He was born in Bikram Sambat 2002, in the
year 1945 in Sawla village, Tehrathum district of Nepal. His father was Bhaskar
Suvedi, who was not only a well-respected administrator but also an expert in
astrology. But Abhi's father died when he was four months old. Since then, he
has grown up without the warmth of fatherly love and guidance. His mother, Rama
Suvedi, was highly religious; a human soul with the essence to understand the
innermost meaning of religious texts. She, therefore, played a very important
role in nurturing his early education, putting into him the values of knowledge
and spirituality.
Abhi's mother, believing in the relevance
of education, initiated his early foundation. These acts of wisdom and
foresight deeply influenced the foundation and future achievements in Abhi's
life. It is said that great men mostly attribute their greatness to those
instilled by their mothers, which is a very valid example concerning Abhi
Narayan Suvedi himself.
Early Talent and Musical Bent
From childhood, Abhi showed his great
poetry talent and musical aptitude, as well. Not only did he write poems, but
he even played "madal" - a typical Nepali drum - while singing songs.
His music turned so popular that political parties would call him along to
crowd any speech. His songs were echoing among the Tehrathum people and beyond.
One time, even a teacher overheard from Darjeeling, India, playing on the
harmonium one of Abhi's songs, did not realize this young boy was its author.
One of his famous early pieces entitled
"Kokroma Nani Royo" (The Baby Cried in the Lap) was published in a
magazine called Naulo Pailo at Banaras in India. His songs touched the heart of
the people because he knew just how to reach them with his songs.
Literary Career and Contributions
While he had first written poetry, Abhi
Suvedi later grew fond of essay writing. He was of the view that essays too
provide a vast scope for the play of imagery and experiences, akin to poetry.
Abhi's essays are full of personal reflections, almost diary-like narrations of
the past, carried along by the melody of a flute. He had studied essays from
both Eastern and Western traditions and appreciated the creative tension and
dialogue they could portray.
Abhi Suvedi's influence does not fall under
the two categories: the poetry and the essay. A scholar of Western languages,
literature, and literary theory, he has served Nepali literature most through
his critical estimations and translations. His bilingual proficiency in Nepali
and English allows him to render his thoughts with a depth which elicits
elegance, and he holds great respect in both languages.
Guitar-Playing Musical Journey
Music was, at all times, deep inside Abhi.
His affair with music was not only with traditional Nepali musical instruments.
As Abhi himself tells, at the age of 20 years when he went to Dharan, through
his friend Chandrashekhar Shrestha, he saw a guitar for the first time in his
life. Then coming Kathmandu, he met revolutionary musician Manjul, who
initiated teaching him basic guitar chords. That was in the 1960s when the
inflow of Western pop music into the Valley was trending its hype among the
youth of Kathmandu. Due to this, Abhi continuously used to listen to the
classical songs of legends like Narayan Gopal, Gopal Yonjan, and the hippies
who made Kathmandu their home.
He still remembers how those two different
musics-the classical Nepali songs and the energetic beats of the Western guitar
songs-influenced his musical journey. He bought his first guitar, which cost
him 200 rupees, and started experimenting with English pop songs, mixing his
new love for guitar with singing.
Abhi likes to listen to English pop songs
even today and his youngest son Girish plays in a rock band. The guitar that
Abhi purchased in the sixties, he plays now as a continuity of the family
legacy. Acting and Drama Abhi Narayan Suvedi has left his mark on Nepali
theatre also. His interest in drama began when he was young, and he later honed
his skills in playwriting and acting. The poetic as well as colloquial speech
sound eloquent in his plays. The name of Bal Krishna Sama is legendary among
the Nepali playwrights. He is known for Aruka Phulka Sapana and Agniko Katha.
Poetry-laced dialogue characterizes the plays of Abhi, wherein he merges pathos
of poetry into drama.
Abhi's Play
Till now, Agniko Katha has been staged more
than 160 times in Nepal, India, and Europe-in fact, a local theatre group
staged it prominently in Aalborg, Denmark. During one performance in Denmark,
Agniko Katha was on the same bill as Henrik Ibsen's A Doll's House-a prestige
billing that shows just how universally acclaimed Abhi's work is. In fact, one
Danish professor was overheard thinking that Abhi was some dead playwright from
the ages, given how timeless and powerful his work seemed.
International Recognition and Teaching
Besides being a contributor to literature
and theatre, Abhi Suvedi has established himself as an internationally reputed
academic. He had received education in Nepal and the United Kingdom and taught
English at Tribhuvan University in Nepal for more than 53 continuous years. He
has actively served international organizations like the International Theatre
Institute, of which he was one of the founding presidents of the Nepal Centre
from 2000 to 2008, and he was a member of the International Playwrights' Forum
from 2000 to 2011. He has headed the Linguistics Society of Nepal from 1990 to
1992, besides holding various leadership positions in cultural and literary
organizations.
Legacy and Influence
The imminent candidate Abhi Narayan Suvedi
left an indelible mark in the cultural history of Nepal when it came to Nepali
literature, music, and theatre. Indeed, he stands out as one of the versatile
geniuses in songwriting, guitar playing, play writing, and essay writing whose
influence transcends generations.
