Some Famous Poem of Chandrabir Tumbapo, चन्द्रवीर तुम्बापोका केही प्रख्यात कबिताहरु

Some Famous Poem of Chandrabir Tumbapo,  चन्द्रवीर तुम्बापोका केही प्रख्यात कबिताहरु

Chandrabir Tumbapo is a distinctive and highly recognized figure in the contemporary Nepali literary landscape, known primarily as a poet. His presence in the capital city's literary circles is so profound that, as observed, he is known simply and solely for his poetry, rendering any other epithet redundant. Tumbapo's reputation is built upon his passionate engagement with the craft, his commitment to evolving Nepali verse, and his intellectual depth, which he applies not just to poetry but also to the study of his own indigenous culture.

🌟 Persona and Presence

Tumbapo's appearance once bore a striking resemblance to the celebrated reggae icon Bob Marley, characterized by his long hair. However, in a shift indicative of his evolving persona, he has since adopted a short hairstyle. When questioned about this change, he offered a humorous and revealing insight into his priorities: he confessed, "How can one love hair as much as one loves poetry, my friend?" This anecdote perfectly encapsulates his life's central devotion—a profound,

    almost all-consuming passion for poetry.

    His commitment to his art is visible in his active participation in literary discourse. Whether at public gatherings like Bhrikutimandap or formal literary seminars, Tumbapo is quick to engage in heated debates and offer sharp, unvarnished critiques on the subject of poetry. While he maintains that he holds "love and respect for every person," he admits that he finds a unique irritation in those who "take poetry lightly." This stance highlights his belief in the seriousness and sanctity of the poetic art form.

    💡 The Poet as a 'Student of Verse'

    Despite having dedicated over a decade to his writing, resulting in the publication of a poetry collection, Chandrabir Tumbapo displays a characteristic humility and refusal to accept the grand title of 'Kavi' (Poet). He asserts that becoming a true poet requires immense "discipline and hard work". Instead, he prefers to introduce himself as a "student of verse" (Kavita-ko Vidyarthi). This self-appellation suggests a constant search for knowledge, an unending dedication to learning, and an avoidance of the complacency that a definitive title might bring.

    📜 Philosophy on Poetry and Experimentation

    Tumbapo's critical outlook extends deeply into the structure and philosophy of poetry itself. He argues passionately that a poet must be driven by a sense of duty (dayitwabodh) and must constantly strive to employ new structures and fresh imagery (naya sanrachana ra naya bimba).

    He openly critiques a prevailing tendency within Nepali poetry, stating that many poets have struggled to break free from the structural models established by celebrated figures like Bhupi Sherchan and Gopal Prasad Rimal. While he acknowledges that poetic experimentation is indeed happening, he believes that the necessary "schooling" or establishment of these new trends has yet to fully materialize in the mainstream.

    Tumbapo is a staunch advocate for experimentation, and he himself has tried to write in new structures. However, he recounts a moment of realization—after engaging with the poetry of veterans like Bairagi Kainla and Upendra Subba—where he concluded, "This won't happen through me." This suggests a profound respect for the path of others and a mature understanding of his own unique trajectory and limitations within the art form.

    ✊ Challenging Literary Complacency

    Chandrabir Tumbapo is not afraid to critique the internal dynamics of the literary community. He points out a prevalent issue where poets become overly self-congratulatory (ātmarati) and engrossed in forming small, exclusive groups or guts (cliques).

    When challenged on his own self-assessment concerning this issue, Tumbapo candidly admits that he, too, went through a phase of indulging in "self-adulation and cliques." He frames it as "a phase," but insists that the day he realized he was getting caught up in it, he made a conscious effort to "correct" himself. This willingness to self-reflect and change is a testament to his intellectual honesty and his dedication to true literary values over mere social validation.

    cultural Heritage and Broader Interests

    Beyond the sphere of purely literary critique, Tumbapo has broadened his focus. He is now actively engaged in studying other literary genres and, significantly, the Limbu culture and heritage. This interest is particularly notable as he belongs to the indigenous Limbu community of Nepal. His work has been recognized within a group of contemporary Kirant poets—including Shrawan Mukarung, Upendra Subba, and Swapnil Smriti—who collectively challenge the established unitary narratives of Nepali nationalism and identity. These poets use their art to explore and incorporate their unique selves, cultural myths, and indigenous consciousness into their compositions, seeking an inclusive nationalism that respects Nepal's diverse perspectives. Tumbapo's association with this movement places him at the heart of an important cultural and political dialogue in modern Nepali literature, utilizing his powerful poetic voice to champion the perspective of the marginalized.

