Best Gazal Of Ravi Pranjal रवि प्राञ्जलका प्रख्यात गजलहरु

Best Gazal Of Ravi Pranjal रवि प्राञ्जलका प्रख्यात गजलहरु


Ravi Pranjal—born Ravi Poudel—entered the world on Jeth 10, 2017 B.S. (that’s May 24, 1960 A.D.) in the bustling neighborhood of Bhatbhateni, Kathmandu. From the start, there was something quietly special about him. He grew up in a setting where words weren’t just for talking—they breathed life, whispered secrets, and healed wounds. Today, he’s one of Nepal’s most beloved ghazal poets, weaving love and pain into elegant lines that echo inside the heart of anyone who reads them—even if they’ve never heard his name.

 

Early Life & Pen Name Origins

His birth name, Ravi Poudel, carried a family legacy. But when he turned around 15 or 16, he caught the writing bug: detective stories, literary books, you name it. Seeing how many writers used pen names, young Ravi tried on a few. First came "Adhir" (meaning restless), under which a few early poems appeared in weekly papers—but Ravi says he can hardly remember those novice lines now.

Then he tried "Prempujari" (worshipper of love)—again, some poems and stories, though no copies remain. Finally, he settled on Pranjal, meaning something like “simple, honest, and sincere.” The word spoke to him. He adopted "Ravi Pranjal" and launched his literary journey. His very first published poem, "Sandhya-Prabhat" ("Evening–Morning"), appeared in Sanchraksak weekly in 2035 B.S. (1978 A.D.) and marked the real beginning of his career.

 

Education & Where He Called Home

Ravi Pranjal lived in Shantigoreto, Chabahil, in Kathmandu-7. Academically, he earned a Master’s degree from Tribhuvan University and also completed a B.Mus (Bachelor in Music) from Allahabad, India. This deep musical education—paired with his poetic gift—became the twin wings that lifted his career in ghazal and song.

 

Published Works & Artistic Range

Ravi Pranjal is best known for his ghazals—but he’s far from one-dimensional. He’s skilled in poetry, songs, ghazals, essays, fiction, personal memoirs, and classical music. He even acted, notably featuring in around a dozen episodes of the beloved NTV program “Namaste” around 2046 B.S. (1989 A.D.)  .

Here's a list of his major published works:

  • Aansu Ka Phool­haru (Poetry collection) — 2041 B.S. (1984 A.D.)
  • Gham Ka Jhulka­haru (Songs & Ghazals collection) — 2047 B.S. (1990 A.D.)
  • Tarideu Na Majhi Dai (Ghazal collection) — 2048 B.S. (1991 A.D.)
  • Uhi Baadhi Uhi Bhel (Ghazal collection) — 2052 B.S. (1995 A.D.)
  • Aagat (Musical cassette) — 2057 B.S. (2000 A.D.)
  • Sabai Behoasi (Audio CD) — 2061 B.S. (2004 A.D.)
  • Pyaala Ma Aansu (Audio CD) — 2070 B.S. (2013 A.D.)  .

Ravi’s poems and ghazals also appeared in dozens of literary journals—RuprekhaParijatMadhumasPranganGorakhapatraNagarikMadhuporkaGarimaKavitaMirmireBagar, and Abhivyakti, to name a few—covering everything from criticism to memories  .

On the editorial side, he worked on literary magazines like Madhumas (1981–84 B.S.), Sopan, and Atulaniya Atul  .

 

Music, Acting & Recordings

Ravi’s talents expanded into music and popular media. He earned the title “Distinguished Songwriter” from Radio Nepal and contributed ghazals for major artists like Bhakta Raj Acharya, Prem Dhwaj Pradhan, Aruna Lama, Kiran Pradhan, Meera Rana, Deepak Kharel, Sangeeta Pradhan, Prakash Shrestha, Deeptara Tamrakar, Satish Maharjan, Bhanu Bhakta Dhakal, Sajal Nyaupane, Vinod Dahal, Tejalaxmi Dhonju, and more  .

His most famous song? One titled "Sabai Behoasi Nasha Pīer….", recorded by the legendary Bhakta Raj Acharya—it’s considered a cultural gem  .

In addition, he composed songs for other poets like Lalijan Rawal, setting their ghazals and lyrics to music and having them recorded for Radio Nepal and studio projects  .

He also performed in radio programs—educational shows, radio dramas, interactive Q&A sessions, and readings on Radio Nepal in the early 2040s B.S.  . On screen, he appeared as a lawyer in the Nepali video film Harajit (2043 B.S. / 1986 A.D.), and even wrote all the songs for the film  .

 

Praise & Influence

Ravi Pranjal’s reputation rests not just on volumes published but on how his poetry resonates with readers. Critics describe him as someone who built a “camp of fluent sher” (couplets), reviving the ghazal form and guiding its rejuvenation in Nepali literature  . One write-up puts it simply:

People in suffering feel as if they themselves are there through his ghazals—and he offers empathy through his lines. His writing dives into human love and suffering clearly and compassionately from start to finish  .

His couplets weave themes of love and pain so naturally that readers who’ve never met him feel seen.

Some of his notable standalone sher (couplets) include:

  • “Khingda hindai jindagi nai thake jasto lagyo, bato bhar tualo le dhake jasto lagyo…”
    (“I felt as if life itself got tired trudging ahead; like the whole road was covered in sludge...”) 
  • “Aankha bhari Guras chha, chhati bhari Palash chha... Timisanga hai chain ‘Ravi’, aaphai sanga udaas chha.”
    (“My eyes full of rhododendron, chest full of palash... Not with you ‘Ravi,’ but I feel sad with myself.”) 
  • “Juni jhulkyo danda pari eklai-eklai udaasu-udaas, kina hola paapi badal utai tir saryo feri...”
    (“The moonlight spread across the hill alone and sad; maybe that unkind cloud drifted that way again...”) 

Few writers can capture emotional nuance so vividly in a handful of lines—and Ravi does that consistently.

Awards, Memberships & Legacy

Ravi Pranjal’s work earned him many honors:

  • Ghazalshree Award
  • Su.Pa.Ghazal Manch (Kailali) Award
  • Ghazal Manch (Makwanpur) Award
  • Recognitions from ANESAS Boston (USA) and ANESAS UK
  • Honor from International Nepali Ghazal Manch
  • Ghazal Sandhya (Pokhara) Award
  • Jalasa Nepal, Shivpuri Ghazal Award
  • Various awards from the Tareli Literary Foundation and others
  • Devkota Kavi Poetry Award  

He’s a lifetime member of Kirateshwar Sangitashram and Kapan Sangit Sarovar in Kathmandu, and belongs to groups like the Progressive Writers’ Association and was a founding member of the Sarvashrestha Pandulipi Puraskar (Best Manuscript Award) committee  .

Universities—including his alma mater, Tribhuvan University—studying postgraduate and doctoral programs, consider his work worthy of research. That’s a mark of lasting influence.

 

In Summary

Ravi Pranjal is more than a ghazal writer; he’s a heartfelt voice in Nepali literature—blending love, pain, music, and plain-spoken truths into his lines. From Bhatbhateni streets to Kathmandu studios, he used words to connect hearts, and his legacy blooms across journals, recordings, awards, and academic halls.

I hope this captures the life of Ravi Pranjal in a warm and vivid way—like friends chatting over coffee, discovering the soul behind the poet.

 

  1

 एउटा गुराँस फुलेकोथ्यो फैलाएर गाढा लाली ।
टि भन्थें भाँचिगयो रूखको त्यो सानो डाली ।
एकान्तमा कल्पी कल्पी रोइसके आँखा मेरा,
आउँदैन कि यो जुनीमा मेरो कतै आफ्नो पालि ।
अँध्यारो छ चारैतिर, जुनेली छ रात तर,
बसेको छु अँध्यारोमा मुटु मेरो सधैं बाली ।
कहाँ गई पोखू बह ? भनिदेऊ जून तारा,
भित्र कोही बसे पनि मन मेरो सधैं खाली ।
झरिसकै धेरै तल, आफन्तका आँखाबाट,
उजाडियो शहर मनको, नभेटेर कोही माली ।

 2

 एउटा दियो विश्वासको जलाएको धेरै भयो ।
सुकेको त्यो बोट फेरि पलाएको धेरै भयो ।
सबै मिली बगाएर पसिनाका धाराहरू,
ढुङ्ग‌ालाई माटोभित्रै गलाएको धेरै भयो ।
झुक्याउन हामीलाई पानीमाथि ठडिएको,
पर्खाल र भीरलाई ढलाएको धेरै भयो ।
फूलभित्र सौन्दर्यको मीठो गन्ध नभेटेर,
फूललाई मैले माया नलाएको धेरै भयो ।
निको भैसकेको घाउ बल्झयो फेरि छातीभित्र,
थाहै भएन उस्ले घाउ चलाएको धेरै भयो ।

  3

जूनसँग तिमीलाई माग्न पनि सकिएन ।
तिमीदेखि टाढाटाढा भाग्न पनि सकिएन ।
वारिपारि दुई हामी बीचमा छ ठूलो नदी,
हेराहेर भयो खालि, डाक्न पनि सकिएन ।
यात्रा मेरो जिन्दगीको कहाँ गई बिसाऊँ म ?
नियति नै भयो यस्तो, थाक्न पनि सकिएन ।
घामभन्दा पनि टाढा, जूनभन्दा पनि पर,
लुकाएर तिमीलाई राख्न पनि सकिएन ।
मेरा सामु आज कस्ले कोरिदियो सीमा-रेखा ?
आँखा चिम्लिएर त्यसलाई नाघ्न पनि सकिएन ।

  4

 हिँड्दा हिँड्दै जिन्दगी नै थाके जस्तो लाग्यो ।
बाटोभरि तुवाँलोले ढाके जस्तो लाग्यो ।
जिन्दगीको यात्रा मेरो अझै बाँकी थियो,
बीचै बाट कोही आई डाके जस्तो लाग्यो ।
सम्झनाको बतासले आँसु झारी दिँदा
कोही आई मनमा सियो राखे जस्तो लाग्यो ।
मनको बह पोख्ने कुनै ठाउँ नपाएर,
हृदयको घाउ अब पाके जस्तो लाग्यो Π
कसले छेकिदियो आज मेरो सूर्यलाई ?
अँध्यारोमै 'रवि लाई जाके जस्तो लाग्यो ।

 5

अमृत भनी पिएँ जहर यस पटक पनि ।
सकिएन गर्न ठहर यस पटक पनि ।
भेटिएन पानी कतै, आगो निभाउने,
जलिरह्यो मनको शहर यस पटक पनि ।
मेरो जस्तै तिम्रो पनि मनको तलाउमा,
उठेन खै ! कुनै लहर यस पटक पनि ।
समयमै ब्युँझनेछु भनी सुतेको थे,
चुकिगयो मुख्य पहर यस पटक पनि ।
झुल्किएन घाम अझै, निखिएन बादल,
अधुरै भो मेरो सफर यस पटक पनि ।

  6

गाउँ, पाखा, शहर, गल्ली धेरै पल्ट धाएँ ।
देउता अझै भेटिएन, ढुङ्गा मात्र पाएँ ।
हत्केलाका रेखा चिरी रगत बगाएर,
धेरै पल्ट मैले टीका निधारमा लाएँ ।
तिमीलाई मात्र हैन, जूनलाई पनि,
रुवाउन मैले आफ्नो गजल सुनाएँ ।
अँध्यारो छ अझै बाँकी पर क्षितिजमा,
मिर्मिरेको घाम बोकी उज्यालिँदै आएँ ।
आँखाभित्रै राख मलाई मुटुभित्रै बाँध,
तिमीसम्म आई पुग्न धेरै चोट खाएँ ।

  7

लहर छ टाढा, बगर भो बिरानो ।
मेरो जिन्दगीको सफर भो बिरानो ।
जिउँदो लाश देख्छु म मान्छेहरूको,
कठै ! आज मेरो नगर भो बिरानो ।
हराए छन् सधैं झुल्कने जून तारा,
मेरो धर्तीदेखि सगर भो. बिरानो ।
नफुल्दै झरेछन् चाहना हजारौं,
यो मुटुभरिको लहर भो बिरानो ।
एक्लो छु आज यो ठूलो शहरमा,
'रवि आज तेरो खबर भो बिरानो ।

 8

ओइली जाने फूल जस्तै दिनदिनै झर्नुपर्छ ।
बाँचे पनि जिन्दगीमा कैयौं पल्ट मर्नुपर्छ ।
मृत्यु जताततै हुन्छ जिन्दगीका मोडभरि,
पाइलैपिच्छे जतासुकै धापहरू तर्नुपर्छ ।
दुःख पर्दा गोहीले भ निस्तो आँसु झार्नेलाई,
विडम्बना ! चिने पनि नचिने झै गर्नुपर्छ ।
कठै ! अब यो जुनीमा उसलाई भेट्नलाई,
इन्द्रेणीको देशभरि बसाइँ अब सर्नुपर्छ ।
चेतनाका बीजहरू बाँचुञ्जेल छ जस्ले,
श्रध्दाका यी फूल उस्कै सम्झनामा छर्नुपर्छ ।

 9 

बतासका झोक्कासँगै ढलिरहें खालि ।
आफैलाई आफैदेखि छलिरहें खालि ।
कोही छैन छामिदिने जिन्दगीको घाउ,
लुकाएर पीडा मनको जलिरहँ खालि ।
अन्धकार भगाएर उज्यालो ल्याउन,
सल्किएर मैन जस्तै बलिरहँ खालि ।
श्रमको मूल्य चुकाउने नभेटेर कोही,
पछुताई रित्तो हात मलिरहें खालि ।
मेरा आफन्त नै आज भएछन् पराई,
फगत एक्लो भइ आज गलिरहें खालि ।

  10

कसले खोसी लग्यो कुन्नि ! मैले फेर्ने सासलाई ?
मेटिदेला कस्ले आई, मेरो मनको प्यासलाई ?
जिस्काएर बतासले साउती गर्दै गयो पर,
कोही छ कि रोकिदिने, बगिजाने बतासलाई ?
स्वर्ग छुने फूलबारी थियो मेरै करेसामा,
हुरी आई उडाइलग्यो मेरो बस्ने बासलाई ।
रमाइलो थियो मौसम, न्यानो थियो शिशिरमै,
कस्ले आज रुवाइदियो बसन्तको मासलाई ?
नसजाऊ स्वप्नहरू, कलिला ती छातीभित्र,
आफैबाट टाढा हुँदै घसिहिँड्ने लाशलाई ।


11

 चराहरू उडे अब भोर हुन लाग्यो ।
अँध्यारो यो रात कमजोर हुन लाग्यो ।
भर्खरसम्म भन्थ्यौ तिमी 'मेरै हो यो घर,
कठै ! आज घर तिम्रो खोर हुन लाग्यो ।
बतासले खोलिदियो गाँठो नकाबको,
हेर्दा हेर्दै साधु अब चोर हुन लाग्यो ।
भरिएर फुटेछ कि विषको त्यो घडा ?
अहो ! चारैतिर चर्को सोर हुन लाग्यो ।
विपरीत देख्नथाल्यो 'रविको यो आँखा,
के भएछ यस्तो आज घोर हुन लाग्यो ।

12

नलेखेको गजल लेखें, बहरसँगै तिमी आयौ ।
किनारैमा थिएँ भर्खर, लहरसँगै तिमी आयौ ।
शरद् शिशिर बसन्तैले बुझेनन् यो जलन मनको,
जलन मनको बुझी नौलो प्रहरसँगै तिमी आयौ ।
कहाँ पोखू ? कहाँ पोखूँ ? म जीवनका जहर सारा,
जहर काट्ने जहर नै हो, जहरसँगै तिमी आयौ ।
अँध्यारोमा जसै देखें, दियालो झै झलक उस्को,
फुयो एउटा रहर मनमा रहरसँगै तिमी आयौ ।
जसै फक्यौ तिमी घरमा, रुँदै भन्छिन् बुढी आमा
'खडेरीले चपाएको शहरसँगै तिमी आयौ ।

13

परेलीमा बास मागें ।
कस्तो मधुमास मार्गे ।
गहिराइमै पुगूँ भन्थें,
कहाँ मैले भास मार्गे ।
आत्तिसकँ भीडदेखि,
मार्गे, एकलास मार्गे ।
प्याला हैन पीडा भुल्न,
दाना अनि घाँस मार्गे ।
आज फेरि 'रवि सँग,
एक मुट्ठी सास मार्गे ।

14

कोपिलामै थियो फूल, नफ दै भन्यो फेरि ।
भोर हुँदै थियो भर्खर, किन रात पयो फेरि ?
जून झुल्क्यो डाँडापारि, एक्लैएक्लै उदासउदास,
किन होला पापी बादल उतैतिर सय फेरि ।
अँध्यारोको जुलुसभित्र उज्यालोको स्वप्न देखें,
स्वप्निल त्यो चाँदनीले मन मेरो हयो फेरि ।
उड्दै थिए छानामाथि परेवाका जोडीहरू,
विष मिसाएको चारा सिकारीले छन्यो फेरि ।
सधैं जस्तै आज पनि परदेशीको चिट्ठी आयो,
छिटै फर्की आउँछु भन्ने झूटो वाचा गयो फेरि ।
उन्मुक्त भै बाँचू भन्छ जिन्दगीमा रवि तर,
हिजो पनि मरेकै हो, आज पनि मन्य फेरि 

15

आँधी, हुरी, बतास्सँगै झरिसकेको पातमा ।
जिन्दगीको घाम न्यानो, खोजूँ कहाँ म रातमा ?
छैन चाह अँध्यारोमा अभिसार गर्न प्रिये !
उधारेर पूर्वी ढोका भेटुला म प्रभातमा ।
स्वीकार्दिनँ अब मालिक ! स्वीकार्दिनँ म दासता,
कोरीसकै आफैले नै रेखाहरू यी हातमा ।
फुलेकाछन् छातीभित्रै आगोका यी फूलहरू,
आऊ सँगै रुझौं हामी, आगोकै यो बर्सातमा ।
भुमरीमा नाउ छोडी कहाँ गयो माझी दाइ ?
थाहा छैन 'नाउ' छकि 'यात्री' आज प्रवासमा ।

16

ढल्दै थिएँ म, उठायो कसैले ।
नशा जीवनको छुटायो कसैले
पुग्दै थिएँ म भर्खरै किनारा,
मझ‌द्धार तिरै पुन्यायो कसैले ।
भरेथें प्याला उसैलाई सम्झी,
भरेको प्याला फुटायो कसैले ।
लाग्यो यतिसम्म कि लुट्ने बानी,
बिर्सेर आफू लुटायो कसैले ।
'ज्ञानु' 'मनु' र 'ललि' लाई छाडि,
'रवि तँलाई बोलायो कसैले

17

कसरी देखाऊँ ओठमा हाँसो ? चिरेर छाती यो ।
सिस्नु झै पोल्छ दशैंको बेला फूल र पाती यो ।
उस्तै छ घाम उस्तै छ जून, उता त्यो शहरमा,
गाउँमा घाम लाग्दैन अचेल, कालो छ राती यो ।
बिहानी उस्तै गोधूलि उस्तै, रात उस्तै शहरमा,
गाउँमा साँझ पर्दैन अचेल, बन्द छ राती यो ।
शरदको बेला फुलेन फूल, फर्केन प्रियतम्,
न निभ्छ भ्याप्प, न बल्छ झल्ल, मनको बाती यो ।

18

जूनलाई आफ्नो कथा सुनाएर रात काटे
यो उदास मनलाई बुझाएर रात कार्ट ।
बिर्सी जाने निष्ठुरी त्यो आउँछकि सम्झिएर,
प्रतीक्षाका दियाहरू जलाएर रात काटै ।
उसले छोडी गएपछि नीदले पनि छोडी गयो,
ती पुराना यादहरूमा हराएर रात काटै ।
फूलभन्दा पनि कोमल मेरो मनको मझेरीमा,
कल्पनाका फूलबारी सजाएर रात का ।
अँध्यारो छ रात तर आफ्नै मनको उजेलोमा,
विश्वासका बिस्कुनहरू सुकाएर रात काटें ।

1 9 

आगो बोकी अँध्यारोमा आइरहेछ कोही ।
अँध्यारोकै स्तुति-गाना गाइरहेछ कोही ।
यो बिरोधाभास्को अन्त्य कहिलेसम्म होला ?
महलसँगै खरको छाना छाइरहेछ कोही ।
कस्तूरीले बिना बोकी भौंतारिए जस्तो,
मन्दिर, मस्जिद, गुम्बा, गिर्जा धाइरहेछ कोही ।
बाहिर खोज्दा भेटिँदैन, बस्छ मुटुभित्र,
मुटु मेरो कुटुकुटु खाइरहेछ कोही ।
उषाको यो लालीसँगै मृत्यु भएछ कस्को ?
एकोहोरो शङ्खध्वनि बजाइरहेछ कोही ।

20

मुक्तक मात्र भयो आज गजल भएन
पुरानै भो, कुनै फेर बदल भएन ।
जबसम्म तिमी थियौ, मेला पनि थियो,
तिमी छैनौ, अब चहल पहल भएन ।
झुप्रो तिम्रो महल बन्यो, मेरो चाहिँ तर,
झुप्रो सधैं झुप्रै रह्यो, महल भएन ।
आधा पेट खाएँ तर भरें पेट तिम्रो,
आज आफ्नै पेट भर्न फसल भएन |
खुशामद गरिएन कहीं कसैलाई,
त्यसैले त आज 'रवि असल भएन ।


21

 प्रजातन्त्र आ छ ।
जे भनेनि भा छ ।
बिग्रेको त्यो बानी,
अझै कहाँ गा छ ?
पराल हैन अचेल,
गाइले मासु खा छ ।
पल्लो घरको भतुवा,
वल्लो घरमा आ छ ।
पेन्सिल हैन नानी
अब हड्डी ताछ ।
!
शासन गर्ने सूत्र,
मलाई पनि था छ ।

22

 कतै भने पेटभित्रै आगो बलिरह्यो ।
कतै भने मात लागी मान्छे ढलिरह्यो ।
एउटा सूर्य क्षितिजको समुद्रमा डुब्यो,
अर्को सूर्य छातीभित्र अझै जलिरह्यो ।
ग्रहण लागिरहेको यो कालो सडकमा,
पाइलाहरू लडखडाई मान्छे ढलिरह्यो ।
जति रोकूँ भने पनि रोक्नै सकिएन,
मुटुभित्र विरहको हूरी चलिरह्यो ।
समयले नै धेरै कुरा भन्यो तिमीलाई,
मैले भन्न बाँकी अब अलिअलि रह्यो ।

2 3

नखुलेको आकाश खुलेर आयो ।
ऊ शायद यो बाटो भुलेर आयो ।
झन्यो त के भो ? त्यो जूही र जाई,
यो पलाँस मनमा फुलेर आयो ।
न त तर्न सक्नु, न डुब्न सक्नु,
यो भेल कस्तो हो उर्लेर आयो ।
पीडा भुलाउन उठाएँ प्याला,
यो प्यालामा आँसु घुलेर आयो ।
भर्खरै फुलेको फूल थियो रवि
आँसुको झरीमा रुझेर आयो 

2 4

मुटुभित्रै तिमी रैछौ, अँगालोमा खोजें ।
चेतनामै तिमी रैछौ, दियालोमा खोजें ।
बिना रात आकाशमा उदाउँदैन जून,
सारा जीवन तिमीलाई उज्यालोमा खोजें ।
आफू जस्तै तिमीलाई ठान्नु भूल थियो,
उँधो झर्न बिर्सिएर उकालोमा खोजें ।
मन्दिरमा खोज्छन् मान्छे ईश्वरको बास,
मैले आफ्नै कलम र कोदालोमा खोजें ।
हराउनुको पीडा भित्रै हराएँ म शायद,
आफैलाई गजलको यो भैचालोमा खोजें ।

25

पुगेर्थे म टाढा, उनी सम्झी आएँ ।
त्यो बितिसकेको जुनी सम्झी आएँ ।
के पो अर्थ हुन्छ मेरो आगमनको ?
म जानी-जानी बैगुनी सम्झी आएँ ।
तिमी फूल दुख्छौ मत दुख्छु ढुङ्गा,
त्यसैले म शायद खुनी सम्झी आएँ ।
बलेको त्यो आगो सबै ताप्ने गर्छन्,
म निन्दै गरेको धुनी सम्झी आएँ ।
म देख्दिनँ धर्तीमा गुनी कहाँ छ ?
'रविलाई आज गुनी सम्झी आएँ ।

26

पुगेर्थे म टाढा, उनी सम्झी आएँ ।
त्यो बितिसकेको जुनी सम्झी आएँ ।
के पो अर्थ हुन्छ मेरो आगमनको ?
म जानी-जानी बैगुनी सम्झी आएँ ।
तिमी फूल दुख्छौ मत दुख्छु ढुङ्गा,
त्यसैले म शायद खुनी सम्झी आएँ ।
बलेको त्यो आगो सबै ताप्ने गर्छन्,
म निन्दै गरेको धुनी सम्झी आएँ ।
म देख्दिनँ धर्तीमा गुनी कहाँ छ ?
'रविलाई आज गुनी सम्झी आएँ ।