With the root of Nepali culture in his
heart, he has known about Western literature trends and also about artistic
expressions. Abhi has remained an important figure in both the academic circle
as well as in the arena of the arts. His works reflect not only the rich
traditions of Nepali culture but also a bridge between the East and the West-a
uniqueness which fuses both the literary and the artistic expressions.
रुनु भनेकोरुनु भनेको यसै आफूभित्रको आकास निचोर्नु रहेछ। रुनु भनेको आफ्नैवरिपरि बनेको बाबेलको धरहराका देउताबाटश्रापित मानिसहरुका बहुल भाषाका हल्लामा एउटा आफ्नो अघोषित भाषाको हल्ला थप्नु रहेछ। रुनु भनेको हिजो सानो छँदा जूनतिर फर्केर आमालाई घुर्क्याउँदै निर्बाध क्रन्दन गरेको अलिकता ढल्कँदो बयमा ल्याएर उच्चरित गर्नु अनि त्यस्को ध्वनिले आफैँ चकित पर्नु रहेछ, बालकले देखेको जून आफ्नै अक्षरका थुम्कामा झुल्केको हेरी त्यसमुनि बसेर गनगन गर्नु रहेछ। रुनु भनेको कहीँ काशीमा महाकविले लेखेको 'भैगो मलाई अब रुन देऊ सुस्क भयो अब उरको सार' पढेको पाठले बनेको कविताको आकासबाट सानो झरी पोखेर बस्नु रहेछ। रुनु भनेको तिमीले चिसो दिनमा केही न्यानो घाम मेरो कोठामा पठाएर जनी गरेको एउटा मुर्च्छना रहेछ आकासको जस्लाई लिएर गाउँनु एउटा नियति रहेछ शब्दक्रीडाको। रुनु भनेको अक्षर लेखे पग्लिने मनभित्र फर्के पहिरो जाने केही बोकेर उठे तिरोधान हुने हिजोको कुरा सम्झे आँधी उठ्ने भोलिको कुरा सम्झे डम्म हुस्सु लाग्ने कसैलाई भेटे पाठशाला नगई भागेको बालक गुरुले समातेजस्तो बिबेकशून्य हुने चिन्ता गरे समय नपुग्ने नगरे किनारा नभेटिने गरी पौडिरहने हाँसौँ घामपानीको आकासले निथु्रक्क पार्ने उठौँ जाने ठाउँ बिर्सिएजस्तो हुने बसिरहूँ आसन भिजेर लथ्पथ् हुने यस्तै हुने रहेछ। रुनु भनेको सबैभन्दा राम्रो यत्तिनै आँशु लिएर केही आशाका घामहरुमा बाहिर उठी त्यहाँदेखि यहाँसम्म उठेको इन्द्रेनी बनाउँनु हुने रहेछ। बरु जे होस् भक्कानिएर आफूभित्र झञ्झा चलाएर जगतितलको एउटा एक आफ्नै समय,रेखा कोर्नु रहेछ रुनु, बरु मुक्तिको बोलीमा घोल्नु रहेछ आँशु, बरु पहाड चढ्नु जस्तो, बरु कुम्लो बिसाएर एकछिन चौतारामा एकै भाका भए पनि सुरिलो गीत गाउँनु रहेछ रुनु। रोइनै सकेपछि आँशु नै सकिएपछि के भो र रुनुका आरम्भका प्रहारभन्दा माथि उठेर मुक्त भएर फेरि ढुङ्गो बोक्न फेरि फेदीतिर झर्दा गुमाउने कुरा केही नभएको डराउँने कुरा सकिएको रुनुले दुखेको मनहरुबाट थाकेको एक सिसिफस भइने रहेछ,, मुक्त, सुस्त र आकासजस्तो फराकिलो होइने रहेछ। तर रुवाउँनेको सम्झना भने बिहान नदी किनारमा अल्भि्कबसेको घामका सिँढी चढेर माथि उठ्न नमान्ने कुइरोजस्तो हुने रहेछ, हिजो रोएको मनमा कर्याङ्कुरुङ्का हुलले टाढा सहगान गरेको सुनेर मायाँलु घामछाया मुरलीजस्तो बजिरहने रहेछ। रुनु भनेको यस्तै रहेछ। |