    ⏭️ A New Perspective on Publication

    The passion that first drove Tumbapo to write was immense. He recalls a time when he literally "wore out his shoes and slippers" (juttā chappal phatāēkā) tirelessly seeking opportunities to publish his poems.

    Yet, his perspective on publication has evolved dramatically. Today, he expresses a reluctance to constantly publish his own work. When asked why, he poses a counter-question that once again highlights his commitment to the broader literary community: "What is the compulsion to always publish one's own poems? Shouldn't the new generation be given priority?"

    This shift from an eager young writer struggling for his own voice to an established figure prioritizing the next generation and the overall health of Nepali literature underscores Chandrabir Tumbapo's role as a mature, selfless, and continuously evolving literary figure—a profound student of verse who is shaping the future of Nepali poetry.


    आत्महत्या

     श्रीमान् !
    थाहा छैन
    यो देशले न्याय दे’को मलाई

    म नजन्मिँदै मेरो थाप्लोमा
    मभन्दा गह्रुङ्गो
    यो देशको ऋण बोकेर जन्मिएँ
    विनाअपराध हत्कडी संविधानको बाँधिएर
    अभियुक्त बाँच्या छु
    अर्काेतिर पहाड कानुनको थिचिएर
    कमजोर हुँदै गइरहेको छु

    जुनबेला कोरियो विशालु गोमनजस्तो
    सिमाना यस भूगोलमा
    डस्न सुरु भो व्यक्ति सार्वभौम
    पिँजडा मान्यताको जन्मसँगै
    कैदी बन्यो व्यक्ति स्वतन्त्रता र
    बेस्मारी घोकाइयो–गोपीकृष्ण कौ
    गाउन लाइयो–राष्ट्रिय भजन ।

    रूपान्तरणमा फगत मर्नु
    विभक्त धर्मग्रन्थहरूमा चेप्टिएर
    पोको परेर बाँडिनु अलग–अलग
    लोगोअङ्कित झन्डामा
    छेकिँदै विचारको दुवालीले
    फेरि एकमुष्ट आयुहरू बगाउनु
    राष्ट्रियताको भँगालोमा
    मुख टालिनु दर्शनको मोहोलाले
    अनि उल्था हुँदै जानु क्रमबद्ध दासमा

    कति सजिलै छातीबाट समवेदना उखेलेर
    रोपिन्छ–यन्त्रपूर्जा
    प्रयोग हुन्छन् जहाँ कारखानाको अर्काे रूप देशमा
    खिया लाग्नु
    लागेर फेरिनु
    नभए कुनातिर थन्किनुको नियत
    याद रहोस् श्रीमान् !
    रिमोटबाट चल्ने यन्त्र होइन व्यक्ति

    थाहा छ, मलाई थाहा छ
    म उभे मात्र
    संसारको सबैभन्दा हिंस्रक प्राणी हुनेछु
    त्यसैले लगातार सहिरहेको छु
    म माथिको भद्दा अन्याय
    म माथिको नाङ्गो अत्याचार
    किनभने म बन्न छैन हिंस्रक प्राणी
    थाहा छ यो पनि
    जरुर भत्किनेछ
    धैर्यताका बाँधहरू कुनैबेला ।

    देउताको नाममा यहाँ
    कति चुँडिनु हाँगाबाट कलिला फूलहरू ?
    कतिपटक बलिको बोको बन्नु देशको नाममा ?
    काँचो खुन पिउने कालभैरव जस्तो
    पोषिलो मनुखे रगत पिएर
    फेरि राज्यले मुठ्ठीमै राख्छ
    किन व्यक्ति सत्ता ?

    पूर्वअनुमान गर्दै छु
    यतिखेर
    कि मैले बाँचे भने
    सुरु हुन्छ तेस्रो विश्वयुद्ध
    कति कुरूप होला
    यति सुन्दर बगैँचा पृथिवी
    संसार चलाउने बलियो राजनीति
    एकाएक निर्बल भएर अन्त्य हुन्छ
    गुणात्मक विज्ञानको छलाङ्
    एक्कासि झर्दछ शून्यमा
    तसर्थ
    म बाँच्नुको कुनै फाइदा छैन अब
    जान्दछु मैले एक सेकेन्ड पनि बाँच्न हुन्न अब
    तर !
    एउटा निर्णय
    निरङ्कुश राज्यसत्ताको विरोधमा
    स्वतन्त्र व्यक्ति सत्ताको समर्थनमा

    श्रीमान् !
    मैले आत्महत्या गरेँ ।

    एक प्राचीन कविको दाबी

     मैले नै उमारेको हुँ मेरै मिहिनेतले
    यो डाँडा यो पाखामा हरियो मुस्कान
    मेरै पसिनाको धारमाथि
    थपक्कै अड्याएर राखेको हुँ
    यी चमकदार हिमाल 

    पानीको भर्याङबाट,ओरालेर ताराहरू
    मैले नै छरेको हुँ,
    शहरभरि धप् धप् उज्यालो 

    सृष्टिको पहिलो नाबालक घामलाई
    घैला जस्तो कम्मरमा बोकेर 
    जंगलको गाउँ छिचोलेर 
    शहर ब्युँझाउन आइपुगेको हुँ
    शितको संगीतमा बिहान

    मेरै रगत उम्रिएर
    झन् झन् राता फुल्दै गएका हुन्
    मेरी प्रियसीको चुल्ठोले बनेको 
    नागबेली पहाडहरुको सिउँदोमा गुराँस 

    ओ शहरको वरिष्ठ नयाँ कवि

    कुनै फोटोग्राफरले खिचेको तस्वीर हेरेर
    तिमी लेखिरहन्छौ सधैँ
    हिमाल,पहाड र गुराँसको कविता

    धागो बनाएर धागो जस्तै 
    तन्काउँदै तन्काउँदै मैले नै ल्याइपुर्याएको हुँ।
    यो मरुभूमिको छातीमा नदी।

    मैले नै खोसेको हुँ मेरै वेगले उफ्रेर
    चुच्चोमा बीऊ च्यापेर 
    आकाश सँगै कुदिरहेको चरासँग 
    त्यसपछि नै हो,
    खेतमा किसानको सपना उम्रन थालेको

    मैले नै निकाले हुँ ओढारबाट मानिसहरूलाई
    मेरै प्रथम चेतनाले बनाउन सिकाएको हुँ घर
    र बसाएको हुँ सुन्दर यी बस्तीहरू ।।

    ओ शहरको वरिष्ठ नयाँ कवि

    कुनै चित्रकारले कोरेको चित्र हेरेर
    तिमी लेखिरहन्छौ सधैं 
    नदी,चरा र बस्तीका कविता

    मात्र बरण्डामा बसेर रमिते कविता लेख्नु
    कविता फलाक्नु होइन मेरो अधिकार

    पुग्नु छ बतासै बतास टेकेर
    आफ्नो सातो अपहरणमा परेर
    मुर्छा परेको गाउँ,बस्ती 
    आफ्नो पहिचान गुमाएर शोकमा उभिएको पहाड
    आफ्नो रङग चोरी भएर,
    फुल्न नसकेको सुनाखरीको देशमा

    र कुनै दन्त्येकथाको चामत्कारिक नायक जस्तो 
    फर्काउनु छ मैले,
    डाँडापाखाको हरियो मुस्कान
    पसिनाको औंलाको टुप्पोमाथि
    थपक्कै अड्याएर राख्नु छ 
    फेरि अर्को नयाँ हिमाल

    ओ वरिष्ठ नयाँ कवि मै हुँ 
    म नै हुँ
    यो पृथ्वीको देब्रे कुनामा छेलिएको
    प्राचीन कवि ।

    ओ तानाशाह

    शून्यताको कम्बल फालेर 
    एकपटक ख्वाक खोक्छ
    लगत्तै माथिल्लो घर खोक्छ
    लगत्तै तल्लो घर खोक्छ
    लगत्तै पल्लो घर खोक्छ
    लगत्तै वल्लो घर खोक्छ
    चराहरू चिर्बिरचिर्बिर गर्न थाल्छन्
    हलो, कुट्टो र कोदालोसँग गाउँ निस्किन्छ
    कलकारखानाहरू चल्न थाल्छन्
    सडक हुइँकिन थाल्छ ।
    बिस्तारै सहर हल्लाले भरिन थाल्छ
    वातावरण अशान्त हुँदै जान्छ ।
    ठिक यहीँबेला किनारामा उभिएर
    अनागरिक मानिसले 
    सलाइ कोर्छ र सल्काउँछ चुरोट
    हे ! तानाशाह नठान्नु त्यतिन्जेलसम्म
    हाम्रा हातहरू खाली हुनेछन् ।
    ओ तानाशाह त्यतिन्जेलसम्म
    हाम्रा हातहरू हतियार भइसक्छन् ।

    झण्डामुनि

     हामीले मुटु-मुटुबाट झिकेर रगत
    दिएका हौं जीवन र त
    हावासँग मस्किमस्की नाचिरहन्छ झण्डा
     हामीले आङलाई सिनित्तै निचोरेर
    पसिना दिएका हौं हराभरा
    र त हिमाल सामुन्ने
    ठाडै चम्किएको छ झण्डा
    हामीले यसरी हाम्रो मासुको रेसाले चट्ट सिलायौं
     र अन्त्यमा हाम्रै नलिहाडमा उनेर  जब उचाल्यौं
     अचम्म यो झण्डाको लाम्चो छायामुनि कता हराए
     हाम्रा अनुहार...?

    गाउँले कविको गीत

    मैले नै उमारेको हुँ मेरै मेहनतले
    यो डाँडा यो पाखामा हरियो मुस्कान
    मेरै मुटुको रङ पैँचो लिएर
    रातो अझ रातो फुलेका हुन् यी गुराँस
    मेरै रगतको टाकुरामाथि थपक्क अड्याएर राखेको हुँ
    यी चमकदार हिमाल
    ओ यो सहरको वरिष्ठ कवि
    फरक यही हो
    कुनै फोटोग्राफरले खिचेको तस्विर हेरेर तिमी
    हिमालको कविता लेख्छौ
    तिम्रो सहरको छातीमा
    सपनाभन्दा अग्ला अग्ला महल ठड्याउन
    तिम्रो सहरको छातीमा
    पहाडभन्दा उच्च उच्च दरबार उठाउन
    मैले नै पठाएको हुँ
    यो सीमान्त गाउँबाट श्रमिकहरु
    हराभरा भएर तिम्रो सहर
    उज्यालोमा हासिरहन बनाउने
    मेरै गाउँबाट बग्दै बग्दै आइपुग्ने पसिनाको नदी हो
    ओ यो सहरको वरिष्ठ कवि
    म गाउँको गाउँले कवि
    फरक यही हो
    म सधैँ सधैँ पसिनाको कविता लेख्छु ।

    संयोग होइन मिल्न गए यो कथा

    थपक्कै फक्रन्थ्यो सामूहिक पकन्दीका
    शिरबन्दी जस्ता घाम–जून
    लब्रेडाँडाको ठिक्क निधारमाथि
    र फूल्थे आशाका रङ्गी–चङ्गी किरण
    मनहरूको कान्ला–कान्ला
    बग्थ्यो लगातार
    उत्साहको संगीत– सिवाखोला।

    आकाश ओर्लेर बास बस्न आइपुग्थ्यो आँगनमा
    खेल्थे लुकामारी गाउँका केटाकेटीसँग ताराहरू
    पानीको खुट्टाले टेक्दै आइपुग्थ्यो बिहानी
    उघारी दिन्थ्यो हार्दिक दैलाहरू, हाँसिरहने झयालहरू।

    शीतले नुहाएर
    यहींबाट प्रसारण हुन्थ्यो
    एउटा सुन्दर तन्नेरी दिन।

    जुरुक्क उठेर अनिंदो बतास पनि
    नाच्न थाल्थ्यो मकैको पात–पात
    पसिनाको बीउ असारले रोपेर
    फल्थ्यो मंसीरमा चट्टानमाथि पनि सुुनको बाला।

    (प्रिय! पाठक तर यी दृश्यहरू च्यातिएर)
    एकदिन, गहिरो अभावको शून्यतामा
    पड्कियो चट्याङ
    बेपत्ता भए चुलोका हंसहरू
    अर्को दिन, पकन्दीहरू बूढीऔंलाको पैतालाछाप
    काँचो कागजमा छाडेर
    चुलोको हंस खोज्न
    लब्रे नाघेर―मलेशियाको जंगल पुगे
    सिवा तरेर―बालुवाको सागर पुगे

    तर, फर्केको थियो बाह्र वर्षपछि
    आफ्नै पैतालामा अयोध्या ठूले।

    मलेशियाको कुन जंगलमा
    कहाँ अल्मलिए या हराए
    बालुवाको सागर छिचोले या पुुरिए
    उतैबाट बहँदै आइपुगेको यो हावा
    उदास–उदास फेरि उतै फर्केर गएको छ।

    आइपुगेका छैनन् फर्केर
    विजयको नारा घन्काउँदै
    आकाशमा फर्फराएर उमङ्गको झ्ण्डा,
    पकन्दीका लस्कर
    सुकेर गइरहेछन् आशाका पाती
    पर्खाइको देउरालीमा।

    अचेल, बगिरहन्छ लगातार
    नीलो पीडामा रोदनको संगीत– सिवाखोला
    चैतको हुरीले छानो उडाएर
    एकलासमा उभिएको उजाड खोल्मा जस्तो
    ठिङ्ग उभिरहेको छ– लब्रेडाँडा।

    इन्द्रेणी साँझको अवसान !!

    गोलो-गोलो मंगोलियन नाक जस्तो
    यो थप्चो पिर्थिवी
    अर्थात् हत्केला छिचोलेर भाग्न खोज्ने धर्साहरु
    कति दोबाटा पार गरेर
    भेटिएका थिए मूलबाटामा
    उत्साही विगतहरु
    आकाशबाट चुहिने
    पहेँलो घामको अन्तिम थोप्ला अगावै
    किरिङ्मिरिङ् अपुरो भाग्यरेखा जस्तो
    धमिलो भङ्गालोहरुमा छलिएर
    मुटु खियाउँदै बेग्लै कुलेसो बगेपछि
    मोडिएका थिए विरानी यात्रामा
    विक्षिप्त विगतहरु
    हजारौं पाइतालाबाट निस्किएका हजारौँ बाटाहरु
    पुग्नु पहिले टुङ्गिने हजारौँ अल्पायु बाटाहरु
    कहाँ पुगेर च्यातिए
    स्वर्णीम सम्बन्धका जिउँदो अभिलेखहरु
    त्यही पैतालाबाट निस्किएका
    दीर्घायू बाटाका खुड्किलाहरु टेकेर
    उक्लिरहेको थिएँ म पहाड मुटुको शिरमा
    उज्यालो कणले
    माझेर टल्काउँदै विश्वासको गजुर
    जिन्दगी भाकेको कसम
    बिडम्बना !
    विजय नजिक पुग्दा-पुग्दै
    टाउको काटिएको पराजित विद्रोहको
    असफल मुक्ति गाथा
    कुन वियोगान्त उपन्यासको हरफमा
    च्यापिएर रोइरहेछ यौटा कहानी
    यहाँ त एक्लो उभिएको छ वर्तमान
    चैतको छायाँमुनि
    रित्तिइसकेको मकैथाङ्ग्रा जस्तो
    उदास-उदास
    र रोइरहेछ एकोहोरो वतासको सङ्गीत
    ग्लुमी सन्डेको लयमा
    मन मस्तिष्कबाट अलपत्र खसालेर
    विरानो मानिसहरुको भीडमा एक साँझ
    छाती कुल्चेर दौडदै
    यहीँबाट अलप भएकी थियौ
    त्यही साँझ दुःखद अवसान भएको थियो इन्द्रेणीको
    बलिरहेको तिम्रो नागवेली चिसो सिउँदोमा
    आँखाको छहराबाट आँसुसँगै
    हाम्फालेर आत्महत्या गरेका थिए
    रहरहरु कल्पनाहरु
    साझा सपना बोकेर उडेको
    सिङ्गो कल्पनाको यान पनि
    जलेर खसेको थियो कहाली लाग्दो शून्यतामा
    एतिखेर म
    सपनाको कल्पनाकोरहरको चिहान अघि उभिएको छु
    -रित्तो हात
    -रित्तो आँखा
    -रित्तो मन

    मेटिँदै जाने पैतालाका डोबहरु छोडेर
    मंगोलियन नाक जस्तो
    थेप्चो पिर्थिवीको कुन भागमा पुग्यौ ?
    नाजवाफ घुमिरहेछ विरही समय
    र मेरो प्रिय किव
    रुवाएर कलमको मसी आँसुले
    लेखिरहेछ कविताको अन्तिम अनुच्छेद
    जीवनको लामो राजमार्गमा अब
    कृष्णभीर बनेर उभिका छन् तिम्रा यादहरु ।