Top 20 Nepali Poem from The Past 2068

Top 20 Nepali Poem from The Past 2068

    सानी छोरी र कविता - दीपेन्द्रसिंह थापा

    जब लेख्न बसेको हुन्छु कविता
    मेरी सानी छोरी
    एकाएक अराजक देखिन थाल्छे
    खोस्छे मेरो कलम
    र, भाँचिदिन्छे निब
    तान्छे मेरो डायरी
    र, च्यातिदिन्छे पाना
    म कत्ति पनि रिसाउँदिनँ
    गाली गर्नुको त झन्
    कुनै अर्थ नै देख्दिनँ
    बरु यतिन्जेल त
    भुसुक्कै बिर्सेको पो रहेछु
    के के धुनमा
    कता–कता हराएको पो रहेछु
    मेरी छोरीभन्दा
    जीवन सिर्जना
    अरू हुनै सक्दैन मेरा लागि
    मेरी छोरीभन्दा
    सुन्दर रहरको इन्द्रेणी
    अरू हुनै सक्दैन मेरा लागि ।
    स्नेहको स्पर्श खोज्दै
    अँगाल्न आइपुगेकी
    सम्भावनाको संसार सोच्दै
    स्वच्छन्द बनेकी
    कविता इ द्धछ
    मेरी जिउँदी कवितालाई
    मेरी सौन्दर्यकी संरचनालाई
    काखमा राख्छु
    मायाले सुमसुम्याउँछु
    छातीमा अड्याउँछु
    लेख्नै पर्दैन कविता
    उसका आँखाआँखामा
    कविता चम्कदै हुन्छन्
    उसका मायालु गालामा
    कविताकै लालित्य पोतिँदै हुन्छन्
    उसका निश्छल मुस्कान भएर
    कविताकै भाव खुल्दै हुन्छन्
    उसका मृदुल स्वरलहरीमा पनि
    कविताकै सङ्गीत गुन्जँदै हुन्छन् ।
    एकपल्ट आपैmँसँग सोध्न मन लाग्छ
    एकपल्ट आपैmँसँग प्रस्ट हुन मन लाग्छ
    के मान्छेका खुसीभन्दा
    अर्को अभीष्ट हुन्छ र कविताको,
    के जीवनका आयामभन्दा
    भिन्न गन्तव्य बन्छ र कविताको ? इ

    जाडोको कथा  - प्रकाश थाम्सुहाङ

    सोह्रवर्ष पछि
    वि.स. २०६८ सालको हिउँद
    यो जाडो दिन
    शब्दको जहाज चढेर
    तिम्रो तस्बिर
    मेरो कवितामा आएको छ
    समयअन्तरालमा
    जसरी फुल्छ बाँस कुनै दिन
    धेरै वर्षपछि
    फर्किन्छ परदेशी आफ्नो गाउँ
    त्यसरी नै तिम्रो सम्झना
    यो शीतनिद्राबाट मलाई ब्यूँताउन आएको लाग्छ
    सोह्र वर्षअघि
    हिउँदको त्यो जाडो दिन
    हाम्रो भेट भएको लाग्छ
    लाएर निधारमा शिरबन्दी जून
    उनेर चोलीतुनामा सिङजाङगो फूल
    तिमीले बोल्दा कञ्चनजङ्घा हाँसेथ्यो
    तिमीले गाउँदा बतास नाचेथ्यो
    हाम्रो भेट संयोग थियो
    आँखा जुध्नु सुखद दुर्घटना
    बोल्नु सम्बन्ध प्रारम्भ
    बाँकी के रह्यो ?
    कविता इ द्धघ
    बनायौ मेरो हृदयको घरमा
    गौँथलीले झैँ गुँड
    चतुरे डाँडामाथि
    तिम्रो पाउको शालीन स्पर्श
    धाननाचको मञ्चबाट मेरो प्रेम प्रस्ताव
    तिम्रो मौन समर्थन
    साक्षी बस्यो देउराली
    भेटिनु छुटिनु जीवन एक खेल हो भन्छन्
    त्यो जाडो दिन
    तिम्रो बिदाईमा हात हल्लाउन पनि सकिनँ
    तिमी गएपछि
    बादल घरको बलेसीबाट आँसु झा¥यो घामले
    पारि उदास उभिएको थियो सुम्हालुङ गढी
    लेखँे हजारौँ प्रेमपत्र
    निचोरेँ यति मुटु
    कि पहाड माया तिमीसमक्ष पठाएँ
    २०६० सालको हिउँद
    त्यो जाडो दिन
    तिमी आफैमा समाचार बन्यौ
    सुनेर म तुसारो जमेँ
    युद्धको झोलुङ्गेपुलबाट
    खसेछौ तिमी तमोरमा
    र अर्को जुनी भएछौ लिम्बुनी माछा
    सोह्र वर्षपछि
    २०६८ सालको हिउँद
    यो जाडो दिन
    म बरफ उभिएको छु
    कुनै अल्कोहलिक मान्छेको हातभैmँ
    काँपिरहेछ मेरो हृदय
    तिम्रो सम्झनाले –तिम्रो सम्झनाले ।

    सिलिचोङ पहाड  -  गङ्गाराज मुकारुङ

    मेरो आस्थाको शिखर
    ओ सिलिचोङ पहाड !
    म तिमै्र समीप आएर
    तिमीलाई स्पर्श गर्न चाहन्छु
    साकेलाको सिली टिप्दै सँगसँगै नाचेको
    यलम्बर भाकेर प्रेमको कसम खाएको
    सम्झिएर म फर्विmदँै छु
    विश्वास गर मलाई
    स्वीकार गर मलाई
    म तिमै्र समीप आएर
    तिमीलाई स्पर्श गर्न चाहन्छु
    ओ सिलिचोङ पहाड !
    अन्धो बनेछु यौवनमा
    अरुण नाघँे, तमोर नाघेँ
    जीवन त भाग्नु होइन रहेछ
    बुझँे म फर्विmँदै छु
    म पश्चात्तापमा डुबेर फर्विmँदै छु
    माफ गर मलाई
    स्वीकार गर मलाई
    म तिमै्र समीप आएर
    तिमीलाई स्पर्श गर्न चाहन्छु
    ओ सिलिचोङ पहाड !इ
    कविता
    इ द्धज्ञ
    धर्मसङ्कट त्त  रामविक्रम थापा
    उनान्सय मन दुखाएर
    मात्र तिम्रा लागि
    आगोलाई हिउँ भनूँ कि
    सिस्नुलाई पूmल भनूँ
    आँखा छोपेर भनूँ कि
    आँखा देखेर भनूँ
    भन, म के गरूँ ?
    गधालाई नुहाएर
    कसरी म गाई भनूँ
    बगलीमा छुरा छ त
    भन कसरी म
    तिमीलाई बुद्धको भाइ भनूँ ?
    बादललाई घाम भनूँ कि
    हरामलाई राम भनूँ
    दिसालाई सुगन्ध भनूँ कि
    अत्तरलाई दुर्गन्ध भनूँ
    नाक फालेर भनूँ कि
    नाक राखेर भनूँ
    भोगाइको कुरा गरूँ कि
    अभिनयको पात्र बनूँ
    मात्र तिम्रा लागि–
    भन, म के गरूँ ?


    अपराजित समय - मुकुन्द पोखरेल

    समय आफ्नै पथको
    आफ्नै लयमा
    निरन्तर यात्री हो
    संवेदनशील पनि छ े
    विभाजित गर्दछ मान्छे
    समयको
    साक्षी राख्न
    अतीत
    अद्यतन
    भविष्य भन्दै
    वैविध्य कालखण्डमा
    अमरसिंहको गाथा गाउँदै
    वीर भक्तिको त्याग
    भीमसेन थापाको आत्महत्यामा
    समयले –रचना ग¥यो
    सुन्दर इतिहास
    दार्शनिकहरूको सौन्दर्य चिन्तनमा
    बुद्धको आत्मकथा लेख्दै
    समय त्यो मानक पनि हुन्छ
    इतिहासको
    उत्कृष्ट सिर्जनाको
    मानिस अनि सभ्यताको
    कविता इ घढ
    वेगवान् पवनको गतिमा
    नदीको मन जस्तै
    यो यात्री समय, अस्पृश्य छ
    हाँस्नेलाई रुवाउँदै
    रुनेलाई हँसाउँछ
    घडीको चक्रव्यूह तोडेर
    कलात्मक यान चढ्दै
    अन्तरिक्षमा पुग्छ
    ह्वेलझैँ
    समुद्रमा खेल्छ– समय
    अपराजित समय बलशाली छ
    न्याय प्रिय छ
    अन्यायमाथि कोर्रा हान्दै
    इन्द्रासनबाट पाताल नगरी मात्र होइन
    सडकबाट मान्छे
    सिंहासन पु¥याउने सामथ्र्य पनि
    यससँगै छ
    सर्वशक्तिमान् समय
    यो स्वतन्त्र छ
    ब्रह्माण्ड यसकै मुठीमा छ ।

    आत्महत्या गर्नु अघिको मानिस - कृष्ण कुसुम

    ऊ लेख्थेन राजेश्वर रेग्मीले झैँ–
    “मेरो मृत्युको खबर सुनेपछि
    सारा सहर खुसीमा रमाइरहेछ
    र एक्लो म आफ्नै मृत्युको शोकमा डुबिरहेछु”
    जस्ता कविताहरू
    न त पढ्ने नै गथ्र्याै –
    सिल्भिया ल्पाथका ‘द वेल जार’ कविता
    वा सारा टिज्डेका सुसाइड नोट ।
    ऊ एउटा शिक्षक
    जो हजारौँ चेलाहरूलाई सिकाउँथ्यो –
    सफलताको सूत्र
    र सुनाउँथ्यो जीवन सङ्घर्षका कथाहरू
    आत्महत्याको केही क्षण मात्र अघि
    उसको गतिले बताउँथ्यो –उसको हतारोपन
    मुहारले देखाउँथ्यो – छटपटी
    र आँखाले जनाउँथ्यो – नयाँ कुराको खोज
    यिनै विशेषताको साथ लम्किरहेको
    उसको यात्रा रोकियो
    एउटा डोरीको पासोमा
    आफ्नै पनि माया नगर्ने ऊ
    अलिकति मायालु बन्न खोज्दै
    कविता इ घठ
    “मेरी श्रीमती, आमा र बहिनीलाई
    दुःख नदिनु” लेख्छ
    र हस्ताक्षर गर्छ आफ्नै मृत्युपत्रमा ।
    म सोचिरहेछु ऐले–
    सिङ्गो संसार जित्ने
    यौटा उत्साही यात्रामा निस्केको मानिस
    किन जित्न सक्दैन आफैँलाई
    र रोकिदिन्छ जिन्दगीको यात्रा ?

    छोरीको स्कुलब्याग - प्रोल्लास सिन्धुलीय

    छोरी बुझ्ने भइछिन्
    ‘निरू मिसले भनेको’ भन्दा बुझ्ने भइछिन्
    चुँडिन लागेको ब्यागको फित्ता सिलाइन्
    उप्किएका जुत्ता टाँसिन्
    दालभातसँग तरकारी हाल्दा विरोध गरिनन्
    र, जिद्दी नगरी
    टेलिभिजनमा समाचार लगाइदिइन्
    छोरी बुझ्ने भइछिन्
    किताबकापीहरू छरपस्ट देखिएनन्
    पट्याउन नजाने पनि दराजको कुनामा
    स्कुलड्रेस थन्क्याइन्
    हर्लिक्स नहाली एक गिलास दूध रित्याइन्
    उनकी आमाको चर्को स्वर
    फिटिक्कै सुनिएन उनीमाथि
    भ¥याङको कुनामा थोत्रो साइकल हाँसिरह्यो
    रिमोट कन्ट्रोल
    अचम्म मानेर हेरिरह्यो उनैलाई ।
    छोरी बुझ्ने भइछिन्
    भान्सामा उभिइन्
    र, चिया पकाएको हेरिरहिन्
    उनकै आग्रहमा ल्यापटपमा डाउनलोड गरिएको
    कविता इ घछ
    ग्याङ्गम स्टाइलमाथि कुनै चासो दिइनन्
    बरु भनिन्–
    बाबा, फुर्सद भयो भने
    शनिबार थिएटर लैजानुस् है !
    बाबु हुनुको अभिमान एकछिन थाती राखेर हेरेँ–
    लस्करै राखिएका रहेछन्
    उनको स्कुलब्याग
    उनकी आमाको मनिब्याग
    र, मेरो ल्यापटप
    छोरी बुझ्ने भइछन्
    भनिन्–
    घरभाडा दिन बाँकी नै छ जस्तो छ
    पसलमा पनि तिर्नुभएको छैन होला
    यौटा बिल
    स्कुलबाट पनि आएको छ, के गर्ने ?
    छोरीको स्कुलब्याग
    छोरीले भन्दा बढी मैले बोकेको रहेछु
    – बोक्छु ! 

    गुलाबी साँझमा - सन्ध्या पहाडी

    कुनै एउटा
    गुलाबी साँझमा
    समाएर दुवै हातमा
    यौवनी उन्मादका घडाहरू
    मनका छालहरूमा बग्दै बग्दै
    ओर्लेका थियौ तिमी
    यो प्रेम नगरीमा
    त्यतिबेला
    तुल भएर टाँगिएको थियो
    मेरो मन तिम्रो स्वागतमा
    फूल भएर सजिएको थियो
    मेरो मन तिमी आउने बाटोमा
    साक्षी छन् यी फूल, पात, बिरूवाहरू
    वनजङ्गल, नदी, पहाडहरू
    तैपनि सधैँ
    आधा आधा देख्छ तिम्रो आँखाले मेरो माया
    मेरो पनि मुटु धड्किन्छ तिम्रो जस्तै
    तर सधैँ
    फिका फिका लाग्छ
    तिमीलाई मेरो माया
    प्रश्नैप्रश्नको काँडेतारभित्र े
    झुलेको देख्नु मायाका बालीहरू
    कविता इ घघ
    भ्रम हो, मात्र भ्रम
    तिमी जोड–घटाउ गर्दै छौ
    प्रत्येक क्षण सेकेन्ड र मिनेटलाई
    फूल र सुगन्धलाई
    जून र तारालाई
    मन र मायालाई
    मायाको खोजीमा
    भौँतारी हिँड्ने
    ओ मेरो प्रिय मान्छे !
    हराएको छैन माया
    कहीँ कतै
    त्यो त भेटिन्छ केवल
    समर्पणभित्र
    गुलाबी साँझमा । 

    म भनेको म नै हुँ -धर्मेन्द्रविक्रम नेम्बाङ

    म भनेको म नै हुँ ।
    जमिनमाथि उभिएको पूर्ण कदको धनी म नै हुँ ।
    इतिहासको अध्यायले आउनुको निमन्त्रणा दिएको
    वर्तमान र भविष्यले संवाद गर्नु भन्ने निर्देशन गरेको
    निराशा विघटन गराउन सक्ने त्यो घटना
    म नै हुँ ।
    एउटा दिन, एउटा समय बराबर एउटा योद्धा आउँछ
    गरिबीसँगको सम्बन्ध टुटाउन पर्छ भन्दै
    आइपुग्ने अङ्क नोटबुकमा टिप्न कसिएकाहरू
    त्यो योद्धा म नै हुँ ।
    एकदिन यो पृथ्वी बहुरङ्गी हुन्छ
    असमानताको पर्खाल भत्काउन सक्ने युवा आइपुग्दै छ भनेर कुर्दै बस्नेहरू
    पाखा लगाएको, किनारामा फालेको, छेउमा मिल्काएकाहरू
    त्यो एकदिन म नै हँ ।
    त्यो युवा विचार म नै हँु ।
    त्यो आइपुगेको छ नजिकमा ।
    परिवर्तनको घटना कोरिदिनु
    एउटा ठूलो क्रान्ति, आन्दोलन, ज्वारभाटा कोरिदिनु
    देश निर्माण, दर्शन निर्माण, सौन्दर्य निर्माण एकसाथ हाँकिदिनु
    सरल जीवन, सरल विचारमा पर्यटन गरिदिनु
    तेस्रो दर्शन यहाँ कराइराख्नु
    यो पक्षमा बोल्ने आवाजको खोजीमा
    कविता इ द्दढ
    क्षितिजतिर फर्केर हेरिबसेकाहरू
    माग फाराम भरिबसेकाहरू
    चिउँडामा हत्केला राखी बसेकाहरू
    त्यो कोटाको नेतृत्व म नै हुँ ।
    त्यो चीजबीज कोर्नेवाला म नै हुँ ।
    त्यो परिवर्तन, गतिशीलता म नै हुँ ।
    समाजमा, सहरमा, विकासक्रममा, संरचनामा, समयमा भेटिएको
    समस्याले किचिएर किच्रिँदै
    आशामा एकदिन त समाधान आइपुग्नेछ ढुक्तै बस्नेहरू
    दर्शनको, सिद्धान्तको, विचारको, सिर्जनाको, समालोचनाको, व्याकरणको
    त्यो खोटीले पिल्सिएर रोगिँदै सच्याउन
    कोही त चाहिन्छ भनेर चियाउँदै बस्नेहरू
    त्यो हल आइपुगेको छ ।
    आएर तिम्रै अघि उभिएको छ ।
    यो बेला आएको छ
    यो दिन आएको छ
    यो मिति आएको छ
    आज आएको छ
    यतिबेला आएको छ ।
    गाउँघरको सौन्दर्य, आदिम मौलिकता, ह्रस्व ’जिवन“को मूल्य
    सरल जीवन सरल विचारको यात्रापथ
    सरलको अर्थ दृढताको आँट
    सरलको अर्थ निरन्तरताको आँट
    सरलको अर्थ लगानीको आँट
    सरल गर र हल गर उस्तै
    क्रान्ति, आन्दोलन, अभियान उस्तै
    सरलता, क्रान्ति र म यहाँ उस्तै
    कार्यक्रम अघि कोही त जन्मियोस् भनेर मौनधारण गर्दै बस्नेहरू
    मन्दिर, मस्जिद, गुम्बा जताततै कोही एक जना त आइदियोस् भनेर
    भाकल गर्दै बस्नेहरू
    घण् इ कविता
    खोटीसँग, त्रुटिसँग जुध्दै
    चालक प्रतिशतको सिद्धान्त फहराउँदै
    म आइपुगेको छु ।
    कति साथी पन्छाइए, किनारामा लास जस्तै फालिए ।
    कति साथी धपाइए, लुला लङ्गडा जस्तै दबाइए ।
    कति साथीहरू धकेलिए, बेपत्ता जस्तै मिल्काइए ।
    कति साथीहरू खेदिए, शरणार्थीझँै लखेटिए ।
    सान्निध्यतावादी विज्ञानको विकास गरेर आइपुग्दा
    हरियो समानतावादको झन्डा उचालेर आइपुग्दा
    यो हरफ, युग, मिति, दिन, साल, महिना, घण्टा, मिनेट भएको छ ।
    बाँकी आफ्नै घडीमा हेरेर टिप्नु
    म यहाँ आइपुगेको छु ।
    यहाँ भनेको यो प्लटमा ।
    म भनेको म नै हुँ ।
    म भनेको म नै हुँ ।



    Bhana Bhana

    मेरो मनमा हिउँको पहाड घोप्ट्याएर
    तिमीले भन्यौ
    तिम्रो मन जम्नुपर्छ सदाका लागि
    चुपचाप मैले स्विकारेँ
    आँखामा उराठ बादलको पर्दा हालिदिएर
    तिमीले भन्यौ
    तिम्रा रहरहरू सुक्नुपर्छ सदाका लागि
    मौन सम्मतिमा उभिएँ म
    पदयात्रीले कुच्चिएर घाइते
    सुकेका गुलाफका मुठाले
    मेरो मुटुलाई थिचेर
    तिमीले भन्यौ
    तिम्रो मुटु चल्नुहुन्न अब
    मेरा नाममा
    फाँसीमा झुन्डिनुअघिको मान्छेजस्तो
    म विगतका ती रङ्गीन अनि चञ्चल दिनहरू सम्झेर
    तिमीलाई हेरिरहेँ
    तिमीले बुझ्यौ बुझिनौ
    – थाहा छैन
    यी सब पीडाहरू मैले सहनुको
    एउटै कारण हो
    म तिमीलाई माया गरिरहन्छु
    कविता इ द्दठ
    मन पर्ने मान्छेले
    जे गरे पनि सन्चो लाग्दोरहेछ
    मुटुमा राखेपछि त
    सुकेको गुलाफ पनि रातो बन्दोरहेछ
    यत्तिका वर्षपछि फेरि तिमीलाई सम्झिएँ
    तिम्रो सम्झनाको विषले
    फेरि आज म मरेँ । 

    हाम्रा सपनाहरूको रक्षा गर्नू - शशी लुमुम्बू

    रोपिआएको छु बारीको डिलमा
    टाँकीको बिरुवा
    त्यसमा पानी हाल्न नबिर्सिनू,
    छिमेकीका छाडा गाईबस्तुहरूले
    बगैँचा मास्लान्— चनाखो हुनू !
    बाबाको समाधिसँगै उभिएको
    सखुवाको बूढो रूख
    रातारात ढालिलग्लान् तस्करहरूले
    हरदम पहरा दिइरहनू !
    ‘गाई भोकायो एक भारी घाँस ल्याउँछु’ भन्दै
    बहिनी, भीरतिर जाली
    भीरमा पिशाचहरू जागै छन्
    उसलाई त्यता जान नदिनू !
    मेरालागि देशमा
    एक बित्ता जमिन पनि भएन— उभिनलाई,
    मेरालागि देशमा
    एक टोपी आकाश पनि रहेन— ओतिनलाई,
    उकुसमुकुस भीडमा
    फेर्नै नसकेर श्वास म — एक कुनाली
    बहादुरीपूर्वक अरूलाई शिखर पु¥याएर
    फेदीमा ओर्लिएको म – एक भरिया
    कविता इ द्दछ
    विदेशिएको छु अन्ततः
    छोडेर देशकै माटोमा सपनाहरू
    तिनलाई ओइलाउन नदिनू !
    फेरि त्यतै आइरहेको छ–
    हुँडारहरूको बथान
    फूलहरूको सुरक्षा गर्नू,
    अझै बाँकी नै छ उज्यालो हुन
    हाम्रा सपनाहरूको रक्षा गर्नू !

    जनता जनार्दन - रामेश्वर राउत मातृदास

    गुन्द्रुक÷सिन्की साँदेर जनतालाई
    देश कहिल्यै पहलमान हुँदैन
    सीमाहीन अनन्त आकाशजस्तै
    अगम्य समुद्र हुन् जनता
    सहनशीलताको राँको सल्कियो भने
    धुलिमैदान पातपतिङ्गर उडाउँछन् दम्भात्मक पेन्टागन
    ग्रेटवाल हनुमानले पुच्छर घुमाएर
    समयले एकै निमेषमा बेपत्ता बनाउन सक्छन् रावणको शिर
    सहनशील छन् भनेर दुशासनहरूले
    खेलाची नगरे हुन्छ समयसँग,
    समय र जनता एउटै सिक्काका दुईपाटा हुन्
    कुनै पनि क्षण असमेल सुनामीछाल उर्लन सक्छन्
    अदम्य ज्वालामुखी जनता जनार्दन
    र, भताभुङ्ग हुने छ निर्दयी निरङ्कुशहरूको आकाङ्क्षी खून
    रौरबी कौरबहरू समयलाई लाहाको घरमा थुनेर
    धमाधम राँको सल्काएर नाचिरहेका छन् उपद्रो
    र, रङ्गुनका राँकेराँगाहरू सुम्लिएर,
    लुम्बिनीका अबोध बालकहरू अपहरण गरी
    कठै ! निर्दयतापूर्वक बुद्धको घाँटी निमोठिरहेका छन्
    र, समयको प्रतिष्ठा निर्ममता
    पूर्व चपाइरहेका छन् घामट हुतिहाराहरू !
    समय नै जनता जनार्दनहरू हुन्
    झरी पर्छन्÷ खहरे बग्छन्
    कविता इ द्दघ
    नदी÷हिमनदी÷महानदी र महासागर हुँदै
    सर्वोदयी सृष्टि÷सर्वोच्च हिमालय हुन् जनता जनार्दन
    अवश्य, अन्धकार घोप्टिएर घाम झुल्कनेछन्
    र, समयले बिम्झाउँदै कृष्णले फेरि बाँसुरी बजाउँछन्
    समय र जनता भनेका उनै अगम्य घाम÷जून
    र, बाँसुरीका आनन्दित धुन हुन् !
    ठूलो चाहिँदैन आगाको फिलिङ्गो
    धरती÷आकाश मौन सधैँ उनै हुन्,
    सूक्ष्मदर्शी छन् पवनका त्रिकालमयी गतिशील यात्रा
    हेपेर चेप्न सकिन्छ
    र, चेपेर निमिट्यान्न पार्न सकिन्छ भन्ने भ्रमको भारी बोकेर
    युद्धको षड्यन्त्रभित्र चपाइरहन चाहन्छन् रावणहरू घामलाई
    सौभाग्यवश,
    सधैँ समय जित्छन् जनता÷जनार्दनहरू !

    श्रद्धाका जीवन्त तस्बिर - लक्ष्मी उप्रेती

    तिम्रा कविताका सुन्दर बिम्बहरू
    प्रतिध्वनित हुँदै हृदयका संवेदित भित्तामा े
    बिस्तारै आँखामा रुपान्तरित हुन्छन्
    विविध दृश्य परिदृश्यसँगै
    र छरिन्छन् शब्द, भाव र अक्षरहरूमा
    सर्वत्र फुलेका छौ कवि तिमी कविताका पानाहरूमा
    जीवनको अर्थ जीवनमै भेटिने
    सबैको हृदयमा बज्ने प्रेमिल धुनका प्रतीक तिमी
    कहिले नअस्ताउने
    घाम बाँचेका छौ ÷ जून बाँचेका छौ े
    सिर्जनाका कलात्मक मालामा उनिएर
    श्रद्धाका जीवन्त तस्बिर बाँचेका छौ ।
    सुन्दर शब्द र भावका शिल्पी
    प्रिय कवि !
    तिमीप्रतिका स्नेही मनहरू, तिम्रा प्रिय अनुजहरू
    तिम्रो अनुपस्थितिमा ÷ तिम्रो अभावमा
    तिमी हिँडेका पाइतलाका डोबहरू पछ्याएर
    हिँडिरहेछन् अनवरत
    हिजो जस्तै आज, अनि भोलि पनि
    चैतको हावाले बढार्नेछ विसङ्गति र अराजकता
    भोलि बास्ने बिहानले जन्माउनेछ एउटा उज्यालो दिन
    एउटा शालीन र शीतल यात्रा
    कविता इ द्दज्ञ
    उफ ! मृत्यु पीडा जीवनको अन्तिम सत्य
    प्रकृतिको अर्थपूर्ण नियति
    स्तब्ध पारेर प्रियजनहरूलाई
    मृत्यु स्विकार्दै टाढियौ तिमी जीवनका किनाराबाट
    संवेदित मनहरूलाई स्मृतिमा छाड्दै े
    ओझेल भयौ असङ्ख्य आँखाहरूबाट
    यसबेला सम्झनाका बाछिटाहरूले
    निथ्रुक्क भिजाइरहेछ कोमल मन । 

    देश - विमल भौकाजी

    झर्दाझर्दा
    धेरै तल आइपुगेपछि
    टक्क उभिएर
    देशले सोच्यो,
    अभैm तल झरेँ भने
    फेरि कसरी उक्लनु यति लामो उकालो ?
    ओह्रालो अभैm बाँकी नै थियो,
    फरक्क फर्किएर
    देशले उँभो लाग्न खोज्यो
    एक पाइला...
    दुई पाइला...
    अहँ, चढ्नै सकेन
    थाप्लो समातेर थचक्कै बस्यो देश ।
    मैले थपथपाएँ देशलाई
    झकझकाएँ,
    उठ,
    बाटो बिराएर यतै कतै
    अलमलिइरहेको म,
    मलाई पनि माथि जानु छ
    उठ,
    मलाई तिमीसँगै माथि पुग्नु छ
    ... तर उठेन देश, उठ्नै सकेन ।
    कविता इ ज्ञढ
    हिमाल देखाएर फकाएँ
    बुद्ध देखाएर फुल्याएँ
    चन्द्र–सूर्य अङ्कित
    देशकै झन्डा देखाएँ
    अहँ,
    आपैmँले आपैmँलाई चिनेन देशले । े
    थकित... थकित..
    मूच्र्छित... मूच्र्छित...
    मेरो विश्वास,
    आस्था
    र भरोसाको मेरो धरातल,
    यो के भयो देशलाई ?
    यो के भयो देशलाई ?

    म कहाँ एक्लै छु र ? - सरण राई

    के तिमी एक्लै हिँडिरहेका छौ ?
    हो र, म एक्लै देखिन्छु
    हिँड्दा हिँड्दै म एक्लै भएछु र हिँडिरहेछु
    बेसुरा गतिशील बेग्लै भएछु र बगिरहेछु
    भोकाभोका, दुब्लादुब्ला युवाहरू सँगसँगै हिँडेका थियौँ े
    खाना देख्दा झिना झपटीमा छुट्टियौँ कि...
    खान पाउनेहरूले छाडेर गए
    नपाउनेहरू पछाडि छुटे
    पेट पाल्ने जीवन धान्ने बेइमानी युद्धमा
    निर्मोही, निर्दयी अविरल यात्राको अन्तरालमा
    म एक्लै भएँ कि... बूढो भएँ कि...
    छट्टुहरू अगाडि गए, लाटाहरू पछाडि छुटे
    अविरल यात्रा हिँडाइमा म एक्लै भएँ कि...
    तर खै, म कहाँ एक्लै छु र ?
    मसँग हिँडिरहेछन्
    सुन्दर विचार, मनोरम आस्थाहरू
    तीतामीठा अनुभूति, समयका अनुभवहरू
    मानिसका पवित्र, कञ्चन मीठा सपनाहरू
    छाल कहाँ एक्लै हुन्छ र ?
    मसँग छन् म र मेरा
    म एक्लैको विशाल सृष्टि भण्डार
    मेरा वरिपरि घुमिरहने रमणीय नित नूतन अदृश्य संसार
    हिँड्ने म, हिँडिरहने म, हिँडाउने म
    म कहाँ एक्लै छु र ?
    कविता इ ज्ञछ
    म एक्लै एउटा सशक्त समूह, समुदाय, समाज
    एउटा संस्था, पूर्ण विवेक, अन्तर्मनको आवाज
    सुन्दर भावना, सुन्दर रचना, सुन्दर जीवन कहाँ एक्लै हुन्छ र ?
    होइन, तिमी एक्लै देखिन्छौ ...
    होला नि, हो नि, देखिनु र हुनुको फरक
    हजारौँले घेरिएका जस्ता देखिनेहरू एक्लै छन् े
    अन्तरआत्मा मरेका तिनीहरू !
    सृष्टिको सुन्दर धिपधिपे दियो बाल्न नछाड्ने म
    एक्लो जस्तो देखिने म
    छालजस्तै समुद्रले, शीतल बतासले, धरतीले घेरिएको म
    म कहाँ एक्लै छु र ?
    सुन्दर भाव, सुन्दर विचार, सुन्दर जीवन कहाँ एक्लै हुन्छ र ?

    पहाडको बाटो-  प्रकाश सायमी

    मलाई पहाडको बाटो एकदम मनपर्छ
    भीडमा हिँड्दा एक्लै लाग्ने
    एक्लै हिँड्दा अग्लो लाग्ने
    तिनीसितको सामीप्य
    मलाई वेलाको धुनजस्तै लाग्छ,
    मैले पहाडलाई नजिकबाट देखेको छु
    कहिले आमाको आँसुमा
    कहिले बाबुको हाँसोमा
    मैले पहाडलाई दुःखले स्पर्श गरेको छु
    पहाड देख्दा मलाई
    आफूसँग हराएका बचपनका साथी याद आउँछ
    जो साना–साना कुरामा ठूलाठूला झगडा गर्थे
    जो झिनामसिना खुसीमा असमान सपना देख्थे
    गोटी हराउने खेलमा कट्टी भन्थे
    कान्छी औँला जुठो पारेर कैयन् रात बोलचाल बन्द गर्थे
    त्यही औँला जुठो पारेको रात नराम्रो सपना देख्थे
    अनि भोलिपल्ट त्यही सपना हाँसेर सुनाउँथे
    मलाई पहाडको त्यस्तो हाँसो मनपर्छ
    मलाई पहाडको बाटो मनपर्छ
    कहिलेकाहीँ म एक्लो हुँदा पहाडलाई सम्झिन्छु
    र, सम्झेकै साँझ एक्लै रोएको छु
    तिनी पनि त्यसरी नै रोएकी होलिन्
    कविता इ ज्ञज्ञ
    जसरी अनिच्छापूर्वक बिहे भएकी एक कन्या
    बिहे अगिको रात आफ्ना भावी पतिलाई सम्झेर रोएकी होलिन्
    मलाई पहाडको त्यस्तो आँसु मनपर्छ
    जसमा कतै सपना कतै विश्वास
    कतै सङ्कट त कतै आफ्नोपनको भर हुन्छ
    मलाई त्यस्तो आँसु मन पर्छ
    पहाडलाई मैले नजिकबाट देखेको छु
    आमाको चस्मामुनिको बाटो भएर झरेका आँसुलाई
    पुछ्न खोज्दा खसेर चोक्टा चोक्टा भएर फुटेको देखेको छु
    बाबुको ढाडमा चढेर हेर्न खोजेको बाजेको पुरानो तस्बिरमा
    झल्किएको ब्ल्याक् एन्ड व्हाइट पोट्रेटजस्तै
    धमिलो धमिलो देखेको छु
    मलाई पहाडको अतीत मनपर्छ
    पहाड कसैलाई छेकेर बँचाइरहन्छ
    पहाड कसैलाई देखेर फकाइरहन्छ
    पहाड कसैलाई टेकेर उँचाइ दिइरहन्छ
    दुःखको तीललाई पहाड बनाउने राजनीति ऊ जान्दैन
    सुखको डिललाई लछार पछार गर्ने राजनीति ऊ जान्दैन
    छोडेर गएका फर्किएनन्
    फर्किएका बस्दैनन्
    त्यो जानेर पनि ऊ भविष्यवाणी भन्दैन
    पहाड कहिलेकाहीँ हेमानको पहाड भन्दा एक्लो हुन्छ
    उसका समस्या पहाड नै भए पनि ऊ तराई झर्न मान्दैन
    त्यसैले ऊ अझै पहाडकै बाटो चढ्छ
    र, भन्छ
    मलाई पहाडको बाटो मनपर्छ
    धेरै दिनको बिदामा पहाड गएर फर्केको लाहुरेजस्तै
    म आज फर्केर पहाडजस्तै एक्लो भएको छु ।

    हँ ! केही हरायो कि ?- उदय निरौला

    यो रूख, यो मान्छे, यो चौतारो
    यो धारो, यो पँधेरो, यो पाठशाला
    अहिले सबै–सबै, त्यो–त्यो, जस्तै–जस्तै छन्
    घुर्मैलो, पनेलो, ओझेल जस्तै–जस्तै छन्
    आँखामा मोतीबिन्दु बसेको जस्तो
    अथवा आफैले आपैmँलाई बिराएको
    हराएको वा भुलेको जस्तो
    खासमा सबै बिरानो बन्दै गएको पनि हैन
    नचाहेरै बिरानिएको,
    टाढिएको, हराएको भुलेको
    नहारेरै सबै थोक हारिहालेको पनि हैन
    तर पनि नजानेरै बिगारेको
    बिगारेरै बिगार्न बाँकी पनि हैन
    तर कुन्नि किन बनाउन जानेको पनि छैन
    निशाना नचुकाएरै पनि तीर गलत प¥यो कि ?
    बाजमाथि हानेको तीरले परेवा म¥यो कि ?
    सोच्न पनि नसोचेको हैन
    तैपनि पाठशाला बसाइँ सरेजस्तो छ
    खोज्दाखोज्दै नहराउँदै आफ्नो बास नै बसाइँ सरेभैmँ
    बसाइँ सरेको भूगोलपछि कहाँ फर्कन्छ र ?
    मानचित्र मात्र कोठामा बसाइँ सरेको पो हो कि ?
    भ्रम भैरहेछ, कि भूगोल नै सरेको पो हो कि ?
    ट इ कविता
    त्यो केही सिकेको
    केही जानेको
    केही बेहोरेको
    केही ठानेको
    आफ्नो–आफ्नोपन,
    आफ्नो मन,
    आफ्नो तन नै
    कतै बसाइँ स¥यो कि ?
    हँ ! केही हरायो कि ?

    आमा ! तिमीसँग मेरो एउटै पुकारा छ -कलानिधि दाहाल

    अलिकति आस्थाले
    अलिकति विश्वासले
    अलिकति जीवन दृष्टिकोण
    र जम्मै मानवीय
    अन्तरङ्ग पराग घोलेर
    मैले उसलाई
    मेरै ढकमक्क फुलेको बगैँचामा
    सजाउन खोजेथेँ, सजाएथेँ
    काँडालाई नौनी सोचेर
    तनभरि, मनभरि, हृदयभरि
    लेपन गर्न खोज्नु मेरै मूर्खता हो
    अघाएपछि छुपेका तिखा हतियार निकालेर
    बाघसँग जुध्न खोज्ने
    ऊ त साँच्चै दुम्सिनी पो रहिछे
    ऊ त साँच्चै दुम्सी पो रहेछ
    अनायास हाडभित्र मुख लुकाएको कछुवाझैँ
    फोहोरको डङ्गुरमै छुपिछे
    फोहोरको गन्धमै लुकेछ
    आमा ! म तिमीलाई
    एउटै आशीर्वचनको याचना गर्छु
    प्रसव वेदनाको पीडा सहेर असह्य
    – वचन विश्वास नभएका
    – पेसागत मर्यादा नरहेका
    द्ध इ कविता
    बजारे छोरी– वेश्याहरू नजन्माऊ
    भ्रष्ट, फुँडा– छोराहरू नजन्माऊ
    हो, हामा !
    तिमी पनि मान्छे हो
    मान्छेसँग मन छ
    मन भएपछि
    यो, ऊ, अर्को र अर्को कोही हुँदैन
    आखिर सबै मान्छे हुन्
    मान्छे हुनाकै नातामा
    – कोही मस्तिष्क बेचेर बाँचेका छन् े
    – कोही पाखुरा चुहाएर जिएका छन्
    दुवै नहुनेहरू
    भ्रष्ट मस्तिष्क र बाइफाले योनी
    बेचेर बाँचे त के भयो ? े
    तर यसमा पनि आमा
    अन्तरमर्यादा हुन्छ
    शासन÷अनुशासनको व्यवस्था हुन्छ
    कुनै÷केही नभएर
    छलकपटले, झूटले
    बेइमानी ब्वाँसाहरूझैँ
    दिनदहाडै, पेरिस, बैङ्कक र हङकङ
    सपनाका
    वेश्या–छोरीहरू नजन्माऊ
    वचनले चिल्लो घसेर
    हात–हातले
    आन्द्राभुँडी निचोर्ने
    भट्टीका सोखिन
    भ्रष्ट फुँडा छोराहरू नजन्माऊ ।

    म–नागरिक सन्देश- पुरुषोत्तम दाहाल

    जुट्नेहरूलाई फोड
    फुट्नेहरूलाई जोड
    जुट्नुपर्नेहरू फुट्छन्
    फुटाउन खोज्नेहरू जुट्छन्
    बाबु–बाजेको चितामा आगो ताप्नेहरू
    घर जलाएर खरानीको थुप्रोमा रमाउनेहरू
    माटो बेचेर भोक मेट्नेहरू
    सीमा भत्काएर स्वाधीनता खोज्नेहरू
    सकेसम्म जुट, सकेसम्म मिल
    जमिन टेकेर घर बनाउन खोज्नेहरू
    पुर्खाको गौरव गाएर नथाक्नेहरू
    स्वतन्त्रता र स्वाधीनताको सगरमाथा जोगाउनेहरू
    काँध थापेर सीमा जोगाउन खोज्नेहरू
    फुट, सकेसम्म फुट
    टुक्रा–टुक्रा फुट
    आज– परमाणु फुट
    परिवर्तनको अर्थ यही हो भने
    प्रगतिको परिभाषा यही हो भने
    वर्तमानको माग यही हो भने
    र भविष्यको बाटो यही हो भने
    फुटाउन खोज्नेहरू जुट
    जुट्नुपर्नेहरू फुट
    द्द इ कविता
    “देश नभएर के भो ?
    प्रदेश भए पर्याप्त छ
    साथ नभएर के भो
    जात भए लाख छ ।”
    ‘रूप’ जस्तो भए पनि हुन्छ
    संस्कृति हराएर के भो ?
    सभ्यताको शिखर छँदै छ
    सीमा हराएर के भो ?
    सत्ता–सिँढी तयार छ
    म नागरिक–अनागरिक भएर के भो !
    मसँग बस्ने बास छँदै छ
    म मेरो हुनुको अर्थ के छ ?
    पर–सेवाको बाटो खुलै छ
    जसरी पनि म हुनेछ
    म माथि जो–जसरी भए पनि
    तर होइन है
    जुट्नेहरू नसुन मलाई
    र फुट्नुपर्नेहरू नबुझ मलाई
    म नागरिक हुँ
    अनागरिक बन्न नलगाऊ मलाई ।