मरभूमिमा कवितामैले मरभूमिबारे अरबी रातका गाथामा पढें बेद्वाँ, उँट र अनन्त यात्राका श्रृङ्खलामा पढें मोजेज्का महायात्रा युध्द र बहादुरी अनि जृ्नमुनि मरभूमिको ठिहीमा टुङ्ना बजाइबस्ने आदिम कथाका पात्रका गाथामा पढें आकाश र धरती, तारा र हावा अनि मरुद्यानका भ्रमका कथामा पढें मक्कामा हज गरेर आएका नेपालका साथीहरुका कथामा पढें, तर मैले सोचेको थिइँन उजाड मरभूमिको बीचमा हराभरा घाँस र बृक्षलतादि उमारेर नेपालको पुरानो बाइरोडको बाटोमा ढुङ्गाको प्रहार र पानीलेमात्र खोक्तै कुद्ने गाडीजस्ता मरुयानमा गेटबाटै लिएर हामीलाई सबैतिर घुमाउँने भाइहरु मरभूमिका पात्र हुनसक्छन् भनेर, मरभूमिमा नेपाली हातका हरियालीले घेरिएर ध्यानातित भएको क्षण मेरो मरभूमि यात्रा भएको थियो। म्ौले सोचेको थिइँन उता नेपालमै पुत्रलाभ भएको खबरको खुशियालीमा बेद्वाँको फेटाभित्र प्रसन्न एक भाइले मीठाइ बाँडिरहेका हुनेछन् मरभूमिमा, कहिल्यै कल्पना गरेको थिइँन मरभूमिमा फाटेको सोफामा बसेर महात्मा गान्धीको सम्झनामा बाख्राको दृ्ध तन्तनी पिउँला भनेर, झन् के कल्पना गरेको थिएँ र हप्हप् मरभूमिको बीचमा पाल उठाएर यही हो हाम्रो वातानुकुलित भन्दै उतापटि खुला आकाशमुनि उभिएको अकिञ्चन गधामाथि भुइँसम्म खुट्टा खसाएर मलाई एउटा भाइले चढाउँनेछन् मरभूमिमा अनि यसका छवि अखबारमा यो देशैभरि हेरिनेछन् भनेर। उँटका अनन्त यात्राका कथा पढेको हुँ यसको विषयमा निबन्ध लेखेर स्कृ्लमा सर्वोत्तम अङ्क पनि पाएकै हुँ, उँटसवार, वहादुर, प्रेमी, सुफी र राजारजौटाका कथा बाहिर झरी हेर्दै झ्यालमा बसेर पढेकै हुँ तर के थाहा त्यसैमाथि बसेर बालुवाका पहाड चड्नेछु अनि उँटको गतिमा तल र माथि हल्लिदा राजनामीमा सृष्टिको आदिम हलचल हुनेछ र यो भग्न हुने डरका कल्पना उठ्नेछन् अनि यसैको कथा देवेन्द्रका कलमबाट मेरो र सबै भाइका सम्झनामा अखबारमा लेखिनेछ र मलाई भयानक उँटले निहुरिएर बालुवाले आच्छादित पृथ्वीमाथि विस्तारै अवतरण गरेका छविमा नेपाल देशमा मेरा व्यक्तिपरिचय लेखिनेछन् भनेर। मलाई थाहा थिएन मरभूमि भनेको नेपालीका छाप्रोवरिपरि यताबाट उता अनि उताबाट यता कुद्ने कुखुरा, कराउँने भेडावाख्रा अनि कतारका सडकमा कुद्ने नेपालीका निसन गाडी, मुनामदनमा दिदीमाथि समर्पित मदनको क्रन्दन, नाल्दुम् जस्तो भिडियो क्यामेर लिएर कुद्ने भाइहरुका छविकर्ममा सेलुलाइड् पर्दामा अवतरित हुँदैजाने महाकथानकहरु हुनसक्छन् भनेर, अरबी रात्रिहरुका कथा कस्तो उज्योमा लेखिए कुन्नि तर मैले मरभूमिमा जृ्नको केवल जृ्नको उज्यालोमा कविता लेख्ने अर्धखुसियालीमा निमग्न एक नाथुरश्रमी नेपाली नसालु आँखामा जृ्नले उन्मत्त मरभूमि देखें शब्दहरु नै फटाफट जृ्नबाट खसेको देखें। मलाई थाहा थिएन मरभूमि भनेको 'साहित्यकारज्यृ् !' भनेर मलाई सम्वोधन गर्दै दृ्तावाशको शरणार्थी भान्सामा मलाई उस्का र साथीहरु ठगिएका दारुण कथा सुनाउनेको वेदनामा आरेखित रचना हो भनेर, मलाई थाहा थिएन मरभूमिमा जीवनका धेरै दशक पार गरिसकेपछि कविता, गजलको एक उन्मादिलेा प्रेमको आकाशमुनि मलाई 'तपाईँ युवा प्राध्यापक' लेखेर सुन्दर फ्रेमभित्र एउटा मायाँको चिन्ह मिल्नेछ भनेर। मलाई मरभूमि मायाँ, जृ्न र हरियालीका सपना, यही देशका अनेकौं मायालु आँखाहरुको एउटा सल्ल प्रवाह र कहिल्यै नमेटिने सम्झनाको एउटा रचना। |
