Poem Collection Of Dr Nawaraj Subba जोखनामा बर्तमान

Blogger Image

Born on 1 October 1961 in the serene village of Hangpang, Taplejung, Dr. Nawa Raj Subba has grown into a remarkable figure—as a poet, public health specialist, researcher, and cultural thinker  .

Roots and Education

Subba’s academic journey unfolded at Tribhuvan University, where he earned:

  • MA in Nepali literature and culture,
  • MPH (Master of Public Health), and
  • PhD in Health Psychology.

His doctoral research, blending health and cultural studies, investigated maternal and child health practices in the Rajbanshi community—capturing both traditional and modern perspectives  .

A Career in Service and Research

For more than three decades, Dr. Subba served in Nepal’s Ministry of Health and Population, focusing on district-level public health administration. He handled outbreaks like hepatitis, Kala-azar, influenza, and avian flu with dedication and practical skill  . Now retired, he still mentors public health students and helps facilitate research at Purbanchal University  .

Poet, Lyricist, and Essayist

As a writer, Dr. Subba wears many hats—poetlyricistessayist, and cultural critic. His literary style is known for being simple yet powerful, giving voice to human values, marginalized communities, and national pride  .

Critics say his poems are approachable but deep:

  • Dr. Govinda Raj Bhattarai praises his work for giving voice to "marginalized, oppressed, and stigmatized people .
  • Parshu Pradhan calls him not just a skilled poet but a thoughtful humanist and essayist 
  • His style balances rural images, realism, and gentle symbolism—conveying sincere emotion without flashy artifice  .

Books in Nepali

Here’s a peek into his rich Nepali-language creative works:

  1. जीवन मेरो शब्दकोशमा (Jeevan Mero Shabdakoshma) – poetry anthology, VS 2063 (2006)
  2. बीच बाटोमा ब्यूँझेर – poetry anthology, VS 2065 (2008)
  3. यात्रा आधा शताब्दीको – poetry collection, VS 2068 (2011)
  4. चीत्कार – free-verse (muktak) collection, VS 2069 (2012)
  5. सिहदलाई सलाम – song anthology, VS 2067 (2010)
  6. मन माटो – song and ghazal collection, VS 2073 (2016)
  7. मनको मझेरी – essays anthology, VS 2064 (2007)
  8. समयको स्वाद – essays anthology, VS 2070 (2013) 

Notably, बीच बाटोमा ब्यूँझेर captures social, political, and spiritual landscapes with simplicity and strength 

Books in English

Dr. Subba also shares his insights with the world in English:

  • Tungdunge Mundhum Review, 2020
  • Life in My Dictionary (Anthology of Poems), 2020
  • The Mind Canvas (Essays), 2021
  • Self-Reflection at the Moment (Poetry Anthology),  

These works weave together cultural wisdom and emotional introspection, making his traditions accessible globally.

Cultural-Anthropological Works

He explores the Kirat Limbu culture through academic work:

  • Tungdunge Mundhum Kirat Limbu Samba Myth Review (2020)
  • Kirat Limbu Culture: Anthropological Analysis (2021)
  • Additional studies on oral traditions and indigenous spirituality 

His research invites dialogue between ancient wisdom and modern identity.

Public Health and Culture

In English-language scholarly work, Subba examines how cultural traditions shape health:

  • Traditional and Modern Maternal and Child Health Care Practices and Effects in the Rajbanshi Community, 2016
  • Health Seeking Behaviour of Rajbanshi in Morang, Nepal, 2001
  • Assessment of Health Improvement Program, 2003 (co-writer) 

He also has published multiple essays and papers in academic journals focusing on oral traditions, psychology, and health systems  .

Music and Lyrics

Dr. Subba's creative streak extends to music. He's written songs in various genres, forming albums like:

  • देशको माया – patriotic song album, 2009
  • लुकेको रहर – ghazal album, 2010
  • अमूल्य जीवन – modern song album, 2011
  • हामी पहिले नेपाली – patriotic song album, 2012
  • हिमालैमा हिउँ – folk song album, 2013
  • बहारसंग – modern song album, 2015 

He also produced a four-part video album titled प्रतिबिम्ब between 2010 and 2012  .

Awards and Honors

Over his career, Dr. Subba has received numerous honors:

  • Nepal Vidya Bhushan 'Ka', 2015
  • First prize, Online Webcam World Poetry Competition, 2008
  • Vineta Literary Award, 2014
  • Mohan Regmi Vani Puraskar, 2007
  • Babar Singh Thapa Puraskar, 2008
  • Deergharana Samuh Samman, 2013 

He’s also been honored by various social and literary organizations, including:

  • Gorakhadakshin Bahu medal, 1990
  • Services recognition from local organizations in Morang and Kathmandu in the 2000s 

Why His Story Matters

Dr. Nawa Raj Subba’s life is a rare blend—he’s a bridge between academic rigor and cultural soul. Whether he’s studying how traditions affect health, writing poems about marginalized voices, or composing songs of belonging, Subba invites us to see Nepal’s depths in human stories.

He shows that culture, science, and poetry aren’t separate—they enrich each other when held together with care.

To Wrap Up

In about a thousand words, here’s a quick recap:

Dr. Nawa Raj Subba (b. 1 October 1961, Hangpang, Taplejung) is a Nepali public health expertresearcherpoetlyricist, and essayist. His education—MA in Nepali and MPH—and his PhD in Health Psychology from Tribhuvan University reflect his unique blend of disciplines. He spent over 30 years serving in public health, managing outbreaks and mentoring students.

His literary work spans Nepali and English, poetry and essays, with major contributions like Jeevan Mero ShabdakoshmaBeech Bato Ma ByunjherThe Mind Canvas, and Life in My Dictionary. Musically, he’s contributed to albums that resonate with patriotism, folklore, and emotional depth.

Honored with top awards like Nepal Vidya Bhushan 'Ka' and international recognition in poetry, Subba continues to inspire—not just as a creator but as a thinker rooted in humanity.

 



बगरको सुसेली

रूझिरहेछु झरीमा डुबिरहेछु जीवन
प्रिय,
नबगाउ भो आँशु
बगिरहने ए नदी रोक
पिउन चाहन्छु म तिमीलाई
एक अञ्जुली
नछाड मलाई बगरमा
एक्लो एक्लो ।
पहरा थिएँ म हिजो
आज बालुवा भएको छु नदी थिएँ 
म हिजो आज म प्यासी बनेको छु
हिजो मेरो गतिलाई
छेक्न सक्दैनथे हावाले
आज म बतासले जताततै
उडाउने धुलो बनेको छु
कसैको आँखाको कसिंगर बनेको छु 
बहिरहने ए वायु रोक !
म लामो स्वास फेर्न चाहन्छु नपार 
अलपत्र यो बगरमा एक्लो एक्लो ।
 मर्नेको लर्को छ यो बगरमा
आत्महत्या खोज्नेको आँखा छ
 नदीको गहिराइमा मैले म माथि नाच्दै 
खुशी हुने प्रेमील जोडी पनि देखें 
मलाई बटुलेर दुई छाक टार्नेको
 पेट पनि देखें 
यदि म पनि यही नदीमैं हाम्फालेर गएँ भने 
कठै के खालान् ती मजदुरले 
जसले दिनभरी मलाई चालेर
 बेलुकाको छाक टार्दछन् 
मेरै छातीमा टेकेर जीवनको अन्त्येष्टि 
गर्दछन् मलाई उडाएर लान खोज्ने 
ए बतास रोक !
म एकपटक भेटेर आउँछु शान्तिलाई 
अब ऊ कहिल्यै नआवोस् यो बगरमा 
म जस्तै एक्लै एक्लै ।

वर्तमान

 तिमीले मलाई ज्ञान दियौ
 तर अफसोस अज्ञानी बनायौ 
उपलब्धि उपहार दियौ 
तर बदलामा हार खुवायौ 
गल्ती के भयो भने
एकसाथ सबै देखायौ
 तिमीले संसार देखायौ 
तर दुःखद दृष्टिभ्रमित तुल्यायौ 
मलाई
म चिन्न सक्दिन 
हजुरलाई यो के भो बुझ्न सकिन 
आफैलाई आफ्नै बोली सुन्दिन म 
आफ्नै काम बुझ्न सक्दिन 
आफैलाई समेट्न सक्दिन 
सायद चाहेर वा नचाहेर 
कसैको इसारामा चलें कि ! 
आफ्ना इरादा नाघ्दै हिंडे कि ! 
अर्थहीन कम्पास छामेर 
दिशाहीन गन्तब्य लागें कि !
नत्र किन आज म एक्कासी 
समुन्द्रको बीचमा छु जहाँ बज्नुको नाममा
शुर ताल भुलेर बाँसुरी बजाइरहेछु 
अरूहरूले उठाएका छालमा नुहाइरहेछु
 अतीत र भविश्यको अस्तु एकसाथ 
आँशुको सागरमा बगाएर 
वर्तमानको हात पखाल्दो छु ।

जोखना

ए कविता !
के तिमी अभिजातका मनोरञ्जक साधन मात्र हौ ? 
फूल, वासना, यौवन, नशा, अमूर्ततामा अल्मलिन्छौ 
सरल जीवन छाडेर क्लिष्ट शैली रूचाउँछौं 
आखिर तिमी कोबाट जन्मियौ?
कसका लागि जन्मियौ?
र किन जन्मियौ तिमी? त्यता ध्यान दिएका छौ?
ए मेरा आधुनिक कवि !
तिमी प्रेमिकाको मुहार कोर्दछौ कवितामा 
आफ्नै अतृप्त चाहनाको स्वरूप भर्दछौ 
रचनामा के कहिले तिमीले
सीमान्तकृत कुनै बोक्सीको क्रन्दन सुनेका छौ?
धरतीमा देश गुमाएका सतार चेपाङको गीत भेटेका छौ? 
कतै रोहिङ्ग्या, भुटानी शरणार्थीहरूका व्यथा साँटेका छौ?
 कोरोना क्रन्दनको चित्र कोरोस् चित्रकारले
बर्षेनी बाढीले बगेकाको सपना बोकोस् कलाकारले 
पहिरोले पुरेका परिवारको जीवनी लेखोस् लेखक
 भूकम्पग्रस्त घरको छानाबाट देखिने ताराको चित्रकला
 मेरो ब्रम्हाण्ड हो भावभूमि हो व्यथा 
मेरो जोखना तिमी भावुक फूल बन्छौ र पकृतिभित्र त पस्दछौ 
तर त्यो आनन्द केवल तिम्रै निम्ति न भयो 
हो तिमी देख्छौ तर आफ्नै लागि देख्छौ
 र आफ्नै खातिर अक्षरको खेती गर्छौ ।
म त पुरानो मोडल
बाबुबाजे पालाको एक अभिन्न पात्र, 
समन सरल भाषामा तिम्रै छिमेकी म धामीझाक्री
मलाई अझै तिमीले चिनेनौं?
म धेरै पुरानो कवि प्रकृतिको कवि जीवको कवि 
आत्मा परमात्मा सारा जीवन जगतको रवि 
आत्मा र प्रकृतिमा प्रवेश गर्ने मेरो दैनिकी छ 
उनीहरूसित वार्तालाप गर्ने मेरो बानी छ 
गीत रच्छु, गाउँछु तर त्यो मेरो होइन बजाउँछु बाजा र
 नाच्छु आनन्दको लागि हैन केवल अरूको दुःख, 
व्यथा दूर गर्न म कवित्व र रवित्व खेलाउँछु ।
तिमी आफ्नो आनन्दमा रमाउँछौं 
म अरूको खुशी र सुखलाई प्राप्ति ठान्छु 
तिमी आफ्नै कथा व्यथा गुनासा सुनाउँछौ 
अनि आफ्नै फाइदा निम्ति काइदा निकाल्छौ 
तिमी पुरस्कार पदक थाप्छौं मानसम्मान खोज्छौ 
म त्यस्तो आशा गर्दिन
मसित जीवन जिउने गला छ कला छ 
पीडित परिवार, दुःखी मनमा दुख्ने हृदय छ
 स्वआनन्द र स्वार्थभन्दा माथिल्लो शुर र लयमा 
म जीवनको गीत गाउँदै जगतसित नाता गाँस्छु 
आनन्दका लागि तिमी केही कोरिरहेका बेला
 स्वार्थवश तिमीले मीठा गीत गाइरहेको बेला समूहमा 
कविताको उत्सव मनाइरहेको बेला हरेक काव्यमा 
तालि पिटिरहेको बेला म भने यता एक्लै
मुटुको धुकधुकीको तालमा
सुस्केराको लामो शुर तान्दै
दुःखी ज्यानको वरिपरि घुम्दै
चिन्ता बसेको छु जोखना हेर्दैछु मनुवाको ।
मलाई माफ गर
हे नाम र मानको पछि कुद्ने कवि 
मलाई कुनै नाम सुवास चाहिदैन 
मलाई मानखातिर पनि गर्नु पर्दैन 
अब मेरो फूलो परेको आँखा विज्ञानले 
शल्यक्रिया गरिदिएको छ 
अब म देख्छु जीवन र जगत स्पष्टसंग म कुनै बोक्सा बोक्सी तोक्दिन
म उनीहरूलाई अब अन्याय हुन दिन्न ।
मेरा गीतको भावमा मानिस बग्दै बगाउँदै 
यहाँसम्म आएको छ गीत, कविता आत्माको साक्षी बनेको छ 
र इतिहास र वर्तमानलाई जोडिदिएको छ याद राख,
आत्मा रहेसम्म
म धामी धरतीमा जीवित छु तिम्रो कलमले मलाई नचिनोस् 
मलाई केही फरक पर्दैन किनभने मैले आजसम्म 
तिमीले झैँ स्वार्थी मसी प्रयोग गरेकै छैन ।

ए. मान्छे

 ए ! मान्छे,
तिमीले भेडा बनायौ बाख्रा बनायौ 
मान्छेलाई मान्छे हिड्ने बाटाहरूमा 
काँडे तार र पर्खाल लगायौ
तर कहिले पुल बनाएनौं ती भीड सडकमा 
न त कुनै तोरन नै टाँग्यों फाटेका मन आकाशमा
देख्दा,
मान्छे भन्दा अग्ला अग्ला मन्दिर बनायौ
 मस्जिद बनायौ गुम्बा र चर्च बनायौ 
तर छाम्दा भेदभावका कृत्रिम रेखा कोरिदियौ 
मानिसलाई चारदिशा फर्काइदियौ 
जाति, नश्ल, हुँदै शरणार्थी बनायौ 
कसैलाई पूर्व कसैलाई पश्चिम फर्कायौ
ए मान्छे ! 
तिमीले मान्छेलाई मुर्ख बनायौ 
जनतालाई सँधै मूसा अनि बिरालोलाई त्यहाँ शासक बनायौ 
मुसाझैं जनतालाई खेलाएर मारिरहन्छ 
जहाँ शासक जनता निचोरेर आँसु पिउँछ 
ढाडे बिराला अर्थात् उन्मत्त साँढेहरू 
सँधै सत्तामा चाकाचुली खेल्छन् 
जनता ज्यान जोगाउन
तिनकै वरिपरि लुकामारी खेल्दछन्
बिडम्बना,
भेडा, बाख्रा खोरबाट निस्केर
स्वतन्त्र बाँच्न र उन्मुक्ति सोच्न सक्दैनन् 
केवल भुईका हरिया घाँसमा जिन्दगीको माया र छाँया
खोजिरहन्छन् र चरिरहन्छन् 
त्यसैमा सँधै उनीहरू रमिरहन्छन् 
मान्छेमा हुने त्यही प्रवृत्तिको फायदा अरू कसैले होइन 
मुट्ठीभर मान्छेले उठायो
ए पापी मान्छे,
तिमीले मान्छेलाई साँच्ची भेडा बनायौ बाख्रा बनायौ
र जिन्दगीको चउरमा शिर निहुराएर केवल 
चरिरहने भोका र प्यासा बनायौ ।

बलबहादुरको कथा

यतिञ्जेलसम्म
बलबहादुरले आफ्नो अनुहार राम्ररी नियाल्न भ्याएको छैन 
नागरिकता बनाउँदा एकदिन फोटो खिच्ने बेलामा एकछिन
ऐनामा आफूलाई चियायो र मुसुक्क हाँस्यो 
अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि 
फाँटवालाले दिएको नागरिकतामा 
आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो 
उपरान्त उसले हाँसेको देखिएन
 विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको थिच्यै छ
 साहुको रिनले किचेको किच्यै छ
 यही झोंकमा कहिलेकाही बले गोरूलाई चुट्नुसम्म चुट्छु 
र पछि पछुताउँदै सुम्सुम्याउँछ गोरूलाई र आफूलाई
बेलाबेला बलबहादुर नागरिकतामा आफ्नो तस्वीर दोहोर्याइ तेहेर्याइ हेर्छ
 कुनै नायक भन्दा कम देख्दैन आफूलाई 
इतिहासका पुस्तकमा छापिएका तस्वीरझैं सुन्दर देख्छ ऊ 
आफ्नो तस्वीर तर पनि कसैलाई भन्दैन
व्यक्त गर्दैन आफ्ना भावना बरू भीरको टुप्पोमा चढेर
भारीमा तोक्मा लगाउँछ र लामो सुसेल्छ आफू हिंडेका बाटो र नदीलाई सुनाउँछ- 
हेर, म त यहाँ आइपुगें !
खुईया... निस्कन्छ मुखबाट बलबहादुरको जिउमा
आजकल बल हराउँदै गएको छ 
उसलाई आफ्नै तस्वीरले पनि गिज्याउन थालेको छ
कहिलेकाहीँ सुन्तलीको बट्टे ऐनामा आफूलाई हेर्छ, 
देख्छ छाया र अझ हेर्छ आँखा देख्छ, नाक देख्छ, पहेंला दाँत देख्छ 
मनमनै हाँस्छ र लजाउँछ आफैसित तर 
कसैलाई प्रश्न गर्दैन बलबहादुर किन विकृत भयो 
उसको अनुहार कसरी विरानो भयो तस्वीर
भनेर
यसरी
सगरमाथाको फेदमा
ऊ जन्मियो कुनै दिन
कथासितै हिंड्यो ब्यथासंगै बाँच्यो अपूर्णतामा पनि कैंयौं सुन्दरता
 देख्यो जीवनलाई अमूक सिर्जना बनायो 
बाँच्दा मर्यो होला अनेकपटक तापनि ऊ बाँचेकै छ
रोएर पनि हाँसेकै छ 
म भित्र सगरमाथा जस्तै बलबहादुर 
बलबहादुर जस्तै मेरो सगरमाथा ।

भूकम्पको नाच

आस्थाको आकाश खसेकै थियो 
टेकेको धरती पनि धस्यो 
आज घामपानी छेक्ने घरहरू भूकम्पसितै नाचे जब 
हामीमाथि तब एक मूठी श्वास फेर्न नपाएर उडे धेरै आत्माहरू कतै
ढले इतिहासका थुप्रै धरहराहरू 
ईश्वर बस्ने मठ मन्दिर र गुम्बाहरू ।
यी खण्डहरमा रूपान्तरित वस्तीमा प्रेमपूर्वक खोस्रदा 
केटाकेटीले भेटुन् तिनका कापीकिताब र कलमहरू 
परदेशी सन्तान फर्की आउँदा भेटुन् बाआमाका तस्वीर
आँशु ओभाइ खुलुन् अवसरका आँखा 
अब मिलेर गरौं यस्तो सङ्कल्प हटाओं चुनौतीको भग्नावशेष 
जुटेर ठडाओं अब नयाँ घर उठाऔं सिङ्गो आकाश
बनाऔं साझा देश ।
एउटा धरहरा ढले पनि नबिसौं हाम्रा मनमा अझै ढलेका छैनन्
स्वाभिमानका अनगिन्ति स्तम्भहरू
मुटुमा अझै हिलेका छैनन् पौरख र गौरवका हिमाल ।
चाहे भुकम्प जत्रै आवोस्
बिछोडिएका आत्माको शान्ति खातिर
 हृदयमा श्रद्धाको दियो बालेर बोल्छौं
 हामी नेपाली जहाँ रहे पनि अजम्बरी फूलझैं सदा 
फुलिरहनेछौं,
हाँसिरहनेछौं
मन मनमा ।

कोरोनाले गलेको मन

हेर्छु चारैतिर घाम लागेकै छ, वादल नाचेकै छ
धरतीमा अन्नबाली,
फूलबारीमा फूल फुलेकै छन्
सदाझैं चराहरू आकासमा उडेकै छन् पानी परेकै छ
बाढी आएकै छ, पहिरो गएकै छ तर बिना खबर आएको छ
 यसपालि कोरोनाको कहर ऊ समुन्द्रझैं भएको छ मान्छेको जीवनमा
छाती छातीमा उर्लेका छन् सन्त्रासका अनगिन्ती छालहरू लहरमा 
उनिएका लासहरूलाई अन्तिम दर्शनको प्रतिक्षामा आँखाका डिलमा उभेर
सुसाउँछु निश्वास बनेर
यसरी घोसे मुन्टो लाउँदै फेसबुकमा 
आफन्तका फोटामा श्रद्धाञ्जली पोष्ट गर्ने
दुःखी मन बनेको छ अचेल
छु
हो मान्छेको मन आजकल
कोरोनाले छरेको अविश्वासले भिजेको छ
कोरोनाले उब्जाएको अन्धविश्वासमा
लपक्कै गलेको छ जीवन
यसपालि त बाँच्न पाए हुन्थ्यो भन्ने कत्ति होलान्
 
यसैबेला जान पाए हुन्थ्यो भन्ने पनि होलान् 
तर मान्छेको जिजीविषा
झरी नभनी घाम नभनी
सडकमा छट्पटाउँछन् यताउता लकडाउनको डण्डा सहँदै 
खाली पेटहरू छट्पटिन्छन् झुपडी देहात वस्तीमा
यतिबेला म झ्यालबाट केवल चियाउने भएको छु
एक्लै टोलाउने भएको छु
ढोकाबाहिर निस्कन नसक्ने गरी
पक्षाघातले थलिएको छु
तर
यो मन भने
तिमीसंगै छ प्रिय !
सधैं सधैं तिमीसंगै छ
सरकारले कहिले जहाज पठाउला र स्वदेश फर्की आउँला भनेर
म दिन गन्दै बसेको छ परदेशमा मर्नै परे पनि
आफ्नै देश टेक्न पाउँ
आफन्तका अनुहार देख्न पाउँ बचेको दुई थोपा आँसु 
जन्मेको माटोमा खसाउन पाउँ अनि मलाई झर्ने आँशुको 
न्यानोपन महसूस गर्न पाउँ !

कोरोनाविरूद्ध नयाँ सामान्य

घरमै बसेर म युद्ध लडिरहेछु 
अस्पतालमा सुतेर युद्ध लडिरहेछु
 शुभकामना मोबाइलमा छाम्दै 
कोरोना युद्धमा साथ दिइरहेछु ।
वैरी आफ्नै नाकमा पसेको छ 
दुस्मन आफ्नै हातमा बसेको छ
 मान्छे शत्रू देख्ने रोग छ 
आँखामा कोरोना सुनेरै मान्छे ढलेको छ ।
रोगविरूद्ध चौमुखे चक्रव्यूहमा छु
 रोग, भोक, शोक, त्रासले घेरियाछु 
संक्रमित, निको हुनेका हिसाब टिप्दै 
लकडाउनमा मृत्यु दिनहुँ गन्दो छु ।
बाँचे पनि मुख देखाउन नपाइने
 मरेपछि त झन् लास हेर्नै नपाइने
 क्रियाकर्म धर्मकर्म गर्न भो गाह्रो यु
द्धमा नयाँ सामान्य भो चाहिने ।
नमस्ते चलाउँ हात नमिलाउँ
 हाय हेलो ठिक छ 
गला नमिलाउँ 
हटाउँ अनावश्यक भेला 
भोज मोज लौ अनलाइनमा 
अब बानी बसोस् ।

भूकम्प र न्यूटन

यसपालि पनि भूइँचालोले देखेन 
जीवनदेखि दिक्क भएका मृत्यु पर्खी बसेकाहरूलाई ।
बरू फुलिरहेका फूलहरू टिप्यो
 वारिपारि गर्ने पुलहरू चुँडायो 
यसपालि पनि देखेन 
मृत्युले मान्छेका निर्दोष पाइलाहरू 
बरू निर्ममतापूर्वक कुल्चियो गाउँ र शहर निस्सासियो श्वा
स रोकिएको मौका छोपेर मिच्न मिच्यो 
मानव अस्तित्व यसरी फुत्त आयो 
भूकम्प उजाड बनायो गाउँशहर र लुत्त लुक्यो दुलोभित्र
च्व...च्व...च्व...
ऊ मरेछ, त्यो पनि मरेछ मरेछन् बाँच्नु पर्नेहरू !
आऊ भूकम्प फेरि स्वागत छ म मर्न तयार छु 
आ... कति डराउनु कतिन्जेल चिन्ता गर्नु
 आखिर बाँचे पनि मरे पनि 
हामी सबैलाई सुत्न, ओढ्न पुग्ने धरती, आकाश छँदैछ नि ! 
कतै सुनेको भुइँचालोमा लाटो बोल्छ रे अपाङ्ग उठ्छन् र हिंड्छन् रे 
पिलपिल गर्ने ताराहरू चम्कन्छन् रे 
र न्यूटन जन्मेलान् कि भनेर झिनो आसा सहित 
भुकम्पसितै आउने ज्ञान, विज्ञान र आविष्कारको प्रतीक्षामा छु ।

एउटा पत्र मरूभूमिको ठेगानामा

 प्रिय साथी ! मीठो सम्झना
म यहाँ सञ्चै छु, आशा छ तिमी त्यहाँ सञ्चै होलाऊ
आगे एउटा कुरा लेख्दैछु
 हुन त मैले देखेको छैन त्यो तिम्रो मरूभूमि तर 
तिम्रो चिठी पढ्दा मलाई यस्तो लाग्छ त्यो पक्कै
मेरो छाती जस्तै शुष्क हुनुपर्छ जहाँ प्यास लाग्दा पिउने मात्र आँशु भेटियोस्
मरूभूमि पक्कै मेरो जोवन जस्तै फूलविहीन पाखा हुनुपर्छ
जहाँ पलाउँछन् सपनाका पोथ्राहरू 
न फुल्छन् ढकमक्क फूलहरू न त लाग्छन् कुनै फल नै !
हो साथी !
मरूभूमि र जन्मभूमिबीच धेरै कुराहरू फरक होलान् 
तर केही कुरामा समानता देख्दैछु 
हो म आज त्यही लेख्दैछु मरूभूमिमा तिमी
दिनरात मृगतृष्णामा सायद कब्रस्थान वरिपरि यताउति दगुर्छौ भाग्छौ
यता जन्मस्थानमा म पनि रातदिन उही मृगतृष्णामा 
ओहोरदोहार गर्छ लुखुर लुखुर गाउँ र मसानघाट
यहाँ होस् वा त्यहाँ
स्वदेशमा होस् वा विदेशमा
हामी हिंड्दा हिंड्दै
एकदिन थाक्नेछौं र
ढल्नेछौं गर्ल्याम्म !
कुनै एक भूमिमा निश्चय त्यसदिन कसैको हातले हामीलाई
थाम्न सक्ने छैनन्, न उठाउन नै अर्थात् हामीलाई त्यसदिन
भूमिबाट अलग गराउन सक्ने छैन दुनियाँले 
सक्नेछ त केवल दुई अन्जुली माटो भर्न वा विदाईका हात हल्लाउन मात्र 
र भ्याएको खण्डमा
कुनै अखबारमा लेखिनेछ— 
अलबिदा, चीरशान्तिको कामना, बस् सदा ख्याल राख्ने उही तिम्रो म
फलानो...


एस.एम.एस.

 भाइ,
आजकल नदीमा
पानी हैन आँशु मात्र बग्छ 
यही नदी वर्षामा बहुलाएर 
गाउँ वस्ती र शहर बगाउँदैछ 
कुनै दिन तिमीले गरेको फोन कल 
यहाँ मोबाइलमा कसैले उठाएन भने 
या त्यहाँबाट पठाएको रेमिटेन्स यहाँ 
कसैले बुझेन वा फिर्ता भयो भने सम्झिनु
यहाँ तिम्रो विरानो परिवार विपदमा परेछ,
 गाउँ पहिरोसंगै बगेछ गाउँ, वस्ती र सहर
बाढीसंगै बगेछन्,
माटाले पुरिएछन् परिवारजन
सायद,
कोही आफन्त खोज्दै होलान् 
तिमीसितै हराएका गाउँलेलाई 
कतै भेटिएलान् कि लास वा आस
 माटो खोस्रेर पुनः माटोमै पुर्नलाई ।

वसन्तमा एक्लै

 आज
एकाबिहानै
चराहरूको चिरिबिरी आवाजले
मलाई ब्यूँझायो
पंक्षीहरूको जोडी र तिनका
गीत, सङ्गीत अनि नृत्यले
मेरो अतीत जगायो उता क्षितिजमा
सुनौलो घाम उदायो यता मेरो मनभरि
ढकमक्क फुले फूलहरू 
तर टिपेर सिउरिनलाई तिमी कहाँ छौ प्रिय !
 धेरै साल भो न्याउली रोएको 
काफल पनि पाक्यो बनै भरी मनै भरी
अब त आऊ ।

आगन्तुक चरा र शहर

तिर्खाले ब्याकुल छु पानी खान 
आएको थिएँ तिम्रो घरमाथि 
पर्खे तिमीलाई तर मनको ढोका खोलेनौ 
यहीँ घर वरिपरि उहिले हामी बस्ने एउटा ठूलो रूख थियो, 
त्यो ढलेछ 
हामीले खाने फलफूल थिए, 
झरेछन् पानी खाने पोखरी पनि 
अब सुकेछन् लुकामारी गर्ने फूलका पोथ्राहरू
 यहीँ थिए सबै मान्छेका वासस्थान 
शहर भएछन् 
देख्छु तिम्रो घरको छानामा पानीको भण्डार छ 
त्यो पानीट्याङ्की भन्दा ठूलो
अहिले मसित प्यास छ तर पिउनलाई बन्द छ 
बिर्को मेरा लागि मरूभूमि भो तिम्रो घर पाहुनाझैं म 
आगन्तुक चरालाई दुनियाँले देख्लान् उडिरहेछु,
 नाचिरहेछु केवल म गीत गाइरहेछु
 तर कसले सुनिदेला मेरो प्रश्न 
अनि
 कसले खोल्छ मनको ढोका र झार्ला दुई थोपा आँशु
या देला प्यास बुझाउने पानी ।

प्रश्नचिन्ह

 आफ्नो अघि अहिले
प्रश्नचिन्ह लागेको छ 
आफै अन्यौलको खाडलमा जाकिएको बेलामा
अचम्म !
आफ्नै छायाले पनि
आफु अघि उभिएर
प्रश्न गर्छ
अब कता बहूँ
अघि, पछि या
तिम्रै विरूद्ध |

आहा आधा इन्द्रेनी

आधा इन्द्रेनी
आधा खुशी, आधा हाँसो
कहिल्यै पूरा नदेखिने, 
खोज्दा नभेटिने सपना जस्तो, 
एउटा अधुरो जिन्दगी जस्तो....
भैगो,
म सोध्दिन अब
इन्द्रधनुषको आधा कता गयो भनेर 
आधा जीवन कता हरायो भनेर 
देख्न नसकिएको आधा इन्द्रेनी 
गयो कतै भयो होला कसैको 
आखिर मैले नाप्न नसक्ने आकृति लम्केर
 चुम्न नसक्ने उनको अधर अर्थात् त्यो 
आधा इन्द्रधनुषको कुरा अब म फेरि खोतल्ने छैन
कमसेकम कसैको छाया, माया देखेर प्रेमील मन 
रमाउँलान् एकैछिन भए पनि मुस्काउँने छन् 
ओंठहरू चढेर रङ्गमा कसैको त्यो आधा खुशी 
अनि मेरो आधा खुशी नाप्न उध्रिएको जिन्दगी सायद सिउनलाई
बेला-बेला क्षितिजमा आक्कल झुक्कल
झुल्किन्छ झझल्को एक्कैछिन र हेर्दाहेर्दै हराउँछ आधा इन्द्रेनी ।
बस्
घाम, पानी अनि तल जीवनको कुनामा 
म एक्लै बसेर कोही सम्झेर हाँसिदिन्छु 
कहिले केही बिर्सेर हाँसिदिन्छु 
आहा जीवनजस्तो इन्द्रेनी आहा आधा इन्द्रेनी ।

शहरमा

शहरको
सडक सडकमा
माग्नेहरू हिंड्छन्
 शहरको घरघरमा माग्नेहरू नै बस्छन् 
ए भिखारी, 
नपस यो शहरमा
जहाँ असन्तोष, विकृति नाच्ने अश्लील धूनहरू 
बजिरहेछन् र सल्बलाइरहेका हुन्छन् 
यही तालमा दिनरात भित्तामा दौडन्छन् माउसुलीझैं मान्छे ।
दिन जान्दैन शहरले मात्र लिन जान्दछ 
भोकालाई खुवाउन जान्दैन 
अघाएकालाई खुवाउन तम्सन्छ 
यसले सग्ला, सुकुमार अनि कैंयौ असल मानिसलाई
 यही सडकमा हिंड्न लगायो र एकदिन थाकेपछि
 क्रमसः चपायो र निल्यो
नपत्याए हेर शहरमा
केवल काग मात्र उड्छन् 
कोइली त पिंजडामा छट्पटाइरहेका छन् ।

निर्मलाको नियति

मैले यति कुरूप आकाश आजसम्म देखेकै थिएन ।
म माथिको आकाशमा घाम छैन, जून छैन, तारा छैन 
आकाशमा हावा छैन 
आज वर्षा गराउने एक टुक्रा बादल छैन 
उडिरहेका छैनन् आकाशमा चरा परेवा, ढुकुर, जुरेली, 
मौरी, पुतली अनि बतास वा सुगन्ध छैन
आकाशमा त आज
बमवर्षक कुहिरो उत्तरदक्षिण कुर्लिरहेछ पूर्वपश्चिम उर्लिरहेछ
यो निर्मल आकाशमा कुनै दिन यत्ति कुरूप छायाँ पर्ला 
भनेर जिन्दगीमा कहिल्यै सोचेको थिएन ।
घरघर अगेनामा आज
शत्रूता र स्वार्थ बलेको छ 
आगो पैंचो ल्याउने लैजाने छिमेकीले नून र गुन बिर्सेको छ
 हामीले खाने एउटै धारा, कुवाको पानीमा विष हालिदिएको छ
 बेइमानले मिलेर हिंड्न, 
मिलिजुलि बस्न दिएनन् बाटो देखाइ दिनेहरूले
भिरेका, भिराएका छन् चश्मा अनुहार नमिलेको देखेर 
लडाएका छन् विचार नमिलेर भिडेका छन् भाषा नबुझेर 
अल्मलिएका छन् आपसमा बोलचाल बन्द भएको छ 
बाटो ढुकढुक भएको छ सडकमा मान्छे नचिनिने गरी
बुङ्बुङ्ती उडेको छ
शङ्का उपशङ्काको धुलो
यति स्वच्छ आकाशमा
दिउँसै अन्धकार छाउला भनेर पटक्कै चिताएको थिएन
नदेख्नु पर्ने कुरा देख्नलाई नै सायद पाएका हौंला हामीले यी दुई दुई आँखा
 हाम्रा बुद्धका आँखा थिए ती त खोसिए 
हाम्रो प्यारो अस्मिता थियो त्यो पनि लुटियो 
यस्तो लाग्छ, एउटी गरिव कोखमा जन्मेकी कुनै अभागी युवतिको वैंश 
जस्तो रहेछ हाम्रो रहर जो हरबखत ठूलाठालूबाटै बलत्कृत हुन्छ
 अबैध गर्भाधारण हुँदै जन्मन्छन् सन्तान 
र बाँडिन्छ बाबु बिनाको नागरिकता ।
आज, तिम्रो सपना र विपना तिम्रो निधार अनि अधर 
यति निरीह र निरस
बनाइ देलान् भनेर मैले रामाराम 
सय मनमा एक मन पनि चिताएको थिएन, निर्मला ।

भ्रूणहत्या

एकाएक गुम्यो छोरीको भाग्य आमाकै गर्भमा ।
लिङ्ग पहिचानले रक्षक भक्षक भइदियो 
दिउँसै बत्ति बालेर अस्पतालमा
चिकित्सकले गरे भ्रूणहत्या 
कैयौं छोरीहरूको जन्मअघि गरियो गुपचुप गर्भपतन 
भावी आमाको मृत्युमा त्यहाँ रोइदिने
कोही भएनन्
यो अस्वीकृत जीवन
यो अस्वीकृत लिङ्ग
म हृदयको दृष्टिले
उनै आमाका बदनाम आँखा र बाका निर्लज्ज आत्मा चियाइरहेछु 
अचम्म देखिरहेछु एउटी आमा छोरी जन्माउन भन्दा 
गर्भपतन गर्न तयार छिन् 
पटक पटक संस्कृतिबाटै बलात्कृत हुन बाध्य छिन् ।

आजकल

आमा, म किन आजकल
नराम्रो सपना मात्र देख्छु ! 
पशुले लखेटेको, पक्षीले ठुँगेको, पानीले बगाएको, हावाले उडाएको 
उडाउँदा उडाउँदै पहरामा ठोक्किएको 
टुक्रा टुक्रा यो मन तिम्रै वरिपरि छट्पटाएको देख्छु
आमा ! म किन आजकल
अशुभ सपना मात्र देख्छु !
कतै दशाग्रह पो लागेको छ कि, लगाएको सिरानी पो मिलेन कि, 
निस्सासिदै सपनीमा झस्किन्छु घरिघरि आफै रून्छु र हाँस्छु आमा ! 
म किन आजकल डरलाग्दो सपना मात्र देख्छु ! 
सपनीमा आजकल
घरदेशबाट आशा पोको पारी परदेशिएका दुखिया, सुन्तली र डोल्मालाई 
आपत आइलागेको कोरिया गएकी मनकुमारी 
बिपदमा परेको अरबको घाममा ओइलाएकी फूलमायाको मुहार 
औंशीझैं लुटिएको चन्द्रकलाको जोवन देख्छु 
अनगिन्ति गुहारका स्वर चारैदिशा सुन्छु दिनहुँ 
आशबहादुरहरूको लास गन्दा निरास छु 
आजकल म सुत्नै सक्दिन आमा
सप्तकोशीले बाँध भत्काएझै भएको छ 
मेरो मन छताछुल्ल वस्तीमा छरपस्ट छ 
विश्वास हेदौहेर्दै डुबाएको छ मेरो आस्थालाई
 
खोई कसले भत्कायो भनूँ हामीबीचको एकतालाई 
कसले लुट्यो हाम्रो गौरवलाई 
कता छुट्यो हाम्रो आफ्नोपन आमा, म किन आजकल
रगत र आँशु मात्र पिउँछु बाँच्ने बहानामा आजकल 
खुद् आफैलाई मन नपर्ने कुरूप विपना जिउँछु ।

हाँडी फुटाउने प्रतियोगिता

 आओ साथीहरू, 
अब हेरौं हाँडी फुटाउने प्रतियोगिता, 
मान्छेले अजकल खोक्दा, हाच्छिउँ गर्दा 
मुखबाट निस्कने असङ्ख्य क्षुद्र भाइरस छेक्न मास्क लगाउँछन्
तर आफ्ना क्षुद्रवाणी रोक्न नसकेपछि एकथरी सम्भ्रान्त खेलाडीहरू
हाँडी फुटाउने प्रतियोगितामा लागेका छन् ।
उनीहरू अहिले ब्यस्त, अस्तब्यस्त छन् 
उनीहरूको मुख ढाक्ने मास्क आँखा ढाक्ने पट्टीझैं बनेको छ
 जग हँसाउने स्वार्थी लठ्ठी हात हातमा बोकेर
घरि यता घरि उता ताक्छन् हिर्काउँछन् 
आशङ्का, आतङ्क मच्चाउँदै दगुर्छन्
उताउता,
लौ हान्नै आँट्यो
फुटाउने भो भन्दै
दर्शकहरू ताली पिट्छन्
प्रदर्शनी घेराको एक छेउमा
एकथरी उन्मादित आँखा विजुलीझैं चम्कन्छन् 
अर्को छेउमा दुःखी मन कालो बादल झैं
मडारिन्छन् आकाश माथि माथि
हिजोआज
हाम्रो खेल मैदानमा
लामा हातखुट्टाहरू
स्वार्थी चाल चालिरहेछन्
नाङ्गो नाचमा बद्लिएको छ खेल
छातीभरी कलङ्कका तक्मै तक्मा भिरेर 
अझै कतिञ्जेल दर्शक
एकछिन हँसाउँदै जुनीभर रूवाउछौ हँ !
दर्शक फसाउन, तर्साउन, धम्क्याउन सफल ए खेलाडी,
आयु सबैको निश्चित हुन्छ
मिति पुगेपछि तिमीहरूको पनि पापको हाँडी फुट्छ 
ड्याम्मसंगले इतिहासको घुनमा फालिन्छौ 
तिमी यात्रुको आस्था बस्ने देउरालीमा चढाएको विश्वासको पाती
ठाउँमा अडिन नसकेर
जब भुईमा खस्दछ
त्यो मक्किन्छ र
धुलोमाटो बन्दछ
खेल मैदानमा
खेलाडीले राम्रो खेले
ताली पिट्ने हातले
ढुङ्गा टिप्न पनि सक्छन्
लखेट्न पनि जान्दछन्
 होसियार दर्शक समय हो समय दर्शक हो ।


बिहानी खोज्दै यात्रामा

 धुवें धुँवा भरिएको यो कोठामा
अब सकिन्न भो बस्न
अँटिन्न यो सङ्कुचित 
आयाम र अपूर्णतामा सर्वत्र पोखिएको छ 
बर्तमान भेलजस्तै ठोक्किन्छु म जताततै
अनिश्चयको चोसे ढुङ्गाहरू 
समातेर पछुताउँछु घरिघरि
बिना अर्थ बाँचेकोमा
बाँचेर पनि मरेकोमा
आँखा आँखामा
बग्छु म अतृप्त नदी भएर तैपनि
 म पुनः बाँचेको अनुभव गर्छु 
मेरो सुस्केरा र नदीको सुसाइ 
मिलेर जब संगीत बन्दछ 
म चल्मलाउँछु छालहरूझैं जु
र्मुराउँछु र जाग्छु औंशीको रातमा ।
प्रिय !
वर्तमानसित म पौंठेजोरी खेल्दैछु
लामो रातसित जुधिरहेको छु 
बिहानी ब्यूँझाउने रातसित 
एउटा सम्झौता पनि गरिरहेछु 
धैर्य गरिरहेछु, प्रतीक्षामा छु 
धुँवाले उज्यालो चपाए पनि
 समयलाई आगोले निले पनि
उमेरले डाँडा काटे पनि ए रात,
उठाउनु नबिर्सी विहानीलाई 
ब्यूँझाउनु है सखारै उषालाई
 म निरन्तर यात्रामा छु म पनि आउँदैछु ।

प्रशंसापत्र

 जूनको फेदमा 
सधै अँध्यारो चिसो रात बिछ्याएर 
बस्ने हामी किरण खै किन
 हीरा जस्तो चम्केनौं ? 
बत्तीको फेदमा
अँध्यारो दुर्भाग्य पोखिएका 
यत्रतत्र छरिएका हामी 
छाया कोही दियोझैं किन सल्केनौं .
आजकल वुद्ध पनि
गुम्बाबाट बाहिर निस्कदैनन् 
मन्दिर, मस्जिद र चर्चमा भगवान, अल्लाह, प्रभु मूर्तिवत छन्
हाम्रो वस्तीमा या शहरमा अनि यो देशमा
अझै कति अग्ला हिमाल र कति होचा मान्छे जन्मदैछन् ?
 यो जन्मभूमिलाई कोही शान्तिभूमि 
अनि कोही क्रान्तिभूमि किन भन्दैछन्
हो, हामीसंग
चारै दिशा र ध्रुवहरू छन् 
जो निरन्तर जुध्न खोजि रहन्छन् 
हरदम समीकरण रोजिरहन्छन् र 
हरदम लुटिरहन्छन् देश 
यहाँ अरू कोही हैन आफै जित्छन् आफै हार्छन्

आफै बनाउँछन् आफै भत्काउँछन् 
सगरमाथा छेकिने
 विसङ्गतिको अग्लो हिमाल ठड्याएका छन्
 उपलब्धिको नाममा 
अरूका लागि मर्ने वीर जातिले 
आफ्नो लागि केही नगरेका 
अनगिन्ति अक्षमताका कीर्तिमान
 इतिहास र वर्तमानमा दर्ता भए
अब काला अक्षर कोरिन असफलताको 
प्रमाणपत्र पाउन मात्र बाँकी छ
 हे वीर नेपाली अब उठ ।

तस्वीर छामेर

जुनबेला तिमीले मेरो ओठलाई
सायद फूल ठानेर चुम्यौ
त्यसबेला म तिम्रो आँखाभित्र
पौडिदै थिएँ,
त्यसबेला
मलाई के थाहा
यति गहिरो होला
हाम्रो प्रेम भनेर
प्रिय,
म त अझै पनि
नदीमैं छु नि
सललल बगिरहेको
तिमीभित्रै डुबिरहेको ।

प्रेमदिवस

 आहा,
यो वासन्ती वैंश
फूलै फूलको मोहकता अनि 
मादकता मानौं, 
कुनै वैशालु युवतिले शिरमा सिउरेको
 ढकमक्क फूलैफूलको चुल्ठै चुल्ठोको हो यो मौसम
कुनै शुभकार्य निम्ति
फूलका पत्रदल या पातहरू भुईमा छरेर
 सजाइएको कुनै रङ्गमञ्च हो यो याम
 हरेक साल वैशाखमा आउने 
म एक प्रेमील दर्शक तिम्रो सिरीसको बोटझैं 
ढकमक्क फक्रेर लाग्छ, 
बोलाइरहन्छौ मलाई तिम्रो फेदसम्म पुग्छु 
हरेक वसन्तमा तिम्रा वरिपरि काँढा नै नभए पनि 
म तिमीलाई भेट्न सक्दिन
न त टिप्न सक्छु केवल 
तिम्रो बैंश हेरेर म आफ्नो अतीत
सम्झिरहेछु हरसाल तिमी 
यसलाई जे भन प्रिय हर वसन्तमा
म त एक्लै मनाइरहेछु प्रेम दिवस ।

हाय मच्छर

प्रेमिकाझैं माया गर्छ मच्छरले 
मलाई कानमा, गालामा, अझ 
ओठमै टोक्छ 
राती ओछ्यानमा पनि सुटुक्क 
आउँछ र प्रेमील गीत 
गुन्गुनाइरहन्छ कानमा
 सायद भन्दो हो– 
म तिमीलाई कत्ति माया गर्छु... 
यसैले पो हो कि आजकल
म सपनामा या विपनामा
मीठो कन्याउँछु 
आफूलाई आहा ! 
यो कन्याउनुको मज्जा ! 
अझ त्यो भन्दा पनि संगीतको सुरमा 
स्वस्फूर्त ढंगले 
प्याट्ट पार्नुको मज्जा 
मायालुलाई .

भ्रान्ति

एकाबिहानै 
कताबाट माउसुली फुत्त निस्केर चढ्यो
 मेरो पिठ्यूँमा
बच्चा
सोच्दो हो 
म उसको काका हुँ 
साँझपख उड्दै उड्दै 
आयो एउटा लामखुट्टेको र 
बस्यो मेरो गालामा 
उसले पनि सोच्दो हो 
म उसको मामा हुँ 
विचराहरूलाइ के थाहा 
यी माया गर्ने हातले सु
म्सुम्याउँदा सुम्सुम्याउँदै 
अर्थात् 
माया गर्दा गर्दै पनि
तिनीहरू कच्याक कुचुक हुन्छन्
 जसरी हाम्रो सपना पनि कुनै दिन 
हाम्रै आफन्तकै हातमा
 खेल्दा खेल्दै देख्दा देख्दै 
कच्याक कुचुक भएका थिए 
आज 
तितेपातीको मुण्टाझैं निचोरिएको छ मन 
परेली हुँदै तप्प तप्प झारेको प्रा
थमिक उपचार भनौं या असफल प्रेमपत्रमा 
पोखिंदा निथ्रेको ब्यर्थका लेखाइझैं बनेका यी अक्षर
अझै कति पटक म
क-कसका गलामा, पिठ्यूँमा अन्जानवश 
बस्न जाने किराहरूझैं धोका खाँदै म पनि
कच्याककुचुक भएँ
पटक पटक |

भ्यागुत्ताको गीत

बेमौसमी बाजा भ्यागुत्ताको गीत 
मलाई पनि मन पर्दैन 
मानिसले देखेका सपना भ्यागुत्ताले छरेका ताराहरू
 म काला चेपागाडा देख्छु 
जो एक्लै खान्छन् एक्लै बाँच्छन् र उफ्रन्छन् कुवाभित्र
जतिसुकै तम्सिए पनि
पोखरी बाहिर आउन सक्दैनन्
जतिसुकै चिच्याए पनि
हिलो नाघ्न सक्दैनन् भ्यागुत्ता
भ्यागुत्ता,
पानीको छायामा देखिने 
आकाशको प्रतिविम्बलाई
आकाश ठान्दै उडेको ठान्दो हो 
हावाका शुमा गाएको मान्दो हो 
पोखरीका चल्ने तरङ्गलाई परिवर्तन ल्याएँ 
भन्ठानेर नाच्दो हो 
जे भन
अरूको आँशुमा पौडि खेल्ने 
उन्मत्त शैलीमा नाच्ने वा बाँच्ने
ए उभयचर मान्छे ति
मीले गाउने गीत मलाई मन पर्दैन ।

मान्छे र भेंडा

मान्छे
सुत्छ, उठ्छ
भेंडा पनि सुत्छ, उठ्छ
मान्छे हिंडडुल गर्छ, 
भेंडा पनि हिंडडुल गर्छ 
मान्छे सन्तान जन्माउँछ, भेंडा पनि सन्तान बढाउँछ 
भेंडाझैं मानिस पनि घाँस चपाउँछ
अनि भीरतिर जान्छन् 
भेंडा र मानिस फरक केमा छ भने
भेंडाहरू भीरबाट खसेर मर्छन्
मान्छे भीरमा मर्दैन 
बरू आत्महत्या गर्छ 
उसलाई बचाउने
डर छ, भर छ
अरू पनि धेरै थोक छन्
जे होस्,
जीवनयात्रामा अन्ततः भेडा स्वभाविक मर्छ
र सार्थक मृत्युवरण गर्छ
डराएर कदापि आत्महत्या गर्दैन तर 
यता मान्छे आफ्नै घरमा झुन्डिएर  
आत्महत्या गर्छ र निरर्थक मर्छ
तै पनि ऊ गर्व गर्छ
मान्छे भएर बाँचेकामा ।

फुटबल

मैले जिन्दगीलाई 
फुटबलझैं लात्तले हानें 
लक्ष्य पुग्ने गरी
तर निर्ममतापूर्वक फर्काइ दियो 
निष्ठुरी संसारले हरदम् छातीमा 
कसैले भन्छन् तैंले हारिस्
कसैले जितिस् पनि भन्छन्
तैपनि यो प्रतियोगिता
खेल्दैछु निरन्तर
यद्यपि,
जीवनको गोल्डकपमय प्रतियोगितामा
अझै निर्णायक गोल भएको छैन
 म निरन्तर खेलिरहेछु जीवन फुटबलझैं ।

विचरा

 एकैछिन अघि जस्तो लाग्छ 
यहीँ कहीँ माटोमा
रोपेको थिएँ मैले सपना 
यतै कतै ढुङ्गामा बिसाएको थिएँ एउटा खुशी 
तर खोई ! 
छैन त ! कसले टिप्यो हँ ?
कसैले लग्यो भन्दै
एउटा बालक रोइरह्यो भुइँमा 
लडिबडी गरिरह्यो 
यसरी रूँदारुँदै विचरा म
आज
बूढ़ो भएँछु ।


आगलागी

 जलिरहेको घरमा 
म यो के के सोच्दैछु
 मेरो कविता डढ्यो मेरो गीत जल्यो
प्रयास गर्दागर्दै जोगाउन सकिन 
भावना बल बुद्धि क्षणभरमै
 खरानी भयो जल्न बाँकी चीजहरू
न मेरो पसिनाले बच्यो
न त आँशुले नै निभ्यो 
बल्यो, बलिरह्यो आकाश 
हुरीझैं धुँवा मडारिइरह्यो मनमा 
म त्यहीँभित्र जलिरहें 
जलेर निस्केको खरानी सुम्सुम्याउँदैछु
तीक्तता, सून्यता भोगिरहेछु 
सत्यता अनायास बिलाएका
मेरा प्यारा सपना,
विपना र आफन्त ।

चिहानडाँडामा

 मैले यतिन्जेल जानी नजानी
खुशी बगाएँछु गीतमा आशा पोखेंछु कवितामा
सोचें यति रहर निख्रिए कि
सून्य आकाश अव भरियो होला
अशान्त नदीको लहर शान्त भयो होला तर फूलहरू वसन्तमा
फुल्नअघि एकाएक टोलाएपछि अनायास ओइलाएपछि
मेरा आँखाका पाइला रोकिएपछि
अकालमै मर्यो मेरो गन्तब्य बीच बाटैमा
हरदिन चिहान खन्दैछु आजकल
प्रिय आफन्तको बिदाइमा
उनलाई माटोले छोनअघि
मन मार्नअघि
विदाईमा झार्नलाई
नयनका आँशुले पुगेनन्
फुस्रो बगर बन्यो मेरो ओठ यही रित्तोपन लिएर
बसाइँ सर्न चाहन्छु तिम्रो गाउँमा तिम्रो ठाउँमा ।

मलामी मन

यसबेला 
म केवल बगर, बतास कुहिरो, अँध्यारो आकास
 र एकछिन रोक्किएको 
एक मुठ्ठी स्वास मात्र चलायमान भेट्छु छातीमा
म पञ्चतत्त्वको अर्थ र फगत खरानी,
बालुवा र पतकर
मात्र उडेको देख्छु आँखा वरिपरि मलामी हुनुको पीडा
 सत्यसितको साक्षात्कार जीवन यात्रामा ।

सहरमा कविता

 शहरमा
 काम नलाग्ने वस्तु हो लाज 
किनभने मानिस निर्लज्ज हिंडिरहेछन्
 अर्धनग्न कामुक 
अत्तर जीउभरि छरेर 
बजारमा बिक्दैनन् हृदय उधारोमा जान्छ भावना
नगरमा मान्छे भेटिंदैनन् आजकल 
मानिस मेसिन बनिसकेका छन्
 पैसा गन्ने रोबोट भएका छन् 
हातमा एटिएम, मोबाइल छ 
ए कवि नसुनाउँ भो कविता आजकल,
मेसिनझैं हतारमा हुन्छन् 
गन्तव्यहीन यात्रामा 
कुद्ने मानिस सुन्दैनन् कविता ।

मनसुन

हाम्रो गीत सुन्दैन 
बादल एकोहोरो एक्लै गडगडाउँछ 
खलबल गर्दै हामीमाथि सल्बलाउँछ
 आतङककारी बादल वर्षेनी
परेड खेल्छ हाम्रो तन मनमा
बेसुर गड्याङ गुडुङ तालमा
कडकिन्छ मनसुन चट्याङ पार्छ
ताण्डव नृत्य नाच्दै गहिरो 
हाम्रो मायालाई चुडाइदिन्छ 
मौसमले कस्तो झरी पर्छ ? 
न पेट भर्ने खेत रोपियो 
न मन भर्ने बारी गोडियो 
झारेझार सप्रिए बाली 
भन्दा फूल भन्दा काँडा 
झाङ्गिए यतिबेला सशंकित 
यी दुई आँखाले जीवनको 
रङ्ग खोज्दै मौसमी मनसुनलाई
स्वागत गर्न मञ्जुर छु
छाती चिरा-चिरा पार्ने
अनगिन्ति पहिराहरू
जीवन बिथोल्ने
बेहिसाब बाढी बेहोर्न
म तयार छु अझै धेरै बाँच्नु छ
 त्यसैले बेमौसमी प्रहार छेक्न पनि
म तम् तयार छु ।

मौका

जिन्दगीको
चौतारीमा
उभिएर
रमिता हेरिरहेको छु
कतैबाट ऊ आयो मेरो छेऊमा 
आएर एकछिन टक्क अडियो
मलाई तलदेखि माथिसम्म हेय नियाल्यो 
र सुम्सुम्यायो अनि जाने बेलामा सोध्यो “मलाई चिनेनौं ?”
म अलमलिएँ, अक्मकाएँ कतै सपनीमा 
उनलाई देखे-देखे जस्तो लाग्यो यसरी 
पटक-पटक आएका मौका नचिनेर मैले 
धेरैथोक गुमाएँ चौबाटोमा हारेको जुवाडैझैं 
उभिंदा उभिदै यति बूढो भैसकें 
मौका नपाएर भन्दा पनि समय नचिनेर ।

देवता

हाँस्नु हुँदैन, रूनु हुँदैन
बोल्नु हुँदैन, चट्पटाउनु हुँदैन 
हल्लिनु हुँदैन सदा स्थिर र अटल
मूर्तिवत मन्दिरमा मस्जिदमा वा 
गुम्बामा चर्च या कुनै देउराली र
 थुम्कोमा ढुँगो बनेर बसिरहनु पर्छ 
केवल हेरिरहनु मात्र पर्छ छट्पटाउनु 
हुँदैन केवल तिर्थालु मनभित्र राज गर्नुपर्छ
 बलीको नाममा आफ्नै अगाडी हत्या भइरहेछ
 आफ्नै पाऊमा चोर, फटाहा वा 
अपराधी आशिर्वाद मागिरहेछन्
सबैको भेटी थापिदिनु पर्छ
सबैलाई अशिर्वाद दिइरहनु पर्छ
त्यसै छ देवता हुनू!
तीर्थालु
यहाँबाट फर्केपछि
मेरै नाममा पाप गर्छन्
र त्यही पाप पखाल्न फेरि धाउँछन् 
कोही सक्दैनन् सत्य बोल्न कोही
 सत्य लेख्न पनि चाहँदैनन् ईश्वर
 पनि नबोल्न नै निको ठान्छन्
सायद यसैले यो सत्ता आजसम्म टिकेको छ
दुनियाँको चर्तिकला, ढोंग, वा बौलट्ठीपन 
चूपचाप देखेको नदेखेझैं, सुनेको नसुनेझैं 
गरेर टुसुक्क डिलमा वा भित्तामा वा 
कुनै आसनमा बर्षो टाँसिएर बस्नु
अत्याचार टुलुटुलु हेरेर बस्नु
कति असह्य भयो होला ईश्वरलाई?
ईश्वरको आसन वरिपरि तीर्थालुका 
तिर्खालु नजर, चरा चुरूङ्गीका चुरिफुरि
 बाँदरको उपद्रो नाच चलेको छ भोका 
नाङ्गा बाटामैं अल्झेका छन् ती छिर्न 
पाएका छैनन् ढोकाबाट यी सबै देखेर 
पनि नदेखेझैं गर्नू अविचलित रहनु,
 नडगमगाईकन यसरी यसरी सँधै 
चुप रहनु कत्ति गाह्रो त्यसै छ देवता हुनू!

काग

काग सधै काग कराउँछन् 
काग सबै काग कराउँछन् 
हामी वरिपरि घुमिरहने 
हामी माथि उडिरहने 
ती काला कागहरू सधै
केवल काग काग
र काग मात्र कराइरहन्छन्
 विहान होस् वा साँझ
दिन हो वा रात
वसन्त होस् वा शिशिर
टोलमा खुशी वा शोक छाओस् 
मान्छेमा सन्तुष्टि होस् वा असन्तुष्टि 
कागको भाकामा कुनै फरक 
पर्दैन उसको आवाजमा कुनै 
भिन्नता सुनिन्दैन् र काग सधैं काग कराइरहन्छ
यति मात्र हैन सबै काग काग काग मात्र कराइरहन्छन् 
तिनलाई जहि भेटिए पनि अर्थात् जुन स्थानमा देखिए
 पनि बोल्दा सधैं काग बोल्छन् काग हाँस्छ काग रून्छ 
चाहे त्यसलाई खानदेऊ या कतै ढुँगाले
 हिर्काऊ उसको प्रतिक्रिया उही काग काग
र काग मात्र हुन्छ
कागको त्यो कालोपन कागको टीठलाग्दो 
आवाज मलाई दिक्दार लागे पनि जति धपाए 
पनि नटेरी बोलाए वा नबोलाए पनि सदा घर 
वरिपरि घुमिरहने चाहेर वा नचाहेर पनि हामीलाई
 हेरविचार गरिरहने कसैले पठाएको
 दूतझैं कागले दिने सङ्केत कति घोचक छ र
सन्देश रोचक छ ।