू कुनै पैशाचिक अनुष्ठानको बलिवेदीजस्तो भयानक अचानो र एक्ली बैँसालु आइमाईको भोको ओठजस्तो तातो भर्खरै मारिएको राँगाको रगतको फाल्सा । मासुपसलमा एउटी स्त्री, फैलिएको नितम्ब र ढल्कँदै गरेको उमेर तल्लो ओठको बायाँ कुनामा खण्डित चन्द्रमाजस्तो टुक्रे हाँसोको धमिलो जलप टाँसेर ढसमस्स बसेकी छे उसको आँखाको फलकमा टाँगिएको छ पुराना प्रेमीहरूको अनुहारको कोलाज । मासुपसलमा ग्राहकहरू झुम्मिएका छन् बगरेकी पत्नी राँगोको बलिष्ठ पुट्ठालाई चिर्छे र कलात्मक लयबद्धताका साथ आगोको फिलिङ्गोजस्तो रातो मासुलाई केस्रा–केस्रा छुट्ट्याएर भाग लगाउँछे मानौँ कामातुर ऊ सम्भोगका लागि आफूलाई बिस्तारै–बिस्तारै छोडाइरहेकी छे । |
धेरै दिनपछि पोखरा फर्किंदाफर्केर आएँ नि सखे ! म तिम्रो काखैमा । हो, केही दिन म कतै हराएझैँ थिएँ बिर्सियौ कि तिमीले भनी डराएकै थिएँ पुरानो प्रेमको हुटहुटीले डोरिएर आएँ विछोडको पीडाले भक्कानिएर आएँ । फर्केर आएँ नि सखे ! म तिम्रो काखैमा । धेरै दिन म तिम्रो सम्झनामा बाँचेँ फेरि होला नि भेट भन्ने कल्पनामा बाँचेँ सँगै फेरेको निश्वासको सहारामा आएँ भत्किएको हृदयको किनारामा आएँ । फर्केर आएँ नि सखे! म तिम्रो काखैमा । फेरिए छ्यौ नि तिमी अचम्मैसँग थपिएछ तिम्रो शुभ्रतामा भड्किलो रङ्ग राम्रो हो कि नराम्रो थाहा नपाएरै आएँ जस्तो भए पनि आफ्नै हो, अँगालेरै आएँ । फर्केर आए नि सखे ! म तिम्रो काखैमा । |
Hindi To Nepali Dictionary Words Starting From बो
Bridging Cultures: Daily Use Hindi Sentences in Parties with Nepali Meaning
Daily Hindi Sentences for Kids with Nepali Translations: A Simple Guide
Daily Office Sentences: Essential Hindi-Nepali Translations for Everyday Use
Daily Use Hindi Sentences for Parents with Nepali Meanings: A Guide for Everyday Conversations
Daily Use Hindi Sentences for Students with Nepali Meaning
Essential Daily Sentences for Market Conversations: Hindi to Nepali and Vice-Versa
https://easyayurveds.com/ayurvedic-medicine-for-common-cold/
https://easyayurveds.com/ayurvedic-medicine-for-weight-loss/
https://easyayurveds.com/ayurvedic-medicine-for-weight-gain/
https://easyayurveds.com/ayurvedic-medicine-for-cholesterol/
https://easyayurveds.com/ayurvedic-medicine-for-cough/
https://easyayurveds.com/ayurvedic-treatment-for-back-pain/
50 Medicinal Plants of Nepal Highly Liked by Chinese People
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication
Bartika Eam Rai Top Songs Lyrics & Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
Oshin Karki's Nepali Songs Lyrics And Chords
All Songs Lyrics Of Wangden Sherpa
Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु
Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकवी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In Nepali
11 Types of Poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide