
Sneh Sayami is an significant Nepali scholarly
shape known for his profound contribution to writings, meter, and the cultural
legacy of Nepal. In those years, he possesses mounted himself as a adaptable
creator, poet, editor, and press manager. His works be in possession of not handiest enriched
Nepali writings and as well bridged the cultural gaps by dint of integrating the
traditions and values of his Newar historical past into give 24 hours Nepali
writings.
Early Life and Education
Born in Kathmandu, Sneh Sayami grew upward in a
culturally wealthy Newar household. His interests in writings cropped upward since
childhood via reading and writing inspired by dint of the gigantic Newar
traditions. A good scholarly basis gave a top begin to his writing charge
in writings.
He completed his institute Leaving Certificate
(SLC) in 1978 and later got a Certificate flat in Commerce from Tribhuvan
University in 1980. He as well received a certificate in Commerce from Shanker Dev
Campus, Tribhuvan University, in 1982. His scholarly pursuits reached completion
with an MBA and an Executive MBA from Tribhuvan University and Kathmandu
University, accordingly.
Professional Career
whereas carefully connected to the earth of
writings, Sneh Sayami's expert charge possesses spanned numerous sectors,
with the maximum important ones being press manage, entrepreneurship, and
publishing. He began his press charge in 2005 as the vice leader of
Himalmedia Pvt. Ltd. beneath the management of Kanak Dixit. His purpose complex
supervising the total management of the press house, single in all the largest in
Nepal.
Sayami's management skills as well lengthened to
a a handful other business processes that contained Mulyankan Prakashan Griha, of
what he was the manager. The publishing house became known for popular
magazines like Mulyankan, Nawayuwa, and Pratibha, what accordingly appeal to
the tastes of intellectuals, adolescence, and children. His guidance in press possesses
as well portrayed his multi-dimensional talent, not solely in business and as well in
nurturing Nepali tradition and writings.
He as well labored as a Small Business
expert at F-SKILL, a plan by dint of Helvetas Nepal implemented to donate
towards beggary reduction via skill growth coaching and job creation.
Literary Contributions
Sneh Sayami, a litterateur, had adore for
writings intact even amidst multidimensional expert engagements. An
conscious and delicate poet, his works mirror a great understanding approximately existence,
adore, loss, and the human condition. Perhaps single of his earliest published
works is Chautaro Bolyo, a collection of poems what came out in 1979 and
gained broad acknowledgment. This place the tendency for his future scholarly efforts,
what might detailed almost wholly upon emotions and philosophy.
after, he published Pul Ra Parkhalharu-a
meter collection in 2006-what received critical kudos approximately the intensity of
emotions and sociopolitical commentary his creation carried. His poems capture
the core of human relationships and the struggles of usual commonwealth, making
his job relatable and idea-angering.
As the editor-in-chief and publisher of the
Pratibha scholarly magazine, Sneh Sayami inspired and honed the scholarly
potential of many a budding author and poet in Nepal. His connection with
F-SKILL Bulletin as an editor-coordinator as well spoke volumes for his fruitful
appointment in the promotion of writing and writings in diverse forms.
Legacy and Cultural effect
Sneh Sayami is more than a litterateur; he
is an ambassador of the Nepalese tradition. majority of his writings bring out the
wealth of Newar tradition by dint of blending traditions and values into a job. His
bond with his cultural legacy is so profound-established that his stories and poems
fair offer readers a glimpse into the intricacies of Newar traditions, at the
identical period reaching out to the appeal of a broader spectators over Nepal.
Sayami possesses traveled to almost all nook
and edge of the earth, representing Nepal in diverse scholarly and cultural
gatherings. He possesses represented Nepali writings in unlike countries like subcontinent,
China, Russia, Germany, lacquer, and Australia, thereby contributing to the
nation's cultural negotiation.
Apart from scholarly activities, Mr. Sneh
Sayami possesses been associated with a number of reputable assignments. important
among them are participation in the 30th global Productivity Congress
arranged by dint of the Asian Productivity Organization in lacquer and Thailand in 1991.
His job upon advancing calm and government in Nepal, as good as his part in the
growth of tiny-measure industries, underlines his commitment to the communal
and financial betterment of the nation.
Publications and important Works
Chautaro Bolyo (1979)-A collection of poems
that noticeable his raid into the Nepali earth of writings.
Pul Ra Parkhalharu-Collection of poems,
2006, profound plunging into communal issues and human emotions.
Strategic administration in Media
manufacturing-proposition given for his EMBA upon the press landscape in Nepal. Various
articles upon thrift and press; editorials published in Pratibha and F-SKILL
Bulletin.
Beyond Literature: Contributions to Society
Besides his scholarly contributions, Sayami
possesses been an energetic contributor in diverse communal causes. He is a establish member
of the Nepal Cottage and Small Industries Development Bank and was very
complex in its institution method. His entrepreneurial and management
capabilities be in possession of as well lengthened to organizations like Transparency
global Nepal, location he served as a treasurer.
He is the establishing chairperson of the
Ratoghar Foundation, a middle for skill, writings, and tradition growth in
Nepal. His guidance contributions, if to organizations such as the
Rotary Club Kathmandu West or to growing Nepal's Health Communication rule
firsthand, disclose the many facets of his contribution to community.
Conclusion
Sneh Sayami's existence is a thought of his
multifaceted existence as a author, businessperson, and cultural supporter. It possesses left
an indelible sign upon Nepali writings and community, inspiring future generations
of writers and leaders akin. advance, with his poems, novels, and expert
engagements, Sayami possesses been playing an increasingly significant part in forming
the cultural and scholarly contours of Nepal.
सूचीकारओ कविजी! म भ्याउँदिनँ लेख्न कविता सबेरै सडकमा आउँछु चलाउँछु यो मेसिन र सिउँछु गरिबी । प्रत्येक दिन उध्रिन्छ आशा फेरि पनि साहेबहरूका फाटेका इज्जत जस्तै सिएर सिउनै नहुने नहुन्जेल म सिउँछु जिन्दगी कुर्छु सडकमा हुन सक्छ कसैको जवानी सिउनुपर्ने हुन सक्छ कसैको बुढ्यौली टाल्नुपर्ने नि:शुल्क वा न्यून शुल्कमा कुनै गरिबलाई महाराजको अभिनय गर्नुपर्ने कुनै धनाढ्यलाई धन लुकाउनुपर्ने कसैको सपना सिउनुपर्ने कसैको लाज छोप्नुपर्ने। ओ कविजी! म कुर्छु सडकमा सिउँछु जिन्दगी म भ्याउँदिनँ लेख्न कविता। |
स्माइल प्लीजदाल चामलको भाउले रुख चढेर ओर्लने कुरा गर्दैन बच्चाको स्कुल फि चुँडिएको चङ्गा भयो लट्टाइको कतै काम देखिँदैन बुढा तिमी दिन्छौ पच्चीस हजार सबै खर्च जोड्दा खर्च छ पचार हजार । सापटी नलिएको साथी दौँतरी र छिमेकी कोही बाँकी छैन तिमी भन्छौ घर फर्केर हरेका साँझ स्माइल प्लीज, स्माइल प्लीज ! |
बन्दुक र रातो गुराँसप्रिय ! मेरो प्यारो मान्छे प्रत्येक बर्ष आउँछ १४ फेब्रुअरी र त्यहीबेला आउँछ फागुन १ म एकै पटक सम्झन्छु त्यो जंगलको गुराँस र तिमीसँगको प्रणय हामीले भिरेको बन्दुक र देश प्रतिको प्रेम म सम्झन्छु, जंगलमा हिँड्दाका थकित दिनहरू भोक, तिर्खा र मारिने डर त्यतिखेरै सम्झन्छु तिम्रो प्रेमपूर्ण नजर मेरा दुइ सपना मेरो देशको मुक्ति र मेरो प्रेमको सफलता म सँग हुन्थे एक रातो गुराँस र एक बन्दुक १६ बर्षमा टेकेकी थिएँ १० कक्षामा पढ्दै गरेकी थिएँ मेरी आमाको न्यानो काख र मेरो प्यारो स्कुल छोडेर युद्धमा होमिएकी थिएँ मेरो भोक मेरो इच्छा, मेरो परिवार, मेरो शिक्षा भन्दा ठूलो मेरो देशको मुक्ति मैले नगरे कसले गर्छ ? मैले नलडे कसले लड्छ ? मैले यही सिकेकी थिएँ चार वर्षपछि तिमीलाई भेटेकी थिएँ घोप्टे भिरमा भाग्दा भाग्दै जब चिप्लियो मेरो खुट्टा तिमीले मलाई अचानक अंगालेर उडेका थियौ मैले मेरो झरिसकेको जिन्दगी र, तिम्रो अँगालो पाएकी थिएँ बन्दुक भिरेरै मनमा रातो गुराँस फुलाएकी थिएँ मेरो प्यारो मान्छे मेरो कमरेड अहिले त बुझाईसकें बन्दुक र, त्यसप्रतिको आस्था पनि अहिले त बुझाईसकें बन्दुक र, पुरानो सपना पनि अहिले फर्केर आएको छ भोक र, म खोजिरहेछु एउटा रोजगार मलाई चाहिएको छ सीप र ज्ञान पल्टाई रहेछु खोजेर उ बेला आफैले फालेका पुरानै पाठ्यपुस्तकहरु तिमी मेरो अगाडि भएको भए के भन्थ्यौ कुन्नि कमरेडहरु पनि पुरानै स्कुल गैरहेछन् पुरानै डिग्रीमा गौरव गरिरहेछन् पुरानै सिंहदरबार मर्मत गरिरहेछन् म सिंहदरबारको गेट अगाडि भारतीय मेवा र चाइनिज स्याउ बेचेर गुजारा गरिरहेछु मलाई थाहा थिएन युद्ध र प्रणय दिवस सँग सँगै आउँदो रहेछ म सम्झिरहेछु उही गुराँस उही बन्दुक मेरो प्यारो मान्छे म तिमीलाई सम्झिरहेछु । |
असारे बर्सातघनघोर पानी परिरहेको छ कहिले सम्म पर्छ कहिले थामिन्छ थाहा छैन कहाँ बाढी आउँछ कहाँ पहिरो जान्छ थाहा छैन कुन बाटो भत्काउँछ, कुन पुल बगाउँछ पनि थाहा छैन बाछिटामा को को भिज्छ थाहा छैन कोको टिक्छ पनि थाहा छैन । कसको घर ढलाउँछ कसको मोटर बगाउँछ कुन पहाडलाई मैदान बनाउँछ कुन बजारलाई बगर बनाउँछ थाहा छैन कालो बादल मडारिरहेकै छ चट्र्यांग परिरहेकै छ ढल, कुलो, खहरे, खोलाहरु सबैले खोजिरहेछन् बग्ने बाटाहरु । पद, प्रतिष्ठा, पहुँच, कुनै पहिचानबिना कुन घरको आँगनलाइ पोखरी बनाउँछ थाहा छैन कुन दरबारलाई खण्डहर बनाउँछ थाहा छैन । घनघोर पानी परिरहेको छ कहिले सम्म पर्छ कहिले थामिन्छ थाहा छैन कहाँ बाढी आउँछ कहाँ पहिरो जान्छ थाहा छैन कुन बाटो भत्काउँछ, कुन पुल बगाउँछ पनि थाहा छैन |
सत्ता र सत्यमैले भनेँ म तिमीसँगसँगै काम गर्न चाहन्छु, चालीस वर्षअघि परिवर्तनको जे शिक्षा दिएका थियौ तिमीले त्यो आज तिमीले सत्ताको बागडोर सम्हालेको बेला आम मानिसको पक्षमा केही गर्न चाहन्छु, यसो भन्दै गर्दा उसले मतिर यसरी हे¥यो जसरी बाजले सिनोलाई हेर्छ अग्लो घरबाट सडकमा उसले यसरी थुक्यो जसरी पान चपाउनेले सफा भित्तामा थुक्छ अनि भन्यो– हिजोको कुरा हिजोको परिचय हिजोको वाचा भो यो नयाँ दिनमा नसम्झाउनु यो पुरानै कुरामा लागिरहने सोच नदोहो¥याउनु भोटले तार्किक र तर्कहीन अनुशासित र अनुशासनहीनबीच कुनै दुरी नदेख्दो रहेछ हामीलाई आँखा भएका अन्धाहरू भए पुग्छ हामीलाई नयाँ लुगामा सजिएका हिँडिरहने लासहरूबाटै काम चल्छ नयाँ सत्तामा पुरानो मान्छे पुरानो विचार पुरानो याद पुरानो कसम भो नसम्झाउनु । |
पीडाको सौन्दर्य शास्त्रतिमीले घोचिरह्यौ म भित्र भित्रै दुखिरहेँ मैले दु :ख मै देखेँ जीवनको रङ्ग दुःख मै सिकेँ नयाँ पाठ , उत्तीर्ण गरेँ एक अलिखित नयाँ डिग्री प्रवेश गरेर एक भुईँको नयाँ विश्वविद्यालय प्राप्त गरेँ पढ्ने र भोग्ने अवसर पीडाको सौन्दर्य शास्त्र उत्पीडनको महाकाव्य त्यसैले घोचपेचका लागि असह्य पीडाका लागि तिमिलाई लाख लाख धन्यवाद |
मेरो सोचमेरो सोच सोच्न छोडेर बजार घुमिरहेछ मेरो सोच महँगो मूल्यमा बिक्री हुन खरिदकर्ता खोजिरहेछ । मेरो सोच सत्ता खोजिरहेछ तलबभत्ता खोजिरहेछ क्याल्कुलेटर मुखमा झुण्ड्याएर अरबपतिको बस्तीतिर घुम्दै नाफा–घाटाको हिसाब गरिरहेछ । लामो समय मैसँग थियो मेरो सोच र, मलाई गर्व थियो उसको अहिले मलाई छाडेर पुरानै बस्तीमा मलाई फालेर डस्टबिनमा कुर्सीतिर आँखा लगाइरहेछ मेरो सोच सोच्न छोडेर कहिले खुल्ला आकाशमा उडिरहेको बोइङको उचाइमा कहिले राजमार्गमा कुदिरहेको जिपको गतिमा मैसँग छुट्टिएर विश्वबजार घुमिरहेछ । |
पोखरा र सेतीहेर पोखरा तिमीले भन्ठानेका होलाउ उत्तानो परेर सुतेकी छ सेती निर्वस्त्र बगरमा र, बजार थापेकी छ छालाको उसको दुधिलो रङ्गको पानीमा बगाउँछे सस्तैमा तिम्रा कलङ्क चुपचाप तर त्यसो होइन है पोखरा तिम्रा दुइजिव्रे गफ दुईरङ्गे जीवन हेर्दाहेर्दा भोग्दाभोग्दा थकित सेती अहिले तिम्रो पाखण्ड तिम्रो सपनाको सहर काटिरहेकी छे तिम्रो जगभित्र बगिरहेकी छे पोखरा कि तिमी सुध्रिनपर्छ कि ढल्न पर्छ गल्र्याम्म तिमीले बुझ्नै पर्छ सेती नभई पोखरा पोखरा हुँदैन । |
चिया बगानको माटोमामेरो पनि उमेर थियो उमेरसँगै सपनाहरू थिए जस्तै—बाबा आमाको आँखा छल्दै बीच सडकमा खेलेर हिँड्ने बिहानै आमाले लगाइदिनु भएको सफा युनिफर्म लगाएर स्कूलमा पढ्न जाने खेल्दा खेल्दै धुलाम्य भएर फर्कने अलिकति उपद्रो गर्ने साथीसँग जिस्की हिँड्ने मिठो चकलेट खाने बाँसको बोक्रामा बसेर घाँसे भिरालोमा चिप्लेटी खेल्ने तर ती वर्जित सपनाहरू सपनै रहे । जसरी खस्रा हातका औँलाहरूले टिप्छन् कलिला चियाका मुनाहरू त्यसरी नै टिपेर त्यही र त्यस्तै सपनाहरू चुँडेर मेरो जस्तै कलिला बालापनहरू राखिदिनु पर्नेरहेछ डोकोमा र कुहाइदिनु पर्नेरहेछ यस माटोमा पेलेर हाम्रो बैँस बगान मालिकको मेसिनमा प्रत्येक ढुकढुकीलाई प्याक गरेर पठाइदिनुपर्ने रहेछ सुन्दर बट्टाहरूमा मिठो र सुगन्धयुक्त चियापत्ती बनाएर कि मानिसहरू सजिलै सस्तोमा किन्न सकून्, पिउन सकून् । मेरो पनि उमेर थियो उमेरसँगै सपनाहरू थिए आफैसँग लाज लाग्ने साथीसँग बात मार्ने त्यसैत्यसै हाँस्न मन लाग्ने बिनाकारण जिस्किन मन लाग्ने हतार–हतार कलेज जाने आमालाई थर्काउने बाबासँग लाडिने रङ्गीन उमेरलाई चियाबोटको काँडाले क्षतविक्षत पारेर रक्ताम्य बनाएको छु कोचेर जुटका बोराहरूमा सपनाहरू गुन्दु्रक बनाएको छु र पठाइदिएको छु कलकत्ताको लिलामीमा कि मेरो बगान मालिकले राम्रो कमाइ गर्न सकून् । यो सयौँ बर्ष लामो हरियो पहाडको कालो इतिहास भोगेपछि उमेर र सपनाहरू पारि डाँडामा ढल्किसकेपछि अहिले लाग्दैछ – यो चिया बगान हो कि मेरो चेतनाको चिहान ? यो हरियो पहाड हो कि बालापनको तिहाड ? मैले बुझ्नु छ किन गर्भमै मर्छ मेरो सपना किन झुकेर झर्छ कञ्चनजंघा मेरा आँखामा र, निस्कनु छ अलग लामो यात्रामा अर्थात् आजै हिँड्नुछ चिया बगान सङ्ग्राममा । |
उज्यालो: अँध्यारोकुनै समय उज्यालो थियो मैले जे गर्थें छायाँले त्यही गथ्र्यो अहिले अँध्यारो छ छायाँहरू जे आदेश दिन्छन् म त्यही गर्छु उज्यालोमा छायाँ मसँग डराउँथ्यो अँध्यारोमा म छायाँसँग डराउँछु । |
आगोजाडोमा आगो बाल्न कुनै नयाँ कुरा गर्नैपर्दैन आगो बाल्नका लागि धेरै छन् नबालिनहुने कुराहरू हाम्रै आँगनमा कति छ कति चीजबीजहरू पात- पतिङ्गरहरू फोहर कसिङ्गरहरू पुराना खबरपत्रिकाहरू कुहिएका काठपातहरू मात्र छुट्याउनुपर्छ बाल्नपर्ने सरसामानहरू निर्मम भएर सल्काइदिनुपर्छ आगो बाल्नलाई भर्खर बन्न लागेको घरको दलिन ताक्नुपर्दैन आगो बाल्नलाई सम्बन्धहरू सल्काउनुपर्दैन । |
संविधान समाचारअब त दश वर्ष भो यो अनिर्णयको गणतन्त्र प्रत्येक बैठक, निर्णय नगर्ने निर्णय प्रत्येक छलफल असहमत हुने सहमति कसले बनाए बन्ने कसले चलाए चल्ने कति दशक लाग्ने कति खरब खचिर्चु पर्ने निर्माण गर्न संबिधान नामको पन्नाहरू संबिधान बिहिन मुलुक को यो गणतन्त्र भै रहेछ अघोषित राजतन्त्र । |
भुइँचालोस्कुले नानीले भनिन् यो भुइँचालोले मेरो बाबालाई आफ्नै घरले पुर्यो मेरीआमालाई त्यो डाँडाको पहिरोले निल्यो, घर के भन्नु सब खण्डहर मात्र त्यो भन्दा ठुलो कुरा मेरो स्कुल पनि ढल्यो मेरो बाको अलिकति नगद मेरी आमाको गहना कुन दराजमा छ थाहा छैन यो घरको लालपुर्जाले के कम गर्छ पनि थाहा छैन त्यसले मेरो आउँदा जीवनमा के असर गर्छ पनि थाहा छैन ए मेरा छिमेकीहरू हेर न मेरो किताब र कलम छैन गृहकार्य गर्न बाँकि थियो एउटा चित्र कोरेर मिसलाइ बुझाउन बाँकी थियो स्कुलको चौरमा कपड्डी खेलेर मेरो साथीलाई च्याप्प समाउन बाँकी थियो ए बाहरू, दाइ दिदीहरू मेरो अर्को किताब आउँछ कि आउँदैन मेरो स्कुलको कोठाहरू बस्न र पढ्न हुने बन्छ कि बन्दैन मेरा बा आमा जस्तै मेरो बर्तमान पनि पुरिन्छ कि मेरो भबिस्य फेरी दरबान र कान्छा कान्छी मै बित्छ कि लौ न मेरो एक छाक र एक जोर कसरी जुट्छ ? मेरो सपना नयाँ भूकम्पबाट कसरी छुट्छ ? कति दिन बाँच्ने म चाउचाउ खाएर कति दिन बस्ने म चुहिएको त्रिपाल ओढेर मेरो गुनासो सुनिदिने कोही छन् कि मेरो बर्तमान बुनिदिने कोही छन् कि यो ठुलो संसारमा मैले ओत पाइने छानाहरू छन् कि ? |
काजी साहेब गणतन्त्र भन्या के हो ?भञ्ज्याङको चिया पसलमा जुठे दमाइ आउँछ कसैलाई छोइएला भनेर अलग्गै भुइँमा बसेर चिया खान्छ आफ्नो गिलास आफै माझ्छ र, जँड्याहा टंके कार्कीलाई सोध्छ– हन काजीसाहेब, यो लोकतन्त्र भन्या के हो ? रमिला पोडे आउँछे टोल सडक बढार्छे रेस्ट रुमहरू पखाल्छे लुगा धोइदिन्छे र, मालिक्नीले दिएको हिजोको खाना खुसी मान्दै खान्छे र, सोध्छे यो समानता भनेको के हो ? भगवानलाई पुकार्छे भाग्यलाई सराप्छे र सोच्छे– म एक बोरा चामलको मालिक हुने कहिले ? भन्छे– जमिन्दार प्रधानको छोरा काजी कमरेडले भन्नु भएको आर्थिक क्रान्ति भनेको के हो ? डल्ली सर्किनीका लालाबाला धेरै कमाइ थोरै एक जोर जुत्ता बिकेको दिन पोइले रक्सी खाएर आउँदा भोकले रिसाउँछे पोइ लात्तीले भकुर्छ रुन्छे रातभर र, भोलि पल्ट जान्छे हेल्थ पोस्टमा फर्कंदा भेट्छे स्कुलकी मास्टरनी र, सोध्छे– राति प्रौढ शिक्षामा भन्नु भएको लैंगिक विभेद भनेको के हो ? काले कामीले कति पुस्तादेखि फलाम पिटेर आएको बिहानदेखि बेलुकीसम्म धुँवा, आगो र फलामसँग खेल्दा खेल्दै रगत छादेपछि धेरै भगवानको पूजा गरेको हो पण्डित भज नारायणदेखि प्रभु यसुसम्म गुहारेको हो र, पनि अल्पायुमै बाआमा बिते काले कामी मनमनै सोच्छ कुन भगवानले, मेरो मेहनतको ज्याला ग्यारेन्टी गर्छ ? भनिदेऊ न धर्म बुझ्नेहरू काले कामीले सोध्छ– कुन धर्म माने के हुन्छ ? धर्म नमाने के हुन्छ ? हामीले उपचार गर्न सक्ने अस्पताल कहिले खुल्छ ? हामीले भाडा तिर्न सक्ने बस कहिले गुड्छ ? हामीले किन्न सक्ने औषधि हामीले बस्न पाउने घर कहिले बन्छ ? राजाले देश बिगारेको हो भनेर काजीका छोराले भनेपछि हामी पनि गणतन्त्रका जुलुसमा गएको हो र, गणतन्त्रको घोषणा सुनेको हो महाराजका सम्पतिको कुनै लेखाजोखा छैन कति कर तिर्छन् कति लुकाउँछन् कति व्यापार गर्छन्, कति विदेश लान्छन् यस्तै सुनेको हो । अहिले देख्छु नेताहरूका प्रतिस्पर्धामा आलिशान निवास निर्माणमा विदेश भ्रमणमा सवार सवारीमा रिसोर्ट होटेलमा नेताका गाडी चलाउने राम बहादुर तामाङले सोध्यो– यो गणतन्त्र भनेको को हो ? |
खुलेको छ सपनाको बजारफेरि एकपटक खुलेको छ सपनाको बजार आउनुस देख्नुस राम्रो सपना र लेखिदिनुसस् उसको नाउँमा तपाईंको कमसे कम अर्को पाँच वर्षको जिन्दगी फेरि एक पटक खुलेको छ सपनाको बजार तपाईं चामलजस्तो केलाएर हेर्न सक्नुहुन्न लुगाजस्तो छामेर अनुभव गर्न सक्नुहुन्न उसका सबै भनाइ शत प्रतिशत विश्वास गर्ने हो उसले भन्दै जान्छ, तपाईंले सुन्दै जाने हो आँखा चिम्लिने हो, सपना देख्ने हो आउनुस तपाईंलाई कुन सपना मन पर्छ रोज्नुस् एक सपना फेरि एकपटक खुलेको छ, सपनाको बजार । आफै बाँचेर गरिबीको रेखामुनि पाल्नुस एक पल्टन शासकहरू भोग्दै अनियमितता चुनिदिनुस बेठेगान संबिधान सभाका अनिश्चितकालिन सभासद्हरू सरकार बनाउन सहयोग गर्नुस र, गर्नुस् सरकार नभएको अनुभूति रोज्नुस एक सपना फेरी एक पटक खुलेको छ सपनाको बजार छाप्रो उधारेर गर्नुस मद्दत बनाउन लथालिंग पार्टीका आलिशान भवनहरू छाक काटेर गर्नुस सहयोग निर्माण गर्न गरिब कार्यकर्ताका धनी नेताहरू लेखिदिनुस् उसका नाउँमा तपाईका उर्वर जवानीका पाँच वर्ष फेरि एकपटक खुलेको छ, सपनाको बजार । रिक्सा चलाउनुहुन्छ त के भो र ? निजी गाडीमा सयर गरेको सपना देख्नुस निजी गाडीमा हिँड्नुहुन्छ भने हवाईजहाज किनेको सपना देख्नुस् सपनै न हो किन देख्नु ससाना सपनाहरू सबै पीडा बिर्सेर एक छिन उसले बाँडेको सपना देख्नुस् फेरी एक पटक खुलेको छ सपनाको बजार छन् ऊसँग थरीथरीका सपना छन् ऊसँग प्रत्येक वर्गका सपना ऊ सपनाको कारखाना नै हो अहिल्यै निकालेर दिन्छ भिन्न मोडेल र ब्रान्डका सपना मात्र लेखिदिनूस् तपाईंका अमूल्य जीवनका अर्को पाँच वर्ष फेरि एकपटक खुलेको छ, सपनाको बजार । अँध्यारो गाउँमा अर्को महिनादेखि बिजुली बत्ती बाल्न पाइने सपना सुक्खा जमिनहरू पानीले भिजाएर राम्रो बाली भित्र्याउने सपना सपनाको बजारमा यो पनि केही सपना हो र ? देख्नुस् तपाईं दुई सय तला माथिको गगनचुम्बी घरमा आरामसँग बसेको सपना देख्नुस् तपाईं इन्द्रेणीको धागोबाट संसार भ्रमण गरेको सपना मात्र लेखिदिनुस् तपाईंका अमूल्य जीवनका अर्को पाँच वर्ष फेरि एकपटक खुलेको छ, सपनाको बजार । एकातिर जमिनदारलाई जमिन अझै थपिदिने सपना पुँजीपतिलाई अझै पुँजी जोहो गर्ने सपना कालोबजारीलाई मनपरी भाउ बढाउने सपना अर्कोतिर सुशासन र समानताका सपना पहिचान र संघीयताका सपना क्रान्तिकारी परिवर्तनका सपना ठाउं र स्रोताको उपस्थिति हेरी सुदूर साम्यवादका पनि सपना सबै एकै मनचिन्ते झोलाबाट निकालेर बाँडी रहेको छ सपना मात्र छाप लगाइ दिनुस् उसको नाममा तपाइको उर्बर जीवनको अर्को पाँच वर्ष फेरि एक पटक खुलेको छ सपनाको बजार नयाँ घरको सपना देख्दा देख्दै बेघर भएका सहर पानीले पखालिने सपनामा आफै काकाकुल भएका किनेर सपना आफैँ बेचिएका धेरै ठगिएका, झुक्किएका छन् मानिसहरू फेरि पनि सपनाको बजारमा सपना किन्नेहरू छन् झुक्किएका दशकहरू बिर्सेर नयाँ सपनामा आश गर्नेहरू छन् किन्नुस् तपाईं पनि एक थान वा अनगिन्ती सपनाहरू फेरि एकपटक खुलेको छ, सपनाको बजार । |
मृत शहरकुनै बेला आशले कुनै बेला त्रासले बाँचेको अभिनय गरिरहेका लाशहरूको मौन शहर हो यो खान जानेका लाउन जानेका उत्सव र भोजमा रम्न जानेका सत्य कुरा सही ठाउँमा भन्न नजानेका घाउ पकाएर भित्रभित्रै आफै पिल्सिरहेका आफ्नो कुरा अरुले भानिदेलाकी भनेर मुख ताकिरहेको कहिले त्रास र कहिले आशमा बाँचेको अभिनय गरिरहेका लाशहरूको मौन शहर हो यो कुनै बेला एक बौलाहाले यो शहरको नेतृत्व गर्थ्यो बीच शहरमा नांगै उभिएर शहरबासीहरूको उपहास गर्थ्यो त्यतिखेर उनीहरू त्यो बौलाहा नै नदेखेको अभिनय गर्थे कसैलाई बौलाहाले एक थप्पड हानेछ भने नदुखे झैं गरी घरमा गएर रुन्थे धेरै शताब्दीदेखि बहुलाहाहरूले राज गरिरहेछन् यो शहरमा आफूखुसी कानुन बनाइ रहेछन् बौलाहाहरूको जनसङ्ख्या बढाइ रहेछन् यो शहरका पुराना बासिन्दाहरू जो आफूलाई आदिबासी पनि भन्छन् बहुलाहाहरूको नेतृत्वमा मृत्यु सकारी रहेछन् बाँचेको अभिनय गरिरहेछन आफ्नो कुरा स्पष्ट राख्न नजानेका आफ्नो अस्तित्व आफै स्वीकार गर्न नसकेका आफूमाथि अरु कोही आइदिए सजिलो हुन्थ्यो भनेर पछाडि पछाडि सरिरहेका हुतिहाराहरूको शहर हो यो कुनै बेला आशले कुनै बेला त्रासले बाँचेको अभिनय गरिरहेका लाशहरूको मौन शहर हो यो । |
भारतमेरो सानो नेपालले धेरै ठूलो भारत अटाएको छ बिचारमा भारत संस्कारमा भारत सञ्चारमा भारत भन्सारमा भारत नियुक्तिमा भारत पजनीमा भारत सडकमा भारत सरकारमा भारत पक्षमा भारत प्रतिपक्षमा भारत रोगमा भारत औषधिमा भारत तेलमा भारत तरकारीमा भारत राजधानीमा भारत मोफसलमा भारत दरबारमा भारत झुपडीमा भारत हिमालमा भारत तराईमा भारत सिमानामा भारत पाइला–पाइलामा भारत पल–पलमा भारत मेरो सानो नेपाल भित्र ठुलो भारत अटाएको छ । |
मुकुण्डोजुन अनुहारलाइ मैले होस सम्हालेदेखि नै चिनेको थिएँ आज समयले सार्वजनिक गरिदियो त्यो मुकुण्डो रहेछ जब परिस्थितिले खुल्नै पर्ने बनायो थाहा भो अनुहार बेचेर मुकुण्डो लगाई रहेको रहेछ कसले कुन बेला अनुहार फेर्छ कसले कुन बेला बोली व्यवहार फेर्छ अनुमान गर्ने गाह्रो हाम्रो विचार र विकासको प्रतिनिधि भनेर भोटले जिताएर पठाएको त्यहाँ पुगेपछि कसको प्रतिनिधित्व गर्छ मान्छे हुन्छ कि गधा खसी बोका हुन्छ कि भेंडा वा अवसर दिए जस्तै हुन्छ नयाँ नेपालको सही प्रतिनिधि विश्वास गर्ने गार्हो मुकुन्डो भनेर नै चिन्न पाएको भए केही भन्नु नै थिएन उसले त फेरिरहन्छ अनुहार भनेर अनुमान गर्न मिल्छ खसी बोका भनेरै पठाएको भए पनि गुनासो गर्नु पर्ने नै थिएन सक्नेले किनेर लैजान्छ नि भनेर चित्त बुझाउन मिल्छ हामीले परिचय गर्दा त ऊ जनावर थिएन मान्छे थियो हामीले संगत गर्दा ऊ असाधारण त्यागी र सरल थियो यति गन्हाउने कसिंगर होला ऊ भनेर कल्पना नै गर्न गाह्रो जुन सिद्धान्तका कुरा गरेर थाक्दैनथ्यो ऊ त्यो त हामीलाई निशुल्क उसको दास बनाउने सजिलो साधन रहेछ जुन अनुहारलाइ मैले होस सम्हालेदेखि चिनेको थिएँ आज समयले सार्बजनिक गरी दियो मुकुन्ड़ो रहेछ ! |
सम्मानित अग्रजहरून उमेर को ख्याल छ, न शरीरको न बोलीको भर छ, न सोमतको न अधिकारको होश छ, न कर्तव्यको लाशलाई कुर्सीमा टाँसी रहने लालच बोकेर हिंडीरहेछन मेरा सम्मानित अग्रजहरू सहज हस्तान्तरण हुँदैन यो मुलुकमा अर्को हिंसा र ध्वंसको आन्दोलन कुरिरहेछन् मेरा देशका स्वप्न निर्माताहरू विचार र निस्ठाले हारिरहनु पर्ने सद्भाव र सहनले पछारिइरहनु पर्ने यो कस्तो गणतान्त्रिक लोकतन्त्र हो जसको लागी बलिदान भएछ एक युग निर्माणमा खट्न चाहेकाहरू बिस्थापित भइ रहनु पर्ने उमेरको ख्याल छ, न शरीरको न बोलीको भर छ, न सोमतको न अधिकारको होश छ, न कर्तव्यको लाशलाई कुर्सीमा टाँसी रहने लालच बोकेर हिँडीरहेछन् मेरा सम्मानित अग्रजहरू सहज हस्तान्तरण हुँदैन यो मुलुकमा अर्को हिंसा र ध्वंसको आन्दोलन कुरिरहेछन् मेरा देशका स्वप्न निर्माताहरू । |
पिलर हरायोकति दशकदेखि सिंहदरबार भित्रै हराएका छन् ‘पिलरहरू’ मर्मत गर्न नमिल्ने गरी कुच्चिएका छन ‘पिलरहरू’ सिंहदरबार नै बलियो नभएपछि हराउने नै भए सिमानाका पिलरहरू सिंहदरबारको ‘पिलर’ नफेरेको होइन मर्मत रंग रोगन नगरेको होइन पिलरका डण्डीनै खिया परेर हो कि वा कसैले कडा एसिड खन्याएर हो बाहिरबाट अजङ्गको देखिने सिंहदरबार जहिले पनि भत्किने डर भइरह्यो जब कमजोर बन्छन् सिंहदरबारका ‘पिलरहरू’ कुच्चिने नै भए सिमानाका पिलरहरू बेला बखत सिंहदरबारकै पिलरहरू हराउँछन् बाहिरबाट खोजेर पुन ठड्याइएको छ बेला बखत सिंहदरबारकै पिलर कुन मातले ढल्छन् कति मुस्किलले सिंहदरबार बोक्न लगाइएको छ जब सिंहदरबारकै पिलरहरू यति चन्चल हुन्छन् भने भास्सिने नै भए सिमानाका पिलरहरू । |
सिंह दरबार ब्यस्त छकाम छ भ्याइ नभ्याई छ दौडादौड छ सिंहदरबार छिर्नेको लाम छ कोठा कोठा भित्र कोठा कति कति कोठा कति बैठक कति कानेखुसी कति गोप्य कति चिया कति बेफुर्सद सिंहदरबार ब्यस्त छ के काम हो कुन्नि के का लागि कुद्छन् कुन्नि देश त जहाँको त्यहीँं छ यस्तो लाग्छ देश र सिंहदरबारको परिचय छुट्टिएको छ काठमाडौँको केन्द्रमा अवस्थित सिंहदरबार के के निर्णय गर्छ हरेक दिन जनतासँग अलग्गिँदै गएको छ सिंह दरबार ब्यस्त छ काम छ भ्याई नभ्याई छ दौडादौड छ सिंहदरबार छिर्नेको लाम छ कोठा कोठा भित्र कोठा कति कति कोठा कति बैठक कति कानेखुसी कति गोप्य कति चिया कति बेफुर्सद सिंहदरबार व्यस्त छ । |
मेरो काँधमैले बोकेर ल्याएँ त्यो पहिलो गाडी जस्ले बोक्यो महाराजहरू म चितलाङको एक भरिया मेरो के नाम हुनु गाडीको हुन्छ आफ्नो ब्राण्ड मेरो के पहिचान हुनु म जन्मेदेखि नै किचिएको छु बोकेर मैले नलिएको ऋणको भार म बेहोसी मैं बरबराइ रहेको छु लागेर मैले नपिएको नशाको मात मेरो नाममा कसकसले सहिछाप गरे मलाइ थाहा छैन मेरो काँधमा के के पोको पारेर राखिएको छ मलाइ थाहा छैन एक बड्को जाँड र एक घुट्को कोदोको रक्सी हो मैले पिउने मेरो जीवन कसले चुसीरहेछ मलाई थाहा छैन कसले मेरो अध्ययन गरी रहेछ कसले मेरो अनुसन्धान गरी रहेछ मेरो उत्थानका नाममा म माथि को चढी रहेछ मलाई थाहा छैन सबै कुरा बोक्न सक्ने मेरो काँधमा जस्ले चढ्यो उसले किन इर्श्या गरी रहेछ मलाई थाहा छैन । |
कुखुराहरूपहिले कुखुराहरू बाहिर चर्थे आफै खोज्थे खानेकुरा फालिएका अन्न गड्यौला किरा सबै खान्थे खुवाउँथे राम्रै फुल पार्थे बलिया चल्ला कोरल्थे अहिले कुखुरालाई रेडीमेड दाना खाने बानी लागेको छ एकै ठाउँमा खाने फोहोर गर्ने कतै नचलिकन मोटाउने बानी लागेको छ न चल्ला कोरल्ने झन्झट न खानेकुरा खोज्ने मेहनत कसैले छरिदिएको दाना खाइरहनका लागि अहिले कुखुरालाई खोरभित्र रमाउने बानी लागेको छ । |
आशा गरौँआशा गरौँ जुँगाहरूले पाइताला चाट्ने छैनन हामीहरूलाइ सूर्यतिर फर्काएर आफै अँध्यारोमा हराउने छैनन् शब्दहरू लज्जित छन् भावहरू भयभित छन् उनीहरूका बोलीबाट, र पनि आशा गरौँ रहिरहनेछ नाकको इज्जत नाकहरू कुनै चिल्लो भित्तामा ठोकिएर फुट्ने छैनन् यी आन्दोलनहरू नाकबिहीन हुने छैनन् आशा गरौँ जुँगाहरूले पाइताला चाट्ने छैनन् छायाँलाइ बुझ्न घाम भन्नुपर्ने भयो रातलाइ बुझ्न दिन भन्नुपर्ने भयो शब्द खिइरहेको छ विश्वास बगिररहेको छ र पनि आशा गरौँ शब्दकोषहरू शब्दहीन हुने छैनन् आशा गरौँ शब्दहरू अर्थहीन हुने छैनन् हामीहरूलाई सूर्यतिर फर्काएर आफै अँध्यारोमा हराउने छैनन् आशा गरौँ जुँगाहरूले पाइताला चाट्ने छैनन् । |
बन्दुक र रातो गुराँसप्रिय ! मेरो प्यारो मान्छे प्रत्येक बर्ष आउंछ १४ फेब्रुअरी र त्यहीबेला आउँछ फागुन १ म एकै पटक सम्झन्छु त्यो जंगलको गुराँस र तिमीसँगको प्रणय हामीले भिरेको बन्दुक र देश प्रतिको प्रेम म सम्झन्छु, जंगलमा हिँड्दाका थकित दिनहरू भोक, तिर्खा र मारिने डर त्यतिखेरै सम्झंछु तिम्रो प्रेमपुर्ण नजर मेरा दुइ सपना मेरो देशको मुक्ति र मेरो प्रेमको सफलता मसँग हुन्थे एक रातो गुराँस र एक बन्दुक सोह्र बर्षमा टेकेकी थिएँ दससम्म पढेकी थिएँ आमाको काख र स्कुल छोडेर युद्धमा होमिएकी थिएँ मेरो भोक, मेरो शिक्षा, मेरो परिवार भन्दा ठुलो मेरो देशको मुक्ति मैले नगरे कसले गर्छ ? मैले नलडे कसले लड्छ ? मैले यहि सिकेकी थिएँ चार बर्षपछि तिमीलाई भेटेकी थिएँ घोप्टे भिरमा भाग्दा भाग्दै जब चिप्लियो मेरो खुट्टा तिमीले मलाई अचानक अँगालेर उडेका थियौ मैले मेरो झरिसकेको जिन्दगी र तिम्रो अँगालो पाएकी थिएँ बन्दुक भिरेरै मनमा रातो गुराँस फुलाएकी थिएँ मेरो प्यारो मान्छे मेरो कमरेड अहिले त बुझाईसकें बन्दुक र त्यसप्रतिको आस्था र पुरानो सपना पनि अहिले फर्केर आएको छ भोक र म खोजिरहेछु एउटा रोजगार मलाई चाहिएको छ सीप र ज्ञान पल्टाई रहेछु पाठ्यपुस्तकहरू तिमी मेरो अगाडि भएको भए के भन्थ्यौ कुन्नि कमरेडहरू पनि पुरानै स्कुल गैरहेछन् पुरानै डिग्रीमा गौरब गरिरहेछन् पुरानै सिंहदरबार मर्मत गरिरहेछन् म सिंह दरबारको गेट अगाडि भारतीय मेवा र चाइनिज स्याउ बेचेर गुजारा गरिरहेछु मलाई थाहा थिएन युद्ध र प्रणय दिवस सँगसँगै आउँदो रहेछ म सम्झिरहेछु उही गुराँस उही बन्दुक मेरो प्यारो मान्छे म तिमीलाई संझिरहेछु । |
दिल्लीकुनै बेला हवाईजहाज चढेर विदेश जाने यो एउटा मात्र प्रबेशद्वार थियो नेपालबाट बिदेश जान वा बिदेशबाट नेपाल आउन केही समय दिल्ली ट्रान्जिटमा बस्नै पर्ने हुन्थ्यो, पहिल्यै सुरक्षा जांच भइसकेका सामानहरू र शरीरका संवेदनशील अंगहरू दिल्लीमा चेक हुने गर्थ्यो अहिले त नेपालबाट भित्र बाहिर गर्ने अरु पनि विकल्पहरू छन नयाँ ट्रान्जिट शहरहरू छन तर दिल्लीको प्रभाब घटेको छैन दिल्लीको दबाब कटेको छैन नेपालीको जीवनको बाटो छेकेर बसेको छ दिल्ली नेपालबाट नेपाल आउने (जाने कुनै पनि बाटोको एक मात्र प्रबेशद्वार भएको छ दिल्ली, जस्तै सिंहदरबार जानु र आउनु अघि अनिवार्य ट्रान्जिट स्टेसन भएको छ दिल्ली । |
Bसुरक्षाएक दिन हाम्रो गाउँमा एउटा अजंगको गिद्ध आइपुग्यो र भन्यो— म शाकाहारी गिद्ध हुँ म तपाईंहरूको काखे बालकहरू ठुँग्ने छैन म तपाईंहरूको चल्लाहरू च्यापेर उड्ने छैन गाउँले हो ! गिद्ध देखेर डराउनु पर्दैन यो गाउँमा गिद्धहरूको तर्फबाट गाउँकै सुरक्षाको लागि आएको हुँ । अर्को दिन हाम्रो गाउँमा एउटा मोटो श्याल आईपुग्यो र भन्यो— म जोगी हुँ र धर्मात्मा श्याल हुँ म तपाईहरूका कुखुरा चोर्ने छैन म तपाईहरूका बाख्रा मार्ने छैन म तपाईहरूको मन दुखाउने छैन म श्यालहरूको तर्फबाट तपाईंहरूको गाउँमा सुरक्षाको निम्ति खटिएको हुँ तपाईंहरूले अब सुरक्षाको चिन्ता गर्नु पर्दैन । अहिले यी दुइ सुरक्षाकर्मीहरू हाम्रा गाउँका आँगनहरूमा चहारीरहेछन् हाम्रा कुखुरा, पाठा, चल्लाहरूको लगत राखिरहेछन् गाउँलेहरूको सन्चो बिसन्चो सोधिरहेछन् गाउँलेहरू मध्ये कोही सुरक्षा बिरोधी छन् कि भनेर खोजिनीति गरिह्ेछन् असुरक्षाको कहिल्यै महसूस गर्न नपरेको चोरी डकैतीको सम्भावनानै नभएको हाम्रो गाउँमा गिद्ध पहरा दिइरहेको छ र स्यालले गरिरहेको छ रखवारी । |
अग्रजहरूसँगकि कुद्नुस् तपाईंको पछिपछि आउन ठाउँ दिनुस् कि छोडनुस् बाटो साइड लाग्नुस् हामीलाई कुद्न दिनुस् कुद्न पनि सक्नु हुन्न बाटो पनि छोड्नु हुन्न भने तपाईं आफ्नो बाटो लाग्नुस् हामीलाई आफ्नो बाटो रोज्न दिनुस् । |
एक्लो यात्रीऊ हाम्रो पार्टीको मान्छे होइन । गुटको पनि होइन । न भन्न जाने ठाउँ छ न सुन्न जाने ठाउँ छ उसको । उसलाई चिनेजस्तो नगर्नू उसका कुरा सुनेजस्तो नगर्नू फेसबुकमा लाइक पनि नगर्नू सके उसका घरमा भतेर खाइदिनू चन्दा दान उठाइलिनू अनि मिलेर मनचिन्ते आरोप लगाइदिनू यसो भनौँ ऊ एक्लो बुख्याँचा हो मान्छे नै होइन उसलाई सुनियोजित कुखुरो बनाइदिनु । |
हामीलाई सन्चै छघर पुरै भत्केको छ खेत चर्केको छ त्रिपाल ओढेको छ आधा ज्यानमात्र भिजेको छ आधा परिवार अझै जिउंदै छ कहिले “चा–उचाउ” डुलेर आइपुग्छ कहिले “चा–मल” खुलेर आइपुग्छ हामीलाई सन्चै छ हामीलाई ठिकै छ घर बनाउन ढुंगा प्रशस्त छ भिर ओर्लेर आँगनमा आइपुगेको छ माटो मुछ्न पानी पनि छ खोला उर्लेर गाउँतिर आएको छ ज्यान बचाउन मात्र गाह्रो छ छाक जोगाउन साह्रो छ होइन भने ठिकै छ हामीलाई सन्चै छ । |
हामीलाई सन्चै छघर पुरै भत्केको छ खेत चर्केको छ त्रिपाल ओढेको छ आधा ज्यानमात्र भिजेको छ आधा परिवार अझै जिउंदै छ कहिले “चा–उचाउ” डुलेर आइपुग्छ कहिले “चा–मल” खुलेर आइपुग्छ हामीलाई सन्चै छ हामीलाई ठिकै छ घर बनाउन ढुंगा प्रशस्त छ भिर ओर्लेर आँगनमा आइपुगेको छ माटो मुछ्न पानी पनि छ खोला उर्लेर गाउँतिर आएको छ ज्यान बचाउन मात्र गाह्रो छ छाक जोगाउन साह्रो छ होइन भने ठिकै छ हामीलाई सन्चै छ । |
कारखानाहाम्रा केहि कारखानाहरु छन् जो दूतहरु उत्पादन गर्छन् हाम्रा केहि दूतहरु छन् जो कारखानाहरु उत्पादन गर्छन् कतै दर्ता गर्नु नपर्ने कर तिर्नु नपर्ने साइनबोर्ड झुण्ड्याएर देखाउनु नपर्ने विज्ञापन गर्नु नपर्ने न खुल्ला न भूमिगत हाम्रा कारखानाहरु छन् जो दूतहरु उत्पादन गर्छन्र ती दूतहरु कसैले अहिले समर्थन गर्छन् पछि बिरोध गर्छन् कसैले पछि समर्थन गर्छन् अहिले बिरोध गर्छन् जसरी बन्छ हाम्रो रणनीति दूतहरु झगडा गरिरहन्छन् मिली रहन्छन् दूतहरु आफ्ना काम गरि रहन्छन् गरि रहन्छन् । |
पुरानो सम्झनाम आएको थिएँ तिम्रो मूलढोकामा पुरानो सम्झना समझाउं कि भनेर कति जीवन्त थियो पुरानो अभिभादन पुरानो मुस्कान पुरानो चिया पुरानो आँशु पुरानो अट्टहास तिमी बसेको नयाँ घरमा मैले खोजें त्यही पुरानो परिचय भेटिंन कुनै पुरानो सबै थिए नयाँ नयाँ गाडी नयाँ ड्राइभर नयाँ प्रबिधि नयाँ सहायक नयाँ साथी नयाँ गठबन्धन पुरानोको कुनै नाम निशान थिएन म आएको थिएँ तिम्रो ढोकामा पुरानो घाउको खत देखाउं की भनेर मैले हेरें एकछिन तिम्रो नयाँ ढोका त्यहि ढोकामा रहेको ऐनामा आफ्नो सम्पूर्ण रुप अनि फर्कें चुपचाप म आएको थिएँ एक छिन एक अंगालो मारौँ कि भनेर म आएको थिएँ पुरानो कुरा सम्झेर एक छिन संगै आँसु झारौँ कि भनेर म आएको थिएँ तिम्रो मूलढोकामा पुरानो सम्झना सम्झाउँ कि भनेर । |
हुन्छ, हसहुन्छ, हस म तिमीलाइ भोट हाल्छु । तिमीले मेरो घर भत्काउन पठाएको डोजरलाइ भोट हाल्छु । डोजरको धक्काले घर हल्लिँदा आत्तिएर त्रस्त बा आमाहरूको मृत्युदातालाइ भोट हाल्छु । चूडामणिका चेकहरू, ल्हार्क्यालका नोटहरू, अरु ककस्लाई हाल्नु पर्ने हो महाशय भन मेरो पहिचानको बिरुद्ध मेरो मान्यताको बिपरित चुनावमा भइरहेको साहुहरूको लगानी निर्वाचन आयोगको लूट चुपचाप हेर्छु । म तिमीलाइ भोट दिन्छु । |
जुद्ध सडकआज पनि नयाँ सडकको चोकमा उभिरहेको छ जुद्ध शमशेर मृत्युको लामो अन्तरालपछि पनि परिवर्तनको लामो इतिहासपछि पनि छोरी बुहारीहरू घर घरबाट उठाएर उसको दरबारमा ल्याउन आदेश दिई रहेछ जुद्ध शमशेर आज पनि नयाँ सडकको चोकमा उभिरहेको छ जुद्ध शमशेर यो नयाँ सडकमा कुनै समय बग्गीहरू गुड्थे रैतीहरू टाउको निहुराएर हेरी रहन्थे कुनै समय गाडीहरू गुड्थे प्रजाहरू टाउको निहुराएर नै हेरीरहन्थे हिजोको प्रजातन्त्रमा पनि जुद्ध शमशेरहरू कै संस्करण थिए माथि जनता त बेखबर थिए समय बगे जस्तै बग्दै छ जुद्ध सडकमा नयाँ पुस्ताहरू जुद्ध सडक नै हो आजको नयाँ सडक जुद्ध सडक नै हो आजको न्युरोड नाम फेरे पनि त्यहाँ जुद्ध शमशेरको सालिक छ नाम फेरि पनि जुद्ध शमशेर नै आज गणतन्त्रको मालिक छ जुद्ध शमशेर हिजो बग्गी चढेर आउँथ्यो यो सडकमा जुद्ध शमशेर गाड़ी चढेर आउँथ्यो यो चोकमा र बलात्कार गर्थ्यो नागरिकका चेलीहरू आज त्यहि जुद्ध शमशेर जन–आन्दोलन चढेर आएको छ नेतृत्व गरिरहेछ हाम्रो राजनीति फलस्वरूप बलात्कृत छन् हाम्रा बालिकाहरू अपहरित छन् हाम्रा आमाहरू जुद्ध सडकमा जुद्ध शमशेरका बिरुद्ध धेरै नारा घन्केको हो धेरै जुलुस हिंडेको हो धेरै आन्दोलन चलेको हो केहि समय भूमिगत हुन्छ फेरि पनि मूलधारमा पुनर्जीवित भएको छ जुद्ध शमशेर जनताहरू के गरुन् कति आँसु झारे होलान् कति पसीना बगाए होलान् कति रगत पखाले होलान् कति नाम फेरे होलान् कति सपना देखे होलान् तर समयले उप्काएका पाप्राहरू फेरी टाँस्दैछ जुद्ध शमशेर र उभिरहेछ सम्मानपूर्वक भिन्न स्वरूप र संस्करणमा सरेर नयाँसडकबाट नयाँ सिंहदरबारतिर नयाँ बालुवाटारतिर हुर्कंदै छ जुद्ध शमशेर हजारौँ शहीदको बलिदान पश्चात पनि निर्बिघ्न घुमिरहेछ जुद्ध शमशेर हेर हेर जुद्ध शमशेर कसरी स्थापित हुँदै छ नयाँ पुस्ताहरूमा नयाँ विचारहरूमा नयाँ सिद्धान्तहरूमा कहाँ के कमजोरी भयो कि नयाँ बगैंचाहरूमा फुल्दैछ जुद्ध शमशेर । |
माटो बिक्रीमाजहाँ शिर ठाडो गरेर उभिने गर्थें मैले टेकिरहेको त्यही हो त्यही माटो बिक्रीमा ? मेरो स्वाभिमान मेरो आस्था मेरो दम्भ मेरो प्रेम सबै सबै बिक्रीमा ? बेहोसी मै सबै होसहरू बिक्रीमा ? मैले टेक्ने गरेको माटो बिक्रीमा ? |
धनी गरीब“उहाँको पछि किन लाग्नु भो त ?” “सिद्धान्तका लागि” “के सिद्धान्त “सबै गरीबले खान लाउन पाउने सिद्धान्त” “कति बर्ष भो उहाँको पछि लागेको ?” “४० बर्ष” “अनि के भो त ?” “हाम्रो सत्ता आएपछि सबै गरीबले खान लाउन पाउँछन् भन्नु भाछ” “उहाँहरूको सत्ता त आयो नि” “खाने लाउने प्रक्रिया पनि आयो नि” “कसरी” “उहाँहरू गरीब नै हुनुहुन्थ्यो, हामीले चन्दा दिन्थ्यौँ, अहिले हामी उहाँहरूसँग मागेर चलाउँछौँ” “गरीबका कुरा नि” “यसरी नै बिस्तारै बिस्तारै सबै गरीब धनी हुन्छन् भन्नु भाछ ।” |
प्रजातन्त्रको हत्याचुनाव खर्च दिएको छ घरपार्टी चलाएको छ निरन्तर पालेको छ अनि कसरी भन्न सकिन्छ उसले गुण्डागर्दी गरेको छ मान्छे मारेको छ लुटेको छ हप्ता उठाएर दुःख दिएको छ म भन्छु लाज नमानीकन भन्छु इन्काउन्टर गर्ने पुलिसले अन्याय गरेको छ एक सच्चा प्रजातन्त्रको रक्षकको हत्या गरेको छ । |
अग्रजहरुसँगकि कुद्नुस् तपाईंको पछिपछि आउन ठाउँ दिनुस् कि छोड्नुस् बाटो साइड लाग्नुस् हामीलाई कुद्न दिनुस्। कुद्न पनि सक्नुहुन्न बाटो पनि छोड्नुहुन्न भने तपाईं आफ्नो बाटो लाग्नुस् हामीलाई नयाँ बाटो रोज्न दिनुस्। |
सिंहदरबारनयाँ पार्टी नयाँ निर्वाचन नयाँ सरकार नयाँ मन्त्री नयाँ कुर्सी नयाँ पिए नयाँ सल्लाहकार। पुरानो सचिव पुरानो कर्मचारी पुरानो फाइल पुरानो निर्णय पुरानो बानी पुरानो परम्परा। |
मेरो देशको नागरिकतामेरो देशको नागरिकता जसमा टांसिएको छ मेरोे पुरानो पानी फोटो मेरो उमेर मेरो ठेगाना सबै छ मसंग एक थान छ मेरो देशको नागरिकता मलाइ थाहा थियो मेरो देशको नागरिकता भोट दिँदा काम लाग्दैन मेरो नाममा कुनै अनागरिकले मेरो नाममा भोट हालिसकेको हुन्छ मलाइ थाहा थियो मेरो नागरिकता अनिकालमा काम लाग्दैन मेरो नाममा अरु कसैले अनाज गोदाम गरिसकेको हुन्छ मेरो नागरिकता अस्पतालमा काम लाग्दैन मेरो नागरिकताको नम्बर हालेर पाइने औषधि स्टोरकिपरले आफैलाइ बांडीरहेको हुन्छ मलाइ थाहा थियो मेरो देशले मेरो गाँस बासको जिम्मेवारी लिँदैन मलाइ थाहा थियो मेरो देशले मेरो मेरो शिक्षा र सुरक्षाको जिम्मा लिँदैन देश बाहिर त धेरै पटक एक गाँसकै लागि अनागरिक भएको छुं फालेर मेरो देशको परिचय शरणार्थी भएको छुँ नाघेको छुँ ठूला जंगलहरु चौडा नदीहरु जिन्दगी ? यसलाई फालेको छुँ पटक पटक अरबपतिहरुको आँगनमा मलाई के गारा यो महाकाली तरेर देश फर्कन म त आएं सजिलै बोकेर नागरिकता मलाइ थाहा थिएन यही नागरिकता मेरो देश सम्झेर फर्कंदा पक्राउ पर्ने चिर्कटो हुनेछ |
धनी गरीब“उहाँको पछि किन लाग्नु भो त ?” “सिद्धान्तका लागि” “के सिद्धान्त ?” “सबै गरीबले खान लाउन पाउने सिद्धान्त” “कति बर्ष भो उहाँको पछि लागेको ?” “४० बर्ष” “अनि के भो त ?” “हाम्रो सत्ता आएपछि सबै गरीबले खान लाउन पाउँछन् भन्नु भाछ” “उहाँहरूको सत्ता त आयो नि” “खाने लाउने प्रक्रिया पनि आयो नि” “कसरी” “उहाँहरू गरीब नै हुनुहुन्थ्यो, हामीले चन्दा दिन्थ्यौँ, अहिले हामी उहाँहरूसँग मागेर चलाउँछौँ” “गरीबका कुरा नि” “यसरी नै बिस्तारै बिस्तारै सबै गरीब धनी हुन्छन् भन्नु भाछ ।” |
थप अनुसन्धान भइरहेको छपहिले पहिले हजूरआमाको सुन आधा तोला आमाको सुन चार तोला अहिले हजारौंको रगत लाखौंको पसीनाले सिंचेर ल्याएको अर्थात झ्याम्म चिट्ठा परेर आएको यो गणतन्त्रमा जसरी मनको कुरा बुझ्न गारो छ बैंकको खाता हेरेर नगद कस्को भन्न गारो छ लालपुर्जा हेरेर घर धनी को हो भन्नै सकिन्न कुरो सुनेर बुझ्न गारो छ तिम्रो थैलीको पैसा गन्न जस्तो सजिलो छैन धनको कहाँ मन हुन्छ मनले कसरी धन बुन्छ भन्न गारो छ ए आमै ! तोलाका दिन गए सुन नाप्ने नयां नापी आको छ एक हजार ग्रामको एक किलो ग्राम एक हजार किलो ग्राम को एक टन यस्ता टनका टन ओसार्छन डन केरकार त गर्छु को संग मिलेर ल्याउंछस ( लौ अहिल्यै भन ! उ बोल्दै बोल्दैन बोल्छ आफ्नै मोबाइल फोन भनेर साध्यै छैन बोलेर बोल्नै सक्दिन सकेसम्म जागीर जोगाउने हो नसके पछि कमसेकम ज्यान त जोगाउने नै हो अनि भन्दिन्छु आमा ! थप अनुसन्धान भइरहेको छ । |
अ–कविता १अस्तिसम्म मैले भनेको मान्थे मलाइ नसोधि केही गर्दैनथे मेरो समग्र परिवारलाइ लाभको पदमा पारिहाल्थे यसपटक मेरी छोरीलाई छात्रवृत्ति मिलाइदिएन मेरी बुढीलाई सांसद पनि बनाइ दिएन अनि के गरी बस्नु यो पार्टीमा नयाँ पार्टी नखोली बस्नै सकिएन हिजो उसैले दिएको खान्थें उसैसँग मागेर पिउँथें आज उसले खाएको जति सबै फोहोर भन्दिएं उस्को खाना पानी सबै सिद्धान्तहीन भन्दिएँ केही असन्तुष्ट र असल केही गफाडी केही असफल मानिसहरू जम्मा गरेँ तिरीमिरी सपना देखाइ दिएँ नयाँ पार्टी बनाइ दिएँ । मेरी छोरीलाई छात्रवृत्ति मिलाइदिएन मेरी बुढीलाई सांसद पनि बनाइ दिएन अनि के गरी बस्नु यो पार्टीमा नयाँ पार्टी नखोली बस्नै सकिएन नयाँ पार्टी घोषणा गरिदिएं । |
नागरिक अधिकारजसरी बनाउनेहरुले बनाउने बेलामा नै हिंड्नै नहुने बनाउंछन् मैले नहिँडी नहुने पेटीहरु जसरी संगै जोडिएको पसलेले अतिक्रमण गर्छ मैले पाइताला नटेकी नहुने भूमि जसरी संविधानमा उल्लिखित अधिकारका अक्षरहरुबाटै किचेर मारिन्छ नागरिक जसरी कुनै पनि हत्या नदेखेझैं मौन भइदिन्छन् मेरै सहयात्री म कसरी बस्न सक्छु बन्द लकरमा “सुरक्षित” साँचेर आफ्ना तिखा आँखाहरु ? |
कालो सूचीम उसलाई चिन्छु उसले पनि मलाई चिन्छ त्यसैले ऊ कालो सूचीमा छ । उसले मेरो पुरानो घर देखेको छ मेरो आँगन टेकेको छ जुत्ता नपाएर फुटेको गोडाबाट निस्केको रगत पिंडालु उसिनेर भतेर लगाएको भान्सा सबै बिगत बुझेको छ अहिले शहरमा कतै खोजेर आउला पुरानो नाम लिएर हाम्रो नयाँ निवास उसलाई बाटैमा रोक्नु ऊ कालो सूचीमा छ । म उसलाई चिन्छु उसले पनि मलाई चिन्छ त्यसैले ऊ कालो सूचीमा छ । उ बेलाको उपद्रो उसलाई कण्ठाग्र छ क्रान्तिका नाममा के भन्थें र के गर्थें के देखाउँथें के लुकाउँथें भेटेकै क्षण सबै सबै बताउँछ मलाई भेटै नगराउनु मेरो छेउछाउ पर्नै नदिनु म उसलाई चिन्छु उसले पनि मलाई चिन्छ त्यसैले ऊ कालो सूचीमा छ ऊ मेरो कालो सूचीमा छ । |
कफी !कफी अर्डर गरेको आधा घण्टा भयो ! सोधें किन आएन कफी ? जवाफ आयो- आउँदैछ एक घण्टा बित्यो फेरि सोधेँ जवाफ आयो- आउँदैछ आउँदैछ दुइ घण्टापछि कुरीरहें एक कप कफी त्यसबेला पनि आएन कफी आउँदै आएन पछि आयो कफी होइन नखाएको कफीको बिल आयो ! जसरी मेलम्चीको पानी आएन काठमाडौंमा जसरी देशी मल आएन किसानको खेतमा जसरी आएन हेल्थपोष्टमा डाक्टर जसरी आएन औषधि पसलमा सिटामोल जसरी आएन फर्केर भोट दिएको सांसद जसरी संविधान ओर्लेन आम मान्छेको जीवनमा त्यसरी नै मेरो कफी आउँदै आएन ! |
रहरहरूरहरहरू पूरा गर्नुको साटो प्याकिंग गरेर मन भरी स्टोर गरेको त धेरै भइसक्यो अब त स्टोर गर्ने ठाउँ छैन है भनेर जनाउ दिइरहेछ हार्डडिस्क र त एकातिर पुराना रहरहरू डिलिट गरीरहेको छुं नयाँ रहरहरू उम्रनै नसक्ने बाँझो बनाएको छुं तिम्रो खुशी तिम्रो समृद्धि तिम्रो मुस्कान यी पनि मेरा डेस्कटपका अग्रपंक्तीका रहरहरू छन तिमीले सुन्नै चाहेनौ मेरो अन्तरमन बुझनै चाहेनौ मेरो अग्र रहर मेरो रहर र तिम्रो खुशीको वीच काल्पनिक खाल्डो कसले खनिरह्यो थाहा छैन मेरा रहरहरू पुर्ने कसको इच्छा हो त्यो पनि थाहा छैन मैले डिलिट गर्न सकिनँ यी रहरहरू कुनै दिन मेरो हृदयको पासवर्ड खोल्न चाह्यौ भने कुनै दिन मेरो रहरहरूको फाइल खोलेछौ भने थाहा हुनेछ मेरा रहरहरू के थिए होइन भने कुनै पुरानो मोडेलको कम्प्युटर कुनै कबाडीले लानेछ अन्दाज गर्नेछ हार्डवेयरको न्यूनतम मूल्य अमूल्य (?) भित्री फाइलसँग के मतलब उसलाई ? उसको धर्म अनुसार बेचिदिनेछ ! |
सुरक्षाएक दिन हाम्रो गाउँमा एउटा अजंगको गिद्ध आइपुग्यो र भन्यो— म शाकाहारी गिद्ध हुँ म तपाईंहरूका काखे बालकहरू ठुँग्ने छैन म तपाईंहरूका चल्लाहरू च्यापेर उड्ने छैन गाउँले हो ! गिद्ध देखेर डराउनु पर्दैन यो गाउँमा गिद्धहरूको तर्फबाट गाउँकै सुरक्षाको लागि आएको हुँ अर्को दिन हाम्रो गाउँमा एउटा मोटो श्याल आइपुग्यो र भन्यो— म जोगी हुँ र धर्मात्मा श्याल हुँ म तपाईंहरूका कुखुरा चोर्ने छैन म तपाईंहरूका बाख्रा मार्ने छैन म तपाईंहरूको मन दुखाउने छैन म श्यालहरूको तर्फबाट तपाईंहरूको गाउँमा सुरक्षाको निम्ति खटिएको हुँ तपाईंहरूले अब सुरक्षाको चिन्ता गर्नु पर्दैन अहिले यी दुई सुरक्षाकर्मीहरू हाम्रा गाउँका आँगनहरूमा चहारिरहेछन् हाम्रा कुखुरा, पाठा, चल्लाहरूको लगत राखिरहेछन् गाउँलेहरूको सन्चो बिसन्चो सोधिरहेछन् गाउँलेहरू मध्ये कोही सुरक्षा बिरोधी छन् कि भनेर खोजिनीति गरिहेछन् असुरक्षाको कहिल्यै महसूस गर्न नपरेको चोरी डकैतीको सम्भावनानै नभएको हाम्रो गाउँमा गिद्ध पहरा दिइरहेको छ र श्यालले गरिरहेको छ रखवारी । |
आज कुकुरले टोक्योआज आफ्नै मूल ढोका छेउ पछाडीबाट आएर कुकुरले टोक्यो त्यो कुकुर बहुलाएको हो की सद्दे हो वा टोक्दै हिंड्ने बानी लागेको हो थाहा पाइएन जे भए पनि आज उसले टोक्यो अरु बेला पुच्छर हल्लाइ रहन्थ्यो केही दिन्छ कि भनेर टाउको उठाइ रहन्थ्यो कहिले दिन्थें केही, कहिले दिन्नथें तैपनि वरिपरी घुमिरहन्थ्यो एक जना छिमेकी छन् हरेक दिन कुकुरहरूलाई खान दिन्छन् तिनै छिमेकको आदेश पालना गरेको हो वा आफ्नै विवेकले टोकेको हो आफैले चिनेको बेलाबखत मीठो मसिनो खुवाएर हुर्काएको त्यही कुकुरले आज मलाई टोक्यो म कुदेको बेला टोकेको भए एउटा निहुँ हुन्थ्यो कुनै अनौठो पहिरनमा निस्कंदा टोकेको भए अर्को निहुँ हुन्थ्यो आफ्नो मूल ढोकाबाट निस्कन नपाई सँधै देखिरहेको पुच्छर हल्लाइ रहेको टोलकै सुरक्षामा खटिरहेको जस्तो लाग्ने कुकुरले मलाई टोक्यो । |
उम्मेदवारदेश, जनता र पार्टीको काममा जीउज्यान गुमाउनेले पनि नपाएको धेरैले धेरैपटक घुर्की देखाएर पनि नसकेको मैले पाएँ टिकट म उम्मेदवार हुँ तिम्रो पार्टीको । तपाईंलाई अचम्म लागे पनि अनौठो माने पनि मेरा विरुद्धमा लामो कथा हाले पनि मैले नै पाएँ टिकट यसपटक त्यसैले म उम्मेदवार हुँ तिम्रो पार्टीको । |
आमा म स्कुल गैसकेंसबैले काम नलाग्ने भनेर फालेको फोहोरको जंगलमा म खोजिरहेछुं खाली शिसी खिया लागेको फलाम प्लास्टिकका टुक्रा अर्थात मेरो बर्तमान म खोजि रहेछु भोक मेट्न जुठो भोजका परिकार स्कुल जान ! कसैले फालेको स्कुल युनिफर्म र टाई पाइसकेको छु अगाडिका पन्ना च्यातिएका पुस्तक र लेख्न बाँकि पुराना कापीहरु , बिर्को नभएका , थोरै मसी हुँदै फ्याँकिएका कलम पेन्सिल कटरले टाँसेर लेख्न मिल्ने शिसाकलमका टुक्राहरु पनि बटुलिसकेको छु ‘पढेर ठुलो मान्छे भएस’ भन्ने तपाइको आशिर्बचन तपाइको सपना आमा ! म त्यो सपनाको बाटो तिरनै लागिरहेको छु की तिम्रो चिहान माथि म मेरो नाम लेख्न सकूँ र म भन्न सकूँ आमा ! म अब ज्ञानी भैसकें तिम्रो इच्छा पुरा गरिसकें अर्थात् म स्कुल गैसकें !! |
मालिकउक्ल भन्नुभो उक्लें ओर्ल भन्नुभो ओर्लें जुन दिन मानिंन झर्न त्यो दिन खसाल्दिनु भो , खसें मालिक किन यस्तो गर्नुहुन्छ कि उकाल्दै नउकाल्नु उकाले पछी सितिमिति नझार्नु मालिक तपाइको खटन पटनबाट थकित हामीहरु एक दिन हामी सबै मिलेर एकै पटक उक्लिन्छौँ र झार्नेछौ तपाइंलाई । |
सूचीकारओ कविजी! म भ्याउँदिनँ लेख्न कविता सबेरै सडकमा आउँछु चलाउँछु यो मेसिन र सिउँछु गरिबी । प्रत्येक दिन उध्रिन्छ आशा फेरि पनि साहेबहरूका फाटेका इज्जत जस्तै सिएर सिउनै नहुने नहुन्जेल म सिउँछु जिन्दगी कुर्छु सडकमा हुन सक्छ कसैको जवानी सिउनुपर्ने हुन सक्छ कसैको बुढ्यौली टाल्नुपर्ने नि:शुल्क वा न्यून शुल्कमा कुनै गरिबलाई महाराजको अभिनय गर्नुपर्ने कुनै धनाढ्यलाई धन लुकाउनुपर्ने कसैको सपना सिउनुपर्ने कसैको लाज छोप्नुपर्ने। ओ कविजी! म कुर्छु सडकमा सिउँछु जिन्दगी म भ्याउँदिनँ लेख्न कविता। |
फेरी एक पटक खुलेको छ सपनाको बजारफेरी एक पटक खुलेको छ सपनाको बजार आउनुस देख्नुस राम्रो सपना र लेखिदिनुस उसको नाउमा तपाइको कमसेकम अर्को पाँच बर्षको जिन्दगी ००००००००००००००००००० तपाई चामल जस्तो केलाएर हेर्न सक्नु हुन्न लुगा जस्तो छामेर अनुभब गर्न सक्नु हुन्न उसले भन्दै जान्छ , तपाईले सुन्दै जाने हो आँखा चिम्लिने हो, सपना देख्ने हो उसका सबै भनाइ विश्वास गर्ने हो फेरी एक पटक खुलेको छ सपनाको बजार ००००००००००००००००००० आउनुस तपाईलाई कुन सपना मन पर्छ दिउँसै देख्नुस एक सपना र पाल्नुस एक पल्टन शासक हरु सभा भाँड्ने सभासदहरु ००००००००००००००००००० संबिधान सभा बनाइदिनुस र दिनुस संबिधान नबनाउने अनुमति सरकार बनाउन सहयोग गर्नुस र गर्नुस सरकार नभएको अनुभूति र तपाइको छाप्रो उधारेर गर्नुस मद्दत बनाउन लथालिंग मुलुकका पार्टीका घरहरु ००००००००००००००००००० तपाइको छाक काटेर गर्नुस सहयोग निर्माण गर्न गरिब कार्यकर्ताका धनी नेताहरु लेखिदिनुस उसका नाउमा तपाईमा उर्बर जवानीका पांच बर्ष फेरी एक पटक खुलेकोछ सपनाको बजार ००००००००००००००००००० तपाइँ रिक्सा चलाउनु हुन्छ त के भो र किन्दै नकिनी निजि गाडीमा शयर गरेको सपना देख्नुस तपाई निजि गाडीमा हिड्नु हुन्छ भने हवाई जहाज किनेको सपना देख्नुस छन उसंग थरिथरिका सपना छन उ संग प्रत्येक बर्गका सपना अँध्यारो गाउँमा अर्को महिना देखि बिजुली बत्ती बाल्न पाइने सपना सुक्खा जमीनहरूमा पानीले भिजाउने सपना ?? !! सपनाको बजारमा यो पनि केहि सपना हो र ? देख्नुस तपाइँ २०० तल्ला माथिको गगनचुम्बी घरमा रहेको सपना देख्नुस तपाइँ इन्द्रेणीको धागोबाट संसार भ्रमण गरेको सपना ००००००००००००००००००० उ सपनाको कारखाना नै हो , अहिल्यै निकालेर दिन्छ भिन्न मोडेल र ब्रान्डका सपना तपाईलाई मात्र लेखिदिनुस तपाईका अमुल्य जीवनका अर्को पांच बर्ष फेरी एक पटक खुलेको छ सपनाको बजार ००००००००००००००००००० जमिन्दारलाइ जमीन थपिदिने मौका पुँजीपति लाइ अझै कमाउने अवसर कालोबजारीलाइ अझै भाउ बढाउने अवसर ००००००००००००००००००० संगै समानता र साम्यबादको पनि सपना संघियता र समाजबादको सपना परिबर्तन र क्रान्तिका सपना सबै एकै मनचिन्ते झोलामा राखेर बाँडी रहेको छ सपना मात्र छाप लगाई दिनुस उसको नाममा तपाइको उर्बर जीवनको अर्को पांच बर्ष ००००००००००००००००००० घरको सपना देख्दा देख्दै बेघर भएका शहर पानीले पखालिने सपना किनेर काकाकुल भएका नया राज्य को सपना किनेर आफै बेचिएका धेरै ठगिएका , झुक्किएका छन् मानिसहरु फेरी पनि सपनाको बजारमा सपना किन्ने हरु छन् झुक्किएका दशकहरु बिर्सेर नया सपनामा आश गर्नेहरु छन् किन्नुस तपाई पनि एक थान वा अनगिन्ति सपनाहरु फेरी एक पटक खुलेको छ सपनाको बजार |
रिमोट कन्ट्रोलरउसलाई रिमोट चलाउने बानी परिसकेको छ इशारामा नचाउने इच्छामा कुदाउने रहर बसिसकेको छ कनै गोप्य ठाउँबाट आदेशहरु काममा अनुवाद गराउने अभ्यस्त भइसकेको छ तिमी हामीजस्तै पारदर्शी बाँच्न सक्दैन स्पष्ट बोल्न सक्दैन फुटपाथमा झोला बोकेर हिँड्न सक्दैन षड्यन्त्र रोप्छ षड्यन्त्र फलाउँछ षड्यन्त्र पिउँछ षड्यन्त्र ओकल्छ ऊ आफू मान्छे हुन सक्दैन मान्छेप्रति भर गर्न पनि सक्दैन ऊ दासहरु पाल्छ रोबोटहरु हुर्काउँछ र आदेशहरु रिमोट गर्छ अँध्यारोमा बस्छ उज्यालोमा डराउँछ सबैतिर अँध्यारो छाउने प्रयत्न गरिरहन्छ ऊ जो रिमोट चलाउछ । |
काठमाण्डौकाठमाण्डौ नदेख्दै ऊ जब काठमाण्डौ सुन्छ काठमाण्डौ सपना देख्छ काठमाण्डौ कल्पिन्छ ऊ आफै काठमाण्डौ नैं काठमाण्डौ हुन्छ र काठमाण्डौ हेर्ने अवसर खोज्छ । जब देख्छ काठमाण्डौ एकै नजरमा मन पराउँछ एकै रातमा प्रेम गर्छ यति पागल हुन्छ कि काठमाण्डौको निम्ति कि काठमाण्डौमैं उस्ले आफ्नो जीवन भेट्छ काठमाण्डौमैं आफ्नो भविष्य, आफ्नो करियर देख्छ । काठमाण्डौले उस्लाई स्वागत गर्छे माया गर्छे बास र गाँस जुटाइदिन्छे पढाइदिन्छे काठमाण्डौले उस्लाई खान सिकाउँछे लाउन सिकाउँछे कपाल कोर्न सिकाउँछे बोल्न सिकाउँछे एक किसिमको सभ्य बनाइदिन्छे । अब, ऊ काठमाण्डौ जस्तै देख्छ आफुलाई पनि आफुलाई चोला फेछ आवरणमा कतै अफिसर हुन्छ कतै इन्जिनियर, डाक्टर हुन्छ स्पेश्लिष्ट वा विजिनेस्म्यान हुन्छ वा केही नभए पोलिटिसियन त जरुर हुन्छ अनि काठमाण्डौ ओढेको, काठमाण्डौ ओछ्याएको काठमाण्डौसंग अंगालो मारेको काठमाण्डौलाई युज गरेको बिर्सन्छ अब ऊ ठुलो मान्छे भइसकेको छ । ऊ काठमाण्डौलाई लुछ्न थाल्छ ऊ काठमाण्डौलाई लुट्न थाल्छ भरेध्र् बनाएर काठमाण्डौलाई अर्कै संसारमा उड्न थाल्छ भन्छ, यो काठमाण्डौ के काठमाण्डौ ? काठमाण्डौ टोक्यो जस्ती स्लिम छैन काठमाण्डौ सिंगापुर जस्ती सुन्दर छैन काठमाण्डौ न्युयोर्क जस्ती छैन काठमाण्डौ मेलबर्न वा सिड्नी जस्ती छैन अनि, काठमाण्डौको काखमा हुर्केर काठमाण्डौकै बिरोधमा नाराबाजी गर्छ काठमाण्डौकै बिरोधमा पर्चाबाजी गर्छ काठमाण्डौकै बिरोधमा कविताहरु लेख्छ काठमाण्डौंको काखमै बसेर भन्छ यो काठमाण्डौ के काठमाण्डौ ? हरेक बिहान काठमाण्डौलाई कोपर्छ काठमाण्डौलाई पिट्छ आफै फोहर गर्छ, आफै घिनाउँछ, आफै थुक्छ हरेक साँझ ऊ काठमाण्डौले बनाइदिएको ऐला र छोयला खान्छ काठमाण्डौले पस्किदिएको दाल भात खान्छ र काठमाण्डौको काखमा निदाउँछ । काठमाण्डौ यस्तो प्रबृत्तिबाट परिचित छे यस्तो कृतध्नता धेरै पचाइसकेकी छे यस्तो असंख्य व्यवहारबाट परिचित काठमाण्डौको उस्को कृतध्नता प्रति कुनै प्रतिक्रिया छैनउस्को बिरोधप्रति कुनै चिन्ता छैन शताब्दीयौंदेखि काठमाण्डौले नाइटींगेल र मदर टेरेसालाइ बिर्सर्ााे गरी निरन्तर स्वागत गरीरहेकी छे चुपचाप सहीरहेकी छे जे भएपनि, काठमाण्डौको आकर्षा घटेको छैन जे भएपनि, काठमाण्डौको महत्व कम्ता छैन काठमाण्डौको बिरोध गर्नेले, काठमाण्डौ झनै त्याग्न सकेको छैन किनभने काठमाण्डौको प्रतिस्पर्धि जन्मेको छैन अहिले पनि, सौम्य, सुन्दर, सुशील काठमाण्डौ नयाँ पाहुनाहरुको लसकुसमा व्यस्त छे । |
Hindi To Nepali Dictionary Words Starting From बो
Bridging Cultures: Daily Use Hindi Sentences in Parties with Nepali Meaning
Daily Hindi Sentences for Kids with Nepali Translations: A Simple Guide
Daily Office Sentences: Essential Hindi-Nepali Translations for Everyday Use
Daily Use Hindi Sentences for Parents with Nepali Meanings: A Guide for Everyday Conversations
Daily Use Hindi Sentences for Students with Nepali Meaning
Essential Daily Sentences for Market Conversations: Hindi to Nepali and Vice-Versa
https://easyayurveds.com/ayurvedic-medicine-for-common-cold/
https://easyayurveds.com/ayurvedic-medicine-for-weight-loss/
https://easyayurveds.com/ayurvedic-medicine-for-weight-gain/
https://easyayurveds.com/ayurvedic-medicine-for-cholesterol/
https://easyayurveds.com/ayurvedic-medicine-for-cough/
https://easyayurveds.com/ayurvedic-treatment-for-back-pain/
50 Medicinal Plants of Nepal Highly Liked by Chinese People
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication
Bartika Eam Rai Top Songs Lyrics & Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
Oshin Karki's Nepali Songs Lyrics And Chords
All Songs Lyrics Of Wangden Sherpa
Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु
Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकवी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In Nepali
11 Types of Poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide