Famous Gazal Collection Of Bood Rana बूँद रानाका प्रख्यात गजलहरु

Famous Gazal Collection Of Bood Rana  बूँद रानाका प्रख्यात  गजलहरु

Krishna Rana, known in literary circles as Boond Rana (original name Lokbahadur Rana), was born on Bhadra 30, 2003 B.S. (around September 1946) in Kimdanda, Arghakhanchi, Nepal  . Before he was three, his family moved to India, where he received his early schooling. He completed his SLC (equivalent to high school), even filling out college forms, but his father couldn’t continue funding his education and they returned to Nepal  .

Rana later adopted the pen name ‘Boond’—inspired by Indian poets and preferring its brevity and poetical ring over his birth name  .

Educational Struggles & Love for Cinema
As a schoolboy in Purulia, West Bengal, Boond was deeply influenced by Indian film lyrics—often holding back money meant for snacks to sneak into cinemas and watch films. This exposure ignited his love for poetic expression and would steer him toward a career in ghazal writing  .

Literary Career & Singing Style
Boond began writing ghazals around 2022 B.S. (ca. 1965) and published his first ghazal in the weekly Vimarsha. Over the decades, he wrote and published primarily in poetry and children's literature, including Rato Malai Pyaro (2056 B.S.) and Chaldai Cha Jindagi (2064 B.S.)   His genres extended into song-dramas such as Tilma-Lingam and children’s song collections like Pushtakari  .

Boond doesn’t just write ghazals—the musical rhythm of his lines and his way of reciting them make him a beloved performer. His ghazals have been set to music by singers like Ambar Gurung and Yam Baral. Among his most cherished pieces is “Sun Jhain Hajaar Choti” which resonates deeply with both the poet and his audience  .

Themes and Style
His poems explore human emotions, social issues, patriotism, and fleeting time. For instance, he once poignantly wrote:

"Sodirhekha chhan aj Mechi ra Mahakali
Jaga basera chhau ki sute ka chhau Nepali"
("They’re asking today about Mechi and Mahakali—Are you awake or asleep, Nepali?")
 

Many of his ghazals powerfully question societal chaos, celebrate human dignity, or reflect the pain and resilience of life. One of his notable works, “Ghazal: Kaandaama Tekki,” begins:

“Kaandama teki paayala agadi saare po jindagi
Bhumarima pareko dunga taare po jindagi”
 

Literary Recognition & Honors
Over a literary journey of nearly six decades, Boond earned several prestigious accolades:

  • Lifetime membership at Nepal Pragya–Pratishthan (Royal Nepal Academy)—where he also received a monthly stipend—effective from Poush 1, based on the recommendation of the Pragyā council  .
  • Ghazal Pratibha Samman, an honor given by Ghazal Sandhya, recognizing his contribution to the development of Nepali ghazal with a cash prize of NPR 21,111  .
  • Padmil Ghazal Bahar Award 2080, the inaugural recognition from Nepal Ghazal Pratishthan for a senior ghazal writer—a program held at the National Dance Hall in Kathmandu  .
  • Several awards including Sahitya Sandhya Award (2051)Vyathit Kavya Award (2052)Kevalpure Kisan Award (2054)Nurganga Pratibha Award (2062), and Parijat Smriti Award (2064)    .
  • He was also honored at Jalsa Nepal’s Ghazal Performance Series for his poetic presentation quality  .

Social & Political Engagement
Besides literary work, Boond engaged in political and social spheres. During the 2062/63 people's movement in Nepal, he used his ghazals to boost protester morale—reciting lines like:

"Ati gare khati hunchha, bujhe hunthyo mailaale..."
 

He has commented on contemporary politics, comparing it to dust scraped on a shawl—neither pleasant to look at nor to live with  .

Contribution to Children’s Literature & Culture
His early writings included children’s poems and narratives such as PushtakariKhai Guji?Chana Chatpate, and a children’s adaptation Raatundhiko Do Do Danda, as well as a song-drama Tilma-Lingam  . His literary passion extended to preserving folk literature, and during his tenure at the Nepal Pragya–Pratishthan, he pushed for a separate Ministry of Culture and integrating folk literature into academic curricula  .

 

Summary Table

Aspect

Details

Birth

Bhadra 30, 2003 B.S., Arghakhanchi

Real Name

Lokbahadur Rana

Pen Name

Boond Rana

Early Influence

Films in India, exposure to poetry based on films

First Published Ghazal

2022 B.S. (Vimarsha weekly)

Major Works

Rato Malai PyaroChaldai Cha Jindagi, children’s collections, song-dramas

Themes

Humanism, politics, patriotism, life’s struggles

Public Presentation

Known for musical ghazal recitations

Honors

Lifetime membership (Pragya–Pratishthan), multiple awards

Other Roles

Children’s literature, folk literature advocacy, political commentary


Boond Rana is a true gem in Nepali literature—his ghazals reflect life’s rawness, the scent of soil, human pain and beauty, all woven into rhythm and melody. He laughs and cries through his verses, surviving life’s deserts to bloom as a ghazal poet who connects deeply with audiences.

 

1

 उनी पनि सल्लाहमा आए राम्रो हुन्थ्यो
मालसिरी भाखासँगै गाए राम्रो हुन्थ्यो ।
सुनचाँदीले छाएर घर दामी हुन्न,
घरको छानो इज्जतले छाए राम्रो हुन्थ्यो ।
सागरको पिँधसम्म बूँद पुगेकै छ,
सागर नि बूँद सम्म धाए राम्रो हुन्थ्यो ।
बातैपिच्छे झूठो कसम खाने ढटुवाले,
कैले कसो हण्डर, ठक्कर खाए राम्रो हुन्थ्यो ।
चूप लागी नियतिको चोट सहनेले
खबर्दार' भनी मुख बाए राम्रो हुन्थ्यो

2

 मानिसले आफूलाई कुन्नि केमा ढालेको छ ?
'म हुँ मान्छे भन्न पनि लाज लाग्न थालेको छ ।
रोजी-रोजी लिनलाई फूल थियो, काँडा थियो,
निन्याउरो मुख देख्छु केमा हात हालेको छ ?
दिलभित्र सागर औ त्यहाँ बूँद हुनुपर्थ्यो,
विडम्बना, मानिसले सर्प, बिच्छी पालेको छ ।
घुमी-फिरी घरिघरि उही सिउँडीकाँडा घारी,
बगैंचाको नाम बेची कदम कहाँ चालेको छ ?
बर्बादीमा रमाउने बानी परेछ कि कसो ?
बेहोसीले घरको छानो खोजी आगो बालेको छ ।

  3

तिमी मेरो विश्वासको बनिदेऊ मियो ।
अन्धकार छिचोल्छु म चाहिँदैन दियो ।
पचाएछ यो छातीले सयौं छुरा-भाला,
हाँसो लाग्छ तर्साउन देखाउँदा सियो
तिम्रो मेरो साझा वैरी कतै उम्की जाला,
खबर्दारी मैले गर्छ तिमी गर चियो ।
पक्कै हेर्न पाइन्छ रे ढिलै भएपनि,
कल्ले यहाँ कति दियो, कल्ले कति लियो ?
यत्ति गरे पक्कै पनि गति परिन्थ्यो कि,
दुनियाँले भनिदिए, 'ज्यूँदो मान्छे थियो ।

  4

 निधारमा मेची काली हत्केलामा चुर
देश बोकी हिँड्नेलाई कल्ले भन्छ लुर
मान्छे मान्छे यौटै हुन्छ फरक हुन्न भन्थे
व्यहोरर हेर देखें दाहे नङ्ग्रे, खुर
भकारो छ रित्तो रित्तो, ढुकुटी छ रित्तो
सुन्छु, नयाँ अगस्तीले मुलुकै हसुर
बसे हुन्छ पाउमुनि, उठे घाम ढाक्छ
बूँद भन्छ-धूलो कहाँ हुन्छ भारभुर

  5

वाचा थियो घरघर बिजुली त्यो बालिदिने
काम भयो घाम छिर्ने प्वाल सबै टालिदिने
जिन्दगीका साथ ताजा गजल न गुन्गुनाई
कसलाई फुर्सद छ मृत्युलाई गाली दिने ?
अघिपछि झासेझसे गने पनि सभा हुँदा
उनीलाई चाहिन्छ र समर्थनका तालीदिने
सानो छ त के भयो लौ यो बूँद को चुनौती भो
आँट गरोस् सागरले सारा बूँद फालिदिने
खडेरो र पतझर पालैपालो आएका छन्
कसो त नआउला त्यो ऋतु खुसीयाली दिने ?

 6

तुफानी रातमा धिधिप् दियो बल्दा उनी तसे
कहाँ नारा भयो खाली कुरा चल्दा उनी तसें ।
'तँलाई भोक लाग्यो कि ? भनी सोध्ने कहाँ हो र
रुझेको बूँदको चीसो चुलो जल्दा उनी तसें ।
मरको लाशले के नै गर्यो ? गर्ला भनेकै हो
खलाँती सासले इस्पात नै गल्दा उनी तसें ।
सधैं तर्सेर बस्नेको झझल्कोमा थियो मोसो
बिहानीले धरामा लालिमा दल्ला उनी तसे
उसैमा आफु पो देखें, नमालुम् के भयो कुन्नि ?
पुरानो ढल्न आँटेको बुटो ढल्दा उनी तसें ।
फलेको तालुमा आलु मुसारो भन्दथे आहा !
टुटुल्का बेलको जत्रो त्यहाँ फल्दा उनी तर्फे

7

कालसँग लडिरह्यौं मर्न जानिएन
आत्तिएर आत्महत्या गर्न जानिएन !
मुटु मिची बस्यौं हामी मलमको साटो
घाउमाथि नुनचुक छर्न जानिएन !
टाकुरामा पुग्नु थियो लडिहाले पनि
उठ्याँ हिँड्याँ बाटो तल झर्न जानिएन
हली, ज्यामी, भरिया भै बाँचेका छौं तर
आफूलाई मगन्तेमा दर्न जानिएन
हरियो छ स्वादिलो छ पाइए छ भनी
टकारको घाँसपात चर्न जानिएन
लडाइँको मैदानमा जे त होला अब
अघि सरो फेरि पछि सर्न जानिएन

 8

पूर्णिमाको जून देख्छु आँखाभरि सपनामा
उम्लिएको खुन देख्छु आँखाभरि सपनामा |
घर सम्झी फर्किनेको स्वागतमा, सम्झनामा,
ओच्छ्याएको तुन देख्छु आँखाभरि सपनामा ।
खण्डहर नयाँ नयाँ पहिराको धुनमाझ,
सिर्जना सगुन देख्छु आँखाभरि सपनामा ।
गहनामा साँचे हुन्छ, एक फन्को नाचे हुन्छ,
खारिएको सुन देख्छु आँखाभरि सपनामा ।
व्यथा हेरी, ठाउँ हेरी लाए भयो, दले भयो,
चन्दन र चुन देख्नु आँखाभरि सपनामा ।
स्वाद बिर्सी साध्य छैन आँसु अनि पसिनाको,
गालाभरि नुन देख्छु आँखाभरि सपनामा ।
मान्छेमाझ हराएको मान्छे भेट्न पाए हुन्थ्यो,
यही मजबुन देख्छु आँखाभरि सपनामा ।

  9 

उडिरह्यो पछ्यौरी त्यो छुन सकिएन
हावासरि उत्ताउलो हुन सकिएन !
रङ्ग फेर्ने मौसमको देखासिकी गरी,
थरीथरी रूप बनाउन सकिएन !
जिन्दगीमा धुने कुरा कति धोएँ कति,
कलेजीको दाग भने धुन सकिएन !
बालुवामा बूँदसरि खेर जाने हो कि,
यत्ति कुरा सम्झीसम्झी रुन सकिएन !

  10

गरिबको खुन बरै अमिरको पानी भाछ ।
जसले जति हात मायो उति ठूलो दानी भा'छ !
इज्ज्तको कुरा कहाँ कतै लुकीछिपी होला,
लुटमार भने यहाँ सधैं जानाजानी भाछ !
'मान्छे मान्छे एउटै हुन् भन्नलाई भने पनि,
कोही रुन कोही हाँस्ने थरीथरी बानी भा'छ !
अभावको काँधमा छ वैभवको हिउँचुली,
अंश लिँदादिँदा यहाँ पक्कै रानीकानी भा'छ !
खालि चित्त बुझाउन जसले जे नै भनोस् तर,
सिउँडीको बोटजस्तो यहाँ जिन्दगानी भा'छ !


11

 मको लाली घोलेर रातो छ त नि छन
तको छायाँ परेर हो कि अँधेरो जगत ?
उस्तै छ आँसु उस्तै छ पीडा उस्तै छ जलन,
फर्किन्छ दिन भनेर ज्यान दियाँ कि फगत ?
पशुले खायो, डढेलो लाग्यो पैहोले पुग्यो कि ?
माटोमा प्राण छरेथ्यौं यहाँ के भयो भन त ?
ढाँटेर कति फकाई कति यो मन बुझाऊँ,
सधैँको यौटै हुँदैन भनी बेला र बखत ।
गुराँसजस्तै हँसिलो हुन्थ्यो सबैका मुहार,
चाहिएजति दिएनौं क्यारे हामीले रगत !
हाम्रै हो माटो हौं भने हामी माटाकै सन्तति,
माटाको रिन नतिरी सुख छैन नि अब त !

12

 चलेकै छ कामधन्दा अरू के नै चाहियो र ?
उठेकै छ दानचन्दा अरू के नै चाहियो र ?
नातागोता चाहिँदैन भाइमाराहरूलाई
हात परे भयो बन्डा अरू के नै चाहियो र ?
हालचाल सोधेपछि लुकाउन भएन नि,
फाँसीमाथि पर्यो फन्दा अरू के नै चाहियो र ?
सिद्धान्त र नीतिलाई रछानमा फालेपछि,
धुरीमाथि गाड झन्डा अरू के नै चाहियो र ?

13

जिन्दगीमा घरीघरी सम्झेको छु भूललाई
ढुङ्गामाथि किन मैले चढाएछु फूललाई ?
जमाना नै यस्तै हो कि भावना नै मरेर हो,
हिजोआज रुचाइन्छ फूलभन्दा शूललाई !
खरो मान्छे को छ ? भनी कल्ले यहाँ खोजिगरोस्
फकाउँदै ठिक्क यहाँ मान्छे ढुलमुललाई '
मयूरमा हजुरको मन अब जाँदैन रे,
जोगाउनुपर्ने भयो मैना बुलबुललाई !
गाउँतिर हाकाहाकी खुनी ब्वाँसो पसेको छ,
जुटाउनुपर्दैन कि चारैतिर हूललाई ?

14

 झारपात भिंजामिजा जुटाउनुपर्ने भयो,
आलैकाँचै भए पनि पुत्ताउनुपर्ने भयो !
अहिले हो कि भरे हो कि भनेजस्तो भएको छ,
कुन बेथा लागेको हो ? खुटाउनुपर्ने भयो !
कोठी पनि दाग नै हो ठाउँमा त्यो सुहाउँछ
चरित्रको दाग भने छुटाउनुपर्ने भयो !
सधैंआलोपालो गर्दा केही बाँकी छैन अरे
अब बाँकी आफैलाई लुटाउनु पर्ने भयो !
ज्यूँदो छौ कि मरिसक्यौ ? सोध्नुपर्ने भएको छ
फेरि पनि मान्छेलाई ब्ताउनुपर्ने भयो !

15

टिपूँ भने दानादाना तोरी पोखिएको
नटियूँ त मरीमरी भारी बोकिएको !
पत्याउनै गाह्रो भयो नियाँ भन्नेलाई
जब देखें खुनसँग सुन जोखिएको !
आँखाभरि आगो परिदिँदा थाहा भयो
रहेछ नि ढुङ्गासित दिल ठोकिएको !
हुँदाहुँदा यस्तो पनि देख्न पाइएछ
पाप गर्ने पापी जो हो उही चोखिएको !

16

डेरा भए झिटीगुन्टा कसे पनि भयो
घर भए जुनीभरि बसे पनि भयो !
मानिसले सर्पसित मीत लाएपछि
टोके पनि भयो अब डसे पनि भयो !
जालको त जालो नै छ सबै थाहा छैन
मायाजाल हो भने त फसे पनि भयो !
नाउँ त हो जोगाउने त्यही थापिदिए
जतिसुकै माथिबाट खसे पनि भयो !
आँट भए दुनियामा बस छाँटसित
हैन भने वनबास पसे पनि भयो !

17

थाहा छैन कति लेखें
जति सम्झ त्यति लेखें !
बिन्ती दर्ता नहुँदामा
कागतको खति लेखें !
दागबत्ती दिनुपर्दा
मृत्यु होइन गति लेखें !
हीरामोती जोख्नुपर्दा
तोला, मासा, रती लेखें !
कतै काँचो कतै पाको
आफ्‌नोआफ्‌नो मति लेखें !
आफूबारे लेख्नुपर्दा
'कविता'को पति लेखें !
बूँद अब तपाई भन्नोस्
ठिक्क लेख अति लेखें ?

18

दिन किन टरों हुन्थ्यो रात किन तीतो हुन्थ्यो
दिल थोरै घोलिदिए सारा कुरा मीठो हुन्थ्यो !
झरीबाढी नभए नि थोपो छिटो सम्झनाको
बेलामौका छर्किदिए कोही किन रित्तो हुन्थ्यो
मीठो बोली कहिलेकाहीँ मेरो भाग परिदिए
परिजाने रहर पनि सधैंभरि ठिटो हुन्थ्यो !
!
धन्यवाद तिमीलाई सम्झना त छोडी गयौ
नत्र भने यो जिन्दगी सारा ढुटोपीठो हुन्थ्यो !
ढिपी गर्ने दिललाई सम्झाउन साह्रै गाह्रो
भनेजस्तो हुनलाई कहाँ यति छिटो हुन्थ्यो i

19

दिल भन्ने ढुङ्गा हो र ?
किन गर्छौ तोडफोड ?
रिसाउनै परिहाल्ने
त्यस्तो गल्ती के नै भो र ?
मैले हिजै छोडिसक
उहिलेका कुरा छोड !
हिसाब नै गर्ने भए
दुई झिक दुई जोड !
कृति यौटा रचिएला
तिम्रो मेरो नाउँ कोर

20

 पानी पनि परेको छ आगो पनि जलेको छ
हिजोआज यतातिर यस्तै हावा चलेको छ !
जति चोटि जोडे पनि हात लाग्यो शून्य हुने
पक्कै कुनै छलियाले छल्नसम्म छलेको छ !
घरी भट्टी घरी घर ओहरदोहर कति गरू
यही भनी भट्टीभित्र सराबी त्यो ढलेको छ
आफै मरेपछि मात्र स्वर्ग देख्न पाइन्छ रे
यही कुरा सम्झीसम्झी हातगोडा गलेको छ
!
मेरो कुरा सुन्नेहरू मरीमरी हाँसेपछि
यस्तो लाग्यो अब मेरो रुन बेला टलेको छ !
बिरुवा त लाएकै हो गोडमेल गरेकै हो
हेक्का भने राखिएन कुन फल फलेको छ !


21

प्यारो हुन खोज्दा यहाँ किनकिन तारो भइयो
यति चोट खाइयो कि ढुङ्गाभन्दा साह्रो भइयो !
यताउता जताजता आफूलाई देखिदिँदा
पानीसरि पँधेलो र हावाभन्दा फारो भइयो !
कोही यहाँ फूल भए जूनतारा कोही भए
नजरमै रहे पनि आफू भने छारो भइयो !
नयाँ खेला हेर्नलाई बेला पर्खी बसेको छु
थोत्राएर कवाडमा फालिएको भाँडो भइयो !
चोचोमोचो नगरेर लोलोपोतो नजानेर
थोरैथोरै सजिलो र धेरैधेरै गाह्रो भइयो 

22

बेइमानीले जताततै पारेछ नि दुलो
त्यै भएर यो गाउँमा फर्किएन कुलो !
कैलेकाहीँ आँखाले नि धोका खादो रैछ
नानी भनी राखेको त बिझाएछ फुलो
धूलोपीठो हुनेहरू किन नबोलेको
'अब त लौ हामी पनि चटाउँछौ धूलो !
पराईले डकारेर बाटो लागिसके
घरकाको भने अझै बल्याछैन चुलो !
!
दारसरि दह्रो भए कल्ले हल्लाउँथ्यो
हामी आफै भयौँ कि हैं लहराझ लुलो ?

23

यौटा दिन हेर्नलाई सयौँ रात जागिदिएँ
यौटै थियो घिडकिसो एकोहोरो लागिदिएँ !
'सहनेका सहकाल' भन्ने कुरा थाहा थियो
त्यसैले त सहनुको सारा सीमा नाधिदिएँ !
छिनोफानो गर्दै थिएँ मुद्दा मैदानमा डटी
छुल्याहाले भनिदिए मैलै घरै त्यागिदिएँ !
जिन्दगी र खुशी यहाँ दुनियाँले मागेपछि
मैले पनि कालसँग यौटा मौका मागिदिएँ !
बिर्सिदिए अनर्थ पो हुने हो कि भनीकन
दुस्मनको नाउँ पनि छातीभित्र टाँगिदिएँ

24

बादल फारेर घाम लाग्यो
अलिकति आराम लाग्यो
धुलोमाटोले चुम्बन लिँदा
हाँसेखेलेको ठाम लाग्यो
रित्तोरित्तो बगर देखी
मेला भर्नेको लाम लाग्यो
बरबाद हुन्थ्यो यो मन मारे
त्यो नमारेको काम लाग्यो
बूँद बूंद नै सागर हो रे
ख्यालख्यालैमा नाम लाग्यो

25

हिजोअस्ति नभएको आज भइगयो
बगैंचामा बसाहाको राज भइगयो !
उखेलेर फालिएथ्यो हिजो जुन कीलो
उही कीलो कलेजाको माझ भइगयो !
बल्लतल्ल बिहानीको मुख देखिएथ्यो
दिन हेर्न नपाउँदै साँझ भइयो !
जसो भने पनि भयो ढाँटी भनिदिँदा
नढाँटेर भनूँ भने लाज भइगयो !
जेजे भयो यहाँ त्यसै कहाँ भएको छ
पक्कै पनि कोही धोखेबाज भइगयो !

26

हिजोअस्ति नभएको आज भइगयो
बगैंचामा बसाहाको राज भइगयो !
उखेलेर फालिएथ्यो हिजो जुन कीलो
उही कीलो कलेजाको माझ भइगयो !
बल्लतल्ल बिहानीको मुख देखिएथ्यो
दिन हेर्न नपाउँदै साँझ भइयो !
जसो भने पनि भयो ढाँटी भनिदिँदा
नढाँटेर भनूँ भने लाज भइगयो !
जेजे भयो यहाँ त्यसै कहाँ भएको छ
पक्कै पनि कोही धोखेबाज भइगयो !