Some Nepali Poem Of Kundan Sharma, कुन्दन शर्माका केही कबिताहरु

Some Nepali Poem Of Kundan Sharma, कुन्दन शर्माका केही कबिताहरु

Kulmani Devkota, popularly known to the literature world of Nepal as Shankar Sharma, was born in the month of Mangsir in 1985 B.S. in Tansen, Palpa, Nepal. He is an iconic personality of Nepalese literature and coincidentally the son of Madhav Prasad Devkota. His works have heralded a revolution in Nepalese poetry and literature over the years. He brought remarkable changes during the mid-20th century. He is considered a poet by reputation, although he has written on education and social upliftment.

Kundan Sharma was born on 25th of October, 1943 in Birgunj, Nepal. She originally comes from a very reputed literary family and is the daughter of Keshavraj Pindali - one of the towering greats in Nepali literature. Her early schooling was done in Kathmandu at Shantiniketan, and higher studies were completed in Banaras, India, up to High School level - S.L.C. Later she did her master's degree M.A. from Tribhuvan University. in Economics. While she had started serving the public pretty early, even doing six months in land reform and a year as a research officer in cooperatives, she knew that was not her calling.

    Literary Excursion:

    It is said that her writing career seriously started when Padmakanya College published her poems in a magazine when she was barely 18 years old, and her teacher Ambika Prasad Adhikari recognized the potential within her and further motivated her into taking up writing. Through the next couple of decades, Sharma would come to be considered one of the most influential poets, known for her sensitivity with socially aware poetry.

    The major chunk of Sharma's opus delineates the agony of women in a patriarchal schema. She equally faces issues relating to exploitation, discrimination, and emotional neglect; yet all this with an artistic acumen which none of her female contemporaries could match. Her poetry merged stark social realities with captivating artistry second to none in Nepali literature. This rare ability of hers in combining themes with effective articulation, touching articulation, made her publish in the prestigious journal Kabita, the poetry periodical from the Royal Nepal Academy.

    Major Works:

    Her first collection of poems was entitled Mera Kavita Haru, meaning My Poems. It was published in 2045 BS. The next two important books were published in the subsequent years, namely Yo Man, meaning This Heart published in 2051 BS and Choriko Katha or The Story of a Daughter published in 2060 BS. A number of her poems have also appeared in different local as well as international journals and literary magazines.

    Inspite of these major works in literature Sharma has been harping on her main complaint that seems to be some type of neglect by the literary world at large. She is not quite happy with the sparsity of attention that she gets through awards, recognition and critical appraisals and wonders whether this was all a conspiracy or the readership proved below expectation. Yet Sharma continues writing as it is prime necessity for her to express her experiences and emotions.

    Personal Life

    Life as Kundan Sharma took a personal and geographical turning point following her migration to India after marriage with Brijraj Singh, a member of the royal family in Uttar Pradesh. From Nepal to India, she shifted geographically. Nevertheless, her emotional roots with Nepal were strong, and that often resulted in visits, especially to her brother Anupraj Sharma.

    Although Sharma has had substantial political involvements throughout her life, as evidenced by three imprisonments due to her activism, including for showing black flags to King Mahendra in 2017 BS, she now looks back at her political life with some sort of emotional detachment. Indeed, she had been intensely passionate about it, but later found there was an incredible amount of unthinking loyalty and blind following of orders that she felt compelled to revisit the question of its validity. With time, she became entirely self-indulgent in literature—a medium far deeper for the expression of her ideas and feelings.

    Themes in her works:

    Sharma's poetry always treads shoulder to shoulder with the lives of women and their struggles in both social and personal arenas. Her lines reveal a feeling of strong rebellion, angst, and complex emotional journeys that women go through since the beginning of a confined life impelled by a patriarchal society. Aesthetically and artistically, at its core, it communicates pain and defiance with that touch which resonates deep inside the readership.

    The only contention that her work engages in is beyond the political and social realms, even beyond the psychic and emotional spheres. She makes these representations formidable poetry, as she writes with emotive delicacy, testing the reader's perceptions of the genders and the social structure which the genders have to put up with.

    Later Years and Reflections:

    Now in her eighties, Kundan Sharma looks back at a decadal-long career with shades of pride and frustration. Writing for over 60 years now, she still finds the literary establishment has not warmed to her work. And yet, she goes on writing, perhaps propelled by nothing if not the creation itself. For her, poetry remains the purest mode of articulation; where even pain and rebellion must be made beautiful.

    The latter continues to stay in New Delhi with her three daughters and keeps in touch with the litterateurs, though the earlier desperation to place her poems persists no longer. She now circulates her poetry to a few magazines and her immediate circle of literary friends. To Sharma, writing was never meant to be done for popularity or recognition; it was merely a means of giving words to her inner turmoil-a source of personal satisfaction.

    Conclusion:

    The reasons her whole life bears testimony to coping and resilience in order to achieve professional excellence in literature; her unique and rare voice, which has been shaped against the odds of gender bias, social norms, and personal setbacks in Nepali poetry; and mastery over discourses and the language of poetry have assigned her an important place in the world of literature. Even though she feels not valued enough by the mainstream world of literature, her works nonetheless are very relevant and incisive. It really reaches all those who easily relate to the struggles and unyielding spirit therein, so often being channeled in an ultra-emotional manner.


    मातृभूमि 

    हैन, यो देशलाई
    मातृभूमि किन भन्छौं हामी ?

    आमालाई त कुनै महत्त्व
    दिदा रहेनछौं हामी
    हाम्रो जीवनमा ।

    पुरुषवीर्यलाई
    आफ्नो गर्भ दिएपछि
    जन्माएर हुर्काएपछि
    अरू केही लिनदिन पाउँदिनन् उनी
    अस्तित्वबाट ।

    उनी त फगत थपना रहिछन्
    पूजाकोठाको प्रतिमाझैँ
    हात जोडेर ढोगेपछि
    त्यही ढोकाभित्र बन्द हुने श्रद्धाझैँ ।

    हैन, यो वंशको अधिकार
    पुरुषले नै पाउनुपर्छ भनी
    कसले तोकेको ?
    आफ्नै शरीरमा
    त्यो वंश हुर्काउने नारी
    भावनाका सर्वस्व दिएर बाँच्न सिकाउने स्त्री
    कुन अर्थमा असमर्थ ठहरिन्छे
    सोही वंशको संरक्षण गर्न फेरि ?

    नभन कुनै माटोलाई
    आमाको काख अब
    यो काखको
    कुनै हक छैन
    हाम्रो जीवनमा
    हैन भने,
    अरू बालिगअधिकारसरह
    रोज्न देऊ सन्तानलाई
    आमा वा बाबुबीच
    आफ्नो बंश आफैं
    अस्तित्वको पहिचान
    र आफू बाँच्ने माटो
    चुन्ने स्वतन्त्रता
    मानिसको निजी हुनुपर्छ ।

    नत्रभने
    नभन कुनै देशलाई
    मातृभूमि अब
    मेरी आमासित त
    कुनै भूमि नै छैन
    सन्तानलाई उभिन दिने यहाँ ।

    म, आमा र छोरी 

    छोरी ! आज म तिमीलाई
    नयाँ जीवनको आशीर्वाद दिन चाहन्छु
    वरदान नै दिने थिएँ
    तर यस्ता दैवी शक्ति ममा छैनन्
    भएको भए
    म तिम्रो जीवनको सम्पूर्ण ढाँचा फेरिदिने थिएँ
    अनि तिमी यसलाई आफ्नो मानी
    आफूले चाहेझै बाँच्ने थियौ ।
    अरूका निम्ति बाँच्ने
    आदर्श बोकेको इतिहास हाम्रो
    घिन लागिसक्यो मलाई
    यस्ता आत्मदाहदेखि
    शोषणको पहिलो लक्षण
    त्यागको आह्वान हुँदो रहेछ ।

    हामी महान् बन्ने आकाङ्क्षामा नै
    मरेका छौँ सदा यहाँ ।
    मेरी आमाको तरुनो अनुहार
    अझै सम्झन्छु म
    बिस्तारै बिस्तारै चाउरीका पत्रमा
    खुम्चिँदै गए क्यार उनका सपना सबै
    कहिलेकाहीँ सोच्छु
    आमाले कुनै सपना पनि देखेकी थिइन् र ?

    उनको जीवन त बित्यो
    हानै सेवामा
    घरबारमै सीमित थियो उनको संसार
    साँगुरो आकाङ्क्षाका ती सानासाना सुखदुःख
    म पीडित हुन्थेँ आमाको अवस्था देख्दा
    तर उनी सुखी थिइन्
    उनको दु:ख पनि हाम्रै दुःखमा थियो ।

    मैले बुझ्न सकिनँ कहिल्यै
    अस्तित्वविनाको त्यो अस्तित्व
    आफूलाई बिर्सेर पाएको त्यो सन्तोष
    तर कहिलेकाहीँ लामो सुस्केरामा
    भन्थिन् उनी, "नानी । तिमी मझैँ नभए" ।

    आमाभन्दा भिन्न भई
    बाँच्ने रहरमा हुर्केकी म
    उनको त्यो जीवन मेरो अस्तित्वबोध भयो
    म साँच्चै फरक हुन थालेँ
    तर केही सरल रहेन मेरो जीवनमा त्यसपछि ।

    पितालाई क्षमा गर्न सकिनँ मैले
    आमाको अवस्था सम्झँदा
    प्रेमी मेरो कल्पनामा बाँचे
    पति प्रेमी हुन सकेनन्
    उनी त पुरुष परमेश्वर भई आए जीवनमा
    तर आमा अन्धो परिक्रमा गरी
    पूजा गर्न सकिनँ मैले उनको ।

    माया गरेर, माया खोज्न थालेकी थिएँ म
    जीवनलाई साझा उत्तरदायित्व मानी
    बेहोर्न चाहन्थेँ म ।

    अब घरबारमा मात्र सीमित थिएनन्
    मेरा आकाङ्क्षा
    ती फराकिँदै गएको अनुभूतिमा
    म आत्तिएँ केही फेरिएको थिएन कतै अझै
    मबाहेक,
    म आफैँ पनि त्रसित हुन्थेँ
    आफ्ना संस्कारसित कतै
    र भ्याउन सकिनँ आफ्नै जीवनलाई मैले ।

    त्यसैले छोरी !
    मैले तिमीलाई
    पुराना मान्यताको बोझ दिएर
    कुनै भ्रममा हुर्काइनँ,
    नाङ्गो भई बाँचेंँ म आफ्ना व्यथामा
    लुकाइनँ ती अपमान संरक्षणले गरेका
    मेरो अस्तित्वको
    कति एक्लै भई बाँचेँ म सबैसित
    लुकाइनँ मेरो पीडा साथी पाउन नसकेको
    छोरी ! तिमी कहिल्यै एक्लो नभए !
    तिमी सबल, समर्थ भएर आफ्ना सबै मान्यता
    आफ्नो निम्ति आफैँ रोजे
    र आफूलाई चिनेर बाँचे।

    छोरी । आज म तिमीलाई
    नयाँ सपनाको आशीर्वाद दिन चाहन्छु
    मेरी आमाले दिएका पुराना सपनामा
    ज्यादै कमजोर भई बाँचेँ म।

    यथोचित मेरा पिता 

    एउटा सम्बन्ध
    अब सम्झना भयो
    हुन त यो सम्पर्क नै भइसकेको थियो ।

    म आएँ पाहुना भई
    तिम्रो घरमा फेरि
    छाड्न अन्तिम यात्रासम्म तिमीलाई ।

    त्यो सङ्घर्ष तिम्रो
    मृत्यसित,
    असहाय भई हेरें
    र तिमीलाई जिताउन पनि
    बाबा ! कति चाहें
    तर, केही लाग्दो रहेनछ यहाँ
    जीवनभरि सङ्घर्ष गरेर
    कतै विजय पाए पनि
    सबै हार्दा रहेछन्
    मृत्युसित त्यहाँ ।

    तिमी पनि ढल्यौ
    तिम्रो ढलेको निर्जीव शरीरको
    त्रास मनमा अझै बाँकी छ
    त्यो चितामा राखेर
    तिम्रो मुखमा आगो दिने
    हक मेरो भएन
    दिन सक्ने पनि थिइनँ
    जन्मेदेखि माया गरेको शरीरलाई
    आफैले सल्काउनु
    एउटा कठोर दण्ड हो ।
    कति क्रूर बनायौं हामीले धर्म अस्तित्वको
    यहाँ खोजीखोजी यातना दिइन्छ
    बाँच्नेलाई
    मर्नेको निहुँ लिएर ।

    यो मरेको संस्कारले
    बाँच्नेको साथ दिने पनि छैन कहिल्यै ।

    पीडा त यसै पनि पीडा हो
    फेरि किन हुँगीठेगी दुखाउँछौं
    यो वियोगको घाउ यसरी ?
    छाडिदेऊ मलाई एक्लै केही आँसु झार्न
    केही सम्झन
    केही बिर्सन
    कोही गयो मेरो
    कोही छुटयो मेरो
    केही लुटयो मेरो ।
    अब त राख्न चाहन्छु
    सब सँगाल्न चाहन्छु
    बटुलेर मनको तहतहमा
    उसको माया मात्र ।

    ए मेरा पिता !
    तिमीले रोपेका थियौ बीउ आफ्नो
    र बिरुवा हामी तिम्रो
    कतै सारिएर आज
    वृक्ष भई उभिएकी छु म ।
    यहाँ वनस्पतिको पनि
    आफ्नो पहिचान हुन्छ
    म त जीवित प्राणी
    तिम्री छोरी
    किन लगाउन सकेनौ
    मलाई आफ्नो बंशको हीका ?
    तर तिमीले जीवनभरि कमाएको सम्पत्ति
    तिम्रो कलम
    विरारतमा पाएँ मैले ।

    मैले नै बोकेँ त्यो अभिभारा
    म नै बोक्नेछु त्यो जिम्मा
    म नै बुझ्नेछु
    तिम्रो सङ्घर्षको
    सुखदुःख, मानअपमान
    र पुर्‍याउनेछु
    कुनै लक्ष्यसम्म
    तिम्रा अकाङ्क्षा ।

    ए मेरा पिता !
    तिमी बाँचेका थियौ
    आफ्नो कलममा
    तिमी बाँच्नेछौ
    ती कृतिमा
    र तिमीलाई जीवित राख्नेछु फेरिफेरि
    म आफ्नो कलमले ।

    यो कलमको नाता हाम्रो
    वंशजको सबै निर्णयलाई
    चुनौती दिँदै छ
    प्रश्न र अंश र हकको हैन
    उत्पत्ति र पहिचानको हो
    तिमी मुहान मेरो
    बगेका छौ तिमी ममा
    यथोचित ! ए मेरा पिता !!

    मेरो अस्तित्वको घर 

    आमाको काख
    बाबुको काँध
    मैले खेलेको चोक
    र हिंडेको गल्ली
    आज सबै टाढा भए
    खै ती कहाँ गए ?

    मनको कुनाकाप्चामा
    छरिएका छन् खालि सम्झना
    एउटा जन्म र जीवनको
    केही सम्बन्ध र सम्पर्कको ।

    किन दुख्छ यो चित्त अझै ?
    सम्झँदा त्यो परिवार
    जहाँ म जन्में,
    किन मेरो ठहरिएन त्यो घरदैलो ?
    मेरो परिवार
    जहाँ म हुर्के ।

    म पाहुना भई आएछु
    आफ्नामा
    मेरा आफन्तले नै त्यागे मलाई
    बाँच्न बिरानोमा ।

    तापनि किन पर्खन्छ यो मन ?
    जीवनपर्यन्त
    कुनै आग्रह, केही सम्बोधन
    "नानी। तिमी घर आऊ
    तिम्रो ठाउँ अझै रित्तै छ ।“

    तर कोही आउँदैन
    कसैले बोलाउँदैन ।
    सम्बन्ध कसिङ्गरकै हुँदो रहेछ
    बिस्तारैबिस्तारै बढार्दै जान्छौं हामी
    जीवनवाहिर ।

    भैगो कूटो नै भए पनि
    केही भ्रम त राख
    मेरो मन त राख
    हिजोसम्म म तिमै थिए.
    केही छुटेका छन् त्यहाँ तिमीकहाँ
    मेरा पनि
    कसरी फुकालू यो मायाको गाँठो ?
    बाँधिएको छ त्यो कतै अझै त्यहीं ।

    अनि एक दिन कसैले
    त्यो मेरो भई आएकाले
    निम्त्यायो मलाई
    उसको घरदैलो, जीवनमा
    आफ्नो बनाई ।

    भावनाका सबै रङ पोते मैले
    त्यहाँको झ्याल, ढोका, भित्तामा
    न्यानो माया ओछचाएँ
    नाङ्गो भुइँमा
    र आफ्ना सपना कुन्डयाएँ
    त्यो धुरीमा ।

    सिन्कासिन्का बटुलेर
    बनाएँ एउटा गुंड मैले
    सबै हुरीबतासबाट लुकाएँ
    बचाएँ, मेरो सर्वस्व मेरो घर मैले ।

    तर अकस्मात् एक दिन
    उसले पनि भनिहाल्यो कुनै अहंमा
    त्यो घर मेरो हैन
    उसको रे !
    अस्तित्वको यस्ता अपमान
    अब म खप्न सक्दिनँ
    सम्पूर्ण जीवन बाँचेछु
    अरुको घरलाई आफ्नो मानी
    अब एक बित्ता भए पनि
    आफ्नै ठाउँ खोज्नेछु
    म मेरो निम्ति
    मेरो घर बनाउनेछु
    जहाँबाट कसैले
    मलाई फेरि गलहत्याउँदैन ।

    बिदा मृत्युबोधमा 

    (मागेको बिदा)
    ल, जान देऊ अब मलाई
    बिदा लिदै छु
    मुक्त गर्नेछु तिमीलाई
    सालनाल काटेर बाँच्न दिएझैँ
    आफ्नो नासोबाट ।

    रोएर नबोलाए
    म फर्कने छैन
    पर्खेर नबसे
    म आउने छैन
    कालले छुट्टयाउँदो रहेछ
    अन्तत: सबैको बाटो यहाँ ।

    कहिलेकाहीँ सम्झेमा
    आँखा चिम्लेर
    च्यापे मलाई
    मनको अँगालोमा
    बिस्तारै खुकुलो हुँदै जानेछ
    मोहको त्यो बन्धन पनि
    फेरि चल्नेछ
    यो जीवन तिम्रो
    मबिना पनि ।
    यति नै रहेछ
    यो सम्बन्ध
    मायाको मायासँग ।

    (दिन खोजेको बिदा)
    बिदा नमाग यसरी
    म दिन चाहन्न
    तर तिमी गल्दै गएको पनि
    हेर्न सक्दिनँ ।

    प्रार्थना छ यति नै
    तिमी गए सुबिस्तासाथ
    मलाई नभनी नभेटीकन
    नत्र गाह्रो पर्नेछ ।
    दुवैलाई यहाँ छुट्टिन ।

    कसरी भनूँ ?
    तिमीबिना यो जीवन
    कति एक्लो हुनेछ !
    त्यो चिताको आगोमा तिम्रो शरीरसित
    मेरो मन सल्कनेछ ।

    रोएर तिमीलाई गाहो पार्ने छैन
    रोक्न सक्दिनँ तिमीलाई
    यो अन्तिम यात्रामा
    तिमीसित जान पनि पाउँदिनँ ।

    बस यही रहेछ विवशता
    यो जीवनको
    एक्लै जानुपर्ने यहाँ
    एक्लो पारेर
    मायाले मायालाई ।

    प्रवासीको देश 

    आँखामा चोरेर हालूँ ?
    कि मनमा सोहोरेर भरूँ?
    ए देश ।

    कसरी म तिमीलाई
    आफूसित लगूं ?
    हुन त, यहाँ पनि
    जहाँ पनि
    उही माटो छ
    आकाश उही,
    उही पानी छ
    बतास उही
    तर केही त फरक छ
    केही फरक भइदिन्छ
    खै कुन्नि, कता कसरी !

    अरू आकाशमा
    आफ्नो क्षितिज देख्दिनँ
    पाउँदिनँ बादलमा मेरा सपना
    बतासले ल्याउँदैन अरू कतै
    परिचित बास्ना,
    मानिसमा भेट्दिनँ कोही आफ्ना
    र फर्केर आउँछु फेरिफेरि
    ए देश !
    म तिमीकहाँ ।

    यो माटोले च्याप्छ मलाई
    आमाको काखझैँ
    बाटोले बोलाउँछ यहाँ
    मायालुको आँखा भई
    खोलानालामा बगेको छ
    मेरो जीवनको प्रवाह जहाँ
    त्यो पहाडको फेदीमा बसेको छ
    मेरो गाउँ, मेरो घर त्यहाँ ।

    तिमीलाई छाडेर
    म तिम्रो भइनँ
    अरूलाई पाएर पनि
    म अरूको हुन सकिनँ
    ए देश !
    कसरी बिर्सूँ म तिमीलाई भन ?
    कसरी पाऊँ म तिमीलाई अरू कतै अब ।

    प्रतीक्षा

    भो नफकाऊ मलाई अब
    भावनाका कुनै प्रलोभनले
    धेरै भोगिसकें
    यस्ता प्रपञ्च मैले यहाँ
    सबै निहुँले
    केवल प्रभुत्व चाहन्छौ तिमी
    ममाथि ।
    अघाएन कहिल्यै
    तिम्रो यो लोभ स्वामित्वको ।

    पल्टाएर हेर
    कला, साहित्य र इतिहासका पाना
    ती तिम्रा मनपरीका खेलबाड मसित
    म क्रमश:
    विवश
    खण्डित
    र विभाजित हुँदै गएँ
    तिम्रो सम्पर्कमा ।
    मेरो पूर्ण रूप
    तिमीले देख्नै पाएनौ
    चाहेनौ पनि क्यार हेर्न ।

    तिम्रो अहमले स्वीकार्न सकेन कहिल्यै
    मेरो स्वतन्त्र व्यक्तित्व
    तिम्रो लागि
    म केवल तिम्रो जीवन सार्थक बनाउन आएकी थिएँ
    मेरो अस्तित्वको
    आफ्नो कुनै उद्देश्य थिएन ।
    म सुन्दर, कोमल
    निर्धा, असहाय
    तिम्रो संरक्षणबिना बाँच्न नसक्ने
    अबला नारी ठहरिएँ ।

    तिमीले जे चाह्यौ
    सो देख्यौ, सोही खोज्यौ ममा
    बाँधेर राख्यौ तिमीले मलाई सदा
    मूल्य, मान्यताका अनेकन् बन्धनले ।
    तिमी डराउँथ्यौ क्यार
    मलाई मुक्त गर्न !
    र आज मलाई दासत्व दिँदादिँदै
    तिमी स्वयं कमारा भएका छौ
    सहस्र कमजोरीका
    र म तिम्रो सबैभन्दा बलियो कमजोरी !
    सम्बन्धलाई समर्पणको जामा पहिराउने
    हे निर्धो पुरुष !
    नमाग यस्ता बलिदान मबाट अब
    व्यक्तित्वको मृत्यु
    जीवहत्याजस्तै पाप हो
    र सोही अपराध तिमीले गरेका छौ ।

    आज आफ्नै सोचाइको विकृतिबाट कुण्ठित
    हे अधुरो पुरुष !
    तिमी मलाई तृप्ति दिन पनि असमर्थ भएका छौ
    मेरो मन
    शरीर र संरक्षणबाहेक
    अरू धेरै कुरा खोज्छ तिमीमा ।

    खोइ पुरुष यहाँ
    जसलाई पाएर
    जोसँग म सम्पूर्ण हुन सकूँ !
    खोइ पुरुष यहाँ ?
    जसलाई चाहेर
    जोबाट म मुक्त बाँच्न सकूँ ।

    म 'म' हुन सकूँ
    प्रतीक्षा केवल प्रतीक्षा
    आदिकालदेखि
    के अनन्तसम्म ?

    पुरुष तीन रूप


    १.तिमी प्रेमी
    माया गर्दागर्दै पनि छाड्नुपरेको
    सम्कँदासम्झदै बिर्सनुपरेको
    तिमी मनमा कतै लुकिराख्छौ
    कहिलेकाहीं एक्लै बस्दा
    तिमीलाई फेरि सम्मँदा
    तिमीलाई यो मनमा भेट्छु
    तिमी फन्फन् राम्रो लाग्छौ
    तिमीलाई झन्झन् मन पराउँछु ।

    सोच्छु,
    तिमी पति भएको भए
    तिम्रो सम्झना
    के यति नै सुखद हुने थियो ?
    पाएका कुरा आफ्ना हुन्छन्,
    नपाएका कुरा जहिले पनि श्रेष्ठ लाग्छन्
    हैन त ?

    तिमी मेरो कल्पना
    आफूमा हुर्काउँछु तिमीलाई
    आफूले नपाएका सबै कुरा
    खोजीखोजी सजाउँछु तिमीलाई
    अनि तिमी किन राम्रो हुँदैनौ त ?

    २. तिमी पति
    माया लाग्दालाग्दै पनि
    कहिलेकाहीं मन नपरेको
    कति कर्को लागेको
    कति रिस उठेको
    छाडेर पनि त्यसै जान नसक्ने
    कतिफेरा गएँ
    कतिफेरा आएँ
    अब त खालि जाने घुर्की मात्र छ
    त्यसमा
    कताकता तिम्रो रोक्ने बाटो छ ।
    कताकता मेरो फर्कने निहुँ छ ।

    तिमीले र मैले
    जीवनको संयुक्त खाता खोलेका रहेछौं
    तिमी नभए यो नचल्ने
    म नभए यो नखुल्ने !
    यो कस्तो विडम्बना ?
    तिमी कुनै नछुट्ने लत त हैनौ ?
    तिम्रो अब मलाई बानी परिसक्यो ।
    तिमी मेरो यथार्थ भागेर जाऊँ कहाँ ?
    तिमी मेरो जीवन भइसक्यौ ।
     
    ३. तिमी पिता
    सन्तान जन्माएपछि
    तिमी तृप्त हुन्छौ
    मेरो एउटा चौटा पाएर
    तिमी ढुक्क पछौँ
    सके सोच्छौ, म अब भाग्न सक्दिनँ
    मेरो अंश तिमीकहाँ छाडेर
    कतै जान सक्दिनँ- बाँच्न सक्दिनँ ।

    सन्तान पाएपछि
    मेरो माया बाँडिन्छ
    काम गर्दा, यसलाई हुर्काउँदा
    त्यो तिम्रो सन्तान हैन, मेरो मानिन्छ ।

    तिमी कताकता टुहुरो हुन्छौ
    कताकता सधैं निहुँ खोज्छौ
    कताकता सधैं ठुस्केका हुन्छौ
    र हेदहिर्दै,
    तिमी मेरो सन्तानभन्दा झन् सानो
    मेरो अर्को सन्तानकै भइदिन्छौ
    के तिमीले ममा
    आफ्नी आमा त फेरि खोजेका हैनौ ?