प्रेम गर्दा हावालाई दुख्छप्रेममा परेपछि सुमेरुवरिपरि घुम्ने हावालाई दुख्छ कट्कटी खुट्टा दुख्छन् उसका एक स्थिर चट्टानको एकलवृत्तवरिपरि घुम्दा उसको ढाड दुख्छ उसको एक फुइँकी सास बढ्छ पहाड अविचलित, आफ्नै स्वाभिमानको पत्थरवृत्तमा कस्सिएर उभिइरहन्छ एकल चरित्र पत्रैपत्र बनिएको आदर्शको पत्थरशीला सुमेरु पर्वत, कुनै अचल घटना। हावा थाक्छ, सुमेरुमा थकान छैन अस्ताउँन लागेको घाम दुख्छ गोधृ्लिको मलिन उज्यालो पहाडमाथि चढ्दा दुख्छ पहाड चल्दैन, ऊ आदर्श जो उसको वरिपरि घुम्छ त्यो अस्थिर, सनकी अनि चञ्चल, त्यो थाक्छ ऊ दुख्छ, साँझ दुख्छ क्षितिज अचल थाक्तैन, म हावाजस्तो सुमेरुवरिपरि म मलिन उज्यालो म खोलाको पानीको फनक्क घुमेको तरङ्ग पत्थरमाथि थाक्छु, पत्थर थाक्तैन हार्मोनी, सितार र सारङ्गीका लय दुख्छन् थाक्छन् जब आकासमा उठ्छन् तर बाजा स्थिर ती थाक्तैनन् ती सुमेरु गीतका ध्वनि हावा, क्यानभास स्थिर, अचल उसमाथि रङ्गहरु दुख्छन् यसै यसै कुचीका प्रहारले उठ्छन् तल र माथि बेगिन्छन् बग्छन् र सुक्छन् रङ्गहरु ती दुख्छन्, ती अचलमाथि बर्सिन्छन्, मैले तिम्रोवरिपरि शव्दका सुस्केरा कि त आक्रोश र विद्रोह चित्कार र भक्कानोहरु सबै बोलें तिम्रो सुमेरुलाई केही हल्लाएन जो चल्छ त्यो दुख्छ जसमाथि चलिन्छ त्यो दुख्तैन जो गल्दैन पुग्दैन। म ल्ेाख्छु, प्रेम गर्छु, गल्छु शव्दहरु थाकेर सुस्केरा हाल्छन् केही हुदैन केही चल्दैन कागतभरि तर जब अक्षर पस्छन्, चलिरहन्छन् दुख्छन् अनि घुमिरहन्छन्, कागतका सुमेरुहरु स्थिर छन्। यस्तै हुनेरहेछ नजिकै पहाड उभियो भने उसमाथि अकिञ्चन उडिने रहेछ थाकेर, क्यानभास अगाडि ठडियो भने घुमिनेरहेछ बेस्सरी दुखेर, दाउरा जलेर उठेको ज्वाला दाउरा पनि होइन रहेछ आकास पनि होइन रहेछ धरती पनि होइन रहेछ त्यो ज्वालामात्र एक चिन्ता थकान, एउटा गति जो स्थिर पत्थरमाथि फृ्ल्ने कोपिला समान छ, त्यसकोवरिपरि कुदिरहनेलाई कुद्नै पुग्ने रहेछ मलाई झन थाहा भएको छ जङ्गलमाथि एकैचोटी खस्ने उज्यालो पानीको तरङ्गमा उठेको इन्द्रेनी मात्र रहेछ प्रेमको वृत्तमा घुम्नु। सुमेरुवरिपरि अनाहक प्रेम बोकेर घुम्ने हावा थाक्छ, पर्वत अचल आफ्नै खुसीको परिवेशमा ठडिएर चञ्चल प्रेमातुर उपासकको मुर्खतामाथि विजुलीका ओठ खोलेर फिस्स फिस्स हाँस्छ चल्ने हावा थाक्ने रहेछ अहो म त थाकेको रहेछु ! यत्ति पनि अचल पत्थरशीलामाथि बसेर भन्नु पर्ने रहेछ थाके पनि दुखे पनि त्यस्तो अचल, अविचलितवरिपरि उड्नु जीवनकै एक मात्र लय रहेछ तिमीलाई प्रेम गर्नुको कथा यत्ति रहेछ। |
निचरेर सुकाएको आकाशआकाशबाट धर्धरी भक्कानो फोरेर रोएको कानमा खसेपछि वेगले भेट्न दौडेँ, पृथ्वी मेरो मोटरसाइकलको चक्कामा पहिरन अल्झाएर झन्डै नाङ्गिइन्, पानी जस्तै थ्याच्च बसिन् म भिजेको सरि मायाले टाँगिएँ र एक निचरेर सुकाएको हलुका आकाश भएँ । |
तिमीले मेरा हात समातीभक्तपुरीको अन्तपुरमा एक दिन तिमीले हात समाती सपनाहरुका छाल उठेको एउटा नौलो युवक मलाई तिमीले हिड्दै भित्र लगेको कविजी मेरो आरम्भ थियो मेरो मनमा कविता राख्ने तिम्रो एउटा स्नेह थियो भित्र हिटीमा ढुङ्गे धारा पानी बिना नै छलछल गर्थ्यो रुख बिनाको उद्यानभरि नै हावा सर्सर गाइरहेथ्यो मैले सोधें यो के कविजी कविता हो कि इतिहास वा अहिलेको समय उठेको चेतनको नै उपहास? तिमीले साना पत्थरमाथि आफना लामा अङ्गुल राखी देखायौ त्यो एक नक्सा हो घाम हिडेको समय साक्षी काष्ठकलाका अनुपम रेखा, आकृति जस्तै सपना बस्ने मानिसहरुले सपना विपना आँधी जस्तै घरिघरि राख्ने मैले त्यो दिन बोकिहिंडेको आधी सदीको गोरेटोमा विश्व र यहींका भृ्मिमा हिंड्दा तिम्रो भाषा जीवनमा धेरै थरिका बिम्ब मिसाइ लेखें मैले यस जगतिमा तिम्रो जस्तो वाणी मिलाइ लेखिरहेंछु कवितामा तिम्रो यस्तै प्रतिबिम्ब हिंडेका बाटाघाटा पर्खि बस्थें तिम्रा नभका काकाकुलका बोली फुट्ने निलिमा हेर्थें तिम्रा साँडे मस्त हिंडेको हेर्दै हिड्दा दशकौं गुज्रे रात र दिनका लुकामारी विश्वव्यथाका सपना फक्रे तिम्रै सुन्दर हरियालीमा हाम्रा सपना उठ्न सिके कविजी तिम्रै वक्षस्थलमा मानिस चुम्ने कविता जन्मे यो जगतिको कोलाहलमा तिम्रा कविता बोकी हिड्दा ह48डर भोगी हिड्नेहरुले पनि जुन् जीवन पाए तिम्रा कविता तिम्रा सपना सरल समाधी कर्म र बोली सबको एउटा निर्मित रुपको आज मनाऔं एक सताब्दी कसरी आज म छत्तीस लागें भन्ने तिम्रा कौतुहलका आज म देख्छु ज्योति तरङ् नाच्ने नुतन आँखा युगका आज बुझेको मैले कविजी यत्ति एउटा ज्ञान रहेछ जीवन भन्नु खोला जस्तो मनुजहरुकै गीत रहेछ त्यही नै देख्यौ त्यही नै लेख्यौ हाम्रो सपना त्यसले बुन्छ भक्तपुरको अन्तपुरमा तिम्रो दीक्षा नभमा उठ्छ। |
तिम्रो आँगनमा शान्तिभेटेभेटे जस्तो हुने समाउँन खोज्दा घामको झुल्को मुठीभित्र राख्न खोजेजस्तै त्यसै हराउँने, हराएको मायाँको झस्काजस्तो मनमा एकै पटक आएर बसेको अनि गएको एउटा बेलाजस्तो, क्वाँक्वाँ रोएर बोलाए पनि नहुने हाँसेर आव्हान गरेपनि नभेटिने अति नजिकै भएको बेला हृदयको ढुक्ढुकीमा कतिपटक ताल मिलाएर गाएको भए पनि सधैं अलिक पर बस्ने घामछायाँ, पहिले पहिले लय नमिलाई सिकेको बाँसुरीबाट मैले निकालेको बेसुरा धृ्नमा बरु केही छिन बसेको सम्झना त्यो, टाढाको पाठशाला जाँदा थाकेर नानीहरु एकैछिन बाटाको चौतारोमा बसेर हाँसेजस्तो त्यो अक्षरहरु पढ्दैजाँदा शब्द र उच्चारणका कुइनेटामा यसै अर्थ नलाग्ने तर सारङ्गीजस्तो र्याइँर्याइँ रोइबसेको अमुक आनन्दको कुनै क्षणजस्तो त्यो, वुध्दको विशाल मन्दिरमुनिको फ्फृल, माला, खादा र प्रसादहरु अनि भर्खर बालेका बत्तीको गन्ध उडेको परिवेशमा छेउबाट अकिञ्चन हेरिबस्ने एउटा घरहीन भोजनहीनका आँखामा तरङ्गित आकाशजस्तो त्यो। हरेक दिन खबर र दृश्यमा आइबस्ने मानिसका विनासका कथापछाडि मैले यी सबै बिम्बका पछिल्तिर राखेको आशाको एउटा शान्त आकाशको कल्पना जस्तो रहेछ कि त हामीले खोजेको शान्ति कत्ति खोजेपनि झन् टाडा बन्दै गएको मानिसका प्रकम्पित सपनाको एउटा रचना जति पढे पनि दुस्वप्न जस्तै इतिहासका पानाभरि पोतिएको अराजक चित्र थाकेर कहीं बिसाउँदा जीवन नचल्ने बोकिरहँदा त्यसै खसेर जाने नित्य चिप्लिने समयको कथा रहेछ कि त्यो। आजकल म शान्ति भन्नुभन्दा अर्ध्दमुदित आँखा भएका गुरु र सन्तका बोलीमाभन्दा तिम्रो आँगनमा ... अलिक पछिल्तिर बसेर भोकानाङ्गा अनि युध्दले नित्य पीडा भोगिरहेका पत्रकार र शान्तिका हतियारधारी अग्रदृ्तहरुलाई आशातीत भोला आँखाले हेर्ने बालकका अनुहारमा शरणार्थी सिबिरहरुमा इतिहास, तानाशाह कसैको बारेमा केही थाहा नपाई डोरी नाग्ने खेलिरहेका नानीहरुका खुसीमा खस्किदै जाने क्षणहरुमा शान्ति देख्न थालेको छु। आगन्तुक उत्तरी चराहरुका स्वरमा शान्ति एकाएक छेउको गोब्रेसल्लाको रुखमा बोलेको सुनेर तिमीले हिजो कसैले थाहा नपाई केवल वोधगयाको अमुक पिपलका पात सररर पट्पट् सुनिने सुनसानमा उज्यालो भेटेको क्षण सम्झेर म केही भेटेको खुसीयालीले उफ्रिन्छु अनि एकैछिन आँखा चिम्लेर दुर्दान्त समय दौडेको कल्पना गरेर फेरि तिम्रै वोलीहरुमा समाहित हुँदै आँधीपछि अलमस्त सुनसान, सुकिलो फाँटमा अक्षर, आशा र मायाँका क्षणहरु कुदेको देख्छु फर्किन्छु, अक्षर तिनै छन् मायाँ गर्न कम्पित ओठ तिनै छन् पहिलो बाँसुरीमा जन्मेको चेतना उही छ आकाश आँखामा बोकेर बसेका छिछिमिरा उनै छन् पहिलो उज्यालो समाउँदा चिप्लेर गएको सक्सक् त्यही छ क्रन्दनहरु तिनै छन् तिम्रा अर्ध्दमुदित नयनहरु तिनै छन्, यो स्वयम्भृ् थुम्कोमा तिम्रा समाधिमुनि बसेर मोजार्टका एकाध भायोलिन सोनाटा बजाउँने सङ्गीतकार पर्यटक त्यही छ यो साल पनि तिम्रो जन्मदिन त्यसरी नै आएको छ फरक यत्ति छ, हामी खोज्नेका अलमल झन् गहिरिंदै छन् हाम्रा समयहरु त्यसै चिप्लिएर गइरहेछन्, तर म यो क्षणलाई समातेर जीवनका आँगनभरि हुर्र्याउँदै त्यसैसँग नानीहरु खेलेको हेरेर फेरि एकपटक तिम्रो जन्मदिन मनाउँन तिमीले महाभिनिष्क्रमणमा छोडेर फेरि फर्केको त्यही आँगनमा आइपुगको छु। |
ठेलगाडा पछिल्तिरएकछिन सडक सुनसान हुन्छन् एकछिन ब्ााटो पानी सुकेको नदीजस्तै आकाशमुनि सर्र तेर्सिन्छ एकछिन पृथिवीमा सिठी फुकेर बन्दुक बोक्नेले इतिहास टक्क रोक्छ चमेराहरु त्यस शून्य शहर, रेखामाथि रेफ र चन्द्रबिन्दुझैं सल्बल् अल्भि्कन्छन् सबै रोकिएको बेला ऊ पनि रोक्छ ठेलगाडा आज कमाइ त्यति भएन आज बन्दुक र सिठीले सहरका सडक निकै रोके सडक बगेन उस्को ठेलगाडामुनि ऊ बालक छोरो अनि160स्वास्नीका भोक र राज्यशक्तिका खेलमा अल्भि्कंदा रातको ट्राफिकबत्तीमुनि ठेलगाडाको पछिल्तिर शूलीमा अल्झेको इसामसिहजस्तै देखिन्छ, सडक बग्ने प्रतीक्षामा टक्क रोकिएर बस्छ निकै समय भयो मैले देखें ऊ त्यहीं थियो उस्को समय घरमा भोको छोराको क्यालेन्डरमा लेखिंदै थियो नेपाली सम्बत्हरु यसरी आरम्भहुंदै हराउंदैछन् शक्तिसालीका यात्राहरुले खेलबाड गरेका समयचक्रहरुमा। |
जाभामा खडेरीशब्द खस्न निकै समय लाग्दैछ लाग्छ आकाशमा केही भएकोछ मन पृथिबी जस्तै सुकेकोछ लाग्छ बर्षा चाहिएको छ रेखा र बाइमात्रा विद्युत्धार जस्तै आकाशमा केही हलचल गरेर खस्ने यहां शब्दका झरी चाहिएकोछ बुझ्छु शब्द खस्न समय लाग्दैछ केही भएकोछ इतिहासमा केही पहिरा चलेकाछन् म्ानहरु केही आक्रोशित र हतास भएर रेफरी बिनाको दौडमा उत्रेका छन् लाग्छ मनहरु खोला, नाली र गल्लीबाट छिछिमिरा झैं उठेका छन् झरीपछिको घाममा तर शब्दहरु बिस्तारै खस्छन् खडेरीले थकित आकाशको एउटा कुनोबाट। |
आमाको मुखकान उठाएर मृगले केही सुने जस्तो आँखाहरुमा केही तरङ्ग दौडे जस्तो ओठहरु हाँस्ताहाँस्तै अलपत्र बाटैमा अड्किए जस्तो मायाँ गर्नेका गालामा सानोतिनो चट्याङ् खसे जस्तो क्षितिजमा कसैले बिहानै म तन्द्रामै हुँदा केही लेखिसके जस्तो एउटा मुरली, घाम र जुरेलीले यो पाखोमा भ्ोला भएर केही गाइरहे जस्तो आँखै खानेगरी चम्केका बत्तु र पारी भरेका लुगा लाएका मान्छे केही भेट्न खुसी र आतुरताले दौडेजस्तो कहीँ कोही नभेट्न पनि फोस्सामा यसै हिँडिरहे जस्तो तार छिनेको गितार बोकेको केटा कुनै पर्बकोनिम्ति सङ्गीत जोड्न तार पसलतिर दौडेजस्तो, केही सहनाइ, केही मुरली र तबला केही धिमे र केही झ्याम्टाहरु केही सारङ्गी, मादल र डिजेरिडुहरु कहीँ गएर रिमिक्सको दोभानमा भेट्न चुपचाप दौडेको देखेर म टक्क अडिएँ अनि सोधेँ, हे लोक हो, कहाँ पुग्न दौडेका हौ? एकाएक एउटा साझा उत्तर ससानो चक्रबात भैँ्क उठ्यो एउटा इन्द्रेनीजस्तै म्ण्डिखाटार र कपनको आकासमा टाँगियो अनि उत्तर मिल्यो, आमाको मुख हेर्न हिँडेको ! झल्याँस्स सम्झेँ मैले आमाको मुखको रुपान्तरण गरेको निकै समय भएछ, मैले यतै कतै शब्दका कोणहरुमा यतै कतै एक छिन गाएर