गीत/ गजल/ कविता दौंतरी डट कम भाग ९


फरक किन?

हस्त गौतम मृदुल
यहाँ मान्छेले मान्छेलाइ छून नै पाइन्न
आफनै आँशु झारेर पनी त रुन नै पाइन्न।
कसैको इसारामा नै हामीले बाँच्नू पर्छ
संधै नै सर्कसको बाँदर भएर नाच्नु पर्छ।
बोल्न पाइन्न, आफ्नो मन खोल्न पाइन्न
श्रद्धा बिनाको त्यो स्वतन्त्रता नै चाहिन्न।
खै देश काहां छ? बिधिको कहा छ शासन
केवल जिवनभर सुनेको छ रुखो भाषण।
अगी बढ्ने निकास छैन, कूनै बिकास छैन
दिन पनि रात भयो खूशीको नै प्रकास छैन।
जाती जाती बिच घृणा, छैन यहाँ भात्रीत्व
भागबन्डा लगाए नेपाल आमाको मात्रीत्व।
दुनियाँ को उपहास भएर बचेँ

गुरु केदार बराल
अमेरिका

दुनियाँ को उपहास भएर बचेँ
पागल को उपमा पाएर बचेँ
तिमीले मलाई छोडे देखि
म यस्तै धेरै हालत म बचेँ
आँखा को आसु रित्ताएर बचेँ
मुटु को घाहु लाई सहेर बचेँ
हासो सबै सएर बचेँ
एकान्त लाई साथी बनाएर बचेँ
सुनसान तिम्रो याद म कल्पेर बचेँ
तिम्रो तस्वीर छाती म च्य्पेर बचेँ
आफु लाई आँफैबाट हराएर बचेँ
म यस्तै धेरै हालत म बचेँ
तिमीलाई अरु सगै हिंडेको हेरेर बचेँ
दुनियाँ मा तिम्रो चर्चा सुनेर बचेँ
त्यो हाम्रो आतित सम्झेर बचेँ
म यस्तै धेरै हालत म बचेँ
खाली अस्तिपञ्चर लिएर बचेँ
मुटु बिनाको ढुक्ढुकी लिएर बचेँ
तिम्र लागि हजरौ अपहेलना सएर बचेँ
लाखौं पटक मरेर बचेँ
तिमीले मलाई छोडे देखि
म यस्ता हजरौ हालत म बचेँ
आफ्नै मुटु चुडेर बचेँ
हजार पटक रोएर बचेँ
भन तिमी म कसरी बचेँ
तिम्रै याद म बचेँ
तिम्रै नाम जपेर बचेँ
न म सक्छु भुल्न तिमीलाई
न सक्छु याद मा वीरसिना तिमीलाई
धोका नै धोका को जीबन मा
जिन्दगी नै धोका सम्झेर बचेँ
अझे माया सम्झेर बचेँ

मायालुकॊ आङकुसेमा

श्रेष्ठ बिके -ईराक बलाद
पानीको गहिराई कसलाई के थाहा त्याहा भुमरि पो रहेछ
माया दिनेको मन कसलाई के थाहा एकोहोरीएको हुदो रहेछ
कसरि पत्ता लगाउनु माया कहाँ छ र मुल्य कति पर्ने रहेछ
विश्वासको आधारमा जोडिएर संसार चलाउनु पर्दो रहेछ ॥
न त सानो ठुलो नै भन्ने गर्छ न त उमेर नै नाप्दो रहेछ
अन्तर आत्माको भावनालाई साटेर भाव विहलमा बग्दो रहेछ
समुन्द्र पारि पनि मायाको तिरले हानी वर्षा झारि दिदो रहेछ
उराठ लाग्दो जिन्दगीलाई पनि सरलतामा भिजाई दिदो रहेछ ॥
मायाले भिजेको जिवनमा काउसाको बिरामी सर्दो रहेछ
काउकुतिले सताउन थालेपछि कहिले भेट्ने पार्दो रहेछ
समयको चक्रव्यूहलाई भुल्नु पर्नेसम्म बाध्य पार्दो रहेछ
मायालुकॊ आङकुसेमा फस्न सारै गाह्रो पो पर्दो रहेछ ॥

पुराना यादहरु

प्रबिण थापा
पुराना यादहरु बल्झी बल्झी फर्कदै छ
आफ्नो मन आँफैसग दुर दुर तर्कदै छ
पिडाको भुमरिले शान्ती छैन मनमा
थाहै नपाई अनायसै, आशु दर्कदै छ
अन्जानमै कहिकतै गल्ती भै हाल्योकी
मिठो बचन बोल्दा पनि रिसाएर झर्कदै छ
बरबराउछु पागलसरी एकान्त भित्र पनि
छिन छिनमा बेहोस हुन्छु मुटु थर्कदै छ
अनौठा सपनाहरु देखिराछु आजभोलि
अनर्थ हुन होकी छाती मेरो चर्कदै छ

अस्विकृत बुद्ध

शेखर ढुङेल
०५-२९-२००९
तिम्रै देश मा हे बुद्ध!
तिमी अस्विकृत भएका छौ
मुल्युहिन सम्झी मानब चोला
यत्र त्यत्र उस्कै बली
सत्ता ब्यापार मा साटिदै छ
श्रेष्ठ प्राणी भएरै होला
उस्कै रगत घुम्ने कुर्सी चुस्दै छ
हाबा संगै बिलाए
कैयौं मुना चित्कार
खडेरी को जङल सरि
उजाड सिउदो रुदै छ
लालच त्यागी राज पाठ
छोड्ने तिम्रो पवित्र भुमी मा
नयाँ बिहानी संगै
झनै कठोर सत्ता
छाती मा परेड खेल्दै छ
अस्थिर , तरलित मानब
स्वार्थ को बली चढ्दै छ
सपना का शितल सागर
क्रुर चुनामी भए
शान्ती का दुत आशु झार्दै
रणभुमि हेरी रहे
उकुस मुकुश माहौल यो
बुद्ध तिम्रो घर मा
बन्धकी भबिस्य सुस्ताउदै छ
देब तपो भुमी नेपाल मा
आन्दोलन का खेती फस्टायो
तिमी अस्विकृत यो बर्तमान
सन्तति लाई त्रास पस्कदै छ
कोमल मनमा
बित्रिस्णा बिद्रोह पोतियो
समयले बाटो बदल्यो कि ?
खन्डहरको ईतिहास रच्यो
शर्माइ चेतना को प्रकाश
बादल मा मुन्टो छोपी
तिम्रो आगन को बाटो
भुले जस्तो
अमानबियता को राको बोकी
नब जात ब्रीद्ध कोइ नभनी
खाडल मा जोत्ने काम हुँदै छ
बुद्ध तिम्रो आँखामा धुलो छ्याप्ने
धुन्दकारी हरुको मौलायो खेती
मानबता बिरुद्धको अपराध ले
हेर शिखर चुम्दै छ
बिबेक र सदभाब को मस्तिस्क मा
पाषविक दुस्टता भरिदै छ
शान्ती का मलेवा हे बुद्ध
टायर् र बारुद को धुवा मा
कोइ छटपट्टिएर मरे
कोइ बस्ती छोडेर भागे
लठ्ठी भाला र बन्दुक बाहेक
अरु भाषा नबुझ्ने भएका छौ
हे बुद्ध तिम्रै देश मा आज
अस्विकृत भएका छौ तिमी

जीवनका बारेमा

गुरु केदार बराल
जीवनका बारेमा कल्पना गरेका हुन्छ।
तर सबैको पुरा भने भएको हुदैन।
बशन्तहरु म बाट टाढिसकेका छन्।
जीवनका विभिन्न उत्तारचढावहरुमा
म कयौ पटक हाँसेको छु अनि रोएको पनि छु।
चाहना एकातिर अनि यथार्त अर्कोतिर
यस्तै यस्तै माझेधारहरुमा म धेरै पटक झस्केको छु
साँच्चै जीवन विचित्रकै हुदो रहेछ।
कहिले आफुले जीवनलाई डोराईन्छ
कहिले आफुलाई जीवनले डोराईन्छ।
जीवन एक संघर्ष हो, यो धुर्बसत्य कुरा हो।
सायद त्यसैले होला म पनि आफ्नो जीवन संघर्ष छु


मेरो सामू आई नजर नझुकाउनू

-प्रकाश सापकोटा,
काभ्रे हालः दोहा
मेरो सामू आई नजर नझुकाउनू अबदेखि
अन्कनाई ओठ-मुख नसुकाउनू अबदेखि
पिरतीको पोल्टोभित्र साँचेको त्यो उपहार
दिउँ कि नदिउँ गरी-गरी नलुकाउनू अवदेखि
गहभरि छचल्किन्छ भावनाको प्रतिबिम्ब
एकान्तमा मात्रै बह नफुकाउनू अबदेखि
आफ्नो मनोकामनालाई आफैंभित्र गुम्स्याएर
झ्याप्पै आँटे कदमलाई नरुकाउनू अबदेखि
तिम्ले गर्दा मलाई पनि कस्तो-कस्तो हुन्छ अचेल
खुली आउनू कि त टाउकै नदुखाउनू अबदेखि
समयले कतिखेर कोल्टो फेर्छ पत्तो हुन्न
मौका आए हत्तपत्त नचुकाउनू अबदेखि
मेरो सामू आई नजर नझुकाउनू अबदेखि
अन्कनाई ओठ-मुख नसुकाउनू अबदेखि

दैव रित्तो हात भयो

सुमान बगाले
सुमनसुधा
आबुँ खैरेनी तनहुँ
पात झरेर के हुन्थ्यो फुल झरेर घात भयो
उनी सानी म ठुलो दैव रगतको जात भयो
रनवन डुली गाइ चराउदै लाएको माया पि्रित
पापी रगत जातको दैव दुइ दिनको साथ भयो
ओत वश्त्र लगाएर एक हुल जोगी आए भन्थे
भित्रै खाडल खनी दैव उनीलाइ पुर्ने बात भयो
न्यायको तराजु कोल्टाएर माफी दिए दोषीलाइ
मर्दा जति जलाइदिए दैव नामर्दाको खात भयो
चोखो माया लाएपछि जुनीभरलाइ हुन्छ भन्थेँ
विना राता छिनछिन चुरी दैव रित्तो हात भयो ।

आमा

विजय कुमार श्रेष्ठ हाल ईराक
धर्तीको रुप धारण गरेर संसारको सृष्टि गराई दिएका छौ आमा
आफनो ज्यानको पर्बाह नगरि सन्तानलाई माया दिएका छौ आमा
घाम पानी नभनि आफना सन्तानको भविष्य उज्वलमा लागेका छौ आमा्
आफनो गास काटेर भए पनि सन्तानलाई खुशी बनाउन लागी परेका छौ आमा
आफुले खाने बेला सन्तानको मुहार अगाडि देखेर रुने गर्नु हुन्छ हाम्री आमा
उमेरले ५० काटे पनि आफनो अगाडि सानो देख्ने गर्नु हुन्छ सन्तानलाई आमा
पवित्र मायाको बन्धन कहिले टाढा नदेख्ने सबैलाई बराबरी माया दिने आमा
बुढेस कालको सहाराको आस थियो तर अहिले कस्को छायाँ पाउने आश आमा
सानो छदाँ मर्ला भन्ने डर ठुलो भए पछि भेट्रन पाउने छैन भन्ने त्रास आमा
कसले सम्झने गरेका छन् र सबै भए परदेशी भेट्न आउछ भन्ने आश आमा ॥

आमा कहाँ बिलायौ

आचार्य प्रभा
आमा तिम्रो मात्रित्वको परीभाषा
कसरी म दिउ ?
जब कि तिमीले त मलाई
न्यानोपनको आभाष नै नदिइ
छाडेर गयौ ....
बात्सल्यताको महत्व नबुझाई
बिलिन भयौ ...
म भने आमा ,आमा चिच्याइ रहें
तिमी त कठोर् बनी
शुन्यमा बिलायौ ...
जब मलाई तिम्रो न्यानोपनको
आवश्यकता थियो तब तिमी त
आँफै चिसिएर बगर बन्यौ
जब मलाई तिम्रो उपदेशको चासो थियो
तब तिमी त वाक्यहिन भै क्षितिजमा निदायौ
भन... आमा तिमी कस्तो सजाय दिइे
टाढा टाढा अस्तित्वहिन भै
कुन नभमा बिलायौ ?
मलाई जन्म दिइे सहाराहिन् किन बनायौ ?
आमा कुन क्षितिजमा हरायौ ?
मेरो बात्शल्यताको अर्थ किन लुटायौ ?
(समर्पित ''मदर्स डे ''मा )


के के निस्के !

ईमान्दारका घर-चोटमा कालो धनका रास निस्के
उपचार गर्छौं भनी आउने आफैं रोगी खास निस्के ।
आरोग्य र अमरताको पाठ पढाई थाक्दैन थे,
तीनका अमृत पिउँदा पिउँदै हेर कतिका सास निस्के ।
गजब थियो ओज तीनका, देशको लागी मरीमेट्ने,
राष्ट्रबादको मुखुण्डो झर्दा, बिदेशीका दास निस्के ।
समानताका आबाज संगै मानवतका नारा दिन्थे
आज तीनकै भान्साबाट तीनले खाने घाँस निस्के ।
हींसा, दबाब, दण्डहिनता अराजकता यत्ती बढ्यो
अग्रगमन, स्वसाशन र शुसाशनका लास निस्के ।


गजल

मैले लाको माया तिम्ले झूठो ठान्यौ कि
तानी फाल्यौ चुरोटको ठूटो ठान्यौ कि
चाखी चाखी स्वाद लिन बानी थिएन
मलाई पनि तिमी जस्तै जुठो ठान्यौ कि
दिलको राजा भन्थ्यौ आज बैरी भए छु
छि:छि दुर धेरै गर्यौ लुतो ठान्यौ कि
मुटु जोडी मन टोद्यौ दुख्दो रैछ छाती
पिसिएर खेरा जाने ढुटो ठान्यौ कि
मैले छुदाँ शितल हुन्थ्यौ आज के भो
भत भत पोल्ने सिस्नोको बुटो ठान्यौ कि

क्रुर चक्रहरु

अमेरिका - गुरु केदार बराल
साच्चिकै समयका क्रुर चक्रहरु घुमि नै रहे
भावना भरि भरि स्मृतिका सुमनहरु सँगालेर,
मन भरि भरि सितलताक उद्वेगहरु भरेर,
मुटु भरि भरि संब्रिद्धिका सगुनहरु लुकाएर,
आँखा भरि भरि प्रफुल्लताका अनुबन्धित गरेर
अन्जुलि भरि भरि शुभकामनाका कोसेलीहरु बोकेर,
दिल भरि भरि टलपल् टलपल् बिक्षिप्तताहरु कुम्लो कसरे,
म विवस छु - मेरो मुटुको आधा टुक्रा कतै वाटोमै छाडेर
आफुलाई असह्य चोट र व्याथाको परिधि हुँदै
एकान्त तर्फ, अनकन्टार् तर्फ, आँधिवेहेरी तर्फ
छालहरु तर्फ धकेल्न। म बाँधिएको छु,
समयका जन्जिरहरु भित्र


जय होस

शेखर ढुङेल
क्यालिफोर्निया यु एस् ए
०४-२१-२००९
जय होस जय होस जय होस
मेरो जन्म भुमी नेपाल को
अमर रहोस वीर शाहीद का गाथा
नमेटिउन देश का सिमा रेखा
उठोस हात घर घर बाट
बनाउन नेपाल लाई संसार कै खास्सा
जय होस जय होस जय होस
फर्फराइ रहोस चन्द्र सुर्य अन्कित झन्डा
अनन्त सम्म सगरमाथा सिर मा
निधार मा लाली हात मा गुरास थालि
चम्की रहोस स्वाभिमान नेपाल को
युग युग सम्म संसार माझ
जय होस जय होस जय होस
घन्की रहोस घिन्ताङ मादल
नाची रहोस वीर गोर्खाली खुकुरी
तराइ सिचोस हिमाल ले
भकारी भरोस तराइ ले
तोड्न नसकोस हाम्रो बन्धुत्व
कोइ बैरी परदेशि ले
जय होस जय होस जय होस

बिस्थापित हामी

आचार्य प्रभा
(अमेरिका )
प्रवासी तन,स्वदेशी मनको मिश्रित अस्थिपन्जर
कहिले कमजोर बनेर ढल्न खोज्छ
कहिले अस्थिर बनेर रम्न खोज्छ
किन हो कुन्नी ?आमाको मोहले
मोहित भएर होला शायद ...
आफ्नै आमाको काखको सिरानी रोज्छ ।
रहर हो कि बाधयता ?
रणभुल्लमा छौं हामी ,
आफ्नो अङेना र चुल्हो बिर्सी
पराइेको गांस टिप्न वाध्य छौं हामी ।
ह्रीदयभरी छट्पटिका सासहरु गुम्साएर
तरै पनि हाँस्न पोख्त छौं हामी
स्वदेशको माटो पराइ बन्यो
गाउँको बाटो बिरानो भयो
मारुनी ,दोहरी र सोरठी भाका
केवल सम्झना मै सिमित रह्यो
लिङे पिङ र रोटेपिङ्को रमाइलो
आँखाभरी भरी छाइे रह्यो
कस्तो बिवस्ताको खेल हो यो
पराइ भुमी नै रोज्नु पर्‍यो
कस्तो धर्म संकट हो यो
आँफैलाई बिस्थापित गर्नुपर्यो ।

कस्ता कस्ता छन्

राकेश कार्की
लस् एन्जेलस्
मन्दिर भित्र बाहिर प्रभु नाम जप्नेहरु छन्
आईलागेको दु:ख आँशु झारी खप्नेहरु छन्
कोही मुसा बनि पसेर सिँह बनि गर्जेर
आफूलाई ताते गराउनेलाई नै रोप्नेहरु छन्
फसाएर तर्सनेलाई कठघरामा उभ्याएर
आफ्ना सबै कालाकरतुत छोप्नेहरु छन्
पवित्र नदि नालामा ढल खनाईदिएर
डिष्टील वाटरमा आफूलाई चोप्नेहरू छन्
के आफ्नो भन्नु आन्द्रा डढाउने रक्सी
भो भो भन्दा भन्दै पनि थप्नेहरु छन् ।

बिडम्बना


अमेरिका - गुरु केदार बराल
हामी सबैको लागि सच्चाई एउटै हुन्छ ।
तर हरेक देशका आफ्नाआफ्नै झूठहरु हुन्छन्
जसलाई आदर्शवाद भन्ने नाम दिइएको हुन्छ ।
हरेक मान्छे आजीवन यसै झूठमा सास फेर्छन् ।
तर थोरै यस्ता प्रतिभाशाली व्यक्तिहरु पनि हुन्छन्
जो यी झूठहरुबाट मुक्ति पाउन सक्षम हुन्छन् ।
बिडम्बना त यो छ- त्यस बेला उनीहरु आफ्ना
बिचारको संसारमा एक्लाएक्लै हुन्छन्

आफ्नै हात नि काट्छ छुराले

आफ्नै हात नि काट्छ छुराले बलियो दापमा नपरे
चेत आउदो रछ र कहाँ जिन्दगी धापमा नपरे
स्वच्छ हराभरा यो धरा सुगन्धले कि दुर्गन्धले
कुन्ठित बिरुवा हुर्केलान के घाम्को तापमा नपरे
जल थल मलको समायोजन बिना हुर्केको फल झै
जरौली देखिन्छ नयाँ लुगै नि आफ्नो नापमा नपरे
साद्य र साधनको सन्तुलन व्याख्या कि बेबहारमा
सबै अल्छि गर्दैनन केही,जब सम्म चापमा नपरे
गती रोकी सधै अधोगती,कहाँ को हो यो उन्नती
सिको ननीको हुनेनै भयो गतिलो छापमा नपरे

April 18, 2009


जय अखण्ड नेपाल !

उर्वर फाँट , हरियो तराई , टल्केको हिमाल
कलकल नदी, पहाड , ताल फुलेको नेपाल
सुन्दर छवी , शान छ हाम्रो कीर्ति त कति पो !
सम्हाले आफ्नो अतितको गाथा ‍भविष्य हाम्रो हो ।
एक थिए पूर्खा मिलेर तिनले सिर्जना गरेका
माटोको नशा, देश हो मुटु ज्यान दिँदै लडेका
रगतको दान गरेर तिन्ले सीमा त्यो कोरेका
जात र भाषा धर्म र दम्भ माथि ती उठेका ।
देउथलको युद्द नाला र पानी कुमाउ र टिष्टाका
गाथा र कन्था , घाउ र व्यथा सम्झेर हेर त
जीवनको मोह , तेरो र मेरो देखिन्छ कहीँबाट ?
सकिन्न उठ्न तोडेर स्वार्थ लत्रेको भूईँबाट।
नलाऊ भाग , नबनाऊ साँध पूर्खाको छातिमा
फुटेर भाइ ननिम्ताऊ चोर अँध्यारो रातिमा
बनेर आँफू बनाऊ अरू , हातमा हात देऊ
सम्हाल साँध बलियो बनाऊ मेचि र काली छेउ।
बनाए बन्छ भत्काए ढल्छ जीवनको यो गति
माटो हो मुलुक बगाए बग्छ भएमा दूर्गति
ढल्दिनन् आँफै सिर्जना ‍देवी सुरम्य वसुधा
सम्हाले हुन्छ, जोगाए बन्छ देशको अस्मिता ।
तेरो र मेरो स्वार्थको भाव फुटेको मानव
आकार मात्र भएर हुन्न , सोचको दानव
इमान सोच बेहोरा रित्तो हामी यो के भा’को
लत्याई विचार , शान र मान हाम्रा ती पूर्खाको
हटाई हिंसा , मलहम लगाऊ मुलुक हाम्रो हो
सय थरि भाषा जाति र धर्म मिलेकै राम्रो हो
मिलेर झिँजा बलीयो भारी दाउराको बनेको
मिलेरै बन्छ हजारौँ खोला विशाल नदी त्यो ।
- ‍एकलव्य

बिरत्त

हस्त गौतम
हाँसु भने खुशी रित्तियो
रोउँ भने आँसु सिद्धियो
निर्स मेरो यो जिन्दगीमा॥
उड्ने मन्को प्वाँखै काटियो
हाँसो संग आँशू साटियो
आज मेरो यो जिन्दगीमा॥
चिरा चिरा पारी यो मुटु
छिया छिया पारी सपना
धोका दिइ कोही गैदियो॥
अन्तर मन्को नाता तोडेर
दुनियाँमा एक्लो छोडेर
आफनै छायाँ वैरी भैदयो॥
न खायको विष लाग्यो नि
भय जति सुख भाग्यो नि
दुखि मेरो यो जिन्दगीमा॥
उड्ने मन्को प्वाँखै काटियो
हाँसो संग आशू साटियो
आज मेरो यो जिन्दगीमा॥
भताभुंग भय चाहाना
लथालिंग भय योजना
खानु सम्म धोका खाएर ।।
अध्यारो भो पुरा जिवन
निरस भो मेरो संसार
अलछिनी कोही आयर॥
माया गर्ने बहानामा
सकुनिको पासो थापेनी
दुखि मेरो यो जिन्दगीमा॥

E