    पुनर्जन्म 

    एउटै पृथ्वीमा
    एकफेरा मात्र बाँच्न पाएको
    जीवन
    म फेरिफेरि बाँच्न चाहन्छु ।

    यो लोभ, तृष्णा
    यो आकर्षण, आकाङ्क्षा
    त्याग्न सकिनँ मैले कसै गरी पनि ।

    भन्छन्, पुनर्जन्म हुन्छ यहाँ
    तर आफूले नभोगेका कुरा
    मनले मान्दैन
    कसैलाई फर्केर आएको यहाँ देख्दिनँ ।

    तर म त आउन चाहन्छु
    जाने इच्छा नै छैन मेरो
    कसै गरी यहीं बाँचिराख्न चाहन्छु ।

    तसर्थ असम्भवलाई सम्भव पार्न
    सङ्कल्प गरेको छु मैले
    आफ्ना अङ्गअङ्ग मरेपछि
    चाहिनेलाई दान दिन
    र मरेर पनि बाँच्नेछु म यसरी
    पुनर्जन्म लिनेछु अरूमा फेरिफेरि ।

    नारी 

    कति रूप लिएँ यो जीवनमा
    कति रूप लिनेछ अकै पनि
    म छोरी, बहिनी
    प्रेमिका, पत्नी, जननी
    तिमीझैँ बाँच्न जन्मेकी
    एउटा शरीर, एक प्राण
    म नारी
    मलाई बाँच्न देऊ कतै नारी भई ।

    छोरी मात्र नसम्झ मलाई
    नबोलाऊ खालि बहिनी भनी
    नसोच प्रेमिका मात्र
    नरोज केवल पत्नी मानी
    जननीमा पनि मेरो पूर्ण पहिचान छैन
    त्यहाँ त
    मेरो गर्भ कब्जाएर
    मनमानी गरेका छौ तिमीले
    मेरो जीवनसित ।

    ए निरङ्कुश शासक ! मेरो अस्तित्वको
    बेदखल गर्न चाहन्छु म
    तिमीलाई आफ्ना सिमानाबाट
    स्वेच्छाको आमन्त्रण पर्ख अब
    बाँच्न चाहन्छौ भने मसित ।

    मेरो लक्ष्य
    तिमीमा मात्र हुन सक्दैन
    जीवनको लेखाजोखा गर्दा
    केही अर्थ, केही सन्तोष चाहिन्छ
    मलाई पनि बाँच्नलाई ।

    सम्मान गर मेरो अस्तित्वको
    म पनि तिमीझैँ
    बाँच्न जन्मेकी
    बाँच्न चाहने
    एउटा प्राणी
    मेरो जीवन कसैको सम्पत्ति हैन।


    नयाँ अदालत 

    ए। मानवअधिकारका कुरा गरेर नथाकेकाहरू
    पहिले त यहाँ कुनै अदालत सड़ा गर
    जन्मको मुद्दा हेर्न
    किनकि प्रत्येक नयाँ जन्ममा
    कसैको अनधिकार हस्तक्षेप हुन्छ
    कसैको जीवनसित
    मलाई उजुर गर्नु छ
    मेरो अस्तित्व लुट्नेहरूविरुद्ध ।

    कस्तो विचित्र सृष्टि यो !

    मेरो जन्ममा
    मेरो इच्छा सोधिँदैन
    मेरो जीवनमा
    मेरो अधिकार बुझिँदैन
    मेरो मृत्युमा
    मेरो मर्जी चल्दैन ।
    हामी नाम मात्रका मालिक छौँ आफ्ना
    हामी भन्न मात्र मुक्त छौं यहाँ
    तापनि मृगतृष्णा
    मुक्तिकै कामनामा
    बाँचेको छ म सदा
    मुक्तिकै सङ्घर्षमा
    मरेको हुन्छ म सदा ।

    तर यथार्थ यही रहेछ
    आमाको गर्भ
    मेरो झ्यालखाना थियो
    पिताको वीर्य
    मेरो सजाय
    तर मेरो अपराध केही थिएन ।

    मेरो जन्ममा
    मेरो हात थिएन ।
    यो जीवनसितको
    मनपरी खेलबाड अरूको
    जीवन कसैको
    दान कसैको ।

    त्यसैले जबसम्म अस्तित्व पुग्दैन
    स्वेच्छा जन्म र मृत्युको शक्तिमा
    असहाय प्राणको रक्षा गर्न
    कुनै अदालत खडा गर
    र दण्ड दिने व्यवस्था मिलाऊ
    जथाभाबी जन्म दिनेहरूलाई
    किनकि जन्मेर हैन
    बाँचेर हैन, न त मरेर नै
    मैले कुनै पाप गरें
    अपराध, मलाई जन्माउनेले पो गरे
    म त फगत
    अरूको कर्मको फल भोगिरहेछु
    म यहाँ आफ्नै जीवन
    अरूको इच्छामा
    जन्मेको छु- बाँचेको छु
    बाँचेको छु- मरेको छु ।

    देहव्यापार

    हो, देहव्यापार हुन्छ यहाँ
    कहिले भएन ?
    बजारमा बोली लगाऊ
    वा घरमा सम्बन्धको जामा पहिराऊ
    वा मञ्चमा सुन्दरताको नाम दिएर
    मेरा अङ्गअङ्गको प्रदर्शन गर्दै मलाई नङ्ग्याऊ
    तिमीलाई त फगत मेरो शरीर चाहिएको छ
    बस, यसैलाई सम्ठचाऊ ।

    सम्भोगका लागि किन वा बेच
    मायाको नाममा आफ्नो बनाई भोग
    वा मेरो गर्भमा आफ्नो वंशलाई खोज
    कि, मबाट अरू केही कमाइ गर्ने सोच
    नाम केही देऊ
    कुनै झूटो सम्मान देऊ
    तिमी त खालि उपासक मेरो शरीरको
    कुनै निहुँले बस यसलाई नै लेऊ ।

    यो मन मेरो
    कसले बुझेको छ ?
    कसले खोजेको छ ?
    कसलाई चाहिएको छ ?
    म सृष्टिको एउटा उत्कृष्ट रचना
    केवल वासनाको आकाङ्क्षा भई बाँचें सदा ।

    यहाँ सम्बन्धको पर्खाल मानिदैन
    उमेरको फरक रहँदैन
    काखमा बसेका नानीको समेत
    शरीर सुमसुम्याउन
    तिम्रो हात चुक्दैन ।

    हो, देहव्यापार हुन्छ यहाँ
    कहिले पो भएन ?
    सडकसडकमा, घरघरमा
    मञ्च, अखबार, सिनेमा, टेलिभिजनमा
    आँखा उठाएर हेर
    मेरो शरीर नै देख्नेछौ
    जताततै जहाँतहाँ ।

    बस, फरक यति नै छ आज
    पहिले तिमी जबरजस्ती गर्थ्यो
    अब म स्वयं स्वेच्छाले
    आफै नाङ्गिन्छु, बेचिन्छु ।
    र आफ्नो किमत असुल गर्छ ।

    सके यही एक मात्र
    आकर्षण छ तिम्रो मप्रति
    सके यही एक मात्र
    नियन्त्रण छ मेरो तिमीमाथि ।

    जबसम्म तिमीभित्रको जनावर मर्दैन
    र मेरो स्वाभिमान बिउँझँदैन
    यो व्यवहार यसरी नै हुनेछ
    यो व्यापार यसरी नै चल्नेछ ।


    तुहिएको अस्तित्व

    ए आमा ।
    तिमीलाई म के भनूँ ?

    तिमी स्वयं कसैकी बाँचेकी छोरी
    बस, बुझिदेऊ यो मौन व्यथा
    न गुनासो मान
    न स्वीकार सम्झ यसलाई
    यो त आहत अहं हो मेरो
    यहाँ बाँच्नलाई तिम्रो चाहनाको
    विश्वास खोज्नुपरेको छ मलाई
    आज पुन: चिन्नुपरेको छ तिमीलाई ।

    विद्रोह गरी
    तिम्रो अपमान गर्न सक्दिनँ
    तिमीलाई लाञ्छना लगाउँदा
    म नै नाङ्गो भएकी हुन्छु कतै
    किनकि हामीले
    एउटा साझा अस्तित्व बोकेका छौँ यहाँ ।

    ए आमा । म तिम्री छोरी
    नढाँटी भन के तिमीले मलाई स्वीकारेकी थियौ त
    हर्षका साथ
    आफ्नो प्रथम गर्भमा ?

    मलाई लाग्छ तिमी चाहेर गर्भवती भएकी थिइनौ
    यहाँ यसरी सम्तान जन्माउने
    प्रथा नै छैन
    यो त केवल परिणाम हुन जान्छ
    हाम्रो वासनाको
    र पतिका बलात्कार सहँदासहँदै
    विक्षिप्त भइसकेका हुन्छन्
    धेरैको कुमारी सपना तबसम्म ।

    तापनि तिम्रो गर्भमा आएपछि
    त्यो सृष्टिको अँध्यारो कोखमा
    तिम्रो मुटुको प्रत्येक धुकधुकीले
    आफैसित चिन्तामा सोधेको सुनें मैले
    'छोरा कि छोरी ?
    छोरा कि छोरी ?’
    आमा, नढाँटी भन आज
    तिमी किन रोएकी थियौ त्यसरी
    मेरो जन्ममा ?

    ममा आफ्नो कथा दोहोरिने पीडाले
    वा, पुत्रमा पाइने संरक्षण ममा गुमाएको भयले
    किन झरे ती आँसु तिम्रा
    मेरा थाङ्नामा ?
    म आत्मग्लानिमा हुर्के त्यसपछि
    तिमीमा आफ्नो सम्मान खोज्ने
    भूल गरेकी थिएँ मैले ।

    अनि, तिमी फेरि गर्भवती भइछौ
    तर अल्ट्रासाउन्डको कोठामा
    लिङ्गपरीक्षणपछि
    गर्भपातको टेबिलसम्म पुग्दा
    आमा । तिमी हैन
    तिम्रो गर्भ रोएको सुनें मैले
    एउटी छोरीले
    छोरीकै अस्तित्व तुहाएको देख्दा ।

    गर्भद्रोह

    म मेरों गर्भ दिन चाहन्न
    तिम्रो सन्तानका लागि
    सृष्टिको कुनै नयाँ उपाय खोज अब ।

    त्यो नीहिने सास्ती
    र प्रसवपीडाको यातना
    मरीमरी बाँचेकी छु म
    प्रत्येक प्रसवमा ।
    वंशलाई बोक्ने
    यो शारीरिक बाध्यता
    सजाय भई जन्मेको छ मसित
    यही त्रास र बन्धनमा
    गलेकी छु म जीवनभरि ।

    साँच्चै भनौँ भने
    मेरो स्वतन्त्रताको कुनै अर्थ छैन
    म गर्भयुक्त नभएसम्म ।
    कसले भनेको मातृत्व शरीरमा हुर्के मात्र
    नारी सम्पूर्ण हुन्छे ?

    पूर्णता अस्तित्वबोध
    र विकासमा निहित छ
    खालि सन्तान जन्माउनुमा हैन
    र स्नेह सम्पर्को देन हो
    रहँदाबस्दा कसैसित पनि हुन सक्ने ।

    हैन भने,
    गर्भमा तुहिएका
    प्रत्येक सन्तानको लागि
    मातृत्व मर्नुपर्ने ।

    तसर्थ, आऊ तिम्रो वीर्य
    र मेरो रज लगी
    कुनै प्रयोगशालामा जम्मा गरौं
    अनि चाहेमा, सकेमा
    प्रबन्ध मिलाऔं त्यहीँ
    सन्तान जन्माउने
    र ल्याएर पालौँ आआफ्नो सन्तानलाई ।

    यो गर्भद्रोह नै
    मेरो अस्तित्वको सार्थक सङ्घर्ष हुनेछ ।

    काखले बोलाउँछ

    ए मेरा सन्तान !
    मेरो सिर्जना !

    कति सजिलैसित भनिदियौ तिमीले
    तिम्रो जीवनमा
    मेरो कुनै हक छैन, दखल छैन
    तिमीलाई जन्म दिदैमा
    मेरो अधिकार तिमीमा
    जन्मसिद्ध हुँदैन ।

    म मौन भएँ
    व्यथाले स्तब्ध थिएँ
    अनुभूतिको चरम सीमा
    मूक हुँदो रहेछ ।
    आँखाअगाडि एकैछिनमा
    सम्पूर्ण जीवन नाच्न थाल्यो ।

    यो गर्भमा,
    तिमी टुसाएको, फक्रेको, अनुभूति
    तिमीलाई जन्माउँदा, हुर्काउँदा
    पाएको आनन्दमय पीडा
    अनि ठूलठूलो दु:खलाई
    ससानो सन्तोषले छलेर
    सँगै बाँचेका ती क्षण ।

    कति निर्ममतासित
    पुछन खोज्यौ तिमीले
    मेरो सम्झनामा छरिएका
    तिम्रा पैतालाका छापहरु ।

    के साँच्चै
    तिमी-हामीबीच केही छैन त ?
    सम्पर्ण जीवन तिमीलाई दिएर
    उभिएकी छु आज म रित्तिएर
    कुनै सुद व्याज मागेको हैन
    सम्बन्ध व्यापार हुँदैन
    खालि मनको गाँठो यो
    फुकाले पनि, बाँधे पनि
    आफ्नै इच्छा त हो ।
     
    उमेरले थिचेर कुप्रिएकी छु आज म
    कति निर्धो भइसकेकी छु म आज
    तिम्रो हात समातेर
    फगत बाँच्ने ताकत खोज्दै छु, आज म ।

    तिमी बालक थियौ मेरो कुनै बेला
    म पनि शिशुझैँ भएकी छु
    तर तिमी अनाथ थिएनौ मकहाँ
    म किन यसरी टुहरिएँ ?
    तिमी छंदाछदै पनि
    आफ्नै भावनामा ।

    जीवन बाटुलो बाटो रहेछ
    जहाँबाट हिँडे पनि
    अन्तत: त्यहीँ पुगिदो रहेछ ।

    ए मेरा सन्तान ।
    मेरो सिर्जना ।
    मेरो काखले बोलाउँछ तिमीलाई
    तिमी हुर्केका थियौ जीवन पाई जहाँ
    एउटा काख चाहिएको छ मलाई
    मन, केवल मर्न सम्मानका साथ त्यहा ।

    कथा आक्रमण र समर्पणको 

    आक्रमण नभई
    समर्पण हुँदैन
    समर्पण पराजय हो अहंको
    म पराजिता
    सदा समर्पित भएँ तिमीमा ।

    सके त्यो आदिकालमा
    कुनै जङ्गल, बाटो
    वा कतै गुफामा
    मलाई देख्नासाथ
    उन्मादले उन्मत्त भई
    आक्रमण गरेका थियौ तिमीले
    र केही नलागी
    समर्पण गरेथें क्यार
    त्यहाँ त्यस बेला मैले पनि ।

    सके यसरी नै हामीले
    एकअर्कालाई पाएथ्यौँ
    चिनेथ्यौँ, सँगै बाँचेथ्यौं
    र नजानी, नचाही सिर्जना गरेथ्यौँ
    यो सृष्टिको ।

    त्यो उन्मादको आनन्द
    र विजयको घमन्ड तिम्रो
    त्यो जबरजस्तीको ग्लानि
    र असहाय गर्भको पीडा मेरो
    दोहोऱ्याउँदै छौं अझै हामी
    उही आक्रमण र समर्पणको कथा हाम्रो ।

    तर सम्बन्ध युद्ध हुन सक्दैन
    भावनाले स्वेच्छाको सम्मान खोज्छ
    कहिल्यै न कहिल्यै ।
    हिँड निस्कौं हामी अब
    त्यो आदिकालको मानसिक गुफाबाहिर ।

    एउटी छोरीको कथा

    यो मनुको देशमा जन्मेकी
    म कसैकी छोरी !
    तिमीले माया नगरेका हैनौ मलाई
    ए मातापिता !
    तर किन हुन सकिनँ म
    जे हुन चाहन्थें !
    किन चाहन सकिनँ मैले
    जे हुन सक्थें !

    आफै बाच्ने सामर्थ्य दिन सकेनौ मलाई
    के तिमीलाई मेरो विवेक-बुद्धिमा भर थिएन ?
    वा, तिमी डराउँथ्यौ
    मेरो गर्भको दायित्वले !

    त्यसैले मलाई सदा संरक्षणमा राख्नु नै
    उचित ठान्यौ तिमीले !

    यसरी एउटा आश्रित जीवनको जग बसालेर
    मेरो अस्तित्वको अपमान
    सर्वप्रथम तिमीले नै गरेका थियौ
    ए मातापिता !
     
    विशीलः कामवृत्तो वा गुणैर्वा परिवर्जित:
     उपचर्यः स्त्रीया साध्व्य सततं देवत्पतिः ।।
                                                             - मनुस्मृति

    म मनुको देशमा बनेकी
    कसैकी पत्नी !
    सुरुदेखि नै नियन्त्रणको बिख खुवाएर
    मार्दै गयौ मेरो मनलाई तिमीले
    र शरीरले मात्रै पूरा गरें
    तिम्रा सबै आवश्यकता मैले ।

    हे पति !
    तिमीलाई कुनै विश्वासमा स्वीकारेकी थिएँ मैले
    पुरुषत्व तिम्रो
    केवल लिङ्गमा छैन
    सम्भोगमा मात्र साबित हुने हैन
    यो त मसितको व्यवहार हो
    साहचर्य र सम्मानमा देखिने
    सबै बिर्सेर
    केवल स्वामित्व स्थापित गर्नुलाई
    आफ्नो धर्म बनायौ तिमीले ।

    तिमी मझैँ एउटा शरीर एक प्राण
    लिङ्गभेदले मात्रै
    कसरी ठहरियौ यति उत्कृष्ट र महान् ?
    मैले सृष्टिको गर्भ बोकेकी थिएँ
    सम्मान त मेरो पो हुनुपर्ने, हैन र ?
    तर सके यही तिम्रो त्रासको कारण भयो ।

    मलाई धरती बनाई
    आफ्नो बीउ रोपेपछि
    फल उब्जाउने स्वार्थले
    कब्जाएर राख्यौ जीवनभरि तिमीले ।

    यसरी मेरो धर्म र मर्यादा तोक्ने
    मलाई मेरो अधिकार दिने
    हे मनुका सन्तान !
    तिमी को हौ भन त ?
    केवल एक सङ्कीर्ण र दुर्बल मनोवृत्तिका पुरुष !

    गायत्रीदेखि कालरात्रिकी कालीलाई
    देवी मानी पुज्दा
    सँगै उभिने नारीलाई
    उभ्याउन सकेनौ कहिल्यै
    आफ्नो मनमा सँगै तिमीले ।

    तापनि जीवनभरि मैले
    तिमीलाई सहेर
    जेजस्तो भए पनि
    तिमीलाई सह्यारेर
    तिम्रो जीवनपछि पनि तिमीलाई सम्झेर
    यो जीवन बिताएँ
    तर तिमीलाई देवता पाइनँ कतै
    तिमी त मनुष्यसम्म पनि हुन सकेनौ मसित
    ए मेरो स्वार्थी शासक !

    यादृशं भजते हि स्त्री सुतं सुते तथाविधम् ।
     तस्मात्प्रजाविशुद्धवर्थ स्त्रीयं रक्षेत्प्रयत्नतः ॥
                                                              - मनुस्मृति

    म मनुको देशमा भएकी माता
    तर व्यर्थ गयो तिम्रो बीज
    मेरो गर्भमा
    तिम्रो वंश चलाउने पुत्र पाउन सकिनँ
    हुन त छोराको कामना मैले गरेकी पनि थिइनँ ।

    पिताको संरक्षण
    र पतिको नियन्त्रणपछि
    छोरा नै भए पनि
    फेरि कुनै पुरुषको अङ्कुशमा
    बाँच्ने इच्छा रहने ममा ।
    छोरी ! मेरो अन्त:करणले मागेको थियो
    छोरी नै भई आए मकहाँ तिमी ।

    वंशहीन पहिचानविहीन म
    सँगै बाँचेर तिमीसित
    खोज्न चाहन्थें अस्तित्वको नयाँ क्षितिज
    मैले साँचेर राखेका
    तीन उपहार दिन चाहन्थें तिमीलाई
    १- जन्म
    २- बाँच्ने सामर्थ्य
    ३- स्वतन्त्रता
    आफ्नो जन्म तिमीले रोजेकी थिइनौ
    तिम्रो जीवन तोक्ने हक
    मैले आफ्नो मानिनँ ।

    जन्म दिएको दायित्व मेरो
    तिमीलाई बाँच्न उभ्याउनुसम्मकै थियो ।
    मनुको ख्यालखानामा बाँचे तापनि
    तिमीलाई मुक्त गरें मैले ए छोरी !
    बलियो पखेटा दिएँ उड्नलाई।
    हुन सक्छ, तिमीले पढ्नेछ्यौ यो कथा
    हुन सक्छ, तिमीले नबुझौली यसमा धेरै व्यथा
    तर दया नगरे ममाथि
    आखिर जहाँ जेजस्तो भए पनि
    बाँच्न त बाँचेँ यो जीवन
    सिङ्गै कतै नटुटी ।

    कसैको दोष थिएन यसमा
    मलाई त
    मेरो युगले नै ठगेको थियो ।

    एउटा हराएको देश

    यो जङ्गबहादुर जन्मने र हुर्कने परम्परा
    यहाँ धरहराको टुप्पोमा
    भीमसेन थापाको इतिहास झुन्डेको छ
    यहाँ कति माथवरसिँह अकाल मरेका छन्
    यहाँ कोतपर्वको भूतले
    अझै हामीलाई लखेटेको छ ।

    कुनै युगमा कसैको अघि
    नझुकेको हाम्रो अस्तित्व
    आज कहाँ गयो हाम्रो त्यो व्यक्तित्व !
    कति युगदेखि पर्खेका छौँ
    हामी खाली हात पसारेर
    कति युग गइसक्यो त्यसै
    हामीलाई लोप्राएर ।

    यो कसले कसलाई दिएको हक
    हाम्रो जीवन चलाउने ?
    यो कब र कसरी जन्मेको प्रपञ्च ?
    हाम्रै नाममा हामीलाई सिध्याउने !
    एउटै माटोमा जन्मेका हामी
    एउटै काख किन पाएनौँ ?
    एउटै आमाका सन्तान हामी
    फेरि उस्तै बाँच्न किन पाएनौँ?

    कति ढोका र घरअगाडि
    गोर्खे भई हामी उभिएका छौँ,
    कति भिक्टोरिया क्रस र परमवीरचक्रमा
    बहादुर भई हामी मरेका छौँ
    ती सबै अनुहारमा
    आफ्नै अनुहार लुकेको देख्छु म
    ती सबै कथामा
    आफ्नै व्यथा रोएको सुन्छु म ।

    सबै युगमा यहाँ बस्न नसकी
    हामी मुगलान पसेका छौँ
    कतै सप्रन पुगेका-कतै बाँच्न भागेका छौँ ।
    सबै युगमा यहाँ बाँच्न खोज्दा
    हामी आफ्नो यथार्थसित हारेका छौँ
    कति शुक्रराज र दशरथ चन्दको आत्मा
    अझै यो मनमा छटपटाए झैँ लाग्छ मलाई ।
    आज यो मन नै कुनै कारावासमा
    भोको पेटको सजाय भोगिरहे झैँ लाग्छ मलाई ।

    गएका जति यहाँ फर्कन सकेनन्
    यहाँ भएका पनि यहाँ सप्रन सकेनन्
    फेरि कुन बाजी जितेर
    फुर्कन्छौँ यहाँ यसरी हामी !
    फेरि कुन बाजी हारेर
    रुन्छौँ यहाँ यसरी हामी ?
    हाम्रो त न कुनै पासा छ, न बाजी
    हामी फगत नेपाली,
    एउटी लाटी र बहिरी आमाको
    अलपत्रे सन्तान झैँ
    आज कहा-कहाँ आफ्नो हक माग्दै लखेटिएका छौँ
    आज आफ्नै माटोमा पनि
    एउटा हराएको देश खोज्दै हिँडेका छौँ ।

    आफ्नो कुना 

    धेरै बाँचेपछि सबैसित
    कुनैकुना चाहिँदो रहेछ
    बाँच्न आफैसित ।

    एक्लो नभएर पनि
    जहाँ एकान्त हुन्छ
    केही सपना
    केही बिपना
    केलाउने फुर्सत पाइन्छ ।

    धेरै भयो, बिहान लाजले राती भएकी
    उषाको मुहार बादलको घुम्टो उठाएर नहेरेको,
    कति भयो दिउँसो न्यानो घाम ताप्दै
    सम्झनाको गोरेटोमा ओहोरदोहोर नगरेको,
    अनि साँझ, थाकेर गुँड फर्केका
    चराचुरुङ्गीको मधुर गीत सुन्दै बार्दलीमा नउँगेको ।

    आफूलाई बिर्सेर सम्पूर्ण जीवन बिताएपछि
    कहिलेकाहीं सोही जीवनका केही अंश
    जीवनसित आफ्नो लागि माग्न मन लाग्छ
    कहिलेकाहीं कुनै कुनामा आफैसित
    बम आफैसित मात्र बस्न मन लाग्छ ।

    अर्धनारीश्वर

    कतै कुनै आकाश
    मेरो पनि होला
    कतै कनै धरती
    मेरो पनि ठहर्ला ।

    म तिम्रै सिर्जनाको अङ्ग
    दोष कसलाई दिऊ ?
    तिमीलाई कि आफूलाई
    वा, मभित्र हुर्कदै गएको विरोधाभासलाई ?

    कति लुकेर
    कति लुकाएर बाँचेँ म यहाँ आफैँलाई
    तर मेरो अन्त:करणले धिक्कार्न सकेन मलाई ।

    मेरो निम्ति
    मेरा अनुभूति सबै स्वाभाविक थिए
    तर कोही भएन बुझ्ने यसलाई ।

    यदि जन्म यथार्थ हो भने
    किन मान्न सक्दैनौँ हामी
    यसले लिन सक्छ कुनै रूप पनि ।

    तिम्रो सोचाइको सीमा तोकिँदैमा
    म दोषी त ठहरिन्नँ यसै
    त्यसभित्र नपर्दैमा ।

    स्वीकारेका थियौ तिमीले
    अर्धनारीश्वरलाई यहाँ
    फेरि किन
    हाड, छाला, मासुमा
    कसैको शरीर र प्राणमा
    मान्न चाहँदैनौ  ?

    म कोही भई जन्मन सक्छु
    म नारी वा पुरुष
    पुरुषमा नारी
    नारीमा पुरुष
    केही भई हुर्कन र बाँच्न सक्छु ।

    म तिनै सन्तान
    नत्याग यसरी मलाई ।

    हीनताले अपमानित भई
    तिम्रो मायासित
    म आफू भई बाँच्ने हक माग्दै छु
    यो आकाशमुनि
    निर्भय उभिने सामर्थ्य माग्दै छु ।

    अनि कतै कुनै जीवन
    मेरो पनि होला
    कतै कसैले
    मलाई पनि पर्खला।

    Reference

    Hindi To Nepali Dictionary Words Starting From बो

    100 Common Nepali Slang Words with Hindi Translation: A Fun Guide to Understanding Nepali Conversations

    Bridging Cultures: Daily Use Hindi Sentences in Parties with Nepali Meaning

    Daily Hindi Sentences for Kids with Nepali Translations: A Simple Guide

    Daily Office Sentences: Essential Hindi-Nepali Translations for Everyday Use

    Daily Use Hindi Sentences for Parents with Nepali Meanings: A Guide for Everyday Conversations

    Daily Use Hindi Sentences for Students with Nepali Meaning

    Essential Daily Sentences for Market Conversations: Hindi to Nepali and Vice-Versa

    find word you want

    https://easyayurveds.com/ayurvedic-medicine-for-common-cold/

    https://easyayurveds.com/ayurvedic-medicine-for-weight-loss/

    https://easyayurveds.com/ayurvedic-medicine-for-weight-gain/

    https://easyayurveds.com/ayurvedic-medicine-for-cholesterol/

    https://easyayurveds.com/ayurvedic-medicine-for-cough/

    https://easyayurveds.com/ayurvedic-treatment-for-back-pain/

    50 Medicinal Plants of Nepal Highly Liked by Chinese People

    Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications

    35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness

    100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.

    Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer

    Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally

    Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication

    Bartika Eam Rai Top Songs Lyrics & Chords

    Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta

    Oshin Karki's Nepali Songs Lyrics And Chords

    All Songs Lyrics Of Wangden Sherpa

    Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु

    Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords

    Top 10 Ankita Pun Songs with Lyrics and Chords

    Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords

    Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site

    Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकवी माधव प्रशाद घिमिरेका कबिताहरु

    10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota

    Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In Nepali

    11 Types of Poetry with Beautiful Short Nepali Poem

    Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide

    The History of Nepali Poem And Famous Poets of Nepal