बीचैमा छोडेको गीतमा यतै कतै सोध्दा सोध्दा थाकेर बसेका यिनै ग्रन्थका चौतारीमा तिम्रो मुख हेर्ने गरेको पनि निकै भएछ, बालक छँदा, मतिर छायाँ र जृ्न मिलेर सर्र आउँदा कुनै धुस्रेमुस्रे मान्छेले भाइ भनेर बोलाउँदा, दाँत झरेकी बृध्दाले भर्खर झरीले भिजाएको पखेरो जस्तै मलिन अनुहारमा एक सप्को घाम ओरालेर मलाई 'बाबु, कता?' भन्दा, अनि आकासले अनायास चित्त दुखाएर गडीको जङ्गलमा बसी धुरुधुरु र्कँदा, मैले जति 'काग दाजु!' भनेर बोधिसत्व हुन एउटा पाकेको बरको दाना मागेर बृक्षको फेदमा बुध्दै हुने गरि प्रतीक्षा गर्दा पनि केही नचलेपछि, केही छायाँहरु कुइरोसँग उठेपछि गाउँ र बजारभरि तिम्रो नाम पुकारेको सम्भि्कन्छु, तिमीलाई बोलाउनेबित्तिकै सबैमाथि मेरो जित शीतको हुस्सेमाथि खसेको घामजस्तै सर्र फैलेर आएको सम्भि्कन्छु, यसरी म तिम्रो मुख संसारको ऐनामा हेर्थेँ, पछि शहर पसेपछि तिम्रो मुख हेर्न म काठ र प्रस्तर कुँदेको जगतमा तिनै सम्बेदना, डर र खुसी मिसिएका मेरा यात्राका बहा र चोकहरुमा कुदेको कथा यस्तै अक्षरहरुमा छिनाले कुँदेर राखेकै छु, काठमाडौ महायात्रामा, यो पृथ्बीको उत्तर र दक्षिण गोलार्ध्दका अमृ्क थलहरुमा, अनि अनकौँ बिरानीहरुमा पुगेको बेला मैले त्यही लहड, शाहस र चिन्ताले समुद्र, पहाड, मरभूमि र जङ्गलहरुमा तिम्रो मुख हेरेँ। मैले देखेको तिम्रो अनुहार फेरि फेरि मलाई आफनै मुक्तिको निम्ति अनि अक्षरहरुमा मात्र कोरिँदा कोरिँदा ढुङ्गावत् भएका मेरा समय र मेरा आँखाहरुमा नयाँ जीवन दौडाउँनको निम्ति फेरि फेरि हेर्ने रहर छ, थाहा पाउँछु मेरो ठृ्लो शक्ति भन्नु अझै पनि नथाकेका,े मायाँ टनाटन भरिएको तिमीले नै दिएको यो एउटा मन रहेछ जुन अहिले पनि तिम्रो ज्योतिले बनेको झनेा मुख हेर्न पर्खिबसेको छ। |
आजकल मलाईलाग्छ आजकल म सधैंजसो एउटा छायाँ बोकेर हिंड्छु अरूका मनहरू कालो बादलजस्तो पहाडको अन्तर्तरङ्ग बुझ्न बिस्तारै वरिपरि घुमेजस्तै मेरो वरिपरि घुम्छन् अनेकौं आकृतिहरूमा आफ्नै मन बोकेर हिंड्छु अरूका मनका भारीले थिचेर आजकल मलाई मेरो अस्मिताभन्दा अरू कसैको जीवन बाँचेजस्तो लाग्न थालेको छ भन्छन् धेरै जनाले तिमीमाथि आँखा लगाएका छन् भने तिमी अपरिचित आँखाहरूका बाढीमा बगेका हुन्छौ भन्छन् सबैका मनहरू लिएर हिंड्छौ भने तिमी समयका पुराना बस्ती खोजेर तिनीहरूलाई बिसाउने ठाउँ हेरिरहेका हुन्छौं इतिहास यसरी नै बनिएको हो भन्छन् मनहरूका बाढीमा कसैलाई धकेलिदिएर कसैले चम्किला आँखाले सीधा हेरेर एउटा पीडा देखियो भने कहीं केही बलियो रचना भत्किन्छ कोही दुःखले मनभित्रको खण्डहर देखाएर उठ्यो भने तिम्रो मनभरि नै भैंचालो जान्छ लाग्छ त्यसैले मान्छेको समय कुइरोजस्तै सबैको मन छोएर उडेको हुन्छ कहिलेकहीं लाग्छ हिजोको जस्तो बिहानी दर्जनौं कुखुराहरू बासे पनि खुल्दैन लाग्छ हिजोको जस्तो साँझ हजार चराहरूले झुम्मिएर सहगान गरे पनि आकाशभरि आरेखित हुँदैन त्यसैले हिजोआज आफ्नै स(साना बिहानीहरू अक्षरमा कोरेर कागजको मैदानभरि छरिदिन्छु साँझहरू समातेर कविताका क्षितिजभरि टाँगिदिन्छु जिन्दगी भनेको पहाडमाथि चढिसकेर कठै फेदीमा सम्झनाहरू छोडिए भन्ने एउटा लामो सुस्केरा मात्र रहेछ ! शहरमा पसेको यति धेरै भयो यहाँ अनेकौं समय पुराना घर र गल्लीहरू अनि देवालय र गुम्बाहरूका खण्डहरमा लडेर घाइतेजस्तै छट्पटाएको देखेको छु अनि मन र चाहनाहरूका पनि खण्डहर हुँदारहेछन् जहाँ मान्छे आफ्नै शहीद दिवस एकल गायन गरेर मनाउँदोरहेछ एक्लै उद्घोषण गर्दोरहेछ अनि हतियारहरूमा त्यस कथालाई लुकाउँदो रहेछ यहाँ हिजोआज यात्राहरूका गन्तव्य छैनन् कोही बिपनाको बाटो गरेर घोर सपनाभित्र पस्छ कोही काँधमा उज्यालो बोकेर अँध्यारो खोज्दै हिंड्छ सपनाहरू भत्किन्छन् बिपनाहरू क्षतविक्षत हुन्छन् छेवैबाट उडेका गोलीको आवाजमा एउटा किशोर आफूले घरमा छोडेको सङ्गीत सुन्छ झुट खेल्नेहरूका अभिनय साँचो खेल भएका छन् तिनलाई हेरेर म आफैं भीड किनारामा मन नपराए पनि बा ! बा ! गर्दै ताली बजाएर उभिएको हुन्छु समयको कानमा मेरी ताली सुनिंदैन मेरो समर्थन र विरोधले कुनै पनि खेलको हारजीत हुँदैन आफ्ना सबै कथा कोरेर एउटा रङ्गमञ्चमा उभ्याउँछु कथा खोजेर आउनेलाई पर्खेर कपडामा तन्त्र आलिङ्गनमा बाँधिएका आकाश भैरवका नाच फैलाएर कसैलाई पर्खिएर बस्छु संस्कृति भनेको कहिले लाग्छ मेरै सपनाको खेती हो कि आफूले देखेको समयमा केही बनाउने चाहनाले आफैंले टाँगेको सानो आकाश हो कि ( संस्कृति म हिजोआज अघि नै छोडेका कुनाकानी अहिले हिंडेका यी गोरेटाहरू सबैलाई एउटै कुनै आकार दिन खोजिरहेको हुन्छु मलाई आजकल अरूको मनका खण्डहरबाट केही रचना उठाउने चाहनाले पिरोल्छ हिजोआज म आफ्नो आकाश अरूलाई दिएर कहीं केही बनियोस् भन्ने चाहनाले पिरोलिएको छु तर लाग्छ दौडभित्र कहीं चौतारी छन् कहीं आफ्नै यात्रामा अरूका आँखाहरूसँगै कुद्छन् मलाई आजकल कहीं चढ्दा उचाइले पिरोल्दैन झर्दा फेदीको चिन्ताले छुँदैन आजकल मलाई थकित आकाशले स्पर्श गर्दा कहीं जानै पर्ने चिन्ताको उज्यालोले पनि लखेट्दैन आजकल मलाई ! |
Hindi To Nepali Dictionary Words Starting From बो
Bridging Cultures: Daily Use Hindi Sentences in Parties with Nepali Meaning
Daily Hindi Sentences for Kids with Nepali Translations: A Simple Guide
Daily Office Sentences: Essential Hindi-Nepali Translations for Everyday Use
Daily Use Hindi Sentences for Parents with Nepali Meanings: A Guide for Everyday Conversations
Daily Use Hindi Sentences for Students with Nepali Meaning
Essential Daily Sentences for Market Conversations: Hindi to Nepali and Vice-Versa
https://easyayurveds.com/ayurvedic-medicine-for-common-cold/
https://easyayurveds.com/ayurvedic-medicine-for-weight-loss/
https://easyayurveds.com/ayurvedic-medicine-for-weight-gain/
https://easyayurveds.com/ayurvedic-medicine-for-cholesterol/
https://easyayurveds.com/ayurvedic-medicine-for-cough/
https://easyayurveds.com/ayurvedic-treatment-for-back-pain/
50 Medicinal Plants of Nepal Highly Liked by Chinese People
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication
Bartika Eam Rai Top Songs Lyrics & Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
Oshin Karki's Nepali Songs Lyrics And Chords
All Songs Lyrics Of Wangden Sherpa
Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु
Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकवी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In Nepali
11 Types of Poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide